तोकिएको समयमै निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको समयमै स्थानीय तहको निर्वाचन हुने बताएकाछन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले निर्वाचनको तयारी र सरकारले गर्नुपर्ने दायित्वबारे छलफल गरेका थिए ।
प्रमुख निर्वाचन आयुक्तसहित पाँचैजना आयुक्त सो छलफलमा उपस्थित थिए ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोगले अहिलेसम्म गरेका तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सञ्चारकर्मीलाई जानकारी दिए ।

“निर्धारित मितिमै निर्वाचन गराउन आयोग प्रतिबद्ध छ, आयोगको कामप्रति प्रधानमन्त्रीले धन्यवाद पनि दिनुभयो” –यादवले भने ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले राजनीतिक वातावरण बनाईदिन आयोगले गरेको आग्रहमा प्रधानमन्त्रीले राजनीतिक सहमतिको वातावरण बनाउन दिनरात लागि परेका छौँ, सहमतिको अनुकूल वातावरण बन्नेमा विश्वास व्यक्त गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकार तयार रहेको बताउँदै यसका लागि सरकारले सुरक्षा कार्ययोजना तयार गरिसकेकाले निर्धक्क भएर निर्वाचनमा होमिन आयोगलाई आग्रह गरेका थिए ।

तराई–मधेसमा निर्वाचनको वातावरण बनाउन राजनीतिक सहमतिको अन्तिम प्रयास भइरहेको र त्यो छिटै नै सहमतिको बिन्दुमा पुग्ने पनि प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरेको उनले बताए ।

निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली र मतदान केन्द्रलगायत सबै तयारी भइसकेको तथा वैशाख ३१ को निर्वाचन सम्पन्न गराउन सरकारका तर्फबाट पनि पूर्ण सुरक्षाको प्रत्याभूति आएको आइसकेको उनले बताए ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त यादवसहित निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनाली सहभागी थिए ।

आँखा नपाए आन्दोलन गर्छाै : डा.भट्टराई

काठमाडौं, चैत १७ । नयाँ शक्ति पार्टीले चुनाव चिन्ह पहिले घोषित अनुसार ‘आँखा’ नपाए आगामी बैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा नजाने घोषणा गरेको छ । पार्टी सङ्घीय परिषद्को दोस्रो पूर्ण वैठकबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भने, ‘चुनाव चिन्ह नपाए निर्वाचन हुन दिँदैनौ ।’ उनले स्थानीय निर्वाचनमा मधेश केन्द्रीत दललाई पनि समावेश गर्न असन्तुष्ट पक्षको माग सम्वोधन गरेर निर्वाचनको वातावरण बनाउनुपर्ने बताए । डा.भट्टराइले भने, “सबै राजनीतिक दललाई समेट्न, संविधान संशोधनपछि मात्र निर्वाचन हुनुपर्छ ।” स्थानीय निर्वाचनका लागि आफूहरुले चुनाव चिन्ह पाउन निर्वाचन आयोगमा धर्ना दिने, ज्ञापनपत्र बुझाउने लगायत आन्दोलनका कार्यक्रम रहेको बताएका छन् । नयाँ शक्तिले स्थानीय निर्वाचनलाई लक्षित गरी विभिन्न समिति बनाएको छ । पार्टी प्रवक्ता खिमलाल देवकोटाले संविधान संशोधन, विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्रको घोषणा, सर्वदलीय सरकार, तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्नेलगायतका छ वटा सर्त पार्टीले अगाडि सारेको जानकारी दिएका छन् । संयोजक डा. भट्टराईको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन तथा निर्वाचनका लागि सात वटै प्रदेशको उत्प्रेरक र संयोजक समेत तोकेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

चुनाव बहिष्कार गर्ने विप्लव पार्टीको घोषणा

सर्लाही, चैत १७ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ले स्थानीय तहको निर्वाचन वहिष्कार गर्ने घोषणा गरेका छन् । सर्लाहीको हजरियामा बिहीबार एक कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा महासचिव बिप्लवले आगामी वैशाख ३१ गते हुने स्थानिय तहको चुनावलाई आफ्नो पार्टीले प्रतिकार गर्ने बताएका हुन् । संसदीय व्यवस्थालाई आफूहरुले स्वीकार गर्न नसकिने बताउँदै नेता चन्दले संसदीय व्यवस्थालाई हटाई मुलुकलाई वैज्ञानिक साम्यवादी व्यवस्थामा लानुपर्ने तर्क दिएका थियो । जनआन्दोलनको भावना विपरीत गएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई आरोप लगाउन समेत भ्याए । पुराना कम्युनिष्ट नेता चित्रबहादुर आलेको निजी आवास शिलान्याश गर्न विप्लव समूहका नेताहरु बिहीबार सर्लाही पुगेका थिए ।

