विश्वकप फुटबलः आयोजक रुसको सानदार जित, लगातार दुई खेल हार्दै इजिप्ट समूह चरणबाटै बाहिरिंदै

मस्को । चर्चित फुटबल खेलाडी मोहमद सालाहको टिम इजिप्ट रसियामा जारी विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिने भएको छ । समूह चरणको दोश्रो खेलमा आयोजक रुससँग ३-१ ले पराजित भएपछि इजिप्ट बाहिरिने लगभग पक्का भएको हो ।

रुस भने एक खेल अघि नै अघिल्लो चरण प्रवेश गरेको छ । यो समूहमा रुसको ६ अंक भएको छ । यो विश्वकपमै सबैभन्दा बढि गोल गरेको रुसले ८ गोल गरेको छ भने १ गोल खाएको छ ।

रुसविरुद्धको खेलबाट विश्वकपमा फर्किएका इजिप्टका स्ट्राइकर मोहमद सालाहले रुसविरुद्ध एक गोल गरे । उनले ७३ औं मिनेटमा पेनाल्टि मार्फत गोल गरे पनि जिताउन भने सकेनन् । सुरुमा रेफ्रिले फ्रिकिक दिएपनि भिडियो रिप्लेपछि पेनाल्टि दिने निर्णय लिएका थिए।

खेलको पहिलो हाफ गोलरहित सकिए पनि दोश्रो हाफमा रुस हावी भयो । ४७ मिनेटमा इजिप्टका कप्तान मोहमद फाथीले बल नियन्त्रण गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरेपछि अग्रता लिएको रुसका लागि डेनिस चेरसिभले ५९ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसको तीन मिनेटपछि आर्टिम डेइवाले गोल गर्दै रुसलाई ३-० को अग्रता दिलाएका थिए । तर पेनाल्टि पाए पछि इजिप्टले गोलअन्तर ३–१ मा ल्यायो ।

यसअघि रुसले साउदीलाई पराजित गरेको थियो भने, इजिप्ट उरुग्वेसँग पराजित भएको थियो । यहि समूहका उरुग्वे र साउदी बुुधबार राति खेल हुनेछ । समूूहको अन्तिम खेलमा रुसले उरुग्वे र इजिप्टले साउदीको सामना गर्ने छन् । –एजेन्सी

सरकार मधेशप्रति अनुदार भएको आरोप

काठमाडौं, असार ३ । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ । आइतबार विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विषयमा भएको छलफलमा भाग लिँदै सांसद दुर्गाबहादुर रावलले सरकार नीति, विधि र थितिअनुसार नचलेको आरोप लगाउनुभयो । सांसद राजकिशोर यादवले सरकार मधेशसँग अनुदार भएको, सिरहा जिल्लालाई सौतेनी आमाको व्यवहार गरेको तथा आफ्नै दलका सांसदलाई पनि धेरै नबोल्नू भनी दिएको निर्देशन अधिनायकवादको चरित्र भएको बताउनुभयो । सांसद विमलप्रसाद श्रीवास्तव, घनश्याम खतिवडा, विमला नेपाली, रेनुका गुरुङ र बिनादेवी बुढाथोकीले महिला हिंसाका घटना बढेको, सरकारसँग ग्रामीण विकासको ठोस नीति नभएको, वनविनाश नरोकिएको, नदीनाला प्रदूषित हुँदै गएको तथा चोरी शिकारी बढ्दै गएको बताउनुभयो । सांसद लीलानाथ श्रेष्ठ र तिलबहादुर महतले कर्णाली प्रदेशलाई केन्द्रीय सरकारले उपेक्षा गरेको बताउनुभयो ।

आजको दिन कस्तो रहला ? राशिफलले यस्तो भन्छ

वि.सं २०७५ साल असार १ गते, शुक्रबार। इश्वी सन् २०१८ जुन १५ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– द्वितीया, २१ः२० बजेउप्रान्त तृतीया। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुने समय छ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा निकै फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। तर आँटले काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। समुदायको हितमा भने राम्रै काम गर्न सकिनेछ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन उदास रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार(व्यवसायमा समेत फाइदा उठाउन समय पर्खनुपर्नेछ। योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत पर्ला। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि, साथीभाइले साथ दिनेछन्। -नेपाली पात्रो

रणवीर र दीपिकाबीचको नौटंकी यस्तो छ ?

