पुस २१ गतेदेखि टेलिचलचित्र ‘पंगा’ सञ्चालनमा आउने
पोखरा, मंसिर २७ । श्याम शुक्ला फिल्म प्रोडक्सन, पोखराले तयार गर्न लागेको टेलिचलचित्र ‘पंगा’ आगामी पुस २१ गतदेखि पोखरामा प्रदर्शन हुने भएको छ ।
पोखरेली कलाकारले अभिनय गर्ने उक्त टेली चलचित्रले वर्तमान समाजका भोगाइ र युवायुवतीले भोगेका समस्यालाई चित्रण गर्न खोजेको चलचित्रका निर्देशक राम बास्तोलाले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिनुभयो ।
उहाँका अनुसार पोखराको गण्डकी टेलिभिजन र पोखरा टेलिभिजनमार्फत एक वर्ष प्रस्तुत गरिने उक्त चलचित्र प्रत्येक हप्ताको शुक्रबार ७ः३० बजेपछि प्रसारण गरिनेछ । युवापुस्तालाई लक्षित गरिएको चलचित्र समाजमा लोकप्रिय बन्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।
चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम विश्वकर्माले युवा कलाकारको सक्रियतामा प्रदर्शनको तयारी गरिएको टेली चलचित्र ‘पंगा’ लोकप्रिय बन्ने विश्वास व्यक्त गर्नुभयो ।
दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य दिनेश सुनार सहितका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
बेलौरी, मंसिर १५ । राष्ट्रिय जनमोर्चा (राजमो) बेलौरीका नेता कार्यकर्ताको आसन्न प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट बिना मगर जिताउने अभियानमा लागेका छन् । दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य दिनेश सुनार सहितका स्थानीय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । बेलौरी नगरपालिकाको ४ नम्बर वडाका वासिन्दा तथा राष्ट्रिय जनमोर्चाका नेता राजकुमार सुनार, रामबहादुर सुनार, हस्तबहादुर रावल, एकेन्द्रबहादुर शाही, बलबहादुर सुनार, पुष्कर रावल, बलराम रावल र सन्तोष शाही माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। नवप्रवेशी नेता कार्यकर्तालाई माओवादी केन्द्रका जिल्ला इन्चार्ज वीरबहादुर थापा ‘पालत’ले टीका लगाएर पार्टीमा स्वागत गरेका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्र र देशको समृद्धिका लागि बिना मगर र वाम गठबन्धन जित्नु आवश्यक भएकाले राष्ट्रिय जनमोर्चा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य दिनेश सुनारले बताए । कांग्रेसका उम्मेदवारले यसअघि जितेर विकासको अनुभूति गराउन नसकेका कारण यसपालि बिना मगरलाई जिताएर दक्षिणी क्षेत्रको विकास देख्न चाहने मतदाताको आशा रहेको छ ।
स्व.दाहालको सम्झनामा देशैभर श्रद्धाञ्जलि सभाको आयोजना
काठमाडौं, मंसिर ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र तथा माओवादी पार्टीका युवा नेता प्रकाश दाहालको असामयिक निधनप्रति सिंगो पार्टी तथा वाम गठबन्धनका तर्फबाट गहिरो दुःख व्यक्त गरिएको छ । देशैभरि आज लागि पूर्व निर्धारित वाम गठबन्धनका सबै चुनावी सभामा स्व.प्रकाश दाहालको असामहिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र वियोगको भारी मन लिएर गृह जिल्ला चितवनमा पुगेका छन् । चितवन ३ मा आज हुने भनिएको वाम गठबन्धनको चुनावी सभामा सहभागी हुन उनी चितवन पुगेका हुन् । उक्त सभामा प्रकाश दाहाललाई श्रद्धाञ्जली दिएपछि सुरु हुने बताइएको छ । सो सभामा अध्यक्ष प्रचण्ड सहभागी भएपनि सम्वोधन नगर्ने बताइएको छ । श्रद्धाञ्जलि सभामा उम्मेदवार तथा पार्टीका नेताहरुले स्व। दाहालको तस्वीरमा माल्यापर्ण गर्दै उनले पार्टीलाई पुर्याएको योगदानको कदर गर्दै देशले इमान्दार र मेहनेती युवा नेता गुमाएको धारणा व्यक्त गरे । यस्तै कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रकी प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना मगरका श्रीमान, पार्टी अध्यक्ष प्रचण्डका सुपुत्र तथा पार्टीका केन्द्रीय सदस्य स्व.दाहालको असामयिक निधनले कञ्चनपुर शोकमा डुबेको छ । शोकमा डुबेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्र अर्थात् स्व। दाहालको ससुराली गाउँ पुनर्वासमा आज बिहान श्रद्धाञ्जलि सभा आयोजना गरियो । पु्नर्वासको सहिद गेटमा संयुक्त वाम गठबन्धनले आयोजना गरेको श्रद्धाञ्जलि सभामा बोल्ने अधिकांश वक्ताले प्रकाश दाहालको कञ्चनपुरसँग विशेष सम्बन्ध रहेकाले कञ्चनपुर बढी शोकमा डुबेको बताए । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार बिना मगरका श्रीमान प्रकाशको निधनले सम्पूर्ण निर्वाचन क्षेत्र नै शोकमा डुबेको निर्वाचन परिचालन समितिका संयोजक तथा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला संयोजक वीरबहादुर थापाले बताए । १७ वर्षदेखि पार्टीमा सक्रिय स्व। दाहालको आइतबार आकस्मिक हृदयघातका कारण मृत्यु भएको थियो । स्व.दाहालले माओवादी जनसेना, र पार्टीको हेडक्वार्टरमा सक्रिय भूमिका खेलेका थिए । श्रद्धाञ्जलि सभामा पार्टीका नेताले इमान्दार, मेहनेती र मिलनसार स्व। दाहालको निधनले सिंगो देशले जझारू युवा नेता गुमाएको बताए ।
