११ सहसचिव र १५ उपसचिवको सरुवा

काठमाडौं, जेठ २१ । गृह मन्त्रालयले ११ सहसचिव र १५ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सेवा अवकाश, निमित्तको समयावधि पूरा भएकोलगायत कारण पछिल्लो सरुवा भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।सुरक्षा समन्वय महाशाखा प्रमुख एवं गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा सरुवा गरिएको छ । गृहले पन्थीलाई काठमाडौं सिडिओको रिक्त पदमा सरुवा गरेको हो । जेठ १० गते हिमनाथ दवाडीले अवकाश पाएपछि काठमाडौं सिडिओविहीन थियो । काभ्रेको सिडिओ रहेकै बेला करिब आठ महिनाअघि उहाँलाई गृह मन्त्रालय सरुवा गरेर महत्वपूर्ण जिम्मेवारी दिइएको थियो । पन्थी डोल्पा, बझाङ, पर्वत, सल्यान, पाल्पा, सिरहा, नवलपरासी, रुपन्देही, बारा र काभ्रेपलाञ्चोकको सिडिओ भइसकेका छन् । ‘निर्णय पहिल्यै भइसकेको थियो, पत्र मात्र भर्खरै पाएको हुँ । अब  जिम्मेवारी सम्हाल्छु’, पन्थीले भने ।

