ट्रम्प र किमबीच भेटघाटको समय र स्थान सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-उनसँग आफूले जुन १२ मा सिंगापुरमा भेट्न लागेको बताएका छन्।

किमलाई भेट्ने निम्तो स्वीकार गरेर ट्रम्पले गत एप्रिलमा विश्वलाई आश्चर्यचकित तुल्याएका थिए।

त्यसअघि एकअर्काको आलोचना, आरोप-प्रत्यारोप र उपहास गर्ने गरेका यी दुई नेताको भेटमा विश्वको आँखा रहेको छ ।

उत्तर कोरियाली नियन्त्रणबाट मुक्त भएका तीन अमेरिकी बन्दीलाई आफूले स्वागत गरेको केही घण्टामा ट्रम्पले त्यस्तो घोषणा गरेका हुन्।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको प्योङ्याङ भ्रमणका क्रममा उनीहरूलाई मुक्त गरिएको थियो।
ट्रम्प र किमबीचको भेटवार्ताका विषयबारे छलफल गर्न पोम्पेओ त्यहाँ पुगेका थिए

यसअघि पनि सिंगापुरमा यस्ता उच्चस्तरका कूटनीतिक भेटवार्ता हुँदै आएको थियो।

सन् २०१५ मा चीन र ताइवानले पनि सिंगापुरमा ऐतिहासिक वार्ता गरेका थिए।

हाल सिंगापुरको अमेरिका र उत्तर कोरिया दुबैसँग निकटतम सम्बन्ध रहेको छ ।
सिंगापुरको उत्तर कोरियासँग कूटनीतिक सम्बन्ध राखिरहेको छ।
अन्तर्राष्ट्रिय प्रतिबन्धहरू कडा तुल्याइँदा अन्य मुलुकले उत्तर कोरियासँग व्यापार गर्न बन्द गरेपनि सिंगापुरले भने त्यसो गरेको थिएन।
बिबिसी

आखिर किन यी सेलिब्रेटीले बौद्धधर्मलाई अपनाए ?

मुम्बई । बुद्धजयन्तीको अवसरमा बलिउडका कैयौं सेलिब्रेटी, जसले महात्मा गौतम बुद्धबाट प्रेरित भएर बौद्धधर्मलाई अपनाएका छन् । यीमध्ये बलिउडका साथै हलिउडका सेलिब्रेटीमध्ये केही सेलिब्रेटी पनि छन् जसले बौद्धधर्मलाई अँगालेका छन् । बलिउड चलचित्र ‘राम तेरी गंगा मैली’, ‘रातोरात स्टार बन्न सफल अभिनेत्री मंदाकिनीले बौद्धधर्मलाई अपनाएकी थिइन् । लामो समयदेखि चलचित्र क्षेत्र टाढा रहेकी मंदाकिनीले १९९५ मा बुद्धिस्ट सन्त काग्युर रिम्पोचेसँग विवाह गरिन् र बौद्धधर्मलाई अपनाइन् । उनी मुम्बईमा एकजना तिब्बती हर्बल सेन्टर चलाउँछिन् । साथै तिब्बती योगा पनि सिकाउने गर्दछिन् । यी हुन् जसले अाफ्नो धर्मलार्इ छोडी गौतम बुद्धबाट प्रभावित भर्इ बौद्धधर्मलार्इ अपनाएका थिए-  

संजय दत्तले यसरी बाथरुममा लुकेर चुरोट पिउँदा‍‍‍…

मुम्बई । सुपरस्टार सञ्जय दत्तका बायोपिकमा बनेको बलिउड चलचित्र ‘सन्जु’ ट्रेलर रिलिज भइसकेका छन् । २९ जुनमा प्रदर्शन हुने तयारीमा रहेको उक्त चलचित्रमा रणवीर कपुरले सञ्जय दत्तको भूमिका निभाएका छन् । सञ्जयले चलचित्रको सिन्स देखेर रणवीरको यो भूमिकालाई निकै प्रशंसनीय तारिफ गरेका थिए । चलचित्रमा सञ्जय दत्तका हरेक राम्रा–नराम्रा गल्तीहरु, संघर्ष, सफलता सहित उनका जीवनको हरेक क्षण देखाउने छन् । यो त भयो चलचित्रको कुरा । आज तपाईहरुलाई सुपरस्टार सुपरस्टार दत्तका जीवनसँग जोडेका कुनै फ्याक्टस बताउन गइरहेका छौं । चुरोट पिउँदै गर्दा बुवाले पक्रेर जुत्तैजुत्ताले पित्नुभएका थिए । सञ्जय दत्तले एक अन्तर्वार्तामा भने– ‘जब उनले पहिलो पटक लुकेर चुरोट पिएका थिए तब अचानक बुवा सुनील दत्त आउनुभएका थिए । चुरोट पिउँदै गरेको देखेर धेरै रिसाउनुभएको थियो र उहाँले पिट्नुभएको थियो । प्राप्त खबरअनुसार सञ्जय दत्तका अभिनयबाट अभिताभ धेरै नै प्रभावित बनेका थिए । उनले सञ्जय दत्तको आफ्नो घरमा डिनरका लागि बोलाएका थिए । यतिमात्र होइन कि उनले सञ्जयलाई सुनको सिक्री पनि उपहारको रुपमा दिएका थिए । केही तस्विरहरु-

