माओवादी केन्द्र र समाजवादीवीच पार्टी एकता हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच पार्टी एकता हुने भएको छ। शनिबार बसेको दुई पार्टीका नेताहरुको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । दुई पार्टीका नेताहरु सम्मिलित एकता संयोजन समितिको बैठकमा पार्टी एकता गर्ने निर्णय भएको हो। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देबप्रसाद गुरुङ तथा नेपाल समाजवादीका अध्यक्ष महिन्द्र राय यादब, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद उदबको सहभागिता रहेको थियो। 

बैठकपछि जारी गरिएको प्रेस नोटमा पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिबेशनमा टुङ्गो लगाउने निर्णय भएको उल्लेख छ।यस्तै, पार्टी एकताका लागि बैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न कार्यदल पनि गठन गरिएको छ। 

कार्यदलमा नेकपा माओवादी केन्द्रको तर्फबाट महासचिव देबप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन्। 

null

के लिङ्ग बाङ्गो भए भाँचिन सक्छ ?

हाम्रो शरीरका कतिपय अङ्गहरुमध्ये पुरुष जनेन्द्रीय सबैभन्दा संवेदनशील र चासोका रुपमा लिइन्छ । मानव जातिको प्रजननमा मुख्य भूमिका निर्वाह गर्ने पुरुष यौनाङ्गलाई लिएर कतिपय भ्रमहरु समेत रहेका छन् । पुरुषको लिङ्ग र यौन आनन्दका बारेमा थुप्रै भ्रमहरु अझै पनि बाँकी छन् । तर कतिपय अनुसन्धानहरुले यसबारे सही तथ्यहरु पनि सार्वजनिक नगरेका भने होइनन् । यति हुँदा पनि सिधा र बाङ्गो लिङ्गका नाममा कतिपय ठाउँमा मानिसलाई झुक्याउने कुरा भने अझै पनि चलेकै पाइन्छ । लिङ्गको बाङ्गोपना समस्या हो त ? सबै पुरुषको लिङ्गको आकार एकै किसिमको हुँदैन। सामान्य रूपमै लिङ्ग केही बाङ्गो हुन्छ। उत्तेजित अवस्थामा एकदम सीधा नभई लिङ्ग आफैमा केही मात्रामा बाङ्गो हुन्छ। तर चिकित्सा विज्ञान्मा यसलाई सामान्यमानिन्छ । कतिपयले लिङ्ग शरीरसँग टाँसिएको कोणको कुरालाई लिएर बाङ्गोपनको कुरा गर्छन्। कतिपयले लिङ्ग उत्तेजित हुँदा शरीरबाट सीधा बाहिर निस्किएको वा भुइँसँग समानान्तर (उभिएको अवस्थामा) हुनुपर्छ भन्ने सोच्छन् तर कुरा त्यसो होइन। लिङ्ग उत्तेजित हुँदा केही छड्के हुन सक्छ। विश्वका कतिपय समाजमा लिङ्गलाई पौरुषत्वसँग समेत जोडेर हेरिएको पान्छ । लिङ्ग प्रायः सधैंजसो छोपिने अङ्ग भए पनि यसको बनावटका सम्बन्धमा