स्थानीय र प्रदेशका लागि लोकसेवा भर्ना छिट्टै, रिक्त पद खोज्न टोली परिचालन

काठमाडौं, चैत १७ । सरकारले प्रदेश र स्थानीय तहमा विभिन्न सेवा समूहका रिक्त पद पत्ता लगाउन सात टोली परिचालन गर्ने निर्णय गरेको छ।

पहिलो चरणमा स्थानीय तह र प्रदेशका लागि संघीय लोकसेवा आयोगद्वारा भर्ना प्रक्रिया थाल्ने गरी गृहकार्य अघि बढाइएको छ।

दुवै तहमा गरेर झन्डै ३२ हजार पद रिक्त छन् तर तत्काल १५ हजारदेखि २० हजारसम्ममा रिक्त रदबन्दीमा पदपूर्ति गर्ने सरकारी तयारी रहेको छ।

हाल अवरुद्ध रहेको लोकसेवाका परीक्षा खुलाउने उद्देश्यका साथ सरकारले रिक्त पदको खोी थालको हो। यसअघि कर्मचारी समायोाजन हुन नसक्दा र रिक्त दरबन्दीको पहिचान हुन नसक्दा लोकसेवाको परीक्षा अवरुद्ध हुँदै आएको थियो। यो समाचार समाचार राजधानी दैनिकमा छापिएको छ ।

१४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती !

राजविराज, चैत १३ । १४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती भएकी छन्। पेटको तल्लो भागमा पीडा भएको बताएपछि आमाले उनलाई डाक्टरकहाँ पुर्‍याएकी थिइन्। भिडियो एक्सरे गर्दा गर्भ बसेको देखिएपछि उनको परिवार चिन्तामा परेको छ। मजदुरीमा जाने गरेकी आमाले छोरी बलात्कृत भइरहेको ढिलो मात्र थाहा पाएकी थिइन्। बालिकालाई थप स्वास्थ्य परीक्षणका लागि सप्तरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो। गर्भ बसेको ३४ साता पुगेको चिकित्सकले बताएका छन्। ‘बालिकाले आफूसँग के भयो र परिणाम के हुन्छ भन्ने थाहा पाइनन्’, अस्पतालमा सञ्चालित ओसीएमसीकी फोकल पर्सन मनीषा सिंखडाले भनिन्, ‘गर्भवती भएको कुरा धेरै पछि मात्र थाहा भयो।’ हनुमाननगर कंकालिनी–४ स्थित ठूलीआमाको घरमा बसेका बेला सोही गाउँमा पाहुना गएका छिन्नमस्ता गाउँपालिका–६ कुपहीका २१ वर्षीय प्रदीपकुमार मण्डलले यौनसम्पर्क राखेको पीडितको भनाइ छ। उनका अनुसार पछि घरमा ठूला व्यक्ति नभएको मौका पारी ती युवा आउन थाले। उनले भाइबहिनीलाई चकलेट खान पैसा दिई बाहिर पठाएर बालिकासँग यौनसम्पर्क गर्दै आएका थिए। मानसिक र शारीरिक स्वास्थ्यका दृष्टिले कम उमेरमा बच्चा जन्माउनु राम्रो होइन। ३४ सातामा गर्भपतन गराउन सकिँदैन। अनिच्छित गर्भ १२ साताको र जबर्जस्ती करणी वा हाडनाता करणी भएर गर्भ बसे १८ सातासम्म गर्भपतन गराउन कानुनले स्विीकृति दिएको छ। डा. विकासकुमार साहका अनुसार प्रजनन् क्षमताको उमेर नभएको यो चरणमा गर्भपतन गराउन जोखिमपूर्ण हुन्छ। उनले बालिकाको स्वास्थ्य परीक्षण गरेका थिए। बालिकाले बच्चा जन्माए पनि वा गर्भपतन गराए पनि जोखिम रहेकाले बाबुआमा तनावमा छन्। बालिकाको तत्कालको स्वास्थ्य अवस्था सामान्य देखिए पनि कलिलो उमेरमा आमा बन्न लागेकाले खतरा उत्तिकै रहेको उपचारमा संलग्न डाक्टर बताउँछन्। फकाउँदा मान्ने बालिका वा घरबाहिर जाँदा–आउँदा एक्लै हुने बालिकाको पछि त्यस्ता व्यक्ति लाग्ने र सामाजिक विकृतिले यस्ता घटनालाई बढावा दिइरहेको प्रहरीको बुझाइ छ। पीडितकी आमाले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको छ। तर, आरोपित भारत चण्डिगढमा अध्ययनरत रहेकाले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ। आरोपित पक्राउ नपरेको मुद्दा एक वर्षभित्र अदालतमा बुझाउनुपर्ने प्रावधान छ। आरोपित पक्राउ नपरे एक वर्ष नजिकिएपछि मात्र मुद्दाको फाइल बुझाइने एसपी राजेन्द्र विष्टले बताए। कलिलै उमेरमा गर्भवती भएकी बालिकाको स्वास्थ्य जोखिमका विषयमा चासो र चिन्ता देखिएको छ। त्यसमाथि नियमित कानुनी प्रक्रियाले हुने ढिलाइका कारण न्याय पाउन पनि लामो समय प्रतीक्षा गर्नुपर्ने अधिकारकर्मी बताउँछन्। ‘बालिका गर्भवती भएकाले उनको स्वास्थ्यमा पर्ने असरबारे चिन्ता र चासो छ’, अधिवक्ता मीना देवले भनिन्, ‘सुत्केरी र शिशुको पालनपोषणको जिम्मेवारी पनि गरिब परिवारको टाउकोमा थोपरिनेछ।’ पीडितका आमाबुवा पोषिलो खाना खुवाउन नसकेर चिन्तित छन्। उनीहरूलाई शिशुको भविष्यको चिन्ताले पनि सताएको छ। राज्यले यस्ता बालिकालाई राम्रो स्वास्थ्य सुविधा तथा उचित राहतको व्यवस्था गर्नुपर्ने अधिवक्ता देवको भनाइ छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

