पारस र ज्ञानेन्द्रकाे जाेडी आउट

काठमाडौं, फागुन २६ । आइसीसी एकदिवशिय विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेलिरहेको नेपालले तेस्रो विकेटका रुपमा कप्तान पारस खड्कालाई गुमाएका छ ।

पारसले ८८ बलमा १० चौका र एक छक्कासहित ७५ रन बनाएका थिए । उनलाई मोहम्मद नाबीको बलमा समिउल्लाह शेनवारीले क्याचआउट गरेका हुन् ।

दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन बनाएर आउट भए । उनलाई अफगानिस्तानका कप्तान राशिद खानले एलबीडब्ल्यू आउट गरेका हुन् । पहिलो विकेटका रुपमा नेपालले अनिलकुमार साहलाई ७ रनमै गुमाएको थियो ।

अहिले ३१ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ११६ रन बनाएको छन् । अहिले क्रिजमा दिपेन्द्रसिंह एेरी र रोहितकुमार पौडेलले व्याटिङ गरिरहेका छन् ।

वाम गठबन्धनको सरकारले भ्रष्टाचारीलाई जेल हाल्छ–नेता नेपाल

रौतहट, फागुन २५ । नेकपा एमालेका नेता माधवकुमार नेपालले वाम गठबन्धनको सरकारले भ्रष्टाचारीलाई जेल हाल्ने बताउनुभएको छ । जिल्लाको यमुनामाई गाँउपालिका झुनखुन्वामा कालोपत्रे सडक शिलान्यास गर्दै उहाँले भन्नुभयो, “यदि कसैले भ्रष्टाचार गरेको छ भने अहिले नै फिर्ता गर नत्र पछि कुनै शीप लाग्दैन पछुतोमा पर्ने छ ।” स्थानीय निकायमा राम्रो काम गर्नेलाई पुरस्कार र भ्रष्टाचार गर्नेलाई जेल हाल्ने वाम सरकारको योजना रहेको उहाँले प्रस्ट पार्नुभयो । गौर गरुडा चन्द्रपुर सडकखण्डको उदाहरण दिँदै उहाँले आज शिलान्यास भएको विभिन्न ठाँउका ५२ किलोमिटर कालोपत्रे सडक पनि त्यस्तै मजबूत बनाउन ठेकदार र कर्मचारीको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभा सदस्य प्रभू साहले निर्वाचनअघि आफूले सार्वजनिक गरेको घोषणापत्रमा यस क्षेत्रलाई धुवारहित बनाउने योजनाअनुसार दुईसय परिवारलाई ग्यास सिलिण्डर, ग्यास र चुल्हो वितरण गरेको बताउनुभयो ।

राष्ट्रपतिमा भण्डारीलाई राजपाको समर्थन

काठमाडौं, फागुन २५ । राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा नेकपा एमालेका उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ । राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको सो पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो । उहाँका अनुसार वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको छ । सत्ता नेतृत्वकर्ता एमाले र नेकपा माओवादी केन्द्र सँग भइरहेका छलफल र वार्ता सकारात्मक ढंगले अघि बढिरहेकाले पनि राष्ट्रपतिमा राजपाले भण्डारीलाई समर्थन गरेको बताइन्छ । महासचिव झाले संविधान संशोधनमा कुरा मिलेपछि सरकारसँग सहकार्य गर्ने गरी छलफल चलिरहेको र सोही आधारमा राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको बताउनुभयो । राष्ट्रपति भण्डारी र नेपाली काँग्रेसका तर्फबाट लक्ष्मी राईले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धा गर्दै हुनुुहुन्छ ।

