विश्वकप: एसियाली जाइन्ट दक्षिण कोरिया स्वीडेनसँग पराजित

काठमाडौं। रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ मा आज भएको खेलमा स्वीडेनले दक्षिण कोरियालाई १–० ले पराजित गरेको छ ।

खेलको ६५ औं मिनेटमा स्वीडेनका कप्तान आन्ड्रेस ग्रान्भिस्टले पेनाल्टीमार्फत पहिलो गोल गरेका हुन । त्यही गोल जितका लागि स्वीडेनलाई प्रयाप्त भयो ।

निजहनी नोभगोरोड रंगशालामा बेलुका ५.४५ बजे शुरु भएको स्वीडेन र दक्षिण कोरियाबीचको खेलमा पहिलो हाफ बराबरीमा सकिएको छ ।

जिशिकाद्धारा मनपरी बजेट निकासा

काठमाडौं, असार ३ । तत्कालिन जिल्ला शिक्षा कार्यालय काठमाडौंलगायत ३२ जिल्ला शिक्षा कार्यालयले मनपरी बजेट निकासा गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ५५ औं बार्षिक प्रतिवेदनमा ती जिल्ला शिक्षा कार्यालयले तलबभत्तामा पाउनेभन्दा २ करोड ५५ लाख ५१ हजार रुपैयाँ बढी निकासा गरेको पाइएको छ । काठमाडौं, बारासमेत ३१ जिल्ला शिक्षा कार्यालयले सेवानिवृत्त र बिदा बसेका शिक्षकका लागि तलबभत्ताबापत १ करोड ८६ लाख ८५ हजार निकासा दिएको देखिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

सडक सञ्जाल विस्तारले स्थानीयवासी खुशी

जाजरकोट । यहाँको कुशे गाउँपालिकाभित्रका सबै वडामा सडक पुगेको छ । गाउँपालिकाभित्र रहेका नौवटा वडाभित्रको १०० किलोमिटर सडक विस्तार भएको गाउँपालिकाले जनाएको छ । केन्द्रीय बजेटदेखि गाउँपालिकाको करीब रु चार करोड बजेट परिचालन गरी सडक विस्तार गरिएको हो । कुशेगाउँपालिकाभित्र सडक निर्माण गर्न थालेको करीब पाँच वर्षभित्र नौ वडाको १२ वटा क्षेत्रमा सडक विस्तार भएको छ । केन्द्रीय योजनाअनुसार सो अबधिमा जाजरकोट–ब्युलीढुंगा जुम्ला सडकमा पर्ने पाँचकाटिया, दम्दाला, ढिमे, खुर्पालगायत गाउँमात्र सडक पहुँचमा योभन्दा अगाडि रहेको थियो भने पछिल्लो दुई वर्षको अन्तरालमा उक्त गाउँपालिकाका सबै वडा केन्द्रलाई सडक सञ्जालले जोडेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो  । वडा नं १ मा रु २५ लाख बजेटमा छ किलोमिटर दूरीको तारेचौर वडा कार्यालय सडक, वडा नं २ मा ९७ लाखको लागतमा २५ किलोमिटरको डेब्रा वडा कार्यालय–तिमिल्धारा हुँदै हिले सडक र २० लाखको लागतमा गैरीखेत–डेब्रेडाँडा आठ किलोमिटर सडक विस्तार गरिएको छ । त्यस्तै वडा नं ३ मा ५० लाखको लागतमा सात किलोमिटरको टापुचौर–डाँडाभौता सडक, वडा नं ४ मा ६५ लाखको लागतमा १५ किलोमिटरको टापुचौर–तागाचौर हुँदै वडा केन्द्र दतिउर पुग्ने सडक र वडा नं ६ मा ६५ लाखको लागतमा १२ किलोमिटर साधिबिसाउन–गाउँपालिका केन्द्र थर्पु सडक निर्माण गरिएको छ । यसैगरी उक्त गाउँपालिकाले वडा नं ५ मा ४० लाखको लागतमा आठ किलोमिटर दम्दाला–बाटुले सडक, २८ लाखको लागतमा १० किलोमिटर साधिबिसाउन–जहरगाउँ सडक, वडा नं ७ मा ५० लाखको लागतमा पानीमूल–समाइला, २५ लाखको लागतमा छ किलोमिटरको समाकोट–गुमौरी सडक र वडा नं ८ तथा ९ मा ३२ लाखको लागतमा तीन किलोमिटरको पँधेरीखोला–पैंक सडक निर्माण गरिएको हो । ‘जुम्ला–जाजरकोट सडकलाई मुख्य आधार मानेर ग्रामीण सडक निर्माण गरिएको छ । कुशेका ८० प्रतिशत गाउँ सडकसँग जोडिएका छन्  । सुन्तला तथा आलु उत्पादन, काइनाइट, टुर्मालिन पत्थरलगायत खनिज र सयौँ प्रकारका जडीबुटीले धनी यो गाउँपालिका मानिन्छ । रासस

बागलुङमा रोपाइँको चटारो

बागलुङ, जेठ २९ । असार नलाग्दै यहाँका किसान रोपाइँमा व्यस्त छन् । सिञ्चित र दुई बाली उब्जाउ हुने खेतमा छिट्टै रोपाइँ शुरु भएको हो । हालसम्म करीब १० प्रतिशत रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लव अधिकारीले जानकारी दिनुभयो । वर्षा हुन थालेपछि रोपाइँ थप सहज भएको किसान बताउँछन् । जेठ दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको गलकोट नगरपालिका–७ का सम्मरबहादुर थापाले बताउनुभयो । छिटो रोपाइँ हुनेमा गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङ क्षेत्र पर्छन् । गलकोटको मजुवा फाँट जिल्लाकै बढी धान उब्जाउ हुने थलोमा पर्छ । खोला आसपास र बाह्रैमास सिँचाइ भएको ठाउँमा रोपाइँ छिटो गरिन्छ । गहुँ र धानबालीमात्रै लगाउने खेतमा रोपाइँ छिटो हुने गरेको उहाँको भनाइ । मकैबाली हुने खेतमा मकै झिकेपछि रोपाइँ शुरु हुन्छ । करीब ९०० हेक्टरमा रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । दैनिकजसो परेको पानीले किसानलाई राहत मिलेको छ । यस वर्ष मनसुन छिटो शुरु भएकाले रोपाइँ छिट्टै सकिने अधिकृत अधिकारी बताउनुहुन्छ । जिल्लाको अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत ठाउँमा रोपाइँ ढिलो हुन्छ । बागलुङमा कूल छ हजार १२२ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । त्यसमध्ये दुई हजार ६३५ हेक्टरमा उन्नत र तीन हजार ४८७ हेक्टरमा स्थानीय जातको धानखेती गरिएको छ । धान उत्पादनमा वृद्धि गर्न उन्नत जातको खेतीतर्फ किसान आकर्षित हुन थालेका छन् । कृषि कार्यालयले उन्नत जातको धानको खेती बढाउन किसानलाई बीउ वितरण र बीज वृद्धि कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा धानखेती गरिँदै आएको छ । केही स्थानीय जातका साथै उन्नततर्फ माछापुच्छे« छुन्दुङ, हिमाली, सावित्री, जेठो बुढो, सुख्खा १, २, ३ लगायतका जातका धानको खेती गरिन्छ ।

