फोरमका नेता रोका सहित २ हजार माओवादी केन्द्रमा प्रवेश

राजधानीमा भएको कार्यक्रममा संघीय समाजवादी फोरमका सचिवालय सदस्य नवीन रोकाको नेतृत्वमा १५०० जना, नेकपाका नेताहरु मोहन न्यौपाने र मेखबहादुर बिक लगायतका नेताहरुको नेतृत्वमा ५ दर्जन र वैद्य माओवादीका नेता थमानसिंह तामाङको नेतृत्वमा ३०० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले सबै माओवादी र परिवर्तनकारी शक्तिहरु एक हुनुको बिकल्प नभएको बताए ।

प्रचण्डले भने, ‘हाम्रो मिसन धेरै ठूलो छ, समाजवादको मिसन हामीले पूरा गर्नुछ। बीचमा माओवादी आन्दोलनमा निकै ठूला टुटफुट र विभाजनका श्रृङखला चले। अहिले धेरै साथीहरु ब्युझन थाल्नुभएको छ। बिस्तार सबै साथीहरु ब्युझन्छन्, नेताहरु पनि ब्युझन्छन् र माओवादी आन्दोलन शक्तिशाली भएर आफ्नो मिसनमा अगाडि बढ्छ।’ 

जिप दुर्घटनामा घाइते ८ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठायो

मनाङ, भदौ २१ । मनाङको नेस्याङ गाउँपालिका स्वर्गद्धारीमा मंगलबार भएको जीप दुर्घटनामा परि गम्भीर घाइते भएका आठ जनालाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ । घाइतेहरुलाई थप उपचारका लागि नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टरबाट वुधबार काठमाडौंको ग्राडी अस्पतालमा लगिएको छ । मनाङका सहायक प्रमख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले भने विरामीलाई विहान ११ बजे हेलिकप्टरमार्फत थप उपचारका लागी काठमाडौं लगिएको हो ।

खुकुरी प्रहारसँगै कांग्रेस कार्यालय रणभूमी बनेको भिडियो

२ नम्बर प्रदेशमा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह तेस्रो चरणको निर्वाचनको लागि उम्मेदवार छनौटको विषयलाई लिएर सिराहमा नेपाली कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । बुधबार सिराह नगरपालिकाको मेयरमा कांग्रेसले पार्टी कोषाध्यक्ष सितादेवी यादवको छोरा डा सुवासचन्द्र यादवलाई उठाउने भएपछि पार्टी कार्यालयमा भएको खुकुरी हानाहानमा कांग्रेसका १० कार्यकर्ता घाइते भएका छन् । हेर्नुस् भिडियोमा

८८ केजी सुन भित्रिदा प्रहरीलाई १० लाख कमिसन !

