भन्सारमा बेथिति : कतै दरबन्दीभन्दा बढी, कतै कर्मचारी नै छैनन्

काठमाडौं – सरकारले स्थानीय तह र प्रदेशमा कर्मचारी खटाउन सकिरहेको छैन । सरुवा गरिएका कर्मचारी काममा गएका छैनन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

तर, भन्सार कार्यालयमा भने दरबन्दीभन्दा बढी कर्मचारी थुप्रिएका छन् । सामान्य प्रशासन मन्त्रालय, मन्त्री, सचिव र ट्रेड युनियनको दबाबका कारण भन्सारमा दरबन्दीभन्दा बढी कर्मचारी खटाउने गरिएको हो ।

करछली, कमिसनजस्ता गैरकानुनी धन्दाबाट आर्थिक लाभ लिन सकिने भएकाले कर्मचारीहरू पहुँचका आधारमा भन्सार कार्यालयमा जाने गरेको पूर्वअर्थसचिव शान्तराज सुवेदीले बताए । ‘भन्सार पहिलेदेखि नै आर्थिक मामिलामा बदनाम कमाएको संस्था हो,’ सुवेदीले भने, ‘भन्सारभित्र हुने गैरआर्थिक क्रियाकलापबाट आकर्षित भएर पहुँचका आधारमा स्वार्थी कर्मचारी समूह भन्सार पुग्ने गरेको छ ।’

सामान्य प्रशासन मन्त्रालयले समेत दरबन्दी नभए पनि भन्सारमा बढी कर्मचारी पठाउने गरेको छ । सामान्यले दरबन्दीभन्दा बढी संख्यामा कार्यालय सहयोगी, ड्राइभर र कम्प्युटर अधिकृत खटाउने गरेको हो ।

भन्सार विभागमा प्रशासन हेर्ने उपसचिव टंक पाण्डे तातोपानी भन्सार बन्द भएपछि त्यहाँका कर्मचारीलाई व्यवस्थापन गर्दा केही भन्सारमा दरबन्दीभन्दा बढी कर्मचारी देखिएको बताए । तातोपानी भन्सारमा ६८ जनाको दरबन्दी रहेकामा, तीनजनालाई त्यहाँ राखेर बाँकी सबैलाई अन्य भन्सारमा खटाइएको उनले बताए ।

मदन भण्डारी गोल्डकप : फाइनलका लागि आयोजक र थ्री स्टार भिड्दै

रुपन्देही चैत १८ । बुटवलमा जारी तेश्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आइतबार अन्तीम सेमिफाइनमा आयोजक मदन भण्डारी स्र्पोट्स एकेडेमी र थ्री स्टार क्लब आम्नेसाम्ने हुँदैछन् । यो खेलको बिजेताले सोमबार उपाधिको लागि मनाङ मर्स्याङ्दीको सामना गर्नेछ । सेमिफाइनलमा सुनौलो संगम क्लब बुटवललाई ५ – ० को अन्तरले स्तब्ध पार्दै मनाङ फाइनलमा प्रवेश भएको थियो । खेल दिउँसो ३ बजेपछि रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता हुँदैन : जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका नेता तथा नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकिकरणका लागि गठित कार्यदलका सदस्य जनार्दन शर्माले सबै बिषय टुङ्गि सकेको बताएका छन् । तर पार्टी एकताको औपचारिक घोषणा प्रधानमन्त्रीको भारत भ्रमण अगाडी नहुने भएको छ । नेता शर्माले भने “आउँदो बैशाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने तय भएको छ । हामी त्यहि अनुसार छलफल र आवश्यक गृहकार्य गरिरहेका छौँ । नभए हाम्रो पार्टी एकता त चुनाव अगाडि नै भैसकेको हो । के के कुरा मिल्न बाँकी छ भन्ने प्रश्नमा उनले भने “सबै बिषयमा कुरा मिलिसकेको छ, तर  थेरै ब्यबहारिक कुराहरु छन् । विवाद कहि कतै छैन । पार्टी एकतामा जाँदा दुबै पार्टीकाे हैसियत बराबर हुनुपर्ने माओवादीले अडान लियो भन्ने छ नी भन्ने अर्को प्रश्नमा उनले  भने ” हामीले कुनै प्रकारको अडान लिएका छैनौ । अडान लिएर पनि पार्टी एकता हुन्छ त ? हामीले अडान लिएकाे भए अहिलेकाे परिस्थिति नै अाउँदैनथ्याे नी ,  कहाँ कसरी जाने, कसलाई कस्तो जिम्मेवारी दिने, पार्टी संरचना कस्तो हुने भन्नेमा बहस चलिरहेको छ न की अडान । यस्ता बिषय आएका छैनन् र आउँदैनन पनि । केहि दिन अगाडि पार्टी अध्यक्षले सार्वजनिक अभिव्यक्ति दिएको बिषय हुँदै होईन त भन्न मिलेन नी होईन ? भनेर जिज्ञासा राखदा नेता शर्माले थपे ” कति बिषयमा मैले बोल्नु हुँदैन । तपाँईलाई यत्ति भनौँ हाम्रो पार्टी एकता सम्वन्धी छलफलमा कुनै विवाद र अडान छैनन् । छलफल र बहस भएक हुन् । सबै कुरालाई यसरि नै लिनुस । ” प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि नै एकता गर्ने तयारी भए पनि छलफलका लागि पर्याप्त समय नभएपछि अब कम्युनिस्ट पार्टी स्थापना दिवसकै दिन एकता गर्नु उपयुक्त हुने नेताहरूले बताउन थालेका छन् । नेकपा एमालेका नेता तथा नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकतासम्बन्धी विधान बनाउन गठित कार्यदलका सदस्य वेदुराम भुसालले पनि  पार्टी एकताका लागि उपयुक्त दिन स्थापना दिवस नै भएकाे बताए । ‘ पार्टी एकताकाे अाेपचारिक घाेषणा गर्ने ९ गते कै तयारी छ,’  नेता भुसालले भने ।  

