१० बर्षे रणनीतिक योजना प्रधानमन्त्री कार्यालयमै थन्किए

जुम्ला, असार २९ ।  कर्णाली विकासका लागि निर्माण भएको कर्णाली विकासको १० बर्षे रणनीतिक योनजाको मस्यौदा चार महिनादेखि प्रधानमन्त्री कार्यालयमा थन्किएको छ ।

दुई बर्ष लगाएर कर्णालाीलाई विकासको मुल प्रवाह ल्याउने महत्वकांक्षी योजना समेटिएको मस्यौदा विकास योजनाको बैठकबाट पारित हुनका लागि चार महिनादेखि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ, अन्नपुर्ण पोष्टमा खबर छ ।

सप्तरीमा प्रधानमन्त्री र गृहमन्त्रीकाे घोषणा : २५ हजार राहत, १५ लाख ऋण दिने

सप्तरी, असार २३ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा बाढी पीडितको अबस्था बुझ्न सप्तरी पुगेका थिए । त्यहाँ एक हप्ताअघि स्थानीय महुली खोलाको बाढीबाट अति प्रभावित सप्तरीको भेडिया र मयनाकरेडीका बाढीपीडितको अवस्था बुझ्न प्रधानमन्त्री तथा उनका टिम पुगेको छ । त्यहाँ बाढीपीडितको अवस्था बुझ्नुका साथै सेना, सशस्त्र र नेपाल प्रहरीले पुनः निर्माण गरिरहेको भत्केको तटबन्धस्थलको समेत निरिक्षण गर्न गएका थिए । निरीक्षणपछि प्रधानमन्त्री र गृहमन्त्रीले बाढी पीडितलाई प्रतिपरिवार २ बण्डल जस्तापाता खरिद गर्न १५ हजार र टहरा निर्माणको लागि १० गरि जम्मा २५ रुपैयाँ दिइने घोषणा गरेका छन् । बाढीपीडितलाई व्यापार व्यवसाय गर्न सहुलियत व्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने पनि बताएका छन् ।

बर्दियाका ३३ वडा अध्यक्षमा माओवादी विजयी

बर्दिया, असार २१ ।  बदिर्यको ७५ वडामध्ये ३३ वडाको अध्यक्षमा माओवादी विजयी भएको छ । यस्तै, एमाले २२ वडामा, कांग्रेसले १९ वडामा र राप्रपाले एक वडाको अध्यक्षमा जित हासिल गरेको छ । जितेको अधिकांश वडामा माओवादीको प्यानल नै आएको छ । स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा भने माओवादी र एमालेले बराबर स्थानमा विजय हासिल गरेका छन् । माओवादीले तीन नगरपालिकामा विजय हासिल गरेको छ भने एमाले दुई नगरपालिका र एक गाउँपालिकामा विजयी भएको छ । कांग्रेस भने गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकामा विजयी भएको छ ।, नयाँ पत्रिकामा खबर छ ।

ऐन कानुन दिएर, प्रदेश र संसदको चुनाव घोषणा गर्न सरकारलाई आयोगको आग्रह

काठमाडौं, असार २० । निर्वाचन आयोगले प्रदेश, संसद र राष्ट्रिय सभाको चुनावको लागि आवश्यक पर्ने ऐन कानुन दिन र चुनाबको मिति तोक्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले संविधानले तोकेको समयसीमा भित्र प्रदेश, संघीय संसद र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक ऐन कानुन उपलब्ध गराउन आग्रह गर्दै सरकारलाई पत्र पठाउने निर्णय गरेको हो । अयोगले प्रदेशको चुनाव असोज अन्तिम सातासम्म, राष्ट्रियसभा चुनाव कात्तिक दोस्रो सातासम्म र संघीय संसदको चुनाव मंसिर पहिलो सातासम्म गर्न उपयुक्त हुने राय सरकारलाई दिइएको छ । समयमै मतदाता नामावली सम्बन्धी ऐन संशोधन नभए २०७३ फागुन ९ गतेसम्म दर्ता भएका मतदातालाई मात्र चुनाबमा सहभागी गराउन  सकिने  आयोगले उल्लेख गरेको  छ ।

बलिउडका कुन कलकारले कति पाश्रिमिक लिन्छ ?

