सिड्नीमा प्रेम गीत २ प्रदर्शनकाे तयारी हुँदै

काठमाडौं । पछिल्लो समय युबा माझ लोकप्रिय बन्न सफल नायक प्रदिप खड्का अभिनित चलचित्र ‘प्रेम गीत २’ सिड्नीमा प्रदर्शन हुने भएको छ ।

केहि महिना अघि नेपालमा प्रदर्सनमा आएको उक्त चलचित्र नेपालमा ब्लकबष्टर बनेको थियो । यस अघिको चलचित्र ‘प्रेम गीत’को सिक्वेलमा निर्माण गरिएको चलचित्रको डायस्पोरा राईट्स ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सी अमेरिकारनेपालले लिएको हो ।

सिड्नीमा ईभेन्ट आयोजकका रुपमा परिचित कलिउड क्लबले सिड्नी शोको ब्यबस्था गरेको छ । क्लबको चलचित्र लभ स्टोरी भएकाले प्रेम महिनाका रुपमा फ्रेबुअरी महिनाभरि सिड्नीमा शो गर्ने भएको छ । जस्को पहिलो शो फ्रेबरुअरी ३ तारिख शनिबारका दिन हर्षभिलको सिभिक थियटरमा हुने र बाँकी शोको मिति सार्बजनिक गर्दै जानेकलिउड क्लबका निर्देशक श्यामसुन्दर गिरीले बताए ।

आशुसेन फिल्मसको ब्यानरमा निर्मित चलचित्रलाई रामशरण पाठक निर्देशन गरेका हुन् भने सन्तोष शेनले निर्माण गरेका हुन् । यस चलचित्रमा प्रदिपको अपोजिटमा नायिका अश्लेषा ठकुरी छिन् ।

नेपाल, थाईल्याण्ड र म्यानमारमा छाँयाकन गरिएको यस चलचित्रमा प्रदिप र अश्लेषाको अलवा कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा समावेश गीत ‘प्रेम यो कहानी’ र ‘मोटरसाईकलमा’ सर्बाधिक चर्चित गीत हुन् । पुर्ण लभ स्टोरी जनरामा निर्मित चलचित्रको सिड्नीको शोका लागि २५ डलर टिकट राखिएको छ ।

जस्का लागि 0404 256 872 मा सम्पर्क गरी टिकट बुक गर्न सकिने छ ।

चुरे बोर्ड पदाधिकारीको विज्ञतामा प्रश्न

काठमाडौं, पुस २८ । महालेखा नियन्त्रकको कार्यालयले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्षसहित पाँच पदाधिकारीको शैक्षिक योग्यता र विज्ञतामा प्रश्न उठाएको छ । समिति बोर्डमा अध्यक्ष र चार सदस्य छन् । आजको नागरिक दैनिकमा खबर छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारले ०७३ फागुन पहिलो साता अध्यक्ष र सदस्य नियुक्त गरेको थियो । महालेखा नियन्त्रकको कार्यालयले समितिका अध्यक्षसहित सदस्यको शैक्षिक योग्यता र विषयगत अनुभव विवरण समिति र वन मन्त्राचलयले उपलब्ध नगराउँदा अध्ययन र विश्लेषण गर्न नपाइएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । लेखा परीक्षकलाई समितिका पदाधिकारीहरुको योग्यता र अनुभव विवरण उपलब्ध नगराइनुले उनीहरुको शैक्षिक योग्यता र विषयगत ज्ञानमा आशंका उत्पन्न भएको हो ।