बलिउड क्षेत्रकी चर्चित अभिनेत्री दीपिका पादुकोण तथा अभिनेता रणवीर सिंहको प्रेम–प्रसंगले बलिउड तरंगित भएको छ । यो जोडी आजभोलि सार्वजनिक कार्यक्रममा समेत खुल्लमखुल्ला पुग्ने गरेको छ । देश–विदेशमा समेत यो जोडी गोप्य डेटमा रमाउने कुरा भारतीय मिडियाहरूले लामो समयदेखि उल्लेख गर्दै आएका छन् । केही सुपरहिट चलचित्रमा समेत देखिएको यो जोडी गोप्यरूपमा विवाहको तयारीमा समेत जुटेको बताइन्छ भने बेला–बेलामा उनीहरूबीच ब्रेकअप भएको हल्लासमेत चल्छ । यद्यपि दीपिका–रणवीरले आजका दिनसम्म आफूहरू प्रेममा रहेको कुरा आधिकारिक रूपमा कतै भनेका छैनन् । आखिर दुनियाँको डर नमानी डेटमा पनि रमाउने, प्रेममा छौं भन्न पनि नसक्ने दीपिका–रणवीरको यो कस्तो नौटंकी हो कुन्नि ! एजेन्सीको सहयोगबाट

फेरी विवादमा तानिइन् सनी

मुम्बई, जेठ ३१ । फिल्मी अभिनयसँगै समय–समयमा विवादास्पद अभिव्यक्ति दिने पूर्व पोर्नस्टार सनी लियोनी यसपटक पुनः विवादमा तानिएकी छन्। हालै मात्र एक कण्डमको विज्ञापन गरेकी उनलाई सोही विज्ञापनले विवादमा ल्याएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार विज्ञापनमाथि गोवाका नेता प्रान्सिस्को सिल्वेरियाले आपत्ति जनाएका छन्। उनले जुन किसिमले कण्डमको प्रचार गरिएको छ, त्यसलाई तुरुन्त बन्द गर्नुपर्ने उनले माग गरेका छन्। ती नेताले विज्ञापनका कारण आफूहरु लज्जित भएको बताएका छन्। ‘गोवा ट्रान्सपोर्ट कर्पोरेशनको बसमा कण्डमको विज्ञापनको प्रचार भएको छ। यो विज्ञापनको पोष्टर बसमा पनि टाँसिएको छ,’उनले भनेका छन्,’यस्तो किसिमको विज्ञापनबाट हामी गोवाका मानिसहरु के सिकीरहेका छौं ? बसमा विद्यार्थी पनि यात्रा गर्छन। यस्तो विज्ञापनबाट उनीहरुले के सिक्छन्। यस्तो विज्ञापनबाट गोवाका मानिसमा नराम्रो प्रभाव परिरहेको छ।’ मैनफोर्स कण्डमको सद्भावना दुतसमेत रहेकी सनीले यही कण्डमको विज्ञापनमा अभिनय गर्दा विवाद बढेको हो। यसअघि यो कण्डमको विज्ञापनमा देखिएकी सनी त्यो समयमा पनि विवादमा तानिएकी थिइन्। यसअघि रिपब्लिकन पार्टी अफ इण्डियाको महिला शाखाले पनि सनीको कण्डम विज्ञापनको विरोध गरेको थियो। उनीहरुले विज्ञापन हेरेर महिलाहरु लज्जित हुनुपरेको जनाएका छन्। आफ्नो विज्ञापनको विरोध भएपछि सनीले आफूले हस्ताक्षर गरेको ब्राण्डको विज्ञापन प्रति आफूले नैतिक जिम्मेवारी लिने गरेको बताएकी छन्। एजेन्सी

ट्रंप भन्छन्- हुँदैन भन्ने लागे समय खेर फाल्दिनँ, सफल होला त शान्ति वार्ता?

