यसरी सञ्चालनमा ल्याइँदै छ तातोपानी नाका

सिन्धुपाल्चोक, वैशाख १५ । चार वर्षदेखि बन्द चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक नाका तातोपानी आगामी जेठभित्रै सञ्चालनमा ल्याउन सरकारले आन्तरिक तयारी तीव्र बनाएको छ । तातोपानीको लार्चामा निर्माणाधीन अत्याधुनिक सुख्खा बन्दरगाह हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउने उद्योग तथा वाणिज्य मन्त्रालयले जनाएको छ ।

‘बन्द नाका व्यापारिक रुपले सञ्चालनमा ल्याउन मन्त्रालयले तयारी थालिसकेको छ ।’ मन्त्रालयका प्रवक्ता सहसचिव नवराज ढकालले  भने, ‘बन्दरगाह नेपाललाई हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउँछ ।’ यो समाचार आजको नागरिक दैनिकमा ध्रुव दंगालले लेखेका छन् ।

राष्ट्रपतिद्वारा वैशाख २० गते सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिने

काठमाडौं : आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा सरकारले नीति तथा कार्यक्रम तयारी तीब्र पारेको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख २० गते प्रस्तुत गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्वोधनमार्फत राष्ट्रपतिबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ। संसद्को वर्षे अधिवेशन वैशाख १६ बाट सुरु हुँदैछ। राष्ट्रपति फर्केकै भोलिपल्ट सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। सरकारको वार्षिक नीति तथा कार्यक्रम पारितपछि बजेट प्रस्तुत गर्ने प्रचलन छ। तर बजेटका सिद्धान्त र प्राथमिकताबारे (प्रिबजेट ) छलफल भने वार्षिक नीति तथा कार्यक्रम अघि कि पछि भन्ने टुंगी नसकेको सभामुख कृष्णबहादुर महराले बताए। गत वर्ष नीति तथा कार्यक्रम अघि नै प्रिबजेट छलफल भएको थियो। तर त्यतिबेला प्रिबजेट छलफलको भावना विपरीत नीति तथा कार्यक्रम प्रस्तुत भएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका थिए। ‘प्रिबजेट छलफलबारे सरकारसँग कुराकानी भइरहेको छ’, सभामुख महराले भने, ‘यो विषयमा केही दिनमा टुंगो लाग्छ।’ संसदीय प्रणालीमा प्रिबजेट छलफलका आधारमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने विश्वास गरिन्छ। पूर्वअर्थमन्त्री एवं कांग्रेस सांसद डा.नारायण खड्का भने प्रिबजेट छलफलमाथि परम्परा धान्ने र रित पुर्‍याउने उद्देश्यले मात्र संसद्मा छलफल हुने गरेको बताउँछन्। ‘जनताका प्रतिनिधि बसेर मुलुकको विकास र सम्वृद्धिको राष्ट्रिय आवश्यक्ता के हो भन्ने छलफल घनिभूत ढंगले हुनुपर्ने हो’, डा.खड्का भन्छन्, ‘तर प्रिबजेट छलफललाई सरकारले गम्भीर रूपमा नलिँदा यसको गरिमा घट्दै गएको आभाष भइरहेको छ।’ प्रतिनिधिसभा नियमावलीमा बजेट प्रस्तुत गर्नु १५ दिन अगावै प्रिबजेट छलफल गर्नुपर्ने व्यवस्था छ। नियमावलीको नियम १४२ को २ मा भनिएको छ, ‘विनियोजन विधेयक प्रस्तुत गर्नु पूर्व बैठकमा बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियो भनी अर्थमन्त्रीले प्रस्ताव राख्नेछन्।’ सोही नियमको उपनियम ४ मा राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत हुनुभन्दा कम्तिमा १५ सदन अगावै छलफल भइसक्नुपर्ने व्यवस्था छ। संसदीय अभ्यासमा प्रिबजेट छलफलका आधारमा अर्थमन्त्रीबाट बजेट निर्माण गर्ने विश्वास गरिन्छ। अर्थमन्त्रीले जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्था छ। संसद्को अर्थ समितिले बजेटका सिद्धान्त र प्राथमिकताबारे सातवटै प्रदेशमा छलफल गरिरहेको छ। जनताबाट आएका सुझाव समेटेर अर्थमन्त्रीलाई बुझाइने समिति सभापति कृष्ण दाहालले बताए। -File Photo

दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा भेटियो विष्फोटक पदार्थ

  काठमाडौं, नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा विष्फोटक सामग्री भेटिएको छ । शुक्रबार राति शसस्त्र प्रहरीको टोलीले कञ्चनपुर जिल्लाको सीमा नाकामा खानतलासी गर्दा ना ५ ख ७२४५ नम्बरको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद गरिएको शसस्त्र प्रहरी बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक नेत्र केसीले जानकारी दिएको उल्लेख छ। बसबाट बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहितका विस्फोटक सामाग्री बरामद गरिएको उनले बताए। बरामद भएको सामान सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएर राखेको थियो। तर, शनिबार बिहान मात्रै उक्त समाग्री बिस्फोटक पदार्थ बनाउन प्रयोग हुने रहेको पत्ता लाग्यो। सामानका पोका खोलेर हेर्दा डिटोनेटर लगायतका बिष्फोटक पदार्थ फेला परे ।   Feature Image: Symbolic only

विप्लव नेतृत्वको नेकपाका २ जना केन्द्रीय सदस्य पक्राउ

रोल्पा, बैशाख ०७ । सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरु चुडामणि वली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’लाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुरबाट शनिबार बिहानै सल्यानतर्फ जान लागेका उनीहरुलाई दाङको तुलसीपुर उपमहानगरपालिका–३, राम्री भन्ने ठाउँबाट बा १८ च ३१४२ नम्बरको जीपबाट गाडीसहित पक्राउ गरिएको हो । यस्तै नेकपाकै रोल्पा जिल्ला सदस्य लालबहादुर वली ‘विश्व’लाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको बताइएको छ । उज्यालोबाट साभार

विप्लवका बडिगार्ड भुजेललाई रिहा गर्न सर्वोच्चकाे अादेश

काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका नेता सुर्य बहादुर भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले शुक्रबार बन्दिप्रत्यक्षिकरण आदेश जारी गरेको हो । भूजेललाई महानगरीय अपराध महाशाखाले ललितपुरको नख्खुस्थित एनसेल टावर लक्षित बम विस्फोट गराएको आरोपमा घटनाको तीन दिनपछि कलंकीबाट पक्राउ गरेको थियो । भुजेलका तर्फबाट पितकुमारी भुजेलले बन्दिप्रत्यक्षिकरणको मुद्धा दर्ता गराएकी थिइन् । महाशाखाले उनीमाथि कर्तव्य ज्यान र संगठित अपराध,विस्फोटक पदार्थ ऐनअन्तर्गतमुद्दा लगाएको थियो । भुजेलले नेकपाको उपत्यका कमाण्ड सम्हालिरहेका थिए

चलचित्र ‘यात्रा’ का दर्शकले जिते एकलाख

काठमाडौं, वैशाख ६ । चलचित्र ‘यात्रा’ युनिटले आफ्ना दर्शकहरुलाई लक्षित गर्दै प्रस्तुत गरेको प्रतियोगितामा विजयी बनी मिलन श्रेष्ठले एक लाख पुरस्कार जितेका छन् । शुक्रबार काठमाडौंमा मकैं एप्सले चलचित्र यात्राका कलाकारहरु सलिनमान बनियाँ, मलिका महत, रेयर राई लगायतका कलाकारहरुले लक्की ड्रमार्फत् मिलन श्रेष्ठलाई भाग्यशाली विजयी घोषणा गरेका हुन् । गत चैत २९ गते प्रदर्शन भएको चलचित्र ‘यात्रा’को एक पात्र तपस्याले कसरी दृष्टि गुमाइन् भन्ने प्रश्नको ७ उत्तरमध्ये एक सही उत्तर दर्शकले मिलाएर एक लाख पुरस्कार दिने घोषणा गरेको थियो । प्रतियोगितामा झण्डै ३ हजार जनाले सहभागिता जनाएपनि ६१६ जनाले मात्र सही उत्तर रोजेको मकै एप्सका चीजकुमार श्रेष्ठले जानकारी दिए । ‘लक्की ड्र’ कार्यक्रममा उपस्थित चलचित्रका निर्देशक सम्राट शाक्यले भने, फिल्मले प्राप्त गरेको प्रतिक्रियाले निकै उत्साहित छौं । यात्राले नेपाली चलचित्र हेर्न दर्शकलाई हलसम्म ल्याउने क्रमलाई उत्साहजनक ढंगले बढाएको छ ।’ चलचित्रमा सलिनले भ्लगमार्फत् समाजमा ल्याउन सकिने परिवर्तनलाई प्रस्तुत गरेका छन् । फिल्ममा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेकोछ । यही चलचित्रमार्फत् डेब्यू गरेकी मलिका महतको अभिनयले प्रसंशा पाइरहेको छ । चलचित्रमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ ।