सशस्त्रले कब्जा गर्याे महिला फुटबल लिगको उपाधि

काठमाडौं, पुस २८ । १६ औं राष्ट्रिय लिग महिला फुटबलको उपाधि सशस्त्र प्रहरीले जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको ‘सुपर लिग’को अन्तिम खेलमा नेपाल पुलिस क्लबमाथि ३-१ को जित हासिल गर्दैै सशस्त्रले उपाधि जितेको हो । साबित्रा भण्डारीले दुई र सरु लिम्बुले एक गोल गरिन । यो सँगै साबित्राले लिगका ६ खेलमा २९ गोल गरेर नयाँ कीर्तिमान बनाएकी छन् । एकै लिगमा कसैले पनि यसअघि २९ गोल गरेका थिएनन् । सुपर लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीले सुदूरपश्चिमान्चललाई कृष्णा खत्रीको ५ गोलको मद्धतले ७-० ले हरायो । उपाधिसंगै सशस्त्रले दुई लाख, उपविजेता त्रिभुवन आर्मीले एक लाख तथा तेस्रो भएको पुलिसले ५० हजार रुपैयाँ जितेको छ । व्यक्तिगत विधातर्फ सशस्त्रकी गोलकिपर अञ्जली तुम्बापो सुब्बा, फरवार्ड साबित्रा र प्रशिक्षक जनक सिंह तथा आर्मीकी डिफेन्डर दीपा राई र मिडफिल्डर अञ्जली वाइबा उत्कृष्ट घोषित हुँदै जनही २५ हजार रुपैयाँ जितेका छन् ।

बाल यौनदुराचार आरोपमा नेपाली सेनाका मेजर पक्राउ

काठमाडौँ — महानगरीय प्रहरी वृत्त बानेश्वरले बाल यौनदुराचार आरोपमा एक मेजर तहका सैनिकलाई पक्राउ गरी नेपाली सेनालाई बुझाएको छ । घरमा काम गर्ने १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको उजुरीका आधारमा बुद्धनगरमा बस्ने मेजर प्रभवविक्रम शाह पक्राउ परेका हुन् । पक्राउलगत्तै वृत्तले सेनाको मुख्यालयमा यसबारे जानकारी गराएको थियो । बालबालिकाका क्षेत्रमा कार्यरत एक संस्थाले दिएको गोप्य सूचनाका आधारमा मेजरलाई पक्राउ गरिएको हो । बानेश्वर वृत्तका डीएसपी रवि पौडेलले पक्राउ गरिएलगत्तै मेजरलाई नेपाली सेनालाई बुझाइएको बताए । स्रोतका अनुसार मेजरले घरमा कार्यरत १४ वर्षीया बालिकासँग अप्राकृतिक सम्बन्ध राख्ने प्रयास गरेका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले मेजर शाहलाई सैनिक प्रहरी गणमा हिरासतमा राखिएको बताए । ‘प्रहरीले अनुसन्धान नसकुन्जेल उनी सेनाकै निगरानीमा रहन्छन्,’ उनले भने । Kantipurdaily बाट साभार

प्रधानन्यायाधीश पराजुली नै छानबिनको घेरामा, रिहापछि डा. केसीले के भने ? (भिडियो)

अदालतको अवहेलनासम्बन्धी डा. गोविन्द केसीविरुद्ध परेको मुद्दाकाक्रममा भएको यो आदेशले अवहेलना मुद्दा नयाँ मोडमा पुगेको छ । प्रधानन्यायाधीश पराजुलीको शैक्षिक योग्यता र नागरिकता नै छानबिनको दायरमा परेपछि प्रधानन्यायाधीश पराजुलीले पदमा रहेर दैनिक कार्यसन्चालन गर्न नैतिक प्रश्न उठेको छ । सर्वोच्चले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन पनि आदेश दिएको छ । पराजुलीका दुईओटा नागरिकता रहेको सम्बन्धमा उनले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय र शैक्षिक योग्यताको सम्बन्धमा न्याय परिषदबाट कागजात झिकाउने आदेश दिइएको हो । भिडियो हेर्नुहोस्

यस्ताे छ राष्ट्रियसभा सदस्यको निर्वाचन तालिका

काठमाडौं, पुस २६ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको तालिका सार्वजनिक गरेको छ। सरकारले यसअघि नै आगामी माघ २४ गते राष्ट्रियसभा सदस्यको निर्वाचका मिति तय गरेको थियो । बुधबार आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको हो। माघ २४ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने गरी तालिका सार्वजनिक गरेको छ। उम्मेदवारी दर्ता माघ ७ गते हुनेछ भने माघ १५ गते उम्मेदवारलाई चिन्ह प्रदान गरिने आयोगले जनाएको छ। माघ २४ मा मतदान हुनेछ। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन नभएसम्म सत्ता हस्तान्तरणमा आनाकानी गरिरहेका छन् । जसका कारण प्रतिनिधि र प्रदेशसभा सदस्यमा निर्वाचन भएको लामो समय वितिसक्दा पनि सरकार गठन हुन सकेको छैन ।