निकै चासो हुन्छ। पुरुषको ‘व्यक्तित्व’, ‘पौरुषत्व’ वा भनौं पहिचान तथा आत्मसम्मानसँग जोडने गरिएकोले अन्य अङ्गभन्दा पनि यसको सांकेतिक महत्त्व बढी छ। सायद त्यसैले होला, कुनै पनि व्यक्ति उसको यौन तथा प्रजनन अङ्गको नाप तथा आकारप्रति सजग हुनु अस्वाभाविक भने होइन। युवावस्थामा त साथीहरुमाझ यसको तुलना समेत गर्ने गरिन्छ । यस्तो बेला सही जानकारीको अभावमा सानो अंग हुने व्यक्ति हीनताबोधको शिकार समेत हुने गर्दछन् । कस्तो हुन्छ लिङ्गको संरचना ? लिङ्ग मुख्यतया तीनवटा स्पन्जजस्तो संरचनाले बनेको हुन्छ। लिङ्गको माथिल्लो भागमा दुइवटा ऋयचउगक ऋबखभचलयकब भनिने भाग हुन्छन् भने तलतिर corpus spongiosum। लिङ्ग उत्तेजित हुँदा यिनै संरचनामा रगत भरिन्छन् र लिङ्ग मोटो एवं कडा हुन्छ। उत्तेजित नभएको बेला यो एक लचिलो अङ्गका रूपमा रहन्छ र बाङ्गोपनको खास आभास हुँदैन भने उत्तेजित हुँदा मात्र बाङ्गोपन देखिन्छ। तपाईंले लिङ्ग कुन अर्थमा बाङ्गो मान्नुभएको हो तथा कसरी आफ्नो लिङ्ग सामान्यभन्दा बाङ्गो भएको थाहा पाउनुभयो भन्ने कुरा खुल्नु आवश्यक छ। सम्पूर्ण शरीर देखिने ऐनामा केही दूरीबाट हेर्दाको भन्दा माथिबाट सीधै हेर्दा लिङ्गको बाङ्गोपन बढी देखिन्छ। सबै पुरुषको लिङ्गको आकार एकै किसिमको हुँदैन। सामान्य रूपमै लिङ्ग केही बाङ्गो हुन्छ। उत्तेजित अवस्थामा एकदम सीधा नभई लिङ्ग आफंैमा केही मात्रामा टेढो (बाङ्गो) हुन्छ। यो सामान्य नै हो। कतिपयले लिङ्ग शरीरसँग टाँसिएको कोणको कुरालाई लिएर बाङ्गोपनको कुरा गर्छन्। कतिपयले लिङ्ग उत्तेजित हुँदा शरीरबाट सीधा बाहिर निस्किएको वा भुइँसँग समानान्तर (उभिएको अवस्थामा) हुनुपर्छ भन्ने सोच्छन् तर कुरा त्यसो होइन। लिङ्ग उत्तेजित हुँदा केही छड्के हुन सक्छ। लिङ्गको corpus Cavernosa भन्ने भाग जधनास्थी (उगदष्अ दयलभ० सम्म जोडिएको हुन्छ। त्यसैले उत्तेजित लिङ्गको कोणलाई निर्धारित गर्छ। यहाँ तपाईंले लिङ्गको बीच भागको बाङ्गोपनलाई नै संकेत गर्नुभएको होला। यौनसम्पर्क गर्दा के अप्ठयारो होला ? पुरुषलाई निकै चिन्ता हुने भए पनि लिङ्गको हल्का किसिमको बाङ्गोपनले यौनसम्पर्कमा कुनै बाधा पुर्‍याउँदैन र यौनसुख लिन तथा दिने क्रममा बाधा हुँदैन। यौन सुख दिनेभन्दा पनि लिने कुरा हो। अन्य व्यक्ति वा परिस्थिति वास्तवमा सहायक हुन्छन्। यद्यपि केही परिस्थिति हुन्छन् जसमा लिङ्ग