अदालतमा आजै थुनछेक बहस हुनसक्ने, रवि धरौटीमा छुट्ने सम्भावना !

चितवनः  चितवन प्रहरीले अनुसन्धानको सबै तथ्यसहित तयार पारेका मिसिलसहित आजै मुद्दा दर्ता गर्ने भएको छ ।

शालिक राम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानमा तानिएका रवि लामिछानेसहितका प्रतिवादीलाई सरकारी वकिल कार्यालयले आजै अदालतमा पेश गर्ने र आज नै थुनछेक बहस हुनसक्ने अधिवक्ता गोपिलाल देवकोटाले जानकारी दिए ।

आज थुनछेक बहस नभएको खण्डमा भने रवि लामिछानेलाई थप हिरासतमा राखिने अवस्था रहेका बताइन्छ ।

आज थुनछेक बहस सकिएको खण्डमा रवि लामिछाने धरौटीमा रिहा हुने सम्भावना बढेको हो । तर अदालतमा बहस गर्ने वकिलहरुको संख्या ठूलो भएका कारण आज नै आदेश नहुने सम्भावना समेत रहेको छ । यस्तोमा हेर्दाहेर्दैमा मुद्दाको निर्णय राखेर भोली फेरी बहस हुन सक्छ ।

आज अन्तीम दिन प्रहरीले अनुसन्धान राय प्रतिवेदनसहितको मिसिल सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोग पत्र अदालतमा पेस गर्नेछ । त्यसपछि आजै थुनछेक बहस हुने अधिवक्ता गोपिलाल देवकोटाले जानकारी दिए । थुनछेक बहसपछि अदालतले रिहा वा कारागार चलान गर्ने आदेश दिनेछन् । देवकोटाका अनुसार अदालतले आजै वा भोली मात्रै आदेश दिनसक्ने सम्भावना रहेको छ । जाहेरीवालाको तर्फबाट ५ जना अधिवक्ताले बहस गर्ने बताईएको छ ।

प्रतिवादीका तर्फबाट सुसिल पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गर्नेछन भने आरोपी अस्मिता कार्किको तर्फबाट पनि छुट्टै ३ जना अधिवक्ताले बहस गर्ने बुझिएको छ ।

माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनि भरतपुरको नारायणगढस्थित पोखरा बसपार्कको कोठाभित्र गएको साउन २० गत्ते राति झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनले मृत्यु अघि रेकर्ड गराएको भनिएको भिडियोमा रवि, युवराज र अस्मितालाई आरोप लगाएपछि उनिहरु तिनै जना साउन ३० गत्ते काठमाण्डौबाट पक्राउ परेका हुन ।

उपकप्तान मल्ल भन्छन्, ‘फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ’

तनहुँः  ‘जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन’, तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने, ‘सानैदेखि क्रिकेट एकदमै मन पथ्र्यो, क्रिकेट खेल्दाखेल्दै आजको अवस्थामा आइपुगेको हुँ ।’ उपकप्तान मल्लले शुरुवाती चरणमा फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेको अनुभव सुनाए । ‘आज आफू जुन स्थानमा छु, त्यो सबै सफलता क्रिकेटबाट प्राप्त गरेको हुँ’, उनले भने, ‘जति दिन क्रिकेट खेल्छु, पूर्ण आत्मविश्वासका साथ खेल्छु ।’ व्यास नगरपालिकाले युवा परिषद्का सदस्यका लागि आइतबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उपकप्तान मल्लले परिश्रम र लगावले नै मानिसलाई सफल बनाउने बताए । ‘जो व्यक्तिले परिश्रम गर्छ त्यो व्यक्ति सँधै सफल हुनेमा कुनै द्विविधा छैन’, उनले भने । नेपाली क्रिकेट टोलीको सवल पक्षका बारेमा सहभागीले सोधेको प्रश्नको उत्तर दिँदै मल्लले एकता नै नेपाली क्रिकेट टोलीको सवल पक्ष रहेको बताए । राष्ट्रिय टोलीको कप्तान हुन मन लाग्दैन? भन्ने प्रश्नको जिज्ञासा मेटाउँदै उपकप्तान मल्लले भने, ‘त्यस्तो भावना कहिल्यै पनि आएन, सधैँ एउटाले मात्रै पद लिएर बस्ने होइन, बरु अरु साथिलाई त्यो स्थानसम्म पुर्याउन पाए मलाई खुशी लाग्छ ।’ कार्यक्रममा राष्ट्रिय महिला धावक मिरा राईलेसमेत आफ्नो अनुभव सुनाएका थिए । गरीब परिवारमा जन्मिएर पूर्व लडाकु हुँदै दौडमार्फत नेपालको नाम विश्वमाझ चिनाउन पाउँदा आफूलाई गर्व लाग्ने गरेको उनको भनाइ थियो । परिषद्का ४० सदस्य सहभागी उक्त अभिमुखीकरण कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता सविना कार्की, मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङ, युवा अभियन्ता सचिन तिमिल्सेना, व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतले आ–आफ्नो अनुभव सुनाएका थिए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अभिमुखीकरणपश्चात् नगरपालिकाका लागि जागरुक युवा तयार भएको बताए । रासस

