वाम एकता बैंक मर्जर जस्तै हाे : बाबुराम भट्टराई

काठमाडौं, माघ ७ । संयोगै भन्नुपर्छ, चुनावी जितलाई पार्टी एकतामा अनुवाद गर्न कस्सिएका दुई ठूला वाम पार्टीले एकीकृत हुने दलको वैचारिक कार्यदिशामा सहमति जुटाएकै दिन नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराईले त्यसलाई भनिदिए- बैंक मर्जरजस्तो ।

यी पूर्वप्रधानमन्त्रीको शब्दमा त्यस्तो ‘मर्जर’, जहाँ कुनै विचारधारात्मक एकता छैन, बरु ‘सीईओ र अध्यक्ष को बन्ने’ भागबन्डा चलिरहेको छ । यसै कारण एमाले र माओवादीसँग सहकार्यको सम्भावना अब सकिएको उनले घोषणा गरे ।

असोज १७ गते एकीकृत वाम पार्टी बनाउने लक्ष्यसहित ६ बुँदे सहमतिमा केपी ओली र पुष्पकमल दाहालसँगै हस्ताक्षर गरेका यी नेता तत्कालै कित्ता बदलेर कांग्रेससँग चुनावी गठबन्धन गर्न गएका थिए । उनले एमाले-माओवादी केन्द्रबीच एकता प्रयासको कुनै वैचारिक जग नभएको आरोप लगाएका छन् ।

अनि वस्तुतः उनीहरू पुरानै शक्ति रहेको भन्दै गठबन्धनबाट मुलुकका समस्या नसुल्झिने ठोकुवा गरेका छन् ।

‘खासमा हामीले उपेन्द्र यादवको फोरम, प्रचण्डको माओवादी र नयाँ शक्तिबीच भित्री कुराकानी गरेर नयाँ ढंगले तालमेल प्रयास गरिसकेका थियौं तर त्यसैबेला एमाले र माओवादीबीच अलग्गै वार्ता प्रक्रिया अघि बढिरहेको रहेछ,’

शनिबार दिउँसो विशालनगर निवासमा अन्नपूर्णसँग विशेष वार्ता गर्दै भट्टराईले खुलासा गरे, ‘हामीले बुझ्यौं- एमाले पनि त्यसमा सहभागी हुने रहेछ । वास्तवमा हामी अलिकति भ्रमित हुन पुगेछौं । नयाँ शक्तिलाई घोडा बनाएर छिट्टै सत्ताको भर्‍याङ चढ्ने उहाँहरूको मनसाय रहेछ ।’ उनले यी ‘पुराना शक्ति’ हरूसँग तालमेल गर्ने आफ्नो तत्कालीन सोचलाई त्रुटिपूर्ण भनी आत्मालोचना गरे ।

-अन्नपूर्ण पोस्टबाट

समायोजनमा नजानेलाई स्वेच्छिक अवकाश

काठमाडौं, पौष २८। सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी गरेको छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी थालिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । कर्मचारी समायोजन ऐन, २०७४ कार्यान्वयन भएको तीन महिनाभित्रमा समायोजनमा नजाने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रावधानअनुसार मन्त्रालयले अवकाशको तयारी थालेको हो । अवकाशका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुअघि स्वीकृतका लागि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको प्रवक्ता न्यौपानेले जानकारी दिए । निजामती कर्मचारीलाई तीन तहमा समायोजन गरेर पठाउने तयारी गरिएको छ भने समायोजनमा नजाने कर्मचारीलाई पेन्सनबापत एकमुष्ट सात वर्षको रकम दिने प्रस्ताव गरिएको छ । मन्त्रालयले समायोजन नियमावली पारित भइसकेपछि कर्मचारी समायोजन गर्ने तयारी गरेको हो । अहिले सो नियमावली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । मन्त्रालयले कार्यरत पदमा ज्येष्ठताका आधारमा, संघ, प्रदेश र स्थानीय तहको रोजाइ र स्थायी बसोबासको ठेगाना र नागरिकताका आधारमा समायोजन गर्ने आधार तयार पारेको छ । अहिले करिब ८३ हजार निजामती कर्मचारी छन् । रासस

