नेपाललाई दोस्रो सफलता, पारसले झारे युएईको अर्को विकेट

काठमाडौं, फागुन १५ ।सन २०१९ मा हुने एकदिवसिय विश्वकप क्रिकेटको छनोट खेल्नको वार्मअफ खेलमा अहिले नेपाल र युएई भिडिरहेका छन् ।

जाम्बाबेमा जारी खेलमा युएई टस जितेर ब्याटिङ राजेको छ । टस जितेर ब्याटिङमा उत्रिएको युएर्इको दोस्रो विकेट पतन भएको छ ।

युएर्इ ताजा अवस्थामा दुई विकेटको क्षतिमा १४ ओभरको समाप्तिमा ७१ रन बनाएर खेलिरहेको छ ।

नेपालका लागि पहिलो विकेट खेलको दोस्रो ओभरको पहिलो बलमा लतित भण्डारीले लिए । ललितको बलमा नेपालका ज्ञानेन्द्र मल्लले क्याच गरेका हुन् । युएईका रोहन मुस्ताफा ४ रन बनाएर आउट भए ।

युएईको दोस्रो विकेट कप्तान पारस खडकाले लिएका हुन् । युएईका गुलाम सहावरलाई खडकाले ३२ रनमा आउट गरेका हुन् ।

मैदान चीसो भएका कारण पूर्व निर्धारित समयमा भन्दा ढिलो गरी खेल शूरु भएको हो ।

दुई साता अघि नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा विजेता बनेको युएई र दोश्रो भएको नेपाल विश्वकपको छनौट खेल्न जिम्बावे छन् ।

नामिवयामा भएको डिभिजन २ मा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले हराए पनि फाइनलमा ७ रनले पराजित भएको थियो ।

जिम्बावेमा फागुन २० गतेदेखि हुने विश्वकप छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी छन् । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउनेछन । नेपाल अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै समूह बीमा छ ।

नेपालले पहिलो खेल फागुन २० गते घरेलु टोली जिम्बावेसँग,
दोस्रो खेल २४ गते स्कटल्याण्डसँग,

तेस्रो खेल २६ गते अफगानिस्तानसँग र

अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ ।

काठमाडौंकाे गौशालामा नाङ्गा बाबाहरुलाई राम धुलाई (भिडियाे)

काठमाडौं, फागुन ५ । काठमाडौंकाे गौसालामा नाङ्गा बाबाहरुलाई कुटिएकाे छ । नेपालकाे बेर्इजत गर्ने यहि हाेर्इन भन्दै नाङ्गा बाबाहरुलार्इ कुटपिट भिडियाेमा देख्न सकिन्छ ।

युएण्टोको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो । निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष ऋषिराम चापागाई(चितवन), महिला उपाध्यक्ष नानुमाया पराजुली(लमजुङ) र खुला उपाध्यक्ष बसन्त अधिकारी(दाङ) रहेका छन् । यसैगरी सम्मेलनले सातै प्रदेशबाट एक–एकजना उपाध्यक्ष निर्वाचित गरेको छ । जहाँ प्रदेश नम्बर १ बाट सीताराम अधिकारी (झापा), प्रदेश नम्बर २ बाट युगेश्वर राउत(सप्तरी) र ३ नम्बर प्रदेशबाट इन्द्रराज भट्टराई (गोरखा) उपाध्यक्षमा निर्वाचित भएकाछन् । प्रदेश नम्बर ४ बाट झपेन्द्र क्षेत्री(बाग्लुङ), ५ बाट मानबहादुर पाण्डेअर्घाखाची) र ७ नम्बर प्रदेशबाट कृष्णदत्त जोशी(कञ्चनपुर) निर्वाचित भएका छन् । सम्मेलनले महासचिवमा निमबहादुर केसी(सल्यान) निर्वाचित गरेको छ । अर्थ उपमहासचिवमा कुलप्रसाद खतिवडा(ओखलढुंगा) र उपमहासचिवमा शान्ति ढकाल(सुर्खेत) निर्वाचित हुँदा सचिवहरुमा पुष्प न्यौपाने(काठमाडौं), सुशिला भट्टराई (बर्दिया) निर्वाचन भएका छन् । संगठनका अनुसार सातै प्रदेश स्तरीय कमीटीका अध्यक्षहरु केन्द्रिय कार्यसमितिमा सचिव सरह रहने छन् । यसअघि नै प्रदेश स्तरीय सम्मेलनहरुबाट १ नम्बर प्रदेशमा राजु बस्नेत, २ नम्बरबाट भूपनारायण यादव, ३ नम्बरबाट दूर्गासिंह लामा निर्वाचित भइसकेका छन् । त्यस्तै, ४ नम्बर प्रदेशबाट सोमनाथ ढुंगाना, ५ नम्बरबाट मदन शर्मा, ६ नम्बर बाट रश्मीलाल चपाइ र ७ नम्बर प्रदेशबाट दलबहादुर कार्की अध्यक्षमा निर्वाचित भइसकेका नवनिर्वाचित उपाध्यक्ष ऋषिराम चापागाईले जानकारी दिए । फागुन ४, ५ र ६ मा सम्पन्न संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले १३५ जनाको केन्द्रिय समिति मध्ये ९३ जना प्रत्यक्ष निर्वाचित गरेको छ भने बाँकी मनोनित हुनेछन् । यसअघि ४५१ सदस्यीय केन्द्रिय समिति रहेको संगठनमा पाँचौं सम्मेलनबाट १३५ मा झारिएको हो । अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष शंकर अधिकारीले ६ महिना भित्र वामपन्थी शिक्षाको स्पष्ट खाका तयार गर्ने साथै, शैक्षिक गुणस्तरमा केन्द्रित रहँदै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

