सेना र कर्मचारीले माछा खान नपाउने

चितवन, वैशाख २ । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेना बस्ने निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको छ ।

मुख्य कार्यालय कसरा, सेक्टर, हात्तीसार शाखा, रेञ्जपोष्ट, प्रवेशद्वार, पोष्ट तथा सुरक्षा पोष्टलगायतका स्थानमा पोखरी र नदीका माछा खान वैशाख १ गतेदेखि पूर्ण प्रतिबन्ध लगाइएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालकाअनुसार निकुञ्जका कुनैकुनै पोष्टमा त्यहीँका कर्मचारीले तयारी जाल प्रयोग गर्न दिएको वा बेवास्ता गरी माछासमेत खाने गरेको गुनासो आएपछि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको हो । ढकालले भन्नुभयो, “कुनै ठाउँमा कर्मचारीले नै जाल प्रयोग गर्न दिएर आधाआधा माछा भागबण्डा गरेको भन्ने गुनासो आएपछि यो निर्णय गरिएको हो ।”

नदीहरुमा रहेका माछा दुर्लभ जलचर गोहीको मुख्य आहारा हो । माछा घटेमा गोहीको संख्या घट्दै जाने भन्दै निकुञ्जले नदीमा ठूला जाल प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ भने इजाजत भएकालाई मात्रै सानो जाल प्रयोग गर्न दिइएको छ । निकुञ्जअन्तर्गत ३५० जना कर्मचारी छन् भने सुरक्षार्थ एक हजार नेपाली सेना निकुञ्जमा बस्दछन् ।

निकुञ्जका ५७ स्थायी पोष्टमा निकुञ्जका कर्मचारी र नेपाली सेना आवासीयरुपमा नै बस्ने गर्दछन् । निकुञ्जले यसअघि नै यी ठाउँहरुमा बंगुरको मासु खान प्रतिबन्ध लगाएको छ ।

प्रमुख संरक्षण अधिकृत ढकालले नदीमा माछा मार्नेक्रम निरुत्साहित गर्न यो अभियान थालेको बताउनुभयो । निकुञ्ज संरक्षणमा परिचालन भएका कर्मचारी र सेना बढी जिम्मेवार हुनुपर्ने भएकाले यस्तो निर्णय गर्नुपरेको उहाँको भनाइ छ ।

बुद्धको जन्मस्थलबारे भ्रम चिर्न समन्वयको खाँचो

काठमाडौँ, वैशाख २ । बुद्धको जन्थलोबारे अन्तर्राष्ट्रिय तहमा फैलिरहेको भ्रमपूर्ण सुचनाबारे सम्बन्धित देशका दुतावास र परराष्ट्र मन्त्रालयबीच मुख हेराहेरको स्थिति आउनु खेदजनक रहेको लुम्बिनी कपिलवस्तु दिवस अभियानले जानाएको छ । अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले सोमवार एक प्रस विज्ञप्ति जारी गर्दै यस्ता सुचनाहरू सच्याउन सम्बन्धित देशको दूतावास र परराष्ट्र मन्त्रालयले एक अर्काको मुख ताक्ने गरेको बताएका छन् । प्रेस विज्ञप्तिमा कान्तिपुर दैनिकमा २०७५ वैशाख १ गते प्रकाशित “बुद्धको जन्मथलोबारे भ्रमपूर्ण प्रचार” शीर्षकको समाचारलाई सन्दर्भ मान्दै दुवै निकायबीच बुद्ध जन्म्स्थाल्कोबारेमा व्याप्त भ्रमहरु चिर्न परस्पर समन्वयात्मक प्रतिष्पर्धा हुनुपर्ने उल्लेख छ । कान्तिपुरले वैशाख १ गते प्रकाशित गरेको उक्त समाचारमा श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्म भारतमा भएको भन्ने गलत सूचना राखिएको तथ्य उल्लेख भएको छ । सोको बारेमा श्रीलंकाका लागि नेपालका राजदूत विश्वम्भर प्याकुरेलसँग बुझ्न खोज्दा, यसबारे केही महिना अघि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको र गलत तथ्य सच्याउन परराष्ट्रले कूटनीतिक पहल गर्नुपर्ने उत्तर आएको थियो। उता परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्यालले त्यस्तो भ्रमपूर्ण सूचना छ भने त्यसलाई सच्याउन कोलम्बोस्थित दूतावासले नै पहल गर्नुपर्ने बताएकोले दुतावास र मन्त्रालयबीच एक अर्काको मुख ताक्ने प्रवृत्तिको विकास हुनु खेदपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ । अभियानले ११ अगस्ट २०१० मा तात्कालिन प्रधानमन्त्री माधवकुमार नेपाललाई पूर्व मन्त्रीद्वय राजेन्द्र श्रेष्ठ र दीप कुमार उपाध्याय, डा आरजु देउवा, डा कविताराम श्रेष्ठ लगायतको सहभागिता सहित अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापन पत्र बुझाएको थियो। उक्त ज्ञापनपत्रमा विभिन्न देशका पाठ्यपुस्तकमा भएका बुद्धको जन्मस्थल बारेमा गलत जानकारी राखिएकोले त्यस किसिमका दिग्भ्रम निस्तेज गर्न कुटनीतिक नियोगहरु मार्फत सम्बन्धित देशका सम्बन्धित निकायसँग कुराकानी गर्न अविलम्ब कदम चालियोस भनी आग्रह गरिएको थियो। अभियानकै पहलमा २०१५ मा नै नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले विभिन्न देशको पाठ्यक्रममा बुद्धको जन्म भारतमा भएको भन्ने उल्लेख भएकाले ती देशहरूलाई पत्राचार गर्न निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती सात देशमा पत्राचार गरिसकेको विज्ञप्तिमा जनाइएको छ । यस अघि जनस्तरबाट संचालित विश्वव्यापी अभियानको पहलमा वुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी गुगल र राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका बुद्धिस्ट मन्दिरहरुले र स्वीडेनका पुस्तकहरुमा सच्याउने, ब्रिटिश म्युजियमले सच्याउने निर्णय गर्ने जस्ता महत्वपूर्ण काम भैसकेको समेत विज्ञप्तिमा उल्लेख छ ।

