आशा गरेजस्तो छैन सलमानको ‘ट्यूबलाइट’

भारतीय सिने क्षेत्रमा कबीर खान र सलमान खानको जोडीलाई सफल जोडी मानिन्छ । ‘एक था टाइगर’ होस् या ‘बजरंगी भाइजान’ यी दुवै फिल्ममा उनीहरुको जोडीले निकै चर्चा पायो ।

कबीर खानले गएको केही समयदेखि सलमानलाई फरक भूमिकामा ढाल्दै आएका छन । ‘ट्यूबलाइट’ मा पनि सलमानको यस्तै भुमिका देख्न पाइन्छ । ट्यूबलाइटको कथा सलमान खान र सोहेल खानबीचको सम्बन्धकै वरीपरि घुमिरहन्छ । फिल्ममा मात्र होइन रियल लाइफमा पनि सलमान खान र सोहेल खान दाजुभाइ हुन ।

फिल्ममा सलमानको भुमिका ट्यूबलाइट जस्तै अलि ढिला छ । सोहेल भारतीय सेनामा भर्ती भएपछि भारत–चीनको युद्ध देखाइन्छ । सलमानले फिल्ममा निकै मायालाग्दो भूमिका निर्वाहा गरेका छन् । उनको अभिनयमा कुनै खोट दिने ठाउँ छैन् ।

चाइनीज ऐक्ट्रेस झू झू र माटिन रे फिल्ममा चाइनीज कनेक्शन देखाउनका लागि उपस्थित छन् । झू झू निकै आकर्षक देखिन्छिन् भने माटिनको अभिनयले पनि दर्शकको मन छुन्छ ।

फिल्मको पूरै कथा यसकै वरिपरि घुमिरहन्छ । फिल्मको पहिलो भाग सामान्य रहे पनि दोस्रो भागले दर्शकलाई अलि भावुक बनाउँछ । सोहेल र सलमानको ‘ब्रोमान्स’ लाई राम्रोसँग प्रस्तुत गरिएको छ ।

फिल्मको स्टोरीलाइन स्पष्ट नभए पनि म्यूजिक उत्कृष्ट छ । फिल्मलाई जर्बजस्ती तानिएको जस्तो लाग्छ । सलमानको ‘आम’ भुमिका र लुक हेर्दा ट्यूबलाइट केही हदसम्म बजरंगी भाइजानकै एक्सटेन्शन रुप हो कि जस्तो लाग्छ ।

गजिनीदेखि दंगलसम्म नै आमिरको भूमिका फरक फरक देखिए

बलिउड चलचित्रका चर्चित अभिनेता आमिर खानलाई जति उनको अभिनय कलाले चिनिन्छ, उति नै उनी मिष्टर परफेक्शनिस्टले पनि परिचित छन् । आफूले निर्वाह गर्ने जुनै पनि चलचित्रमा मेहनत गर्ने आमिर मौसमको बदलाव जसरी नै आफ्नो शरीरलाई परिवर्तन गरिरहेका हुन्छन् । बलिउड चलचित्र गजनीदेखि दंगलसम्म आइपुग्दा आमिरको हरेक भूमिका फरक छन् र ती पात्रको लागी उनले जीउँ ज्यान नै लगाएका हुन्छन् । चलचित्र दंगलमा उनले तौल १२० किलो थियो । तर, केही समयको अन्तरालपछि नै उनले आफ्नो तौल ७० मा पुर्याए । यतिबेला आमिर ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङ गर्दै छन् । यसै चलचित्रको लागी उनले आफ्नो तौलमात्र घटाएनन्, शरीरको प्रकार समेत बदलेका छन् । सुटिङ सेटबाट सार्वजनिक भएको एक तस्बिरमा आमिरलाई धेरै नै दुब्लो देखिएको छ ।