पूर्व-पश्चिम राजमार्गमा ज्यानमारा खाल्डाखुल्डी

बर्दिया, बैशाख ०५ । राजमार्गमा सुरक्षित रुपमा सवारी साधन कुदाएर गन्तव्यमा पुर्‍याउने र पुग्ने चाहना सवारी चालक र यात्रा गर्ने यात्रु दुवैको हुन्छ । तर सडकमा सवारी साधन कुदाउन त के चलाउनै डरलाग्दो भए के गर्ने ? पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दियाका धेरै ठाउँमा यस्तै खतरापूर्ण ३० भन्दा धेरै ज्यानमारा खाल्डाखुल्डी छन् । पूर्व-पश्चिम राजमार्गमा पर्ने बर्दियाको मानखोलादेखि माछागढ, ककौरा, बनगाईँ, बैदीनजिक ठूल्ठूला खाल्डा छन् । तीव्र गतिमा आएका सवारी साधन त्यहाँ पुग्दा गड्याङगुडुङ आवाज आउँछ, यात्रुहरु दुर्घटना पो भयो कि भनेर तर्सिन्छन् । राजमार्गमा यस्तो समस्या देखिएको ६ महिनाभन्दा बढी भैसक्यो । तर मर्मतका लागि सडक विभागले चासो दिएको छैन । राजमार्गका विभिन्न ठाउँमा टाढाबाट नदेखिने यस्ता खाल्डाखुल्डीमा परेर कति दुर्घटना भए त्यो तथ्याङ्क छैन । तर स्थानीयका अनुसार, मोटरसाइकललगायतका सवारी साधन दुर्घटना हुँदा धेरै घाइते भएका छन् । सवारी साधन चलाउनेहरु खाल्डाका कारण दुर्घटनाको जोखिम रहेको बताउँछन् । तर दुर्घटना हुने ज्यानमारा सडकको मर्मत भने गरिएको छैन । बाँकेको कोहलपुरनजिक सुस्त गतिमा कतैकतै काम गरेको देखिन्छ तर बर्दियाका खाल्डा मर्मतका लागि कहिले आउने हो अत्तोपत्तो छैन । यो राजमार्ग हुँदै देशका संघ तथा प्रदेशका मन्त्री र सांसदहरु यात्रा गर्छन् । आयोजनाका प्रमुख, प्रजिअ, एसपीलगायतले पनि राजमार्गमा भएको खाल्डो देख्छन् । ओहो राजमार्ग पनि यस्तो, कस्तो लापर्बाही, कमसेकम मर्मत त गर्नुपर्छ, यस्तै यस्तै एकछिन गफ गर्छन् तर सम्बन्धित निकायलाई भनेर मर्मत गराउनतर्फ कसैले चासो दिँदैनन् । तर सवारी चालकहरु ठूलो जोखिम मोलेर यात्रुहरुलाई यात्रा गराउन बाध्य छन् । सवारी चालकले सास्ती बेहोरेको लामो समयसम्म पनि राजमार्गको मर्मत भएको छैन । अब पूर्व(पश्चिम महेन्द्र राजमार्ग पनि सानो र साँघुरो भैसक्यो । गाडीको चाप उत्तिकै बढेको छ, राजमार्गमा । महिनौं बितिसक्दा समेत मर्मतको काम नहुनुले सडक विभागको चरम लापर्बाही देखिन्छ । ‘वर्षा याममा पानी पर्यो भने त झन् जोखिम हुन्छ । खाल्डो कत्रो छ थाहा हुन्न, दुर्घटना हुने खतरा बढी हुन्छ’, सवारी चालक शंकर थारुले भने । ‘सडकको बीचमा ज्यानमारा खाल्डाखुल्डी छन् । मोटरसाइकल, अटो, कार, बस, ट्रकजस्ता गाडीहरु त्यस्तो खाल्डामा परे भने उछिट्टिएर अर्कोतिर पुग्छन्, यस्तो समस्या हुँदा पनि खाल्डो पुर्ने काम भएको छैन’, भेरी बागेश्वरी यातायातका काउण्टर प्रमुख लक्ष्मीकान्त शर्माले भने । राजमार्गमा धेरै मानिसको ज्यान जोखिममा रहेकाले मर्मतको काम हुने भनिए पनि अझै भएको छैन । खाल्डो दिनहुँ ज्यानमारा बन्दै गइरहेको छ । ‘हरेक दिन सडकका खाल्डाखुल्डीमा दुर्घटनाहरु भइरहन्छन् । तर, सडकको खाडल पुर्नेसम्मको कामसमेत भएको छैनु, माछागढका एक स्थानीयले भने । खाल्डोका कारण सवारीसाधन ओहोरदोहोर गर्न समस्या भएको छ । साह्रै कष्ट बेहोर्नु परेको छ । बर्दियाको