हेटौंडा औद्योगिक क्षेत्रका १११ उद्योग सञ्चालनमा, साढे १० हजारले पाए रोजगारी
मकवानपुरः कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् ।
औद्योगिक क्षेत्रमा रहेका १११ मध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले जनाएको छ ।
लकडाउनका कारण अत्यावश्यक उद्योगमा बिस्कुट, चाउचाउ, बेकरी, खानेपानी, दाना र दुग्ध पदार्थबाहेक अन्य उद्योग बन्द भएको थियो तर अहिले उद्योगहरु सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको बताइएको छ । अत्यावश्यक खाद्यपदार्थ उद्योग ८० प्रतिशत क्षमतामा र अन्य रासायनिक, निर्माण सामग्री, मेशिनरी र प्लास्टिकलगायत उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालनमा रहेको सो कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब १० हजार ५०० जनाले रोजगारी पाएका छन् । ‘नयाँ–नयाँ उद्योगको स्थापनाको लागि केही उद्यमीले आवश्यक जग्गा, विद्युत्, पानी उपलब्ध गराई दिनका लागि निवेदन दिएका छन्’, हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत राजेन्द्र श्रेष्ठले भने, ‘सोही निवेदनको आधारमा जग्गा उपलब्ध गराउन नेपाल औद्योगिक विकास निगम काठमाडौँंलाई स्वीकृत प्रदान गर्नका लागि पत्राचार गरिएको छ ।’
उनका अनुसार पुरानो बन्द भएका उद्योगको अनुमतिपत्र रद्द गरी अर्को उद्योग स्थापना गर्ने क्रममा सो उद्योगलाई स्वीकृित प्रदान गर्न पनि हेटौँंडा औद्योगिक क्षेत्रको तर्फबाट पत्राचार गरिसकेको छ ।
विसं २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रमा अहिले विभिन्न नयाँ उद्योग स्थापना गर्न करिब एक हजार ८८५ रोपनी जग्गाको छुट्टै व्यवस्थापन गरिएको बताइएको छ । सो औद्योगिक क्षेत्रमा निजी क्षेत्रको झन्डै रु पाँच अर्ब ५० करोड लगानी रहेको छ भने सरकारी लगानी रु ९० करोड रहेको कार्यालयले जनाएको छ ।
उक्त औद्योगिक क्षेत्रबाट गुणस्तरीय उत्पादित विद्युतीय सामग्री, खाद्यान्नलगायत अन्य सामग्री अन्तर्राष्ट्रिय बजारमा पुर्याइ विदेशी मुद्रा आर्जन गर्ने गरेको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।
सो औद्योगिक क्षेत्रमा उद्योग व्यवस्थापनले जग्गाको सम्झौता गरी १३ वटा आफ्नो प्रशासकीय भवनको निर्माणको कार्यलाई तीव्रता दिइएको आगामी दुई महिनाभित्र निर्माण कार्य सम्पन्न गरी उद्योग सञ्चालनको लागि तयारी भइरहेको मकवानपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद न्यौपानेले बताए ।
‘डा.केसीसँग भएको सहमति उल्लङ्घन नहोस्’
काठमाडौंः नेपाली कांग्रेसले डा.गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै कांग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत यही असोज २४ गते मध्यरातमा गरिएको आठ बुँदे सहमति इमान्दार ढङ्गले कार्यान्वयन गर्दै अघि बढ्न सरकारलाई सजगता समेत गराएका छन् । उनले कांग्रेस नेतृत्वकोे अघिल्लो सरकारले डा.केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा केसीसँगको अघिल्लो सहमति उल्लङ्घन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जनासमेत भएको उल्लेख गरेका छन् ।