थवाङबासी दोधारमा

काठमाडौं, असार ६ । विगतमा निर्वाचनका बेला अलग निर्णय गरेर छुट्टै इतिहास बनाएको थवाङमा यतिबेला चुनावी सर्गर्मी बढेको छ । सँधै एकजुट बनेर ‘विद्रोह’ गर्ने यहाँको राजनीतिमा स्थानीय निर्वाचनका कारण विभाजनको रेखा कोरिन थालेको छ । विप्लव नेतृत्वको नेकपाको बाहुल्य रहेको थवाङमा यतिखेर माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र स्वतन्त्र उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । नेकपाले थवाङका कुनैपनि उम्मेद्वार आफ्नो नभएको दाबी गरे पनि उसकै विद्यार्थी संगठनका नेताले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । मतदानको दिन नजिकिँदै गर्दा थवाङबासी दोधारमा परेका छन् । हिजोसम्म सबै एक हुने गरेकोमा चिनजानका मान्छे नै फरकफरक राजनीतिक झन्डा लिएर चुनावमा आएपछि थवाङबासी कसलाई भोट दिने भन्ने अन्योलमा परेका नागरिक दैनिकमा खबर छ ।

एक गाग्री पानीका लागि घन्टौँ हिँड्नुपर्ने बाध्यता

जाजरकोट, जेठ २९ । त्रिवेणी नलगाड नगरपालिका–४, प्यारगाराकी सुशीला सार्कीलाई एक गाग्री पानी ल्याउन दैनिक छ घन्टाको समय खर्चनुपर्छ । घर नजिक पानीको सुविधा नहुँदा सुशीला मात्र हैन प्यारगाराका ३० घरपरिवारलाई तीन घन्टा टाढाको नाउलोबाट पिउने पानी ओसार्नुपर्ने बाध्यता छ । प्यारगाराका ३० घरपरिवारका पशु, चौपायालगायतको पनि एकमात्र पानीको स्रोत हो, छिपछिपे मूलको नाउलो । यसमा पानीको स्रोत कम हुँदा गाग्री लिएर पुग्नेबित्तिकै पानी भर्न पाइँदैन । पालो कुरेर पानी भर्नुपर्दा समय बढी लाग्ने गरेको छ । “गाउँ नजिक पानीको कुनै स्रोत छैन । दुई घन्टा लगाएर पानी ल्याउनुपर्छ, पानी ओसार्दै दिन बित्छ । ५० वर्ष अघिदेखि पिउने पानीका लागि दुःख पाउँदै आएका छौँ,” स्थानीय तिलबहादुर सार्कीले भन्नुभयो- “पिउने पानीका लागि कुनै नेता र सङ्घसंस्थाले वास्ता गरेका छैनन् ।” यही नाउलोको पानी पनि कसले पहिला भर्ने भन्ने तछाडमछाड हुने गरेको उहाँले बताउनुभयो । पशु चौपाया र जङ्गली जनावरले पनि यही नाउलामै पिउने गर्दा पानी दूषित हुने गरेको उहाँले बताउनुभयो । वर्षात्को समयमा आकासे पानीको सङ्कलन गरेर खाने गरेको पनि उहाँले बताउनुभयो । बालबालिकाले समेत पढ्न नपाई पानी ओसार्नमै समय खर्चन्छन्,” उहाँले भन्नुभयो । तीन हजार मिटरको उचाइमा रहेको प्यारगारा फूलचाउली गाउँमा पानी अभावले चर्पीको प्रयोग तथा सरसफाइमा समेत कमी देखिन्छ । पानी अभावमा नवआगन्तुकलाई बास बसाउन नै लाज लाग्ने गरेको भक्तबहादुर सार्कीले बताउनुभयो । गाउँमा बनेका चर्पी प्रयोगविहीन छन् । स्थानीय बासिन्दा खोला खोल्सा र जङ्गलमा खुला शौच गर्न बाध्य भएका छन् । जसका कारण स्थानीय बासिन्दा झाडापखाला, आउँ, जुकालगायत रोगबाट पीडित हुने गरेका छन् । जिल्लाका सरकारी र गैरसरकारी निकायले बर्सेनि खानेपानी योजनामा करोडौँ खर्च गर्ने गरे पनि प्यारगारा, फूलचाउलीलगायत बस्ती भने सधैँ काकाकुल छ ।

अाज टुँडिखेलमा खेलाडी कला प्रस्तुत गर्दै गणतन्त्र दिवस मनाइयो

गणतन्त्र दिवसको उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहमा खेलाडी कला प्रस्तुत गर्दै । तस्बिरः रोशन सापकोटा