काठमाडौं, चैत १३ । दैनिक २१ घण्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैत्रदेखि तीन महिना दैनिक १० घण्टा बनद हुने भएको छ। धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घण्टामा सीति हुने विमानस्थलका प्रवक्ता प्रताव तिवारीले बताए । मर्मत गरिने अवधिभर विमास्थल विहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गर्ने तयारी रहेको छ। अहिले विहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा छ। यो खबर नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

उपप्रधानमन्त्री पोखरेल अमेरिका प्रस्थान

काठमाडौं, चैत १२ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि कार्यरत नेपाली सेना र प्रहरीले पुर्याइरहेको योगदानलाई अन्तर्राष्ट्रिय जगतमा उजागर गर्दै शान्ति स्थापना कार्यलाई आगामी दिनमा थप प्रभावकारी र परिणाममुखी बनाउन आफ्नो तर्फबाट पु¥याउन सक्ने योगदानबारे नेपाल सरकारको धारणा प्रस्तुत गर्न उनी त्यसतर्फ गएका हुन् । उपप्रधानमन्त्री पोखरेलले यही चैत १५ गते राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुने सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । हाल विश्वका विभिन्न ११ देशका १२ वटा मिसनमा नेपाली सैनिकहरु शान्ति स्थापनार्थ कार्यरत छन् । भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, उपमहासचिव अतुल खरे, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना विभागका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स तथा वरिष्ठ अमेरिकी रक्षा अधिकारीहरुसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । अमेरिकामा रहेका आप्रवासी नेपाली समुदाय, उद्यमी व्यवसायी तथा लगानीकर्तासँग समेत अन्तक्र्रिया गरी उपप्रधानमन्त्री पोखरेल यही चैत २० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।