नेत्रहिन विश्वकप क्रिकेटमा नेपालको लगातार दोस्रो हार

काठमाडौं, पुस २६ । पाकिस्तानमा भइरहेको पाँचौ नेत्रहिन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो पटक एकदिवसीय विश्वकपमा सहभागिता जनाएको नेपाल बुधबार भएको दोस्रो खेलमा बंगलादेशसँग ४ विकेटले पराजित भएको हो। नेपाल पहिलो खेलमा घरेलु टोली पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २३४ रन बनाएको थियो। नेपालको लागि कप्तान कृतन श्रेष्ठ दुवालले सर्वाधिक ६६ रन बनाए भने खिमानन्द ले ३४ तथा पदम बडैलाले ३० रन जोडे। जवाफमा बंगलादेशले ३३।४ ओभरमा ६ विकेट गुमाएर २३५ रन बनाउदै पहिलो जित हात पारेको हो। बंगलादेश पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो। बंगलादेशका लागि मेहमुद रसिदले नटआउट रहदै सर्वाधिक ६० रन बनाए। असिकर रहेमानले ४५ रनको योगदान गरे। नेपालका भरत थापाले २ विकेट लिए। बंगलादेशका मेहमुद रसिद म्यान मफ दी म्याच घोषित भए भने नेपालका कृतन श्रेष्ठ मोस्ट भ्यालुएबल प्लेअर चुनिए। नेपालले अब तेस्रो खेल आगामी शनिवार श्रीलंकासँग युएईमा खेल्नेछ।

गगनले दिए विश्‍वप्रकाशलाई वधाई, देउवालाई धन्यवाद

काठमाडौं, पुस २६ । युवा नेता विश्‍वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त भएसँगै गगन थापाले शुभकामना दिएका छन् । गगनले मंगलवार साझ सामाजिक सञ्जाल ट्विटर मार्फत शुभकामना दिएका हुन् । गगनले विश्वप्रकाशले प्रभावकारी कार्यसम्पादन गर्ने अपेक्षा राख्दै नयाँ पुस्तालाई पार्टी सभापतिले दिएको जिम्मेवारी प्रति धन्यवाद दिएका छन् । उनले ट्विटमा ‘विश्वप्रकाश दाइ नेपाली कांग्रेसको प्रवक्ता हुनु भएकोमा बधाई तथा प्रभावकारी कार्यसम्पादनको शुभकामना ।नयाँ पुस्तालाई जिम्मेवारी दिनुभएक‍ोमा पार्टी सभापतिलाई धन्यवाद !’ लेखेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विश्वप्रकाश शर्मालाई प्रवक्ता नियुक्त गरेकेका हुन् । देउवाले पार्टीको १३औँ महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा काँग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनयन गरेका हुन् । काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका काँग्रेसका दुई भरपर्दा नेता शर्मा र थापाले गत प्रतिनिधि सभा निर्वाचनमा एक अर्कालाई मतमागेका थिए । नेपाल विद्यार्थी संघको सभापति हुँदा उपसभापति बनेर काम गरेका थापालाई शर्माले पूर्वको झापाबाटै मत मागेका थिए । भने थापाले शर्माको विजयको लागि मत मागेका थिए । सो समय नेपाली राजनीतिक इतिहासमा आफुलाई प्रमाणित गरिसकेका यी दुई नेताको आपसी सहकार्य नौलो अम्यास देखिन्थ्यो। विश्वप्रकाश शर्मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा १ बाट चुनाव लडेका थिए । यद्यपि, उनी माओवादी केन्द्र एवं वाम गठबन्धनका उम्मेदवार सुरेन्द्रकुमार कार्कीसँग पराजित भए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले आफ्ना निकट्तम प्रतिद्वन्दि डा। राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतको अन्तरले पराजित गरेका थिए । विश्वप्रकाश शर्माले गगन थापालाई भाईमात्र नभई आफ्नो भरोसा समेत भन्ने गरेका छन् । उनले गणतन्त्र स्थापनाका बखत राज दरबारको अगाडि पट्टी हजारौँको नेतृत्व गरेका थापालाई एक कुशल हिरोको संज्ञा दिने गरेका छन् । लोकमानसिंह कार्कीलाई पदमुक्त गर्नु पर्छ भन्ने सडकको आवाजलाई संसद सम्म पुर्‍याउने मूल प्रतिनिधि गगन थापा रहेको शर्माले भन्दै आएका छन् । गगन थपाले आफुलाई शर्माकै कार्यकर्ता हुँ भन्दा गौरव लाग्ने समेत बताउने गरेका छन् । विश्वप्रकाशसँग काम गर्दा समस्यामा केन्द्रित नभई विश्वप्रकाश समाधान खोज्नमा केन्द्रित हुने गरेको समेत उनले भन्दै आएका छन् । शर्माले मतगणना नसकिँदै हार स्वीकार गरेर कार्कीलाई सबै भन्दा पहिले विजयको माला लगाएर लोकतान्त्रिक अभ्यासको संस्कार झल्काएका थिए । त्यहाँबाट शर्मालाई विपक्षी पार्टीका नेताहरुले समेत रुचाउँछन् । प्रखर वक्ता शर्मा ०४६ सालमा मेची बहुमुखी क्याम्पसका सभापति, नेपाल विद्यार्थी संघको महामन्त्री, अध्यक्ष हुँदै कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए । हाम्राकुरा डटकमबाट

