बलात्कार प्रकरणः सँगै सुतेकी साथीकै याेजनामा घटना

सुर्खेत, असार २२ । सुर्खेतमा भएको छाउगोठमा किशोरी सामूहिक बलात्कार प्रकरणमा पीडितसँगै सुतेकी युवतीको पनि संग्लनता देखिएको छ । पीडितसँगै सुतेकी १६ वर्षीया निर्मला शर्माको योजना तथा मिलेमतोमा ति युवतीमाथि सामूहिक बलात्कार भएको भन्दै शर्मालाई प्रहरीले पक्राउसमेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर रेग्मीले निर्मलालाई मंगलबार पक्राउ गरिएको जानकारी दिए।  ‘निर्मला महिनावारी भएकाले पीडित युवती उनको साथी बस्न छाउगोठमा गएकी हुन्’ प्रहरी निरीक्षक रेग्मीले भने, ‘अहिलेसम्मको अनुसन्धानबाट निर्मलाकै योजनामा उनीमाथि सामूहिक बलात्कार भएको पाइएको छ।’

प्रहरीका अनुसार राति साढे १० बजेतिर निर्मलाका कान्छो बुवाको छोरा जनक शर्मा, चेतन गिरी र पदम गिरी छाउगोठमा आएका थिए। त्यतिबेला पीडित युवती सुतेकी थिइन्। निर्मला पदमसँग बाहिर निस्किन्। जनक र चेतनले सुरुमा बलात्कार गरे।

‘निर्मला, उनका दाई जनक, चेतन र पदमसमेतको संलग्नता, मिलेमत्तो र योजनामा बलात्कार घटना भएको पाइएको छ’ प्रवक्ता शर्माले भने, ‘हामीले सोही अनुसार जाहेरी लिएर अनुन्धान प्रक्रिया अघाडि बढाएका छौं।’ प्रहरीका अनुसार छाउगोठ निर्मलाको घरदेखि १० मिटर टाढा छ। पश्चिम सुर्खेतको बराहताल गाउँपालिका-६ मा आइतबार राति १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको थियो। नागरिक दैनिकमा खबर छ ।

विश्वकप नकआउट चरण: फ्रान्स ४-३ ले क्वाटर फाइनल, अर्जेन्टिना फर्कियो घर

काठमाडौँ, असार १६ । विश्वकप फुटबलका नकआउट चरणको आजको खेलमा फ्रान्स अर्जेन्टिनालार्इ ४-३ को पाखा लगाउँदै क्वाटर फाइनल प्रवेश गरेको छ । यसका साथै विश्वकपको प्रमुख दाबेदार मानिएको अर्जेन्टिनाको विश्वकप यात्रामा पूर्ण विराम लागेको छ । फ्रान्सका तर्फबाट ए. ग्रिज्म्यानले खेलको १३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि फ्रान्सको अग्रता सुरु भएको थियो । यसलाई ४१ औं मिनेटमा डी मारियाले अर्जेन्टिनाको तर्फबाट एक गोल गर्दै बराबरीमा पुऱ्याए । डि बक्स एरिया बाहिरबाट लगाएको उक्त गोल आइकोनिक रहेको बताइएको छ । ४८ औं मिनेटमा मार्काडोले गोल गरेपछि अर्जेन्टिनाको अग्रता देखियो तर अर्जेन्टिनाको खुसीलाई बी पाभार्डले ५७ औं मिनेटमा गोल फर्काएर मत्थर पारिदिए ।  उता मबापेले ६४ औं र ६८ औं मिनेटमा लगातार २ गोल हानेपछि अर्जेन्टिना २ गोलले पछाडि पऱ्यो । रुसको कजानमा सम्पन्न उक्त खेलमा अर्जेन्टिनाका सर्जियो ओग्युरोले इन्जुरी समयमा सान्त्वना गोल फर्काएपछि केही राहत त मिल्यो तर उसको हार भने टर्न सकेन । यस हारसँगै अर्जेन्टिना यस विश्वकपबाट बाहिरिएको छ । ऊ पछिल्लो विश्वकपको उपविजेता हो । उक्त समयको विजेता जर्मनी लीग चरणबाटै फर्किसकेको छ । यसपाली अर्जेन्टिनाका विश्वप्रसिद्ध स्टार खेलाडीको कुनै जादू चलन सकेन ।  