गगन थापा ‘सर्ट कोर्ष’ पढ्न अमेरिका उडे

काठमाडौं, चैत १२ । सांसद गगनकुमार थापा हार्वर्ड विश्वविद्यालयमा ‘ग्लोबल लिडरशीप एण्ड पब्लिक पोलिसी’ विषयमा दुई हप्ते ‘सर्ट कोर्ष’ गर्न सोमबार राति अमेरिका लागेका छन् । व्यस्तताका कारण प्रतिष्ठित विश्वविद्यालयमा पढ्ने रहर अधुरो भए पनि सर्ट कोर्षबाट केही सिक्न हार्वर्डमा आवेदन गरेको थापाले बताए । दुई साताको सर्ट कोर्षका लागि गत वर्ष नै छनौट भए पनि व्यस्तताले जान नपाएको उनले जानकारी दिए । ‘कोर्ष दुई हप्ताको मात्र भए पनि छनोट भएदेखि नै इमेलमार्फत गृहकार्य गराई अधिकतम उपलब्धीमूलक बनाइदो रहेछ,’ उनले भने । राजनीतिकर्मी, व्यापारी, कर्मचारीलगायत सहभागी हुने भएकाले विश्वका प्रतिष्ठित विश्वविद्यालयका सर्टकोर्षको आकर्षण भने निकै छ । वर्षभरि पढ्न नभ्याउने इच्छुकले सर्ट कोर्षमा सहभागी हुन आवेदन दिने गर्छन । सर्ट कोर्षमा सहभागी भइसकेका पूर्व सचिव कृष्ण ज्ञवालीका अनुसार विश्वभरिबाट सहभागी हुने भएकाले विख्यात विश्वविद्यालयको पढाई निकै उपलब्धिमुलक हुन्छ । राजनीतिकर्मी सहभागी हुने कक्षामा विश्वभरिका राजनीतिकर्मी सहभागी हुने भएकाले इन्टरनेटमार्फत भविष्यमा पनि अनुभव आदानप्रदान, अन्तरक्रिया गर्दै थप उपलब्धि लिन सकिने उनले बताए । एमआइटीमा सर्ट कोर्ष गरेका व्यवसायी निरञ्जन श्रेष्ठले विख्यात विश्वविद्यालयको पढाईले छोटो समयमै विश्व हेर्ने दृष्टिकोणनै परिवर्तन हुने बताए । उनी पनि हार्वडको सर्ट कोर्षको तयारीमा छन् ।

राजस्थानले पायो १८५ रनको चुनौती, आइपीएलमा गेलको ४ हजार रन पूरा

काठमाडौं, चैत ११ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा किंग्स इलाभेन पन्जाबले राजस्थान रोयल्सविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाउन सक्यो । उसका लागि क्रिस गेलले ४७ बलमा ७९, मयंक अग्रवालले २२, केएल राहूलले ४, निकोलस पुरनले १२ रन बनाए । यस्तै, सरफराज खान ४६ र मन्दीप सिंह ५ रनमा नटआउट रहे । बलिङमा राजस्थानका बेन स्टोक्सले २, धवन कुलकर्णी र कृष्णप्पा गौतमले एक–एक विकेट लिए । राजस्थानमा आजिक्य रहाणे र पञ्जाबमा रविचन्द्र आश्विन कप्तान छन् । आजको खेलमा कोकोले पाए मौका? हेर्नुस्– पन्जाबः रविचन्द्र आश्विन (कप्तान), क्रिस गेल, लोकेश राहुल, मयंक अग्रवाल, निकालोस पुरन, मन्दीप सिंह, साम कुरन, मोहम्मद सामी, मुजीउर रहमान, सरफराज खान र कंकित राजपूत राजस्थानः आजिक्य रहाणे (कप्तान), स्टिभ स्मिथ, जोस बटलर, बेन स्टोक्स, जोफ्रा आर्चर, सञ्जु स्यामसुम, राहुल त्रिपाठी, श्रेयस गोपाल, कृष्णप्पा गौतम, जयदेव उनदकट र धवल कुलकणी