काठमाडौं, भदौ २० । रसुवागढी नाकादेखि काठमाडौंसम्म प्रहरीका १२ वटा चेकपोस्ट छन् । ती चेकपोस्ट सजिलै पार गर्दै बा.१७च ६४२७ नम्बर गाडीका मालिक चिनियाँ नागरिक जिया क्विङ ८८ केजी सुन काठमाडौंसम्म ल्याउन सफल भए । अाजको नयाँ पत्रिकामा खबर छ– कतिसम्म भने सुन गाडीका पार्टपुर्जामा लुकाइएको थिएन, पछाडिको भागमा राखेर ल्याइएको थियो । उनले हरेक साताजसो चीनबाट सुन ल्याउँदै आएका थिए । सोमबार बिहान चालक मनोज अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि मात्र उनको शृंखलाबद्ध सुन तस्करीको रहस्य खुलेको हो । महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट तस्करीको ८८ केजी सुन बरामद गरेको हो । सुन तस्करीका मुख्य नाइके क्वाङ भने फरार भएका छन् । एकैपटक करिब ४३ करोड रुपैयाँबराबरको सुन बरामद भएकाले यसमा राज्यका विभिन्न निकायलाई प्रभाव पार्न सफल ठूलै गिरोह संलग्न रहेको प्रहरी आशंका छ । महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द मुख्य तस्करहरू खोज्न आफूहरूले पक्राउ परेका चालकलाई संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको बताउँछन् । संगठित अपराध मुद्दामा प्रहरीले ६० दिनसम्म अभियुक्तलाई हिरासतमा राखी कारबाही गर्न सक्छ । समूहबीच विवादले खुल्यो राज आइतबार दिउँसो धेरैवटा प्रहरी कार्यालयले रसुवागढीबाट ठूलो मात्रामा तस्करीको सुन बोकेको गाडी क्षेत्रपाटीमा हुने सुराकी दिएका थिए । स्रोतका अनुसार तस्करीमा संलग्न चिनियाँ गिरोहसँग विवाद भएका नेपालीहरूको अर्काे समूहले प्रहरीलाई सो सुराकी दिएको थियो । सोही आधारमा प्रहरी टोली खटिएको थियो । महाशाखाबाट खटिएको टोलीले सुन भएको गाडी नियन्त्रणमा लिन सफल भएको हो । टाटा स्ट्रोम ब्रान्डको गाडीभित्र लुकाइएका ८८ वटा सुनका बिस्कुट प्रहरीले बरामद गरेको थियो । ‘यसबाट अनुमान लगाउन सकिन्छ भने यो तस्करीमा एक–दुईजना मात्र होइन, ठूलै गिरोह आबद्ध भएको हुनुपर्छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका एसएसपी दिवेश लोहनीले भने । सुन मालिक फरार  क्षेत्रपाटीबाट करिब तीन सय मिटर पश्चिमतर्फको सडकछेउबाट महानगरीय अपराध महाशाखाबाट डिएसपी प्रजित केसी नेतृत्वको टोलीले सो गाडी नियन्त्रणमा लिई चालक अधिकारीलाई पक्राउ गरेको हो । अधिकारीले सो सुन होटेलका मालिकको भएको भन्दै ठमेलको काठमाडौं वान होटेलमा लिएर गएका थिए । त्यहीँ केही व्यक्तिलाई नियन्त्रणमा लिए पनि प्रहरीले सोधपुछपछि छाडिदिएको थियो । मुख्य तस्कर चिनियाँ नागरिक भएको र उनीहरूको खोजी भइरहेको महाशाखाका एसएसपी लोहनीले बताए । चिनियाँ नागरिक जिया क्वाङले सो गाडी क्षेत्रपाटीको जेनजोन होटेलबाट ठमेलको काठमाडौं होटेलमा पुर्याउन जिम्मा