ओली बैंकक उडेपछि देउवाले भने -अब प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिन्छ

काठमाडौं, पुस २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने बताएका छन् । एमालेका अध्यक्ष केपी ओली उपचारका लागि थाइल्याण्डको बैंकक उडेको भोलिपल्ट प्रधानमन्त्री देउवाले सरकारले प्रदेश प्रमुख र अस्थायी राजनीति बारेमा छिट्टै निर्णय गर्ने जानकारी दिएका हुन् । दलहरुसँग सहमति गर्नका लागि केही दिन समय दिएको र अब कुर्न नसक्ने प्रधानमन्त्रीले बताए । राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख नियुक्तिका लागि सरकारले विभिन्न राजनीतिक दलहरुसँग सहमतिका छलफल गरिरहेको जानकारी दिए। प्रधानमन्त्री देउवाले भने, “विभिन्न जातजाति, समुदायको बसोबास रहेको हाम्रो मुलुकमा सबैको भाषा, संस्कृति र रहनसहनको संरक्षण गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकतालाई थप मजबुद तुल्याउन सबै राजनीतिक दलको सहकार्य जरुरी छ।” कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता दिवसका दिन सरकारको तर्फबाट सार्वजनिक बिदा दिएर मनाउने निर्णय गर्नु अत्यन्तै सराहनीय रहेको उल्लेख गर्दै यसलाई सबै राजनीतिक दलले पनि स्वागत गरेको बताए। थापाले भने, “राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रपति र प्रधानमन्त्रीबाट राष्ट्र निर्माता शाहको शालिकमा माल्यार्पण गरेर दिवस मनाइएको छ, यसमा अब कुनै विवादको विषय छैन, पृथ्वीनारायणलाई कुनै राजनीति वा संस्थासँग जोडेर हेरिनुहुन्न, यो सम्पूर्ण नेपालीको साझा सम्मान हो।”

Govt. as per mandate –Thapa

Kathmandu, Jan 10 (RSS): Rastriya Prajatantra Party Chair Kamal Thapa has said that the country could be pushed towards instability again if the government is not formed as per the new popular mandate. Speaking at an interaction in the capital today, he said the popular mandate was in favour of the left alliance and dividing it to form a different government would be a betrayal on the public aspiration. Accepting that legal ambiguity had delayed the formation of a new government, he said, “the federal parliament shall get full shape after the NA elections and the government formed after a week of it.” He also said that the consensus of the left alliance was essential in designating the temporary provincial capitals and appointing the head of provinces, which is a sensitive matter. The RPP Chair said the government finally agreed to the party’s demand of observing Paush 27 as the national unity day in memory of nation builder Prithivi Narayan Shah, based on a consensus among all the parties.

माअाेवादी-एमाले एकता भाँड्नेहरु अझै सक्रिय : प्रचण्ड सचिवालय

काठमाडौं, पुस २४ । नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डको सचिवालयले काठमाडौं माओवादी केन्द्र र एमालेवीचको एकता भाँड्न केही व्यक्ति र शक्ति सक्रिय रहेको बताएको छ । सचिवालयले यस्तो काममा को को लागेका छन् भन्ने त खुलाएको छैन तर यसबाट सचेत रहनुपर्ने जनाएको छ । प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सनाले फेसवुक स्टाट्स लेख्दै यस्ता एकता विरोधी दुवै पार्टीमा रहेकाे उल्लेख गरे । उनले त्यसबाट सचेत रहन समेत अाग्रह गरेका छन् ।  

मैदानमा आफ्नै टिमका ब्याट्सम्यानले खुशी मनाइरहँदा ड्रेसिङ रुममा कप्तान निराश !