५ बलमा ५ छक्का प्रहार गर्ने कमलको आज पनि कमाल, भारतले दियो २२९ रनको लक्ष्य

काठमाडौं, चैत ११ । आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि भारतमा रहेको नेपाली टोलीलाई त्यहाँको आन्ध्र प्रदेश क्रिकेट टिमले २२९ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिला ब्याटिङको मौका पाएको आन्ध्रले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२८ रन बनायो । उसका लागि बी योगानन्दले ५९, नितीस कुमारले ५१, पी सुबरमन्यमले ४५ रन बनाए । बलिङमा नेपालका कमलसिंह ऐरीले ४, पवन श्राफले ३, सागर ढकाल, राशिद खान र प्रतिस जिसीले एकएक विकेट लिए । यसअघि, २ खेलमध्ये दुबै टिमले एकएक खेल जितेका छन् ।

चलचित्र ‘छपाक’ मा दीपिकाको फस्टलुक पोष्टर सार्वजनिक

मुम्बई, चैत ११ । मेघना गुलजारको निर्देशनमा बन्न लागेको बलिउड चलचित्र ‘छपाक’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री दीपिका पादुकोण प्रस्तुत छिन् । यो चलचित्रमा उनी एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको रोलमा देखिने छिन् । दीपिकाको लुक्सले धेरैलाई निःशब्द बनाएको छ । ‘छपाक’मा दीपिकाले आफ्नो करिअरको सबैभन्दा चुनौतिपूर्ण भूमिका निभाउन लागेको बताएकी छन् । चलचित्रमा उनको चरित्रको नाम ‘मालती’ छ । सार्वजनिक पोस्टरमा दीपिकालाई सजिलै चिन्न गाह्रो हुन्छ । उनी हुबहु लक्ष्मी अग्रवालजस्तै देखिएकी छन् । पोस्टरमा उनी एक शिशाको अगाडि उभिएकी छन् । चलचित्र ‘छपाक’ १० जनवरी २०२० मा रिलिज हुने छ । दीपिकाको यो फिल्मलाई अहिलेदेखि नै सुपरहिट भन्न थालिएको छ । फ्यानमात्र नभएर उनको लुक्सले बलिउड सेलिब्रेटीलाई समेत हैरान बनाएको छ । वरुण धवन र ज्याकलीन फर्नान्डिजले उनको लुक्स मन पराएका छन् । ‘छपाक’ एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको जिन्दगीमा बेस्ट छ । लक्ष्मीमाथि सन् २००५ मा एक व्यक्तिले एसिड फ्याकेका थिए । उनीमाथि यो हमाला यसकारण भएको थियो कि, उनले उक्त व्यक्तिसँग विवाहको प्रपोजल नकारेकी थिइन् । एसिड आक्रामण भएपछि लक्ष्मीको अनुहार पूरै खराब भएको थियो । ‘छपाक’ मा विक्रान्त मेसीको पनि प्रमुख भूमिका रहने छ । यो फिल्ममा दीपिका अभिनेत्रीसँगै निर्मात्रीको रुपमा पनि छिन् । गएको केही महिनादेखि फिल्मको पूरा टिम स्क्रिप्ट अध्ययनमा व्यस्त थियो । गतवर्ष अभिनेता रणवीर सिंहसँग विवाह गरेकी दीपिकाको पछिल्लो चलचित्र ‘पद्मावत’ हो । एजेन्सी

प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै

काठमाडौं, चैत १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे बैठकलाई सम्बोधन गर्ने छन् । प्रतिनिधिसभाको बैठकमा १ बजे सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यसूची भएपनि २ घन्टा पर सारिएको प्रधानमन्त्री प्रेस संयोजक अधिकारीले जानकारी दिए । संघीय संसदको हिउँदे अधिवेशन आज सकिँदैछ।

७० पुगेका झलनाथ भन्छन्, ‘म ५० वर्ष जस्तो देखिन्छु’