सिङ्गापुर, जेठ २७ । अहिले सारा विश्वको ध्यान सिङ्गापुरमा केन्द्रित भएको छ । मंगलवार त्यहाँको सेंतोसा द्वीपको च्यापोला होटेलमा एकअर्काका कट्टर दुस्मन मानिएका अमेरिकी राष्ट्रपति ट्रंप र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच भेटवार्ता हुँदैछ। किम जोङ-उन निर्धारित शिखरवार्ताका लागि सिङ्गापुर पुगिसकेका छन् । उनलाई सिङ्गापुर डाउनटाउनस्थित होटेल सेन्ट रेजिसमा बसाइएको छ । उनलाई चाङ्गी अन्तर्राष्टीय विमंस्थाल्मा विदेशमंत्री भिभियन बालाकृष्णनले स्वागत गरेका थिए । उनीसँग वार्ताकै लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंप सोमवार सिङ्गापुर पुग्दैछन् । दुबै नेताहरूबीच सेंतोसा द्वीपको च्यापोला होटेलमा शिखरवार्ता हुनेछ । वार्तामा उत्तरकोरियाको परमाणु निरस्त्रीकरण र उसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू फुकुवा गर्ने सम्बन्धमा चर्चा हुने विश्वास गरिएको छ । डोनल्ड ट्रंप बस्ने व्यवस्था सांग्रिला होटेलमा गरिएको छ । दुवै होटेलहरू सिङ्गापुर सहरको केन्द्रमा रहेकोई ट्यांगलिन क्षेत्रमा रहेका छन् । अहिले दुवै भिआइपीहरूको निवासस्थान र वार्तास्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गत हप्ता नै अधिकारीहरूले सिङ्गापुर आउने या छोड्ने यात्रीहरुलाई आइतवारदेखि मंगलवारसम्म हवाइमार्ग अत्यधिक व्यस्त रहने भएकाले उडानहरू ढिलो हुनसक्ने चेतावनी दिइसकेका छन् । अहिले उक्त ऐतिहासिक घट्नाबारे समाचार तयार पर्न २ हजार ५ सय अन्तर्राष्ट्रिय पत्रकारहरू सिङ्गापुर पुगिसकेका छन् । यो बहालवाला अमिरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताबीच पहिलो शिखर वार्ता हो । सिङ्गापुर पुग्ने तयारीमा रहेका ट्रंपले यस बैठकलाई ‘शान्ति अभियान’को नाम दिएका छन् । र उनले आफू र किमसँग यसका लागि ‘एक मात्र मौका’ रहेको बताएका छन् । “मलाई लाग्छ मैले सुरुमै चाल पाइहाल्ने छु … र मलाई यो हुँदैन भन्ने लाग्यो भने मैले बहुमूल्य समय खेर फाल्ने छैन,” ट्रंपले क्यानाडाको क्युबेकमा जारी जी-७ शिखर सम्मेलनमा भने ।    

दुर्गममा प्रसूति गृह निर्माण

बाजुरा, जेठ २७ । बाजुराको गौमुल गाउँपालिका–३ मा रहेको स्वास्थ्य चौकीको भवन विस्तार गरी प्रसूति गृह निर्माण गरिएको छ । विकट क्षेत्रका स्थानीयवासीले सहज रूपमा सेवा पाउन घण्टौँ हिँड्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाको अगुवाइमा स्वास्थ्य चौकी निर्माण गरिएको बताइएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उक्त स्वास्थ्य चौकीको ६ कोठे भवनको निर्माण सम्पन्न भएको स्थानीय गोरख बोहराले बताउनुभयो । स्वास्थ्य भवन निर्माणका लागि आर्थिक वर्ष २०७४÷७५ मा रु २० लाख ५८ हजार गाउँपालिकाले सहयोग रहेको थियो भने स्थानीयवासीको पाँच लाख जनश्रमदान गरी रु २५ लाख ५८ हजारको लागतमा निर्माण सम्पन्न गरिएको निर्माण उपभोक्ता समिति अध्यक्ष मदनबहादुर रोकायाले जानकारी दिनुभएको छ । भवन निर्माणसँगै स्थानीय २५६ परिवार लाभान्वित हुने भएका छन् । घण्टौं हिँडेर प्रसूति सेवा लिन बाध्य स्थानीयवासीलाई वडामा सेवा सञ्चालन हुँदा सहज हुने गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । रासस

