संसदीय दलको नेताबारे गगनसँग कुरा भएको छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दलको नेता चयनमा संख्याको कुरा नै निर्णायक हुने भन्दै अहिलेको अवस्थामा सभापति शेरबहादुर देउवा नै बलियो रहेको बताएका छन्।

‘संसदीय दलका नम्बर गेम मुख्य कुरा हुन्छ’, बिहीबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अहिले नम्बर गेम हेर्दा शेरबहादुरजीसँगै बढी देखिन्छ। तर, यसबारे कुरा हुन पाएको छैन। म उहाँसँग र अन्य नेताहरूसँग छलफल गर्नेछु।’

महामन्त्री गगन थापालाई समर्थन गर्नुहुन्छ कि हुन्न भन्ने प्रश्नमा शेखरले त्यो विषयमा प्रवेश गर्ने बेला नभइसकेको बताए।

‘गगनजीसँग फोनमा अलिअलि कुरा भएको छ’, उनले भने, ‘म काठमाडौं गएपछि सभापति, वरिष्ठ नेता सबैसित छलफल हुन्छ।’

तपाईं आफैं प्रधानमन्त्रीमा दाबी गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको अर्को जिज्ञासामा उनले ‘दाबी गर्ने भनेर मात्रै नहुने’ दोहोर्‍याउँदै छलफल गर्ने बताए।

चुनावअघिको गठबन्धन अब पनि कायम हुने बताउँदै उनले गठबन्धनमा अन्य दल थप्ने गृहकार्य सुरू भएको जानकारी दिए।

मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका लालबाबु पण्डितलाई हराएर कोइराला मोरङ६ बाट निर्वाचित भएका हुन्।

नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या जाँदै

काठमाडौं । टि–२० र एकदिवसीय क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार केन्या जाने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली सोमबार अपराह्न ४ बजे केन्या प्रस्थान गर्ने जनाएको हो । त्यसअघि क्यानले नेपाली टोलीलाई बिदाई गर्ने छ । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले औपचारिक रुपमा नेपाली टिम सम्हाल्ने छन् । नेपालले केन्यासँग ५ खेलको टि–२० अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्ने भएको छ । ५ खेलको टि–२० सिरिज भदौ ९ बाट १४ गतेसम्म हुने भएको छ । ३ खेलको एकदिवसीय सिरिज भने यहि भदौ १७ बाट २० सम्म चल्ने भएको छ । दुवै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । नेपाल र केन्याबीच ५ खेलको टि–२० सिरिज हुनेछ भने त्यसपछि एकदिवसीय सिरिज हुने भएको छ । सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

एनएमबि बैंकको एटिएम मेशिन फोडेर चोरी गर्ने अनिश पक्राउ

पोखरा । कास्की प्रहरीले बैंकको एटीएम मेशिन फोडेर चोरी गर्ने व्यक्ति एक महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका वडा नं. ५ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ३० डुँडाकोमुख बस्ने वर्ष २१ का अनिश तामाङ रहेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले तामाङलाई रूपन्देही बेलहिया (नेपाल–भारत सीमा नजिक)बाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङले गत साउन २ गते राति पोखरा ३० स्थित एनएमबि बैंकको एटीएम मेशिन फोडेर १५ लाख रुपैयाँ रकम चोरेका थिए । उनले सोही राति एनआइसी एशिया बैंकको एटीएम मेशिन पनि फोड्ने प्रयास गरेका थिए । कास्की प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार घटनापछि प्रहरीले अनुसन्धान गर्नेक्रममा दुवै घटनामा एउटै व्यक्तिको हुलियार सो घटनामा ग१०प २९६३ नम्बरको मोटरसाईकल र हेल्मेटसमेत प्रयोग भएको देखिएको थियो । थप अनुसन्धान गर्नेक्रममा तामाङले चोरी गरेको भन्ने पुष्टि भएपछि उनको खोजी गर्नेममा पक्राउ परेका हुन् । पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको कास्की प्रहरी प्रमुख एसपी अजय केसी जानकारी दिए ।

