स्वास्थ्य शिविरको नाममा नक्कली डाक्टर बनेर पैसा उठाउने तीनजना पक्राउ

ललितपुर । नेपाल विधि विज्ञान प्रतिष्ठान (नास्ट) ले नेपालमा पाइने ६० प्रजातिका बोटविरुवाको कोडिङ गरेको छ ।

कुनै पनि प्रजातिको विरुवाको सम्पूर्ण जानकारी व्यवस्थित रुपमा इन्टरनेटमा राख्ने काम कोडिङ हो ।

विश्वका अधिकांश मुलुकले आफ्नो देशमा पाइने विरुवा सबैले हेर्न र जानकारी पाउन सक्ने गरी इन्टरनेटमा राखिएका हुन्छन् । नास्टले सन् २०१२ देखि बिरुवाको कोडिङ शुरु गरेको हो ।

विरुवाको कोडिङ गर्दा त्यस विषयमा चासो राख्ने स्वदेशी तथा विदेशी दुवैका लागि फलदायी हुन्छ, नास्टका वैज्ञानिक रामचन्द्र पौडेलले भन्नुभयो, ‘बिश्वका जुनसुकै देशमा बस्नेले पनि इन्टरनेट मार्फत् त्यो विरुवाका सम्पूर्ण ज्ञान पाउँछ ।’

यो प्रविधि शुरु भएको केही वर्षसम्म काम अघि बढ्न सकेको थिएन । अहिले वार्षिक कार्यक्रममार्फत नास्टले वर्षको १०–१५ वटासम्म बिरुवाको कोडिङ गरिरहेको छ, उहाँले भन्नुभयो, ‘एक÷दुई वर्षदेखि आवश्यक मात्रामा काम भइरहेको छ ।’

नेपालमा मात्रै पाइने रैथाने जात र अन्य देशमा पनि पाइने विरुवा गरेर दुवै खालका बोटविरुवाको कोडिङ भइरहेको उहाँले जानकारी दिनुभयो ।

कुनै पनि विरुवाको गुणहरु इन्टरनेटमा बार कोडिङ गरेर राखिएका विरुवासँग जुधाएर हेरेर विरुवा त्यहि हो÷होइन छुट्टाइन्छ । एउटै प्रजातिका विरुवामा समान गुण बढि पाइन्छ भने फरक प्रजातिमा कम पाइन्छ । रासस

आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो जित

काठमाडौं, चैत २८ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित निकालेको हो । घरेलु मैदानमा कोलकाताले दिएको २०३ रनको विशाल लक्ष्य चेन्नईले १ बल बाँकी रहदा मात्र ५ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा साम बिलिङस ५६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै शेन वाट्सनले ४२, अम्बाती रायडुले ३९ तथा कप्तान महेन्द्र सिंह धोनीले २५ रन जोडे । यस्तै रविन्द्र जडेजा र ड्याने ब्राभोले अविजित ११ – ११ रन जोडे । कोलकाताका टम कुरनले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको कोलकताले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर २०२ रनको विशाल योगफल तयार गरेको थियो । कोलकाताको लागि आन्द्रे रुसेलले अविजित ८८ रन बनाएका थिए । यस्तै रोबिन उथप्पाले २९, कप्तान दिनेश कार्तिकले २६ रन जोड्दा क्रिस लायनले २२ रन जोडे । चेन्नईका शेन वाट्सनले दुई विकेट लिए । जितसँगै चेन्नईले लिगमा ४ अंक जोडेको छ । र, चेन्नई समूहको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईले प्ले अफमा पुग्ने सम्भावना समेत बलियो बनाएको हो । चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई १ विकेटले हराएको थियो । पराजित कोलकाता २ अंक जोडेर चौथो स्थानमा छ ।