तालिवान लडाकूको आक्रमणमा ७ अफगानी प्रहरीको मृत्यु
काबुल : अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिवान लडाकूले गरेको आक्रमणमा परी कम्तीमा सात प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनापछि अन्य चार प्रहरी सम्पर्कमा आएका छैनन् । कुन्दुजको खान अवाद जिल्लाको दागरीमा रहेको प्रहरीको एउटा सुरक्षा जाँच केन्द्रमा विद्रोहीले आक्रमण गरेपछि प्रतिकारका क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रशासन प्रमुख कुद्रातुल्ला साफीले बताए । साफीले भने, ‘तालिवान विद्रोहीहरूले सुरक्षा जाँच केन्द्रमा शनिबार बिहानै एक्कासी आक्रमण गरेपछि भएको घण्टौ लामो भिडन्तमा सात प्रहरी अधिकारीको मृत्यु भएको छ भने चार अन्य प्रहरी घटनापछि सम्पर्कमा आउनसकेका छैनन् ।’ प्रहरीले हराइरहेका सुरक्षाकर्मीलाई विद्रोहीले अपहरण गरी लगेको हुनसक्ने बताएकोे छ । शान्तिवार्ताका लागि दोहामा रहेको तालिवान नेतृत्वले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । तर स्थानीयले घटनाको पुष्टि गरेका छन् । स्थानीयका अनुसार तालिवानी लडाकू र प्रहरीबीच कम्तीमा दुई घण्टा भिडन्त भएको र दुवैतर्फ क्षति भएको बताए ।
अफगानिस्तानमा भएका आक्रमणमा १० प्रहरी र १५ तालिबानीको मृत्यु
काठमाडौंः अफगानिस्तानको उरुज्गान प्रान्तमा आइतबार भएका विभिन्न आक्रमणका क्रममा कम्तीमा पनि १० जना प्रहरी र १५ तालिबानको मृत्यु भएको छ । आइतबार भएका ती आक्रमणहरुमा उरुज्गान प्रान्तका विभिन्न जिल्लामा तालिबानी लडाकूले सुरक्षाकर्मीमाथि हमला गरेका थिए । तालिबानी सशस्त्र लडाकूले गरेका ती हमलाहरुमा परी २५ जनाको ज्यान गएको अधिकारीले जानकारी दिएका छन् । उरुज्गान प्रान्तको गिजाब जिल्लामा तालिबानीहरुले सो हमला गरेका बताइएको छ । आइतबार तालिबानहरुले उत्तरी अफगानिस्तानका सुहादा र खास जिल्लाका पनि कैयौँ स्थानमा हमला गरेका थिए । ती हमलाहरुमा परी १७ जना तालिबानी लडाकू मारिएका बताइएको थियो । आइतबारै बिहानीपख भएको सो हमलामा परी चार जना प्रहरी पनि मारिएका थिए । आइतबारै तालिबानहरुले यो अर्काे हमला गरेका छन् । उनीहरुले सुनियोजितरुपमा एकै पटक ती सहरमा हमला गरेका अधिकारीले जनाएका छन् । उनीहरुले सुरक्षा जाँच चौकीमा ठूलो संख्याका लडाकूसहित आक्रमण गरेका थिए । हालैमात्र अफगान सरकार र त्यहाँका तालिबानबीच कतारको राजधानी दोहामा शान्ति वार्ता शुरु भएको छ । वार्ता जारी नै रहेका बेला यता तालिबानले भने आक्रमण शुरु गरेका छन् तर पनि यस विषयमा तालिबानी समूहका तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन । एजेन्सी
साल्ट ट्रेडिङले ल्यायो १७ हजार मे.टन युरिया मल