माघीको रौनक: कतै हर्ष, कतै बिलौना

नेपालगञ्ज, पुस २६ । ‘माघ लहइली सुरिक शिकार खइली रे हाँ सखी अइ हो माघ के पिली गुरी गुरी जाँर सकिरी गलियावामा लगल बजरिया रे हाँ सखी अइ हो लानी दे हो भाटु नथिया बजार सालिक नथिया भै ल रे महान्।।।’ यो थारु गीत अहिले पश्चिम क्षेत्र जिल्लामा बसोबास गर्ने थारु समुदायका घरआँगन अनि बस्तीमा उल्लासपूर्ण रुपमा गुञ्जायमान भएको सुन्न पाइन्छ । आप्mना वर्षभरिको दुःख, पीडा बिर्संदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिँगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमंगले नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छोपेको छ । औपचारिकरूपले पुस २९ गतेबाट शुरु हुने सप्ताहव्यापी यो पर्वको तयारी थारु बस्तीमा अहिलेदेखि नै प्रारम्भ भइसकेको छ । माघी पर्व तयारीमा थारु समुदायले अहिले अन्नपात कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेका छन् । माघी पर्वका अवसरमा सो समुदायले छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना निर्माण गर्नाका साथै परिवारका सदस्यको कामको बाँडफाँडसमेत गर्छन् । यस अवसरमा ढिकरी, तरुल, सखरखण्ड, फर्सी उसिनेर खाने थारु अगुवा पत्रकार विश्वराज पछलडंग्या बताउनुहुन्छ ।उहाँका अनुसार, माघीको अघिल्लो रात सुँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ । त्यसरात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्छन् । माघीका दिन ९माघ १ गते० बिहान अँध्यारो छँदै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का ९पैसा० राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सो सिक्का लुटाउने प्रचलन छ । माघीमा तिलको आगो ताप्नाले वर्षभरि अनजानवश गरिएको पाप नाश हुने धार्मिक विश्वास थारु समुदायमा छ । यस पर्वका अवसरमा उनीहरूले आ–आफ्ना गाउँको बडघर ९अगुवा० र चौकीदारसमेत चयन गर्छन् । त्यस अवसरमा बर्दिया जिल्लाको ठाकुरद्वारा, बढैयाताल, बाँकेको बैजापुरस्थित भुँवरभवानी मन्दिरलगायतका धार्मिकस्थलमा ठूलो मेला लाग्ने गर्छ । माघी पर्वका अवसरमा वर्षभरिको दुःख बिसाएपनि मुक्त कमैयाको मुहारमा अभैm थुप्रै पीडा पनि उजागर भएको पाइन्छ । कमैया मुक्ति घोषणाको आठ वर्ष प्रवेशको अवधिमा पनि मुक्त कमैयाको समुचित पुनःस्थापना अझै हुन नसक्दा उनीहरु माघी पर्वमा अझै रमाउन भने सकेका छैनन् । गाँसबाँसको समस्या अझै झेलिरनु परेकाले चाँडपर्व पनि उत्साहजनक हुन नसकेको उनीहरु बताउँछन् । सरकारले ‘कमैया मुक्ति’ घोषणा गरेर जग्गा उपलब्ध गराए पनि मुक्त कमैयाको समुचित जीवनयापन सहज हुन सकेको छैन । “जग्गा मात्र भएर के गर्ने, सरकारले उचित जीवनयापनका लागि ठोस कार्यक्रम हाम्रा लागि नल्याएपछि हामी बिचल्लीमा परेका छौँ”, बर्दिया जिल्ला बबई नगरपालिका निवासी मुक्त कमैया सोहन थारुको गुनासो छ । जिल्ला भूमिसुधार कार्यालयले यहाँका करिव एक हजार ८३६ मुक्त कमैयालाई जग्गाधनी लालपूर्जा उपलब्ध गराएपछि सरकारले २०६६ सालमा ‘कमैया नभएको जिल्ला’ घोषणा गरेको थियो । सरकारको निर्णयअनुसार, त्यसबेला उक्त कार्यालयले जिल्लाका मुक्त कमैयालाई जग्गा नभएका, ऐलानी जग्गामा बसेका, दुई कट्ठाभन्दा कम जग्गा भएका र दुई कट्ठाभन्दा बढी जग्गा भएका भनी चार श्रेणीमा विभाजन गरी कूल दुई हजार २६७ मुक्त कमैयामध्ये माथिल्लो दुई श्रेणीका मुक्त कमैयालाई मात्र पाँच धुरदेखि पाँच कट्ठासम्म जग्गा उपलब्ध गराएर यस जिल्लालाई कमैया नभएको जिल्ला घोषणा गरेको थियो । गाउँका छिमेकीको घरमा माघीको उत्साह देख्दा मुक्त कमैया भने आफ्नो भाग्यलाई नै दोषी मान्छन् । “के गर्ने हजुर भाग्यमा जे छ त्यसैलाई स्वीकार्नुको अरु विकल्प के नै हुन्छ र”, स्थानीय बैजापुर धामपुरका मुक्त कमैया रामआसरे चौधरीको बिलौना छ । मुक्त कमैयाको सम्मानजनक गाँस, बास, कपासको व्यवस्था हुनुपर्ने, ऐलानी, जंगलाद, गुठी, कम्पनी, नगर विकास, बाँझो जग्गामा बसोबास गर्दै आएका मुक्त कमैयालाई सरकारले पुनःस्थापना गर्नुपर्ने जस्ता आफ्ना माग पुरा भए आगामी वर्ष माघी पर्वको रौनक घनीभूत हुने उनीहरूको अपेक्षा छ ।