निर्वाचन आयोगलाई धन्यवाद

काठमाडौँ, जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोग र निर्वाचनमा संलग्न सम्पूर्ण व्यक्तिलाई धन्यवाद दिनुभएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव तथा आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह र आयोगका सचिव गोपीनाथ मैनालीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफूसँग गर्नुभएको भेटमा प्रधानमन्त्री दाहालले धन्यवाद व्यक्त गर्नुभएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । उक्त अवसरमा यही जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनका लागि आयोगले गरिरहेको तयारीका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराइएको थियो । भेटमा वैशाख ३१ गते पहिलो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षासमेत भएको थियो । डा यादवले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित तवरले सञ्चालन गर्न सरकारबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुभएको थियो ।

स्वाथ्य मन्त्रालयबाट ६० लाख जिल्ला अस्पताललाई

नवलपरासी,  जेठ ७ । नवलपरासीको सबैभन्दा पुरानो एक जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालले मन्त्रालयबाट विनियोजन गरेको रु ६० लाख रकमबाट मर्मत सम्भारको काम सुरु गरेको छ । अस्पतालको अन्तरङ्ग, बहिरङ्ग र आकस्मिक कक्षसहित शल्यक्रिया कक्षको मर्मत सम्भारको काम सुरु गरेको जिल्ला पृथ्वीचन्द्र अस्पताल व्यवस्थापन समिति, परासीका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले बताए । सरकारको निर्णयअनुसार १५ श्ययाबाट क्षमता विस्तार गरी ५० श्ययाको अनुमति पाएको जिल्ला अस्पताल यतिबेला २४सै घन्टा फार्मेसी सेवा सञ्चालन गर्ने तयारीमा जुटेको छ । अस्पतालका लागि मन्त्रालयबाट रु ६० लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको उक्त रकमबाट मर्मत सम्भार तथा सुधार भई चालु आवभित्रै उपलब्धिमूलक काम गरिने अस्पतालले जनाएको छ । अस्पतालभित्र दिइने सेवा सुविधाका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेकामा उक्त रकमबाट केही राहत हुने बताइएको छ । भौतिक संरचना कमजोर भएका कारण जिल्ला अस्पताललाई व्यवस्थित गराउन आफूलाई निकै चुनौती रहेको अस्पताल व्यवस्थापन समिति, परासीका अध्यक्ष श्रीवास्तवले बताए ।

पोखरा महानगरको मतगणनामा फरक मतपत्र भेटिएपछि मतगणना स्थगित

पोखरा, जेठ ६ । फरक मतपत्र भेटिएपछि पोखरा महानगरको मतगणना स्थगित भएको छ । गणनाको क्रममा मतपत्रको कागज फरक भएको, मतदान गर्ने स्वस्तिक छाप केही चाक्लो र रंग फरक भएको भन्दै कांग्रेस, माओवादी केन्द्र, राप्रपासहितका दलहरुले मतगणना बहिस्कार गरेपछि मतगणना रोकिएको हो । वडा नम्बर १७ को मत गणनाका क्रममा फरक मतपत्र भेटिएपछि पोखरा लेखनाथ महानगरपालिकाको सम्पूर्ण मतगणना कार्य रोकिएको छ । फर्जी भनिएको मतपत्रमा पनि निर्वाचन अधिकृतको २ वटा हस्ताक्षर रहेको बताइएको छ । फर्जी भनिएको सो मतपत्रमा सूर्यमा प्यानल नै भोट हालिएको छ । त्यसरी भेटिएको मतपत्र संख्या ८÷१० वटा भएको गणनामा सहभागि कांग्रेस र माओवादी प्रतिनीधिको आरोप रहेको छ । तर, निर्वाचन कार्यालयले भने त्यो मत फर्जी नभएको दाबी समेत गरेको छ । सहायक निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले भने दोश्रो संविधानसभामा प्रयोग गरिएको स्वस्तिक छाप भएकाले केही चाक्लो भएको हुनसक्ने बताएका छन् । यद्वपी यसबारे बुझ्ने प्रयास भइरहेको उनले बताए ।