गृहमन्त्री थापाले लिए अस्पताल पुगेर बलात्कृत बालिकाको स्वास्थ्यवस्थाबारे जानकारी

काठमाडौँ, फागुन २५ । गृहमन्त्री रामबहादुर थापाले गत हप्ता पर्सामा बलात्कारमा परेकी एक बालिकाको स्वास्थ्यावस्थाबारे आज जानकारी लिनुभएको छ । मन्त्री थापाले बालिका उपचाररत राजधानीको ग्रिनसिटी अस्पतालमा पुगी स्वास्थ्यावस्थाबारे जानकारी लिँदै घटनामा संलग्न अपराधीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । गृहमन्त्रीले बालिकाको उपचारमा कुनै कमी नगर्न आग्रह गर्दै उनको उपचारमा सरकारबाट सहयोग हुने आश्वासन दिनुभयो । गृहमन्त्रीले बलात्कारका घटना दोहोरिन नदिन मन्त्रालयले सुरक्षा निकायलाई विशेष पहल गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । बलात्कारजस्तो जघन्य अपराधका घटनामा संलग्नलाई गरिने कारवाहीको दायरा अझ बढाउन आवश्यक रहेको बताउँदै अपराधीलाई चोख्याउन खोज्नेलाई पनि कारवाहीको दायरामा ल्याइने चेतावनी दिनुभयो । गत हप्ता बलात्कृत ती बालिकालाई गत आइतबार ल्याएर सो अस्पतालमा उपचारमा राखिएको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ । घटनामा अन्यको संलग्नताबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आफूहरुले मानवीयताका आधारमा पीडित बालिकाको निःशुल्क उपचार गरिरहेको जानकारी दिनुभयो । बलात्कारका कारण बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेकामा उपचारपछि क्रमिक सुधार हुँदै आएको उपचारमा संलग्न चिकित्सकले बताउनुभएको छ ।

विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने विषादीयुक्त तरकारी, फलफूल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल शुरु भएको छ । प्रधानमन्त्री ओलीको निर्देशनपछि मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा यही फागुन ११ मा बसेको सम्बन्धित मन्त्रालयका सचिवको बैठकले तय गरेको नियन्त्रणका उपाय बारेको छ बुँदे निर्देशन कार्यान्वयन गर्न मातहतका निकायमा पत्राचार भएको छ। एक महिनाभित्र हरेक प्रदेशमा प्रविधियुक्त नाका तोक्न पनि नेपाल सरकारले निर्देशन गरेको छ । तरकारी र खाद्य पदार्थमा विषादीको प्रयोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको सन्दर्भमा पूर्व सचेतनाका लागि सरकारले यो नयाँ पहल गरेको हो । नयाँ निर्णयको कार्यान्वयन गर्न भन्सार नाकामा सशस्त्र प्रहरी बलले कडाइका साथ चेकजाँच गर्नेछ । प्रधानमन्त्री ओली यही फागुन ३ गते नियुक्त हुनुभएको थियो । यसैगरी कृषि मन्त्रालयले तीन महिनाभित्र नेपालमा उत्पादन र आयात हुने तरकारी र फलफूलमा ‘म्याम्सिमम रेसिडियल लिमिट’ (एमआरएल) तोकी लागू गर्ने, मानव, पशुपक्षी र वनस्पति स्वास्थ्यमा विषादिबाट पर्नसक्ने नकारात्मक असर न्यूनीकरण गर्ने उद्देश्यले कृषि विकास र पशुपक्षी विकास मन्त्रालयले तरकारी, फलफूल, बिउबिजन र पशुपक्षी आयात गर्न पाउने हरेक प्रदेशमा प्रविधियुक्त नाका तोक्न निर्देशनमा भनिएको छ । तरकारी र खाद्य पदार्थको गुणस्तर मापन प्रणालीमा सुधार गर्ने पनि निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिपत्रमा जनाइएको छ । हाल विदेशबाट आयात तथा प्रयोग हुने तरकारी र खाद्य पदार्थमा के कति विषादीको प्रयोग भइरहेको छ भन्नेबारेमा यकिन विवरण छैन । नेपालमा तरकारी र खाद्य पदार्थको आयात बढी मात्रामा छिमेकी भारतबाट हुने गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा स्थानीय विकास, कृषि, गृह, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । कार्यान्वयनकै लागि आपूर्ति मन्त्रालयको यही फागुन १५ को आग्रहबमोजिम स्थानीय विकास मन्त्रालयले यही फागुन २२ मा सबै स्थानीय तह (जिसस, महानगर, उपमहानगर र गाउँपालिका) लाई पत्राचार गरी मुख्यसचिवसहितको बैठकले गरेको निर्णयबारे जानकारी गराएको छ । कृषि मन्त्रालयका प्रवक्ता डा योगेन्द्रकुमार कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनबमोजिम आफूहरुले नियन्त्रणका उपायका लागि आवश्यक तयारी गरेको जानकारी दिनुभयो । उहाँले सोबारे थप काम अघि बढाउन मन्त्रालयको योजना महाशाखाले आउदो आइतबार सम्बन्ध निकायका पदाधिकारीको बैठक तय गरेको बताउनुभयो । सो निर्णय कार्यान्वयको प्रगतिबारे हरेक महिना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पूर्वाधार विकास हेर्ने सचिवको अध्यक्षतामा समीक्षा बैठक आयोजना हुनेछ । रासस