अमेरिकी दबाब लत्याउँदै जिब्राल्टरले छोड्यो इरानी जहाज

काठमाडौँ । सिरियाका लागि तेल ओसारिरहेको आशङ्कामा जुलाई महिनामा पक्राउ गरिएको एक इरानी तेल ट्याङ्कर जिब्राल्टरले अमेरिकी दबाबका बावजुद छाड्ने निर्णय गरेको छ । इरानी ट्याङ्कर ग्रेस-१ पानीजहाजलाई छाड्ने निर्णय भएको एक दिनपछि शुक्रवार अन्तिम समयमा अमेरिकाले त्यस्तो आग्रह गरेको थियो। अहिले उक्त पानीजहाज बन्दरगाह छाड्दै भूमध्यसागरको पूर्वतर्फ अगाडि बढिरहेको छ। अमेरिकी आग्रहबारे जिब्राल्टारले भनेको छ- फेरि पक्राउ गर्नुपर्ने कुनै कारण छैन किनकि इरानविरुद्धको अमेरिकी प्रतिबन्ध ईयूमा लागु हुँदैन। अमेरिकी आग्रह अमेरिकी न्याय मन्त्रालयले उक्त जहाजको सम्बन्ध आफूले आतङ्ककारी मान्ने इरानको इस्लामिक रेभलूशनरी गार्डसँग रहेको भन्दै पक्राउको आग्रह गरेको थियो। जिब्राल्टारले भने आइतवार एउटा वक्तव्यमार्फत् उक्त आग्रहलाई स्वीकार्न नसक्नुमा रेभलूशनरी गार्डलाई ईयूले आतङ्कवादी सङ्गठन नमान्नु रहेको बताएको छ। इरानले आवश्यक परेमा आफ्ना जलसेना उक्त पानीजहाजलाई सुरक्षा दिँदै अगाडि बढाउन तयार रहेको बताएको थियो। उक्त पानीजहाजमा भारत, रुस, लाट्भिया र फिलिपिन्सका गरी चालकदल २९ सदस्य थिए। सुनिश्चितता पानीजहाजलाई ब्रिटिश जलसेनाको सहयोगमा जुलाई ४ मा पक्राउ गरिएको थियो। जिब्राल्टारले उक्त कार्गो सिरिया नपुग्ने इरानले वचन दिएपछि जहाजलाई छाडिएको जिब्राल्टारले जनाएको छ। इरानी पानीजहाजको नाम अहिले एर्डिएन डर्‍या-१ भएको छ र इरानी झण्डा फहराउँदै अगाडि बढेको छ। इरानले उक्त जहाज सिरिया जानको लागि हिँडेको भन्ने कुरालाई सुरुदेखि नै अस्वीकार गर्दै आएको छ। ब्रिटिश स्वशासित क्षेत्र जिब्राल्टारको सरकारले ईयूका प्रतिबन्ध भङ्ग गरेको आरोपमा उक्त जहाजलाई समातेको गरेको थियो। तनाव उक्त कदमले ब्रिटेन र इरानबीच केही सातायता तनाव चुलिएको थियो। इरानले समेत ब्रिटिश झण्डावाहक र स्वीडनको स्वामित्वमा भएको स्टेना इम्पेरो जहाजलाई खाडीमा पक्राउ गरेको थियो। सो जहाज अझै इरानको नियन्त्रणमा छ। इरानको आणविक कार्यक्रमका विषयमा इरान र पश्चिमा विश्वबीच तनाव बढेको छ। गत वर्ष वाशिङ्‌टनले सन् २०१५ को इरानी परमाणु सम्झौताबाट बाहिरिएको थियो। उसले इरानले अझै परमाणुअस्त्र बनाउन चाहेको आरोप लगाएको छ भने इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ। ब्रिटेन र अन्य युरोपेली देशहरू भने उक्त सम्झौतामा अझै कायम रहेको बताउँदै आएका छन्।

