नेपाललाई आइसीसीले दियो ‘सी ग्रेड’, सन्दीप र पारसको प्रशंसा

काठमाडौं, चैत ४ । नेपाली क्रिकेट इतिहासकै सवैभन्दा ठूलो उपलव्धि हासिल गरेको नेपाली टोलीलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ‘सी’ दिएको छ । आइसीसीले एकदिवसिय विश्वकप छनोट खेलको प्रदर्शनका आधारमा नेपाललाई आइसीसीले सी ग्रेड दिएको बताएको छ ।

विश्वकप छनोटमा आठौं स्थानमा समेटिएको नेपालको सम्पूर्ण खेलको अवस्था बारे अध्ययन गरेपछि आइसीसीले आफ्नो रिपोर्ट कार्डमा नेपाललाई सी ग्रेड दिएको छ ।

नेपाल समूह चरणका तीन खेलमा पराजित र एक खेलमा मात्र विजयी भएको थियो ।

नेपाल समूह चरणअन्तर्गत जिम्वावेसँग ११६ रन, स्कटल्याण्डसँग ४ विकेट र अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो भने हङकङलाई ५ विकेटले पराजित गरेको थियो ।

प्लेअफमा पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको नेपालले सातौं र आठौं स्थानका लागि भएको प्लेअफमा नेदरल्याण्डसँग ४५ रनले पराजित भयो ।

धेरै खेलमा पराजय व्यहोरेको भए पनि नाटकीय ढंगमा नेपाल एक दिवसीय मान्यता पाउन सफल भएको आइसीसीको रिपोर्टमा उल्लेख गरिएको छ । त्यस्तै आइसीसीले हङकङ र पपुवा न्यूगिनी डी ग्रेडमा परेका छन् भने नेदरल्याण्ड्स र नेपाल सी ग्रेडमा परहेका छन् ।

आइसीसीले बलिङमा सन्दीप र व्याटिङमा कप्तान पारस खड्काले मात्र नेपालका लागि उल्लेख प्रदर्शन गरेको उल्लेख गरेको छ ।

नेकपाको बन्दका कारण कैलालीको जनजीवन प्रभावित

कैलाली, चैत्र ३ । नेत्रिवक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको कैलाली बन्दका कारण जनजीवन प्रभावित भएको छ। कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने मागसहित विप्लव नेतृत्वको नेकपाले शनिबारका लागि कैलाली बन्दको आह्वान गरेको हो। बन्दका कारण कैलालीका शैक्षिक संस्था, पसल, उद्योग, व्यवसाय, यातायातलगायतका क्षेत्र प्रभावित भएका छन् । बन्दले सयौं यात्रुलाई सास्ती भएको बताइएको छ । ेमेयर चौधरीमाथि खुकुरी र गोली प्रहार गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेकपाका कमल क्षेत्री, भरतबहादुर शाह, पूर्णप्रसाद खनाल र हृदयराज बोगटीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । घाइते मेयरको राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

‘पदमुक्त’ प्रधानन्यायाधिश पराजुलीले बुझाए राष्ट्रपतिलाई राजीनामा

काठमाडौं । न्याय परिषद्का सचिवले पत्र लेख्दै उमेर हदका कारण पदमुक्त भएको जानकारी दिएको भोलिपल्ट प्रधानन्यायाधिश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएका छन् । पराजुलीले बिहान राष्ट्रपति भण्डारीलाई भेटेर राजीनामा बुझाएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एभेरष्टदेनिकलाई जानकारी दिए । पराजुलीले राजीनामा नदिँदा अदालतमा अन्यौल र विवाद बढ्न सक्ने आशंका भइरहेका बेला उनले राजीनामा दिएका हुन् । न्याय परिषद्का सचिव नृपध्वज निरौलाले पराजुलीलाई पदमुक्त भएको पत्र काटेपछि आजदेखि वरिष्ठ न्यायाधीश दिपकराज जोशीले कायममुकायम प्रधानन्यायाधिशको कार्यभार सम्हालेका छन् । हिजोसम्म आफू पदमा कायमै रहेको र सचिवले पत्र काट्न नपाउने जिकिर गरिरहेका पराजुलीले आज राजीनामा बुझाएका छन् । पराजुलीको राजीनामासँग अदालतमा देखिएको विवाद र अन्यौल साम्य हुने अनुमान गरिएको छ । फरक फरक जन्ममितिका कारण पराजुली प्रधानन्यायाधिश बनेदेखि नै विवादमा रहेका थिए । न्याय परिषद्का सचिवले सार्वजनिक गरेको पत्रमा उमेर हदका कारण पराजुली गत साउनमै पदमुक्त हुनुपर्ने उल्लेख छ ।

