मन्त्री भन्दा स्वकीयले लिए बढी भत्ता

पोखरा — गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले बुधबार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको ५ महिनामा मन्त्री तथा उनीहरूका स्वकीय सचिवले बुझेको दैनिक भ्रमण भत्ता सार्वजनिक गर्‍यो । त्यसमा सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले जम्मा २० हजार रुपैयाँ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले ४८ हजार ९ सय ७५ रुपैयाँ बुझेका छन् ।

विवरण अनुसार उक्त अवधिमा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका स्वकीय सचिव निर्मल गुरुङले ५१ हजार २ सय रुपैयाँ भत्ता बुझे । जुन रकम मन्त्रीद्वयको भन्दा बढी हो । यस अवधिमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सबैभन्दा बढी १ लाख ३७ हजार २ सय ५० दैनिक भ्रमण भत्ता बुझेका छन् ।

त्यसबाहेक पुस महिनामा मात्रै ७२ हजार रुपैयाँ भत्ता उनले बुझिसकेका छन् । त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ९६ हजार ८ सय ७५, भौतिक पूर्वाधार विकास मन्त्री बस्नेतले ९६ हजार ६ सय ५०, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले ७४ हजार ३ सय ७५ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले ५३ हजार ६ सय २० रुपैयाँ बुझे ।

यसैगरी आर्थिक मामिला मन्त्रीका स्वकीय सचिव रोमाकान्त पोखरेल र आन्तरिक मामिलाका खुमबहादुर विकले जनही ४७ हजार ६ सय रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेका छन् । त्यस्तै मन्त्री लम्सालका स्वकीय सचिव किशोर सापकोटाले ३७ हजार ९ सय ८५, थापामगरका भरत खनालले ३० हजार ८ सय र मुख्यमन्त्रीका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले २६ हजार ४ सय रुपैयाँ बुझेको कार्यालयले जनाएको छ । सबैभन्दा कम मन्त्री नरदेवी पुनमगरका स्वकीय सचिव वेगप्रसाद गर्वुजाले जम्मा ९ हजार २ सय रुपैयाँमात्र बुझेका छन् ।

मन्त्री र स्वकीय सचिव प्रदेश राजधानी रहेको कास्की जिल्लाभन्दा बाहिर जाँदा दैनिक भ्रमण भत्ता पाउँछन । एकरात बास बस्नु परेमा मुख्यमन्त्रीले ३ हजार, अरू मन्त्रीले २५ सय र स्वकीय सचिवले १६ सय रुपैयाँ पाउँछन । बेलुकी फर्केमा त्यसको एक तिहाईमात्रै भत्ता पाउने व्यवस्था छ ।

यो भत्ता नियमानुसार र स्वाभाविक भए पनि अझै मितव्ययी बन्न बुधबारको मन्त्रीपरिषद् बैठकमा मुख्यमन्त्री गुरुङले मन्त्रीहरूलाई निर्देशन दिएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताए । पोखरा नजिकका जिल्लामा सकभर राती बास नबस्ने र अन्य जिल्लाबाट पनि सम्भव भएसम्म उही दिन फर्कने वातावरण मिलाउनु पर्ने उनको निर्देशन थियो । दैनिक भत्तामा जहाज भाडा र अन्य भत्तासमेत जोडिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव लालमणि ओझाले बताए ।

इन्धनमा दोहोरो सुविधा लिन्छन मन्त्री

यसैबीच मुख्यमन्त्री गुरुङबाहेक अन्य मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको पाइएको छ ।

याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ

राष्ट्रियसभा बैठकमा कमल वलीको प्रश्नः बमजनलाई प्रहरीले किन पक्रेको छैन ?

काठमाडौं, पुष २५ । राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल वलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गरिन् । सांसद वलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा सरकारको ध्यानाकर्षण गराइन् । उनले सञ्चारमाध्यममा करीब एक हप्ताभन्दा अगाडिदेखि नै सो घटना सार्वजनिक भएको हुँदा पनि त्यसबारेमा अहिलेसम्म अनुसन्धान गरी पक्राउ नहुनुप्रति उनले आपत्ति प्रकट गरिन् । बैठकमा सांसद उदया शर्मा पौडेलले सार्वजनिक सवारी साधनमा चढ्ने यात्रुलाई धेरै टाढाटाढा पुर्याएर रोक्दा यात्रुलाई मर्का परेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । यात्रुको अलि बढी आवतजावत हुने भृकुटीमण्डप, लैनचौरजस्ता ठाउँमा सवारी नरोक्दा यात्रुलाई आफ्नो गन्तव्यमा पुग्न निकै असहज भएको हुँदा कम्तीमा झार्ने र चढाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद चक्रप्रसाद स्नेहीले डडेल्धुरामा साना ठूला गरी १६ पसलमा आगजनी भएको र अहिलेसम्म सरकारले राहत तथा क्षतिपूर्ति नदिएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले आगलागीका कारण डेढ करोडभन्दा बढी धनमालको क्षति भएको र सुरक्षाकर्मीको पनि अभावले बढी धनको क्षति भएको हुँदा सरकारले तत्काल क्षतिपूर्ति दिन आग्रह गरे । रासस

चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन पारित

काठमाडौं, पुष २५ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन बहुमतले पारित भएको छ । विधेयकमा भएको विवादित विषयमा छलफल गरेर आवश्यक सुझाव दिन गठित उपसमितिले आइतबार बुझाएको प्रतिवेदन बुधबार हुबहु पारित भएको हो । २३ जना समिति सदस्य मध्ये बुधबार १८ उपस्थित भएका थिए । जसमध्ये १४ जना नेकपाका सांसद थिए भने ४ जना कांग्रेसका सदस्य थिए । कांग्रेस सांसदले सरकार र प्राध्यापक डा. गोविन्द केसीबीच भएका सम्झौता अक्षरशः विधेयकमा समेट्नुपर्ने भन्दै विधेयक प्रतिवेदनमा असहमति प्रकट गरेका थिए। तर, प्रतिवेदनमा केसी र सरकारबीच भएको सम्झौता हुबहु समेटिएको थिएन। उपसमितिमा ४ महिनादेखि विधेयकमाथि छलफल भए पनि विवादित विषय टुंगो नलागेपछि सत्तारूढ नेकपाका सांसदले बहुमतको आधारमा पारित गरेका थिए। यसैगरी बुधबार पनि समितिले कांग्रेस सांसदको असहमति हुँदाहुँदै पनि नेकपाका सांसदले बहुमत पुर्‍याउँदै प्रतिवेदन पास गर्‍यो। प्रतिवेदन पारित भएपछि समिति सदस्य तथा कांग्रेस सांसद गगन थापाले गोविन्द केसीका मागहरु पूरा नगरी प्रतिवेदन पास हुनु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिए। उनले भने, ‘सरकारले सहमति पालना गर्न नसक्ने भए किन केसीसँग सम्झौता गरेको ? सरकारले केसीसँगको सम्झौता कार्यान्वयन गरेन ।’ यस्तै नेकपाका सांसद योगेश भट्टराईले भने संसदीय प्रक्रियाबाट गोविन्द केसीको जित भएको दाबी गरे। विधेयकको प्रस्तावना, काठमाडौंबाहिर मेडिकल कलेज खोल्ने, सीटीईभीटीको कार्यक्रम फेजआउट गर्ने, चिकित्सा शिक्षा विश्वविद्यालय र मेडिकल शिक्षालाई १० वर्षभित्र नाफारहित बनाउने विषयमा सत्तापक्ष र विपक्षी सांसदको मत बाझिएको थियो । प्रस्तावना, उपत्यकाबाहिर मेडिकल कलेज सञ्चालन गर्ने र सीटीईभीटीका स्वास्थ्यसम्बन्धी प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम ५ वर्षभित्र फेजआउट गर्ने विषय केसी र सरकारबीचको सम्झौतासँग सम्बन्धित छ ।

सेमिफाइनल पहिलो लेगको खेलमा चेल्सी पराजित

काठमाडौं । इङ्लिस लिग कप फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा टोटनह्याम हट्सपरले चेल्सीलाई हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा टोटनह्याम १–० ले विजयी भयो । खेलको २७ औं मिनेटमा टोटनह्यामका ह्यारी केनले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । जितसँगै टोटनह्याम लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनल नजिक पुग्दा दोस्रो लेगको खेलपूर्व चेल्सी दबाबमा आएको छ । दोस्रो लेगको खेल यही जनवरी २४ तारिखका दिन चेल्सीको मैदानमा हुनेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज राति म्यान्चेस्टर सिटी र बुर्टन आल्बियोन भिड्नेछन्