सिड्नी, पुस २४ । अस्ट्रेलिया र इंग्ल्याण्डबीच जारी एसेस क्रिकेट शृंखला अन्तर्गत पाँचौं तथा अन्तिम टेस्ट म्याचका क्रममा अस्ट्रेलियाका दुई ब्याट्सम्यान मैदानमा खुशी साटासाट गरिरहँदा सोही टिमका कप्तान स्टीभ स्मिथ भने टाउकोमा दुवै हात राखेर सो दृष्य निराश मुद्रामा हेरिरहेका थिए । म्याचको चौथो दिन १७२.२ ओभरमा यस्तो दृष्य देखिएको हो । अस्ट्रेलियाका मिशेल मार्स ९८ रनमा खेलिरहेका थिए । टम करनको बललाई प्वाइन्टको दिशामा प्रहार गर्दै उनी दुई रनका लागि दौडिए । तीव्र गतिमा उनले एक रन पुरा गरे । तर दोस्रो रन पुरा गर्नुअघि नै उनी शन मार्ससँग अंकमाल गर्दै खुशी बाँड्न थाले । उनी आफ्नो शतक पुरा भएकोमा खुशी बाँड्दै थिए । यद्यपि उनले ९९ रनमात्र पुरा गरेका थिए । अस्ट्रेलियाका कप्तानसहित अन्य खेलाडीहरु ड्रेसिङ रुमबाट यो दृष्य हेरिरहेका थिए । सुरुमा त कप्तान स्मिथले पनि ताली बर्जार मिशेलको शतकमा बधाइ दिएका थिए तर रन लिने क्रममा ९९ रनमात्र पुरा गरेर क्रिजको बीचमै दुई खेलाडी खुशी बाँड्न ब्यस्त रहेपछि उनी स्तब्ध भए । किनकी कुनै पनि बेला ‘रन आउट’ को सम्भावना थियो र शतक पनि पुरा भएको थिएन । ड्रेसिङ रुमबाटै कप्तान स्मिथले चिच्याएर मिशेललाई अर्को रन पुरा गर्न भने । त्यसपछि बल्ल मिशेल आफ्नो रन पुरा गर्न दौडिए । अन्ततः उनले रन पुरा गर्दै आफ्नो नाममा शतक लेखाए । पछि मार्श दाजुभाई आफूहरुको बेवकुफीप्रति हाँसिरहेका देखिन्थे ।