सन्दीपको उत्कृष्ट बलिङ, एक्लै लिए तीन विकेट, पिएनजीको पाँच विकेट पतन

काठमाडौं, चैत १ । एकदिवसिय विश्वकप छनोट अन्तर्गतको प्लेअफ खेलमा नेपालले पपुवा न्यूगिनीको पाँचौं विकेट लिएको छ । जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबको मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पपुवा न्यूगिनीको पाँचौ विकेट लिएको छ । नेपालका सन्दीप लामिछाने एक्लैले लगातार तीन विकेट लिएका छन् । तेस्रो विकेटको रुपमा सेसे वाउलाई ११ रनमा आउट गरेका सन्दीपले चौथो विकेटको रुपमा चाद सोपरलाई १० रन र पाँचौ विकेटको रुपमा माहुरु दाइलाई ५ रनमा मा आउट गरेका हुन् । यसअघि दोस्रो विकेट नेपालका करण केसीले लिएका हुन । भने नेपालका सोमपाल कामीले पिएनजीका पहिलो विकेट लिएका थिए । यसअघि करण केसीले पपुवा न्यूगिनीका बिष्फोटक ब्याट्सम्यान टानी उरालाई ११ रनमा र सोमपाल कामीले पपुवा न्यूगिनीका कप्तान असादुल्ला वालालाई १० रनमा आउट गरेका थिए ।

जथाभावी पार्किङ गरिएका बसको साँचो नगरपालिकाद्वारा कब्जा

खोटाङ, चैत १ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलस्थित रत्नपार्कमा जथाभावी पार्किङ गरेर राखेको बसको साँचो नियन्त्रणमा लिएको छ । बसपार्क हुँदाहुँदै यातायात व्यवसायीले सडकबीचमै पार्किङ गरेर राखेका छवटा बसको साँचो बुधबार साँझ पार्किङस्थलमै पुगेर नियन्त्रणमा लिइएको हो । नगरपालिका प्रवेश गर्ने सबै बस तथा जिप सम्बन्धित बसपार्क तथा जिप पार्कमा लगेर राख्न पटक पटक नगरपालिकाले गरेको अनुरोधलाई अटेर गरेपछि साँचो नियन्त्रणमा लिइएको नगर प्रमुख दीपनारायण रिजालले बताए । ‘हामीले बसपार्कसम्म पुग्ने सडक पनि बनाएका छौँ,’ उनले भने, ‘विभिन्न बहाना बनाएर सडकमै पार्किङ गर्ने बस तथा जिपलाई कानूनी कारवाही गर्न थालेका हौँ ।’ जिल्लामा सञ्चालित बस जथाभावी पार्किङ गरेर राखेको स्थानीयवासीले दिएको जानकारीका आधारमा नगर प्रमुख रिजाल आफैँ सुरक्षाकर्मीसहित जथाभावी पार्किङ गरेर राखिएको स्थलमा पुगेका थिए । यातायात व्यवसायीले सडक बीचमै पार्किङ गरेर बस तथा जिप राख्दा पैदल यात्रुलाई समेत असर गर्ने गरेको छ । यातायात व्यवसायीले भने बसपार्कसम्म पुग्ने सडक राम्रो नभएका कारण बाध्य भएर सडकमै पार्किङ गर्नुपरेको बताएका छन् । ‘नगरपालिकाले गरेको अनुरोधलाई हामीले अटेर गरेका हैनौँ,’ मध्यपहाडी यातायात व्यवसायी संघका खोटाङ प्रमुख धनीराम राईले भने, ‘बसपार्कसम्म पुग्ने सडक राम्रो नभएकै कारण बाध्य भएर सडक बीचमै पार्किङ गरेका हौँ । यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’ सदरमुकाम दिक्तेल नजिक दुईवटा बसपार्क भएपनि यातायात व्यवसायीले उक्त बसपार्कमा नलगी सडकबीचमै बस तथा जिप पार्किङ गर्दै आएका छन् । १० वर्षअघिदेखि यातायात सञ्चालन हुँदै आएको जिल्लामा करिब ३०० को हाराहारीमा बस, जिप, ट्रक र ट्र्याक्टर सञ्चालनमा रहेका छन् । (रासस)

