सरकारले सुरूवाती दिनबाटै सुशासनको धज्जी उडायो : नेता गौतम

हेटौंडा । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले ओली नेतृत्वको सरकारले सुरूवाती दिनबाटै सुशासनको धज्जी उडाएको दाबी गरेका छन्। 

यसक्रममा नेता गौतमले भने, “प्रचण्ड सरकारले चलाएको सुशासनमुखी कदमबाट अत्तालिएकाहरुको गठजोडमा बनेको ओली सरकारले अर्बौंको बिजूली बक्यौता उठाउने विद्यर्थी प्राधिकरणको कदममा साधक बन्नु पर्नेमा उल्टो बाधक बनेर सुशासनको धज्जी उडाइको छ। सरकार गठन गर्दा सुशासन विरोधी गठजोडको जे आरोप लागेको छ, सरकारको एकपछी अर्को कदम स्वयम्ले त्यसको पुष्टी गरेको छ।”

अनेरास्ववियू (क्रान्तिकारी)मकवानपुर जिल्ला समितिले मकवानपुरगढी गॅाउपालिकाबाट एसईईमा सफल भएका विद्यार्थीलाई सम्मान गर्न भानु माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता गौतमले बर्तमान सरकार प्रथम दृष्टीमै सुशासन विरोधी रहेको पुष्टी भएको जिकिर गरेका हुन्। 

कार्यक्रममा मकवानपुरगढी गॅाउपालिकाकी उपाध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य मानकुमारी नेपालीले विद्यार्थीले अब के पढ्ने भन्ने कुरा कसले भन्यो भन्ने आधारमा नभई मनले के भन्छ भन्ने आधारमा रोज्न, पढ्न सुझाव दिईन। त्यसैगरी,भानु माविका प्रअ राजेश थापाले यस्ता कार्यक्रमले विध्यार्थीलाई मिहेनतपुर्वक अगाडी बढ्न थप प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे। 

सम्मान कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक भीम पाख्रिन, जिल्ला सचिव बीरबहादुर घलान, प्रदेश सदस्य सिता पुलामी, रिटर्नी सेन्टर मकवानपुरका ईन्चार्ज विजय गौतम, अखिल (क्रान्तिकारी)प्रदेश सचिव रामकृष्ण शिवाकोटी, केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, जिल्ला अध्यक्ष बुद्ध अर्याल, जिल्ला सह सचिव सुजन सिलवाल, कोषाध्यक्ष अनिल बसेल माओवादी केन्द्र मकवानपुरगढी गॅाउपालिकाका पार्टी अध्यक्ष राजकुमार खड्का लगायतको उपस्थिति रहेको थियो।

देशका यी  भू–भागमा बिहानैबाट वर्षा, यस्तो हुनेछ मौसम

काठमाडौं । देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।      जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थान, मधेस, लुम्बीनी र कर्णाली प्रदेशका थोरै क्षेत्र तथा बाँकी कभू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, मधेस, कर्णाली र लुम्बीनी प्रदेशका एकदुई स्थानमा हावाहुरीको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।  विभागका अनुसार राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुनेछ ।  कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।  हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम–उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले स्पष्ट पारेको छ । 

सवारी दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते

हेटौँडा । मकवानपुरको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।मकवानपुरको वाग्मती गाउँपालिका–४, सादेपुलस्थित धरान–चतरा सडकखण्डमा बुधबार राति ना६६प ९३०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा उपमहानरपालिका–१३, का ४५ वर्षीय केशवप्रसाद मुडवरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका मुडवरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।   घटनास्थलबाट तीन किलोमिटर उत्तर भोर्लेनीबाट काभ्रेको तालढुंगा जाने भित्री सडकमा ना७त २२५९ नम्बरको रड लोड गरी रोकिराखेको ट्याक्टरमा  मोटरसाइकल ठोक्किएर दुर्घटना भएको आश‌का गरिएको उनले बताए।घटनाबारे थप अनुसन्धानका लागि ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। त्यस्तै, हेटौँडा–५, बाँनिया टोलस्थित सडकमा गत वैशाख २७ गते भएको सवारी दुर्घटनामा परी घाइते चालकको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका हेटौँडा–५, शान्तिनगर निवासी ५२ वर्षीय लालबहादुर वाइबाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ। बाप्र०३–००१ त ३१८ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक वाइबा घाइते भएका थिए। फर्पिङ–कुलेखानी सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१, मार्खमा बिहीबार भ्यान दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका छन्।  काठमाडौँबाट मार्खुतर्फ आउँदै गरेको बा६च १२४ नम्बरको भ्यान आफैँ अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खेतमा खस्दा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। उनका अनुसार घाइते सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ। रासस

