आजदेखि बढ्यो ग्यासको मूल्य

काठमाडौं, माघ २० । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार रातिदेखि लागु हुने गरी प्रतिसिलिन्डरमा २५ रुपैयाँ वृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार अब प्रतिसिलिन्डरको उपभोक्ता मूल्य एक हजार तीन सय ५० रुपैयाँ कायम भएको छ । निगमका प्रवक्ता भानु खनालका अनुसार अन्तर्राष्ट्रिय मूल्यको आधारमा इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बुधबार पठाएको नयाँ मूल्यसूचीअनुसार ग्यासको मूल्य वृद्धि गरेको छ । उनले भने, ‘घाटा व्यहोर्न बाध्य हुने भएकाले थोरै मात्रामा मूल्य वृद्धि गर्न बाध्य भएका छौं ।’ उनका अनुसार अहिले प्रतिसिलिन्डरमा एक सय दुई रुपैयाँ वृद्धि भएर आईओसीबाट नयाँ मूल्य सूची आएको छ ।

यसअघि गत भदौ १६ गते प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार तीन सय ७५ बाट २५ रुपैयाँ घटाएर एक हजार तीन सय ५० रुपैयाँ मूल्य कायम गरिएको थियो ।

यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

 

प्रहरी र तस्करबीच गोली हानाहान, ३ तस्कर घाइते

  इनरुवा, १७ माघ । इटहरी उपमहानगरपालिका–१४ खनार चोक नजिक आज प्रहरी र लागुऔषध तस्करबीच गोली हानाहान हुँदा तीन जना तस्कर घाइते भएका छन् । प्रहरीको गोली लागेर घाइते हुनेहरुमा मोरङ टङ्की सिनवारी–७ नेचाका सचन पासवान, टङ्की सिनवारी–४ कै श्रवण सरदार र इटहरी १३ का करिस्मा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पासवानको घुँडा, सरदारको तिघ्रा र चौधरीको खुट्टामा गोली लागेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । भारतीय बजारबाट अवैध रुपमा लागुऔषध लिएर आइरहेको प्राप्त सूचनाका आधारमा सादा पोसाकमा खटिएका प्रहरीले तस्कारलाई पक्राउ गर्न खोज्दा दुबै पक्षबीच गोली हानाहान भएको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । प्रहरी उपरीक्षक पोखरेलका अनुसार, सादा पोसाकमा रहेका प्रहरीमाथि आपराधिक समूहले गोली प्रहार गरेपछि जवाफमा प्रहरीले ११ राउन्ड गोली प्रहार गरेको थियो । घटनास्थलबाट प्रहरीले ‘मेड इन युएस’ लेखिएका स्वचालित पेस्तोल तीन थान, घरेलु नलकटुवा पेस्तोल एक थान, चक्कु एक थान (ठूलो), डाइजोल्याप, लुपिजेसिक, फेनारगन गरी कुल २२४ थान, कोरेक्स तीन बोतल र को २२ प ६३६३ नंको एउटा मोटरसाइकल बरामद गरेका छन् । घाइते तीनै जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । रासस

किशोरीलाई पटक पटक करणी गर्ने पक्राउ

गाईघाट, माघ १६ । वाह्र वर्षीय वालिकालाई पटक पटक करणी गरेको अभियोगमा प्रहरीले उदयपुरमा एक व्यक्तिलाई पक्राउ गरेको छ । चिलाउने गाविस– ४ का १८ वर्षीय ताराबहादुर राउतले स्थानीय एक विद्यालयको कक्षा– ४ मा अध्ययनरत् बालिकालाई बाटो छेकेर जङ्गलमा लगी जबरजस्ती करणी गर्ने गरेको खुलेको छ । प्रहरीले उनलाई शुक्रबार साँझ पक्राउ गरी हो । विद्यालयबाट जङ्गलको बाटो भएर घर फर्कदै गर्दा गत माघ १० गते बेलुकी राउतले बालिकालाई पाखातिर लाँदै गरेको र बालिका चिच्याएको एक स्थानीयवासीले सुनेपछि उक्त घट्नाको तथ्य बाहिर आएको हो । बालिका डरले कामिरहेको र उक्त घट्नाबारे कसैलाई बताए राउतले पटक/पटक ज्यान मार्ने धम्की दिदैं आएका कारण आफूले बाहिर अरुलाई भन्न नसकेको भएपनि विद्यालयकी शिक्षिका सीता तामाङलाई उक्त घटनाका सम्बन्धमा बालिकाले बताएकी प्रहरी चौकी सुकौराका प्रमुख राजकुमार खड्का बताए । वालिकाको अभिभावक र विद्यालयकी शिक्षिकाको जाहेरीमा प्रहरीले राउतलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख उपरीक्षक नरबहादुर केसीले बताए ।