दिएका थिए । त्यसैका लागि चालक अधिकारी बिहान साढे २ बजे त्यहाँ पुगेका थिए । गाडी कुरेर बसेको वेला प्रहरीले उनलाई पक्राउ गरेको हो । बिहान ३ बजे सुन बरामद गरेकोमा प्रहरीले ९ बजे मात्र सार्वजनिक गरेको थियो । जसकारण सुन तस्कर भाग्न सफल भएका हुन् । सुन तस्करीमा होटेल वानका सञ्चालक रहेका चिनियाँ दम्पतीसमेत संलग्न रहेको गाडी चालक अधिकारीले प्रहरीलाई बताएका छन् । सो गिरोहमा काठमाडौंका सुन पसले तथा भारतीय व्यापारीहरूसमेत संलग्न रहेको प्रहरी आशंका छ । स्रोतका अुनसार सो समूहले ठमेलमा ठूलो मात्रा अवैध डलरको कारोबारसमेत गर्दै आएको छ । तस्करीका नाइकेको दुईवटा होटेल  तस्करीका नाइके चिनियाँ नागरिक जिया क्विङ नै भएको प्रहरीको ठहर छ । उनकी श्रीमती जेन सुहुई र बाबु जान ग्वा पनि नेपालमै बस्दै आएका छन् । सुन बरामद भएपछि तीनैजना फरार भएका छन् । आइतबार बेलुका उनीहरू र्याडिसन होटेलमा बसेका थिए । उनीहरूको काठमाडौंमा दुईवटा होटेल छ । क्षेत्रपाटीमा रहेको जिनजोङ होटेल श्रीमतीको नाममा छ । त्यस्तै, काठमाडौं वान होटेल भने अर्काे व्यक्तिलाई जिम्मा दिएर चलाउँदै आएका छन् । बिजनेस भिसामा नेपालमा बसेर उनीहरूले सुन तस्करी गर्दै आएको प्रहरी स्रोत बताउँछ । हरेक साता केरुङ जाने गाडी उनी आफैँले चलाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ४३ करोडको सुन, प्रहरीलाई १० लाख कमिसन करिब ४३ करोड रुपैयाँको सुन बरामद गरे पनि प्रहरीले कमिसन भने १० लाख रुपैयाँ मात्र पाउँछन् । विगतमा प्रहरीले बरामद सामानको २५ प्रतिशतसम्म कमिसन पाउने प्रावधान थियो । दुई वर्षअघि अर्थ मन्त्रालयले सुराकीसम्बन्धी प्रावधान परिवर्तन गरी बरामद सामानको १० प्रतिशत कमिसन दिने निर्णय गरेको थियो । सुराकीले पनि बढीमा १० लाख रुपैयाँसम्म मात्र कसिमन पाउने भन्सार कार्यालय एयरपोर्टका प्रमुख नारायण सापकोटाले बताए । प्रहरीले पटक–पटक सुन बरामद गरेपछि प्रहरीलाई निष्क्रिय बनाउन एक समूहले त्यससम्बन्धी प्रावधान नै हेरफेर गरी कमिसन घटाउन दबाब दिएको थियो । सोहीअनुसार कसिमन घटाइएको स्रोत बताउँछ । ‘यस्तो सुराकीमा एकदमै खतरा हुन्छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘सानोतिनो पैसाका लागि मान्छेले सुराकी गर्दैनन्, जसकारण तस्करलाई फाइदा भइरहेको छ ।’ सिआइबीले चार वर्षअघि बरामद गरेको ३५ किलो सुनको सुराकीको कमिसनमा विवाद भएको भन्दै कमिसन घटाइएको थियो । अर्थ मन्त्रालयले परिपत्रमार्फत कमिसन घटाएको हो । सयपटक तस्करी हुन्छ, एकपटक समातिन्छ  सिआइबीले गत बुधबार २१ किलो सुनसहित सातजनालाई पक्राउ गरेको थियो । सिन्धुपाल्चोकका पेम्बादोर्जे शेर्पासहित सातजनाले केरुङ नाकाबाटै २१ किलो सुन ल्याएका थिए । जसमध्ये सात