च्याम्पियन्स लिगः आयाक्सको लिले माथि सहज जित

एजेन्सीः डच क्लब आयाक्सले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेमला आयाक्सले लिलेलाई २–० गोल अन्तरले पराजित गरेको हो । लिलेको घरेलु मैदानमा भएको खेलमा आयाक्सलाई जित दिलाउन हाकिम जिएच र कुन्के प्रोमेसले समान एक–एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा जिएचले गोल गर्दै आयाक्सलाई सुरुआति अग्रता दिलाए । खेलको ५९ औँ मिनेटमा प्रोमेसले गोल गर्दै आयाक्सलाई जित दिलाए । जितसँगै समूह ‘एच’को आयाक्सले पाँच खेलबाट १० अंक जोडेको छ । आयाक्स शीर्ष स्थानमा छ । पराजित लिलेको १ अंक छ ।

यसै समूहमा रहेका भ्यालेन्सीया र चेल्सीको पनि समान ८ अंक छ ।

भाइ गए, दाइ आए जस्तै हो, म पूर्ण सहयोग गर्छुः निवर्तमान मन्त्री यादव

काठमाडौंः नवनियुक्त उद्योगमन्त्री लेखराज भट्टलाई निवर्तमान उद्योगमन्त्री मात्रृका यादवले बधाई दिएका छन् । नवनियुक्त मन्त्री भट्टलाई बधाई दिन यादव आइतबार मन्त्रालयमा पुगेका थिए । सो अवसरमा यादवले भट्टलाई सबै काममा पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । समान उदेश्य र लक्ष्यसाथ आन्दोलनमा होमिएकोले भट्ट मन्त्री भएर आउँदा झन खुसी लागेको यादवको भनाई थियो । उनले भट्टलाई बधाई दिँदै भने, ‘भाइ गएर दाइ आए जस्तो लागेको छ ।’ सो अवसरमा नवनियुक्त उद्योगमन्त्री लेखराज भट्टले यसअघिका सबै जनपक्षीय कार्यक्रमलाई निरन्तरता दिने र सुझाव तथा सल्लाहअनुसार काम गर्ने प्रतिद्धता जनाए ।

६ बालबालिका मार्ने नरभक्षी चितुवा खोरमा

दमौलीः १८ महिनामा ६ जना बालबालिका चितुवाको शिकार बनेपछि स्थानीयले थापेको खोरमा चितुवा परेको छ । तनहुँको भानु नगरपालिका–२ मा आइतबार एउटा पोथी चितुवा खोरमा परेको हो । बालबालिकामाथि दैनिक जसो चितुवाले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दाले चितुवालाई पासोमा पार्न सामुदायीक वनमा ९ वटा पराम्परागत खोर निर्माण गरेका थिए । वडा नम्बर २ को मझुवा ओख्ले सामुदायिक वन भित्र निर्माण गरिएको उक्त खोरमा आइतबार विहान एउटा चितुवा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । नरभक्षी चितुवालाई पासोमा पार्न उक्त खोरभित्र बाख्रा राखिएको थियो । चितुवाले बालबालिकामाथि आक्रमण गर्न थालेको तथा पशु चौपायालाई समेत आक्रमण गरेपछि डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन भित्र परम्परागत काठका खोर निर्माण गरिएको थियो । चितुवाको आक्रमणबाट भानु नगरपालिकाको वडा नम्बर १, २ र ३ मा डेढ वर्ष यता ६ जना बालबालिकाको मृत्यु भईसकेको छ भने सात जना घाइते भएका छन् । त्यस्तै चितुवाले धेरै संख्यामा घर पालुवा पशु चौपायालाई आक्रमण गरेको थियो । बालबालिका तथा पशु चौपायालाई घरमै आई आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय तथा भानु नगरपालिकाको सहयोगमा विभिन्न सामुदायिक वनमा खोर निर्माण गरिएको भानु नगरपालिका वडा नम्बर २ का अध्यक्ष अर्जुनबहादुर खड्काले बताए । चितुवा नियन्त्रणको लागि उक्त खोरहरु प्रभावकारी देखिएको डिभिजन वन प्रमुख बरालले बताउनुभयो । हालसम्म ति खोरमा चारवटा चितुवा पासोमा परिसकेको छ । केही दिन अघि मात्र पोथी चितुवामा खोरमा परेको थियो । यस्तै हालसम्म दुई वटा चितुवाको डमरु मृत अवस्थामा भेटिएको छ । पासोमा परेको उक्त चितुवा आइतबार नै रुपन्देहीको शंकरनगर स्थित सामुदायीक प्राणी उद्यानमा लगेर छाडिएको डिभिजन वन प्रमुख बरालले जानकारी दिए ।

सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्छः नेता पाण्डे

चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको सांसदसँग संवाद कार्यक्रममा उनले सरकार, विपक्षी, अन्य दल र आम नेपालीले सीमाका विषयमा एउटै आवाज बनाउनुपर्ने बताए । सार्वभौमसत्ता र जमिन दिने कुरामा नेपालीले कदापि सम्झौता नगर्ने भन्दै उनले यस विषयमा एकले अर्कोलाई आरोप प्रत्यारोप गर्न नहुने बताए । उनले भने, ‘सीमा सबै मिलेर रक्षा गरौँ, देशको भूभाग गुमोस् भन्ने कसैले पनि चाहँदैन ।’ एक ठाउँमा उभिएर कस्सिएर वार्ता गर्नुपर्ने भन्दै उनले थपे, ‘ठूलो आवाज भयो भने आज नपाइएला एउटा विन्दुमा गएर सहमति नखोजी धर पाउँदैन ।’ सरकारले प्रयासको थालनी गरेको भन्दै यसअघि कतिपय सरकारले आपत्तिसमेत जनाउन नसकेको उनले बताए । सरकारका कामका सन्दर्भमा उनले घोषणापत्र आफैँमा महत्वकाङ्क्षी भएकाले पूरा गर्न कठिन हुने बताए । आफ्नो पार्टीले घोषणा पत्र बनाउँदा यथार्थ धरातलमा नलेखेका कारण ५०र६० प्रतिशतभन्दा बढी पूरा गर्न कठिन हुने जानकारी दिए । घोषणापत्र निर्माणका क्रममा कतिपय विषय सच्याउन लगाएको पाण्डेको भनाइ थियो । उनले यद्यपि पार्टीले विकास र परिवर्तनका विषयलाई घोषणापत्रमा राख्नु सकारात्मक भएको बताए । हरेक क्षेत्रमा सहभागिता र समानुपातिक भनियो तर गुणस्तर नखोज्दा समस्या देखिएको पाण्डेको ठम्याइ थियो । चितवन क्षेत्र नं १ का निर्वा्चित सांसद पाण्डेले आफ्नो क्षेत्रमा भएका ठूला कार्यक्रमहरुका बारेमा जानकारी गराए । राप्ती नदीको तटबन्धनका लागि लोथरदेखि सौराहासम्मको ३४ किलोमिटर आर सिसी वालसहितको ड्याग निर्माण गर्न युरोपियन युनियनसँग झण्डै रु १० अर्ब बजेट माग भई प्रक्रिया अन्तिम चरणमा पुगेको, भण्डारा मलेखु सडकको ४ दशमलव ५ किलोमिटर सुरुङ मार्गसहित ४१ किलोमिटर सडक निर्माणको काम एशियाली विकास बैंकको सहयोगमा हुन लागेको, सौराहामा रु ५५ करोडको लागतमा सभागृह बनिरहेको, वकुलहर फिस्लिङ सडक एशियाली विकास बैंकको रु ७५ करोड सहयोगमा बनिरहेको बताए । यसैगरी कयर खोलाको शक्तिखोरदेखि सौराहासम्मको ५६ किलोमीटर तटबन्ध रु दुई अर्ब ३६ करोडको लागतमा काम भइरहेको, पूर्र्वी चितवनको रिङरोड निर्माण कार्य शुरु भएको, आफ्नो क्षेत्रमा पर्ने आठवटा सडकमा रु चार करोडका दरले सङ्घीय सरकारको बजेट परी काम भइरहेको उनले जानकारी दिए । महासङ्घका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा कार्यक्रम भएको थियो । महासङ्घले यसअघि चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोख्रेलसँग पहिलो कार्यक्रम गरेको थियो । रासस

