हालसम्म ‘सञ्जु’ को कमाइ कति ? हेर्नुस्

एजेन्सी । सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ ले यतिबेला भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ। रणवीर कपुरले अभिनय गरेको यो फिल्म रिलिज भएको ११ दिन भइसक्दा पनि भारतका साथै विश्वभरमा व्यापार उत्कृष्ट गरेको हो ।

११ दिनमा भारतीय बक्स अफिसमा मात्रै ‘सञ्जु’ दुई सय ७१ करोड भारु कमाइसकेको छ। दर्शकका साथै समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको ‘सञ्जु’ ले रिलिजको दिन ३४ करोड ७५ लाख बटुल्दै २०१८ मा आएका बलिउड फिल्महरुमध्ये ओपनिङमा सबैभन्दा ठूलो कलेक्सन गर्ने कीर्तिमान बनाएको थियो।

फिल्मले भारतमा मात्रै पहिलो सातामै दुई सय करोड रुपैयाँ व्यापार गर्‍यो, जबकि दोस्रो सप्ताहन्तमा ६१ करोड ७५ लाख बटुल्यो। अहिलेको व्यापार हेर्दा ‘सञ्जु’ले दोस्रो साता ९३.९४ करोडको व्यापार गर्ने अनुमान गरिएको छ।

बलिउडका व्यापार विश्लेषकका अनुसार, बक्स अफिसमा अहिलेकै रफ्तार कायम रहे फिल्मले ३ सय करोड सजिलै कमाउने छ।  राजकुमार हिरानीको निर्देशनमा बनेको ‘सञ्जु’ को बजेट करिब एक सय करोड रहेको बताइन्छ। भारतीय बक्स अफिसका साथै विश्वभरको कमाइ जोड्दा १० दिनमा फिल्मले ४ सय ४५ करोड भारु कमाएको छ।

