डा. केसी सत्याग्रहको तयारीमा

काठमाडौं । नागरिक अभियन्ताका रूपमा परिचित डा. गोविन्द केसीले सात बुँदे माग अघि सार्दै सरकारबाट यसको सम्बोधन नभए पुनः सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् । प्राध्यापक केसीले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै चिकित्सा शिक्षा ऐनको संशोधनलगायतका मागहरू पूरा नभए सत्याग्रहमा बस्नुको विकल्प नरहने बताएका छन् ।

उनका अन्य मागहरूमा निजी मेडिकल कलेजले अवैधरूपमा असुल गरेको सबै रकम फिर्ता गर्नुपर्ने, दोषी मेडिकल कलेजहरूलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही चलाउनुपर्ने, संसदीय उपसमितिबाट माफियाको प्रभावमा गरिएका शुल्क र सीट संख्यामा वृद्वि गर्नेसम्बन्धी निर्णय तत्काल खारेज गर्नुपर्ने, विश्वविद्यालय पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाबअनुरूप निष्पक्ष र पारदर्शी ढङगले पदाधिकारी नियुक्त गर्ने र सो प्रतिवेदनलाई अविलम्ब ऐनका रूपमा परिणत गर्नुपर्ने, पूर्व सम्झौताअनुसार इलाम, पाँचथर, उदयपुर, डोटी र डडेल्धुरालगायत प्रदेश २ र ४ मा पनि सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया तत्काल अघि बढाउनुपर्ने आदि छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएसलगायतका कार्यक्रम शुरू गरिनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजीपी कार्यक्रम सञ्चालन गर्ने अनुमति तुरुन्त फुकुवा गर्नुपर्ने, नेताहरूको उपचार खर्च पारदर्शी बनाइनुपर्ने, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था यथार्थरूपमा सार्वजनिक गरिनुपर्ने, संक्रमणकालीन न्यायसम्बन्धी अयोगहरू प्रभावकारी बनाउनुपर्नेलगायतका माग केसीले राखेका छन् ।

‘शिक्षा र स्वास्थ्य क्षेत्र सेवामूलक हुनुपर्नेमा चरम नाफामूलक र शहरमुखी बनाइएकाले आम विद्यार्थी र आम नेपालीको पहुँचबाट बाहिर छ भने गुणस्तर घट्दो छ।’ –उनले टिप्पणी गरेका छन् ।

सार्वजनिक शिक्षण संस्था– विश्वविद्यालय, प्रतिष्ठान तथा स्वास्थ्यसम्बन्धी शिक्षण संस्थालगायतलाई राजनीतिक दलका कार्यकर्ता भर्तीकेन्द्र बनाएर दोहन गर्ने माध्यम बनाइएको, राष्ट्रलाई चाहिने जनशक्ति नभएर पार्टीका कार्यकर्ताहरू र विदेशका लागि श्रमिक उत्पादन गर्ने केन्द्रका रूपमा परिणत गरिएको उनको धारणा छ।

‘नेपालका अधिकांश जनता बसोबास गर्ने ग्रामीण भेगमा न कुनै ठूला स्वास्थ्य संस्था छन् न त शिक्षण संस्थान नै’ केसीले विश्वविद्यालय, प्रतिष्ठान तथा संस्थाहरूमा मापदण्ड निर्धारण समितिले दिएका सुझावअनुसार पदाधिकारी नियुक्ति गर्नुको सट्टा राजनीतिक भागबन्डाका आधारमा कार्यकर्ताहरूलाई पदाधिकारी नियुक्त गर्ने चलखेल बन्द गर्न अपिल गरेका छन् । नेपाल समाचारपत्रबाट साभार

उप निर्वाचन: कास्कीमा वामदेव र रविन्द्र मिश्र भिडने !

महत्वकासाथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन्। मंसिर १४ को प्रनिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु कस्सिएकाहुन्। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनको क्षेत्र रिक्त छ। कास्की २ बाट चुनाव लड्न ‘हेभिवेट’को चर्चा छ। याे खबर कान्तिपुर दैनिकमा छ। नेकपाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निश्चितप्रायः छ। नेकपाबाट गौतम र कांग्रेसबाट धनराज गुरुङ उम्मेदवार बने साझा पार्टीले संयोजक रवीन्द्र मिश्रलाई मैदानमा उतार्ने तयारी गरेको छ।

नेपालमा कुन कुन चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री आए त ?