महिलालाई अदालतको न्यायः न आस न भरोसा

काठमाडौं । छिटो न्याय पाउने आशामा अदालत पुग्ने पीडितले वर्षौंसम्म न्याय नपाउँदा पीडित महिला न्यायालयप्रति आस गर्ने कि भरोसा पर्ने द्विविधामा छन् । लामो समयसम्म मुद्दाको सुनुवाइ नहुँदा पीडित झनै पीडित हुनुपर्ने अवस्था छ । ढिलो न्याय दिनु न्याय नदिनुसरह हो भनिन्छ तर वर्षौंदेखि अदालतले महिलाको मुद्दामा भने कम प्र्राथमिकता दिने गरेको पाइएको छ । जिल्ला अदालतदेखि सर्वोच्चसम्म पुग्ने महिला हिंसा, बलात्कार र मानाचामलसहितका दर्जनौं मुद्दा पालो नपाएर लामो समयदेखि थाती छन् । जसको एक उदाहरण हो, पछिल्लो पाँच वर्षअघि सर्वोच्चमा दायर भएको बलात्कारको एक मुद्दा । सो मुद्दा सुनुवाइ हुन नसकेर इजलासमा घुमिरहेको छ । बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) सात वर्षअधि सामूहिक बलात्कारमा परिन् । एसएलसी परीक्षाको तयारीका लागि गेस पेपर किन्न जाँदा स्टेसनरी पसले सागर भट्ट र अमरराज अवस्थीले नशालु पदार्थ सेवन गराएर उनलाई बलात्कार गरे । न्यायका लागि जिल्ला अदालत बैतडीमा दर्ता गरेको मुद्दामा २२ फागुन २०६९ मा पीडकलाई ८ वर्ष कैद र ५ हजार जरिमानाको फैसला सुनाइयो । तर, तत्कालीन पुनरावेदनका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीको संयुक्त इजलासले पीडक दुवैलाई सफाइ दियो । जसले पूजाको घाउ थप बल्झायो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

चितवनमा सर्वदलिय बैठक, अराजक प्रदर्शन र ताेडफाेडजन्य काम राेक्ने निर्णय

भरतपुरः  रवि लामिछानेलाई रिहाईका नाममा अराजक र हिस्रक गतिविधि हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षिय बैठक बाेलाएकाे छ । सबै राजनीतिक दल, व्यापारी तथा नागरिक समाजका प्रतिनिधि सहभागी बैठकले पत्रकार शालिकराम पुडासैनीकाे आत्महत्या प्रकरणमा कुनै पनि प्रकारकाे हस्तक्षेप हुन नदिन अपिल गरेकाे छ । बैठकले प्रहरी प्रशासनलाई सत्य तथ्य पत्ता लगाई दाेषाीमाथि कार्वाहि गर्न सहयाेग गर्न अपिल गर्दै अराजक र ताेडफाेडका गतिविधि निरुत्साहित गर्ने निर्णय समेत गरेकाे छ । प्रशासनकाे याे कदमले रवि समर्थकहरुकाे आन्दाेलनमा जिम्मेवार दलहरुकाे भूमिका रहने सम्भावना टरेकाे छ । पूर्व राजाका पक्षधर भने आन्दाेलनमा देखिएका छन् ।

सर्वोच्च अदालतले भन्यो, ‘शिल्पालाई तत्काल पक्राउ नगर्नू’