गृहमन्त्री वादल र प्रम अाेलीबीच टकराव : अनुसन्धान विभागमा कुरा मिलेन

काठमाडौं, बैशाख १६ । गोप्य सूचना तथा जानकारी संकलन गर्ने निकाय राष्ट्रिय अनुसन्धान विभाग कुन मन्त्रालयमातहत राख्ने सत्तारुढ दल एमाले-माओवादीभित्रै विवाद देखिएको छ। गृह मन्त्रालयमातहत रहँदै आएको विभागसहित सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग सरकारले प्रधानमन्त्री कार्यालयमातहत राख्ने निर्णय फागुन तेस्रो साता गरेको थियो। आजको अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा समाचार छापेको छ । त्यही बेलादेखि माओवादीले अनुसन्धान विभाग आफ्ना पार्टीका रामबहादुर थापाले नेतृत्व गर्दै आएको गृह मन्त्रालयबाट झिकेर प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेकामा प्रधानमन्त्रीसँग प्रत्यक्ष÷अप्रत्यक्ष असन्तुष्टि राख्दै आएको थियो। तर, शनिबार भने प्रधानमन्त्री केपी ओली, गृहमन्त्री थापासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल र गृहसचिव प्रेमकुमार राईबीचको छलफलमा माओवादीले अनुसन्धानलाई गृहमातहत नै फर्काउन प्रधानमन्त्रीसँग आग्रह गरेको छ। गृह स्रोतका अनुसार अनुसन्धान प्रधानमन्त्री कार्यालयमातहत राख्दा गृह कमजोर बन्ने र देशको सुरक्षा स्थितिको सूचना गृहमै नहुने अवस्था आएको भन्दै गृहमन्त्री थापाले प्रधानमन्त्रीसँग निर्णय सच्याउन आग्रह गरेका थिए। १४ फागुनमा प्रधानमन्त्रीले माओवादीका मन्त्री सहभागी गराई सरकार विस्तार गर्दा माओवादीबाट थापा गृहमन्त्री नियुक्त भएका थिए। थापा गृहमन्त्री भएको दुई दिनपछि बसेको मन्त्रिपरिषद् बैठकमा अनुसन्धान प्रधानमन्त्रीमातहत राख्ने निर्णय भएको जानकारी गराइएको थियो। त्यसबेला पनि गृहमन्त्री थापाले पर्याप्त छलफल हुनुपर्ने भन्दै असन्तुष्टि पोखेका थिए। गृह र अनुसन्धानसँग समेत पर्याप्त छलफल नगरी अनुसन्धान प्रधानमन्त्री कार्यालयमातहत लैजाने निर्णय गरिएकामा थापाको असन्तुष्टि थियो। प्रधानमन्त्रीले अनुसन्धानलाई प्रधानमन्त्रीमातहत ल्याउँदा नेपाल विशेष सेवा ऐन २०४२ संशोधन गर्न बनेको ऐन २०७४ को प्रावधानसमेत ख्याल नगरिएको माओवादीको भनाइ छ। ऐनमा ‘सेवा सुविधा कार्य सञ्चालन गर्न गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय अनुसन्धान विभाग स्थापना हुने’ उल्लेख छ। ‘ऐनमा अनुसन्धान गृहअन्तर्गत हुने भन्ने छ, ऐनको प्रावधान क्याबिनेटले मात्र फेर्न मिल्दैन, प्रधानमन्त्रीमातहत लैजाने भए पनि ऐन संशोधन गरेर लैजानुपर्ने गृहमन्त्रीको धारणा छ’, गृहस्रोतले भन्यो।

घाइतेकै अगाडि बसेर माधव नेपालले फोनमा भने–तत्काल पक्राउ गर्नुस्

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मध्यपुरठिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्नु माग गरेका छनश । शनिवार मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री अस्पताल पुगेर गत वैशाख ८ गते शनिबार सांघातिक आक्रमणमा घाइते भई उपचाररत नगरप्रमुख श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख किरण राणालाई फोनबाटै आक्रमणकारीलाई तत्कालै पक्राउ गर्न आग्रह गरेका हुन् । उनले फोनबाटै भने–“एसपी साहेब, जनप्रतिनिधिलाई आक्रमण गर्ने आक्रमणकारी आठ दिन बित्दा पनि किन पक्राउ परेनन्, आक्रमणकारीलाई तत्काल पक्राउ गर्नुस् ।” प्रहरी उपरीक्षक राणाले आक्रमणकारीको पहिचान भइसकेकाले खोजी भइरहेको र केही दिनभित्रै पक्राउ गर्ने बताएको नेपालले प्रमुख श्रेष्ठलाई जानकारी गराए ।