अति नै बाङ्गो हुन्छ। यसमध्ये केही त जन्मजात नै हुन्छन्। मूत्रनलीको विकासमा गडबडी भएर टेढोपन (hypospadias) उत्पन्न भएको स्थितिमा लिङ्ग तलतिर बाङ्गो हुन्छ। लिङ्ग निश्चित (स्थायी) रूपमा बाङ्गो भएको अवस्थालाई अजयचमभभ भनिन्छ। मूत्रद्वारको गम्भीर संक्रमण पनि लिङ्गको बाङ्गोपनका कारण हुनसक्छ। त्यसबाहेक अर्को महत्त्वपूर्ण कारण Peyronies disease  हो। यसमा सामान्यतः लिङ्ग अकस्मात निकै बाङ्गो भएर यौनसम्पर्क गर्न नसक्ने हुन सक्छ र दुख्छ पनि। पक्का रूपमा कारण थाहा नभएको यो रोग प्रायः ४० वर्षभन्दा माथिका मानिसलाई हुन्छ। यस्ता गम्भीर समस्याहरूका लागि मात्र चिकित्सकको सहयोग आवश्यक पर्छ। लिङ्गको बाङ्गोपनको कुरा गर्दा लिङ्ग भाँच्चिने कुरालाई पनि बिर्सन हुँदैन। शल्यचिकित्सा नै लिङ्ग सोझ्याउने उपाय हो। सामान्यतः गम्भीर प्रकृतिको लिङ्गको बाङ्गोपनलाई शल्यक्रियाद्वारा नै सोझो बनाइन्छ। तपाईंले विचार गर्नुपर्ने कुरा के छ भने शल्यक्रियाका हानि पनि हुन सक्छन्। त्यसैले आफ्नो लिङ्गको बाङ्गोपनबारे शंका छ भने मूत्ररोग विशेषज्ञ शल्य चिकित्सकको परामर्श लिन सकिन्छ, तर आवश्यक नै नभई हल्का किसिमको बाङ्गोपनलाई सोझ्याउन खोज्दा फाइदाको सट्टा बढी नै हानि हुने सम्भावना पनि हुन्छ। के लिङ्ग भाँच्चिन सक्छ ? हामीले हातखुट्टा भाँच्चिएको सुनेको भए पनि लिङ्ग भाँच्चिएको घटना नसुनेको हुन सक्छ, तर यथार्थ के हो भने लिङ्ग पनि भाँच्चिन सक्छ। उत्तेजित लिङ्गमा असामान्य रूपमा अति नै चोट वा अति नै दबाब पुगे यो भाँच्चिन सक्छ।लिङ्ग भाँचिदा हल्का पड्किएको वा कर्‍याक गरेको आवाज आउँछ। त्यसबेला लिङ्गको उत्तेजना हराउँछ र भाँचिएको स्थानमा रगतभित्रतिर जमेको हुनसक्छ र एकदम पीडा पनि हुन्छ। यो एउटा आपत्कालिन स्थिति हो र प्रायःजसो स्थितिमा तुरुन्तै शल्य चिकित्सकको सहयोग लिनुपर्ने हुन्छ। उपचारका लागि ढिलो गर्दा जटिलता थपिन सक्छ। यस्तो स्थिति नआओस् भनेर अलि फरक किसिमले गरिने यौनसम्पर्क गर्दा होस् वा हस्तमैथुन गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ। यसो गरे लिङ्गमा असामान्य रूपमा दबाब वा चोट पुग्दैन र लिङ्ग भाँच्चिने स्थिति पनि आउँदैन। यौनसम्पर्कको सन्दर्भ महिला पुरुषको माथितिर बसेर यौन सम्पर्क गर्दा लिङ्गमा कुनै किसिमको दबाब नपुगोस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ।  