एमाले–माओवादी कार्यदलको मोडालिटी तयार, भोलिबाटै काम तीब्र पार्छाै: वर्षमान पुन

भक्तपुर, पुस २६ । नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले भोलिदेखि आफ्नो काम शुरु गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको बैठकले काम गर्न निर्देशन दिएपछि भोलिबाटै कार्यदलले काम शुरु गर्ने भएको हो । ओली निवासको बैठकका बारेमा जानकारी दिँदै बैठकमा सहभागी कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यदलले चारवटा मापदण्डका आधारमा भोलिबाटै काम शुरु गर्ने सहमति भएको सञ्चारकर्मीलाई जानकारी दिए । उनले बैठकमा कार्यदलको काम गर्ने आधारबारे छलफल भएको बताउँदै राष्ट्रियसभा र प्रदेशसभाका विभिन्न पदाधिकारीको व्यवस्थाबारे प्रारम्भिक छलफल भएको जानकारी दिए । उनले भोलिदेखि नै कार्यदलले सघन रुपमा काम शुरु गर्ने बताउनुभयो । यो बीचमा पार्टी एकता भए कार्यदलको काम नरहने बताउँदै उनले दुई पार्टी छिट्टै एक हुने दाबी गरे । कार्यदलले गृहकार्य गरेर राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्ने भएको छ । प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको सिट सङ्ख्या र मतभारलाई आधार बनाएर, विभिन्न व्यक्तिले भोलिका दिनमा खेल्न सक्ने भूमिकालाई ख्याल गरी प्रभावकारी ढंगले सरकार र संसद्मा नेतृत्व गर्न सक्नेलाई तथा एकताको गतिमा, दुवै पक्षको सन्तुलनलाई ख्याल राखेर सिट विभाजन गरेर काम गर्न कार्यदलले म्याण्डेड पाएको पुनले जानकारी दिए । बैठकबारे जानकारी दिँदै एमाले नेता तथा कार्यदल सदस्य शंकर पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिनुभएको जानकारी दिए । प्रदेशसभा गठनका सन्दर्भमा निर्वाचनमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्ने निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । छलफलपछि कार्यदलका सदस्य बाहिरिएपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीच थप छलफल भएको थियो । गठबन्धनले गरेको कार्यदलमा एमाले नेता सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन्। पाण्डे र यादव उपत्यकाबाहिर भएकाले आजको बैठकमा उपस्थिति भएनन् ।