दिल्लीबाट खेल्ने सम्भावित ११ खेलाडीमध्ये नवौं नम्बरमा सन्दिपको नाम

काठमाडौं, वैशाख १५ । कप्तान परिवर्तनगरेपछिको पहिलो खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्लीले कोलकातालाई ५५ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २ सय २० रनको विजय लक्ष प्रश्तुत गरेको थियो । सुरुदेखिनै खराव प्रदर्शन गरेको कोलकाता पुरै ओभरमा ९ विकेट गुमाउँदै १ सय ६४ रनमा अलआउट भयो । कोलकनताले ३३ रन जोड्दा ३ विकेट गुमायो । आन्द्रे रसेलले सर्वाधिक ४४ रन जोडे । शुभम गिलले ३७, सुनिल नारिनले २६, दीनेश कार्तिकले १८ र मिचेल जोन्सनले अविजित १२ रन जोडे । कोलकातालाई सस्तैमा समेट्नेक्रममा दिल्लीका ट्रेन्ट बोल्ट, म्याक्स वेल, अभेष खान र अमित मिश्राले समान २ विकेट लिए । निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १९ रन बनाएको दिल्लीका श्रेयस ऐयर र ओपनर पृथ्वी सोले अर्धशतक पुरा गरे । शुक्रबार आक्रमक ब्याटिङ गर्ने क्रममा श्रेयसले अविजित ९३ रन बनाए । कप्तानी सम्हाले पछिको पहिलो खेलमा ४० बल खेलेका श्रेयसले १० छक्का र ४ चौका प्रहार गरे । पृथ्वीले ४४ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । कोलिन मुर्नोले ३३ र ग्लेन म्याक्सवेलले २७ रन जोडे । कोलकाताका लागि पियुष चावला, शिवम मावी र आन्द्रे रसेलले समान १ विकेट लिए । ७ खेलमा दोस्रो जित हासिल गरेको दिल्लीले नेपाली बलर सन्दिप लामिछानेलाई भने अझै मौका दिएको छैन । यसअघिका ६ खेल मध्ये ५ मा पराजय भोगेपछि दिल्ली डेयरडेभिल्सका कप्तान गौतमले राजिनामाको घोषणा गरेका थिए । त्यसपछि दिल्लीको कप्तानी युवा ब्याट्सम्यान श्रेयस ऐयरले सम्हालेका छन् । आइपिएलमा शनिबार चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । यसअघि आंकलन: टिम ११ मा नेपालका सन्दीप लामिछाने नाम थियाे । दिल्लीको कप्तानी छाडेपनि आजको खेलमा ओपनर (१) गौतम गम्भीरको साथमा (२) पृथ्वी साव रहनेछन् | यस आंकलनलाई मिल्ने गरि दिल्लीले आफ्नो आधिकारिक ट्वीटरमा पनि ओपनरमा पृथ्वी सावलाई अघि सार्ने संकेत गरेको छ | त्यस्तै ओपनरहरु पछी कप्तान (३) श्रेयस ऐयरले ब्याटिङ सम्हाल्नेछन् | त्यस्तै चौथा ब्याट्सम्यानको रुपमा (४) रिशव पन्त आउन सक्छन | पन्तले दिल्लीको लागि हालसम्म अन्य खेलाडीले भन्दा बढी रन जोडेका छन् | आईपिएलमा सर्वाधिक रन ल्याउनेमा पन्तको नाम नवौं स्थानमा रहेको छ | त्यस्तै अर्का ब्याट्सम्यानका रुपमा (५) ग्लेन म्याक्सवेल आउने सम्भावना छ | आइपिएल-२०१८ मा गौतम गम्भीर भन्दा बढी स्कोर सहित म्याक्सवेलको दवदवा छ | भारतको ख्यातिप्राप्त क्रिकेट सम्बन्धी लेख्दै आएको क्रिकेट-कन्ट्री नामक वेबसाइटका अनुसार सम्भावित टिम ११ मा (६) राहुल तेवतियाको नाम पनि सम्भावित टिम ११ मा छ | त्यस्तै फिल्डीङ तर्फ आईपिएलमा बेस्ट इकोनोमीको रेकर्ड बनाएर सबैभन्दा शिर्ष स्थानमा रहेका (७) लिम प्लुन्केट रहने पक्का छ भने उनि पछी (८) मोहम्मद शमी, (९) नेपालका सन्दीप लामिछाने र (१०) ट्रेन्ट बोल्ट रहने आंकलन गरिएको छ |  त्यस्तै (११) मा अमित मिश्राको नाम अन्य वेबसाइटमा चर्चा गरिएको छ | दिल्लीले यस अघिका खेललाई अधार मान्दै केहि परिवर्तन गर्ने पक्का छ | त्यसमा पनि कप्तान नै परिवर्तन भएको अवस्थामा नयाँ कप्तानको सोच अनुसार खेलाडीको चयन हुनेछ | अधिकांश क्रिकेट सम्बन्धि आंकलन गर्ने वेबसाइटले दिल्लीका पुराना ५/६ खेलाडी बाहेक बाँकी सम्भावितको नाम फरक-फरक आंकलन गरेका छन् |

भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्यक : मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट प्रभावित जनतालाई यथाशीघ्र भवन निर्माण गर्न ऐन कानून तत्काल बाधक रहेको भए प्रान्तीय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले नयाँ ऐन कानून तर्जुमा गर्न सरकार अहिले जिम्मेवार हुनेछ भन्नुभयो । मुख्यमन्त्री पौडेले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण काठमाडौँद्वारा आज यहाँ आयोजित प्रदेश नं ३ स्तरीय पुनःनिर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रभावित क्षेत्रका जनतालाई तत्काल भवन निर्माण गर्ने क्रममा प्राधिकरणबाट भएका ढिलासुस्तीलाई आत्मसमीक्षा गरी वास्तविक भूकम्पबाट पीडित जनताको तथ्याङ्क संकलन गर्न स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवार बनाइनु पर्ने बताउनुभयो । उहाँले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आफ्नो भूमिकालाई छिटो छरितोका साथै आर्थिक पारदर्शीताका साथ जनतालाई तत्काल सहयोग उपलब्ध गराई भवन निर्माण कार्यलाई तीव्रता ल्याउन प्रदेशस्तरीय सरकारलाई समन्वय, सहकार्य गर्न आवश्यक रहेको छ भन्नुभयो । सो अवसरमा प्रदेश नं ३ प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले तीन वर्षअघिदेखि भूकम्पबाट प्रभावित जनतालाई आवास निर्माणमा पुनःनिर्माण प्राधिकरण र संघीय केन्द्रीय सरकारबाट हुँदै आएको कार्यसम्पादनलाई सम्बन्धित प्रदेशसभा र प्रदेश सरकारको तर्फबाट गर्ने गरी आवश्यक ऐन कानून पारित गरिने बताउनुभयो । उहाँले भूमिहीन र ऐलानी जग्गामा बसेका जनतालाई कुनै प्रमाण पुग्ने जग्गाको प्रमाणपत्र उपलब्ध गराएर सरकारले दिँदै आएको अनुदान र सेवा उपलब्ध गराउन पुनःनिर्माण प्राधिरणलाई आग्रह गर्नुभयो । सो अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारिणी अधिकृत युवराज भुसालले प्राधिकरणले हालसम्म भूकम्पबाट पीडित जनताका लागि गरिएका कामको विवरण प्रस्तुत गर्दै आर्थिक अनुशासन पारदर्शीताका साथै पीडित परिवारलाई अनुदान रकम, सेवा, सुविधा उपलब्ध गराइएको उल्लेख गर्दै अहिले सार्वजनिक विद्यालय, राष्ट्रिय महत्वका सम्पदाको पुनःनिर्माणका लागि सम्बन्धित प्राविधिक जुटिरहेको र छिट्टै निर्माण कार्य सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले निर्देशन दिएको जानकारी दिनुभयो । त्यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका उपसचिवद्वय मनोहरप्रसाद घिमिरे र कृष्णकुमार भूषणले प्राधिकरणबाट भएका निर्माण कार्यका प्रगतिका बारेमा छुट्टाछुट्टै तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । सो छलफल कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री, मन्त्री, प्रदेश नं ३ का प्रदेशसभाका सदस्य र जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख उपप्रमुखको सहभागिता रहेको थियो । रासस