चिनियाँ विदेशमन्त्री वाङ यीले आगामी आइतवारदेखि मंगलवारसम्म नेपालको भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अधिकारीहरूले परारष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निम्तोमा उनी नेपाल आउन लागेको पुष्टि गरेका छन्। मन्त्रालयले शुक्रवार एक वक्तव्य जारी गर्दै उनले नेपाल भ्रमणका बेला प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने जनाएको छ। उनी पाकिस्तानको भ्रमण सकेर नेपाल आउने बताइएको छ। उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणको तयारीका रूपमा पनि हेरिएको छ। पछिल्ला वर्षहरूमा नेपालले चीनबाट उच्च पदाधिकारीहरूलाई नेपाल भ्रणम गराउन पहल गरिरहेको तर सफल हुन नसकेको कतिपय कूटनीतिक क्षेत्रका जानकारहरूले बताउने गरेका छन्। अहिलेको सरकारले पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउन पहल गरिरहेको र त्यो उसका लागि एउटा कूटनीतिक परीक्षा नै हुने कूटनीतिज्ञहरूको मत छ। हालका वर्षहरूमा चीनबाट नेपालमा उच्च स्तरीय भ्रमण हुने खबरहरू बारम्बार सार्वजनिक हुने गरे पनि सन् २०१२ मा भएको चीनियाँ प्रधानमन्त्रीको संक्षिप्त नेपाल भ्रणमपश्चात् त्यो तहमा भ्रमणहरू हुन सकेका छैनन्। राष्ट्रपति तहमा भने पछिल्लो पटक सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रणम गरेका थिए। परराष्ट्र मन्त्रालय र नेपाल तथा चीनको सम्बन्धबारे लेखिएका कतिपय पुस्तकहरू अनुसार सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि हालसम्म, दुई जना राष्ट्रपति, पाँचजना प्रधानमन्त्री र पाँचजना उप-प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छन्। नेपालबाट भने त्यसबेलादेखि हालसम्म राजा, राष्ट्रपति र प्रधानमन्त्री तहमा दुई दर्जनभन्दा बढी पठक चीन भ्रमण भइसकेको छ। उपराष्ट्रपति र उपप्रधानमन्त्री तहमा पनि धेरै पटक भ्रमण भएको परराष्ट्र मन्त्रालयको विवरणमा देखिन्छ। नेपाल-चीन दौत्य सम्बन्ध नेपाल-चाइना सोसाइटीले प्रकाशित गरेको हिरण्यलाल श्रेष्ठद्वारा लेखिएको पुस्तक ‘सिक्स्टी इयरस् अफ डाइनामिक पार्टनरशिप’का अनुसार नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा काठमाण्डूमा दौत्य सम्बन्ध स्थापित भएको हो (पृ. ११)। पञ्चशीलका आधारमा दुई देशबीच सम्बन्ध स्थापित भएको श्रेष्ठले लेखेका छन्। उक्त पुस्तकका अनुसार नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापना गर्ने सम्झौतामा नेपालका तर्फबाट तत्कालीन प्रमुख शाही सल्लाहकार सरदार गुञ्जमान सिंह तथा चीनको तर्फबाट राजदूत युआन जोङ्सियाङले हस्ताक्षर गरेका थिए। नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने चीन पाँचौँ देश थियो भने चीनसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने नेपाल २२ औँ देश बनेको थियो। दौत्य सम्बन्ध स्थापनापश्चात् दुवै मुलुकले राजदूतावास स्थापना गरेका थिए। महेन्द्रको राज्याभिषेकमा चिनियाँ उप-प्रधानमन्त्री विभिन्न पुस्तकमा लेखिए अनुसार सन् १९५६ मेमा काठमाण्डूमा भएको राजा महेन्द्रको राज्याभिषेकमा चीनबाट त्यसबेलाका उप-प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिए। श्रेष्ठको पुस्तकमा तत्कालिन चिनियाँ उप-प्रधानमन्त्री वु लाङ्फुले नेतृत्व गर्दै चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको उल्लेख छ। त्यस्तै टीआर घोबलेको पुस्तक ‘चाइना-नेपाल रिलेसन्स एन्ड इन्डिया’मा पनि त्यसलाई पुष्टि गरिएको छ (पृ. १७८)। उक्त भ्रणमले नेपाल र चीनबीचको सम्बन्ध विस्तारमा नयाँ युग सुरु गरेको श्रेष्ठले लेखेका छन्। लाङ्फुले नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा अघि बढाएको पाइलाका लागि सहयोग गर्ने वचन दिएको पुस्तकमा लेखिएको छ। त्यसै वर्षको सेप्टेम्बरमा नेपालका तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले चीनको भ्रणम गरेका थिए। उनलाई चीन भ्रणम गर्ने पहिलो नेपाली प्रधानमन्त्री पनि भन्ने गरिन्छ। टीआर घोबलेको पुस्तक ‘चाइना-नेपाल रिलेसन्स एन्ड इन्डिया’मा नेपाल र चीनबाट भएका भ्रणमहरूको विवरण दिइएको छ चिनियाँ प्रधानमन्त्रीको पहिलो नेपाल भ्रमण टंकप्रसाद आचार्य चीन भ्रमणमा गएका बेला त्यसबेलाका प्रधानमन्त्री चाउ एनलाईलाई नेपाल भ्रमणको निम्तो दिएर फर्केको इतिहासकारहरूले लेखेका छन्। आचार्यको भ्रमणलगत्तै सन् १९५७ ज्यानुअरी २५ देखि २९ सम्म चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले नेपाल भ्रमण गरेका थिए। त्यसबेलाको संयुक्त वक्तव्यलाई उदृत गर्दै श्रेष्ठले यस्ता भ्रमणहरूको आदानप्रदानले नेपाल र चीनबीचको मित्रता थप सुदृढ हुने सन्देश त्यसमा रहेको लेखेका छन्। कतिपय अध्येताहरूका अनुसार तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एनलाई नेपालसँग सीमालगायतका समस्याहरू समाधान गर्न सन्धि गर्न चाहन्थे। उनले सन् १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थपानापश्चात् देखि नै त्यसका लागि कुराकानी अघि बढाएको नेपाल-चीन सम्बन्धबारे अध्ययन गर्नेहरूले लेखेका छन्। चाइना क्वाटर्ली अफ इन्टरन्याशनल स्टर्टेजिक स्टडिज्‌मा गत वर्ष प्रकाशित एउटा लेखमा चीनमै विद्यावारिधि गर्दै गरेका एकजना नेपाली बुद्धिप्रसाद शर्माले पनि चाउ एनलाईको उक्त मनसाय रहेको लेखेका छन्। उनले चीनका लागि तत्कालीन भारतीय राजदूत के एम पणिक्करलाई उदृत गर्दै लेखेका छन्, “चीन, भारत र नेपालबीचको त्रिपक्षीय बैठकका क्रममा उनले ….पाणिक्करसँग सीमा विवाद र अन्य मुद्दाहरूको समाधानका लागि आपसी समझदारी र विश्वासका साथ कोशिस गर्ने कुराकानी गरेका थिए।” सन् १९५५ मा भएको वाङ्दुङ सम्मेलनमा सहभागी हुन गएको नेपाली प्रतिनिधिमण्डलसँग उनले दौत्य सम्बन्ध स्थापनाका लागि प्रस्ताव गरेको र त्यो प्रस्तावलाई नेपाली प्रतिनिधमण्डलले स्वीकारेको पनि उनले लेखेका छन्। शान्ति तथा मैत्री सन्धि नेपालको पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइरालाले सन् १९६० मार्च ११ देखि २४ सम्म चीनको भ्रमण गरेको नेपाल र चीन सरकारका कतिपय आधिकारिक सरकारी वेबसाइटहरूमा उल्लेख छ। त्यसबेला उनले चाउ एनलाईलाई नेपाल भ्रणमको निम्तो दिएर नेपाल आएका थिए। त्यस लगत्तै सन् १९६० को एप्रिल २६ देखि २९ सम्म चाउ इनलाईले दोस्रो पटक नेपालको भ्रमण गरे। उनले त्यसबेला नेपाली संसद्‌का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन पनि गरेको श्रेष्ठले लेखेका छन्। त्यसै क्रममा एप्रिल २८ मा नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको थियो। उक्त सन्धिमा नेपालका तर्फबाट बीपी कोइराला र चीनका तर्फबाट चाउ एनलाईले हस्ताक्षर गरेका थिए। सीमा सन्धि त्यस अघि नै कोइरालाको चीन भ्रमणका बेला नेपाल र चीनबीच सीमा सम्बन्धी सम्झौता भएको थियो। सन् १९६० मार्च २१ मा कोइराला र चाउ एनलाईले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए। श्रेष्ठका अनुसार उक्त सम्झौता हुनुपूर्व मार्च १८ मा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङले त्यसबारे कोइरालासँग छलफल गरेका थिए (पृ. १५)। उक्त छलफलमा माओत्सेतुङले “नेपाल र चीनबीचको सीमा सधैँ शान्ति र मैत्रिपूर्ण हुनुपर्छ” भनेको श्रेष्ठले लेखेका छन्। सोही सम्झौता अनुसार नेपाल र चीनबीचको सीमाको टुङ्गो लगाउन दुवै देशका विज्ञहरू रहेको समूह बनाइएको श्रेष्ठले लेखेका छन्। उक्त समूहले नेपाल-चीन सीमा सन्धिको मस्यौदा तयार पारेको र त्यसलाई सन् १९६१ अक्टोबर ५ मा राजा महेन्द्रको चीन भ्रमणका बेला राष्ट्र प्रमुखहरूले हस्ताक्षर गरेको उक्त पुस्तकमा लेखिएको छ। उक्त सन्धिले नेपाल र चीनबीच रहेको सीमा समस्या हल गरेको कूटनीतिज्ञहरूले बताउने गरेका छन्। त्यसपछिका भ्रमणहरू नेपाल र चीनसँग दौत्य सम्बन्ध स्थापना भएका बखतमा दुवै देशबीच उच्च तहमा भ्रमणहरू तीव्र भएको देखिन्छ। त्यसपछि पनि नेपाल र चीनबीच उच्त तहमा भ्रमणहरू निकै हुने गरेका छन्। तर जति मात्रामा नेपाली उच्च अधिकारीहरू चीनको भ्रणममा जान्छन् त्यस्तै मात्रामा चीनबाट भने भ्रमण हुन नसकेको भन्दै कतिपयले आलोचना गर्ने गरेका छन्। पछिल्लो पटक भएका चिनियाँ उच्च पदाधिकारीहरूको भ्रमणहरू पनि संक्षिप्त हुने वा बाटो पर्दा मात्र नेपालमा अवतरण गर्ने गरेको कतिपयको आरोप रहने गरको छ। ‘इकोनोमिक एन्ड कमर्शियल कन्सुलर्सस् अफिस अफ दि एम्बेसी अफ द पिपुल्स रिपब्लिक अफ चाइना इन फेडरल डेमोक्याक्ट्रिक रिपब्लिक अफ नेपाल’ नामक संस्थाका अनुसार राजा महेन्द्र र विरेन्द्र दुवैका राज्याभिषेकमा चीनबाट उच्चस्तरीय भ्रणम भएका थिए। कूटनीतिज्ञहरू तथा लेखकहरूले लेखे अनुसार नेपालले चीनसँग सुरुदेखि हालसम्म पञ्चशीलकै आधारमा सम्बन्ध राखेको देखिएको छ। हरेक उच्चस्तरका भ्रमणहरूमा दुवै देशले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलमा जोड दिने गरेको उनीहरूले लेख्ने गरेका छन्।   बिबिसी नेपालीबाट साभार