यस्ता पनि दिन आए, नेपालबाट भारत तस्करी हुन थाल्यो पेट्रोलियम पदार्थ

काठमाडौँ। नाकाबन्दी भएको धेरै भएको छैन। नाकाबन्दी ताका सिमावर्ती बस्तीहरूमा पेट्रोलियम पदार्थको तस्करी गरेर रातारात मोटाउनेहरू धेरै थिए। तर अहिले हेर्दा अवस्था फेरिएको छ। वर्तमान समयमा नेपालबाट भारततिर पेट्रोलियम पदार्थ गइरहेको छ भन्ने कुरा सुन्दा तपाईँ पत्याउनु हुन्न होला तर यो साँचो हो। कुनै समय भारतको वर्तमान सत्ताधारी पार्टी विपक्षमा थियो र अहिलेको प्रमुख प्रतिपक्षी कांग्रेस सरकारमा। त्यसबेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा सरकारले चर्को विरोधको सामना गर्नु पर्दथ्यो। यस्तै मुद्दाहरूमा टेकेर नरेन्द्र मोदीको नेतृत्वमा भाजपा सत्तामा आयो र उसको सत्तारोहणका सुरुवाती दिनहरूमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा अंकुश मात्र लागेन यो ओरालो समेत झऱ्यो। धेरैले यसलाई ‘मोदी म्याजिक’ पनि ठाने। त्यस बेलासम्म दुई देशबिचको सम्बन्ध सुध्रिएर सीमा सुचारु भएपनि सिमा क्षेत्रका कतिपय नेपालीहरू भारतीय सिमावर्ती बजारहरूमा जाँदा आफ्ना वहनहरूमा इन्धन भराएर ल्याउने गर्दथे र कतिपय अवस्थामा उनीहरूले तोकिएको भन्दा एक-दुई रुपैयाँ बढी पनि तिर्नु परेको हुन्थ्यो। तर अब भने स्थिति उल्टिएको छ। अहिले भारतमा पेट्रोलको मूल्य नेपालको भन्दा निकै बढी छ र अचेल सिमावर्ती भारतका वासिन्दाहरू नेपाल घुम्न आउँदा आआफ्ना गाडीहरूमा नेपालको सस्तो पेट्रोल समेत भराएर लाने गर्दछन्। भारतीय मिडियामा नेपालबाट पेट्रोल तथा डीजल तस्करी हुने गरेको समाचार प्रकाशित गरेको छ।   भारतीय मिडियाले नेपालमा अपेक्षाकृत डिजल र पेट्रोल भारतको तुलनामा निकै सस्तो रहेको र नेपाली मुद्रा भारतीय मुद्राको तुलनामा सस्तो समेत भएकाले समेत भारतीयहरूलाई नेपालबाट पेट्रोल तथा डिजलको लाँदा सस्तो पर्ने गरेको उल्लेख गरेको छ। भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्लाको सिमावर्ती क्षेत्रहरूमा नेपालबाट पेट्रोलियम पदार्थ तस्करी हुने गरेको समाचार सो सम्बधी तस्बिरहरू भारतीय मिडियामा सार्वजनिक भएका छन्। बहराइच प्रदेश नं. ५ का बाँके र बर्दियासँग सिमा जोडिएको भारतीय जिल्ला हो। समाचारहरूमा नेपालबाट यसरी तस्करी गरेर ल्याइएको पेट्रोल तथा डिजल त्यस्ता व्यक्तिहरूले आफैँ प्रयोग गर्ने र मुनाफा खाएर बेच्ने गरेको उल्लेख छ। भारतीय समाचार पोर्टल उज्ज्वल प्रभातले नेपालमा भारतको तुलनामा पेट्रोल र डिजलको दाम १० देखि २० भारतीय रुपैयाँ कम पर्ने जनाएको छ। उक्त समाचार पोर्टलले यसका अतिरिक्त उत्तर प्रदेशको गोरखपुर र बिहारको सीमासँग जोडिएका बस्तीहरूमा समेत नेपालबाट पेट्रोल-डिजल तस्करी हुने गरेको जनाएको छ। यसका कारण सीमावर्ती क्षेत्रहरूमा भारतीय पेट्रोलियम पदार्थको खपत कम हुने गरेको समाचारमा उल्लेख छ। हाल भारतमा पेट्रोल तथा डिजलको मूल्य अत्यधिक रहेको छ। हाल मुम्बईमा पेट्रोल ८६ रुपैयाँ २४ पैसा र डिजल प्रतिलिटर ७३ रुपैयाँ ७९ रुपैयाँ प्रतिलिटर रहेको छ जुन नेपाली मुद्रा अनुसार क्रमशः १३८ रुपैयाँ र ११८ रुपैयाँ ६ पैसा हुन आउँछ। वर्तमान समयमा भारतमा पेट्रोलियम पदार्थमा कीर्तिमानी बढोत्तरी भएको भारतीय मिडियामा उल्लेख छ।  

वृद्ध भत्ता बढेन

सरकारले बृद्धबृद्धाको सामाजिक सुरक्षा भत्ता नबढाउने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ बजेटमा यसबारेमा केही उल्लेख गरिएको छैन । तर ७० वर्षभन्दा माथिका बृद्धबृद्धालाई एक लाखको बिमा सरकारले गर्ने उल्लेख गरिएको छ । यसअघि चुनाव ताका बृद्धबृद्धाको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएइको थियो । भने शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको भनिएको भत्ता पाउने उमेर र रकममा लागु गरिएको छैन ।