५१ लाख नगद, तीन करोडको चेकसहित ‘हुन्डी कारोबारी’ पक्राउ

काठमाडौं, जेठ २२ । प्रहरीले विभिन्न व्यवसायको नाममा हुन्डी कारोवार गर्ने सातजनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५१ लाख नगदसहित तीन करोडभन्दा बढीको चेकसमेत बरामद गरेको प्रहरीको भनाई छ । महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार हुन्डी कारोबारी विरुद्ध चलाएको अपरेसनका क्रममा न्युरोड लगायत क्षेत्रमा विभिन्न व्यवसायको आवरणमा हुन्डीको कारोवार गर्न सातजनालई पक्राउ गरी उनीहरुबाट सो रकम चेक बरामद गरेको जनाएको छ । नागरिक दैनिकमा खबर छ ।

२० लाख विद्यार्थीको पढाई विग्रियो

काठमाडौं, जेठ २२ । विद्यालय हिँडेका बालबालिका सोमबार अचानक फर्काईए । कोही बाटैबाट, कोहि स्कुल पुगेर । बेला बेला दुःख दिने शैक्षिक हडताल अचानक थाहा दिईयो, जसले लाखौँ बालबालिका प्रभावित बने । निजी विद्यालयले गरेको शुल्क बृद्धिलगायत मुद्धालाई लिएर साना आठ विद्यार्थी संगठनले निजीमा पठनपाठन रोकेका हुन् । यसले देशभरका ६ हजार विद्यालयका करिव २० लाख बालबालिकाको पढाई विग्रियो । धेरैजसोले अनावश्यक दुःख पाए । विद्यार्थी ओसार्ने गाडी चलेन, पुर्वसूचना नहुँदा पैदलै गएका विद्यार्थी पढ्न पाएनन्, घर फर्कन बाध्य भए । कान्तिपुरमा खबर छ ।

फ्रान्ससँग इटाली पराजित

जेठ १९ । इटालीविरुद्धको मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा फ्रान्सले इटालीमाथि ३–१ को जित दर्ता गर्‍यो । एलिनाज रिभेरामा भएको खेलको आठौं मिनेटमा नै उम्टिटीले फ्रान्सलाई अग्रता दिलए । २९ औं मिनेटमा पाएको पेनाल्टीलाई एन्टोनी ग्रिजम्यानले गोलमा परिणत गरेपछि फ्रान्सले २–१ को अग्रता लिएको थियो । ३६ औं मिनेटमा इटालीले गोल फर्कायो । इटालीका लागि लियोनार्दो बोनुचीले गोल गरेका थिए । पहिलो हाफमा एक गोल फर्काउन सफल भए पनि इटालीले ६३ औं मिनेटमा अर्को गोल खान पुग्यो । फ्रान्सका लागि ओस्माने डेम्बेलेले गोल गरेका थिए ।

यी अभिनेत्रीको एक एपिसोडको चार्ज नै ८० हजार !

मुम्बई । हिन्दी च्यानलबाट प्रसारित टेलिसिरियलका अभिनेत्री जेनिफर विंगेट ३३ वर्ष पुगेकी छिन् । ३० मे १९८५ मा उनी गोरेगाउँ, मुम्बई (महाराष्ट्र) मा जन्मिएकी थिइन् । अहिले जेनिफर टिभी शो ‘वेपनाह’ मा मुस्लिम युवती जोयाको भूमिकामा निर्वाह गर्ने भएकी छिन् । हालैमात्र दैनिकभाष्करसँगको कुराकानीमा जेनिफरले अाफ्नो एउटा एपिसोड बराबर महिनामा अाफ्नाे हुने गरेको अाम्दानीकाे रहस्य सार्वजनिक गरेकी छिन् । अाफुले एक एपिसोडबाट ८० हजार लिने गरेकी बताएकी छिन् । टिभी शो ‘वेपनाह’को लागि जेनिफरले राम्रो र मोटो पारिश्रमिक हात पार्ने भएकी छिन् । उनी एक एपिसोडबाट ८०–८० हजार पारिश्रमिक लिने गर्छिन् । उनले महिनामा २२–२५ दिन टिभी शोका लागि सुटिङ गर्छिन् । यसरी महिनामा उनको बीस लाख कमार्इ हुने बताएकी छिन् । खासमा जेनिफर फिलहाल सिने भिस्टा प्रोडक्शनको साथमा काम गरिरहेकी छिन् । यसैका पछिल्लो शो ‘बेहद’ को लागि उनले प्रति एपिसोड ६५ हजार पारिश्रमिक दिने गरिरहेका छन् र उनले अब नयाँ शो ‘वेपनाह’ को लागि १०–१५ की हाइक मिलेका छन्। अभिनेत्री जेनिफर चर्चित टेलिसिरियल जेनिफरलाई खासमा ‘कसौटी जिन्दगीकी’ मा सपोर्टिङ रोल, ‘दिल मिल गए’ (मल्टीस्टार’ र ‘सरस्वतीचन्द्र’मा मुख्य भूमिकाको लागि लिएका थिए । जेनिफरलाई हिन्दी टेलिसिरियल ‘दिल मिल गए’ र ‘सरस्वतीचन्द्र’ बाट नाम मिलेको छ तर योभन्दा अघि शाका लाका बुम बुम, कुसुम, कोई दिलमे हे, कसौटी जिन्दगी की, क्या होगा निम्मी का, संगम, कहीं तो होगा, कृतिका जस्ता टेलिसिरियलमा आफ्नो भूमिका निर्वाह गरिसकेका छन् । जेनिफरले ‘राजाकी आएगी बरात’ (१९९७), राजाको रानी से प्यार हो गया (२०००), कुछ न कहो (२००३) र फिर से, जस्ता टेलिसिरियल काम गरिसकेकी छिन् । दैनिक भाष्करबाट साभार