९ कक्षाका बिद्यार्थीले गरे शहीदको सम्झना

काठमाडौँ,१५ माघ । सीतापाइलास्थित शिशु निकुञ्ज उच्च माविका विद्यार्थीले शहीद दिवसको बारेमा शनिबार विविध कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा कक्षा ९ का रेश्मा थापामगर,दिलाशा अधिकारी र ऋचा सिंहले शहिदहरुको जीवनीको बारेमा चर्चा गरे । शिशु निकुञ्ज बाल क्लबकी अध्यक्ष सजना तामाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबकी सदस्य रिता ताजपुरियाले गरेकी थिइन् । समारोहमा शहिदको तस्वीरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारी र विद्यार्थी सहभागी थिए । विद्यार्थीको संस्था शिशु निकुञ्ज बाल क्लब र स्थानीय नागार्जुन कम्युनिकेसन,स्टेसनरी एण्ड सप्लायर प्रालिको संयुक्त आयोजमा सम्पन्न शहीद दिवस समारोहका सहभागीले देश र जनताका लागि बलिदानी दिने शहिदहरुको योगदानको कदर हुन नसकेकोमा चिन्ता व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै विद्यालयका प्रिन्सिपल प्रकाशमान शाहीले नेपालका प्रमुख राजनैतिक परिवर्तनमा शहिदहरुको भूमिका रहेको चर्चा गरे । “शहिदको सपना साकार पार्न सके त्यो नै उनीहरुप्रति सच्चा श्रद्धाञ्जली हो ।” नागार्जुन कम्युनिकेसन,स्टेसनरी एण्ड सप्लायर प्रालिका सञ्चालक माधव अधिकारीले भने । सोही अवसरमा बाल क्लबले प्रकाशन गरेको मासिक भित्तेपत्रिकाको विमोचन विद्यालयका प्रिन्सिपल शाहीले गरेका थिए ।

पूर्ण भयो निर्वाचन आयोग, रिक्त पदमा तीनैजना नियुक्त

काठमाडौं, निर्वाचन आयोगमा रिक्त रहेका ३ जना आयुक्त नियुक्त भएका छन् । न्यायपरिषदको आज बसेको बैठकले आयोगमा रिक्त रहेका ३ पदमा नरेन्द्र दाहाल, इश्वरी पौडेल र सुधिर शाहलाई नियुक्त गरेको छ । यो सँगै आयोगले पूर्णता पाएको छ ।

प्यूठानमा दुई फरक दुर्घटनामा चारजनाको मृत्यु, नौ घाइते

प्यूठान, माघ १४ । दाङवाङ–६, कोलबोटमा मोटरबाटो खन्ने जेसिभी डोजर मेसिन पल्टिँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । गाउँमा मोटरबाटो निर्माण सम्पन्न गरी फर्कने क्रममा आज बिहान उकालोमा डोजरको ‘बे्रक फेल’ हुँदा दुर्घटना भएको स्थानीयवासी हरि मगरले जानकारी दिए । दुर्घटनामा परी स्थनीयवासी डोजरका सहचालक करिब १७ वर्षीय दीपक गाहामगर, २० वर्षीय शेषकान्त आचार्य र १३ वर्षीय ज्ञानेन्द्रबहादुर गाहामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक रञ्जितसिँह राठोरले जानकारी दिए । सोही घटनामा परी नौजना घाइते भएको स्थानीय तथा युवा स्वरोजगार कार्यक्रम प्यूठानका संयोजक अमर रेश्मीमगरले जानकारी दिए । घाइतेको अमराईमा सामान्य उपचारपछि ६ जनालाई थप उपचारका लागि भैरहवा पठाइएको छ । यसैगरी, काठ ढुवानी गर्नका लागि लामाचौरबाट भिङ्ग्री जाँदै गरेको रा १ त १३२२ नंको ट्याक्टर गोठिवाङ–४ का कागपाती खोलामा हिजो साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सहचालक तथा स्थानीयवासी २२ वर्षीय मुक्तबहादुर बुढाथोकीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