मानखोलादेखि ककौरा, माछागढ, बनगाईँ बैदीको बीचमा पर्ने सडकका खाल्डोको कारणले ६ महिनायता ५ वटा दुर्घटना भएको स्थानीयको भनाइ छ । राजमार्गको खाल्डोकै कारण पटकपटक दुर्घटना निम्तिए पनि मर्मतका लागि सडक विभागले चासो नदिएको स्थानीयको भनाइ छ । अझै पनि खाल्डा पुर्ने काम नगरेमा कतिबेला दुर्घटना हुन्छ र कसको ज्यान जाने हो ठेगान छैन । ‘खाल्डोकै कारण दुर्घटना भएर कतिको ज्यान गयो, कति घाइते भए भन्ने रेकर्ड त राखिएको छैन, तर राजमार्गमा पर्ने बर्दियाको मानखोलादेखि बनगाँई बैदीनजिक ग्याङ खोलासम्म राजमार्ग भत्केर दुर्घटनाको जोखिम छ’, इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले भने । बर्दिया जिल्लामा पर्ने राजमार्गको खाल्डो छिटो छरितो रुपमा मर्मत गर्न सडक विभागलाई आग्रह गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारीले बताए । सडक विभाग भन्छः खाल्डो सानो छ, असारसम्म खाल्डो पुरिन्छ पूर्व-पश्चिम राजमार्गमा भएका ठूल्ठूला खाल्डाखुल्डीका कारण दुर्घटना बढेको भए पनि सडक विभाग भने यो कुरा स्वीकार गर्दैन । राजमार्गमा भएका खाल्डाखुल्डी सानो र सामान्य ठान्छ । पूर्व-पश्चिम राजमार्गमा पर्ने बर्दियाको मानखोलादेखि कर्तनिया बैदीसम्म सडकमा दुर्घटना हुने खालका खाल्डाखुल्डी ३० भन्दा धेरै छन् नि ? भन्ने प्रश्न गर्दा सडक विभाग नेपालगञ्जका डिभिजन प्रमुख रामकुमार देवले भने, ‘राजमार्गमा ३० होइन, ५० वटै खाल्डा होलान् तर तपाईँले भनेजस्तो ठूला छैनन् खाल्डा साना छन्, त्यही सानो खाल्डोकै कारण दुर्घटना त हुँदैन । अरु कारणले हुन्छ ।’ ? खाल्डाखुल्डी पुर्ने काम बाँकेको कोहलपुरदेखि सुरु भएको र बर्दियाको मानखोलासम्म अब केहीदिनभित्रै पुग्ने बताउँदै राजमार्गका सबै खाल्डाखुल्डी पुर्ने काम पनि तीव्र गतिमा सुरु हुने उनले बताए । ‘यो आर्थिक वर्षमा के भइदियो भने पुष महिनासम्म एक महिनादेखि दुई महिनाभन्दा बढी कोही पनि कार्यालय प्रमुखहरु बस्न नपाएर सरुवा हुने समस्याले गर्दा ढिला भएको हो । म आएको पनि २ महिना मात्रै भयो, अब काम सुरु हुँदैछ । टेण्डरको काम सकियो, ठेकेदारहरु मोभिलाइज हुँदैछन् । असारसम्म काम सकिन्छ’, उनले भने । सबैभन्दा बढी चाप हुने पूर्व(पश्चिम राजमार्गको हालत यस्तो छ भने अरू सडकको त झन् के होला? राजधानी काठमाण्डौलगायत देशका विभिन्न जिल्लासम्म पुग्ने सवारीसाधनहरु दिनरात हजारौंको संख्यामा यही राजमार्ग भएर ओहोरदोहोर गर्छन् । तर, सडक विभागले मर्मत गर्नतर्फ हेलचेक्र्याइँ गरिरहेको छ । राजमार्गमा भएका खाल्डाका कारण कुनबेला कतिखेर कहाँ के हुने हो भन्ने चिन्तामा यात्रा गर्नुपर्ने बाध्यता छ । सडक विभागले दुर्घटना निम्त्याउने सडकका खाल्डाखुल्डी पुर्न हतार गर्नु हुँदैन । जतिसक्दो छिटो राजमार्गमा भएका खाल्डा पुरियो भने सवारी साधनका चालकले ढुक्क भएर सवारी साधन चलाउन र यात्रा गर्ने यात्रुले पनि ढुक्क भएर यात्रा गर्न पाउने छन् । त्यसैले सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ । यो समाचार आजको उज्यालो अनलाइनबाट लिइएको हो ।