केजी बिक्री गरिसकेका थिए । त्यसअघि पनि आफूले एकपटक रसुवागढी नाकाबाट सुन ल्याएको उनले बताएका छन् । तीन साताअघि नुवाकोटमा आठ किलो सुन बरामद भएको थियो । तीन सातामै एक सय २० किलो सुन तस्करी भएको प्रहरीको अनुसन्धानबाट प्रस्ट हु्न्छ । तस्करहरूबीच नै विवाद हु“दा मात्र प्रहरीले सुराकी पाएर सुन बरामद गर्ने गरेको छ । ‘प्रहरीले बरामद गर्ने भनेको बढीमा १० प्रतिशत हो,’ एक प्रहरी अधिकारी भन्छन्, ‘अहिलेको ट्रेन्ड हेर्दा दैनिक ठूलो परिमाणमा रसुवागढी नाकाबाट सुन भित्रिएको अनुमान लगाउँदा गाह्रो हुँदैन । यसका साथै विमानस्थलबाट समेत पटक–पटक सुन तस्करी हुँदै आएको छ । एक किलो सुन तस्करीबाट ल्याउँदा करिब पाँच लाख नाफा हुन्छ । एक किलो सुनमा भन्सार शुल्क चार लाख ५० हजार रुपैयाँ छ । त्यसबाहेक हुन्डी र डलरको कारोबार पनि त्यसैबाट मिलाइने भएकाले थप नाफा हुने गरेको हो । देशभरिका सुन पसलमा तस्करीको सुन  ठूलो परिमाणमा आएको सुन धेरैजसो भारत जाने गरेको छ । सिआइबीले गत साता पक्राउ गरेकोमध्ये केही सुन भारत पुगिसकेको खुलेको थियो । भारतमा पनि सरकारले सुन आयातमा कडाइ गरेकाले नेपालबाट तस्करी हुने गरेको थियो । यस्तो तस्करीमा तीन देशका गिरोह सक्रिय रहेको सिआइबीका निर्देशक डिआइजी पुष्कर कार्की बताउँछन् । सुन तस्करीमा चिनियाँ, नेपाली र भारतीय नागरिक संलग्न रहेको प्रहरीको भनाइ छ । जसमा नेपालमै सुन पसल सञ्चालन गर्ने व्यवसायीसमेत आबद्ध छन् । तस्करीको केही सुन नेपालकै सुन पसलमा समेत जाने गरेको सूचना आफूहरूले पाएको डिआइजी कार्की बताउँछन् । बैंकबाट किन्न समस्या रहेको र तस्करीको सुन सस्तो पनि भएकाले देशभरिका सुन पसलमा तस्करीको सुन पुग्ने गरेको छ । गत पुसमा प्रहरीले बरामद गरेको साढे ३३ किलो सुन तस्करीमा काठमाडौंका ठूला सुन पसलको संलग्नता देखिएको थियो । प्रहरीका ठूला सुन अप्रेसन  १. ८८ केजी १९ भदौ २०७४ मा महानगरीय अपराध महाशाखाद्वारा काठमाडौं क्षेत्रपाटीबाट ८८ केजीसहित एकजना पक्राउ । २. ३५ केजी २५ असार २०७० मा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ३५ किलो सुन कोटेश्वरमा बरामद । सुनसहित गाडी चालक निमाछिरिङ तामाङ र सुनका मालिकद्वय मोहन अग्रवाल र ग्याम्जो लामा पक्राउ । ३. ३३ केजी २० पुस २०७३ मा सिआइबीले विमानस्थलबाटै तस्करीको ३३ किलो ५७७ ग्राम सुन बरामद गर्यो । जसमा प्रहरीकै एसएसपी तथा भन्सार कर्मचारीसमेत पक्राउ । ४. २३ केजी २९ मंसिर २०७१ मा भक्तपुरको जगातीमा २३ केजी सुनसहित कन्टेनर चालक बुद्धिबहादुर श्रेष्ठ पक्राउ । ५. १८ केजी १७ वैशाख २०७३ मा तातोपानी नाका हुँदै तस्करी गरेर ल्याइएको १८ केजी सुनसहित सिन्धुपाल्चोकको बाह्रबिसेमा तीनजना पक्राउ । -नयाँपित्रकाबाट