एजेन्सी, असार २० । धेरैको चासोे हुन्छ आफ्नो मनपर्ने कालकारका बारेमा धेरै जानकारी लिने । त्यसैलाई ख्याल गर्दै हामीले आज यहाँ भारती सिनेनगरीका नाम चलेका अभिनेता(नायक)ले एउटा सिनेमामा अभिनय गरेबापत कति पारिश्रमिक लिन्छन भनेबारेमा केही कलाकारका बारेमा जानकारी दिदैं छौंः अमिताभ बच्चन उमेरले ७५ को नजिक भएपनि अमिताभ बच्चनले कयौँ युवा अभिनेता भन्दा बढी आफ्नो पारिश्रमिक लिन्छन् । भूमिका अनुसार उनले आफ्नो पारिश्रमिक निर्धारण गर्ने गरेका छन् । उनी प्रति फिल्म १२ देखि १५ करोड लिन्छन् । आमिर खान यिनले चाहे भने ५० देखि ६० करोडसम्म पारिश्रमिक लिन सक्छन् । तर यिनी चलचित्रको नाफामा भागीदार बन्छन् र बढी नै कमाउँछन् । यिनी चलचित्रको नाफाबाट ८० प्रतिशतसम्म भाग लिन्छन् । ‘दंगल’ जस्तो चलचित्र गरेपछि उनले १५० करोड बढी कमाइ गरेका थिए । उनको चलचित्र हिट हुन्छ भन्ने आमिरलाई थाहा हुन्छ । त्यसैले यिनी पारिश्रमिकको साटो पार्टनरशीप लिन्छन् । शाहरुख खान शाहरुख खानको पारिश्रमिक तलमाथि भइरहन्छ । करण जोहर र आदित्य चोपडाको चलचित्रमा काम गर्दा उनी पारिश्रमिक सोद्धैनन् । जति पाउँछन् उती राख्छन् । यद्यपि उनको पारिश्रमिक ४० देखि ४५ करोडसम्म छ । उनी पनि आमिरको अनुसरण गर्दै मुनाफामा आफ्नो भाग खोज्छन् । चलचित्रको मार्केटिङका माध्यमद्वारा पनि उनी करोडौँ कमाउँछन् । कयौँ चलचित्रमा उनले सय करोडभन्दा माथि पनि कमाइ गरेका छन् । सलमान खान सलमान खान चलचित्रको कमाइमा हिस्सा लिन्छन् । उनको चलचित्रको कमाइमा ७० देखि ८५ प्रतिशतसम्म भागीदारी हुन्छ । ‘सुल्तान’ बाट उनले १०० करोडभन्दा बढी कमाइ गरे । यद्यपि पारिश्रमिककै कुरो गर्दा उनी ६० करोडसम्म उपलब्ध छन् । ऋतिक रोशन थोरै मात्र चलचित्र गर्ने ऋतिक रोशनको पारिश्रमिक ३० देखि ४० करोडका बीचमा छ । कयौँ पटक यिनले योभन्दा पनि बढी पारिश्रमिक लिएका छन् । अजय देवगन अजय देवगन चलचित्रको बजेटका अनुसार आफ्नो पारिश्रमिक तोक्छन् । उनी आफ्नो पारिश्रमिक ३० देखि ४० करोडका बीचमा राख्छन् । अक्षय कुमार पारिश्रमिक लिने विषयमा अक्षय कुमार सबैभन्दा अघि छन् । ४० देखि ५० करोडसम्म यिनको पारिश्रमिक छ । कहिले काहीँ नाफामा आफ्नो हिस्सा समेत लिन्छन् । जस्तै ‘जोली एलएलबी२’ मा यिनले पारिश्रमिकबाहेक नाफामा हिस्सा लिएर ५५ करोडभन्दा बढी कमाए । ‘एयरलिफ्ट’ मा काम गर्दा उनले निकै कम पारिश्रमिक लिएका थिए । रणवीर सिंह ‘बाजीराव मस्तानी’ अघि रणवीर सिंह तीनदेखि पाँच करोड प्रति चलचित्र उपलब्ध थिए । तर, चलचित्रको सफलतापछि रणवीर सिंहले आफ्नो पारिश्रमिक तीन गुणा बढाएका छन् । अब उनले प्रति चलचित्र १० करोड ९भारतीय रुपैयाँ० पारिश्रमिक लिन्छन् । वरुण धवन वरुण धवनको अहिलेसम्म आठ वटा चलचित्र प्रदर्शनमा आयो । उनलाई कुनै पनि चलचित्रबाट घाटा भएको छैन । उनको चलचित्रको पारिश्रमिक पाँचदेखि सात करोड थियो । तर, ‘बद्रीनाथ की दुल्हनिया’ पछि उनको पारिश्रमिक १० देखि १२ करोड पुगेको छ ।