डीपीएल क्रिकेट : उद्घाटन खेलमा टीम चौराह र धनगढी भिड्दै

धनगढी, चैत १७ रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आज काठमाडौं गोल्डन्सले घरेलु टोली तथा साविकको विजेता टीम चौराह धनगढीको सामना गर्दैछ। दुवै टोलीले उद्घाटन खेल जित्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्य लिएकाले यी दुईबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। घरेलु टोली सोमपाल कामीको कप्तानीमा छ भने काठमाडौं राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा छ। यूएईका कप्तान रोहन मुस्तफालाई अनुबद्ध गरेसँगै धनगढीको लगातार दोस्रोपटक उपाधि उचाल्ने सपना स्पष्ट हुन्छ भने खराब लयबाट गुज्रिरहेका ज्ञानेन्द्र मल्ललाई पहिलो खेल जित्दै आलोचकहरुलाई जवाफ दिने गतिलो मौका बन्न सक्छ। ज्ञानेन्द्र आफूहरुको बलिङ पक्ष बलियो भएको बताउँछन्। ‘हाम्रो स्पिन पक्ष बलियो छ,’ उनले भने, ‘त्यसबाहेक युवा पेशबलरहरु र युवा ब्याट्सम्यानहरुले टोलीलाई सन्तुलित बनाएको छ।’ विश्वकप छनोटमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका ललितनारायण राजबंशीसँगै शाहब आलम र भारतीय खेलाडी सन्नी पटेलले काठमाडौंको स्पिन अट्याकमा छन्। किशोर महतो, रासिद खान तथा सन्तोष भट्ट उसका मिडियम पेश बलर हुन्। यस्तै, ब्याट्सम्यानमा ज्ञानेन्द्रसँगै नरेश बुढाऐर, अमित श्रेष्ठ, सन्जय श्रेष्ठ, भुपेन्द्र थापा, प्रनित थापामगर तथा विदेशी खेलाडीद्धय जयकिशन कोल्सावाला र सन्नी पटेल छन्। डीपीएलको पहिलो संस्करणको उपाधिअघि टीम चौराह धनगढीले धनगढी क्रिकेट लिग(डिसिएल)को उपाधि जितेको थियो। धनगढीका प्रशिक्षक सुनिल लामा आफूहरु उपाधिमा ह्याट्रिक गर्ने दाउँमा भएको बताए। ‘हामीले पाँच दिन अघि देखि धनगढीमा क्याम्प सुरु गरेका थियौं,’ लामाले भने, ‘टिम कम्बिनेशन राम्रो देखिन्छ। मुख्य खेलाडीका रुपमा यूएईका कप्तान रोहन मुस्ताफा टोलीसँग जोड्दा हाम्रो मनोबल उच्च छ।’ रोहनसँगै धनगढीको ब्याट्सम्यानमा सुनिल धमला, राजु रिजाल, राजेश पुलामीमगर, योगेन्द्रसिंह कार्की, सोनु तामाङ, शंकर राना छन्। यस्तै, पेशबलरको कमान कप्तान सोमपाल कामी र ललितसिंह भण्डारीले सम्हाल्नेछन्। टीम चौराह धनगढी सोमपाल कामी (कप्तान), राजेश पुलामी मगर, आंशु कन्दोई, विजय राना, योगेन्द्रसिंह कार्की, ललितसिंह भण्डारी, सोनु तामाङ, शंकर राना, रबिन्द्रजंग शाही, सुनिल धमला, महेश अधिकारी, राजु रिजाल, रोहन मुस्तफा (युएई) र पुनित मिश्रा (भारत) काठमाडौं गोल्डन्स ज्ञानेन्द्र मल्ल (कप्तान), नरेश बुढाऐर, बिक्रम ठगुन्ना, ललितनारायण राजबंशी, अमित श्रेष्ठ, सन्तोष भट्ट, किशोर महत्तो, राशिद खान, संजय श्रेष्ठ, शाहब आलम, पुष्प थापा, भुपेन्द्र थापा, संजय बस्नेत, जयकिसन कोल्सावाला (भारत), सन्नी पटेल (भारत)

