यी बानी त्यागे घरमा सुख, शान्ति र समृद्धि आउछ

काठमाडौं, कार्तिक २१ ।
धनधान्यकी देिव लक्ष्मी लक्ष्मी माताको कृपा बनायराख्न यी कुरामा ध्यान दिन जरुरी छ । हरेक व्यक्ति धन कमाउन चाहन्छ र त्यसका लागि दिनरात मेहनत गरिरहेको हुन्छ । तर, धेरै मानिस सफल हुन सक्दैनन् । यतिधेरै मेहनत गर्दा पनि मनले चाहेको सफलता हासिल गर्न सकिएको छैन भन्ने धेरैको गुनासो पनि सुन्न सकिन्छ ।

यसमा तपाई केही बानी कारक हुन सक्छन् । कारण तपाईंका केही बानी पनि हुनसक्छन् । सुन्दा सामान्य लाग्ने बानी सुधारेमा लक्ष्मी माताको कृपाहुने र मनले चिताएको सफलता प्राप्त गर्न सकिने धार्मिक मान्यता छ ।

यहाँ हिन्दू धर्मपरम्पराका अनुसार यस्ता पाँच खराब बानीको बारेमा छलफल गरिँदैछ जसलाई त्याग्न सक्दा गरिबीले तपाईंलाई त्याग्नेछ र तपाईंले पसिनाको सही फल पाउन सक्नुहुन्छ ।

१. सूर्य उदाएपछि उठ्ने र सूर्य अस्ताउने बेला सुत्ने यी दुवै काम धनकी देवी लक्ष्मीको लागि अप्रिय हुन्छ । यस्तो बानी भएका मानिसप्रति देवी देवताको क्रिया हुँदैन ।

२. कयौं पटक हाम्रो कपडा फाट्छ र मैलो भए पनि हामी त्यसलाई लगाइरहन्छौं । जसले मैलो र फोहोर अनि फाटेको कपडा लगाउँने व्यक्तिलाई धनकी देवी लक्ष्मीले कृपा हुनसक्दैन ।

३. बिहान र बेलुकाको समय दैवी शक्तिको लागि खास महत्वपूर्ण मानिन्छ । उक्त समयमा घर, पसल वा अफिसको मन्दिर र भान्छामा अँधेरो राख्नु अशुभ मानिन्छ । यसर्थ, हरेक दिन बिहान र साँझ कम्तिमा पनि एउटा बत्ती बाल्नुपर्छ ।

४. जो व्यक्ति साधुसन्त वा घरको ठूलो मानिसको अपमान गर्दछ, उनीमाथि देवी लक्ष्मी रिसाउँछिन् । यस्ता मानिसहरुले लाख कोसिस गर्दा पनि धन लाभ गर्न सक्दैनन् र चाहेको सफलता हासिल गर्न सक्दैनन् ।

५। शास्त्रका अनुसार, बिनाकारण वा ज्यादा रिसाउने बानी पनि देवी लक्ष्मीलाई क्रोधित बनाउने तरिका हो । जुन घरमा झगडाको माहौल बनिराख्छ, त्यहाँ लक्ष्मीले बास गर्दिनन् । यसकारण बिनाकारण रिसाउने बानी हटाउनु पर्दछ ।

फ्रान्सलाई टुक्र्याउन नहुने पक्षमा ५६ प्रतिशतले गरे मतदान, क्यालेडोनियमा भएको थियो जनमत संग्रह

काठमाडौं, मधेशलाई नेपालबाट अलग गर्नुपर्छ भनेर केही अलगाववादी सक्रिय भएको बेला फ्रान्समा भने अनौठो परिणाम सार्वजनिक भएको छ । फ्रान्सको नियन्त्रणमा रहेको न्यू क्यालेडोनिया द्विपका जनताले स्वतन्त्रताको माग गदै आएको समूहलाई जनमत संग्रहमा पराजित गरेका छन् । आइतबार सार्वजनिक भएको परिणाममा ५६.४ प्रतिशत जनताले फ्रान्सकै हिस्सा बन्ने पक्षमा मतदान गरे । ४३.६ प्रतिशतले भने अलग हुने पक्षमा मत दिए । आधिकारिक तथ्यांक अनुसार, ८० प्रतिशत भोट खसेको चुनाव राजधानी नोमेयामा भएको थियो । न्यू क्लालेडोनियामा निकल नामक खनिज धातु निकै बढी पाइन्छ । यो धातुको प्रयोग विद्युतीय सामानमा हुने गर्छ । रणनीतिकरुपमा समेत फ्रान्सका लागि यो क्षेत्र निकै महत्वको छ । यस क्षेत्रमा कूल एक लाख ७५ हजार मतदात छन् । यो क्षेत्रमा बसोबास गर्दै आएका कनक मूलवासीहरुले फ्रान्सबाट अलग हुने माग राख्दै आएका थिए । विगतमा पृथकतावादीहरुले निकै ठूलो हिंसात्मक प्रदर्शन समेत गरेका थिए । सन् १९८८ मा भएको हिंस्रक प्रदर्शनपछि भएको शान्ति सम्झौतामा जनमत संग्रह गर्ने कुरामा सहमति भएको थियो ।