काठमाडौं ।  बहुविवाह सम्बन्धी मुद्दामा अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराको एकल इजलासले शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो। सर्वोच्च अदालत स्रोतका अनुसार दुवै पक्षलाई भदौ १५ गते थप छलफलका लागि बोलाएको छ। शिल्पा पोखरेल र छवी ओझविरुद्ध छविकी जेठी श्रीमती हेमा ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बहुविवाहसम्बन्धी मुद्दा परेको थियो। जहाँबाट पक्राउ गर्नू भनेर पक्राउ पुर्जी जारी भएको थियो। शिल्पाले उच्च अदालतमा जाँदा पनि जिल्ला अदालतकै आदेश सदर भएपछि उनी आइतबार सर्वोच्च अदालत पुगेकी थिइन्। फरार रहँदै आएकी शिल्पा सर्वोच्च अदालतमा आइतबार हाजिर भएकी थिइन्।

पिटिए भारतीय बलर, गेल र लुइसको विष्फोटक प्रदर्शन

काठमाडौंः भारत विरुद्धको एकदिवसीय सिरिजको अन्तिम एवं तेस्रो खेलमा वेस्ट इन्डिजले विष्फोटक ब्याटिङ गरेको छ । टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले १० ओभरमा बिनाविकेट ११४ रन बनाएको छ । १० ओभरको खेललमा वेस्ट इन्डिजका क्रिस गेलले ५ छक्का र ७ चौकाको मद्दतमा ३३ बलमा ६५ र इभन लुईसले ३ छक्का ५ चौकाको मद्दतमा २८ बलमा ४३ रन बनाएका छन् । तीन खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएको छ । एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो । भारतको प्लेइङ–११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त, केदार जाधव, रविन्द्र जडेजा,  खलील अहमद, भुवनेश्वर कुमार, मोहम्मद शामी र युजवेन्द्र चहल । वेस्ट इन्डिजको सम्भावित प्लेइङ–११ः इभन लुईस, क्रिस गेल, शाई होप, निकोलस पूरन, शिमरन हिटमायर, रोस्टन चेज, जसन होल्डर (कप्तान), कार्लोस ब्रार्थवेट, फाबियन आलेन, किमो पउल र केमार रोच।

जेलबाटै अवैध असुलीकाे धन्दा !