काठमाडौं, चैत १० । नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल चैत ५ देखि ७० वर्षमा लागे। उमेर सात दशक पुगेको अवसरमा उनले नयाँ जुक्ति निकाले– एकल शब्द रचनामा दोस्रो गीति एल्बम बजारमा ल्याउने। यसकै अवसर जुरेको थियो, शनिबार। कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा कार्यक्रम आयोजना गरिएको थियो । प्रमुख अतिथि थिए, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली। पार्टीका शीर्ष नेताको बाक्लो उपस्थितिसँगै खचाखच दर्शकका अगाडि खनाल बोले, ‘म ७० वर्ष पुगें । तपाईंहरूलाई विश्वास लाग्दैन होला तर म अझै ५०–६० तिरै छु जस्तो लाग्दै छ।’ उनी २००६ सालमा इलाममा जन्मिएका हुन् । उनलाई ७० वर्षमा पाइला टेकेको विश्वास लागेको रहेनछ । उनले आफ्ना नौ गीत संग्रहित ‘परिवर्तनका स्वरहरू–२’ लोकार्पण कार्यक्रममा ‘तन्नेरीपन’ देखाउन खोजे। ‘म अझ कम्तीमा १५ वर्ष युवा अवस्थामै रहन्छु जस्तो लाग्छ’, उनले भने । उनले यसो भनिरहँदा हल हाँसोले गुञ्जिएको थियो। खनालपछि बोल्ने पालो आयो प्रधानमन्त्री ओलीको । उनी के कम उनले सुरुमै खनालको युवा मनको प्रशंसा गदै दर्शकलाई हँसाए। ‘गीतकार मात्रै होइनन् जेएन कमरेड, यो कार्यक्रमका पनि रचनाकार हुनुहुन्छ’, उनले भने, ‘युवा मनका, जन्मले जन्तरे, कवि÷गीतकार झलनाथ खनाल नेता त भन्नै परेन । पार्टीका पूर्वअध्यक्ष भइसक्नुभएका, पूर्वप्रधानमन्त्री भइसक्नुभएका र लामो समय पार्टीलाई नेतृत्व गरेका व्यक्ति हुनुहुन्छ।’ यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। खनालले २०६२÷६३ को आन्दोलनपछि ‘अभूतपूर्व अवसर’ आएको उल्लेख गरेका थिए । सरकारको नेतृत्वकर्ताले राजनीतिक र आर्थिक क्रान्तिसँगै सांस्कृतिक क्रान्ति पनि अघि बढाउनुपर्ने सुझाव उनले दिएका थिए । खनालको गीति एल्बम जनसांस्कृतिक महासंघले बजारमा ल्याएको हो । एल्बमका गीतमा मिलन तिमल्सिनाले संगीत भरेका छन । यम बराल, खुमन अधिकारी, पूर्णकला बीसी, मिलन नेवार, धीरेन्द्र लकान्द्री, अञ्जु घिमिरे, दीपक लिम्बूलगायतले स्वर दिएका छन्।