अनुभूतिमा प्रधानमन्त्री प्रचण्डका दस महिना

प्रकाश दाहाल तराई–मधेश र पहाडबीचको ध्रुवीकरण बढ्दै थियो, राजनीतिक दलहरु बीचको बिमति उत्कर्षमा थियो, देश भर्खरै नाकाबन्दीको त्रासदीबाट तङ्ग्रदै थियो, आर्थिक सूचाकांकहरु ऋणात्मक थिए, संविधान कार्यान्वयन रछ्यानमै थियो, पूनर्निर्माणको गति कछुवाझैं मन्द थियो, सत्ता सञ्चालकहरु नै जातीय, क्षेत्रीय द्वन्द्वका सारथी बन्दै थिए, राष्ट्रिय स्वाभिमान र आन्तरिक राष्ट्रियता नै धरापमा पर्ने जोखिम बढ्दै थियो, असन्तुष्ट शक्तिहरुलाई तान्ने र धकेल्ने होडबाजी चलिरहेकै थियो, यस्तो अत्यन्तै प्रतिकूल परिस्थितिका बीच गत साउन १९ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । प्रकाश दाहाल राष्ट्रिय राजनीति मात्र नभएर गठबन्धन र पार्टी जीवनका दृष्टिले पनि यसपटक ठूलै चुनौतिहरु थियो । अघिल्लो कार्यकालमा संसदको सबैभन्दा ठूलो दल, क्रान्तिको रापताप, जनताको बाह्य समर्थन र प्रेरणाजस्तो सकारात्मक परिस्थिति हुँदाहुँदै पनि अपेक्षाकृत नतिजा हासिल गर्न चुकेको र सरकारबाट बाहिरिनु परेको तीतो अनुभूति हाम्रासामू थियो । त्यसैले यसपटकको कार्यकाल जसरी पनि फलदायी र नयाँ पुस्ताका लागि प्रेरणादायी बनाउनुपर्छ भन्ने प्रधानमन्त्रीको सोंचमा सचिवालयको सिङ्गो टिम एकाकार थियो । हामीले प्रधानमन्त्रीको त्यही संकल्पलाई शिरोधार्य गर्दै आफ्नो जिम्मेवारी प्रारम्भ गर्यौं । प्रधानमन्त्रीको निष्कर्ष थियो, अहिलेको जिम्मेवारी मेरो र माओवादी पार्टीका लागि चुनौतिपूर्ण अवसर हो । एक अर्थमा भन्नुपर्दा प्रधानमन्त्री खुकुरीको धारमा हिडिरहनुभएको थियो । संसदको तेस्रो ठूलो दल राष्ट्रसामू विद्यमान चुनौतिको भारी बोकेर अगाडि बढ्नु चानचुने पक्कै थिएन । त्यसैले हामीले संकल्प गर्यौं, ‘धेरै राम्रो गर्न नसके पनि नराम्रो किमार्थ नगरौं, हाम्रो सामथ्र्य र इमान्दारिताको भरपुर प्रयोग गरेर गुणात्मक नतिजा हासिल गरौं ।’ यही संकल्पका साथ हामी निरन्तर प्रधानमन्त्रीको सचिवालयमा खटिरह्यौं । कार्यभार सम्हाल्दै गर्दा प्रधानमन्त्रीले सरकारको मूख्य गोल निर्धारण गर्नुभएको थियो । (१) संविधानको स्वीकार्यता बढाएर प्रभावकारी कार्यान्वयन, (२) भूकम्पको पुनर्निर्माण र नवनिर्माण, (३) शान्ति प्रक्रियाको पूर्णता, (४) सुशासन र जनताको जीवनमा सकारात्मक परिवर्तनको प्रत्याभूति र (५) उल्लेखित गोलको कार्यान्वयनमार्फत् आर्थिक समृद्धिको लक्ष्य हासिल । यी कार्यभार असम्भव पक्कै थिएनन् । तर, चुनौतिपूर्ण थिए । हामीले उल्लेखित गोललाई नै आफ्नो दैनिक कार्यसूचिमा राख्ने प्रयत्न गर्यौं र कामलाई अगाडि बढायौं । एक वर्ष अघिसम्म सुन्दासमेत असम्भव लाग्ने उज्यालो नेपाल अभियान व्यवहारिक रुपमै प्रयोगमा आयो । यसले देशको मनोबल, अर्थतन्त्र र जनताको दैनिकीमा गुणात्मक अर्थ राखेको छ । राज्य अकर्मण्यतामै थियो, जनतामा निरासा थियो, देशको अर्थतन्त्र ऋणात्मक दिशामा थियो, राजनीतिक दलहरु बीचको अविश्वास चुलिँदो थियो । युद्धको रापताप र सर्वाधिक ठूलो शक्ति हुँदासमेत अपेक्षित सफलता हासिल गर्न नसकेका प्रचण्डले के नै पो गर्लान् र ? मानिसहरुको अविश्वास प्रष्टै झल्कन्थ्यो । अध्याँरोमा जुनकिरीको सहाराबाट गन्तव्यको खोजी गर्नु सरल र सहज पक्कै थिएन । तर, प्रधानमन्त्रीले हिम्मत हार्नु भएन, आफ्नो सम्पूर्ण सामथ्र्य देशको समृद्धि र जनताको जीवनमा परिवर्तन ल्याउन नै खर्चिनुभयो । सुरुको साता बधाई र शुभकामनामै बित्यो । तर, हामी धेरै दिन त्यसमा अल्झन चाहेनौं । किनकि, आलोपालो सत्ता समीकरणमा सम्झौताका कारण हामीलाई एक मिनेट पनि ज्यादै महत्वको थियो । हामीले बधाई र शुभकामनाको कार्यसूचि छोट्यायौं । प्रधानमन्त्रीलाई बधाई र शुभकामना दिन पनि नपाउने ? भन्ने गुनासाहरु हामीकहाँ नआएका पक्कै होइनन् । हामीले ठान्यौं, ‘बरु शुभेच्छुकहरु रिसाए पनि हामी कन्भिन्स गर्न सक्छौं । तर, गोलबाट चुक्यौं भने इतिहासको महत्वपूर्ण अवसर हामीले गुमाउनेछौं ।’ त्यसैले हामीले कुनै पनि दवाव, प्रभावमा नपरी परिणाम दिने कुरामा सम्पूर्ण ध्यान केन्द्रित गर्यौं । प्रधानमन्त्रीको पहिलो ध्यान ध्रुवीकरणउन्मूख राजनीतिलाई सामान्यीकरण गर्नु थियो । राजनीतिक सहमतिका जगमा संविधान कार्यान्वयनको आधार तयार पार्नुलाई उहाँले आफ्नो कार्यकालको प्राथमिक सूचिमा राख्नुभयो । संविधानप्रति असन्तुष्ट शक्ति, दल र नेताहरुसँगको सघन सम्वादको प्रारम्भ भयो । यसले राजनीतिक वातावरणलाई सहज मात्रै बनाएन, देशको विकास आयोजनाहरुको प्रगति र आर्थिक सूचाकांकहरु सकारात्मक दिशामा बदल्न गुणात्मक योगदान समेत गर्यो । झण्डै दस महिने कार्यकालमा बन्द, हड्तालको स्थिति देखा परेन, त्यसको एक मात्रै कारण राजनीतिक ध्रुवीकरणलाई सहमतिको मार्गमा डोर्याउने प्रधानमन्त्रीको अथक र सार्थक प्रयास नै थियो । यस अवधिमा जनतामा रहेको निरासालाई आशामा कसरी बदल्न सकिन्छ ? यो सवाल हाम्रा लागि चासोको विषय रह्यो । उज्यालो युगको प्रारम्भ कसरी गर्ने ? ‘गरे सकिन्छ’ भन्ने सन्देश कसरी प्रवाह गर्ने ? हाम्रो ध्यान त्यतातिर थियो । लोडसेडिङको अन्त्यका लागि सरकारका तर्फबाट चालिएका कदम त्यही लक्ष्य प्राप्तिका प्रयासहरु थिए, जसले हामीलाई सफल बनायो । एक वर्ष अघिसम्म सुन्दासमेत असम्भव लाग्ने उज्यालो नेपाल अभियान व्यवहारिक रुपमै प्रयोगमा आयो । यसले देशको मनोबल, अर्थतन्त्र र जनताको दैनिकीमा गुणात्मक अर्थ राखेको छ । विदेशमा रहेका नेपालीहरुका समस्याबारे विगतमा कुनै पनि सरकार गम्भीर नभएको जनगुनासो र तीतो अनुभूति हाम्रासामू थियो । खाडी मुलूकमा पसिना बगाइरहेका देशका मेरुदण्ड युवाहरुलाई देशभित्रै रोजगारी सिर्जना गर्नुपर्दथ्यो । तत्काल पूर्ण कार्यान्वयन चुनौतिपूर्ण नै थियो । तर, राज्यले विदेशी भूमिमा उनीहरुले भोगेका समस्याहरुको सम्बोधन गर्न सक्थ्यो । यस अवधिमा विदेशमा रहेका नेपालीहरुका पक्षमा नीतिगत, कुटनीतिक, कानूनी र व्यवहारिक पहलमार्फत् थुप्रै काम गरियो । २७ लाखसम्म म्यादी बीमाको व्यवस्था, राहदानी नवीकरणमा सहुलियत, सीड मनिको व्यवस्था, विदेशी जेलमा रहेका नेपालीहरुको तथ्याङ्क संकलन र कुटनीतिक पहल लगायतका महत्वपूर्ण कामहरु गरिए । हामीले फोन, इमेल र सामाजिक सञ्जालमार्फत् आएका गुनासाहरुलाई पनि उच्च प्राथमिकतामा राख्यौं र यस अवधिमा हजारौं नेपालीहरुको रद्दार र राहतको काम गरियो । २७ लाखसम्म म्यादी बीमाको व्यवस्था, राहदानी नवीकरणमा सहुलियत, सीड मनिको व्यवस्था, विदेशी जेलमा रहेका नेपालीहरुको तथ्याङ्क संकलन र कुटनीतिक पहल लगायतका महत्वपूर्ण कामहरु गरिए । नयाँ सरकार गठनपूर्व विकास आयोजनाहरुको प्रगति कछुवाको गतिमा थियो । प्रधानमन्त्रीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट आयोजनाहरुको अनुगमन, निरीक्षणका लागि मातहतका संयन्त्रहरुलाई निर्देशित मात्र गर्नुभएन, आफै अहोरात्र खटेर विकास आयोजनाको अनुगमन र निर्देशन दिने काम गर्नुभयो । आज विकास आयोजनाहरुमा उच्च प्रगति हासिल भएको छ, आर्थिक वृद्धिद्धरमा देखिएको उत्तरयात्रा त्यसैको प्रतिफल थियो, जुन कुरा विकास र समृद्धिको नेपाली मानचित्रमा सधैं सुनौला अक्षरले अङ्कित हुनेछ । सन्तुलित विदेश नीति र हार्दिक सम्बन्ध विकास गर्न प्रधानमन्त्री एकलब्य भएरै लाग्नुभयो । भारतको राजकीय भ्रमण, ब्रिक्स्–बिमस्टेक सम्मेलनमा भएको त्रीपक्षीय सम्वाद र कार्यकालको उत्तरार्धमा गरिएको चीन भ्रमणले नेपालको सन्तुलित विदेश नीतिलाई मात्रै प्रमाणित गरेन, सरकारको परिपक्वता र राष्ट्रिय हितलाई पनि नयाँ स्तरमा विकास गर्यो । त्रीदेशीय सम्बन्धमा गाढापन, हुलाकी राजमार्ग निर्माणको तिब्रता, पूर्व समझदारीहरुको कार्यान्वयन, वान बेल्ट वान रोड परियोजनामा हस्ताक्षर, फास्ट ट्रयाक निर्माणको निर्णय, बहुप्रतीक्षित जलासययुक्त बुढीगण्डकी आयोजना निर्माणको निर्णयसम्म आइपुग्दा सरकारमाथि लगाइएका कल्पित र भ्रामक अभियोगहरु धुलिसात मात्रै भएनन्, देशकै आर्थिक समृद्धिमा नयाँ युगको सुत्रपात पनि भयो । यसले सम्पूर्ण नेपालीमा आँटे सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ । यस अवधिमा राजनीतिक अक्करका बीच थुप्रै उपलब्धिहरु हासिल गरिए । भनिन्छ, ‘कमल हिलोमै फूल्छ ।’ चुनौतिपूर्ण जिम्मेवारी अवसरमा बदलिएको छ । होला त चुनाव ? गर्लान् त प्रचण्डले ? देलान् त मधेशी दलले ? आफू हार्ने चुनाव गर्न मान्ला त माओवादीले ? पुग्ला त तयारी ? नियत सही वा गलत जे भएपनि राजनीतिक वृत्तमा यी प्रश्नहरु घुमिरहेकै थिए । तर, सरकारले आफ्नो संकल्प भुलेन्, प्रतीज्ञाबाट गलेन । गाउँपालिका र नगरपालिकाको संरचना निर्माण गरी सिंहदरबारको अधिकार जनताको घरदैलो लैजाने र त्यसको कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सरकारको सफलता नेपाली राजनीतिका लागि एक ऐतिहासिक कोशेढुङ्गा नै हुनेछ भन्ने हाम्रो विश्वास छ । झण्डै दश महिनाको छोटो अवधिमा सरकारले हासिल गरेका उपलब्धिहरु सामान्य पक्कै छैनन् । यसका लागि प्रधानमन्त्रीको अथक प्रयास, संकल्प, इमान्दारिता र ईच्छाशक्ति मुल रुपमा जिम्मेवार छ । साथसाथै गठबन्धन र मन्त्रीपरिषदका सदस्यहरुको पनि कम योगदान पक्कै छैन । तर, प्रधानमन्त्रीको कार्याकाल सफल बनाउन हाम्रो सचिवालयले खेलेको भूमिका पनि निकै महत्वपूर्ण छ । यस अवधिमा सचिवालय टिमको निष्ठा, समर्पण र केही गरिछाड्ने प्रधानमन्त्रीको संकल्पमा बलियो साथ रह्यो । जसले हामीलाई उर्जा मात्रै नभएर भविष्यका लागि नयाँ अनुभव पनि हासिल भएको छ । त्रीदेशीय सम्बन्धमा गाढापन, हुलाकी राजमार्ग निर्माणको तिब्रता, पूर्व समझदारीहरुको कार्यान्वयन, वान बेल्ट वान रोड परियोजनामा हस्ताक्षर, फास्ट ट्रयाक निर्माणको निर्णय, बहुप्रतीक्षित जलासययुक्त बुढीगण्डकी आयोजना निर्माणको निर्णयसम्म आइपुग्दा सरकारमाथि लगाइएका कल्पित र भ्रामक अभियोगहरु धुलिसात मात्रै भएनन्, देशकै आर्थिक समृद्धिमा नयाँ युगको सुत्रपात पनि भयो । यसले सम्पूर्ण नेपालीमा आँटे सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ । प्रधानमन्त्रीको कार्यसूचि अनुसार समय, कार्यक्रमको व्यवस्थापन गर्नु, राजनीतिक, प्रशासनिक, कुटनीतिक र जनस्तरमा समन्वय गर्नु, गतिविधिहरुको सम्प्रेषण र समीक्षा गर्नु, कामहरुको अनुगमन र निरीक्षण गर्नुजस्ता जिम्मेवारी सचिवालयको काँधमा नै थिए । हामीले कठोर भएर नै समय र कार्यतालिकाको व्यवस्थापन गर्यौं । कहिलेकाहीँ प्रधानमन्त्रीका प्राथमिकता र भेट्न चाहनेहरुका आकांक्षामा अन्तर पथ्र्यो । त्यस्तो परिस्थितिमा हामी उदार बनेको भए सायद प्रधानमन्त्रीबाट राजीनामा दिएर निस्कदा हाम्रो शिर ठाडो नहुन पनि सक्थ्यो । हो, हाम्रो त्यही कठोरता पनि अपेक्षित प्रतिफलका लागि साधक बन्यो । अति केन्द्रिकृत सोंच, संरचना र प्रणालीमा सबै कामको अपेक्षा प्रधानमन्त्रीसँगै गर्नु अन्यथा थिएन । तर, हामीले चाहेर पनि त्यो अपेक्षा पुरा गर्न सक्दैनथ्यौं । कतिपय अवस्थामा पार्टीकै साथीहरुकै भावनाको पनि सम्बोधन हुन सकेन । कतिले आफ्नै अध्यक्ष भेट्न नपाएको गुनासो गर्नुभयो । तर, हाम्रा लागि प्रचण्ड कुनै पार्टीको अध्यक्ष मात्रै नभएर सिङ्गो देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसैले हाम्रो कार्यतालिकामा राष्ट्रिय हित मूख्य प्राथमिकतामा पर्यो, जुन स्वाभाविक मात्रै नभएर जरुरी पनि थियो । जेठ १० गते देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले राजीनामाको घोषणा गर्दा हामी कसैमा पनि लघुताभाष, आत्मग्लानी वा निरासाको भावना थिएन । हामीले चाहे जति सबै गर्न पक्कै सकेनौं । तर, जति गरेका थियौं, त्यसमा हामी सन्तुष्ट थियौं । न हामीसँग सरकार छोड्नुपर्दा कुनै तीतो अनुभूति थियो, न त कुनै अभिमान नै । बरु, वर्तमान सरकारले हासिल गरेका उपलब्धिहरुको निरन्तरता र पाइप लाइनमा छिरेका प्रगतिहरुको भविष्य के होला ? हामीमा अलिकति चासों र सरोकार पक्कै थियो । तर, मुल रुपमा हामी सफल भयौं र निरासान्मूख नेपाली राजनीति र नयाँ पुस्तालाई आशाको किरण छर्न सफल भयौं, त्यही नै हाम्रो सफलता र भविष्यको उर्जा पनि हुनेछ ।