अर्जेन्टिनाको उत्कृष्ट गोल, खेल १-१को बराबरी

काठमाडौं, असार १६। रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल २०१८ अन्तर्गत शनिबारदेखि नकआउट चरणका खेल शुरु भएका छन् । पहिलो खेलमा अहिले पूर्व विश्वविजेता अर्जेन्टिना र फ्रान्स भिडिरहेका छन् । खेलको ४१ औं मिनेटमा अर्जेन्टिनाका एन्जेल डि मारियाले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरेका छन् । यसअघि नकआउट चरणमा फ्रान्सले अर्जेन्टिनाविरुद्ध पहिलो गोल गरेको छ । खेलको १३ औं मिनेटमा अर्जेन्टिनाका खेलाडीले गरेको फोउलमा पाएको पेनाल्टीमा फ्रान्सका ग्रीजम्यानले गोल गरेका हुन ।

नेकपाका महासचिव पौडेल सिपाडोलमा धन रोप्दै

काठमाडौं, असार १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिन विष्णु पौडेल शनिबार भक्तपुरमा धान रोप्ने कार्यक्रममा सहभागी भएका छन्। असार १५ गतेको धान दिवसको अवसरमा वाइसिएल नेपाल र युवासंघ नेपालको संयुक्त आयोजनामा भएको ‘तीन दिन जनश्रममा युवा’ कार्यक्रम अन्तर्गत महाचिव पौडेलले भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलमा शनिबार रोपाईं गरेका हुन् । किसानको बारीमा नेकपाका महासचिव विष्णु पौडेल, वाइसीएल केन्द्रीय उपाध्यक्ष सुमन देवकोटा (अब्दुल) लगायतका युवा, किसानहरुले सामूहिक रुपमा घन रोपेका हुन् ।

कसैले किस्तीमा दिएको लोकतन्त्र उपभोग गरेको होइन : प्रधानमन्त्री

काठमाडौँ, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नयाँ ढंगले अगाडि जान खोजेका कारण राष्ट्रिय अनुसन्धान विभागलगायतका प्रमुख विभागहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको स्पष्ट पार्नुभएको छ । विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको आज संसद्मा जवाफ दिँदै प्रधानमन्त्री ओलीले जनता सार्वभौसमत्ता सम्पन्न भएसँगै जनताको अधिकार संस्थागत गर्ने उद्देश्यले सरकारले केही महत्वपूर्ण विभागलाई आफू मातहत ल्याएको बताउनुभयो । जनतालाई बढी भन्दा बढी सेवा दिने लक्ष्यसहित केही निकायलाई थप अधिकारसम्पन्न बनाउन खोजिएको पनि उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो – “हामी नयाँ बाटो हिँड्दैछौं, नयाँ तरीका अवलम्बन गर्दछौं । देशमा केही क्षेत्रमा एकाधिकार थियो, तोडियो । नयाँ संरचना निर्माण गर्दा, कार्यान्वयन गर्दा नयाँ नै तरीका अपनाउनुपर्छ । हामी त्यतैतिर जान लागेका हौं ।” उहाँले अगाडि भन्नुभयो – “हामी लोकतन्त्रका लागि लडेका छौं । लोकतन्त्रप्रति सम्मान छ । किस्तीमा राखेर कसैले दिएको लोकतन्त्र हामीले उपभोग गरेको होइन । सबैको त्याग र बलिदानले प्राप्त भएको लोकतन्त्रको हामी उपभोग गर्दैछौं । आधा शताब्दी भन्दा बढीको त्याग, बलिदान, भोगाइ र पीडा हामीले सहेका छांै ।” राष्ट्रिय योजना आयोगलाई प्रभावकारी बनाउन पुनर्गठन गरिएको जानकारी दिँदै उहाँले विद्यमान आयोगले पनि जनपक्षीय काम नगरे फेरि पनि पुनर्गठन हुनसक्ने बताउनुभयो । जनताको करमाथि, लिएको जिम्मेवारीमाथि र आफूले गर्नुपर्ने काममाथि कुनै पनि प्रकारको गैरजिम्मेवारी स्वीकार्य नहुने उहाँको भनाइ थियो । भ्रष्टाचार उन्मूलनमा वर्तमान सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताउँदै उहाँले त्यसमा तल माथि हुन नदिइने वचनबद्धता प्रकट गर्नुभयो । संघ र प्रदेशबीचका अधिकार र जिम्मेवारी बाँडफाँड देशका लागि नयाँ अभ्यास रहेको उहाँले बताउनुभयो । उहाँले प्राकृतिक विपत्तिसँग जुझ्नका लागि विनियोजन गरिएको रकम परिचालनमा विशेष ध्यान दिइएको जानकारी दिँदै विभिन्न विभागको थप काम, कर्तव्य र खर्चका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत बढी बजेट देखिएको स्पष्ट पार्नुभयो । आन्तरिक स्रोत र पूँजी परिचालनमा वर्तमान सरकारले विशेष जोड दिएको र यससम्बन्धमा प्रधानमन्त्रीको हैसियतमा आफूले संसद्लाई जानकारी गराएको पनि उहाँले स्मरण गराउनुभयो । प्रधानमन्त्री ओलीले वैदेशिक लगानीलाई आर्कषित गर्ने नीति लिइएको पनि स्पष्ट पार्नुभयो । आन्तरिक स्रोतबाट मात्रै विकास निर्माणका काम अगाडि बढाउन तत्काल सम्भव नभएको बताउँदै उहाँले भन्नुभयो – “सीमित साधन र स्रोतको अधिकतम परिचालन र वैदेशिक लगानी तथा सहयोगको समन्वयबाट विकास प्रयासहरु अगाडि बढाइने छ ।”