रक्षामन्त्रीको हेलिकोप्टर बसाउन क्रिकेट खेल स्थगित

कलैया, कार्तिक १८ । सत्तारुढ पार्टीको चियापानमा भात लिन रक्षामन्त्री ईश्वर पोखरेल शनिवार कलैया पुगे, नेपाली सेनाको हेलिकोप्टरचढेर । त्यतिले मात्र पुगेन, जिल्लाका २० विद्यालय सहभागी क्रिकेट प्रतियोगिता स्थागित भयो । कलैयाको सिद्देश्वर क्रिकेट मैदानमा हेलिकोप्टर ल्याण्ड गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले त्यहाँ जारी जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता स्थगित गर्न लगाएको हो । प्रतियोगिता रोक्न लगाएपछि शनिबारका दुई खेल प्रभावित भएको कलैया क्रिकेट क्लबका एक पदाधिकारीले बताए । शनिवार विदा भएकोले शनिवार तीन खेल थिए, दर्शकको भिड थियो । तर, सबैलाई धपाएर खाली बनाएको मैदानमा रक्षामन्त्री ओर्लिए र पार्टीको कार्यक्रममा तीन घन्टा १० मिनेट बिताए । रक्षामन्त्रीका कारण दुई खेल रद्द हुँदा आयोजकलाई आर्थिक भार थपिनुका साथै कार्यक्रमको पूर्व निर्धारित तालिका समेत बिग्रीएको छ । नयाँ पत्रिकामा खबर छ ।

शौलाचय गएकी १३ वर्षीय बालिका बलात्कृत

कपिलवस्तु, कार्तिक १७ । जिल्लाको शिवराज नगरपालिका १ मा बुधबार राती १३ बर्षीया बालिका बलाकृत भएकी छिन् । राती शौच गर्न जाँदा स्थानीय २२ बर्षीय खिम बहादुर विकले बारीमा लगि जबरजस्ती करणी गरेको भनी पीडित बालिकाका परिवारले वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिएका छन् । देउसी भैलोको तयारी गरी राती करिब १० बजे घरमा आएकी बालिका शौचालय गर्न घर नजिकैको शौचालयमा जाँदै गर्दा पिडकले जवरजस्ती तानेर मुख थुनी बलात्कार गरेको पीडितको आरोप छ । परिवारलाई राती नै बालिकाले घटनाबारे बताएको भए पनि  बिहीबार बिहान मात्रै प्रहरीलाई खबर गरेको थियो । उजुरीका आधारमा प्रहरीले युवकलाई बिहीबार नै पक्राउ गरेर म्याद थप गरि अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले बताए । पीडित बालिकाको जिल्ला अस्पतालमा उपचार गरेर घर ल्याइएको प्रहरीले जनाएको छ । विकले भने आफूले करणी नगरेको दावी गर्दै आएको प्रहरीले जनाएको छ । बालिकाको मेडिकल रिपोर्ट अझै नआएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । पीडित परिवारले भने प्रहरी प्रशासनले तदारुकताका साथ काम नगरेर दोषीलाई छुटाउने चलखेल भइरहेकोे भन्दै शुक्रबार प्रहरी कार्यालय घेराउ गरी दोषीलाई कानुन बमोजिम कारवाही गर्न माग राखेका छन् । इमेजखबरबाट

काग तिहार अर्थात धनतेरसमा के किन्ने के नकिन्ने ?