जिम्बावेमा हुने विश्वकप छनोट खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो । घोषित टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी, शक्ति गौचन, अनिलकुमार साह र ललितनारायण राजवंशी छन् । वैकल्पिकतर्फ सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र विनोद भण्डारी रहेका छन् । यही फागुन २० गतेदेखि शुरु हुने छनोट खेलमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङ्कङ छन् । नेपालले आफ्नो पहिलो खेल फागुन २० गते जिम्बावेसँग खेल्ने छ भने दोस्रो खेल फागुन २४ गते स्कटल्याण्डसँग, तेस्रो २६ गते अफगानिस्तानसँग र चौथो खेल २८ गते हङ्कङसँग खेल्ने छ । प्रतियोगिताको विजेता र उपविजेता टोलीले सन् २०१९ मा इङ्ल्याण्ड हुने विश्वकप प्रतियोगितामा सहभागिता जनाउने छन् ।

एकता संयोजन समितिको बैठक बालुवाटारमा बस्दै

काठमाडौं, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता प्रक्रिया टुंगोमा पुर्याउन गठित एकता संयोजन समितिको बैठक बालुवाटारमा साँझ साढे सात बजे बस्ने तय भएको छ । यसअघि आइतबारका दिन दुबै पार्टीका अध्यक्षबीच पाँच घण्टा लामो छलफल चलेको थियो । आइतबारका दिन भएको छलफलका आधारमा एकता संयोजन समितिको आजको बैठकमा एकता प्रक्रियामा छलफल र सहमतिका लागि बाँकी विषयमा सझदारी बनाउने कार्यतालिका रहेको छ । आजको छलफलले एकीकृत पार्टीको वैचारिक कार्यदिशा निर्माण गर्ने प्रक्रिया, सरकार गठनलाई पूर्णता दिने, राष्ट्रपति, सभामुखलगायत अन्य नियुक्तिलगायतका विषयमा सहमति जुटाउने बताइन्छ । आजको बैठकमा सहमति भएमा पार्टी एकता प्रक्रिया टुंगोमा पुग्ने र सोही अनुसार, पार्टी एकताको औपचारिक घोषणाका लागि आवश्यक थप प्रक्रियाका बारेमा निर्णय हुने छ । यसअघि भएको सहमति अनुसार, नेतृत्व, कार्यदिशा र संगठनात्मक एकताका बारेमा सहमति जुटेपछि संगठनात्मक एकता प्रक्रिया र कार्यदिशा निर्माणका लागि दुई कार्यदल गठन गर्ने मोटोमोटी सहमति भएको थियो ।    

विप्लव नेतृत्वको नेकपाद्वारा नेपाल बन्दको आह्वान

काठमाडौं, फागुन ७ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीका केन्द्रीय नेतासहित दर्जनौं कार्यकर्ताको गिरफ्तारी र हस्तक्षेपको विरोधमा भोलि मंगलबार (८ गते) नेपाल बन्दको घोषणा गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपाले शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरि आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा सोमबार साझँ देशभरि मसाल जुलुस प्रर्दशन र संघर्षका कार्यक्रमहरु गर्ने जनाएको हो । विराटनगरबाट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलीटब्युरो सदस्य पदम राई ‘विकास’ लगायतका दर्जनौं नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरेको र राष्ट्रिय युवा जनस्वयंसेवकको कार्यक्रममा प्रहरी हस्तक्षेप गरेको आरोप लगाएको छ । नेकपाका महासचिव विप्लवले युवाहरुको संगठन राष्यिुवा जनस्वयं सेवकको राष्ट्रिय सम्मेलनका लागि जाँदै गरेका स्थायी समिति सदस्य सुदर्शन र पीबीएम विकास लगायतका दर्जनौं युवा नेता र कार्यकर्ताहरुलाई गिफ्तार गरेको र शान्तिपूर्ण रुपमा गर्न लागिएको राष्ट्रिय सम्मेलनमाथि राज्य प्रशासनले दमन गरेको भन्दै घोर निन्दा गरेका छन् । विप्लवले आफना पार्टीका उच्च तहका नेता र दर्जनौं कार्यकर्ताहरुलाई रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतवनी दिदै ८ गतेको नेपाल बन्द सफल पार्न पार्टी पंक्ती र आम जनतालाई अपिल गरेका छन् ।

यसरी हुन्छ आर्यघाटमा पनि कमिसनको चलखेल

हेटौंडा, माघ २७ । पशुपति आर्यघाटमा दाहसंस्कार गर्दा चाहिने सामाग्री पशुपति क्षेत्र विकास कोषले तोकेको पसलमा किन्नुपर्ने बाध्यता छ । दाहसंस्कार गर्दा बाँस, फूलमाला, दाउरा, कात्रो, पीताम्बरलगायत सामाग्री चाहिन्छ । समाचारमा लेखिएको छ, कोषका कर्मचारीले यी सामाग्री बेच्ने पसलबाट कमिसन लिने गरेको स्रोतको दाबी छ । शोकमा परेका आफन्तलाई कोषका कर्मचारीले दाहसंस्कार सामाग्री फलानो पसलबाट किन्नुस् भन्दै तोकिदिने गरेका छन् । शोकमा परेका बेला कसैले केही नबोल्ने हुँदा त्यसको फाइदा लिन कर्मचारीको मिलेमतोमा यसो गरिएको हो । पसल तोकिदिएबापत कोषका कर्मचारीले बिक्री भएको सामानको मूल्यअनुसार कमिसन लिने गरेका छन् । नागरिक दैनिकमा यो खबर छ ।

