धेरै अमेरिकी कम्पनीले ठूलो लगानी लिएर नेपाल आउन चाहेका छन् : उपाध्यक्ष अतुल

काठमाडौं । अमेरिकन व्यवसायीहरुको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् ।

१६ र १७ वैशाखमा हुने तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन निजी क्षेत्रका प्रतिनिधिहरुको नेतृत्व गरेर आएका कश्पयले शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग भेटेका हुन् ।उनले धेरै अमेरिकी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।

हाल नेपालमै रहेको बहुराष्ट्रिय कम्पनी कोकाकोलाले ठूलो मात्रामा लगानी बढाउने तयारी गरेको जानकारी उनले मन्त्री पुनलाई गराए । यस्तै सूचना प्रविधि क्षेत्र र अन्तर्राष्ट्रिय स्तरको फन पार्कमा ठूलो लगानी गर्न अमेरिकी कम्पनीहरु इच्छुक रहेको उनको भनाइ थियो ।

‘काकाकोलाले धेरै ठूलो स्तरमा लगानी विस्तार गर्दैछ’, उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरको फन पार्क र सूचना प्रविधिको क्षेत्रमा पनि लगानी गर्न इच्छुक छौं ।’ 

नेपालको सरकारले लगानीका लागि वातावरण बनाउनेमा आफूहरु आशावादी रहेको विश्वास उनले व्यक्त गरे ।भेटमा मन्त्री पुनले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसहित मन्त्तिपरिषदका सबै सदस्यलाई देशबाहिरको लगानी ल्याउने र देशभित्रका लगानीकर्तालाई पनि प्रोत्साहित गर्न निर्देशन दिएको उनले उल्लेख गरे ।

नेपाल लोकतान्त्रिक प्रणाली र प्रतिस्पर्धात्मक बजारको पक्षमा रहेकाले संसारका सामु थप खुला हुन चाहेको मन्त्री पुनको भनाइ थियो । 

उनले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले केही दिनअघि मात्र लगानी प्रतिकूल ठानिएका ९ वटा कानूनमा परिमार्जनका लागि अध्यादेश ल्याएको जानकारी गराए ।

‘हामीले अध्यादेशमार्फत हालसालै मात्र ९ वटा कानूनमा सुधारको प्रक्रिया अगाडि बढाएका छौं’, उनले भने, ‘फेरिएको सन्दर्भ र लगानीकर्ताको सुझावका आधारमा थप सुधार गर्दै जाने सोचेका छौं ।’

अड्किएका सबै यात्रुको सकुशल उद्धार, दुई घण्टापछि चन्द्रागिरि केवलकार सुचारू

काठमाडौं । विद्युत् अवरूद्ध भएपछि रोकिएको चन्द्रागिरि केवलकार करिब दुई घण्टापछि सञ्चालनमा आएको छ।विद्युत् अवरुद्ध हुँदा केवलकारका ८ वटा डब्बामा करिब ७५ जना यात्रु दिउँसो साढे १ बजेदेखि अड्किएका थिए। महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार केवलकारमा अड्किएकालाई झार्न कम्पनीले जेनेरेटर चलाउन खोजिएपनि जेनेरेटर नचलेपछि प्रहरीको सहयोगमा हातैले केवलकारका डोरी तानेर तत्लो स्टेशनमा झारिएको हो । प्रहरीको सहयोग लिएर केवलकारका रोप्वेलाई हातैले तानेर झारेपछि ८ वटा डब्बामा अड्किएका यात्रु सकुशल तल्लो स्टेशन झरेका छन्।८ वटा डब्बामा अड्किएका सबै यात्रुलाई बुधबार दिउँसो पौने ४ बजे सकुशल झारियो भने विद्युत प्रवाह भएपछि  केवलकार सञ्चालनमा आएको छ।