ओली र प्रचण्डबीच वार्ता सकियो, यस्तो भयो सहमति

काठमाडौं, पुस २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको भेटवार्ता सकिएको छ ।   छलफलमा पार्टी एकता, प्रदेश सरकार र राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भएको अध्यक्ष प्रचण्डले बताए । “हामीले राष्ट्रिय सभाको निर्वाचन र प्रदेश सरकार गठनबारे कुरा गर्यौं” प्रचण्डले भने, “मुख्यतः पार्टी एकताका बारेमा नै छलफल केन्द्रीत भयो ।” नेकपा एमाले र माओवादी केन्द्रबीच गत असोजमा पार्टी एकताको निर्णय भएपछि त्यसको सैद्धान्तिक र प्राविधिक पक्ष अझै टुंगो लाग्न सकेको छैन । “आजको बैठकमा गम्भीर ढंगले छलफल भयो, यसअघि नै सहमति भएको प्रक्रिया अनुसार अघि बढने सहमति भयो ।” प्रचण्डले भने । आज भएको छलफल अनुसार सैद्धान्तिक र संगठनात्मक विषयमा दुबै दलहरुले आफ्नो न्यूनतम धारणा तय गर्ने छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टीको आधारभूत सैद्दान्तिक कार्यदिशा, एकताको क्रममा न्यूनतम सैद्धान्तिक आधार के मान्ने भन्ने विषयमा मोटामोटी छलफल र संगठनको स्वरुप, कार्यशैली, संरचना र नेतृत्वका बारेमा छलफल भएपछि पार्टी संयोजन समितिको बैठक बस्ने छ । “भोली दुबै पार्टीको बैठक बसेर सैद्धान्तिक र संगठनात्मक पक्षहरुमा छलफल गर्ने छ” ओलीसँगको बैठकपछि प्रचण्डले भने, “पर्सी पार्टी संयोजन समितिको बैठक बस्ने निर्णय भयो ।’ दुबै दलले छलफल गरे अनुसार, पर्सी बस्ने पार्टी संयोजन समितिले पार्टीको कार्यदिशाको मोटामोटी आधार र संगठन तथा नेतृत्वबारे छलफल गर्ने छ । यी कुरामा सहमति जुटेमा पार्टी एकताको प्रक्रियाका बारेमा समेत संयोजन समितिमा सहमतिमा पुगिने छ । “बैठक निकै सकारात्मक रह्यो, एकता इतिहासको आवश्यकता भएकोले यसलाई उत्तरदायित्वबोध गरेर अघि बढने विषयमा हामी निकै अगाडि पुगेका छौं ।” प्रचण्डले भने, “भ्रम र आशंका फिजाइए पनि अब एकताको प्रक्रिया निकै अगाडि बढेको छ । कतिपय प्राविधिक पक्षमा भोली र पर्सी छलफल हुन्छ र टुंगो लाग्छ ।” माओवादी केन्द्रले इतिहासको मूल्यांकन र खासगरी जनयुद्दप्रति एमालेको धारणा, समाजवादी क्रान्तिको न्यूनतम कार्यदिशा तथा नेतृत्वबारे आफनो स्प्ष्ट धारणा अघि सारिसकेको छ । एमालेभित्र भने पार्टी एकताका कतिपय पक्षमा आपसी विवाद देखिएको छ । यो विवाद भोली बस्ने दुबै दलका बैठकबाट टुंगो लागेमा पर्सी बस्ने संयोजन समितिको बैठकले पार्टी एकताको ठोस प्रारुप तय गर्ने देखिन्छ । लामो समयसम्म संयोजन समितिको बैठक र शीर्ष दुई नेताबीच छलफल समेत हुन नसक्दा अब के हुन्छ भन्ने चासो बढी रहेको समयमा चितवनबाट फर्किए लगत्तै माओवादी अध्यक्ष प्रचण्ड आइतबार साँझ ओली निवास बालकोट पुगेका थिए । एमालेले पार्टी एकता, सरकार गठन र समसायमिक राजनीति विषयमा छलफल गर्न सोमबारका लागि स्थायी समिति बैठक बोलाएको छ । एकसाता भन्दा लामो समयदेखि अस्वस्थ रहेका एमाले अध्यक्ष ओली पुस २६ गते नियमित स्वास्थ्य परीक्षणका लाथि थाइल्याण्ड जाने कार्यक्रम रहेको छ ।

निर्वाचन खर्च करिब पौने छ अर्ब

काठमाडौं, पुस २३ । गत मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । दुई चरणमा भएको निर्वाचनको खर्च विवरण सार्वजनिक गर्दै आयोगले ७७ जिल्लामा ४ अर्ब ६ करोड १४ लाख ६ हजार ६ सय ८ रुपैयाँ निकासा भएको जानकारी दिएको हो । यस्तै राजधानीको कान्तिपथस्थित केन्द्रीय कार्यालयबाट ७६ करोड ६ लाख ७८ हजार ६ सय ९१ रुपैयाँ खर्च भएको उल्लेख गरेको छ । निर्वाचन प्रयोजनका लागि सरकारले निकासा गरेको १० अर्ब रुपैयाँ मध्ये ३० करोड रुपैयाँ पुँजीगत खर्चतर्फ रकमान्तर गरिएको थियो । ९ अर्ब ७० करोड रुपैयाँमध्ये चार अर्ब ७ करोड ७८ लाख ५२ हजार ७ सय रुपैयाँ मौज्दात छ । आयोगका सचिव नवराज ढकालद्वारा जारी विज्ञप्तिमा मौज्दात रकमबाट राष्ट्रिय सभा र राष्ट्रपतिरउपराष्ट्रपतिको निर्वाचन गर्ने प्रवन्ध मिलाइएको उल्लेख छ । आयोगले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा दुई लाख १५ हजार जनशक्ति परिचालन गरेको थियो । आयोगको खर्च विवरणमा जनशक्ति परिचालन, निर्वाचन सामग्री, मतपत्र, मतदाता शिक्षा कार्यक्रम लगायत तर्फ अस्ती शुक्रबारसम्म भएको खर्च विवरण समेटिएको छ ।

