दाहालको प्रश्न, कानुनी प्रक्रिया पूरा गरेर हतियार राख्न पनि पाईदैन ?

काठमाडौं, चैत ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव प्रकाश दाहालले आफूले कानुनी प्रक्रिया पूरा गरेर हतियार राखेको विषयलाईलाई अतिरञ्जित गरिएकोमा असन्तुष्टि जनाएका छन् ।

आफूले हतियार राखेको बारेमा केही मिडियामा आएका समाचारप्रति संकेत गर्दै दाहालले शुक्रबार लेखेका छन् -सरकारले उल्लेख गरेको नियम र कानुनको अधिनमा रही प्रक्रियासंगत रुपमा हतियार राखेको हो । यसमा अनावश्यक भ्रम फैलाउनु आवश्यक नभएको उनले बताएका छन् ।
‘निश्चित कानुनी प्रक्रिया पूरा गरेर हतियार राख्न पाउने अधिकार नेपालको कानुनले सबैलाई सुरक्षित गरेको छ । त्यही कानुनी प्रक्रिया पूरा गरेर मैले पनि बाइस बोर लिएको कुरा साँचो हो । तर नेपालको कानुनअनुसार प्रक्रिायासंगत रुपमा हतियार राखेको कुरालाई अतिरञ्नित गर्न आवश्यक छैन,’ स्वकीय सचिव दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

दाहालले आफूले कानुनी प्रक्रिया पूरा गरेरै २२ बोरको राइफल राखेको बताएका छन्। उनलेव्यक्तिगत सुरक्षामा चुनौती र जोखिम रहेको भन्दै काठमाडौं जिल्ला प्रशासनबाट अनुमति लिएर हतियार राखेको स्वीकारेका छन्।

उनले नेपाल सरकारले बनाएको नियमलाई मानेर हतियार खरिद गरिएको र उक्त हतियार जम्मा १ लाख पचास हजारको भएको बताएका छन् ।

आफूले किनेको २२ बोरको बन्दूक एक लाख ५० हजार रुपैयाँ मूल्यको भएको उनले दाबी गरेका छन्। ‘मैले लिएको बाइस बोर १५ लाखको होइन, सरकारलाई तिरेको राजस्वसहित एक लाख पचास हजार रुपैयाँ बराबरको हो ।’ यसबारे गरिएका गलत प्रचारबाट मुक्त हुन म सम्पुर्ण शुभचिन्तकहरुमा आग्रह गर्दछु शुक्रबार फेसबुक पेजमार्फत् उनले भनेका छन्।

हो मैले बाइस बोर लिएको कुरा साँचो होु, उनले भनेका छन्। गृह मन्त्रालयको सिफारिशमा आफूले २२ बोरको बन्दूक र २ सय गोली राख्ने अनुमति लिएको उनले बताएका छन् ।
दाहालले गत वर्षको पुषमा आफूलाई सुरक्षा खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हतियारका लागि निवेदन दिएका थिए।

डेढ वर्षअघि दिएको निवेदनमा सुनुवाई गर्दै फागुन २६ गते जिल्ला प्रशासनले उनलाई राइफल राख्ने अनुमति दिएको थियो।

लाइभः ज्ञानेन्द्र र दीपेन्द्रबीच ४८ रनको साझेदारी

काठमाडौं, फागुन ३० । आइसिसी विश्व क्रिकेट च्याम्पियनशीप लीग अन्तर्गत केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याएर व्याटिङमा उत्रिएको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच ४८ रनको साझेदारी भएको छ । केन्याविरुद्ध जवाफी व्याटिङमा रहेको नेपालले १३ ओभरको खेल जारी रहँदा ६३ रन बनाइसकेको छ । नेपालले ओपनर सुनिल धमला र सागर पुनलाई सस्तैमा गुमाएपछि केही दबाबमा देखिएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले पारी सम्हालिरहेका छन् । कप्तान ज्ञानेन्द्र ३२ रन बनाइ खेलिरहेका छन् । दीपेन्द्र २५ रन बनाइ खेलिरहेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा टस हारेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ४६ दशमलब एक बलमा अक आउट भएर १५५ रन बनायो । नेपालका लागि शरद भेष्वाकरले ४ विकेट लिए ।