अफगानिस्तानका रहमत शाहले रचे इतिहास

काठमाडौंः  अफगानिस्तान क्रिकेट टिमका रहमत शाहले आफ्नो देशबाट टेस्ट क्रिकेटमा शतक बनाउँदै इतिहास रचेका छन् । उनले आज बंगलादेशविरुद्ध २ छक्का र १० चौकाको मद्दतमा १८७ बलमा १०२ रन बनाउँदै इतिहास रचेका हुन् । अफगानिस्तानले आज तेस्रो टेस्ट खेल्दै छ । टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले यो समाचार तयार पार्दासम्म ७० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाएको छ ।

विदेश भ्रमणको निहुँमा गोप्य भेटघाटमा पूर्वराजा

काठमाडौं, पूर्व राजा ज्ञानेन्द्र शाहले विदेश भ्रमणका क्रममा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूसँग हिमचिम बढाउँदै गैरहेको समाचार बाहिरिएको छ। पारिवारिक भ्रमणमा बैंककमा रहेका पूर्वराजा शाहले राजनीतिक भेटवार्ता सुरु गरेको समाचारलाई आएपछि शाहको बैंकक बसाईलाई अर्थपूर्ण रूपमा हेर्न थालिएको हो । पूर्वराजाको यस भ्रमणलाई नेपालमात्रै नभएर विश्वभरि छरिएर रहेका नेपालीहरुले बढो महत्वका साथ हेरिरहेका छन् । विशेष सूत्रलाई उद्धृत गर्दै रिपोर्टर्स क्लबले प्रकाशित गरेको समाचारमा बैंकक बसाईको क्रममा पूर्वराजा शाहले भारत र चीन दुवै देशका विशेष एजेन्सीको प्रतिनिधिहरुसँग समेत भेटवार्ता सुरु गरेका छन् । नेपालमा पछिल्लो समय राजावादीहरु सक्रिय भैरहेको अड्कलबाजी सुरु भएको अवस्थामा उनको बैंकक बसाई र विभिन्न एजेन्सीका प्रतिनिधिहरुसँगको भेटवार्ताले विशेष रूपमा हेरिएको छ । २४ साउनको दिउँसो थाइ एयरवेजको विमानबाट शाह थाइल्यान्ड प्रस्थान गरेका थिए । पछिल्लो समय उनको थाइल्यान्ड आवतजावत बाक्लिएको छ । उनले त्यहाँबाट अन्तर्राष्ट्रिय शक्तिकेन्द्रसँग सम्पर्क बढाएको चर्चा छ । नातिनीहरू बैंकमा अध्ययन गरिरहेकाले उनी बैंकक गइरहेको बताइन्छ । कतिपयले स्वास्थ्योपचारका लागि आवतजावत बाक्लो बनाएको बताइरहेका छन् । तर, उनले त्यहाँबाट राजनीतिक र कूटनीतिक सक्रियता बढाइरहेको भनिएको छ । पूर्वराजा शाह थाईल्याण्ड गएको दुई दिन नबित्दै नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला पनि सपरिवार थाईल्याण्ड प्रस्थान गरेको समाचारले विशेष चर्चा पाएको थियो । स्रोतले कोइरालाले पूर्वराजा शाहसँग भेटवार्ता गरेको दाबी गरेको छ । तर, कोइरालाले भने यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । एक महिनाको अन्तरालमा पूर्वराजा शाह पुनः थाइल्यान्ड उडेका हुन् । यसअघि असारमा उनी बैंकक पुगेका थिए ।