मोर्चा कार्यकर्ताले लगाएको ताला प्रहरीले तोड्दै

लहान, चैत १७। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय, सिरहामा लगाएको ताला प्रहरीले आज फुटाएको छ । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई बिथोल्ने उद्देश्यले मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको केही छिनमै जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटिएको प्रहरी टोलीले ताला फुटाएको हो । बाक्लो सुरक्षा घेराका बीच मोर्चाका नेता कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए । स्थानीय तहको निर्वाचनको तयारीमा निर्वाचन कार्यालय जुटेकाले त्यसविरुद्ध सो कार्यालयमा तालाबन्दी गरिएको सङ्घीय समाजवादी फोरम नेपालका सिरहा अध्यक्ष बादलप्रसाद यादवले बताउनुभयो ।

एसीसी इमर्जिङ कप क्रिकेटमा हङकङ विरुद्ध एेरीले बनाए अर्धशतक

ढाका, चैत १७ । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् । बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर हङकङले बनाएको २१५ रनको जवाफी व्याटिङ गरिरहेको नेपालका लागि ऐरीले ४ चौका मद्दतमा अर्धशतक पूरा गरेका हुन् । एेरीको अर्धशतक मद्दतमा नेपालले तीन विकेट गुमाएर जीत हासिल गरेको छ । हङ्कङ् विरुद्ध कप्तान ज्ञानेन्द्र मल्ल ऐरीले र शरद भेषवाकरले अर्धशतक पूरा गरेका छन् । ऐरीले बंगलादेशविरुद्ध पनि अर्धशतक बनाएका थिए । यसैगरी पाकिस्तान र बंगलादेशसँग खासै प्रदर्शन गर्न नसकेका कप्तान ज्ञानेन्द्र मल्लले पनि ७० र बनाएका छन् । मल्लले ११ चौका मद्दतमा उक्त योगफल बनाएका हुन् । नेपालका ओपनर व्याट्स्यान आसिफ शेख व्यक्तिगत ८ रनमा बनाएर आउट भएका थिए । त्यसअघि हङकङले निर्धारित ५० ओभरमा अलआउट भएर २१४ रन बनाएको थियो । लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगितामा अंक विहीन दुवै टोली प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउँमा छन् । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको निर्णायक खेलमा भिड्ने तयारीमा रहेका दुवै टोलीले आजको प्रतिस्पर्धालाई एक अर्काको कमजोरी पत्ता लगाउने महत्वपुर्ण अवसरको रुपमा लिईएका छन् । नियमित कप्तान पारस खड्का सहित केही मुख्य खेलाडीलाई आराम दिदै बंगलादेश भ्रमणमा निस्किएको नेपाली क्रिकेट टोली प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले र बंगलादेशसंग ८३ रनले पराजित भएको थियो । हङकङ पहिलो खेलमा बंगलादेशसंग ८ विकेटले पराजित भएको थियो भने पाकिस्तानसंग २ सय ४८ रनको हार ब्यहोरेको थियो ।

