यी हुन् मन्त्रिपरिषद् बैठकका पछिल्ला १५ निर्णय


काठमाडौँ । नयाँ सत्ता समिकरण बनेपछिको मन्त्रिपरिषद्को बैठक पहिलोपटक फागुन २४ गते र दोस्रो पटक फागुन २८ गते सिंहदरबारमा बस्यो । फागुन २४ गतेको बैठकले दुईवटा र २८ गतेको बैठकले १३ वटा निर्णय गरेको छ । 

समग्रमा पछिल्लो सरकार बनेसँगै सरकारले  विभिन्न १५ वटा निर्णय गरेको छ । 

यस्ता छन् निर्णय 

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेद्धारा शपथ ग्रहण तथा पद बहाली

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले शपथ ग्रहण र पद बहाली गरेकी छिन् । राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनिर्वाचित राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेलाई राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ  खुवाएका हुन् । शपथ ग्रहण सँगै उपाध्यक्ष घिमिरेले आज सिंहदरबारस्थित कार्यकक्षमा पुगी पद बहाली गरेकी छिन् ।

शाखा अधिकृतविरुद्ध ३ करोड २१ लाख विगो दावी सहित भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नयाँ शहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । तीन करोड रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा हालेको हो । काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौं अन्तर्गत वाग्मतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय, बौद्धमा कार्यरत शाखा अधिकृत कार्की विरुद्व मुद्वा दायर भएको हो । उनले कागेश्वरी मनोहरा, गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना माकलवारीमा अतिरिक्त जिम्मेवारीको रुपमा काम गर्दै आएका छन् । कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा कार्की सार्वजनिक सेवा प्रवेश गरेको २०५८ साउन १६ गतेदेखि २०७९ चैत ३० गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी आयव्ययको विश्लेषण गरिको थियो । निजको पारिश्रमिक बचत, भत्तावापतको वचत, जग्गा बिक्रीवापतको आय, सापटी फिर्ता पाएको रकम, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दातमा प्राप्त ब्याज, घर तथा जग्गा वहाल आय र बैंकबाट लिएको ऋण गरी कुल आम्दानी ३ करोड ७७ लाख १३ हजार ६४६ रहेको पाइएको आयोगले जनाएको छ । कार्कीले घर तथा जग्गा खरिदमा भएको खर्च, सन्तति अध्ययन खर्च, घर–जग्गा रजिष्ट्रेसनवापतको खर्च, बैंक ऋणको साँवा र व्याज भुक्तानी, बीमा प्रिमियम भुक्तानी, स्कुटर खरिद, गरगहना खरिद, घरजग्गा वहाल कर, शेयर खरिद, सापटी तथा बैनावापत दिएको रकम र बैंक तथा वित्तीय संस्थामा रहेको रकम मौज्दात गरी ६ करोड ९८ लाख ४६ हजार ६०३ खर्च तथा लगानी गरेको देखिएको छ । त्यसमध्ये ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ बराबरको सम्पत्तिको बैधानिक स्रोत नखुलेको अख्तियारको दावी छ । अख्तियारले स्रोत नखुलेको रकम बराबर बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो । साथै कार्कीले गैरकानूनी रूपमा आर्जन गरेको पैसाबाट छोरी र श्रीमतीको नाममा जग्गा र सम्पत्ति खरिद गरेको पाइएको अख्तियारले जनाएको छ । उक्त जग्गा र सम्पत्ति जफत एवं असुलउपर गर्ने प्रयोजनका लागि मात्र पत्नी र छोरीलाई समेत प्रतिवादी कायम गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत् किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरून्त दिन प्रधानमन्त्रीले निर्देशन दिएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा.प्रकाशशरण महत, कृषिमन्त्री डा.बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।  सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरून्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन दिए। प्रधानमन्त्रीले भने, 'किसानहरूले महिनौंसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्। निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस्।'