भारतीय नागरिक र दाजुभाईबाटै बलात्कृत भए १६ र ८ वर्षीया किशोरी, ४ जना हिरासतमा

काठमाडौं । आफ्नै दाजुबाट बलात्कृत भएका दुई किशोरीको बयानका आधारमा चार जनालाई प्रहरीले हिरासतमा लिएको छ । ललितपुरको बुथाथोकी गाउँ निवासी दुई किशोरी आफ्नै दाजु र भाईबाट बलात्कृत भएका हुन । एउटै घरमा बस्ने भारतीय नागरिकले शुरुमा बलात्कार गरेको र पछि आफ्नै दाईले बलात्कार गरेको किशोरीले बताएकी छिन् । सोही घरमा नै अर्की किशोरीलाई भने भाईले बलात्कार गरेका छन् । सीता र गीतालाई बलात्कार गरेको आरोपमा यतिबेला उनीहरुका दाजुभाइसँगै ४ जना महानगरीय प्रहरी वृत्त सातदोबाटोको हिरासतमा छन् । उनीहरु एउटै घरका दुइए वटा तलमा बेग्लाबेग्लै कोठा भाडामा लिएर बसेका थिए । सोही घरमा पेन्टरको काम गर्दै आएका ३७ वर्षीय भारतीय नागरिकले बलात्कार गरेको हो । निज मण्डलले ८ वर्षकी गीतालाई ३० रुपैयाँ र १६ वर्षकी सीतालाई ५० रुपैयाँ दिएर शुरुमा एकै पटक बलात्कार गरेको खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले बताए । प्रहरीलाई उनीहरु बस्दै आएको घरबेटीले घटनाबारे जानकारी दिएपछि उनीहरु पक्राउ परेका हुन् । १६ वर्षीया सीताले घटनाबारे घरबेटीलाई बताएकी थिइन । घटनाबारे परिवारलाई थाहा भएपछि गीता र सीताले प्रहरीमा उनीहरु चारैजना विरुद्ध जबर्जस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । सोही आधारमा चारैजना भदौ ७ गते साँझ आफ्नै डेराबाट पक्राउ परेका हुन् । पक्राउ परेका चारैजना माथि जबर्जस्ती करणी मुद्दामा आज जिल्ला अदालत ललितपुरमा म्याद थप हुने प्रहरीले जनाएको छ । रातोपाटीमा प्रकाशित समाचार अनुसार, विगत केही महिना यता मण्डलले कहिले २० त कहिले ३० रुपैयाँ दिएर फकाउँदै उनीहरुमाथि यौनशोषण गर्दै आएका थिए । एसएसपी धानुकले भने, ‘मण्डलले छुट्टै बोलाएर पनि उनीहरुमाथि यौनशोषण गर्दै आएको पाइएको छ ।’ घरमा कोही नभएको मौकामा मण्डल उनीहरुको कोठामा जाने र फकाउँदै शोषण गर्ने गरेको एसएसपी धानुकको भनाइ छ । मण्डलसँगै जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका अन्य २ जनामा सीताका भाइ र गीताको दाइ रहेका छन् । प्रहरीका अनुसार १६ वर्ष टेकेका भाइले सीतालाई पटक–पटक यौनशोषण गर्दै आएको खुल्न आएको छ । घरमा आमाबुबा नभएको मौकामा भाँडाकुट्टी खेल्ने भन्दै कोठामै सीतालाई यौनशोषण गर्दै आएको पाइएको हो । एउटै घरमा सँगै बस्ने भएपछि सीताको कोठामा गीता र उनको दाइ पनि खेल्न आउँथेँ । सोही क्रममा गीताको ११ वर्षीय दाइले पनि सीतालाई बलात्कार गरेको खुल्न आएको छ । यता, गीतालाई पनि सीताको भाइले बलात्कार गर्दै आएको प्रहरीको भनाइ छ । चार जना मिलेर भाँडाकुट्टी खेल्ने भन्दै कोठामै जबर्जस्ती करणी हुने गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए । यसैगरी मोरङ पथरी घर भई हाल ललितपुर महानगरपालिका–१४ शोभाहिटी बस्दै आएका १९ वर्षीय विकेश खड्का पनि १६ वर्षीया सीतालाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा छन् । विकेशले प्रहरीसमक्ष डेढ वर्षअघि फेसबुकमार्फत चिनजान भएको सीतालाई पछिल्लो समय नदेखेको बताएका छन् । सीतासँग डेढ वर्षअघि सहमतिमै यौनसम्पर्क भएको विकेशको भनाइ छ । त्यतिबेला सीताको स्कुल छुट्टी हुनासाथ हामी भेटेर सीताकै कोठामा गएर यौनसम्पर्क गर्ने गरेको विकेशले प्रहरी समक्ष बताएका छन् । प्रहरीका अनुसार विकेशविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै सीताले किटानी जाहेरी दिएपछि पक्राउ परेका हुन् । १६ वर्षीया सीता ४ जनाबाट बलात्कारको शिकार भएकी प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । सीतालाई सुरुमा भारतीय नागरिक सञ्जय मण्डलले बलात्कार गरेका थिए । यस्तै विकेशले पनि प्रहरी समक्ष सीतासँग यौनसम्पर्क राख्ने गरेको बताएका छन् । आफ्नै भाइ र गीताको भाइबाट पनि सीता शिकार भएकी छन् । यता, गीता भने ३ जनाको शिकार भएकी छन् । सुरुमा भारतीय नागरिक मण्डलको शिकार भएकी गीता विकेशसँग भने जोगिएकी छन् । सीताको भाइ र आफ्नै दाइबाट पनि गीता यौनशोषणको शिकार भएकी छन् ।  

अदालतमा आजै थुनछेक बहस हुनसक्ने, रवि धरौटीमा छुट्ने सम्भावना !

चितवनः  चितवन प्रहरीले अनुसन्धानको सबै तथ्यसहित तयार पारेका मिसिलसहित आजै मुद्दा दर्ता गर्ने भएको छ । शालिक राम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानमा तानिएका रवि लामिछानेसहितका प्रतिवादीलाई सरकारी वकिल कार्यालयले आजै अदालतमा पेश गर्ने र आज नै थुनछेक बहस हुनसक्ने अधिवक्ता गोपिलाल देवकोटाले जानकारी दिए । आज थुनछेक बहस नभएको खण्डमा भने रवि लामिछानेलाई थप हिरासतमा राखिने अवस्था रहेका बताइन्छ । आज थुनछेक बहस सकिएको खण्डमा रवि लामिछाने धरौटीमा रिहा हुने सम्भावना बढेको हो । तर अदालतमा बहस गर्ने वकिलहरुको संख्या ठूलो भएका कारण आज नै आदेश नहुने सम्भावना समेत रहेको छ । यस्तोमा हेर्दाहेर्दैमा मुद्दाको निर्णय राखेर भोली फेरी बहस हुन सक्छ । आज अन्तीम दिन प्रहरीले अनुसन्धान राय प्रतिवेदनसहितको मिसिल सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरिरहेको स्रोतले जनाएको छ । प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोग पत्र अदालतमा पेस गर्नेछ । त्यसपछि आजै थुनछेक बहस हुने अधिवक्ता गोपिलाल देवकोटाले जानकारी दिए । थुनछेक बहसपछि अदालतले रिहा वा कारागार चलान गर्ने आदेश दिनेछन् । देवकोटाका अनुसार अदालतले आजै वा भोली मात्रै आदेश दिनसक्ने सम्भावना रहेको छ । जाहेरीवालाको तर्फबाट ५ जना अधिवक्ताले बहस गर्ने बताईएको छ । प्रतिवादीका तर्फबाट सुसिल पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गर्नेछन भने आरोपी अस्मिता कार्किको तर्फबाट पनि छुट्टै ३ जना अधिवक्ताले बहस गर्ने बुझिएको छ । माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनि भरतपुरको नारायणगढस्थित पोखरा बसपार्कको कोठाभित्र गएको साउन २० गत्ते राति झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनले मृत्यु अघि रेकर्ड गराएको भनिएको भिडियोमा रवि, युवराज र अस्मितालाई आरोप लगाएपछि उनिहरु तिनै जना साउन ३० गत्ते काठमाण्डौबाट पक्राउ परेका हुन ।