कार्तिक १९ गते, सोमवारदेखि यमपंचक सुरु हुँदैछ । यस अवधिमा मनाइने तिहारलाई नेपालका धेरै जसो संस्कृतिमा धुमधामका साथ दीपोत्सवको रूपमा मनाइन्छ । यमपंचकको पहिलो दिनलाई काग तिहारको रूपमा मनाइने गरिछ । यसदिन सन्देशवाहकको रूपमा कागको पूजा गरिन्छ । यसका साथै यस दिन आरोग्यका देवता धन्वन्तरी र धनका देवता कुबेरको पूजा समेत गरिन्छ । देशका तराई भागमा त्रयोदशीका दिन पर्ने यस पर्वलाई धनतेरसका नामले समेत चिन्ने गरिन्छ । धनतेरसका दिन बहुमूल्य वस्तुहरूको खरिददारी गर्ने समेत प्रचलन रहेको छ । यस दिन समान किन्दा धनवृद्धि हुने विश्वास रहेकाले कतिपय मानिस महत्वपूर्ण खरिददारीका निम्ति यस दिनको प्रतीक्षामा रहने गर्दछन् । धनतेरसको दिन बहुमूल्य वस्तुको खरिददारी गर्नुलाई राम्रो मानिए पनि यस दिन सबै खालका सामान किन्नु भने उपयुक्त मानिदैन । धेरैले यस दिन सके सुन नत्र चाँदी र त्यो पनि नसके पित्तल या तामाको सामान किन्नु उपयुक्त ठान्दछन् । हुन त कुनै पनि सामान कुनै निश्चित दिन किन्नु भन्दा पनि आफूलाई अनुकूल परेको बेलामा किन्नु सबैभन्दा उत्तम हो । तर शुभाशुभमा विश्वास गर्नेहरू यस दिन के किन्ने र के नकिन्ने भन्ने कुरामा निकै सजग रहेको पाइन्छ । हामीले आज धनतेरसको दिन कुन समान किन्दा शुभ हुने र कुन समान किन्दा अशुभ हुने भन्नेबारे  केही जानकारी जुटाएका छौं । के किन्दा शुभ हुन्छ? लक्ष्मी गणेशको प्रतिमा: यस दिन लक्ष्मी र गणेशको प्रतिमा या तस्बिर किन्नु उपयुक्त मानिन्छ । यसो गर्दा घरमा सुखसमृद्धि एकैसाथ आउने र गृह्क्लेश समेत टाढा हुने विश्वास गरिन्छ ।उक्त प्रतिमालाई लक्ष्मीपूजाको दिन पूजा गर्नु राम्रो मानिन्छ । गरगहना तथा कपडा: यस दिन सुन चाँदीका गहना किन्नु पनि राम्रो मानिन्छ । त्यसका साथै लुगाफाटो किन्दा पनि सेतो या रातो रङ्गको कपडा किन्नु राम्रो मानिन्छ । कालो या निन्याउरो रङ शनिको प्रतीक हुने भएकाले यस दिन सकेसम्म नकिन्नु नै राम्रो मानिन्छ । मोटरगाडी किन्दा ध्यान दिनुपर्ने: धेरैले यस दिन मोटरगाडी पनि किन्ने गर्दछन् । यो राम्रो भएपनि त्यसको मूल्य भने सकेसम्म एक दिन अगाडि नै तिर्नु राम्रो मानिन्छ । यसो गर्नुका मुख्यतया दुई कारण रहेकाछन्: पहिलो त गाडीहरू फलामबाट बनेका हुन्छन् र फलाम शनिको धातु ,मानिन्छ, अर्को हो यसमा प्रयोग हुने काँच जसलाई राहु तत्व मानिन्छ । सम्पत्ति, भाँडाकुँडा या औषधि: यस दिन अचल सम्पत्ति र औषधि किन्दा पनि लाभ हुने विश्वास गरिन्छ । त्यस्तै तामा, पित्तल, चरेस, स्टील आदिका भाँडा कुँडा किन्नु पनि राम्रो मानिएको छ । कुचो, नुन र धनियाँ: यस दिन कुचो र नुन किन्नु पनि राम्रो मानिन्छ । कुचो किन्दा घरको नकारात्मक उर्जा बाहिर जाने विश्वास गरिएको छ । त्यस्तै यस दिन धनियाँ किन्नु पनि राम्रो मानिन्छ । यसरी कीएको धनियाँलाई लक्ष्मीको प्रतिमा नजिक राखेर लक्ष्मी पूजा पछि कुनै गमलामा विसर्जित गरिदिनु पर्दछ । अन्य कुराहरू: त्यस्तै यस दिन दक्षिणवर्ती शंख, कमलगट्टाको माला, धार्मिक साहित्य या रुद्राक्षको माला किन्नु पनि लाभदायक मानिन्छ । त्यस्तै यस दिन प्राणप्रतिष्ठित श्रीयंत्र समेत घरमा राख्दा फाइदा हुन्छ । के किन्नु उपयुक्त हुँदैन ? काँचका समान: काँचको सम्बन्ध राहु ग्रहसँग भएको मानिन्छ । राहु नीच ग्रह मानिने र यसले अशुभ गर्न सक्ने भएकाले नै यस दिन काँचका सामान किन्नु उपयुक्त मानिंदैन । फलाम र एल्मुनियमका भाँडाकुँडा: फलाम शनिसँग र एल्मुनियम राहुसँग सम्बद्ध भएकाले यस्ता समान पनि यस दिन किन्ने गरिन्न । धारिलो वस्तु: धनतेरसको दिन चक्कु, खुकुरी जस्ताधरिला समान समेत किन्नु राम्रो मानिंदैन ।  

बलात्कारीलाई जोगाउन गलत रिपोर्ट दिने २ चिकित्सकविरुद्ध मुद्धा

कठमाडौं, कार्तिक १७ । वर्षीया बालिकाको बलात्कारीलाई जोगाउन गलत मेडिकल रिपोर्ट दिने दुई जना डाक्टरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।   धनुषामा बलात्कार घटनामा पीडित बालिकाको स्वास्थ्य परीक्षणबारे गलत प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पताल धनुषाका डा. भिके सिंह भनिने विजयकुमार सिंह र डा। रम्भा गोइतविरुद्ध अख्तियारले मद्दा दायर गरेको हो।   अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार धनुषा जिल्लामा गत भदौ ४ मा १२ वर्षीया बालिका बलात्कार भएको घटनामा प्रहरीले अनुसन्धान क्रममा भदौ ९ मा जनकपुर अञ्चल अस्पतालमा पीति बालिकाको स्वास्थ्य परीक्षण गराउँदा डा. सिंह र गोइतले बलात्कार नभएको प्रतिवेदन दिएका थिए।   त्यसपछि प्रतिवेदनमाथि शंका गर्दै भदौ २४ मा जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परीक्षण गराउँदा बलात्कार भएको पुष्टि भएको थियो। डा. सिंह र डा. गोइतले बलात्कारी जोगाउन गलत प्रतिवेदन दिएको भन्दै अख्तियारमा पीडितको उजुरी परेको थियो । आजको नागरिक दैनिकमा यो खबर छ ।

फेसबुक असुरक्षितः हजारौं प्राइभेट म्यासेज चोरी, एकाउन्ट बेच्न विज्ञापन !

एजेन्सी । सामाजिक सञ्जाल फेसबुक अहिले सबैको अनिवार्य बनेको छ । उठ्दाबस्दा अधिकांशको फेसबुक निकै अपरिहार्य भएको छ । तर, ह्याकरहरुले हजारौं फेसबुक प्रयोगकर्ताको एकाउन्ट ह्याक खबर सार्वजनिक भएको छ । ह्याकरले निजी सन्देश (प्राइभेट म्यासेज) प्रकाशित गरेका छन् । कम्तिमा ८१ हजार भन्दा बढी फेसबुक प्रयोगकर्ताका म्यासेजहरु उनीहरुले सर्वाजनिक गरेका हुन् ।   यसमा संलग्नहरुले बिबिसीको रुसी सेवालाई आफूहरुसँग १२० मिलियन फेसबुक एकाउन्टको विस्तृत जानकारी रहेको बताएका छन् । उनीहरुले त्यो जानकारी बेच्ने प्रयास गरेका छन् ।   फेसबुकले प्रयोगकर्ताको गोपनियतामा कुनै पनि किसिमको सम्झौता नगरिने बताएको छ । थप एकाउन्ट प्रभावित नहुन भनेर आफूहरुले सुरक्षात्मक उपाय अपनाएको फेसबुकले जनाएको छ ।   अहिले ह्याकरले चोरी गरेका जानकारीहरु विशेष गरी युक्रेन र रुसका प्रयोगकर्ताको छ । यस्तै बेलायत, अमेरिका, ब्राजिल र विश्वका अरु देशका प्रयोगकर्ताको जानकारी पनि उनीहरुसँग छ । ह्याकरले एउटा एकाउन्ट १० सेन्टमा बेच्ने प्रस्ताव गरेका थिए । उनीहरुले यसबारेको विज्ञापन अनलाइनमा प्रकाशित गरेका थिए । अहिले उनीहरुको विज्ञापन अफलाइन गरिएको छ । देशसञ्चारबाट