काठमाडौँ — हत्याको अभियोगमा थुनामा रहेका समीरमान बस्नेतले जेलभित्रैबाट असुली धन्दा चलाएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोले उनीनिकट दुई जनालाई पक्राउ गरेको छ । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरेको अभियोगमा बस्नेत सुन्धारास्थित केन्द्रीय जेलमा छन् । बस्नेतले आफूनिकटका व्यक्तिहरूलाई निर्माण व्यवसायी र सडक निर्माणको ठेक्का सम्हालिरहेकाहरूको व्यक्तिगत विवरण उपलब्ध गराएर असुली धन्दा चलाएको सूचना पाएपछि ब्युरोले पवन खडका र सुरेन नगरकोटीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो । संगठित समूहको आडमा अवैध असुलीको धन्दा चलाइरहेका बस्नेतको समूहले २३ असोज ०७४ मा घरबाट कार्यालय जाँदै गरेका गौचनलाई शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरेको थियो । हत्याको ३७ दिनपछि ब्युरोले घटनामा संलग्न मुख्य सुटरसहित ५ जनालाई पक्राउ गरेको थियो भने अढाई महिनापछि मंसिर तेस्रो साता मुख्य योजनाकार भनिएका बस्नेत भारतमा समातिएका थिए । गजुरमुखी कन्स्ट्रक्सका मुख्य लगानीकर्ता रहेका गुन्डा नाइके कुमार घैंटेले गौचनको डाँफे कन्स्ट्रक्सनमा २ करोड ५० लाख रुपैयाँ लगानी गरेका थिए । ०७२ भदौमा घैंटे मारिएपछि उक्त समूहमा रहेर काम गरेका बस्नेतले गौचनसँग सेयरबापतको रकम मागेका थिए । लेनदेनको विषयमा बस्नेत र गौचनबीच झगडा भएको थियो । ब्युरोका अनुसार गौचनले वीरगन्जदेखि विराटनगरसम्म जोड्ने हुलाकी सडक निर्माणको ठेक्का पाएपछि उक्त ठेक्काबापत आउने २० करोडको बस्नेतले २ प्रतिशत कमिसन मागेका थिए । यही माग पूरा नगरेपछि बस्नेतले भारत गोवा, दिल्ली र उत्तराञ्चललगायतमा बस्दै फिरौती असुलीको धन्दा चलाइरहेका मनोज पुनसँग मिलेर गौचनको हत्या गराएका थिए । केन्द्रीय कारागार सुन्धारामा रहेका बस्नेतले हाल जेलभित्रैबाट फिरौती असुलीको धन्दा चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्रोतका अनुसार बस्नेतले केही निर्माण व्यवसायीहरूको कारोबारको विवरणलगायतका सूचना आफ्ना सहयोगीलाई दिएर रकम उठाउन लगाएका छन् । त्यही असुलीको काममा संलग्न रहेको भन्दै पवन र सुरेन पक्राउ परेका हुन् । यी दुवैलाई सुरुमा महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको थियो । सार्वजनिक अपराधमा मुद्दा चलाएर झन्डै १८ दिन महाराजगन्ज वृत्तको थुनामा राखिएका उनीहरूलाई थप अनुसन्धानका निम्ति एक साताअघि केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालय पुर्‍याइएको हो । पक्राउलगत्तै ललितपुरको नख्खु कारागार पुर्‍याइएका बस्नेतले जेलभित्रैबाट आफ्नो सञ्जाल चलाएको सूचना पाएपछि गृह मन्त्रालयको पहलमा २०७५ असोज १५ मा मुस्ताङ कारागार सरुवा गरिएको थियो । बस्नेतको सरुवालगत्तै उनकी पत्नीले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिन् । अदालती सुनुवाइका क्रममा काठमाडौं ल्याइएपछि बस्नेत केन्द्रीय कारागार सुन्धारामा छन्ब्युरोका एक प्रहरी अधिकारीले बस्नेतका सहयोगीहरूले केही निर्माण व्यवसायी र हुलाकी सडकको ठेक्कामा काम गरिरहेकाहरूलाई धम्क्याएर रकम असुल्ने प्रयास गरेको बताए । उनले भने, ‘केहीले पैसा दिए, केहीले दिन लागेको अवस्था भन्ने सूचना छ ।’ बस्नेतले जस्तै केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेका आपराधिक पृष्ठभूमिका बाहुन डन भनिने रमेश पौडेलले पनि भित्रैबाट अपराधको सञ्जाल फैलाइरहेको शंका प्रहरीको छ । स्रोतका अनुसार रमेशले अहिले कारागारभित्रको क्यान्टिन आफ्नो हातमा लिएका छन् । स्रोत भन्छ, ‘क्यान्टिनबाट हुने ६०/७० हजारभन्दा धेरै आम्दानी उनको पोल्टामा गएको छ ।’ २३ साउनमा रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई धम्क्याउँदै २ करोड रुपैयाँ मागेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले लोप्सन र मिलन भनिने बाबुराम तामाङलाई घुँडामुनि गोली प्रहार गरेर पक्राउ गरेको छ । लोप्सन पक्राउपछि प्रहरी उनी निकटहरूको पुरानो गतिविधिको रेकर्ड खोतलिरहेको छ । कान्तिपुर दैनिकमा जनकराज सापकाेटाकाे समाचार प्रकाशित छ ।

आज – २९ साउन २०७६ बुधवारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ। व्यवसायमा फाइदा हुनेछ तर नयाँ काम गर्न समय पर्खनुहोला। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। समुदायको हितमा विशेष काम गर्न सकिनेछ। सहयोगीहरूको भर पर्दा धोका हुन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह दौडधुपमै समय बित्नेछ भने मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। काम समयमा पूरा गर्न मुस्किल देखिछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। मिहिनेत गर्दा उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। समयमा गम्भीर नबन्दा पनि दुस्ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्यमा हेलचेक्र्याइँ गर्दा काममा बाधा हुनेछ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनेछन्। पुरानो सम्झौता भंग हुन सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु अवसर आए पनि परिस्थिति त्यति सहज नरहला। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले मान(सम्मान दिलाउनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। बुद्धिले काम लिँदा चिताएको योजना बन्नेछ। कामले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन् र सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द पछिका लागि केही वस्तु त्याग्नुपर्ला। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। टाढाका साथीहरूसँगको भेटघाटले खुसियाली छाउनेछ। कर्जामार्फत धन जुट्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। हात लागेको रकम अरूका लागि खर्च हुनेछ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे धनलाभ हुनेछ। लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