स्व.प्रकाश दाहालको ससुराली गाउँमा श्रद्धाञ्जलि सभा
पुनर्वास, मंसिर ५ । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रकी प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना मगरका श्रीमान तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको असामयिक निधनले कञ्चनपुर शोकमा डुबेको छ । शोकमा डुबेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्र अर्थात् स्व। प्रकाश दाहालको ससुराली गाउँ पुनर्वासमा आज बिहान श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ । पु्नर्वासको सहिद गेटमा संयुक्त वाम गठबन्धनले आयोजना गरेको श्रद्धाञ्जलि सभामा बोल्ने अधिकांश वक्ताले प्रकाश दाहालको कञ्चनपुरसँग विशेष सम्बन्ध रहेकाले कञ्चनपुर बढी शोकमा डुबेको बताए । ‘क.प्रकाशको निधनको खबरले हामी शोकमा थियौं, चुनावी कार्यक्रम समेत स्थगित भएका थिए,’ नेकपा एमालेका नेता तथा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा १ का निर्वाचन परिचालन समिति सदस्य वीरबल विश्वकर्माले भने, ‘क.प्रचण्डको निर्देशनपछि चुनावी कार्यक्रम अगाडि बढाएका छौं ।’ कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रकी उम्मेदवार बिना मगरका श्रीमान प्रकाशको निधनले सम्पूर्ण निर्वाचन क्षेत्र नै शोकमा डुबेको निर्वाचन परिचालन समितिका संयोजक तथा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला संयोजक वीरबहादुर थापा ‘पातल’ले बताए । ‘यो क्षेत्र प्रकाश दाहालसँग प्रत्यक्ष जोडिएको छ,’ थापाले भने, ‘प्रकाशको निधनले हामी अत्यन्त दुःखी छौं ।’ स्व.प्रकाश दाहाल कञ्चनपुरका नेतासँग निरन्तर सम्पर्कमा रहने तथा विकास र राजनीतिक गतिविधिमा चासो राख्ने नेता रहेको संयोजक थापाले बताए । ‘प्रकाशको लक्ष्य वाम गठबन्धन प्रकाश दाहालको लक्ष्यलाई पूरा गर्न हामी सबै वाम कार्यकर्ता खटिनुपर्छ । उहाँको लक्ष्य पूरा गराएर उहाँप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गर्नुपर्छ ।’ वाम गठबन्धनका उम्मेदवारलाई जिताएर नेपाललाई समृद्ध बनाउने अभियानलाई सफल पार्नका लागि शोकलाई शक्तिमा बदल्दै अगाडि बढ्न थापाले सबैलाई निर्देशन दिए ।
मंसिर १ गतेदेखि विद्यालयका बस चालकले अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने
काठमाडौँ, कार्तिक २९ । मंसिर १ गतेदेखि सबै विद्यालयका बस चालकले अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले बताएको छ। सहयोगी हृदय नेपालले आज राजधानीमा आयोजना गरेको विद्यालयस्तरीय युवा विद्यार्थीलाई लागुऔषध, ट्राफिक नियम र साइबर अपराधबारे जनचेतनामूलक कार्यक्रमा उहाँले त्यसका लागि हरेक विद्यालयमा सूचना पठाइएको जानकारी दिए । उहाँले स्कुल, कलेज पढ्ने विद्यार्थी लागुऔषधमा फस्ने, मादक पदार्थ सेवन गरी बिनाहेल्मेट सवारी चलाउने कारणले अपराध र दुर्घटना बढ्दै गएकाले विद्यार्थीलाई सचेत हुन आग्रह गरे । “कतै यात्रा गर्दा सार्वजनिक बसमा बढी भाडा लिएमा, ट्याक्सीले मिटरमा जान नमाने, बढी पैसा मागेमा, चालक, खलासीले दुव्र्यवहार गरेमा तपाईहरु तुरुन्त हाम्रो हटलाइन १०३ मा फोन गरेर गुनासो गरे उनीहरुलाई कारबाही हुन्छ”– उनले भने । बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख उमादेवी राईले देशका उत्पादनशील युवा कुलतमा फस्दा देशको भविष्यमा खतरा हुने भएकाले विद्यालयस्तरबाटै विद्यार्थीलाई सही मार्गदर्शन हुनुपर्नेमा जोड दिए । गृहमन्त्रायलका लागुऔषध नियन्त्रण इकाइका कार्यक्रम अधिकृत खड्गबहादुर श्रेष्ठले आफ्ना छोराछोरीलाई कुलतबाट बचाउनका लागि अभिभावकले छोराछोरीसँग सुमधुर सम्बन्ध राख्नुपर्ने बताए । उनले मन्त्रालयले देशभरका विद्यालयका बालबालिकालाई लागुऔषधबारे जानकारी गराउँदै आएको बताए । विसं २०६९ मा गरिएको सर्वेक्षणमा ५१ हजार ५३४ लागुऔषध प्रयोगकर्ता रहेको बताइएको छ । अधिकृत श्रेष्ठले अहिले यो संख्या एक लाखभन्दा बढी भएको उल्लेख गरे । नेपालमा लागुऔषध नियन्त्रणमा सहयोग गर्दै आएको अमेरिकन संस्था हेल्थ इडी कनेक्टका लरेन हलले विद्यालय पढ्ने उमेरमा उत्सुकता बढी हुने भएकाले धेरै युवा कुलतमा फस्ने र उनीहरुलाई सचेत गराउनु आवश्यक भएको बताए । कार्यक्रममा नेपाली हवाई उडान क्षेत्रमा योगदान पु¥याएका क्याप्टेन वेद उप्रेती, समाजसेवी राजेश्वरी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका पत्रकार कल्पना पौडेललाई सम्मान गरिएको थियो । सहयोगी हृदय केन्द्रकी अध्यक्ष पिंकी मल्लले जनचेतना अभियान गर्दै आगामी दिनमा समेत सामाजिक उत्तरदायित्व पूरा गर्ने बताए ।