श्रमिकसँग श्रममन्त्रीले हप्ताको १ घण्टा छलफल गर्ने, यसरी गरौं कुरा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घण्टा श्रमिकसँग छलफल गर्ने भएका छन्। मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्ने मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रमलाई ‘श्रमिकसँग श्रममन्त्री’ नाम दिइएको छ । श्रमिकले पैसा नलाग्ने १११४ नम्बरमा टेलिफोन गरेर श्रममन्त्री कुँवरसँग गुनासो र उजुरी राख्न सक्नेछन् । त्यस्तै पैसा नलाग्ने टोल फ्रि नम्बर १६६००१५००५, ५९७००८ र ९८०१८०००१३ मा फोन गर्न सकिने छ । मन्त्री कुँवर उपत्यका बाहिर रहेको समयमा भने कार्यक्रम सञ्चालन नगरिने मन्त्रालयले जनाएको छ ।

भ्रष्टाचारविरुद्ध देशव्यापी जनचेतना जगाउन इटहरीमा कार्टुन प्रदर्शन

इटहरी । भ्रष्टाचारविरुद्ध देशव्यापी जनचेतना जगाउने उद्देश्यका साथ दुईदिने कार्टुन प्रदर्शनी गरिएको छ । सोमबार इटहरीस्थित इटहरी म्याट्रिक्स सांस्कृतिक केन्द्र भवनमा आयोजित प्रदर्शनीको उद्घाटन प्रदेश १ का सांसद लोकप्रसाद संग्रौलाले गरे । उनले राजनीतिक रुपमा भ्रष्टाचार समाजका विविध तहमा जरा गाडेको जिकिर गर्दै जागरण ल्याउने लक्ष्य राखेर गरिएको प्रदर्शनीले सचेतना जगाउने विश्वास व्यक्त गरे । कार्टुनिस्ट क्लबको आयोजना तथा सिएमआरको सहकार्यमा भएको प्रदर्शनीमा सांसद संग्रौलाले आफूले राजनीतिमा लागेर पुस्तेनी सम्पत्ति सिध्याएको तर हालसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको जिकिर गरे । उनले भ्रष्टाचारविरोधी अभियान लिएर कार्टुनिस्ट क्लब इटहरी आएर प्रदर्शनी गरेकोमा विशेष धन्यवादसमेत दिए । उनले भने, ‘कलामार्फत गरिएको जागरण अभियानलाई सफल बनाउन सबै नागरिकले सहयोग गर्नुपर्दछ ।’ उनले भ्रष्टाचार समाजको दुर्गन्ध भएको बताउँदै यसलाई फ्याक्न राजनीतिक दल, नागरिक समाज तथा सबै नागरिक जागरुक हुनुपर्नेमा जोड दिए । कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा ‘निसाना’ भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनीमा तीन दर्जन कार्टुनिस्टका ५० कार्टुन राखिएको छ । कार्यक्रममा इटहरी उपमहानगरपालिकाका उपमेयर संगीता चौधरीले भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उपमहानगरमा भ्रष्टाचार हुन नदिने जिकिर गरिन् । उनले आफूले जिन्दगीभर भ्रष्टाचार नगर्ने जनाउँदै यदि कसैले आफ्नो पालिकाभित्र भ्रष्टाचार गरेका कानुनी कारबाही गर्ने बताइन् । कार्यक्रममा वरिष्ठ कार्टुनिस्ट रविन सायमीले क्लबले भ्रष्टाचारविरुद्ध निसाना साँधिरहेको र यसमा अन्य पेशाकर्मीले समेत आ–आफ्नो क्षेत्रबाट धावा बोल्नुपर्ने विचार व्यक्त गरे । उनले समाज रुपान्तरणका लागि कलाकारसँगै सबै नागरिक सचेत हुनुपर्ने बताए । उनले कार्टुनमार्फत कलाकारले हरेक दिन पत्रपत्रिकामार्फत राजनीतिक दल, सत्ता तथा समाजका विभिन्न तह र तप्कामा रहेका विकृति विसंगतिलाई उजागर गर्दै आएको सुनाए । यस्तै, नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले प्रदर्शनीमार्फत समाजमा जागरण ल्याउने लक्ष्य राखेर अभियान थालिएको धारणा व्यक्त गरे । उनले भने, ‘कार्टुन कलाको माध्यमबाट समाजमा व्याप्त रहेको भ्रष्टाचारलाई बाहिर ल्याउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ । कार्टुनका माध्यमले राजनीति, समाज लगायतका क्षेत्रमा रहेको विकृत पक्षलाई प्रहार गर्दै सचेत बनाउने कार्यमा कलाकारले सधैं कलामार्फत काम गर्दै आएका छन् । यसैको कडिका रुपमा कार्टुन प्रदर्शनी गरिएको हो ।’ खनालले भ्रष्टाचारलाई निर्मुल पार्न राजनीतिक नेृतत्वले दह्रो गरी खुट्टा टेक्नुपर्ने जनाउँदै देश र जनताप्रति उत्तरदायी हुने हो भने मात्रै यसले सार्थकता पाउन सक्ने विचार व्यक्त गरे । सिएमआरका अध्यक्ष तृष्णा आचार्यले समाजमा व्याप्त खराब पक्षलाई बाहिर ल्याइ जागरण ल्याउने लक्ष्य प्रदर्शनीको रहेको बताइन् । उनले लोकतन्त्रलाई बलियो बनाउन कार्टुनमार्फत कलाकारले गरेको प्रयास निकै सराहनीय बन्न गएको विचार व्यक्त गरिन् । उनले भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनीको अभियानले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् । सेन्टर फर मिडिया रिसर्च (सिएमआर) की अध्यक्ष आचार्यले प्रदर्शनीमा राखिएको भ्रष्टाचारविरोधी कार्टुनबाट आफू निकै प्रभावित भएको र कतिपय नौलो विषयसमेत सिक्न पाएको बताइन् । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्टुनिस्ट तथा नेपाल पत्रकार महासंघका एसोसिएट प्रदेश समिति सचिव योगेश खपाङ्गीले अहिले नेपालका कतिपय मिडिया पेड मिडिया बनिसकेको र गोयबल्स शैलीमा झुट फैलाउने काम गरिरहेको बताए । उनले त्यस्ता क्रियाकलापले अन्ततः भ्रष्टाचारीलाई नै लाभ पुग्ने जिकिर गरे । उनले भने, ‘यस्तो अवस्थामा हालसम्म कार्टुन विधाले मात्र निर्धक्क सत्योद्घान गर्दै आएको छ ।’ त्यसैगरी इटहरी मेट्रिक्सका अध्यक्ष बिक्रम श्रीले भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनी प्रदेश १ मा पहिलो पटक भएको बताए । उनले यस्ता कार्यक्रमले समाजमा जनचेतना जगाउन र भ्रष्टाचारीलाई खबरदारी गर्न सफल हुने भनाइ राखे । उनले भने, ‘भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनीले आममानिसलाई सचेत बनाउने मात्र नभइ नागरिकलाई उत्तरदायी बन्न अभिप्रेरितसमेत गरेको छ ।’ क्लबका महासचिव रवि मिश्रले कार्टुनमार्फत खराब आचरणविरुद्ध जागरण ल्याउने लक्ष्यका साथ देशका सातै प्रदेशमा प्रदर्शनी गर्न लागिएको जानकारी दिए । उनले भने, ‘प्रदर्शनी दुई उद्देश्य थियो । जसमा पाठकसँग प्रत्यक्ष संवाद गर्नु र अर्को भ्रष्टाचारविरुद्ध जागरण ल्याउनु रहेको छ ।’ महासचिव मिश्रले प्रदर्शनीमा राजनीतिक, सांस्कृतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, पर्यावरण, मानवअधिकार, न्यायक्षेत्र लगायतमा हुने भ्रष्टाचारका विविध पक्षमा केन्द्रित रहेका कार्टुन प्रर्दशनिको लागि राखिएको जानकारी दिए । उनले कार्टुन प्रदर्शनीको औचित्यमाथि प्रकाश पार्दै समाजमा विद्यमान विकृतिप्रति कार्टुनिस्टले व्यंग्यमार्फत सचेतना जगाउदै आएको बताए । सो अवसरमा क्लबले नेपालको पूर्वी क्षेत्रमा रहेर कार्टुन विधामा काम गरिरहेका कलाकार पवन राजवंशी, बिक्रमश्री र प्रनोद दत्तलाई सम्मान समेत गरेको थियो । क्लबले यसअघि बागमती प्रदेशको काठमाडांै, गण्डकी प्रदेशको पोखरा, मधेश प्रदेशको जनकपुरमा प्रदर्शनी गरिसकेको मिश्रले जानकारी दिए । प्रदर्शनीमा दुर्गा बराल ‘वात्स्सायन’, मोहनश्याम महर्जन खोकना, गेहेन्द्रमान अमात्य, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, अशोकमान सिंह, रविन सायमी, अविन श्रेष्ठ, राजेश केसी, सुषमा राजभण्डारी, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रविन्द्र मानन्धर, योगेश खपाङ्गी, केशव राज खनाल, राजेश मानन्धर, कृष्णगोपाल श्रेष्ठ, सुजिता महर्जन, रामकृष्ण थापासहितका कार्टुनिस्टका कार्टुन राखिएको छ ।  