माइक्रो र मोटरसाइकलको दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं, कात्तिक १३ । मंगलबार बिहान काठमाडौंको लैनचौरमा मोटरसाइकल र माइक्रोबस ठोक्किदाँ एकजनाको मृत्यु भएको छ भने अर्काे घाइते भएका छन् । खानी विभागस्थित सडकखण्डमा बिहान ६ बजे बा २ ख २०६८ नम्बरको माइक्रो र बा ६४ प ९२८४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक नुवाकोट बस्ने ३० वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले बताएको छ । पछाडि सवार सोह्रखुट्टै बस्ने सरज थापा घाइते भएको छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको र माइक्रो चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत दरबारमार्गले जनाएको छ।

समृद्धिको ढोका खोल्दै ‘कर्णाली’

सुर्खेत, कात्तिक १३ । ‘पिछडिएको कर्णाली प्रदेशको विकासका लागि हामी कोही पनि सत्तापक्ष र प्रतिपक्षका रूपमा विभाजित हुँदैनौँ । बरु, प्रदेशलाई आवश्यक बजेट र अधिकार प्राप्तिका लागि जहिले पनि केन्द्र सरकारसँग प्रतिपक्षीकै भूमिकामा उभिन तयार छौँ।’ यो माघ २१ गते बसेको प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा दलका नेताहरूले अधिक दोहो¥याएको वाक्य हो । प्रदेशको विकास र समृद्धिका लागि सत्तापक्ष÷प्रतिपक्ष एकताबद्ध भएर अघि बढ्ने नेताहरुको प्रणसँगै कर्णाली प्रदेश सरकारले केही आशालाग्दा कामको थालनी गरेको छ । जसले कर्णाली समृद्धिको मार्गमा अघि बढ्दैछ भन्ने संकेत गरेको छ। प्रदेशसभा शुरु भएको पाँचौ दिनमा विपक्षी काङ्गे्रस संसदीय दलका नेता जीवनबहादुर शाहीको राजधानी ‘सुर्खेत’ र तत्कालीन एमालेका नेता यामलाल कँडेलको नामाकरण ‘कर्णाली’ कायम गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भयो । सरकारले ल्याउनुपर्ने प्रस्ताव विपक्षीले ल्याएर सत्तापक्षले समर्थन गरेको यस्तो उदाहरण संसदीय व्यवस्थामा विरलै देख्न पाइन्छ । तर कर्णाली संसद् अपवाद बनेको छ । एकाधबाहेक महत्वपूर्ण विषयवस्तुमा सत्तापक्ष÷प्रतिपक्षको एकता उदाहरणीय छ । संविधान निर्माणको पूर्वसन्ध्यामा प्रमुख चार दलका नेताहरू सम्मिलित विशेष समितिले ०७२ साउन २३ मा ६ प्रदेशको खाका सार्वजनिक गर्यो । सुदुरका ९ तथा मध्यपश्चिमका १० जिल्ला समेटेर एउटै प्रदेशको खाका तयार पारिएको थियो । दलबीच भएको यही सहमतिविरुद्ध भेरी–कर्णालीमा असन्तुष्टिको आगो बल्यो । ‘अखण्ड मध्यपश्चिम’ अर्थात् बेग्लै प्रदेशको माग राखी शुरु भएको आन्दोलनको राप बढ्दै गयो । १३ दिनसम्म चलेको आन्दोलनमा थुपै्र घाइते भए । सुर्खेत र जुम्लामा गरी चार जनाले ज्यान गुमाए । आन्दोलन उत्कर्षमा पुगेपछि भदौ ४ गते दलहरू भेरी–कर्णालीका १० जिल्लालाई बेग्लै प्रदेशमा राख्न सहमत भए । अन्ततः यही ‘कान्छो प्रदेश’ले आफ्नो नाम र राजधानी टुङ्गो सहजै लगायो । अन्य प्रदेशका लागि पेचिलो बनेको यो मुद्दा तत्कालीन ‘प्रदेश–६ संसद्’ ले टुङ्ग्याएपछि चौतर्फी वाहीवाही बटुल्यो । प्रदेश सरकारको पहिलो बैठकले प्रमुख पर्यटकीय गन्तव्य रारालाई केन्द्रबिन्दु बनाएर २०७५ लाई ‘पर्यटन वर्ष’ का रूपमा मनाउने निर्णय ग¥यो । ‘रारा–कर्णाली पर्यटन वर्ष’ नाम दिइएको यस अभियानको पहिलो पर्यटक बन्नुभयो, प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्री ओलीबाट वैशाख १ गते राराताल परिसरमा शुभारम्भ भएको यस अभियानले कर्णालीको पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्न थप मद्दत पुग्यो । “पर्यटनबाटै समृद्धि सम्भव छ’ भनेर अभियान सुरुवात ग¥यौँ, यहाँ आउने पर्यटकले एकपटक ढुङ्गाकै सिरानीमा सुत्नुपर्ने बाध्यता छ,” मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, “लाखौँ पर्यटक भित्र्याएर यहाँको पर्यटन पूर्वाधारको विकास गर्नु छ ।” अभियानकै प्रभावभन्दा फरक पर्दैन, यतिबेला रारातालमा रमाउनेको बाक्लो भीड देख्न सकिन्छ । रारा रुटमा पर्ने सुर्खेतका बुलबुले, काँक्रेविहार, दैलेखका पञ्चकोशी, जुम्लाको सिञ्जालगायतका स्थानमा पर्यटकको चहलपहल विगतमा भन्दा बढ्दो छ। प्रदेश सरकारले