सुनसरी-२ का उम्मेदवार घरदैलोमा, प्रतिस्पर्धा रोचक
अजितकुमार झा इनरुवा, कात्तिक २९ । सुनसरीका प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवार चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभाका निर्वाचन नजिकिएसँगै उम्मेदवार घर दैलो तथा प्रचारप्रसारमा उनीहरु व्यस्त भएका हुन् । यहाँ नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाललगायतका पार्टीका तर्फबाट प्रदेश तथा प्रतिनिधिसभाका लागि भएका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्नका लागि आग्रह गर्दै घरदैलो तथा चुनावी प्रचारप्रसार कार्यक्रममा व्यस्त भएको पाइएको छ । सुनसरी क्षेत्र नम्बर २ (ख) प्रदेशसभा तर्फ नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएका जिल्ला सभापति राजीव कोइरालाले सदरमुकाम इनरुवा क्षेत्रमा घरदैलो कार्यक्रम गरेको छ । कोइरालाले बिहानैदेखि इनरुवा क्षेत्रका विभिन्न वडामा घरदैलो तथा भोट माग्ने कार्यक्रम गरेको हो । नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका कोइराला र उम्मेदवारी दर्ता हुनुभन्दा एक दिन अगाडिसम्म पार्टीको उपसभापति रहेका रामप्रसाद मेहता नै आमने सामने भएपछि यो क्षेत्र चुनावी चर्चाको शिखरमा पुगेको हो । त्यही कुरालाई मध्यनजर गरेर काँग्रेसका उम्मेदवार कोइरालासहित काँग्रेसका नेता कार्यकर्ता घरदैलोमा व्यस्त बनेको युवा नेता सन्तोष शर्माले जानकारी दिए । कोइरालाको घरदैलो कार्यक्रममा सयौं कार्यकर्ता तथा जिल्ला नेताको साथ रहेको छ । उता काँग्रेस त्यागेर एमालेबाट प्रदेश सभामा उम्मेदवार बनेका रामप्रसाद मेहताले पनि इनरुवा–९ बबियामा छलफल तथा अन्तरक्रिया र घरदैलो कार्यक्रम गरेएको छ। स्थानीय एमाले नेता हबिब मन्सुरीको घरमा बबिया क्षेत्रका नेता कार्यकर्तालाई डाकेर मेहतालाई जिताउन अपिल गरिएको बताइएको छ । उता संघीय समाजवादी फोरम नेपालका उम्मेदवार नारायण यादवले समेत प्रचारप्रसार तथा घरदैलोलाई निरन्तरता दिनुभएको छ । यादवले फोरम नेपालको क्षेत्र सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ (ख) पकड क्षेत्र भएकाले कोइराला र मेहताभन्दा आफू अब्बल रहेको भन्दै घरदैलोलाई निरन्तरता दिएको युवा नेता अभिनन्द यादवले जानकारी दिए । सुनसरी—२ मा थारुहरुको मत निर्णायक सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा थारु समुदायको मत निर्णायक हुने देखिएको छ । यस क्षेत्रमा थारु मतदाता मात्रै १८ हजारभन्दा बढी रहेकाले थारु समुदायको मत निर्णायक हुने देखिएको हो । चुनावी प्रचारप्रसार घरदैलो कार्यक्रम तीव्र पारिएको बेला यो क्षेत्रमा थारुहरुको मत निर्णायक देखिएको उम्मेदवारले बताएका छन् । यस क्षेत्रबाट संघीय समाजवादी फोरमबाट एक मात्र थारु समुदायका उम्मेदवार तेजनारायण चौधरीको उम्मेदवारी रहेको र थारु समुदायले स्थानीय तहको निर्वाचनमा इटहरी र रामधुनीमा देखाएको सहानुभूति कायम रहे चौधरीले जित्न सक्ने थारु अगुवा तथा बुद्धिजीवीले बताएका छन् । चौधरी यो क्षेत्रबाट उम्मेदवार रहेकामध्ये सबैभन्दा बढी शिक्षित, अधिकार र पहिचानको मिसन, भिजन भएको, विकास निर्माणको खाका भएको उम्मेदवार भएकाले जित्ने थारु कानून व्यवसायीहरुले तर्क गरेका छन् । यो क्षेत्रमा मेहता समुदायको पनि मतले पनि त्यतिकै महत्व राखेको देखिएको छ । यहाँ मेहता समुदायबाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभामा सीताराम मेहता र राजपाबाट मुन्नादेवी मेहतासहितका दुईजना प्रभावशाली नेता उम्मेदवार चुनावी मैदानमा रहेका छन् । मेहता समुदायको एकतामा कुनै कमजोरी नभए काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार सीताराम मेहता र प्रदेशसभाका एमाले उम्मेदवार रामप्रसाद मेहताले जित्ने मेहता समुदायका बुद्धिजीवीको ठम्याइरहेको छ । तर वाम गठबन्धनका सुनसरी—२ प्रतिनिधिसभा उम्मेदवार डम्बर सुवेदी ९हिमाल० ले मेहता समुदायको मत विभाजन हुँदा जित्ने आधार रहेको एमाले— माओवादी केन्द्र गठबन्धनको दाबी रहेको छ । हिमाल विकास प्रेमी भएको र साविकमा काँग्रेसका कारण इनरुवादेखि दक्षिणी क्षेत्रको विकास नभएकाले वाम गठबन्धनकै जित हुने स्थानीय लेखराज दंगालको तर्क छ । यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ११ जना उम्मेदवार रहेका छन् ।
अाजैदेखि सरकारले सबै एनालग टेलिभिजन बन्द गर्ने, अब कसरी हेर्ने ?