लाइभः दश ओभरमा नेपालको ५१ रन, दुई विकेट

काठमाडौं, फागुन ३० । आइसिसी विश्व क्रिकेट लीग अन्तर्गत केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याएर व्याटिङमा उत्रिएको नेपालले दुई किेट क्षतिमा ५१ रन बनाएको छ । लगातार दुई विकेट गुमाएपछि दबाबमा देखिएको नेपालका लागि कप्तान ज्ञानेन्द् मल्ल र दीपेन्द्रसिंह ऐरीले पारी सम्हालिरहेका छन् । कप्तान ज्ञानेन्द्र २६ रन बनाइ खेलिरहेका छन् । दीपेन्द्र १४ रन बनाइ खेलिरहेका छन् । दोस्रो ओभरको दोस्रो बलमा ओपनर सुनिल धमला शून्य रनमा आउट भएका छन् । नेपालले व्याटिङ सुरु गरेको छ । आज पनि नेपालका लागि ओपनिङमा कप्तान ज्ञानेन्द्र मल्ल र सुनिल धमला छन् । केन्याले दिएको १५६ रनको चुनौति नेपालले पछ्याइरहेको हो । त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा टस हारेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ४६ दशमलब एक बलमा अक आउट भएर १५५ रन बनायो । नेपालका लागि शरद भेष्वाकरले ४ विकेट लिए ।

लाइभः आठ ओभरमा नेपाल, दुई विकेट ४१ रन

काठमाडौं, फागुन ३० । आइसिसी विश्व क्रिकेट लीग अन्तर्गत केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याएर व्याटिङमा उत्रिएको नेपाल दुई विकेट गुमाएर ४१ रन बनाइ खेलिरहेको छ । लगातार दुई विकेट गुमाएपछि दबाबमा देखिएको नेपालका लागि कप्तान ज्ञानेन्द् मल्ल र दीपेन्द्रसिंह ऐरीले पारी सम्हालिरहेका छन् । कप्तान ज्ञानेन्द्र २६ रन बनाइ खेलिरहेका छन् । दीपेन्द्र ९ रन बनाइ खेलिरहेका छन् । दोस्रो ओभरको दोस्रो बलमा ओपनर सुनिल धमला शून्य रनमा आउट भएका छन् । नेपालले व्याटिङ सुरु गरेको छ । आज पनि नेपालका लागि ओपनिङमा कप्तान ज्ञानेन्द्र मल्ल र सुनिल धमला छन् । केन्याले दिएको १५६ रनको चुनौति नेपालले पछ्याइरहेको हो । त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा टस हारेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ४६ दशमलब एक बलमा अक आउट भएर १५५ रन बनायो । नेपालका लागि शरद भेष्वाकरले ४ विकेट लिए ।

लाइभः नेपालको जवाफी व्याटिङ सुरु, पहिलो अोभरमा ४ रन

काठमाडौं, फागुन ३० । आइसिसी विश्व क्रिकेट लीग अन्तर्गत केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याउन नेपालले व्याटिङ सुरु गरेको छ । आज पनि नेपालका लागि ओपनिङमा कप्तान ज्ञानेन्द्र मल्ल र सुनिल धमला छन् । केन्याले दिएको १५६ रनको चुनौति नेपालले पछ्याइरहेको हो । त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा टस हारेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ४६ दशमलब एक बलमा अक आउट भएर १५५ रन बनायो । नेपालका लागि शरद भेष्वाकरले ४ विकेट लिए ।

लाइभः बसन्तले लिए केन्याक‍ा कप्तानको विकेट

काठमाडौं, फागुन ३० । आइसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत केन्यासँग भइरहेको खेलमा केन्याले ५ विकेट गुमाएर १२५ रन बनाएको छ । त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस हारेर व्याटिङ गरिरहेको केन्या ३६ ओभरको खेल  बलिङ रोजेको नेपालले उत्कृष्ट बलिङ जारी राखेको छ । सन्दीप लामिछानेले पहिलो ओभर बलिङ गरेर जम्मा दुई रन दिएका छन् । संदीलेपले बिहिबार केन्यासँगकै खेलमा दुई विकेट लिएका थिए । नेपालका अर्का बलर मेहबुब आलमले ७ ओभर बलिङ गरेर केन्याको दुई विकेट लिएका छन् । उनले पाँच ओभरमा कुनै पनि रन दिएनन् । जम्मा सात ओभरमा उनले जम्मा ११ रन मात्रै दिए । यस्तै सागर पुनले पनि कसिलो बलिङ गरेका छन् । पाँच ओभर बलिङ गरेका सागरले जम्मा १२ रन दिएका छन् । जारी १९ ओभरको खेल चलिरहँदा केन्याले दुई विकेट गुमाएर ४४ रन जोडेको छ । नेपालका लागि मेहबुब आलमले केन्याको दुबै विकेट लिएका हुन् ।