महिलासँग बसेर खाना खाएको आरोपमा एक विदेशी नागरिक पक्राउ

एउटी महिलासँग बसेर खाना खाँदै गरेको भिडिओ ट्विटरमा भाइरल भएपछि साउदी अरेबियामा एक विदेशी नागरिक पक्राउ परेका छन्। सो भिडिओमा पूरै मुख ढाक्नेगरी बुर्का लगाएकी महिलासँगै बसेर इजिप्टेली लवजमा कुरा गर्ने ती पुरुषलाई बिहानको खाना खाँदै गरेको देखिन्छ। धेरैले ती महिला साउदी अरेबियाकी नागरिक भएको अनुमान गरेका छन्। साउदी अरेबियामा कार्यस्थल र खाजाघरहरूमा महिला र अविवाहित पुरुषहरू छुट्टाछुट्टै बस्नुपर्ने कानुनी प्रावधान छ। त्यहाँ महिलाहरूलाई परिवारका पुरुष सदस्यसँग हुँदाबाहेक अरू बेला विभिन्न गतिविधि गर्न रोक छ। साउदी अरेबियाको श्रम र समाज विकास मन्त्रालयले ती व्यक्तिलाई विभिन्न नियमहरू उल्लङ्घन गरेको र साउदी नागरिकहरूका लागि आरक्षित ठाउँमा बसेको आरोप लगाउँदै पक्राउ गरेको हो। ट्विटरमा सांस्कृतिक विभाजनको चर्चा गर्दै सो घटनाबारे एक लाखभन्दा बढी सन्देशहरू लेखिएका छन्। साउदी अरेबियामा कस्तो धारणा छ? तीस सेकेन्ड लामो भिडिओमा ती महिला र पुरुषले अरूको अनुपस्थितिमा आफूहरूले मात्रै सँगै खाना खाएकाबारे ठट्टा गरेका छन्। तर भिडिओको अन्तिमतिर ती महिलाले पुरुषलाई खुवाएको दृश्यले विवाद सिर्जना गरेको हो। सामाजिक सञ्जालमा धेरै साउदीहरूले उनीहरू दुवैको आलोचना गरेका छन्। अधिकांशले ती महिलालाई नभएर पुरुषलाई चाहिँ किन दण्ड दिइयो भनेर आश्चर्य प्रकट पनि गरेका छन्। मालक नाम गरेकी ट्विटर प्रयोगकर्ताले लेखेकी छन्, “किन महिलालाई नभएर पुरुषलाई मात्रै सधैँ दण्डित गरिन्छ भन्ने म बुझ्न चाहन्छु। म साउदी [महिला] हुँ र म उनी पनि ती पुरुषसँगै दण्डित होऊन् भन्ने चाहन्छु। हाँस्नु, कार्यस्थलमा खानु… तपाईँको सीमा के हो?” د انځورکاپي حقونه @H_S_Alduhaiyan@H_S_ALDUHAIYAN तर केहीले भने कार्यगत सम्बन्ध लिङ्गको विषयभन्दा माथि जानुपर्ने धारणा व्यक्त गरेका छन्। तारेक आब्द अल्अजिजले सहकर्मीहरूलाई हाँसखेल गर्न, सँगै खान र अन्य सबै मानवीय व्यवहार गर्न आग्रह गरेका छन्। तर उनको धारणासँग सबै सहमत छैनन्। हमुद अल्दुहाइअनका अनुसार विदेशीसँगै साउदी महिलालाई काम गर्न दिनु भनेको परम्परा र रीति भङ्ग गर्नु जस्तै हो। इजिप्टमा कस्तो धारणा छ? इजिप्टमा धेरैले साउदी अरेबियामा भएको विरोधप्रति आश्चर्य प्रकट गेरका छन्। एउटा सामान्य भिडिओका लागि किन पक्राउ गरियो भन्ने उनीहरूको प्रश्न छ। मानिसहरूले साउदी अरेबियामा भर्खरै महिला अधिकारको विषयमा भएका प्रगति र सो घटनाका बीच असङ्गतिहरू रहेको औँल्याएका छन्। साउदी अरेबियामा गत मे महिनादेखि महिलाहरूलाई गाडी चलाउन अनुमति दिइएको छ। टेलिभिजन कार्यक्रम प्रस्तोता ओसामा गवीशले आफू त्यस घटनाबाट अलमलमा परेको उल्लेख गरेका छन्। उनको प्रश्न छ, “के [साउदी राजकुमार] मोहम्मद बिन सलमान साङ्गीतिक कार्यक्रम, चलचित्र भवन, समुद्री तट र सन् २०३० को दृष्टि भएको साउदी अरेबिया चाहँदैनन्?” सोनिया नाम गरेकी ट्विटर प्रयोगकर्ताले भने सो घटनालाई साउदी पुरुषको ‘कमजोर अहम्’को परिणाम भनेर अर्थ्याएकी छन्। -बिबिसीबाट

भारतीय वैज्ञानिक भन्छन्, ‘न्युटन र आइन्स्टाइनले विज्ञान बुझेका थिएनन्’