काठमाडौँ, कात्तिक २८ | सरकारले अाज मंगलबारदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ । सुचना तथा सञ्चार मन्त्रालयले महनागरिपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा रुपान्तरण नगर्ने सेवाप्रदायकलाई अनुगमन गरी बन्द गराउन लागेको हो । गाउँपालिकामा भने आउँदो बैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा छ । सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि अपग्रेडमा ध्यान दिन पनि आग्रह गरेको छ । अब टेलिभिजन हेर्न के गर्ने ? अब यसको एक मात्र बिकल्प हो डिजिटल टिभी । सरकारले एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएपछी डिजिटल टेलिभिजन जोड्नुपर्ने हुन्छ । जसको लागि नेपालमा डीसहोम, सिमटिभी, स्काई केवल, आइपी टिभी, क्लियर टिभी लगायत छन् । डिजिटल टिभी एनालग भन्दा केहि बढी महँगो पर्ने भएपनि राम्रो क्वालिटीको टिभी हेर्न सकिन्छ । त्यस्तै सरकारलाई समेत डिजिटल टिभीले फाइदा दिन्छ, त्यसको कारण हो राजश्व । एनालग टेलिभिजनको कारण राजश्व समेत प्रभावित भएको अवस्थामा अब डिजिटल टिभी अनिवार्य गरिएपछी त्यसमा लाग्ने कर छलीलाई सहजै नियन्त्रण गर्न सकिने सरकारको विश्वास छ ।
दैलेखमा बस दुर्घटना, एक जनाको मृत्यु, १० जना घाइते
दैलेख, कात्तिक २५ । सुर्खेतबाट दैलेखका लागि छुटेको बा १ ख ५०१० नम्वरको माइक्रोबस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । घटनामा चालक र सहचालकसहित १० जना घाइते भएका छन् । शुक्रबार राति भएको दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका ३१ वर्षका पारस तिवारीको ज्यान गएको प्रहरीले जनाएको छ । गाडीले च्यापेका कारण राति अबेर मात्र गाडी उठाइसकेपछि ज्यान गुमाउनेको पहिचान खुलेको हो । घाइतेको सुर्खेतको माया मेडिकल र क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।
रफायल नदाललाई घुँडामा चोट, पेरिस मास्टर्स कपमा नखेल्ने
काठमाडौं, कात्तिक १८ । विश्व नम्बर एक रफायल नादालले पेरिस मास्टर्स कप टेनिस प्रतियोगिता त्याग गरेका छन् । क्वाटरफाइनलमा स्थान बनाएका स्पेनिस नदालले घुँडाको चोटका कारण प्रतियोगिता छोड्नुपरेको हो । नदालले शुक्रबार क्वाटरफाइनलमा सर्बियाका फिलिप क्राजिनाविकसँग खेल्नु पर्ने थियो तर चोटका कारण उनले खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको बताए । तेस्रो चरणअन्तर्गत पाब्लो कुइवाससँगको खेलमा नाडालको घुँडामा चोट लागेको थियो । नदालले आफू लण्डनमा १२ नोभेम्बरदेखि १९ नोभेम्बरसम्म हुने यो सिजनको अन्तिम प्रतिस्पर्धामा फिट भएर फर्किन सक्दो प्रयास गर्ने बताएका छन् । यस्तै अर्जेन्टिनाका आन मार्टिन डेल पोत्रो जोन इस्नरसँग ६–४, ६–७ र ६–४ ले पराजित भएका छन् । यो हारसँगै उनले एटिपी वल्र्ड टुरको फाइनलमा स्थान बनाउन असफल भए ।
यी हुन नेकपा एमालेका प्रत्यक्षतर्फका उम्मेदवार, सूचीसहित
काठमाडौं, कात्तिक १६ । दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्ने नेकपा ९एमाले० का उम्मेदवारहरुको सूची सार्वजनिक भएको छ । नेकपा माओवादी केन्द्रसँग एमाले चुनावी तालमेल गरेको एमालेले बुधबारको स्थायी कमिटीको बैठकको निर्णयका आधारमा उक्त मनोनयन गराएको हो । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिअनुसारको सूची: प्रदेश नं १ इलाम १ झलनाथ खनाल क खिनु लिम्बा लिम्बू ख काजीमान कागते इलाम २ सुवास नेम्वाङ क रामबहादुर मगर झापा १ क श्रीप्रसाद मैनाली ख गोपाल बुढाथोकी झापा २ पवित्रा निरौला खरेल क एकराज कार्की ख बिर्ख प्रधान झापा ३ क वसन्त बानियाँ झापा ४ एलपी साँवा लिम्बू ख हीरा थापा झापा ५ केपी शर्मा ओली क हिक्मत कार्की ख अर्जुन राई मोरङ १ घनश्याम खतिवडा ख उपेन्द्र घिमिरे मोरङ २ ऋषिकेश पोखरेल ख लीलाबल्लभ अधिकारी मोरङ ३ भानुभक्त ढकाल ख राजकुमार ओझा मोरङ ४ ख जीवन घिमिरे मोरङ ५ क भीम जिमी मोरङ ६ लालबाबु पण्डित ख रमेश पोखरेल सुनसरी १ जयकुमार राई क प्रदीप भण्डारी ख भीमप्रसाद आचार्य सुनसरी २ क सर्वध्वज सावाँ ख रामप्रसाद मेहता सुनसरी ३ भगवती चौधरी क