मृतकका बुवालाई आलम पक्षद्वारा १ करोडको प्रस्ताव

काठमाडौंः इँटाभट्टामा जिउँदै हालिएको भनिएका त्रिलोकनारायणका बाबु श्रीनारायण सिंह कांग्रेसका पुराना कार्यकर्ता हुन्। आलमका काका शेख इद्रिससँग राम्रो मित्रता थियो। अहिले पनि उनी इद्रिसको प्रशंसा गर्छन्। तर मोहम्मद आफताब आलमले विस्फोटमा घाइते छोरालाई इँटाभट्टमा हालेर हत्या गरेपछि र घटना लुकाउन भएको जालझेलले कांग्रेसप्रति उनको मन मर्‍यो। सिंहले छोराको हत्यारालाई कारबाही गराउने दौडधूपमा १२ कठ्ठा खेत सकिसकेका छन्। आलम पक्राउपछि थुनछेक बहस चलिरहँदा पनि उनलाई चुप बसे १ करोड रुपैयाँ दिने प्रस्ताव आएको थियो। ‘जे हुनु भइगयो, पैसा लिएर चुप लागेर बस, एक करोड दिन्छौं भनेका थिए,’ उनी भन्छन्, ‘मेरो छोरा खसीबोका त थिएन जसलाई पैसामा बेचूँ, जति पैसा लिए पनि मर्दा लिएर जाने होइन।’ आलम पुर्पक्षका लागि थुनामा गए पनि मुद्दाको अन्तिम फैसला नहुँदासम्म उनी ढुक्क छैनन्। कांग्रेसका कार्यकताहरूले आगामी चुनावमा आफ्नो पार्टीको बहुमत आउने र सरकार बनाउने भन्दै पैसा लिएर सुरक्षित हुन भनेको सिंह बताउँछन्। यो खबर आजको हिमाल साप्ताहिकबाट लिइएको हो ।

गाउँपालिकाका सबै वडा सचिवविहीन

बैतडीः सिगास गाउँपालिकाका नौवटै वडा कार्यालय सचिवविहीन छन्। वडा कार्यालयमा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ। सचिवविहीन रहेका वडाहरुमा प्राविधिक सहायकहरुलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए। साविकको छवटा गाविसका छजना प्राविधिक सहायकलाई नौवटा वडा कार्यालय हेर्ने गरी जिम्मेवारी दिइएको छ अवस्थीले बताए। तीनजनाले दुई वडा र अन्य तीन जनाले एक/एक वडाको जिनम्मेवारी दिइएको छ। वडा कार्यालयहरुमा कर्मचारीको अभावले कार्यसम्पादनमा समस्या हुने गरेको र यसले सेवाग्राहीलाई समस्या भएको गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्दले बताइन्। गाउँपालिकामा समेत दुईजना मात्रै कर्मचारी भएको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए।

डोनाल्ड ट्रपः आफूविरुद्ध महाअभियोग नलाग्ने

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले आफूविरुद्ध महाअभियोग नलाग्ने दावी गरेका छन् । अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने वा नलगाउने भन्ने बारेमा सार्वजनिक सुनुवाइ भइरहेका बेला यस्तो धारणा सार्वजनिक गरेका हुन् । एक टेलिभिजन अन्र्वार्ताका क्रममा राष्ट्रपति टम्पले आफूमाथि लगाइएका आरोपमा सत्यता नभएको दावी गरेका हुन् । उनले युक्रेनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वदीमाथि छानविन गर्न दवाव दिइएको भन्ने आरोपमा सत्यता नभएको दोहार्‍याए जो वाइडेनविरुद्ध छानविनका लागि राष्ट्रपति टम्पले युक्रेनमाथि दवाव दिएको भन्दै संसदको तल्लो सदनले महाअभियागका लागि प्रमाण जुटाउन सार्वजनिक सुनुवाइ गरिरहेको छ । यसअघि युक्रेनका लागि अमेरिकी राजदुत मेरी यावानिचले आफूमाथि अनावश्यक आरोपलगाएको प्रतिक्रिया दिएका छन् । उनले राजदुत यावानिचले राम्रो काम नगरेकाले फिर्ता बोलाइएकोसमेत दावी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । ट्रम्पमाथिको छानविनका लागि संसदीय समितिले विभिन्न व्यक्तिहरुसँग छलफल गरिरहेको छ । राष्ट्रपति ट्रम्पमाथि युक्रेनका राष्ट्रपति बोल्डामिर जेलेन्स्कीसँग पटक पटक टेलिफोन संवाद भएको आरोप लागेको छ । जसमा आफ्ना समकक्षी पूर्व अमेरिकी उपराष्ट्रपति जो बिडेन र उहाँका छोरा हन्टरमाथि अनुसन्धान गर्न दवाव दिएको बताइएको छ । युक्रेनका रहेको एक ग्यास कम्पनी जो बिडेनका छोरा सञ्चालक रहेका छन् । बिडेन आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्ने चर्चा चेलसँगै ट्रम्पले उहाँमाथि छानविन गर्न दवाव दिएको विपक्षीहरुको आरोप छ । एजेन्सी