शिक्षा एेनको नवौं संशाधनविरुद्ध विद्यार्थीहरुको संयुक्त आन्दोलन देशैभरि

काठमाडौ । अखिल क्रान्तिकारी बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा गृहमन्त्री र शिक्षामन्त्रीलाई माइतीघर मण्डलामा आउन खुल्ला चुनौति दिएका छन् । शिक्षा एेनको नवौं संशाधन र २३ गते हुन लागिरहेको शिक्षा सेवा आयोगको आन्तरिक परीक्षा खारेजीको माग गर्दै ५ दिनदेखि माइतीघरमा अनसनरत विद्यार्थीहरूको अवस्था बुझ्न र शुक्रबार हुने संयुक्त विद्यार्थीहरूको प्रदर्शनलाई सामना गर्न गृहमन्त्री र शिक्षामन्त्री आग्रह गरेका हुन् । शुक्रबार देशैभर नाराबाजी र जुलुस कार्यक्रम आयोजना गरेका छन् । यसैक्रममा बानेश्वर बहुमुखी क्याम्पसकका सयौं विद्यार्थीहरुले नाराबाजी लगाउदै चक्का जाम गर्दै नौं शिक्षा एन संसोधनको विरुद्ध र्याली आयोजना गरेका थिए । कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य श्याम रोक्का, रविन बस्नेत एवं इकाइ अध्यक्ष नवीन शाही लगायतका विद्यार्थी नेताहरूले कोणसभाको सम्बोधन गर्दै सभाको विसर्जन गरेका थिए ।

एसएल शर्मा सृजनशील पत्रकारिता पुरस्कारबाट आङ्दाम्वे पुरस्कृत

बिर्तामोड । यस वर्षको एसएल शर्मा सृजनशील पत्रकारिता पुरस्कार यज्ञराज आङ्दाम्वेलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसर पारेर प्रेस स्वतन्त्रता सेनानी एसएल शर्माको स्मृतिमा स्थापित २१ हजार राशीको सो पुरस्कार आङ्दाम्वेलाई प्रदान गरिएको हो । पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको भन्दै आङ्दाम्वेलाई पुरस्कृत गरिएको हो । पुरस्कार प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदान गर्नुभयो । पुरस्कृत पत्रकारको परिचय नेपाल प्रेस युनियन झापाका सचिव गिरीराजमणि भट्टराईले गराउनुभएको थियो । २०६२ सालदेखि नेपाल पत्रकार महासंघ झापा शाखाले सो पुरस्कार प्रत्येक वर्ष एकजना पत्रकारलाई प्रदान गर्दै आएको छ । त्यस्तै एलएल शर्माकी धर्मपत्नी पार्वतादेवी प्रोत्साहन पुरस्कार पत्रकार मुक्ति पौडेलकी श्रीमती मेनुका भण्डारी पौडेललाई प्रदान गरिएको छ । पुरस्कारको राशी नगद १५ हजार रुपैयाँ रहेको छ । पुरस्कृत पौडेलको परिचय नारी सञ्चार गृहकी अध्यक्ष चन्द्रकला भण्डारीले गराउनुभएको थियो । प्रोत्साहन पुरस्कार पत्रकारका श्रीमतीलाई २०६५ सालदेखि प्रदान गरिदै आएको छ । महासंघका झापा शाखा अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सिना, पुरस्कारका संरक्षक राजेन्द्र शलभ, पुरस्कृत पत्रकार आङ्देम्वे, नारी सञ्चार गृहकी अध्यक्ष भण्डारी, प्रेस चौतारीका जिल्ला अध्यक्ष मुक्ति पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासंघ झापाका सचिव सन्तोष आचार्यले गर्नुभएको थियो ।

सावधान, विद्यालय जाने बालबालिकामा बढदैछ मिर्गौलाको समस्या, ख्याल गर्नुस नानीहरुको बानी

