कांग्रेसले बाेलायाे केन्द्रीय समिति बैठक

काठमाडौं,असोज १९ । सत्तारुढ नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक डाकेको छ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले आशन्न निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकीकरणको पहल अघि बढाएपछिको अवस्था बारे छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य समिति बैठक डाकेको हो ।

बैठक शुक्रबार बिहान ८ वजे बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । वाम गठबन्धनबाट नेपालको प्रजातन्त्र संकटमा परेको निष्कर्ष निकालेर गैरवामपन्थी शक्तिबीच तालमेलमा जुटेको कांग्रेसले केन्द्रीय समिति बैठकमा पार्टीको आगामी रणनीति तयार गर्ने बताइएको छ ।

यसअघि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले नै चुनाव गराउने निष्कर्ष निकाल्दै बृहत लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको थियो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्नका लागि कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन ६ दल सहमतसमेत भइसकेका छन् । बुधबार राति बसेको संयुक्त बैठकमा कांग्रेससहित ६ दलबीच आगामी चुनावमा सहकार्य गर्न ७ सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो ।

भएन सहमति, अस्पतालहरु बन्द, अस्पताल खुलाउन सरकारको अपिल

काठमाडौं, असोज ९ । कानून निर्माणको बिरोध गर्दै आन्दोलनमा उत्रिएका चिकित्कहरु अझैसम्म सहमतिमा आएका छैनन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल चिकित्सक संघले अघि सारेको मागहरु सम्बोधन गर्न सकारात्मक रहेको भक्न्दै स्वास्थ्य सेवा सुरू गर्न चिकित्सकहरुलाई आग्रह गरेको छ । सहमतिका लागि सरकार र नेपाल चिकित्सक संघबीच भएको वार्तामा आज पनि कुरा मिल्न सकेन । चिकित्सकहरु अस्पताल बन्द गरी आन्दोलनमा उत्रिदा आम सर्वसाधारणले सास्ती भोग्नु परिहेको छ । सरकारले आफ्नो माग पुरा नगरेसम्म आन्दोलन जारी राख्ने चिकित्सक संघले जनाएको छ । सरकार र आन्दोलनरत चिकित्सकबीच कुरा नमिल्दा देशै भरका सम्पुर्ण निजी तथा सरकारी अस्पतालहरुमा शुक्रबारदेखि आकश्मिक बाहेकका सम्पुर्ण सेवा ठप्प छन् । उपचारमा क्रममा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भए चिकित्सकहरुले क्षतिपूर्ति दिनुपर्ने व्यवस्थासहित कानूनको मस्यौदा बनाउने निर्णयको विरोध गर्दै चिकित्सकहरुले शुक्रवारदेखि मुलुकभरकै निजी तथा सरकारी अस्पतालहरु बन्द गरेका हुन् ।

स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारको आग्रह

काठमाडौँ, असोज ९ । सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ । आजको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्ने हुँदा स्वास्थ्य संस्था बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए । सूचना तथा सञ्चार मन्त्री बस्नेतका अनुसार चिकित्सक संघले आकस्मिकबाहेकका देशभरका स्वास्थ्य संस्था बन्द गरेको सम्बन्धमा आजको मन्त्रिपरिषद्मा गम्भीर छलफल भएको र प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेकाले आगामी मन्त्रिपरिषद्को बैठकबाट संघको माग टुंग्याइने छ । सरकारले यही असोज २ गते चिकित्सकको चरम लापबाहीका कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेसागत वा व्यावसायिक बीमा र क्षतिपूर्ति लगायतका आवश्यक विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो । उक्त निर्णय फिर्ता लिनुपर्नेलगायत तीन बुँदे माग राखी यही ६ गते शुक्रबारदेखि संघले देशभर आकस्मिकबाहेकका स्वास्थ्य संस्था बन्द गरेको थियो ।