काठमाडौं, कृषि मन्त्रालयले सार्वजनिक खरिदमार्फत मल भित्र्याउन नसकेपछि साल्ट ट्रेडिङले भने युरिया मल आयात गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले तीन सातायता वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट साढे १७ हजार मेट्रिक टन युरिया मल भित्र्याएको हो । कर्पोरेसनले ३२ हजार मेट्रिक टन युरिया आयात गरिरहेको छ । यसमध्ये २७ हजार मेट्रिक टन सुक्खा बन्दरगाह र बाँकी विराटनगर नाकाबाट आउन लागेको कर्पोरेसनका वीरगन्ज कार्यालय प्रमुख अमोज लामिछानेले जानकारी दिए । वीरगन्ज आउने २७ हजारमध्ये १७ हजार ५ सय मेट्रिक टन भित्रिइसकेको र बाँकी पनि आगामी साताभित्रै वीरगन्ज आउन सक्ने उनले बताए । २ हजार ५ सय मेट्रिक टन युरिया मल भारतको कोलकाता बन्दरगाहमा रेलवे र्याकमा लोड भइसकेको सूचना आएको लामिछानेको भनाइ छ । त्यसपछि बाँकी मल पनि निरन्तर आउनेछ । विराटनर आउने मल पनि सीमापारि भारतीय रेलवे स्टेसनमा क्रमशः आइरहेको छ । वीरगन्ज शाखामा आइसकेको युरिया मलमध्ये माग भएका झन्डै ६० जिल्लामा परिचालन भइसकेको उनले जानकारी दिए । ‘माग भएका जिल्लामा निरन्तर मल परिचालन गरिरहेका छौं,’ उनले भने, ‘विराटनगर कार्यालयले हेर्ने प्रदेश २ का सप्तरी र सिरहाबाहेक प्रायः जिल्लामा वीरगन्जबाटै मल पठाएका छौं ।’ यो मलले लामो समय माग नधाने पनि तत्कालका लागि किसानको माग धेरै हदसम्म पूर्ति गर्ने उनले बताए । कर्पोरेसनले ग्लोबल टेन्डरबाट आयात गरेको यो मल भारतको गुजरातस्थित कान्डला बन्दरगाहमा करिब ३ महिना अड्किएको थियो । तेस्रो मुलुकबाट आयातित मल बोकेका जहाज ठेकेदारले भूलवश कान्डला बन्दरगाहमा लगेपछि मल त्यहाँ थन्किएको थियो ।
पञ्जाबविरुद्ध दिल्लीले गुमायो सस्तैमा ३ विकेट
काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध दिल्ली क्यापिटल्सले खराब सुरुवात गरेको छ । उसले सस्तैमा ३ विकेट गुमाएको छ । दिल्लीले पहिलो विकेटका रूपमा ओपनर शिखर धवनलाई शून्य, पृथ्वी शालाई ५ र शिमरन हेटमायरलाई ७ रनमा गुमाएको हो । शिखर रनआउटको सिकार हुन पुगे । पृथ्वी र हेटमायरलाई मोहम्मद शामीले आउट गरेका हुन् । यो समाचार तयार पार्दासम्म दिल्लीले ५ ओभरमा महत्वपूर्ण ३ विकेट गुमाएर २१ रन बनाएको छ । आफ्नो पहिलो म्याचमा दिल्लीले टस हारेर ब्याटिङ गरिरहेको हो । पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्लेइङ११ मा मौका पाउन असफल भएका छन् । किंग्स इलावेन पञ्जावविरुद्ध सन्दीपले प्लेइङ ११ मा उनले मौका पाउन असफल भएका हुन् । सन्दीपयो पटक पनि दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका छन् । दिल्लीले पहिलो म्याचमा विदेशी खेलाडीका रूपमा मार्कस स्टोइनिस, एनरिच नर्खिया, कागिसो रबाडा र शिमरोन हेटमायरलाई मौका दिएको छ ।
आइपीएल : पञ्जाबविरुद्ध ब्याटिङ गर्दै दिल्ली, सन्दीपले पाएनन् मौका
काठमाडौं, ४ भदौ : इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलावेन पञ्जावविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्लेइङ-११ मा मौका पाउन असफल भएका छन् । दिल्ली चार विदेशी खेलाडीका रुपमा मार्कस स्टोइनिस, एनरिच नर्खिया, कागिसो रबाडा र शिमरोन हेटमायरलाई मौका पाएका छन् । पञ्जाबले टस जितेर बलिङ रोजेको छ । दिल्ली र पञ्जावबीचको खेल साँझ ७ः४५ बजेदेखि सुरु हुँदैछ । यूएईमा पञ्जाबको टोलीले अहिलेसम्म एक खेल पनि हारेको छैन । सन् २०१४ मा टोलीले त्यहाँ सबै ५ खेलमा जीत हासिल गरेको थियो । साथै पञ्जाबले पछिल्लो तीन सिजनमा आफ्नो पहिलो खेल जित्दै आएको छ ।