नेपाल–भारत समन्वय बैठक सम्पन्न, यस्ता भए सहमति

काठमाडौंः नेपाल र भारतका अधिकारी सम्मिलित समन्वय बैठक शुक्रबार सकिएको छ । सो बैठकमा सीमावर्ती अपराध नियन्त्रणमा आपसी सहयोग अपरिहार्य रहेकाले आवश्यक सहयोग आदान प्रदान गर्ने निर्णय भएको छ । यसैगरी सूचनाको आदान प्रदान गर्ने र यसका लागि विभिन्न तहमा विभिन्न समयमा आवश्यकता अनुसार दुवै देशका सुरक्षा अधिकारीहरु सम्मिीलत बैठकको आयोजना गर्ने निर्णय समेत भएको छ । यसैगरी विभिन्न प्रकारका चाडपर्वका अवसरहरुमा दुवै देशका नागरिकलाई सुरक्षित एवं सहज अवागमनको व्यवस्था मिलाउन दुवै देशका सुरक्षाकर्मी सम्मिलित सहायता कक्षलाई निरन्तरता दिइने सहमति भएको छ । सीमा व्यवस्थापनलाई मजवुद बनाई राख्न आवश्यकता अनुरुप संयुक्त अभ्यास गरिने सहमति भएको छ । सो बैठकमा दुवै देशले आपसी समन्वयको लागि ‘नोडल अफिसर’ तोकिदै आएकोमा सो कार्यलाई निरन्तरता दिइने निर्णयसमेत भएको छ । दुवै देशका सुरक्षाकर्मीबाट नियमित रुपमा ‘गुडविल भिजिट’को आदान प्रदान गर्ने निर्णय भएको सो बैठकमा अन्तर्दे्शिय व्यावसायिक तालिमहरुमा दुवै देशका सुरक्षाकर्मीहरुको सहभागिता गराउने सहमति समेत भएको छ । सो बैठकमा तेश्रो देशका नागरिकबाट नेपाल–भारत सीमा क्षेत्रमा हुनसक्ने अवैधानिक गतिविधि नियन्त्रणका लागि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले निगरानी बढाउने सहमति समेत भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्किएका छन् । अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई ओली स्वदेश फर्किएका हुन् । कतार एयरवेजको नियमित उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, नेकपा नेता सुवास नेम्वाङलगायतले विमानस्थलमा स्वागत गरेका थिए । यही कात्तिक ८ र ९ गते भएको सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू थिए ।

रौतहट घटनाका दोषीलाई छुट दिन हुन्नः नेता रावल

अछामः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले राजनीतिलाई अपराधीकरणबाट बचाउनुपर्ने बताएका छन् । प्रेस संगठनले शुक्रबार मङ्गलसैनमा गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय उच्चपदस्थ व्यक्ति धमाधम पक्राउ परिरहेको कुराप्रति इङ्गित गर्दै वर्तमान सरकारले आपराधिक घटना न्यूनीकरणमा प्रभावकारी र कडाइका साथ कदम चालिरहेको बताए । स्थिर सरकारका कारण देशमा कानूनी शासनको प्रत्याभूति भइरहेको उनको भनाइ छ । रौतहटको घटना नेपालको कानून र अन्तर्रा्ष्ट्रिय कानूनविपरीतको जघन्य अपराध भएकाले यसमा संलग्नलाई छुट दिन नहुने उनको तर्क छ । नेता रावलले पार्टीका बैठक नियमित हुनुपर्ने र सरकारको कामको पनि समीक्षा गर्नुपर्ने बेला भएको बताए ।