अभिनेता नरेन्द्र झाको निधन

मुम्बई । भारतीय अभिनेता नरेन्द्र झाको हृदयघातका कारण निधन छ । बुधबार बिहान बाडास्थित ५५ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो । केही समय पहिले पनि उनलाई ‘माइल्ड’ हृदयघाट भएको थियो । त्यसपछि उनी घरमै आराम गरिरहेको अवस्थामा बुधबार फेरि हृदयघात हुँदा उनको मृत्यु भएको बताइएको छ । झाले बलिउड र केही धारावाहिक सिरीयलमा पनि अभिनय गरेका छन् । २०१४ मा प्रदर्शित बिशाल भारद्वाजको चलचित्र ‘हैदर’ मा गरेको अभिनयले उनलाई चर्चित बनाएको थियो । हैदरमा झा शाहीद कपुरको बुबाको भूमिका छन् । दिल्लीबाट स्कूल अफ आर्टबाट अभिनय कोर्स पूरा गरेरपछि उनले १९९२ बाट अभिनय करियर थालेका शुरु गरेका थिए । उनले शाहीद कपुरको ‘हैदर’, शाहरुख खानको ‘रईस’, सन्नी देओलको ‘घायल वन्स अगेन’का अलवा ‘हमारी अधुरी कहानी’, ‘फोर्स २’, ‘काबिल’ जस्ता चर्चित फिल्ममा अभिनय गरेका छन् । हेर्नुहोस् अभिनेता नरेन्द्र झाको केही झलकहरु-  

राष्ट्रपति भण्डारीको जीवनी

राष्ट्रपति विद्या भण्डारीको जन्म २०१८ असार ५ गते भोजपुर जिल्लामा आमा मिथिला पाण्डे तथा बाबु रामबहादुर पाण्डेको कोखमा भएको थियो । बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुरबाट प्राथमिक शिक्षाको सुरुवात गरेकी भण्डारीले विद्योदय व्यवसायिक सेकेन्डरी स्कूल भोजपुरबाटै एसएलसी उत्तीर्ण गरेकी हुन् । भोजपुर क्याम्पसबाट आइएको अध्ययन पूरा गरी भण्डारीले महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरमा बिए अध्ययन गरेकी हुन् । विद्यार्थी जीवनदेखि नै कम्यूनिस्ट राजनीतिमा सक्रिय भण्डारी २०३७ सालमा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषाध्यक्ष निर्वाचित भएकी थिइन् । उनको २०३९ सालमा तत्कालीन नेकपा मालेका नेता मदन भण्डारीसँग भूमिगत रूपमा विवाह भयो । पतिको २०५० साल जेठ ३ गते जीप दुर्घटनामा मृत्यु भएपछि भण्डारी राजनीतिमा पुनः सक्रिय भइन् । मदन भण्डारीको निधनपछि रिक्त काठमाडौं क्षेत्र नम्बर १ मा २०५० सालमै भएको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि राजनीतिमा भण्डारीको परिचय झन् व्यापक भयो । भोजपुर क्याम्पसमा आइए अध्ययनको थालनीसँगै २०३५ सालदेखि नेकपा मालेको युवा लिगमा संगठित हुँदै भण्डारीले राजनीतिक जीवनको थालनी गरेकी हुन् । भण्डारीले २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैटौं महाधिवेशनदेखि एमालेको केन्द्रीय कमिटीमा रहेर काम गरेकी हुन् । उनी लामो समयसम्म पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष भइन् । २०६५ सालमा बुटवलमा भएको आठौं र काठमाडौंमा भएको नवौं महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । भण्डारी २०५४ सालमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् भने पछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिन् । मदन भण्डारी सहकर्मी नेता अशोक राईसँग भोजपुर घुम्न जाँदा विद्यासँग पहिलो भेट भएको थियो । पछि विद्या उच्च शिक्षाका लागि विराटनगर झरिन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस त्यतिबेला राजनीतिको एउटा केन्द्र थियो । मदन भूमिगत राजनीति गर्थे । त्यही भूमिगत राजनीतिकै सिलसिलामा विद्या र मदनको सम्बन्ध गहिरिन थाल्यो । कठोर भूमिगत कालमै विक्रम सम्वत् २०३९ सालमा विद्या र मदन वैवाहिक बन्धनमा बाँधिए । भण्डारीका २ छोरी छन् । जसमध्ये जेठी छोरी उषाकिरण भण्डारीको उमेश थापासँग र कान्छी छोरी डा। निशाकुसुम भण्डारीको इन्जिनियर अभिषेक यादवसँग विवाह भएको छ ।