लगानी सम्मेलन आज पनि जारी, यी हुन् छलफलका विषय

काठमाडौं । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलन आज पनि रहनेछ । काठमाडौंको होटल सोल्टीमा हिजो सुरू भएको सम्मेलनमा आज तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन) हुने लगानी बोर्डको कार्यालयले जनाएको छ। दोस्रो दिनको पहिलो सत्रमा आज नवीकरणीय ऊर्जाको सम्भावना, नवीनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ । त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी, र नेपालको निर्यात प्रवर्द्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृङ्खलाबारे छलफल हुनेछ । तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यवसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिने जनाइएको छ । हिजो पहिलो दिन दुईवटा विशेष सत्र सञ्चालन  भएका थिए । जसमा ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’ सम्बन्धी दुईवटा सत्र थिए । त्यसैगरी, चौथो सेसन पनि हुनेछ उक्त सेसनमा पूर्वाधार निर्माण र सेवाका क्षेत्रहरुमा पीपीपी मोडलबाट लिनसक्ने फाइदाको विषयमा छलफल हुनेछ । उक्त सेसन पछि समापन सत्र राखिएको छ । 

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख १५ गते शनिबार सन् २०२४ अप्रिल २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५१ पैसा र बिक्री दर १६७ रुपैयाँ २६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा.खड्क केसी र रजिस्ट्रारमा प्रा.डा.केदार रिजाल नियुक्त भएका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालको सिफारिसमा कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई नियुक्त गरेका हुन् ।

सम्पत्ति शुद्धीकरण विधेयक दुबै सदनबाट पारित

काठमाडौं, १८ फागुन । राष्ट्रिय सभाबाट सम्पत्ति शुद्धीकरण अर्थात मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो । यो विधेयक यसअघि २४ माघ २०८० मा पारित भएर राष्ट्रिय सभामा गएको थियो । २७ माघ २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक शुक्रबार राष्ट्रिय सभाबाट समेत पारित भएसँगै संघीय संसदको दुबै सदनबाट पारित हुन पुगेको छ । अब राष्ट्रिय सभाबाट पारित भएको सन्देश प्रतिनिधि सभामा जानेछ । राष्ट्रिय सभामा भएको संशोधन प्रतिनिधि सभाबाट स्वीकार भएको खण्डमा सभामुखबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ जान्छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुने व्यवस्था छ ।  

संघीय संसदका ६ वटा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।  अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल हुनेछ । छलफलका लागि समितिले महान्यायाधिवक्ता र नेपाल राष्ट्र बैंकका गभर्नरलाई बोलाएको छ ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बस्दै छ । बैठकमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखिकिकरण तालिम प्रदायक संस्थामा वैदेशिक रोजगार विभागबाट भएको अनुगमन तथा कारबाहीका सम्बन्धमा छलफल हुनेछ ।   वैदेशिक रोजगार संस्थाहरूको नवीकरण प्रकृया तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निवेदनमाथि छलफल, श्रमसँग सम्बन्धित कानुन समसामयिक बनाउने सम्बन्धमा मन्त्रालयको तयारीका सम्बन्धमा छलफल गर्ने बैठकको कार्यसूची छ ।  हवाइ टिकट आपूर्तिमा भएको आर्थिक अनियमितताका सम्बन्धमा ईपीएसमार्फत् दक्षिण कोरिया जाने कामदारहरूबाट प्राप्त उजुरीमाथि छलफल हुनेछ ।  कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकको कार्यसूची विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ताहरूसँग छलफल गर्नेछ ।  महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा सामाजिक परिचालिकाहरूको व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस गरेर छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो २ बजे बस्नेछ ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सरकारको नीति तथा कार्यक्रम २०८०र०८१ र बजेट वक्तव्यमा  व्यक्त वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयको कार्यान्वयनको अवस्था र उपलब्धीका सम्बन्धमा मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ । बिहान ११ बजे बस्ने बैठकमा समितिले वन तथा वातावरणमन्त्री र सचिवलाई बोलाएको छ ।   