देशभर डेंगु सङ्क्रमण, सबैभन्दा बढी काठमाडौँमा

काठमाडौं। देशभर ७३ जिल्लामा एक हजार ८२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ८२५ जनामा डेंगु पुष्टि भएको जानकारी आएको बताए। इडिसिडीको तथ्याङ्कअनुसार कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ५९३, कोशी प्रदेशमा ४६१ जनामा डेंगु पुष्टि भएको छ । किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ८२५ जनामा डेंगु पुष्टि भएको जानकारी आएको बताए। त्यसैगरी, गण्डकी प्रदेशमा २९४, लुम्बिनी प्रदेशमा २०१, सुदूरपश्चिममा २१०, मधेश प्रदेशमा ४३ र कर्णाली प्रदेशमा २३ जनामा डेंगु पुष्टि भएको डा. दाहालले जानकारी दिए। जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा २०९, झापामा १२९ जनामा डेंगु पुष्टि भएको देखिएको छ । चिकित्सकका अनुसार डेंगु हुनबाट बच्न एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो । उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशीहरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमुख लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा।दाहालको सुझाव छ। कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । ‘‘लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँहरु सफा गर्ने, पानी राख्ने भाँडाहरु बेला–बेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ ।’उनले भने गोरखापत्रबाट ।

सांसद्को प्रश्नको उत्तर दिनुको साटो प्रधानमन्त्रीले विषयान्तर गरेपछि वर्षमान उठे, सभामुखले गराए ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रममा विषयान्तर गर्न खोजेको भन्दै माओवादी केन्द्रका सांसद वर्षमान पुनले आपत्ति जनाएका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओली सांसदसँगको सवाल जवाफका लागि रोष्ट्रममा पुगेपछि सांसदको प्रश्नको जवाफ दिनुको साटो विषयान्तर गर्दै विद्युत महसुललगायतका विषयमा केन्द्रित भएर बोल्न थालेपछि सांसद पुन आसनबाट उठेर नियमापत्ति जनाए । उनले सभामुखमार्फत प्रधानमन्त्रीले गालिगलो गलोज गरेको भन्दै आपत्ति जनाएका थिए । पुनको कुरा सुनेपछि प्रधानमन्त्रीले कसले गाली गरेको छ र रु भनेर प्रतिप्रश्न गरेका थिए । त्यसपछि सभामुख घिमिरेले पुनलाई आसन ग्रहण गर्न र प्रधानमन्त्रीलाई विषय केन्द्रित गर्न ध्यानाकर्षण गराएका थिए । त्यसपछि फेरि प्रधानमन्त्रीले आफू विषय केन्द्रित नै भइरहेको बताएका थिए । त्यसपछि मात्र प्रम ओलीले सांसद धनराज गुरुङले गरेको प्रश्न दिन थालेका थिए ।

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजेपछि बैठक बस्न लागेको हो।  बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा रहँदाको समीक्षा, महामन्त्री मुकुल ढकालको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल हुने बताइएको छ।  कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि रास्वपाले केही दिनमा आफ्ना मन्त्रीले राजीनामा दिने निर्णय गरिसकेको छ। रास्वपाले अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्बाट बाहिरिने निर्णय गरिसकेको छ।  मंगलबार सिंहदरबारमा बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सामेल नहुने निर्णय गरेको थियो। आजको बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुनेछ। 