होमस्टेका लागि तयार ओकादी

भिरकोट नगरपालिका वडा नं.८ स्थित ओकादीमा होमस्टे संचालन गरिने भएको छ । शुक्रबार भिरकोट नगरपालिका नगर प्रमुख छायाराम खनालको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममा ‘ओखति पानी तमु नासा घरवास’ नामकरण समेत गरिएको छ । स्थानिय युवा राजु गुरुङको अध्यक्षतामा होमस्टे संचालन समिति गठन गरिएको छ भने उक्त होमस्टेको संरक्षक भीरकोट नगरपालिका रहने छ। होमस्टेका लागि सम्भावित अध्यन र छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख छायाराम खनालले इच्छाशक्ति र दृढ संकल्प रहेका तर, आर्थिक अवस्था कम्जोर भएका एवं न्युन स्थरका बर्गले समेत होमस्टे संचालन गर्न सक्ने र नगरपालिकाले त्यस्ता व्यक्तिलाई ऋण समेत उपलब्ध गराउने बताए । त्यस्तै यस क्षेत्रमा संचालित होम स्टेमा अत्यन्तै सस्तो र सुलभ मुल्यमा पर्यटकहरुले सुविधा लिन सक्ने भन्दै गाउँ घुम्न आउने पर्यटकहरुलाई स्वास्थ्य र सुरक्षाको समेत प्रत्याभूति दिनेछौं’ उहाँले भन्नुभयो । होमस्टे का लागि घरको सबै काम छाडेर लाग्नुपर्छ भन्ने सोचाई गलत हुनेतर्फ औंल्याउँदै नेपाल कै पहिलो ग्रामिण पर्यटकीय गाउँ सिरुवारिको उदाहरण दिदै स्थानीयले होमस्टे संचालन गर्नका लागि मानसिकरुपले आफू स्वयं तयार भई आफ्ना मौलिक पहिचान एवं संस्कृतिको विकास गर्दै अर्गानिक उत्पादनमा समेत ध्यान दिनुपर्नेमा जोड दिए । पर्यटन बोर्ड चार नं. प्रदेश प्रमुख सूर्य थपलियाले यसका चुनौती र फाइदाबारे स्पष्ट पार्दै होमस्टेमा राज्यको चासो रहेको र स्थानिय विकास र उन्नतिको राम्रो विकल्प रहेको बताए। त्यस्तै संस्कृतिविद् तुलसी खनालले खानपान, भाषा, भेषभुषा नै संस्कृति हो यसैमा शिष्टता प्रदर्शन गरेर मनबाट आफु तयार बने होमस्टे सहजरुपमा संचालन हुने बताए । होमस्टे अन्तरनिर्भरता हो । हामी हाम्रो संस्कृतिबाट अन्तरनिर्भर बनौं– उहाँले भन्नुभयो। शुभकामना मन्तव्यका क्रममा बोल्दै ओकादिका स्वास्थ्य स्वयम् सेविका मनमाया गुरुङले होमस्टे सञ्चालन गर्न पाउँदा खुशी व्यक्त गर्दै गाउँका दिदीबहिनीहरु मिलेर सुन्दर होमस्टे बनाउने प्रतिबद्धता जनाउँदै शौचालय, खानेपानीको अवाभाको शीघ्र पूर्ति हुनेमा आशावादी रहेको बताइन् । होमस्टे महिलाहरुको पनि आयआर्जनको राम्रो स्रोत बन्ने भन्दै महिलाहरुलाई भाषाको विकासका लागि तालिमहरुको आवश्यकता रहेको बताइन। राज्यले कृषि पर्यटनतर्फ जोड दिन खोजेको बारे स्पष्ट पार्दै बनेका घरहरु त्यसै पुराना हुदै गएकाले त्यसलाई सामान्य मर्मत, शृंगार गरेर होमस्टे संचालन गर्न सकिने कार्यक्रममा बोलेका वक्ताहरुले बताएका छन् । प्राकृतिक स्रोत र साधनबाट सुविधायुक्त गाउँ ओकादिमा विकासका कार्य गर्दा गर्दै विविध कारणले ढिला हुन गएपनि आगामी भदौसम्म विधिवतरुपमा होमस्टे संचालन गरिसक्ने वडाध्यक्ष तनबहादुर गुरुङले बताए। बयरघारी बजारबाट करिब डेढ घण्टाको पैदल मार्गबाट सजिलै पुग्न सकिने ‘ओखती पानी तमु नासा होमस्टे’ अन्तर्राष्ट्रिय महत्वको सुन्दर पर्यटकीय स्थल स्वरेक मैदानबाट नजिकै पर्दछ। ओकादिमा गडेरे गुफा, दफुर्का डाँडा, टोपी वन, पतलादेवी गुफा लगायत पूर्वतर्फ आँधीखोला उपत्यका र पश्चिमतर्फ पैयूँ खोला उपत्यकासहित सुन्दर पहाडी शृङ्खलाको अवलोकन गर्न सकिने छ । यस गाउँमा गुरुङ संस्कृतिअनुसारका अर्गानिक खानपान र गुरुङ नाचगानमा रमाउन पाइने छ । अत्यन्तै मिलनसार, इमान्दार र सहयोगी गुरुङ समाज निकै सुन्दर र व्यवस्थित पिकनिक स्थलसमेत रहेको छ । हाल होमस्टेका लागि २० वटा घरहरु होमस्टेका लागि प्रस्ताव गरिएको छ । पूर्खाहरुले ओखतीका रूपमा पिउने गरिएको विश्वास बोकेको ओकादी पँधेरोको स्वादिलो पानी लगायत अन्य धेरै विशेषता बोकेको यस गाउँलाई अन्तरनिर्भर बनाउने र यहाँको संस्कृतिलाई व्यवसायिक बनाउने काममा सबैको ध्यान पुग्नु जरुरी छ ।