एमालेका मन्त्रीहरूले दिए राजीनामा

काठमाडौं । नेकपा (एमाले)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । बुधबार साँझ उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।  एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरूलाई सरकारबाट बोलाएको हो ।प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मतको सामना गर्ने बताएका छन् ।

बागमती, कोशी र गण्डकीमा मुसलधारे वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानका साथै गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ । भारी वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ । आज सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ ।

राजनीति गर्नेहरूले जनताको चाहनालाई केन्द्रमा राख्नुपर्छ : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीति गर्नेहरूले जनताको चाहनालाई केन्द्रविन्दुमा राख्न सक्नुपर्ने बताएका छन् ।  शुक्रबार काठमाडौंमा लिखुसँग आत्मसमर्पण पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले राजनीति सहज ढंगले अगाडि बढ्नको लागि जिम्मेवारीमा बसेकाहरू राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् । राज्यका स्रोत साधनहरू जनताको हितमा सोच विचार गरेर परिचालन गर्नुपर्ने उनको भनाइ छ ।  अहिलेको राजनीति भ्रष्टाचारले बिग्रिएको र त्यसको असर समाजका साथै समग्र देशमा परेको उनले बताए । अध्यक्ष नेपालले अहिलेको बजेटमा कृषिका योजनाहरू धेरै राम्रो गरी आएको धारणा राखे ।  उनले राष्ट्रिय राजनीतिलाई सहज रूपमा अघि बढाउन ध्यान पुर्‍याउँदै संवेदनशील हुनुपर्ने बताए । 

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

म्याग्दी । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दीमा एक जना पक्राउ परेका छन् । जिल्लाको मंगला गाउँपालिका ४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद सापकोटालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  सापकोटाले ती बालिकालाई सोही ठाउँस्थित चिप्लेटी खोलामा जबरजस्ती करणी गरेको आरोपमा प्रहरी चौकी सिङ्गातातोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।   

मिस इकलेज २०२४ को ताज आर्जु पौडेलको शिरमा

काठमाडौं । सिजन मिडयाद्धारा आयोजित ‘मिस इकलेज २०२४’ को ताज आर्जु पौडेल पहिरिन् । राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा १५जना प्रतियोगी लाई पछि पार्दै पौडेलले मिस पपुलर अवार्डको टाइटल पनि हात पार्न सफल भइन विजेता पौडेललाई एक थान ल्यापटप र रु ३५ हजार राशिको गिफ्ट भौचर लगायत विभिन्न पुरस्कार जित्न सफल भइन् ।  यस्तै प्रतियोगितामा फष्ट रनर अप रसिला थापा, सेकेण्ड रनर अप स्वस्तिका बज्राचार्य, थर्र्ड रनर अप जेनिसा बज्राचार्य भएका थिए। त्यसैगरी अन्य विभिन्न विधा मिस चार्मिङ इप्सा मानन्धर, मिस प्रर्सनालीटी सुमित्रा सापकोटा, भिर्योस च्वाइसमा कुमारी कटुवाल, मिस कन्फीडेन्टमा सृष्टि साही, मिस फोटोजेनीक अर्चना चौधरी, मिस इनोसेन्ट अन्जली चौधरीले जित्न सफल भइन भने मिस ट्यालेन्टको अवार्ड स्वस्तीका वज्रचार्यले जितिन ।  उक्त कार्यक्रममा निर्णायक मंडलमा फिल्म निर्माता तथा नायक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सीता न्यौपाने पाठक, न्यू मिलेनियम स्कुलकी प्रिन्सिपल कविता अर्याल, व्यवसायी अमित शर्मा, गायीका वविना भट्टराई र नेपाल एयरलाइन्सका वरिष्ठ निर्देशक रमेश पौडेल रहेको आयोजक सस्थाका कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिइन् ।