समयमा चुनाव हुने/नहुने आशंकाबीच तीन ठूला दलले तयारीमा जु्ट्दै

लहान, चैत १७ । स्थानीय तहको निर्वाचनको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको आन्दोलनका कारण समयमा निर्वाचन हुने/नहुने आशंकाबीच सिरहामा तीन ठूला दलले निर्वाचनको आन्तरिक तयारी थालेका छन् मधेसवादी दलहरुको आन्दोलनका कारण यहाँ आगामी वैशाख ३१ गते निर्वाचन हुने वा नहुने आशंका रहेको भएपनि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरुले स्थानीय तहको निर्वाचनको आन्तरिक तयारी थालेका हुन् । काँग्रेस निकट नेपाल महिला सङ्घले केही दिनअघि सिरहाको लहानमा प्रदेश स्तरीय प्रशिक्षण गरेदेखि नै निर्वाचनको तयारी थालेको काँग्रेस सिरहाले चुनाव केन्द्रित गतिविधिलाई गाउँ गाउँसम्म पु¥याइआएको छ । काँग्रेसका सिरहा जिल्ला सभापति तथा सांसद रामचन्द्र यादवका अनुसार काँग्रेसले जिल्लाका गाउँपालिका र नगरपालिकाका लागि सम्भावित उम्मेदवारहरुको छनोट, अगुवा कार्यकर्ताहरुको प्रशिक्षक तथा नियमित बैठक र छलफल लगायतका गतिविधि गरिरहेको छ । “मधेसवादी दलहरुले यथास्थितिमा हुने निर्वाचनलाई सशक्त रुपमा बहिष्कार गर्ने चेतावनी दिँदै आन्दोलन जारी राखेकाले समयमै निर्वाचन हुने वा नहुने अन्योलका बीच निर्वाचनको तयारी थालेका छौं,” सभापति यादव भन्नुहुन्छ – “निर्वाचन र संगठन सुदृढीकरणलाई लक्ष्य गरी जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा अहिले दिनहुँ नियमित रुपमा बैठक र छलफलमा हुने गरेको छ ।” एमालेले केही दिनअघि सञ्चालन गरेको मेची–महाकाली अभियान कार्यक्रमको क्रममा सप्तरीमा झडप भएपछि एमालेका नेता कार्यकर्ताले सिरहामा खुलेर निर्वाचनको तयारी गर्न नसकेपनि आन्तरिक रुपमा तयारी भइरहेको एमाले नेताहरु बताउँछन् । एमालेले निर्वाचनलाई लक्ष्य गरी पार्टीको २ नम्बर प्रदेश स्तरीय भेला महोत्तरीको बर्दिवासमा आयोजना गरेपनि सप्तरीको घटना पछि एमालेले सिरहामा कुनै औपचारिक कार्यक्रम गर्न सकेको छैन । संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रले पनि निर्वाचनलाई लक्ष्य गरी आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनलाई दृष्टिगत गरी एक साताअघि सिरहाको गोलबजारमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको र स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारहरुको सूची तयारीको सन्दर्भमा बैठक तथा छलफलहरु नियमित रुपमा भइरहेको पार्टीका केन्द्रीय सदस्य हरिनारायण चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “निर्वाचन र सांगठनिक अभियान लिएर गाउँ गाउँका पार्टीका अगुवा नेता र कार्यकर्तासँग नियमित छलफल, अन्तरक्रिया गर्नुका साथै जिल्लाका स्थानीय तहमा उम्मेदवार हुने आकांक्षीहरुको समेत सूची तयार गरिरहेका छौं ।” ठूला तीन दल बाहेक अन्य केही दलले पनि छिटफुट रुपमा आन्तरिक चुनावी तयारी थाले पनि उनीहरुको गतिविधि औपचारिक रुपमा सार्वजनिक हुन सकेको छैन । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्ला प्रहरी कार्यालय सिरहाले म्यादी प्रहरी भर्नाका लागि सूचना जारी गरेपछि सिरहामा आवेदन भर्ने मधेसी युवाको भीड बढेको छ। म्यादी प्रहरी भर्नाका लागि आवेदन दर्ता गराउन सदरमुकाम सिरहास्थित जिल्ला प्रहरी कार्यालय सिरहामा दैनिक रुपमा ठूलो भीड लाग्ने गरेको छ । स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको भर्नामा युवा वर्गको बढ्दो आकर्षणले पनि आसन्न स्थानीय तहको निर्वाचनको वातावरण बन्दै गएको बुझ्न सकिन्छ । करिब १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी ठूला दलहरु गाउँ गाउँ पुग्न थालेपछि ग्रामीण क्षेत्रमा चुनावको चर्चा परिचर्चा सुरु भएको छ । तर पनि मधेसवादी दलहरुको आन्दोलनका कारण जिल्लामा खासै चुनावी माहोल बन्न नसकेको स्थानीय बासिन्दा बताउँछन् । संविधान संशोधन गरी मधेसवादी दलहरुलाई समेत निर्वाचनमा सहभागी गराउन सकिए निर्वाचनको वातावरण सहज रुपमा बन्ने स्थानीय बुद्धिजीवीहरुको विश्वास छ । सिरहा जिल्लामा काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा तथा मधेसवादी दलहरु गरी ३२ वटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

हङकङविरुद्ध शरदले बनाए अर्धशतक

ढाका, चैत १७ । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालका शरद भेषवाकरले अर्धशतक बनाएका छन् । बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर हङकङले बनाएको २१५ रनको जवाफी व्याटिङ गरिरहेको नेपालका लागि शरदले तीनवटा छक्का रतीनवटै चौका मद्दतमा अर्धशतक पूरा गरेका हुन् । शरद भेषवाकरले व्यक्तिगत ५० बलमा ५४ रन बनाएका हुन् । यसैगरी दीपेन्द्रसिंह ऐरी पनि अर्धशतक बनाएका छन् । उनले बंगलादेशविरुद्ध पनि अर्धशतक बनाएका थिए । यसैगरी पाकिस्तान र बंगलादेशसँग खासै प्रदर्शन गर्न नसकेका कप्तान ज्ञानेन्द्र मल्लले पनि ७० र बनाएका छन् । मल्लले ११ चौका मद्दतमा उक्त योगफल बनाएका हुन् । नेपालका ओपनर व्याट्स्यान आसिफ शेख व्यक्तिगत ८ रनमा बनाएर आउट भएका थिए । त्यसअघि हङकङले निर्धारित ५० ओभरमा अलआउट भएर २१४ रन बनाएको थियो । लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगितामा अंक विहीन दुवै टोली प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउँमा छन् । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको निर्णायक खेलमा भिड्ने तयारीमा रहेका दुवै टोलीले आजको प्रतिस्पर्धालाई एक अर्काको कमजोरी पत्ता लगाउने महत्वपुर्ण अवसरको रुपमा लिईएका छन् । नियमित कप्तान पारस खड्का सहित केही मुख्य खेलाडीलाई आराम दिदै बंगलादेश भ्रमणमा निस्किएको नेपाली क्रिकेट टोली प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले र बंगलादेशसंग ८३ रनले पराजित भएको थियो । हङकङ पहिलो खेलमा बंगलादेशसंग ८ विकेटले पराजित भएको थियो भने पाकिस्तानसंग २ सय ४८ रनको हार ब्यहोरेको थियो ।