लिलम बस्नेत ख रामदेव यादव सुनसरी ४ रमेश श्रेष्ठ क जगदीश कुसियत धनकुटा राजेन्द्रकुमार राई क निरन राई ख इन्द्रमणि पराजुली तेह्रथुम भवानी खापुङ क तेजमान कन्दङ्वा ख लक्ष्मण तिवारी उदयपुर १ मञ्जुकुमारी चौधरी क विमल कार्की उदयपुर २ ख कला घले प्रदेश नं २ सिरहा १ गंगाप्रसाद यादव क लगनलाल चौधरी ख अशोक यादव सिरहा २ ख मदनसेनप्रसाद श्रीवास्तव सप्तरी ३ लीलानाथ श्रेष्ठ ख प्रमोद यादव सप्तरी ४ ख तुल्सीप्रसाद यादव सप्तरी १ क सत्यनारायण मण्डल सप्तरी ३ ताराकान्त चौधरी क महेश चौधरी ख अब्दुल मजिद साकिर सप्तरी ४ मो। इस्लाम क गोविन्द न्यौपाने धनुषा १ क किशोरी साह धनुषा २ ख रामचन्द्र मण्डल धनुषा ३ क दीपेन्द्रकुमार यादव धनुषा ४ रघुवीर महासेठ क बाबुसाहेव यादव ख शत्रुधन महतो महोत्तरी १ क शारदा थापा महोत्तरी ३ विजयकुमार चौधरी ख विजयलाल कर्ण महोत्तरी ४ ख सरोज यादव सर्लाही १ धु्र्रव गौतम ख बेची लुङ्गेली सर्लाही ३ क डिल्लीप्रसाद उप्रेती बारा १ अच्युत मैनाली क त्रिलोकी चौधरी बारा २ ख रामसागर यादव बारा ३ अध्यानन्द पाण्डे क मोहमद समिम मुल्ला बारा ४ देवनारायण चौधरी क सुन्दर विश्वकर्मा पर्सा १ विचारी यादव ख ताजुदिन अन्सारी पर्सा २ क रामचन्द्र साह पर्सा ३ राजकुमार गुप्ता क नागेन्द्र चौधरी पर्सा ४ क जयप्रकाश थारु रौतहट १ क भिखारी यादव रौतहट २ अब्दुल रजाक क शैलेन्द्र साह रौतहट ३ क नागेन्द्र यादव रौतहट ४ डा वंशीधर मिश्र ख नागेन्द्र यादव प्रदेश नं ३ सिन्धुली १ गणेश पहाडी ख प्रदीप कटुवाल सिन्धुली २ क विनोद खड्का काभ्रेपलाञ्चोक १ ख चन्द्र लामा काभ्रेपलाञ्चोक २ गोकुल बाँस्कोटा क लक्ष्मण लम्साल ख बसुन्धरा हुमागाईं मकवानपुर १ कृष्ण दाहाल ख डोरमणि पौडेल मकवानपुर २ विरोध खतिवडा ख राजाराम स्याङ्तान चितवन १ सुरेन्द्रप्रसाद पाण्डे क दावा दोर्जी लामा ख कृष्ण खनाल चितवन २ कृष्णभक्त पोखरेल ख विजय सुवेदी चितवन ३ क कृष्णप्रसाद भुर्तेल भक्तपुर १ क हरिशरण लामिछाने भक्तपुर २ महेश बस्नेत क शशीजंग थापा ख राजेन्द्रमान श्रेष्ठ ललितपुर १ नवराज सिलवाल ख चेतनाथ संजेल ललितपुर २ कृष्णलाल महर्जन क माधव पौडेल ख ज्ञानेन्द्र शाक्य ललितपुर ३ ख जीवन खड्का काठमाडौ १ क विष्णु भुसाल ख गणेश दुलाल काठमाडौँ २ माधवकुमार नेपाल क सानुकुमार श्रेष्ठ ख मणिराम फुयाँल काठमाडौँ ३ कृष्ण राई ख रामेश्वर फुयाँल काठमाडौँ ४ डा राजन भट्टराई क निर्मल कुइँकेल ख कुसुमकुमार कार्की काठमाडौँ ५ ईश्वर पोखरेल क नारायण सिलवाल ख दीपक निरौला काठमाडौँ ६ क केशव स्थापित ख योगेन्द्र संग्रौला काठमाडौँ ७ रामवीर मानन्धर क वसन्त मानन्धर ख प्रकाश श्रेष्ठ काठमाडौँ ८ जीवनराम श्रेष्ठ क राजेश शाक्य ख अष्टलक्ष्मी शाक्य काठमाडौँ ९ कृष्णगोपाल श्रेष्ठ क डा अजयक्रान्ति शाक्य ख केशव पोखरेल काठमाडौँ १० ख रमा आले मगर प्रदेश नं ४ नवलपुर १ ख रोशनबहादुर गाहा मगर नवलपुर २ तिलक महत ख जनकलाल श्रेष्ठ तनहुँ १ कृष्णकृुमार ९किसान० श्रेष्ठ क रामबहादुर गुरुङ तनहँु २ केदार सिग्देल ख किरण गुरुङ कास्की १ खगराज अधिकारी ख मनबहादुर गुरुङ कास्की २ रवीन्द्र अधिकारी क कृष्ण थापा कास्की ३ जगत् विश्वकर्मा ख राजीव पहारी स्याङ्जा १ नारायण मरासिनी ख मीनप्रसाद गुरुङ स्याङ्जा २ पद्माकुमारी अर्याल क मोहन रेग्मी पर्वत पदम गिरी ख विकास लम्साल प्रदेश नं ५ परासी १ हृदयेश त्रिपाठी ९सूर्य चिह्न० क दीपेन्द्र अधिकारी ख अजय शाही ९सूर्य चिह्न० परासी २ ख वैजनाथ चौधरी रुपन्देही १ छबिलाल विश्वकर्मा क डा। कृष्ण न्यौपाने रुपन्देही २ बिष्णुप्रसाद पौडेल क लीला गिरी ख भोजप्रसाद श्रेष्ठ रुपन्देही ३ घनश्याम भुसाल ख तुल्सीप्रसाद चौधरी रुपन्देही ४ ओमप्रकाश यादव गुल्जारी क पल्लवी शुक्ला रुपन्देही ५ क भूमिश्वर ढकाल ख राजु बेलाल कपिलवस्तु १ क विष्णु पन्थी ख फजलुर रहमान कपिलवस्तु २ बृजेशकुमार गुप्ता ९सूर्य चिह्न० क दीर्घनारायण पाण्डे ख धर्मबहादुर लाल श्रीवास्तव कपिलवस्तु ३ ईश्वरदयाल मिश्र ९सूर्य चिह्न० क अर्जुनकुमार केसी पाल्पा १ दलवहादुर राना मगर क युवराज खनाल ख नारायण आचार्य पाल्पा २ सोमप्रसाद पाण्डेय क पुरन वज्राचार्य अर्घाखाँची १ क चेतनारायण आचार्य ख रामजीप्रसाद घिमिरे गुल्मी १ प्रदीपकुमार ज्ञवाली ख कमलराज श्रेष्ठ गुल्मी २ गोकर्णराज विष्ट क खड्गबहादुर केसी दाङ १ मेटमणि चौधरी ख रेवतीरमण शर्मा दाङ २ क शंकर पोखरेल ख अम्मरबहादुर डाँगी दाङ ३ हीराचन्द्र केसी ख उत्तरकुमार ओली प्युठान क हरिप्रसाद रिजाल बाँके १ ख आरती पौडेल बाँके २ पशुपतिदयाल मिश्र ९सूर्य चिह्न० ख विजय गुप्ता बाँके ३ नन्दलाल रोकाय ख बाबुराम गौतम बर्दिया १ वामदेव गौतम क कविराम थारु बर्दिया २ ख कुलप्रसाद पोखरेल सुर्खेत १ ध्रुवकुमार शाही ख खड्गबहादुर खत्री सुर्खेत २ नवराज रावत क यामलाल कँडेल सल्यान क गुलाबजंग शाह ख प्रकाश ज्वाला दैलेख १ रवीन्द्रराज शर्मा ख अम्मरबहादुर थापा दैलेख २ राजबहादुर बुढा क सुशील थापा ख राजबहादुर शाही कैलाली १ मदनकुमारी ९गरिमा० शाह क लालवीर चौघरी कैलाली २ झपट रावल क रतन थापा कैलाली २ ख अम्मर साउद कैलाली ४ क दीर्घ सोडारी ख कृष्ण सुवेदी कैलाली ५ नारदमुनि राना थारु क नेपालु चौधरी कञ्चनपुर १ क तारा लामा तामाङ ख कुलवीर चौधरी कञ्चनपुर २ नरवहादुर धामी ख लालबहादुर खड्का कञ्चनपुर ३ डा दीपकप्रकाश भट्ट क प्रकाश रावल डोटी प्रेमबहादुर आले मगर क चक्र मल्ल अछाम १ भीमबहादुर रावल ख यज्ञबहादुर वोगटी अछाम २ ख हर्कबहादुर कुँवर –––
ढुंगेललाई सदरखोर लगियो १२ वर्ष पाँच महिना २२ दिन जेलमा बस्नुपर्ने
काठमाडौं, कात्तिक १४ । मंगलबार विहान सिआइबीले पक्राउ गरेका माओवादी नेता बालकृष्ण ढुंगेललाई डिल्लीबजारको सदरखोर लगिएको छ। ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद फैसला सुनाइएका उनलाई मंगलबार पक्राउ गरेको प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेपछि डिल्लीबजारस्थित सदरखोर जेलमा लगिएको हो । जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदाhttps://everestdainik.com/2017/10/126948/लतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा अदालतमा उपस्थित गराएर सदरखोर पठाएको हो। अब ढुंगेलले पहिले जेल बसेको अवधि कट्टा गरेर बाँकी हुन आउने १२ वर्ष पाँच महिना २२ दिन थुनामा बस्नुपर्ने छ। २०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो । द्वन्द्वकालका मुद्दाहरु संकमणकालमा टुंग्याउनका लागि विस्तृत शान्ति सम्झौतामा भएको व्यवस्था अनुसार सरकारले दुईवटा आयोग गठन गरेको छ । र ती आयोगहरुले अहिले पनि काम गरिहेका छन । सामान्य अवस्थाको नभई दुंगेलमाथि लगाइएको मुद्दा द्वन्द्वकालीन भएकाले त्यसलाई सामान्य अदालतमा नभई संक्रमणकालिन व्यवस्था अनुसार टुंग्याउनु पर्ने माओवादी केन्द्रको भनाई छ । ढुंगेललाई राजनीतिक र चुनाब प्रभावित गर्ने उद्देश्यले पक्राउ गरिएको माओवादीको आरोप छ ।
Breaking:बालकृष्ण ढुंगेल पक्राउ, सरकारले चुनाब प्रभावित गर्न खोजेको माओवादीको आरोप
काठमाडाैं, कात्तिक १४ । नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार विहान ललितपुरको सातदोवाटोबाट उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआइबी) ले पक्राउ गरेको माओवादीका एक नेताले एभरेष्टदैनिकलाई जानकारी दिए । प्रहरी प्रवक्ता मनोज न्यौपानेले पनि ढुंगेल सातदाेबाटाेबाट पक्राउ परेकाे बताए । ढुंगेललाइ सिअाइबीकाे कार्यालय महाराजगन्जमा राखिएकाे छ र केहिबेरमा जिल्लाअदालत काठमाडाैं लगिने तयारी गरिएकाे छ । २०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो । द्वन्द्वकालका मुद्दाहरु संकमणकालमा टुंग्याउनका लागि विस्तृत शान्ति सम्झौतामा भएको व्यवस्था अनुसार सरकारले दुईवटा आयोग गठन गरेको छ । र ती आयोगहरुले अहिले पनि काम गरिहेका छन । सामान्य अवस्थाको नभई दुंगेलमाथि लगाइएको मुद्दा द्वन्द्वकालीन भएकाले त्यसलाई सामान्य अदालतमा नभई संक्रमणकालिन व्यवस्था अनुसार टुंग्याउनु पर्ने माओवादी केन्द्रको भनाई छ । ढुंगेललाई राजनीतिक र चुनाब प्रभावित गर्ने उद्देश्यले पक्राउ गरिएको माओवादीको आरोप छ ।
प्रचण्डले एमाले र ओलीले माओवादीको बैठकलाई सम्वोधन गर्ने !