प्रदेश-५ सरकारले ६ स्थानीय तहलाई शव वाहन किन्न ९० लाख दिने
बुटवल : प्रदेश ५ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट प्रदेशका ६ स्थानीय तहलाई शव वाहन खरिदका लागि १५ लाख रुपैयाँका दरले ९० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्युठान नगरपालिका, सन्धिखर्क नगरपालिका, गुलरिया नगरपालिका, रोल्पा नगरपालिका, सिस्ने गाउँपालिका, रामग्राम नगरपालिकालाई उक्त रकम दिर्ने निर्णय गरेको हो। त्यस्तै, बैठकले जिल्लास्तरीय ६ वटा अस्पतालहरूलाई ५० शैय्यामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ। रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवा रहेका छन्। तीमध्ये भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो। नेपाल स्वास्थ्य सेवाअन्तर्गत ११औँ तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय भएको छ। असोज ३ गते (भोलि) संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिस स्वीकृत गर्ने, पदक प्राप्त गर्नेहरुको नाम असोज ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्नेछ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने, प्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गरिएको हो। मन्त्रिपरिषद् बैठकमा भएका निर्णयहरु सार्वजनिक गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले गुल्मीको रेसुंगा नगरपालिका र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिश पठाउने निर्णय भएको पनि बताए। त्यस्तै, त्रिवेणी गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकारसमक्ष पठाउन स्वीकृति प्रदान गर्ने पनि निर्णय भएको बताए।
युएईमा ४ महिनादेखि एनआरएनको सेल्टरमा रहेका तीन नेपाली महिला स्वदेश फर्किए
युएईः भारत हुँदै इराक र कुवेत जान युएई ट्रान्जिटमा अलपत्र परेका तिन नेपाली महिला शुक्रबार स्वदेश फर्किएका छन् । दलालको प्रलोभनमा परेर आउँदा युएईमा अलपत्र परेका उनीहरुलाइ गैर आवसीय नेपाली संघ युएई अलऐनले विगत ४ महिनासम्म आफ्नो सेल्टरमा राखेर शुक्रबार हवाई टिकट समेत उपलब्ध गराइ स्वदेश फिर्ता गराएको एनआरएनए एनसिसि युएईकी महिला संयोजक शोभा शर्माले जानकारी दिइन् । एयर अरबियाको G91751 उडानमार्फत शुक्रबार नेपाल फर्किनेहरुमा रुपन्देहीकी फुलकुमारी मुसाह, सिन्धुपाल्चोककी शुक्रन तामाङ र धादिङकी मन्जु तामाङ रहेका छन् । उनीहरुलाइ युएईस्थित नेपाली दूतावासले यात्रा अनुमति पत्र बनाएर कानुनी सहयोग गरेको थियो । केहि समय अघि मात्रै युएईमा कम्पनीले बासस्थानबाट निकालेपछि अलपत्र परेका १० जना महिलाहरुलाई ३ महिनासम्म आफ्नो संरक्षणमा राखी नेपाल पठाएको र विभिन्न कारणले समस्यामा परेका १६ जना महिलाहरु अझै एनआरएनकै संरक्षणमा रहेको शर्माले बताइन् ।
लाखौं ज्यालादारी गरिब मजदूरलाई प्रत्यक्ष राहत वितरण गर्न प्रचण्डको अपील