सर्लाहीको कविलासी नगर प्रमुखमा राजपाका कौशलकिशोर विजयी

काठमाडौं, असोज ९ ।  सर्लाहीको कविलासी नगरपालिका प्रमुखमा राजपाका कौशलकिशोर यादव ३३९५ र उपप्रमुखमा संघीय समाजवादी फोरमकी राधादेवी ३६५७ मत प्राप्त गरी विजयी भएका छन्। गएको असोज २ गते २ नम्बर प्रदेशमा भएको स्थानीय तह तेस्रो चरणको निर्वाचन भएका १३६ स्थानीय तह मध्ये १२९ तहको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेस अहिलेसम्म कुल ३७ स्थानीय तहमा जित हात पार्दै पहिलो स्थानमा रहेको छ भने उसलाई राजपा र संघीय समाजवादी फोरमले समान २४ २४ स्थानीय तहमा जित्दै दोस्रो स्थानमा रहन सफल भएका छन । त्यसैगरी २२ स्थानीय तहमा जित हात पार्दै नेकपा माओवादी केन्द्रले उनीहरुलाई पछ्याइ रहेको छ । नेकपा एमालेले भने अहिलेसम्म जम्मा १७ स्थानीय तहमा जित हात पारेको छ । त्यस्तै फोरम लोकतान्त्रातिकले ३ स्थानीयमा विजयी भएको छ । जनता दल नेपाल र नयाँशक्ति पार्टी नेपालले समान एक स्थानीय तहमा जित हात परेका छन । अब जम्मा सात स्थानीय तहको अन्तिम नतिजा आउने बाँकी छ । ती स्थानीय तहमा अहिले मत गणना जारी रहेको छ ।

रौतहटको कटहरिया नगरप्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी

रौतहट, असोज ८ । रौतहटको कटहरिया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन । माओवादी केन्द्रका उम्मेदवार सियाराम कुशवाह प्रमुख र उपप्रमुखमा नुरजहा खातुन निर्वाचित भएका हुन । कुशवाहले ४२३२ र खातुन ५११० मत प्राप्त गरी विजयी भएका हुन । कटहरिया नगरपालिकासहित माओवादी केन्द्रले रौतहटमा ३ तहमा विजयी भएको हो ।

एक हजार ८६१ बालबालिका कुपोषित

नुवाकोट, असोज ८ । नुवाकोटका एक हजार ८०० भन्दा बढी बालबालिका कुपोषणबाट ग्रस्त भएको पाइएको छ । ख्याउटेपन भएर बच्चाको तौल न्यून हुँदै मृत्युवरणसमेत गर्ने जोखिम अवस्थाको शीघ्र कुपोषण भएका बालबालिकाको संख्या ३०५ र मध्यम कुपोषण भएका बालबालिका एक हजार ५५६ रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा स्वास्थ्य कार्यालयले तयार गरेको स्थलगत अध्ययनका आधारमा पर्याप्त आहाराको कमी र विभिन्न रोगको संक्रमणका कारण शीघ्र कुपोषण भएका बालबालिकाको संख्या एक हजार ८६१ रहेको पोषण विकास अधिकृत जनार्दन सिलवालले जानकारी दिए । ‘भूकम्पपछिको २९ महिनामा ३०५जना शीघ्र कुपोषित भएका बालबालिका पाइएकाले उनीहरुलाई स्वास्थ्य चौकीमा स्थापना गरेको बहिरंग सेवा केन्द्रमा उपचार गर्दै आएका छौँ ।” पोषण विकास अधिकृत सिलवालले भने– “अत्यन्त जोखिम अवस्थामा पुगिसकेकालाई जिल्ला अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गराउँदै आएका छौँ ।” जिल्लामा कुपोषणग्रस्त बालबालिकाको संख्या धेरै भेटिएपछि स्वास्थ्य कार्यालयले प्रत्येक स्थानीय तहमा एक–एक केन्द्र स्थापना गरी बिरामीलाई निःशुल्करुपमा उपचार पु¥याउन शुरु गरेको छ । जिल्लाको सबै बस्तीबाट संकलन गरेको तथ्यांकका आधारमा जन्मेदेखि ५९ महिनासम्मका बालबालिकाको सख्या करिब २६ हजार रहेकामा एक हजार ८०० भन्दा भढी बालबालिकामा कुपोषण देखिएको हो । योसँगै एक हजार १०२ जना गर्भवती एवं सुत्केरी महिला कुपोषणको जोखिममा परेको पाइएपछि नियन्त्रणका लागि खोज, उद्धार र उपचारमा अभियान नै शुरु गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । सामाजिक संस्था एसिएफ इन्टरनेशनलसँगको सहकार्यमा स्वास्थ्यकर्मीसहित महिला स्वास्थ्य स्वयंसेविकालाई समेत तालीम दिएर रोग नियन्त्रण गर्न ‘पाखुराको नाप’ मार्फत बिरामीको खोजी र पत्ता लगाएकालाई रोग निधान गर्न प्रयास हुँदै आएको खोप अधिकृत अमृत महर्जनले बताए । बालबालिकाले पर्याप्त खान नपाएर मात्र नभई उनीहरुले खाने खानाको सन्तुलन नमिलेर, छ महिनासम्मका बालबालिकाले पर्याप्त मात्रामा आमाको दूध खान नपाएर र अन्य रोगले संक्रमण गरेमा पनि कुपोषण रोग लाग्ने भएकाले त्यसतर्फ अभिभावक सचेत भएमा रोग लाग्नबाट बचाउन सकिने कार्यालयले जनाएको छ ।