दोधारा चाँदनीको सुन्दर नगरमा भारतीय एसएसबीद्वारा खेत जोत्न रोक

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दर नगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले खेत जोत्नमा रोक लगाएको छ । नेपाल–भारत सीमा क्षेत्र नजिक स्थानीय इन्द्र बहादुर रोकाया मगरको नाममा रहेको सेतो पुर्जावाल जग्गा जोत्दै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको बताइएको छ । एसएसबीले खेत जोत्न नदिएर इन्द्र बहादुरले प्रशासनसँग गुहार मागेपछि नेपाल तर्फका स्थानीय नागरिकहरू र सुरक्षा अधिकारीको टोली विवाद स्थलमा पुगेको थियो । भारतीय पक्षको दादागिरी भन्दै स्थानीयहरूले विरोध जनाएका छन् । यसैबिच, उक्त विवादका विषयमा सोमबार अपराह्न दुवै देशका सुरक्षा अधिकारी सहित जनप्रतिनिधिहरूबिच स्थानीय स्तरमा बैठक बसी छलफल गरिएको कञ्चनपुर स्थित सशस्त्र प्रहरीको शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर ऐरले जानकारी दिए। उनका अनुसार, हाललाई सीमा पिलरदेखि दुवैतर्फ दुई–दुई मिटरसम्म कुनै पनि गतिविधि नगर्ने सहमति भएको छ ।

इन्जिनियरिङ क्षेत्रलाई समृद्धिको डिस्कोर्समा सहभागी हुन अध्यक्ष सिंहको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले इन्जिनियरिङ क्षेत्रलाई समृद्धिको डिस्कोर्समा सहभागी हुन आग्रह गरेकी छन । अखिल क्रान्तिकारी इन्जिनियरङ क्याम्पस पुल्चोकद्वारा आयोजित राजनीतिक प्रशिक्षग कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले सो कुरा बताएकी हुन् । अध्यक्ष सिंहले स्थानीय तहको चुनावमा माओवादीले प्राप्त गरेको मतलाई सम्रक्षण गर्दै संघ र प्रदेशको चुनावमा परिचालित हुन समेत आग्रह गरिन् । कार्यक्रममा क्रान्तिकारीका महासचिव दिपेश पुन, उपाध्यक्ष द्वय जीपी मैनाली र तुकमान महरासहित सचिव द्वय प्रसुन कार्की र इ. नारायन बडालले पनि प्रशिक्षण दिएको स्ववियू सभापति रोशन थापाले जनाकारी दिए।