बस र ट्र्याक्टर दुर्घटना हुँदा नौ घाइते

उर्लाबारी (मोरङ), ११ माघ । बनिगामा र झोराहाटमा आज बस र ट्र्याक्टर दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । विराटनगरबाट विराटचोकतर्फ आउँदै गरेको ना२ख ७१७८ नंको यात्रुवाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बस बनिगामा–४ स्थित कालाबन्जारमा आफँै अनियन्त्रित भएर सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताउनुभयो । दुर्घटनामा परेर भोजपुर, आम्तेक–१ की ५१ वर्षीया देवी विक तथा मोरङ बनिगामा–१ का १९ वर्षीय निराजन खवास र तेतरिया–९ की १६ वर्षीया सवीना श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनीहरुको नोबेल मेडिकल कलेज, विराटनगरमा उपचार भइरहेको छ । त्यस्तै मोरङकै झोराहाट–२ स्थित भृकुटीचोकमा को१त ६४९१ नंको ट्र्याक्टर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा सहचालक मोरङ, भौँडाहा–९ का २२ वर्षीय अर्जुन उराउ र कोसीहरैँचा–१५ का २३ वर्षीय आशाराम ऋषिदेव घाइते भएका हुन् । घाइते दुवैको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ । रासस

‘सबै निर्वाचनमा एमालेको बहुमत’: ओली

काठमाडौं, माघ १० । प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा एमालेको बहुमत आउने दाबी गरेक खबर आजको अन्नपूर्ण पोष्टमा छ । एमले मुख्यालय धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा ओलीले उक्त दाबी गरेका हुन् । ‘एमालेलाई पहिलो बनाउने भन्ने तीन बर्ष अघिको नारा हो । पहिलो त यसै पनि भइहाल्छ । अबको योजना सबै निर्वाचनमा बहुमत ल्याउने हो र बहुमत आउँछ’ ओलीले भने । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अहिले सरकार र केहि राजनीतिक पार्टी उल्टो बाटो हिँडेको आरोप लगाए ।

खोटाङमा ट्र्याक्टर दुर्घटना, बालिकाको मृत्यु

खोटाङ, माघ ८। ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । दिक्तेल नगरपालिका–११ स्थित मेघेचौतारामा गएराति ना ४ च ५३६७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही स्थानकी आठ वर्षीया बालिका आशा तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका अढाई वर्षीय आशिष तामाङ र सहचालक च्यास्मिटार–४ का २५ वर्षीय दिनेश राई गम्भीर घाइते भएका छन् । घाइते दुवैजनाको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि हवाईजहाजमार्फत खानीडाँडा विमानस्थलबाट बाहिर लैजाने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ । घटनास्थलमै मृत्यु भएकी बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ । दुर्घटनापछि ट्र्याक्टर चालक दिक्तेल नगरपालिका–१० का १९ वर्षीय रञ्जन राई फरार रहेका प्रहरीले जनाएको छ । दिक्तेल नगरपालिका–१ स्थित हाटडाँडाबाट ढुङ्गा लिएर लफ्याङ गएको ट्र्याक्टर ढुङ्गा झारी सकेपछि फर्कने क्रममा दुर्घटना भएको स्थानीयवासीले बताएका छन् । साँघुरो बाटो रहेको सो ठाउँमा ट्र्याक्टर मोड्दा ठाउँ अभावमा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए । ट्र्याक्टर सडकबाट करिब दश फिट तल खसेर क्षतिग्रस्त अवस्थामा रहेको स्थानीयले बताएका छन् । सामान लोड गरिने डाला सडकमै रहेको ट्र्याक्टरले मृतकलगायत तीनै जनालाई किचिरहेको अवस्थामा स्थानीय र प्रहरीले उद्धार गरेका थिए । रासस