विद्यालय समयमा आफ्ना छोराछोरीले कति पानी पिए ? दिनभरिमा कतिपटक पिसाब गरे ? भन्ने जानकारी अभिभावकले थाहा पाउनुपर्ने भएको छ । जबसम्म विद्यालय पढ्ने छोराछोरी बिरामी हुँदैनन्, तबसम्म अभिभावकलाई यसबारे कुनै जानकारी हुँदैन । तर, चिकित्सकले विद्यालय जाने छोराछोरीको दिनचर्या र उनीहरूको स्वास्थ्य अवस्थाबारे अभिभावकले आवश्यक जानकारी लिन सल्लाह दिएका छन् । विद्यालयमा अध्ययन गर्ने बालबालिकामा मिर्गौलाको समस्या बढी देखिएपछि चिकित्सकले यस्तो सल्लाह दिएका हुन् । निजी विद्यालयमा अध्ययन गर्ने ६ वर्षदेखि १० वर्ष उमेर समूहका बालबालिकामा पिसाबको बढी समस्या देखिएको काठमाडौं मेडिकल कलेजका डा. सुनीलराज मानन्धरले जानकारी दिए । उनका अनुसार बालबालिकालाई पिसाब लागेको ३० मिनेटभित्र गराइसक्नुपर्छ । डा. मानन्धरले कतिपय बोर्डिङ स्कुलले जनमानसमा राम्रो देखाउने नाममा विद्यार्थीलाई टिफिन समयअघि निस्कन नदिने हुँदा बालबालिकामा स्वास्थ्य समस्या देखिएको बताए । बालबालिकाकोे गुनासो : पिसाब फेर्न समस्या छ, पानी कम खान्छौँ बिरामी भएर उपचारमा आएका स्कुले बालबालिकाले समयमा पिसाब फेर्न नपाउने भएकाले विद्यालय समयमा पानी कम खाने गरेको बताउने गरेको चिकित्सकको भनाइ छ । ‘सरकारीमा भन्दा निजी स्कुलमा अध्ययन गर्ने बालबालिकाको स्वास्थ्यमा समस्या धेरै देखिएको छ । उनीहरूमा देखिएको स्वास्थ्यको प्रमुख समस्या भनेको मिर्गौला र पिसाबको संक्रमण हो,’ बालरोग विशेषज्ञ डा.बाबुराम मरासिनीले भने, ‘निजी विद्यालयले विद्यार्थीलाई बाहिर निस्कन कडा गरेको देखियो । छिनछिनमा पिसाब फेर्न रोक लगाउने भएकाले बालबालिकामा पिसाबको संक्रमण र मिर्गौलामा समस्या भएको पाइयो ।’ चारदेखि पाँच सय एमएल पिसाब अट्छ बालबालिका समय–समयमा पानी खाइरहन्छन् । ठूला मानिसको तुलनामा बालबालिकाको पिसाबथैली सानो हुने भएकाले छिटोछिटो पिसाब लाग्ने हुन्छ । उनीहरूको पिसाबथैलीमा चार सयदेखि पाँच सय एमएल मात्रै पिसाब अट्ने क्षमता हुन्छ । ‘घरको शौचालयभन्दा विद्यालयको शौचालय फोहोर भएको अवस्थामा पनि बालबालिकाले प्रयोग गर्न नमान्ने देखिएको छ । त्यसैले पनि बालबालिकाले विद्यालय समयमा पानी कम खाने गरेको देखियो,’ डा. मरासिनीले भने । छात्रामा पिसाबको संक्रमण बढी विद्यालयमा छात्रको अनुपातमा छात्राको संख्या बढी छ । तर, छात्राले प्रयोग गर्ने शौचालय थोरै मात्रामा छन् । लामो समयसम्म पालो पर्खनुपर्ने समस्याले उनीहरूमा पिसाबको संक्रमण बढी देखिएको चिकित्सकहरू बताउँछन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार हरेक दुई घन्टामा एकपटक अनिवार्य पिसाब फेर्नुपर्छ । दुई घन्टा काम गर्ने ठाउँमा शौचालय अनिवार्य हुनुपर्छ । प्रत्येक पाँच मिनेटमा ‘ब्रेक’ दिनुपर्छ अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीका अनुसार विद्यार्थीलाई निजी विद्यालयले बढी नियन्त्रणमा राख्ने भएकाले समय–समयमा बाहिर जान पाउँदैनन् । ‘पिसाब आउँदैपिच्छे शिक्षकलाई भन्न सक्दैनन्,’ उनले भने, ‘यस विषयमा हामीले गम्भीर रूपमा सोच्न सकेका छैनौँ । अब हाम्रो ध्यान विद्यार्थीको जीवनशैलीमा जोडिनेछ ।’ उनले निजी विद्यालयले लामो समयपछि मात्रै ‘ब्रेक’ दिने गरेको भन्दै त्यसलाई अन्त्य गर्न आवाज उठाउने बताए । भण्डारीले केही विद्यालयले ४५ मिनेटमा ‘ब्रेक’ दिने गरे पनि धेरै विद्यालयले टिफिन समयअघि नदिने गरेको सुनाए । विद्यालयले हरेक पिरियड सकेर पाँच मिनेट ब्रेक समय छुट्याउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीको समाचार

रामजानकी मन्दिरमा रामनवमीको जन्मोत्सव अायोजना

जनकपुरधाम । मर्यादा पुरुषोत्तम रामको जन्मजयन्तीका अवसरमा आज यहाँ रामनवमी महोत्सव आयोजना गरिएको छ । रामको प्रेमभूमि र ससुराली र सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राममन्दिरमा आयोजित महोत्सवमा नेपाल र भारतका साधुसन्तको सहभागिता उल्लेख्य छ । सो परिसरमा श्रद्धालुद्वारा भजन, कीर्तनका साथै मिथिलाञ्चलमा जन्मसंस्कारमा गाइने गीतले महोत्सव रामको वास्तविक जन्मोत्सवझैं अनुभूति भइरहेको छ । त्रेतायुगमा चैतशुक्ल नवमीका दिन रामको जन्म भएको शास्त्रमा उल्लेख छ । सोही दिनलाई रामनवमी भनिन्छ । अयोध्याका राजा दशरथपुत्र राम सूर्यवंशी क्षत्रीय राजकूलका ६१ औँं पुस्ताका मानिन्छन् । ‘राम शब्द रम्’ धातुबाट बनेको हो जसको अर्थ क्रीडा, खेल र आनन्द हो । विद्वान्हरूले यसलाई विभिन्न प्रकारले अर्थ लगाए पनि रामको अलौकिक सौन्दर्यमा जीव मात्रलाई रमाउने जुन क्षमता छ, त्यसैबाट उनको नाम राम भएको मानिन्छ । राम परब्रह्मा, परम तप र परम तारक ब्रम्ह भएको विश्वासका आधारमा मानिसले आफ्ना सन्तति र ठाउँको नामसमेत राम राखेको पाइन्छ । महर्षि वैदिक विश्वविद्यालयमा गरिएको एक शोधमा विश्वमा रामको नाम जोडिएका एक हजारभन्दा अधिक शहरको नाम पत्ता लागेको छ । धार्मिक ग्र्रन्थमा शिवको रामभक्ति तथा हनुमान– नारद– अत्रि– अनुसूया– भरत– शवरी आदिको रामभक्ति एवं उपासना अद्वितीय भएको उल्लेख छ । कल्याणस्वरूप र सत्यस्वरूपका रूपमा पूजा गरिने राम पुण्य र मोक्षदायक हुन् । जसले रामनवमी व्रत गर्छ, त्यसले सम्पूर्ण पाप नाश गरी सिद्धि पाउँछ भन्ने शास्त्रमा वर्णन छ । विश्वका महापुरूषको परम्परामा राम एक मात्र मर्यादा पुरूषोत्तम हुन् भन्ने उनको राज्य व्यवस्था र आदर्श लोकतन्त्रका लागि प्रेरणास्रोत मानिन्छ । आज पनि सुशासन, सुव्यवस्था आदि लोककल्याण्कारी आदर्श व्यवस्थाका लागि शास्त्रीय गुणलाई एउटै शब्दमा पूर्ण अभिव्यक्ति दिन रामराज्य शब्दलाई पूर्ण मानिएको छ । देशभक्ति, पितृभक्ति, मातृभक्ति, भातृप्रेम, प्रजावत्सलता, सरलता, सहिष्णुता, धार्मिकता, नैतिकता, क्षमाशीलता र वीरताका उदाहरण दिँदा पनि रामलाई नै सम्झिने गरिएको छ । रासस