आगामी वर्ष आर्थिक समृद्विको वर्ष हुनेछ : गगन थापा

काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आगामी वर्ष २०७५ साल आर्थिक समृद्विको वर्ष हुने विश्वास व्यक्त गरेका छन् । गन्तब्य नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको नयाँ वर्ष महोत्सवको उद्घाटन गर्दै उनले धेरै कोणबाट २०७४ साल उपलब्धिमूलक रहेको बताए । संविधानसभाबाट जारी संविधान कार्यान्वयन गर्दै तीन तहको निर्वाचन हुने सबै भन्दा ठूलो उपलब्धी भएको बताए । २०७४ सालमा तीन तहकै निर्वाचनबाट मुलुकले निकास पाएको भन्दै तुलनात्मक रुपमा यो वर्ष सफल रहेको उनको टिप्पणी थियो । २०७४ सालबाटै मुुलुकले राजनीतिक निकास पाएको र संक्रमणकालको अन्त्यसमेत भएको उनको भनाई थियो । नयाँ वर्षको अवसरमा गन्तब्य नेपालले विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई सम्मानित गरेको थियो । महोत्सवमा खानाका विभिन्न परिकार र हस्तकलाका सामग्री प्रदर्शनमा राखिएको छ ।

बिडिसिए कप : गजेन्द्र बोहराको नयाँ रेकर्ड

बैतडी । गजेन्द्र बोहराले यहाँ जारी बिडिसिए कपको १७ औँ संस्करणसम्म आइपुग्दा प्रतियोगिताको इतिहासमै सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । निंगलाशैनी क्रिकेट क्लब, देहिमाडौँको टोलीबाट लिग चरणको खेलमा बोहराले केदारशक्ति क्रिकेट क्लबसँगको खेलमा व्यक्तिगत १४३ रन बनाएर नयाँ रेकर्ड कायम गरेका हुन् । निंगलाशैनी खेल मैदानमा उनले ५५ बलमा १४३ रन बनाए । यसक्रममा बोहराले सात छक्का र २१ चौका प्रहार गरे । उनले ४२ बलमै शतक बनाएका थिए । बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टका अनुसार यसअघि बिडिसिए कपको एउटै इनिङमा सर्वाधिक रन बनाउनेको सूचीमा कैलपाल क्रिकेट क्लबका जनक चन्दको नाम सामेल थियो । चन्दले १०९ रन बनाएका थिए । नयाँ रेकर्ड बनाएका बोहराले गत असारमा काठमाडौँमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिम यू–१६ को टिमबाट खेलिसकेका छन् । उनी गत वर्ष नै काठमाडौँमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल)मा पनि काठमाडौँ किंग्स इलेभनका लागि छनोटका क्रममा तेस्रो राउण्डसम्म पुगेका थिए । बोहरा विगत दुई वर्षदेखि काठमाडौँस्थित हिमालयन क्रिकेट एकेडेमीमा आबद्ध छन् । उनले भारतको मुम्बईस्थित एडभान्स क्रिकेड एकेडेमीबाट तीन वर्षसम्म प्रशिक्षणसमेत लिएका थिए । दशरथचन्द नगरपालिका–२ देहिमाडौँका १५ वर्षीय बोहरा दाँया हाते ब्याट्सम्यान हुन् । केदारशक्ति क्रिकेट क्लबबिरुद्धको खेलमा बोहराको १४३ रनको व्यक्तिगत स्कोरसहित निंगलाशैनीले चार विकेटको क्षतिमा २० ओभरमा ३०३ रन बनाएको थियो । “बिडिसिए इतिहासमै कुनै एउटा टिमले बनाएको यो नै सबैभन्दा उच्च स्कोर हो,” संघका कोषाध्यक्ष भट्टले भन्नुभयो । उक्त खेलमा निंगलाशैनीका प्रकाश नाथले ६० तथा लक्ष्मण बोहराले ५१ रन बनाए । तीन सय ४ रनको विजयी लक्ष्य पछ्याएको केदारशक्तिले १० दशमलब १ ओभरमा मात्र ५१ रन बनायो । निंगलाशैनी बिडिसिए कपमा २५६ रनको फराकिलो अन्तरले जित्ने टोली बनेको छ । क्रिकेटमा नयाँ प्रतिभाको खोजी गर्न बैतडी जिल्ला क्रिकेट संघले हरेक वर्ष प्रतियोगिता सञ्चालन गर्दैआएको छ । जिल्लाबाट हालसम्म थुप्रै पुरुष र महिला क्रिकेट खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । क्रिकेट गतिविधि भइरहेका भए पनि खेलमैदान नहुँदा प्रतियोगिता सञ्चालन गर्न समस्या हुने गरेको छ । जिल्लामा निर्माणाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय स्तरको दशरथचन्द रंगशाला तीन वर्षदेखि अलपत्र अवस्थामा छ । रासस

अस्पतालमै कैदीको मृत्यु

जलेश्वर, २८ चैत । कर्तव्य ज्यान मुद्दामा कारागार गृहमा बस्दै आएका एक कैदीको जिल्ला अस्पताल जलेश्वरमा उपचार गराउँदा गराउँदै   मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको साबिक हरिहरपुर हरिणमरी–९ का ८० वर्षीय रामेश्वर सदा मुसहर रहेको कारागार कार्यालय महोत्तरी जलेश्वरका प्रमुख शोभेन्द्र ठाकुरलाई उद्धृत गर्दै राससले जनाएको छ । महोत्तरी जिल्ला अदालतको २०६२ साल असार १५ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकी फरार रहँदै आएका रामेश्वर सदा मुसहरलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले २०७४ साल मंसिर ८ गते पक्राउ गरी अदालतमा उपस्थित गराउँदा सोही मितिदेखि लागू हुनेगरी अदालतले उनलाई कारागार कार्यालय महोत्तरीमा कैद भुक्तानीका लागि पठाएको थियो । तर निज रामेश्वर सदा मुसहर कारागारमा बसेको ४ महिना २० दिनमै उनको वुधवार बिहान उपचारका क्रममा मृत्यु भएको प्रमुख ठाकुरले बताए। पक्राउ पर्नुअघि देखि नै क्षयरोगका बिरामी रहेका रामेश्वर गत सोमबार अचानक अत्यधिक बिरामी भई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाई आकस्मिक वार्डमा भर्ना गराई उनको उपचार भइरहेको थियो । परीक्षणपछि मृतक सदाको शव परिवारजनलाई बुझाउने तयारी गरिहेको कारागार प्रशासनले जनाइएको छ ।