रारा, से–फोक्सेण्डो, बुलबुले, काँक्रेविहार, पञ्चकोशी ज्वाला, कुभिन्डे दह, सिञ्जालगायतका पर्यटकीयस्थलमा गरी यो वर्ष पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । अभियानकै कारण रारामा उल्लेख्य पर्यटक भित्रिएको सरकारको दाबी छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले यसै वर्ष पर्यटन प्राधिकरण गठन गर्ने सरकारको कार्यक्रम रहेको जानकारी दिनुभयो । यसले सिङ्गो प्रदेशको पर्यटकीय गुरुयोजना निर्माणदेखि पूर्वाधार विकासमा टेवा पुग्ने उनको भनाइ छ । वैशाख १ गते रारामै बसेको कर्णाली मन्त्रिपरिषद् बैठकले भारतीय सीमा जमुनाहादेखि उत्तरी तिब्बत जोड्ने हिल्सा नाकालाई पर्यटकीय राजमार्गका रूपमा अघि बढाउने निर्णय गर्यो । उक्त निर्णय प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको थियो । अहिले यो सडक निर्माणमा चिनियाँ लगानीकर्ता इच्छुक देखिएका छन् । मुख्यमन्त्रीको हालै सम्पन्न चीन भ्रमणका क्रममा राजमार्ग निर्माणमा चिनियाँ हाइवे कम्पनीका प्रतिनिधिले सकारात्मक प्रतिक्रिया दिएका थिए । भ्रमणमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उत्तर–दक्षिणका यी नाका जोड्ने राजमार्ग विस्तार भएसँगै कर्णाली प्रदेशले मात्र नभई सिङ्गो मुलुकले आर्थिक लाभ पाउने अपेक्षा विश्वास लिइएको छ । उत्तरी छिमेकी चीनबाट बौद्ध धर्मावलम्बीलाई कर्णालीको लुम्बिनीका रूपमा चिनिएको सुर्खेतस्थित काँक्रेविहारसम्म ल्याउन तथा भारतीय हिन्दू पर्यटकलाई मानसरोवर जानसमेत यही रूट भरपर्दो हुने हुँदा पर्यटन उद्योगमा ठूलो परिवर्तन ल्याउने ठानिएको छ । कर्णाली सरकार डिजिटल र अर्गानिक प्रदेशको आधारशिला निर्माण गर्ने काममा जुटेको छ । प्रदेश मन्त्रालयलाई ‘पेपरलेस’ बनाउन सरकारले गृहकार्य गरिसकेको तथा महत्वपूर्ण स्थानमा सिसीटिभी क्यामरा जडान गर्नेदेखि विद्यालयमा सोलार र इन्टरनेट जडान गर्ने लगायतका काम शुरु भइसकेका छन् । अर्गानिक प्रदेश निर्माणका लागि कर्णालीका प्रत्येक जिल्लाका प्रत्येक स्थानीय तहमा रु एक÷एक करोड बजेट विनियोजन गरिएको छ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अर्गानिक कार्यक्रमले स्थानीय कृषि उत्पादन वृद्धिका साथै बजारीकरणमा समेत टेवा पुग्ने विश्वास लिएको छ । जडिबुटी कर्णाली प्रदेशको मुख्य आम्दानीको स्रोत हो । बहुमूल्य यार्सागुम्बालगायतका जडिबुटीलाई प्रशोधन गरेर एकद्वार प्रणालीमार्फत बिक्री वितरण गर्ने सरकारको योजना छ । प्रदेश सरकारले यस वर्षलाई कानून र भौतिक पूर्वाधारको गुरुयोजना निर्माणका रुपमा लिएको छ । यस अवधिमा २१ कानून बनाइसकेको छ । सङ्घीय कानून नबन्दाका अप्ठ्यारा बाहेक आफूले बनाउनुपर्ने सबै कानून बनाइसकेको छ । त्यस्तै, सरकारले श्रमप्रति सम्मान बढाउन महीनाको १ र १५ गते ‘श्रम दिवस’ मनाउँदै आएको छ । मुख्यमन्त्री, मन्त्रीसहित प्रदेश सरकारका उच्च अधिकारी श्रम दिवसमा सहभागी भएर विकास निर्माण कार्यमा सहभागिता जनाउने प्रचलन छ । कर्णाली सरकारको अर्को महत्वपूर्ण निर्णय हो, “गम्भीर बिरामीलाई एयर लिफ्टिङमार्फत उद्वार गर्ने ।” कार्यक्रमबाट सडकको पहुँच नपुगेका क्षेत्रका बासिन्दाले लाभ पाउनेछन् । माथिल्लो कर्णालीका जिल्लाबाट प्रदेश राजधानीमा नियमित उडानका लागि विमान कम्पनीसँग प्रदेश सरकारले छलफल अघि बढाइरहेको छ । प्रदेश सरकारकै पहलमा लामो समय अवरुद्ध सुर्खेत–काठमाडौँ हवाई उडान सञ्चालन भएको छ । दश जिल्ला रहेको कर्णाली प्रदेशमा कृषि, पर्यटन, जडीबुटीका अतिरिक्त जलस्रोतका दृष्टिले धनी मानिन्छ । यहाँ निर्माणाधीन जलविद्युत् आयोजना समयमै पूरा भए कर्णालीले विकासको कोल्टे फेर्न धेरै वर्ष कुर्नु पर्दैन । माथिल्लो कर्णाली, तिला १ र २, नलगाड, बेतान कर्णालीले निर्धारित समयमै निर्माण पूरा भए विद्युत्बाटै प्रदेशले उल्लेख्य लाभ लिनसक्ने आधार छन् । सरकारले उपलब्ध अपार स्रोतलाई समयमै सदुपयोग गर्न सकेको खण्डमा अहिलेजस्तो सबै सूचकाङ्कमा पछाडि रहेको गरीब प्रदेशका रूपमा चित्रित कर्णाली छोटो समयमै समृद्ध बन्न सक्छ । रासस