माछापुच्छ्रेको बजेट ४५ करोड

पोखरा । कास्कीको उत्तरी भेगस्थित माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि रु ४५ करोड सात लाख ८० हजार बजेट विनियोजन गरेको छ। ‘माछापुच्छ्रे गाउँपालिकाको रहर, सभ्य, समृद्ध, सुखी र खुसीको लहर’ नारासहित गाउँपालिकाको केन्द्र लाहाचोकमा आयोजित गाउँसभासमक्ष गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले नीति तथा कार्यक्रम र उपाध्यक्ष कृष्णकुमारी दवाडीले बजेट सार्वजनिक गर्नुभयो । चालू खर्चतर्फ रु २८ करोड ३७ लाख ५५ हजार, पूर्वाधार विकासतर्फ रु नौ करोड ५३ लाख २९ हजार, आर्थिक विकासतर्फ रु एक करोड ५५ लाख, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ रु २५ लाख तथा सुशासन, संस्थागत विकास र सेवा प्रवाहतर्फ रु तीन करोड ५८ लाख ४६ हजार बजेट विनियोजन गरिएको छ । सडक सञ्जाल निर्माण र स्तरोन्नतिका लागि रु आठ करोड १८ लाख छुट्याइएको छ । सिँचाइ कुलो निर्माण तथा मर्मत सुधार गरी कृषि उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना गर्न रु एक करोड ३३ लाख ५० हजार विनियोजन गरिएको छ । सुशासन तथा संस्थागत सुधारसँगै संरचनागत विकासका लागि रु एक करोड ७८ लाख ५० हजार बजेटको व्यवस्था गरिएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष गुरुङले माछापुच्छ्रे हिमाल आरोहण खुला गर्न सम्बद्ध निकायसँग छलफल गरी पहल गरिने बताउनुभयो । उहाँले पदयात्रा पर्यटनको विकासका साथै बञ्जीजम्प, क्यानोनिङ, र्याफ्टिङ, प्याराग्लाइडिङ, हनी हन्टिङ, रक क्लाइम्बिङ, पर्वतारोहणजस्ता साहसिक खेलको विकासका लागि पूर्वाधार निर्माणमा ध्यान दिइने बताउनुभयो । रासस

अशोकले दुवैमा भएको कुरा नभनौं भनेपछि….

अहिले जताततै बालगायक अशोक दर्जीको चर्चा छ । उनी समाजिक सञ्जालमा निकै फैलिएका छन् । सामान्य परिवारमा जन्मिएका अशोक अहिले एकाएक चर्चित भएपछि उनको चाँसो सर्वत्र हुन थालेको हो । अचेल उनले गाउँने  गित प्रायः सबैले गुनगुनाउँ छन् । यहि गित गाउँनका लागि अहिले अशोकलाई देशविदेशका कार्यक्रम भ्याइनभ्याइ छ । केही दिन अघि मात्रै दुवैको कार्यक्रम सकेर नेपाल फर्किएका अशोकले एउटा युट्युव च्यानलसँग कुराकानी गर्दै देशविदेशमा व्यस्त हुन पाउँदा निकै रमाइलो लागिरहेको बताए । साथै, संचारकर्मीले दुवैमा के-के गर्नुभयो भनेर प्रश्न सोध्दा- अशोकले भने, त्यो चाहिँ नभनौं । बाँकि कुराकानी हेर्नुहोस्-

भाइरल भयो सनी लियोनी र छोरीको न्यूड फोटो, देखेपछि तपाई पनि हुनुहुन्छ बेहोश

सेक्सी र हटेस्ट अभिनेत्री तथा टप र फेमस पोर्न स्टार सनी लियोनी छोटो समयमा बलिउडमा आफ्नो अलगै पहिचान बनाउन सफल भएकी छन् । सनी बलिउड इन्डस्ट्रीमा ठूला र साना पर्दामा देखा परिसकेकी छन् र छुट्टै छाप छोड्न पनि सफल भएकी छन् । भर्खरै सनीले एउटा भेष्ट (गञ्जी) को विज्ञापनमा दमदार डान्स गरेकी छन् । यो भेष्टका विज्ञापनको नाम हो ‘ये लामो टिक्छ’ ( ‘ये लंबा टिकेगी’) सनीले यो लामो समय टिक्रछ विज्ञापनमा इति राम्रो डान्स गरेकी छन् । जसको अहिलो सवत्र्र चर्चा र प्रशंसा गरिएको छ । यो डान्स हेरेपछि तपाई पनि आफ्नो हाँसोलाई रोक्न सक्नु हुने छैन । सनीको मदमस्त डान्समा उनीका फ्यानहरुले मन पराइरहेका छन् र मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । यो विज्ञापन बलिउडका चर्चित अभिनेता अजय देवगनको हो । विज्ञापनमा अजयले भनेका छन् ‘यो लामो टिक्छ’। सनी लियोनी छोटो–छोटो समयमा केही न केही नयाँ प्रयोग गर्छिन र आफूले् गरेका कामको विभियो बनाएर आफ्ना फ्यानहरुलाई शेयर गर्छिन । भलै त्यो जस्तो सुकै कामको होस । केही समय पहिले सनी लियोनीको पति डेनियल वेबरले आफ्नो इन्स्टाग्राम अकाउण्टमा एउटा फोटो (तस्वीर) शेयर गरेका थिए । जसमा सनी, डेनियल र उनकी छोरी निशा तीनै जना न्यूड (नाङ्गै) देखिन्छन् ।