बीबीसी । केही भारतीय वैज्ञानिकले प्रसिद्ध भौतिकशास्त्री आइज्याक न्युटन र अल्बर्ट आइन्स्टाइनद्वारा प्रतिपादित सिद्धान्तको खण्डन गर्दै तिनले विज्ञान नै नबुझेको दाबी गरेका छन्। धेरैलाई आश्चर्यचकित पार्नेगरी एक जनाले त भारतका प्रधानमन्त्रीको सम्मानमा ग्र्याभिटेशनल वेभ्स (गुरुत्वाकर्षणका तरङ्ग) को नाम फेरेर ‘नरेन्द्र मोदी वेभ्स’ राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। भारतमा आयोजित इन्डियन साइन्स कङ्ग्रेसमा सहभागी भएका केही विद्वान्‌हरूले यीबाहेक अन्य अपत्यारिला र अवैज्ञानिक दाबी गरेपछि तिनको वैज्ञानिक समुदायबाट आलोचना भएको छ। महाभारतमा उल्लिखित गान्धारी र धृतराष्ट्रका सय भाइ छोराको प्रसङ्ग उल्लेख गर्दै केहीले प्राचीन कालमा नै स्टेम सेल र टेस्ट ट्युब बेबीसम्बन्धी अनुसन्धान र काम भएको दाबी गरेका थिए। प्राचीन भारतमा इन्टर्नेट आविष्कार भएको दाबी प्रत्येक वर्ष हुने सो वैज्ञानिक सम्मेलनमा हिन्दूधर्म र पुराणसँग जोडिएका विषयहरूले स्थान पाउन थालेक‍ा छन्। दक्षिण भारतको तामिलनाडुस्थित एउटा विश्वविद्यालयबाट आएका एक वैज्ञानिकले सो सम्मेलनमा प्रसिद्ध भौतिकशास्त्री आइज्याक न्युटन र अल्बर्ट आइन्स्टाइन दुवै जना गलत भएको दाबी गरेका थिए। डा केजी कृष्णन नाम गरेका ती वैज्ञानिकले न्युटनले ‘गुरुत्वाकर्षणको विकर्षणको बल’ नबुझेको र आइन्स्टाइनका सिद्धान्तहरू भ्रामक भएको दाबी गरेको बताइएको छ। उनले गुरुत्वाकर्षणका तरङ्गको नाम फेरेर ‘नरेन्द्र मोदी वेभ्स’ राखिनुपर्ने तर्क गरेका थिए। यस वर्ष आयोजित १०६ औँ इन्डियन साइन्स कङ्ग्रेसमा गरिएका टिप्पणीहरू भने अतिहास्यास्पद भएको विज्ञहरूले बताएका छन्। जालन्धरमा ज्यानुअरी ३ देखि ७ सम्म आयोजित सो सम्मेलनको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए। ‘महाभारतमा टेस्ट ट्युब बेबी’ आन्ध्र विश्वविद्यालयका उपकुलपति जी नागेश्वर रावले एउटा ग्रन्थलाई आधार मान्दै भारतमा हजारौँ वर्षअघि नै स्टेम सेल रिसर्चको आविष्कार भएको बताएका थिए। प्राचीन महाकाव्य रामायणमा खलपात्रका रूपमा चित्रित रावणको स्वामित्वमा २४ प्रकारका विमान र विमानस्थलहरूको सञ्जाल रहेको उनको दाबी थियो। प्राचीन ग्रन्थहरूको अध्ययन गर्नुपर्ने तर तिनमा पूरै विज्ञान भएको तर्क गर्नु मूर्खता हुने विश्लेषकहरूको तर्क छ। इन्डियन साइन्टिफिक कङ्ग्रेस असोसिएशनले सम्मेलनमा गरिएका टिप्पणीहरूप्रति गम्भीर चासो व्यक्त गरेको छ। सो संस्थाका महासचिव प्रेमेन्दु पी माथुरले समाचारसंस्था एएफपीलाई भने, ‘हामी उनीहरूको धारणासँग सहमत छैनौँ र हामी उनीहरूको प्रतिक्रियाबाट टाढै बस्छौँ। यो दुर्भाग्यपूर्ण हो।’ उनले जिम्मेवार व्यक्तिहरूबाट त्यस्तो प्रकारको कुरा गरिनु गम्भीर चासोको विषय भएको बताएका छन्। धर्म, विज्ञान र राजनीति भारतमा विज्ञान, धर्म र पौराणिक आख्यानलाई मिसाउने प्रचलन व्याप्त छ। बीबीसीका सौतिक विश्वासका अनुसार राष्ट्रवादी छवि बनाउन खोजेका नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारूढ भाजपाले मिथ र विज्ञान मिसिएको स्युडोसाइन्सलाई मूलधारमा ल्याइदिएको धेरैको विश्वास छ। हजारौँ वर्षअघि भारतमा कस्मेटिक शल्यचिकित्सा अस्तित्वमा रहेको दाबी केही वर्षअघि मोदी स्वयंले गरेका थिए। उनको दलका नेता र मन्त्रीहरूले पनि त्यस्तै दाबी गर्ने गरेका छन्। बीबीसी नेपालीबाट

वाईडबडी प्रकरणबारे पर्यटनमन्त्री अधिकारीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं : नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदको विषयमा सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री अधिकारीले पत्रकार सम्मेलन गरेर प्रष्ट पार्ने भएका छन्। वाइडबडी खरिदमा अनियमितता भएको र उक्त अनियमिततामा मन्त्री अधिकारीपनि संलग्न रहेको भन्दै प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले निष्कर्ष निकालेपछि पहिलोपटक मन्त्री अधिकारीले औपचारिक कार्यक्रम गरेर बोल्न लागेका हुन्। वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारको विषयमा छानबिन गर्न बनेको समितिले मन्त्री अधिकारीसहितका पदाधिकारी संलग्न रहेको निष्कर्ष निकालेको थियो। यो निष्कर्ष सार्वजनिक भएपछि विवादमा तानिएका अधिकारीले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्न लागेका हुन्। मन्त्री अधिकारीले सोमबार बिहान १० बजे मन्त्रालयमै पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन्। पत्रकार सम्मेलनमा सचिवसहित सम्बद्ध अधिकारी सभागी हुने मन्त्रालयले जनाएको छ। कांग्रेस सांसद राजन केसी नेतृत्वको उपसमितितले नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो। उक्त भ्रष्टाचारमा पूर्व पर्यटनमन्त्रीसँगै बहालवाला मन्त्रीको संलग्नता रहेको दाबी गरिएको छ। अन्नपूर्ण पोष्टबाट

सरकारी सम्पतिमा गैरकानूनी ढङ्गबाट काम गर्नेलाई कारबाही हुन्छः मुख्यमन्त्री भट्ट

कैलाली, पुष २२ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारी स्वामित्वमा रहेको सम्पत्तिमा कसैले पनि गैरकानूनी ढङ्गबाट काम गर्न नपाउने बताएका छन् । कञ्चनपुरका राजनीतिक दलका भातृ सङ्गठन र प्रदेशसभा सदस्यले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर भीमदत्त नगरपालिका नगर विकास समितिको नामको ६३८ बिघा जमिनको केही अशं केही व्यक्ति, व्यापारी, कर्मचारी र ठेकेदारलाई वितरण गरेको देखिएको र त्यसमा भौतिक संरचना निर्माण गरेको विषयसम्बन्धी ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्रीले सो धारणा व्यक्त गरेका हुन् । मुख्यमन्त्री भट्टले नगर विकास समितिको जमिनमा गैरकानूनी रुपबाट बनेका घर तथा टहरा कानून विपरित भएको बताउँदै तीनलाई कसैले पनि स्वीकार गर्न नसक्ने बताए । ज्ञापनपत्रमा अवैध ढङ्गबाट वितरण गरिएका लालपूर्जा तथा लिज सम्झौता खारेज हुनुपर्ने, औद्योगिक तथा सुकुम्वासीका नाममा वितरण गरिएको जग्गामा भवन निर्माण भएकाले सो सम्झौता खारेज हुनुपर्ने, पद र जिम्मेवारीको दुरुपयोग गरी व्यापक अनियमितता भएको देखिएकाले यसको सत्य तथ्य छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने लगायतका माग उल्लेखित छन् । भीमदत्त नगरपालिकाअन्र्तगत तत्कालीन सरकारले २०३६ सालमा महेन्द्रनगर नगर निर्माण समिति गुरुयोजना स्वीकृत गरी महेन्द्रनगर निर्माण समितिमा स्वामित्व हस्तान्तरण गरेको थियो । नगर विकास समितिलाई तत्कालीन सरकारले ३३८ बिघा जमीन गुरुयोजनाअनुसार संरक्षण, संवद्र्धन र व्यवस्थापन गर्ने गरी हस्तान्तरण गरेको थियो ।