जनताले प्रगतिशील एजेन्डा सहितको वामपंथी सरकार खोजेका छन : पोखरेल

काठमाडौ, पुस २३ । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवम् महोत्तरी जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद गिरिराजमणि पोखरेलले जनताले प्रगतिशील एजेन्डा सहितको बामपंथी सरकार खोजेको बताउनुभएको छ । नेपाली कांग्रेस जनभावना विपरित जान खोजेको आरोप लगाउदै पोखरेलले बाम गठबन्धनलाई जनताले अनुमोदन गरिसकेको अवस्थामा कांग्रेसले जनमतको कदर गर्न नसकेको बताउनुभयो । निर्वाचनको मतपरिणाम आउने बित्तिकै कांग्रेसले सत्ता हस्तान्तरण गरेर जनमतको कदर गर्नुपर्थ्यो पोखरेलले भन्नुभयो, ‘सत्ता लम्बाउने र बाम गठबन्धनलाई टुटाउने तर्फ काग्रेसको ध्यान गएको देखियो ।’ सम्मानजनक बामपंथी एकता हुनुपर्ने बताउदै पोखरेलले दुबै पार्टीको अस्तित्वको कदर गर्नुपर्ने बताउनुभयो । महोत्तरीबाट काठमाडौं आएर विभिन्न पेसा व्यवसायमा आवद्ध रहेका महोत्तरीबासीहरुको साझा संगठनका महोत्तरी–काठमाडौ सम्पर्क मंचको आयोजनामा भएको कार्यक्रममा नेता पोखरेलले विकासको दृष्टिकोणले महोत्तरी एकदमै पछाडी परेको बताउदै महोत्तरीलाई नयाँ ढंगले अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको औल्याउनुभयो । देशभर बामपंथीको लहर आएपनी मधेसमा बाम गठबन्धनप्रती नकारात्मक धारणाका कारण समग्र महोत्तरीको जितको कथा लेख्न सकिएन पोखरेल भन्नुभयो, ‘मधेसमा मधेसीहरुको गठबन्धन र अस्वस्थ प्रतिस्पर्धाका बिच एउटा क्षेत्र पुरै जितेका छौं ।’ पोखरेलले उम्मेदवार एक्लै को पहलले चुनाव जित्न नसक्ने बताउदै आफ्नो टिमको जितमा सबै पक्षको सहयोग रहेको स्मरण गर्नुभयो । कार्यक्रममा महोत्तरी जिल्ला प्रतिनिधि सभा १ को प्रदेश सभा १ बाट बिजयी सारदादेवी थापा, प्रदेश सभा २ बाट बिजयी भरतप्रसाद शाह लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । मंचले महोत्तरी १ मा चुनाव जिताउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै सिस्नुपानी नेपालका महासचिव टंक आचार्य, राष्ट्रिय कलाकारहरु मनोज गजुरेल लगायतकालाई सम्मान गरिएको थियो ।

सर्वदलीय बैठक सकाएर प्रचण्ड आज चितवन जाँदै

काठमाडौं, पुस २० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गृहजिल्ला चितवन जाँदैछन् । बिहान ९ बजे बालुवाटारमा प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागि भएर उनी दिउँसो साढे २ बजे चितवनका लागि प्रस्थान गर्ने उनका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए । पार्टी एकीकरणका लागि प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच छलफल हुँदै आएपछि ठोस सहमति बन्न सकेको छैन । सहमति बन्न नसकेकै कारण एकता संयोजन समितिको बैठक बस्न सकेको छैन ।

३०० करोड नजिक ‘टाइगर जिन्दा है’