सिन्धुपाल्चोकमा बोलेरो र बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

मेलम्ची, चैत २६ । सिन्धुपाल्चोकमा गए राति बोलेरो र बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको मेलम्ची नगरपालिका–९ ज्यामिरे पिपलटारको झिल्के मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको इप्रका मेलम्चीले जानकारी दिएको छ । आइतबार बेलुका ८ बजे मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गरेको बा१८च ४६९९ नम्बरको बोलेरो गाडी सडकबाट करीब ३०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा परी ३५ वर्षीय चालक मेलम्ची नगरपालिका–९ ज्यामिरेका सुरेश तामाङ, ज्यामिरेकै ४२ वर्षीय मोती अधिकारी र १२ वर्षीय बालक कमल स्याङ्बोको घटनास्थलमा नै मृत्यु भएको मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले बताए । बढी लोड बोकेका कारण मोडमा ब्रेक नलागेर गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । त्यस्तै हेलम्बु गाउँपालिका–१ तिम्बुमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काठमाडौँबाट हेलम्बुको तिम्बुका लागि छुटेको बा२ख ६३६५ नम्बरको हेलम्बु यातायातको बस गएराति दुर्घटना भएको हो । राति १० बजेतिर तिम्बु बसपार्क नजिकै दुर्घटना भएको हो । दुर्घटनामा बसका सहचालक इन्द्रावती गाउँपालिका–३ बाँडेगाउँका महेन्द्र भुजेलको मृत्यु भएको छ भने चालक फरार रहेको प्रहरीले जनाकारी दिएको छ । बसमा सवार अन्य चार जना घाइतेलाई उपचारका लागि आइतबार राति नै धुलिखेल अस्पताल लगिएको छ भने घटनाको अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

फर्निचर उद्योगमा आगलागी, २० लाखको क्षति

राजविराज, चैत २६ । सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा आइतबार राति आगलागी हुँदा रु २० लाख मूल्य बराबरको क्षति भएको छ। बलान बिहुल गाउँपालिका मौवहा चौकस्थित चौधरी यादवको घरमा सञ्चालन गरेको सियाराम शर्माको फर्निचर उद्योगमा विद्युत् (सर्ट) चुहिएर आगलागी हुँदा निजको फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।  त्यस्तै छिमेकी देवनारायण साफीको एउटा घर, जीवछ साफीको तीन घर, लक्ष्मी साफीको दुई र चन्देश्वर यादवको एउटा घर जलेर नष्ट भएको प्रहरी चौकी बेल्हीले जनाएको छ। सो आगलागीबाट फर्निचर उद्योगमा रहेको टेबुल, कुर्सी, दराज, पलङ लगायतका समान जलेर नष्ट भएको पीडित शर्माले बताए।  आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, सुन, चाँदी, गरगहना र नगदसहित रु २० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ। आगोलाई स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको थियो।

अाइपीएल: दिल्लीले दियो पञ्जावलाई १६७ रनका विजयी लक्ष्य

काठमाडौं, चैत्र २५ । आइपीएलको ११ औं संस्करण अन्तर्गतको दोस्रो खेलमा अहिले किंग्स इलेवन पंजाब र दिल्ली डेयरडेविल्सबीच मोहालीको आइएस बिन्द्रा रंगशालमा खेल जारी छ । टस हारेर व्याटिङ गरेको दिल्ली डेयरडेविल्सले परै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६६ रन बनाउन सफल भयो । दिल्लीका लागि कप्तान गौतम गम्भीरले सबैभन्दा धेरै ५५ रनको गोगदान दिए त्यसैगरी, वहीं रिषभ पन्त ने २८ र क्रिस मॉरिसले २७ बनाए। पञ्जाबका लागि पहिलो पटक आइपीएल खेलेका मुजीब उर रहमान र मोहित शर्मा ने २/२ विकेट लिए। आइपीएलका लागि दिल्ली डेयरडेविल्समा अनुबन्ध भएका नेपालका सन्दीप लामिछाने भने आज टिमको पहलो खेलमा खेल्न पाएनन् । सन्दीप आइपीएललाईमा अनुबन्धन हुने पहिलो नेपाली खेलाडी हुन ।

पत्रकार कुटपिटमा गैर आवासीय नेपाली सघ कुबेतका अध्यक्ष तामाङ दोषी ठहर

कुबेत,चैत २५ । नेपाल पत्रकार महासंघ कुबेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि भएको कुटपिट र दुव्र्यवहारको घटनाबारे छानबिन गरि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई प्रतिबेदन बुझाइएको छ । गत फागुन ६ गते आइतबार साझ गैर आवसिय नेपाली सघ कुबेतका अध्यक्ष अर्जुन तामाङलगायतको समुहबाट कुटपिटमा परि घाइते भएका पत्रकार न्यौपाने माथि आक्रमणको कारण र घटनाको यथार्थ विवरण सहित छानबिन गर्न नेपाल पत्रकार महासंघले युएई शाखाका अध्यक्षलाई पठाएको पत्र अनुसार छानबिन गरि प्रतिबेदन बुझाइएको युएई शाखाका अध्यक्ष तथा छानबिन समितिका संयोजक भुपराज बस्यालले खबरडबलीलाइ जानकारी दिएका छन । मेनपावर व्यावसायिसमेत रहेका तामाङले लामो समयदेखि नेपालबाट अबैधानिक रूपमा महिलाहरुको तस्करी गर्दै आएको रहस्य बुझेपछी पत्रकार न्यौपानेले सो बारे समाचार सम्प्रेषण गर्दा उनीमाथि कुटपिट भएको थियो । गैर आवासीय नेपाली सघ कुबेतका अध्यक्ष अर्जुन तामाङ घटनाको दोषी ठहर । घटनाबारे छानबिन गरि तयार पारिएको प्रतिबेदनमा समितिले उक्त घटनामा अर्जुन तामाङ पुर्ण रूपमा दोषी रहेको ठहर गर्दै निजलाइ तत्काल कुबेतबाट डिपोट गराइ नेपाल झिकाएर कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ । प्रतिबेदनमा घटना पछि गैर आवासिय नेपाली संघ कुबेतको अध्यक्ष पदबाट राजीनामा दिएका तामाङलाई एनआरएनले नै संरक्षण गरेर राखेको र तामाङ बिगत १४ बर्ष देखि नेपालबाट कुबेतमा निरन्तर महिलाहरुको तस्करी गर्दै आएको हुँदा आफ्नो रहस्य खोलिने डरले पत्रकार माथि आक्रमण गर्न सुरु गरेको उल्लेख गर्दै निजलाइ तत्काल नेपाल झिकाइ हदैसम्मको कारबाही हुनुपर्न उल्लेख गरिएको छ । यस्तै समितिले तयार पारेको प्रतिबेदनमा वैदेशिक रोजगारीका क्रममा देखिने यस्ता घटनालाई रोक्न र निरुत्साहित पार्न नेपाल सरकारले नेपाली दूतावाससँग समन्वय गर्दै अबैधानिक काम गर्दै आएका र संस्थाको आडमा मानव तस्करी, ठगी जस्ता अपराध गदै हिडेका हरुलाइ खोजी गरि कारबाही गर्नुपर्ने सुझाव समेत उल्लेख गरिएको छ ।

