माछापालनमा युवा आकर्षित हुँदै

मोरङ, पुस १९ । माछापालनका लागि मोरङका युवा कृषकहरु बढी आकर्षित भएको देखिएको छ ।

सरकारले माछापालनमा अनुदान प्रदान गर्ने र अरु बालीभन्दा छिट्टै मुनाफा हुने भएकाले युवा कृषकको माछापालनतर्फ आकर्षण बढेको हो । माछापालनतर्फ कृषकको आकर्षण बढेसँगै मोरङमा धमाधम माछा पोखरी खन्ने क्रम बढेको छ ।

मोरङ केराबारी–९ देवीझोडाकी आशा लिम्बूले पनि भर्खरै माछा पोखरी खन्नुभएको छ ।

धान खेती गर्दै आएकी उनले आफ्नो जग्गामा धान उत्पादन कम हुने र वनको छेउमा खेत भएकाले वन्यजन्तुले समेत बाली नोक्सान गर्ने हुँदा समस्या झेल्दै आएको थियो तर माछापालनमा नाफा पनि हुने र सरकारले अनुदान पनि दिने भएपछि उनले व्यावसायिक माछापालन सुुरु गरेको छ ।

केराबारीकै मञ्जु कार्कीले पनि यसै वर्षदेखि माछापालन सुरु गरे । आम्दानी पनि हुने अनि उब्जाउ नहुने जमिनमा पोखरी खनेर माछापालनमा उनी लागेको बताए । सरकारले माछापालन कार्यक्रम अन्तर्गत अनुदान दिएपछि किसान अहिले माछापालनमा तानिएका हुन् ।

धानभन्दा दोब्बर आम्दानी हुने भएकाले माछापालन सुरु गरेको मञ्जुले जानकारी दिए ।

सरकारले मोरङ जिल्लामा धान, माछा र तरकारी उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ जसअन्तर्गत जिल्लामा माछा मिसन कार्यक्रम सञ्चालन गरेर यसवर्ष ९६ हेक्टर क्षेत्रफलमा पोखरी विस्तार गर्ने लक्ष्यअनुसार किसानलाई अनुदानमा पोखरी खन्ने कामले तीव्रता पाएको जिल्ला कृषि विकास कार्यालय मोरङको भनाइ छ ।

कार्यालयका कृषि प्रसार अधिकृत सत्यदेव मण्डलका अनुसार तीन वर्षभन्दा अघिदेखि नै यो मिसन सुरु भएपनि यस वर्षदेखि भने बृहत्रुपमा यो कार्यक्रम लागू गरिएको जानकारी दिए ।

एक हेक्टरभन्दा माथिका पोखरी खन्ने कृषकलाई पहिलो प्राथमिकतामा राखिएको छ । सरकारले प्रतिहेक्टर तीनलाख अनुदान प्रदान गर्ने, माछा मिसनमा भाग लिने कृषकलाई बोरिङ, भुरामाछाको ढुवानीलगायतमा समेत अनुदान प्रदान गर्दै आएको छ ।

देशका यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधार बदली हुँदा वाग्मती र गण्डकी  प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।  कोसी, वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  वाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी  वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले बताएको छ । आज सूर्योदय बिहान ५ बजेर २३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५७ मिनेटमा हुनेछ ।  