‘सन्दीप र नेपाली क्रिकेटको जित सुनिश्चित’

काठमाडौं, बैशाख १३ । दिल्ली डेयरडेभिल्सले बुधबार एकाएक पत्रकार सम्मेलन गर्ने खबरसँगै केही अनपेक्षित घटनाको आशंका गरिएको थियो । नभन्दै अपरान्हको पत्रकार सम्मेलनमा टिमको नेतृत्व अब गौतम गम्भीरले नभएर श्रेयस् ऐय्यरले गर्ने जानकारी दिइयो। गौतमले ‘कप्तानका रूपमा दबाब थेग्न नसकेको’ हुँदा आफूले कप्तान पद छाडेको बताए । त्यसो त गत सोमबार साँझ नयाँ दिल्लीको गृहमैदानमा जित नजिक पुगेर पनि दिल्ली डेयरडेभिल्सले हार बेहोरेपछि टिममा ठूलै फेरबदलको अड्कलबाजी सुरु भएको थियो। किनकि आईपीएल २०१८ मा अहिलेसम्म खेलेका ६ म्याचमध्ये दिल्लीले एकमात्र जित हात पारेको छ। एकमात्र जित मुम्बई इन्डियनविरुद्ध हात पारेको हो । जसले गर्दा दिल्लीमाथि बाँकी खेलमा जित्नैपर्ने दबाब बढ्दै गएको थियो । जारी आईपीएलमा सुरुदेखि नै राम्रो फर्ममा रहेको किंग्स इलेभेन पन्जाबको १ सय ४३ रनको लक्ष्य दिल्लीले आफ्नो गृहमैदान र दर्शक दुवै लाभका कारण सहजै भेट्ने अनुमान थियो। म्याचको सुरुदेखि नै दिल्ली टिमको मनोबल उच्च नै देखिन्थ्यो । पहिले ब्याटिङमा ओर्लेको पन्जाबलाई दिल्लीले सुरुदेखि नै दबाबमा राख्यो पनि । यो लक्ष्य पछयाउने क्रममा कप्तान गौतम गम्भीर, विष्फोटक ग्लेन म्याक्सवेललगायतका खेलाडी न्युन स्कोरमै आउट भए पनि श्रेयस ऐय्यरले दिल्लीको इनिङ्स सम्हालेका थिए। ४५ बलमा ५४ रन बनाएका ऐय्यरले दिल्लीलाई जित नजिक नै पुर्‍याए । अन्तिम दुई ओभरमा २४ रनको लक्ष्य खासै कठिन थिएन । ऐय्यर क्रिजमा जमिसकेका थिए। तर, १९ औं ओभरमा म्याचले अर्कै रुप लियो। उक्त ओभरमा वरिन्दर स्रनले लियाम प्लङकेटको विकेट लिएर ४ रनमात्र दिए। यस सँगै अन्तिम ओभरमा जित पाउन १७ रन चाहिएको अवस्थाबाट दिल्ली अन्तिम बलमा ४ रन टाढा थियो । तर, ऐय्यर अन्तिम बलमा आरोन फिन्चबाट समातिए । यसरी छैटौं म्याचमा दिल्ली पाँचौं हारसँगै तालिकाको पुछारमा पुगेको छ। छैटौं म्याच नै खेलेको पन्जाब पाँचौं जितसँगै शीर्षस्थानमा उक्लिएको छ। व्यक्तिगत र पूरै टिमको खेल कमजोर भएका कारण कप्तान गम्भीरले ठूलो दबाब बेहोरेका थिए । यिनै कारणले नै गम्भीरलाई कप्तानी पदबाट हटाइएको द हिन्दुका वरिष्ठ खेलपत्रकार राकेश रावले बताए। यसअघि कोलकाता नाइट राइडर्सका कप्तान रहेका गम्भीरलाई दिल्ली टिमसँगको अनुबन्ध ‘घर फिर्ती’ का रूपमा प्रचारप्रसार गरिएको थियो । तर, पहिलो म्याचदेखि नै गम्भीरको नेतृत्वमा दिल्लीले अपेक्षित नतिजा निकाल्न सकेन। त्यसो त टिमको संरचना हेर्ने हो भने दिल्ली अन्य कुनै टिमभन्दा कम देखिँदैन । गौतम गम्भीरको कप्तानी रहेको दिल्लीमा श्रेयस ऐय्यर जस्ता भरपर्दा ब्याट्सम्यानका अलावा क्रिस मोरिस, डान क्रिस्टियन, ग्लेन म्याक्सवेल, कोलिन मुनरो, लियाम प्लङकेट, जेसन रोयजस्ता अलराउन्डरका साथै ट्रेन्ट बोल्ट, मोहम्मद सामी, अमित मिश्राजस्ता धारिला बलर पनि छन्। गम्भीरकै कप्तानीमा कोलकाता नाइट राइडर्सले सन् २०१२ र २०१४ को आईपीएल उपाधि जितेको थियो । दिल्लीका प्रमुख प्रशिक्षक रिकी पोन्टिङ त आईपीएलमा खेलाडी र प्रशिक्षक दुवै हिसाबले सफल साबित भइसकेका छन् । मुम्बई इन्डियनबाट खेल्दै पोन्टिङले २०१३ को उपाधि जितेका थिए भने उनकै प्रशिक्षणमा मुम्बईले सन् २०१५ को आईपीएल जित्यो। अब्बल खेलाडीको लामो सूची र सफल प्रशिक्षक पाएर पनि किन पछि परिरहेको छ त दिल्ली ? दिल्लीको कमजोर प्रदर्शनका पछाडि विभिन्न कारणहरू रहेको पत्रकार रावले सुनाए । पहिलो, अन्तिम पाँच ओभरमा राम्रो नखेल्नु, ७ देखि १५ ओभरको बीचमा ब्याटिङ कमजोर हुनु र प्रत्येक म्याचपिच्छे खेलाडी परिवर्तन गर्नुलाई दिल्लीको हारका कारण मान्छन् उनी। ‘आफ्ना खेलाडीमाथि नै विश्वास नगरेपछि अनि कसरी टिमले राम्रो खेल्न सक्छ,’ रावले दिल्लीको कमजोरी केलाउँदै भने। त्यसबाहेक गम्भीर, म्याक्सवेल, मुनरो, मिश्रा अपेक्षाअनुसार खरो नउत्रिएका कारण पनि टिम आफैंमा बलियो हुँदाहुँदै पछि परेको रावको विश्लेषण छ भनेर सुरेशराज न्यौपानेले नयाँ दिल्लीबाट लेखेको खबर आजको कान्तिपुर दैनिकमा छापेको छ। साथै स्वयं कप्तान गम्भीरलगायतका नाम चलेका खेलाडी पनि टिमप्रति जिम्मेवार नदेखिएका कारण दिल्लीले लगातार हार बेहोरिरहेको उनको निष्कर्ष छ। अहिलेसम्म खेलेका ६ खेलमध्ये ५ हारले आईपीएलको उपाधि दौडमा रहने दिल्लीको सम्भावना कमजोर बन्दै गएको छ । अबका बाँकी आठमध्ये कम्तीमा पनि सात खेल जित्नैपर्ने हुन्छ। सामान्यतस् आईपीएलमा