गणतन्त्र घोषणाका १३ वर्ष: निराशजनक विगत, आशावादी भविष्य

काठमाडौं, जेठ १४ । लामो राजनीतिक संक्रमणका कारण संघीय गणतन्त्र नेपाल घोषणा भएको १३ वर्ष लाग्दासमेत मुलुकको अर्थतन्त्रले अपेक्षाकृत गति लिन सकेको छैन । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राजनीतिक स्थिरता कायम भएपछि शिशु गणतन्त्रमा आर्थिक विकास र जनअपेक्षाले साकार रुप पाउने विश्वास बढेर गएको छ । संविधान निर्माणका क्रममा राजनीतिक दलहरु केन्द्रित भएको, आर्थिक विकास र समृद्धिमा ध्यान दिन नसकेको जस्ता विषयहरुले पछिल्ला दिनमा विश्राम पाएको छ । पछिल्लो पटक नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा करीब दुई तिहाइ बहुमत प्राप्त सरकार गठन भएको छ । नेपाली जनताले लामो समयदेखि खोजेको राजनीतिक स्थिरता प्राप्त भएको छ । राजनीतिक स्थिरता कारण आगामी दिनमा देशको अर्थतन्त्रले छलाङ मार्ने विश्वास र वातावरणसमेत सिर्जना भएको छ । विगतका १३ वर्षमा जनताले संघर्ष गरेर स्थापित गरेको गणतन्त्रमा अपेक्षाकृत रुपमा राहत भने पाउन सकेका छैनन् । सरकारले आइतबार नै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार पनि गणतन्त्र घोषणापछिको दश वर्षको आर्थिक वृद्धिदर औसतमा ३।४ प्रतिशत मात्रै देखिएको छ । पछिल्लो दुई वर्षदेखि विद्युत्भार कटौतीको अन्त्यपछि औद्योगिक वातावरण बनेको छ । औद्यौगिक क्षेत्रमा उत्पादनको मात्रा बढ्ने विश्वास बढेर गएको छ । यसै वर्षदेखि औद्योगिक करिडोरमा समेत विद्युत्भार कटौतीको अन्त्य भएकाले आगामी दिनमा आर्थिक वृद्धिको मात्रा बढेर जाने प्रक्षेपण गरिएको छ । आव २०७३÷७४ मा उत्पादन मूल्यका आधारमा वृद्धि दर ७।९१ र चालू आवको संशोधित अनुमानमा ५।९ पुग्ने प्रक्षेपण गरिएको छ । भूकम्पका कारण आव २०७२÷७३ मा ०।५९ प्रतिशतको वृद्धि भएको थियो । राजनीतिक स्थिरता नभएका कारण आर्थिक वृद्धि हुन नसकेको, स्वदेशमा नै रोजगारीको अवसर प्राप्त नभएका कारण ४५ लाख बढी युवा वैदेशिक रोजगारीमा खाडी, मलेशिया लगायतका मुलुकमा जानु परेको बाध्यात्मक अवस्था सिर्जना भएको छ । विगतमा जतिसुकै कष्ट भोगे पनि आगामी दिनमा आफँैले लडेर स्थापित गरेको व्यवस्थाले गरिबीको रेखामुनि रहेका जनतालाई राहत दिने अपेक्षा बढेको छ । नेपालको आर्थिक क्षेत्रका जानकारले पनि विगतमा सरकारले जनअपेक्षाअनुसार काम नगरे पनि आगामी दिनमा अपेक्षाकृत सुधार हुने विश्वास गरेका छन् । औद्योगिक वातावरण बन्दै गएको, श्रममैत्री कानून बनेको, राजनीतिक स्थिरता प्राप्त भएको, केन्द्र, प्रदेश र स्थानीय तहमा समेत नयाँ सरकार बनेको, विकास निर्माणका काममा नागरिकको सचेतना बढेका कारण पनि आगामी दिन सुखद हुने उनीहरुको भनाइ छ । हरेक राजनीतिक परिवर्तनका आफ्नै राजनीतिक, सांस्कृतिक र आर्थिक आयामहरु पनि हुने गर्छन् । प्रमुख राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी) को संयुक्त प्रयासबाट भएको जनआन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको थियो । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा विगतमा अपेक्षित रुपमा आर्थिक विकास र समृद्धि नभए पनि आगामी दिन सुखद हुने बताउनुहुन्छ । अध्यक्ष शर्मा भन्नुहुन्छ, “राजनीतिक संक्रमणका नाममा हामीले धेरै दुःख पायौँ । गएको २० वर्षमा नेपालले गुमाएको अवसरलाई पुनः प्राप्त गर्नका लागि इमान्दार भएर काम गर्नुको विकल्प छैन ।” संविधानअनुसार सरकारी, निजी र सहकारी तीन खम्बामा आधारित भएर समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने राज्यको मूल लक्ष्य छ । यो लक्ष्य प्राप्त गर्नका लागि पनि विभिन्न समयका सरकारले सार्वजनिक गरेको राम्रा नीतिलाई कार्यान्वयन गर्नुपर्ने देखिन्छ । अध्यक्ष शर्मा भन्नुहुन्छ, “गणतन्त्रलाई संस्थागत गर्न जननिर्वाचित सरकारले विश्वास गर्ने आधारहरु तयार गर्नुपर्छ । आर्थिक समृद्धि बिना कुनै पनि व्यवस्था टिकाउ हुन सक्दैन ।” जनताको जीवनस्तरमा सुधार, सहज औषधोपचारको व्यवस्था, रोजगारीको अवसर, गुणस्तरयुक्त शिक्षालगायत अन्य आधारभूत आवश्यकता सहज रुपमा प्राप्त हुने विश्वासिलो वातावरण बन्ने उहाँको भनाइ छ । सरकारले आगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आय दोब्बर बनाउने लक्ष्य सहितको नीति तथा कार्यक्रम तय गरेको छ । हाल एक हजार चार अमेरिकी डलर प्रतिव्यक्ति आय रहेको छ । यस्तै, पछिल्ला दिनमा बढ्दै गएको आर्थिक वृद्धिदरलाई समेत दोहोरो अंकमा पु¥याएर जनतालाई राहत दिने सरकारी लक्ष्य छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल भन्नुहुन्छ, “२०४६ साल पछिको राजनीतिक परिवर्तनसँगै अपनाइएको राजश्व नीतिका कारण मुलुकको आयस्रोतमा वृद्धि हुँदै आएको छ । गणतन्त्र आइसकेपछि पनि त्यसले निरन्तरता पाएकाले अर्थतन्त्रको आकार तथा आम्दानी विस्तार भएको छ ।” पछिल्ला वर्षमा वैदेशिक लगानी वृद्धि भएको छ । नीतिगत अस्पष्टताका कारण अस्थिरताका कारण अर्थतन्त्रले सही दिशा लिन नसकेको देखिन्छ । राजनीतिक संक्रमणका कारण आर्थिक विकासका मुद्दामा निर्वाचित सरकारहरुको ध्यान पुग्न नसकेको देखिन्छ । पूर्वउपाध्यक्ष डा पोखरेलले ऊर्जा र पर्यटनमा लगानीको वातावरण बनेकाले आगामी दिन सकारात्मक हुने बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक क्षेत्रमा गणतन्त्र घोषणा भएपछि उपलब्धि देखाउन अझै समय लाग्छ ।” अर्थतन्त्रको आकार बढेर रु ३० खर्बको हाराहारीमा पुगेको छ । गणतन्त्रको घोषणापछि ठूला परियोजनाहरुको निर्माण शुरु भएका छन् । ऊर्जा क्षेत्रमा लगानी बढ्दै गएको छ । कूल ग्राहस्थ्य उत्पादनको झण्डै २५ प्रतिशत राजश्वले धान्न सक्ने अवस्था सिर्जना भएको छ तर पनि राजनीतिक उपलब्धिको अनुपातमा आर्थिक गति अगाडि बढ्न नसकेको बताउनुहुन्छ अर्थशास्त्री डा चन्द्रमणि अधिकारी । उहाँ भन्नुहुन्छ, “आर्थिक वातावरण बन्दै गएको छ । प्रतिफल प्राप्त भइसकेको छैन । गणतन्त्रात्मक अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ ।” व्यापार घाटा बढ्नु, क्रियाशील जनशक्ति विदेशिनु, पूर्वाधारको अपर्याप्तताः साधन र स्रोतको अभाव, सेवा क्षेत्रबाट पनि पर्याप्त आम्दानी हुन नसकेको अवस्थाका कारण गणतन्त्रको अर्थतन्त्र अपेक्षाकृत सुधार हुन नसकेको हो । अन्तर्राष्ट्रिय व्यापारका कारण इन्धनको मूल्यवृद्धिको कारण नेपाली मुद्रा अवमूल्यन हुनु, बैंकको ब्याजदर बढ्नु, लागत खर्चमा बढोत्तरी हुनुजस्ता कारणले गर्दा अर्थतन्त्रले गति लिन नसकेको अर्थशास्त्री डा अधिकारीको भनाइ छ । संघीय लोकतान्त्रिक गणतन्त्रको तीन वटै तहलाई समन्वयात्मक रुपमा अगाडि बढाउनु र स्थानीय तथा प्रदेशको क्षमता अभिवृद्धि गर्ने, पूर्वाधार तथा उत्पादनको क्षेत्रमा बृहद् लगानी गर्ने र अर्थतन्त्रको वाहक जनशक्तिको विकासमा ध्यान दिएर अगाडि बढ्नुको विकल्प छैन । सोही अनुसार अगाडि बढेको खण्डमा गणतन्त्रको विकाससँगै आर्थिक वृद्धिको सदीक्षासमेत पूरा हुनेछ ।