४ दिन अघि नै मेलम्ची सुरुङको ब्रेकथ्रू, २९ गते औपचारिक समारोह

काठमाडौं, चैत्र २७ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनको सुरुङको अन्तिम ब्रेक थ्रू भएको भएको छ । तर औपचारिक रुपमा भने बिहीबार एक भव्य समारोहका बीच अन्तिम ब्रेक थ्रू गरिने भएको छ । खानेपानी मन्त्री बीना मगरले मन्त्रालयकाे जिम्मेवारी सम्भालेपछि चैत्र ६ गते मेलम्ची ओयाजना निर्माणस्थलको भ्रमण गरी २५ दिन भित्र काम सक्ने गरी कार्य गर्न निर्देशन दिनु भएको थियो । त्यसपछि मन्त्री मगरले निरन्तर गरेको फलोअफले चार दिन अगाडि नै सुरुङको महत्वपूर्ण कार्य सकिने चरणमा पुगेको हो । मंगलबार मन्त्रायलमा पत्रकार सम्मेलन आयोजना गरी खनेपानी तथा सरसफाई मन्त्री बीना मगरले भनुनु भयो, ‘लामो समयको हामी सबैको प्रयास र मेहनतबाट सुरुङको सिन्धु–ग्याम्थुम खण्ड ७.५ किमी बे्रक थ्रू भएको छ । यो अन्तिम ब्रेक थ्रूपछि सुन्दारी जलबाट मेलम्ची हेडवक्र्ससम्म सुरुङ भित्रभित्रै पुग्न सकिने बवस्था बनेको छ । चैत्र २९ गते हुने एतिहासिक ब्रेक थ्रू विशेष कार्यक्रम प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायतको उपस्थितिमा हुने जानकारी गराउन पाउदा खुशी लागेको छ । यस अवसरलाई उत्सवका रुपमा बुझिदिनु हुनेछ भन्ने विश्वास लिएको छु ।’ कूल २७ दशमलव ५ किलोमिटर लामो सुरुङमध्ये सिन्धु–ग्याल्थुमखण्डको सात दशमलव पाँच किलोमिटर सुरुङ निर्माण कार्य आज सम्पन्न भएको हो । तर सुरुङ निर्माण कार्य सकिएको औपचारिक जानकारी भने यही चैत २९ गते मेलम्ची आयोजनाको कार्यालय सिन्धुपाल्चोकमा दिइने तयारी गरिएको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खानेपानी मन्त्रीलगायत विशिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ निर्माण सकिएको घोषणा गरिनेछ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो परियोजनाको सुरुङ निर्माण कार्य सन् २००८ देखि शुरु भएको हो । खानेपानी मन्त्री बिना मगरले आज मन्त्रालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार काठमाडौँवासीको मेलम्ची सपना पूरा हुने क्रममा रहेको बताउनुभयो । मेलम्ची आयोजनाको सुरुङ निर्माण सम्पन्न भए पनि काठमाडौँवासीले पानी पाउन अझै छ महिना प्रतिक्षा गर्नुपर्ने भएको छ । सुरुङको मर्मत तथा अन्य प्राविधिक काम पूरा गर्न अझै छ महिनाजति लाग्ने भएको छ । बाँधको मुख्य संरचना, सुरुङको पूर्ण मर्मत गर्ने काम बाँकी रहेकाले ती कार्य सम्पन्न गरेर काठमाडौँवासीलाई पानी उपलब्ध गराइनेछ । खानेपानी मन्त्री मगरले गत फागुनको अन्तिम साता सुरुङ निर्माण कार्य सम्पन्न गर्न आयोजनाका अधिकारीलाई निर्देशन दिनुभएको थियो । मन्त्री मगरले दिनुभएको समयसीमाभन्दा चार दिन पहिल्यै सुरुङ निर्माण सम्पन्न भएको हो । पहिलो चरणमा काठमाडौँ उपत्यकामा मेलम्ची खोलाको १७ करोड लिटर पानी आयात गरिनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको समेत गरी ५१ करोड लिटर पानी ल्याइनेछ । विसं २०५५ मा मेलम्ची खानेपानी विकास समिति स्थापना भएपश्चात् आयोजनाको विस्तृत अध्ययन, तयारी चरणका कार्य अगाडि बढाइएको थियो । त्यसमा जग्गा अधिग्रहण, सहायक पूर्वाधार निर्माण र आयोजनाको मुख्य संरचना निर्माण शुरु गरिएको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पहिलो पटक सो आयोजनाको चर्चा गर्दै निर्माण शुरु गर्ने घोषणा गर्नुभएको थियो । आयोजनाका प्रमुख रामचन्द्र देवकोटाका अनुसार मेलम्ची नदीका बाँध निर्माणदेखि सुन्दरीजलसम्म कूल २७ दशमलव ५ किमी पूर्ण क्षमताको सुरुङ निर्माण गरिएको छ । मुख्य सुरुङ सिन्धु, ग्याल्थुम र आम्बाथान सुरुङ सकिएको छ । आयोजनाको कूल लागत रु २७ अर्ब ७६ करोड छ । कूल लागतमध्ये ८० प्रतिशत एसियाली विकास बैंक र २० प्रतिशत नेपाल सरकारकोे छ । चिनियाँ ठेकेदार चाइना रेल्वेले आवश्यक काम नगर्दा ठेक्का तोडेर सन् २०१० मा इटालियन कम्पनीलाई ठेक्का दिइएको थियो । भूकम्प र अघोषित नाकाबन्दीका कारण आयोजनाको सुरुङ निर्माण कार्य एक वर्ष ढिला भएको आयोजना प्रमुख देवकोटाको भनाइ छ । गत मंसिरमा नै ग्याल्थुम–अम्बाथान खण्डको आठ दशमलव दुई किमी लामो सुरुङ निर्माण सम्पन्न भएको थियो । कमजोर चट्टान तथा भौगोलिक जटिलताका कारण पछिल्लो समयमा सुरुङ निर्माण कार्यमा जटिलता उत्पन्न भएको थियो । हालसम्म आयोजनाको कूल भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ८० प्रतिशत छ । पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न  मेलम्ची आयोजनाबाट सुन्दरीजलमा आइपुग्ने पानी प्रशोधनका लागि आठ दशमलव पाँच करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । यस्तै दोस्रो प्रशोधन केन्द्रको निर्माण कार्य जारी छ । आगामी मंसिरसम्म सो प्रशोधन केन्द्र निर्माण सम्पन्न गर्ने आयोजनाको तयारी छ । आयोजनाका प्रमुख देवकोटाले पानी प्रशोधन केन्द्रको दोस्रो खण्डसमेत निर्माण सम्पन्न गरी काठमाडौँवासीलाई सहजरुपमा खानेपानी उपलब्ध गराइनेछ । एक सय किलोमिटर पाइप बिच्छ्याउन बाँकी  आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार कूल एक हजार किमी पाइप लाइनमध्ये हालसम्म ९०० किमी पाइप बिच्छ्याइसकिएको छ । अब १०० किमी पाइप बिच्छ्याउन बाँकी रहेको निर्देशनालयका प्रमुख तिरेश खत्रीले जानकारी दिनुभयो । “बाँकी रहेको खण्डमा समेत शीघ्र पाइप बिच्छ्याउने कार्य सम्पन्न गरिनेछ । पाइपको आवश्यक परीक्षणसमेत जारी छ । तीन चार वर्ष पहिले जडान गरिएका पाइप परीक्षणमा केही समय थप लाग्न सक्छ”, प्रमुख खत्रीले भन्नुभयो । लार्के र याङग्रीको डिपिआरको काम जारी  लार्के र याङग्रीको पानी ल्याउनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयारीको काम जारी रहेको छ । आगामी तीन महिनाभित्र डिपिआरको काम सकेर आयोजनाको ढाँचा तय गरिने खानेपानी सचिव कृष्णराज बिसीले जानकारी दिनुभयो । चालु आवको अन्तयसम्म सबै प्राविधिक तयारी पूरा गरेर मेलम्चीको दोस्रो खण्ड शुरु गरिने उहाँको भनाइ छ । दोस्रो खण्डमा कूल ११ किमी सुरुङ निर्माण गर्नुपर्नेछ । काठमाडौँवासीलाई दैनिक चार घण्टा पानी  आयोजना सम्पन्न भएपछि काठमाडौँवासीलाई दैनिक पानी उपलब्ध गराउने तयारी गरिएको छ । पानी वितरणका लागि मुुख्य, सहायक र वितरण पाइप बिच्छ्याउने कार्य भइरहेको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख खत्रीले जानकारी दिनुभयो । लामो समयदेखिको सपना पूरा हुन लागेको जानकारी दिँदै उहाँले स्वच्छ पिउने पानी पाउने नागरिकको अधिकारकोसमेत सम्बोधन हुन लागेकामा खुशी व्यक्त गर्नुभयो ।