दाबेदारी प्रस्तुत गर्न आठ म्याच जित्नैपर्ने पत्रकार राव बताउँछन् । ‘असम्भव नै त भन्न सकिँदैन तर, दिल्ली शीर्ष चारमा रहन करिब–करिब असम्भव देखिन्छ,’ उनको विश्लेषण छ। ‘सन्दीप र नेपाली क्रिकेटको जित सुनिश्चित’ आईपीएलमा पहिलो नेपाली खेलाडी भएर प्रतिनिधित्व गरेका सन्दीप लामिछानेले खेल्न पाउँछन् कि पाउँदैन भन्ने चासो नेपालमा मात्र होइन भारतमा पनि उत्तिकै रहेको देखिन्छ । स्वदेश र विदेशमा रहेका सबै नेपालीको ध्यान सन्दीप प्लेइङ सेटमा कहिले पर्छन् भन्नेमा छ । सामाजिक सञ्जालका टिप्पणीहरू पनि त्यसैमा केन्द्रित हुने गरेका छन्। गत सोमबारको म्याचका क्रममा सन्दीप मैदान छिरेका थिए तर, ड्रिंक्स ब्रेकमा मात्र । दिल्लीको खेलाडीको सूची र सन्दीपको अनुभव हेर्ने हो भने जारी सिजनमा उनको खेल्न पाउन सम्भावना निकै कम देखिन्छ। ‘एक पटकमा विदेशी खेलाडी बढीमा चार खेलाइने नियमले पनि सन्दीपको सम्भावना कम देखिन्छ, किनकि अन्य विदेशी खेलाडी उनीभन्दा निकै खारिएका र अनुभवी छन्,’ क्रिकइन्फोका सिद्धार्थ मोन्गाले भने। मोन्गा तिनै पत्रकार हुन् जसले जारी आईपीएलमा दिल्लीबाट खेल्ने सम्भावित खेलाडीको खेल र अनुभव विश्लेषण गरी सम्भावित प्लेइङ एलेभेनको सूची प्रकाशित गरेका छन् । जसमा सन्दीप अटाएका थिएनन्। दिल्लीमा आयोजित एक कार्यक्रममा सन्दीपले आईपीएल खेल्न पाउँलान् रु भन्ने कान्तिपुरको प्रश्नमा प्रतिभावान भए पनि सन्दीपलाई आईपीएलजस्तो प्रतियोगिताका लागि निखारिन समय लाग्ने भन्ने प्रशिक्षक पोन्टिङको जवाफले पनि यस सिजन खेल्ने सम्भावना कम रहेको संकेत गर्छ। विगत करिब चार दशकदेखि खेलपत्रकारिता गर्दै आएका राव पनि दिल्लीको आईपीएलको हालसम्म नतिजा हेर्दा खेल्ने सम्भावना नरहेको बताउँछन् । उनी त सन्दीपले खेल्न पाउनु नपाउनु भन्दा पनि आईपीएलमा अनुबन्ध हुनुलाई नै नेपाली क्रिकेटजगतले ठूलो अवसरका रूपमा लिनुपर्ने सुझाव दिन्छन्। ‘विश्वस्तरीय खेलाडी र कोचहरू कसरी बोल्छन्, कसरी खेल्छन् भन्ने कुरा थाहा पाउनु पनि उनी जस्ता युवा खेलाडीका लागि सुनौलो अवसर हो,’ रावले भने, ‘सन्दीपको अनुभवबाट पूरै नेपाली क्रिकेट भविष्यमा लाभान्वित हुनसक्छ।’ त्यसो त बेन्चमा बस्ने उनी एक्ला खेलाडी भने होइनन् । गत फेब्रुअरीमा यू–१९ विश्वकप जित्ने भारतीय टोलीका कप्तान मन्जोत कार्लाले पनि अहिलेसम्म अवसर पाएका छैनन् । विश्वकप विजेता टोलीका अर्का सदस्य अभिषेक शाहले पनि अवसर पाउन कति म्याच कुर्नुपर्ने हो निश्चित छैन। त्यसैले क्रिकेटका हस्तीहरूसँग भारतभर घुम्न पाउनु र सँगै उठबस गर्न भाग्यले मात्र पाइने हुँदा सन्दीपले बेन्चमा बस्नुपर्‍यो भनेर नबुझ्न सबै क्रिकेट नेपालीलाई रावले अनुरोधसमेत गरे । ‘हेर्दै जानुस् सन्दीपले हासिल गरेको अनुभवले नेपाली क्रिकेटलाई बेग्लै उचाइ दिनेछ,’ रावले विश्वास जगाउँदै भने, ‘एक सिजनमा खेल्न पाइन भनेर निरास भइहाल्नुपर्दैन । उनको आईपीएल प्रवेशले अन्य नेपाली खेलाडीका लागि पनि ढोका खुलेको छ । दिल्लीले हारे पनि सन्दीप र नेपाली क्रिकेटको जित सुनिश्चित छ ।’ पारसको चर्चा सन्दीपको आईपीएल प्रवेशले अन्य नेपाली खेलाडीका लागि बाटो खुलेको दिल्लीका वरिष्ठ खेलपत्रकारबीच नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काको चर्चा हुनुले पनि संकेत गर्छ । पारसकै कप्तानीमा गत महिना नेपालले ५ वर्षसम्मका लागि वान–डे अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। आईसीसी विश्वकप छनोट प्रतियोगितामा पारसको कप्तानीमा नेपालले देखाएको प्रदर्शनलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएका क्रिकेटहरूले समेत प्रशसां गरेका थिए । जिम्बाबेमा भएको विश्वकप छनोट प्रतियोगितालगत्तै आइसिसिले निकालेको प्रतियोगिताका उत्कृष्ट ११ खेलाडीको सूचीमा पारस पनि परेका थिए । नेपालले उनको नेतृत्वमा पाएको पछिल्लो उपलब्धि र व्यक्तिगत खेलकौशलकै कारण हुनुपर्छ। गत सोमबार साँझ दिल्ली र पन्जाबको म्याचका दौरान भेटिएका केही खेलपत्रकारले पारस खड्का किन आईपीएलमा अनुबन्ध भएनन् भन्ने जिज्ञासा राखेका थिए। पारसजस्ता अलराउन्डर र कन्फिडेन्ट क्रिकेटर आईपीएलका लागि फिट भएको उनीहरूको भनाइ थियो। क्रिकइन्फोका मोन्गाले पनि पारसले आईपीएलमा अनुबन्ध नपाएकोमा आश्चर्य व्यक्त गरे । ‘ट्वान्टी–ट्वान्टी क्रिकेटलाई पारसको जस्तो एग्रेसन र शैली सुहाउँछ । किन कुनै पनि टिमले उनलाई अनुबन्ध गरेनन् मैले बुझ्न सकेको छैन,’ मोंगाले भने।