काठमाडौंः नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले लाखौं ज्यालादारी गरिब मजदूरलाई प्रत्यक्ष राहत वितरण गर्न सरकारसँग अपील गरेका छन् । एक अनलाइनलाई अन्तर्वार्ता दिँदै पूर्व प्रधानमन्त्री समेत रहेको अध्यक्ष प्रचण्डले शहर वजारमा मजदुरी गरेर, दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुरहरुलाई प्याकेजमा राहत दिनैपर्ने बताए । उनले खुलामञ्चमा केही दाताले भात खुवाएजस्तो गरेर मात्रै राज्यको दायित्व पूरा नहुने स्पष्ट पारे । ‘खुलामञ्चमा केहीकोही दाताले यसो भात खुवाएजस्तो गरेर मात्रै राज्यको दायित्व पूरा हुँदैन ।’ ‘कोरोनाका सन्दर्भमा मैले सरकारसँग कुरा गर्न गरिराखेको छु, गर्छु पनि । स्थायी नोकरी भएकाहरुलाई उनीहरुलाई ५० प्रतिशत के दिने भन्ने प्रावधान छ । तर शहर वजारमा मजदुरी गरेर, दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुरहरुलाई प्याकेजमा राहत त दिनैपर्छ’, प्रचण्डले भने, ‘अव झन दशैं तिहार पनि आउँदैछ यस्तो वेलामा गरिव, सवभन्दा तल बसेका केही लाखको संख्यामा रहेका जनतालाई यो बेला राज्यले प्रत्यक्ष नै राहतको व्यवस्था गर्नैपर्छ भन्ने लाग्छ । खुलामञ्चमा केहीकोही दाताले यसो भात खुवाएजस्तो गरेर मात्रै राज्यको दायित्व पूरा हुँदैन ।’ उनले मुख्यत शहरबजारमा निक्कै ठूलो क्राइसिस भएको आफूले पाएको भन्दै देशभरिका सबै साना ठुला शहरहरुमा मजदुरी गरेर वाँच्नेहरुलाई जताबाट व्यवस्था गरेर भए पनि राहत दिइनुपर्नेमा जोड दिएका छन् । अध्यष प्रचण्डले अहिले कोरोन रोकथाम, नियन्त्रण र उपचारलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने कुरामा सरकार र पार्टीहरुले अझ बढि ध्यान केन्द्रीत गर्नुपर्ने तथा मातहतको फोर्सलाई परिचालन गर्नुपर्ने बताए । कोरोनाबारे थप स्पष्ट पार्दे प्रचण्डले भनेका छन्, ‘यसको खोप निकालिँदैछ भनिएको छ । चीन, रुस र अन्त पनि पनि प्रयोग हुँदैछ भनेपछि त्यस्तोमा सरकारले, राज्यले छिटोभन्दा छिटो खोप ल्याउने र उपचारमा अर्को उचाईतिर लानेमा पनि ध्यान दिनुपर्यो । त्यतातिर हामीले छलफल पनि गरिरहेका छौं र दुईवटा अध्यक्ष बस्दा पनि त्यतापट्टि नै बढी कुराकानी भएका छन् ।’ बाढीपहिरो पीडितलाई तत्काल पुनस्थापना र राहतमा सरकारले ध्यान दिनुपर्ने प्रचण्डको भनाई थियो । प्रचण्डले अगाडि थपे, ‘इमान्दारिताका साथ सरकार र पार्टी आयो है भन्ने सन्देश गम्भीर रुपमा हामीले दुईचार महिनाभित्रै दिन सकिन्छ । त्यसका लागि दुई वर्ष पर्खनै पर्दैन ।’
मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नहुने
काठमाडौंः सरकारले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिए । उनले भने, ‘शवबाट नमुना निकाली कोभिड–१९ परीक्षण गर्ने काम नगर्ने नगराउने ।’ तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । नेपालमा कोरोना संक्रमणबाट पहिलाे मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो ।
अन्ततः प्राधिकरणबाट बिदा भए कुलमान, किन भएन पुनः नियुक्ति ?
