उम्मेदवार छान्न माओवादीले बनायो यस्तो कार्यविधि

काठमाडौं, फागुन २५ ।  माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको उम्मेदवार छनोट कार्यविधि तय गरेको छ । गाउँपालिकाका वडा सदस्यदेखि महानगरपालिकाका प्रमुख–उपप्रमुखसम्मका उम्मेदवार छान्न माओवादी केन्द्रले कार्यविधि बनाएको हो ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमा सोसम्बन्धी कार्यविधि उल्लेख छ । ‘अध्यक्षले पेस गर्नुभएको निर्वाचन परिचालन समिति गठनदेखि उम्मेदवार छनोट गर्ने कार्यविधि पार्टीले बनाएको छ,’ माओवादी केन्द्रका हेडक्वार्टर सदस्य गिरिराजमणि पोखरेलले नया“ पत्रिकासँग भने, ‘अब त्यही प्रस्तावका आधारमा त्यसलाई अझै परिष्कृत गरेर निर्वाचन परिचालन समितिले काम गर्नेछ ।’ सरकारले ३१ वैशाखमा स्थानीय चुनावको मिति तय गरेको छ । निर्वाचनमा पार्टीलाई सम्पूर्ण रूपमा परिचालन गर्ने र उम्मेदवार छनोटका लागि अहिलेदेखि नै पार्टी कमिटी परिचालन गर्न सोअनुसारको तयारी थालेको हो ।

बन्यो निर्वाचन परिचालन समिति
निर्वाचन परिचालनका लागि माओवादी केन्द्रले नेता देव गुरुङको नेतृत्वमा १३ सदस्यीय आन्तरिक कमिटी गठन गरेको छ । त्यस्तो समितिमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोपाल किराती, लीलामणि पोखरेल, मणि थापा, शक्ति बस्नेत, विश्वभक्त दुलाललगायत नेताहरू छन् । समितिले जिल्ला निर्वाचन परिचालन, उम्मेदवार छनोट मापदण्डसहितको कार्यविधिलगायत काम गर्नेछ । ‘हामी अब समितिको छिटै बैठक बसेर थप कार्यविधि बनाउनेछौँ,’ नेता पोखरेलले भने ।

के छ प्रचण्डको प्रस्तावमा ?
प्रचण्डले सोमबारको पार्टी हेडक्वार्टर बैठकमा पेस गरेको प्रस्तावमा निर्वाचन परिचालन समितिले गर्ने कार्यविधिमा वडादेखि गाउँ, नगर र महानगरसम्मका उम्मेदवार छनोट के कसरी गर्ने भन्नेसम्मका प्रारम्भिक खाका समेटिएका छन् । निर्वाचन परिचालन समितिलाई प्रारम्भिक खाकामा थप परिष्कृत गरी कार्यविधि तय गर्न बैठकले निर्देशनसमेत दिएको छ ।

तीनजनाको नाम सिफारिस गर्न निर्देशन
स्थानीय तहका जुनकुनै पदका उम्मेदवार छनोट गर्न सम्बन्धित सिफारिस गर्ने कमिटीले तीनजनासम्मको नाम आफूभन्दा माथिल्लो कमिटीमा पठाउनुपर्ने हुन्छ । त्यसरी सिफारिस भई आएका नामलाई सिफारिस गर्ने कमिटीभन्दा माथिल्लो कमिटीले अनुमोदन गरी आफूभन्दा माथिल्लो कमिटीको स्वीकृति अनिवार्य लिनुपर्ने विधि बनाएको छ ।

कसरी छानिन्छन् उम्मेदवार ?
वडा सदस्यका लागि जिल्लाले स्वीकृति दिनुपर्ने
स्थानीय तहको चुनावमा गाउँपालिकाको वडा सदस्यका लागि टिकट लिन पार्टी जिल्ला संगठन समितिको स्वीकृति अनिवार्य लिनुपर्ने प्रारम्भिक विधि माओवादी केन्द्रले बनाएको छ । वडा कमिटीको सिफारिसमा गाउँ कमिटीले अनुमोदन गरेर जिल्लामा पठाउनुपर्ने र जिल्लाले स्वीकृति दिनुपर्ने उल्लेख छ ।