दोलखामा बैठकमै प्रमुखले कुटे उपप्रमुख

दोलखा, फागुन २५ । केन्द्र विवादमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको अवस्था पुगेको छ । बैठकस्थलमै दोलखाको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकलाई अध्यक्ष विनकुमार थामीले हातपात गरेका हुन् । आजको अन्नपूर्ण पोस्टको दोस्रो पृष्ठमा खबर छापिएको छ । आफ्नो नेतृत्वको समूहले निर्णयपुस्तिका लिएपछि अध्यक्ष थामी नेतृत्वको समूहले आफूहरुमाथि हातपात गरिएको उपाध्यक्ष पाठकले बताएकी छन् । कालिञ्चोक गाउँपालिकाको केन्द्र सार्ने विषयमा जनप्रतिनिधिबीच विवाद देखिएको हो । गाउँपालिकाको अस्थायी केन्द्र सुनखानीमै राख्ने वा लापिलाङमा सार्ने भन्ने विषयमा जनप्रतिनिधिबीच विवाद हुँदा अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको स्थिति सिर्जना भएको हो । गाउँसभाको तयारीका लागि अस्थायी केन्द्र सुनखानीमा बिहीबार बसेको बैठकमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षबीच फरक-फरक मत आएको थियो ।

राष्ट्रिय सरसफाई वर्ष घोषणा गर्न प्रधानमन्त्री ओली सहमत, अभियन्तादेखि गायिकासम्मको माग

काठमाडौँ । विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार माग पत्र बुझाइएको छ । वाग्मती सफाइ महाअभियान र गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय युवा समितिले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै १७६ विशिष्ट व्यक्तिले गरेको हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् । ज्ञापनपत्र बुझ्नुहँदै प्रधानमन्त्री ओलीले सरसफाइ सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । “राजधानीलगायत देशभर चलेको सफाइ अभियानका बारेमा म जानकार छु, अभियान अझै विस्तारित र सशक्त बनाउन आवश्यक छ, यसका लागि सरकारले सहयोग गर्छ, सरसफाइ वर्ष घोषणाका लागि के के तयारी गर्नुपर्छ, त्यो सबै गरेर ल्याउन सम्बन्धित मन्त्रालयलाई भन्नेछु”, उहाँले भन्नुभयो । सरसफाइ वर्ष घोषणा गर्न आवश्यक नीति निर्माणको गृहकार्य पनि सरकारले अघि बढाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता थियो । सरसफाइ जनस्वास्थ्य र सभ्यतासँग जोडिएको संवेदनशील विषय भएको उहाँको भनाइ थियो । यसमा सरसफाइ वर्षको घोषणा गरी सरकारले नयाँ कामको थालनी गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाउनुभएको ज्ञापन पत्र बुझाउन जानुभएका गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय युवा समितिका संयोजक खेम शर्माले राससलाई जानकारी दिनुभयो । ‘समृद्ध नेपालको निर्माणका लागि पहिलो कदमका रुपमा सम्पूर्ण देशलाई सफा र स्वच्छ बनाउने उद्देश्यले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणा गर्न नेपाल सरकारलाई विशेष अनुरोध गर्दछौँ र यस पुनीत कार्यमा मन, वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’ व्यहोरामा पूर्वराष्ट्रपति डा रामवरण यादव र पाँच जना पूर्वप्रधानमन्त्रीसहित आर्थिक, सामाजिक, धार्मिक, पुरातात्विक, कलाकारिता, पत्रकारितालगायत क्षेत्रका १७६ विशिष्ट व्यक्तिले हस्ताक्षर गर्नुभएको छ । सरसफाइ वर्ष घोषणाको माग गर्दै पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, डा बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानन्यायधीश सुशीला कार्की, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित, पूर्वमन्त्री हिसिला यमी, नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट, नेपाल इन्जिनियर्स एशोसिएशनका अध्यक्ष हरेराम श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । यसैगरी नायिका एवम् वाग्मती सफाइ सद्भावनादूत मनीषा कोइराला, नायक राजेश हमाल, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, प्रियंका कार्की, सीताराम कट्टेल, एनआरएनएका संरक्षक उपेन्द्र महतो, डा भगवान् कोइराला, डा भोला रिजाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, कर्ण शाक्य, रवि लामिछाने, बालगुरु आदित्य दाहाल र व्यवसायीले पनि सरसफाइ वर्ष घोषणाको मागमा हस्ताक्षर गर्नुभएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले माग पत्रमा हस्ताक्षर गर्दै ‘हरेक व्यक्तिमा सफाइका विषयमा सचेतना जगाउन विसं २०७५ सफल हुन सकोस्’ भन्ने कामना गर्नुभएको छ । सरसफाइ वर्ष घोषणासँगै जथाभावी फोहर गर्नेलाई कारबाहीका लागि कडा कानून बनाई कार्यान्वयन गरेर सफा नेपालको अभियान शुरु गर्ने तयारी भएको छ । नायिका एवम् वाग्मती सफाइदूत कोइरालाले सफा नेपाल बनाउनु सबै नेपालीको कर्तव्य हुनुपर्ने उल्लेख गर्नुहुँदै जन्मभूमिको सफाइमा जुट्न सरसफाइ वर्षको आवश्यकता रहेको हस्ताक्षर पत्रमा उल्लेख गर्नुभएको छ । साहित्यकार डा झमककुमारी घिमिरेले नेपाल सफा, नेपाली मन सफा, स्वच्छ नेपाल, स्वस्थ नेपाली भन्ने धारणाप्रति ऐक्यबद्धता जनाउन विसं २०७५ लाई सरसफाइ वर्ष घोषणा गरिनुपर्ने उल्लेख गर्नुभएको छ । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकाका नदी सफाइमा जागरण फैलिएको छ । उपत्यकाका रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्ते, इन्द्रमती, चक्रपथका विभिन्न स्थानमा पनि सफाइ अभियान भइरहेको छ । उपत्यकाबाट शुरु भएको अभियान हाल देशव्यापी बनेको छ । प्रमुख शहरका ४५ स्थानमा हाल सरसफाइ अभियान सञ्चालन भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ । रासस