आइपीएलः धोनीको अगाडि विराटका सेना निरिह, गुम्यो छैटौं विकेट

काठमाडौं, चैत ९ । इन्डियन प्रिमियर लिग (आइपीएल) १२औं संस्करणको उद्घाटन खेलमै विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स ब्यंग्लोरले चेन्नई सुपर किंग्स विरुद्धको खेलमा खराब प्रदर्शन गरेको छ । उसले १० ओभरमा ४९ रन बनाउँदै ५ विकेट गुमाई सकेको छ । ब्यंग्लोरका कप्तान कोहली ६, मोइन अली, एबी डी विलियर्स ९-९, शिमरन हिटमायर शून्य, शिवम दुवे २ र कोलिन डी ग्रेण्डहोम ४ रनमा आउट भए । कोहली, अलि र डी विलिसयर्सलाई हरभजन सिंह, शिवलाई इमरान ताहिर, कोलिनलाई रविन्द्र जडेजा र शिमरोनलाई सुरेश रैनाले रनआउट गरे । पहिलो खेलमा चेन्नई सुपर किंग्सले टस जितेर बलिङ रोजेको छ । ब्यंग्लोरको नेतृत्व विराट कोहलीले र चेन्नईको कप्तानी महेन्द्रसिंह धोनीले गरेका छन् । आईपीएलमा इतिहासमै सबैभन्दा सफल टिम चेन्नई हो । उसले अहिलेसम्म ३ पटक उपाधि जितेको छ भने ४ पटक उपविजेता बनेको छ । विराटले नेतृत्व गरेको बेंगलोर भने आईपीएलको अभागी टोलीको रुपमा गनिन्छ । किनभने स्टार खेलाडीले भरिएर पनि उसले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सीएसके र आरसीबी अहिलेसम्म आईपीएलमा २२ पटक आमनेसामने भएका छन् । जसमध्ये १४ खेलमा सीएसकेले जित हात पारेको छ भने ७ खेलमा आरसीबीले जित हात पारेको छ । एक खेल भने नतिजाविहीन भएको छ । दुवै टिम स्टार खेलाडीले भरिपूर्ण भएकाले पनि आईपीएल २०१९ को पहिलो खेल नै रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ । यसपटक आईपीएलमा ८ टिमको सहभागिता छ । चेन्नई र बेंगलोरका अलावा मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पन्जाब आईपीएलमा सहभागी टिम हुन् । नेपाली युवा स्टार सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन् । यसअघिको सिजनमा अन्तिम तीन खेलमा मात्र अवसर पाएका सन्दीप यसपटक सुरुवातदेखि नै पहिलो रोजाइमा पर्ने अपेक्षा गरिएको छ ।

पकिस्तानद्वारा अष्ट्रेलियालाई २८१ रनको लक्ष्य, हरिसको पहिलो शतक

काठमाडौं, चैत ८ । अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा पाकिस्तानले २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २८० रन बनायो । उसका लागि हरिस शोहेलले १०१ र इमाद वसीमले नटआउट २८ रन बनाए । यस्तै, इमाल उल हक १७, शान मसूद ४०, उमार अकमल ४९, कप्तान सोयव मलिक ११ र फहिम अश्रफ २८ रनमा आउट भए । बलिङमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल, नाथन कलटर नाइलले दुई–दुई र नाथन लायनले एक विकेट लिए । ५ खेलको यो सिरिज यूएईमा भइरहेको हो ।

जनताको जलविद्युत‌्मा सेयर खरीद सुरु, प्रधानमन्त्रीले दिए पहिलो आवेदन

काठमाडौं, चैत ७ । ‍प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को सेयर खरीद गरी बिहीबार जनताको सेयर आवेदन शुभारम्भ गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले १० हजार कित्ता सेयरका लागि आवेदन दिएका हुन् । प्रधानमन्त्री पत्नीराधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिएका छन्। यस आयोजनामा सुरुमा सेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ। यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ। ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्‌को सेयरधनी’ को नारासहितयो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो।

कोरियामा किन घट्यो विवाह दर?

एजेन्सी । दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्यांक सार्वजनिक भएको छ। आर्थिक अस्थिरता लगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ। सन् २०१८ मा एक हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ। यो तथ्यांक अहिलेसम्मकै सबैभन्दा न्यून हो। कोरियाको तथ्यांक विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ भनेर सन् १९७० देखि तथ्यांक संकलन गर्ने गरेको छ। समाचारमा जनाइएअनुसार यो वैवाहिक दर सन् १९७० पछिकै सबैभन्दा कम हो। सन् १९८० मा यहाँका युवायुवतीमा विवाह दर प्रति एक हजारमा १०.६ प्रतिशत रहेको थियो। उक्त विभागले यो तथ्यांक शुरु गरेयताको सबैभन्दा बढी दर हो। यो तथ्यांकमा बर्सेनि कमी आउन थालेको हो। सन् १९९० यो दर घटेर मा ९.३, सन् २००० मा ६.५ र सन् २०१० मा ६.५ हुँदै आएको थियो। दक्षिण कोरियाली नागरिकमा पहिलो पटक विवाह गर्ने उमेर दर पुरुषमा ३३.२ वर्ष र महिलामा यो उमेर दर ३०.४ वर्ष छ।