कुटाकुटमा पनि ब्राजिल विजयी !

एजेन्सी । रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताले धैरैलाई झगडामा समेत पारेको छ । यसको मुख्य कारण हो टिम प्रतिको क्रेज ! जब आफूले समर्थन गरेको टिलाई कसैले गाली तथा नराम्रो भन्यो भने खल्लो महसुस हुन्छ । यति मात्रै होइन कहिँ कतै त कुटाकुट नै भएको छ । यस्तै प्रकारको घटना रुसमा भएको छ । ब्राजिल र सर्बियाबीचको खेलमा दुवै टिमका समर्थकबीच कुटाकुट भएको हो । दुवै टोलीले एक अर्कालाई हराउनका लागि मैदानमा जोड लगाइरहँदा प्रशंसकहरू दर्शकदीर्घामा भिडिरहेको थिए । केही फ्यानहरूबीच मज्जाले लात्तामुक्का चल्यो । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रकाशन गरेको फोटोमा हेर्दा ब्राजिलका समर्थकले सर्बियाकालाई नराम्ररी कुटेको देखिन्छ । फ्यानहरूको झगडा चर्किपछि गार्डहरूले आएर बचाउ गर्नुपरेको थियो । उक्त म्याचमा ब्राजिलले सर्बियालाई २-० ले हराएको थियो । अब राउन्ड अफ १६ मा ब्राजिलको भिडन्त मेक्सिकोसँग हुने भएको छ ।

२३ वर्षमै ‘इरानी मेस्सी’ ले किन लिए सन्यास ? रहस्य यस्तो छ

एजेन्सी । इरानका स्ट्राइकरले कलिलै उमेरमा सन्यास लिएका छन् । स्ट्राइकर सरदार अज्मोउनले २३ वर्षकै उमेर अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । रुसमा जारी विश्वकप फुटबलमा उनी इरानको टोलीमा थिए । इरान समूह चरणबाटै बाहिरिएको छ । इरान रहेको समूह बी बाट स्पेन र पोर्चुगल अन्तिम १६ मा पुगे भने इरानसँगै मोरक्को पनि बाहिरियो । विश्वकप फुटबलमा गरेको प्रदर्शनका कारण आफ्नो नचाहिने आलोचना भएको र त्यसले गर्दा आमा गम्भीर बिरामी परेकाले आफूले सन्यासको घोषणा गरेको उनले बताएका छन् । ‘इरानी मेस्सी’ उपनाम पाएका अज्मोउनले विश्वकप अघि राष्ट्रिय टिमबाट ३३ खेलमा २३ गोल गरेका थिए । तर उनले रुसमा भएको विश्वकप फुटबलमा गोल गर्न सकेनन् । उनको टिम इरान समूह बी को तेस्रो स्थानमा रह्यो । अज्माउनले इरानबाट नखेल्ने निर्णय लिन निकै कठिन भएको बताएका छन् । उनले विश्वकप छनौट अन्तर्गत १४ खेलमा ११ गोल गरेका थिए । तर रुसमा समूह चरणमा मोरक्को, स्पेन र पोर्चुगलसँगको खेलमा पूरै समय उनले मैदानमा बिताएका थिए । १९ वर्षको उमेरमा अज्मोउन इरानको राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पाँचौँ स्थानमा छन् । उनलाई राष्ट्रिय हिरो अली दाएइसँग दाँज्ने गरिएको थियो, जसले १४९ खेलमा १०९ गोल गरेका छन् । उनी राष्ट्रिय टिमबाट धेरै गोल गर्ने खेलाडी हुन् । अज्मोउन रुसको फुटबल क्लब मरुबिन कजानबाट खेल्दै आएका छन् ।

‘मुसा’ को उत्कृष्ट प्रदर्शनले नाइजेरियाको शानदार जित, अर्जेन्टिनालाई कति राहत ?