यातायात व्यवस्था कार्यालयले चन्द्रागिरिमा निःशुल्क ट्रायल’ सुरू

चन्द्रागिरि । यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ‘ट्रायल’ सेवा मंगलबारबाट चन्द्रागिरिमा शुरु गरेको छ । राजधानीको पश्चिम भेगमा रहेको नेपालकै ठुलो भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधारामा ठुलो भर्याङले मंगलबारदेखि निःशुल्क ‘ट्रायल’ सेवा सुरू गरेको हो । लाइसेन्स वितरणका लागि ‘ट्रायल’ परीक्षा लिँदा शुल्क लिने व्यवस्था गरिएकोमा सर्वोच्च अदालतमा मुद्दा परी निःशुल्क सेवा दिन आदेश भएपछि उपत्यकाका तीन कार्यालयले निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेको यातायात व्यवस्था विभागले जनाएको छ । निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेका कार्यालयमा सुकेधारा, ठूलो भर्याङ र भक्तपुरस्थित सल्लाघारी रहेको विभागले जनाएको छ । एकान्तकुनामा रहेको सुजुकी सेन्टरमा बाहेक तीन स्थानमा निशुल्क ट्रायल सञ्चालन आएका हुन । सर्वोच्च अदालतले निःशुल्क ‘ट्रायल’ लिने व्यवस्था मिलाउन आदेश दिएपछि तीनै कार्यालयले चालक प्रशिक्षण सञ्चालन गर्ने विद्यालयलाई प्रस्ताव पेश गर्न सार्वजनिक सूचना जारी गरेको थियो । जसअनुसार सुकेधारा कार्यालयका लागि तीन, ठूलो भर्याङका लागि दुई र भक्तपुरका लागि एक प्रशिक्षण केन्द्रले आवेदन दिएका थिए । आवेदन दिएका प्रशिक्षण केन्द्रलाई पालैपालो ‘ट्रायल’ गर्ने अनुमति दिएको हो । सुकेधाराको र ठूलो भर्याङ ‘ट्रायल’ गर्ने अनुमति पाएको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधाराले ४२ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रमा आज २०३ जनाको ‘ट्रायल’ भएको अध्यक्ष राजेश घिमिरेल जानकारी दिनुभयो । ठूलो भर्याङको पहिलो दिन मंगलबार भेहिकल एकेडेमीमा कार चालक अनुमतिपत्र लिन चाहनेको ‘ट्रायल’ भएको प्रबन्ध निर्देशक माधवप्रसाद अधिकारीले बताए । नेपालकै ठुलो र अत्याधुनिक तरिकाले बनाइएको हुँदा परीक्षार्थीहरूले निर्धक्क तरिकाले परीक्षा दिन कुनै समस्या नरहेको यातायात विज्ञ देवेन्द्र प्रधानले बताए । ६ करोड लगानीमा निर्माण भएको अत्याधुनिक ट्रायल सेन्टर सरकारलाई र परीक्षार्थीहरूलाई ट्रायल दिन निःशुल्क व्यवस्था गरिएको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधाराका सञ्चालक रामनारायण घिमिरेले बताए । अरु सेवा पनि छिट्टै शुरु हुने केन्द्रले जनाएको छ । एकान्तकुना कार्यालयले भने १० वर्षका लागि शुल्क लिएर ‘ट्रायल’ लिने सम्झौता गरिसकेकाले निःशुल्क हुने छैन ।

नारायणखण्ड-मुग्लिन सडकखण्डको काम अझै पूरा हुन नसक्दा यात्रुलाई सास्ती

चितवन । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ । पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन । अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रुलाई घण्टाँै जाममा बस्नुपर्ने बाध्यता छ । यसरी जाम पर्दा माथिबाट ढुंगा खसेर ज्यानै जाने खतरा रहेको एक यात्रु रमेश नेपालले बताउनुभयो। “सडक निर्माण भएको स्थानमा समस्या छैन, नेपालले भन्नुभयो, पुलको मुखमा दुई वटा गाडी नछिर्दा हिजोआज पनि घण्टाँै जामको पीडा छ ।” सडक र पुलसँगसँगै नबनाउँनाले समस्या परेको उहाँ बताउनुहुन्छ । नारायणगढ मुग्लिन सडकको करीब ३४ किलोमिटर क्षेत्रमा सडक चौडा पार्ने काम अहिले जारी छ । उक्त सडकमा १८ वटा पुल पर्छन् । त्यसमध्ये साना लगानीको खानीपुल, मौरीपुल, दासढुंगापुल र जलवीरे पुल नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले नै बनाउन थालेको छ । बाँकी १४ स्थानमा पुल निर्माण हुन सकेको छैन । नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनाल अप्ठेरा पुल निर्माण हुन नसक्दा सडक जामको समस्या भने रहेको प्रतिक्रिया दिनुहुन्छ । “बाटो ११ मिटरको छ, पुल साढे पाँच मिटरको छ, खनालले भन्नुभयो, त्यस्ता पुलमा दुईवटा गाडी जानै मान्दैनन् ।” मुख्यगरी मुग्लिनदेखि जलविरेसम्मको सात किलोमिटर अझै सास्ती छ । सडक निर्माणको काम पनि सो क्षेत्रमा बाँकी नै छ । मुग्लिनबाट आउँदाको चार वटा पुल साँघुरा छन् । त्यसमध्य ३ नम्बर पुल भने अति जोखिमपूर्ण र साँघुरो छ । त्यही पुलमा बढी जाम हुँदा तीन÷चार किलोमिटर परसम्मै गाडी रोकिन्छन् । सबै पुल निर्माण नहुँदासम्म भने यात्रुले सास्ती पाउने पक्का छ । एक त साँघुरो पुलले जाम पर्नुपर्ने र अर्काे माथिबाट खस्ने पहिरोको उत्तिकै जोखिम हुँदा यात्रु दोहोरो जोखिममा परेको एकजना यात्रु सूर्य अधिकारी बताउनुहुन्छ । नारायणगढ मुग्लिन सडक आयोजनाका अनुसार सडक निर्माणको काम भने करीब ८८ प्रतिशत सम्पन्न भएको छ । करीब ३४ किलोमिटरमध्ये २८.२ किलोमिटर कालोपत्रे भइसकेको नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर खनाल बताउनुहुन्छ । उहाँले आगामी वैशाख १५ सम्ममा सबै सक्ने गरी काम भइरहेको बताउनुभयो । रासस

बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा : बिजुक्छे

नगरकोट । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा भएको बताउनुभएको छ । भक्तपुर मध्यपुरठिमीको लायकूस्थित आदर्श माध्यामिक विद्यालयको ५३औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेले शिक्षा पाउने अधिकारबाट कसैलाई पनि वञ्चित गराउन नहुने भएकाले समुदायसँगै शिक्षकले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले देशको समसामयिक परिस्थितिबारे विद्यार्थीलाई जानकारी दिँदै विद्यार्थीलाई आलोचनात्मक तरिकाले सोच्न सक्ने बनाउन जरुरी छ भन्नुभयो । कार्यक्रममा बिजुक्छेले विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनका लागि विभिन्न किसिमले सहयोग गरेका व्यक्ति तथा संस्थालाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा मध्यपुरठिमीका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले स्थानीय तहमा आएको माध्यमिक तहसम्मको शिक्षालाई नगरपालिकाले ग्रहण गर्दै अघि बढेको बताउँदै निजी र सामुदायिक विद्यालयबीचको भिन्नता हटाउने काममा अग्रसर बन्ने बताउनुभयो । इसिडीदेखि कक्षा १२ सम्म गरी ५०४ छात्र र ४६६ जना छात्रा गरी कूल ९७० विद्यार्थी तथा ४० जनशक्ति रहेको उक्त विद्यालयको वार्षिकोत्सवमा शिक्षाका विभिन्न व्यक्तित्वले मध्यपुरठिमीको शिक्षा विकासमा आदर्श स्कूलले खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उद्धव सुजखुले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई मध्यपुरठिमीको उत्कृष्ट र नमूना विद्यालय बनाउने योजना प्रस्तुत गर्नुभयो । रासस

नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन : कोइराला

चितवन । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताउनुभयो । कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताउँदै भन्नुभयो, “दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन ।” सभापति देउवाप्रति कडा प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “पार्टी हारेको होइन व्यक्ति हारेको भन्दै हुनुहुन्छ । जबसम्म उहाँले पार्टी हारेको हो त्यसको जिम्मेवारी सभापतिको हैसियतले मैले लिन्छु भन्नु हुन्न त्यो दिनसम्म पार्टी अघि बढ्न सक्दैन ।” विधानसम्मत समयमै महाधिवेशन गरेर पार्टीलाई गति दिनुपर्ने उहाँले बताउनुभयो । एक वर्ष ११ महिना समय रहेको भन्दै उहाँले यहीभित्र विधान अधिवेशन र महाधिवेशन गरेर पार्टीलाई जीवन्त बनाउन माग गर्नुभयो । फरक प्रसंगमा उहाँले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सम्बन्ध सुधारबाहेक नयाँ काम हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “नाकाबन्दीपछि बढेको तिक्तता पुष्पकमल दाहाल, शेरबहादुर देउवा हुँदै केपी शर्मा ओलीले केही सुधार गर्नुभयो ।” डेढ वर्षअघि नै रेलको सर्वेका लागि भारत सरकारले बजेटमै ७८ करोड छुट्याएको र जलमार्गको विषय पनि पुरानै भएको उहाँले दाबी गर्नुभयो । कोइरालाले अहिलेका अर्थमन्त्री डा युवराज खतिवडा गभर्नर हुँदा र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा आर्थिक अनुशासन भताभुङ्ग भएको भन्दै नेपालको अर्थतन्त्रलाई कम्युनिष्ट अर्थमन्त्रीहरुले नै प्रभावित पारेको बताउनुभयो । उहाँले जनआन्दोलनपछि भएका सरकारमा अर्थ मन्त्रालयको नेतृत्व ७६ प्रतिशत कम्युनिष्ट र २४ प्रतिशत काँग्रेसले गरेको भन्दै अर्थतन्त्र बिगार्ने काममा काँग्रेस नभएर कम्युनिष्टहरु नै जिम्मेवार रहेको आरोप लगाउनुभयो । रासस

७ वर्षीया बालिकाको बलात्कार गर्नेलाई ढुंगाले हानेर हत्या गरियाे

काठमाडौं, चैत २६ । भारतको तेलांगनामा सात वर्षीया बालिकालाई बलात्कार गर्ने ४५ वर्षीय मजदूरलाई गाउँलेले ढुंगाले हानेर मारेका छन्। प्रहरीका अनुसार डोंकेश्वर गाविसमा शनिबार साँझ भएको हो। प्रहरीका अनुसार गाउँलेले ४५ वर्षीय सयन्नालाई रुखमा बाँधेर ढुंगा र लौरोले हानेर मारेका हुन्। ती मजदूरको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। रक्सीले मातेर आएका सयन्नाले छिमेकीकी छोरीलाई चकलेट लिने भनेर बोलाई बलात्कार गरेका थिए। बालिका कराउन थालेपछि गाउँलेले उनका बुबाआमालाई खबर गरेका थिए। घटनाबाट आक्रोशित गाउँलेले ती मजदूर सयन्नाले ढुंगा र लौरोले हानिहानी मारेका हुन्।

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौ‌ं, चैत २५ । तीन दिने भारतको राजकीय भ्रमणमा सकेर प्रधानमन्त्री केपी शर्मा ओली अहिले केही बेरमा स्वदेश फर्कँदै छन् । प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंह र अर्थ राज्यमन्त्री शिवप्रताप शुक्लाले गरेका छन् । प्रधानमन्त्री ओली साँझ ८ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम छ । भ्रमणका शुक्रबार भारत गएका ओलीले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपतिलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिका साथै, उद्योगी व्यवसायीसँग भेट गरेका थिए । प्रधानमन्त्री ओली र समकक्षी नरेन्द्र मोदीबीच नेपालको विकास र समृद्धिमा सहयोग पुर्याउने विषयमा सहमति भएको छ । कृषि, जलमार्ग र रेलमार्ग निर्माण गर्ने दुवै देशका प्रधानमन्त्रीबीच सहमति भएको छ। प्रधानमन्त्री ओलीको स्वागत पनि गृहमन्त्री सिंहले नै गरेका थिए ।