ट्रेन्डीङको पहिलो नम्बरमा भद्रगोल

काठमाडौं, फागुन ३० । हाँस्य टेलिश्रृंखला भद्रगोल युट्युब ट्रेन्डीङको पहिलो नम्बरमा बसेको छ । अपलोड भएको १ दिनमा नै ट्रेन्डीङमा बसेको होली विशेष भद्रगोल २ दिनमा ५ लाखभन्दा बढी पटक हेरीएको छ । केहि समय बन्द भएर फेरी प्रसारणमा आएको भद्रगोलका अधिकाँस भाग ट्रेन्डीङमा बस्न थालेका छन् । होली विशेष कथामा आधारीत पछिल्लो भाग भने अझै बढी लोकप्रीय बनेको हो ।

लाइभ: शरदले लिए केन्याको अर्को विकेट

काठमाडौं, फागुन ३० । आइसिसी विश्व क्रिकेट च्याम्पियनशीप लीग अन्तर्गत नेपाल र केन्याबीच भइरहेको खेलमा केन्याको चौथाे विकेट पतन भएको छ । नेपालका शरद भेषवाकरले केन्याका इरफान अल करिमको विकेट लिएका हुन् । चार विकेट गुमाएर केन्याले १०९ रन बनाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा टस हारेर व्याटिङको निम्तो पाएको केन्याले ३१ ओभरमा १०९ रन बनाएको छ । यसअघि लामो समय क्रिजमा रहेका अबाेयाको संदीपले विकेट लिएका थिए । केन्याको लामो साझेदारी गरेको दुईजना को विकेट पतन भएसँगै नेपाली बलर केन्यामाथि थप हाबी हुन थालेका छन् । नेपालका लागि मेहबुब आलमले केन्यालाई जम्मा ११ दिएर दुई विकेट लिएका छन् । उनको बलिङमा पाँच मेडन ओभर थियो । यस्तै सागर पुनले ६ आभेर बलिङ गरेर १६ रन दिएका छन् ।

लाइभः सन्दीपले लिए केन्याको विकेट

काठमाडौं, फागुन ३० । आइसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत केन्यासँग भइरहेको खेलमा सन्दीप लामिछानेले केन्याको तेस्रो विकेट लिएका छन् । तीन अोभर बलिङ गरेका संदीपले कोलिन्स अोमन्दी अोबुयाको विकेट लिएका हुन् । संदीपले ४८ रन बनाइरहेका उनको विकेट लिएर सबैभन्दा लामो केन्याली ब्याट्सम्यानको साझेदारी तोडेका छन् । त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट बलिङ जारी राखेको छ । संदीलेपले बिहिबार केन्यासँगकै खेलमा दुई विकेट लिएका थिए । नेपालका अर्का बलर मेहबुब आलमले ७ ओभर बलिङ गरेर केन्याको दुई विकेट लिएका छन् । उनले पाँच ओभरमा कुनै पनि रन दिएनन् । जम्मा सात ओभरमा उनले जम्मा ११ रन मात्रै दिए । यस्तै सागर पुनले पनि कसिलो बलिङ गरेका छन् । पाँच ओभर बलिङ गरेका सागरले जम्मा १२ रन दिएका छन् । जारी १९ ओभरको खेल चलिरहँदा केन्याले दुई विकेट गुमाएर ४४ रन जोडेको छ । नेपालका लागि मेहबुब आलमले केन्याको दुबै विकेट लिएका हुन् ।