गाडीको डिकीमा राखेर नेपाली महिलालाई खाडी मुलुक पुर्‍याइने गरेको खुलासा

काठमाडौं, चैत १७ । नेपाली महिलालाई विमानस्थलबाटै गाडीको डिकीमा राखेर नेपाली महिलालाई खाडी मुलुक पुर्‍याइने गरेको खुलासा भएको छ । बिहिबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भिजिट भिसा मिलाएर नेपाली महिलालाई खाडीका विभिन्न मुलुकमा पुर्‍याइने गरेको उल्लेख छ । संसद्को अन्तर्राष्ट्रिय श्रम सम्बन्ध तथा मानवअधिकार समितिले गरेको अध्ययनले विमानस्थलमै सेटिङ मिलाएर अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुकमा पुर्‍याइने गरेको देखाएको हो । समितिअन्तर्गत गठित अनुगमन उपसमितिले खाडी मुलुकमै पुगेर गरेको अध्ययनले खाडी मुलुकमा पुर्‍याइएका महिलामध्ये ६० प्रतिशतभन्दा बढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सेटिङ मिलाएर पुर्‍याइएको देखिएको हो । उपसमितिले बिहीबार समितिलाई प्रतिवेदन बुझाउँदै बाँकी ४० प्रतिशत महिला भने भारत, श्रीलंका, चीनलगायतका देशको बाटो हुँदै खाडी मुलुक पुर्‍याएर घरेलु कामदारमा रुपमा लगाउने गरेको जनाएको छ । उपसमितिले महिलालाई गाडीको डिकीमा समेत राखेर ओसारपसार गर्ने गरेको पाइएको जनाएको छ । त्यसरी गैरकानुनी काम गर्नेहरुको पहिचान भने हुन नसकेको ठहर समितिले गरेको छ । तर महिलालाई खाडी मुलुकसम्म पुर्‍याएर गैरकानुनी क्रियाकलापमा लगाउन उच्च राजनीतिक तहकै संलग्नता हुन सक्ने आशंका उपसमितिले गरेको छ । उपसमितिले नेपाली कामदारसँग वैदेशिक रोजगारीमा जानुअघि गरिएको श्रम सम्झौताबमाजिम तलव र सुविधा नदिने गरिएको र एउटा कामका लागि भनेर लगिएकाहरुलाई अर्कै काम लगाउने गरेको पाइएको जनाएको छ । त्यसैगरी समितिको बैठकमा श्रमसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक २०७२ सम्बन्धी कार्यदलले प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री प्रचण्डले भने–‘नेपालको सफलतालाई ठूला देशले प्रचार गरेनन्’

काठमाडौं, चैत १७ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रियाको सफलतालाई ठूला र विकसित मुलुकले प्रचार गर्न नचाहेको बताएका छन् । नेपालको शान्ति प्रक्रियाबारे अध्ययनमा आएको म्यानमारको शान्ति प्रमण्डलसँग ‘सेन्टर फर ह्युम्यानिटेरियन डायलग’ र ‘इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज’ ले बिहीबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्रीले भने– ‘नेपालको शान्ति प्रक्रिया विश्वमा सफलतम् उदाहरणमध्येको एक हो तर नेपाल सानो र गरिब मुलुक भएकाले होला यो सफलतालाई स्थापित र प्रचार गर्न ठूला र धनी मुलुकले चाहेनन् ।’ उनले युरोप, ल्याटिन अमेरिका वा अन्य ठूला मुलुकका यस्ता सफल अभ्यास भएका भए व्यापक प्रचार हुने टिप्पणी गर्दै ती मुलुकले नेपालको सफल शान्ति प्रक्रिया स्थापित गर्ने र यसबाट अरु मुलुकले सिक्ने विषय स्वीकार्य नभएको टिप्पणी गरे । राजाले प्रत्यक्ष शासन सञ्चालन गरे पनि तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्षका हैसियतमा आफूले एकपक्षीय युद्धविराम घोषणा गरी सात दलसँगको सहकार्यमा १२ बुँदे सहमति गरेको, हतियार र सेना समायोजन हुँदै हाल संविधानसभाबाट नयाँ संविधान जारीपछि नेपालको शान्ति प्रक्रिया आधारभूत रुपमा पूरा र सफल भएको उहाँले बताए । प्रत्येक देशको शान्ति प्रक्रियाका विशिष्ट र मौलिक अनुभव हुने भन्दै उहाँले राजनीतिक उद्देश्य र जनताका जायज मागमा आधारित विद्रोहलाई शान्ति प्रक्रियाबाट हल गर्न सकिने भन्दै आतङ्ककारी र अराजक गतिविधिलाई चाँही कानुनको पालनाबाटै समाधान गर्नुपर्नेमा जोड दिए । नेपालको शान्ति प्रक्रियाका अनुभवको अध्ययन गर्न आएकामा म्यानमारका टोलीलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले त्यहाँको शान्ति प्रक्रियाको सफलताको कामना गरे । छलफलमा नेपाली काँग्रेसका नेत्री सुजाता कोइराला, नेकपा एमालेका पोलिटब्युरो सदस्य गङ्गालाल तुलाधार, पूर्व सभामुख दमननाथ ढुङ्गानालगायत पनि सहभागी थिए । इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिजका अध्यक्ष डा. राम थपलियाले म्यानमारको अध्ययन टोलीले नेपालको शान्ति प्रक्रियाको अध्ययन गर्नुले नेपालको शान्ति प्रक्रियाको अन्तर्राष्ट्रिय समुदायमा मान्यता हासिल गर्नु रहेको बताए । म्यानमारका नेसनल लिवरेसन अर्गनाइजेसनका कर्णेल खुन ओकरको नेतृत्वमा २२ सदस्यीय टोली नेपालको पाँचदिने भ्रमणमा रहेको छ । रासस

एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा कप्तान ज्ञानेन्द्रको अर्धशतक

ढाका, चैत १७ । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा हङकङ विरुद्धको खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् । पाकिस्तान र बंगलादेशसँग खासै प्रदर्शन गर्न नसकेका कप्तान ज्ञानेन्द्रले नौ चौका मद्दतमा ५२ रन बनाएका हुन् । बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर हङकङले बनाएको २१५ रनको चुनौति प्रछ्याएको नेपालका लागि कप्तान मल्लले एकै अोभरमा लगातार तीनवटा चौका प्हार गरेका थिए । नेपाल अहिले १ विकेट गुमाएर ७३ रन बनाइ खेलिरहेको छ । त्यसअघि नेपालका ओपनर व्याट्स्यान आसिफ शेख व्यक्तिगत ८ रनमा आउट भएका थिए । त्यसअघि हङकङले निर्धारित ५० ओभरमा अलआउट भएर २१४ रन बनाएको थियो । लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगितामा अंक विहीन दुवै टोली प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउँमा छन् । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको निर्णायक खेलमा भिड्ने तयारीमा रहेका दुवै टोलीले आजको प्रतिस्पर्धालाई एक अर्काको कमजोरी पत्ता लगाउने महत्वपुर्ण अवसरको रुपमा लिईएका छन् । नियमित कप्तान पारस खड्का सहित केही मुख्य खेलाडीलाई आराम दिदै बंगलादेश भ्रमणमा निस्किएको नेपाली क्रिकेट टोली प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले र बंगलादेशसंग ८३ रनले पराजित भएको थियो । हङकङ पहिलो खेलमा बंगलादेशसंग ८ विकेटले पराजित भएको थियो भने पाकिस्तानसंग २ सय ४८ रनको हार ब्यहोरेको थियो ।