साफ च्याम्पियनसिपः श्रीलंकाविरुद्ध नेपालको दोस्रो गोल (LIVE )

काठमाडौं, चैत ४ । विराटनगरको शहीद रंगशालामा भइहेको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा श्रीलंकाविरुद्ध नेपालले दोस्रो गोल गरेको छ । पहिलो हाफमा १-० ले अग्रता लिएको नेपालले अर्को गोल ७२ औं मिनेटमा अनिता बस्नेतले गरेकी छन् । नेपालका लागि पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घामगरले गोल गर्दै अग्रता दिलाएकी थिइन् । गीता रानाले प्रहार गरेको फ्री किकलाई कप्तान निरु थापाले बाइसाईकल किक प्रहार गरेकी थिइन् । निरुको प्रहारलाई सावित्राले हेडर गरकी थिइन् । निरु र फरवार्ड सावित्रा भण्डारीमाथि ध्यान दिएका बेला अनमार्कमा रहेकी पुनमले गोल गरेकी हुन् । सुरु देखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो हाफमा थुप्रै पटक पोस्ट चार्ज गरेको थियो ।

अमेरिकामा प्रचण्डलाई भिभिआईपी सम्मान, बिरलै हुने नो ईन्भेष्टिगेसन सर्कुलर जारी

काठमाडौं, चैत ५ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकामा रहेका नेपालीहरुले भव्य स्वागत गरेका छन् । यसैबीच अमेरिकामा रहेका नेपालीहरुले नेपालका शिर्ष नेतृत्व तथा परिवर्तनका वाहक प्रचण्डलाई अमेरिकास्थित केण्डकी बस्दै आएका डा. तिलक श्रेष्ठले अध्यक्ष प्रचण्डमाथी उजुरी गरेर नेपाल र नेपालीको बदनाम गरेको भन्दै श्रेष्ठप्रति रोष प्रकट गरेका छन् । डा. श्रेष्ठलाई देश विरोधी काम गर्न लाज लाग्नुपर्ने भन्दै बेअर्थको उजुरी तत्काल फिर्ता लिई नेपाल र नेपाली समक्ष माफी माग्न समेत उनीहरुले आग्रह गरेका छन् । प्रचण्डलाई अमेरिकामा ‘नो इन्भेष्टिगेशन’को सर्कुलर प्रचण्डविरुद्ध श्रेष्ठले उजुरी गरेपछि अमेरिकी सरकारले ‘नो इन्भेष्टिगेशन’ को सर्कुलर जारी गरेको छ । अमेरिकी दुतावास स्रोतका अनुसार अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर प्रचण्डका लागि जारी गरेको छ । यस्तो सर्कुलर जारी भएपछि अमेरिकी सरकारका कुनै पनि प्रकारका निकायले कारवाही अगाडि बढाउन मिल्दैन । यस्तो सर्कुलर भारतीय उच्च नेताहरु सोनिया गान्धी, नरेन्द्र मोदीलगायत अन्तर्राष्ट्रिय नेताहरु अमेरिका भ्रमणमा जाने क्रममा जारी हुने गथ्र्याे । अमेरिका भ्रमणका क्रममा उत्पन्न हुन सक्ने कानूनी झमेला हटाउन विरलै मात्र यस्तो सर्कुलर जारी गरिन्छ । प्रचण्डको भ्रमण अगाडि अमेरिकी राजदुत रेन्डीबेरीले प्रचण्ड निवासमै पुगेर भेट गरी अमेरिका भ्रमणका क्रममा कुनै पनि झमेला नहुनेमा विश्वस्त पार्दै भ्रमणका क्रममा अमेरिकाले विशिष्ट सम्मानका साथ स्वागत गर्ने बताएका थिए । लगत्तै दूताबासको सुरक्षा निकायले यस्तो खालको सर्कुलर जारी गरेको थियो । जुन इमिग्रेशन लगायत सुरक्षा सम्बद्ध अमेरिकी सरकारी निकायहरुमा पुगिसकेको छ ।