अध्यक्षदेखि सदस्यसम्म १७४ पदाधिकारी जित्यो जनमोर्चाले

काठमाडौं, असार १९ । स्थानीय तहको पहिलो र दोस्रो निर्वाचनमा राष्ट्रिय जनमोर्चाका एक सय ४७ प्रतिनिधि विजयी बनेका छन् । चुनाव चिन्ह गिलास पाएको चित्र बहादुर केसी अध्यक्ष बनेको उक्त राष्ट्रिय जनमोर्चाले २ नम्बर प्रदेशबाहेक नेपालभरीबाट गाउँपालिका अध्यक्षमा ३ जना र गाउँपालिका उपाध्यक्षमा ५ जना प्रतिनिधिले जित्न सफल भएका छन् । त्यस्तै २९ वटा वडा अध्यक्ष र १ सय ३७ वडा सदस्यसहित जम्मा १७४ जना प्रतिनिधिहरुले जित्न सफल भएका छन् । यस्तो छ विवरण

टोपबहादुर रायमाझीको गृहजिल्लामा मतगणना सकियो, यस्तो छ अन्तिम नतिजा

 अर्घाखाँची,  असार १९ । अर्घाखाँचीका सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । जिल्लाको छ स्थानीय तहमध्ये चारमा कांग्रेस र एक÷एक स्थानीय तहमा एमाले र नेकपा माओवादी केन्द्र विजयी भएका छन् । सन्धिखर्क नगरपालिका, शीतगङ्गा नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएका हुन् भने मालारानी गाउँपालिकामा एमालेले र भूमिकास्थान नगरपालिकामा माओवादी केन्द्र विजयी भएका हुन् । सन्धिखर्क नगरपालिकाको प्रमुखमा कांग्रेसका कमलप्रसाद भुसालले आठ हजार ३०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठले सात हजार १२७ मत प्राप्त गरे । त्यस्तै, उपप्रमुखमा माओवादी केन्द्रका ठाकुर विकले सात हजार १२७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ईश्वरा पोख्रेलले छ हजार ४०४ मत प्राप्त गरे । शीतगङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेसकै सूर्य अधिकारीले आठ हजार ६७७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वसन्त श्रेष्ठले छ हजार ९९० मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका टीका रेस्मीले सात हजार १२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गीता भाट छिन्। यसैगरी छत्रदेव गाउँपालिकाको अध्यक्षमा काँग्रेसकै लेखनाथ पोख्रेलले छ हजार १६७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषि अधिकारीले पाँच हजार ६५ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा कांग्रेसकै तुलसादेवी श्रेष्ठले छ हजार १९० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मनिषा पन्थी रहेका थिए । यस्तै, पाणिनी गाउँपालिकाको अध्यक्षमा काँग्रेसकै अच्युत गौतमले पाँच हजार ९७७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जीवनारायण कोइरालाले पाँच हजार ४८५ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी लक्ष्मी गौतमले पाँच हजार ५४७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अम्बिका पोख्रेल थिए। यसैगरी मालारानी गाउँपालिकाको अध्यक्षमा एमालेका बालकृष्ण आचार्यले छ हजार ५०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पदम क्षेत्रीले पाँच हजार ५०४ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी प्रमिला क्षेत्री छ हजार ५२२ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी शान्ता खनालले पाँच हजार २१० मत प्राप्त गरे । त्यस्तै, भूमिकास्थान नगरपालिकाको प्रमुख माओवादी केन्द्रका रेशम थापा पाँच हजार ३२० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका कविराम खनालले चार हजार ५४२ मत प्राप्त गरे । उपप्रमुखमा कांग्रेसका खडानन्द बेल्बासेले पाँच हजार २३० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुनिता बेल्बासेले चार हजार ७०१ मत प्राप्त गरे ।