मस्को । विश्वकप फुटबल अन्तर्गत शुक्रबार बेलुका भएको समूह ‘डी’ अन्तर्गतको खेलमा नाइजेरियाले पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डलाई हराएको छ । पहिलो खेलमा बलियो टिम अर्जेन्टिनालाई १-१ को बराबरीमा रोकेको आइसल्याण्ड दोस्रो खेलमा नाइजेरियासँग पराजित भएको हो । यो खेलमा नाइजेरियालाई जिताउन दुवै गोल अहमद मुसाले गरे । पहिलो हाफमा गोलरहित भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको हो । मुसाले ४९ औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । उनैले ७५ औँ मिनेटमा अर्को सुन्दर गोल गर्दै अग्रता दोब्बर पारे । आइसल्याण्डले त्यसपछि खेलमा फर्किने मौका पाएको थियो । ८२ औँ मिनेटमा पाएको पेनाल्टीमा आइसल्याण्डका गिल्फी सिगुर्डसनले गोल गर्न सकेनन् । उनले प्रहार गरेको पेनाल्टी बल बार भन्दा माथिबाट गयो । नाइजेरियाका टिरोन्नी इबुएहीले आइसल्याण्डका अल्फ्रेड फिन्बोगासनलाई फउल गरेपछि आइसल्याण्डले पेनाल्टी पाएको हो । यो पेनाल्टीको निर्णय गर्नका लागि रेफ्री म्याथ्यु कोग्नरले भिएआरको सहायता लिएका थिए । यो पेनाल्टी मिस गर्ने त्यहि टिम हो, जसले पहिलो खेलमा स्टार स्ट्राइकर अर्जेन्टिनाका लियोनल मेस्सीको पेनाल्टीमा गोल हुन दिएको थिएन ।पहिलो खेलमा बराबरी गरेको आइसल्याण्ड दोस्रो खेलमा पराजित भयो । तर पहिलो खेलमा कोस्टारिकासँग २-० ले हारेको नाइजेरिया यसमा २-० ले नै विजयी भयो । यसअघि कोस्टारिकाले अर्जेन्टिनालाई ३-० ले हराएको थियो । यो हारले अर्जेन्टिनाको अघिल्लो चरण पुग्ने सम्भावना लगभग सकिएको छ । तर आइसल्याण्डमाथि नाइजेरियाको जितले उसको सम्भावना केही बाँकी रहेको देखिएको छ । अब समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियाको सामना गर्नेछ । यो खेलमा जित निकालेमा र गोल अन्तर धेरै राख्न सकेमा अर्जेन्टिना अघिल्लो चरण जान सक्नेछ । यस्तै, आइसल्याण्डले अब क्रोएसियाको सामना गर्नेछ । यो समूहमा क्रोसियाको ६ तथा नाइजेरियाको ३ अंक भएको छ । आइसल्याण्ड र अर्जेन्टिनाको एक एक अंक मात्रै छ । -एजेन्सी

नेइमारले गरे ब्राजिलका लागि अर्को गोल

रसियामा जारी २१ औं संस्कारणको विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ का ब्राजिल र कोष्टारिकाबीचको खेल जारी छ । दोस्रो हाफ अक्रामक रुपमा प्रस्तुत भएको ब्राजिलका लागि खेलको अतिरिक्त समयमा नेइमारले गोल गर्दौ टोलीलाई २–० को अग्रता दिलाए । त्यअघि खेलको ९० मिनेटमा फिलिपोले गोल गर्दै टीमलाई अग्रता दिलाएका हुन । विश्वकपको दावेदार मानिएको ब्राजिलले गोलको प्रयास गरे पनि त्यो प्रयाप्त भएन । रसियाको सेन्टपिटर्सवर्ग रंगशालामा सुरु भएको खेलमा बलियो टिम ब्राजिल जित हात पार्दै नकआउट चरणको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा रहेको छ । यता, कोष्टारिका पनि ब्राजिललाई रोक्दै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ । यसअघि समूह चरणको पहिलो खेलमा ब्राजिलले स्वीट्जरल्याण्डसँग १—१ गोलको बराबरी खेलेको थियो । यता, कोष्टारिका भने सर्बियासँग १—० गोलले पराजित भएको थियो ।