मलेसियाका राजाले गद्दी त्याग गरेको घोषणा

क्वालालम्पुर, पुष २२ । मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले आइतबार बताएका छन् । यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको छ । मलेसियाली राजाले रुसी पूर्व सुन्दरीसँग विवाह गरेको अनुमान पनि गरिएको छ । मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो । राजप्रासाद कार्यालयको वक्तव्यमा भनिएको छ, ‘महाराजाधिराज सुल्तानले जनवरी ६ तारिखबाट लागू हुनेगरी १५औं राजाका रुपमा गद्दी त्याग गर्नुभएको राजदरबारले जानकारी दिएको छ ।’ तर राजप्रासाद कार्यालयले ४९ वर्षीय राजाले राजगद्दी त्याग गर्नुको कुनै कारण खुलाएको छैन । राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए । उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिएका थिए । उनले विदा लिएलगत्तै केही अनलाइन सञ्चार माध्यममा राजा सुल्तानले रुसकी पूर्व सुन्दरी (मिस मस्को) सँग विवाह गरेको खबर आएको थियो । मलेसियामा संवैधानिक राजतन्त्रात्मक व्यवस्था छ । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ । एजेन्सी

सेक्स त राति नै गर्न मनपर्छः गायिका मगर

सेक्स के हो ? दुई प्रेमजोडीहरुबीचको मायाको रङ हो । कुन उमेरको मान्छे बढी सेक्सी लाग्छ ? उमेर जति पनि हुनसक्छ, मन भने मिल्नुपर्यो । सेक्सी लाग्ने नायक ? सौगात मल्ल सेक्सी लाग्छ । आफूसँग १०० मा कति प्रतिशत सेक्स पावर छ भन्ने लाग्छ ? ७५ प्रतिशत । कस्तो स्थानमा सेक्स गर्न मन लाग्छ ? ठ्याक्कै यहीँ भन्ने हुन्न । समय र परिस्थितिमा निर्भर हुन्छ । कस्तो समय बढी रुचाउनुहुन्छ ? मलाई सेक्स त रातिको समयमै मनपर्छ । सेक्ससम्बन्धी ज्ञान लिन के गर्नुहुन्छ ? साथीहरुसँग कुरा गरेर नै हो । तपाईंको विचारमा नेपालीहरुलाई कत्तिको सेक्स गर्न आउँछ ? मज्जाले आउँछ । सेक्स मात्र भन्ने हुँदैन, त्यहाँ माया पनि मिसिएको हुन्छ । मान्छेहरुलाई कति उमेरसम्म वैंशले छुन्छ होला ? यतिउति भन्ने हुँदैन । तर यति भने हो, मान्छेको उमेर जति बढ्दै जान्छ, त्यति सेक्स पावर घट्दै जान्छ । शुक्रबार साप्ताहिकबाट

राष्ट्रपतिले गल्ती गर्दैन, राष्ट्रपतिले गरेको काम मैले गरेको हुँ- प्रधानमन्त्री ओली