किसानबाट अण्डाको लागत मूल्य खोजी

चितवन । पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेसँगै लागत मूल्यको खोजी गरिएको हो । नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा.तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापकहरु डा। रेवन्त भट्टराई, डा. सुविर सिंह, उपप्राध्यापक डा. अनन्त दाहाल र डा.विष्णु पोखरेल समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो । मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अण्डा प्रतिगोटा १६ दशमलव ५६ किसानको लागत मूल्य विज्ञ समूहले निकालेको छ । हाल फार्म मूल्य किसानले सरदर १५ दशमलव ३३ पाउने गरेका छन् । अहिले पाएको मूल्य हालसम्मकै बढी हो । एक वर्ष छ महिना अघि प्रतिगोटा आठमा समेत बिक्री गर्न किसान बाध्य थिए । मञ्चले लागत मूल्यका बारेमा स्थानीयस्तरमा सरकारी र निजी क्षेत्रसँग छलफल गरेर समर्थन मूल्य निर्धारणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको लामिछानेले जानकारी दिए । उनका अनुसार उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, च्याम्बर अफ कमर्स, स्थानीय जनप्रतिनिधि, पशु सेवा कार्यालय, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला लगायत सरोकारवालासँग छलफल गरेर कम्तीमा लागत मूल्य धान्ने गरी समर्थन मूल्य तोक्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको हो । डा.अनन्त दाहालका अनुसार फार्म निर्माण, चल्ला खरिद, दानाको खपत, बैंक ब्याज, औषधि, मजदुरलगायतको खर्च समेटेर लागत मूल्य तय गरिएको हो । नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलले यसअघि धेरै उत्पादन भएको तुलनामा अहिले अण्डाको उत्पादन आधा घटेको छ । नेपालमा धेरै उत्पादन हुँदा दैनिक ६० लाखसम्म अण्डा उत्पादन भएको अनुमान गरिन्छ। हाल दैनिक २८ लाख मात्रै अण्डा उत्पादन हुँदै आएको उनले जानकारी दिए । पोखरेलले ७५ प्रतिशत किसान लागत मूल्यमा उत्पादन बिक्री गर्न नपाएपछि विस्थापित हुनु परेको बताए । टिकेकाहरुले पनि बैंकको ऋण थप गरेर व्यवसाय धानेको उनको भनाइ छ ।

डीभीको नजिता भोलि आउने

काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा भोलि आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।  वैशाख २२ गते (भोलि) राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC/ मा गई  नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।  यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीन भ्रमणबारे उच्च पदस्थ अधिकारीसँग छलफल

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आसन्न जनवादी गणतन्त्र चीन भ्रमणलाई फलदायी बनाउन आज विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गरेका छन् ।  परराष्ट्र मन्त्रालयमा भएको सो छलफलमा उनले मित्रराष्ट्र चीनसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाका बारेमा जानकारी लिएका छन् । सहभागीले ऊर्जा, व्यापार, पर्यटन, सम्पर्क सञ्जाल, कृषि, प्रविधि हस्तान्तरण, सीमा व्यवस्थापनलगायत विषयमा चिनियाँ पक्षसँग छलफल गर्न सुझाव दिए।  उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही चैत ११ गते जनवादी गणतन्त्र चीनको भ्रमणमा जाँदै छन् । चीनमा रहँदा उनले त्यहाँका विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्चस्तरका विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो भ्रमणमा दुई देशबीचका सम्बन्धलाई सुदृढ गर्ने तथा द्विपक्षीय पारस्परिक सहायता अभिवृद्धिका बारेमा केन्द्रित हुने बताए । “अहिलेको मेरो चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुद र पारस्परिक सहयोगात्मक सम्बन्धलाई पनि राम्रो बनाउने छ”, उनले भने, “अहिलेसम्म भएका सम्झौताको कार्यान्वयन प्रक्रियाका बारेमा चिनियाँ पक्षसँग छलफल हुनेछ ।” छलफलमा राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, अर्थ मन्त्रालयका सचिव (राजस्व) डा.रामप्रसाद घिमिरे, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, ऊर्जा सचिव गोपालप्रसाद सिग्देल, सिँचाइ सचिव सुशीलचन्द्र तिवारीलगायत सहभागी थिए ।

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं, २० फागुन । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन् ।  आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द भई दुबै टोलीले १–१ अंक बाँडेपछि नेपालको भेट नेदरल्याण्डसँग हुने पक्का भएको हो । नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंक सहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको ३ अंक मात्र भयो । त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । केहि समयमा वर्षा रोकिए पछि कभर हटाउन खोजिएको थियो । तर फेरि वर्षा भएपछि खेल रद्द भएको हो । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो । तर आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । फाइनल खेल मंगलबार हुनेछ ।