खाद्य सुरक्षाले नै मानव जीवन सुरक्षित हुन्छ : राज्यमन्त्री चौधरी

कठमाडौं, असार ८ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले खाद्य सुरक्षित भए मात्र मानव जीवन सुरक्षित हुनसक्ने बताउनु भएको छ । आठौं राष्ट्रिय खाद्य बिज्ञान तथा प्राविधि सम्मेलन २०७५ को उदघाटन समारोहमा सम्बोधन गर्दै उक्त कुरा बताउनु भयो । कैयौं मुलुकमा ठु–ठुला प्रकृतिक प्रकोपहरु, ठुला–ठुला लडाइँहरु हुँदा वा खाद्यजन्य बस्तुहरुको सही व्यवस्थापन गर्न नसक्दा खाद्य सुरक्षित गर्न नसक्दा भोकमरी लाग्ने गरेको अवस्थासृजना भएको बताउनु भयो । विश्वको कृषि उत्पादनबारे विकसित मुलुकहरुको तथ्यांक हेर्दा उत्पादित कृषि उपजहरु उत्पादन पश्चात उचित व्यवस्थापन, प्रशोधन तथा बजारीकरणको अभावमा ३० प्रतिशतसम्म खेर गैइरहेको अवस्थामा हाम्रो जस्तो विकासशिल मुलुकमा झनै बढी नोक्सानी भैइरहेको बताउनु भयो । उत्पादित कृषि उपज नोक्सान हुनु भनेको उत्पादन देखि उपभोग नगरे सम्मको सम्पुर्ण कृषि श्रृङखलाका चरणमा गरिने लगानी खेर जानू पनि हो । यस प्रकारको नोक्सानीले अदृश्य एवं दोहोरो रुपमा हाम्रो र देशको आर्थिक अवस्थालाई मात्र नभई खाद्यय तथा पोषन सुरक्षालाई समेत नकारात्मक असर पारीएको बताउनु भयो । बिगतमा सरकारले कृषिमा उत्पादन मुखी योजनाहरु ल्याएर उत्पादन प्रबर्द्धनका कार्यक्रमहरुलाइ प्राथमिकता दिदै आएकोमा हाल आएर उत्पादन वा खेतीमा मात्र नभइ उत्पादन पश्चात उचित व्यवस्थापन तथा बजारीकरणमा समेत योजना तथा कार्यक्रम अगाडि सारेको र तेसको उदाहरण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भएको बताउनु भयो । राज्यमन्त्री चौधरीले ज्ञान र सीप दुबैको सही सदुपयोगबाट भविष्यमा नेपालमा खाद्य पोषण सुरक्षाको स्तर उकासिनेमा आफू विश्वसत रहेको दाबी गर्नु भयो । ‘खाद्य पोषण सुरक्षा र कृषि उध्यम बिकासमा खाद्यय तथा प्राविधिको भुमिका’ मुलनारा सहित दुई दिनसम्म सम्मेलन चल्ने र मुख्य उदेश्य अहिलेको आधुनिक युगमा हाम्रो जस्तो कृषिमा आधारित अर्थतन्त्र बोकेको राष्ट्रले उत्पादनमा मात्र नभर्इ उत्पादन भइ सके पछि व्यवस्थापन कसरी गर्न सकिन छ भन्ने नै हो । उद्घाटन समारोहका अध्यक्ष पूर्वसचिव उत्तमकुमार भट्टराईले जानकारी दिनु भयो ।

वाम एकतामा तुलाधरको योगदान महत्वपूर्ण

काठमाडौ‌ं, असार ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले कम्युनिष्ट पार्टीबीच एकता गराउन राजनीतिज्ञ तथा मानवअधिकारकर्मी पद्यमरत्न तुलाधरको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । लैनचौरस्थित तुलाधरको निवासमा पुगी आज नेकपाका महासचिव पौड्यालले वामपन्थी राजनीति र कम्युनिष्ट पार्टीबीच एकता गर्न तुलाधरले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँको सुस्वास्थ्य र निरोगिताको कामना गर्नुभयो । नेपालको लोकतान्त्रिक आन्दोलनका प्रेरक व्यक्तित्वका रुपमा रहनुभएका ७८ वर्षीय तुलाधर नेपालका कम्युनिष्ट एक हुनुपर्छ भन्ने आवाज निरन्तर उठाउने र त्यसका लागि भूमिका खेल्ने व्यक्तित्व हुनुभएको भेटमा सहभागी नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताउनुभयो । तुलाधरले जतिसुकै कठिन तथा प्रतिकूल समयमा पनि समन्वय गरेर पार्टीलाई एकतासम्म ल्याउन पु¥याएको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । वामपन्थी नेता तथा मानवअधिकारकर्मी तुलाधरले कम्युनिष्ट पार्टीबीच एकता हुँदा आफू असाध्यै खुशी भएको र कम्युनिष्ट एकता भएको हेर्ने आफ्नो सपना नै रहेको सुनाउनुभयो । नेपालमा मानवअधिकारको क्षेत्रमा निकै क्रियाशील तुलाधरले तत्कालीन विद्रोही नेकपा माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन निकै ठूलो योगदान पु¥याउनुभएको थियो । नेकपाका नेतासँगको भेटमा तुलाधरले आफ्नो पार्टी एकताको प्रयास सफल भएको र अब समृद्ध नेपाल हेर्न चाहेको बताउनुभएको थियो ।