स्थानीय तह चुनावका लागि यस्तो छ सुरक्षा तयारी, नेपाली सेना बाहिरी घेरामा

काठमाडौं, चैत १७ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए । ‘केन्द्रीय तहमा सुरक्षा योजना बनिसकेको छ भने क्षेत्रीय र जिल्ला तहमासमेत सुरक्षा योजना बन्दैछ’–उनले भने–‘एक हप्ताअघि नै १५ दिनभित्र योजना प्रस्तुत् गर्न सबै जिल्लामा निर्देशन जारी गरिसकिएकाले अबको एक हप्ताभित्र सबै जिल्लाबाट सुरक्षा योजना आइपुग्नेछ ।’ १९ वर्षपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनले ३६ हजार जनप्रतिनिधि चयन हुने भएकाले पनि यसले गाउँ, टोलस्तरसम्म प्रत्यक्ष प्रभाव पार्नेछ । निर्वाचनमा भित्रि घेरामा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरीको परिचालन गरिने उनले बताए । त्यसैगरी, मतदान केन्द्र र मतपेटिकाको सुरक्षार्थ नेपाली सेना बाहिरी घेरामा खटाउने निर्णय गत हप्ता सुरक्षा परिषद्को बैठकले गरिसकेको छ । निर्वाचनमा सेनाको थप भूमिकाबारे मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ । निर्वाचन आयोगले हालसम्म सबै जिल्लाको मतदान केन्द्र कहाँ–कहाँ हुने र कति हुने भनी विवरण नदिएका कारण सोहीबमोजिमको जिल्लामा सुरक्षा योजना बनाउन नसकिएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचनमा दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने तयारी गृह प्रशासनले गरेको छ । सोहीअनुरुप ७५ हजार म्यादी प्रहरीका लागि प्रहरी प्रधान कार्यालयले चैत ११ गते एक हप्ताभित्र आवेदन माग गरिसकेको छ । आवेदन दिने समय दुई दिन बाँकी छँदै ६२ हजार पुरुष र १० हजार महिलाले म्यादी प्रहरीका लागि आवेदन दिइसकेको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए । म्यादीका लागि युवामा आकर्षण बढ्दो देखिएको र यसले निर्वाचनको सफलतामा सहयोग पुग्ने प्रवक्ता खनालले विश्वास व्यक्त गरे । उनले निर्वाचनका लागि प्रहरीले आवश्यक सुरक्षा योजना बनाइसकेको र त्यसलाई कार्यान्वयनको चरणमा लगिएको जानकारी दिए । निर्वाचनका लागि आवश्यक स्रोत, साधनको तयारीमा तीव्ररुपमा गृह मन्त्रालय लागेको गृह प्रवक्ता पन्थीले जानकारी दिए । उनले भने–‘निर्वाचनका लागि आवश्यक बजेटका लागि यसअघि पनि अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकेका छौं, केही रकम निकासा पनि भइसक्यो, थप आवश्यक रकमका लागि अर्थमा फेरि माग पठाउँदैछौं ।’ समय थोरै भएकाले नियमित प्रक्रियाबाट आवश्यक स्रोत, साधन र बन्दोबस्तीका साधन खरिद गर्न नसक्ने भएकाले छिटो प्रक्रिया अवलम्बन गरिने उनले जानकारी दिए । उनले भने–‘सार्वजनिक खरिद ऐनअनुरुप ती सामग्री किन्न लागे महिनौं लाग्ने भएकाले छोटो प्रक्रियाबाट बन्दोबस्तीका सामान किन्न लागिएको हो । विशेष परिस्थिति भएकाले मन्त्रिपरिषदबाट सो निर्णय गराउने तयारी भएको छ ।’ नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि अश्रुग्याससहित केही हतियारसमेत तत्कालै किन्नका लागि बजेट माग गर्न लागिएको छ । यस्तै, म्यादी प्रहरीका लागि चाहिने लाठी, पोसाक, हेल्मेटसमेत छिटो प्रक्रियाबाट किन्ने तयारी गरिएको छ । सुरक्षा निकाय र मन्त्रालयका लागि सवारी–साधन किन्नमात्रै रु चार अर्ब अर्थसँग गृह मन्त्रालयले माग गरिसकेको छ । ‘वि.सं. २०७० को संविधानसभाको निर्वाचन मतदान केन्द्रलाई आधार मानेर सुरक्षा व्यवस्था बनाइराखिएको छ’–पन्थीले भने–‘२०७० सालको मतदान केन्द्रभन्दा संख्या घट्दैन, त्यो संख्याभन्दा थोरै भएपनि बढ्छ ।’ ‘मन्त्रालयले संवेदनशीलताको आधारमा जिल्ला र मतदान केन्द्रका लागि आवश्यक सुरक्षा रणनीति बनाउने छ’–उनले भने–‘अहिले सामान्य भनिएका ठाउँमा निर्वाचनको समयमा असमान्य हुनसक्छ भने अहिले असमान्य भनिएका ठाउँ निर्वाचनकोबेला सामान्य बन्न सक्छ, त्यसैले पूर्ण सुरक्षा येजना त निर्वाचन सकिनेबेलासम्म बनिरहन्छ ।’ चैत मसान्तभित्रै पूर्ण सुरक्षा कार्ययोजना कार्यान्वयनमा आउने गरी गृह प्रशासनले तयारी थालेको छ । विशेषत २ नम्बर प्रदेशमा तराईकेन्द्रित दलले निर्वाचनको विरोध गरिरहेको सन्दर्भमा गृह मन्त्रालयले आफ्नो ध्यान सो प्रदेशअन्तर्गतका जिल्लामा केन्द्रित गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि सुरक्षा निकायले निगरानीमा राखिरहेको छ । गृह प्रवक्ता पन्थीले आफूहरुले निर्वाचनमा तराईकेन्द्रित सबै दलले भाग लिन्छन् र सहजरुपमै निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षा गरेकोे बताए । त्यस्तै, दुई चरणमा निर्वाचन हुने चर्चामा कुनै सत्यता नभएको बताउँदै उनले अहिलेसम्म एकै चरणमा निर्वाचन गर्ने गरी सुरक्षा रणनीति बनाइराखिएको प्रस्ट पारे । देशैभरका जनता मतदानका लागि आतुर रहेकाले यसमा सबैको सहयोग हुनेमा गृह मन्त्रालय आशावादी छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेटे भारतीय राजदूत सिंहपुरीले

काठमाडौं, चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रच्ण्ड’ र नवनियुक्त भारतीय राजदूत मन्जिव सिंह पुरीबीच शिष्टाचार भेट भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाल बसाई सुखमय रहोस् भन्ने शुभकामना दिए । प्रधानमन्त्री दाहालसँग नवनियुक्त राजदूत पुरीको यो पहिलो भेट हो । प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच निकटको सम्वन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्वन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरे । राजदूत पुरीले नेपालमा रहेर काम गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्दै दुई देशको आपसी हित र सम्बन्ध विकासमा आफ्नो भुमिका रहने बताए । जिम्मेवारी सम्हालेलगत्तै राजदूत पुरी राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् । उनले एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा लगायतसँग भेटवार्ता गरिसकेका छन् ।

एसीसी इमर्जिङ कपमा नेपालले लियो हङ्कङको चौथो विकेट

ढाका, चैत १७ । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपाल विरुद्ध व्याटिङ गरिरहेको हङकङले चार विकेट गुमाएर १३९ रन बनाएको छ । बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले चार विकेट गुमाएर १३९ रन बनाएको ‍हो । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले दुई र भुवन कार्की र सन्दीप लामिछानेले एक एक विकेट लिए । हङकङका ओपनर अन्सुमन रथले अर्धसतक बनाएर अाउट भए । लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगितामा अंक विहीन दुवै टोली प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउँमा छन् । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको निर्णायक खेलमा भिड्ने तयारीमा रहेका दुवै टोलीले आजको प्रतिस्पर्धालाई एक अर्काको कमजोरी पत्ता लगाउने महत्वपुर्ण अवसरको रुपमा लिईएका छन् । नियमित कप्तान पारस खड्का सहित केही मुख्य खेलाडीलाई आराम दिदै बंगलादेश भ्रमणमा निस्किएको नेपाली क्रिकेट टोली प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले र बंगलादेशसंग ८३ रनले पराजित भएको थियो । हङकङ पहिलो खेलमा बंगलादेशसंग ८ विकेटले पराजित भएको थियो भने पाकिस्तानसंग २ सय ४८ रनको हार ब्यहोरेको थियो ।