जिल्ला भ्रमणको लागि ५१ लाख हवाइ टिकटमा खर्च गरे मन्त्रीहरुले

काठमाडौं, माघ ५ । नयाँ सरकार गठन भएयताको पाँच महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणबापत भत्तामा २० लाख ५४ हजार बुझेका छन् । उनीहरूको भ्रमणका लागि हवाई टिकटमा ५१ लाख १६ हजार खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्रीको तलब–भत्ता सुविधा तथा भ्रमण खर्चमा सात करोड ५५ लाख ३९ हजार सकिएको छ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले विदेश भ्रमण गरे पनि जिल्ला भ्रमण नगरेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । वाणिज्यमन्त्री रोमी गौचन, वन राज्यमन्त्री दीर्घराज भाट, स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, सिँचाइ राज्यमन्त्री सुरेन्द्रराज अचार्य, वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचन, श्रम तथा रोजगार राज्यमन्त्री दिलीप खवास, उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे, सहरी विकास राज्यमन्त्री मिठु मल्लले जिल्ला भ्रमणमा हालसम्म कुनै रकम बुझेका छैनन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमाछ । तस्वीर दिनेश श्रेष्ठ

पैदलयात्रुलाई नियमले कस्दै प्रहरी

काठमाडौं , माघ ३ । – पैदल यात्रुले तोकिएको स्थानबाट मात्र बाटो काट्नुपर्छ । – साइकलका लागि बनाइएको सडकमा साइकल गुडाउनुपर्छ । –  सडकमा जथाभावी चौपाया छाड्नुहुदैन । – सडकमा बिस्कुन सुकाउने स्थान बनाउन पाइँदैन । यस्ता सामान्य बिषयमा लापरवाही गर्दै आएका तपाईंहामी अब भने जिम्मेवार र सजग बन्नुपर्नेछ, नत्र दण्डको भागीदार हुनुपर्ने छ । सवारी साधनलाई निषेधित क्षेत्रमा पार्किङ गर्दा दुर्घटना भएर जथाभावी सडक अबरुद्ध र तोडफोड गरे क्षतिपूर्ति दिनुपर्ने छ । यस्तै सवारीसाधान र सडकको अवस्थाका कारण दुर्घटना भए सवारीधनि र सडक निर्माण गर्ने निकाय सजायका भागीदार हुनेछन् । सरकारले पैदल यात्रुसमेतलाई दुर्घटनामा दोषी देखिए कारवाहीको व्यवस्थासहितको सडक सुरक्षा ऐन ल्याउने तयारी गरेको छ । यो खबर आजको नागरिकमा छ ।

किन्ने होइन त सुन्तला ?

इलामको बरबोटेमा बिक्रीका लागि बगानमै थुपारिएको सुन्तला । तस्बिर : गोविन्द लामिछाने, इलाम

निर्माणाधीन भुरीगाउँ सवस्टेसनको काम चैत्रभित्र सकिने

बर्दिया, पुस २२ । अत्यधिक विद्युत्भार कटौती, लो भोल्टेज, रुखका हाँगा खस्दा पटकपटक तार चुडिँने र तोकिएको समयमा बत्ती नआउँदा हैरानी खेप्नुपरेको बर्दियाको बगनाहा, भुरीगाउँ क्षेत्रका स्थानीयले अब त्यो समस्याबाट केही महिनादेखि मुक्ति पाउने भएका छन् । बर्दियाको भुरीगाउँ बजार नजिक बलातीमा निर्माण भइरहेको भुरीगाउँ विद्युत् सवस्टेसनको काम २०७३ चैत महिनाभित्रै सकिने भएको छ । निर्माणाधीन अवस्थामा रहेको भुरीगाउँ सवस्टेसनको काममा कुनै प्राविधिक समस्या नआएमा चैत मसान्तभित्रै सवस्टेसनको कार्य सम्पन्न गरिसक्ने भुरीगाउँ सवस्टेसनका साइट इन्चार्ज देवराज शर्माले जानकारी दिए । सवस्टेसनको सम्पूर्ण काम सम्पन्न गरिसकेपछि करिब दुईदेखि तीन महिनासम्म परीक्षणस्वरुप लाइन विस्तार गरेर हस्तान्तरण गर्ने शर्माले बताए । संविधान जारी भएपछि असन्तुष्ट पक्षले मधेस आन्दोलन गर्दा बन्दका कारण केही पनि सामान समयमा आउन नसक्दा निर्माणको काम झन्डै छ महिना ढिला सुरु हुन पुगेको बताइएको छ । आन्दोलनले गर्दा काम प्रभावित नभएको भए अहिलेसम्म सवस्टेसनको काम सम्पन्न भइसक्ने थियो, शर्माले भने । यस क्षेत्रको समस्यालाई मध्यनजर गर्दै तोकिएको समयभन्दा अघि नै निर्माणको काम सम्पन्न गर्ने योजनाअनुसार सवस्टेसनको कामलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ । बाँकेको कोहलपुर हुँदै बर्दियाको सदरमुकाम गुलरियाबाट निकुञ्ज फिडरअन्तर्गत सानोश्री, बगनाहा हुँदै भुरीगाउँ ठाकुरद्वारातर्फ आउने विद्युत्लाइनमा अत्यधिक विद्युत्भार कटौती, लो भोल्टेज र सडक किनारमा रुखका हाँगा खस्दा तार चुँडिने समस्याले गर्दा सहजरुपमा विद्युत् प्रयोग गर्न नपाउने समस्या रहेको छ । रासस फाइल तस्वीर