भारतले दशगजामा बनाएको १५४ फिट लामो नाला पुरियो

गौशाला, असार ६ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतले एकतर्फीरुपमा बनाएको १५४ फिट लामो नाला आज एकाबिहानै पुरिएको छ । करीब एक महिनाअघि भारतले विहार राज्यको मधुवनी जिल्लाको मधवापुर शहरस्थित दशगजा क्षेत्रमा नेपालतर्फ क्षति र नोक्सानी पुग्ने गरी बनाएको १५४ फिट लामो नाला पुरिएको हो । भारतको मधवापुर पञ्चायतका मुखिया नीलाम्बर मिश्रले आज एकाबिहानै मेशिन र मजदूर लगाएर सो नाला पुरेका छन् । एक महिनाअघि भारतले दशगजामा नाला खनेको बेला महोत्तरी जिल्लाका प्रशासन र सुरक्षा निकायले स्थलगत निरीक्षण गरेर नाला पुर्नुपर्ने माग राख्दा त्यस बखत पनि माथिल्लो निकायको आदेशमा पुरिने भनिएको थियो । तर एक महिना बित्न लाग्दा पनि भारतको माथिल्लो निकायले कुनै चासो नलिएपछि मधवापुरका मुखिया मिश्रले नेपालीलाई सो नालाबाट हानी नोक्सानी र समस्या हुने गरेको भन्दै आज बिहान उनले आफैँ सो नाला पुरेका हुन् । मुखिया मिश्रले नाला पुर्दै गर्दा भारतीय सुरक्षा निकाय वा अन्य कुनै निकायले कुनै अवरोध खडा गरेन । यसरी नाला पुरेपछि मुखिया मिश्रले अब पुनः कहिल्यै पनि नेपाल र भारत दुवैतर्फका स्थानीयवासीलाई मर्का पर्ने गरी दशगजामा कुनै पनि काम गर्न नदिइने प्रतिबद्धता जनाए ।

रसिया विश्वकपमा कसको सम्भावना कति ?