नेपालमा ३३ प्रतिशतले बढे पर्यटक

काठमाडौं, १८ फागुन । नेपालमा पर्यटक ३३ प्रतिशतले बढेका छन् । हवाई मार्ग हुँदै सन् २०२४ को दोस्रो महिना फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार २०२३ फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । फेब्रुअरीमा सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन् । भारतबाट २५ हजार ५ सय ७८ जना पर्यटक आएका छन् । यो गत महिनाको २६.३ प्रतिशत हिस्सा हो । यस्तै, चीनबाट ९ हजार १ सय ८० आएका छन् । त्यसैगरी प्रमुख पर्यटन बजार अमेरिकाबाट गत महिना ९ हजार ८९ र बेलायतबाट ४ हजार ५ सय ७१ पर्यटक आएका छन् । त्यस्तै थाइल्यान्डबाट ४ हजार ७ सय ९९, बंगलादेश ४ हजार ९९, श्रीलंका ३ हजार ६ सय ८४, अस्ट्रेलिया २ हजार ९ सय ७६, म्यानमार २ हजार ९ सय २१ र जर्मनीबाट २ हजार ४ सय ९४ आएका थिए । गत फेब्रुअरीमा ८८ हजार १ सय ४६ पर्यटक नेपालबाट बाहिरिएका थिए । बोर्डका अनुसार २०२२ को फेब्रुअरीमा १६ हजार ९ सय ७५जना २०२१को फेब्रुअरीमा ८ हजार ८ सय ७४जना , २०२०को फेब्रुअरीमा ९ हजार २ सय ६६ र २०१९  को फेब्रुअरीमा १ लाख २ हजार ४ सय २३ पर्यटक आएका थिए ।

माओवादी अध्यक्ष प्रचण्डबाट संश्लेषित विधान प्रस्तुत

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गर्नुभएको विधान मस्यौंदामाथि २० समूहहरुबाट सुझाव सङ्कलन गरिएको थियो ।

झ्याप्लेको अवरुद्ध सडक सुचारु

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारिसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए। उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए। प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ ।  

नेपालकै लामो पुलको उद्घाटन आज

गत साल फागुनमा उद्घाटन गरिएको सिराहा र धनुषा जोड्ने गरी कमला नदीमा बनेको सबैभन्दा लामो झोलुंगे पुलको रेकर्ड ८ महिनामै तोडिने भएको छ। अहिलेसम्म उक्त पुल सबैभन्दा लामो हो। तर बिहीबारदेखि उक्त रेकर्ड तोडिने भएको छ। नवलपरासी (पश्चिम) सुस्तामा नारायणी नदीमा बनेको देशकै लामो झोलुंगे पुल विधिवत् रूपमा सञ्चालनमा आउँदै छ। यो पुल डेढ किलोमिटरभन्दा पनि लामो रहेको छ। बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेपछि उक्त पुल सञ्चालनमा आउने भएको छ। पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–५ मा बनेको सो पुलले सुस्ता र सख्खर बिनही गाउँलाई जोड्नेछ। यसबाट यी दुई गाउँमा बस्ने करिब ३५० परिवारलाई आवतजावत गर्न सजिलो हुने भएको छ। यसअघि नारायण नदीपारिका बासिन्दालाई आफ्नै देशमा ओहोरदोहोर गर्न विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता थियो। अब त्यो बाध्यता हट्ने भएको छ। सहरी विकास मन्त्रालयमातहतका स्थानीय पूर्वाधार विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेले सुस्तामा नेपालकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण भएको बताए। उनका अनुसार सो पुल एक हजार ५७१ मिटर लामो रहेको छ।