काठमाडौंः नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ औपचारिक रुपमा बिदा भएका छन् । कार्यकारी निर्देशकको ४ वर्षे कार्यकाल सकिएपछि उनलाई मंगलबार कर्मचारीले औपचारिक बिदाइ गरे । सो क्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिए । सो क्रममा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले कार्यकारी निर्देशक पुनः घिसिङलाई नियुक्ति गर्नेछ आशा व्यक्त गरे । २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन । बिदाइ मन्तव्य बिदाइ कार्यक्रममा उनले सवैको साथ र सहयोगबाट लोडसेडिङ अन्त्य गर्न सफल भएको बताए । साथै सबै सहयोगीलाई धन्यवाद दिए । उनल अहिले प्राप्त उपलब्धि व्यवस्थापन अबको मुख्य चुनौती रहेको बताए । उनले प्राधिकरणको गरिमा अझै उच्च रहोस् भन्ने शुभकामना दिए । उनले प्राधिकरणलाई सधै साथ र सहयोग हुने प्रतिवद्धता जनाए । उनले अवसर पाएमा अझै उर्जा क्षेत्रमै काम गर्ने चाहना व्यक्त गरे । घिसिङले अबको बाँकी जीवन नेपाल र नेपालीको सम्बृद्धिका लागि खर्चने बताए । उनले आफ्नो बिदाइ स्वभाविक भएको बताए । उनले एउटै व्यक्ति नेतृत्वमा रहिरहनुपर्छ भन्ने नरहेको बताए । आफूलाई पुन नियुक्त नगरिएको उनको कुनै गुनासो छैन । चर्चा र विरोध सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई पुननयुक्त गर्ने धेरैको अपेक्षा थियो । कुलमानलाई पुन नियुक्त गर्नुपर्ने भन्दै सोमबार साँझ माइतीघर मण्डलामा प्रशर्दन भएको थियो । तर, उक्त विषयमा सोमबारको बैठकमा स्थान नपाएपछि चारैतिर चर्चा चुलिएको छ । सरकारको विरोध भइरहेको छ । कुलमानलाई फेरि प्राधिकरणको नेतृत्व सुम्पने गरी उर्जा मन्त्रालयले प्रस्ताव लगेको भए पनि मन्त्रिपरिषद बैठकमा भने प्रस्ताव लगिएन । एजेण्डामा नपरेपछि उर्जामन्त्री वर्षमान पुनले जिज्ञासा उठाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी प्रश्न भएकोले छलफल गरेर मात्र अघि बढने बताएका थिए । पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्याउन विभिन्न क्षेत्रबाट माग भएको छ । प्रधानमन्त्रीमाथि घिसिङलाई नभई उनका विश्वासिला पुनर्निर्माण प्राधिकरणका सुशील ज्ञवालीलाई बनाउन खोजेको आरोप लागिरहेको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र मन्त्री पुन घिसिङकै पक्षमा रहेको जनाइएको छ । नियुक्ति गर्नु नै पर्दा पनि घिसिङले फेरि खुल्ला प्रतिष्पर्धामा सहभागि हुनुपर्ने अवस्था सृजना गराइएको छ । यो एक हिसाबले घिसिङलाई निरुत्साहित गर्न र उनलाई सहभागि नै नहुने वातावरण बनाउन खोजेको उर्जा मन्त्रालयका एक अधिकारी बताउँछन् । राम्रो काम गरेर चर्चा कमाइरहेका व्यक्तिलाई सहज पुनर्नियुक्ति नदिनु र कानुनी प्रश्न रहेको छ भनेर प्रधानमन्त्रीले पन्छाउनुको मुख्य कारण नै अब घिसिङ प्रतिष्पर्धामा नआउन् भन्ने दुराशय रहेको ति अधिकारी बताउँछन् । पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ११ अर्ब नाफामा लगेको भन्दै घिसिङको प्रशंसा हुँदा नयाँ परियोजना ल्याउन नसकेको एमसीसीमा प्रधानमन्त्रीलाई नसघाएको आरोप लगाइएको छ । यसैबारेमा प्रधानमन्त्रीको सोचलाई बल पुग्ने गरी उनका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक रुपमा टिप्पणी गरेका छन् । थापाले के कुलमान कानुनभन्दा माथि हुन् भन्ने प्रश्न उठाएका छन् ।
बिपी जयन्तीमा तरुण दलद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडौंः नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलले आज काँग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा पाटन र वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको हो । तरुण दलले पाटन अस्पतालमा एक हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण (पिपिई) र २० थान फेस शिल्ड तथा वीर अस्पतालमा एक हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण (पिपिइ) र २० थान फेस शिल्ड सहयोग गरेको हो । कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले कोभिड–१९ को जोखिम बढिरहेका बेलामा अग्रभागमा रहेर जनताको स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीलाई सहयोग गरिएको बताए । उक्त स्वास्थ्य सामग्री काँग्रेस महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउण्डेशनका अध्यक्ष मेन्ज खानले उपलब्ध गराएका थिए । यस्तै तरुण दलले १०७औँ बिपी जन्मजयन्ती सामाजिक दूरी कायम गरेर विभिन्न कार्यक्रम गरी मनाउन सबै जिल्ला समितिलाई परिपत्रसमेत गरिसकेको छ । आज काँग्रेस र सो पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम गरी बिपीजयन्ती मनाउँदै छन् ।–––
काठमाडौंमा खुकुलो बन्यो निषेधाज्ञा, यस्तो छ नयाँ मोडालिटी
काठमाडौंः काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा एक साता लम्ब्याइएको छ । गृह मन्त्रालयको निर्देशनपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेका हुन् । तीनवटै प्रमुख जिल्ला अधिकारीले छुट्टा–छुट्टै सूचना जारी गर्दै निषेधाज्ञाबारे जानकारी दिएका छन् । के खुल्छन् ? के बन्द रहन्छन् ? नयाँ मोडालिटीमा निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।
बिहानै थपिए १७४ जना संक्रमित, कहाँ-कहाँ ?