पछिल्ला ५ वटा विश्वकपमा हरेकपटक नयाँ विजेता देखिएको सन्दर्भमा यसपटक विभिन्न विश्लेषणहरूले विश्वकपमा सहभागी ३२ मध्ये ८ टिमलाई विश्वकपको प्रबल दावेदारका रूपमा अगाडि सारेका छन् । ती ८ टिम जर्मनी, ब्राजिल, अर्जेन्टिना, फ्रान्स, बेल्जियम, स्पेन, पोर्चुगल तथा इंग्ल्यान्ड हुन् । फिफा, गोल डटकम, द टेलिग्राफ, द गार्जियन तथा सीआईईएस जस्ता वेबसाइटले विश्वकपका पछिल्ला खेलहरू, सम्बन्धित टिमको पछिल्लो एक वर्षको प्रदर्शन, उनीहरूले पाएको बरियताक्रम तथा उनीहरूको खेलकौशलका आधारमा यस्ता विश्लेषण गरेका हुन् । जम्मा १२ टिम फाइनलमा अहिलेसम्म खेलिएका विश्वकपका २१ वटा संस्करणमा संसारभरका जम्मा ७७ वटा मुलुकले फाइनल चरणमा प्रतिस्पर्धा गर्न पाएका छन् । तीमध्ये पनि अहिलेसम्मका २० वटा फाइनलमा जम्मा १२ वटा देश एकअर्कासँग भिडेका छन् । तीमध्ये जम्मा ८ वटा टिमले विश्वकप चुमेका छन् । पछिल्लो विजेता जर्मनी १३ पटक सेमिफाइनलमा पुगेर १२ पटकसम्म पहिलो, दोस्रो वा तेस्रो भएको छ भने १ पटकमात्र उसले चौथो स्थानमा चित्त बुझाउनुपरेको छ । अहिलेसम्म जर्मनी ८ पटक, ब्राजिल ७ पटक, इटाली ६ पटक तथा अर्जेन्टिना ५ पटक फाइनलमा पुगेका छन् । छनौट चरणमा बलियो टिमहरू कतिपय विश्लेषक विश्वकपको फाइनल चरणमा स्थान बनाउन खेलिने छनौट चरणका खेलमा सहभागी टिमहरूले छनौट चरणमै देखाएको प्रदर्शनलाई उनीहरूको विश्वकप जित्ने सम्भावनासँग समेत जोडेर हेर्ने गरेका छन् । छनौट चरणमा सबैभन्दा अगाडि जर्मनी देखियो, जसले छनौट चरणमा खेलेका सबै १० वटा खेल जितेको थियो । २ पटकको च्याम्पियन उरुग्वेले छनौट चरणमा खेलेका १८ मध्ये ९ खेल जितेको थियो । जबकि उसकै समूह–ए मा रहेको इजिप्टले छनौट चरणका ७ खेलमध्ये ५ वटा खेल जितेको थियो । समूह–बी मा रहेको स्पेनले छनौट चरणका १० मध्ये ९ खेल जितेको थियो भने पोर्चुगलले पनि १० मध्ये ९ खेल नै जितेको थियो । उता समूह–सी मा फ्रान्सले छनौट चरणका १० मध्ये ७ खेल जितेको थियो भने डेनमार्कले ६ खेल जितेको थियो । समूह–डी मा रहेको अर्जेन्टिना छनौट चरणको अन्तिम खेल जितेपछि मात्र विश्वकपमा छनौट भएको थियो । उसले छनौट चरणका १८ खेलमध्ये ७ वटामा जित हात पारेको थियो । यही समूहमा रहेको क्रोएसियाले छनौट चरणका १० मध्ये ६ खेल जितेको थियो । समूह–ई मा रहेको ब्राजिलले छनौट चरणका १८ खेलमध्ये १२ खेल जितेको थियो भने यही समूहको स्वीजरल्यान्डले १० मध्ये ९ खेल जितेको थियो । समूह–एफ को वर्तमान विजेता जर्मनीले छनौट चरणका सबै १० खेल जितेको थियो भने मेक्सिकोले छनौट चरणका ९ मध्ये ६ खेल जितेको थियो । समूह–जी मा रहेको इंग्ल्यान्डले छनौट चरणका १० मध्ये ८ खेल जित्दा उसको प्रतिद्वन्द्वी बेल्जियमले १० मध्ये ९ खेल जितेको थियो । समूह–एच मा रहेको कोलम्बियाले छनौट चरणका १८ मध्ये ७ खेल जित्दा ६ वटा खेल बराबरीमा टुंग्याएको थियो भने सोही समूहको पोल्यान्डले छनौट चरणका १० मध्ये ८ खेल जितेको थियो । ग्रुप अफ डेथ कसलाई मान्ने ? अमेरिकाका प्रोफेसर आर्पड एलोले छनौट चरणका खेलहरूको विश्लेषण तथा क्यालकुलेसन गरेर विश्वकपका लागि ईएलओ रेटिङ सिस्टम बनाएका छन् । पहिले चेस खेलका लागि प्रयोग हुने यो रेटिङ सिस्टम यसपटक एलोले फुटबलमा प्रयोग गरेका छन् । यो रेटिङ सिस्टम अनुसार समूह–ई अर्थात् ब्राजिल, स्वीजरल्यान्ड, सर्बिया र कोस्टारिका रहेको समूह नै ग्रुप अफ डेथ हो । यो रेटिङ अनुसार यो समूहलाई १ हजार ८ सय ८१ अंक दिइएको छ । आर्पड ऐलोका अनुसार यो समूहमा सर्बियाले कोस्टारिकालाई पराजित गरी ब्राजिल र स्वीजरल्यान्डसँग बराबरीमा खेल टुंग्याएको अवस्थामा ब्राजिल र सर्बियाबीचको खेल निकै महत्त्वपूर्ण हुनेछ । उक्त खेलमा पराजित हुने टिम सम्भवतस् विश्वकपबाट बाहिरिनेछ । ग्रुप–ईपछि १ हजार ८ सय ७९ अङ्क पाएको समूह–बी लाई पनि ईएलओ रेटिङ सिस्टमले ग्रुप अफ डेथ मानेको छ । यो समूहमा स्पेन, पोर्चुगल, इरान तथा मोरोक्को छन् । आर्पड एलोका अनुसार इरान वा मोरोक्कोले पोर्चुगल वा स्पेनसँगको खेल बराबरीमा टुंग्याएको अवस्थामा एकअर्काविरुद्ध जित निकाले स्पेन र पोर्चुगलबीचको खेल बराबरीमा टुंगिएको अवस्थामा ती दुवै टिम संकटमा पर्न सक्छ । एजेन्सीको सहयोगबाट