सकियो माओवादी केन्द्र मधेश प्रदेशको बैठक, ४८ नेताले दिए सुझाव

महोत्तरी । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक आज सकिएको छ। दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको बैठकलाई पार्टीका केन्द्रीय पदाधिकारीले सम्बोधन गरेपछि सकिएको हो । बैठक समापनमा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोख्रेल, हरिबोल गजुरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले सम्बोधन गर्नुभएको थियो । बैठकमा हिजो ४६ जना र आज थप दुई जना गरी ४८ जना सहभागीले बोल्नुभएको थियो ।  बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको थियो । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । माओवादी केन्द्रले मधेश प्रदेशसँगै भूगोलका सातवटै प्रदेशको बैठक सम्पन्न गरेको छ । यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १ तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।  अब सल्लाहकार समिति, ज्येष्ठ कम्युनिष्ट मञ्च र प्रवास प्रदेशको बैठक सकेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय समिति बैठकपछि संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रको तयारी छ ।   

शरणार्थी प्रकरण : एमाले उपाध्यक्ष बादलका छोरा प्रतीक थापा पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वगृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा प्रकाउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको बौद्धबाट केही समयअघि पक्राउ गरेको गृह मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ । जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध  पक्राउ पुर्जी जारी गरेको थियो ।

जनमतका सिंहले मधेशको मुख्यमन्त्रीमा दाबी पेस गर्दै

जनकपुरधाम । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन आज दाबी पेश गरिँदै छ।एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा जनमतका सतिस कुमार सिंहले दाबी पेस गर्न लागेका हुन् । मधेसमा जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी छ । जनता समाजवादी पार्टी (जसपा)नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी छिन्। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छिन् ।

बजेट अध्ययन गरेर सुझाब दिन अध्यक्ष ओलीको आग्रह

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१–८२ को बजेट राम्रोसँग अध्ययन गरेर छुटेका महत्त्वपूर्ण विषयबारे सुझाब दिन आग्रह गरेका छन् । नयाँ बानेश्वरमा शनिबार आयोजित एमाले संसदीय दलको बैठकमा उनले सो कुरा बताएका हुन्। “कुन कुन मन्त्रालयमा कुन कुन शीर्षकमा रकम विनियोजन गरिएको छ, कुनमा नयाँ आयो कुन शीर्षक हटाइएको छ यी सबै विषयमा अध्ययन गरी सुझाव दिनुहोला” अध्यक्ष ओलीले निर्देशन दिए। सरकारमा सहभागी दलबाट पर्याप्त परामर्श गरी ल्याइएको बजेट भए राम्रो बजेट आउँथ्यो होला, तर सरकारले त्यसो गरेन उनले भने।  बजेटले महत्वपूर्ण विषय समेटेको तर केही महत्वपूर्ण विषय समेट्न नसकेको अध्यक्ष ओलीले बताए। बजेटमा कमजोरी रहे पनि त्यसलाई पारित गरेर जानुको विकल्प नरहेको उनले भने। छलफलमा प्रश्न उठाउन सकिन्छ तर पारित गर्नुपर्ने बाध्यता छ उनले भने। बजेटमाथिको छलफलमा विषय उठाउँदा सांसदविच समन्वय गरेर गर्न उनले भने। नयाँ संविधानले मुलुकलाई समाजवाद उन्मुख बनाउने व्यवस्था गरे पनि बजेटमा त्यसबारे स्पष्ट योजना नआएको उनको भनाइ छ। सत्तापक्षसँग छलफल गरेर बजेट ल्याउनुपर्ने तर त्यसो हुन नसकेको उनले टिप्पणी गरे। मुलुकको आर्थिक समृद्धिका लागि बजेट पर्याप्त नभए पनि केही महत्वपूर्ण विषय भने समेटिएको उनको भनाइ छ। 

लुम्बिनीमा प्रधानमन्त्री : स्थानीय र बौद्धमार्गीहरूसँग अन्तर्क्रिया

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् ।  बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी आउनुभएका प्रधानमन्त्रीले आज बिहान लुम्बिनी परिसरको अवलोकन गरे। उनले योग र ध्यानका लागि लुम्बिनी आउनुभएका धर्मगुरु, स्वदेशी एवं विदेशी बौद्धमार्गीहरूसँग अन्तर्क्रिया समेत गरे।