नारी दिवसको दिन : यी महिला, जो अाफ्नाे सपनाहरु मारेर परिवारका लागि बाँचेका छन्

लिबाङ, रोल्पा । बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो । आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उहाँमा पनि थिए । तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपथ्र्याे । अभाव र गरिबीका कारण ४ कक्षाको पढाइलाई बीचमै रोकेर घरधन्दामा लागेकी देवी चाहेर पनि केही गर्न सक्नुहुन्नथ्यो । श्रीमान्को निधनको खबरले देवीलाई मर्माहत मात्र बनाएन उहाँमा जिम्मेवारी पनि थपियो । यतिबेला देवी दुई सन्तानकी आमा बनिसक्नु भएको थियो । श्रीमान्को निधन हुँदा देवीको नत आर्थिक अवस्था सवल थियो न हातमा कुनै किसिमको सीप थियो जसका कारण श्रीमान्को काजकिरिया सकेर देवी आफन्तको साथमा पुनः रोल्पा फर्किनुभयो । जिन्दगी नितान्त आफ्नो थियो तर देवी सधैँ अरुकै लागि बाँचिरहनु पर्यो । जबर्जस्ती डोली चढेकी देवीको जबर्जस्ती सिउँदो पुछियो । उहाँले परिवारको खुशीका लागि सधैँ आफ्ना खुशी सुम्पँदै जानुपरेको बताउनुभयो । विसं २०५८ मा १६ वर्षीया देवी नेपालीको तुलसीपुर नगरपालिका–९ बेलुवा दाङका २३ वर्षीय चित्रबहादुर बस्यालसँग मागी विवाह भएको थियो । विवाहपछि जिन्दगीका सुन्दर सपना बोकेर नवविवाहित जोडी छाला जुत्ताको पसल सञ्चालन गर्न रोल्पा आएको थियो । रोल्पामा छाला जुत्ताको व्यवसाय सन्तोषजनक रुपमा सञ्चालन भयो । देवीका अनुसार उहाँले घरधन्दा गर्नुहुन्थ्यो, उहाँका श्रीमान् पसल सञ्चालन गर्नुहुन्थ्यो । पसलबाट राम्रै तरिकाले दैनिकी चलिरहेका बेला देवीको जीवनमा अकस्मात् ठूलो बज्रपात भयो । आफन्त भेट्न दाङ गएका बस्यालको मोटरसाइकल दुर्घटनामा परी निधन भयो । श्रीमान्को निधनको खबरले देवीलाई मर्माहत मात्र बनाएन उहाँमा जिम्मेवारी पनि थपियो । यतिबेला देवी दुई सन्तानकी आमा बनिसक्नु भएको थियो । श्रीमान्को निधन हुँदा देवीको नत आर्थिक अवस्था सवल थियो न हातमा कुनै किसिमको सीप थियो जसका कारण श्रीमान्को काजकिरिया सकेर देवी आफन्तको साथमा पुनः रोल्पा फर्किनुभयो । “आफूलाई नीला ड्रेस लगाएर झोला बोकेर विद्यालय जाने रहर थियो पूरा हुन सकेन, अब यिनै छोरालाई पढाएर आफ्नो रहर पूरा गर्छु” उहाँले भन्नुभयो । सधैँ परनिर्भर बन्दै आएकी देवीलाई आफैँले कमाएर खर्च गर्न पाउँदाको मज्जा बेल्दै लाग्न थालेको छ । “समाजमा धेरै दिदीबहिनी आँशुमै डुबेर बाँचिरहनुभएको छ । शुरुशुरुका दिनमा देवीको धेरै आँशु बग्यो । काखका सन्तानले बाबा खै भनेर प्रश्न गर्दा धेरैपटक उहाँ बीचबाटोमै भक्कानिनुभएको थियो । कतिपटक त मध्यरातमा छिमेकीले ढोका खोलेर देवीका आँशु पुछेको उहाँले अझै भुल्नु भएको छैन । तर यसरी सधैँ रोएर बिलौना गरेर आफूलाई कमजोर बनाउनुभन्दा बरु केही गर्छु भन्ने धारणाको विकास भएपछि उहाँले श्रीमान्ले गर्दै आएको कामलाई निरन्तरता