कोलम्बियाद्वारा जापानविरुद्ध गोल

काठमाडौं, असार ५ । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा मंगलबार पनि तनिवटा खेल हुँदैछन् । कोलम्बियाले जापानविरुद्ध पहिलो गोल गर्दै खेल बराबरीमा ल्याएको छ । कोलम्बियाका लागि जुयान फर्नान्डोले खेलको ३९ औं मिनेटमा फ्रिकिक मार्फत सुन्दर गोल गरेका हुन । यसअघि पेनाल्टीमार्फत खेलको ६ औं मिनेटमा जापनले पहिलो गोल गरेको थियो । जापानका लागि सिन्जी कागवाले पेनाल्टीमार्फत गोल गरेका हुन । पहिलो खेलमा समूह एचमा रहेका जापान र कोलम्बियाबीचको खेल अहिले जारी छ । जापान ४ पटकको एसियन च्याम्पियन हो भने कोलम्बिया सन २०१४ मा विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको टोली हो । खेल नेपाली समयअनुसार बेलुका ५.४५ बजेदेखि रसियाको मोर्डोभिया एरिनामा शुरु भएको हो । सन २०१४ को विश्वकपमा गोल्डेन बुट जितेका कोलम्बियाका जेम्स रोड्रिगेज यो पटक पनि राम्रो फर्ममा छन् ।

विश्वकप: स्टार खेलाडीको भिड्न्त आज, कसले मार्ला बाजी ?

काठमाडौं, असार ५ । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा मंगलबार पनि तनिवटा खेल हुँदैछन् । आजको पहिलो खेलमा समूह एचमा रहेका जापान र कोलम्बिया साँझ ५ः४५ बजे भिड्दैछन् । जापान ४ पटकको एसियन च्याम्पियन हाे भने कोलम्बिया सन २०१४ मा विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको टोली हो । २०१४ को विश्वकपमा गोल्डेन बुट जितेका जेम्स रोड्रिगेज यो पटक पनि फर्ममा छन् । कोलम्बियालाई अघि बढाउन राडामाल फल्काओको भूमिका पनि निकै महत्वपूर्ण हुनेछ । यी दुवै टिम समूह एच मा रहेका छन् । यसैगरी, समूह एच कै अर्को खेल राति ८ः४५ बजे पोल्यान्ड र सेनेगल आमनेसामने हुनेछन् । सेनेगलका फरवर्ड साडियो माने र पाल्यान्डका रोबर्ट लेवान्डोस्कीको खेल हेर्न लायक हुनेछ । मानेले सेनेगलका लागि ४९ खेलमा १४ गोल गरेका छन् भने लेवान्डोस्कीले पोल्यान्डका लागि खेलेको ९५ खेलमा ५५ गोल गरेका छन् । मंगलबारको अन्तिम खेलमा राति ११ः४५ बजे आयोजक रसिया र अफ्रिकन च्याम्पियन इजिप्टको खेल हुँदैछ । समूह चरणको पहिलो खेलमा रसियाले साउदी अरबलाई ५–० गोल अन्तरले हराएको थियो । इजिप्ट भने पहिलो खेलमा उरुग्वेसँग १–० गोलले हारेको थियो । आजको खेलमा इजिप्टलाई अलि दबाब रहेको छ । पहिलो खेल हारिसकेको हुनाले अर्को चरण पुग्ने आश जगाउन पनि आजको खेल जित्तुपर्ने दबाब इजिप्टसँग छ । पहिलो खेल गुमाएका इजिप्टका स्टार खेलाडी मोहमद सलाह मंगलबार भने मैदानमा उत्रने सम्भावना छ । यता, रसियाले आजको खेल जितेमा अन्तिम १६ मा पुग्ने सम्भावना झन बलियो बन्नेछ ।

पोखरेलले पाए कार्यवाहक प्रधामन्त्रीको जिम्मेवारी

काठमाडौँ, असार ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिनुभएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिनुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि विदेशमा रहनुभएकाले नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ । -रासस