पर्यटकको पर्खाइमा काहुँ धरहरा

पोखरा । पर्यटकीय नगरीका रूपमा ख्याति कमाएको पोखरा शहर र यहाँस्थित फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने स्थल हो काहुँ धरहरा । पोखराका समान उचाइका उस्तै दृश्य देखिने सराङकोट, विश्वशान्ति स्तुप जस्ता स्थानमा पर्यटकको ओइरो लाग्ने गरे पनि रमणीय स्थल काहुँ धरहरा अझै पनि पर्यटकको पर्खाइमा रहेको छ । २०२६ सालमा निर्मित काहुँ धरहरा क्षेत्रमा अझै पनि अपेक्षित पर्यटक भित्र्याउन नसकिएको काहुँकोट देउराली तथा धरहरा संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार पोखराको सबैभन्दा नजिक लालीगुँरास फुल्ने यस स्थानमा अवस्थित दुई तल्ले धरहरामा गत वर्ष १२ हजार आन्तरिक तथा बाह्य पर्यटकले टिकट काटेर अवलोकन गरेका थिए । यहाँ विशेषतः शुक्रबार र शनिबार दिउँसोको समयमा बढी पर्यटक आउने गरेका छन् । “पोखरा लेखनाथ महानगरपालिका–२१ मा पर्ने धरहरामा प्रवेशका लागि विद्यार्थी र सर्वसाधारणका लागि रु २० र बाह्य पर्यटकका लागि रु ५० टिकटको व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो, “आवश्यक भौतिक पूर्वाधार तयार भएर पनि सम्बन्धित निकायको उचित ध्यान पुग्न नसक्दा काहुँ धरहराले पर्यटकीय विकासमा फड्को मार्न सकेको छैन ।” समुद्री सतहबाट एक हजार ४४३ मिटरको उचाइमा रहेको काउँकोटमा अवस्थित धरहराबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि लगायतका हिमशृंखलाका साथै सूर्योेदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न सकिन्छ । पोखराको चापापानीबाट लगभग साढे सात किलो मिटर लम्बाइमा रहेको धरहरासम्म पुग्नका लागि सडक विभागबाट रु १२ करोड ९५ लाखको लागतमा एकतर्फी ढलसहित पक्की मोटर बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पांँच दशकअघि निर्माण भएको धरहरा जीर्ण बन्दै गएको हुँदा यसको गुरुयोजना तयार गरी पुनः निर्माण गर्न महानगरमा योजना पेश गरिएको पोखरा–११ का वडा सदस्य मीनबहादुर गुरुङ बताउनुहुन्छ । पाँच तल्ले धरहरा निर्माण गरेर दृश्यावलोकनका लागि दुई वटा दूरदर्शक यन्त्र राखेर आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बढाउन सके यस क्षेत्रको समग्र विकासका साथै थप पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने सोचका साथ योजना अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । धारापानी सामुदायिक वन क्षेत्रमा ढकमक्क फुल्ने लालीगुँरासको फूल पर्यटकका लागि थप आकर्षण बनेको उक्त फूल संरक्षणका लागि विभिन्न पहल गरिएको समितिका सदस्य अम्बिका आचार्यले बताउनुभयो । उहाँका अनुसार गत वर्ष सूचनाको व्यवस्था गरी लालीगुराँस टिप्ने चार जनाबाट रु तीन हजार ५०० जरिवानासमेत गरिएको थियो । प्राकृतिक सुन्दरताले भरिपूर्ण उक्त पर्यटकीय एवम् धार्मिक क्षेत्रसहित स्थानीय बासिन्दालाई खानेपानीको सुविधा पु¥याउने उद्देश्यका साथ नेपाल सरकार खानेपानी संस्थानको रु १३ करोडको लागतमा बृहत् काहुँ खानेपानी योजना शुरु गरिएको खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष खेमराज आचार्यले जानकारी दिनुभयो । २०६८ सालबाट शुरु गरिएको खानेपानी योजनाअन्तर्गत साबिकको अर्मला, सिल्दजुरे र मौजाको संगमस्थल विजयपुरखोलाबाट २२ किलोमिटर पाइप विस्तार गरेर ल्याइएको पानी पर्यटकीयस्थल काहुँकोटका साथै स्थानीय बासिन्दाका लागि एक घर एक धाराको अभियान सञ्चालन गरिएको छ। बाइसे चौविसे राज्यकालमा घले राजाको राज्य रहेको काहुँकोटमा कोट देउराली मन्दिर रहेको र प्रत्येक चैते दशैँमा परापूर्वकालदेखि बोका र राँगाको बलि दिनाका साथै नवरात्रि पाठपूजा गरिनेछ । उक्त स्थानमा धर्मकाया बुद्ध मण्डलासमेत निर्माण गरिने भएको छ । ऐतिहासिक, धार्मिक, एवम् पर्यटकीय महत्व बोकेको सो प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त स्थलका बारेमा प्रचार प्रसार गरी पोखराको थप पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके पर्यटकको एक दिनको बसाइ लम्ब्याउनाका साथ स्थानीय बासिन्दासमेत लाभान्वित हुने यस क्षेत्रसँग सम्बन्धित विज्ञको धारणा रहेको छ । रासस