मेस्सी एक्लैले चार गोल गरे , बार्सिलोनाको शानदार जित

असोज ४ ।  स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । यो सिजनामा विजयी यात्रा कायम राख्ने क्रममा बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा एइबरलाई ६–१ ले हराएको हो । लगातार पाँचौं जित दर्ता गर्ने क्रममा बार्सिलोनाका लागि लियोनल मेस्सी एक्लैले चार गोल गरे । यस्तै पाउलिन्हो र डेनिस स्वारेजले एक एक गोल गरे । एइबरका लगि एनरिचले एक गोल फर्काए । मेस्सीले २० औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ३८ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता लियो । ५३ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता ३–० मा पुर्‍याए । ५७ औं मिनेटमा एनरिचले एइबरका लागि एक गोल फर्काए । तर मेस्सीले ५९ र ६२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाको अग्रता ५–१ मा पुग्यो । नाउ क्याम्पमा गोलको वर्षा नै गरेका मेस्सीले ८७ औं मिनेटमा व्यक्तिगत चौथो गोल गर्दै बार्सिलोनालई ६–१ को शानदार जित दिलाए । मेस्सीले यो सिजन सबै प्रतियोगितामा गरेर अहिलेसम्म १२ गोल गरिसकेका छन् । लगातार पाँचौं जित निकालेको शीर्ष स्थानको बार्सिलोनाको १५ अंक भएको छ । राति नै भएको खेलमा मालागालाई ५–० ले हराएको भ्यालेन्सिया पाँच खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।

वीरगञ्ज महानगरपालिकामा मतगणना सुरु

वीरगञ्ज, असोज ३ । वीरगञ्ज महानगरपालिकामा मंगलबार दिउँसोदेखि मतगणना सुरू भएको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा सिसी क्यामेराको निगरानीमा तार जालीभित्र मतगणना सुरू भएको हो । वीरगञ्ज नगरप्रमुखमा नेपाली कांग्रेसबाट अजय द्विवेदी, नेकपा माओवादी केन्द्रबाट रहबर अन्सारी, नेकपा एमालेबाट बसुरुद्धीन अन्सारी, संघीय समाजवादी फोरमबाट विजय सराबगी र फोरम लोकतान्त्रिकबाट विमल श्रीवास्तव प्रतिस्पर्धामा छन् ।