कसले दियो वाइसिएल इन्चार्ज दीपशिखालाई ज्यान मार्ने धम्की ?

काठमाडाैं । युवा कम्युनिष्ट लिगका अध्यक्ष दीपशिखालाई ज्यान मार्ने धम्की दिइएको छ । साउदी अरबको एउटा नम्बरबाट बारम्बार फोन गरेर ज्यान मार्ने धम्की दिएको दिपशिखाले फेसबुकमार्फत उल्लेख गरेका छन् । बाट इमोमा फोन गरेर आफू रवि लामिछानेको समर्थक भएको भन्दै वाइसिएल अध्यक्ष दिपशिखालाई पटक पटक फोन गरेर ज्यान मार्ने धम्की आउने गरेको वाइसिएल महासचिव सुबोध सेर्पालीले जनाएका छन् । साउदी अरबबाट फोन गरेर दिपशिखालाई सागर हिन्दु नाम बताउने एक जना व्यक्तिले ज्यान मार्ने धम्की दिएपछि वाइसिएलले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । फेसबुकमा स्ट्याटस लेख्दै महासचिव सेर्पालीले संगठनको ध्यानाकर्षण भएको भन्दै हिम्मत भए खुला स्थानमा आउन समेत चेतावनी दिएका छन् । इमोमा रवि लामिछानेको फोटो र उनले चलाउने कार्यक्रमको फोटो राखेर धम्की आउन थालेपछि वाइसिएलले कारबाही गर्ने जनाएको छ । दिपशिखाको स्टाटस यस्तो छः यो +96650131833 नम्बरको इमोबाट १ जनाले मलाई बारम्बार मार्ने धम्की दिईरहेको छ । उसले आफु पत्रकार रवि लामिछानेको समर्थक भएको बताउने गरेको छ भने आफुलाई सागर हिन्दु नाम बताउने गरेको छ । कोही साथिहरुलाई यो नम्बर बारे जानकारी भए पाउँ ।

मेस्सीको उत्कृट प्रर्दशनः यूनाइटेडमाथि बार्सिलोनाको शानदार जित

काठमाडौं, बैशाख ०४ । बार्सिलोना यूरोपियन च्याम्पिन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलको दोस्रो लेगमा लियोनल मेस्सीबाट प्रेरित बार्सिलोनाले म्यानचेस्टर यूनाइटेडमाथि ३-० को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो। यो हारसँग म्यानू भने प्रतियोगिताबाट बाहिरिएको छ। समग्रमा क्वार्टरफाइनलमा बार्सिलोनाले यूनाइटेडला२ ४-० ले पराजित गर्‍यो। पहिलो लेगमा बार्सिलोनाले यूनाइटेडलाई १-० गोलअन्तरले पराजित गरेको थियो। घरेलु मैदान नेउ क्याम्पमा भएको दोस्रो लेगमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई तथा फिलिप्पे कौटिन्होले एक गोल गरेका थिए। १६औं मिनेटमा लियोनल मेस्सीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको ४ मिनेट पछि नै मेस्सीले दोस्रो गोल गरे। यस्तै ६१औं मिनेटमा कौटिन्होले तेस्रो गोल गर्दै यूनाइटेडलाई रित्तो हात घर फर्काए। बार्सिलोनाले सेमिफाइनलमा अब लिभरपुल वा पोर्टोमा एकसँग खेल्नेछ। २०१४-१५ को सिजनपछि बार्सिलोना पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो।

साउदीमा कम्पनी टाट पल्टँदा ३ हजार नेपाली अलपत्र

काठमाडौं, बैशाख ०४ । साउदी अरबस्थित तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ । कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र परेका छन् । उनीहरुको समस्या दिन प्रतिदिन चुलिँदै छ । साउदीको अजमिल कन्स्ट्रक्टिङ कप्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । अर्कदमा तीन हजार, जे एन्ड पी र साउदी मार्बलमा कम्तीमा २ हजार नेपालीले रोजगार गुमाउनुपरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