मत परिणामको विषयमा विवाद हुँदा भक्तपुर चाँगुनारायण नगरपालिकाको मतगणना स्थगित

भक्तपुर, जेठ ६ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा मतगणना स्थगित भएको छ । वडा नं ४ को मतगणना सार्वजनिक गर्ने क्रममा एमालेका बुद्धलाल महर्जनको समूह विजयी भएपछि कांग्रेस, नेपकिपा र राप्रपाले विरोध गरेका थिए । एमालेका बुद्धलाल महर्जनले एक हजार चार सय ५६ र उहाँका प्रतिद्वन्द्वी कांग्रेसका गोपालप्रसाल पोख्रेलले सात सय २५ प्राप्त गरेका थिए । मतगणनाको आधिकारीक घोषणा गर्ने बेलामा एमालको पक्षमा यति मत आउन सक्दैन भन्दै अरु दलले विवाद गरेपछि अन्य वडाको मतगणना रोकिएको हो । चाँगुनारायण नगरपालिका –४ मा पुन मतगणना हुनुपर्ने उनीहरुको माग छ ।

चाँगुनारायणमा विवाद चर्कियो, नतिजा सार्वजनिक रोकियो

भक्तपुर, ६ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ को मत परिणामलाई लिएर विवाद चर्किएको छ । नेकपा(एमाले)को मत बढी आएको भन्दै नेपाली काँग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि अन्तिम चरणमा यस वडाको आधिकारिक मत परिणाम समेत सार्वजनिक गरिएको छैन । बिहान ७ बजे मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा एमालेको मत बढी देखियो भन्दै विवाद भएपछि मत परिणाम सार्वजनिक नगरिएको प्रहरीले जानकारी दिएको छ । वडा नं– ४ को मत गणना पुनः गर्नुपर्ने नेपाली काँग्रेसले माग गरेको छ । मध्यान्हसम्म पटक÷पटकको छलफलमा पनि सहमति हुन नसकेको प्रहरीले जानकारी दिएको छ । रासस

बराहताल–३ गाउँपालिकामा माओवादी केन्द्रको प्यानल नै विजयी

सुर्खेत, जेठ १ । सुर्खेत बराहताल गाउँपालिका अन्तर्गत ३ नम्बर वडाकाे मत परिणााम सार्वजनिक भएकाे छ । उक्त सार्वजनिक मतपरिणाम अनुसार अन्य दललार्इ पछि पार्दै माओवादी केन्द्रको प्यानल नै विजयी बनेको छ । अध्यक्ष दत्त बराललगायत उनको पुरै टिम नै विजयी बनेको हो । ५ वटा नगरपालिका र ४ वटा गाउँपालिका सहित ९ वटा स्थानीय तह रहेकाे सुर्खेतमा अन्यमा भने मतगणना जारी छ ।