प्रचण्डलाई निशर्त काँध थाप्छौं : अनन्त

काठमाडौं, चैत्र ११ । नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेतृत्वविरुद्ध जनयुद्धकालमा भन्दा अहिले ठूला चुनौति र घेराबन्दी आउन सक्ने बताउनुभएको छ । रोल्पा काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अनन्तले नेतृत्वको रक्षा र विकासका लागि रोल्पाले विगतमा जस्तै अध्यक्ष प्रचण्डलाई निशर्त काँध थाप्ने बताउनुभयो । पार्टी भित्रबाहिर र राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरु पार्टी नेतृत्व विरुद्ध लाग्न सक्ने औंल्याउँदै उहाँले अबको नयाँ समाजवादी क्रान्तिको यात्रामा पनि रोल्पाले विगतमा जस्तै योगदान र बलिदान गर्न तयार रहेको बताउनुभयो । फेरिएको समयमा रोल्पा र रोल्पाली जनताको समग्र विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो । सभामुखसहित जनप्रतिनिधिहरुलाई सम्मान यसैबीच प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई नेकपा माओवादी केन्द्र रोल्पा–काठमाडौं सम्पर्क मञ्चले स्वागत तथा सम्मान गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी मञ्चले सभामुख महरालगायत रोल्पा र रोल्पामा जन्मिएर अन्य जिल्लाबाट प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । dav कार्यक्रममा रोल्पाबाट र रोल्पामा जन्मिई अन्य जिल्लाबाट निर्वाचित १० जना जनप्रतिनिधिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टीका, खादा र सम्मानपत्रसहित बधाई दिनुभएको थियो । कार्यक्रममा सभामुख कृष्णबहादुर महरा, रोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुन, प्रतिनिधिसभा सदस्यहरु ओनसरी घर्ती, जयपुरी घर्ती, राष्ट्रिय सभा सदस्य राजबहादुर कँवर, प्रदेश सभा सदस्यहरु दिपेन्द्र पुन, बसन्त घर्तीमगर, लालकुमारी पुन, सो अवसरमा मञ्चले अध्यक्ष प्रचण्डलाई पनि बधाई तथा सम्मान गरेको थियो । मञ्चका अध्यक्ष जीवन रोकामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष झन्कार बुढामगरले गर्नुभएको थियो भने स्वागत अर्का उपाध्यक्ष चेतन कुँवरले गर्नुभएको थियो ।

दीपिका र रणवीरको विवाह

एजेन्सी। बलिउडका चर्चित कलाकार रणवीर सिंह र दीपिका पादुकोण विवाहको गेटअपमा खिचिएका तस्वीर यति बेला सामाजिक संजालमा भाइरल भएका छन् । सामाजिक संजालमा भाइरल भएका उनीहरुको तस्वीर विवाह अघि गरिने फोटोसुटको भएका बताइएको छ । केहिदिन अघि उनीहरुको इंगेजमेन्ट र विवाहको खबर सञ्चारमाध्यममा छाएका थिए । बलिउडका हट जोडी लामो समयदेखि प्रेममा थिए । भने धेरै पटक ब्रेकअपको पनि खबर सार्वजनिक भएका थिए । रणवीरसँग दीपिका दुबैको आमाबुबाले विवाहको मिति पनि मिलेर टुङ्गो लगाएका छन् । बिबाह मिटिङ दीपिकाको घर ‘प्रभादेवी’मा भएको थियो । मिटिङको समय रणवीर र दीपिका सबै परिवारका साथमा सहभागी थिए । दीपिका र रणवीरले बिदेशमा बिबाह गर्ने इच्छा ब्यक्त गरेका थिए । तर दुबैको परिवारले इच्छा मुम्बईमा बिबाह समारोह राख्ने रहेको छ । सञ्चारमाध्यमका अनुसार उनीहरुको विवाह साउथ इन्डियन रितिरिवाज अनुसार हुनेछ । विवाहपछि दुबैले रिसेप्सन पार्टी राख्ने योजना समेत बनाएका छन् । भारतीय मिडियाका अुनसार उनीहरु चाँडै नै विवाहबन्धमा बाँधिनेवाला छन् । दुवैको परिवारहरु विवाहको तयारीमा लागेको बताइएको छ ।

सगरमाथाकाे चुचुराेबाट संसारलार्इ नयाँ सभ्यता र संस्कृतिकाे स‌ंदेश दिनुपर्छ : प्रचण्ड