वीरगञ्ज महानगरपालिकामा सर्वदलीय बैठक जारी

वीरगञ्ज, वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु गर्ने विषयमा छलफल गर्न बिहान ८ बजेका लागि बोलाइएको सर्वदलीय बैठक भर्खरै सुरु भएको छ ।

वीरगन्जबाट सात रोहिंग्या मुस्लिम पक्राउ

काठमाडौं, असोज २ । अध्यागमन विभागले म्यान्मारबाट विस्थापित भई बंगलादेशबाट भारत हुँदै नेपाल छिर्ने क्रममा पक्राउ परेका सात रोहिंग्या मुस्लिमलाई फिर्ता(इन्ट्रि रिफ्फूज) गरेको छ । नेपाल छिर्न खोजेका उनीहरुलाई वीरगन्ज अध्यागमन कार्यालयले भारततिरै फिर्ता गरिदिएको हो । सीमा र वीरगन्ज भन्सार सुरक्षामा खटिएको शसस्त्र प्रहरी बलले वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने तयारीमा रहेका सात रोहिंग्या मुस्लिमहरुलाई गत विहीबार पक्राउ गरी वीरगन्जस्थित अध्यागमन कार्यालयमा बुझाइएको छ । गृह मन्त्रालयका अनुसार फिर्ता गरिएका ३३ देखि ६७ बर्ष उमेर समूहका छन् । शसस्त्रले बुझाएका रोहिंग्यालाई अध्यागमन कार्यालयले इन्ट्रि रिफ्युज गरेको हो । -अन्नपूर्ण पोष्टबाट

‘मौन अवधिमा पनि मत माग्दै उम्मेदवारहरु’

  प्रदेश नम्बर २ मा सोमबार हुने स्थानीय चुनावका लागि मौन अवधि शुरु भइसकेकाले कुनै चुनावी प्रकारको प्रचारप्रसार नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ। तर मतदातालाई प्रभावमा पार्ने उद्देश्यका साथ उम्मेदवारहरुले मौन अवधिमा पनि घरदैलोमा पुगेर मत मागिरहेको मतदाताले बताएका छन्। प्रदेश नम्बर २ मा हुने स्थानीय तह चुनावका लागि शुक्रबार राति १२ बजदेखि असोज २ गते १२ बजेसम्म मौन अवधि तोकिएको छ। मौन अवधि शुरु भएदेखि चुनाव नसकिएसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार लगायत कसैले पनि चुनावी प्रचारप्रसार गर्न पाउँदैनन्। भोजभतेर तर प्रदेश नम्बर २ को पर्सा जिल्लामा मौन अवधिमा पनि उम्मेदवारहरु मत माग्न मतदाताको घरदैलोमा पुगिरहेको पाइएको छ। नेताहरु बिहानैदेखि आउँछन्। विभिन्न कुराको लोभ देखाउँछन् अनि आफूतिर मत तान्ने प्रयास गर्छन्। एकजना मतदाता उम्मेदवारहरु घरदैलोमा पुगेर मतदातालाई आकर्षित पार्ने प्रयास गर्ने गरिरहेको वीरगञ्ज महानगरपालिकाका मतदाता बताउँछन्। एकजना मतदाताले भने, “नेताहरु बिहानैदेखि आउँछन्। विभिन्न कुराको लोभ देखाउँछन् अनि आफूतिर मत तान्ने प्रयास गर्छन्।” मौन अवधिमा प्रचारप्रसार नगर्न आयोगले सचेत गराए पनि वीरगञ्जमा राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारले घरदैलोमै पुगेर भोट मागिरहेका छन् भने कतै भोजभतेरको पनि आयोजना गरेको पाइएको छ। अनुगमन त्यो कुरा निर्वाचनको अनुगमन गर्न पर्सामा निर्वाचन आयोगले खटाएको निर्वाचन अनुगमन टोलीका प्रमुख खेमराज ज्ञवालीले पनि स्वीकार गरे। उनले भने, “अनुगमनका क्रममा झण्डा प्रयोग गरेर मोटरसाइकल, सवारीसाधनहरु प्रयोग गरेको पाइयो। हामीले यो गर्न हुँदैन, आचासंहिता विपरीत हो भनेर उनीहरुलाई चेतावनी दिएको अवस्था छ।” मौन अवधिमै मतदातालाई प्रभावमा पार्न बढी चलखेल हुने गरेको राजनीतिक विश्लेषकहरु बताउँछन्। अनुगमनका क्रममा झण्डा प्रयोग गरेर मोटरसाइकल, सवारीसाधनहरु प्रयोग गरेको पाइयो। हामीले यो गर्न हुँदैन, आचासंहिता विपरीत हो भनेर उनीहरुलाई चेतावनी दिएको अवस्था छ। खेमराज ज्ञवाली, अनुगमन प्रमुख, वीरगञ्ज यस्तो अवस्थामा जिल्लामा खटिएका अनुगमन टोलीले कारबाहीका लागि आवश्यक रणनीति बनाएर अघि बढेको निर्वाचन अनुगमन टोलीका प्रमुख ज्ञवालीले बताए। प्रचार सामाग्री उनले भने, “सूक्ष्म अनुगमनकर्ता गाउँ-गाउँमा खटिएर गोप्य रुपमा काम गरिरहेका छन्। र, हामीले विभिन्न संयन्त्रहरु प्रयोग गरेर त्यो मौन अवधिमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधिलाई तत्काल रोकेर कारबाही प्रक्रिया अगाडि बढाउने रणनिती बनाएका छौँ।” मौन अवधिमा सामाजिक सञ्जालबाट पनि चुनावको प्रचारप्रसार गर्न नपाइने भएपनि उम्मेदवार र उनीहरुका समर्थक कार्यकर्ताले भने सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्दै मत मागिरहेका छन्। मौन अवधि शुरु हुनुअगावै मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचार सामाग्री हटाउनुपर्ने भएपनि अहिलेसम्म हटाइको देखिंदैन। तर हटाउन निर्देशन दिइसकेको अनुगमन टोलीका प्रमुख ज्ञवालीले बताए। -बिबिसिबाट