सञ्चारमन्त्री कार्कीद्वारा हजयात्रीलाई बिदाइ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०९ हजयात्रीलाई बिदाइ गरेका छन्। उनले आज बिहान हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् । मन्त्री कार्कीले सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीसहितका हजयात्रीलाई दोसल्ला ओढाएर बिदाइ गरे । हजयात्राका लागि पहिलो दिन सुनसरीबाट ७९, मोरङबाट २४, झापाबाट तीन, प्रतिनिधि दुई र चिकित्सक एक जना त्यसतर्फ निस्कनुभएको हो । हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ । बर्सेनि एक हजार २०० जनालाई हज यात्राका लागि व्यवस्थापन गर्ने भएकामा कोभिड–१९ को प्रभावका कारण यस वर्ष ५४८ जनाको कोटा निर्धारण गरिएको समितिका सदस्य सचिव कृष्ण पौडेलले जानकारी दिए । मङ्गलबारदेखि पाँच दिनसम्म क्रमशः सबै हजयात्री मक्कामदिना प्रस्थान गरिसक्ने समितिले जनाएको छ ।

हरेक आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रत्येक हप्ताको आइतबार सञ्चालन गरिने जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने बताएका हुन्। बालेनले नीति तथा कार्यक्रममा महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने बताए ।  

एमालेले सातवटै प्रदेशमा अनुशासन प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौं । नेकपा एमालेले पार्टीको सबै प्रदेशमा अनुशासनबारे प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टी भित्र देखापरेका अनुशासनहिनतालाई बैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय लिइएको पार्टीका आयोगका अध्यक्ष केशव बडालले जानकारी दिनुभयो । बैठकले पार्टीको सिद्धान्त, मूल्यमान्यता, सिद्धान्त र अनुशासन विपरितका कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ । प्रशिक्षण कार्यक्रममा केन्द्रिय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रिय अनुशासन आयोगलाई सबै केन्द्रिय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरुले हेर्ने दृष्टिकोण सम्बन्धि विषयबस्तु हुने पनि आयोगले जनाएको छ । त्यसैगरी बैठकले उमानाथ ओली, प्रदिप प्याकुरेल, लालमणि चौंधरी, दिपक देवकोटा र पूर्णशोभा चित्रकारलाई आयोगको सदस्य थप गर्ने निर्णय पनि गरेको छ ।

गुल्मीमा खोलामा डुबेर एक पुरुषको मृत्यु

गुल्मी । गुल्मीमा खोलामा माछा मार्ने क्रममा डुबेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–२ रातडाँडा निवासी ४१ वर्षीय झविलाल कुमालको छल्दीपनाह खोलामा डुबेर शनिबार मृत्यु भएको हो ।   खोलामा माछा मार्न लागेका बेला डुबेर बेपत्ता भएका उनलाई स्थानीयले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवराज खरेलले जनानकारी दिए । घटनाबारे अनुसन्धान भैरहेको डिएसपी खरेलले बताए ।

दैलेखमा बस दुर्घटना मृत्यु हुने चार जनाको सनाखत , ३९ जना घाइते

सुर्खेत । बुधबार राति दैलेखको आठबीस नगरपालिका–२ को सिस्नेमा भएको यात्रुबाहक बस दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको दुल्लू नगरपालिका–९ का ३६ वर्षीय काँशिराम पाण्डे र २ वर्षीय प्रेम सुनार रहेका छन् । यस्तै दुई जना कालिकोटका रहेका छन् । कालिकोटको पलाँता गाउँपालिका–३ का अन्दाजी ४६ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीया धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । सामान्य चोटपटकदेखि लिएर गम्भीर गरि ३९ जना घाइते भएको प्रहरीको भनाई छ । घाइतेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेहरू सबैलाई गएराति नै उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । बसमा झण्डै ६२ जना जति रहेको प्रहरीको अनुमान छ । मुगु, कालिकोट हुँदै नेपालगन्ज जाँदै गरेको म १ ख ६६० नम्बरको उक्त बस कर्णाली राजमार्गबाट झण्डै ४३ मिटर तल कर्णाली नदीको छेउमा खसेको थियो ।साहका अनुसार बस चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् । यद्यपि बस के कति कारणले दुर्घटना भएको हो । त्यसको एकिन कारण खुल्न सकेको छैन ।