तेस्रो पटक चेन्नइ आइपीएल च्याम्पियन, वाट्सनले बनाए नट आउट ११७ रन

काठमाडौं । चेन्नई सुपरकिंग्सले तेस्रो पटक इण्डियन प्रिमियर लिग ९आईपीएलको उपाधि जीतेको छ । मुम्बइको वानखेड़े स्टेडियममा हिजो साँझ भएको फाइनल खेलमा सनराइजर्स हैदराबादलाई हराउदै चेन्नइले तेस्रो पटक उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले पूरा ओभरमा ६ किकेटको क्षतीमा १७८ रन बनाएको थियो । उसका लागि कप्तान केन विलीएम्सनले ४७, युसुफ पठानले नट आउट ४५, शाकिवअल हसनले २३, शिखर धवनले २६ कार्लोस ब्रैथवेटले २१, श्रीवत्स गोस्वामी ५ र दिपक हुडाले ३ रन बनाएका थिए । मध्यम स्कोरमा रोक्न चेन्नइका ब्राबो, जडेजा, शर्मा, ठाकुर र एन्गीडीले समान एकएक विकेट लिए । १७९ रनको मध्यम लक्ष्य पाएको चेन्नइले नौ बल बाकि छदै जित हासिल गर्यो । जितका हिरो अष्ट्रेलियाका खेलाडी शेन वाट्सन बने । उनले यो संस्करणमा दोस्रो पटक शतक बनाए । हिजो भएको फाइनलमा उनले नटआउट ११७ रन बनाउदै आफ्नो टिमलाई सहजै जित दिलाए । विष्फोटक व्याटिङ वाटसनले मात्र ५७ बलमा ८ छक्का र ११ चौकाको मद्दतमा १ सय १७ रन बनाएका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । उनी आइपीएलको फाइनल प्रतियोगितामा लक्ष्य पाएर शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बनेका छन् । यस्तै, टिमका लागि सुरेश रैना ३२, अम्बाती रायडू नट आउट १६ र फाप डुप्लेसिसले १० को योगदान गरे । फाइनल अघि हैदरावादले बलिङका कारण सबै टिममाथि हावी देखिन्थ्यो । उसले चार पटक १५१ रनभन्दा कमको स्कोरमा पनि जित दर्ता गरेको थियो । तर, फाइनलमा भने उसका बलर पूरै पm्लप रहे । हैदरावादका सबैभन्दा आशा गरिएका रशिद खानलेसमेत एउटा पनि विकेट लिन सकेनन् । यसकारण पनि यो पटकको आइपीएल उपाधि चेन्नइले सजिलै जित्यो । हैदरावादका लागि संदिप शर्माले चार ओभरमा ५२ रन दिदै मात्र एक विकेट लिए, कार्लोस ब्रैथवेटले २७ रन दिएर एक विकेट झारे । चेन्नइ यस आइपीएलको सबैभन्दा बढि उमेर भएका खेलाडीले भरिपूर्ण टिम हो । उसका खेलाडीको औसत उमेर ३४ साल छ । जबकि अन्य टिमका खेलाडीको औसत उमेर २६ र २८ को बीच छ । चेन्नइले यसअघि २०१० र २०११ मा उपाधि जितेको थियो ।

दुर्घटनाग्रस्त भेटियो मकालु कार्गो विमान

सुर्खेत । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि आज बिहान ६ः१६ बजे उडेको मकालु एयरको ढल् ब्ग्व् कार्गो विमान हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको हो । विमान टुक्राटुक्रा भएको र विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिनुभयो । विमानमा चालक दलका दुई सदस्यमध्ये एकजना किरण भट्टराई रहेका र अर्का सदस्यको नाम नखुलेको उहाँले बताउनुभयो । रासस

अाज साँझ अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री अाेलीबीच भेटवार्ता

काठमाडौं । पार्टीको एकता प्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल भइरहेको छ। पार्टी एकताबारे ढिलाइ र अन्योल चिर्न आजको भेटवार्ता निर्णायक हुनसक्ने ठानिएको छ । आजै साँझ एमालेले स्थायी कमिटीको बैठक समेत बोलाएको छ ।