म महिला हुँ त के भो, पुरुषसरह बक्सिङ खेल्छु : रावल

काठमाडाैं । सुदूरपश्चिम बाजुराकी पुनम रावल बक्सिङकी राष्ट्रिय खेलाडी हुन्। व्यवहार नरम र स्वभाव लजालु। खेलकुदको यो चुनौतीपूर्ण विधामा भने नितान्त भिन्न रूप। सात वर्षदेखि निरन्तर बक्सिङ खेलिराखेकी रावलले आफूलाई राम्रो अन्तर्राष्ट्रिय खेलाडीका रूपमा स्थापित गरेकी छन्। अहिले उनी आसन्न एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुन छानिएकी छन् र त्यसैका लागि तयारी गर्दैछिन्। विकट बाजुराकी यी चेलीलाई खेलकुदमा आफ्नो भविष्य बनाउन त्यति सहज थिएन। त्यसमाथि बक्सिङ खेल्न थालेको थाहा पाएर घरगाउँलेले उपहास पनि गरेका थिए।  उनी भन्छिन्, ‘पहिला कतिले पागल भन्थे। अहिले गाउँमा मात्र हैन, पूरा देशमै सम्मान पाइएकी छु।’ पुनम भन्छिन् पुरुष सहकर्मी र अभिभावकको राम्रो साथ छ। गाउँमा बक्सिङ प्रशिक्षक योगेन्द्र थापाले उनलाई बक्सिङको आधारभूत प्रशिक्षण दिएका थिए। राष्ट्रिय प्रतियोगिताको रूपमा रहेको लुम्बिनी च्याम्पियनशिपमा नेपाली सेनाकी खेलाडीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई सेनामै भर्ना हुने निम्तो आयो। त्यो आकर्षक निम्तो थियो। त्यसैले आफ्नो बक्सिङ करिअरलाई नै नयाँ मोड दिएको रावल बताउँछिन्। यसले केही गर्न सक्छे भनेर आँट र हिम्मत सेनाका अभिभावकहरूले सधैँ दिनुहुन्थ्यो। त्यसले मेरो आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्यो,’ उनी भन्छिन्। शारीरिक शक्ति अत्यन्त आवश्यक पर्ने अनि कुट्ने र कुटाइ खानुपर्ने बक्सिङ खेलको प्रकृति कतिले महिला सुहाउँदो मान्दैनन्। तर रावल त्यो मान्यतासँग विमति राख्छिन्। भन्छिन्, ‘हामी महिला कुनै कुरामा पुरुष भन्दा कम छैनौँ। उनीहरू जति दौडिन्छन्, हामी पनि त्यति नै हो। प्रशिक्षण बराबरी नै हो। शक्तिमा पनि हामी कम छैनौँ।’ रावलका अनुसार बक्सिङ खेल्दा पुरुष र महिला खेलाडीबीच प्रशिक्षणका बेला वा अरू व्यवहार र सुविधामा कुनै भेदभाव हुँदैन। सबैबाट सहयोग पाएको बताउँछिन्। भन्छिन्, ू‍हामीलाई प्रशिक्षणमा सघाएकै छन्। कमजोरीहरू खुट्याइदिन्छन्।ूकुट्ने र कुटाइ खाने अनुभव बारे उनको भनाइ पनि रोचक छ। भन्छिन्, ‘बक्सिङ खेलाडी भएर पनि अलिअलि कुटाइ सहन सकिएन भने के बक्सिङ खेलाडी ? अनि कुट्ने बेला माया गर्न थाल्यो भने कसरी जित्ने ?’ राष्ट्रिय च्याम्पियन रावलसँग केही अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ। गएको वर्ष भारतमा भएको प्रतियोगितामा उनले कास्य पदक जितेकी थिइन्। उनको अबको लक्ष्य इन्डोनेशियामा हुने एशियाली खेलकुदमा पदक जित्ने। उनी भन्छिन्, ‘विपक्षीको पनि दुई हात हो र हाम्रो पनि। मेहनत र भाग्यले साथ दिए इन्डोनेशियाबाट पदक लिएर आइन्छ।’ बीबीसी