ठगी गर्ने २६ व्यवसायीमाथि मुद्दा दायर

काठमाडौं, फागुन २८ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षमा उपभोक्ता हितविपरीत काममा सहभागी २६ व्यवसायीलाई मुद्दा दायर गर्ने भएको छ । विभागले यहाँ आज पत्रकार सम्मेलन गरी सबै क्षेत्रमा तीन हजार ५६० व्यावसायिक संस्थाको अनुगमन गरिएकाम गलत गरेको पाएपछि तिनलाई कारबाही गर्न लागिएको बताएको छ । विभागले अन्यलाई पनि नवीकरण गर्न, विज्ञापनपाटी राख्न, म्याद नाघेका सामग्री बिक्रीवितरण नगर्न र व्यवसाय दर्ता नगर्न निर्देशन दिएको छ । यसैबीच विभागले आगामी चैत १ गते अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाउने भएको छ । अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मूल समारोह समितिका संयोजक कुमारप्रसाद दाहालका अनुसार दिवस मनाउने क्रममा काठमाडौँ उपत्यकाका लगनखेल, माइतीघर, भृकृटीमण्डप, बालाजु, चाबहिल, महारागञ्ज, मैतीदेवी, बानेश्वर, कलंकी, सुन्धारा र कोटेश्वरमा उपभोक्ता जागरण कार्यक्रम गरिएको छ । संयोजक दाहालले उपभोक्तालाई सचेत भएर सामग्री उपभोग गर्न आग्रह गर्नुभयो । केही समयअघि चाडबाडका समयमा मात्र बजार अनुगमन गर्दै आएको विभागले पछिल्लो समय नियमित रुपमा गर्दै आएको छ ।

पूर्णकालीन कार्यकर्ताका रुपमा सक्रिय र अनुशासित भएर काम गर्नुहोला : सभामुख महरा

काठमाडौं, फागुन २८ । संघीय संसद्का सभामुख कृष्णबहादुर महराले अनुशासित भएर काम गर्न संसद् सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । सचिवालयका कर्मचारीलाई आज निर्देशन दिँदै उहाँले आफ्नो सफलतामा कर्मचारीको भूमिका महत्वपूर्ण हुने हुँदा सहयोगका लागि आग्रह गर्नुभयो । सभामुख महराले भन्नुभयो, “मलाई तपाईंहरुले सहयोग गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ, राज्यको पूर्णकालीन कार्यकर्ताका रुपमा तपाईंहरुले सक्रिय भएर काम गर्नुहोस् ।” सचिवालयका कर्मचारीलाई दिइने प्रोत्साहन भत्तालाई यथावत राख्न आफूले पहल गर्ने बताउँदै उहाँले भन्नुभयो, “म अर्थमन्त्री भएको बेला तपाईंहरुलाई ८० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय पारित गरेको थिएँ, अहिले त्यसमा केही गडबड भएको छ भन्ने सुनेको छु, त्यसलाई कार्यान्वयन गर्नेछु ।” सभामुख महराले राजनीतिक आस्थाका आधारमा कर्मचारीमाथि कुनै भेदभाव नगर्ने स्पष्ट पार्दै सचिवालयको सफलताका लागि भने सबैको एउटै आस्था हुनुपर्ने बताउनुभयो । राम्रो काम गर्नेहरुका लागि आफू सजिलो मान्छे र नराम्रो काम गर्नेका लागि अप्ठ्यारो मान्छे भएको बताउँदै उहाँले संसद्को आफ्नै भवन नुहँदा भाडामा बस्नुपरेको हुँदा नयाँ भवन बनाउने विषयलाई आफूले प्राथमिकतामा राखेको धारणा व्यक्त गर्नुभयो ।