डेढ लाख घूससहित वडाध्यक्ष पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी भँगाहा नगरपालिका–८ का वडाध्यक्ष मोहमद रफिक आलमलाई डेढ लाख घुससहित पक्राउ गरेको छ । आयोगले उनलाई सेवाग्राहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराइदिए वापत वडा सदस्य कारी साहका छोरा मुकेश साहलाई १ लाख ६० घुस लिदाँलिँदै पक्राउ गरेको हो । अख्तियारका अनुसार जनकपुर उपमहानगरपालिका वडा नं ९ पिडारीचोक स्थित राष्ट्रिय वाणिज्य बैंक प्रवेशद्वारबाट साहलाई पक्राउ गरिएको हो । नियन्त्रणमा लिइ सोधपुछ गर्दा वडाध्यक्ष आलम र आफ्ना बाबु वडा सदस्य कारी साहले अह्राएअनुसार लिएको बयान दिएपछि भँगाहा नगरपालिका–२ स्थित सितापुर चोकबाट वडाध्यक्ष मोरफिक आलम र वडा सदस्य साहलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

विराटले बनाए नयाँ कीर्तिमान, कसको रेकर्ड ताेडे?

काठमाडौंः  भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एक नयाँ कीर्तिमान बनाएका छन् । उनले वेस्ट इन्डिजविरुद्ध वान डे क्रिकेटमा सर्बाधिक रन बनाउने क्रिकेटरको कीर्तिमान बनाएका हुन् । कोहलीले आज १९ रन पूरा गरेसँगै यो उपलब्धि हासिल गरे । यो उपलब्धि हासिल गरेसँगै उनले पाकिस्तानका पूर्व क्रिकेटर जावेद मियादादको २६ वर्ष पूरानो कीर्तिमान भंग गर्न सफल भएका छन् । वान डेमा मियाँदादले वेस्ट इन्डिजविरुद्ध ६४ खेलमा १९३० रन बनाएका थिए । विराटले भने वेस्ट इन्डिजविरुद्ध ३५ खेलमै १९३० रन बनाए ।

प्रधानमन्त्री ओली सोमबार स्वदेश फिर्ता हुने

काठमाडौंः  प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर सोमबार स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आइतबार आउने भनिए पनि सोमबार अपराह्न मात्रै प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएको जानकारी दिए । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका थिए । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको थियो । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।