माओवादी केन्द्र सुदूरपश्चिममा जिम्मेवारी तोकियो

काठमाडौं । काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको कार्यविभाजन तोकिएको छ । प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले मंगलबार प्रदेश, जिल्ला, सदन, विभाग, जबस/मोर्चाहरूमा नेताहरूको कार्य विभाजन तोकेका हुन् ।  इन्चार्ज पोखरेलले प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको तीन सदस्य कार्यालय गठन गरेको मातहतका समितिमा परिपत्र पठाएका छन् । जसमा प्रदेश इन्चार्ज पोखरेल, सह इन्चार्ज बिना मगर र स्थायी समिति सदस्य खगराज भट्ट रहेका छन् ।  यसैगरी सङ्घीय र प्रादेशिक निर्वाचन क्षेत्रमा नेताहरूको जिम्मेवारी तोकिएको छ । सङ्घीय निर्वाचन क्षेत्र अन्तर्गत कैलाली १ मा तिलकबहादुर परियार, २ मा लालबहादुर सोडारी, ३ मा कृष्णकुमार चौधरी, ४ मा लक्षीराम आचार्य र ५ नम्बर क्षेत्रमा ओमप्रकाश पुनलाई जिम्मेवारी दिएको छ । यस्तै कञ्चनपुर १ मा दीपा चौधरी, २ मा निर्मला बडाल जोशी र ३ मा मानबहादुर सुनारलाई जिम्मेवारी दिएको छ ।  अछाम १ मा दीपकबहादुर साउद र २ मा रामप्रसाद तिमिल्सिना रहेका छन् । यसैगरी डोटी १ मा त्रिलोचन भट्ट, डडेलधुरा १ मा कुन्ती जोशी, बैतडी १ मा नरेन्द्रबहादुर कुँवर, दार्चुला १ मा लक्ष्मणदत्त जोशी, बझाङ १ मा मीनबहादुर कुँवर, बाजुरा १ मा कर्णबहादुर बिक रहेका छन् । सुदूरपश्चिमका ९ जिल्लामा १६ वटा सङ्घीय निर्वाचन क्षेत्र र ३२ वटा प्रादेशिक निर्वाचन क्षेत्र रहेका छन् । यसैगरी प्रदेशका सम्बन्धित विभागमा संयोजन गर्नेगरी ३२ वटा विभागमा जिम्मेवारी तोकिएको छ । जनवर्गीय सङ्गठन र जातीय मोर्चासँग सम्बन्धित नेताहरूको जिम्मेवारी तोकिएको छ । नेता गणेश बमको उपचारका लागि सबै केन्द्रीय सदस्य र केन्द्रीय निकायका नेताहरूले दुई हजार जम्मा गर्न पोखरेलले निर्देशन दिएका छन् । 

पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा बिष्ट, निर्धारित मितिमै चुनाव गर्न पहल गरिने

काठमाडौं । नेपाल पत्रकार महासंघको उपलब्ध पदाधिकारी तथा सदस्यहरूको आज बसेको बैठकसँगै कार्यबाहक अध्यक्षको जिम्मेवारी रमेश विष्टले सम्हाल्नुभएको छ । अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिंदै बिष्टिलाई कार्यवाहक तोक्नुभएको थियो । ‘बैठकले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि उत्पन्न परिस्थितिका बारेमा समीक्षा गर्नुका साथै कार्यबाहक अध्यक्षका रुपमा वरिष्ठ उपाध्यक्ष रमेश विष्टले आजैदेखि कार्यभार सम्हाल्ने निर्णय गरेको छ’– बैठकपछि महासचिव रोशन पुरीले जारी गरेको  विज्ञप्तिमा भनिएको छ– ‘महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउन निर्वाचन समितिसहित सबै सरोकारवाला पक्षसँग गम्भीर छलफल गरी अघि बढ्ने निर्णय ग¥यो । महासंघले अध्यक्ष पोख्रेलले अहिलेसम्म पुर्‍याउनुभएको योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गर्‍यो ।  महासंघले असोज ५ गते निर्वाचन गराउने घोषणा गरेको थियो । तर, अध्यक्ष पोख्रेलले राजीनामा दिएपछि देखिएको अन्योलका बीच बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आज प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले संसदमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । आज दिउँसो एक बजे बस्ने प्रतिनिधिसभा बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने तय भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष प्रचण्डले विशेष समयमा सम्बोधन गर्नुहुनेछ ।  प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारका पछिल्ला गतिबिधिबारे प्रतिपक्षी दलका धारणा राख्नुहुने बताइएको छ ।

अध्यक्ष प्रचण्डसँग भारतिय विदेश सचिव मिस्रीको भेट

काठमाडौं ।नेपाल भ्रमणमा रहेका भारतीय  विदेश सचिव विक्रम मिस्रीले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अध्यक्ष निवास खुमलटारमा भेटवार्ता गरेका छन् । भेटका अवसरमा दुई देशबीचको आपसी हित एवं पारस्पारिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण कुराकानी भएको छ।

मानव अधिकार आयोगले भन्यो -'लोकतन्त्रको भावनाविपरीत सार्वजनिक निकायमा नियुक्ति नगर्नू'