ज्योतिषशास्त्रअनुसार धन आर्जन गर्ने ५ उपाय

काठमाडौं । ज्योतिषशास्त्रमा बताइएका विभिन्न उपाय अपनाउँदा कहिलेकाहीँ मनोकामना पूरा हुन्छन् । यहाँ केही पाँच सजिला उपाय प्रस्तुत गरिएको छ । जसलाई तपाईंले अपनाउँदा धन आर्जन गर्न सक्नुहुन्छ- १. घरकी प्रमुख महिलाले बिहानै सूर्योदयअघि नै उठेर तामाको लोटामा जल भरेर मुख्य द्वारमा छर्किएमा देवी लक्ष्मी प्रसन्न हुनुहुनेछ र त्यो घरमा कहिल्यै दरिद्रता आउँदैन । २. बुधवार लक्ष्मीको आगमनको दिन हो । यो दिन कसैलाई पनि सामान वा धन उधारोमा दिनु हुँदैन । यसो गर्दा धन आगमनमा बाधा पुग्छ । ३. हरेक औंसीमा शुभलाभको चतुर्भुजमा लक्ष्मी पूजन गर्दा उहाँ अति प्रसन्न हुनुहुन्छ र धनलाभ हुन्छ । ४. बिहीवार अचानक तपाईंले धेरै धन पाउनुभयो भने मन्दिरमा दान गरिदिनुस् । यस्तो दानले तपाईं झन् धेरै पैसा आउने बाटो खोलिदिन्छ । ५. कसैको ऋण चुकाउनु छ भने मंगलवारदेखि पैसा दिन थाल्नुस् । ऋण छिट्टै चुक्ता हुन्छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ। बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रम र त्यसको नेपालमा पर्न सक्ने प्रभावबारे धारणा राखेका थिए । साथै उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबिच भएको सहमतिबारे जानकारी गराएका थिए । 

त्रिशूलीमा बेपत्तामध्ये मृतकको संख्या १५ पुग्यो

काठमाडौं । मुग्लिन–नारायणघढ सडकअन्तर्गत सिमलतालमा पहिरोले बगाउँदा त्रिशूलीमा खसेका २ बससँगै बेपत्ता यात्रुमध्ये भेटिएका मृतकको संख्या १५ पुगेको छ ।  आज (मंगलबार) थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या १५ पुगेको हो ।  सशस्त्र प्रहरी बलले खोजी गर्ने क्रममा पछिल्लोपटक आज बिहान पूर्वी नवलपरासी गैँडाकोट नगरपालिका–७ नारायणी नदीमा थप एउटा पुरुषको शव फेला परेको छ । उनको पहिचान भने खुल्न बाँकी छ । घटनामा हराइरहेका दुई वटा बस र ४७ जना भेटिन बाँकी छ ।  वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा प्र०३००६ख नम्बरको एन्जल डिलक्समा २७ जना र काठमाडौँबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ जना गरी जम्मा ६५ यात्रु बससँगै त्रिशूलीमा खसेका थिए । तीमध्ये तीन जना पौडिएर बँच्न सफल भएका थिए ।  बाँकी ६२ जना बेपत्ता भएकोमा अहिलेसम्म १५ जना मृत फेला परेको प्रहरीको भनाई छ । दुई बस र बाँकी यात्रुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख १३ गते बिहीबार सन् २०२४ अप्रिल २५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४५ पैसा र बिक्री दर १६६ रुपैयाँ २० पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

पूर्वमन्त्री शाही र दुई पूर्वसचिवसहित ३२ विरुद्ध मुद्दा दायर

काठमाडौँ । दुईवटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले वाइडवडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ । आयोगका प्रवक्ता नरहरी घिमिरेले मुद्दा दर्ता भएको पुष्टि गरे । उनले विस्तृत जानकारी केही समयमा सार्वजनिक गर्ने बताए ।  यो प्रकरणमा बहालवाला सहसचिव बुद्धसागर लामिछाने पनि अभियुक्त बनाइएका छन् । उनी पर्यटन मन्त्रालयमा सहसचिव छन् । वायुसेवा निगमका तत्कालीन सञ्चालक समितिका सदस्यहरू टेकनाथ आचार्य, नीमानुरु शेर्पा,ऋषिराम पाण्डे, अच्युतराज पहाडी, जीवनप्रकाश सिटौैला र निगमका तत्कालीन निर्देशक रमेशबहादुर शाह लगायत पनि प्रतिववादी छन् । यो प्रकरणको अनुसन्धानमा तानिएका पूर्वमन्त्रीहरू जितेन्द्रनारायण देव र दिलनाथ गिरीको भने संलग्नता पुष्टि नभएकाले अभियोग दायर नभएको अख्तियारले जनाएको छ ।