प्रधानमन्त्रीको स्वास्थ्यः शरीर सुन्निएको छ, अनुहार र छाती रातो

काठमाडौं, कार्तिक १३ । छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओली स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उनलाई स्वासनलीको संक्रमण (रेस्पिरेटोरी ट्य्राक्ट इन्फेक्सन) भएको छ ।   दसैँको टीकाको दिनदेखि बिरामी भएका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार नदेखिएपछि सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । सुरुमा सामान्य रुघाखोकी लागेका उनलाई छाती दुखाइ र श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको हो । एक दशकअघि मिर्गौला प्रत्यारोपण गरेकाले उनलाई चाँडै संक्रमण हुने समस्या छ ।   सेन्टरका निर्देशक प्राडा. उत्तमकृष्ण श्रेष्ठले श्वासनलीमा भएको संक्रमणलाई मिर्गौलासम्म पुग्न नदिन चिकित्सकहरूले प्रयास गरिरहेको बताए । सिसियूमा राखिएका प्रधानमन्त्रीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह र डा। प्रकाश काफ्ले, छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास र एनेस्थेसिया डा. सुवास आचार्य खटिएका छन् । केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ । नयाँ पत्रिकामा खबर छ ।

मेसीको दाहिने हात भाँच्चियो, तीन साता आराम गर्नुपर्ने

बार्सिलोना । अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका कप्तान लियोनल मेसी दाहिने हात भाँच्चिएका कारण तीन हप्ता फूटबल नखेल्ने भएका छन् ।   बार्सिलोनाका कप्तान समेत रहेका मेस्सी क्याम्प नाउमा सेभिया बिरुद्धको खेलमा मैदानमा लडेका थिए । खेलको २६औं मिनेटमा उनी खेल छाड्न बाध्य भए । स्वास्थ्य परीक्षण गर्दा उनको दाहिने हातको हड्डी भाँच्चिएको पाइएको थियो ।   तीन साता आराम गर्नुपर्ने भएका कारण उनी इन्टर मिलान, रियल म्याड्रिड, कल्चरल लियोनेसा, रायो भ्यालेकानो, इन्टर मिलान र बेटिस विरुद्धको खेलमा उपस्थित हुने छैनन् ।   बार्सिलोनाका व्यवस्थापक अर्नेस्टो भ्याल्भर्डले मेसीको अनुपस्थितिले टीमलाई नोक्सान गर्ने भएपनि बार्सिलोना टीममा राम्रा खेलाडी अरु पनि रहेकाले खेल जित्नेमा आफू आशावादी रहेको बताए । -रासस

सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रस्ताव तयार

काठमाडौं, कार्तिक ४ । मुलुकभरका ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा नयाँ संरचनाका साथै दरबन्दीको मस्यौदा तयार पारेको छ ।   संघीयता कार्यान्वयन भएपछि मन्त्रालयले स्थानीय तह, प्रदेश र संघको नयाँ संरचना तथा त्यसलाई आवश्यक पर्ने जनशक्तिको खाका तयार पारेको हो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल संयोजक रहनुभएको संघीय व्यवस्थापन समितिले तयार पारेको मस्यौदामा स्वास्थ्य सेवाको पहुँचलाई अझ सर्वसुलभ बनाउन प्रदेश अन्तर्गतका सबै जिल्लामा रहने गरी प्रदेश जनस्वास्थ्य शाखा कार्यालयको प्रस्ताव गरिएको हो ।   सातवटै प्रदेशमा स्वास्थ्य प्रवद्र्धन तथा तालीम केन्द्र, स्वास्थ्य सामग्री तथा औषधि व्यवस्थापन केन्द्र र जनस्वास्थ्य प्रयोगशाला रहने व्यवस्था गरिएको छ । ती निकायमा ११औँ तहको दरबन्दी रहने प्रस्ताव गरिएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गत भदौ २८ गते प्रमुख विशेषज्ञ डा. प्याकुरेलको संयोजकत्वमा सो समिति गठन गरेका थिए ।   प्रमुख विशेषज्ञ डा. प्याकुरेलले भने, ‘नयाँ संरचनामा देखिएका केही प्राविधिक समस्यालाई सम्बोधन गरी दरवन्दीका लागि पनि मस्यौदा तयार पारिएको हो ।’ मन्त्रालयले स्वास्थ्य सेवाको संघीयता कार्यान्वयनका लागि नयाँ संरचना साउन १ गतेदेखि लागू गरेको थियो ।सो मस्यौदा बमोजिम अव सातवटै प्रदेश अन्तर्गत ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहनेछन् ।संघीय व्यवस्थापन समितिले स्थानीय तह, प्रदेश तथा सघंको संरचना तथा दरवन्दी पुनरावलोकन समेत गरेको छ ।   यस अघि बनाइएको संरचनामा सातवटा प्रदेशमा ३५ वटा मात्र प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था थियो । उक्त प्रावधानमा कर्मचारीबाट व्यापक गुनासो आउनाका साथै मन्त्रालयले समेत स्वास्थ्य सेवाको पहुँच पु¥याउन कठिन महशुस गरी सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रावधान अघि सारेको हो ।   तयार पारेको नयाँ संरचनाको खाका कार्यान्वयन भएमा स्वास्थ्य सेवाका सबै कर्मचारीको व्यवस्थापन हुने संयोजक डा प्याकुरेलले दाबी गर्नुभयो । स्वास्थ्य सेवातर्फका ११औं तहका १३, ९ र १०औं तहका ३२, सातौँ तहका करिब ४ सय कर्मचारी जिम्मेवारीबिहीन रहेका बताइको छ ।   यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयका एक हजार ३५६ स्वास्थ्य सेवाका कर्मचारी विभिन्न स्थानीय निकायमा मिलान भएका थिए । अझै पनि कयौं स्थानीय निकायमा स्वास्थ्य सेवामा दरबन्दी अनुसार पदपूर्ति गर्न समस्या परिरहेको छ । -रासस