गाउँ­–नगरपालिकाको प्रमुखका लागि प्रदेशको स्वीकृति अनिवार्य
गाउँ र नगरपालिका प्रमुख–उपप्रमुखको उम्मेदवारीका लागि प्रदेश कमिटीको अनिवार्य स्वीकृति लिनुपर्ने विधि माओवादीले तय गरेको छ । गाउँपालिकाका लागि सम्बन्धित गाउँ कमिटी र नगरका लागि नगर कमिटीको सिफारिसमा जिल्ला संगठन समितिले अनुमोदन गरी प्रदेशमा नाम पठाउनुपर्ने विधि उसले बनाएको छ । त्यसरी सिफारिस भई आएका नाममध्येबाट प्रदेश कमिटीले स्वीकृति दिएकाले मात्र पार्टीका तर्फबाट उम्मेदवार बन्न पाउने कार्यविधि बनाएको छ ।

उपमहानगरपालिकाका लागि पनि प्रदेशकै स्वीकृति चाहिने
उपमहानगरपालिकाका प्रमुख–उपप्रमुखका लागि पनि प्रदेश कमिटीको स्वीकृति चाहिने गरी मापदण्ड माओवादीले बनाएको छ । सम्बन्धित कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारलाई जिल्लाले अनुमोदन गर्ने र प्रदेश कमिटीले मात्र उम्मेदवार बनाउने विधि उसले बनाएको छ ।

महानगरका प्रमुख पार्टी केन्द्रले तोक्ने
स्थानीय तहअन्तर्गतका महानगरपालिकाका प्रमुख–उपप्रमुख पदका उम्मेदवार पार्टी केन्द्रले नै तोक्नेछ । जिल्लाको सिफारिसलाई प्रदेश कमिटीले अनुमोदन गर्ने र केन्द्रले स्वीकृति दिने गरी विधि बनाएको माओवादीका एक नेताले बताए ।

यो खबर अाजको नयाँ पत्रिकामा  छ ।

स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान, यस्तो छ घटनाको कारण

काठमाडौं – प्रहरीलाई शुक्रबार दिउँसो खबर आयो, बौद्धबाट तीन युवकलाई अपहरण गरी ६ लाख रुपैयाँ फिरौती मागिएको छ । तत्कालै अपहरित व्यक्तिका आफन्तलाई लिएर प्रहरीले अनुसन्धान अघि बढायो । अपहरणकारीले फिरौती लिएर कहिले गोंगबु, कहिले हलचोक त कहिले सतुंगल बोलाए । तर, आफूले बोलाएको ठाउँमा भेट्न मानेनन् । प्रहरी शुक्रबार रातभर विभिन्न ठाउँमा अपहरणकारीका आफन्तलाई लिएर पुग्यो, तर उनीहरूले भेट्न मानेनन् । पैसाका साथै प्रहरी पनि लिएर आएको आशंकामा भेट्न डराए । राति ११ बजे भोलि बिहान (शनिबार) भेटेर पैसा लिने र अपहरणकारीलाई रिहा गर्ने सहमति भयो । तिघ्रामा गोली हानेर पक्राउ : बिहानै भेट्ने सहमति भएकोमा दिउँसो मात्र भेट्न उनीहरू तयार भए । स्वयम्भूको भगवानपाउमा फिरौती लिएर आउन भने । प्रहरी आउन सक्ने डरले अपहरणकारीमध्ये जीवन भनिने दुर्गाबहादुर तामाङ पेस्तोल लिएरै गएका थिए । पीडितका आफन्तसँगै पछाडि सादा पोसाकका प्रहरीसमेत देखेपछि उनी फायर गरेर भाग्न खोजेका थिए, तर प्रहरीको काउन्टर फायरमा गोली लागेर उनी ढले । तिघ्रामा गोली हानेर प्रहरीले उनलाई नियन्त्रणमा लियो । उनी पक्राउ परेलगत्तै वीरबहादुर तामाङ, सचिन खवास र पदमबहादुर तामाङ पक्राउ परेका छन् । अपहरणमा परेका मानदोर्जे तामाङ, कुमार तामाङ र विशाल तामाङ प्रहरीले उद्धार गरेको छ । उनीहरू बौद्ध बस्ने भएकाले त्यहाँबाट अपहरणमा परेको आशंका गरिएको थियो । तर, उनीहरू बालाजुबाट अपहरणमा परेको खुल्यो । अपहरणकारीलाई प्रहरीले खुसिंबी टाउन प्लानिङको भ्याली कोल्ड स्टोर नजिकैबाट मुक्त गराएको छ । पैसा लिनेवित्तिकै उनीहरूलाई रिहा गर्न त्यहाँ ल्याइएको थियो । महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोलीले पीडितहरूको सकुशल उद्धार गरी अपहरणकारीहरूलाई पक्राउ गर्न सफल भयो । गोली लागेर घाइते तामाङको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सल्लाह गर्न बोलाएर अपहरण : महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीका अनुसार अपहरणमा ६ जनाको समूह संलग्न थियो, जसमध्ये पाँचजना नुवाकोट हुन् । मानदोर्जे, कुमार र विशाल व्यापार गरेर पैसा कमाउन थालेको उनीहरूले सुनेका थिए । तीनैजना बिहीबार नुवाकोटबाट फर्कंदै थिए । बालाजुको गंगा हल नजिकै आइपुगेपछि उनीहरूले व्यापारबारे सल्लाह गर्न भन्दै नजिकैको होटलमा लिएर गए । होटलको कोठामा पुर्‍याएपछि हतियार देखाएर बन्धक बनाए । सुरुमा उनीहरूको मोबाइल र पैसा लुटेकोमा बन्धक बनाएर आफन्तलाई फोन गर्न लगाई थप पैसा मागेका थिए । अपहरणमा परेकामध्ये मानदोर्जेसँग पैसा भएकाले उनलाई लक्षित गरी अपहरण गरेका थिए । जेलमै चिनजानपछि आपराधिक कर्ममा : अपहरणकारीहरू आपराधिक पृष्ठभूमिका व्यक्तिहरू भएको अपराध महाशाखा प्रवक्ता प्रहरी एसपी कार्कीले बताए । गोली लागेर घाइते भएका अपहरणका आरोपी दुर्गा लाल नवलपरासीमा डकैतीको मुद्दामा जेल परेका थिए । उनलाई १० वर्ष कैद सजाय भएको थियो । अरु पनि हातहितयार, चोरी र डकैती मुद्दामा जेल परेका व्यक्ति हुन् । ‘अपहरणकारीको ६ जनाको समूह देखिन्छ,’ उनले भने, ‘जेलमै चिनजान भई उनीहरूले यस्तो अपराधको योजना बनाएको जस्तो देखिन्छ ।’ पक्राउ परेकामध्ये जीवन भन्ने दुर्गबहादुर घटनाका नाइके भएको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