सेनेगलको ऐतिहासिक जित,पोल्याण्ड पहिलो पटक अफ्रिकी देशसँग हार चाख्न बाध्य

मस्को । विश्वकप फुटबलअन्तर्गत समूह एचमा सेनेगलले पोल्यान्डलाई २–१ ले पराजित गरेको छ । गयराती भएको खेलमा उसले पोल्याण्डलाई २ १ गोलले हराएको हो । अफ्रिकी देश सेनेगलले १६ वर्षपछि दोश्रो पटक विश्वकप खेलेको हो । यस्तै, १२ वर्षपछि विश्वकपमा फर्किएको पोल्याण्डले पहिलो खेलमै हार चाख्न बाध्य भयो । सन् २००२ को विश्वकपमा सनसनी प्रदर्शन गरेको सेनेगलले रसिया विश्वकपमा त्यही प्रदर्शनलाई निरन्तरता दिएको छ । विश्वकप छनोटमा दक्षिण अफ्रिकालाई निराश पारेको सेनेगलले युरोपकै बलियो टिम पोल्यान्डविरुद्ध दुवै हाफमा बहादुरी प्रदर्शन गर्यो । सेनेगलका लागि एकमात्र गोल निआनले गरेका थिए । उनले खेलको ६०औँ मिनेटमा गोल गरेका हुन् । पोल्यान्डका सिओकले खेलको ३७औँ मिनेटमा आत्मघाती गोल गर्दा सेनेगल खेलमा १–० ले अगाडि बढ्यो । दोस्रो हाफमा पोल्यान्डका क्रिचोविकले एक गोल फर्काउँदा पोल्यान्डले २–१ को गोलअन्तरमा खेल पुर्यायो । क्रिचोविकले कप्तान रोवर्ट लेवान्डोस्कीको उत्कृष्ट फ्रिकिकमा हेडिङ गोल गरेका थिए । उनले दोस्रो बार कुना च्यापेर हेडिङ गोल गरेका हुन् । तर रेफ्रीले क्रिचोविकको हेडिङ गोललाई मान्यता दिन भिआरए सहयोग लिएका थिए । प्रतिस्पर्धामा सेनेगलले काउन्टर एट्याक्ट तथा पावर खेल देखाएको थियो । चर्चित खेलाडी साडिओ मानेले पोल्यान्डका डिफेन्डरलाई खेल अवधि भरी नै व्यस्त राखे । पोल्यान्डले खेलको अन्तिम इन्जुरी समयमा बराबरी गोल अवसर पाएको थियो । तर सेनेगलका गोलरक्षक डिआएले पोल्यान्डका सवै प्रयासलाई विफल पारे । -एजेन्सी

अब विवाह नगरी सन्तान जन्माउन सक्ने !

काठमाडौं, जेठ ३१ । गर्भपतन अब अधिकार र कसुर दुवै हुने भएको छ । महिलाका हकमा गर्भपतन संविधानमा मौलिक हकअन्तर्गत राखिएको छ भने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकको मस्यौदामा गर्भपतन कसुर हुने व्यवस्था गरिएको छ । कसुर गर्भपतन गराउन दबाब दिनेका हकमा कायम हुनेछ । कुनै पनि महिलाले आफ्नो ईच्छाबमोजिम विवाह नगरी सन्तान जन्माउन सक्ने अधिकार कानुनले सुरक्षित गर्न लागेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकमा यो अधिकार सुरक्षित गरिएको हो । संविधानको मर्मअनुसार प्रजनन अधिकारलाई कानूनमा सुरक्षित गरिएको मन्त्रालयकका प्रवक्ता ढकालले बताए । संविधानले नै विवाह नगरी महिलालाई सन्तान जन्माउन सक्ने हकको व्यवस्था गरिसकेको छ, उनले भने सविधानमा व्यवस्था भएको कुरा कसैले दिईरहनुपर्ने विषय नभएको उनले बताए ।, नागरिक दैनिकमा खबर छ ।

ट्रम्प र किमबीच चार बुँदें सम्झौता, यस्ता छन् सहमितका बुँदा

अमेरिकी राष्ट्रपति ट्रम्प र किम जोङ उनबीच शिखर बार्ता सम्पन्न भएको छ । वार्तामा दुई नेताबीच चार बुँदें सम्झौता भएको छ । यी हुन सम्झौताका बुँदा: १. शान्ति र समृद्धिका लागि सम्झौताको पहिलो बुँदा दुई देशबीच नयाँ सिराबाट दुवै देशका जनताको चाहना अनुरूप सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ। २. कोरियाली प्रायद्वीमा शान्ति स्थापनाका लागि आवश्यक पहल गर्ने र नयाँ ढंगले अगाडि बढाउने। पुराना प्रतिबद्धताहरूलाई पूरा गर्ने। ३. गत अप्रिलमा अन्तरकोरियाली शिखर सम्मेलनका बेला भएको आणविक निःशस्त्रीकरणलाई कार्यान्वयन गर्ने। पानमुन्जोम घोषणापत्रमा उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच भएको सम्झौतालाई कार्यान्वयन गर्ने। ४. कोरियाली युद्धका क्रममा बन्दी बनाइएका युद्धवन्दीहरुलाई स्वदेश फिर्ती तथा परिपुरणको समहति समेत भएको छ।  