लागु औषधसहित युवक पक्राउ

काठमाडौँ,  भदौ ३१ । प्रहरीले लागु औषधसहित आज नागढुङ्गा चेकपोस्टबाट एक युवकलाई पक्राउ गरेको छ । राजविराजबाट काठमाडौँ आएको ना ५ ख ५३१४ नम्बरको बसमा सवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का २४ वर्षीय सरोजकुमार यादवलाई नागढुंगामा जाँच गर्दा उनको साथबाट फेनागरन १५० एम्पुल, डाइजेपाम १५० एम्पुल, लुपिजेसिक १ सय ५० एम्पुल लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । रासस

ढुक्क भएर भोट हाल्न सकिने गृहमन्त्रालयको दावी

काठमाडौं, भदौ ३१ । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । सुरक्षा व्यवस्थामा कहीँकतै कमजोरी नहुनेमा आश्वस्त पार्दै सुवेदीले ढुक्क भएर निर्वाचनमा मतदाता मतदान केन्द्रसम्म पुग्ने वातावरण रहेको टिप्पणी बताए । प्रवक्ता सुवेदीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसनधान विभाग गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिने जानकारी दिए । आवश्यकताअनुसार सो संख्या बढ्नसक्ने समेत उनको भनाइ छ । निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ । राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिने भएको छ । विशेषतः २ नम्बर प्रदेशको निर्वाचनमा सिके राउत समूह र निर्वाचन बहिष्कार घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सुरक्षा चुनौतीको रुपमा लिइएको छ । प्रवक्ता सुवेदीले कुनै पक्षबाट सुरक्षा चुनौती नरहेको टिप्पणी गरे । प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, बारा र धनुषामा असोज २ गते १३६ स्थानीय तहका लागि निर्वाचन हुँदैछ । यो प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।