दिन थालेको बताउनुभयो । उहाँलाई शुरुशुरुमा श्रीमान्ले मजधारमा ल्याएर छोडेको पसल सञ्चालन गर्न निकै गाह्रो भयो । तर विस्तारै उहाँको क्षमतामा विकास हुँदै गएपछि व्यापार राम्रो चलेको देवीले बताउनुभयो । यसले विस्तारै उहाँको जीवनस्तरमा पनि सकारात्मक परिवर्तन हुन थाल्यो । तर दुःखको कुरा श्रीमान्को निधन भएको करिब एक महिना नपुग्दै रु साढे दुई लाखको तमसुकसहित साहु आएपछि उहाँ थप चिन्तित बन्नुभएको थियो । तर पनि करिब एक वर्ष नपुग्दै उहाँले श्रीमान्ले लगाएको ऋण चुक्ता गर्नुभयो । “शुरुशुरुमा धेरै रोएँ केही जान्दैनथेँ, कसैसँग बोल्न पनि आउँदैनथ्यो । जुत्ता तथा पसलमा भएका अन्य सामग्रीको मूल्य पनि थाहा थिएन । तर केही गर्छु भन्ने हिम्मत आएपछि सबै सहज बन्दै गयो” उहाँले भन्नुभयो । करिब रु दुई लाखबाट सञ्चालन भएको व्यवसाय हाल रु आठ लाख बराबरको पुगिसकेको छ । उहाँका दुवै छोरा सदरमुकामकै विद्यालयमा कक्षा ४ र कक्षा १ मा अध्ययनरत छन् । सम्पूर्ण घरखर्च कटाएर मासिक रु २०÷२२ हजार बचत हुँदै आएको छ भने उहाँले कोहलपुरमा एउटा घडेरीसमेत लिइसक्नुभएको छ । कठिन परिस्थितिसँग डराएर होइन हिम्मत गरेर अघि बढ्न सके सफल भइदो रहेछ भन्ने राम्रो उदाहरण बन्न सफल हुनुभएको छ, देवी । यसै कुरालाई मध्यनजर गर्दै महिला तथा बालबालिका कार्यालय, रोल्पाले महिला दिवसका अवसरमा आज देवीलाई रु पाँच हजार नगद प्रमाणपत्र र दोसल्लासहित सम्मान गर्दैछ । “आफूलाई नीला ड्रेस लगाएर झोला बोकेर विद्यालय जाने रहर थियो पूरा हुन सकेन, अब यिनै छोरालाई पढाएर आफ्नो रहर पूरा गर्छु” उहाँले भन्नुभयो । सधैँ परनिर्भर बन्दै आएकी देवीलाई आफैँले कमाएर खर्च गर्न पाउँदाको मज्जा बेल्दै लाग्न थालेको छ । “समाजमा धेरै दिदीबहिनी आँशुमै डुबेर बाँचिरहनुभएको छ । उहाँहरुलाई पनि जीवनमा केही गरेर आत्मनिर्भर बन्न सल्लाह दिन्छु” देवीले भन्नुभयो । कठिन परिस्थितिसँग डराएर होइन हिम्मत गरेर अघि बढ्न सके सफल भइदो रहेछ भन्ने राम्रो उदाहरण बन्न सफल हुनुभएको छ, देवी । यसै कुरालाई मध्यनजर गर्दै महिला तथा बालबालिका कार्यालय, रोल्पाले महिला दिवसका अवसरमा आज देवीलाई रु पाँच हजार नगद प्रमाणपत्र र दोसल्लासहित सम्मान गर्दैछ । महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले देवीको प्रशंसनीय कामको खु्ल्ला हृदयले प्रशंसा गर्नुभएको छ । उहाँका अनुसार जिल्लामा देवीजस्ता अरुकै खुशीमा रमाउनु पर्ने बाध्यता बोकेका महिलाको संख्या ठूलो छ । विभिन्न कारण तथा विभिन्न बाध्यतामा महिला आत्मनिर्भर बन्न सकिरहेका छैनन् । तर पनि देवीजस्तै संघर्ष गर्नसके अन्य महिलाको जीवनस्तरमा पनि सुधार आउने उहाँको धारणा छ । यस वर्षको महिला दिवसले सम्पूर्ण महिलालाई आत्मनिर्भर बन्न प्रेरणा मिलोस् भन्दै आचार्यले सम्पूर्ण रोल्पाली महिलालाई शुभकामना पनि दिनुभएको छ । रासस