अफगानिस्तानमा निर्वाचन लक्षित १६६ आक्रमण, १३० बढी व्यक्ति हताहत

काबुल, कार्तिक ३ । अफगानिस्तानमा शनिबार भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा दर्जनौं व्यक्ति हताहत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार भएको निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ ।   काबुलको कैयौं स्थानमा भएको विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताएका छन् ।   काबुल-अफगानिस्तानमा शनिबार भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा दर्जनौं व्यक्ति हताहत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार भएको निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ ।   काबुलको कैयौँ स्थानमा भएको विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताएका छन् । तालिवान आतङ्ककारी समूहले अफगान मतदातालाई मतदान केन्द नजान चेतावनी दिँदै आएका थिए ।   अफगानिस्तानमा शनिबार बिहान ७ बजेदेखि नै संसदीय निर्वाचन सुरु भएको थियो । तालिवान आतङ्ककारी समूह शनिबार बिहानबाट मतदान केन्द्र, प्रहरी चौकी र सेनाको इलाकालाई लक्षित १६६ वटा आक्रमण गरेका छन् । कुन्दुज प्रान्तमा पनि तीन वटा रकेट आक्रमण गरिएको र तर यसबाट मानवीय क्षति भने नभएको बताइएको छ । स्थानीय समयानुसार शनिबार बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा तालिावान आतङ्ककारी समूहको चेतावनीको बाबजुद पनि लाखौँको सङ्ख्यामा सर्वसाधारण मतदानमा भाग लिएका थिए ।   लामो समयको प्रतिक्षापछि संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा २४९ सिटका लागि दुई हजार ५०० जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा हत्याहिंसा मच्चाउने प्रतिज्ञा गरेर बसेका तालिवान आतङ्ककारीका कारण निर्वाचनमा ५० हजारभन्दा बढी सुरक्षा अधिकारी तैनाथ गरिएको थियो । उक्त निर्वाचनका लागि ३० लाख महिलासहित करिब ९० लाख व्यक्तिले मतदाता नामवलीमा आफ्नो नाम दर्ता गरेका थिए ।   निर्वाचनका लागि एक करोड २० लाख व्यक्ति मतदानयोग्य मतदाता रहेका र सोमध्ये ९० लाखले मात्र आफ्नो नाम दर्ता गरेका थिए । अफगानिस्तानको तल्लो सदनमा निर्वाचित सदस्यको पाँच वर्षको अवधि हुने गरेको छ । अफगानिस्तानमा तालिवान र इस्लामिक स्टेट्स् आतङ्ककारी समूहका कारण आम निर्वाचनमा हत्या र हिंसाको अत्यन्त डरलाग्दो स्थिति रहेको पाइन्छ । तालिवान आतङ्ककारी समूहले अफगान मतदातालाई मतदान केन्द नजान चेतावनी दिँदै आएका थिए ।   अफगानिस्तानमा शनिबार बिहान ७ बजेदेखि नै संसदीय निर्वाचन सुरु भएको थियो । तालिवान आतङ्ककारी समूह शनिबार बिहानबाट मतदान केन्द्र, प्रहरी चौकी र सेनाको इलाकालाई लक्षित १६६ वटा आक्रमण गरेका छन् । कुन्दुज प्रान्तमा पनि तीन वटा रकेट आक्रमण गरिएको र तर यसबाट मानवीय क्षति भने नभएको बताइएको छ ।   स्थानीय समयानुसार शनिबार बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा तालिावान आतङ्ककारी समूहको चेतावनीको बाबजुद पनि लाखौँको सङ्ख्यामा सर्वसाधारण मतदानमा भाग लिएका थिए ।   लामो समयको प्रतिक्षापछि संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा २४९ सिटका लागि दुई हजार ५०० जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा हत्याहिंसा मच्चाउने प्रतिज्ञा गरेर बसेका तालिवान आतङ्ककारीका कारण निर्वाचनमा ५० हजारभन्दा बढी सुरक्षा अधिकारी तैनाथ गरिएको थियो । उक्त निर्वाचनका लागि ३० लाख महिलासहित करिब ९० लाख व्यक्तिले मतदाता नामवलीमा आफ्नो नाम दर्ता गरेका थिए ।   निर्वाचनका लागि एक करोड २० लाख व्यक्ति मतदानयोग्य मतदाता रहेका र सोमध्ये ९० लाखले मात्र आफ्नो नाम दर्ता गरेका थिए । अफगानिस्तानको तल्लो सदनमा निर्वाचित सदस्यको पाँच वर्षको अवधि हुने गरेको छ । अफगानिस्तानमा तालिवान र इस्लामिक स्टेट्स् आतङ्ककारी समूहका कारण आम निर्वाचनमा हत्या र हिंसाको अत्यन्त डरलाग्दो स्थिति रहेको पाइन्छ ।   यसैबीच, ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १३० भन्दा बढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ । शनिबार भएको यस निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ ।   काबुलको कैयौं स्थानमा भएको विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताए । तालिवान आतङ्ककारी समूहले अफगान मतदातालाई मतदान केन्द नजान चेतावनी दिँदै आएका थिए ।  -रासस