मतदाता शिक्षाका लागि स्वयंसेवक घरदैलोमा

कञ्चनपुर, जेठ ७ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पुनः कञ्चनपुरमा मतदाता शिक्षाका लागि स्वयंसेवक र मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएका छन् । जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका अनुसार तालिम प्राप्त गरेका २८७ जना स्वयंसेवक र मतदाता शिक्षा कार्यकर्तालाई मतदाता शिक्षा सामग्रीसहित मतदाताको घरदैलोमा पठाइएको छ । “सात नगरपालिका र दुई गाउँपालिकाका ९२ वटा वडाका मतदातालाई मतदाता शिक्षा प्रदान गर्न स्वयंसेवक र मतदाता शिक्षा कार्यकर्तालाई घरदैलोमा पठाएका छौँ” – जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका प्रमुख केशवसिंह भण्डारीले भने । मतदाता शिक्षाका लागि परिचालितहरुलाई निर्वाचनबारे जानकारी दिनका लागि हातेपुस्तिका, स्रोतपुस्तिका, पर्चा पम्प्लेट र नमुना मतपत्रसहित सम्बन्धित गाउँपालिका र नगरपालिकामा खटाइएको उहाँले बताए । सम्बन्धित मतदान केन्द्र, मतदानस्थल र घरदैलोमा पुगेर परिचालितहरुले मतदाता शिक्षा प्रदान गरिरहेका छन् । वडा वडामा राखिएका १३२ मतदानस्थलमा मतदाता शिक्षाका लागि जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकामा रहेका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र पूर्व प्राथमिक विद्यालयका शिक्षकलाई स्वयंसेवक र मतदान शिक्षा कार्यकर्ताका रुपमा निर्वाचन कार्यालयले तीनदिने तालिम प्रदान गरी सामग्रीसहित खटाएको हो । मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवकले मतदातालाई मतपत्रमा चिह्न लगाउने, मतपत्र पट्याउने, मतपेटिकामा राख्ने, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालन गर्नुपर्ने नियम र तरिकाबारे मतदातालाई जानकारी दिने छन् । बदर मतको प्रतिशतमा कमी ल्याउनका लागि परिचालित स्वयंसेवकलाई मतदातालाई सचेत गराउनमा बढी जोड दिइएको अधिकृत भण्डारीको भनाइ रहेको छ । यसैगरी, निर्वाचनका लागि निर्वाचन कार्यालयले यहाँ दुई हजार ५०० बढी कर्मचारीलाई मतदान केन्द्र र मतदानस्थलमा खटाउने तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको र निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागिसमेत कार्य अगाडि बढाइएको अधिकृत भण्डारीले बताए ।