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत हुनेगरि सार्वजनिक निकायमा नियुक्ति नगर्न-नगराउन निर्देशन गरेको छ। आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा राज्यका महत्वपूर्ण संवैधानिक पदमा विवादमा आएका व्यक्तिलाई नियुक्ति नगर्न नेपाल सरकारलगायत सम्बन्धित निकायलाई निर्देशन गरिएको उल्लेख छ। आयोगले नेपाल सरकार, संवैधानिक परिषद् तथा राज्यका विभिन्न जिम्मेवार तहबाट कार्यपालिका, संवैधानिक निकाय तथा विभिन्न सार्वजनिक निकायका उच्चपदमा फौजदारीलगायत विभिन्न अभियोगमा राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका एवं सामाजिक र नैतिक रुपमा विवादित व्यक्तिलाई नियुक्ति सिफारिस गरेको र नियुक्ति गर्ने क्रममा रहेको जानकारी आयोगलाई प्राप्त भएको जनाएको छ। राज्यका निकायमा नियुक्ति हुने व्यक्तिहरू सामाजिक रुपमा स्वच्छ छवि भएको, विवादरहित, उच्च नैतिक चरित्र भएको र कानुनी रुपमा फौजदारी अभियोगमा सजाय भएको हुनुपर्दछ भन्ने लोकतन्त्रको आधारभूत मान्यता, सभ्य समाजको अपेक्षा र सार्वजनिक सरोकारको विषय हो।

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताएका छन् ।विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताए।  “अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ । पछिल्ला दिनमा लोकतन्त्र कता कता नेतातन्त्रजस्तो देखिँदै गएको थियो,” प्रधानन्त्री प्रचण्डले भने, “ राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको डरलाग्दो वैचारिकी बनिरहेको थियो । त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास र घृणा बढाइरहेको थियो । तर भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्ड लगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारवाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको छ ।” सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री प्रचण्डले भने, “सुरूदेखिको निरन्तर सहयात्राका लागि जसपा नेपालप्रति आभारी छु । सरकारलाई समर्थन वा विरोधको उसको राजनीतिक अधिकारको पनि म सम्मान गर्छु । तर राष्ट्रका चुनौतीहरूको सामना गर्न फेरि पनि मिलेर अगाडि बढ्न आग्रह गर्छु ।” नीति तथा कार्यक्रम पेश गरिसक्नुभएको र बजेटको छलफल चलिरहेको अवस्थामा आफूले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन नसक्ने बताउनुभयो ।  “सार्वभौम संसदको लामो समय लिन चाहन्नँ । यत्ति भन्छु, प्रधानमन्त्रीका रूपमा मैले संसदको पहिलो सम्बोधनमै प्रतिवद्धता जनाएको थिएँ”, प्रधानमन्त्री प्रचण्डले भने, “म आज सरकारका उपलब्धिहरूको रिपोर्ट कार्डकै आधारमा यो सम्मानित संसदको विश्वासको मत माग्दछु ।” सोह्रौं आयोजनाका लक्ष्यहरू हासिल गर्न संसद र सरकारले धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन नसक्ने बताए।  “आगामी दशक तीव्र विकासको दशक भनेका छौँ । त्यसका लागि बृहत छलफल र साझा राष्ट्रिय दृष्टिकोण चाहिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “भारत र बङ्गलादेशससँग विद्युत् व्यापार सम्झौता भइसकेको र चीनसँग पनि निर्यातको सम्भावना बढिरहेका बेला गेमचेञ्जर ठूला विद्युत् आयोजनामा धेरै काम गर्न बाँकी छ ।” उनले समष्टिगत आर्थिक परिसूचकहरू त सकारात्मक भए, तर अर्थतन्त्रलाई पूर्ण गतिशील बनाउन सरकार र संसदले एकीकृत प्रयास आवश्यक रहेको बताए। “म आज यो सार्वभौम संसदसँग केवल विश्वासको मत माग्दिनँ, देशमा देखिएको निराशा चिर्न सार्थक साथ र सहयोग माग्छु,” प्रधानमन्त्री प्रचण्डले भने, “लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप माग्दछु ।” सङ्घीयताको वास्तविक कार्यान्वयन र शान्ति प्रक्रियाको तार्किक निष्कर्षका लागि पनि आफूले विश्वास पाउनुपर्ने बताउँदै प्रधानमन्त्रीले भने, “नागरिक राज्यसँग ठोकिने सबै विन्दुमा शासकीय सुधारका लागि म कृतसङ्कल्पित छु ।” उद्यमशीलताका माध्यमबाट आर्थिक उन्नति र रोजगारीका लागि नीतिगत गाँठाहरू फुकाउन संसदको हस्तक्षेप गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले निरपेक्ष गरिबीको रेखामुनि रहेको ठूलो सङ्ख्यालाई सम्मानपूर्ण जीवनसम्म लैजान एकीकृत प्रयास आवश्यक रहेको बताए।  व्यवहारिक र नीतिगत सुधारमा सरकारले लिएको अग्रसरताले लगानीकर्तामा एकदमै सकारात्मक प्रभाव परेको उल्लेख गर्दै प्रधानमन्त्रीले कतारका राजा, जापानका विदेशमन्त्री लगायतका उच्चस्तरीय भ्रमणबाट राष्ट्रको प्रतिष्ठा र अन्तर्राष्ट्रिय आयाम फराकिलो भएको बताए।  “जलवायु परिवर्तनमा अब नेपालले पर्वतीय देशहरूका तर्फबाट विश्वव्यापी नेतृत्व गर्ने अवस्था बनेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “पर्यटक आगमनमा कीर्तिमान कायम भएको छ । रासायनिक मलदेखि पाठ्यपुस्तकसम्मको अभावका समाचार अब इतिहास भएका छन् ।”