चिनियाँ अर्बपति अमेरिकामा दोषी ठहर

एजेन्सी । चीनबाट निष्काशित अर्बपति गुओ वेंगुई अमेरिकामा दोषी ठहर भएका छन् ।  अमेरिकाको संघीय अदालतले उनलाई समर्थकको १ अर्ब डलर बढी ठगी र धोखाधडीको आरोपमा मंगलबार दोषी ठहर गरेको हो ।  सीएनएनका अनुसार १२ आरोपमध्ये ९ वटामा गुओ दोषी ठहर भएका छन् । सेयर बढाउन ठगी गरेको, सम्पत्ति शुद्धीकरणलगायतका आरोपमा माइल्स गुओका रुपमा परिचित उनी माथि आरोप लागेको थियो ।  योसँगै उनले दशकौँ जेल बस्नुपर्ने सजाय पाउने सम्भावना रहेको समाचारमा उल्लेख छ । आगामी नोभेम्बर १९ मा उनलाई सजाय तोकिनेछ।  गुओले धेरै अन्तर्सम्बन्धित धोखाधडीका स्किमहरु चलाएको र बफादार समर्थकले मिहिनेतले कमाएको पैसामा खेलबाड गरेको  अदालतले ठहर गरेको छ।  चिनले निश्कासित गरेपछि उनी अमेरिकामा निर्वासित जीवन बिताइरहेका थिए । उनको जीवनशैली पनि अत्यन्तै विलासी थियो ।  न्युयोर्कमा उनीविरुद्धका आरोपमा ७ हप्तासम्म सुनुवाइ भएको थियो । गुओका वकिलहरुले यसबारे केही प्रतिक्रिया दिएका छैनन् । दोषी ठहर भएसँगै उनका केही समर्थकमा रुवाबासी समेत चलेको छ ।  गुओ सन् २०१४ मा चीनबाट निर्वासित भएका थिए । उनले वरिष्ठ चिनियाँ अधिकारी र धनाढ्यहरुको काण्डको खुलासा गर्ने चेतावनी दिदै आएका थिए ।  यसबाहेक उनलाई अहिले राष्ट्रपतीय दौडमा रहेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निकटस्थ स्टिभ ब्याननका साथी समेत मानिन्छ । ब्यानन पनि यही महिनाको सुरुतिर संसदीय अनुसन्धानलाई असहयोग गरेको आरोपमा संघीय कारागार चलान भइसकेका छन् । ब्याननलाई गुओले १० लाख डलर दिएको पनि खुलासा भएको छ ।  आफ्ना अनलाइन समर्थकलाई आफ्नो व्यवसाय र क्रिप्टोकरेन्सीमा लगानी गर्न हौस्याएर २०१८ र २०२३ को बीचमा १ अर्ब डलर बढी डुबाइदिएको आरोप गुओमाथि छ। सन् २०१७ मा हङकङ तथा चीन सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानसँगै उनको सम्पत्ति जफत समेत गरेको थियो ।

प्रधानमन्त्री ओलीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट, साउन ६ गते पेसी

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। ओलीले प्रधानमन्त्रीको शपथ लिएकै दिन तीन जना कानुन विदले सर्वोच्चमा रिट दायर गरेका हुन्।  उक्त रिटमाथि सर्वोच्चले साउन ६ गतेलाई पेसी तोकेको छ। अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता रिट दायर गर्न सर्वोच्चमा पुगेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२)अनुसार आइतबार नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। यसअघि संविधानको धारा ७६ (२)अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि पदमुक्त भएकाले अब धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन हुनुपर्ने जिकीर रिट निवेदकले गरेका छन्। ‘एउटा धारा फेल भएपछि अर्को धारामा जाने संविधानको व्यवस्था हो,’ रिटमा लेखिएको छ, ‘संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुईभन्दा बढी दलको समर्थनमा प्रतिनिधि सभा सदस्यको रुपमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको र उनले विश्वासको मत नपाए ७६ (३)को सरकार बन्नुपर्ने संवैधानिक व्यवस्था हो, यसबाट बाहिर जान मिल्दैन।’ संविधानतः राष्ट्रपतिले  ७६ (३) बमोजिम संसदको ठूलो दलबाट सरकार गठन प्रक्रियामा जानुपर्ने माग रिटमा गरिएको छ । रिटमा लेखिएको छ, ‘संविधानले स्पष्ट बोलेको यही हो । दुई पार्टी मिल्दैमा संविधानविपरीत जान मिल्दैन ।’ रिटमा राष्ट्रपति तथा राष्ट्रपतिको कार्यालय, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा तथा कांग्रेस संसदीय दलको कार्यालय, एमाले संसदीय दलका नेता केपी शर्मा ओली तथा संसदीय दलको कार्यालय र प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयलाई विपक्षी बनाइएको छ। 

संघीय संसदका चार समितिको बैठक बस्दै, यी हुन् छलफलका विषय

काठमाडौँ। संघीय संसद अन्तर्गत चारवटा समितिको बैठक आज बस्दैछ । आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, महिला तथा सामाजिक मामिला, पूर्वाधार विकास र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अङ्गदान र प्रत्यारोपण सम्बन्धी विद्यमान अवस्था, समस्या तथा चुनौती र भावी कार्यदिशाबारे छलफल हुनेछ । यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राज्यको मूलप्रवाहमा दलित समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा राष्ट्रिय दलित आयोगले खेल्दै आएको भूमिकाका बारेमा छलफल हुने जनाइएको छ । यसैगरी, बिहान ११ बजे सिंहदरबारमा बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको आन्तरिक छलफल हुने कार्यसूची रहेको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा काठमाडौँ उपत्यकाभित्र खानेपानीको उत्पादन, वितरण एवं एवं सहज आपूर्तिको लागि देखिएका समस्या, चुनौतीलगायतका विषयमा छलफल हुनेछ ।