काठमाडौँ, पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भन्ने संस्था सीमित अधिकारहरूको मात्र उपयोग गर्ने भएकाले राष्ट्रपतिले कुनै पनि कार्यकारी काम नगर्ने र यस्ता सबै काम सरकारले गरेको बुझिदिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा आफ्नो विशेष सम्बोधनका क्रममा बोल्दै प्रधानमन्त्रीले यस्तै प्रतिक्रिया अहिलेको प्रतिपक्ष सत्तामा रहँदा पूर्व राष्ट्रपतिको बारेमा समेत गर्ने गरेको स्मरण गर्दै यसो भनेका हुन् । प्रधानमन्त्रीले सरकारको काम कर्तव्य सम्बन्धी जानकारीमूलक वक्तव्यका क्रममा अब नेपालका राजमार्गहरू पहाडका टुप्पा-टुप्पाबाट नगई सिधै सुरुङ्गमार्गबाट जाने युगमा प्रवेश गरिसकेको बताएका छन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्ने क्रममा ओलीले यसो भनेका हुन् । बिहिबारको विशेष सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारको कार्यभार संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्नु रहेको बताए । अहिले देश ठुलो परिवर्तनपछिको नयाँब अवस्थामा रहेकाले यस वर्षलाई सरकारले राज्यको संरचना व्यवस्थापनको वर्षको रूपमा लिएको समेत बताए । संगीयाताको कार्यान्वयनकै लागि १६५ कानुन अध्यावधिक गरिएका र संघियता सम्बधी ५६ विधेयक र १०९ आइन् संशोधन गर्न बनेको केही नेपाल ऐन संशोधन सम्बन्धी विधेयक समेत सदनमा पेस भएको प्रधानमन्त्रीले बताए । प्रतिपक्षीले सरकारलाई ‘रङ्गी-विरङ्गी’ प्रश्नहरू सोध्ने गरेको तर आफूलाई तर्क र बहसमा भन्दा पनि मुलुकको विकास र रुपान्तरणमा रुची रहेको प्रधन्मंत्रीकोजिकिर थियो । पानी जहाजको टिकट कहाँ पाउँछ भनेर सामाजिक संजालमा सोधिने गरेको व्यंगात्मक प्रश्नको ठट्यौलो पारामा जवाफ दिंदै प्रधानमन्त्रीले भने “कमसे कम साथीहरूले पत्याउन थाल्नु भएछ र टिकट काउन्टर खोज्न थाल्नु भएछ ।” प्रधानमन्त्रीले छिटै नेपाल पानीजहाज रजिष्ट्रार कार्यालय खुल्ने समेत बताए । त्यस्तै प्रधानमन्त्रीले गणतन्त्रका आधारभूत संस्थाहरूमा भैरहेका नियोजित आक्रमणहरू बारे सबैले सचेत हुनुपर्ने समेत बताए । राष्ट्रपतिमाथि गरिने आक्रमण गणतन्त्रमाथिकै हमलाको रूपमा आफूले बुझेको प्रधानमन्त्रीले बताए । उनले अहिलेको प्रतिपक्ष सत्तामा छँदा राष्ट्रपतिको बारेमा गर्नेगरेको कुरा नै आफूले दोहोर्याएको बताए । प्रहरी तालिम केन्द्र सार्ने निर्णय राजतन्त्रकै समयमा भैसकेको बताउँदै प्रधानमन्त्रीले त्यसबारे राष्ट्रपति कार्यालयलाई जोडेर हेर्नु संस्थाकै गरिमामाथिको आक्रमण रहेको समेत प्रधानमन्त्रीको भनाइ रहेको थियो । कुनै समय रक्तअल्पताको औषधि खाने सांसदलाई सुत्केरीको औषधि खाएको भन्ने हल्ला चलाइएको र त्यसै हल्लाकापछि लागेर माघ १९ जस्ता घटना आएको प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्रीले सिंगो प्रणालीमाथि नै दोषारोपण हुने काम कसैले गर्न नहुने समेत बताए । प्रधानमन्त्रीले भने, “व्यक्ति आउने जाने हुन्छ, प्रणाली स्थायी हुन्छ ।”

जनयुद्धका घाइतेको खुट्टामा गोलीका छर्रा

बागलुङ, पुष २२ । जनयुद्धका घाइते मनबहादुर घर्तीको खुट्टामा अहिले पनि गोलीका छर्रा छन् । गोली लागेको ठाउँ देखाउँदै ३३ वर्षीय घर्तीले उपचार खर्च नपाएको गुनासो गरे । ताराखोला गाउँपालिका– ५ का घर्ती विसं २०६० तिर दाङमा भएको सशस्त्र भीडन्तमा घाइते भएका थिए । उपचारपछि हिँडडुल गर्न सक्ने भए पनि उहाँमा दुखाइको समस्या ठिक भएको छैन । “सामान्य अवस्थामा जस्तो हिँड्न सहज छैन”, उनले भने, “चिकित्सकले छर्रा हड्डीमा मिलेर बसेको छ निकाल्दा झन् समस्या हुन्छ भनेपछि निकालिएको छैन ।” घाइते भएपछि तत्कालै माओवादी सेनाको स्वास्थ्य टोलीले उहाँको प्राथमिक उपचार गरेको थियो । पछि सीमापार भारतसम्म पुगेर थप उपचार गरेको घर्तीले बताए । उनले शरीरमा गोलीका छर्रा बोकेर हिँडेको १५ वर्ष भएको छ । जनयुद्धको नेतृत्व गर्ने तत्कालीन नेकपा (माओवादी) अहिले नेकपाको रुपमा सरकारमा हुँदा पनि आफू अन्यायमा परेको उनको गुनासो छ । पछिल्लो समय पार्टीका जिम्मेवार केही नेताले फोन गरेर काठमाडौं आउनुस् उपचार खर्च दिलाउँछौँ भनेर आश्वासन दिएको घर्तीले बताए । घाइते भएपछि जनमुक्ति सेनामा निष्क्रिय बन्नुभएका घर्ती शान्ति प्रक्रियासँगै पार्टी राजनीतिमा सक्रिय भएका थिए । अहिले उनी गाउँकै एक जलविद्युत् आयोजनामा व्यवस्थापकको रुपमा कार्यरत छन् । नेपालको अवस्था फेरिन्छ र जनजीविकामा आमूलपरिवर्तन हुन्छ, भन्ने विश्वासमा आफू जनयुद्धमा होमिएको घर्तीको भनाइ छ । द्वन्द्वपीडितको नाम भजाएर कतिपयले राज्यबाट सेवा सुविधा लिएको उनको आरोप छ । आर्थिक सहयोग पाएमा गोलीका छर्रा निकाल्ने उनको सोच छ । जनयुद्धले घर्तीको परिवारमा अर्को पनि पीडा दिएको छ । उनका माइला दाजु बाजेन्द्र विसं २०५८ देखि बेपत्ता छन् । आमा, जेठा दाइ र भाइसहित परिवारमा बस्दै आएका घर्तीले १२ कक्षासम्मको अध्ययन गरेका छन् । कक्षा ८ मै पढाइ छाडेर जनयुद्धमा होमिनुभएका उहाँले शान्ति प्रक्रियापछि पढाइ अघि बढाएका थिए । गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले उपचार खर्चको लागि गाउँपालिकाबाट प्रक्रिया अघि बढाइएको बताए । ‘गृह मन्त्रालयमा सिफारिस पठाएका छौँ”, उनले भने, “सबैले पाउँदा उहाँको कसरी छुट्यो हामी पनि अनविज्ञ छौं ।’ रासस