अब त्रिविका महँगा कोर्समा पनि छात्रवृत्ति पाइने

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले त्रिविअन्तर्गत डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरेका कलेजमा पनि पूर्ण छात्रवृत्ति लागू हुने भएको छ। यस अघि त्रिविले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा १० प्रतिशत विद्यार्थीलाई मात्र अनिवार्य रुपमा निशुल्क छात्रवृत्ति दिदै आएको थियाे। नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा त्रिवि नेतृत्वसँग आइतबार भएको वार्तापश्चात अब डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्याक्रम सञ्चालन गर्ने कलेजहरूमा पनि लागू हुने निश्चित भएको हो। साउन १३ गते काफ्लेकै नेतृत्वको समूहले त्रिवि उपकुलपति डा.तीर्थ खनियाँलाई ज्ञापनपत्र बुझाई छात्रवृत्ति प्रभावकारी बनाउन दवाव दिएको थियो। नेविसंघले अघि सारेका माग पूरा गर्न त्रिविले गठन गरेको वार्ता समितिले नेविसंघसँग वार्ता गरेको थियो। वार्तामा दुवै पक्षबीच ५ बुँदे सहमति भएको छ। जसअनुसार अब डिन कार्यालयबाट सम्बन्धन लिने कलेजले सञ्चालन गरेका महँगा कोर्समा पनि १० प्रतिशत विद्यार्थीलाई निशुल्क छात्रवृत्ति दिइनेछ। नेविसंघ निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले त्रिविसँगको सम्झौता ऐतिहासिक भएको बताए। ‘छात्रवृत्तिको व्यवस्था कार्यान्वयन नै भइरहेको थिएन। यो सहमतिले सबैतिर निशुल्क छात्रवृत्ति लागु गर्न र महँगा कोर्समा पनि १० प्रतिशत छात्रवृत्ति दिलाउन बाटो खुलेको छ’, काफ्लेले भने। उनले सहमति कार्यान्वयन भएमा आर्थिक अभावका कारण महँगो कोर्स पढ्न नसक्ने जेहन्दार विद्यार्थी लाभान्वित हुने बताए। सहमतिमा त्रिविका तर्फबाट वार्ता समिति संयोजक गंगाबहादुर थापा र सदस्यहरूले हस्ताक्षर गरेका छन्। यस्तै नेविसंघका तर्फबाट निमा गिरी, हरि आचार्य, दीपक ओझा, योगेन्द्र रावल, विष्णुहरि खड्का र सन्तोष श्रेष्ठले हस्ताक्षर गरेका छन्। नेविसंघ नेता दिपक ओझाले सहमतिका कारण बिबिए, बिएचमए, बिएसडब्लु, एमबिए, बीआइएम, बिबिएम जस्ता तुलनात्मक रुपमा बढी शुल्क लाग्ने कोर्स पढाई हुने कलेजमा पनि १० प्रतिशत विद्यार्थीले निशुल्क पढ्न पाउने बताए। ५ बुँदे सहमतिपत्रमा त्रिविअन्तर्गत दिइने छात्रवृत्तिको संख्या बढाउने, छात्रवृत्ति कार्यान्वयन गर्न प्रभावकारी अनुगमन गर्ने तथा निशुल्क छात्रवृत्ति पाउने विद्यार्थीलाई रजिष्ट्रेसन, लाइब्रेरी, ल्याब लगायतको शीर्षकमा कुल शुल्कको ५ प्रतिशतभन्दा बढी रकम लिन नपाइने लगायतका विषय समेटिएका छन्।

सपिङ कम्प्लेक्सको निर्माण शुरु, ६८ ओटा व्यावसायिक सटर निर्माण गरिने

बुटवल । बुटवलको लुम्बिनी बसपार्कमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ (बहुद्देश्यीय भवन) निर्माण थालिएको छ । बुटवल उपमहानगरपालिकाले निर्माण गर्न लागेको पार्किङसहितको तीन तलाको भवन उपमहानगर प्रमुख शिवराज सुवेदीले आइतवार शिलान्यास गरे । उनले व्यावसायिक भवन र आवास निर्माणका लागि अध्ययन भइरहेकाले गुणस्तरीय सामान प्रयोग गरी निर्धारित समयमा नै भवन निर्माणको काम सक्न आग्रह गरे । बुटवललाई आर्थिक कारोबारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने र दिगो आयस्रोतको आधार बनाउने गरी उक्त भवन नगर विकास कोषसँगको सहकार्यमा निर्माण गर्न लागिएको हो । सो कार्यका लागि उपमहानगरपालिका र कोषबीच गत फागुनमा सम्झौता भएको थियो । भवनका लागि रू. १० करोड ८४ लाख खर्च हुने अनुमान छ । वि.सं २०७७ साउनमा निर्माण सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको शहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले जानकारी दिए । तीन तलाको भवनमा पार्किङबाहेक विभिन्न साइजका ६८ अत्याधुनिक मापदण्ड बमोजिमका व्यावसायिक सटर निर्माण गरिने भएकामा भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७र २७ सटर निर्माण गरिने बताइएको छ । रासस

चक्कु प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमति पक्राउ

काठमाडौं । चक्कु प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा गोकर्णेश्वर नगपालिका ६ पुरानो शान्त भवन बस्ने मकवानपुर गढी गाउँपालिका-८ घर भएकी २५ वर्षीया शिला घलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । शिलाले २४ वर्षीय श्रीमान जालमान स्याङ्तानलाई सामान्य विवादको कारण तरकारी काट्ने चक्कुले छाती र ढाडमा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले शिलालाई पक्राउ गरेको हो ।