फायर साइडमा उर्जामन्त्री जनार्दन शर्मा

काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य गरेर उर्जा मन्त्री जनार्दन शर्मा निकै चर्चामा छन । माओवादीको राजनीतिलाई मन नपराउनेहरुले समेत उर्जामन्त्रीको यो कदमलाई निकै प्रशंसा गरेका छन् । हिउँदको कठ्यांग्रिदो चिसोमा मैनबत्ती बाल्न विवश राजधानीवासीले तिहारयता बिजुली नआएको दुख झेल्नु परेको छैन । मन्त्री जनार्दन शर्मासँग कान्तिपुर टेलिभिजनका लागि भुषण दाहालले “फायर साइड” कार्यक्रममा लिनुभएको अन्तर्वार्ता यहाँ साभार गरिएको छ ।

वर्षभरिका तहल्का मच्चाउने टप ८ बलिउड फिल्महरु

पुष्पा महरा पुस १६ । बलिउडमा लामो समयदेखि काम गरिरहेका नाम कहलिएका हिरोहरु आमिर खान, सलमान खान, अक्षय कुमारहरुले नै बलिउडमा यो वर्ष टप स्थान पाए । उनीहरुले अभिनय गरेका चलचित्रहरुले नै बलिउड बक्स अफिसमा १०० करोड ओभरको कलेक्सन गरे । झण्डै ९० को दशकबाट फिल्मी करियर सुरु गरेका यी हिरोहरुले यस वर्षको टप पाँच वटा फिल्मलाई छान्ने हो भने टप चार वटासम्म यी हिरोहरुले नै स्थान ओगटेका छन् । बलिउडमा यस वर्ष एक सयभन्दा बढी चलचित्रहरुले प्रदर्शन गरे । तर ८ वटा फिल्मले मात्रै बलिउड बक्स अफिसमा एक सय करोड भन्दा माथि उठ्न सफल भयो । सुल्तान यस वर्षको पहिलो स्थानमा सुल्तान पर्न सफल भएको छ । यशराज फिल्मसले दिएको जानकारी अनुसार यस फिल्मले ३००.४५ करोड भारु उठाउन सफल भयो । सलमान खान र अनुष्का शर्माबीचको पहलवानीको कथावस्तु समेटिएको यस फिल्मलाई अली अब्बास ज़फ़रले निर्देशन गरेका थिए । यस वर्षको सुपरहित फिल्मको पहिलो दर्जामा फिलम ‘सुल्तान’ रहन सफल भयो । दंगल हालैमात्र प्रर्दशनमा आएको आमिर खानको फिल्म दंगल यो वर्षको दोस्रो स्थानमा पर्न सफल भएको छ । स्पाइस पिआरले दिएको जानकारी अनुसार हालसम्म १७६.९८ करोड रकम संकलन गरेको छ । यस फिल्ममा हरियाणाको पूर्व पहलवान महावीर सिंह फोगाट तथा उनकी छोरीहरु गीता र बबीता फोगाटको जीवनीमा आधारित छ । निर्देशक नितेश तिवारीले निर्देशन गरेको यस फिलिमले निकै नै चर्चा पाएको छ । एम एस धोनी (द अनटोल्ड स्टोरी) एम एस धोनी (द अनटोल्ड स्टोरी) यस वर्षको तेस्रो स्थानमा पर्न सफल भयो । फक्स पीआरका अनुसार एम एस धोनीले १३३.