एउटै वडाबाट बैतडीमा १० लाखको बन्दा निर्यात

बैतडी, कार्तिक ३ । तरकारीका लागि पकेट क्षेत्रका रुपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका–१ बाट १० लाख रुपैयाँ बढीको बन्दा निकासी भएको छ ।   दुई महिनाको अवधिमा वडा नं १ बाट रु १० लाख बढीको बन्दा तराइतिर निकासी भएको किसान कृष्णदत्त भट्टले जानकारी दिए । तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेकोले कृषक तरकारी खेती तर्फ आकर्षित छन् ।   पछिल्लो समयमा किसान व्यावसायिक तरकारी खेतीमा आवद्ध भएपछि उनीहरुको जिविकोपार्जनमा सहज भएको जेटीए पुस्करराज भट्टले बताए । अन्य खेतीको तुलनामा तरकारी खेतीबाट फाइदा हुने भएकाले वडा नं १ का अधिकांश किसानले तरकारी खेती गरिरहेका छन् ।   किसान कृष्णदत्त भट्ट, चन्द्रदेव भट्ट, जयसिंह टेर, कृष्ण बोहरा, भरत टेरलगायलतले रु एक लाख बढीको बन्दा बिक्री गरेका छन् ।अन्नबालीबाट आम्दानी हुन छाडेपछि किसानले पछिल्लो समय तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेकाले तरकारी खेतीमा आर्कषण बढेको शिखर बिउ प्रवर्धन केन्द्रका प्रोपाइटर देब दत्त भट्टले बताए ।   अहिले उपभोग्य सामान किन्नका लागि तरकारी बेचेरै किन्न सकिन्छ भने नजिकैको बजारभन्दा पनि जिल्ला बाहिरसमेत किसानको तरकारी गइरहेको छ । प्रतिकिलो रु २० का दरले किसानले बन्दा बिक्री गरेको दशरथचन्द नगरपालिका–१ का कृषि जेटीए सविता चन्दले बताए ।   बन्दा लगाउने किसानलाई वडा न १ को कार्यालय ५० प्रतिशत अनुदानमा बन्दाको बीऊ उपलब्ध गराइएको थियो । किसान तरकारी खेतीमा आत्मनिर्भर बन्दा उनीहरुलाई जिविकोपार्जन गर्न सहज भएको छ भने उपभोक्ताले पनि सजिलै तरकारी किन्न पाएकाछन् । दशरथचन्द नगरपालिका १ का अन्य धेरै किसानमेत तरकारी खेतीबाटै आत्मनिर्भर बनेका छन् । -रासस

टी-२० विश्वकप छनोट : नेपालले टस जितेर बलिङ गर्ने निर्णय

काठमाडाै‍ँ, असाज २६ । टी–२० विश्वकप छनोट एसिया क्षेत्र ए को उपाधिको लागि नेपालले सिंगापुर बिरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । सात टोली सम्मिलित प्रतियोगितामा कुनै फाइनल खेल नभएको र लिग चरणको खेलमा जुन टोली प्रथम हुन्छ उसले नै उपाधि जित्ने छ । आजको नेपाल र सिंगापुर बिचको खेल अघोषित फाइनल खेल हो । खेल पाँच खेल खेलेको नेपाल १० अंक सहित अंक तालिकाको पहिलो स्थानमा छ भने पाँच खेलमा नै १० अंक जोडेको सिंगापुर नेट रनरेटका आधारमा दोश्रो स्थानमा छ । आजको खेलमा जित निकाल्ने टोलीले एसिया क्षेत्र छनोट ए को उपाधि माथि कब्जा जमाउने छ । आजको खेलमा नेपालले प्रदिप ऐरी, आरिफ शेख र ललित सिंह भण्डारीलाई बिश्राम दिएको छ ।

UPDATE : नुवाकोट बस दुर्घटनामा २ काे मृत्यु, ४४ जना घाइते

नुवाकोट, असोज २६ । नुवाकोटबाट काठमाडौं आउँदै गरेको  बा१ख ६३५६ नम्बरको यात्रुवहाक बस सूर्यगढी–५ फेदीबेशीमा दुर्घटना हुँदा २ जना मृत्यु भएको छ । मृतक एक जना महिला एक पुरुषा भएपनि सनाखत हुन सकेकाे छैन ।  बस दुर्घटनामा ४४ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर रहेका १३ जनालाई उपचारका लागि काठमाडौं लगिएकाे छ । अन्य घाइतहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । दुर्घटनाकाे थप विवरण आउनै बाँकी ।