बिराटनगर विमानस्थलका् डिपिअार अस्वीकृत बनेपछि तनाव

विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न तयार पारिएको डीपीआर संघीय सरकारले अस्वीकृत गरेपछि प्रदेश नं १ का पर्यटन व्यवसायी अन्दोलित भएका छन् ।  विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन यो क्षेत्रका उद्योगी व्यवसायी र पर्यटन व्यवसायीले डेढ दशकभन्दा लामो समयदेखि माग गर्दै आएका थिए ।  प्रदेश सरकारले समेत यस विमानस्थलाई उच्च प्राथमिकतामा राखेको थियो । तर डीपीआर नै अस्वीकृत भएपछि प्रदेश सरकारसमेत आश्चर्यचकित भएको छ । यो समाचार कारोबार दैनिकमा मीनकुमार नवोदितले लेखेका छन् । फाईल तस्वीरः बाढीले जलमग्न बिराटनगर विमानस्थल

खुलासा: केटी भेट्न मात्रै छुट्टै काेठा लिएका थिए पुडासैनीले

चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गर्लफ्रेन्ड’ भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य फेला परेको छ । श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्दै आएका पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो । महानगरीय प्रहरी परिसर टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ । प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो। पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको रोबहरमा बसेका वडाध्यक्ष अधिकारीले बताए। ‘प्रहरीले खबर गरेपछि गएका हौं,’ अधिकारीले भने, ‘कोठामा पुडासैनीसहित एक केटीको फोटोसहितका कागजात प्रहरीले बरामद गरेको छ।’ प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन चाहेन। महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले अनुसन्धानमा रहेको विषयमा बोल्न नमिल्ने बताए। ‘अनुसन्धान सकिएपछि सबै विषय प्रस्ट बाहिर आउँछ,’ सुवेदीले भने, ‘अनुसन्धान भइरहेको विषयलाई मिडियाले पनि बाहिर नल्याउँदा राम्रो।’

न्यूजिल्याण्ड विरुद्धको सिरिजका लागि श्रीलंकाद्वारा टोली घोषणा, को–कोले पाए मौका?

काठमाडौंः न्यूजिल्याण्ड विरुद्धको टि–२० क्रिकेट सिरिजका लागि श्रीलंकाले टोली घोषणा गरिएको छ । श्रीलंकाले हालै वान डे क्रिकेटबाट सन्यास लिएका लसिथ मलिंगाको नेतृत्वमा शनिबार टोली घोषणा गरिएको हो । तीन खेलको सिरिज ९ सेप्टेम्बरदेखि सुरु हुनेछ । यो सिरिजमा एन्जेलो म्याथ्यूज, धनन्जय डी सिल्भा, सुरुगां लकमल, थिसरा परेराले टिममा मौका पाउन असफल भएका छन् । को–कोले पाए टिममा मौका? हेर्नुस् लसिथ मलिंगा (कप्तान), निरोशन डिकवेला, अभिश्का फर्नान्डो, कुसल परेरा, कुसल मेन्डिस, अकिला धनन्जय, दनुस्का गन्थिलका, शिहन जयसूर्या, दसुन सनाका, वानिन्दु सारंगा, लक्षण सदाकर्ण, इशरु उडाना, कसुन रजिथा, लाहिरु कुमारा र लाहिरु मदुशंका ।

उपकप्तान मल्ल भन्छन्, ‘फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ’