डेटिङमा रहेका रोनाल्डो प्रशिक्षणमा फर्किए

एजेन्सी । क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किएका छन् । पोर्चुगलका कप्तान रहेका उनी रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेपछि बल्ल टिमको प्रशिक्षणमा फर्किएका हुन् । च्याम्पियन्स लिगको उपाधी जितेपछि रोनाल्डो प्रेमीकासँगको डेटिङमा रहेका थिए । विश्वकप अघि पोर्चुगलले विहिबार अल्जेरीयासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । रोनाल्डोले अहिलेसम्म राष्ट्रिय जर्सिमा लगातार सात प्रतियोगितामा देशका लागि गोल गरेका छन । पोर्चुगलले जुन १५ मा स्पेनसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । यो समूहमा मोरक्को र इरान पनि छन् । युरोकपको उपाधि विजेता पोर्चुगललाई यसपटक विश्वकपमा बलियो टिमका रुपमा हेरिएको छ । पछिल्ला तीन विश्वकप र चार युरोपियन च्याम्पियनसिपमा रोनाल्डोले पोर्चुगलका लागि प्रेरणादायी प्रदर्शन गरेका छन् ।

महँगिदै इन्टरनेट, कारण यस्तो छ-

काठमाडौं, जेठ १९ । सरकारले यन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर बुझाउनुपर्ने प्रावधान ल्याएपछि इन्टरनेट शुल्क महँगिने भएको छ । आर्थिक बर्ष २०७५ ७६ को आर्थिक विधेयकमार्फत सरकारले इन्टरनेट सेवा प्रदायकहरुले पनि दूरसञ्चार सेवा दस्तुरबापत १३ प्रतिशत तिर्नुपर्ने व्यवस्था ल्याएको हो । यसअघि इन्टरनेट सेवा प्रदायकहरुले दूरसञ्चार सेवा दस्तुर तिर्नु नपर्ने प्रावधान थियो । आजको कान्तिपुरमा समाचार छ ।

कारोबार सुरु भएको एकघण्टामै नेप्से ०.२९ प्रतिशतले घट्यो

काठमाडौं । साताको अन्तिम दिन अर्थात बिहीबार नेप्से कारोबार भएको पहिलो एक घण्टाको अवधिमा शून्य दशमलव २९ प्रतिशत घटेको छ । कारोबार भएको शुरूको समयमा बढेको बजार एक घण्टाको अवधिमा ३ दशमलव ८९ अङ्कले घटेर १ हजार ३ सय १८ दशमलव ४१ विन्दुमा पुगेको छ । यस समयमा कारोबार भएका नौ समूहको परिसूचकमा जलविद्युत, वित्त र ‘अन्य’ समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । १ सय ७ कम्पनीको रू. ३ करोड ८३ लाख बराबरको शेयर कारोबार भएको छ । नेपाल इनभेष्टमेण्ट बैंक र प्रिमियर इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । आर्थिकअभियानबाट साभार

वडाध्यक्ष नै पानीका लागि साँझ-बिहान भारतमा !

दाङ, जेठ १७ । गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्धाम सिद्दीकी खानेपानीका लागि दैनिक साँझ बिहान भारतीय भूमिमा पुग्छन् । उनीमात्र होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ । खानेपानीको समस्या छ त्यसैले म आफैं भारत गएर पानी ल्याउने गरेको छु वडाध्यक्ष सिद्दीकीले भने भारतमा गएर पानी ल्याउनुपर्दा अप्ठ्यारो लाग्ने गरेको छ । कोइलावासका स्थानीयलाई खानेपानीका लागि हिउँदको समयमा भारतको भर पर्नुपर्ने बाध्यता छ । अहिले कोइलावासमा रहेका कुवा तथा खोलासमेत सुकेको कोइलावास भन्सारका प्रमुख ओमप्रकाश केसीले बताए । खबर आजको कारोबार दैनिकमा छ ।