यस्तो बन्दैछ कलंकीमा सुरुङमार्ग

काठमाडौँको कलङ्कीस्थित सुरुङ मार्गको निर्माण कार्य हुँदै । तस्बिर : रोशन सापकोटा, काठमाडौं

रित्तिँदै छ स्मार्ट कार्ड ?

काठमाडौं, फागुन २० । सरकारले स्मार्ट लाइसेन्स अझै देशभर वितरण गर्न सकेको छैन । यातायात व्यवस्था विभागले २०७२ मंसिरदेखि बागमती अञ्चलमा मात्रै स्मार्ट लाइसेन्स वितरण गर्दै आएको छ । अन्य अञ्चलका कार्यालयबाट हस्तलिखित लाइसेन्स वितरण हुँदै आएको छ । विभागले बागमतीबाट स्मार्ट लाइसेन्स वितरण गरेको १५ महिना बितिसक्दा समेत अन्य भागबाट स्मार्ट लाइसेन्स जारी गर्न नसकेको हो । विभागका प्रवत्ता टोकराज पाण्डेका अनुसार उपत्यकामा तीनवटा कार्यालय विस्तारमा जुट्दा केहि समय ढिलाइ भएको हो । यसैबीच, यातायात व्यवस्था विभागले समयमै टेन्डर पक्रिया अघि नबढाउँदा स्मार्ट कार्डको अभाव देखिएको छ । विभागले टेन्डरमा ढिलासुस्ती गर्दा स्टक स्मार्ट कार्ड रित्तिँदै गएको हो । यो खबर आजको नागरिकमा छ ।