माओवादी समाजवादी विचारधारको विकास गरेर अगाडि जान्छ : सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठक भोलि सकिने भएको छ । बैठकमा पार्टी भित्रको बहस सौहार्दपूर्ण रुपमा हल भएर जाने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।  पार्टीको स्थायी समितिको बैठक चलिरहेका बेला प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी भित्र देखिएको अन्तर्विरोध र देशको समस्या हल गरेर जाने बताए।   पत्रकारहरुसँग कुरा गर्दै उनले स्थायी समितिको अहिलेसम्मको स्पिरिट जनतासँग पार्टीलाई जोडेर जानुपर्छ भन्ने देखिएको उनले बताए।  उनले भने, ‘अध्यक्षज्यूले भनि सक्नुभयो । बैठक राम्रो सकारात्मक हुँदै गइरहेको छ। उहाँले संकेत गर्न खोज्नुभएको कुरा भित्र जे छलफल भइरहेको छ, बाहिर टुटेफुटेर आएको छ। मैले त समग्रमा भनेकै छु । तर, सत्य एउटा हुन्छ अंशमा गर्दा अर्को पर्न जान्छ।’ उनले बैठकमा स्तरिय छलफल भएको बताउँदै पार्टीमा कुनै समस्या नभएको बताए ।  प्रवक्ता सापकोटाले अहिले पार्टी समाजवादी विचारधाराको विकास गर्न लागेको समेत बताए। उपमहासचिव जनार्दन शर्माले राखेको प्रस्ताव लगायतका विषयमा पनि बैठक सकिने बेलामा निचोडमा पुग्ने बताए।बैठक भोलि ११ बजे फेरि बस्ने प्रवक्ता सापकोटाले जानकारी दिए। 

पोषराज पोखरेल एआईजी बढुवामा सिफारिस

काठमाडौँ । पोषराज पोखरेल नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)बढुवामा सिफारिस भएका छन् । बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रहेका पोखरेल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।

यी पाँच स्थानीय तहको बेरुजु शून्य

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा पाँच स्थानीय तहको बेरुजु शून्य देखिएको छ । काभ्रेपलान्चोकको महाभारत, पाँचथरको याकवरक, ताप्लेजुङको पाथीभरा याकवरक, धादिङको बेनीघाट रोराङ्ग र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजु शून्य देखिएको हो । महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९र८० मा ती स्थानीय तहको बेरुजु नभएको उल्लेख छ । कार्यालयका अनुसार सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये मध्ये ७ सय ४६ स्थानीय सरकारको लेखापरीक्षण गरिएकामा पाँच तहका शून्य बेरुजु देखिएको छ । महाभारत गाउँपालिकामा उक्त आवमा रु। एक अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरीक्षण भएको थियो । अघिल्लो आव अर्थात् ०७८/७९ मा गरिएको लेखा परीक्षणमा शून्य दशमलव २६ प्रतिशत बेरुजु देखिएको थियो । जिल्लामा महाभारतपछि पनौती नगरमा कम देखिएको छ । उसको शून्य दशमलव २२ प्रतिशत बेरुजु देखिएको हो । पनौती नगरको रु २ अर्ब ६६ करोड लेखापरीक्षण भएको थियो ।