बुटवलको भाटभटेनीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

बुटवल, चैत २५ । बुटवलमा रहेको भाटभटेनी सपिङ कम्प्लेक्समा भीषण आगलागी भएको छ । बिहान ४ बजेबाट आगलागी शुरु भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । भाटभटेनी सपिङ कम्प्लेक्सको पाँचौ तलाको ईलेक्ट्रोनीक्स कक्षबाट आगलागी शुरु भएको बताइएको छ । बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको २ वटा दमलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । बिहान स्थानीयले आगलागी भउको देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीका कारण वरीपरिका स्थानीय समेत त्रसित बनेका छन् ।

प्रधानमन्त्री ओलीलाई डा. भट्टराईले दिए भारत भ्रमणका लागि १० बुँदे सुझाव

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबारदेखि तीन दिने राजकीय भ्रमणमा भारत जान लागका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँशक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले १० बुँदे लिखित सुझाव दिएका छन् । बुधबार प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग भारत भ्रमणका बारेमा छलफल गरी सुझाव मागेका थिए । तर डा. भट्टराई भने उपस्थित भएका थिएनन् । त्यसैले बिहीबार उनले प्रधानमन्त्री ओलीलाई लिखित सुझाव दिएका हुन । संयोजक भट्टराईले प्रधानमन्त्री ओलीको भ्रमणले नेपाल–भारत सम्बन्धबारे भारतीय पक्षले परिवर्तित सन्दर्भअनुरुप आफ्ना धारणा र व्यवहार परिमार्जित गर्ने आशासमेत राखेको बताएका छन् । भट्टराईले सार्वभौमसत्ताको पारस्परिक सम्मान, असंलग्नता र पञ्चशील सिद्धान्तको परिपालना तथा द्विपक्षीय हितको सम्बद्र्धन गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा थप विश्वास र सदभावको अभिवृद्वि हुने आफुले सवश्वास लिएको बताएका छन् । भट्टराईले चैत्र २३ देखि २५ सम्म हुने प्रधानमन्त्री ओलीको भ्रमणको सफलताको लागि शुभेच्छा व्यक्त गरेका छन् । यस्तो छ प्रधानमन्त्री ओलीलाई भट्टराईको सुझाव सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं । भारत भ्रमणका सन्दर्भमा सुझावहरु भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको निमन्त्रणामा मिति चैत्र २३ देखि २५ सम्म गणतन्त्र भारतको औपचारिक भ्रमणमा जान लाग्नु भएकोमा म र नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट भ्रमणको सफलताको लागि शुभेच्छा व्यक्त गर्दछु । नेपालमा जननिर्वाचित संविधानसभाबाट निर्मित नयाँ संविधानअनुरुप स्थानीय, प्रादेशिक र संघीय तीनै तहका निर्वाचन सम्पन्न भई तपाईँको नेतृत्वमा बहुमतीय सरकार गठन भएबाट नेपाल राजनैतिक स्थीरता, विकास, सुशासन र समृद्धिको युगमा प्रवेश गर्ने अपेक्षा सर्वत्र गरिएको छ । नेपाल–भारत सम्बन्धबारे भारतीय पक्षले परिवर्तित सन्दर्भअनुरुप आफ्ना धारणा र व्यवहार परिमार्जित गर्ने आशासमेत राखिएको हुँदा तपाईँको भ्रमण सार्थक हुने विश्वास व्यक्त गर्दछु । सार्वभौमसत्ताको पारस्परिक सम्मान, असंलग्नता र पञ्चशील सिद्धान्तको परिपालना तथा द्विपक्षीय हितको सम्बद्र्धन गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा थप विश्वास र सदभावको अभिवृद्वि गर्न, नेपालको आर्थिक हित र समृद्विको पक्षमा सार्थक परिणाम हासिल गर्न भ्रमणका उच्च भेटवार्ताहरुमा निम्न बुँदामा यथोचित ध्यान दिनुहुन अनुरोध छ: >१) (क) नेपालको संविधान जारी भई तीन तहको चुनाव सकेर नयाँ सरकार गठन भई नयाँ संविधानले संक्रमणकालीन अवस्था पार गरी राजनैतिक स्थीरताउन्मुख भइसकेको अवस्थामा संविधानजस्तो देशको आन्तरिक राजनीतिक मामिलालाई संयुक्त वक्तव्यको विषय नबनाउनु उपयुक्त हुन्छ । नेपालमा सफलतापूर्वक सम्पन्न निर्वाचनको भारतीय पक्षले स्वागत गर्नु वाञ्छित हुन्छ । (ख) दुबै देशका कतिपय क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलाहरुमा आ–आफ्ना फरक दृष्टिकोण, धारणा र अडान हुने हुँदा पूर्ववर्ती प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा ‘अन्तर्राष्ट्रिय मञ्चहरुमा, अन्तर्राष्ट्रिय मुद्दाहरुमा नेपाल र भारतले सहकार्य गर्नेछ’ भनी जारी भएको संयुक्त वक्तव्यको बुँदा विवादास्पद हो । यस्ता बुँदाहरु संयुक्त वक्तव्यमा समावेश नगर्नु उपयुक्त हुन्छ । २) (क) नेपाल र भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धीलगायत त्यसपछिका दुई देशबीचका अन्य सन्धीसम्झौताहरु पुनरावलोकन गर्न सन् २०११ मा मेरो भारत भ्रमणका क्रममा गठन गर्ने निर्णय भई गठित नेपाल–भारत संयुक्त प्रवुद्ध समूह (EPG) को दुई वर्षे म्याद अब चाँडै सकिँदैछ । समूहको कार्य चुनौतिपूर्ण रहेको र यसको प्रतिवेदनले दुई देशबीचका सम्बन्धलाई दूरगामी असर पर्ने हुँदा हतारोमा प्रतिवेदन पेश गर्नु भन्दा समूहको केही समय (६ महिना) म्याद थप गरिनु उचित देख्दछु । (ख) दुबै देशले परिस्थिति अनुसार नमानेको (breach) सन् १९५० को सन्धिको अहिले देखापरेको समस्या मात्र हैन भविष्यमा दीर्घकालसम्म आउने समस्यालाई सम्बोधन गर्ने रणनैतिक र दूरदृष्टियुक्त प्रतिवेदन पेश गर्न निर्देशन हुन जरुरी छ । नेपाल–भारतबीचको कोशी (१९९ वर्ष म्याद), गण्डक (म्याद नतोकिएको) र महाकाली (७५ वर्ष म्याद तोकिएको) सन्धीहरुको समयावधि र अन्य असंगतिहरुको पुनरावलोकन गर्ने म्याण्डेट पनि यस प्रवुद्ध समूहलाई दिन उपयुक्त देखेको छु । ३) (क) कोशी नदीमा भारतले बनाएको बाँधको ढोका उचित समयमा नखोलिदिनाले वर्षाकाल शुरु हुनासाथ नेपालको भूमि डुबानमा परी ठूलो जनधनको क्षति हुने गरेको छ । कोशी सम्झौतायता पटकपटक भएका कोशी डुबान तथा कटान पीडितहरुको क्षतिपूर्तीको समस्या हल गर्न तदारुकताको जरुरी छ । यसको साथै नेपालको दक्षिणवर्ती सीमाक्षेत्रहरुमा भारतले करिव डेढ दर्जन ठाउँहरुमा एकतर्फी अग्ला सडक, तटबन्ध आदि संरचना बनाएकोले नेपालका कतिपय जिल्लाको भूभाग डुवानमा परी तनाव हुने गरेको छ । यी समस्या समाधान गर्न एक उच्चस्तरीय अधिकारसम्पन्न संयुक्त संयन्त्र बनाई वर्षा शुरु हुनुअगावै सम्भावित विपत्तिको रोकथाम गर्न जरुरी छ । (ख) सन् २००८ को सेप्टेम्बरमा कोशीमा आएको वाढीले पूर्वपश्चिम राजमार्गमा क्षति पुर्‍याएको हुँदा नेपालबाट भारत भई पुन: नेपाल आउने सवारीलाई इजाजत दिन सडक मर्मतपश्चात बन्द गर्ने गरी कोशीमा एक अस्थायी भारतीय क्याम्प राख्न अनुमति दिइएको थियो (यो विषय पूर्वप्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण हुँदा संयुक्त विज्ञप्तीमा उल्लेख छ) । हाल काम सकिइसकेकोले सो क्याम्प बन्द गर्न परराष्ट्र मन्त्रालयले भारतसमक्ष दुई पटक पत्राचार गर्दा पनि अटेर गरिरहेको अवस्था छ । त्यसैले सो क्याम्प बन्द गर्न पहल गर्नुपर्छ । ग) प्रस्तावित कोशी उच्च बाँधको सन्दर्भमा भारतसँग र आवश्यकता परे बंगलादेशसँग समेत सहकार्य गरी कलकत्तादेखि कोशीको चतरासम्म फिडर जहाज ल्याउन सकिने सम्भावनाको अध्ययन सुरु गर्न आवश्यक छ । ४) दार्चुलाको त्रिदेशीय सीमाक्षेत्र लिपुलेकमा वि.