यसरी जोखिम मोलेरै अग्ला भिरमा मह शिकार

बागलुङ । गलकोट नगरपालिका–४ निलुवास्थित मौरीभीरमा शनिबार मह शिकार गरिएको छ । पाँच सय मिटर अग्लो भिरमा जोखिम मोलेर शिकारीले मह काढेका थिए । छत्तीस वर्षपछि उक्त भिरमा मह शिकार गरिएको हो । पर्यटनसँग जोड्न निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले मह शिकार (हनी हन्टिङ) महोत्सव आयोजना गरेको थियो । मह शिकारमा गलकोट नगरपालिका–१० पाण्डवखानीका अनुभवी शिकारी संलग्न थिए । बन्दोवस्तीका सामानसहित १६ जनाको टोली मह शिकारमा खटिएको थियो । शिकारी टोलीको नेतृत्व ५४ वर्षीय धनबहादुर घर्तीले गर्नुभएको थियो । ज्यानकै बाजी लगाएर कहालीलाग्दो भिरमा मह शिकार गरेको हेर्न सयौं सर्वसाधारणको भिड लागेको थियो । अन्य सहयोगीको साथमा मह काढ्ने काम टोली प्रमुख घर्ती र ३६ वर्षीय नवीन रानाले गर्नुभएको थियो । बाँसको चोया र काठ प्रयोग गरी बनाइएको भ¥याङ (पराङ)मा झुण्डिएर शिकारीले मह काढेका थिए । परम्परागत प्रविधि अपनाएर मह काढिएको शिकारी रानाले बताउनुभयो । ‘हाम्रा पूर्खाले जसरी मह शिकार गर्थे, त्यही प्रविधि र सीप हामीले अपनाएको छौं’ उहाँले भन्नुभयो । मह शिकारमा पराङ, सुथरी, झापा, दाबिलो, डोरी लगायतका सामग्री प्रयोग हुने गरेको उहाँको भनाइ थियो । शिकारी टोलीले शिकारमा जाँदा आफूसँग भएका ती सामग्री साथै लिएर जाने गर्दछन् । आँट, साहस भएको र स्वस्थ व्यक्ति मात्रै शिकारका लागि छनोट हुने गरेको प्रमुख शिकारी घर्तीले बताउनुभयो । ‘जिन्दगी दाउमा राखेर शिकार खेल्नुपर्छ’ उहाँले भन्नुभयो “यो निकै साहसिक र जोखिमपूर्ण काम हो ।” बाउबाजेका पालादेखि नै मह शिकारको चलन रहेकाले आफूहरुले पनि निरन्तरता दिएको उहाँको भनाइ थियो । निलुवा मौरीभिर पनि महको लागि उत्तम रहेको र शिकारका लागि जेठ महिना उपयुक्त मानिन्छ । दुई घारको मात्र मह शिकार गर्दा झण्डै १० किलो मह निस्केको महोत्सव अवलोकनका लागि आएका दर्शकलाई मह बाँडिएको केन्द्रका अध्यक्ष ओमकार सुवेदीले बताउनुभयो । ‘अहिले प्रचारात्मक हिसाबले मात्र मह शिकार गरिएको छ’ उहाँले भन्नुभयो, “शिकारीकै सुझावमा धेरै घारको मह काढेनौं ।” भर्खर मौरीले मह जम्मा गर्न शुरु गरेको हुँदा जेठमा सबै घारको मह काढ्न उपयुक्त हुने शिकारीले सुझाव दिएका थिए । उक्त भिरमा २० भन्दा बढी भिरमौरीको घार छन् । पहिलो पटक पर्यटन प्रवद्र्धनका रुपमा मह शिकार महोत्सव राखिए पनि पछि यसलाई व्यावसायीकरण गराइने र अध्यक्ष सुवेदीले बताउनुभयो । “बिरलै हुने गरेको मह शिकार निलुवामा गरेका छौं” अध्यक्ष सुवेदीले भन्नुभयो, “यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास छ ।” मह शिकार साहसिक कला भएकाले पर्यटकलाई आकर्षित गर्न सकिने देखिन्छ । महोत्सवका लागि गलकोट नगरपालिका, निलुवा समाज जापान लगायतका संघ संस्था र व्यक्तिले आर्थिक जुटाएका थिए । पछिल्लो समय निलुवा प्राकृतिक सुन्दरतायुक्त पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । लेकाली हावापानीमा अवस्थित निलुवामा पर्यटकीय पूर्वाधारको भने अभाव छ । बागलुङ सदरमुकामदेखि ४५ किमि गाडीको यात्रापछि निलुवा पुग्न सकिन्छ । रासस

गोली प्रहारको निन्दा गर्दै घटनाको छानविन माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन समूहले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै घटनाको अविलम्ब छानवीनको माग गरेका छन् । राप्रपाका प्रवक्ता भुवन पाठकले आज विज्ञप्ति जारी गरी केही समयदेखि हिन्दूत्वलाई कमजोर बनाउने, हिन्दू धर्मगुरु र धार्मिक संघसंस्थालाई भयभीत तुल्याउने उद्देश्यले घटना गराइएको आरोप लगाउँदै धार्मिक गुरु एवं व्यक्तित्वको सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभएको छ । विज्ञप्तिमा अपराधीलाई सजाय दिन र यस प्रकारको घटना दोहोरिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले पनि विज्ञप्ति जारी गरी घाइते आचार्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनामा संलग्न अभियुक्तलाई पहिचान गरी दण्डित गर्न आग्रह गर्नुभएको छ । एकीकृत राप्रपा (राष्ट्रवादी) का केन्द्रीय सदस्य सुन्दर पाण्डेले पनि हिन्दू धर्मका पक्षमा वकालत गर्ने गुरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई प्रहार गर्ने योजनाबद्ध शृंखलाको विरोध गर्नुभएको छ । हिन्दू जागरण अभियानका प्रदीपविक्रम राणाले ‘हिन्दू धर्म, संस्कृति, परम्परालाई हतोत्साहन गर्न गराइएको’ उक्त घटनाका अभियुक्त, मतियारर योजनाकार सबैलाई कारवाही गर्न माग गर्दै घाइते गुरुको उपचारमा विशेष ध्यान दिन सरकारसँग आग्रह गर्नुभएको छ । रासस

विद्युत आपूर्ति अनियमित, तीन दिनमा एक दिनमात्र उज्यालो

बझाङ, चैत २५ । बझाङ सदरमुकाम चैनपुरमा विद्युत् आपूर्ति नियमित नहुँदा स्थानीय समस्यामा परेका छन् । जिल्लाकै मुख्य व्यापारिक चैनपुरमा तीन दिनमा एक दिनमात्र बिजुली आउने गरेको स्थानीयले बताएका छन् । विद्युत् आपूर्ति नियमित नहुँदा उद्योगी, व्यापारी र विद्यार्थी सबैभन्दा बढी मारमा परेका छन् । ग्रामीण बस्तीमा नियमित बिजुली आउने गरेको भए पनि सदरमुकाममा भने तीन दिनमा एक दिनमात्र आउने गरेको छ । नदीमा पानीको सतह घटेकाले नियमित विद्युत् आपूर्ति गर्न नसकिएको सुर्मादेवी विद्युत् प्रालिले जनाएको छ । २ सय किलोवाट क्षमता भए पनि पानी नभएका कारण अहिले आयोजनाबाट ६५ किलोवाट मात्र विद्युत् उत्पादन भइरहेको छ । २०४५ सालमा निर्माण गरिएको यो विद्युत् आयोजना जापान सहयोग नियोगको अनुदान सहयोगमा एक वर्ष अघिमात्र मर्मत गरिएको थियो । आयोजना मर्मत गर्न ८५ करोड रुपैयाँ खर्च गरिएको थियो ।