मंगोलियन भान्जालाई एभरेष्ट कपको उपाधि

काठमाडौं, जेठ १ । सहारा यूकेको आयोजनामा शनिवार सम्पन्न एभरेष्ट कप फुटबल टुर्नामेन्टको उपाधि मंगोलियन भान्जाले आफ्नो पक्षमा पारेको छ । फेल्थाम कम्युनिटी कलेजमा भएको टुर्नामेन्टको फाइनलमा बिबिसी फुटवल कल्वलाई १ गोल अन्तरले पछाडि पार्दै सो उपाधि जितेको हो । सहारा यूकेले प्रत्येक वर्ष झैं यस वर्ष पनि सबै खेलमा म्यान अफ दि म्याचको ट्रफी वितरण गरेको थियो । प्रतियोगिताका विजेता मंगोलियन भान्जाले कप सहित १७ सय पाउण्ड हात परेको छ भने उपविजेता बिबिसीले ७ सय पाउण्ड र ट्रफी जितेको छ । खेलको म्यान आफ दी म्याच मंगोलियन भन्जाको किरण राई भए । प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गरेका थिए । खेलको कप स्पोन्सर गैरआवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्यले गरेका थिए । यस्तै प्रथम पुरस्कारको स्पोन्सर एभ्रेष्ट क्यास एण्ड करीले गरेको थियो भने दोश्रो पुरस्कार पिपल मर्गेजले गरेको थियो । खेलको संयोजन कुमार गुरुङ र खेलकुद सचिब मनोज गुरुङले गरेका थिए । नेपाली खेलाडीहरुको स्तरन्नोतिका लागि सन्डे लिग खेलाउंदै आएकोे सहारा यूकेले बिगत तिन वर्ष देखी एभ्रेष्ट कप खेलाउदै आएको छ । खेल हेर्न गैरआवासीय नेपाली संघका सल्लाहाकार डमर घले, एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङ, एनआरएन यूकेका संरक्षक सूर्य गुरुङ, तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ, व्यवसायी कुष्ण भट्ट, विराज भट्ट खेल मैदानमा उपस्थित थिए । खेलका अतिरिक्त सहारा यूकेले सहारा पोखराले सञ्चालन गरेको फुटबल एकेडेमीलाई समेत सहयोग गर्दै आएको छ । एकेडेमीमा आश्रित टुहुरा बालबालिका पढाउने, फुटबल अभ्यास गराउने, रंगशाला बनाउने, भवन र छात्रावास निर्माण कार्यमा सहारा यूकेले सहयोग गरेको थियो । भविष्यमा एकेडेमी सञ्चालनका लागि सहारा पोखराले २ करोडको अक्षय कोष स्थापना गर्ने अभियानमा सहारा यूकेले ३० लाख रुपैयां सञ्चालन गरिसकेको छ । सहारा यूकेले पोखरा बसाईका क्रममा सहारा पोखराको दोबिल्लामा अवस्थित फुटबल एकेडेमीको भ्रमण गरी विद्यार्थीहरुलाई लत्ता कपडा र खाद्यान्न वितरण गरेको थियो । त्यस्तै, खेल हेर्न उपस्थित एनआरएन यूकेको प्रतिनिधी र सहारा यूके बीच भएको फ्रेण्ली खेल सहारा यूकेले जित्यो । सहार यूकेले एनआरएन यूकेको टिमलाई १ का बिरुद्ध ३ गोलले पराजित गरेको थियो । एनआरएन यूकेको टिमको नेतृत्व एनआरएन यूके अध्यक्ष मुछेत्र गुरुङ र सहार यूकेको टिमको नेतृत्व अध्यक्ष मिन गुरुङले गरेका थिए ।

सल्यान अपडेटः कपुरकोट गाउँपालिका–१ मा माओवादी केन्द्रको प्यानल विजयी

सल्यान, जेठ १ । सल्यानको कपुरकोट गाउँपालिका १ मा माओवादी केन्द्रको प्यानलले विजय हासिल गरेका छन् । प्राप्त जानकारी अनुसार, माओवादीका बालाराम खड्काले निकटतम प्रतिद्वन्द्वी एमालेका तेजबहादुर रानालाई ७० मतले हराएका हुन । माओवादीका वडा अध्यक्ष बालाराम खड्का ४०० मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तेज ब रानाले ३३० ल्याए। शारदा नगरपालिका काँग्रेस सुरेस अधिकारी १२६, सावित्रा बस्‍नेत १२३ एमाले राम खड्की १५५, सरिता हमाल १६८ माओवादी प्रमोद श्रेष्ठ ६६, झरना बुढाथोकी ५५ त्रिवेणी गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको मतगणना  काँग्रेस मान ब डाँगी ७८, करुणा खड्का ८७ एमाले लोकेन्द्र सिहं खड्का १०७, पवित्रा केसी ९९ माओवादी अजय रोका ६१ लिलावति बुढा ६३ कपुरकोट गाउँपालिका काँग्रेस दुर्गा गिरी १६, ओकी बोहरा १४ एमाले भिम ब  सेन ३१०, तिला बुढा ३१४ माओवादी प्रकाश भरारी ३७२, एलिना राना ३८९ ढोरचौर गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको मतगणना  काँग्रेस नरविर चलाउने ३८५, विमला रेउले ३६१ एमाले चित्र बहादुर चलाउने ५३२, पुष्पा बोहरा ५३० माओवादी नरविर चलाउने ५९४, भूमि बुढाथोकी ६१९ दार्मा गाउँपालिका काँग्रेस रामचन्द्र केसी ५१३ अध्यक्ष एमाले दल बहादुर केसी ५३२ उपाध्यक्ष माओवादी निम ब केसी ८७८, टिका वली ८५०