संविधान संशोधन नभई सरकार फेर्न नदिने : राजपाको चेतावनी

काठमाडौँ,जेठ २ । संविधान संशोधनअघि सरकार परिवर्तन हुन नदिने चेतावनी राष्ट्रिय जनता पार्टी (राजपा)ले दिएको छ । प्रधानमन्त्री प्रचण्डसँग सोमबार भएको छलफलमा राजपाका नेताहरूले समस्या समाधान नभएसम्म सत्ता हस्तान्तरण गर्न नदिने बताएका नयाँ पत्रिकामा खबर छ । राजपा नेताहरूले सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर संविधान संशोधन र निर्वाचनका विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न खोजेको र कामचलाउ सरकारले बजेट ल्याउने बताएका थिए ।  

डोल्पाको दुई स्थानमा माओवादी केन्द्रको विजयी

डोल्पा, जेठ १ । डोल्पाको दुई छुटाछुटै गाउँपालिकामा माओवादी केन्द्रले विजयी प्राप्त गरेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नै माओवादीले जितेको छ । अध्यक्षमा ५५६ मत ल्याई नरसिंह रोकायले जित हासिल गरेका छन् भने उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अमृता लामाले ५५३ मत ल्याएर विजयी हासिल गरेकी छिन् । त्यस्तै जिल्लाकै मुड्केचुला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका दत्त बहादुर शाहीले ९३३ मत ल्याई जित हासिल गरेका छन् । उपाध्यक्षमा नेकपा एमालेबाट सविना कुमारी रोकायले ९५९ मत ल्याएर विजयी भएकी छिन् ।

बिभिन्न स्थानमा नयाँ शक्तिका ५ वडा अध्यक्ष विजयी

काठमाडौं, जेठ १ । पछिल्लो मत परिणाम अनुसार, नयाँ शक्ति नेपालका पाँच जना वडा अध्यक्ष विजयी भएका छन् । विजयी वडा अध्यक्षहरु मनाङको नेस्याङ गाउँपालिका ५ र ८ मा हयानचेंन गुरुङ र कुङ्ग्याल गुरुङ गोरखाको पालुङटार नगरपालिका वडा नं. १ मा वडा अध्यक्ष कृष्ण परियार सहित नयाँ शक्तिको पूरै प्यानल रसुवाको उत्तरगया गाउँपालिका–१ मा बमबहादुर तामाङ र पार्वतीकुण्ड गाउँपालिका–१ मा निमा दीनडप तामाङ

रुकुम चौरजहारी नगरपालिकाको मेयरमा माओवादी केन्द्र विजयी

रुकुम, जेठ १ । रुकुमको चौरजहारी नगरपालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर भण्डारी विजयी भएका छन् । हालसम्म प्राप्त नतिजा अनुसार, मेयरमा माओवादी केन्द्रले मेयरमा जितेको यो पहिलो नगरपालिका हो । यसअघि रुकुमका ६ वटा वडाको घोषित परिणाम अनुसार ५ वटामा माओवादी केन्द्र र एकमा नेपाली कांग्रेसले विजय हासिल गरेका छन् ।

सिन्धुपाल्चोक मत परिणाम- चौतारामा माओवादी, मेलम्चीमा एमाले अगाडि

सिन्धुपाल्चोक, १ जेठ । सिन्धुपाल्चोकको तीन नगरपालिका र एक गाउँपालिकामा मतगणना भइरहेको छ । चौतारा साँगाचोकगढी, मेलम्ची र बाह्रबिसे नगरपालिका र बलेफी र इन्द्रावती गाउँपालिकाको मतगणना भइरहेको हो । विहानदेखि भएको मतगणनाको पछिल्लो विवरण यस प्रकार छ : चौतारा साँगाचोकगढी नगरपालिका कांग्रेस मेयर– ११ एमाले मेयर– ६८ माओवादी केन्द्र मेयर– १०७ मेलम्ची नगरपालिका कांग्रेस मेयर– ९७ उपमेयर–९९ एमाले मेयर–२६९ उपमेयर–२७७ माओवादी मेयर–१७६ उपमेयर–१४४ बाह्रबिसे नगरपालिका कांग्रेस मेयर– १८५ उपमेयर–१८८ एमाले मेयर–९३ उपमेयर– ८८ माओवादी मेयर– ७ राप्रपा उपमेयर– ३ बलेफी गाउँपालिका कांग्रेस प्रमुख– ११२ उपप्रमुख– १०३ एमाले प्रमुख– १३५ उपप्रमुख– १६० माओवादी प्रमुख– १३१ उपप्रमुख– ११८