रुकुमको त्रिवेणीमा खानेपानीको हाहाकार, एक गाग्री पानीको लागी दुई घण्टा लाइनमा

रुकुम, फागुन २४ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा खानेपानीको हाहाकार भएको छ । एक गाग्री पानीका लागि यहाँका स्थानीयलाई दुई घण्टा लाइनमा बस्नुपर्ने बाध्यता छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पानीको समस्या देखिएको हो । स्थानीयले पिउनेदेखी कपडा धुने, नुहाउने तथा बस्तुभाउलाई खुवाउने पानी समेत बोकेर खानुपर्ने बाध्यता छ । करिब ६५ घरधुरी रहेको उक्त गाउँमा पानीकै समस्याले घरको एक जनाको काम नै पानी ओसार्ने रहेको छ । पानीको अभावले गर्दा रातीका समयमा भएपनि गाइबस्तु लाई पानी खुवाउने गरिएको छ । बैशाख जेठको समयमा एक घरले एक गाग्री मात्र पानी पाउने नियम बनाइएको स्थानीय भुपालसिंह ओलीले बताए । पुस्तौंदेखी पिउनेपानीको समस्याबाट आफुहरु पीडित भएको स्थानीयको दुखेको छ । यस गाउँमा नै मुख्य रुपमा पानीको समस्या रहेको र त्यसलाई समाधान गर्नको लागी सम्बन्धित निकायले गम्भीर रुपमा चासो नदिएकाले आफुहरुको समस्या उस्तै रहेको स्थानीय मेगराज खड्का बताउँछन् । उता, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुकुमले भने सो क्षेत्रमा खानेपानी व्यवस्था गर्नका लागी कार्यालयबाट आवश्यक सर्भेको काम अगाडी बढाइने बताएको छ । स्थानीयसँग समन्वय गरी खानेपानीको समस्या समाधानाका लागि आफुहरु लागि पर्ने जिल्ला खानेपानी सरसफाई डिभिजन कार्यालयका नायव सुब्बा पुर्णबहादुर बिष्टले बताए । स्थानीयले जंगलबाट पानी ल्याएपनि वनजंगल मासिदै जानु र जनसंख्या वृद्धि हुँदै जानुले पनि खानेपानीको समस्या देखिएको हो । पेउघाको अति दुर्गममा रहेको उक्त गाउँमा खानेपानीको समयमै व्यवस्थापन हुन सकेन भने वस्ती नै जोखिममा पर्ने गुनासो स्थानीयको छ । सरोकारवाला निकायले समयमै पिउने पानीको व्यवस्थापन गरिदिए स्थानीयहरुलाई दैनिक जीवनयापनमा सहज हुने छ ।

ओली सरकारको सिफारिशमा राष्ट्रियसभामा मनोनित तीन सांसदलाई शपथका लागि बाटो खुला

काठमाडौं, फागुन २३। ओली सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेका तीन साँसदलाई शपथ ग्रहणको लागि बाटो खुलेको छ । राष्ट्रियसभामा मनोनित तीन जना सांसदको सपथग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश बुधबार खारेज भएसँगै राष्ट्रियसभामा मनोनित डा युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेलको मनोनयले बैधानिकता पाएको हो । बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेपछि अब तीन सांसदले सपथ ग्रहण गर्ने बाटो खुलेको छ । यसअघि सर्वोच्च अदालतका न्यायाशीध प्रकाश राउतको एकल इजलासले दिएको अन्तरिम आदेशका कारण अर्थमन्त्रीसमेत रहेका डा युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौड्यालले राष्ट्रियसभाको सांसद पदमा सपथ लिन पाएका थिएनन् । अब तीनैजना सांसदले सपथ ग्रहण गर्न पाउनुका साथै राष्ट्रपतिको निर्वाचनमा समेत भोट हाल्न पाउने भएका छन् ।