क्रिकेटको महाकुम्भ आइपीएलको ११ औं संस्करण आजबाट शुरु हुँदै

काठमाडौं, चैत्र २४ । क्रिकेटको महाकुम्भ इन्डियन प्रिमियर लिग (आइपीए) को ११औं संस्करण आजदेखि भारतमा सुरु हुँदैछ। विश्वभरका क्रिकेटका हस्तीहरुको जमघट रहने आइपीएलमा नेपालका युवा सन्दीप लामिछाने खेल्दै छन् । आइपीएल खेल्न लागेका सन्दीप पहिलो नेपाली क्रिकेटर हुन । सन् २००८ मा सुरु भएको आइपीएललले विश्व क्रिकेटमा नयाँ प्रयोग शुरु गर्यो र टी–२० क्रिकेटको संरचना नै बदल्ने काम गर्‍यो। आइपीएलको १० संस्करण सफलता पूर्व सम्पन्न भइसकेको छ । ११औँ संस्करणको आइपीए अप्रिल ७ बाट सुरु भएर मे २७ सम्म सञ्चालन हुनेछ। लिगमा कूल ८ टोलीको सहभागिता रहनेछ। आइपीएलमा पहिलो पटक नेपाली खेलाडी समेत अनुबन्ध भएका छन्। युवा नेपाली लेगस्पीनर सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले अनुबन्ध गरेको हो। यस सिजनको उद्घाटन खेल साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्सबीच मुम्बईको घरेलु मैदान वानखडे स्टेडियममा हुनेछ। खेल राती ८ बजे सुरु हुनेछ। त्यसअघि ठूलो तामझामका साथआइपीएलको ११ औं संस्करणकोउद्घाटन समारोह हुनेछ। चेन्नाई र राजस्थान रोएल्स दुई वर्षको प्रतिबन्धपछि आइपीएलमा पुनरागमन गर्दैछन्। दुवै टिमलाई म्याच फिक्सिङ गरेको आरोपमा सन् २०१५ मा भारतको सर्वोच्च अदालतले गठन गरेको लोढा कमिटिले दुई वर्षको प्रतिबन्ध लगाएको थियो। २०१६ र २०१७ को सिजनमा यी दुई टिमको स्थानमा गुजरात लायन्स र राइजिङ पुने सुपरजेन्ट्सले खेलेका थिए। ५ पूर्व विजेता, ३ टिमले उवाधि जित्न बाँकी ११औँ संस्करणमा मुम्बई, चेन्नाई, राजस्थानसहित दुई पटकको विजेता कोलकता नाइट राइडर्स, एक पटकको विजेता सनराइजर्स हैदरावाद, अनी रोएल च्यालेन्जर्स बैंगलोर, दिल्ली डेयरडेभिल्स र किंग्स ११ पञ्जाव रहेका छन्। यस सिजन आइपीएल खेल्ने ८ मध्ये ५ टिमले यसअघि उपाधि जितिसकेका छन्। बैंगलोर, दिल्ली र पञ्जावले मात्र १० सिजन खेल्दा पनि उपाधि जित्न सकेका छैनन्। आइपीएलमा अहिलेसम्म ६ टिम च्याम्पियन बनेका छन्। अहिलेसम्म मुम्बईले सर्वाधिक ३ पटक आइपीएलको उपाधि जितेको छ। मुम्बईले सन् २०१३, २०१५ र २०१७ मा उपाधि जितको थियो। चेन्नाई र कोलकताले २(२ पटक उपाधि जित्दा, राजस्थान र सनराइजर्स र डेक्कन चार्जसले समान १ पटक उपाधि उचालेका छन्। राजस्थानले सन् २००८ को पहिलो संस्करणको उपाधि जितेको थियो भने दोस्रो संस्करणमा डेक्कन च्याम्पियन बनेको थियो। सन् २०१० र २०११ मा चेन्नाईले लगातार उपाधि जितेको थियो। कोलकताले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो। ७ भारतीय कप्तान आइपीएल ११ मा सहभागि ८ टिममध्ये ७ टिममा भारतीय खेलाडी कप्तान छन्। एक टिममा मात्र विदेशी खेलाडी कप्तानको रुपमा रहनेछन्। सनराइजर्सको कप्तानी न्यूजिल्याण्डका खेलाडी केन विलियमसनले गर्दैछन्। यसअघिका कप्तान डेविड वार्नर बल टेम्परिङ काण्डमा एक वर्षका लागि निलम्वनमा रहेका कारण काण विलियमसनले पहिलो पटक आइपीएलमा कप्तानी गर्न लागेका हुन्। यस्तै राजस्थान रोएल्सको कप्तान रहेको स्टिभ स्मिथ पनि वार्नरसँगै निलम्वनमा परेका कारण भारतीय खेलाडी अजिन्का रहानले कप्तानी गर्नेछन्। रोहित शर्माले मुम्बईको कप्तानी गर्नेछन् भने महेन्द्र सिंह धोनीले चेन्नाईको कप्तानी गर्नेछन्। विराट कोहलीले बैंगलोरको, गौतम गम्भिरले दिल्लीको, रविचन्द्रन आश्विनले पञ्जाव तथा दिनेश कार्तिकले कोलकताको कप्तानी गर्नेछन्। आइपीएलका रेकर्ड आइपीएलको एक दशक इतिहासमा विभिन्न खालको रेकर्ड बनेका छन्। सर्वाधिक विकेट लिने खेलाडी आइपीएलको यस सिजन देखिने छैनन्। श्रीलंकन लाथिस मालिंगाले आइपीएलमा सबैभन्दा धेरै विकेट लिएका छन्। यस्तै सर्वाधिक रन बनाउने खेलाडी भारतका सुरेश रैना हुन्। भारतकै कोहलीले ४ हजार ४१८ रन बनाएका छन्। मालिंगाले ११० खेलमा १५४ विकेट लिएका छन्। यस्तै रैनाले १६१ खेल खेल्दै ४ हजार ५४० रन बनाएका छन्। एक शतक र ३१ अर्धशतक प्रहार गरेका रैनाले १७३ छक्का र ४०२ चौका प्रहार गरेका छन्। यसैगरी वेष्ट इन्डिजका क्रिस गेलले आइपीएलमा सर्वाधिक शतक प्रहार गरेका छन्। गेलले १० सिजन खेल्दा ५ शतक प्रहार गरिसकेका छन्। सबैभन्दा धेरै छक्का पनि क्रिस गेलले प्रहार गरेका छन्। १०० खेल खेलेका गेलले २६५ छक्का प्रहार गरेका छन्। एकै खेलमा धेरै छक्का हान्ने रेकर्ड पनि गेलकै नाममा छ। गेलले सन् २०१३ मा पुने वारियर्स विरुद्धको खेलमा बिष्फोटक ब्याटिङ गर्दै १७५ रन बनाउने क्रममा १७ छक्का प्रहार गरेका थिए। उक्त खेलमा गेलले ३० बलमै शतक प्रहार गर्दै सबैभन्दा छिटो शतक प्रहार गर्ने रेकर्ड बनाएका थिए। सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने रेकर्ड भने वेष्टइन्डिजकै सुनिल नारिन र भारतका युसुफ पठानको नाममा छ। नारिनले सन् २०१७ मा बैँगलोरविरुद्ध तथा पठानले सन् २०१४ मा सनराइजर्स विरुद्ध १५ बलमै अर्धशतक प्रहार गरेका थिए। भारतीय खेलाडी अमित मिश्राले आइपिएलमा सर्वाधिक ३ ह्याट्रिक विकेट लिएका छन्। ११औँ सिजनमा दिल्लीबाट खेल्ने मिश्राले डेक्कनबाट २ तथा सनराइजर्सबाट १ ह्याट्रिक विकेट लिएका थिए। सन्दीप पहिलो नेपाली खेलाडी १७ वर्षीय युवा लेग स्पीनर सन्दी लामिछानेले दिल्लीले अक्सनमा २० लाख भारुमा अनुबन्ध गरेको हो। सन्दीप आइपीएलमा पुग्ने पहिलो नेपाली खेलाडी समेत हुन्। उनले दिल्लीबाट कुनै खेल खेलेमा आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बन्नेछन्। अक्सनअघि गोप्य रुपमा ट्रायल दिन दिल्ली पुगेका सन्दीपलाई अक्सनमा दिल्लीले नै किनेको हो। केही समयअघि दिल्लीका म्यानेजर र सिइओसहितको टोली काठमाडौं आएर सन्दीपलाई दिल्लीको नम्बर वान जर्सी हस्तानतरण गरेको थियो। सन्दीपलाई अनुबन्ध गरेसँगै दिल्लीले आफ्नो सामाजिक सञ्जालमा सन्दीपका बारेमा पोष्ट गर्ने, सन्दीपले खेलेका खेलहरुको फलो गर्ने लगायत काम गरिरहेको छ। यस्तै दिल्लीका कोच रहेका अष्ट्रेलियन रिक्की पोन्टिङ कप्तान गौतम गम्भिरले पनि सन्दीपको प्रशंसा गरेका छन्। सन्दीपको टोली दिल्लीको पहिलो खेल आइतवार पञ्जावसँग रहेको छ। पहिलोपोष्टबाट