तनहुँः  ‘जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन’, तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने, ‘सानैदेखि क्रिकेट एकदमै मन पथ्र्यो, क्रिकेट खेल्दाखेल्दै आजको अवस्थामा आइपुगेको हुँ ।’ उपकप्तान मल्लले शुरुवाती चरणमा फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेको अनुभव सुनाए । ‘आज आफू जुन स्थानमा छु, त्यो सबै सफलता क्रिकेटबाट प्राप्त गरेको हुँ’, उनले भने, ‘जति दिन क्रिकेट खेल्छु, पूर्ण आत्मविश्वासका साथ खेल्छु ।’ व्यास नगरपालिकाले युवा परिषद्का सदस्यका लागि आइतबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उपकप्तान मल्लले परिश्रम र लगावले नै मानिसलाई सफल बनाउने बताए । ‘जो व्यक्तिले परिश्रम गर्छ त्यो व्यक्ति सँधै सफल हुनेमा कुनै द्विविधा छैन’, उनले भने । नेपाली क्रिकेट टोलीको सवल पक्षका बारेमा सहभागीले सोधेको प्रश्नको उत्तर दिँदै मल्लले एकता नै नेपाली क्रिकेट टोलीको सवल पक्ष रहेको बताए । राष्ट्रिय टोलीको कप्तान हुन मन लाग्दैन? भन्ने प्रश्नको जिज्ञासा मेटाउँदै उपकप्तान मल्लले भने, ‘त्यस्तो भावना कहिल्यै पनि आएन, सधैँ एउटाले मात्रै पद लिएर बस्ने होइन, बरु अरु साथिलाई त्यो स्थानसम्म पुर्याउन पाए मलाई खुशी लाग्छ ।’ कार्यक्रममा राष्ट्रिय महिला धावक मिरा राईलेसमेत आफ्नो अनुभव सुनाएका थिए । गरीब परिवारमा जन्मिएर पूर्व लडाकु हुँदै दौडमार्फत नेपालको नाम विश्वमाझ चिनाउन पाउँदा आफूलाई गर्व लाग्ने गरेको उनको भनाइ थियो । परिषद्का ४० सदस्य सहभागी उक्त अभिमुखीकरण कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता सविना कार्की, मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङ, युवा अभियन्ता सचिन तिमिल्सेना, व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतले आ–आफ्नो अनुभव सुनाएका थिए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अभिमुखीकरणपश्चात् नगरपालिकाका लागि जागरुक युवा तयार भएको बताए । रासस

अमेरिकी दबाब लत्याउँदै जिब्राल्टरले छोड्यो इरानी जहाज

काठमाडौँ । सिरियाका लागि तेल ओसारिरहेको आशङ्कामा जुलाई महिनामा पक्राउ गरिएको एक इरानी तेल ट्याङ्कर जिब्राल्टरले अमेरिकी दबाबका बावजुद छाड्ने निर्णय गरेको छ । इरानी ट्याङ्कर ग्रेस-१ पानीजहाजलाई छाड्ने निर्णय भएको एक दिनपछि शुक्रवार अन्तिम समयमा अमेरिकाले त्यस्तो आग्रह गरेको थियो। अहिले उक्त पानीजहाज बन्दरगाह छाड्दै भूमध्यसागरको पूर्वतर्फ अगाडि बढिरहेको छ। अमेरिकी आग्रहबारे जिब्राल्टारले भनेको छ- फेरि पक्राउ गर्नुपर्ने कुनै कारण छैन किनकि इरानविरुद्धको अमेरिकी प्रतिबन्ध ईयूमा लागु हुँदैन। अमेरिकी आग्रह अमेरिकी न्याय मन्त्रालयले उक्त जहाजको सम्बन्ध आफूले आतङ्ककारी मान्ने इरानको इस्लामिक रेभलूशनरी गार्डसँग रहेको भन्दै पक्राउको आग्रह गरेको थियो। जिब्राल्टारले भने आइतवार एउटा वक्तव्यमार्फत् उक्त आग्रहलाई स्वीकार्न नसक्नुमा रेभलूशनरी गार्डलाई ईयूले आतङ्कवादी सङ्गठन नमान्नु रहेको बताएको छ। इरानले आवश्यक परेमा आफ्ना जलसेना उक्त पानीजहाजलाई सुरक्षा दिँदै अगाडि बढाउन तयार रहेको बताएको थियो। उक्त पानीजहाजमा भारत, रुस, लाट्भिया र फिलिपिन्सका गरी चालकदल २९ सदस्य थिए। सुनिश्चितता पानीजहाजलाई ब्रिटिश जलसेनाको सहयोगमा जुलाई ४ मा पक्राउ गरिएको थियो। जिब्राल्टारले उक्त कार्गो सिरिया नपुग्ने इरानले वचन दिएपछि जहाजलाई छाडिएको जिब्राल्टारले जनाएको छ। इरानी पानीजहाजको नाम अहिले एर्डिएन डर्‍या-१ भएको छ र इरानी झण्डा फहराउँदै अगाडि बढेको छ। इरानले उक्त जहाज सिरिया जानको लागि हिँडेको भन्ने कुरालाई सुरुदेखि नै अस्वीकार गर्दै आएको छ। ब्रिटिश स्वशासित क्षेत्र जिब्राल्टारको सरकारले ईयूका प्रतिबन्ध भङ्ग गरेको आरोपमा उक्त जहाजलाई समातेको गरेको थियो। तनाव उक्त कदमले ब्रिटेन र इरानबीच केही सातायता तनाव चुलिएको थियो। इरानले समेत ब्रिटिश झण्डावाहक र स्वीडनको स्वामित्वमा भएको स्टेना इम्पेरो जहाजलाई खाडीमा पक्राउ गरेको थियो। सो जहाज अझै इरानको नियन्त्रणमा छ। इरानको आणविक कार्यक्रमका विषयमा इरान र पश्चिमा विश्वबीच तनाव बढेको छ। गत वर्ष वाशिङ्‌टनले सन् २०१५ को इरानी परमाणु सम्झौताबाट बाहिरिएको थियो। उसले इरानले अझै परमाणुअस्त्र बनाउन चाहेको आरोप लगाएको छ भने इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ। ब्रिटेन र अन्य युरोपेली देशहरू भने उक्त सम्झौतामा अझै कायम रहेको बताउँदै आएका छन्।