क्षणिक आवेकका थापाको हत्या

कैलाली । टिकापुरमा कर्ण थापाको हत्या क्षणिक आवेकका कारण भएको प्रहरीले जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर कैलाली जिल्ला प्रहरी कार्यालयले थापाको हत्या क्षणिक आवेकका कारण भएको जनाएको हो । फागुन १७ गते राती सामान्य विवाद हुँदा सन्दिप रावल र सागर पाण्डेले धारिलो हतियार प्रहार गरी कर्ण थापाको हत्या गरेको प्रहरीले जनाएको छ । होली पर्वको सांँस्कृतिक मेलामा एक आपसमा ठोकिएपछि केहि समयको विवाद पश्चात दुवै जनाले थापालाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मुत्यु भएको थियो । घटनापछि फरार रहेका टिकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १३ बस्ने १९ वर्षीय सन्दिप रावल र टीकापुरमा डेरा गरी बस्ने २१ वर्षीय सागर पाण्डेलाई काठमाडौंको बालाजुबाट फागुन २१ गते पक्राउ गरेको कैलालीका प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए । प्रमुख घिमिरेले दुबै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने बताए । घटनाका आरोपित दुवै जनालाई जन्म कैदसम्मको सजाय हुन सक्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आगलागीबाट एकको मृत्यु

चौतारा । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित स्वाँरा गाँउमा आगलागीबाट एक युवकको मृत्यु भएको छ । गएराति ९ बजेतिर भएको आगलागीमा स्थानीय रेशम सार्कीको मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । भूकम्पपछि संस्थाले बनाई दिएको अस्थायी टहरोमा एक्लै सुतिरहेको अवस्थामा आगलागी भएको थियो । मृतक धूम्रपान गर्ने भएकाले चुरोटको ठुटोबाट आगो सल्किएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका–११ चेहेरेस्थित सुनकोशी नदीमा करिब ५० वर्षीय एक पुरुषको बेवारिसे शव आज बिहान फेला परेको छ । सोबारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । रासस

डुम र चमार बस्तीमा खाद्यान्न र कपडा वितरण

पोखरा । समाजका असहाय एवं विपन्न बालबालिकाको क्षेत्रमा क्रियाशील रेन्बो चिल्ड्रेन होम नेपाल पोखराद्वारा बारा जिल्लाको महागडीमाई नगरपालिका–३ र ४ का डुम तथा चमार बस्तीमा मङ्गलबार खाद्यान्न तथा कपडा वितरण गरिएको छ । पोखराबाट खाद्यान्न, लत्ता कपडासहित गएको एक टोलीले सो स्थानका ७५ घरका ३५० जना परिवारलाई तीन लाख पचास हजार मूल्यबराबरको सामग्री वितरण गरिएको रेन्बो चिल्ड्रेन होम नेपालका निर्देशक गोमा ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त वस्तीका प्रतिपरिवार ३० केजी चामल, दुई केजी केराउ, दुई केजी चना, एक लिटर खाने तेल, एक केजी नूनसहित महिला, पुरुष र बच्चाका लागि कपडा वितरण गरिएको थियो । कार्यक्रममा महागडीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानुले खाद्यान्न तथा लत्ताकपडा वितरण गर्दै पिछडिएका वर्गको उत्थानका लागि रोजगारी सिर्जना गरी उनीहरुलाई आत्मनिर्भर बनाउनेतर्पm नगरपालिकाले तयारी गरिरहेको जानकारी दिनुभयो । बारा मेडिकल कलेजका डा लक्ष्मी थापाले स्वास्थ्य सेवामा पहुँच नपुगेका समाजका विपन्न वर्गका परिवारका लागि निःशुल्क स्वास्थ्य शिविरमार्पmत सुविधा पु¥याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । विसं २०६५ मा स्थापना भई सञ्चालनमा आएको रेन्बो चिल्ड्रेन होम नेपालले यसअघि मुलुकका विभिन्न जिल्लामा विपन्न बस्तीमा खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामग्री वितरण गरिसकेको छ । स्वदेशी तथा विदेशी दाताको सहयोगमा सञ्चालित सो संस्थाले सञ्चालन गरेको चिल्ड्रेन होममा हाल ४२ जना आवासीय रुपमा र ४६ जनालाई घरघरमा मासिक रुपमा दुई हजार पाँच सयदेखि रु छ हजारसम्म पठनपाठनमा सहयोग पु¥याउँदै आएको संस्थाका सहसंयोजक खेम लामिछानेले जानकारी दिनुभयो । रासस

राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन, एमालेले भण्डारीलाई नै दोहोर्‍याउने

काठमाडौं, फागुन २३ । राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगले यही फागुन २९ गते हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय निर्धारण गरेको हो । राष्ट्रपति चयनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० मतदाता रहेकोमा चार जनाको नाम मतदाता सूचीमा समावेश गरिएको छ । यसैबीच संसद्को सबैभन्दा ठूलो दल एमालेले पुनः विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । गएराति अबेरसम्म बसेको एमाले स्थायी कमिटी बैठकले दोस्रो कार्यकालका लागि भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको हो । हिजो साँझ साढे ५ बजेदेखि झन्डै ७ घण्टासम्म बसेको बैठकले सर्वसम्मतरुपमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभा राष्ट्रियसभा र प्रदेशसभामा वाम गठबन्धनको स्पष्ट बहुमत भएकाले भण्डारी नै अर्को कार्यकाल राष्ट्रपति बन्ने निश्चित जस्तै छ । भण्डारी यसअघि २०७२ साल कात्तिक ११ गते माओवादी केन्द्रको समर्थनमा राष्ट्रपतिमा निर्वाचित भएकी थिइन । एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रबाट उम्मेदवार हुनेछन् । माओवादी केन्द्रले पनि उपराष्ट्रपतिमा नन्दबहादुर पुनले नै निरन्तरता दिने बताइएको छ ।

कान्तिपुरविरुद्धको सुनुवाई वृहतपूर्ण इजलाशमा हुने

काठमाडौं । अदालतको अपहेलना मुद्दामा कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष, प्रधान सम्पादकलगायतको बयान लिने काम मंगलबार सकिएको छ । उक्त मुद्दाको सुनुवाइ भने अब सर्वोच्च अदालतको वृहतपूर्ण इजलासमा हुने भएको छ । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासले प्रतिवादीको बयानपछि उक्त आदेश दिएको हो । अदालतको अपहेलना मुद्दामा गएको आइतबारदेखि बयान सुरु भएको थियो । पहिलो दिन निर्देशक स्वस्तिका सिरोहियाको बयान लिइएको थियो भने आज मंगलबार अध्यक्ष कैलाश सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीको बयान लिइएको हो । प्रधान सम्पादक शर्मासँग मात्रै झण्डै तीन घण्टा बयान लिइयो, जसमा ३२ वटा प्रश्नको लिखित जवाफ लिइएको बताइएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीका ४ जन्ममिति, नागरिकतामै ३ वटा जन्ममितिलगायत शीर्षकमा समाचार लेखेको भन्दै कान्तिपुरविरुद्ध तोयानाथ ढुंगानाले अदालतको अवहेलना मुद्दा दायर गरेका हुन ।

रानीपोखरीको पुनःनिर्माणमा जथाभावी गरेको आरोपसहित मुद्दा दर्ता

काठमाडौं, फागुन २१ । सम्पदा बचाउ अभियानमा लागेका व्यक्तिहरुको एक समूहले नियम विपरीत रानीपोखरीको पुनःनिर्माण गर्न खोजिएको आरोपसहित फौज्दारी मुद्दा दर्ता गरेका छन् । महानगरीय प्रहरी कार्यालय टेकुमा दर्ता गरिएको नं ३७१ को उजुरीमा भनिएको छ – “कानून विपरीत काम गर्नेहरुमाथि अनुसन्धान गरी कारबाही होस् ।” सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ३ ९१० बमोजिम पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरे, काठमाडौँ महानगरपालिकाको भौतिक पूर्वाधार विकास विभागका निर्देशक उत्तरकुमार रेग्मी, रानीपोखरी पुनःनिर्माणको जिम्मा पाएका वल्र्डवाइड कँडेल जेभीका ठेकेदार अर्जुन कँडेललाई विपक्ष बनाएर मुद्दा दर्ता गरिएको हो । रानीपोखरीको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यान नदिई जथाभावी पुनःनिर्माण गर्न खोजिएकाले संविधानको धारा ३२ ले दिएको अधिकार प्रयोग गरी फौज्दारी मुद्दा दर्ता गरिएको सम्पदाप्रेमी मोनालिसा महर्जनले बताउनुभयो । विसं २०७२ को भूकम्पले क्षति पु¥याएको झण्डै ४०० वर्ष लामो इतिहास बोकेको रानीपोखरीको पुनःनिर्माण हाल विवादका कारण स्थगित छ ।