मतदान अधिकृत नै मतदाता हप्काएर भोट माग्न थालेपछि

सिरहाको लहान नगरपालिका वडा नम्बर २० स्थित ब्रम्हान गोरछारी मतदानस्थलका एकजना मतदान अधिकृत राजनीतिक पार्टीको भोट मागिरहेको पाइएको छ । जनता ब्रम्हान गोरछारी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र (ख) का मतदान अधिकृत विनोद चौधरी मतदानस्थलमै कांग्रेसको मत मागिरहेको अवस्थामा भेटिएको आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ । शुक्रबार बिहान मतदाता परिचयपत्र लिन मतदानस्थल पुुगेका लहान नगरपालिका २० निवासी मनोजकुमार महतोलाई उनले कांग्रेसको चुनाव चिन्ह रुख छापमा भोट दिन दबाब दिएका थिए । उनले आफूू मतदाता परिचयपत्र लिन आएको बताएपछि सर्वदलीय बैठक नबसी मतदाता परिचयपत्र बाड्न नमिल्ने बताएका थिए । महतोले मतदाता परिचय पत्रि पाउनु आफ्नो अधिकार भएको बताएपछि उनले साँझ पाँच बजेभन्दा पहिले परिचयपत्र नदिने भन्दै हप्काएका थिए । मतदान अधिकृतसँगै सोही ठाउँमा खटिएका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक लोकबहादुर दियालीले पनि मतदातालाई नै हप्काएका थिए । पछि मतदान अधिकृत चौधरीले कांग्रेसलाई मतदान गर्न दबाब दिएको महतोले जानकारी दिए ।

नेपाललार्इ अमेरिकाकाे ५१ अर्ब सहयोग प्राप्त

काठमाडौं, भदौ ३० ।  नेपालमा आर्थिक वृद्धिलाई गति दिन र गरिबी निवारण गर्न अमेरिकी सरकारले करिब साढे ५१ अर्ब रुपैयाँ (५० करोड अमेरिकी डलर) अनुदान दिने भएको छ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र नेपाल सरकारको संयुक्त लगानीमा सञ्चालन हुने नेपाल कम्प्याक्ट कार्यक्रमका लागि सो सहयोग खर्च हुने छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका प्रमुख कार्यकारी अधिकृत जोनाथन नासबीच विहीवार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ‘५० करोड अमेरिकी डलर लागतको यस कम्प्याक्ट कार्यक्रममा नेपाल सरकारले समेत १३ करोड डलर योगदान गर्ने प्रतिबद्धता गरेको छ । आउँदा वर्षहरूमा यस कार्यक्रमले नेपालको दिगो विकासमा दीर्घकालीन प्रभाव पार्नेछ,सम्झौतापछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने। अमेरिकी सहयोग र नेपाल सरकारको कुल ६३ करोड अमेरिकी डलर (६४ अर्ब ८४ करोड रुपैयाँ) लगानीमा नेपाल कम्प्याक्ट कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा अमेरिकाले करिब साढे ५१ अर्ब रुपैयाँ (५० करोड अमेरिकी डलर) र नेपाल सरकारले १३ अर्ब ३५ करोड (१३ करोड अमेरिकी डलर) लगानी गर्नेछन् । सो कार्यक्रमलाई १ भदौमा एमसिसीको सञ्चालक समितिले स्वीकृत गरेको थियो । एमसीसी सञ्चालक समितिको अध्यक्ष अमेरिकी विदेशमन्त्री र उपाध्यक्ष अर्थमन्त्री रहन्छन् । कम्प्याक्ट कार्यक्रम एमसिसीको दक्षिण एसियामै पहिलो कम्प्याक्ट हो । कार्यक्रमअन्तर्गत प्रसारण लाइन निर्माण तथा सडक मर्मत परियोजनाहरू सञ्चालन गरिने अमेरिकास्थित नेपाली दूतावासका इकोनोमिक काउन्सेलर कैलाशराज पोखरलले बताए । कम्प्याक्ट कार्यक्रमअन्तर्गत उच्च भोल्टेज विद्युत् प्रसारण लाइन विस्तार र सबलीकरण गर्दै नेपालको विद्युत् क्षेत्रलाई सुधार गरिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले बताए । परियोजनाअन्तर्गत ५ वर्षमा करिब ३०० किलोमिटर लामो उच्च भोल्टेज प्रसारण लाइन निर्माण गरिनेछ । भारतसँग विद्युत् व्यापार वृद्धि गर्नका लागि दोस्रो सीमापार प्रसारण लाइन थप गरिनेछ । त्यस्तै, ३०० किलोमिटरसम्मको सडक मर्मतसम्भार गरिने पनि नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ । डिसेम्बर २०१४ मा एमसिसीको सञ्चालक समितिले नेपाललाई कम्प्याक्ट कार्यक्रमका लागि योग्य देशका रूपमा छनोट गरेको थियो । विधिको शासन र लोकतान्त्रिक निकायको स्थापना गर्ने दिशामा मुलुकले गरेका प्रयत्न र एमसिसीको नीतिगत स्कोरबोर्डमा नेपालको सशक्त कार्यक्षमता प्रदर्शनको कदर स्वरूप बृहत् आकारको लगानीका लागि योग्य ठहराइएको बताइएको छ । तीन सय किमि प्रसारण लाइन निर्माण गरिने कम्प्याक्ट कार्यक्रमअन्तर्गत उच्च भोल्टेज विद्युत् प्रसारण लाइन विस्तार गरिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले बताए । परियोजनाअन्तर्गत ५ वर्षमा करिब ३०० किलोमिटर लामो उच्च भोल्टेज प्रसारण लाइन निर्माण गरिने उनले बताए । भारतसँग विद्युत् व्यापार वृद्धि गर्नका लागि दोस्रो सीमापार प्रसारण लाइन थप गरिनेछ । त्यस्तै, ३०० किलोमिटरसम्मको सडक मर्मतसम्भार गरिने पनि नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न क्षेत्रगत शासन सुधारका क्रियाकलाप पनि सञ्चालन गरिनेछन् । तर्जुमा गरिएका सडक मर्मतसम्भारसम्बन्धी परियोजनासमेत सञ्चालन हुनेछ ।