स.२०७२ मा भारत र चीनबीच भएको ४१ बुँदे सहमतिको दफा २८ मा आपसमा धार्मिक एवं व्यापारिक प्रयोजनको लागि नाका खोल्ने विषय उल्लेख छ । यो त्रिदेशीय विषय भएको हुँदा नेपालको संलग्नता विना दुई देशबीच सम्झौता हुनु आपत्तिजनक हो । भुटानको दोक्लाम प्रकरणबारे लोकसभामा भारतीय विदेश मन्त्रीले जानकारी गराउँदा भारत र चीनबीच सन् २०१२ मा सहमति भएको कुरा स्वीकार गर्नु भएको थियो । यो सहमति लिपुलेकको सन्दर्भमा उत्तिकै सान्दर्भिक भएकोले अहिले भारतसँग र पछि चीनको भ्रमण हुँदा चीनसँग पनि कुरा उठाउनुपर्छ । ५) (क) नेपाल र भारत सीमा नक्सा (strip map) ९८ प्रतिशत (सुस्ता र कालापानीबाहेक) तयार छ । त्यस्तै नेपाल–भारतबीचको सुपर्दगी सन्धी मन्त्रीस्तरीय दस्तखत हुन मात्र बाँकी छ । सीमा नक्सामा दुई देशबीच विभिन्न ठाउँको भूभाग यता/उता भई विवाद उल्झने र सुपर्दगी सन्धीमा तेस्रो मुलुकको व्यक्ति पनि सुपर्दगी गर्ने कुराले (पाकिस्तान र चीनबाट) विवादित भइरहेको छ । यी सन्धीहरुबाट नेपाललाई दूरगामी असर पर्न सक्ने हुँदा पर्याप्त गृहकार्य नगरी यस विषयमा प्रतिक्रिया वा सहमति जनाउनु उपयुक्त हुनेछैन । (ख) सीमाबाट बग्ने नदीले बारम्बार धार वदल्दा (Gradual change) उत्पन्न सीमा समस्या क्रमश: सुस्ता र कालापानीको समस्या हो र यो प्राविधिक तहबाट मात्र समाधान हुन गाह्रो छ । भारत र वंगलादेशले यस्तै प्रकृतिको सीमा समस्या राजनैतिक तहबाट समाधान गरेको उदाहरण छ । राजनैतिक तहबाट सुस्ता, कालापानी समस्याको समाधान गर्ने विषयमा सोच्न सकिन्छ । ६) (क) नेपाल–भारत व्यापारघाटा ६ खर्ब (१:१३ गुणा)ले बढ्दैछ । व्यापारघाटा न्यून गर्न नेपाली बस्तु भारत निर्यात गर्न अतिरिक्त भन्सार, non tariff, para tariff, LPT क्वारेन्टाइन आदिको बन्देज हटाउन र नेपालमा निर्यातमुखी सेवा र उद्योगहरुमा व्यापक प्रवद्र्धन गर्न आवश्यक छ । लगानी आकर्षण गर्न मुनाफा लैजान र वैदेशिक लगानीमा सुरक्षाको प्रत्याभूति आवश्यक पर्ने हुँदा मेरो पालामा भएको विप्पा सम्झौता कार्यान्वयनतर्फ विचार गरिनु आवश्यक छ । ख) नेपालले भारतबाट खरिद गरिरहेको करिब ४०० मेगावाट पावर ट्रेडिङ प्रतिस्पर्धा गराई सस्तोमा खुल्ला बजारबाट खरिद गर्नु आवश्यक छ भने ठूला पूर्वाधार आयोजना पञ्चेश्वर (सुरुमा ६४८० मे.वा.) तथा अरुण तेस्रो (९०० मे.वा.) को कार्य भारतलाई अबिलम्व शुरु गर्न लगाउन आवश्यक छ । (ग) भारतीय आयल निगमले पेट्रोलियम पदार्थ इरानसँग (इरानमा आंशिक आर्थिक नाकाबन्दीको कारण) oil for food को ब्यानरमा सस्तो दरमा किन्ने गर्छ । त्यसैगरी इरानले अरु अल्पविकसित तथा भूपरिवेष्ठित मुलुकहरुलाई पनि सहुलियत दरमा कच्चा तेल बेच्ने गर्दछ । भारतको रिफाइनरी प्रयोग गरी त्यसको शुल्क दिने गरी नेपालले कच्चा तेल खुल्ला बजारबाट सुविधामा खरीद गर्दा राम्रो हुन्छ । यस विषयमा भारतीय पक्षलाई सहमत गराउन सकिए नेपाललाई धेरै ठूलो आर्थिक फाइदा हुने र नेपालको भारतसँगको व्यापारघाटा न्यून गर्न मद्दत पुग्नेछ । ७) भारत र चीन दुवै आर्थिक एवं सामरिक शक्तिको रुपमा उदयमान हुँदै गरेको अवस्थामा दुई देशबीच अवस्थित नेपालको रणनीतिक महत्व ह्वात्तै वढेको छ । दुई देशसँग सुमधुर र सहयोगात्मक सम्बन्धबाट नेपालले फाइदा लिनु नै हाम्रो मैत्री नीति हुनेछ । भारत–चीनबीच करिव एक सय विलियन डलरको व्यापार अधिकांश सामुन्द्रिक बाटोबाट हुन्छ, यो नेपालबाट गराउन सके उनीहरुलाई एक तिहाई ट्रान्जिट लागत र समयको बचत हुन्छ । भारतले हालै दलाइ लामाप्रति अनुदार हुँदै चीनसँगको सम्बन्धमा सुधार गर्न थालेको परिप्रेक्ष्यमा दुई देशबीचको नेपाललाई एक गतिशील आर्थिक पुलको रुपमा विकसित गर्न सम्भावना बढेको छ । यस विषयमा हाल भारतसँग र पछि चीनसँग कुरा गरेर त्रिपक्षीय सम्बन्ध विकसित गर्न सकिन्छ । ८) नेपाल वर्तमान अध्यक्ष रहेको बिम्स्टेक र सार्कलाई गति दिनु आवश्यक छ । बिम्स्टेकको चाैथो वैठक नेपालमा र सार्कको १९ औं शीर्षस्थ वैठक पाकिस्तानमा गर्न अध्यक्षको नाताले पहल गर्न जरुरी भैसकेको छ । भारतले अझै पाकिस्तानमा सार्क सम्मेलन गर्ने इच्छा नगरे सार्कको वैठक वर्णानुक्रम (Alphabetical Order) अनुसार अहिले श्रीलंकामा गरी पछि २०औँ बैठक पाकिस्तानमा गर्ने वैकल्पिक बाटो छ । यसप्रकारको swapping गरी सार्कले गत तीन पटक SAARC Process लाई गति दिएको उदाहरणहरु छन् ९) सन् १९४७ को नोभेम्बरमा भएको गोरखा भर्ती त्रिपक्षीय सम्झौता अन्तर्गत भारतले गोरखा सैनिकहरुलाई छिमेकीहरुको विरुद्ध सैनिक कार्यवाहीमा अग्रपंक्तिमा राखी प्रयोग गर्ने गरेको छ । गोरखा सैनिक विषय कतिपय ठाउँमा प्रतिष्ठाको विषय भए पनि यसको प्रयोगको विषयमा अन्तर्राष्ट्रिय चासो र विवाद उत्पन्न हुन थालेको छ । यसै सन्दर्भमा गोरखा सैनिकहरु भारतीय वा नेपाली मूलको समूह एवं नेपालको छिमेकी राष्ट्रविरुद्ध प्रयोग नगर्न guidelines बनाउन भारतीय पक्षसँग कुरा राख्न ढिला भइसकेको महसुस भएको छ । १०) भारतीय सहयोगबाट नेपालमा निर्माण गर्ने भनिएका परियोजनाहरु समयमा नसकिने, ढिलो भएका कारण लागत बढ्ने, कतिपय आयोजना ओगटेर (hold) मात्र बस्ने गरेकोले अब हुने प्रधानमन्त्रीज्यूको भ्रमणमा नयाँ आयोजना थप्नु साटो भएकै आयोजना time bond गरी सम्पन्न गराउन जोड दिनु वेश हुन्छ । अल्पविकसित मुलुकको अवस्थाबाट विकासशील मुलुकको दर्जामा graduate हुने संघारमा रहेको देश नेपालले अनुदान माग्नु भन्दा नरम वा निर्व्याजी ऋण लिई परनिर्भरताबाट बिस्तारै मुक्त हुन प्रयासरत हुन आवश्यक छ । सम्माननीय प्रधानमन्त्री ज्युको भारत भ्रमण पूर्ण रुपमा सफल रहोस् । हार्दिक शुभकामना । धन्यवाद । चैत्र २२ (बाबुराम भट्टराई) पूर्वप्रधानमन्त्री तथा संयोजक, नयाँ शक्ति पार्टी, नेपाल