बलिउड अभिनेत्री रेणुका शहाणे भाइरल…

मुम्बई । १९९४ मा  बलिउड क्षेत्रका सुपरहिट चलचित्र ‘हम आपके हे कौन’ मा सलमान खानको भाउजूको भूमिकामा खेलेकी अभिनेत्री रेणुका शहाणे एक पटक फेरि बलिउड क्षेत्रको ठूलो पर्दामा देखिन आएकी छन् । उनको नयाँ बलिउड चलचित्र ‘४ स्टोरीज्’ का ट्रेलर बुधबार रिलिज गरिएको छ । खास कुरा के हो भने यस ट्रेलरमा रेणुकालार्इ चिनिन निकै कठिन भएकाे थियो । रेणुका मराठी चलचित्र इण्डस्ट्रीमा क्रियाशील रहेकी छिन् । २०१५ मा उनी मराठी चलचित्र ‘हाइवे’ मा अन्तिम पटक देखिएकी थिइन् । बलिउड क्षेत्रपछि अभिनेत्री रेणुका अन्तिम चलचित्र ‘दिल ने जिसे अपना कहा’ मा देखिएकी थिइन् । २०१५ मा रेणुकाले टिभी सिरियल ‘कभी ऐसे गीत गाया करो’ मा अहम् भूमिका निर्वाह गरेकी थिइन् ।

नेपाललाई अर्काे सफलता, सोमपाल कामीले फेरि झारे अर्काे विकेट

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत पहिलो खेलमा नेपालले अहिले आयोजक नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ। टस जितेर पहिले फिल्डिङ गरिरहेको नेपालले २ विकेट हात पारिसकेको छ। दुवै विकेट सोमपाल कामीले लिएका छन्। सोमपालले पहिलो ओभरमा भान डेरलाई शून्य रनमा बोल्ड गरेका थिए। यस्तै उनले पाँचौ ओभरमा स्टेफन बार्डलाई १८ रनमा आउट गरे। नामिबियाले ५ ओभरमा २ विकेट गुमाएर २७रन जोडेको छ। खेलमा रोहितकुमार पौडेलले सिनियर टिममा डेब्यु गरेका छन्। नेपाली टिम – पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, रोहितकुमार पौडेल, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने ,दिपेन्द्रसिंह ऐरी । डिभिजन–२ को शीर्ष दुईमा रहने लक्ष्यमा रहेका सवै टिमका लागि पहिलो खेल महत्वपूर्ण छ। डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ। नेपाललाइभबाट साभार

चर्चित गायक राजेशपायलको यस्तो छ ‘भ्यालेनटाइन’

काठमाडौं । गायक राजेशपायल राईका थुप्रै गीत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय तथा चर्चित छन् । उनका फ्यानका लागि उनले ‘भ्यालेनटाइन’ उपहार प्रस्तुत गरेका छन् । ‘भ्यालेनटाइन–डे’ अर्थात् प्रेम दिवश लक्षित उनको ‘तिमीलाई नसम्झिने त कुनै छिन छैन’ बोलको प्रेम गीत सार्वजनिक भएको छ । बबी गुरुङको शब्दरचना तथा राजकुमार बगरको संगीत रहेको सार्वजनिक गीतको भिडियो समेत सार्वजनिक भएको छ । सार्वजनिक गीतको म्यूजिक भिडियोलाइ राधाकृष्ण आचार्यले निर्देशन गरेका छन् । म्यूजिक भिडियोमा मोडल सनम कठायत, खुसी र बुद्धिले अभिनय गरेका छन् । भिडियोलाई रेशम दर्लामीले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् । हेर्नुहोस् भिडियो :

नयाँ प्रधानमन्त्री नियुक्तिमा नयाँ ‘बहस’