औद्योगिक क्षेत्र विद्युत भार कटौती मुक्त : उद्योग व्यवसायी हर्षित

काठमाडौँ । घरायसी ग्राहकले गत वर्षको असोजदेखि नै नियमित रुपमा विद्युत् पाएपनि औद्योगिक क्षेत्रका ग्राहकले दैनिक तीन घण्टा विद्युत भार कटौतीको समस्या व्यहोर्दै आएका थिए । विद्युत्को मागको तुलनामा आपूर्ति कम भएपछि औद्योगिक क्षेत्रका ग्राहकलाई प्राधिकरणले नियमित रुपमा विद्युत् उपलब्ध गराउन सकेको थिएन । पछिल्लो पटक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत्भार प्रेषण केन्द्रको स्थलगत निरीक्षण गर्नुभयो र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका अधिकारीलाई नयाँ सरकार आएको अनुभूति दिन तत्काल औद्योगिक क्षेत्रमा विद्युत्भार कटौती अन्त्य गर्न निर्देशन दिनुभयो । मन्त्री पुनको निर्देशन थियो, नयाँ सरकार, नयाँ व्यवस्था र नयाँ अपेक्षालाई पूरा गर्न नै भए पनि वैशाखको एकै दिन बाँकी रहँदासमेत औद्योगिक क्षेत्रमा विद्युत्भार कटौतीको अन्त्य गर्नुप¥यो । मन्त्री पुनको निर्देशनलगत्तै प्राधिकरणले आन्तरिक तयारी ग¥यो । कार्यकारी निर्देशक घिसिङका शब्दमा “औद्योगिक क्षेत्रलाई नियमित विद्युत् आपूर्ति गर्न सक्छौ कि सक्दैनौँ भनेर हामीले विभिन्न परीक्षण ग¥याँै । सोही परीक्षणको फलस्वरुप आज हामीले सफलता हासिल गरेका छौँ ।” प्राधिकरणले बढी विद्युत् माग हुने साँझको समयमा दैनिक तीन घण्टा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्दै आएको थियो । कार्यकारी निर्देशक घिसिङका अनुसार आजदेखि औद्योगिक क्षेत्रले पनि नियमति चौबिसै घण्टा विद्युत् पाएका छन् । बढी विद्युत् माग हुने औद्योगिक क्षेत्रमा वीरगञ्ज र हेटाँैडा रहेका छन् । यस्तै, विराटनगर, भैरहवा र नेपालगञ्जमा समेत नियमित विद्युत् आपूर्ति गरिएको छ । वैशाखमा नै नियमित वर्षा भएकाले नदीमा पानीको मात्रा बढेको छ । पानीको मात्रामा भएको बढोत्तरीका कारण पनि विद्युत् उत्पादनमा वृद्धि भएको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ । प्राधिकरणले हालसम्म ७६ जिल्लामा विद्युत् सेवा उपलब्ध गराएको छ । गत फागुन मसान्तसम्ममा प्राधिकरणको ग्राहक संख्या ३४ लाख ६५ हजार ८२२ पुगेको छ । कूल ग्राहकमध्ये ९४ प्रतिशत गार्हस्थ्य ग्राहकले ४१.८५ प्रतिशत विद्युत् उपभोग गरेका छन् । यस्तै, १.४ प्रतिशत औद्योगिक ग्राहकले ३५.६१ प्रतिशत विद्युत् उपभोग र ४.६ प्रतिशत अन्य ग्राहकले २२.५४ प्रतिशत विद्युत् उपभोग गरिरहेका छन् । प्राधिकरणका अनुसार हाल एक मेगावाट भन्दा माथिका ७३ परियोजनाले ९९५ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता राख्दछन् । यस्तै एक मेगावाट भन्दा कम क्षमताका १५ आयोजनाबाट ११ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको छ । यस्तै भारतबाट हाल ४५० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको छ । प्राधिकरणको एक मात्र जलाशययुक्त आयोजना कुलेखानी पहिलो र दोस्रोबाट नियमित रुपमा ९२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यस्तै प्राधिकरणको अर्ध जलाशयुक्त आयोजनाका रुपमा रहेको कालीगण्डकी ‘ए’बाट १४४ मेगावाट, मध्यमस्र्याङदीबाट ७० र चमेलियाबाट ३० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । “नदीमा पानीको मात्रा बढ्दै गएका कारण हामीलाई औद्योगिक क्षेत्रको विद्युत्भार कटौतीका लागि सहज भएको हो”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । खोला तथा नदीमा वृद्धि भएको पानीको बहावका कारण नदी प्रवाही आयोजनाबाट विद्युत् उत्पादनमा भएको वृद्धि, अर्धजलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी विद्युत्भार पूर्ण रुपमा अन्त्य गरिएको छ । उहाँले भन्नुभयो, “आजदेखि देशभरको विद्युत्भार कटौती इतिहास भएको छ ।” अहिले औद्योगिक ग्राहकको माग ३०० मेगावाटको हाराहारीमा रहेको घिसिङले जानकारी दिनुभयो । प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रुपमा काठमाडौँ उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई विद्युत्भार कटौतीमुक्त गरेको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पुनले आफूहरुको सकारात्मक पहलका कारण औद्योगिक क्षेत्रका ग्राहकलाई पनि नियमित विद्युत् दिन सकिएको बताउनुभयो । “सरकारको घोषणा सफल भएको छ । यस अवसरमा अब प्रणालीको सुधार तथा अन्य प्राविधिक कामलाई समेत सँगसँगै लैजानुपर्ने आवश्यकता देखिएको छ । त्यसलाई पनि हामी सुधार गर्छौं ।” प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷वितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवं विकास निर्माणका कारण समय समयमा हुन सक्ने विद्युत् आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गर्नुभयो । कम विद्युत् खपत गर्ने उपकरण चलाउन आग्रह प्राधिकरणले देशभर नै विद्युत्भार कटौतीको अन्त्य गरे पनि परम्परागत प्रसारण प्रणाली तथा बढी विद्युत् माग हुने समयमा प्राविधिक कठिनाइ तथा जटिलताका कारण समस्या आउने भन्दै त्यसमा सचेतता अपनाइदिन आग्रह गरेको छ । प्राधिकरणले ‘बिहान र बेलुकाको बढी विद्युत् माग हुने समयमा अधिकतम विद्युत् खपत हुने विद्युतीय उपकरण प्रयोग नगरिदिन र अन्य समयमा पनि ऊर्जा कम खपत गर्ने उपकरण प्रयोग गरी ऊर्जा बचतमा सहयोग गर्न अनुरोध गरेको छ । उद्योगी–व्यवसायी खुशी प्राधिकरणले औद्योगिक क्षेत्रमा समेत विद्युत्भार कटौतीमुक्त घोषणा गरेपछि उद्योगी व्यवसायी खुशी भएका छन् । उनीहरुले आगामी दिनमा औद्योगिक उत्पादन बढ्ने र रोजगारीको अवसरमा बढोत्तरी हुने तथा उत्पादकत्वमा वृद्धि हुने भन्दै हर्षित भएको प्रक्रिया दिएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योगी व्यवसायीले लामो समयदेखि राख्दै आएको माग पूरा भएको बताउनुभयो । “हामीले राजनीतिक स्थिरता र विद्युत्भार कटौतीको अन्त्य गर्न लामो समयदेखि माग गर्दै आएका थियौ । ती दुवै माग पूरा भएका छन् । अब औद्योगिक वातावरण बन्छ र आर्थिक विकासको युग पनि प्रारम्भ हुन्छ,” उहाँले भन्नुभयो । उहाँले प्रसारण तथा वितरण प्रणालीमा सुधार, तथा प्राधिकरणका तर्फबाट गर्नुपर्ने अन्य प्राविधिक कामसमेत समयमै गरिदिए सुनमा सुगन्ध हुने प्रतिक्रिया दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका औद्योगिक क्षेत्रमा पनि विद्युत् कटौती नहुने व्यवस्था लागू भएकामा खुशी व्यक्त गर्नुहुन्छ । उहाँले नियमित विद्युत् आपूर्ति तथा प्राविधिक रुपमा देखिएका कमी कमजोरीसमेत समयमै सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । पूर्वअध्यक्ष मुरारकाले विद्युत् जाँदैन भनेर गराइएको विश्वास नै आफैँमा महत्वपूर्ण रहेको बताउनुभयो । हावाहुरीले दियो तनाव प्राधिकरणले औद्योगिक क्षेत्रको विद्युत्भार कटौती अन्त्य गरेको आइतबार साँझ नै हावाहुरीका कारण तराई मधेशका केही स्थानमा वितरण प्रणालीमा समस्या पैदा भएको छ । हावाहुरीका कारण तराइ क्षेत्रमा मात्रै १०० मेगावाट विद्युत्को माग छ । प्राधिकरणका अनुसार महेन्द्रनगरबाट शुरु भएको समस्या कोहलपुर हुँदै पूर्वमा दुहबी र अनारमनीसम्म पुगेको छ । हुरीबतासले बिगारेको विद्युत् प्रणाली मर्मतसम्भार तथा सुधार गर्न सबै क्षेत्रमा प्राधिकरणले प्राविधिक टोली परिचालन गरेको र केही स्थानमा समस्यासमेत समाधान भइसकेको जनाएको छ । रासस