गोरखा मिडियामा रकम प्रवाह गर्ने सहकारीको विवरण माग

काठमाडौँ । सहकारीको रकम अपचलन, दुरुपयोग र हिनामिनाबारे छानबिन गर्न गठित विशेष छानबिन समितिले छानबिनका लगि तोकिएका अनुसूची २ का ९ वटा सहकारीको विवरण माग गरेको छ।  बुधबार बसेको समितिको बैठकले अनुसूची २ मा रहेका ९ वटा सहकारीका कागजात सम्बन्धित निकायबाट माग्ने निर्णय गरेको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए।  साथै बैठकले गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न सहकारीबाट प्रवाह भएको रकम सन्दर्भमा चासो केन्द्रित भएको सभापति थापाको भनाइ छ। उनले यसअघिका विभिन्न समितिहरूका प्रतिवेदनहरू प्राप्त भएको भन्दै ती प्रतिवेदनहरू समितिका सदस्यहरूलाई अध्ययनका निम्ति वितरण गरेको बताए।  सहकारीको समग्र विषयको अध्ययनलाई सम्पन्न गर्दै कार्यदेशले तोकिएअनुसार समितिले अध्ययन गरिरहेको भन्दै समिति सभापति थापाले सहकारीको घोटला प्रकरणको दुधको दुध पानीको पानी बनाउने बताए।

वाग्मती र कोसीमा बिहानैदेखि मेघगर्जनसहित वर्षा, यस्तो हुनेछ आजको मौसम

काठमाडौं । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी प्रदेशका थोरै स्थान र वाग्मती प्रदेशका केही भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशमा साधारणतया बदली रहेको छ ।  मधेस र वाग्मती प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।    विभागले दिउँसो कोसी, मधेस र वाग्मती प्रदेश गायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  कोसी र वाग्मती प्रदेशका केही स्थानमा, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  विभागले राति  कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  कोसी प्रदेशको केही स्थानमा साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत बाँकी भू–भागका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।  हाल नेपालको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

गृह मन्त्रालयद्वारा ९ जना उपसचिवहरूको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयद्वारा जारी सूचना अनुसार बुधबारको निर्णयअनुसार द्वितीय श्रेणीका उपसचिवहरूको पदस्थापन, सरुवा र काजमा खटाइएको हो । हेर्नुहोस् को कहाँ ?

सचेतकहरूसँग सभामुखको बैठक सम्पन्न, चैत २१ गतेसम्म लगातार प्रतिनिधि सभाको बैठक बस्ने

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र विभिन्न दलका प्रमुख सचेतक र सचेतकबिचको छलफल सकिएको छ । शनिबार बिहान सिंहदरबारमा बसेको बैठकमा आगामी चैत २१ गतेसम्म लगातार प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने कार्यतालिका बनेको हो।  आजको बैठकले चैत १८, १९, २० र २१ गते लगातार प्रतिनिधि सभाको बैठक चलाउने क्यालेन्डर बनाएको ह।राजनीतिक दलसम्बन्धी विधेयक विवादमा जोडिएको हुनाले अहिले नल्याउने र त्यसलाई २७ गते सार्ने प्रस्ताव प्रमुख प्रतिपक्षी दल कांग्रेसले गरेको छ । आजको बैठकमा आइतबार ११ बजे प्रतिनिधि सभा बैठक बस्नुअघि बिहान सवा १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय पनि भएको छ।   

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।  आज बिहान कोसी र मधेस प्रदेशमा साधारणतया बदली रहेको छ । बाँकी पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी तराई भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । हाल कोसी प्रदेशका केही स्थानमा, मधेस प्रदेशका थोरै स्थानमा र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।  कोसी प्रदेशका थोरै स्थानमा तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति देशभर आंशिक बदली रहने जनाएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको विभागले जनाएको छ ।