काठमाडौं, माघ २४ । नयाँ प्रधानमन्त्री नियुक्तिको निम्ति संघीय संसद्को पहिलो बैठक अनिवार्य हुने/नहुने भन्नेमा फरक-फरक मत देखा परेका छन्। सांसद पदको शपथ लिएपछि प्रधानमन्त्री नियुक्त हुने बाटो खुल्ने भन्दै महान्यायाधीवक्ताले बैठक अनिवार्य हुने तर्क गरेका छन्। तर वामपन्थी गठबन्धनले ‘विगतको अभ्यास र संवैधनिक व्यवस्था अनुसार’ त्यो आवश्यक नहुने बताएको छ। प्रतिनिधि सभालाई पूर्णता दिन राष्ट्रिय सभाको चुनावको अनिवार्यता सम्बन्धी विवादमा केही हप्ता बितेको थियो। राष्ट्रिय सभा चुनावको नतिजा ‘तीन दिनभित्र’ उदाहरण यसअघि संसद्‌मा सहमतिको आधारमा प्रधानमन्त्री नियुक्त हुने व्यवस्था रहेकाले संसद् बैठकमा सहभागी हुन सांसदले शपथ लिनु पर्थ्यो। तर अहिलेको संविधानमा प्रष्ट व्यवस्था छ। शपथ लिनु पर्दैन। सुवास नेम्बाङ, एमाले नेता लामो बहसपछि बुधवार हुन लागेको राष्ट्रिय चुनावको मुखमा प्रधानमन्त्री बन्न वा संसद्लाई पूर्णता दिन सांसदले शपथ लिनु पर्ने/नपर्नेमा मतभेद देखापरेको हो। संविधानमा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई वा त्यो नभए दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। वाम गठबन्धन सरकार गठनको प्रतिक्षामा छ तर यसअघि संसदबाट प्रधानमन्त्री निर्वाचित हुने प्रावधान वर्तमान संविधानमा नरहेको बताउँदै पूर्वसभामुख एवं नेकपा एमालेका नेता सुवास नेम्बाङ भन्छन्, “यसअघि संसद्‌मा सहमतिको आधारमा प्रधानमन्त्री नियुक्त हुने व्यवस्था रहेकाले संसद् बैठकमा सहभागी हुन सांसदले शपथ लिनु पर्थ्यो। तर अहिलेको संविधानमा प्रष्ट व्यवस्था छ। शपथ लिनु पर्दैन।” उनी लगायतका कतिपयले २०४७ सालको संविधान अनुसार संसदको बैठक अघि नै गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी प्रधानमन्त्री नियुक्त भएको उदाहरण पेश गर्छन्। ‘नयाँ सरकार गठनमा अवरोधको कोसिस’ तर्क अहिलेको संविधानअनुसार त्यो अवस्थासँग तुलना गर्न मिल्दैन। संघीय संसद्ले पूर्णता पाएपछि प्रधानमन्त्रीको दाबी गर्ने हो। संसद्ले पूर्णता पाउन सपथ ग्रहण गर्नुपर्‍यो। त्यसैले सरकार गठनको निम्ति पनि संसदको पहिलो बैठक बस्नुपर्छ। वसन्तराम भण्डारी, महान्यायाधीवक्ता तर महान्यायाधीवक्ता वसन्तराम भण्डारीको तर्क छ, “बहुदलीय व्यवस्थामा बहुमत प्राप्त नेतालाई प्रधानमन्त्री बनाउने हो। तर अहिलेको संविधानअनुसार त्यो अवस्थासँग तुलना गर्न मिल्दैन। संघीय संसद्ले पूर्णता पाएपछि प्रधानमन्त्रीको दाबी गर्ने हो। संसद्ले पूर्णता पाउन सपथ ग्रहण गर्नुपर्‍यो। त्यसैले सरकार गठनको निम्ति पनि संसदको पहिलो बैठक बस्नुपर्छ।” वाम गठबन्धनले नयाँ सरकार गठनको बाटो खुला गर्न प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएको थियो। राष्ट्रपति नयाँ सरकार गठनको प्रक्रिया राष्ट्रपति कार्यालयले अघि बढाउने व्यवस्था छ ‘देउवाले बाटो खोलिदिने राष्ट्रपतिको विश्वास’ राष्ट्रिय सभा चुनावको मुखमा त्यस सम्बन्धमा प्रधानमन्त्रीको मनसायबारे कानूनमन्त्री यज्ञबहादुर थापाले भने, “निर्वाचन आयोगले संघीय संसद्को अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएपछि, संघीय संसद्ले पूर्णता पाएपछि राजीनामा बारे सोच्छौं।” निर्वाचन आयोगले फागुनको पहिलो साता संघीय संसदको अन्तिम परिणाम बुझाउने ठानिएको छ। त्यसपछिको प्रक्रिया राष्ट्रपति कार्यालयले अघि बढाउने छ। उक्त कार्यालयका एकजना अधिकारीले ‘संवैधानिक प्रावधान र अन्य ध्यानाकर्षणलाई मध्यनजर गरेर छलफल चलिरहेको’ बताए। उनका अनुसार त्यसबारे शीतल निवास दुई-तीन दिनमा टुंगोमा पुग्नेछ।