हङकङको तेस्रो विकेट पनि रनआउट

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा टस जितेर हङकङविरुद्व फिल्डिङ गरिरहेको नेपालले तेस्रो सफलता पाएको छ । खेलको ८.२ ओभरमा रन लिने क्रममा हङकङका आशुमान रठ व्यक्तिगत ३४ रनमा आउट भएका हुन् ।  यसअघि दोस्रो विकेटको रुपमा खेलको ५.४ ओभरमा रन लिने क्रममा हङकङका निजकट खान व्यक्तिगत १२ रन बनाएर आउट भएका थिए । नेपालका लागि करण केसीले २.१ ओभरमा नेपालका लागि पहिलो विकेट लिन सफल भएका थिए । आठ रन बनाएर खेलिरहेका हङकङका मार्टिन कोट्जेलाई करणले आसिफ सेखबाट क्याच आउट गराए । हङकङले ९ ओभर सकिदा तीन विकेटको क्षतिमा ६७ रन बनाएको छ ।  वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो ।  खेल ढिलो सुरु भएका कारण खेल अव १८÷१८ ओभरको हुनेछ ।  खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका थियो । 

निजगढ विस्फोट  : थप २ घाइतेको मृत्यु, घटनामा संलग्नको आरोपमा २ जना पक्राउ

बारा । बाराको निजगढस्थित सहिद चोकमा रहेको वर्कसपमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । मंगलबार उपचारका क्रममा थप २ घाइतेको मृत्यु भएको हो । प्रहरीका अनुसार भारत गवई घर हुने ३५ वर्षीय राकेश जयसवाल र वीरगन्ज-९ का २० वर्षीय रीतु रजतको उपचारका क्रममा मृत्यु भएको छ ।  सोमबार उपचारका क्रममा रोहित वर्कसपका सञ्चालक ४५ वर्षीय रेशम पुलामी मगरको मृत्यु भएको थियो । लेथ ग्यास वेल्डिङ गर्दै गर्दा एक्कासि विस्फोट भएपछि मगर घाइते भएका थिए । उनको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोमबार सिलिन्डर ग्याँस विस्फोट भएको थियो ।  विस्फोट भएको वस्तु यकिन अहिलेसम्म नभएको प्रहरीको भनाइ छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा कवाडी सामान बेच्ने निजगढ-९ का टीकाराम पाख्रिन र कवाडी सञ्चालक राज भनिने रमेश जयसवाललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