कञ्चनपुर : वडा नं २ शुक्लाफाँटामा ७०० मतगणना हुँदा कस्को कति ?

कञ्चनपुर। वडा नं २ शुक्लाफाँटा (७०० मत गणना) हँसिया हथाैडा १८४ सूर्य ३१९ रूख १५४

नेप्से परिसूचक आज ५६ अंकले बढ्यो

काठमाडौं – साताको चौथो कारोबार दिन बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ५६ दशमलव ०६ अंकले उकालो लागेर २ हजार ३ सय ६९ दशमलव ०६ अंकमा पुगेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ५२ अंकले बढेको छ । नेप्से परिसूचक उकालो लाग्दा सेयर कारोबार रकममा समेत सुधार भएको छ । केही दिन यता लगातार डेढ अर्ब भन्दा तल कारोबार भएको थियो । बुधबार ३७ हजार ७७० कारोबारबाट ५३ लाख ३३ हजार १०९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब २६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँ पुगेको छ । बजार बढ्दा सेयर बजारको पुँजीकरण पनि सुधार भएर ३३ खर्ब ७० अर्ब ७ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा, ओलीले आजै उद्घा‍टन गर्ने

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कार्यालयको सञ्‍चालन आजबाट ललितपुरको च्यासलमा सुरु हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो । अध्यक्ष केपी शर्मा ओलीले आज १ बजे औपचारिक रुपमा उद्घा‍टन गरेपछि एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन हुनेछ । साथै एमालेले स्थानीय तह निर्वाचनसबन्धी प्रतिवद्धतापत्र पनि त्यहिबाट सार्वजनिक गर्ने भएको छ । गत २०७२ को महाभूकम्प पछि बल्खुबाट धुम्वाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सरेको एमाले केन्द्रीय कार्यालय एक वर्ष अघि थापाथलीमा सरेको थियो । थापाथलीस्थित भवन साँघुरो भएपछि एमाले केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय कार्यालय च्यासलमा सार्ने निर्णय गरेसँगै आजबाट औपचारिक उद्घा‍टन हुने भएको हो ।