कान्तिपुरका अध्यक्ष सिरोहियालाई आज धनुषा अदालतमा पेश गरिने

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आज बिहान जनकपुर पुर्‍याएको छ । मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएका सिरोहियालाई अहिले धनुषा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । आज उहाँलाई म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराइनेछ। सिरोहियामाथि दोहोरो नागरिकताको आरोप छ। नागरिकता सम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ गर्नुपर्ने भएकोले सिरोहियालाई पक्राउ गरिएको उहाँलाई प्रहरीले दिएको पक्राउ पुर्जीमा उल्लेख छ । सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतले मंगलबार पक्राउ अनुमति दिएको थियो । सिरोहियाले भने सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको विषयमा समाचार सम्प्रेषण गरका कारण आफुमाथि प्रतिशोध साँधिएको प्रतिक्रिया दिए।

अर्थले भन्यो -'सरोकारवालाको रायसहित पूँजी बजार सुधार्ने कार्ययोजना तत्काल पेश गर्नू'

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै सरोकारवालाको रायसहित पूँजी बजार सुधार्ने गरी सात दिनभित्र कार्ययोजना पेश गर्न निर्देशनात्क आग्रह गरेको छ । अर्थमन्त्री वर्षमान पुन नियुक्त भए लगत्तै पूँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तार र लगानीकर्ताको अधिकारको निमित्त काम गर्ने बताएका थिए । सोही अनुरुप अर्थमन्त्रीको निर्देशनमा अर्थ मन्त्रालयका अधिकृत शारदा पौडेलले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै सो निर्देशनात्मक आग्रह गरेकी हुन्  पत्रमा भनिएको छ  -'देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पूँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको राय समेत लिई सात दिनभित्र कार्ययोजना पेश गर्नुहुन माननीय मन्त्रिज्यूको निर्देशानुसार अनुरोध छ।'

एमाले र रास्वपा सहभागी गराई मन्त्रिपरिषद् पुनर्गठन गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ ।  बैठकमा विकसित राजनीतिक परिस्थितिको विषयमा छलफल भएको एक नेताले जानकारी दिए । बैठकले एमाले र रास्वपा सहभागी गराई मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयका १८ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं ।सरकारले गृह मन्त्रालयका १८ उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले आइतबार विभिन्न जिल्लामा कार्यरत १८जना उपसचिवको सरुवा गरेको हो। सरुवा हुनेमा सातजना सहायक प्रमुख जिल्ला अधिकारी, दुईजना जेलर, दुईजना वरिष्ठ अध्यागमन अधिकृत, ६ जना उपसचिव र एक अध्यागमन विभागका निर्देशक छन्। 

मन्त्रीको हेरफेर हुनसक्छ, गठबन्धन पाँच वर्ष चलाउनुपर्छ  : परराष्ट्रमन्त्री

भैरहवा । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन् । कांगे्रस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३ रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले प्रजातन्त्र रक्षाका निम्ति गठबन्धनको आवश्यकता औँल्याए । “जनताबाट अनुमोदित गठबन्धन भएकाले मन्त्रीको हेरफेर हुनसक्छ, उचित सहमतिका आधारमा प्रधानमन्त्रीको हेरफेर हुनसक्छ । तर, गठबन्धन पाँच वर्षका लागि चलाउनुपर्छ,” मन्त्री साउदले भने, “प्रजातन्त्र रक्षाका लागि, पार्टी र  राष्ट्रका लागि, राष्ट्रमा स्थिरताका लागि यो आवश्यक र उपयुक्त छ ।” फरक प्रसंगमा मन्त्री साउदले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले भारतबाट हुन सक्ने सहयोगका निम्ति विभिन्न भ्रमणका बेला गम्भीर रूपमा कुरा राखेको उल्लेख गरे । उनले विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालन गर्नका लागि यसको मोडलका बारेमा चर्चा भइरहेको जानकारी दिए । मन्त्री साउदले सिमराको रुट अत्यन्त व्यस्त भएकाले भारतसँग थप रुटका विषयमा कुरा भइरहेको बताए । साना विमानका निम्ति रुट पाइए पनि बोइङलगायत रुटका लागि सरकार लागिपरेको उनले स्पष्ट पारे