सलमान खान र क्याटरिना कैफ अभिनित चलचित्र ‘टाइगर जिन्दा है’ले भारतीय बक्स अफिसमा अन्धाधुन्द कमाइ गरिरहेको छ । बलिवुड वेबसाइट कोइमोइका अनुसार बुधवारको घरेलु कलेक्सनको प्रारम्भिक अनुमान ६.४५ करोड गरिएको छ । २२ डिसेम्बरमा रिलीज भएको यो चलचित्र कमाइका मामलामा आफ्नो प्रिक्वेल ‘एक था टाइगर’ जस्तै बलियो भएर आएको छ । रिलिज भएकै दिनदेखि दह्रो कमाइ बटुल्दै आइरहेको यस चलचित्रले भारतीय बक्स अफिसमा मंगलवारसम्म २८०.६२ करोड भारतीय रुपैयाँ कमाइसकेको छ र यसले चाँडै ३ सय करोडको महत्वपूर्ण आँकडा पार गर्ने अनुमान गरिएको छ । भारतीय चलचित्र विश्लेषक तरण आदर्शले आफ्नो ट्विटमा मंगलवार चलचित्रको कमाई ७.८३ करोड रहेको उल्लेख गर्दै हालसम्म यसको प्रदर्शन ‘सुपर स्ट्रङ्ग’ रहेको बताएका छन् । फिल्म ट्रेड पण्डितहरूका अनुसार यस फिल्मले सन् २०१७ मा खस्केको ठानिएको बलिवुडको व्यापारमा आशाको संचार गर्नेछ । यशराज फिल्म्सको ब्यानर अन्तर्गत निर्माण गरिएको यो चलचित्र सन् २०१२ को ब्लकबस्टर फिल्म ‘एक था टाइगर’को सिक्वेल हो । अली अब्बास जफरद्वारा निर्देशित यस चलचित्रमा दुई परस्पर प्रतिद्वन्दी देशका जासुसी संस्थाप्रति वफादारएउटा जासुस जोडीले कसरी संयुक्त रूपमा एउटा खतरनाक रेस्क्यु अप्रेसन पुरा गर्छन् भन्ने देखाइएको छ । फिल्म क्रिसमस र नयाँ वर्षको विदाको अवसर पारेर रिलीज गरिएको थियो जुन बलिवुडमा सर्वोत्कृष्ट व्यापार हुने समय मानिन्छ ।  

समाचारप्रति कुनै गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह

काठमाडौं, पुस १२ । प्रेस काउन्सिल नेपालले आम सञ्चारमाध्यमबाट प्रकाशित समाचरका विषयमा गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह गरेको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत दिपक खनालले बुधबार विज्ञप्ति जारी गर्दै कुनै आपत्ति, असन्तुष्टि वा प्रतिक्रिया भए काउन्सिलमा खण्डन पठाउन सकिने बताए । महानगरीय प्रहरी परिसर काठमाडौँले केही अनलाइन सञ्चारमाध्यमलाई ‘कागजात उपलब्ध गराइदिनू’ भनी पत्र काटेकाप्रति ध्यानाकर्षण भएको जनाउँदै काउन्सिलले सञ्चारमाध्यममा प्रकाशित समाचारसँग सम्बन्धित कुनै विषयको जानकारी भए काउन्सिलसँग समन्वय गर्न पनि आग्रह गरेको छ । केही दिनअघि समाचारको विषयलाई लिएर प्रहरी परिसरले काठमाडौँमा सञ्चालित अनलाइनलाई स्रोत खुलाउन माग गदै पत्र काटेको थियो । विज्ञप्तिमा समाचार स्रोतको संरक्षण गर्ने अधिकार पत्रकार र सञ्चारमाध्यमको दायित्व हुने उल्लेख गरिएको छ ।

पचास लाख विदेशी पर्यटक भित्र्याइने

काठमाडौं, पुस १२ । ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना हुने भएको छ । नाट्टाको बुधबार बसेको कार्यसमिति बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचनसहितको साधारणसभा काठमाडौँमा गर्ने निर्णय गरेको हो । निर्वाचनले अध्यक्ष, पदाधिकारी र सदस्यसहित १६ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नाट्टाको निर्वाचनका लागि ४७० मतदाता रहेका छन् । नाट्टाका अध्यक्ष मधुसुधन आचार्यले आगामी सन् २०३० सम्म ५० लाख विदेशी पर्यटक पु¥याउने लक्ष्यका साथ संस्थाले अन्य पर्यटकीय संस्थासँग समन्वय गरेर प्रचारात्मक अभियान चलाउने बताए । निर्वाचनको निर्णयसँगै नाट्टाको नेतृत्वका लागि व्यवसायीले दौडधुप शुरु गरेका छन् । नेतृत्वका लागि थुपै्र आकांक्षी भए तापनि अध्यक्षका लागि वाम गठबन्धनकोतर्फबाट सम्राट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक सिएन पाण्डे र स्वतन्त्र व्यवसायीबाट सि एण्ड स्काई टुर्सका प्रबन्ध निर्देशक अच्युत गुरागाईंको नाम चर्चामा छ । उनीहरुले भिन्न गठबन्धन बनाई छलफल चलाइरहेका छन् ।