के कुराले गर्दा महिला पुरुषहरुप्रति बढी आकर्षित हुने गर्छन् ?

के कुराहरुको कारण महिलाहरु पुरुषहरुसँग बढी नजिक हुनु वा आकर्षित हुन्छ त ? भन्ने गरिएको अध्ययनले यस्तो निष्कर्ष निकालेका छन्– महिलाहरू पुरुषहरूको अनुहारलाई भन्दा व्यवहारलाई नोटिस गर्छन् । महिलाहरू कुन कुराले प्रभावित हुन्छन् भन्ने कुरा धेरै पुरुषहरू जान्न चाहन्छन् । कसैलाई लाग्छ, महिलाहरू पैसा र प्रसिद्धिबाट प्रभावित हुन्छन् । कसैको विचारमा महलिाहरू पुरुषको अनुहार तथा फिटनेसलाई बढी महत्व दिन्छन् । यस्तो सोच छ भने त्यागौं है पुरुष मित्रहरू, अध्ययनले भन्छ– महिलाहरू पुरुषहरूको हाउभाउ, स्टाइल म्यानर्स एवं परिपक्वताबाट प्रभावित हुन्छन् । यस्तो छ वास्तविकता महिला पुरुषहरुप्रति अाकर्षित हुने ? महिलाहरू पुरुषले आफ्नो साथी, परिवार एवं आफन्तजनसँग कस्तो व्यवहार गर्छन् भन्ने कुरा नोटिस गरिरहेका हुन्छन् । कुनै पुरुषले आफ्नो परिवार तथा साथीसंगीप्रति प्रेम, सद्भाव तथा आदर प्रदर्शित गरे भने उनीहरू प्रभावित हुन्छन्। महिलाहरू पुरुषको इमानदारिता मन पराउँछन् । आफूसँगै हिँडेका बेला पुरुष पार्टनरले अरू महिलालाई एकोहोरो हेरेको कुरा महिलाहरू पटक्कै रुचाउँदैनन् । यस्तो व्यवहार देख्दा उनीहरूको मनमा नकारात्मक छाप बस्छ । उनीहरू पुरुष साथीबाट सम्बन्धमा इमानदारीको अपेक्षा गर्छन् । परिपक्वतालाई महिलाहरू धेरै महत्व दिन्छन् किनभने उनीहरू पुरुषहरूको समझदारीप्रति आकषिर्त हुन्छन् । महिलाहरू भावनात्मक रूपले कमजोर पुरुषलाई रुचाउँदैनन् । एक अध्ययनअनुसार महिलाहरू पुरुषको शारीरिक बनावटमा पनि ध्यान दिन्छन् । उनीहरू शक्तिशाली व्यक्तिप्रति शारीरिक रूपले आकषिर्त हुन्छन् । अध्ययनअनुसार महिलाहरू सामान्य पुरुषलाई भन्दा हृष्टपुष्ट पुरुषलाई बढी रुचाउँछन् । यसका साथै पुरुषहरूको आक्रामक स्वभावबाट पनि धेरैजसो महिला तानिन्छन् । आँखामा आँखा जुधाएर कुरा गर्ने पुरुषहरू महिलाको रोजाइमा पर्छन् । यताउति आँखा डुलाएर घुमाइफिराइ कुरा गर्ने तथा कुराकानीका क्रममा महिलाको कम्मर, स्तन तथा जाँघतिर हेर्ने पुरुषलाई रुचाउँदैनन् । महिलाहरू यस्ता पुरुषसँग धेरैबेर कुरा गर्न चाहँदैनन् । महिलाहरू देखावटी मन पराउँदैनन् । आफ्नो हैसियत उच्च छ भन्ने देखाएर महिलालाई प्रभाव पार्छु भनेर कुनै पुरुषले सोच्छ भने त्यो गलत हो । वास्तविकता के हुन्छ भने धेरैजसो महिला त्यस्ता पुरुषहरूबाट सकेसम्म टाढिन खोज्छन् ।