०४ करोड रकम उठाउन सफल भएको थियो । भारतका सफल क्रिकेट कप्तान धोनीको निजी जीवनमा आधारित यस फिल्मलाई सफल निर्देशक नीरज पाण्डेले निर्देशन गरेका हुन् । फिलममा अभिनेता सुशांत सिंह राजपूतले धोनीको भूमिका निर्वाह गरेका छन् । एयरफिफ्ट चौथो स्थानमा यस वर्ष एयरलिफ्ट रहन सफल भएको छ । टी सिरिजले दिएको जानकारी अनुसार यस फिलिमले १२९ करोड उठाउन सफल भएको हो । सन् १९९० मा कुवेतमा इराकले गरेको हमलापछि कुवेतमा फसेका भारतीय नागरिकहरुलाई सुरक्षित तवरले भारत लैजाने कथा यस फिल्ममा समावेश गरिएको छ । यस फिल्मका मुख्य पात्र अभिनेता अक्षय कुमारले जुन व्यक्तिको नाममा भूमिका निर्वाह गरेका थिए ‘रंन्जित कटियाल’ ती नाम गरेको व्यक्ति भने कुवेतबाट भारत आएका व्यक्तिहरुमध्येमा थिएनन् । पछि यसबारे प्रश्न उठ्दा अक्षयले यसबारे नाम भने काल्पनिक रहेको स्वीकारेका थिए । रुस्तम वर्षको पाँचौ स्थानमा यस वर्ष अक्षय कुमारले अभिनय गरेको फिल्म रुस्तम परेको छ । यस चलचित्रले १२७.४२ करोड रकम संकलन गर्न सफल भएको जीले जनाएको छ । देशभक्तिले ओतप्रोत यस फिलिम के.एम.नानावटीमाथि चलेको हत्या आरोपको विस्तृत घटनाक्रम देखाइएको छ । आफ्नै श्रीमतीको प्रेमीलाई मारेर पनि हत्यारालाई न्यायलयबाट सफाया मिल्छ । त्यसका कारण चलचित्रमा उतारिएको छ । यी त भए वर्षभरिका टप पाँच चलचित्र । त्यस्तै वर्षमा १०० करोडको हाराहारीमा रहेका अन्य चलचित्रहरु जो क्रमसंख्याको आधारमा छैठौ स्थानमा पर्न सफल चलचित्र हो नीरजा । २१ करोडको लगानीमा बनेको यस फिल्मले ७५.६१ करोड रुपैयाँ उठाएको थियो । कम लगानीमा बनेको यस फिलमले निर्माता निर्देशकलाई राम्रो फाइदा दिन सफल भएको हो । त्यस्तै एक सय करोडको हाराहारीमा रकम उठाउँन सफल अन्य फिलिमहरुमा अक्षय कुमारको हाउसफुल ३ ले १०७.७० करोड, करण जौहरको विवादित फिलिम ए दिल है मुस्किलले ११२.४९ करोड तथा अजय देवगणको दिवाली रिलिज शिवायले १००.२५ करोड उडाउन सफल भएका थिए । एजेन्सीकाे सहयाेगमा

चुट्किलाः मेकअप गरेर युवती आत्महत्या गर्न हिंडेपछि

एउटा केटी अति नै सजिएर पुलबाट हाम फाल्न लाग्दै थिई । अचानक एउटा केटाले देखेर दौडदै बचाउन दौड्यो । यो के गर्न लाग्या तिमीले भन्दै केटाले तान्यो र केटीलाई बचायो । अनि केटीले भनीः देखेनौं, म आत्महत्या गर्न लाग्दैछु । केटो दंग पर्दैः अनि यती राम्री भएर पनि कोही आत्महत्या गर्छन त ? केटीः भोलि पत्रिकामा मेरो राम्रो तस्वीर छापिन्छ की भनेर नी । केटो बेहोस ।