काभ्रे रोशी गाउँपालिका १२ मा माओवादी केन्द्रको प्यानल विजयी

काभ्रे , जेठ १ । काभ्रेको रोशी गाउँपालिका वडा नं १२ भीमखोरीमा नेकपा माओवादी केन्द्र को प्यानलनै विजयी भएको छ । माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान तीन सय ४५ मत प्राप्त गरी विजयी भएका हुन् ।निर्वाचन अधिकृत गणेश आचार्य का अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बिलाराम मोक्तानले दुई सय पाँच मत र नेकपा एमालेका लीलाराम मोक्तानले एक सय चार मत प्राप्त गरे । सो वडामा सात सय १७ मत खसेको थियो । त्यस्तै सोही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारले दुई सय ९०, काँग्रेसका उम्मेदवारले दुई सय ५४ र एमालेका उम्मेदवारले एक सय २५ मत प्राप्त गरेका छन । अहिले सो गाउँपालिकाको वडा नंं १० र ११ को मतगणना जारी छ ।

सल्यान अपडेटः कपुरकोट गाउँपालिका–१ मा माओवादी केन्द्रको प्यानल विजयी

सल्यान, जेठ १ । सल्यानको कपुरकोट गाउँपालिका १ मा माओवादी केन्द्रको प्यानलले विजय हासिल गरेका छन् । प्राप्त जानकारी अनुसार, माओवादीका बालाराम खड्काले निकटतम प्रतिद्वन्द्वी एमालेका तेजबहादुर रानालाई ७० मतले हराएका हुन । माओवादीका वडा अध्यक्ष बालाराम खड्का ४०० मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तेज ब रानाले ३३० ल्याए। शारदा नगरपालिका काँग्रेस सुरेस अधिकारी १२६, सावित्रा बस्‍नेत १२३ एमाले राम खड्की १५५, सरिता हमाल १६८ माओवादी प्रमोद श्रेष्ठ ६६, झरना बुढाथोकी ५५ त्रिवेणी गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको मतगणना  काँग्रेस मान ब डाँगी ७८, करुणा खड्का ८७ एमाले लोकेन्द्र सिहं खड्का १०७, पवित्रा केसी ९९ माओवादी अजय रोका ६१ लिलावति बुढा ६३ कपुरकोट गाउँपालिका काँग्रेस दुर्गा गिरी १६, ओकी बोहरा १४ एमाले भिम ब  सेन ३१०, तिला बुढा ३१४ माओवादी प्रकाश भरारी ३७२, एलिना राना ३८९ ढोरचौर गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको मतगणना  काँग्रेस नरविर चलाउने ३८५, विमला रेउले ३६१ एमाले चित्र बहादुर चलाउने ५३२, पुष्पा बोहरा ५३० माओवादी नरविर चलाउने ५९४, भूमि बुढाथोकी ६१९ दार्मा गाउँपालिका काँग्रेस रामचन्द्र केसी ५१३ अध्यक्ष एमाले दल बहादुर केसी ५३२ उपाध्यक्ष माओवादी निम ब केसी ८७८, टिका वली ८५०

११ प्रतिशत नेपाली भोट खसाल्नबाट बन्चित

काठमाडौं, जेठ १ । मुलुकमा निर्वाचनको रौनक छाएको बेला रोजगारी, अध्ययन र अन्य कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरु भने नेतृत्व छनोटको अवसरबाट बञ्चित भएका छन् । पहिलो र दोस्रो चरणको निर्वाचनमा कुल जनसंख्याको ११ प्रतिशत मताधिकारबाट बञ्चित भएका कारोबारमा खबर छ । आइतबारको निर्वाचनमा मात्रै करिब ५.५ प्रतिशत नेपाली स्थानीय तहको निर्वाचनमा मताधिकारबाट बञ्चित भएको अनुमान गरिएको छ ।  