प्रधानमन्त्रीको बेचैनीको जरैसम्म पुग्यौं भने मात्रै उहाँलाई न्याय गर्छौं : स्वर्णिम वाग्ले

काठमाडौं । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको बेचैनीको जरैसम्म पुग्न खोज्यौँ भने मात्र उहाँमाथि न्याय हुने बताएका छन् ।  प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै वाग्लेले यस्तो बताएका हुन् ।  उनले भने, ‘ब्याज खाएर होइन, कुर्सी ओगटेर होइन, कामै गरेर प्रधानमन्त्रीज्यूको आफ्नो लिगेसीलाई फराकिलो बनाउने प्रयासमा रास्वपाले जोखिम मोलेरै साथ दिएको छ । त्यसैले प्रधानमन्त्रीको बेचैनीको जरैसम्म पुग्न खोज्यौँ भने मात्र उहाँलाई न्याय हुन्छ ।’ उनले सीमान्तकृत समुदायको राजनीतिक जागरण, सचेतना, सशक्तीकरण र समावेशी समाजको जग निर्माणमा वर्तमान प्रधानमन्त्रीलाई इतिहासले सम्झिरहने बताए । ‘सशस्त्र द्वन्द्वको विधिप्रति मेरो विमति थियो र छ । तर, यो देशका सीमान्तकृत समुदायको राजनीतिक जागरण, सचेतना, सशक्तीकरण र समावेशी समाजको जग निर्माणमा हाम्रा वर्तमान प्रधानमन्त्रीलाई इतिहासले सम्झनेछ,’ उनले भने । प्रधानमन्त्री जीवनको उत्तरार्धमा आफ्नो ‘लिगेसी’बारे बढी चिन्तित रहेको पनि चर्चा गरे । ‘एउटा औसत नेताले त छविको चिन्ता गर्छ, म केका लागि चिनिन चाहन्छु भन्ने राजनीतिको अहं प्रश्न हुन्छ । संघर्षपूर्ण राजनीतिबाट उदाएको नेताले त जीवनको उत्तरार्धमा आफ्नो लिगेसीबारे खोजी गर्छ, विचार पुर्‍याउँछ । प्रधानमन्त्री त्यसैमा बढी चिन्तित देखिनुभएकोले हामीले साथ दिएका हौँ ।’  देशमा केही राम्रो गरौं भन्ने कुराले पछिल्लो समय प्रधानमन्त्री प्रचण्डको पद मात्रै जोगाएर मात्रै बस्न नचाहेर अर्थतन्त्र सवल बनाउन गरेका बारम्बारका छलफल र बेचैनीलाई देखेर केही राम्रो गरौं भन्ने उदेश्यले गठबन्धन गरिएको बताए ।

सिन्धुलीमा गाडी दुर्घटनाः १२ घाइते, २ गम्भीर

दुधौली। सिन्धुलीको दुधौली– १, हप्ते डाँडामा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका इन्स्पेक्टर केशवकुमार कटवालले प्र २–०४–००१ च ००५६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर सडकबाट अन्दाजी १५ फिट तल खसेको बताए । त्यसक्रममा बोलेरोमा सवारमध्ये १२ जना घाइते भएकोमा दुई जना गम्भीर रहेको उनले बताए । घाइते हुनेहरुमा महोत्तरीका पवन यादव, ललितादेवी यादव, रामकुमारी महतो, रामएकचाल सिंह, विवाकुमारी सिंह, चन्द्रकुमारी सिंह, निलम यादव छन् । उनीहरुको वर्दिवासमा रहेको जनसेवा अस्पतालमा उपचार भइरहेको छ । घाइते धिरज सिंह, सोभा सिंह, मञ्जु सिंह, अन्जु सिंह र राम अवतार महतोको भने आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको छ । घाइतेमध्ये धिरज सिंह र सोभा सिंहको अवस्था गम्भीर रहेको इन्स्पेक्टर कटुवालले बताए । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

किन हुन्छ बच्चामा औंला चुस्ने बानी ?