आइपीएलको पहिलो खेलबाटै सन्दीपलाई वाहवाही, आइपीएलले भन्यो ‘ऐतिहासिक’

काठमाडाैं । विश्व क्रिकेटमा ठूलो व्यावसायिक प्रतियोगिता मानिने इण्डियन प्रिमियर लिग आइपीएलमा नेपाली खेलाडी सन्दीप लामिछानेको पहिलो खेलको प्रदर्शनको सर्वत्र प्रशंसा भइरहेको छ। १७ वर्षीया सन्दीपले गएराति आफ्नो टोली दिल्ली डेयरडेभिल्सका तर्फबाट पहिलो म्याच खेल्ने क्रममा ‘उत्कृष्ट बलिङ’ गरेको टिप्पणी भएको छ। भारतीय टिमका कप्तान विराट कोहलीले नेतृत्व गरेको रोयल च्यालेन्जर्स ब्यांग्लोरविरूद्ध मैदानमा उत्रिएका सन्दीपले कोहली र अर्का विश्व चर्चित ब्याट्सम्यान दक्षिण अफ्रिकाका एबीडी भीलीयर्सलाई बलिङ गरेका थिए। एक विकेट लिएका सन्दीपले ‘किफायती’ बलिङ गरे पनि उनको टोली ६ बल बाँकी छँदै ५ विकेटले पराजित भएको छ। प्रतियोगिताको ११ औँ संस्करणमा दिल्लीले लिलामीमा २० लाख भारू तिरेर लिएका लामिछानेले आफ्नो टोलीले १२ औँ खेल खेल्दा मौका पाएका हुन्। नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्दीप आइपिएलमा छनोट भएको विषय राजधानीमा भएको अभिनन्दनका क्रममा चर्चा गरेकै दिन दिल्लीले उनलाई आफ्नो ‘ओपनिङ बलर’का रूपमा प्रस्तुत गरेको थियो। खेलमा उनले चार ओभर २५ रन खर्चेर एक विकेट लिएका थिए। सन्दीपको बलिङ एशोशियट राष्ट्रबाट छनोट भएर कुनै पनि क्रिकेट खेलाडीले आइपीएलको आफ्नो पहिलो खेलमा गरेको ‘उत्कृष्ट प्रदर्शन’ भएको इएसपीएन क्रिकइन्फोका खेल पत्रकार पिटर डेला पेना बताउँछन्। सन्दीपले आफ्नो पहिलो ६ बलमा ६ रन दिएका थिए भने दोस्रो ओभरमा पार्थिव पटेलको विकेट लिएका थिए। दिल्ली डेयरडेभिल्सका पाँच बलर मध्ये उक्त खेलमा उनले सबैभन्दा कम रन दिएका थिए। शनिवारको खेलमा ‘नट आउट’ ७२ रन प्रहार गरेर ‘म्यान अफ द म्याच’ बनेका ब्याट्सम्यान एबीडी भीलीयर्सले खेलपछि सन्दीपको मुक्तकण्ठले प्रशंसा गरेका छन्। उनले भनेका छन्, “लामिछाने भर्खरै १७ वर्षका छन् र उनले प्रशंसनीय खेल देखाएका छन्। यी केटाहरूले कसरी यस्तो खेल्छन् म आश्चर्यमा पर्छु। यो भारतीय क्रिकेट र समग्र क्रिकेटका लागि ठूलो उपलब्धि हो।” आफ्नो पहिलो खेलपछिको एउटा अन्तर्वार्तामा सन्दीपले दिल्ली डेयरडेभिल्सको टोलीमा स्थान पाएकोमा खुशी व्यक्त गर्दै विश्वका दुई अग्रणी ब्याट्समेनविरूद्ध बलिङ गर्न पाउनु आफैँमा उपलब्धि भएको बताएका छन्। “मैले मेरा प्रशिक्षकहरूबाट धैर्य गर्न सिकिरहेको छु, अझै लामो यात्रा गर्नुपर्नेछ, टोलीका प्रशिक्षक र सबै सदस्यबाट राम्रो सहयोग पाइरहेको छु।” सन्दीपको पहिलो खेलको प्रदर्शनलाई आइपीएलको आधिकारिक ट्विटर खातामा ‘ऐतिहासिक’ भनिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले पनि उनलाई आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेकोमा बधाई दिएको छ। खुशी व्यक्त गर्नेमा सन्दीपलाई अष्ट्रेलियामा लगेर अभ्यासको मौका दिने अष्ट्रेलियाको टोलीका पूर्वकप्तान माइकल क्लार्क पनि छन्। उनले ट्विटरमा लेखेका छन्, “मेरा साथीले आइपीएलमा पहिलो पटक खेल्ने मौका पाएका छन्, उनको कथा कति रोमाञ्चक छ!” ट्विटरमा नेपाली किक्रेट टोलीका कप्तान पारस खड्काले सन्दीपलाई शुभकामना दिँदै आफ्नो उत्कृष्ट प्रदर्शन देखाउन भनेका थिए। सन्दीपले बलिङ गरिरहँदा ट्वीट गर्दै नेपाली ब्याट्सम्यान शरद भेषावकरले सन्दीपले एकदमै राम्रो शुरूवात गरेको र आफ्नो खुशी एक तहमाथि पुगेको टिप्पणी गरेका थिए। भारतीय क्रिकेट विश्लेषक हर्ष भोग्लेले सन्दीपले विकेट लिनुलाई एउटा ठूलो क्षण भन्दै ट्वीट गरेका थिए। उनको बलिङ गर्ने शैलीलाई अष्ट्रेलियाका चर्चित खेलाडी शेन वार्नसँग दाँज्ने गरिन्छ। सन्दीपलाई उनको पहिलो खेलका लागि शुभकामना दिनेमा सनराइजर्स हैदराबादबाट खेलिरहेका अफगान बलर राशिद खान सहितका खेलाडी छन्। नेपाली क्रिकेट प्रशंसकहरूले पहिलो खेलमा सन्दीपले गरेको कसिलो बलिङको प्रंशसा सामाजिक सञ्जालमा गरिरहेका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटरमा पहिलो विकेटका लागि सन्दीपलाई बधाई दिँदै उनको सफलतामा गर्व लागेको उल्लेख गरेका छन्। कतिपयले चाहिँ दिल्ली डेयरडेभिल्सले सन्दीपलाई पहिला नै मौका दिनुपर्ने धारणा ट्विटरमा राखिरहेका छन्। निकै ठूलो लगानी रहेको र विश्व क्रिकेटमा सबैभन्दा बढी दर्शकले हेर्ने भनिएको आइपीएलमा खेल्न गएको जनवरीमा सन्दीप छानिएका थिए। यो प्रतियोगितापछि उनले वेस्ट इण्डिजका खेलाडी क्रिश गेलको क्लबबाट क्यारीबीयन लिग क्रिकेट खेल्नेछन्। सन्दीप नेपाली राष्ट्रिय टोलीको पछिल्लो पुस्ताका सर्वाधिक चर्चित खेलाडी हुन्। उनको बलिङ गर्ने शैलीलाई अष्ट्रेलियाका चर्चित खेलाडी शेन वार्नसँग दाँज्ने गरिन्छ। १५ वर्षको उमेरमा राष्ट्रिय टोलीमा समावेश भएका सन्दीपले हालै सम्पन्न विश्व क्रिकेट डिभिजन दुईमा १७ विकेट लिएका थिए। त्यसपछि जिम्बाब्वेमा भएको डिभिजन १ क्रिकेटमा उनले गरेको प्रदर्शनले नेपाललाई एक दिवसीय क्रिकेट मान्यता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। एउटा वैवाहिक कार्यक्रममा सहभागी हुन जाने क्रममा चितवनको एउटा क्रिकेट एकेडेमीमा अभ्यास गरिरहेका सन्दीप राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक पुबुदु दसानायकेको नजरमा परेका थिए। बीबीसी