सरकारद्वारा शीतलहर पीडितलाई कम्बल वितरण

राजविराज, पुस २६ । विगत एक सातादेखि चिसो र शीतलहरबाट प्रभावित सप्तरीका शीतलहर पीडितलाई स्थानीय प्रशासनले कम्बल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले आज जनाएको छ । अत्यधिक चिसोका कारण सप्तरीमा कठ्याङ्ग्रिएर दुई बालबालिकासहित २० जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले जाडोबाट जोगिनका लागि कम्बल तथा राहतका सामग्री वितरण कार्य शुरु गरेका हुन् । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको नेतृत्वमा गठित टोलीले तीनवटा स्थानीय निकाय हनुमानगनगर कंकालनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र महदेवा गाउँपालिको २०० अति विपन्न र दलित बस्तीमा रेडक्रसको सहयोगमा कम्बल वितरण गरेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो । जिल्लाको महदेवा गाउँपालिका–१ पकरीको दलित बस्तीमा ५५, तिलाठी कोइलाडी–७ को मंसापुरको मरिक टोलमा १३ र वडा नं ८ तोपाका दलित बस्तीका ४३ र हनुमाननगर कंकालनी–११ इनरुवाको ६० घरपरिवारमा जाडोबाट जोगिन न्यानो कपडा तथा कम्बल वितरण गरेको उहाँले जानकारी दिनुभयो । यसैगरी हनुमानगर कंकालनी नगरपालिका–१३ गोवरगढाका ४५ जना दलित बस्तीका असहाय, गरिब र विपन्न घरपरिवारलाई कम्बल वितरण गरेको नगरप्रमुख शैलेश साहले बताउनुभयो । सो टोलीमा हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुख शैलेश साह, तिलाठी कोइलाडीका प्रमुख शतिश सिँह, सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादव, प्रहरी नायब उपरीक्षक ध्रुव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सप्तरी सह–सचिव चन्दन यादव, रेडक्रस सप्तरी रिमु चौधरी, सप्तरी युथ नेपालका विष्णु यादवलगायतको सहभागिता रहेको थियो ।

दृष्टिविहीन विश्वकप क्रिकेटमा आज नेपालले बंगलादेशसँग खेल्ने

काठमाडौं, पुस २६ । पाकिस्तान र युएईले संयुक्त रुपले आयोजना गरिरहेको पाँचौं एकदिवसीय दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपालले बंगलादेशसँग खेल्नेछ । आ–आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेका नेपाल र बंगलादेश आज पहिलो जितको खोजीमा छन् । प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा नेपाललाई पाकिस्तानले ९ विकेटले हराएको हो । पाकिस्तानको जिन्नाह स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले दिएको २५९ रनको लक्ष्य पाकिस्तानले १९ दशमलव १ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानका लागि बदानर मुनिरले ५९ बलमा १२६ रन जोडे । प्रतियोगितामा आज बंगलादेशसँग खेलेपछि थप खेलका लागि नेपाली टोली युएईको दुबई पुग्नेछ । दुबईमा नेपालले श्रीलंका, भारत र अस्ट्रेलियासँग थप तीनवटा खेल खेल्नेछ ।

डा केसीको रातारात गिरफ्तारी ज्यादती हो, अदालत ‘भगवान’ होइन : नारायणकाजी

काठमाडौं, पुस २५ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सत्याग्रहीबिरुद्ध मानहानीको हतियार प्रयोग हुनु कानुनको नाम ज्यादती भएको भन्दै अदालत ‘भगवान’ नभएको टीप्पणी गरेका छन् । नेता श्रेष्ठले मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन्, ‘डा. गोविन्द केसीको रातारात गिरफ्तारी कानुनको नाममा गरिएको ज्यादती हो । फेरि दोहोर्‍याएर भन्छु, अदालत ‘भगवान’ होइन । राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो । त्यसको पनि परिणाम हो यो । सम्बन्धित सबैले बुझुन् ।’

गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन (फाेटाेफिचर)

काठमाडौं, पुस २५ । अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् ।   सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । यहीबीच उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत अग्रपंक्तिमा देखिएका छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेका छन् प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् । माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत अग्रपंक्तिमा देखिएका छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेका छन् । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि डा. केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार अनसनमा बसेका थिए । अनसनलगत्तै सर्वोच्चले उनलाई सोमबार राति पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखेको थियो । मंगलबार अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

पार्टी एकताबारे माओवादीमा गम्भीर छलफल

काठमाडौ‌, पुस २४ । नेकपा एमाले सँगको पार्टी एकताको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अनौपचारिक छलफल गर्नुभएको छ । यही पुस १८ गते बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकताको सम्पूर्ण निर्णय गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको सन्दर्भमा आज नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतसँग छलफल गर्नुभएको हो । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले अध्यक्षले एकताको खाका, सांगठनिक विषय र अन्य प्राविधिक विषय मिलाउन अध्यक्ष र वरिष्ठ नेताले छलफल गर्नुभएको जानकारी दिनुभयो । एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिमा माओवादीका तर्फबाट अध्यक्ष दाहाल, नेता श्रेष्ठ र थापा सदस्य हुनुहुन्छ । केन्द्रीय कार्यालयको बैठकले एकतासम्बन्धी निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिएको सन्र्दभमा विभिन्न कोणबाट अनौपचारिक छलफल भएको प्रवक्ता भुसालले जानकारी दिनुभयो । मंगलबार एमाले र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक बस्ने कार्यक्रम रहेको छ । बैठकमा वैचारिक विषयमा एकरुपता र सांगठनिक एकताको गृहकार्य गर्न कार्यदल गठन गर्ने कार्यसूची रहेको छ । कार्यदलले दिएको प्रतिवेदनका आधारमा एकता प्रक्रिया अघि बढ्ने दुई पार्टीका शीर्ष नेताबीच सहमति भएको छ । एकता प्रक्रियालाई गति दिने सम्बन्धमा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल भएको थियो । सोही छलफलका आधारमा आज दुवै पार्टीले आन्तरिक छलफल गर्ने र मंगलबार एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको छ । पार्टी एकतालगायत विषयमा एमाले स्थायी कमिटीको बैठक अध्यक्ष ओली निवास बालकोटमा जारी छ ।