अखिल क्रान्तिकारीमा ३३ पदाधिकारी र २४३ केन्द्रीय सदस्य बनाउने प्रस्ताव

काठमाडौँ । नेकपा माअ‍ोवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारीले ३३ पदाधिकारी र २४३ जना केन्द्रीय सदस्य बनाउने प्रस्ताव तयार गरेको छ । जम्बो पदाधिकारीसहित केन्द्रीय समिति बनाएको आरोप खेपेको अखिल क्रान्तिकारीले सानो कमिटी बनाउने गृहकार्य थालेको हो । आगामी असोज २ देखि ५ गतेसम्म हुने संगठनको महाधिवेशनका लागि पदाधिकारी र केन्द्रीय सदस्य चुस्त दुरूस्त बनाउन विधान मस्यौदामार्फत प्रस्ताव गरिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष केशव रावलले जानकारी दिए । ‘हामीले संगठनलाई सानो आकारमा बनाएर चुस्त बनाउने प्रयास गरेका हौँ, यसका लागि संगठनमा छलफल सुरू भएको छ, यसका लागि विधान सम्मेलन मार्फत संगठनको विधान फाइनल हुने छ त्यसपछि २३ औं राष्ट्रिय सम्मेलनबाट कार्यन्वयनमा जानेछ, यो सम्मेलनको निर्वाचनबाट कमिटी चुस्तदुरुस्त हुने अपेक्षा लिएका छौँ,’ उपध्याक्ष रावलले भने । अहिले नयाँ विधानमा सबै समूदाय र लिंगको समेत प्रतिनिधित्व हुने गरी प्रस्ताव तयार गरेको रावलको दाबी छ । प्रस्तावित विधान मस्यौदाअनुसार पदाधिकारीमा एक अध्यक्ष, नौ उपाध्यक्ष, एक महासचिव, नौ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्ष हुने छन् ।

प्रधानमन्त्री ओली र भारतिय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतिय विदेश सचिव विक्रम मिस्रीबीच  शिष्टाचार भेट भएको छ ।  प्रधानमन्त्री कार्यालयमा भएको भेटमा दुई देशको आपसी सम्बन्धका विविध पक्षमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । विदेश सचिव विक्रम मिस्री परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन् ।

न्युरोडमा फुटपाथ बिस्तारको काम पुनः थालियो

काठमाडौं । पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाले न्युरोडमा शुरु गरेको फुटपाथ विस्तारमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेपछि काठमाडौं नगरपालिकाले आज बिहानैदेखि फुटपाथ विस्तार गर्ने योजनाअन्तर्गत पुनः काम थालेको छ । यसैक्रममा महानगरपालिको उक्त क्षेत्रमा राखिएको बारको छेउको सडक भत्काएर फुटपाथ बिस्तारको काम अघि बढाएको हो । काठमाडौं महानगरले फुटपाथ बिस्तार गर्न लागेपछि एमाले अध्यक्ष केपी शर्मा ओली मेयर बालेन शाहबीच सामाजिक सञ्जाल र मिडियामा वार नै परेको थियो । एमाले नेतृत्वको मन्त्रालय अन्तरगत रेहेको भौतिक पूर्वाधार मन्त्रालयले बालेनको योजनालाई निषेध गरेको थियो । महानगरपालिकाले फुटपाथ बिस्तारका लागि शुक्रपथमा सडक काट्न थालेपछि सडक विभाग अन्तर्गतको डिभिजन कार्यालयले हस्तक्षेप गरी काटेको सडक तत्काल पिच गरेपछि महानगरको उक्त कार्ययोजना अलपत्र परेको थियो । उच्च अदालत पाटनको आदेशपछि सडक डिभिजन कार्यालय पछि हटेको छ । सधै भिडभाड हुने यस क्षेत्रमा सर्वसाधारणलाई हिँडडुल गर्न असहज भएपछि महानगरले फुटपाथ बिस्तारको योजना ल्याएको हो । यसअघि काठमाडौं महानगरले न्युरोडको विशाल बजार क्षेत्रमा सवारी पार्किङ गर्न नपाइने नियम लागु गरेको थियो ।