काउन्सिलद्वारा मतदान केन्द्रहरूको स्थलगत अनुगमन सम्पन्न

काठमाडौँ, बैशाख ३१ । स्थानीय तहको निर्वाचन २०७४ को अवसरमा आज प्रेस काउन्सिल नेपालबाट विभिन्न जिल्लाका मतदान केन्द्रको स्थलगत अनुगमन गरियो । सो अवसरमा निर्वाचनको समग्र पक्षका साथै समाचार सङ्कलनका क्रममा मिडिया र पत्रकारले आचारसंहिता पालना गरे नगरेको तथा मतदान केन्द्रबाट सूचना प्रवाहका क्रममा पत्रकार र मिडियालाई सहजता प्रदान भए नभएको लगायतका विषयमा अनुगमन गरिएको थियो । यस कार्यका लागि काउन्सिलका निमित्ति अध्यक्ष किशोर श्रेष्ठ, सदस्यहरू डा.महेन्द्र विष्ट, खिलबहादुर भण्डारी, गोविन्द चौलागाईँ–काठमाडौँ, सदस्य सुदर्शन आचार्य–सिन्धुपाल्चोक, ईश्वरीप्रसाद ओझा–काभ्रे, सदस्य शुभेच्छा विन्दू तुलाधर–कीर्तिपुर र ललितपुर, सदस्य चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसाल, कामु उपप्रशासकीय अधिकृत रामशरण बोहरा–काभ्रे, सिन्धुपाल्चोक, सदस्य संगीता खड्का, सहप्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनाल –थानकोट, नैकाप, जावलाखेल, मंगलबजार भक्तपुरका केन्द्रमा खटिनुभएको थियो । सो अवसरमा पत्रकारहरूले आचारसंहिताभित्र रहेर तस्वीर, रिपोर्ट लिएको मतदान अधिकृतहरूले बताएका थिए भने आफूहरूलाई मतदानसम्बन्धी सूचना प्रवाहका क्रममा सहजता प्रदान गरिएको सम्बन्धि क्षेत्रमा खटिएका पत्रकारहरूले प्रतिक्रिया दिएका थिए । स्मरणीय छ, प्रेस काउन्सिल नेपालले यही बैशाख १५ गतेदेखि पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालमा पत्रकार र निर्वाचन आचारसंहिताको अनुगमन गरिरहेको छ ।

विरामी नै भएपनि मतदान चै दिन्छु !

पोखरा लेखनाथ महानगरपालिका–१७ स्थित मतदान केन्द्रमा अक्सिजन सिलिण्डरको सहयोगमा मतदान गर्दै ८५ बर्षीय रत्नादेवी कार्की । तस्बिर : हरि वास्तोलो, पोखरा

विदा नपाउँदा सयौ कर्मचारि मतदानबाट बंचित

गौशाला, ३१ वैशाख । जागिरका सिलसिलामा आफ्नो गाउँ ठाउँबाट टाढा महोत्तरी जिल्लामा बस्दै आएका सयौँ राष्ट्रसेवक कर्मचारी प्रदेश नं ३,४ र ६ मा आज भइरहेको स्थानीय तहको निर्वाचनमा मत दिन नपाउँदा दुःखी भएका छन् । नेपाल सरकारले आजको दिन राष्ट्रव्यापी रुपमा सार्वजनिक बिदाको व्यवस्था नमिलाउँदा प्रदेश नं ३,४ र ६ का सयौंँ सरकारी कर्मचारी आफ्नो मतदान केन्द्रमा जान पाएनन् । स्वास्थ्य, शिक्षा, स्थानीय निकायसहित महोत्तरीका करिब चार दर्जन सरकारी कार्यालयमा कार्यरत सयौँं कर्मचारीले आफूहरुले बिदा नपाउँदा घर जान नपाएको र कार्यालयको कामकाज ठप्प पार्न नसकिने अवस्था रहेकाले २० वर्षपछि भएको ऐतिहासिक स्थानीय निर्वाचनमा भाग लिन नपाएकामा उनीहरुले दुःख व्यक्त गरेका छन् । यसका अतिरिक्त विभिन्न गैरसरकारी संस्था, निजी संस्था, कारखाना र अन्य रोजगारीका सिलसिलामा रहेकाहरु तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका सुरक्षाकर्मीले पनि मतदान गर्न पाएनन् । प्रदेश नं ३, ४ र ६ का विभिन्न जिल्ला र गाउँपालिकाबाट महोत्तरीमा रोजगारीको सिलसिलामा बस्दै आएका सयौँ कर्मचारीले आजका दिन सरकारले देशभरि नै सार्वजनिक बिदा गरेको भए आफूहरु पनि सहजै आआफ्नो घर गएर स्थानीय तहको निर्वाचनमा भोट खसाल्न पाइने थियो भन्दै गुनासो गरेका छन् । रासस

कसरी गर्न सकिन्छ सहि मतदान ? भिडियोमा हेरौँ ।

काठमाडौं, वैशाख ३० । तीन प्रदेशका ३४ जिल्लाका नागरिकहरु आइतबार बिहान ७ बजको प्रतिक्षामा छन् । स्थानीय तहको चुनावको मतपत्र ठूलो र चिन्ह धेरै भएका कारण धेरै मतदाताहरु अझै अलमलमा छन् । कसरी गर्न सकिन्छ सहित मतदान ? भिडियोमा हेरौँ ।