११ तोपको सलामीसहित आज गौतमको अन्त्येष्टि

कञ्चनपुर, फागुन २९ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट गत बिहीबार मृत्यु भएका पुनर्बासका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । उनलाई ११ तोपको सलामी दिने निर्णय भएको छ । सरकारले राष्ट्रिय सम्मान दिने भएपछि उनको अन्त्येष्टि आइतबार गर्ने स्थानीयले जनाएका छन् । उनलाई सहिद घोषणा गर्दै सरकारले ११ तोपको सलामी दिने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए । राष्ट्रिय सम्मानको विषयमा सरकारले निर्णय नगर्दा शनिबार गरिने भनिएको अन्त्येष्टि स्थानीयले स्थगित गरेका थिए । गत बिहीबार सीमानजिक बनाइएको कल्भर्ट विवादमा भारतीय फौजले गोली चलाउँदा उनको मृत्यु भएको थियो । उनको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ । आइतबार बिहान ८ बजेबाट शवयात्रा गरिने स्थानीयले जनाएका छन् । पुनर्बासका स्थानीय राजनीतिक दल, नागरिक समाजले राजकीय अन्त्येष्टि हुनुपर्ने माग गरेर शव बुझेका थिएनन् । उनीहरूले अत्येष्टिका लागि प्रधानमन्त्री, गृहमन्त्री या मन्त्री आउनुपर्ने र राष्ट्रियताको विषय भएकाले राहत रकमसमेत बढाउनुपर्ने माग गरेको स्थानीय लक्ष्मण कुमालले बताए । कुमालका अनुसार गौतमको पोस्टमार्टम भइसकेको छ । शवयात्रा दोधा नदीमा पुगेर टुंगिनेछ । सोही नदी–किनारमा सरकारी सम्मानका साथ उनको अन्त्येष्टि गरिने स्थानीय प्रशासनले जनाएको छ । सामान्य बन्दै पुनर्बास : बिहीबार र शुक्रबार अशान्त रहेको पुनर्बास क्षेत्र शनिबार तुलनात्मक शान्त बनेको छ । नेपाली सुरक्षाकर्मीले घटनास्थलभन्दा तीन सय मिटर वरसम्म मात्र जान दिएको छ । शनिबार तीन सय मिटर वरै प्रदर्शन भएपछि झडपको सम्भावना टरेको हो । घटनाको विरोधमा शनिबार पनि महेन्द्रनगरमा विप्लव नेतृत्वको नेकपाले प्रदर्शन गरेको छ । प्रदर्शनमा ठूलो संख्यामा स्थानीयको सहभागिता थियो । गौतमका नाममा गेट बनाउन माग : पुनर्बासका स्थानीय राजनीतिक दलले गोविन्द गौतमको नाममा पुनर्बासनजिकको नेपाल–भारत सीमा क्षेत्र कारगिल डाँडामा गेट बनाउन माग गरेका छन् । शनिबार पुनर्बासका सर्वदलीय राजनीतिक दलको बैठकले गेट बनाउनुपर्ने माग अघि सारेका हुन् । नेकपा पुनर्बासका नेता वीरबहादुर थापाले स्थानीय राजनीतिक दलबीच गौतमको सम्झनामा गेट निर्माण, सालिक र उनको नामबाट गाउँको नाम राख्ने सहमति भएको बताए । थापाका अनुसार बैठकले सरकारले घोषणा गरेको राहत १० लाखलाई स्विकार्दै राहत बढाउन माग गर्ने निर्णय गरेको छ । गौतमकी पत्नी गोमतीलाई पुनर्बास नगरपालिका कार्यालयमा जागिर दिनसमेत सबै दल सहमत भएका छन् । ‘मृतक गोविन्दकी श्रीमती गोमतीलाई योग्यताका आधारमा नगरपालिकामा रोजगार दिलाइन्छ,’ उनले भने, ‘मृतक परिवारको दैनिक गुजारा सञ्चालनमा सजिलोका लागि स्थानीय तहमा रोजगार उपलब्ध गराइएको हो ।’ पुनर्बासका राजनीतिक दलले सो क्षेत्रमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा क्याम्प स्थापना गर्नसमेत माग गरेका छन् । यसअघि पनि पटक–पटक सरकारसँग सीमा सुरक्षाका लागि क्याम्पको माग गर्दै आए पनि पूरा नभएको थापाले बताए । यो खबर आजको नयाँ पत्रिकामा छ ।