बंगलादेश प्रिमियर लिगः सन्दीपको टिमले ब्याटिङ गर्दै

काठमाडौं, पुष २२ । शनिबार देखि शुरु भएको बंगलादेश प्रिमियर लिग (बीबीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिलहेट सिक्सर्सले टस हारेर ब्याटिङको निम्तो पाएको छ । आज सिक्सर्सले शाहितद अफ्रिदी, स्टीभ स्मिथ जस्ता चर्चित खेलाडी रहेको कोमिल्ला भिक्टोरिएन्ससँग खेल्दै छ ।

अडानमा लेखा समितिः सामान्य भाषिक हेरफेर बाहेक वाईडबडी प्रतिवेदनमा केही दायाँबायाँ नगर्ने संकेत

काठमाडौं, सार्वजनिक लेखा समितिले वाईडबडी भ्रष्टाचारबारे उपसमितिले तयार पारेको प्रतिवेदनमा उल्लेख्य परिवर्तन नगर्ने देखिएको छ । संघीय संसदको लेखा समितिले गठन गरेको उपसमितिले तयार पारेको प्रतिवेदनमाथि बिभिन्न कोणबाट बहस भइरहेको बेला लेखा समितिले भने सामान्य सम्पादनबाहेक तथ्यहरुमा कुनै सम्झौता नगर्ने देखिएको हो । उप समितिको प्रतिवेदनले बहालवाला मन्त्री, कर्मचारी तथा पूर्व मन्त्रीहरुलाई समेत कसुरको भागीदार ठहर गर्दै बाइड बडीमा भ्रष्टाचार भएको निष्कर्श सार्वजनिक गरेको थियो । उपसमितिको प्रतिवेदनमाथि अप्रत्यक्षरुपमा असन्तुष्टि व्यक्त गर्दै सरकारले भने न्यायिक समिति बनाएर अनुसन्धान गर्ने निर्णय गरेपछि लेखा समितिमाथि दबाब परेको थियो । उच्च श्रोतका अनुसार, शुक्रबार लेखा समितिको बैठकमा उपसमितिको बैठकमा प्रतिवेदनमाथि छलफल हुँदा प्रतिवेदनको मूल स्पिरिटमा कुनै सम्झौता नहुनेमा सबै दलका सांसदहरु एक भएका हुन । “प्रतिवेदनका मूल तथ्यमा लेखा समितिले दायाँ बायाँ गर्दैन ।” श्रोतले भन्यो, “भाषालाई अझै निखार्ने, तथ्यहरुलाई अझै सम्पादन गर्ने र प्रतिवेदनलाई खँदिलो बनाउने काम मात्रै हुन्छ ।” श्रोतका अनुसार, प्रतिवेदनमा प्रस्तुत तथ्यहरुमा असंगति देखिएको भन्ने विषयमा सार्वजनिकरुपमा सचिव प्रेम राईलगायत अन्यले बिरोध गरेपछि ती विषयहरुलाई भने अझ स्पष्ट पारिने छ । अर्कोतर्फ शुक्रबारको बैठकमा संलग्नताका आधारमा सबैलाई समान कारवाहीको कुरा नेपाली कांग्रेस निकट केही सांसदहरुले राखेपनि यो विषयमा भने समितिमा सामान्य विवाद कायमै छ । ”को बढी कसूरदार र को कम भन्ने विषय निक्र्यौल गर्ने काम समितिको होइन, हामीले तथ्यहरुले यसो देखाएका छन् भनेर भन्ने हो ।” श्रोतले भन्यो, “प्राकृतिक न्यायको सिद्धान्तका आधारमा कसुरको पनि निक्र्यौल गरी को कति कसुरदार हो र त्यसवापत के कस्तो सजाय तोक्ने भन्ने विषय सरकारको हो ।” लेखा समितिले आफ्नो क्षेत्राधिकार भित्रै बसेर प्रतिवेदन तयार गरेकोले कार्वाही के कसरी गर्ने या नगर्ने भन्ने विषय सरकारको तजबीजमा पर्ने श्रोतले बतायो । उच्च श्रोतका अनुसार, लेखा समितिले कसुर ठहर भएका व्यक्तिहरुलाई यसरी यो कार्वाही गर भन्ने तर्फ भन्दा पनि यसरी तथ्य देखिएकोले प्राकृतिक न्यायको सिद्धान्तमा सरकारले नै अन्तिम निर्णय गर्नुपर्ने आशयका साथ प्रतिवेदनलाई अन्तिम रुप दिने छ । यता कसुरदार ठहर्याईका मन्त्री रविन्द्र अधिकारी, सचिव प्रेम राईसहित केहीले भने प्रतिवेदन पूर्वाग्रही भएको बताइरहेका छन् । सरकारले समेत उपसमितिको प्रतिवेदनलाई लेखा समितिले के कसरी पारित गरेर संसद सचिवालयमा बुझाउँछ, त्यही आधारमा औपचारिक प्रतिक्रिया बनाएको श्रोतले बतायो । “अहिलेका लागि यो उपसमितिको प्रतिवेदन हो ।” श्रोतले भन्यो, “अब यो प्रतिवेदनमा लेखा समितिको औपचारिक राय के आउँछ र अन्तिम प्रतिवेदन कस्तो आउँछ भन्ने कुरा हेरेपछि मात्रै सरकारले निर्णय गर्ने देखिन्छ ।” यद्यपी सरकारले भने लेखा समितिले उपसमितिको प्रतिवेदनलाई किनारा नलगाउँदै न्यायिक छानबीन समिति गठन गरिसकेको छ । कतिपयले सरकारको यो कदमलाई लेखा समितिप्रतिको अविश्वास या भावी द्वन्द्वका रुपमा समेत लिएका छन् । लेखा समितिले संगति नदेखिएका तथ्यहरुलाई पुनः केलाएर प्रस्तुत गर्ने, भाषागतरुपमा प्रतिवेदनलाई निखार्ने, ठोस र चुनौती दिन नसकिने आधारहरु निर्माण गरी तयार गर्न खोजेको श्रोतले बतायो । यही बहस र विवादका बीच प्रधानमन्त्रीले संघीय संसदमा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । सम्भवतः लेखा समितिले प्रधानमन्त्रीको सम्बोधन पछि मात्रै आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिने छ । सरकारको अनुसन्धान भने गत साता मात्रै गठन भएकोले यसको प्रतिवेदन आउन भने समय लाग्ने देखिन्छ । यसले गर्दा यो प्रकरणमा लेखा समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्ने स्थितिमा सरकार देखिँदैन । अर्कोतर्फ सरकारले लेखा समितिको प्रतिवेदनलाई अविश्वास गरेको अवस्थामा संसदमा यसबारेमा के कसरी छलफल छल्छ भन्ने कुरा पनि महत्वपूर्ण हुने छ ।