बिहान करीब ५ बजे बम विस्फोट हुँदा स्थानीय त्रसित

पाल्पा । यहाँ अाइबार बिहानै बम विस्फोट भएको छ । सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजाबट स्थानीयवासी त्रसित भएका छन् । विस्फोटक पदार्थ के भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । नजिकै भेटिएका टुक्रालाई आधार मान्दा प्रेसर कुकर बम हुनुपर्ने उहाँको अनुमान छ । यसैबीच नेकपाले आह्वान गरेको बन्दले जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो सवारी साधन छुटेका छैनन् । शैक्षिक संस्था, बजार पसल सबै ठप्प छन् । रासस

दाङ–सुर्खेत जोड्ने ६२ किमी सडकखण्डको कार्य तीव्रगतिमा

दाङ । बाइस वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने करीब ६२ किलोमिटर सडकको स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा तीव्र गतिमा अगाडि बढ्को छ । अघिल्ला वर्षभन्दा यस वर्ष विशेष रुपमा बजेटसमेत वृद्धि भएपछि निर्माणको कामले गति लिँदा पक्की सडकको यात्राको प्रतीक्षामा रहेका पश्चिम दाङवासी आशावादी बनेका छन् । सो सडक पछिल्लो समयमा प्रदेश नं ५ र ६ लाई जोड्ने लिङ्करोडका रुपमा समेत मानिन्छ । दाङको समृद्धिका रुपमा लिइएको सो सडकको कालोपत्रेको काम तीव्र गतिमा भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । विभिन्न चार तहमा काम शुरु भएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो । सडक स्तरोन्नतिको जिम्मा पाएको कालिका कन्स्ट्रक्सन प्रालिले चालु आवसम्म करीब १० किलोमिटर बाटो कालोपत्रे गरिसक्ने र डेढ वर्षभित्र दाङ, सल्यान र सुर्खेतसम्म जोड्ने बाटो निर्माण हुने बताएको छ । पोटलीदेखि वागर र रगैजादेखि बहुला खोलासम्मको छ किलोमिटर सडक पनि कालोपत्रे शुरु भएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु आवसम्म पुरन्धारासम्म सडक कालोपत्रे हुन छ । पुरन्धारादेखि दाङ र सल्यानको एक्लेवरसम्मको सडकमा सडक फराकिलो गर्ने काम चलिरहेको बताइएको छ । चार चरणमा हुने सडक कालोपत्रेको काम पोटलीदेखि हापुरेसम्म रु १४ करोड, हापुरेदेखि एकलेवरसम्म रु २० करोड र एकलेवरदेखि सल्यानका काल्चेसम्म रु साढे ४४ करोड गरी करीब रु ७५ करोडमा सडक स्तरोन्नतिको काम शुरु भएको सूचना अधिकारी गौतमले बताउनुभयो । त्यसैगरी सल्यान–दाङको सिमाना एक्लेवरसम्म विभिन्न स्थानमा नाला निर्माण र साढे पाँच मिटरको बाटो चौडा गराउने काम शुरु भएको बताइएको छ । त्यसैगरी एक्लेवरदेखि सल्यानको काल्चेसम्मको सडकमा नालीसेतु निर्माण र पर्खाल लगाउने काम पनि तीव्र रुपमा अगाडि बढेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । कालिका कन्स्ट्रक्सनले आगामी २०७७ असारसम्ममा सडक कालोपत्रेको काम सम्पन्न गर्ने गरी सम्झौता गरेको सडकले जनाएको छ । ‘‘सडक निर्माणको काम तीव्र रुपले अगाडि बढेको छ तर विभिन्न सडकखण्डमा वनको जग्गा परेकाले अलि काममा अवरोध भएको छ”, गौतमले भन्नुभयो । वन कार्यालयले समयमै सडक वरपर क्षेत्रमा पर्ने रुख नहटाउँदा काममा बाधा पुग्ने देखिएको बताएको छ । “सम्भवतः काममा कुनै अवरोध नभए एक, डेढ वर्षमा सबै काम सम्पन्न हुनेछ”, गौतमले भन्नुभयो । दाङ, सल्यान र सुर्खेत गरी प्रदेश नं ५ र ६ लाई जोड्ने यो करीब ६२ किलोमिटर बाटो कालोपत्रे भएमा सुर्खेतसम्म करीब चार घण्टामै पुग्न सकिने र सडक जोडिएसँगै दाङको समृद्धिको ढोका खोल्ने बताएको छ । यस बाटाको स्तरोन्नति भयो भने यहाँबाट सुर्खेत, कालीकोट, जुम्ला र मुगुको रारासम्म पुग्न सहज हुने बताइएको छ । सो सडकखण्डमा पहिले यात्रा गर्दा मानिस चिन्न नसक्ने गरी धुलो उड्ने र यात्रा जोखिम हुने गरेको यात्रु बताउँछन् । हाल बाटो सहज हुँदा भने उनीहरु खुशी व्यक्त गर्छन् । “यस्तो सडक बन्ला भनेर हामीहरुको कल्पना नै थिएन तर हाल सडक धेरै सुधार भएको छ, अब कालोपत्रे भयो भने दाङको पनि विकास हुन्छ, प्रदेश नं ५ र ६ जोड्ने यो सडक बन्नु सबैका लागि राम्रो हो”, स्थानीयवासी जसराज विकले भन्नुभयो । । हाल दाङ–सुर्खेत सडकखण्डको निर्माण तीव्र गतिमा भएपछि पश्चिमवासी खुुशी भएका छन् । “यसले दाङको समृद्धिको ढोका खोल्छ अबको एक दुई वर्षमै यस क्षेत्रको विकास हुनेछ”, सल्यान कालीमाटी निवासी चन्द्रिका घर्तीले भन्नुभयो । त्यसैगरी सो सडकखण्डमा सवारी साधन सञ्चालन गर्दै आएका निमाराम वलीले पनि पहिलेभन्दा सयौँ गुणा सडकको सुधार भएको बताउनुभयो । “कति दिन गाडीको पट्टा भाँचिएर बाटोमा समस्या हुने गथ्र्यो, आजभोलि गाडी सञ्चालन गर्न सहज छ, चार घण्टामै सुर्खेत पुग्न सकिन्छ, यस सडकखण्ड धेरै छोटो र राम्रो छ”, यातायात व्यवसायी भीमसेन लहरेले भन्नुभयो । कुनै समय दाङ–सुर्खेतको यात्राका लागि एक दिन समय खर्चनुपर्ने समस्या थियो । समयसँगै बाटाको अवस्था दयनीय हुँदा यात्रु तथा यातायात व्यवसायीले हैरानी व्यहोर्नुपर्ने समय थियो । ठाउँ ठाउँमा यात्रु ओराल्नुपर्ने र गाडीमा चढेका यात्रु धुलाम्मे हुने समस्या थियो तर हिजोआज भने सो सडकखण्डमा यात्रा गर्ने यात्रुलाई सहज भएको छ । साथै पश्चिम दाङ र पूर्वी सुर्खेतवासीबीच भएको रोटीबेटीको सम्बन्धलाई समेत सो सडकले थप सहज बनाउने बताइएको छ । रासस

४ ओभर, १ विकेट, २५ रन– चर्चाको शिखरमा सन्दीप लामिछाने

नेपालका युवा क्रिकेटर, चर्चित बलर सन्दीप लामिछानेले नेपालीहरुलाई विश्वभरी चिनाउने काम गरेका छन् । आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट अनुबन्धित सन्दीप लामिछानेले आइपिएलमा डेब्यू खेलमा नै उत्कृष्ट प्रदर्शन गरेका हुन । सन्दीपले आइपिएलको नियमानुसार ४ ओभर खेले । उनले ४ ओभरमा २५ रन मात्र दिएर आफूलाई उत्कृष्ट खेलाडीको रुपमा स्थापित गर्न सफल भएका छन् ।सन्दीपले रोयल च्यालेन्जर्सका पार्थिव पटेलको विकेट लिएका हुन । पटेल सन्दीपको हातबाट एल्बिडब्ल्यु आउट भए। सन्दीपले पटेललाई आफ्नो स्पेलको तेस्रो ओभरको चौथो बलमा शिकार गरे। योसँगै विश्वभरीबाट सन्दीप सन्दीपको नाम सामाजिक सञ्जालमा गुञ्जिएको छ । सन्दीपको खेलको अहिले संसारभरि चर्चा चलिरहेको छ । युवा खेलाडी सन्दीपले नेपालीहरुको शीर गर्वले उँचो पारेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा निकै आलोचना भएको अवस्थामा सन्दीपको आजको प्रस्तुतीले संसारभरिका नेपाली निकै खुशी भएका छन् । आजतकको लाइभमा सन्दीपको प्रस्तुतीको उत्कृष्ट प्रशंसा गर्दै सन्दीपमाथि उपकार गरेको कसैले सोच्न नहुने टिप्पणी गरिएको छ । “दिल्लीका लागि सन्दीपले निकै उत्कृष्ट खेलेका छन् । उनलाई यसअघि नै खेलाइनुपथ्र्यो ।” टिप्पणीकारले भने ।

Sandip Live: आइपिएलमा सन्दीप लामिछानेको बलिङ (हेर्नुस लाइभ भिडियो)

आइपिएलको आजको खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने ब्याटिङ गर्न गइरहेका छन् । सन्दीप आइपिएलमा सहभागी हुने पहिलो नेपाली खेलाडी हुन । आजको खेलमा दिल्लीले शुरुमा ब्याटिङ गदै रोयल च्यालेन्जर ब्यांग्लोरलाई १ सय ८२ रनको लक्ष्य दिएको छ । हेर्नुस लाइभ भिडियो