हलेसीमा दर्शन गर्न आएका एक विदेशीको मृत्यु

खोटाङ, फागुन २९ । प्रशिद्ध हलेसीमा दर्शन गर्न आएका एक भुटानी बौद्धमार्गीको मृत्यु भएको छ । दर्शन गरेर फर्कन लागेका भुटान थिम्पुका साङ्गे छिरिङको शुक्रबार राति मृत्यु भएको व । शनिबारको बन्दका कारण राति नै फर्कन बसमा चढेको केही समयलगत्तै छिरिङको मृत्यु भएको प्रहरीले जनाएको छ । हृदयघातका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाउने समेत प्रहरीले जानकारी दिएको छ । हलेसी दर्शनका लागि शुक्रबार बिहान एक सय पाँच जना भुटानी बौद्धमार्गी आएका थिए । यो खबर आजको कान्तिपुरमा छ  ।

केन्याको चाैथाे विकेट पतन

काठमाडौं, फागुन २८ । आइसीसी वलर्ड क्रिकेट लीग च्याम्पियनशीपमा केन्याको चाैथाे विकेट पतन भएकाे छ । वर्षाका कारण खेल भइरहँदा बीचमै खेल रोकिएपछि डकविथ लुइस नियम अनुसार केन्याले १०४ रनको लक्ष्य पछ्याइँरहँदा सुरुवाती चार विकेट गुमाएको हो । शनिबार त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस हारेर व्याटिङ पाएको नेपालले निर्धारित ३८ ओभरमा झारिएको खेलमा ११२ रन बनाएको थियो । तर फेरि वर्षा भएपछि २९ ओभरमा घटाइएको थियो । नेपालका बसन्त रेग्मीले १, सागर पुनले २ र सन्दिप लामिछानेले १ विकेट लिएका हुन् ।  १६ ओभरको खेल जारी भइरहँदा केन्या ४ विकेट गुमाएर ६५ रन बनाइ खेलिरहेको छ ।

के भन्छन् कप्तान पारस आजको खेल बारे ? (भिडियो)

कप्तान पारस खडका शारीरिकरुपमा खेल्न सक्षम छन कि छैनन् ? हालैमात्र अप्रेसन गरेका कप्तानको स्वास्थ्य अवस्थाले खेल प्रभावित होला कि नहोला ? के छ नेपालको तयारी ? आजको खेलको पूर्वसन्ध्यामा अधिकांश खेलप्रेमीहरुको मनमा प्रश्न उब्जेको छ । के भन्छन् त कप्तान पारस, हेर्नुस् यो भिडियोमा ।

केन्यासँग हारको बदला लिन यसरी अभ्यास गर्यो नेपाली टीमले (भिडियो)

आज केन्या र नेपालबीच कीर्तिपुरस्थित खेल मैदानमा निकै महत्वपूर्ण प्रतियोगिता हुँदैछ । नेपाली टोलीले यो खेलका लागि विगत एक महिनादेखि निरन्तर अभ्यास गर्दै आएको छ । कस्तो तयारी छ त नेपालको ? के नेपाल विश्वकप क्रिकेट खेल्ने सिंढी चढ्न सफल होला त ? हेर्नुस् हिजो शुक्रबार नेपाली टोलीको अभ्यास खेल यो भिडियोमा