शिलान्यासलगत्तै अरूण तेस्रो निर्माण सुरू

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका बेला समकक्षी नरेन्द्र मोदीसंग संयुक्त रूपमा अरूण तेस्रो जलविद्युत आयोजनाको सिलान्यास गरेपछि उक्त जलविद्युत आयोजनाको निर्माणको काम औपचारिक रुपमा अगाडी बढ्ने बताइएको छ। भारत सरकारको स्वामित्वमा रहेको एसजेभीएन कम्पनीले निर्माण गर्न लागेको नेपालको ठूलो जलविद्युत आयोजनामा देखिएका जग्गा प्राप्ती तथा सडकको समस्या हल भइसकेकाले उक्त परियोजना निर्माणमा अब कुनै समस्या नभएको लगानी बोर्डको भनाई छ। भ्रमणको दोस्रो दिन चैत्र २४ गते हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीले संयुक्त रूपमा स्विच थिचेर अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने बताइएको छ। उक्त औपचारिकतासँगै ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनाको कामले गति लिने लगानी बोर्डका अधिकारीहरूले बताए। ‘प्रतिबद्धता पूरा गर्न भारतलाई घचघच्याउ’ ‘अरुण तेस्रो आयोजना अघि बढ्न बाटो खुला’ लगानी तथा जग्गासम्बन्धी समस्याका कारण प्रभावित हुन पुगेको उक्त आयोजनाका केही कामहरू शुरू भइसकेको बताउँदै लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले भने। उनले भने, “ड्याम साइट र टनेलको पहिलो र दोस्रो चरणको कामको थालनी भइसकेको छ। ठेकेदारहरू पनि आएर फिल्डमा बसिसकेका छन्। क्याम्प निर्माण र प्राविधिक कामको पनि शुरूवात भइसकेको छ। ” तीन वर्षअघि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणकै बेला लगानी बोर्ड र भारतीय कम्पनी एसजेभिएन बीच परियोजना विकास सम्झौता पीडीए भएको थियो। आयोजनाको समस्याको रूपमा रहेको जग्गाको स्वामित्व, बन क्षेत्रको प्रयोग र सडक निर्माणको काम पनि समाधान भइसकेको बताइएको छ। बन क्षेत्रको समस्या हटिसकेको छ। निजी जमिन स्वामित्वमा लिने काम पनि सम्पन्न भइसकेको छ। बाटोको थोरै समस्या थियो त्यो पनि हामीले सल्टाइसक्यौं उत्तमभक्त वाग्ले, प्रवक्ता, लगानी बोर्ड स्वामित्व १ खर्ब ४ अर्ब रूपियाँ लगानीमा निर्माण हुने सो आयोजनाका सामु अब कुनै अवरोध नहुने पनि प्रवक्ता वाग्लेले बताए। उनले भने, ” बन क्षेत्रको समस्या हटिसकेको छ। निजी जमिन स्वामित्वमा लिने काम पनि सम्पन्न भइसकेको छ। बाटोको थोरै समस्या थियो त्यो पनि हामीले सल्टाइसक्यौं।” संखुवासभा जिल्लामा पर्ने परियोजना सम्पन्न गर्न करिब ५ वर्ष लाग्ने अनुमान छ । सम्झौता अनुसार आयोजनाबाट उत्पादित कुल विद्युतको झन्डै २२ प्रतिशत बिजुली नेपाललाई नि:शुल्क उपलब्ध गराइनेछ। आयोजनाले उत्पादन थालेको २५ वर्षपछि उक्त परियोजना नेपालको स्वामित्वमा आउने पनि सम्झौतामा उल्लेख छ।

धनगढी प्रिमियर लिग : विराटनगर किंग्सद्वारा रुपन्देही पराजित

धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ । कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा रुपन्देही च्यालेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किंग्सले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८१ रन बनायो । एक सय ८२ रनको विजय लक्ष्य पछ्याउने क्रममा रुपन्देहीले सात विकेट गुमाउँदै मात्र १३९ रन बनायो । यसअघि ब्याटिङ गर्दै विराटनगरका लागि बाबर हयातले ५८ रन बनाए । उनले ३५ बलमा चार छक्का र चार चौका प्रहार गरे । ओपनरद्वय दिलीप नाथले ४३ तथा अनिलकुमार साहले ३६ रनको योगदान दिए । नाथले ३७ बलमा एक छक्का र ६ चौका तथा साहले २५ बल खेल्दै तीन छक्का र तीन चौका प्रहार गरे । कप्तान पारस खड्काले २२ तथा सौरभ खड्काले अविजित १७ रन बनाए । खड्काले १२ बल खेल्दै एक छक्का र तीन चौका हाने । बलिङतर्फ रुपन्देहीका सुफियान महमुदले दुई तथा जितेन्द्र मुखिया र सागर पुनले एक÷एक विकेट लिए । जवाफी ब्याटिङका क्रममा रुपन्देहीका लागि प्रदीप ऐरीले ५४ रन बनाए । उनले ५० बलमा दुई छक्का र चार चौका प्रहार गरें । दीपक प्रसादले १७ बल खेल्दै एक छक्का र दुई चौकासहित २२ रन बनाए । सुशन भारीले अविजित रहँदै दुई छक्का र एक चौकासहित २१ तथा कप्तान शक्ति गौचनले अविजित १४ रन बनाए । बलिङतर्फ विराटनगर किंग्सका शुभम कामतले तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दै १८ रन खर्चे । रामनरेश गिरीले दुई तथा कप्तान पारस खड्काले एक विकेट लिए । प्लेयर अफ द म्याच विराटनगर किंग्सका बाबर हयात भए । उनले रु १० हजार पुरस्कार पाए । रासस