प्रहरीका उच्च अधिकारी र ठूला नेताको सेटिङमा सुन तस्करी : गोरे

विराटनगर, जेठ १३ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य आरोपी गोरे भनिने चुडामणि उप्रेतीले सुुन तस्करीमा आफ्नो संलग्नता भएको तर आफु नाइके नभएको दाबी गरेका छन् । गएको आइतबार राजधानीबाट पक्राउ गरिए सुन तर्स्कीका प्रमुख आरोपी गोरेसँगको थुनछेक बयान आज सकिएको छ । र अहिले जिल्ला अदालत मोरङमा दिएको ३७ पृष्ठ लामो बयानमा उनले सुन तस्करीबारे धेरै कुराको खुलासा गरेका छन् । गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै हुन् । धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको उनको बयान छ । आफूले भरियाहरुको सेटिङ मिलाउने गरेको भन्दै गोरेले भने, ‘म छिरिङकै लाइनमा बसेर सुन ओसार पसारको कारोबार गर्ने सामान्य मानिस मात्र हुँ ।’ छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान छ । ‘सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मासिसको मिलेमतोमा हुने गर्छ । कोको संलग्न छन् यकिन भन्न सक्दिनँ ।’

नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध

चितवन, जेठ ३ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ । विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ ।

फेरि रेडियो पत्रकारको हत्या

मेक्सिको, जेठ २ । मेक्सिकोमा एक रेडियाे पत्रकारको हत्या भएको छ । मेक्सिकोको राजधानी शहर मेक्सिको सिटीबाट दक्षिणपश्चिममा पर्ने राज्य ताबास्को भिल्लाहेर्मोसामा आफ्नै घरको नजिक बसेका ती पत्रकारको हत्या भएको हो । जुआन क्यार्लोस् हुएर्टा स्थानीय रेडियोको समाचारदाताका रुपमा कार्यरत हुनुहुन्थ्यो । हुएर्टालाई एकजना सशस्त्र हतियारधारीले आक्रमण गरेको थियो । उहाँ ४५ वर्षको हुनुहुन्थ्यो । विश्वको अन्य देशको तुलनामा मेक्सिकोमा पत्रकारको हत्या बढी हुने गर्दछ । यस वर्षको शुरुदेखि हालसम्म मेक्सिकोमा तीन जना पत्रकारको हत्या भइसकेको छ । तर यहाँका पत्रकारका हत्यारामाथि कारबाही नहुँदा दण्डहीनता बढेको बताइन्छ ।