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं,चैत्र १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राजदूत मन्जिव शिंह पुरीबीच शिष्टाचार भेट भएको छ । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाल बसाई सुखमय रहोस् भन्ने शुभकामना दिएका छन्। प्रधानमन्त्रीले नेपाल र भारतबीच निकटको सम्वन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्वन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरे र राजदूत पुरीले नेपालमा रहेर काम गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्दै दुई देशको आपसी हित र सम्बन्ध विकासमा आफ्नो भुमिका रहने बताए ।

म्यादी प्रहरीमा युवाको आकर्षण बढ्दो

बर्दिया, चैत १७ । स्थानीय निकायको निर्वाचनका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन बर्दियाका चौधरी समुदायका युवायुवतीको आकर्षण बढेको छ । जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा चौधरी समुदायका युवायुवती म्यादी प्रहरीमा जागिर खानका लागि आवेदन दिन बिहान ७ बजेदेखि नै लाइनमा बस्दै आएका छन् । बिहानैदेखि लाइनमा बसेका युवायुवतीले पढाइ भएपनि त्यही अनुसारको जागिर नपाएका र म्यादी प्रहरीमा भर्ना हुन आएको गोला गाविसका नरबहादुर चौधरीले बताउनुभयो । आवेदन फारम जिल्ला प्रहरी कार्यालय बर्दियाबाट वितरण भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम शाहीले बताउनुभयो । बिहानदेखि फाराम भर्नेको भीड भएका कारण बेलुकी ६ बजेसम्म फारम बुझ्ने गरेको उहाँले बताउनुभयो । चैत १७ गतेसम्म मात्र आवेदन फारम भर्न सकिने भएकाले बुधबारसम्म करिब पाँच हजारजनाले आवेदन फारम भरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । म्यादी प्रहरीको अवधि ५५ दिनको हुने बताइएको छ । म्यादी प्रहरी बन्नका लागि नेपाली नागरिक भएको हुनुपर्ने, १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, साधारण लेखपढ गर्न सक्ने, कुनै नैतिक पतन देखिने फौजदारी कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको तथा शारीरिक तथा मानसिकरुपले तन्दुरुस्त रहेको हुनुपर्ने आवश्यक योग्यता रहेको छ । आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन मधेसमा हुनै नदिने अडान राखेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सडकमा सङ्घर्ष गरिरहेका बेला निर्वाचनलाई लक्षित गरी सरकारले आह्वान गरेको म्यादी प्रहरी भर्नामा भने मधेसकै युवाको सहभागिता अत्यधिक रहेको छ । रासस

फास्ट ट्रयाकमा भारतको आँखा, मन्त्री लेखकले भने–‘धेरै ढिला भइसक्यो’