प्रचण्ड र ओलीबीच भेटवार्ता सम्पन्न, यस्तो भयो सहमति !

काठमाडौं, पुस १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ। बुधबार दिउँसो ओलीनिवास बालकोटमा भएको भेटमा अध्यक्ष प्रचण्ड र ओलीबीच पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका विषयमा कुराकानी भएको थियो। अध्यक्षद्वय प्रचण्ड र ओलीबीच निकै सौहार्द वातावरणमा छलफल भएको थियो। छलफलमा जनताले नयाँ जनादेश दिएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने विषयमा उनीहरु बीच कुराकानी भएको थियो। निर्वाचन आयोगले पनि नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्ने बारे पनि नेताहरु बीच कुराकानी भएको थियो। दुई अध्यक्ष बीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको छ। १/२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने पनि प्रचण्ड र ओलीबीच समझदारी भएको छ।

भैरहवा ग्लाडिएटर्ससँग पोखरा राइनोज ७ विकेटले पराजित

काठमाडौं, पुस १० । एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स प्लेफमा प्रवेश गर्न सफल भएको छ । सोमबार भएको दोस्रो खेलमा पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै भैरहवा प्लेफमा प्रवेश गरेको हो । पोखराले दिएको १ सय ९ रनको सामान्य लक्ष्य लक्ष्य १७.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै भैरहवा दोस्रो चरणमा प्रवेश गरेको हो। भैरहवाले ४ खेलमा तीन खेल जित्दै ६ अंक जोडेको छ। र उ अंक तालिकामा दोस्रो स्थानमा छ। त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले १८.३ ओभरमा सवै विकेट गुमाएर १ सय ८ रन सिमित रह्यो । पोखराका लागि पाकिस्तानी खेलाडी इसरार उल्लाहले सर्वाधिक ४१ रन बनाए भने सुनिल धमालाले १५ र आसिफ अलीले १० रन जोडे। भैरहवाका दिपेश श्रेष्ठ, शरद भेषावकर र कृष्ण कार्कीले २–२ विकेट लिए। १ सय ९ रनको लक्ष्य पछ्याएको भैरहवाले ३ विकेटको क्षतिमा पूरा गर्यो । आरिफ शेखले अविजित ४८ रन र कप्तान शरद भेषावाकरले ३२ रनको पारी खेले। बलिङमा पोखराका ताज वालीले २ तथा कप्तान शक्ति गौचनले १ विकेट लिए।

फाइनलमा सिंगापुरलाई पराजित गरेको यु-१६ क्रिकेट टोली स्वदेश फर्किदै

काठमाडौं, पुस ३ । एसीसी अण्डर सिक्सटिन इष्टर्न रिजन क्रिकेट च्याम्पियनसिपको उपाधि जित्न सफल नेपाली टोली आज स्वदेश फर्कंदैछ । टोली आज दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । थाइल्याण्डमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपाली किशोरहरुको टोलीले उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ६ विकेटको क्षतिमा एक सय ८३ रन बनायो । कप्तान विशाल बिक्रम केसीले ६३ रन जोडे । जवाफमा सिंगापुरले ३१ ओभर ५ बलमा अलआउट हुँदै एक सय १२ रनमात्र बनाउन सक्यो । सेमिफाइनलमा मलेसियालाई हराएको नेपालले समूह चरणमा आयोजक थाइल्याण्ड, हङकङ र म्यानमारलाई पराजित गरेको थियो । प्रतियोगिताको सबै ५ खेलमा अपराजित रहँदै नेपालले उपाधि जितेको हो ।