काठमाडौंका रोशन तिवारीलाई सानोमा औंला चुसेर निदाउने, खेल्ने बानी थियो । उनको औँला चुस्ने बानीले ठूलो रुप निम्त्याउला भनेर बाबुआमाले पनि सोचेका थिएनन् । स्कुल जान थालेपछि बानी हट्ला भनेर परिवारका सदस्यले त्यति महत्व दिएनन् । तर, स्कुल जान थालेपछि पनि बानी हटेन । बरु उनका औंला बिस्तारै सुक्दै जान थालेपछि बाबुआमा चिन्तित हुन थाले। सुरु–सुरुमा शिक्षकहरुले पनि उनको बानीलाई वास्ता गरेनन् । नयाँ ठाउँ भएर चुसेको होला, स्कुलको वातावरणमा घुलमिल भएपछि औंला चुस्ने बानी हट्दै जान्छ भन्ने सोचे । तर भर्ना भएको दुई वर्षसम्म पनि औंला चुस्ने बानी नगएपछि शिक्षकले रोशनको आमाबुबालाई बोलाएर कुराकानी गरे । त्यसपछि मात्र रोशनका आमाबुबालाई औंला चुस्ने बानी ठूलै समस्या रहेछ भन्ने थाहा भयो । रोशनलाई अस्पताल लैजाँदासम्म एउटा औंला सुकेर सानो भैसकेको थियो। सामान्यतः बालबालिकाहरु भर्खर स्कुल भर्ना भएको बेला वातावरण फरक पाएर औँला चुस्ने गर्छन् । तर परिवारमा सोधपुध गदै जाँदा रोशनकी आमाको दुध नआएर उनको सानै उमेरदेखि औंला चुस्ने बानी भएको रहेछ । यो बानी जति उपाय अपनाउँदा पनि हटेको थिएन । परिवारले रोशनको औँलामा टेप लगाइदिँदा पनि अर्को औँला चुस्न थाले । तर पनि बानी छुटेन । किन चुस्छन् बालबालिकाले औंला ? यो व्यवहारिक रुपमा आउने समस्या हो । खासगरी, सानो उमेरमा आमाको दूध खान नपाएका बच्चाहरुमा आैंला चुस्ने बानी हुन्छ । रोशनको जस्तै सानो उमेरमा औंला चुस्ने बानीलाई बाबुआमाले समस्याको रुपमा लिँदैंनन् । औंला चुस्ने बच्चाले धेरै झगडा गर्दैन भन्ने मान्यता छ हाम्रो समाजमा । बच्चाको व्यवहार कस्तो हुने भन्ने कुरा परिवारका सदस्यसंग प्रत्यक्ष सम्बन्ध राख्छ । धेरैजसो अवस्थामा बाबुआमाको लापरवाहीले गर्दा यस्तो समस्या निम्तिएको हुन्छ । त्यसैले बच्चाको व्यवहार परिवर्तन गर्न निम्न कुरामा ध्यान दिनुपर्छ: सकेसम्म त समस्या निम्तन नदिनु नै बुद्धिमानी मानिन्छ । ठुलो भइसकेको बच्चालाई आमाको दुध चुसाएर बानी हटाउने कुरा आउँदैन । त्यसैले सानो बेलामा राम्रोसँग आमको दूध चुसायो भने यो समस्या आउँदैंन। चुस्ने औंलामा टेप लगाउने एक उपाय भएपनि यो समस्याको समाधान भने होइन । साथीहरुसँग घुलमिल गराएर शारीरिक अभ्यास हुने खालका खेल खेल्न लगाएर सम्झाउँदैं बिस्तारै छुटाउन सकिन्छ । फुर्सदमा चित्र बनाउन लगाउने या कुनै न कुनै काम गर्न लगाउने हो भने पनि बानी छुटाउन सकिन्छ । यस्तो बानी भएका बच्चालाई जिस्क्याउनु हुन्न । आमाबुबा, शिक्षकहरुले उनीहरुको व्यवहार परिवर्तन गर्न सहयोग गर्नुपर्छ । व्यवहार परिवर्तन गर्न समय लाग्छ । औषधि खाएर एकैछिनमा निको हुनेजस्तो समस्या होइन यो । सम्झाएर या उसलाई विभिन्न क्रियाकलापमा संलग्न गराएर बिस्तारै हटाउन सकिन्छ । बच्चाको शारीरिक तथा मानसिक विकासका लागि आमाको दूध महत्वपूर्ण हुन्छ । आमाको दूध खान नपाएका बच्चामा औंला चुस्ने, नङ टोक्नेजस्ता समस्या देखिन्छन् । कतिपयमा ठूलो भएपछि यो समस्या हटेको हुन्न । त्यसैले बच्चालाई आमाको दूध खान दिई औंला चुस्ने अवस्था आउन नदिन परिवार र बाबुआमाले ख्याल गर्नु जरुरी छ । स्वास्थ्यखबरबाट