नेपालद्वारा भारतलाई ४० रनले पराजित

फागुन १९ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत केन्यासँगको खेलको तयारीका नेपाली टोली र भारतीय टोलीबीच भएको अभ्यास खेलमा नेपालले भारतलाई ४० रनले पराजित गरेको छ । आज भएको अभ्यास खेलमा भारत रहेको नेपाली टोली तेस्रो पटक विजयी बनेको हो । नेपालले बिहीबार स्थानीय नोयडा वन्डर्सलाई ४० रनले पराजित गरेको हो । २ सय ४९ रनको लक्ष्य पछ्याएको नोयडालाई नेपालले १६ बल बाँकी छँदा २ सय ८ रनमा अलआउट गरेको हो । नेपालका सोमपाल कामीले ३ तथा शक्ति गौचन र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४८ रन बनाएको थियो । नेपालका लागि सुनिल धमलाले ७४, विनोद भण्डारीले नटआउट ४१, राजेश पुलामीले ३० र आरिफ सेशले २८ रन बनाए ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अखिल क्रान्तिकारीकाे जीत

ललितपुर, फागुन १८ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी विजयी भएको छ । निर्वाचनको सभापतिमा माओवादी केन्द्र निकट क्रान्तिकारीका रोशन थापामगर निर्वाचित भएका हुन् । सभापती थापामगरले अनेरास्ववियुका सुदीप चालिसेलाई ६२ मतले हराएका छन् । थापामगरको पक्षमा ६९७ र चालिसेको पक्षमा ४३५ मत परेको छ । सचिवमा अनेरास्ववियुका ओम अधिकारीले ६३४ मत ल्याएर अखिल क्रान्तिकारीका प्रशान्त दाहाललाई हराएका छन् । कोषाध्यक्षमा प्रतिक न्यौपानेले ५४४ मत ल्याएर निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा अनेरास्ववियुका प्रतिक न्यौपाने ६४७ मत ल्याएर विजयी भएका छन् । सात सदस्यहरुमा अदिती गजुरेल (अखिल क्रान्तिकारी), नविन न्यौपाने (अखिल क्रान्तिकारी), अस्मिता महरा (अखिल क्रान्तिकारी), सिर्जना भुसाल (अनेरास्ववियु), अर्जुन खतिवडा (अनेरास्ववियु), रमेश जोशी (अनेरास्ववियु), दिपक सापकोटा (नेविसंघ) निर्वाचित भएका छन् ।

सुस्तमनस्थिति भएकी बालिकाको बलात्कार गरेको आरोपमा पक्राउ

दमौली, फागुन १८ । तनहुँको थप्रेक–८ भ्यागुतेकी एक १३ वर्षीया सुस्तःमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले एक व्यक्तिलाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्याम्घा–१ निवासी ५२ वर्षीय अली महम्मद मिया रहेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरीनायब निरीक्षक मनोज पाण्डेले बताए । पाहुना बनेर आएका मियाले ती बालिकालाई ललाईफकाई गरी सोमबार राति साढे १ बजे बलात्कार गरेको प्रहरीले जनाएको छ । राति एक्कासि बालिका चिच्याएपछि ठूली आमाले देखेर हल्लाखल्ला गरेकी थिइन् । स्थानीयवासीको सहयोगमा तत्कालै घटनास्थल पुगेको प्रहरीको टोलीले थप्रेकबाटै मियालाई नियन्त्रणमा लिएको प्रनानि पाण्डेले बताए । बालिकाको स्वास्थ्य परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ । मियाविरुद्ध मङ्गलबार नै जवर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उम्मेदवारले दुई भन्दा बढी मोटरसाइकल प्रयोग गर्न नपाउने