स्थानीय तहमा संवैधानिक प्रश्न

काठमाडौं, फागुन २६ । स्थानीय तहको सिमाना र संख्या निर्धारण गर्ने आयोग र त्यसलाई फेरबदल गर्ने सरकारी निर्णयमाथि संवैधानिक प्रश्न उठेको छ । आयोगले अपूरो प्रतिवेदन दिन नमिल्ने र सरकारले त्यसलाई फेरबदल गर्न नसक्ने संवैधानिक प्रावधान भएको कानुनविद्हरूको भनाइ छ । संविधानको धारा २९५ को उपधारा ३ अनुसार स्थानीय तह पुनर्संरचना आयोग गठन भएको हो । सो धारामा स्पष्ट भनिएको छ, ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्नका लागि नेपाल सरकारले एक आयोग गठन गर्नेछ । त्यस्तो आयोगले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमानाको निर्धारण नेपाल सरकारले निर्धारण गरेको मापदण्डबमोजिम गर्नुपर्नेछ ।’ विशेष, संरक्षित वा स्वायत्त क्षेत्रसमेत निर्धारण गर्नुपर्नेमा आयोगले गाउँपालिका र नगरपालिकाको मात्र संख्या र सिमाना निर्धारण गरेकाले प्रतिवेदन अपूरो भएको आयोगकै सदस्य सुनीलरञ्जन सिंहको भनाइ छ । ‘गाउँ र नगरपालिकाको सीमा र संख्या निर्धारण गरिएको छ, तर विशेष र संरक्षित क्षेत्र के हो र कहाँ छ भन्ने आयोगलाई नै थाहा छैन, त्यसैले संविधानले दिएको काम आयोगले पूरा नै गरेको छैन,’ उनले नयाँ पत्रिकासित भने । सीमा र संख्या आफैँ निर्धारण गर्ने संवैधानिक दायित्व आयोगको भए पनि सरकारले त्यसलाई सिफारिसका रूपमा लिएर हेरफेर गरेकोमा अर्का कानुनविद् दीपेन्द्र झाले आपत्ति जनाएका छन् । ‘आयोगको प्रतिवेदन अन्तिम निर्णयका रूपमा कार्यान्वयन गर्नुपर्नेमा सरकारले सिफारिस मात्र मानेको छ, हेरफेर गर्ने अधिकार सरकारलाई संविधानले दिएको छैन,’ उनले भने । आयोगले दिएको अपूरो प्रतिवेदन असंवैधानिक हुने दाबी गर्दै झाले दुई साताअघि सर्वोच्चमा रिट हाल्न खोजेका थिए । तर, अदालतले दरपीठ गरिदिएको थियो । प्रतिवेदन हेरफेर गरेर सरकारले असंवैधानिक काम गरेको भन्दै झा फेरि अदालत जाने तयारीमा छन् । आयोगको प्रतिवेदन सरकारले चलाएकोमा प्रश्न उठाउँदै अधिवक्ता चिरञ्जीवी रिजालले २३ फागुनमै सर्वोच्चमा रिट दायर गरेका छन् । सरकारी कदमलाई असंवैधानिक भन्दै आयोगका सदस्य सुनीलरञ्जन सिंहले पनि राजीनामा दिएका छन् । निर्वाचन आयोगले पायो स्थानीय तहको प्रतिवेदन स्थानीय तहको प्रतिवेदन निर्वाचन आयोगले प्राप्त गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ४४ वटा स्थानीय तह कायम भएको र सोहीअनुसार निर्वाचन कार्यक्रम अगाडि बढाउन आयोगलाई पत्रमार्फत जानकारी गराएको हो । स्थानीय तहको प्रतिवेदन राजपत्रमा प्रकाशित हुन बाँकी छ । त्यसैले स्थानीय विकास मन्त्रालयले