मोरङको दुइवटा नगरपालिका प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले

विराटनगर, असार १९ । मोरङको दुईवटा नगरपालिकामा प्रमुख पदमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । जिल्लाको उत्तरी भेगका लेटाङ–भोगटेनी नगरपालिकाको प्रमुखमा काँग्रेसका शङ्कर राईले छ हजार ६५६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भूपेन्द्र लावतीले छ हजार ३५१ मत प्राप्त गरे । उपप्रमुखको पदमा एमालेकी कृष्णकुमारी निरौलाले छ हजार ८०९ मत प्राप्त गरी विजयी भए । सोहीअनुरुप, वडा नं ४, ६, ७ र ८ मा काँग्रेस, वडा नं १, २, ५ र ९ मा एमालेले वडाअध्यक्षसहित जित हात पारेको छ भने वडा नं ३ मा एक जना खुल्ला सदस्यबाहेक अन्य सबै पदमा काँग्रेसले जित हात पारेको छ । यसैगरी रतुवामाई नगरपालिकाको प्रमुखमा काँग्रेसका रवीन राईले नौ हजार ८९५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका टेकेन्द्र पोमुले आठ हजार १५० मत प्राप्त गरे । उपप्रमुखको पदमा एमालेकी दयामन्त चुडालले आठ हजार ३७२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी फूलवती गोडीले आठ हजार ३१३ मत प्राप्त गरे । मोरङको आठ नगरपालिकामध्ये दुईवटा र आठ गाउँपालिकामध्ये एउटाको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । अन्य स्थानीय तहमा मतगणना भइरहेको छ ।

बम टिपेर फाल्ने साहसिक हवल्दारलाई गृहमन्त्रीले फोन गरे, पुरस्कृत गर्ने घोषणा

दाङ, असरा १४ । दाङको ङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्री माध्यमिक विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा बम टिपेर बाहिर फाल्ने साहसिक काम गरेकोमा गृहमन्त्रीले बधाई दिएका छन् । मतदान केन्द्रमा खटिएका प्ररहरी हबल्दार दुर्गाबहादुर रानाले मतदान केन्द्रमा राखिएको बम हातले टिपेर बाहिर फालेका थिए । रानाका बारेमा सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि गृहमन्त्री शर्माले रानालाई फोन गर्दै बहादुरीको प्रशंसा गरे । उनलाई पुरस्कृत गरिने समेत शर्माले घोषणा गरे । मतदान भइरहेको बेला अज्ञात समूहले बम प्रहार गरेको अवस्थामा रानाले ज्यानको पर्वाह नगरी बम टिपेर फालेका थिए । उनले बम फ्याँकेको केही मिनेटमै ठूलो आवाजका साथ बम बिष्फोट भएको थियो ।

शान्तिपूर्ण रुपमा दोश्रो चरणको निर्वाचन सम्पन्न, के के भयो दिनभरी ?