काठमाडौं, कात्तिक १२ । चुनाब तालमेलपछि पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र माओवादीका शीर्ष नेताले एकअर्काको बैठकलाई सम्बोधन गर्ने भएका छन । अहिले दुबै पार्टीले संयुक्त निर्वाचन परिचालन र प्रचार समिति बनाएर कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरिरहेका छन । माओवादी केन्द्रका एक नेताका अनुसार पार्टीका विभिन्न कमिटीमा संयुक्त बैठक गरी चुनाव परिचालनको काम भइरहेको छ । अव छिट्टै दुबै पार्टीका नेताहरुले पनि सम्वोधन गर्ने र प्रशिक्षण दिने काम हुन्छ । यसैक्रममा अब दुबै पार्टीका अध्यक्षले एकअर्काको बैठकलाई सम्वोधन गर्ने कार्यक्रम रहेका बताइएको छ । मिति र कहाँ कुन कार्यक्रमलाई भन्ने निश्चित नभएपनि त्यो छिट्ट टुंगो लाग्ने उनले बताए । अघिल्लो साता मात्रै माओवादी निकट वाइसीएल र एमाले निकट युवा संघको संयुक्त बैठक बसेर तीन हजार एक सय सदस्यीय निर्वाचन प्रचार समिति गठन गरेका दलले अव एकअर्काका बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । अखिल क्रान्तिकारी र अनेरास्ववियुले पनि १५ गते संयुक्त बैठक आह्वान गरेका छन् । सो बैठकले संयुक्त निर्वाचन परिचालन तथा प्रचार समिति बनाउने र वाम गठवन्धनलाई जिताउन देशभर अभियान सञ्चालन गर्ने क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।
लोकतान्त्रिक पद्धति विकासका लागि वाम गठबन्धन : मन्त्री साह
रौतहट, कात्तिक ११ । विनाविभागीयमन्त्री प्रभु साहले देशमा वास्तविक लोकतान्त्रिक पद्धति विकास गर्न वाम गठबन्धन भएको बताएका छन । मौलापुर नगरपालिका–८ सोनरनिया बजारमा आयोजित कार्यक्रममा मन्त्री साहले राष्ट्रिय प्रजातन्त्र पार्टीजस्ता गणतन्त्र विरोधी पार्टीसँग गठबन्धन गरेर नेपाली काँग्रेसले देशमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाए । निर्वाचनको मिति हेरफेर हुने हल्ला फिँजाएर केही दलले नेपाली जनतालाई भ्रममा पार्न खाजेको आरोप लगाउँदै उनले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन तोकिएकै मितिमा हुने ठोकुवा गरे । आफूले नेतृत्व गरेको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रायः सबै गाउँमा पक्की सडक, ढलान, नाला, जलविद्युत्गृह निर्माण गरिनाका साथै प्राविधिक विद्यालयसमेत सञ्चालनमा ल्याइएको उनले बताए । रौतहटको क्षेत्र नं ३ लाई आगामी तीन वर्षभित्र कच्ची सडक र झुपडीमुक्त बनाइने घोषणा मन्त्री साहले गरे ।
एकताको सन्देश प्रभावकारी बनाउन प्रचण्ड र ओलीको विशेष निर्देशन
काठमाडौं, कात्तिक ११ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै जिल्लामा प्रदेश र जिल्लास्तरीय पार्टी एकता संयोजन समिति तत्काल बनाउन विशेष निर्देशन जारी गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ । पार्टी एकता संयोजन समितिका प्रमुख नेताका रूपमा दुवै नेताले पार्टी एकता र तालमेललाई प्रभावकारी बनाउन शुक्रबार सातबुँदे संयुक्त विशेष निर्देशन जारी गरेका हुन् । एकताको सन्देशलाई क्षेत्र र गाउँमा प्रभावकारी रूपमा पुर्याउन संयुक्त परिचालन र चुनावी प्रचार समिति बनाउन एमाले तथा माओवादी केन्द्र दुवै पार्टीको तल्लो पंक्तिलाई निर्देशनमा भनिएको छ । एकता र तालमेलका लागि गरिएको सहमतिको राजनीतिक दिशाको महत्वलाई गम्भीरतासाथ ग्रहण गर्दै स्थापित गर्न दुवै पार्टी पंक्तिलाई नेताहरूले निर्देशित पनि गरेका छन् । १९ कात्तिकबाट ताप्लेजुङ–दार्चुला अभियान पार्टी एकता संयोजन समितितर्फबाट १९ कात्तिकबाट ताप्लेजुङ–दार्चुला एक हप्ते अभियान सञ्चालन हुने भएको छ । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि मनोनयन सकिएलगत्तै २६ कात्तिकसम्म अभियान सञ्चालन हुने विशेष निर्देशनमा उल्लेख छ । अभियानमा ओली र प्रचण्डसहितका विभिन्न नेताहरूको सहभागिता र सम्बोधन हुने उल्लेख छ । दुवै पार्टीका नेताको केन्द्रदेखि जिल्लासम्म संयुक्त सम्बोधन विशेष निर्देशनमा केन्द्रीय संयोजन समितिका पदाधिकारी तथा सदस्यहरूले दुवै पार्टीको केन्द्रीय तहका बैठकमा सम्बोधन गर्ने निर्देशनमा उल्लेख छ । त्यस्तै, एकता समितिका प्रदेश तथा जिल्लास्तरका पदाधिकारी र सदस्यले प्रदेश र जिल्लास्तरीय बैठकमा अनिवार्य रूपमा संयुक्त सम्बोधन गर्नुपर्ने भनिएको छ । भ्रम चिर्न जिल्लामा संयुक्त भेला एकता र तालमेलको महत्व र भ्रम चिर्न जिल्लास्तरमा पत्रकार, लेखक तथा बुद्धिजीवीहरूको संयुक्त भेला गर्नुपर्ने विशेष निर्देशनमा उल्लेख छ । ‘पार्टी एकता र चुनावी तालमेलको महत्व तथा यसबाट नेपाली जनता तथा नेपाल राष्ट्रले प्राप्त गर्ने उपलब्धिका सम्बन्धमा स्पष्ट पार्न र प्रतिक्रियावादी कित्ताबाट फैलाइएको भ्रमलाई चिर्न जिल्लास्तरमा पत्रकार, लेखक तथा बुद्धिजीवीहरूको संयुक्त भेला आयोजना गर्ने,’ विशेष निर्देशनमा उल्लेख छ । लोकतन्त्रका लागि प्रतिस्पर्धा गर्न चुनौती ओली र प्रचण्डले कांग्रेसलाई लक्षित गर्दै लोकतन्त्रका लागि प्रतिस्पर्धामा उत्रिन चुनौती पनि दिएका छन् । ‘हामीलाई कसैले लोकतन्त्रको प्रमाणपत्र दिनुपर्दैन र हामीभन्दा बढ्ता लोकतान्त्रिक भएर हामीलाई लोकतन्त्रको प्रश्नमा हामीसँग प्रतिस्पर्धा गर्न आउन, हामीलाई उछिन्न त के पछ्याउन मात्र पनि सक्ने छैनन्,’ विशेष निर्देशनमा भनिएको छ, ‘त्यसैले संकीर्ण राजनीतिक स्वार्थका निम्ति प्रतिक्रियावादी कित्ताबाट सिर्जना गरिएको कम्युनिस्ट तानाशाहीको प्रायोजित प्रचारबाट प्रभावित नहुन, त्यस्तो प्रचारबाट कुनै पनि किसिमले भ्रम र त्रासमा नपर्न सम्पूर्ण पार्टी सदस्यहरू एवं आमजनतालाई अपिल गर्छौँ ।’
स्वतन्त्र हुने घोषणापछि क्याटलोनियाको संसद र सरकार भंग
काठमाडौं, कात्तिक ११ । स्पेनका प्रधानमन्त्री मारियानो राखोईले क्याटलोनियाको संसद भंग गरेका छन् । प्रधानमन्त्री राखोईले क्याटलोनियाका नेता कार्लोस पुजिमोन्ट र उनको मन्त्रिपरिषद्लाई समेत बर्खास्त गरेका छन् । क्याटलोनियाको क्षेत्रीय संसद्ले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेपछि प्रधानमन्त्री राखोइले त्यहाँको संसद् र सरकार भंग गरेका हुन । उनले क्याटलोलियाका प्रहरी प्रमुखलाई समेत बर्खास्त गरेका छन् । प्रधानमन्त्री राखोइले क्याटलोनियामा मध्यावधी निर्वाचन गराएर त्यहाँको स्थिति सामान्य बनाउन तत्काल केन्द्रीय शासन लागू गरेका हुन् । अब क्याटलोनियामा आगामी डिसेम्बर २१ मा चुनाव हुने छ । प्रधानमन्त्री राखोइले चुनाव स्वतन्त्र र निष्पक्ष गराइने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचनपछि क्याटलोनियामा विधिको शासन स्थापना हुने विश्वास प्रधानमन्त्रीले राखेका छन् । राखोईले अर्को कुनै विकल्प नै नभएकाले क्याटलोनियामा ‘कानुन, प्रजातन्त्र र स्थायित्व’ फर्काउन आफूले कडा कदम चाल्नु परेको बताए । यसअघि क्याटलोनियाको क्षेत्रीय संसद्ले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेको थियो । संसद्मा भएको गोप्य मतदानलाई एकताका पक्षधरहरुले बहिष्कार गरेका थिए । १३५ सदस्यीय संसद्मा प्रस्तावको पक्षमा ७० र विपक्षमा १० मत परेको थियो । दुई जना सदस्यले मतदानमा भाग लिएका थिएनन् भने विपक्षी केही सांसदले मतदान बहिस्कार गरेका थिए । सो मतपरिणाम सुनेर क्षेत्रीय संसद् भवन बाहिर भेला भएका स्वतन्त्रता पक्षधर समूहले खुशी व्यक्त गरेका थिए । क्याटलोनियाको संसद्ले मतदान गरेको उक्त प्रस्तावमा स्पेनबाट कानुनी अधिकारहरु स्वतन्त्र क्याटलोनियामा फर्काउने उल्लेख छ । स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटलोनियाले अक्टोबर १ मा विवादास्पद जनमत संग्रह गरेको थियो ।