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउँछौंः प्रचण्ड

काठमाडौं, ५ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्ने हो भने अब आफूहरुले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताउनुभएको छ । अखिल नेपाल ट्रेड यूनियन महासंघले आज काठमाडौंमा गरेको राजनैतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान संशोधन नै गर्ने हो भने अब यी एजेण्डामा गर्नुपर्ने बताउनुभयो । अहिले संविधानमार्फत जनताले पाएको अधिकार दलाल पूँजीपति,  नोरशाह र माफियाहरुलाई नपचेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले अहिले कथित संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खोजिएको बताउनुभयो । ‘अहिलेको संविधान विस्तृत शान्ति सम्झौताको अङ्गको रुपमा रहेकाले शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता माओवादीको सहमतिविना गर्न खोजिने संविधान संशोधनको प्रयास बेइमानी र जालझेल बाहेक अरु हुन सक्दैन’– उहाँले भन्नुभयो– ‘हाम्रो सहमतिविना संविधान संशोधन गर्ने उनीहरुलाई राजनीतिक र नैतिक दुबै अधिकार छैन ।’  तर, इमान्दरिताका साथ संविधान संशोधनको एजेण्डा उठाउन खोजे आफूहरु त्यसका लागि तयार हुने पनि उहाँले स्पष्ट गर्नुभयो । ‘अग्रगमनमा जानका लागि हो भने अहिले संविधान संशोधनको सबैभन्दा बढी आवश्यकता माओवादी केन्द्रलाई छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामीले संविधान निर्माण गर्दा प्रष्टरुपमा हाम्रो एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हो तर यसमा कांग्रेस र एमाले सहमत नभएकाले हामी कुनै पनि दिन यो मुद्दा लिएर आन्दोलनमा जाने छौं भनेर नोट डिसेन्ट लेखेका छौं । अब हामी यो एजेण्डालाई लिएर अगाडि बढ्छौं ।’ प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपतिसहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली पनि आवश्यक रहेको उहाँले बताउनुभयो । ‘अहिले जसरी राजनीतिक भ्रष्टाचार बढिरहेको छ, यो निर्वाचन प्रणालीका कारणले हो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘एउटा पालिकामा चुनाव जित्न करोड, प्रदेशमा दश करोड र संघमा पचास करोड खर्च गर्नुपर्ने अवस्थाले जितेर आउने प्रतिनिधि जनताको काम होइन, भ्रष्टाचार गरेर चुनाव खर्च उठाउने काममा बढी लाग्न थालेको देखियो । त्यसैले हाम्रो भनाई के छ भने भ्रष्टाचारको मुहान नै सुकाउने हो भने निर्वाचन प्रणाली बदलेर त्यसलाई पूर्ण समानुपातिक बनाउनुपर्छ ।’ करोडौं खर्च गरेर सांसद हुने र जितेपछि तँछाडमछाड गरेर मन्त्री बन्ने अवस्थाको अन्त्य गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले मन्त्रिमण्डल बनाउने र सांसदहरु कानुन निर्माणमा मात्रै लाग्ने, मन्त्री बन्न नपाउने निर्वाचन प्रणालीले मात्रै मुलुकमा भ्रष्टाचार रोक्न सकिने उहाँको भनाई थियो । आफूहरुको मुख्य मुद्दा भ्रष्टाचार नियन्त्रण नै भएको उल्लेख गर्दै उहाँले सरकारबाट त्यही पहल गर्दा सरकार छाड्नुपरेको बताउनुभयो । आफूहरु खबरदारी गर्दै सरकारबाट निस्केको र सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध एकपछि अर्को अर्को अभियान चलाएकाले नै अहिले देशब्यापी जनताले माओवादी केन्द्रलाई भरोसा गर्न थालेको पनि उहाँले स्पष्ट गर्नुभयो । सामान्यतः सरकारबाट बाहिर आउँदा जनतामा निराशा देखिने गरे पनि यसपटक भने जनतामा उत्साह देखिएको र देशब्यापी जनलहर सुरु भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘भ्रष्टाचारीलाई जोगाउनका लागि नै हाम्रो नेतृत्वको सरकार ढालिएको हो भन्ने जनताले स्पष्ट बुझिसकेका छन् । उनीहरुको सरकार कसले कसरी बनाइदियो भन्ने देखि नै हाल्यो, अहिले आधा दर्जन बढी त भ्रष्टाचारकै मुद्दा चलेका व्यक्तिलाई मन्त्री बनाइएको छ ।’ ‘माओवादीका लागि फेरि अवसर आएको छ । मैले फेरि नयाँ आन्दोलनको सङ्कल्प गरि नै सकें । अहिले देशभरि जनताले हामीलाई मायाँ गरेको भ्रष्टाचारविरुद्ध अभियानको अगुवाई गरेकाले हो’– उहाँले भन्नुभयो– ‘मैले बिद्रोहको झण्डा उठाइ नै सकें । यो आन्दोलन मजदूर, किसान, युवा, महिला, आदिवासी जनजाति, दलित, मधेशी लगायत सबै जनसमुदायको साथ सहयोगमा अघि बढ्ने छ ।’ आफूले देशब्यापी यात्रासँगै हरेक ठाउँमा ‘मर्निङ वाक’ अभियान चलाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो मर्निङ वाक मात्र नभई हामी आयौं भनेर जनतालाई गरेको अपिल पनि भएको बताउनुभयो । पार्टी एउटा संकल्पका साथ वर्गतिर फर्कदै गरेको जानकारी दिंदै उहाँले भन्नुभयो– ‘युद्ध र शान्तिका अनुभवबाट खारिएका हजारौं कार्यकर्ताको जमात भएको, लाखौं श्रमिक वर्ग संगठित भएको पार्टी हाम्रै हो । हामीले आफूलाई रुपान्तरण गरेर जाने हो भने हामी क्रान्तिका अभिार पूरा गर्न सक्ने हैसियतमा पुग्दैछौं । हामी केन्द्रीय समितिको गुणात्मक बैठकको तयारीमा छौं, यसबाट कार्यक्रमिकरुपमा अगाडि आउने छौं।’ उहाँले मजदूरको तर्फबाट पार्टी नेतृत्वमा १० प्रतिशत प्रतिनिधित्व, श्रमिकको न्यूनतम ज्याला बृद्धि, श्रम ऐन संशोधन, सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बनाउने, महङ्गी भत्तालगायतका मजदूर संगठनका माग जाजय भएको र पार्टीबाट पूरा गर्न सकिने जति पार्टीबाट र सरकारबाट गर्नुपर्ने कामका लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको अन्तर्य समाजवादी क्रान्तिको तयारी नै भएको उल्लेख गर्दै उहाँले समाजवादी क्रान्तिले मात्रै मजदूर, किसान लगायत श्रमिक वर्गको हितको रक्षा गर्ने बताउनुभयो।  