काठमाडौं, असार १४ । स्थानीय तहको दोश्रो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मधेस केन्द्रीत राष्ट्रिय जनता पार्टीले बहिस्कार आव्हान गरेपनि मतदानमा कुनै अप्रिय घटना भने हुन पाएन । बिहान ७ बजेदेखि शुरु भएको निर्वाचनमा मतदाताहरु उत्साहित भएर मतदान गरेका छन् । देशका कतिपय क्षेत्रमा वर्षाले समस्या उत्पन्न गरेपनि मतदाताहरु छाता ओढेर लाइनमा बसेको देखिन्थे । मतदानका क्रममा कञ्चनपुरको भृकुटी मतदान केन्द्र र दाङको तुलसीपुरमा सुतली बम विष्फोट गराईपनि त्यसले मतदानमा भने असर गरेन । यसबाहेक केही अन्य स्थानमा भेटिएका बमहरु नेपाली सेनाले डिस्पोजल गरेको थियो । बझाङ र अछाममा अशक्त नागरिकलाई मतदान गर्ने विषयमा नेपाली कांग्रेस र एमालेबीच झडप भयो । यसैगरी रोल्पा नगरपालिकाको वडा नं. १० भनभने मतदान केन्द्रमा विप्लव माओवादीका समर्थकहरुले मतपत्रमा एसिड हालेर मतपेटिकामा खसालेपछि १०–१५ मत जलेका थिए । सर्वदलीय बैठकले जलेका मतहरु बदर गरी बाँकी मत गणना गर्ने र मतदान सुचारु गर्ने निर्णय गरेका थिए । आजको निर्वाचनमा लाइनमा लागेकै बेला दमक र पाल्पामा दुईजना बृद्धको मृत्यु भएको छ । छिटपुट सामान्य घटनाबाहेक निर्वाचनमा हिंसा हुन पाएन । कपिलबस्तु, रुपन्देही, झापा, सुनसरीलगायतका संवेदनशील मानिएका स्थानमा समेत निर्वाचनमा उल्लेख्य सहभागिता रह्यो । प्रधानमन्त्री शेरबहादुर देउबाले असीग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका थिए । डडेल्धुराबाट फर्किंदै गर्दा प्रधानमन्त्रीको सुरक्षामा रहेको गाडी सहजपुरमा दुर्घटना भएको थियो । निर्वाचन आयोगले अपरान्ह चार बजेसम्म ६२ प्रतिशत मत खसेको आधिकारिक जानकारी दिएको छ ।

आशा गरेजस्तो छैन सलमानको ‘ट्यूबलाइट’