चिनियाँ रेल अाउने भएपछि नेपाल–भारत रेल निर्माण पनि द्रुत गतिमा

काठमाडौँ, माघ २४ ।  अबको आठ महिनामा नेपाल–भारतबीच रेल गुड्ने सम्भावना बढेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । सरकारले रेलको प्रबन्ध गरे आगामी कात्तिकदेखि रेल गुड्न सक्नेछ । जयनगर–जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत यतिखेर धमाधम रेलको लिक राख्ने काम भइरहेको छ । जयनगरबाट प्रदेश २ को राजधानी जनकपुरधामको दूरी जम्मा २९ किलोमिटर छ । कहिले आउला चिनियाँ रेल ? अाजको नयाँ पत्रिकामा खबर छ-रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले जयनगर–जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत पहिलो खण्ड (जयनगरदेखि कुर्थासम्म) रेल्वे लाइन निर्माणको काम जारी रहेको बताए । ‘भारतले आगामी अक्टोबरमा पहिलो खण्ड सरकारलाई बुझाउँदै छ, त्यो भनेको रेल कुद्ने अवस्था हो,’ उनले भने । तीन खण्डमा रेल्वे लाइन निर्माण हुँदै ओझाका अनुसार जयनगरदेखि बर्दिबाससम्म ७९ किलोमिटर लम्बाइको रेल्वे मार्ग तीन खण्डमा बन्दै छ । जयनगरदेखि कुर्थासम्मको पहिलोे खण्डअन्तर्गत ३४ किलोमिटर आगामी कात्तिकमा निर्माण सम्पन्न हुनेछ । सन् २०१९ मा कुर्थादेखि भंगाहा (बिजलपुरा) सम्म १८ किलोमिटर रेल्वे मार्ग निर्माण सम्पन्न हुनेछ । बिजलपुराबाट बर्दिबाससम्मको १७ किलोमिटर रेल्वे मार्ग सम्पन्न हुन थप तीन वर्ष लाग्ने अनुमान छ । इन्जिनियर ओझाका अनुसार अहिले जयनगरदेखि भँगाहासम्म ५२ किलोमिटर रेल्वे मार्गमा काम चलिरहेको छ । भँगाहादेखि बर्दिबास खण्डमा जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ । जयनगरवारि इनरवादेखि भँगाहाम्म ९० प्रतिशतले मुआब्जा पाइसकेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले करिब ३१ करोड रुपैयाँ जग्गा अधिग्रहणमा खर्च गरेको छ । ‘आगामी अक्टोबर (कात्तिक) सम्म जयनगरदेखि कुर्थासम्म रेल गुड्न सक्ने अवस्थामा रेल्वे लाइन बिछ्याउने काम सम्पन्न हुन्छ । भारतले सिभिल कन्स्ट्रक्सनको काम सकेर नेपाललाई रेल्वे लाइन हस्तान्तरण गर्नेछ,’ इन्जिनियर ओझाले भने । तीन वर्षअघि जनकपुरबाट जयनगर रेल सेवा बन्द तीन वर्षअघि जनकपुरबाट जयनगरसम्म जाने न्यारोगेज रेल बन्द भएको थियो । १९९४ देखि जनकपुर–जयनगर रेल चल्दै आएको थियो । विगतमा जयनगरबाट बिजलपुरासम्म रेल चल्थ्यो । राणाकालमा सरकारले ब्रिटिस भारत सरकारलाई काठ पैठारी गर्न रेल बनाइएको थियो । पछि रेलमा यात्रु ओहोरदोहार गर्ने गरेका थिए । पहिलो खण्डअन्तर्गत रेल लिकमा माटो पुरिने, ग्राभेल ओछ्याउने तथा पुलपुलेसा कार्य सम्पन्न हुने अवस्थामा पुगेको इन्जिनियर ओझाले जानकारी दिए । रेल्वे स्टेसन, हल्टहरूमा भवन निर्माण कार्य तथा कर्मचारीहरूको अवासका लागि क्वार्टर निर्माण अन्तिम चरणका पुगेको छ । रेल ओछ्याउन पटरी जम्मा गर्ने कार्यसमेत भइरहेको छ । भारततर्फको जयनगर र नेपालतर्फको इनर्वासम्म तत्काल पटरी र विशेष प्रकारको बलास्टर गिटी जम्मा गर्ने कार्य सम्पन्न भएको छ । पूर्वराष्ट्रपति यादवको भारत भ्रमणमा रेल निर्माणको सहमति सन् २०१० मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणका वेला भारतले जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । यसबाहेक नेपाल र भारतबीच थप चारवटा सीमापार रेल्वे निर्माणको सम्झौता भएको थियो । अहिले जयनगर–जनकपुर–बर्दिबास तथा जोगबनी–विराटनगर रेलमार्ग निर्माण भइरहेको छ । भारत सरकारले ब्रोडग्रेज निर्माणका लागि सात अर्ब भारु अनुदान दिने सहमति गरेको छ । भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले काम गरिरहेको छ । लगानी र अनुगमन भारतले नै गरिरहेको छ भने अधिकांश स्थानमा भारतीय ठेकेदारले नै काम गरिरहेका छन् । ६९ किलो रेलमार्गमा आठ स्टेसन र ६ वटा हल्ट जयनगरदेखि बर्दिबाससम्म ६९ किमि रेलमार्गमा आठ स्टेसन र ६ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ । नेपाल रेल्वे विभागको साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनर्वा, खजुरी, वैदही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी आठवटा स्टेसन रहेको छ । त्यस्तै, मैनाथपुर, देउरी परवहा, जनकपुर, महोत्तरीको लोहरपट्टी, सिंग्याही र रामनगर गरी ६ स्थानमा हल्ट रहेको छ । स्टेसनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोकिनेछ । हल्टमा थोरै समयका लागि गाडी रेल रोकिने भएकाले सिंगल लाइनको लिक रहनेछ । जयनगरमा ४ लाइन, इनर्वामा ५ लाइन, खजुरीमा ३ लाइन, कुर्थामा ५ लाइन, वैदहीमा ३ लाइन, जनकपुरमा सिंगल लाइन रहनेछ । सिमरासम्म रेल पुर्‍याउन औपचारिक काम सुरु जयनगरेदखि बिजलपुरासम्मको रेलमार्ग निर्माण अन्तिम चरणमा रहे पनि बिजलपुरदेखि बर्दिबाससम्म १७ किलोमिटर रेलामार्गका लागि जग्गा अधिग्रहण कार्य जारी छ । जग्गा अधिग्रहणका लागि तीन अर्ब रुपैयाँ आवश्यक पर्ने भए पनि बजेट अभावमा निर्माण कार्यले गति पाउन सकेको जिल्ला प्रशासन कार्यालय स्रोतको भनाइ छ । रेल इन्जिनको अत्तोपत्तो छैन आगामी फागुनदेखि जयनगरदेखि बिजलपुरासम्म रेल सञ्चालन हुने दाबी गरिए पनि रेलमार्गमा गुड्ने इन्जिनको अहिलेसम्म अत्तोपत्तो छैन । रेलको एउटा इन्जिनको खरिद गर्न कम्तीमा ५० करोड पर्ने अनुमान गरिएको छ । इन्जिनसँग जोडिने डब्बाहरूको गरी एउटा रेल सञ्चालनमा कम्तीमा एक अर्ब रुपैयाँ लाग्ने रेल विभागले जनाएको छ । रेलको इन्जिन भारत सरकारसँग माग गर्ने, नदिएमा नेपाल आफैँले खरिद गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनाएको छ । फेरिँदै रेल्वेको स्वरूप भारतीय ब्रिटिस शासकले १९९४ मा महोत्तरीको जंगलबाट काठ ढुवानीका लागि ५२ किलोमिटर रेल्वे सञ्चालन गरेको थियो । पछि रेल नेपाल सरकारको जिम्मेवारीमा दिइएको थियो । ०५९ मा महोत्तरीको विग्ही नदीमा आएको बाढीले पुल भत्किएपछि जनकपुर–जयनगर २९ किलोमिटरमा मात्र रेल सेवा सीमित हुन पुग्यो । विगतमा न्यारोगेज रेलले जनकपुरदेखि जयनगरसम्म २९ किलोमिटर यात्रा गर्न दुईदेखि तीन घन्टा लगाउँथ्यो । ब्रोडगेज सेवा सुरु भएपछि एक घन्टामा पुग्न सकिनेछ । इन्जिनियर ओझाका अनुसार न्यारोगेज रेल सेवा सञ्चालन हुँदा बढीमा एकपटकमा एक हजार यात्रु आवतजावत गर्न सकिन्थ्यो । ब्रोडगेज सेवा सुरु भएपछि आवश्यकताअनुसार डब्बा थप गरेर यात्रा गराउन सकिनेछ । ‘न्यारोगेज सेवामा पाँचदेखि सातवटा मात्र सानो साइजको डब्बा जोडिएको थियो । तर, नयाँ ब्रोडगेजमा कम्तीमा १० देखि १५ वटा डब्बा जोड्न सकिनेछ,’ ओझाले भने । सिमरासम्म रेल पुर्‍याउन काम सुरु जयनगरेदखि बिजलपुरासम्मको रेलमार्ग निर्माण अन्तिम चरणमा रहे पनि बिजलपुरदेखि बर्दिबाससम्म १७ किलोमिटर रेलामार्गका लागि जग्गा अधिग्रहण कार्य जारी छ । जग्गा अधिग्रहणका लागि तीन अर्ब रुपैयाँ आवश्यक पर्ने भए पनि बजेटको अभावमा निर्माण कायले गति पाउन सकेको जिल्ला प्रशासन कार्यालय स्रोतको भनाइ छ ।

सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगको म्याद एक वर्ष थप

काठमाडौँ — बिनानिष्कर्ष कार्यकाल पूरा हुन लागेका संक्रमणकालीन न्याय व्यवस्थापनका लागि गठित दुई आयोगको अवधि अन्तत: एक वर्ष थपिएको छ । मन्त्रिपरिषद्‍को सोमबार बसेको बैठकले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगले माग गरेअनुसार एक वर्ष म्याद थपेको हो । ऐन नभएको र अन्य विविध अवरोध रहेको भन्दै यसअघि दुवै आयोगका आयुक्तले यथास्थितिमा म्याद थप गर्नुको औचित्य नभएको बताउँदै आएका थिए । तर, म्याद सकिने अन्तिम समयमा उनीहरू आफैंले अनुरोध गरेपछि यथास्थितिमै एक वर्षको कार्यावधि मन्त्रिपरिषद्ले थप गरिदिएको हो । सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन, २०७१ अनुसार अधिकतम ३ वर्षको कार्यकाल माघ २६ गते सकिँदै थियो । केहीअघि मात्र सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेर ‘दुवै आयोगले कारणसहित म्याद थप गर्न आवश्यक परेको भन्दै अनुरोध गरेमा म्याद थप गर्न सक्ने’ व्यवस्था गरेको थियो । तदनुसारै दुवै आयोगका पदाधिकारीले तीनै दलका शीर्ष नेता र प्रधानमन्त्रीसमक्ष म्याद थपका लागि आग्रह गरेका थिए । ६० हजारभन्दा बढी पीडितले उजुरी दर्ता गराएकाले म्याद थप नभए ती अलपत्र पर्ने तर्क गर्दै दुवै आयोगले म्याद थप होस् भन्ने आकांक्षा व्यक्त गरेका थिए । उजुरीमाथि छानबिन गर्न कानुन अभाव रहेको र अन्य व्यवधानसमेत रहेको जानकारी पनि आयुक्तहरूले नेताहरूलाई गराएका थिए । सरकारले केहीअघि म्याद थपका लागि कुनै सर्त भए लेखिपठाउन दुवै आयोगलाई परिपत्र गरेको थियो । सत्यनिरूपणले आफ्ना सर्त पहिल्यै लेखेर दिइसकेको भन्दै त्यसैअनुसार हुनुपर्ने जवाफ पठाएको थियो । बेपत्ता छानबिनले भने ५ सर्तसहित ३ वर्ष म्याद थप गर्नुपर्ने माग गरेको थियो । सरकारले दुवै आयोगका कुनै पनि सर्त स्वीकार नगरी म्याद थप गर्न सक्ने प्रावधान राखेर ऐन संशोधन गरेको थियो । आफैंले आग्रह नगरी म्याद थप नहुने भएपछि आयोगका पदाधिकारीले अन्तिम समयमा लामै दौडधुप गरेपछि सरकारले म्याद थप गरेको हो । यो परिस्थितिप्रति द्वन्द्वपीडितहरूले असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् । दुवै आयोगले हालसम्म गरेका कामका आधारमा म्याद थप गर्नुपर्ने कुनै कारण नहुँदानहुँदै म्याद थप भएकाले आफूहरू दु:खी भएको द्वन्द्वपीडित साझा चौतारीले जनाएको छ । कांतिपुरबाट