प्रतिवेदनको ढड्डा र ‘इलेक्ट्रोनिक भर्सन’ आयोगलाई उपलब्ध गराएको हो । मन्त्रालयको पत्रपछि निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई प्रतिवेदनअनुसार काम अगाडि बढाउन निर्देशनसमेत दिएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले ६३ जिल्लाका स्थानीय तहको विवरण मात्र आयोगलाई प्राप्त भएको बताए । २ नम्बर प्रदेशका आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, पर्सा र रौतहट, ७ नम्बर प्रदेशको बझाङ, ४ नम्बर प्रदेशको मनाङ, ३ नम्बर प्रदेशको काठमाडौं र नुवाकोटको प्रतिवेदन निर्वाचन आयोगले पाएको छैन । २१ फागुनमा मन्त्रिपरिषद् बैठकले ती जिल्लामा २५ वटा स्थानीय तह थपेको वडा र नामांकनलगायतका काम सकिएको छैन । संवैधानिक व्यवस्था संविधानको धारा २९५ को उपधारा ३ अनुसार स्थानीय तह पुनर्संरचना आयोग गठन भएको हो । सो धारामा स्पष्ट भनिएको छ, ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्नका लागि नेपाल सरकारले एक आयोग गठन गर्नेछ । त्यस्तो आयोगले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमानाको निर्धारण नेपाल सरकारले निर्धारण गरेको मापदण्डबमोजिम गर्नुपर्नेछ ।’ प्रश्न १ : विशेष, संरक्षित वा स्वायत्त क्षेत्रसमेत निर्धारण गर्नुपर्नेमा आयोगले गाउँपालिका र नगरपालिकाको मात्र संख्या र सिमाना निर्धारण गरेकाले प्रतिवेदन अपूरो भएको आयोगकै सदस्य सुनीलरञ्जन सिंहको भनाइ छ । ‘गाउँ र नगरपालिकाको सीमा र संख्या निर्धारण गरिएको छ, तर विशेष र संरक्षित क्षेत्र के हो र कहाँ छ भन्ने आयोगलाई नै थाहा छैन, त्यसैले संविधानले दिएको काम आयोगले पूरा नै गरेको छैन,’ उनले नयाँ पत्रिकासित भने । प्रश्न २ : सीमा र संख्या आफैँ निर्धारण गर्ने संवैधानिक दायित्व आयोगको भए पनि सरकारले त्यसलाई सिफारिसका रूपमा लिएर हेरफेर गरेकोमा अर्का कानुनविद् दीपेन्द्र झाले आपत्ति जनाएका छन् । ‘आयोगको प्रतिवेदन अन्तिम निर्णयका रूपमा कार्यान्वयन गर्नुपर्नेमा सरकारले सिफारिस मात्र मानेको छ, हेरफेर गर्ने अधिकार सरकारलाई संविधानले दिएको छैन,’ उनले भने । आयोग सदस्य सिंहद्वारा राजीनामा स्थानीय तह पुनर्संरचना आयोगले ७१९ स्थानीय तह निर्धारण गरे पनि सरकारले बढाएर ७४४ बनाएपछि आयोगका सदस्य सुनीलरञ्जन सिंहले राजीनामा दिएका छन् । ‘संविधानले आयोगलाई गाउँ र नगरपालिकाको संख्या र सीमा निर्धारण गर्ने अधिकार दिएको छ, तर सरकारले आयोगको प्रतिवेदनलाई सिफारिस ठानेर संख्या फेरबदल गरेको छ, संविधानविपरीत काम भएकाले राजीनामा दिएको हुँ,’ सिंहले भने । यो खबर आजको नयाँ पत्रिकामा छ ।