भारतीय सिने क्षेत्रमा कबीर खान र सलमान खानको जोडीलाई सफल जोडी मानिन्छ । ‘एक था टाइगर’ होस् या ‘बजरंगी भाइजान’ यी दुवै फिल्ममा उनीहरुको जोडीले निकै चर्चा पायो । कबीर खानले गएको केही समयदेखि सलमानलाई फरक भूमिकामा ढाल्दै आएका छन । ‘ट्यूबलाइट’ मा पनि सलमानको यस्तै भुमिका देख्न पाइन्छ । ट्यूबलाइटको कथा सलमान खान र सोहेल खानबीचको सम्बन्धकै वरीपरि घुमिरहन्छ । फिल्ममा मात्र होइन रियल लाइफमा पनि सलमान खान र सोहेल खान दाजुभाइ हुन । फिल्ममा सलमानको भुमिका ट्यूबलाइट जस्तै अलि ढिला छ । सोहेल भारतीय सेनामा भर्ती भएपछि भारत–चीनको युद्ध देखाइन्छ । सलमानले फिल्ममा निकै मायालाग्दो भूमिका निर्वाहा गरेका छन् । उनको अभिनयमा कुनै खोट दिने ठाउँ छैन् । चाइनीज ऐक्ट्रेस झू झू र माटिन रे फिल्ममा चाइनीज कनेक्शन देखाउनका लागि उपस्थित छन् । झू झू निकै आकर्षक देखिन्छिन् भने माटिनको अभिनयले पनि दर्शकको मन छुन्छ । फिल्मको पूरै कथा यसकै वरिपरि घुमिरहन्छ । फिल्मको पहिलो भाग सामान्य रहे पनि दोस्रो भागले दर्शकलाई अलि भावुक बनाउँछ । सोहेल र सलमानको ‘ब्रोमान्स’ लाई राम्रोसँग प्रस्तुत गरिएको छ । फिल्मको स्टोरीलाइन स्पष्ट नभए पनि म्यूजिक उत्कृष्ट छ । फिल्मलाई जर्बजस्ती तानिएको जस्तो लाग्छ । सलमानको ‘आम’ भुमिका र लुक हेर्दा ट्यूबलाइट केही हदसम्म बजरंगी भाइजानकै एक्सटेन्शन रुप हो कि जस्तो लाग्छ ।

राप्रपाः बागीको साधारण सदस्यता खारेज गरिने

काठमाडौँ, असार १० । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवार विरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ । पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने नीति लिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टीले यही असार १४ गते हुने तीन सय ३४ स्थानीय तहको निर्वाचनमा पार्टी मातहतका जनवर्गीय सङ्गठनलाई स्थानीय नगर तथा वडास्तरीय निर्वाचन समितिसँग समन्वय गरेर प्रचारप्रसार गर्न निर्देशन दिएको छ । पहिलो चरणको निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार सफलता प्राप्त गर्न नसकेपछि यस पटकको निर्वाचनमा विभिन्न प्रचारप्रसारका कार्यक्रमका साथै राजनीतिक गतिविधि तथा अभियान सञ्चालन गरिरहेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार करिब तीन सय स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवार दिइएको छ । पार्टीले जित्ने सम्भावना नभएका स्थानमा अन्य दललाई सहयोग गर्ने र जित्न सक्ने स्थानमा अरु दलको सहयोग लिएर तालमेल गर्ने नीति लिएको छ । यस पटक पार्टीका शीर्ष नेतृत्व तथा पदाधिकारी पनि चुनाव प्रचारप्रसारका क्रममा विभिन्न जिल्लाको दौडाहामा हुनुहुन्छ ।

रामदेवका औषधि गुणस्तरहीन : बजारबाट फिर्ता लिन आदेश

काठमाडौं, असार ८ । योग गुरु रामदेवका ६ वटा आयुर्वेदिक औषधिलाई सरकारले गुणस्तरहीन ठहर गर्दै बजारबाट फिर्ता लिन आदेश दिएको छ । रामदेवको दिव्य फार्मेसी, उत्तराखण्ड भारतबाट उत्पादित पतञ्जली आयुर्वेद केन्द्रबाट बिक्रीविरण हुने ६ वटा औषधि गुणस्तरहीन ठहर भएको कान्तिपुरमा खबर छ । दुई साता अघि पनि रामदेवका ४ वटा औषधि गुणस्तरहीन ठहर भएपछि सरकारले फिर्ता लिन आदेश दिएको थियो । औषधि विभागले आवलाचुर्ण, दिव्य गैसहर चूर्ण, बकुची चूर्ण, त्रिफला चूर्ण, अश्वगन्धा चूर्ण र अदित्य चूर्ण ‘माइक्रोबियल’ परीक्षणमा सफल नभएको जनाउँदै फिर्ता लिन आदेश दिएको हो ।