कसले रोक्ने ज्ञवालीको ठगीधन्दा ?

काठमाडौँ । नयाँ बानेश्वरस्थित जि–शपका मालिक ध्रुव ज्ञवालीले सरकार, ग्राहक र कामदारलाई ठगी गर्दै आइरहेको खुलासा भएको छ । ब्राण्डेड सामग्री बिक्रीका नाममा उनले ग्राहकलाई ठगी गर्दै आएका छन् भने बिक्री भएका सामानको ग्राहकहरुलाई भ्याट बिल नदिने, पसल भाडा न्यूनतम देखाई राजश्व छल्ने गरेको एक कामदारले बताए । जि–शपका कामदारका अनुसार पसल सञ्चालक ज्ञवालीले कामदारलाई सरकारले तोकेबमोजिमको न्यूनतम पारिश्रमिक समेत दिएका छैनन् । आफूलाई धार्मिक प्रवृत्तिको देखाउन रुचाउने ज्ञवालीले देशको राजधानीमै बसेर लुट मच्याइरहँदा समेत सम्बन्धित निकायको कुनै ध्यान नपुगेकोमा उक्त पसलका कामदार चिन्ता व्यक्त गर्छन् । जि–शपका सञ्चालक ज्ञवालीले यसरी देशको मुटुमै बसेर लुटको धन्दा चलाइरहँदा सम्बन्धित निकायको ध्यान नपुग्नु लाजमर्दो भएको भन्दै उक्त पसलका एक कामदारले निकट भविष्यमै स–प्रमाण सम्बन्धित निकायमा उजुरी गर्ने समेत बताए ।