प्रकाश दाहालको मृत्युमाथि सुनियोजित भ्रम छर्न खोजेकोमा आपत्ति, ‘प्रचण्डको बदनाम गर्न कुप्रचार’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि बिभिन्न कोणबाट भ्रम छर्ने काम भएको छ । पछिल्लो समयमा भारतीय जासुसी संस्था ‘र’ का प्रतिनिधिले प्रचण्डलाई धम्क्याएको भन्दै भ्रमपूर्ण समाचार प्रकाशित भएको थियो। प्रचण्ड सचिवालय श्रोतले भने उक्त समाचार अध्यक्ष प्रचण्डलाई बदनाम र तेजोबध गर्ने सुनियोजित उद्देश्यबाट सार्वजनिक भएको बताएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउनुअघि एमालेसँग एकता नगर्न भन्दै प्रचण्डलाई धम्की दिएको आशयको समाचार एकता विरोधीहरुको षडयन्त्र भएको श्रोतले बतायो । “समाचारमा कम्तीमा विश्वास लाग्ने कुरा त हुनुपर्छ ?’ श्रोतले भन्यो, “बदनाम गर्न जे पायो त्यही लेख्ने र’ प्रचण्ड प्रधानमन्त्री भएको बेला र उनले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गरिरहेको बेला जहिले पनि यस्तै समाचार प्रकाशित हुने गरेका छन् । सोही क्रमको निरन्तरता नै अहिले प्रचण्डमाथि बिभिन्न कोणबाट हमला भइरहेको श्रोतको दावी छ । अचम्म त के छ भने हृदयघातबाट मृत्यु भएका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाललाई समेत जोडेर समाचार सार्वजनिक भएपछि समाचार नियोजित भएको श्रोतले बतायो । “चर्चा पाउन, समाचार बिकाउन जे पनि लेखे हुने भो”, श्रोतले भन्यो, “र, का प्रतिनिधिसँग भेटेको या छलफल गरेको कुरा गोप्य श्रोत भन्दै मिडियाले लेख्छ, र, का प्रतिनिधिहरुलाई न हामीले भेट्छौं न भेटने आवश्यकता नै हुन्छ ।” प्रकाश दाहालसँग जोडिएको आम जनमानसको संवेदनालाई ‘क्यास’ गरेर समाचार बिकाउन र चर्चा बटुल्न अध्यक्ष प्रचण्डको बदनाम गरिएको माओवादीका एक शीर्ष नेताले बताए । “प्रकाश कमरेडको मृत्युका बारेमा चिकित्सकले नै आधिकारिक धारणा व्यक्त गरिसकेका छन् । षडयन्त्र भएको या नभएको विषयमा अध्यक्षले प्रष्ट पारिसकेका छन् ।’ उनले भने, “तर जबर्जस्ती षडयन्त्र भनेर त्यो पनि ‘र’ सँग जोडनु भ्रम छर्नुबाहेक अरु केही होइन ।” समाजवादी क्रान्तिको आधार तयार पार्ने सपना बोकेर नेकपा एमाले र अन्य शक्तिहरुसँग बृहत वाम एकताको अभियानको नेतृत्व लिइरहेकोमा अध्यक्ष प्रचण्डमाथि चौतर्फी हमला भइरहेको हो । एकताको प्रक्रियालाई देशी तथा विदेशी प्रतिक्रियावादी र देशभित्र पनि प्रचण्ड अगाडि बढेको भूमिका देख्न नचाहने तत्वहरुले बदनाम गर्न खोजेको ती नेताले बताए । ‘अध्यक्षको भूमिका कसैले अस्वीकार गर्न सक्दैन तर केहीलाई वहाँको सक्रियता पचाउन गारो परेको छ । केहीले एकता नै चाहँदैनन् । त्यसैले कसरी सकिन्छ बदनाम गर्ने कोशिस भइरहेको छ ।’ उनले भने, ‘हिजो १६ बुँदे सम्झौता हुँदा समेत यही प्रचार भयो, संविधान घोषणा हुने बेला पनि यसरी नै आलोचना गरियो, प्रधानमन्त्री भएपछि त पाइला पाइलामा कुप्रचार गरियो । यहाँ एउटा तत्व प्रचण्डले राम्रो गरेको देखि नसहने छन् ।’ भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आएको विषयलाई कतिपयले पार्टी एकतासँग पनि जोडेका छन् । यही क्रममा प्रचण्डलाई ‘र’का प्रतिनिधिले धम्की दिएको विषय सार्वजनिक भएको हो । कुटनीतिक तहमा चिया पसलमा गफ गरेजस्तो या झगडा गरेजस्तो भने हुँदैन । कतिपय अवस्थामा असहमतिहरु भएको खण्डमा पनि त्यसलाई प्रस्तुत गर्ने भाषा फरक हुन्छ । अन्तर्राष्ट्रिय राजनीतिका विद्यार्थी कमल प्रसाई भन्छन्, “हामीकहाँ मिडिया र अरुले कुटनीतिक भाषाको अर्थ नै बुझ्दैनन् त्यसैले जे पायो त्यही आफ्नोस्तरमा बुझेर लेख्छन् ।’ प्रचण्ड र ‘र’ का प्रतिनिधीसँग जोडिएको समाचार पनि त्यसकै कडी भएको उनको तर्क छ ।