काठमाडौं: बुधबार बिहानै नेपालमा १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित प्रदेश-२, प्रदेश-५, कर्णाली, गण्डकी, बागमती प्रदेशका व्यक्ति हुन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये १३ जना पर्सा र ५० जना बाराका हुन् । ४ सय ९० जनाको स्वाब परीक्षण गर्दा २८ महिलासहित ५ वर्षदेखि ७० वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । पर्साको बहुदरमाई नगरपालिकामा थप ८ जना संक्रमित थपिएका छन् । बहुदरमाई–४ मा ५ जना, ६ मा २ जना र वडा नं ५ मा एक जनामा संक्रमण देखिएको हो । वीरगन्ज महानगरपालिका–४ बिर्तामा २ जना, मुर्लीमा एक जना र वडा १८ मा एक जनामा कोरोना पोजिटिभ देखिएको छ । यसै गरि कलैया उपमहानगरपालिकाका ४५ जनामा कोरोना पुष्टि भएको छ । कलैया–१ मा ५ जना, ७ मा ५ जना, २३ मा ३ जना, २ मा ६ जना, ४ मा ६ जना, ६ मा एक जना, ९ मा एक जना, २० मा ४ जना, ८ मा एक जना, ५ मा ७ जना, ३ मा एक जना, २० मा ४ जना र वडा २१ मा एक जनामा कोरोना पुष्टि भएको हो । ३ संक्रमितको वडा नखुलेको डा. चौरसियाले जनाए । एक संक्रमित गण्डक अस्पतालका छन् । त्यस्तै, गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमा कास्कीका २३, तनहुँका १, लमजुङका ४, नवलपरासी पूर्वका ७ जना रहेका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या २ हजार २ सय ४५ पुगेको छ । त्यस्तै, कर्णाली प्रदेशको जुम्लाका ४० जनालाई कोरोना संक्रमण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले परीक्षण गरेको रिपोर्टमा जुम्लाका ४० जनालाई पोजिटिभ देखिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए । चन्दननाथ नगरपालिकामा १६ जना, जुम्ला कारागारका १० जना, नेपाल विद्युत प्राधिकरणका कर्मचारी ४ जना , अदालतका एक जना, तिला गाउँपालिकामा २ जना, तातोपानी गाउँपालिकाका २ जना, सिञ्जा गाउँपालिकाका १ जना, पातारासी गाउँपालिकाका १ जना, कनकासुन्दरी गाउँपालिका १ जनामा कोरोना पोजिटिभ देखिएको हो । त्यस्तै, पेश नेपालका कर्मचारी एक जना, कृषि कार्यालयका १ जना गरी ४० जनामा संक्रमण देखिएको हो। जुम्लाका चन्दननाथ स्थायी ठेगाना र बसोबास गरिरहेका व्यक्तिहरु रहेकाले जुम्ला सदरमुकाम उच्च जोखिममा रहेकोले त्रास थपिएको अस्पताल निर्देशक रावलले बताए । स्थानीय प्रशासनले संक्रमण फैलिन नदिन भन्दै लामो समय देखी निषेधाज्ञा गरेर आधा दिन खुकुलो भएको दुई दिन नपुग्दै पुन संक्रमण बढेपछि थप त्रास फैलिएको छ। १४ गते संकलन गरिएको स्वाबका धेरैको पोजेटिभ देखिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसनमा रहेका ११ जना, र हिमा गाउँपालिकाको आईसोलेसनमा रहेका २१ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका सबैलाई आईसोलेशनमा राख्न तयारी भईरहेको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओम प्रकाश देवकोटाले बताए । उनका अनुसार बुधबार बिहान सुरक्षा समितिको बैठक तथा कोभिड व्यवस्थापन समितिको बैठक बोलाइएको छ । त्यस्तै, चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २८ जना चितवन जिल्लाका छन् । अन्य ७ जना नवलपरासी, धनुषा, रूपन्देही, सिरहा र बाराका रहेका प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् । चितवनका २८ जनामध्ये भरतपुर महानगरपालिकामा १६ पुरुष र १० महिला गरी २६ जना संक्रमित थपिएका छन् । भरतपुर महानगरपालिका–२, ३, ७, ९, १०, ११, १२, १५, १६, १७, २० र २६ मा संक्रमित थपिएका हुन् । उनीहरु २१ देखि ५८ वर्ष उमेर समूहका छन् । यसैगरी चितवनकै रत्ननगर नगरपालिका–१० मा २७ वर्षीया १ महिला र राप्ती नगरपालिका–९ मा ३५ वर्षीया एक महिलामा पनि कोरोना पुष्टि भएको डा. अधिकारीले जानकारी दिइन् । यस्तै नवलपरासीका २ पुरुष र १ महिलामा कोरोना संक्रमण देखिएको छ । अन्य संक्रमित धनुषा, रुपन्देही, सिरहा र बाराका हुन् ।
दुबईमा अलपत्र नेपाली लिन निगमको जहाज उड्यो
काठमाडौँ: चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो । निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौँका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगन गरेको थियो । उक्त दिन दुबईबाट काठमाडौँ उडानका लागि टिकट लिइसकेका यात्रुका लागि आज उडान गरिएको निगमले जनाएको छ । त्यस दिन काठमाडौँबाट २३५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइडबडी जहाज दुबईबाट रित्तै काठमाडौँ फर्किएको थियो । जहाज रित्तै फर्केपछि सम्बन्धित निकायको चौतर्फी आलोचना भएको थियो । उडानका लागि दुबई विमानस्थलमा तयारी अवस्थामा रहेका यात्रु अलपत्र परेका थिए । हालैको मन्त्रिपरिषद् बैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो । मन्त्रिपरिषद्को यही बिहीबार बसेको बैठकले भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने र त्यस्तो उडान दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय गरिएको छ । त्यस प्रयोजनका निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयलाई उडान तालिका बनाउने जिम्मेवारी दिइएको छ । सरकारी निर्णयानुसार पिसीआर परीक्षण सहज भएका मुलुकहरु मलेशिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयानुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गरिनेछ । बैठकले पिसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत यात्रु ल्याउन नपाइने निर्णय गरेको छ । नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरिनेछ । यसरी आउने यात्रुको ७२ घण्टाभित्र पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने जनाइएको छ । विदेशबाट आउने यात्रु काठमाडौँमा आएपछि सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार आज विभिन्न मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन चार अन्तर्राष्ट्रिय उडान हुँदैछन् । नेपाल एयरलाइन्सको दुबई र हिमालय एयरलाइन्सको चीनको कुनमिङमा दुई उडान हुनेछ । हिमालयका दुवै जहाज राति गन्तव्यतर्फ उड्ने विमानस्थलले जनाएको छ । आजै भोल्गा ड्नेपर एयरलाइन्स नागपुरबाट काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ । उक्त एयरलाइन्सको जहाज बिहान १०ः१५ बजे कामाडौँ आएर आजै दिउँसो ३ः१५ बजे फर्किने तालिका रहेको छ ।