कपिलवस्तुमा सवारी दुर्घटनाः एकको मृत्यु, १७ जना घाइते

बुटवल, बैशाख ०३ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगामा रोकेर राखिएको भारतीय नम्बरको ट्रकमा ना६ख २४६७ नम्बरको बस ठोकिँदा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट नारायणगढ जाँदै गरेको सो बसमा सवार ४३ जनामध्ये एकजनाको मृत्यु भएको हो । यस्तै १७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका दैलेखको माबो गाउँपालिका – २ बस्ने वर्ष ५५ का नन्दलाल गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । सामान्य घाइते भएकाहरु सामुदायिक अस्पताल, पिपरामा उपचार भइरहेको छ । दुबै सवारी साधन र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालको फराकिलो जीत, ओमान १५० रनले पराजित

काठमाडौं, वैशाख ३ । अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनौट खेलमा नेपालले ठूलो जीत हात पारेको छ । आज ओमानसँग भएको खेलमा नेपालले ओमानलाई रनले पराजित गर्दै विश्वकप प्रतियोगितामा आफ्ना आसा कायमै राखेको हो । नेपालले आक्रामकरुपमा खेल्दै ओमानसमक्ष जीतका लागि २ सय ३० रनको लक्ष्य राखेको थियो । जवाफी ब्याटिङमा ओमानका खेलाडीहरु नेपाली बलरसामु टिक्न सकेनन । ओमान ७९ रनमा समेटियो । नेपालले ४४.१ ओभरमा ओमानका सबै खेलाडीलाई आउट गर्न सफल भयो । प्रतिश जिसीको आक्रामक इनिङ पश्चात नेपालले आइसिसी यू–१९ विश्वकप छनोटमा ओमानलाई २ सय ३० रनको लक्ष्य दिएको थियो । क्वालालाम्पुरको सिंलेगर टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३।२ ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन जोड्यो । अन्तिम विकेटका लागि प्रतिशले २३ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै नेपाललाई सो स्कोरमा पुर्‍याएका हुन् । त्यसअघि रोहित पौडेलले ७५ रन जोड्दै नेपालको इनिङ अघि बढाएका थिए। ८१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । जारी विश्वकप छनोटमा नेपालसहित ६ राष्ट्रले सहभागिता जनाएका छन् । सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्ष स्थानमा हुने टोली सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू९१९ विश्वकपमा छनोट हुनेछ। हाल नेपाल नेपाल ३ खेल खेलिसक्दा ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ। त्यतिनै खेलबाट यूएई भने ६ अंकसहित शीर्षमा छ। दोस्रो खेलमा नेपाल यूएईसँग डिएल म्याथडका आधारमा एक रनले पराजित भएको थियो । तुलनात्मक रुपमा यस छनोटमा नेपाल बलियो मानिएपनि यूएईविरुद्धको खेलमा वर्षाले विथोलेपछि नेपाल डिएल म्याथडका आधारमा एक रनले पछि परेको थियो । उक्त खेलमा नेपालले २ अंक गुमाएपछि यूएईको विश्वकप छनोट हुने सम्भावना बढेको छ ।  

विप्लवसँग वार्ता गर– सभापति देउवा

भीमदत्तनगर, वैशाख ३ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताउनुभएको छ । “विप्लव समूहलाई वार्ताद्वारा सहमतिमा ल्याएर मुलुकमा शान्ति सुरक्षा कायम गर्नुपर्छ”, आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाइको बलमा जे पनि गर्न पाइँदैन, तत्काल वार्ता गरेर सरकार अगाडि बढ्नुपर्दछ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले दुई तिहाइको बलमा सरकार हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको आरोप लगाउँदै विश्वविद्यालयमा प्राज्ञिक नियुक्ती, चिकित्सा शिक्षा विधेयक, न्यायालय र प्रेस स्वतन्त्रता लगायतमा सरकारले मनोमानी व्यवहार गरीे नियन्त्रणमा राख्न खोजेको बताउनुभयो । सरकारको एक वर्षे कार्यकालमा एउटा पनि देखाउन लायक काम हुन नसकेको उल्लेख गर्दै उहाँले मुलुकमा हत्या, हिंसा, बलात्कारका घटना बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।  (रासस)