प्रमद्वारा नेता भेटवालप्रति श्रद्धाञ्जलि

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिवंगत एमाले नेता जागृतप्रसाद भेटवालप्रति श्रद्धाञ्जलि दिनुभएको छ । प्रधानमन्त्री ओलीले पार्टी कार्यालयमा पुगेर उहाँप्रति श्रद्धाञ्जलि दिनुभएको हो । प्रधानमन्त्री ओलीले पार्टीका नेता भेटवालको निधनमा उहाँको परिवारमा समवेदना पनि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज शोक सन्देश दिँदै सिद्धान्तनिष्ठ, प्रखर र जुझारु नेताको छवि बनाउनुभएका एमाले केन्द्रीय लेखा आयोगका सदस्य भेटवालको निधनले वाम आन्दोलनले एक योद्धा गुमाएको उल्लेख गर्नुभएको छ । एमाले नेता माधवकुमार नेपालले पनि प्रेस वक्तव्य जारी गर्दै उहाँ प्रजातान्त्रिक आन्दोलनका लागि संघर्षशील नेता हुनुभएको र उहाँको निधनले मुलुकले निष्ठावान् राजनीतिज्ञ गुमाएको बताउनुभएको छ । आजै बसेको एमाले स्थायी समिति बैठकले पनि भेटवालको निधनमा शोक व्यक्त गरेको छ । अर्बुद रोगबाट पीडित ६५ वर्षीय नेता भेटवालको उपचारका क्रममा वीर अस्पतालमा आज अपराह्न निधन भएपछि श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा शव राखिएको थियो । उहाँका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । पाँच दशक लामो वामपन्थी राजनीतिमा संलग्न भेटवाल प्रजातान्त्रिक संघर्षकै क्रममा पञ्चायतकालमा जनपक्षीय उम्मेदवारका रुपमा निर्वाचित हुनुभएको थियो । विसं २०४८ र २०५१ को निर्वाचनमा चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भेटवाल पार्टीका विभिन्न जिम्मेवारीमा रहनुभएको थियो । पछिल्लो समय उहाँ अनुशासन आयोगका सदस्यसमेत हुनुहुन्थ्यो । सोही आयोगका सदस्य दिलु पन्तले उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जानकारी दिनुभयो । रासस