नेसपाले बझाङको उपनिर्वाचनमा भोट नहाल्ने

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले बझाङमा हुने प्रदेश सभाको निर्वाचनमा भोट नहाल्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले १५ वैशाखमा हुने उपनिर्वाचनमा बझाङ प्रदेश सभा क्षेत्र नं १ को हकमा ‘राइट टू नो भोट’को नीति अपनाउँदै भोट नहाल्ने निर्णय गरेको हो । नेसपाले यसअघि इलाम–२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा पहिचान पक्षधरलाई समर्थन गर्ने निर्णय गरेको थियो । बैठकले मुद्दा मिल्ने शक्तिहरूसँग राजनीतिक संवाद र सहकार्य गर्नको लागि पार्टी प्रवक्ता कृष्ण शर्मा, सोनामसिं स्याङतान र मानुषी यमी भट्टराई रहेको राजनीतिक संवाद समिति गठन पनि गरेको छ । सचिवालय बैठकले आगामी भदौसम्म पार्टी महाधिवेशन तयारीका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिनुभएको छ । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा बुझाएकी छिन् ।  उहाँले संविधानको धारा ९२ को उपधारा (६) को खण्ड (ख) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८५ को उपनियम (१)बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदबाट राजीनामा दिए ।सत्ता गठबन्धन दलबिचको सहमति अनुसार अर्यालले बिहीबार राजीनामा दिएकी हुन्।  राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल २०७९ माघ २३ गते र्निविरोध निर्वाचित भएकी थिइन् । उनी २०७८ माघ १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनी नेकपा (माओवादी केन्द्र)का नेत्री हुन् । 

आउँदैछ शरद ऋतु, कसरी रहने स्वस्थ्य ?

वर्षा ऋतुको बहिर्गमनसँगै शरद ऋतुले चियाउन थालिसकेको छ। नेपाली पात्रो अनुसार असोज र कार्तिक महिनालाई शरद ऋतु भनिन्छ। यस ऋतुमा हावापानी सम शीतोष्ण किसिमको हुने गर्दछ अर्थात न धेरै गर्मी न जाडो। शरद ऋतुमा सबै भन्दा अनुकुल वातावरण हुने हुँदा घुमफिर गर्न देखि तीर्थाटसम्म का लागि यो ऋतु आदर्श मानिन्छ। तर वातावरणको यो अनुकूलता मानिसका लागि मात्रै नभई विभिन्न रोगका जीवाणुका लागि पनि भएकाले यस ऋतुलाई आयुर्वेदमा रोगहरुको जननी ऋतु पनि मानिन्छ । त्यसैले यस ऋतुमा अन्य ऋतुहरुमा भन्दा बढी सावधानी अपनाउनु पर्ने भएकोले दशै , तिहार जस्ता पर्वहरुको चलन चलाई व्रत उपासना गर्ने परम्परा चलिआएको छ । यस ऋतुमा ज्वरो तथा मलेरिया जस्ता जीर्ण रोगले आक्रमण गर्नसक्छ । त्यसैले यस ऋतुमा प्रकृति अनुकुल आहार विहार गर्नु नै स्वास्थ्य रहने उपाय हो । शरत ऋतुमा पालना गर्नुपर्ने आहार नियम यस ऋतुमा पित्तको प्रकोप बढ्ने कारण यसलाई जसरी पनि शरीर बाहिर निकाल्नु पर्दछ । त्यसलाई वमन गरेर वा औषधी खाई दिशाबाट दुई तरीकाले निकाल्न सकिन्छ । वायु प्रकृतिका ब्यक्तिले यस ऋतुमा गाइको घिउ खानु उपर्युक्त मानिन्छ भने कफको समस्या भएका ब्यक्तिलाई तितो पिय पदार्थ सेवन गर्नु उचित हुन्छ । यस ऋतुमा जतिसक्दो दुधको सेवन गर्नु राम्रो मानिन्छ । यस ऋतुमा पितको कारण शरीरमा गर्मीको मात्रा बढ्ने हुनाले बढी शीतल चिजहरु खाने गर्नुपर्दछ । यस ऋतुमा सजिलै पच्ने हलुका चिजहरु खानु राम्रो मानिन्छ ।