उम्मेदवार छान्न माओवादीले बनायो यस्तो कार्यविधि

काठमाडौं, फागुन २५ ।  माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको उम्मेदवार छनोट कार्यविधि तय गरेको छ । गाउँपालिकाका वडा सदस्यदेखि महानगरपालिकाका प्रमुख–उपप्रमुखसम्मका उम्मेदवार छान्न माओवादी केन्द्रले कार्यविधि बनाएको हो । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमा सोसम्बन्धी कार्यविधि उल्लेख छ । ‘अध्यक्षले पेस गर्नुभएको निर्वाचन परिचालन समिति गठनदेखि उम्मेदवार छनोट गर्ने कार्यविधि पार्टीले बनाएको छ,’ माओवादी केन्द्रका हेडक्वार्टर सदस्य गिरिराजमणि पोखरेलले नया“ पत्रिकासँग भने, ‘अब त्यही प्रस्तावका आधारमा त्यसलाई अझै परिष्कृत गरेर निर्वाचन परिचालन समितिले काम गर्नेछ ।’ सरकारले ३१ वैशाखमा स्थानीय चुनावको मिति तय गरेको छ । निर्वाचनमा पार्टीलाई सम्पूर्ण रूपमा परिचालन गर्ने र उम्मेदवार छनोटका लागि अहिलेदेखि नै पार्टी कमिटी परिचालन गर्न सोअनुसारको तयारी थालेको हो । बन्यो निर्वाचन परिचालन समिति निर्वाचन परिचालनका लागि माओवादी केन्द्रले नेता देव गुरुङको नेतृत्वमा १३ सदस्यीय आन्तरिक कमिटी गठन गरेको छ । त्यस्तो समितिमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोपाल किराती, लीलामणि पोखरेल, मणि थापा, शक्ति बस्नेत, विश्वभक्त दुलाललगायत नेताहरू छन् । समितिले जिल्ला निर्वाचन परिचालन, उम्मेदवार छनोट मापदण्डसहितको कार्यविधिलगायत काम गर्नेछ । ‘हामी अब समितिको छिटै बैठक बसेर थप कार्यविधि बनाउनेछौँ,’ नेता पोखरेलले भने । के छ प्रचण्डको प्रस्तावमा ? प्रचण्डले सोमबारको पार्टी हेडक्वार्टर बैठकमा पेस गरेको प्रस्तावमा निर्वाचन परिचालन समितिले गर्ने कार्यविधिमा वडादेखि गाउँ, नगर र महानगरसम्मका उम्मेदवार छनोट के कसरी गर्ने भन्नेसम्मका प्रारम्भिक खाका समेटिएका छन् । निर्वाचन परिचालन समितिलाई प्रारम्भिक खाकामा थप परिष्कृत गरी कार्यविधि तय गर्न बैठकले निर्देशनसमेत दिएको छ । तीनजनाको नाम सिफारिस गर्न निर्देशन स्थानीय तहका जुनकुनै पदका उम्मेदवार छनोट गर्न सम्बन्धित सिफारिस गर्ने कमिटीले तीनजनासम्मको नाम आफूभन्दा माथिल्लो कमिटीमा पठाउनुपर्ने हुन्छ । त्यसरी सिफारिस भई आएका नामलाई सिफारिस गर्ने कमिटीभन्दा माथिल्लो कमिटीले अनुमोदन गरी आफूभन्दा माथिल्लो कमिटीको स्वीकृति अनिवार्य लिनुपर्ने विधि बनाएको छ । कसरी छानिन्छन् उम्मेदवार ? वडा सदस्यका लागि जिल्लाले स्वीकृति दिनुपर्ने स्थानीय तहको चुनावमा गाउँपालिकाको वडा सदस्यका लागि टिकट लिन पार्टी जिल्ला संगठन समितिको स्वीकृति अनिवार्य लिनुपर्ने प्रारम्भिक विधि माओवादी केन्द्रले बनाएको छ । वडा कमिटीको सिफारिसमा गाउँ कमिटीले अनुमोदन गरेर जिल्लामा पठाउनुपर्ने र जिल्लाले स्वीकृति दिनुपर्ने उल्लेख छ । गाउँ­–नगरपालिकाको प्रमुखका लागि प्रदेशको स्वीकृति अनिवार्य गाउँ र नगरपालिका प्रमुख–उपप्रमुखको उम्मेदवारीका लागि प्रदेश कमिटीको अनिवार्य स्वीकृति लिनुपर्ने विधि माओवादीले तय गरेको छ । गाउँपालिकाका लागि सम्बन्धित गाउँ कमिटी र नगरका लागि नगर कमिटीको सिफारिसमा जिल्ला संगठन समितिले अनुमोदन गरी प्रदेशमा नाम पठाउनुपर्ने विधि उसले बनाएको छ । त्यसरी सिफारिस भई आएका नाममध्येबाट प्रदेश कमिटीले स्वीकृति दिएकाले मात्र पार्टीका तर्फबाट उम्मेदवार बन्न पाउने कार्यविधि बनाएको छ । उपमहानगरपालिकाका लागि पनि प्रदेशकै स्वीकृति चाहिने उपमहानगरपालिकाका प्रमुख–उपप्रमुखका लागि पनि प्रदेश कमिटीको स्वीकृति चाहिने गरी मापदण्ड माओवादीले बनाएको छ । सम्बन्धित कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारलाई जिल्लाले अनुमोदन गर्ने र प्रदेश कमिटीले मात्र उम्मेदवार बनाउने विधि उसले बनाएको छ । महानगरका प्रमुख पार्टी केन्द्रले तोक्ने स्थानीय तहअन्तर्गतका महानगरपालिकाका प्रमुख–उपप्रमुख पदका उम्मेदवार पार्टी केन्द्रले नै तोक्नेछ । जिल्लाको सिफारिसलाई प्रदेश कमिटीले अनुमोदन गर्ने र केन्द्रले स्वीकृति दिने गरी विधि बनाएको माओवादीका एक नेताले बताए । यो खबर अाजको नयाँ पत्रिकामा  छ ।