पहिलो हाफसम्म नेपालको शून्य गोल, अष्ट्रेलिया ३ ले अगाडि

सिडनी, अष्ट्रेलियामा भइरहेको विश्वकप छनौट खेलमा अष्ट्रेलियाको फुटबल टोली आक्रामक देखिएको छ । नेपाली टोलीले सम्हालिन नपाउँदै अष्ट्रेलियाले शुरुको छैंठँो मिनेटमा नै गोल हानेपछि नेपाली टोली दबाबमा आएको हो । पहिलो हाफसम्म नेपालले एक गोल पनि बनाउन सकेन । अष्ट्रेलियाले भने १९ औं र २४ औं मिनेटमा दोश्रो र तेश्रो गोल बनाएको थियो । त्यसपछि ४४ औं मिनेटमा गोल भनिएपनि त्यो मानिएन । अष्ट्रेलियाका युवा खेडाी ह्यारीले तेश्रो गोल गरेका थिए । यसअघिका नेपालविरुद्ध दुबै गोल अष्ट्रेलियाका खेलाडी म्याक्लारेनले गरेका थिए । पहिलो गोल खेलको छैठौं मिनेटमा भएको थियो भने दोश्रो गोल १९ मिनेटमा भएको हो । अष्ट्रेलियाले कर्नर पाएको थियो । मेलबर्न सिटीका स्ट्राइकर म्याक्लारेनले हेडले गोल गरेका थिए । Photo: Guardian

बिहारका बाढीपीडितलाई अमिताभले दिए ५१ लाख

बलिउड अभिनेता अमिताभ बच्‍चनले बिहारका बाढी पीडितका लागि सहयोग गरेका छन्। उनले राहत स्वरुप बाढी पीडितका लागि ५१ लाख सहयोग गरेका हुन्। बिहारमा केही समय पहिले बाढीले वितन्डा मच्चाएको थियो। सरकारले पीडितहरूलाई राहत प्रदान गरिरहेको छ। उता अमिताभले पनि बाढी पीडितको सहयोगका लागि मुख्यमन्त्री आपत कोषमा ५१ लाख जम्मा गरिदिएका छन्। यसका साथै अमिताभले बिहारका मुख्यमन्‍त्री नीतीश कुमारलाई अक्टुबर ४ मा एक पत्र पनि लेखेका छन्। पत्रमा उनले उक्त विपदप्रति दुस्ख व्यक्त गरेका छन्। उनले पीडितप्रति सहानुभूतिसमेत प्रकट गरेका छन्। उनले पीडितका लागि आफूले सक्दो थोरै सहयोग गरेको पत्रमा उल्लेख गरेका छन्। बाढीले बिहारको जनजीवन प्रभावित पारेको थियो भने १ सय ६० जनाले ज्यान गुमाएका थिए। एजेन्सी

टी–२० सिरिजः हङकङविरुद्ध नेपालको १०० रन पूरा

काठमाडौंः ओमानमा जारी टी–२० क्रिकेट सिरिजमा हङकङविरुद्ध नेपालले १०० रन पूरा गरेको छ । नेपालले १२.२ ओभरमा ५ विकेट गुमाएर १ सय रन पूरा गरेको हो । हङकङले दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सस्तैमा ३ विकेट गुमाउन पुग्यो । नेपालले तेस्रो विकेटकारुपमा दीपेन्द्रसिंह ऐरीलाई ६ रनमा गुमायो । उनलाई हङकङका काइल क्रिस्टीले आउट गरे । यसअघि नेपालले दोस्रो विकेटकारुपमा २.१ ओभरमा पवन सराफलाई गुमाउन पुग्यो । उनलाई हङकङका नरसुल्ला रानाले एल्बीडब्लू आउट गरे । पहिलो विकेटका रुपमा नेपालले पहिलो ओभरको पहिलो बलमै कप्तान पारस खड्कालाई शून्य रनमा गुमाएको हो । उनी किशित शाहको बलमा क्याचआउट हुन पुगे । यसअघि टस हारेर ब्याटिङको मौका पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो । उसका लागि वकास बराकातले ३७, किशित शाहले ३१, नजकत खानले २३, शसन अब्बासीले १३ रन बनाए । बलिङमा करन केसीले ४ ओभरमा ३६ रन दिएर ४ विकेट लिए । अविनाश बोहराको नाममो एक विकेट रह्यो ।