काठमाडौं, फागुन १८ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता लागु गरेको छ । यो आचारसंहिता, राजनीतिक, दल, कर्मचारी, गैरसरकारी संस्था, सुरक्षा निकाय, आमसञ्चारमाध्यमलगायत सबैलाई लागु हुने आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता २०७२ लाई नै स्थानीय तहको निर्वाचनको आचारसंहिताका रुपमा लागु गर्ने जनाएको छ । निर्वाचन आचारसंहिता २०७२मा उल्लेख भएका विषय बाहेक स्थानीय तहको निर्वाचन २०७३ मा आयोगले सवारी साधनसम्बन्धी आचारसंहिता थप गरेको छ । कसले कति गाडी प्रयोग गर्न पाउँछन् त ? आयोगले सार्वजनिक गरेको स्थानीय तहको निर्वाचन २०७३ मा उल्लेख भएअनुसार, उम्मेदवारले दुईभन्दा बढी मोटरसाइकलको प्रयोग चुनाव अभियानमा पाउने छैनन् । स्थानीय तहको निर्वाचन २०७३ को आचारसंहितामा उल्लेख छः (क) महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि बढीमा दुईवटा चारपाङ्ग्रे हलुका सवारी साधन र दुईवटा मोटर साइकल तथा वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चारपाङ्ग्रे हलुका सवारी साधन एउटा मोटर साइकल प्रयोग गर्न सक्ने, (ख) उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि बढीमा एउटा चारपाङ्ग्रे हलुका सवारी साधन र दुईवटा मोटर साइकल प्रयोग गर्न सक्ने, तर त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा दुईवटा घोडा प्रयोग गर्न सक्ने । (ग) एउटा उम्मेदवारको नाममा स्वीकृत वा प्रयोग भएको सवारी साधन अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने । निर्वाचन आचारसंहिता २०७२ मा उल्लेख छ: (ख) सवारी साधन प्रयोग गर्दा पालन गर्नु पर्ने आचरण ः (१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि एक निर्वाचन क्षेत्रमा बढीमा दुईवटा चारपांग्रे हलुका सवारी साधन वा त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने, (२) निर्वाचन प्रचार प्रसारको लागि राजनीतिक दलले आफ्नोतर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्नेछ । आयोगले अनुमति दिएका मुख्य प्रचारकलेमात्र हेलिकोप्टर प्रयोग गर्ने र हेलिकोप्टर प्रयोग गर्दा लागेको खर्चको विवरण सम्बन्धित राजनीतिक दलले पेश गर्ने निर्वाचन खर्चमा समावेश गर्ने गरी निर्वाचन प्रचार प्रसार गर्न पाउने, (३) एउटा उम्मेदवार वा राजनीतिक दलको नाममा स्वीकृत वा प्रयोग गरेको सवारी साधन अन्य उम्मेदवार वा राजनीतिक दलले प्रयोग गर्न वा गराउन नहुने, (४) राजनीतिक दलले निर्वाचन अधिकृतको अनुमति लिई एउटा जिल्लामा बढीमा दुईवटा चारपांग्रे हलुका सवारी साधन वा त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्नसक्ने, (५) स्थानीय निकायको कुनै पदको निर्वाचनको प्रचार प्रसारको लागि उम्मेदवार वा राजनीतिक दलले आयोगले तोकेको सङ्ख्या र प्रकारका सवारी साधनकोमात्र प्रयोग गर्नुपर्ने ।

१३ वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ

दमौली, फागुन १८ । तनहुँको थप्रेक–८ भ्यागुतेकी एक १३ वर्षीया सुस्तःमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले एक व्यक्तिलाई मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्याम्घा–१ निवासी ५२ वर्षीय अली महम्मद मिया रहेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरीनायब निरीक्षक मनोज पाण्डेले बताउनुभयो । पाहुना बनेर आएका मियाले ती बालिकालाई ललाईफकाई गरी सोमबार राति साढे १ बजे बलात्कार गरेको प्रहरीले जनाएको छ । राति एक्कासि बालिका चिच्याएपछि ठूली आमाले देखेर हल्लाखल्ला गरेकी थिइन् । स्थानीयवासीको सहयोगमा तत्कालै घटनास्थल पुगेको प्रहरीको टोलीले थप्रेकबाटै मियालाई नियन्त्रणमा लिएको प्रनानि पाण्डेले बताउनुभयो । बालिकाको स्वास्थ्य परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ । मियाविरुद्ध मङ्गलबार नै जवर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस

प्रधानमन्त्री प्रचण्डको राष्ट्रका नाममा सम्बोधन (हेर्नुस् लाइभ भिडियो)

काठमाडौं,फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा सम्बोधन सुरु गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सुरु भएको सम्बोधनको हेर्नुस् लाइभ भिडियो ।

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । मंगलबार साँझ ५ बजे सिंहदरबारबाट प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । पछिल्लो राजनीति अवस्था, राजनीतिक गतिरोधबारे सरकारले चालेको भूमिका, स्थानीय निकायको निर्वाचन लगायतका विषयमा विशेष पत्रकार सम्मेलन मार्फद सम्बोधन गर्न लागेका हुन् ।

प्रतिबन्धित भारुको समस्या समाधान गर्न रिजर्भ बैंकको टोली आज नेपाल आउँदै

काठमाडौं, फागुन १७ । प्रतिबन्धित ५ सय र हजार दरका भारु नोट साट्ने विषयमा छलफल गर्न भारतीय टोली मंगलबार (आज) नेपाल आउने भएको छ। रिजर्भ बैंक अफ इन्डियाको उक्त टोलीले नेपाल राष्ट्र बैंकका उच्च अधिकारीलाई भेटेर प्रतिबन्धित भारूको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ । भारतको उक्त टोलीले नेपालमा रहेका प्रतिबन्धित नोटको व्यवस्थापन कसरी गर्ने भन्नेमा छलफल गर्ने र निष्कर्षमा पुग्ने बताइएको छ। यो खबर आजको नागरिकमा छ ।