काठमाडौं, चैत १७ । नवनियुक्त भारतीय राजदूत मन्जीवसिंह पुरीले फास्ट ट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिन पुनः प्रस्ताव गरेका छन् । बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसँग मन्त्रालयमा भएको औपचारिक भेटमा उनले यस्तो प्रस्ताव गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहिलोपटक सन् २००८ मा पिपिपी मोडलअन्तर्गत फास्ट ट्रयाक निर्माण आयोजना निर्माण गर्ने आसयपत्र आह्वान गरेको थियो । त्यसपटक भारतका दुई बहुराष्ट्रिय कम्पनीहरू ल्यान्डमार्क र रिलायन्स सर्टलिस्टमा परेका थिए । तर, त्यसपछि कुनै पनि प्रक्रियामा आयोजना प्रवेश गरेन । दोस्रोपटक सन् २०१२ मा पुनः बोलपत्र आह्वान गरियो । यसपटक रिलायन्स, लार्सेन एन्ड टर्बो र आइएल एन्ड एफएस छनोट भए । तर, दोस्रो सूचनामा निर्माण प्रस्ताव आह्वान गर्दा कुनै पनि कम्पनीले प्रस्ताव दर्ता गराएनन् । आयोजना निर्माणमा ढिलाइ भइरहेकोमा चर्को विरोध भएपछि ५ चैत ०७० मा राष्ट्रिय योजना आयोगले पिपिपी÷बुट मोडलबाहेक अन्य मोडललाई पनि खुला राखेर प्रक्रिया अघि बढाउन मन्त्रालयलाई निर्देशन दियो । त्यसलगत्तै अन्तिमपटक सन् २०१४ मा आयोजना निर्माणका लागि तेस्रोपटक आसयपत्र आह्वान गरियो । सुरुमा चार चिनियाँ र चार भारतीय कम्पनीले आसयपत्रको कागजात खरिद गरे पनि तीनवटा भारतीय कम्पनीले मात्र दाखिला गरे । तिनीहरूमा आइएल एन्ड एफएस, ओएसई र रिलायन्स इन्डिया थिए । तीनवटै कम्पनी आयोजना निर्माण प्रस्ताव दाखिला गर्न योग्य हुने गरी छनोट भए । तर, रिलायन्स इन्डियाले प्रस्ताव दर्ता गरेन । सरकारले अन्य कम्पनीबाट पनि निर्माणको प्रस्ताव (रिक्वेस्ट फर प्रोपोजल) नआउने सम्भावना देखेर न्यूनतम राजस्व प्रत्याभूति (एमआरजी) उपलब्ध गराउने घोषणा गर्यो । जसअन्तर्गत वार्षिक १५ अर्ब रुपैयाँ आयोजना निर्माण गर्ने कम्पनीलाई नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था गरियो । यही व्यवस्थालाई मानेर प्रस्ताव दर्ता गराएका दुई कम्पनीमध्ये आइएल एन्ड एफएसले गरेको निर्माण प्रस्ताव सरकारले स्वीकृत गर्यो । साथै सो कम्पनी सफल प्रवद्र्धक घोषणासमेत भयो । निर्माण कम्पनीसँग मन्त्रालयले टिम बनाएर आयोजना निर्माणको वार्तासमेत सुरु भएको थियो । यसैबीचमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिको उपस्थितिमा कम्पनीले सरकारको लगानीविना नै आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने सम्झौता गरी कामसमेत सम्पन्न गर्यो । यहीबीचमा विभिन्न क्षेत्रबाट सरकारले न्यूनतम राजस्व प्रत्याभूतिबापत वार्षिक १५ अर्ब रुपैयाँ दिन निर्णयको विरोध सुरु भयो । संसदीय समितिदेखि राजनीतिक पार्टीसमेत पक्ष र विपक्षमा लागे । त्यसपछि भारतले लगाएको नाकाबन्दीको कारण पनि फास्ट ट्र्याक आयोजना भारतीय कम्पनीलाई दिने विषयमा नकारात्मक धारणा बन्यो । यसैक्रममा सर्वोच्च अदालतमा आयोजना विदेशी कम्पनीलाई निर्माण गर्न दिन नहुने भन्दै रिट गर्यो । अदालतले ‘स्टे अर्डर’ जारी गर्यो । त्यसपछि करिब एक वर्षसम्म आयोजनामा कुनै प्रगति हुन सकेन । बजेटमार्फत नेपालले बनाउने घोषणा र रद्दको निर्णय : आयोजना अदालतमा गएर अड्किएपछि यसअघिको केपी ओली नेतृत्वको सरकारले नेपाल सरकार आफैँले आयोजना निर्माण गर्ने घोषणा ग¥यो । आर्थिक वर्ष ०७३-७४ को बजेटमार्फत यस्तो घोषणा गरेको हो । १५ जेठमा सरकारले आफैँ निर्माण गर्ने घोषणा गरेको ३५ दिनपछि सर्वोच्च अदालतले गत २० असारमा सो रिट खारेज गरी सरकारले आफ्नै स्रोतबाट काम अघि बढाउन भन्यो । त्यसपछि वर्तमान सरकार गठन भयो र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वमा पुगेका रमेश लेखकले गत ५ मंसिरमा फास्ट ट्र्याक आयोजना निर्माणका लागि प्रवद्र्धकका रूपमा रहेको भारतीय कम्पनी आइएल एन्ड एफएससँगको सबै प्रकारका समझदारी र सहमति रद्द गर्ने निर्णय गर्यो । सो निर्णयलाई ७ पुसमा बसेको मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गर्यो । यससँगै पछिल्लो (सन् २००८) आठ वर्षदेखि पिपिपी मोडलअन्तर्गत रहेको बुट (निर्माण, स्वामित्व ग्रहण, सञ्चालन र हस्तान्तरण) प्रणालीमा आयोजना निर्माण गर्ने प्रक्रियाको अन्त्य भएको थियो । ढिला भइसक्यो : मन्त्री लेखक भेटमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले फास्ट ट्र्याक आयोजना निर्माणका लागि भारतीय प्रस्ताव धेरै ढिला भइसकेको बताए । ‘यो आयोजना हामी आफैँ (नेपाल सरकार)ले निर्माण गर्ने निर्णय गरिसकेका छौँ । यसमा अब परिवर्तन हुन सक्दैन,’ मन्त्रीको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव जनक भट्टले भने । मन्त्री लेखकले नेपाल सरकार फास्ट ट्र्याकजस्तै अन्य आयोजना कार्यान्वयन गर्ने चरणमा रहेको र त्यस्ता आयोजनामा भारतले निर्माण वा निर्माणका लागि सहयोग गर्न सक्ने जवाफ दिएको उनको भनाइ छ । त्यसबाहेक भारतीय लाइन अफ क्रेडिट (एलओसी)अन्तर्गतका आयोजना, हुलाकी राजमार्ग र पूर्व–पश्चिम रेलमार्गलगायतका आयोजनामा पनि भारतीय सहयोग अपेक्षित रहेको बताएका थिए । यो खबर आजको नयाँ पत्रिकामा छ ।