शारीरिक सम्पर्क गर्दा महिलाको ज्यान गयो

रुकुम, जेठ १७ । मुसिकोट शहीद मैदानमा मंगलबार बिहान फेला परेको एक महिलाको शवको परीक्षण गर्दा शारीरिक सम्पर्क गर्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–६, घर भएकी ३८ वर्षीया एक महिलाको यौन सम्पर्क गर्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको हो । प्रहरीले हत्याको अभियोगमा मुसिकोट नगरपालिका–१, निवासी १९ वर्षीय अमरबहादुर बादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ परेका बादीले राति आफ्नै डेरामा ल्याई शारीरिक सम्पर्क गर्ने क्रममा महिलाको ज्यान गएको र मृत्यु पश्चात शव बोकेर नजिकैको नालामा फालेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुँगानाको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धानपछि अमरबहादुर बादीलाई पक्राउ गरेको थियो । उनलार्ई कर्तव्य ज्यान अन्तर्गत मुद्धा चलाइएको प्रहरीले जनाएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्ने

काठमाडौं । बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका लागि बजेट बिनियोजन गरिएको छ । अर्थमन्त्री युवराज खतिवडाले सदनमा बजेट प्रस्तुत गर्दै शहरी विकास अन्तर्गत यो घोषणा गरेका हुन । यसैगरी गरिबीको रेखामुनि रहेको परिवारलाई घर निर्माणका लागि सहयोग गर्न जस्तापाता सामग्रीका लागि प्रति परिवार ५० हजार दिइने कार्यक्रम समेत घोषणा गरिएको छ । छ । यो अभियानमा भूमिहीनलाई समेत समेटिने छ । परालको घरको छाना भएकालाई समेत जस्ता छाता भएका घर निर्माणका लागि सहयोग गरिने छ भने सुकुम्बासी समस्याको हल खोजिने घोषणा गरिने छ । भौगौलिक विकट भएका घर बसोबास भएकालाई एकीकृत स्थानान्तरण गरिने कार्यक्रमको घोषणा गरिएको छ ।

बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने

काठमाडौँ, जेठ १५ । चिकित्सकीय क्षेत्रका अनुसन्धानमा हुने बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने भएका छन् । हाडजोर्नीसम्बन्धी चिकित्सकको छाता संगठन एओ अलायन्स फाउण्डेशनले काठमाडौँमा हालै आयोजना गरेको दुई दिने प्रशिक्षणमा चिकित्सकले वर्षौं मिहिनेत गरी गरेका अनुसन्धानको चोरी हुने क्रम बढिरहेकाले यस्ता कार्य रोक्ने विषयमा छलफल भएको थियो । बौद्धिक चोरीको विषयमा दण्डीत हुनेदेखि सम्बन्धित व्यक्तिलाई कलोसूचीमा राख्न सकिने कानूनी व्यवस्था भए पनि कार्यान्वयन फितलो भएका कारण अनुसन्धानमा हुने बौद्धिक चोरी रोक्ने विषयमा चिकित्सकले हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता गरेका हुन् । कार्यक्रम संयोजक डा रमेशप्रसाद सिंहले चिकित्सकले विभिन्न विषयमा वर्षौं लगाएर गरेको अनुसन्धानलाई कपि पेष्ट (जस्ताको तस्तै सार्ने) चोरी गरी अरुले तथ्यांक राख्ने क्रम बढेकाले यसको अन्त्यका लागि एकबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । जेठ ११—१२ गते भएको प्रशिक्षणमा चिकित्सकले अनुसन्धानका क्षेत्रमा के कस्तो आचारसंहिता अपनाउनु पर्छ भन्ने र अनुसन्धानको डाटा चोरेर सम्बन्धित ठाउँमा बुझाउने गरेका कारण अनुसन्धानमा उठ्ने प्रश्नका विषयमा छलफल भएको थियो । बौद्धिक चोरीलाई रोकेर नयाँ सिर्जनात्मक अनुसन्धानमा चिकित्सक लाग्न प्रेरित गर्ने उद्देश्य राखिएको प्रशिक्षणमा प्रशिक्षण दिन भारतबाट दुई, स्वीजरल्याण्डबाट एक र पाकिस्तानबाट एक गरी चारजना विज्ञको टोली नेपाल आएको थियो । रासस