नेपाली बालरसामु टिक्न सकेन हङकङ, १५५ रनको लक्ष प्रस्तुत

काठमाडौं, फागुन २८ । एकदिवसिय विश्वकप क्रिकेट छनोट अन्तर्गत आफ्नो चौथो खेलमा नेपाल र हङकङबीचको खेल जारी छ । जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स मैदानमा टस जितेर ब्याटिङ रोजेको हङकङले ४८.२ ओभरमा पूरै विकेट गुमाउर्दै १५४ रन बनाउन सफल भयो । नेपालले केही बेरमा १५५ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी व्याटिङ गर्ने छ । हङकङका लागि निजाकत खानले सर्वाधिक ४७ रन बनाए भने एहसान खानले २५ र बाबर हायतले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदशन गर्न सकेनन् । त्यस्तै नेपालका लागि सन्दीप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले २/२ ,सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए । आठौं विकेटको रुपमा हङकङका अइजा खानलाई सन्दीप लामिछानेले ३ रनमा आउट गरेका हुन् यसअघि सातौ विकेटको रुपमा तनविर अफजाललाई बसन्त रेग्मीले आउट गरेका हुन् । छटौं विकेटको रुपमा हङकङका निजाकत खानलाई नेपालका ललित राजवंशीले ४७ रनमा आउट गरेका हुन् । नेपालले हङकङविरुद्ध नेपालले पाँचौ सफलता हात पारेको छ। हङकङका सिमान्दीप सिंहलाई ज्ञानेन्द्र मल्ले रन आउट गराएका हुन् । यसअघि सन्दीप लामिछानेले तेस्रो र चौथो विकेट लिएका थिए । उनले हङकङका सहिद वासिकलाई १ रनमा र अंशुमन रथलाई पनि १ रनमा आउट गराएका थिए । सोमपाल कामीले हङकङको महत्वपूर्ण विकेटको रुपमा हङकङका बाबर हायतलाई आउट गराएका थिए । उनले १६ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाएका हायतलाई आउट गरेका थिए । हङकङको पहिलो विकेट भने बसन्त रेग्मीले लिएका थिए । हङकङका ओननिङ ब्याट्सम्यान सी कार्टरलाई उनले ९ रनमा आउट गरेका थिए ।

अाठकोठे क्याम्पस भवन निर्माण कार्य सुरु

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास–१४ मा बर्दिवास जनता बहुमुखी क्याम्पस बर्दिवासको आठकोठे भवन निर्माण कार्य शुरु भएको छ । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले अहिलेको क्याम्पस भवनकै माथिल्लो तलामा आइतबार आठकोठे भवनको निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो । क्याम्पसको माथिल्लो तलामा आठकोठे दोस्रो तला निर्माणका लागि बर्दिवास नगरपालिकाले रु ४५ लाख उपलब्ध गराएको छ । त्यसैगरी विश्वविद्यालय अनुदान आयोगबाट रु १२ लाख उपलब्ध हुने प्रक्रिया अन्तिम चरणमा पुगेको क्याम्पस प्रमुख तोपबहादुर ठकुरीले जानकारी दिनुभयो । दोस्रो तला निर्माणमा रु ६९ लाख खर्च हुने प्राविधिक अनुमान रहेको छ । क्याम्पसले थप तेस्रो तल्लामा आठ कोठा निर्माणका लागि शिक्षाप्रेमी विभिन्न व्यक्तिलाई आह्वानसमेत गरेको छ । “दोस्रो तलाको आठ कोठा नगरपालिका र विश्वविद्यालय अनुदान आयोगको सहयोगबाट पूरा गर्छौं”, क्याम्पस भवन निर्माण समितिका अध्यक्ष एवम् क्याम्पस प्राज्ञ सभाका उपाध्यक्ष लीलामणि आचार्यले भन्नुभयो, “तेस्रो तला निर्माणका लागि स्मृति भवनको हामीले खुला आह्वान गरेका छौँ ।” यो आह्वानअनुसार दिवङ्गत आफन्तका नाउँमा कक्षा कोठाको नाउँ र शिलालेख राखिने अवसर दिइएकाले भवनका कोठा बनाइदिने प्रतिबद्धता प्राप्त हुन लागेको आचार्यको भनाइ छ । शिक्षाशास्त्र र वाणिज्य सङ्कायमा स्नातक तहको पठनपाठन सञ्चालन गरिरहेको क्याम्पसले अब स्नातकोत्तरको पठनपाठनका लागि त्रिभुवन विश्वविद्यालयमा संवद्र्धन प्रक्रिया बढाएको छ । आउने शैक्षिक सत्रबाटै स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गरिने क्याम्पस प्रमुख ठकुरी बताउनुहुन्छ । हाल स्नातक तहमा ५०५ विद्यार्थी अध्ययनरत छन् । बर्दिवासमा यो क्याम्पस स्थापना भएयता विवाहिता महिलाका लागि उच्च शिक्षा जारी राख्न निकै सजिलो भएको छ । २०६४ सालमा क्याम्पस स्थापना भएर सञ्चालन भएयता आफ्ना वरपरका ३०० भन्दा बढी बुहारीले स्नातक तहको अध्ययन पूरा गरेका क्याम्पस प्रमुख ठकुरी बताउनुहुन्छ । रासस