महिलालाई अदालतको न्यायः न आस न भरोसा

काठमाडौं । छिटो न्याय पाउने आशामा अदालत पुग्ने पीडितले वर्षौंसम्म न्याय नपाउँदा पीडित महिला न्यायालयप्रति आस गर्ने कि भरोसा पर्ने द्विविधामा छन् । लामो समयसम्म मुद्दाको सुनुवाइ नहुँदा पीडित झनै पीडित हुनुपर्ने अवस्था छ । ढिलो न्याय दिनु न्याय नदिनुसरह हो भनिन्छ तर वर्षौंदेखि अदालतले महिलाको मुद्दामा भने कम प्र्राथमिकता दिने गरेको पाइएको छ । जिल्ला अदालतदेखि सर्वोच्चसम्म पुग्ने महिला हिंसा, बलात्कार र मानाचामलसहितका दर्जनौं मुद्दा पालो नपाएर लामो समयदेखि थाती छन् । जसको एक उदाहरण हो, पछिल्लो पाँच वर्षअघि सर्वोच्चमा दायर भएको बलात्कारको एक मुद्दा । सो मुद्दा सुनुवाइ हुन नसकेर इजलासमा घुमिरहेको छ । बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) सात वर्षअधि सामूहिक बलात्कारमा परिन् । एसएलसी परीक्षाको तयारीका लागि गेस पेपर किन्न जाँदा स्टेसनरी पसले सागर भट्ट र अमरराज अवस्थीले नशालु पदार्थ सेवन गराएर उनलाई बलात्कार गरे । न्यायका लागि जिल्ला अदालत बैतडीमा दर्ता गरेको मुद्दामा २२ फागुन २०६९ मा पीडकलाई ८ वर्ष कैद र ५ हजार जरिमानाको फैसला सुनाइयो । तर, तत्कालीन पुनरावेदनका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीको संयुक्त इजलासले पीडक दुवैलाई सफाइ दियो । जसले पूजाको घाउ थप बल्झायो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

चितवनमा सर्वदलिय बैठक, अराजक प्रदर्शन र ताेडफाेडजन्य काम राेक्ने निर्णय

भरतपुरः  रवि लामिछानेलाई रिहाईका नाममा अराजक र हिस्रक गतिविधि हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षिय बैठक बाेलाएकाे छ । सबै राजनीतिक दल, व्यापारी तथा नागरिक समाजका प्रतिनिधि सहभागी बैठकले पत्रकार शालिकराम पुडासैनीकाे आत्महत्या प्रकरणमा कुनै पनि प्रकारकाे हस्तक्षेप हुन नदिन अपिल गरेकाे छ । बैठकले प्रहरी प्रशासनलाई सत्य तथ्य पत्ता लगाई दाेषाीमाथि कार्वाहि गर्न सहयाेग गर्न अपिल गर्दै अराजक र ताेडफाेडका गतिविधि निरुत्साहित गर्ने निर्णय समेत गरेकाे छ । प्रशासनकाे याे कदमले रवि समर्थकहरुकाे आन्दाेलनमा जिम्मेवार दलहरुकाे भूमिका रहने सम्भावना टरेकाे छ । पूर्व राजाका पक्षधर भने आन्दाेलनमा देखिएका छन् ।

सर्वोच्च अदालतले भन्यो, ‘शिल्पालाई तत्काल पक्राउ नगर्नू’

काठमाडौं ।  बहुविवाह सम्बन्धी मुद्दामा अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराको एकल इजलासले शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो। सर्वोच्च अदालत स्रोतका अनुसार दुवै पक्षलाई भदौ १५ गते थप छलफलका लागि बोलाएको छ। शिल्पा पोखरेल र छवी ओझविरुद्ध छविकी जेठी श्रीमती हेमा ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बहुविवाहसम्बन्धी मुद्दा परेको थियो। जहाँबाट पक्राउ गर्नू भनेर पक्राउ पुर्जी जारी भएको थियो। शिल्पाले उच्च अदालतमा जाँदा पनि जिल्ला अदालतकै आदेश सदर भएपछि उनी आइतबार सर्वोच्च अदालत पुगेकी थिइन्। फरार रहँदै आएकी शिल्पा सर्वोच्च अदालतमा आइतबार हाजिर भएकी थिइन्।

पिटिए भारतीय बलर, गेल र लुइसको विष्फोटक प्रदर्शन

काठमाडौंः भारत विरुद्धको एकदिवसीय सिरिजको अन्तिम एवं तेस्रो खेलमा वेस्ट इन्डिजले विष्फोटक ब्याटिङ गरेको छ । टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले १० ओभरमा बिनाविकेट ११४ रन बनाएको छ । १० ओभरको खेललमा वेस्ट इन्डिजका क्रिस गेलले ५ छक्का र ७ चौकाको मद्दतमा ३३ बलमा ६५ र इभन लुईसले ३ छक्का ५ चौकाको मद्दतमा २८ बलमा ४३ रन बनाएका छन् । तीन खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएको छ । एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो । भारतको प्लेइङ–११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त, केदार जाधव, रविन्द्र जडेजा,  खलील अहमद, भुवनेश्वर कुमार, मोहम्मद शामी र युजवेन्द्र चहल । वेस्ट इन्डिजको सम्भावित प्लेइङ–११ः इभन लुईस, क्रिस गेल, शाई होप, निकोलस पूरन, शिमरन हिटमायर, रोस्टन चेज, जसन होल्डर (कप्तान), कार्लोस ब्रार्थवेट, फाबियन आलेन, किमो पउल र केमार रोच।