काउन्सिलद्वारा मतदान केन्द्रहरूको स्थलगत अनुगमन सम्पन्न

काठमाडौँ, बैशाख ३१ । स्थानीय तहको निर्वाचन २०७४ को अवसरमा आज प्रेस काउन्सिल नेपालबाट विभिन्न जिल्लाका मतदान केन्द्रको स्थलगत अनुगमन गरियो । सो अवसरमा निर्वाचनको समग्र पक्षका साथै समाचार सङ्कलनका क्रममा मिडिया र पत्रकारले आचारसंहिता पालना गरे नगरेको तथा मतदान केन्द्रबाट सूचना प्रवाहका क्रममा पत्रकार र मिडियालाई सहजता प्रदान भए नभएको लगायतका विषयमा अनुगमन गरिएको थियो । यस कार्यका लागि काउन्सिलका निमित्ति अध्यक्ष किशोर श्रेष्ठ, सदस्यहरू डा.महेन्द्र विष्ट, खिलबहादुर भण्डारी, गोविन्द चौलागाईँ–काठमाडौँ, सदस्य सुदर्शन आचार्य–सिन्धुपाल्चोक, ईश्वरीप्रसाद ओझा–काभ्रे, सदस्य शुभेच्छा विन्दू तुलाधर–कीर्तिपुर र ललितपुर, सदस्य चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसाल, कामु उपप्रशासकीय अधिकृत रामशरण बोहरा–काभ्रे, सिन्धुपाल्चोक, सदस्य संगीता खड्का, सहप्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनाल –थानकोट, नैकाप, जावलाखेल, मंगलबजार भक्तपुरका केन्द्रमा खटिनुभएको थियो । सो अवसरमा पत्रकारहरूले आचारसंहिताभित्र रहेर तस्वीर, रिपोर्ट लिएको मतदान अधिकृतहरूले बताएका थिए भने आफूहरूलाई मतदानसम्बन्धी सूचना प्रवाहका क्रममा सहजता प्रदान गरिएको सम्बन्धि क्षेत्रमा खटिएका पत्रकारहरूले प्रतिक्रिया दिएका थिए । स्मरणीय छ, प्रेस काउन्सिल नेपालले यही बैशाख १५ गतेदेखि पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालमा पत्रकार र निर्वाचन आचारसंहिताको अनुगमन गरिरहेको छ ।

ऐतिहासिक निर्वाचनमा भोट हाल्दै प्रधानमन्त्री प्रचण्ड (तस्वीरमा)

चितवन, वैशाख ३१ । स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले गृह जिल्ला चितवनबाट मतदान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिका– ४ स्थित लंकु मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी मत हाल्ने पहिलो मतदाता हुन् । हेर्नुस् तस्वीरहरु PM Vote 4 PM Vote 7 PM vote1 PM VOte3 PM Vote5 PM Vote6

प्रचारलाई निरुत्साहित गरौं : निर्वाचन अायाेग

काठमाडौं,वैशाख ३० । निर्वाचन अायाेगले मौन अवधिमा प्रचारप्रसार गर्ने उम्मेदवारलाई निरुत्साहित गरिदिन मतदातालाई आग्रह गरेकाे छ। बिहीबार रातिदेखि मौन अवधि सुरु भएकाे स्मरण गराउँदै  प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले त्यसपछि पनि केही दल र तिनका कार्यकर्ताले प्रचारप्रसार जारी राखेको भन्दै आपत्ति जनाए । राजधानीमा सहन्यायाधिवक्ता खेमराज ज्ञवालीको किताब ‘लोकतान्त्रिक निर्वाचन व्यवस्थापन’ को विमोचन कार्यक्रममा यादवले भने, ‘कुनै गलत कामकारबाही भए हामी पनि कारबाही गर्न अग्रसर छौं । तपाईंहरूले पनि प्रचारप्रसारमा आउने उम्मेदवारलाई निरुत्साहित गरिदिनुहोस् ।’