मुख्यमन्त्री शंकर पोखरेललाई दुई तिहाई बढीको विश्वासको मत

बुटवल, फागुन २७ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुटवलस्थित प्रदेश सभामा आइतबार भएको मतदानमा मुख्यमन्त्री पोखरेलको पक्षमा ६६ मत परेको छ भने विपक्षमा कांग्रेसका १८ जना सांसदलेमात्रै भोट हालेका छन् । मुख्यमन्त्री पोखरेलको पक्षमा परेको यो मत तीन चौथाईभन्दा बढी हो । विश्वासको मत लिनुअघि संसदमा बोल्दै मुख्यमन्त्री पोखरेलले मानव सूचकांकका दृष्टिले चौथो स्थानमा रहेको प्रदेशलाई पहिलो स्थानमा ल्याउने चुनौती रहेको बताए । मुख्यमन्त्रीलाई माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।

ओलीको आक्रोश– अब के को क्रान्ति, क्रान्ति गरेर कहाँ पुग्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न बहानामा हिंसालाई प्रश्रय दिइरहने गतिविधिप्रति आक्रोश प्रकट गरेका छन् । व्यवस्थापिका सदनमा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा समावेशी लोकतन्त्रको स्थापना भइसकेको बताउँदै क्रान्तिको कुराको अर्थ नभएको बताएका हुन । प्रधानमन्त्री ओलीले भने, “आठ वर्षीय बालिका बलात्कृत भएर अस्पतालमा छन, समाजमा अहिले पनि हिंसालाई सिद्धान्तको विषय बनाएर क्रान्तिका कुरा गरेर हुन्छ ? अब के का लागि क्रान्ति रु कहाँ पुगिन्छ यस्तो क्रान्तिले ?” प्रधानमन्त्री ओलीले जनताको चाहना र मत अनुसार चल्ने प्रणाली स्थापना गरिसकेको बताउँदै अब जन अपेक्षा अनुरुपका थुप्रै काम गर्नुपर्नेमा जोड दिए । “अहिले हजारौं युवा विदेशिएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारीको दयनीय अवस्था छ ।” प्रधानमन्त्री ओलीले भने, “दिगो विकासका १७ वटा लक्ष्य पुरा गर्ने भनेर अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रतिबद्धता व्यक्तगरेका छौं । यी पुरा गर्ने कुरा नै क्रान्ति होइन र ?” आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन नहुने कुनै कारण नभएको बताउँदै ओलीले प्रधानमन्त्री बन्नका लागि मात्रै सरकारको नेतृत्व नलिएको स्पष्ट पारे । “म प्रधानमन्त्री हुनका लागि मात्र प्रधानमन्त्री भएको होइन । भ्रष्टाचार गर्नका लागि प्रधानमन्त्री भएको होइन” ओलीले भने, “परिवर्तन गर्नका लागि, भ्रष्टाचार रोक्नका लागि, जनताको सेवक बन्न प्रधानमन्त्री बनेको हो, मलाई विश्वासको मत नदिनुपर्ने कारण केही छैन ।