१० हजार नेपालीलाई कोरिया जाने कोटा खुल्यो

काठमाडौं, फागुन १७ । इपीएस अन्तर्गत तीन महिनापछि हुने भाषा परिक्षाबाट १० हजार नेपालीलाई रोजगारीका लागि छनोट गर्ने भएको छ। आगामी जेठमा सञ्चालन गरिने आठौं भाषा परीक्षामार्फत उत्कृष्ट भएका १० हजार युवायुवतीलाई कोरियाले रोजगारीका लागि छनोट गर्ने भएको हो । भाषा परिक्षा पास गर्ने कामदारको माग सन् २०१७ को अन्त्यबाट सुरु हुने जनाइएको छ । यो संख्या गत बर्षको तुलनामा तेब्बर हो । गत बर्षको भाषा परिक्षामा सामेल भएका ६० हजारमध्ये ३ हजार ५ लाई मात्र रोजगारीका लागि छनोट गरेकोमा यो पटक भाषा परिक्षामा सो संख्या भन्दा तीन गुणा बढी कामदार लैजाने कोरियाको योजना छ । कोरियाले सन् २०१८ मा ईपिएस भाषा परीक्षामा ६ हजार दुई सय कृषि क्षेत्रका लागि र चार हजार उत्पादनमुलक क्षेत्रमा लैजाने गरी परीक्षा लिनेछ। भाषा परीक्षामा पास हुने सन् २०१८ मा कोरिया जाने ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए । यसका लागि अब फागुन २४ गते सूचना प्रकाशन हुनेछ। परीक्षमा सामेल हुनेले अनलाइन प्रणालीबाटै फारम भर्न पाउने छन्। फारम भने चैत ९ देखि १८ गतेसम्म भर्न पाउने खतिवडाले बताए। अनलाइन फारम भर्ने व्यवस्थाले रातभर लाइन बस्नु समस्याको पनि समाधान हुने उनको भनाइ छ। परीक्षा भने जेठको अन्तिम सातामा हुने ईपीएस शाखाले जनाएको छ। फारम भर्नका लागि तोकिएको बैंकमा आवेदन शुल्क बुझाएको कोड राखेपछि मात्रै अनलाइन फारम समायोजन गर्न पाइने उनले बताए। मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य चाहिने शाखाले जनाएको छ। फेरी दोस्रो पल्ट धेरै संख्यामा कामदार लाने तयारी भएको हो। यसअघि सन् २०११ मा करिब ११ हजार भन्दा नेपाली कामदार कोरिया पुगेको थिए। शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी गतवर्ष नै अनलाइन प्रणाली विकास गरेको हो। गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए। यो खबर आजको कारोबारमा छ ।

मिर्गौलापीडित रानालाई उपचारमा समस्या

पाल्पा, फागुन १६ । आठ महिनाको बालक काखमा च्यापेर दुवै मिर्गौलापीडित २६ वर्षीेया खुमीसरा रानाले उपचारमा सहयोग गर्न सबैसँग सहयोगको याचना गरेको छ । सिलुवा गाविस–४ मनहरी, पाल्पा बस्ने रानालाई दुवै मिर्गौलाले काम नगरेपछि उपचारमा समस्या परेको छ । मिर्गौला प्रत्यारोपण गर्नका लागि ठूलो रकम लाग्ने अस्पतालले बताएपछि उहाँलाई उपचारमा समस्या परेको हो । मिर्गौलापीडित राना र उहाँका श्रीमान् रामपुर नगरपालिका–७ मा सञ्चालित कालिका चाउचाउ उद्योगमा मजदुरी गर्दै आएको छ । डेढ महिनादेखि मिर्गौला रोगको उपचार गराइरहेकी रानालाई अस्पतालले रु १० लाख जति रकम लाग्ने बताएपछि उहाँको परिवार चिन्तामा रहेको छ । बुटवलको गौतम बुद्ध र काठमाडौँको किस्ट अस्पतालमा उपचार गर्दा अहिलेसम्म रु दुई लाख रकम खर्च भइसकेको उहाँका भाइ छवि राईले बताए ।

चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ सम्झौता चाँडै हुने

काठमाडाैं, फागुन १६ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपाल सहभागी हुने सम्बन्धमा चाँडै नयाँ समझदारीपत्रमा हस्ताक्षर हुने बताएका छन् । नेपाल भ्रमणमा रहेको वान बेल्ट वान रोड (ओबीओआर) अन्तर्राष्ट्रिय प्लेटफर्मको ४१ सदस्यीय टोलीसँग आइतबार भएको भेटमा प्रधानमन्त्री दाहालले यो जानकारी दिएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दाहालले नेपालको भौतिक पूर्वाधार विकासमा ‘वान बेल्ट वान रोड’ अवधारणा निकै महत्वपूर्ण रहेको चिनियाँ टोलीसँग बताएका थिए । ‘चीनसँग चाँडै नयाँ समझदारीपत्रमा हस्ताक्षर गरेर हामी वान बेल्ट वान रोड अवधारणाको अंग बन्न चाहन्छौं’, दाहालले भने । उनले विगतमा चीनसँग उक्त अवधारणामा नेपाल सहभागी हुने गरी सैद्धान्तिक खाका समझदारीपत्रमा हस्ताक्षर भइसकेको पनि स्मरण गरे । भेटका अवसरमा चिनियाँ टोलीले ‘वान बेल्ट वान रोड’ अवधारणामार्फत नेपाल र एसिया क्षेत्रमा पूर्वाधार निर्माण, कृषि, ऊर्जा र पर्यटनका क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको बताएको थियो। चीनले नेपाललाई एसियाली मुलुकमध्ये उच्च महत्व राखेको टोलीले बताएको थियो ।परराष्ट्र मन्त्रालयले ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपाल सहभागी हुन तयार रहेको जनाउँदै दुई साताअघि चीनलाई पत्र लेखेको थियो। चीनले गत सेप्टेम्बरमा ओबीओआरमा नेपालको सहभागितासम्बन्धी समझदारीपत्रमा हस्ताक्षरका लागि आग्रह गर्दै पत्र लेखेको भए पनि सरकारले कुनै प्रतिक्रिया नदिँदा चीन रुष्ट बनेको थियो । चिनियाँ अवधारणामा पूर्ण रूपमा सहभागी हुन चीनले प्रस्ताव गरेको ‘वान बेल्ट वान रोड’ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । नेपाल वान बेल्ट वाड रोड अवधारणामा सहभागी भयो भने चीनले नेपालमा सडक र रेल सञ्जाल निर्माण, बन्दरगाह, विद्युतीय प्रसारण लाइन निर्माणलगायतमा अर्बौंको आर्थिक सहयोग उपलब्ध गराउनेछ । यसका लागि चीनले सिल्क रोड फन्ड, चिनियाँ लगानीमा खुलेको एसियन इन्भेस्टमेन्ट इन्फ्रास्ट्रक्चर बैंकमार्फत नेपाललाई ऋण तथा अनुदान सहयोग उपलब्ध गराउनेछ । सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘वान बेल्ट वान रोड’ अवधारणा घोषणा गरेका थिए । उक्त अवधारणामा हालसम्म विश्वका ४० देशले सहभागिताका लागि समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् भने अन्य ६० देशले सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन् । चीन एसिया, युरोप र अफ्रिकाका विभिन्न मुलुकबीच जमिन, हवाई तथा समुद्री मार्गबाट एकआपसमा जोडिएर भौतिक रेल, सडक पूर्वाधार सञ्जाल, बन्दरगाह, अन्तर्देशीय विद्युतीय ट्रान्समिसन लाइन निर्माण गर्ने र आर्थिक विकास गर्नु अवधारणाको मुख्य ध्येय हो । यसका लागि चीनले अर्बौं डलरको ऋण तथा अनुदान सहयोग बेल्ट एन्ड रोड अवधारणामा सहभागी हुने मुलुकलाई उपलब्ध गराउनेछ । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

ट्याक्टरबाट लडेर एकको मृत्यु

लहान, फागुन १५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको बडहरामाल– ५ मा ट्याक्टरबाट लडेर आज एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा सिरहा मल्हनिया खोरी पिडारी– २ का नीतकुमार कापर रहेका छन् । स १ त १८१६ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिरहाको कर्जनास्थित अस्पतालमा आज बिहान ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।