काठमाडौं, चैत १० । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले सगरमाथाकाे चुचुराेबाट संसारलार्इ नयाँ सभ्यता र संस्कृतिकाे स‌ंदेश दिन जरुरी रहेकाे बताएका छन् । चक्रपथ सरसफ़ाई अभियानको ५० औ हप्ताको बिशेष समारोहमा प्रचण्डले संवाेधन गर्दै भने ” यो अभियान समाजमा फैलँदै गरेको विकृति बिसंगती बिरुद्द मनको सफ़ाई पनि हो । नयाँ जागरण ल्याउने अभियान हाे, यसको ठूलो महत्व छ । प्रकृतिले धेरै श्रोत साधन दिएको छ, अब हामी नया सभ्यता र संस्कृति निर्माणकाे अभियानमा छाैँ र सगरमाथाकाे चुचुराेबाट संसारलार्इ नयाँ सभ्यता र संस्कृतिकाे स‌ंदेश दिनु पर्ने छ । ” प्रचण्डले थपे ” याे सफार्इ अभिान सडक र नदीकाे मात्र सफार्इ हाेइन, यसलार्इ समग्र समाजकाे सफार्इकाेअर्थमा बुझम ” कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा लगायतको पनि सहभािगता रहेको थियो ।

सेक्सका क्रममा दम्पतीलाई यी प्रश्नले तनाव सृजना गर्छन !

पार्टनरसँग सेक्सका क्रममा जोडीले केबल कसरी चरम सनतुष्टी प्रापत गर्ने मात्र नभएर अन्य कुराहरु पनि मनमा खेलाइरहेका हुनछन् । तपाईको सेक्स पार्टनरले तपाइलाई जति नजिकबाट चिनेको वा बुझेंको हो तर पनि कतिपय कुरालाई लिएर चिन्ता मानिरहेका पाइन्छ । आज तपाइलाई हामी यस्ता कुराबारे जानकारी गराउछौं जसले दम्पतिलाई बढी तनाव दिन्छ र त्यसको समाधान के हुन्छ । के तपाईलाई ऑर्गैज्म महसूस भयो ? महिला ऑर्गैज्मको बारेमा ख्याल गर्नु पुरुषको साथसाथै महिलाको पनि उत्तिकै भूमिका रहन्छ । यदि तपाईको श्रीमति वा गर्लफ्रेंडलाई सेक्सका क्रममा ऑर्गैज्म महसूस नभए उक्त कुराले तपाइलाई तपाई तनावमा आउनु पर्ने कुनै कारण छैन । किनकी तनाव लिदैमा समस्या समाधान हुँदैन । सेक्सका फरक आसन प्रयोग गर्न पार्टनरलाई मन नपर्ने हो की ? सेक्सका क्रममा धेरै मानिसहरु एउटा अनावश्यक कुराले सधै चिन्तित रहेको पाइन्छ । त्यो के हो भने यदि मैले सेक्सको फरक आसन वा अन्य नयाँ केही प्रयोग गर्ने भने भनी साथीले नराम्रो त मान्दैन । यस्ता प्रश्नको जवाफ तपाईलाई त्यन्तिजेल मिल्दैन जति बेलासम्म तपाई यसबारेमा सेक्स पार्टनरसँग कुरा गर्नु हुँदैन । के जानी राख्न जरुरी छ भने सेक्सका क्रममा दुबैलाई खुशी र आनन्द महसूस हुन आवश्यक छ । सेक्सका क्रममा यदि एक जनालाई खुशी वा आनन्द मिलेन वा प्राप्त भएन भने अर्को साथीलाई पनि त्यो सन्तुष्टि मिल्दैन । साथीलाई धेरै हतार छ भने म रोक्न सक्छु धेरै जस्तो सेक्स पार्टनरले आफुलाई चरम सन्तुष्टि प्राप्त गर्ने उद्देश्यले एक खालको ‘रेस’ बनाइरहेको हुन्छ । यस्तो अवस्थामा प्रेम पूर्ण तरीकाबाट साथीलाई आफ्नो गतिलाई रोक्न भन्न हिच्किचाउनु हुदैन । यो पार्टनरको मूड र अवस्थामा भर पर्दछ । धेरै पुरानो सम्बन्धले पनि कतिपय समयमा यस्ता विषय काबु बाहिर जान सक्छन् । सेक्स गरेपछि के म बाथरुप जाउ ? रील जीवन र फिल्मको कुरा गर्ने हो भने सेक्सपछि एक अर्कोलाई अंकमाल नगर्ने हो भने त्यसलाई अपराध जस्तो मानिन्छ । तर वास्तविक जीवनमा सेक्सपछि सबैभन्दा पहिला बाथरूम जाने र सरसफाई गर्नुलाई राम्रो मानिन्छ । यधपी अधिकांश मानिसलाई के चिन्ता हुन्छ भने यदि उसले यस्तो गर्यो भने साथीले नराम्रो मान्ने होकी ?