माओवादी केन्द्रले अाफ्नाे संगठन अद्यावधिक गर्दै

काठमाडौं, पुस २४ । माओवादी केन्द्रले पार्टीका नेताकार्यकर्ताको अद्यावधिक तथ्यांक राख्न सुरु गरेको छ। पार्टीको सर्वोच्च निकाय ‘हेर्डक्वार्टर’ देखि स्थानीय गाउँ कमिटीसम्म एकताका नाममा ‘भद्रगोल’ हुन थालेकाले नेताकार्यकर्ता र संगठनको अवस्था अद्यावधिक तथ्यांक राख्न थालिएको हो। संगठन विभाग प्रमुख रामबहादुर थापा बादल नेतृत्वको समितिले अहिले संगठनात्मक व्यवस्थापनका लागि तथ्यांक अद्यावधिक गर्न थालेको माओवादीले जनाएको छ। १९ पुसमा माओवादी केन्द्रको हेडक्वार्टरको विस्तारित बैठकले संगठनात्मक व्यवस्थापन गर्न नेता थापाको संयोजकत्वमा संगठन व्यवस्थापन समिति गठन गरेको थियो। समितिमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, सावित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल र सुनील मानन्धर सदस्य छन्। समितिको आइतबार बसेको बैठकले सात वटै प्रदेशबाट तथ्यांक संकलन गर्न नेताहरूको कार्यविभाजन गरेको छ। समितिले केन्द्रदेखि स्थानीयसम्म कमिटीको आकार (संख्या), नेताकार्यकर्ता जिम्मेवारी, दोहोरो भूमिकालगायत सबै तथ्यांक संकलन गरी प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउने छ। ०७३ जेठ मा विभाजित पार्टीका विभिन्न घटकसँग एकतापछि माओवादीको संगठनात्मक संरचना अस्तव्यस्त थियो। पार्टीको सबैभन्दा माथिल्लो निकाय केन्द्रीय समितिकै कति नेता अहिले कुन अवस्थामा छन् नेतृत्वलाई नै जानकारी छैन। केन्द्रदेखि जिल्लास्तरसम्म कहाँ कति संख्याको कमिटीसम्बन्धी तथ्यांक पनि केन्द्रीय कार्यालयसँग छैन। भद्दा र ठूलो संगठनात्मक संरचनामा जेलिएकाले केन्द्रीय कार्यालयमा पार्टी सदस्य संख्या, कमिटी, नेताहरूको जिम्मेवारी केही पनि अद्यावधिक छैन। एमालेसँग पार्टी एकता प्रक्रिया र आफ्नै पार्टीको संगठनात्मक संरचना प्रभावकारी बनाउन पनि अद्यावधिक तथ्यांक उपयोगी हुने भएकाले काम सुरु गरेको समिति तथा सचिवालय सदस्य लेखराज भट्टले जानकारी दिए। ‘पार्टी एकतामा आएका र त्यस क्रममा भएका संगठनात्मक निर्णय व्यवस्थित र अद्यावधिक थिएनन्’, भट्टले भने, ‘तिनलाई व्यवस्थित गर्न र पार्टी सदस्य र कमिटीसम्बन्धी तथ्यांक चुस्तदुरुस्त पार्ने काम सुरु भएको छ।’ माओवादीको पार्टी सदस्य साढे ३ लाखभन्दा बढी रहेको अनुमान छ। तथ्यांक संकलन गर्न समितिका सदस्यलाई प्रदेश स्तरबाटै कार्यविभाजन गरेर परिचालन गरिएको छ। एक साताभित्रै काम सक्ने गरी द्रुत गतिमा काम भइरहेको भट्टले बताए। प्रदेश १ मा काफ्ले, प्रदेश २ मा यादव, प्रदेश ३ मा पोखरेल, प्रदेश ४ र ५ मा रायमाझी, प्रदेश ६ मा बस्नेत र प्रदेश ७ मा भट्टलाई जिम्मेवारी दिइएको छ। ‘संगठनात्मक संरचनाको तथ्यांक संकलन गर्न कार्यदलको बैठक बसेर नेताको जिम्मेवारी बाँडफाँट गरिरहेका छौं, त्यसैअनुसार काम अघि बढिसकेको छ’, भट्टले भने। कार्यदलमा अहिलेसम्म भएका प्रगति र थप योजना निर्माण गर्न सोमबार अर्को बैठक बस्दै छ। कार्यदलका सदस्य सुनील मानन्धरले ३ तहमा संगठनात्मक संरचना अद्यावधिक गरिने बताए। उनका अनुसार पहिलो चरणमा नेता रामबहादुर थापालगायत १० माओवादी घटकको एकतापछि कमिटीको अवस्था, जिम्मेवारीलगायत पहिलो तथ्यांक संकलन हुनेछ। समितिले त्यसपछि पार्टी एकतामा आएका नेताकार्यकर्ताको जिम्मेवारी दोस्रो चरणमा अध्ययन गरिने र तेस्रो चरणमा एमालेसँग एकता गर्दा पार्टी कमिटीको तथ्यांक राख्ने छ। माओवादीमा नेकपा संयुक्त, देवेन्द्र पौडेललगायत नयाँ शक्तिका नेतादेखि अन्य नेता आएपछि कमिटी भद्रगोल छ। पार्टी मूल नेतृत्वले कुनै कमिटीमा निर्णय नगरि जथाभावी जिम्मेवारी दिएपछि कुन नेताले कुन जिम्मेवारी पाए, कति नेता कार्यकर्ता जिम्मेवारीबाट विमुख भए माओवादीसँग कुनै अभिलेख छैन। मोटामोटी तथ्यांक तयार भएपछि संगठन परिचालन र जिम्मेवारी व्यवस्थित गर्न सहज हुने मानन्धरले बताए। -अन्नपूर्ण पोष्टबाट