ठिमीको जुवाखालबाट सात जना पक्राउ

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारबाट जुवातास खेल्दै गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बालकुमारी वन नजिकै तीनतले घरमा डेरा गरी बस्ने ३४ वर्षीय कुमार कार्कीले दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापामारी कार्कीसहित जुवातास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको हो । जुवातास खेल्दै गर्दा १३ थान तास, रु ७२ हजार ३०० नगद, ४०० भारु, तीन अमेरिकी डलरसहित उनीहरुलाई पक्राऊ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी दिनुभयो । रासस

ट्रक र मोटरसाइकल ठोक्किदाँ चालकको मृत्यु

भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा आज बिहान रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । यहाँको कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा रोकिएको म१क १३९ नंको ट्रकमा पछाडिबाट से४त ८०२४ नंको मोटरसाइकल ठोक्किएको थियो । ट्रकमा ठक्कर दिँदा मोटरसाइकल चालक कैलालीको साविक दुर्गौली गाउँपालिका–१ का ५२ वर्षीय लिखराम चौधरीको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले जानकारी दिनुभयो । ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि धनगढी पु¥याइएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार बर्दियाको राजापुरका २५ वर्षीय प्रवीन चौधरी सामान्य घाइते भएका छन् । घाइते चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रासस

अपडेट: जीप दुर्घटनामा ४ जनाको मृत्यु, १६ घाइते

दिपायल, वैशाख ८ । डोटी जिल्लाको नपुरालामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भने अन्य ज्१६ जना घाइते भएका बताइएको छ । शिखर नरपालिकाको आलीबाट जोरागाउँ जार्दै गरेको से १ ज ५२७५ नम्बरको जीप नपुराला भन्ने स्थानमा दुर्घटना भएको छ । चार जनाकाे घटनास्थलमै मृत्यु भएको छ । घटनामा परि मृत्यु हुनेमा शिखर नगरपालिका–३, जोरागाउँका १४ वर्षीय सुरेश भुल, ४० वर्षीया खिन्तुरी भुल र ३२ वर्षीया कटी सार्की रहेका छन् । मृतक एकजनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परेर अरु १६ जनाभन्दा बढी घाइते छन् । घाइतेहरुको सुजुङ सामुदायिक अस्पताल, राजपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिए । स्थानीयकाअनुसार जिप सडकबाट करीब ५० मिटर तल खसेको छ । घटनास्थल डोटी सदरमुकामबाट करिब २५ किलोमिटर टाढा पर्छ ।