उत्तर कोरियाले फेरि गर्‍यो ‘छोटो दुरीका बलिस्टिक मिसाइल’ प्रक्षेपण

काठमाडौं । उत्तर कोरियाले पुनः समुद्रमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। योसहित उसले केही हप्तायता गरेको पाँचौ प्रक्षेपण हो। दक्षिण कोरियाली सेनाले शनिवार बिहान प्रक्षेपित क्षेप्याप्त्र छोटो दुरीका बलिस्टिक मिसाइल हुन सक्ने बताएको छ। त्यसको पुष्टि भइसकेको छैन। तर छोटो दुरीका बलिस्टिक मिसाइल प्रक्षेपण गर्नु संयुक्त राष्ट्रसङ्घको सुरक्षापरिषद्का ११ वटा प्रस्तावको उल्लङ्घन हुन्छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ-अनबाट एउटा अतिसुन्दर पत्रु प्राप्त गरेको बताएपछि ती प्रक्षेपणहरू भएका हुन्। ट्रम्पका अनुसार अमेरिकी र दक्षिण कोरियली सेनाको संयुक्त सैन्य अभ्यासबारे किम असन्तुष्ट छन्। शनिवारको प्रक्षेपणबारे के थाहा छ? दक्षिण हाम्ग्योङ प्रान्तको हाम्हुङ नगरनजिकैबाट शनिवार बिहान दुई क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो। ती क्षेप्यास्त्र कोरियाली प्रायस्द्वीपको पूर्वमा अवस्थित जापान सागरमा खसे। दक्षिण कोरियाली सेनाका अनुसार झन्डै ४८ किलोमिटर माथिबाट उड्दै ती क्षेप्यास्त्र ४०० किलोमिटर पर पुगेका थिए। तिनको अधिकतम गति ध्वनिको गतिभन्दा ६.१ गुणा बढी थियो। गत जुनमा किम र ट्रम्पले उत्तर कोरियाको निरस्त्रीकरणबारे पुनस् वार्ता थाल्ने सहमति गरेपछि प्योङ्याङले धेरैचोटि क्षेप्यास्त्र र रकेट प्रक्षेपण गरिसकेको छ। किमले पत्रमा ट्रम्पलाई के लेखेका छन् ? यो प्रक्षेपण हुनुभन्दा केही समयअघि आफूलाई उत्तर कोरियाली नेताले पत्र पठाएको अमेरिकी राष्ट्रपतिले बताएका थिए। ह्वाइट हाउसमा संवाददाताहरूसँग बोल्दै ट्रम्पले भनेका थिए, पत्र एकदमै सकारात्मक छ। हामी फेरि भेट्छौँ भन्ने मलाई लाग्छ । उनले तीन पन्ना लामो एउटा सुन्दर पत्र पठाएका छन् – माथिदेखि तलसम्म साँच्चिकै एउटा सुन्दर पत्र । अमेरिका-दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासहरू ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपतिसँग भएका सहमतिविरुद्ध भएको भन्दै प्याङ्याङले आक्रोश व्यक्त गरेको छ। किन अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास ? दुई देशले गर्ने संयुक्त सैन्य अभ्यासको मुख्य भाग अगस्ट ११ मा सुरु हुनेछ। तर त्यसका लागि अतिसामान्य तयारी थालिएको छ। ती अभ्यासहरू मुख्यतस् कम्प्युटर सिम्युलेशनमा आधारित हुनेछन् र पहिला उत्तर कोरियाले उत्तेजनापूर्ण मान्ने गरेका अभ्यासभन्दा सामान्य हुनेछन्। मङ्गलवार पनि उत्तर कोरियाले नयाँ प्रकारको छोटो दुरीको भन्ठानिएको एउटा क्षेप्यास्त्र परीक्षण गरेको थियो। जुनमा दुई कोरियाको सीमामा अवस्थित असैनिकीकृत क्षेत्रमा ट्रम्प र किमले आकस्मिक भेट गरेपछि प्योङ्याङले पहिलो पटक जुलाई २५ मा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। तीमध्ये एउटा झन्डै ६९० किलोमिटर पर पुगेको थियो। बिबिसीबाट