अनुष्कादेखि ऐश्वर्यासम्म, के तपाईंलाई अभिनेत्रीका मंगलसुत्रका मूल्य कति ?

मुम्बई । बलिउड क्षेत्रमा धेरैजसो अभिनेत्रीहरु विवाहपश्चात एकदमै कमैमात्रमा अभिनेत्रीहरुले मंगलसुत्र लगाउने गर्दछन् । तर, यसको मतलब यो होइन कि उनको लागि मंगलसुत्रको कुनै मूल्य नै छैन । बताएअनुसार बलिउड क्षेत्रका अभिनेत्रीका थुप्रै महँगा मंगलसुत्र छन् । आज तपाईंहरुलाई यसै प्याकेजमा बलिउड अभिनेत्रीका मंगलसुत्रको मूल्य कति छ ? भन्ने बारेमा जानकारी गराउन खाेजेका छौं। अभिनेत्री अनुष्कादेखि एेश्वर्यासम्मका मंगलसुत्रको मूल्यको बारेमा चर्चा गरौं । अनुष्का शर्मा बलिउड क्षेत्रकी अभिनेत्री अनुष्का शर्माकी ५२ लाखका मंगलसुत्र । क्रिकेटर विराट कोहलीसँग विवाह गर्ने अभिनेत्री अनुष्का शर्माको ५२ लाखको मंगलसुत्र रहेको छ । यो मंगलसुत्र डायमण्डबाट बनेको छ । अनुष्का र विराटको विवाह ११ डिसेम्बर २०१७ मा भएको थियो । ऐश्वर्या राय अभिनेत्री राय वच्चन कहिलेकाहीं सिउँदोमा सिन्दर र मंगलसुत्र लगाएको अवस्थामा पनि देखिन्छिन् । बताएअनुसार उनकी मंगलसुत्रको मूल्य ४५ लाख रुपैयाँ रहेको छ । उनकी मंगलसुत्रमा पनि डाइमण्ड राखिएको छ । ऐश र अभिषेक वच्चनकी विवाह २० अप्रिल, २००७ सालमा भएका थिए । अरु केही अभिनेत्रीहरुको तस्विर-      

कम खरतनाक छैन ‘लासा फिभर’ एकै महिनामा लियो ३० जनाको ज्यान

लासा फिभर पश्चिम अफ्रिकामा महामारीको रूपमा फैलिरहेको भाइरल इन्फेक्सन हो । नाइजेरियामा मात्र यस रोगले ३० जनाको ज्यान लिइसकेको छ । यो यसै साल जनवरी यताको आँकडा हो । सिन्हुआ न्युजले जनाए अनुसार पछिल्लो पल्ट दक्षिण -पश्चिम नाइजेरियाको ओंडो राज्यमा मात्र ३६ वटा नयाँ संक्रमणका मामिला भेट्टिएका थिए जस मध्ये एकै दिन ९ जनाको ज्यान गइसकेको छ । लासा फिभरको संक्रमण विशेष गरेर २ दिनदेखि २१ दिनसम्म रहन्छ । यो विशेष गरेर मुसा प्रजातिका जनवरको दिसा-पिसाबबाट प्रदूषित पानी या खानाबाट सर्ने बताइएको छ । विभिन्न चरणमा ज्वरो आउने, जिउ दुख्ने, घाँटी दुख्ने, वाकवाकी लाग्ने, पखाला चल्ने, खोकी, पेट दुख्ने, अनुहार सुन्निने आदि फरक, फरक लक्षण देखिने यो रोग लागेका २५ प्रतिशत मानिसहरूमा सुनाइमा समस्या देखिने जनाइएको छ । कतिपय बीमारीहरू त कोमामा समेत जाने बताइएको छ । विश्व स्वास्थ्य संगठनले पश्चिम अफ्रिकामा यस रोगलाई चिकित्सकीय आपदा घोषणा गरेको छ । अहिलेसम्म सिएरा लियोन, नाइजेरिया, लाइबेरिया, गुएना जस्ता देशहरूमा सीमित यो संक्रमण अन्य क्षेत्रहरूमा नफैलिएको भए पनि कयौँ पटक आप्रवासीहरूले युरोप भित्ऱ्याएको घटनाहरू भेटिएको जनाइन्छ ।