बिग ब्यास लिगः मेलबर्न स्टार्सले पायो १३६ रनको लक्ष्य

काठमाडौं, पुष २१ । अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) अन्तर्गत आफ्ना पाँचौ खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सले १३६ रनको लक्ष्य पाएको छ । सेन वाट्सनको कप्तानीमा रहेको सिड्नी थन्डरले टस जितेर ब्याटिङ रोजेको थियो । सिड्नीका लागि जोस बटलरले १८, कप्तान वाट्सनले १४, जो रुटले २६, डानियल साम्सले ४२, ग्रीन क्रीशले १४ रन बनाए । अन्य ब्याट्सम्यानले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन् । बलिङमा स्टार्सका स्कोट बोलन्ड र एमपी स्टोनीसले समान दुई–दुई, एडम जाम्पा,  लैम पेलन्केट र बिजे ब्राबोले समान एक–एक विकेट लिए ।

डीपीएलका तीन महँगा खेलाडी को–को ? हेर्नुस्

काठमाडौं, पुष २१ । धनगढी प्रिमियर लिग (डिपीएल) को तेस्रो संस्करणको काठमाडौंमा खेलाडी बोलकबोल (अक्सन) जारी छ । माघ २७ गतेबाट धनगढीमा हुने प्रतियोगिताका लागि ६ टोलीले २ सय ५ खेलाडीमा बोली लगाउँदैछन्। खेलाडीले न्यूनतम मूल्य रु ३० हजारदेखि रु दुई लाख ५० हजारसम्म राखेर नाम दर्ता गराएका छन्। यो वर्ष डिपिएलमा धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र विराटनगर किंग्स रहेका छन् । टिमले अहिलेसम्म खरिद गरेका खेलाडी विराटनगर किंग्स कुशल भुर्तेल- १ लाख ६० हजार अर्जुन अधिकारी- ३० हजार किशोर महतो- १ लाख मोहम्मद सांम्सद शेख- ७५ हजार राजेश पुलामी मगर- ७५ हजार महेन्द्रनगर यूनाइटेड अविनाश बोहरा- १ लाख ७० हजार आरिफ सेख-२ लाख ५० हजार अमरसिंह रौटेला- १ लाख २० हजार धनगढी स्टार्स दीपेश श्रेष्ठ- ८० हजार सौरभ खनाल- १ लाख ६० हजार विपिन खत्री- ९५ हजार हरिबहादुर चौहान-९५ हजार अमित श्रेष्ठ- १ लाख ८० हजार रुपेन्देही च्यालेन्जर्स ललितसिंह भण्डारी- २ लाख ५० हजार प्रदीप ऐरी- २ लाख ४० हजार पुरन विक- ४० हजार सन्दीप सुनार- १ लाख १० हजार अनिल खरेल- ३० हजार सुमित महर्जन- ७५ हजार विनोद भण्डारी- २ लाख ५० हजार कृष्ण कार्की- १ लाख काठमाडौं गोल्डेन्स विक्रम भुषाल-१ लाख ६० हजार अविनव यादव- ३० हजार रासिद खान- १ लाख ७० हजार सिवाइसी अत्तरिया जितेन्द्रसिंह ठकुरी- ७५ हजार भुवन कार्की-२ लाख १० हजार दीपेन्द्र रावत- ३० हजार