शिक्षक पौडेल मृत फेला

फलेवास (पर्वत), ७ असार । पर्वतको कुस्मा नगरपालिका– १ पाङ घर भई कटुवाचौपारीस्थित आइबल एकेडेमी बोर्डिङ स्कुलमा पढाउँदै आउनुभएका एक शिक्षक नारायण पौडेलको शव १५ दिनपछि कालीगण्डकी नदीको किनारमा फेला परेको छ । बाग्लुङको जैमिनी गाउँपालिकाको बेल बगरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बीस वर्षीय शिक्षक पौडेलले विगत एक महिनादेखि विद्यालयमा पढाउन सुरु गर्नुभएको थियो । विद्यालयमा विद्यार्थीलाई यातना दिएको भन्दै विद्यालय प्रशासनले विद्यालय नआउन भनेका पौडेल एकाएक हराएपछि घटना रहस्यमय बनेको थियो । गत जेठ २४ गतेदेखि बेपत्ता हुनुभएका शिक्षक पौडेल अन्तिमपटक २५ गतेसम्म परिवारको सम्पर्कमा रहेको भए पनि त्यसपछि उहाँ सम्पर्कविहीन हुनुभएको थियो । २७ गतेदेखि प्रहरीमा परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले खोजी सुरु गरेको प्रहरी निरीक्षक मधुकरजङग विष्टले जानकारी दिनुभयो । मङ्गलबार पौडेलका परिवारले शवको पहिचान गरेपछि आज शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएको विष्टले बताउनुभयो । उहाँको के कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस

गजिनीदेखि दंगलसम्म नै आमिरको भूमिका फरक फरक देखिए

बलिउड चलचित्रका चर्चित अभिनेता आमिर खानलाई जति उनको अभिनय कलाले चिनिन्छ, उति नै उनी मिष्टर परफेक्शनिस्टले पनि परिचित छन् । आफूले निर्वाह गर्ने जुनै पनि चलचित्रमा मेहनत गर्ने आमिर मौसमको बदलाव जसरी नै आफ्नो शरीरलाई परिवर्तन गरिरहेका हुन्छन् । बलिउड चलचित्र गजनीदेखि दंगलसम्म आइपुग्दा आमिरको हरेक भूमिका फरक छन् र ती पात्रको लागी उनले जीउँ ज्यान नै लगाएका हुन्छन् । चलचित्र दंगलमा उनले तौल १२० किलो थियो । तर, केही समयको अन्तरालपछि नै उनले आफ्नो तौल ७० मा पुर्याए । यतिबेला आमिर ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङ गर्दै छन् । यसै चलचित्रको लागी उनले आफ्नो तौलमात्र घटाएनन्, शरीरको प्रकार समेत बदलेका छन् । सुटिङ सेटबाट सार्वजनिक भएको एक तस्बिरमा आमिरलाई धेरै नै दुब्लो देखिएको छ ।

थवाङबासी दोधारमा

काठमाडौं, असार ६ । विगतमा निर्वाचनका बेला अलग निर्णय गरेर छुट्टै इतिहास बनाएको थवाङमा यतिबेला चुनावी सर्गर्मी बढेको छ । सँधै एकजुट बनेर ‘विद्रोह’ गर्ने यहाँको राजनीतिमा स्थानीय निर्वाचनका कारण विभाजनको रेखा कोरिन थालेको छ । विप्लव नेतृत्वको नेकपाको बाहुल्य रहेको थवाङमा यतिखेर माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र स्वतन्त्र उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । नेकपाले थवाङका कुनैपनि उम्मेद्वार आफ्नो नभएको दाबी गरे पनि उसकै विद्यार्थी संगठनका नेताले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । मतदानको दिन नजिकिँदै गर्दा थवाङबासी दोधारमा परेका छन् । हिजोसम्म सबै एक हुने गरेकोमा चिनजानका मान्छे नै फरकफरक राजनीतिक झन्डा लिएर चुनावमा आएपछि थवाङबासी कसलाई भोट दिने भन्ने अन्योलमा परेका नागरिक दैनिकमा खबर छ ।