नालीको अभावमा सडक योजनाको दिगोपनामा चुनौती

म्यादी । म्याग्दीका ग्रामीण सडकको स्तरोन्नतिका क्रममा नाली नबनाउँदा योजनाको दिगोपनामा चुनौती देखिएको छ । भिरालो जमिनमा निर्माण भएका सडकको भल व्यवस्थापन गर्ने नाली प्रमुख पूर्वाधार हो। सडकसँग जोडिएका जग्गाधनीको विरोध, अवरोध, बजेटको कमी र उपभोक्तामा प्राविधिक ज्ञानको अभावका कारण सडक स्तरोन्नतिसम्बन्धी योजनामा नाली निर्माणले प्राथमिकता पाउन सकेको छैन । नाली नहुँदा हिउँदभरि खनिएका तथा स्तरोन्नति भएका सडक एक, दुई दिन वर्षा हुनेबित्तिकै सवारी साधन आवतजावतमा समस्या हुने गरेको बेनपा– १० पात्लेखेतका कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनले बताउनुभयो । बेनी नगरपालिका कार्यालयले ९ नं वडाको सिमाना अलवाङ पात्लेखेतको ओखले हुँदै रघुगंगा गाउँपालिकाको सिमाना घट्टेखोलासम्म जोड्ने दुई किलोमिटर सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा रु २१ लाख ५० हजार विनियोजन भएकामा ३१ प्रतिशत घटेर भगवती मालिका कन्स्ट्रक्सनले ठेक्का लिएको छ । निर्माण कम्पनीले डोजर लगाएर साढे तीन मिटर चाक्लो सडकलाई कम्तीमा छ मिटर फराकिलो बनाए पनि नाली बनाउने र हिलो जम्ने ठाउँमा ढुङ्गाको सोलिङ गर्नेजस्ता काम नगर्दा लगानी खेर जाने खतरा हुने कार्यवाहक वडाध्यक्ष पुनले चिन्ता व्यक्त गर्नुभयो । यसैगरी बेनपा–९ को गिठेनीदेखि पात्लेखेत हुँदै झिँको सिमानासम्म साढे तीन किलोमिटर सडक चक्लाउने, ग्रेड र मोड सुधार गरिए पनि नाली बनेको छैन । उपभोक्ता समितिका अध्यक्ष मसवीर रोकाले नगरपालिकाको रु चार लाख, स्थानीयवासी, वन, युवा क्लब, आमा समूहको सहयोग तथा ऋण गरी रु १३ लाखको लगानीमा सडक फराकिलो बनाए पनि बजेट अभावमा नाली बनाउन नसकिएको बताउनुभयो । नगरपालिकाले रु १० लाख विनियोजन गरेको गलेश्वर काउलेगौडा पात्लेखेत सडक स्तरोन्नति योजनामार्फत भने धेरैजसो ठाउँमा नाली बनेको छ । रु १० लाख विनियोजित अर्थुङ्गे थाकनपोखरी भिरमुखी सडक स्तरोन्नति योजनाका लागि उपभोक्ता समितिका अध्यक्ष गोविन्द बानियाँले प्रभावित क्षेत्रका बासिन्दको घर अगाडिबाट सडक बनोस् र जग्गा नपरोस् भन्ने विरोधाभाषपूर्ण भावनाले समस्या भएको बताउनुभयो । बेनी नगरपालिकाका इञ्जिनियर विमलरञ्जन कार्कीले पहाडी क्षेत्रको सडकमा नाली अनिवार्य भएको बताउनुभयो । इञ्जिनियर कार्कीले सडकलाई मापदण्डअनुसार फराकिलोसँगै टेवा पर्खाल, कजवे, सोलिङ, ढलान गरेर स्तरोन्नति गरेमा सहज रुपमा नियमित सवारी सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ भन्नुभयोे । स्वास्थ्य चौकी निर्माणमा ढिलाइ अठार महिनामा सकिनुपर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा रहेको स्वास्थ्य चौकीको निर्माण कार्य चार वर्षमा समेत पूरा भएको छैन । भवन निर्माणमा ढिलाइ हुँदा सेवा समेत प्रभावित भएको छ । वडा कार्यालयको दुई वटा कोठाबाट स्वास्थ्य चौकीले सेवा प्रवाह गर्दै आएको छ । स्वास्थ्य चौकीका प्रमुख चाँदनी घलेले साँघुरो सीमित कोठामा बसेर काम गर्दा बिरामीको स्वास्थ्य परीक्षण, समस्या पहिचान, औषधि भण्डारी, प्रसूति गृह सञ्चालनमा समस्या भएको बताउनुभयो । जिल्ला शहरी विकास तथा भवन डिभिजन कार्यालयले विसं २०७१ मा करीब रु दुई करोडको लागतमा राम्चे स्वास्थ्य चौकीको भवन निर्माण शुरु गरेको थियो । अठार महिनामा सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भएको भवनको प्लाष्टर, घेराबार, रङ्गरोगन, विद्युत् र पानी जडान गर्नेलगायतको काम अझै बाँकी छ । निर्माण व्यवसायीको लापरबाही र ढिलासुस्तीसँगै सम्बन्धित निकायको बेवास्ताका कारण भवन निर्माणमा लापरबाही भएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य यामबहादुर पुर्जाले बताउनुभयो । उक्त भवन निर्माणका लागि भगवती निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो । भवन डिभिजनका इञ्जिनियर गणेश महर्जनले भौगोलिक विकटता र व्यवसायीले समयमै काम नगर्दा ढिलाइ भएको र भवन निर्माणको कामलाई तीव्रता दिन ताकेता गरिरहेको बताउनुभयो । भौगोलिक विकटताका कारण निर्माण सामग्रीको ढुवानी गर्न समस्या, दक्ष कामदारको अभाव, उच्च पहाडी भूगोलका कारण हिउँदमा चिसो र बर्खामा पानीले काम गर्न समस्या भएको निर्माण व्यवसायी गोपाल भट्टचनको गुनासो थियो । चालू आर्थिक वर्षभित्र नै भवन निर्माण गर्ने व्यवसायी भट्टचनले दाबी गर्नुभयो । सो स्वास्थ्य चौकीबाट राम्चे, काफलडाँडा र नाँगीका ५०० भन्दा बढी घरधुरीले सेवा लिदै आएका छन् । रासस मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण नवलपरासी । बर्दघाट नगरपालिकास्थित विपन्न मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । नगरपालिका–५ स्थित जीतपुर डण्डा खोलामा बस्दै आएका १० घर विपन्न मुसहर समुदायलाई घर निर्माण गरी हस्तान्तरण गरिएको हो । नेपाल विद्युत् प्राधिकरण भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनको आर्थिक सहयोगमा आयोजना प्रभावित विपन्न समुदायलाई घर निर्माण गरिएको हो । रु ३० लाखको लागतमा एसके निर्माण सेवाले घर निर्माण गरी हस्तान्तरण गरेको नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो । चार महिना लगाएर तयार गरिएको सो बस्तीमा सामूहिक शौचालय तीन र एक धारा पनि जडान गरिएको छ । घर निर्माण गरेसँगै १० घरपरिवारका ६० जना लाभान्वित भएका छन् । यसअघि जीर्णावस्थामा रहेका कच्ची घरमा बस्दै आएकामा नया“ घर प्राप्त गर्दा स्थानीयवासी खुशी भएका छन् । “धेरै समस्या थियो, बर्खामा पानीले गर्दा बस्नै सकिँदैनथियो, नया“ घर पाएका छांैँ, निकै खुशी लागेको छ”, स्थानीयवासी बुद्ध मुसहरले भन्नुभयो । प्राधिकरणको हाइटेन्सन लाइन प्रभावित व्यक्तिलाई सहयोग प्रदान गर्ने कार्यक्रमअन्तर्गत वातावरण तथा सामाजिक अध्यन केन्द्रको संयोजनमा घर निर्माण गरी हस्तान्तरण गरिएको विभागका इञ्जिनीयर हर्ष श्रेष्ठले बताउनुभयो । रासस

ठगीमा संलग्नलाई ६ हजार ६ सय ३७ वर्ष जेल सजाय !

काठमाडौं । थाइल्याण्डको एउटा अदालतले ठगीमा संलग्न एक व्यक्तिलाई ६ हजार ६ सय ३७ वर्ष जेल सजाय हुनेभएको छ । ३४ वर्षीय पुडित कितिथार्दिलोक पोन्जी नामक व्यक्तिले लगानीकर्तालाई कृत्रिम रुपमा उच्च प्रतिफल दिने वाचा गर्दै ठगेको पुष्टि भएको हो । अदालतले सुरुमा उन्लाई १३ हजार २ सय ७५ वर्षभन्दा बढी जेल सजाय सुनाएपनि ती व्यक्तिले गल्ति स्वीकार गरेकाले उन्को जेल सजाय ६ हजार ६ सय ३७ वर्षमा झारेको थियो । आफ्ना कम्पनीहरुमा उन्ले करिब ४० हजार मानिसलाई फकाएर १६ करोड डलरभन्दा बढी लगानी गर्न लगाएको अधिकारीले वताएका छन् । अदालतले उनलाई गैरकानूनी रुपमा कर्जा प्रवाह र २,६५३ वटा ठगीका घटनामा संलग्न रहेको पाइएको जनाएको छ ।(एजेन्सी)

प्रधानमन्त्री ओलीले भोलि संसदमा विशेष सम्बोधन गर्ने

काठमाडौं, चैत्र १९ । आसन्न भारत भ्रमण र सरकारका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद्‌मा विशेष सम्बोधन गर्ने तयारी गरेका छन् । गएको फागुन ३ गते प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्रीले चैत्र २३ गतेदेखि २५ गतेसम्म तीन दिने राजकीय भ्रमण गर्न लागेका हुन । यसअघि संसद्‌ बैठकमै प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा सदनले जानकारी पाउनुपर्ने माग गर्दै सत्तापक्षकै सांसदहरुले नियमापत्ति जनाएका थिए। प्रधानमन्त्री ओलीको सम्बोधनमा सरकार सञ्चालनको अवस्था, भारत भ्रमण लगायतका विषय समेट्ने तयारी गरिएको बताइएको छ। अघिल्लो पटक प्रधानमन्त्री भएको बेला भारतले लगाएको नाकाबन्दीविरुद्ध अडान लिएका ओलीको आसन्न भ्रमणलाई महत्वका साथ हेरिएको छ ।