प्लाष्टिकबाट पेट्रोलियम पदार्थ

झापा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले मङ्गलबार यहाँ प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको छ । पाइरोलाइसिस नामक यन्त्रबाट प्लाष्टिकलाई पेट्रोलियम पदार्थमा रुपान्तरण गरिएको थियो । नाष्टका इन्जिनियर डा रवीन्द्रप्रसाद ढकालले एक किलोग्राम प्लाष्टिकबाट ६०० देखि ७०० मिलिलिटर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताउनुभयो । “यसलाई वर्गीकरण गरेर ६० प्रतिशत डिजल तथा २०-२० पेट्रोल र मट्टीतेल छुट्याउन सकिन्छ”, डा ढकालले भन्नुभयो, “नत्र सबै डिजल मात्र पनि बनाउन सकिन्छ ।” उहाँले कार्यपत्र प्रस्तुत गर्दै प्लाष्टिकलाई नवीकरण गर्न सकिने र नसकिने वर्गीकरण गरेर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताउनुभयो । नवीकरण हुने प्लाष्टिकलाई पुनःनवीकरण गर्ने र नवीकरण नहुने प्लाष्टिकलाई पेट्रोलियम पदार्थ उत्पादन गर्न सुझाव दिनुभयो । यसअघि नाष्टले ३५ नगरपालिकामा सो प्रविधि प्रयोग गरेर देखाइसकेको छ । ढकालले अहिले विश्वका ६५ मुलुकमा सो प्रविधि लागू भइसकेको जानकारी दिनुभयो । स्थानीय तहमा सो प्रविधि लागू गर्न रु ४० देखि ५० लाख पर्ने यन्त्र आवश्यक पर्ने बताइएको छ । झापामा फालिएको प्लाष्टिकजन्य फोहरबाट दैनिक २१ हजार लिटरभन्दा बढी उत्पादन गर्न सकिने नाष्टले जनाएको छ । नाष्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले जापानी संस्थासँग हातेमालो गरेर नेपालमा सो प्रविधि भित्र्याइएको र यसबाट मुलुक समृद्ध बनाउन योगदान पुग्ने बताउनुभयो । कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्लाष्टिकजन्य फोहरलाई नगरपालिकाले अवसरका रुपमा लिने बताउनुभयो । कार्यक्रममा सांसद एलपी साँवा लिम्बू र प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो प्रविधि स्थानीय तहमा प्रयोग गर्न सके फोहर व्यवस्थापनमा ठूलो टेवा पुग्नाका साथै पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने बताउनुभयो । रासस

दलित मैत्री नीति अवलम्बन गर्ने प्रधानमन्त्री अाेलीकाे बचन

काठमाडौं, चैत ७ । सरकारले सबै समुदायलाई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तय गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सरकारका नीति तथा कार्यक्रमलाई दलित मैत्री बनाइने पनि उनले बताएका छन् । ५३ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले परम्परागत कुसंस्कार कारण नेपालमा अझै पनि जातीय विभेद कायम रहनु दुःखत रहेको बताएका छन् । ‘सरकारले आगामी दिनमा सबै समुदायलाई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तय गर्ने छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा लेखिएको छ । संविधानको प्रस्तावनामा नै सबै प्रकारका विभेदको अन्त्य गरिनेछ भन्ने व्यवस्था भएकोले सरकार त्यसको प्रभावकारी कार्यन्वयनको गर्न प्रतिवद्ध रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीले राज्यका हरेक अंग र निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार दलित समुदायको प्रतिनिधित्व गराइएको स्मरण गरेका छन् । स्थानीय तहको वडा स्तरमा दलित महिलाको अनिवार्य प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गरिनुका साथै राष्ट्रियसभामा प्रत्येक ७ प्रदेशबाट १/१ जनाको प्रतिनिधित्व गरिनु यस समुदायलाई राज्यको मुल प्रवाहमा ल्याउने एउटा प्रयास भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । सन् १९५९ मार्च २१ मा दिन दक्षिण अफ्रिकाको तत्कालीन गोरा सरकारले काला जाति माथि दमन गर्न रङ्गभेदी नीति लागू गर्दा काला जातिहरुले विरोध गरेका थिए । उक्त विरोधको दमनमा ६९ जना कालाजातिको मृत्यु भएको स्मरणमा १९६६ सालमा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको थियो । नेपालले सन् १९७१ म्ाा सो महासन्धीलाई अनुमोदन गरेको थियो ।

साझा व्यक्ति भएर काम गर्छु : सभामुख महरा

दाङ, चैत ६ । सभामुख कृष्णबहादुर महराले आफू साझा व्यक्ति भएर काम गर्ने बताएका छन् । सभामुख भएपछि पहिलोपटक आफू निर्वाचित जिल्ला दाङ आएका महराले मंगलबार घोराहीमा घोराही उपमहानगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा आफ्नो राजनीतिक पृष्ठभूमि एकखालको भएपनि सभामुखको पदभारग्रहण गरिसकेपछि अब सबैको साझा व्यक्ति बनेको बताए । वैशाख १५ गतेपछिको संसद बैठकमा बजेट र कानुनको ‘सेसन’ चल्ने र स्थानीय तह, प्रदेश सरकारदेखि विभिन्न कानुनहरु निर्माण गर्नुपर्ने उनको भनाइ थियो । सभामुख महराले आफूले सांसदमा निर्वाचित हुनुपूर्व घोषणा गरेका प्रतिबद्धताहरु पूरा गर्न निरन्तर पहल गरिरहेको पनि बताए । समग्र दाङको विकासमा आफूले गरेका प्रतिबद्धताहरु पूरा गर्नका लागि निरन्तर पहल गरिरहेको भन्दै उनले विकास निर्माणका जरुरी आवश्यकताहरुलाई प्राथमिकताका आधारमा एकीकृत गरेर स्थानीय तहबाट योजनाहरु थप गरेर ल्याउन आग्रह गरे ।