सत्ता गठबन्धनले प्रदेश १ का तीन जिल्लामा टुंग्याए भागबण्डा

विराटनगर । सत्तारुढ गठबन्धनले प्रदेश १ का तीन जिल्लामा भागबण्डा टुंग्याएको छ । ताप्लेजुङ, खोटाङ र भोजपुरमा गठबन्धन दलहरुबीच भागबण्डा टुंगिएको हो । यसबाहेक धनकुटा, तेह्रथुम, सोलुखुम्बु र ओखलढुंगामा केही प्राविधिक विषयमात्रै मिल्न बाँकी रहेको गठबन्धन दलका नेताहरुले बताएका छन् । ताप्लेजुङमा ७ वटा पालिकाको प्रमुख÷अध्यक्ष नेपाली काँग्रेसले पाउने भएको छ भने माओवादी केन्द्रले २ वटा पालिकाको अध्यक्ष पाउने सहमति भएको छ । नेकपा एकीकृत समाजवादीले भने उपाध्यक्षमा चित्त बुझाउने भएको छ । ताप्लेजुङको भागबण्डा १. मैवाखोला गाउँपालिका– अध्यक्ष, माओवादी केन्द्र, उपाध्यक्ष, नेपाली काँग्रेस २. आठराई त्रिवेणी गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र ३. मिक्वाखोला गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र ४. मेरिङ्देन गाउँपालिका – अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष नेकपा ९एकीकृत समाजवादी० ५. फक्ताङ्लुङ गाउँपालिका– अध्यक्ष, माओवादी केन्द्र, उपाध्यक्ष नेपाली काँग्रेस ६. फुङ्लिङ नगरपालिका– प्रमुख, नेपाली काँग्रेस, उपप्रमुख माओवादी केन्द्र ७. पाथिभरा याङ्वरक गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र ८. सिदिङ्वा गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र ९. सिरिजंघा गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र १०. जिल्ला समन्वय समिति– प्रमुख, माओवादी केन्द्र, उपप्रमुख नेकपा (एकीकृत समाजवादी) यसैगरी भोजपुरमा पनि गठबन्धन दलहरुबीच भागबण्डा टुंगिएको छ । भोजपुरमा दुईवटा पालिकामा स्वस्थ प्रतिस्पर्धा गर्ने पनि सहमति भएको छ । बाँकीमा काँग्रेसले ५ पालिका, माओवादी केन्द्रले २ र नेकपा एसले २ वटा उपाध्यक्ष तथा जनता समाजवादी पार्टीले जिल्ला समन्वय समितिको प्रमुख पाउने सहमति भएको छ । पालिकाको विवरणः १. रामप्रसाद राई गाउँपालिका– अध्यक्ष, नेकपा माओवादी केन्द्र, उपाध्यक्ष नेपाली काँग्रेस २. पौवादुङमा गाउँपालिका– अध्यक्ष, नेकपा माओवादी केन्द्र, उपाध्यक्ष नेपाली काँग्रेस ३. हतुवागढी गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष, नेकपा माओवादी केन्द्र ४. भोजपुर नगरपालिका– प्रमुख, नेपाली काँग्रेस, उप–प्रमुख नेकपा एकीकृत समाजवादी ५. षडानन्द नगरपालिका– प्रमुख, नेपाली काँग्रेस, उपप्रमुख नेकपा माओवादी केन्द्र ६. टेम्केमैयुङ गाउँपालिका – अध्यक्ष नेपाली काँग्रेस, उपाध्यक्ष नेकपा एकीकृत समाजवादी ७. साल्पा सिलिछो गाउँपालिका– अध्यक्ष नेपाली काँग्रेस, उपाध्यक्ष नेकपा माओवादी केन्द्र ८. जिल्ला समन्वय समितिको प्रमुख– जनता समाजवादी पार्टी, नेपाल, उपप्रमुख नेकपा माओवादी केन्द्र ९. आम्चौक र अरुण गाउँपालिकामा गठबन्धन दलहरूकाबीच मात्रै स्वस्थ प्रतिस्पर्धा गर्ने । गठबन्धन दलहरूबाहिर गठबन्धन गरे पार्टीले सख्त कार्बाहीको विषय बनाउने । यसैबीच खोटाङ जिल्लामा पनि गठबन्धन दलहरुबीच सहमति भएको छ । सहमति अनुसार ३ वटामा काँग्रेस, ३ वटामा माओवादी तथा चार दलबीच सहमति हुन नसकेका ४ वटा पालिकामा काँग्रेस बाहेकका तीन दलको गठबन्धन बनेको छ । प्राप्त विवरण अनुसार खोटाङकमो दिग्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा काँग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र, बराहपोखरी गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपप्रमुखमा नेकपा एस, रावाबेंसी गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र, ऐंसेलुखर्क गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस, खोटेहाङ गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस, जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार हुने सहमति भएको छ । यस्तै काँग्रेसबाहेक माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीबीच खोटाङका चार पालिकामा छुट्टै सहमति भएको छ । त्यहाँ काँग्रेस, एमाले र अन्य गठबन्धन दलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । जसअनुसार हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र, केपिलासगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एस र उपाध्यक्षमा जनता समाजवादी, सकेला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा जसपा, दिप्रुङ चुईचुम्माको दुवै अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले नै पाएको छ ।