पाकिस्तानमा लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेट

काठमाडौं, भदौ २८ । लामो समयको अन्तरालमा पाकिस्तानमा खेलिएको अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टोली विजयी भएको छ । लाहोरमा मंगलबार राति भएको ट्वेन्टी ट्वेन्टी खेलमा पाकिस्तानले विश्व–एघारलाई २० रनले पराजित गर्‍यो । खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रन बनायो । पाकिस्तानका लागि बाबर आजमले ५२ बलमा ८६ रन जोड्दा मोहोमद शेहजादले ३९ रन तथा शोएब मलिकले ३८ रन जोडे । जवाफमा १ सय ९८ रनको लक्ष्य पछ्याएको विश्व–एघारले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन मात्रै बनाउन सक्यो । विश्व–एघारका लागि फाफ डु प्लेसीस र ड्यारेन सामीले समान २९ रन जोड्दा हसिम अमलाले २६ रनको योगदान दिए । पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्काउने उद्देश्यले खेलिएको यो खेलका लागि विश्वका थुपै्र राष्ट्रका खेलाडी मिलाएर विश्व–एघार टिम बनाइएको हो । टिमले पाकिस्तानमा रहँदा तीन वटा ट्वेन्टी ट्वेन्टी म्याच खेल्नेछ । सन् २००९ को मार्चमा श्रीलंकाको राष्ट्रिय क्रिकेट टोली सवार बसमाथि लाहोरमा आतंकवादी आक्रमण भएयता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले पाकिस्तानमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गराएको छैन । पाकिस्तानसँगका टेष्ट, एक दिवसिय र ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलसमेत युएईलगायतका तेस्रो मुलुकमा आयोजना हुँदै आएका छन् ।