हङकङद्वारा नेपाललाई १२६ रनको लक्ष्य, करनले लिए ४ विकेट

काठमाडौंः ओमानमा जारी टी–२० क्रिकेट सिरिजमा हङकङले नेपाललाई १२६ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो । उसका लागि वकास बराकातले ३७, किशित शाहले ३१, नजकत खानले २३, शसन अब्बासीले १३ रन बनाए । बलिङमा करन केसीले ४ ओभरमा ३६ रन दिएर ४ विकेट लिए । अविनाश बोहराको नाममो एक विकेट रह्यो ।

फ्रान्सकाे प्रहरी हेडक्वार्टरमा आक्रमण: ४ जनाकाे मृत्यु

फ्रान्सको राजधानी प्यारिसमा चक्कु बोकेका एक पुरुषले केन्द्रीय प्रहरी मुख्यालयबाहिर चारजना अधिकारीको हत्या गरिदिएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणकारी पनि मुख्यालयकै कर्मचारी रहेको र उनलाई प्रहरीले गोली हानी मारिदिएको बताइएको छ। प्यारिसको केन्द्रमा रहेको इल द ला सिटे नामक क्षेत्रलाई अहिले सुरक्षा घेराबन्दी गरिएको छ। स्थानीय समय अनुसार बिहीवार दिउँसो १ बजे प्रहरी भवनको चोकमा हमला भएको थियो। पुष्टि फ्रान्सका प्रहरीले देशभरि अधिकारीहरूमाथि हिंसा बढिरहेको र फौजभित्र आत्महत्याको घटना बढिरहेको भन्दै हडताल गरेको एकदिन पछि यो घटना भएको छ। फ्रान्सका प्रधानमन्त्री तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री घटनास्थलको अवलोकन गरेका छन्। प्यारिसकी मेयरले घटनामा कैयौँ मानिस मारिएको ट्विटरमार्फत्‌ पुष्टि गरेकी छन्। आक्रमण पर्यटकहरू जाने प्रसिद्ध नोट्र डाम कथिड्रलनजिकै भएको हो। प्रहरी युनियनका अधिकारीहरूका अनुसार ती हमलाकारी मुख्यालयभित्र प्रशासनमा काम गर्थे। आक्रमणकारीको नाम खुलाइएको छैन। आक्रमणकारीले चक्कु प्रहार गर्नु पछाडिको उद्देश्य पनि थाहा हुन सकेको छैन। File photo

त्रिकोणात्मक सिरिजः सिंगापुरले दियो जिम्बाब्वेलाई १६८ रनको लक्ष्य

काठमाडौंः त्रिकाणोत्मक टी–२० सिरिजको अन्तिम खेलमा आयोजक सिंगापुरले टेष्ट राष्ट्र जिम्बाब्वेलाई १६८ रनको लक्ष्य दिएको छ । इण्डियन एशोसिएसन क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनायो । उसका लागि सुरेन्द्रन चन्द्रमोहनले ४ छक्का र ५ चौकाको मद्दतमा ४७ बलमा सर्बाधिक ६६ रन बनाए । यस्तै टिम डेभिड ४७ र जनक प्रकाश  २२ रन आउट भए । अन्यले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा जिम्बाब्वेका डानियल ज्याकिएलले २, तेन्दाई छतारा, वेलिंग्टन मसाकादजा र रायन बुर्लले एक–एक विकेट लिए । सिरिजमा नेपाल पनि थियो । तर, सिंगापुर विरुद्धको अन्तिम खेलमा वर्षा बाधक भएपछि खेल रद्द गरिएको थियो । योसँगै नेपालको त्रिकोणात्मक सिरिज सकिएको थियो । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित हुँदा दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । तेस्रो खेलमा जिम्बावेसँग ४० रनले पराजित हुन पुग्यो ।