रोकिराखेको ट्रकमा कार ठोक्किँदा ६ घाइते

चितवन, वैशाख ३ । भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकिराखेको ट्रकमा कार ठक्कर खाँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ घाइते भएका हुन् । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ भने अन्य चारको अवस्था सामान्य छ । ट्रक र कार दुवै प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटना राति ११ः४५ बजे भएको हो । यसैबीच पूर्वी चितवनमा गुडिरहको गाडीमा आफैँ आगलागी भएको छ । सोमबार साँझ ८।३० बजे पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० सिँचाइ गेट नजिकै भरतपुरबाट मर्मत गरी टाँडीतर्फ जाँदै गरेको ना५ख ३८६८ नंको बस गुडिरहेको अवस्थामा आफँै आगलागी भएको प्रहरी जनाएको छ । बसका चालक र सहचालक मात्रै भएकाले मानवीय क्षति नभएको तर बस भने पूर्णरूपमा जलेर नष्ट भएको छ । रासस

११ सय विदेशी नेपाली जेलमा

काठमाडौं, बैशाख ०२ । नेपालमा विदेशी किन आउँछन् ? घुम्न, व्यापार गर्न वा कुनै गैरसरकारी निकायमा जागिर खान । धेरैको बुझाइ छ, नेपाल आउने सबै पर्यटक हुन् । हो, अधिकांश विदेशी घुम्नकै लागि आउँछन् । तर पछिल्लो समयमा विदेशीहरू आपराधिक मनस्थितिमा नेपाल आउन थालेका छन् । सरकारी तथ्यांकले नै भन्छ, विदेशीहरू घुम्नमात्र होइन अपराध गरेर लुक्न वा आपराधिक क्रियाकलापमा संलग्न हुन नेपाल आउने क्रम बढेको छ । पर्यटकका लागि अनअराइभल भिसा व्यवस्थाका कारण धेरै विदेशीलाई नेपाल आउन सजिलो भएको छ । केही विदेशीले त्यसको गलत प्रयोग गरिररहेका छन् । घुम्ने बहानामा आएका केही विदेशी अवैध हतियार प्रयोग तथा तस्करी, महिला तथा मानव बेचबिखन, लागूऔषध कारोबार, अप्राकृतिक मैथुनलगायतका गतिविधिमा संलग्न भएको पाइएको छ । कतिपय विदेशी पर्यटक भिसा लिएर आपराधिक काम गर्नकै लागि नेपाल आउने गरेका छन् भन्दाचाहिँ धेरैलाई विश्वास नलाग्न सक्छ । वास्तविक त्यही नै हो । अहिले विभिन्न आपराधिक गतिविधिमा संलग्न झन्डै ११ सय विदेशी कैदीबन्दी नेपालका कारागारमा रहेकाले यसको पुष्टि हुन्छ । कारागार व्यवस्थापन विभागमा कैदीबन्दीको रेकर्ड राख्न बनेको सफ्टवेयर (प्रिजन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) ले चार सय ५८ विदेशी नागरिक जेलमा रहेको तथ्यांक देखाउँछ । कारागारमा रहेका विदेशीमाथि झन्डै ३९ वटा फरकफरक मुद्दामा सजाय भोगिरहेका छन् । विभागले अन्य विदेशी कैदीबन्दीको तथ्यांकसमेत सफ्टवेयरमा राख्ने तयारी गरेको छ । यसरी सजाय भोग्नेमा अमेरिका, कोरिया, जापान, भारत, चीन, भुटानलगायत ३१ मुलुकका नागरिक छन् । सबैभन्दा बढी तीन सय ७३ जना भारतीय छन् । पाकिस्तानी १८, भुटानी १६, बंगलादेशी १०, चिनियाँ ११ र चीनको स्वशासित क्षेत्र तिब्बतका २ जना कारागारमा छन् । लागूऔधष कारोबारमा संलग्न एक सय ९४ जना विदेशी नेपालका विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका छन् । जबरजस्ती करणी उद्योगमा ५१, कर्तव्य ज्यानमा २६, मानव बेचबिखनमा १६, हतियार खरखजनामा १२, खोटाचलनमा १४ जना विदेशीले कैद भुक्तान गरिरहेको कारागार व्यवस्थापन विभागको तथ्यांकमा उल्लेख छ । अपहरण, अप्राकृतिक मैथुन, अवैध भारु कारोबार, चोरी, ठगी, महिला बेचबिखन, सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर र सार्वजनिक अपराधमा समेत विदेशी नागरिकले कैद भुक्तान गरिरहेका छन् । कतिपय विदेशीको सम्बन्ध त अन्तर्राष्ट्रिय आपराधिक गिरोहसँग समेत देखिएको छ । अन्तर्राष्ट्रिय आपराधिक गिरोहका गतिविधिलाई स्थापित गराउनसमेत केही विदेशी पर्यटकको भेषमा नेपाल आउने गरेको पाइएको छ । गृह मन्त्रालयले गत वर्ष धेरै रस्साकस्सीबीच विदेशी नागरिक अनुगमन निर्देशिका मन्त्रीस्तरीय निर्णयबाट पारित गर्यो । तर निर्देशिका कार्यान्वयन शून्य छ । निर्देशिका कार्यान्वयन नहुनु, विदेशीका गतिविधिलाई ट्र्याकिङ गर्न नसक्नु, जथाभाबी अनअराइभल भिसा सुविधा दिनु लगायत कानुन कार्यान्वयनको कमजोर पक्षको फाइदा उठाउँदै विदेशीहरु आपराधिक गतिविधिमा संलग्न भएका छन् । पूर्व गृहसचिव गोविन्द कुसुमले अध्यागमन प्रणाली मजबुत नबनाएसम्म विदेशीले नेपाललाई आपराधिक गतिविधि गर्ने मुख्य थलोका रूपमा प्रयोग गरिरहने बताए । उनले भने, ‘प्रहरी र अध्यागमनबीच सूचना प्रणालीको समन्वय हुनुपर्छ । नियमित अनुगमन गर्नुपर्छ । नत्र थप सुरक्षा जोखिम बढ्छ । ’ नेपाल भित्रने र बाहिरिने विदेशी नागरिकको विस्तृत अभिलेखसमेत अध्यागमन विभागसँग छैन । प्रस्थान र आगमनबाहेक विदेशीका अन्य गतिविधि अध्यागमनलाई थाहा हुँदैन । गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागले विभिन्न अपराधमा सजाय पाएका विदेशीको व्यवस्थापन गरिरहेको छ । विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अदालतको फैसलापछि आएका विदेशीलाई विभिन्न कारागारमा व्यवस्थापन गरिएको बताए । उनका अनुसार विदेशी कैदीबन्दीले कारागारबाट नेपालीसरह नै सेवासुविधा पाइरहेका छन् । सरकारले हरेक दिन प्रत्येक कैदीबन्दीलाई ७ सय ग्राम चामल र नगद सिदाको रुपमा ६० रुपयाँ दिँदै आएको छ । महानिर्देशक मैनालीले भने, ‘विदेशी तथा स्वदेशी कैदीबन्दीहरुको सम्पूर्ण स्वास्थ्य उपचार सरकारले नै गर्दै आएको छ ।’ अध्यागमन विभागले अहिले बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली बनाउन थालेको छ । सफ्टवेयर कार्यान्वयनमा आयो भने अध्यागमन प्रणालीमा केही सहज हुने विभागको बुझाइ छ । तर अहिले विदेशीको अनुगमन गर्न न गृह मन्त्रालय गम्भीर छ न त अध्यागमन विभाग । पर्यटकीय क्षेत्र ठमेल, पोखरा, चितवनलगायत स्थानमा ओभर स्टे रहेका कतिपय विदेशीहरुले अवैध काम गर्दै आएका छन् । विदेशी नागरिकमाथि अख्तियार गर्ने नीति अष्पष्ट हुँदा आपराधिक गतिविधि गर्ने विदेशीको संख्या बढेको हो । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिइएको हो ।

इंग्लिस प्रिमियर लिगः फुलहामलाई हराउँदै सिटी फेरि शीर्ष स्थानमा

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी फेरि शीर्ष स्थानमा उक्लिएको छ । शनिबार साँझ भएको खेलमा रेलिगेसनको चपेटामा रहेको फुलहामलाई २–० गोलले हराउँदै सिटी शीर्ष स्थान उक्लिएको हो । उसको जीतमा बर्नाल्डो सिल्भा र सर्जियो अग्युरोले गोल गरे । शिल्भाले पाँचौ मिनेटमा गोलगर्दै टोलीका अग्रता दिलाएका थिए । अग्युरोले २७औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । जितसँगै सिटीले ३१ खेलमा ७७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ७६ अंक छ । फुलह्याम १७ अंक सहित रेलिगेसनका छ ।