अखिल क्रान्तिकारीको सम्मेलन असोज १० गते देखि गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

उपाध्यक्ष, वडाध्यक्षसहित तीन जना गुमाएपछि शोकमा पुथाउत्तरगंगा गाउँपालिका

रुकुमपूर्व । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले उपाध्यक्ष र वडाध्यक्ष सहित ३ जना व्यक्ति गुमाएको छ । आज बिहान काठमाडौँबाट रुकुम पूर्व आउँदै गरेको गाउँपालिकाकाे गाडी बागलुङको गलकोट नगरपालिका २ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ३३ बर्सिया भुपेन्द्रा बुढा, उहाँकी आमा ६१ बर्सिया आमा गोपीमाया बुढा र सोही गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष  ३७ बर्षीय जसबहादुर सिर्पाली रहनुभएको छ ।  गाडी चालक भूमे गाउँपालिका वडा नम्बर ३ का २९ वर्षीय प्रेमबहादुर पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी चालककाे धौलागिरि अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ । शुक्रवार बिहान रा १ झ २०० नम्बरको गाडी सडकदेखि ३ सय मिटर तल खेसेको थियो । आमा छोरीको शव भिरमा अड्किएको अवस्थामा फेला परेका थियो । वडाध्यक्षको शव गाडीले च्यापिएको अवस्थामा फेला परेको थियो ।  आकस्मिक दुर्घटनाको कारण गाउँपालिकाले नसोचेको क्षति बेहोर्नु परेको गाउँपालिका अध्यक्ष पुणिराज घर्तीले बताउनुभयो ।