ठुलो दुर्घटनाबाट बच्न सफल भयो मालिन्दो एयर

काठमाडौं । बिहीबार राति १०ः०७ मा मालिन्दो एयरको जहाज टेक अफ गर्ने क्रममा अनियन्त्रित भएर रनवे को ट्रयाक छोड्दै घाँसे मैदानमा पुगेपछि ठुलो दुर्घटनाको जोखिममा परेको थियो । १३९ जना यात्रु रहेको जहाज ठुलो दुर्घटना हुनुअघि पाइलट र क्रु मेम्बरले नियन्त्रित गर्न सफल भएपछि ठुलो दुर्घटना हुनबाट जोगिएको थियो । उक्त बोइङ ७३७–९०० इआर जहाज चिप्लीएपछि तत्कालै यात्रुहरु र क्रु मेम्बरहरुको तत्कालै उद्धार गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवत्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । मलेशियाको बजेट एयरलायन्स मालिन्दोले क्वालालुम्पुरबाट काठमाडौंको लागि दैनिक दुई उडान भर्दै आएको छ । सो घटनापछि विमानस्थल बन्द भर्इ त्यसपछिका ल्याण्डीङ र टेक अफ प्रभावित भएको छ । डोमेस्टीक फ्लाइटहरु शुक्रबार बिहान ९ बजेदेखि चलेपनि अन्तर्राष्ट्रिय तर्फ १२ बजेपछि मात्रै चल्ने जानकारी आएको छ । हाल उक्त जहाजलाई सकुशल पार्किङ लटमा ल्याउनको लागि सुरक्षा फौज र एयरपोर्ट कर्मचारी परिचालन भएका छन् । गत फाल्गुण २८ मा युएस बांग्ला एयरको जहाज काठमाडौंमा ल्याण्डीङ गर्ने क्रममा दुर्घटना हुँदा ५१ जनको मृत्यु भएको थियो । के कारणले गर्दा विमान दुर्घटनाको जोखिम बढिरहेको छ ? दुर्घटनाको जोखिमको हिसाबले हवाइ यात्रा सबैभन्दा कम जोखिम भएको सवारी माध्यममा पर्छ । प्रयोग गर्न खर्चिलो भएपनि सहज र छिटो यात्रा हुनाले पनि हवाइ यात्रा प्रख्यात छ । तरपनी विभिन्न समयमा हुने दुर्घटना तथा दुर्घटनाको नजिक पुग्नाले यात्रुहरुमा हवाइ यात्राले बढि डर पैदा गर्ने गरेको छ । करिब डेढ महिना अघि दुर्घटना भएको युएस बांग्ला जहाज र हिजो दुर्घटनाको जोखिममा परेको मालिन्दो एयर दुबैमा एउटा समानता छ । दुबै बजेट एयरलायन्स हुन् । बजेट एयरलायन्सको एक मात्र उद्देश्य सस्तोमा जहाज उडाउने, बढि भन्दा बढि यात्रु ओसार्ने र नाफालाई अधिकतम बनाउने । यि उद्देश्यलाई पुर्ति गर्ने क्रममा यस्ता एयरलायन्सले यात्रुको सुविधामा खासै चासो दिंदैनन् तर भाडा चाहिं अन्य एयरलायन्सको तुलनामा सस्तो पर्छ । फाल्गुण २८ मा दुर्घटना भएको युएस बांग्ला एयरलायन्सको पुरानो जहाज हुनु, ककपिटमा पालना गर्नुपर्ने नियम पालन नगर्नु र थकित पाइलट भएको निष्कर्ष निस्केको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको नियमानुसार एउटा पाइलटले मासिक ९० देखि १०० घण्टा मात्र उडान गर्न पाउँछ । यसमा हुने हेल चक्रयाइँ पनि यस्ता घटनाको कारक हुन सक्छ । त्यस्तैगरी सस्तो जहाज खरिद गर्ने बहानामा १५ वर्ष वा सो भन्दा बढि पुराना जहाज खरिद गर्ने गरेको कारण पनि यस्ता जहाजमा तत्काल समस्या आउने गरेको भेटिएको छ । युएस बांग्लाको उक्त जहाज १७ वर्ष पुरानो थियो र सो एयरलायन्सको त्यस जहाजको चौथो खरिदकर्ता पनि थियो । सबै बजेट एयरलायन्समा यस्तो समस्या भएको देखिंदैन । एयर अरेबिया र फ्लाइ दुबई जस्ता बजेट एयरलायन्स सस्तो र भरपर्दो सेवाको लागी प्रख्यात छन् । भारतको एयर इन्डीगोले समयमै फ्लाइट उडाउन (इन टाइम फ्लाइट) मा अब्बल भई उपाधि नै पाइरहेको छ । यद्यपी कतिपय एयरलायन्सले नाफालाई प्रमुख बनाउने नेपाल जस्तो पहाडी भेगभएको क्षेत्रमा आवश्यक सतर्कता नअपनाउनाले यात्रुहरु यस्ता दुर्घटनाको जोखिम बढेको यस क्षेत्रका विश्लेषकहरु बताउँछन् ।

इन्जुरी समयको गोलले रेलिगशनमा पर्यो ला लिगा क्लब मालागा  

काठमाडौं, वैशाख ७ । स्पेनिस क्लब मालागा स्पेनको शीर्ष फुटबल लिग ला लिगाबाट रेलिगेशनमा परेको छ । लिग अन्तर्गत बिहीबार राति भएको खेलमा लेभान्टेसँग पराजित भएपछि मालागा रेलिगेशनमा परेको हो । यो सिजन युरोपका शीर्ष पाँच लिगबाट रेलिगेशनमा पर्ने पहिलो टिम बनेको छ मालागा । घरेलु मैदानमा भएको खेलमा लेभान्टेले मालागालाई १–० ले हराएको हो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा इन्जुरी समयको तेस्रो मिनेटमा बोएटेङ्गले लेभान्टेका लागि विजयी गोल गरे । उनको गोल मालागाका लागि शीर्ष लिगको यात्रा टुंगिने कारण बन्यो । लिगमा पाँच खेल बाँकी हुँदै मालागा रेलिगेशनमा पर्ने पक्का भएको हो । उसले ३३ खेलबाट मात्रै १७ अंक जोडेको छ । मालागा सन् २००८ देखि लगातार ला लिगामा थियो । मालागाले पाँच वर्ष अघि च्याम्पियन्स लिगमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