विप्लव समुहले मकवानपुरका जनप्रतिनिधिको राजीनामा माग्न थाल्याे

हेटौंडा, फागुन २७ । समानान्तर सरकार सञ्चालन गर्ने घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मकवानपुरका जनप्रतिनिधिको राजीनामा माग्न थालेको छ । पार्टीको छुट्टै सत्ता सञ्चालन गर्ने घोषणासँगै जनपरिषद् गठन गरेको माओवादीले मकवानपुरका दुई जना जनप्रतिनिधिको राजीनामा मागेको हो । राजीनामा नदिए जनकारबाही गर्ने धम्की माओवादीले दिएको छ । माओवादीले हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको राजीनामा मागेको छ । राजीनामा माग्दै दुवै जनालाई माओवादीले पत्र बुझाएको छ । हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि भ्रष्टाचार, कमिसनखोर र दलालहरूको संरक्षण गरेको आरोप पत्रमा लगाइएको छ ।

प्रधानमन्त्री अाेलीले अाज संसदमा विश्वासको मत लिने,

काठमाडौं, फागुन २७ । प्रतिनिधिसभाको शनिबारकाे बैठक सभामुखमा कृष्णबहादुर महरालाई चयन गर्दै सकिएकाे छ । अर्को बैठक अाज दिउँसाे १ः०० बजे बस्नेछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको छ । उनी फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्छ । प्रतिनिधिसभामा २ सय ७५ सांसदमध्ये एमाले र माओवादी केन्द्रसँग मात्रै १७४ सांसद छन् । त्यसैगरी राष्ट्रिय जनता पार्टीका १७, संघीय समाजवादी फोरमका १६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसदले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भएका छन् । यी सबै जोड्दा सरकारको पक्षमा २ सय ८ मत पुग्छ । त्यसैगरी राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र नेपाल मजदुर किसान पार्टीबाट चुनाव जितेका एक÷एक सांसद छन् भने स्वतन्त्रबाट एक जना निर्वाचित भएका छन् । यीमध्ये वाम गठबन्धनसँग मिलेर चुनाव लगेको जनमोर्चाले सरकारकै पक्षमा मतदान गर्ने सम्भावना छ भने स्वतन्त्र सांसदले पनि सरकारलाई नै समर्थन गर्ने सम्भावना छ । योसँगै प्रधानमन्त्री ओली नेतृत्वको वाम गठबन्धन सरकारले तीन चौथाई भन्दा बढीको समर्थन प्राप्त गर्ने भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसका जम्मा ६३ जना मात्र सांसद छन् । एक चौथाई मत पु¥याउन कम्तिमा ६९ मत आवश्यक पर्छ । प्रतिपक्षमा एक चौथाईभन्दा कम मत भएमा महाभियोग, अविश्वासको प्रस्ताव लगायतका विशेष प्रस्ताव लैजान सक्दैन । यसले ओली नेतृत्वको सरकार निकै शक्तिशाली हुने छ ।

नेपाललाई चौथो सफलता, ऐरीले लिए लगातार दोस्रो विकेट

काठमाडौं, फागुन २६ । आइसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले दिएको १९५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानको चौथो विकेट पतन भएको छ । जिम्बावेको बुलावायो एथलेटिक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९।५ ओभरमा १९४ रनमा अलआउट भयो। अफगानिस्तानका मोहम्मद नाभीलाई दिपेन्द्रसिंह ऐरीको बलमा ज्ञानेन्द्र मल्लले क्याच आउट गरेका हुन् । यसअघि तेस्रो विकेट पनि दिपेन्द्रसिंह ऐरीले नै लिएका थिए । अफगानिस्तानका रहमद शाहलाई उनले ४६ रनमा आउट गराएका थिए । यसअघि सन्दीप लामिछानेले अफगानिस्तानका जामिद अह्मादीलाई २६ रनमा आउट गराएका हुन् । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका थिए । उनले २१ रन बनाएका अफगान कप्तान रसिद खानलार्इ आउट गराएका हुन् ।