सिँचाइ अभावले चैतेधान खेतीमा ह्रास

भीमदत्तनगर । सिँचाइ अभावका कारण कञ्चनपुरमा वर्षेनी चैतेधान खेतीतर्फ किसानको आकषण घट्दै गइरहेको छ । कुनै समय कञ्चनपुरका खेतीयोग्य जमिनमध्ये ३२५ हेक्टर क्षेत्रफलमा चैतधान लगाइँदै आएको भए पनि हाल ९० हेक्टरमा मात्र लगाउने गरिएको जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख सागर ढकाल जानकारी दिनुभयो । “विसं २०६८ मा ५६ हजार ६०२ हेक्टर खेतीयोग्य जमिनमध्ये ३२५ हेक्टरमा चैतेधान लगाएको तथ्याङ्क छ,” उहाँले भन्नुभयो, “सिँचाइको अभावले किसानले चैतेधान लगाउन छाड्न थालेका छन् ।” कञ्चनपुर चैतेधान खेतीका लागी उपयुक्त क्षेत्र भए पनि सिँचाइको अभावका कारण जिल्लामा धानखेती घट्दै गएको ढकाल बताउनुहुन्छ । कैलालीको मालाखेतीसम्म गरी यहाँको ३३ हजार ५२० हेक्टर क्षेत्रफल सिञ्चित हुने योजनासहित महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत मूल नहर निर्माणाधीन अवस्थामा छ । पहिलो र दोस्रो चरणबाट कञ्चनपुरमा ११ हजार ७०० हेक्टरका लागि सिँचाइ सुविधा पुगे पनि चैतेधानका बेला भने किसानलाई पानीको अभाव रहँदै आएको छ । आगामी तीन वर्षमा धानमा आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकारले चैतेधान उत्पादनलाई महत्व दिएपनि सिँचाइ अभावका कारण किसान त्यसतर्फ अग्रसर हुन छाडिसकेको भीमदत्तनगरपालिका–१६ का हंसराज जोशीले बताउनुभयो । “अघिल्लो बर्षसम्म गाउँमा करिब २५ प्रतिशत किसानले चैतेधान लगाउँथे ।’ जोशीले भन्नुभयो– “समयमा पानी पाउन छाडेपछि किसानले धान लगाउन छाडे ।’ बेर्ना राख्ने र रोप्ने समयमा नहरमा पानी नै हुँदैन । महाकाली नदीबाट आउने पानी सिँचाइका लागि निरन्तर नआउँदा समस्या भएको हो । केही वर्षअघिसम्म चैतेधानले हरियाली देखिने फाँट अहिले गौचरनका लागि उपयोगी बनेका छन् । त्यसैगरी चैतेधान लगाउँदै आएकी वसन्तपुरकी कमला मल्लले पनि सिँचाइ समस्याकै कारण यस वर्ष चैतेधान लगाउन नपाएको दुखेसो पोख्नुभयो । “जसोतसो धानको बेर्ना जोगाइयो, समयमै कुलोमा पानी नआएपछि बेर्नाको खेतमा पशु चराउनुपर्ने अवस्था आयो”, उहाँले भन्नुभयो । चैतेधान लगाउन नपाएपछि आम्दानी घट्ने किसानलाई पिरलो छ । विगत छ वर्षदेखि पाँचदेखि आठ कट्ठा जमिनमा चैतेधान खेती गर्दै आउनुभएका बेतकोट नगरपालिका–९ सुन्दरपुरका देवसिंह भण्डारी आफ्नो गाउँका करीब २० प्रतिशत किसानले सिँचाइ अभावका कारण चैतेधान लगाउन छाडिसकेको बताउनुहुन्छ । रासस

यसरी लिएका थिए सन्दीपले विकेट, हेर्नुस आइपिएलले जारी गरेको भिडियो

काठमाडौँ, आइपिएलले आफ्नो आधिकारिक वेबसाइटमा युवा क्रिकेटर सन्दीप लामिछानेले विकेट लिंदाको भिडियो सार्वजनिक गरेको छ । तेस्रो ओभरको चौथो बलमा पार्थिव पटेललाई एलबीडब्ल्यु शिकार गरेका सन्दीप एकाएक चर्चामा आएका छन् । उता ब्यांग्लोरले १७.४ ओभरमा ४ विकेट गुमाउँदै १६८ रङ जोडिसकेको छ र उसलाई जित्नका लागि ८ बलमा १४ रन चाहिएको छ । टि-ट्वेन्टी खेलको प्रकृति अनुसार कुनै चमत्कार भएन भने दिल्लीको यो हार पनि टर्ने वाला त छैन तर सन्दीपले भने दिल्लीवासीको मनमा ठाउँ बनाएका छन् । हेर्नुस् उक्त भिडियो: अथवा तलको भिडियो खोल्नुहोस https://www.iplt20.com/19317e70-734e-4f4-9747-fb43c87c2716