टनकपुरबाट ७० मेगावाट विद्युत आयात हुन्छ : मन्त्री पुन

काठमाडौं, वैशाख ६ । नेपाल विद्युत प्राधिकरणले माग उच्च हुँदा टनकपुरबाट बढीमा ७० मेगावाटसम्म विद्युत आयात गर्ने बाटो खुला भएको छ । भारतीय पक्ष ५० एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्न सहमत भएकापछि थप विद्युत आयातको बाटो खुला भएको हो । टनकपुरस्थित सबस्टेसनमा जडित ५० एमभिएको ट्रान्सफर्मरबाट अहिले प्राधिकरणले ३० देखि ४० मेगावाटसम्म विद्युत आयात गरिरहेको छ । सोही ठाउँमा थप ५० एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्न भारत सहमत भएको छ । प्राधिकरणले लामो समयदेखि नयाँ ट्रान्सफर्मर थप्न भारतसँग आग्रह गर्दै आएको थियो । बैशाख ३ र ४ गते भारतको नयाँ दिल्लीमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय (जेएससी) बैठकले ट्रान्सफर्मर थप्ने निर्णय गरेको छ । जेएससी बैठक हुनुअघि सुदूरपश्चिमका सांसद र स्थानीय बासिन्दाले त्यहाँ विद्युत आपूर्ति अनियमित हुने गरेको गुनासो गर्दै आएका थिए । उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेटेरै यसबारे लिखित पत्र नै बुझाएका थिए । सुदूरपश्चिमका बासिन्दाको गुनासोलाई मध्यनजर राख्दै मन्त्री पुनले जेएससी बैठकमा आपूर्तिमा सुधार तथा गुणस्तरीय विद्युत आपूर्तिबारे भारतसँग छलफल गर्न सचिवलगायत टोलीलाई आग्रह गरेका थिए । मन्त्रीले समेत जोड दिएपछि वर्षौंदेखि हुँदै आएको छलफलमा यस पटक नेपालले उक्त विषयलाई उच्च प्राथमिकताका साथ उठाएको थियो । छलफलमा भारत निकै सकारात्मक रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए । ‘नयाँ ट्रान्सफर्मर जडान गरेपछि बढी विद्युत ल्याउने बाटो खुला भएको छ, साथै यसले गुणस्तरमा पनि सुधार ल्याउँछ,’ उनले भने, ‘एउटा ट्रान्सफर्मर बिग्रिँदा अर्कोबाट आपूर्ति गर्ने विकल्प पनि हुन्छ ।’ ट्रान्सफर्मर किनेर जडान वा त्यहाँ आवश्यक जग्गा व्यवस्थापन गर्न करिब १६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त खर्च भारतले नै बेहोर्ने सहमति भएको छ । भारतको विदेश मन्त्रालयको कोषमार्फत आवश्यक खर्च बेहोरिने बताइएको छ । नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वर्षको ७ करोड युनिट (करिब १० मेगावाट) विद्युत निशुल्क लिँदै आएको छ । यो बाहेक करिब ३० मेगावाट व्यापारिक दरमा किन्ने गर्छ । प्राधिकरणले अहिले भारतबाट उच्च माग हुँदा बढीमा ५ सय मेगावाटसम्म विद्युत आयात गर्दै आएको छ ।

संसारमा यस्तो अचम्म पनि हुँदो रहेछ ? जसको सबैथोक सुनकै

मानिका अनौठा खालका शोख हुन्छन् । कसैले त्यसलाई पूरा गर्न सक्छन् भने कसैले रकम अभावमा शोखलाई पूरा गर्न सक्दैनन् । मानिसहरु सुन महंगो भएका कारण सुनका गहना जोडन् नसकेर चिन्तित छन् । तर ब्रुनाईका राजा (सुल्तान) भने सुनको दरबारमा बस्छन् । उनको सुनको हवाई जहाजसमेत छ । ब्रुनाइका सुल्तान हसनल बालकिया यस्तो शौखिन र विलासी मानिस हुन् की उनले प्रयोग गर्ने प्राय सामान सुनबाट बनेका छन् । ठूला व्यवसायीसमेत रहेका सुल्तानलाई आफ्नो धनसम्पत्ति देखाउने शोख छ । जसका कारण उनी सनुको जहाजमा सयर गर्छन् । उनको नुरल नामक दरबार पनि सुनले बनेको छ । उक्त दरबार बनाउन करिब ४० अर्ब रुपैयाँ खर्च भएको जनाइएको छ । सन् १९८४ मा बनाइएको उक्त दरबारमा १ हजार ७ सय ८८ कोठा रहेका छन् । जसमा २ सय ५७ वाथरुम छन् । दरबार २६ बर्ग फिटमा फैलिएको छ । BRUNEI उनको दरबारमा २२ क्यारेटको सुनको प्रयोग गरिएको छ । उनीसँग सात हजारभन्दा धेरै सुविधासम्पन्न कारहरुसमेत रहेहका छन् ।

बिडिसिए क्रिकेट कप: फाइनलमा त्रिपुरा

बैतडी, वैशाख २ । बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिपुरा क्रिकेट क्लब प्रवेश गरेको छ । आइतबार निङ्गलाशैनी खेल मैदान देहिमाण्डौँमा भएको सेमिफाइनल खेलमा खोड्पे क्रिकेट क्लबलाई १०१ रनले हराउँदै त्रिपुरा उपाधि नजिक पुगेको हो । टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै २५४ रन बनायो । दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेले सबै विकेट गुमाउँदै १५३ रङ मै सीमित रहन पुग्यो । त्रिपुराका लागि तेज चन्दले शतकीय पारी खेल्दै ११५ रनको योगदान दिए । महेन्द्र मार्कण्डले ४७ रन बनाए । बलिङतर्फ खोड्पेका कृष्ण बिष्टले दुई विकेट लिए । दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेका रुपक ऐरीले ६४ रन बनाए । बलिङतर्फ त्रिपुराका गणेश थापाले तीन विकेट लिए । शतकीय पारी खेलेका त्रिपुराका तेज चन्द म्यान अफ द म्याच भए । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा गत चैत २५ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार तथा म्यान अफ द सिरिजले रु पाँच हजार, ट्रफी र प्रमाणपत्र पाउने संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिएका छन् ।