सुवास नेम्वाङकी जेठी पत्नि भन्छिन्, ‘त्यो पातकीको मुख हेर्न नपरोस्’

काठमाण्डु, माघ १७ । अचेल इलाममा ‘सूचने’ को पुत्ला दहन हुन थालेको छ । सूचना टाँसेर संविधानसभा भंग गराउन मुख्य भूमिका निर्वाह कगदबकज लझदबलनगरेकाले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मानिसहरू संक्षिप्तमा ‘सूचने’ भन्ने गर्छन् । यो उनकै नामको सर्टफर्म पनि हो । यिनले संविधानसभामा पहिचानसहितको संघीयताको विपक्षमा भूमिका निर्वाह गरेकाले उनीसँग पूर्वका जनजाति अहिले पनि क्रूद्ध छन् । पहिलो संविधानसभामा संघीयता पक्षधरको बहुमत थियो । तर, नेम्वाङले संविधानसभा बाहिर जनजाति ककस बनाउन लगाएर संघीयता पक्षधरबीच फुट ल्याउने कोसिस गरेका थिए । एमालेमा अशोक राईहरूलाई लखेट्नुमा पनि नेम्वाङकै भूमिका रह्यो । अशोक राईलाई एमालेबाट गलहत्याएर आफू एमालेको उपाध्यक्ष हुने नेम्वाङको अभीष्ट थियो । त्यसैले एमालेभित्रका जनजातिलाई भड्काउन उनले पहिचानसहितको संघीयताको विरोधमा पार्टीका नेताहरूलाई कान फुके । नेम्वाङकै कारण एमालेका जनजातिहरू भड्किए र एमाले छाडे । किनकी, एमालेले संघीयताको बारेमा ढुलमुले नीति लियो । अशोक राईले एमाले छाडेपछि आफू उपाध्यक्ष बन्ने नेम्वाङको सपना भने पूरा भएन । पछि पार्टीमा मूल्यांकन हुँदा नेम्वाङकै कारण अशोक राईहरू भड्किएको निष्कर्ष निकालियो । एकपटक संविधानसभामा एक दिनमै १७ हजार बोतल पानी खपत भएको आर्थिक विवरणबारे चर्चा चलेको थियो । संसद् सचिवालयको खर्च विवरणमा एक दिनमै १७ हजार बोतल मिनरल वाटर खपत भएको देखाइएको थियो । सभासद्हरूले प्रश्न राखे, ‘त्यत्रो पानी खाने कुम्भकर्ण हो होला रु’ अर्का सभासद्को जवाफ थियो, ‘त्यस दिन हरेक सभासद्ले जनही तीन बोतल पानी रित्याएका रहेछन् भनेर मान्ने हो भने पनि दिनको १८ सय बोतल खाइयो होला, तर बाँकी बोतल पानी त सभामुखज्यूले नै पिउनुभयो होला ।’ किनकि, त्यो पानी सभासद्का लागि मात्र व्यवस्था हुने गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीले क्यान्टिनमै गएर पानी पिउनुपर्छ । नेपालको संसद् सचिवालय यस्तो छ, जहाँ सचिवालयका कर्मचारीले फोकटमा खाजा पाउँछन् । सभासद्ले बरु क्यान्टिनमा पैसा तिरेर खानुपर्छ, तर कर्मचारीलाई खाजा फ्री छ । त्यो देखेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीले आफूहरूलाई पनि सचिवालयका कर्मचारी सरह खाजा लगायतका सुविधा दिनुपर्ने माग गर्दै बानेश्वरमा तालाबन्दी नै गरेका थिए । त्यही संसद् सचिवालय हो, जहाँ समितिका बैठकको नाममा दिनहुँ भोज हुन्छ । त्यो भोज र खर्चको हिसाबकिताब संसद् सचिवालयले कहिल्यै सार्वजनिक गर्दैन । पारदर्शी हुँदैन । त्यसको सम्पूर्ण जिम्मेवारी सभामुखमै जान्छ । विगतमा संविधानसभामा रहेको सार्वजनिक लेखा समितिलाई नेम्वाङले ‘महा भन्सार’ बनाए । लेखासमितिमा सचिव सरकारी कर्मचारी हुने गर्छन् । सोमबहादुर थापा वर्षौंदेखि लेखा समितिको सचिव थिए । लेखा समितिका पूर्वसदस्य रहेका नेम्वाङले आफू अध्यक्ष भएपछि समितिका हरेक निर्णयमा हस्तक्षेप गर्दै अर्बौं रूपैयाँको चलखेल गरेको सूत्र बताउँछ । भ्रष्ट र अख्तियार दुरूपयोग गर्नेहरूसँग हिमचिम बढाएर उनले लेखा समितिलाई आफ्नो इशारामा चलाए । त्यसैले कसैकसैले उनलाई ‘कमिशन शिरोमणि’ कै उपाधि दिएका थिए । नेम्वाङले प्रथम पत्नी हुँदाहुँदै विशाल नेम्वाङ नाम गरेकी कान्छी पत्नी भित्र्याए । नाता पर्ने युवतीलाई कान्छीका रूपमा भित्र्याएपछि जेठी पत्नीसँग नेम्वाङको लामो समयसम्म कलह चलिरह्यो । ‘त्यो पातकीको मुख हेर्नु नपरोस्’ भन्दै अचेल जेठी पत्नी छुट्टै बस्छिन् । २०५६ सालको निर्वाचनमा नेम्वाङलाई इलाममा निर्वाचन हराउन हङकङबाट जेठी पत्नी २० लाख रूपैयाँ बोकेर आएकी थिइन् । जनआह्वान साप्ताहिकबाट

स्वागत छ माओवादी केन्द्रमा

कञ्चनपुरको बेलौरी नगरपालिका वडा न १० मा विभिन्न पार्टीका दर्जनौं नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रकी नेतृ बीना मगरले नवप्रवेशीलाई माला र अबीर लगाएर पार्टीमा स्वागत गरेकी थिइन् । तस्वीर : वीना मगरको फेसबुकबाट

प्रधानमन्त्री अमेरिका जाँदै 

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असोज पहिलो साता अमेरिका जाने भएका छन् । राष्ट्रसंघीय महासभामा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । यो उनको दोस्रो विदेश भ्रमण हुनेछ । भ्रमणको तयारी गर्न निर्देशन देउवाले सुरुमा तेस्रो चरणको निर्वाचनका बेला अमेरिका भ्रमणमा नजाने बताएपनि महासभामा उनको सम्बोधनको पालो असोज ५ वा ६ मा आउने भएपछि उनी त्यसतर्फ जाने योजना बनेको हो । परराष्ट्र मन्त्रालयले पनि नेपाल यसपटक अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्मा उम्मेदवार भएकाले जानुपर्ने भन्दै आएको थियो । दुई बर्षदेखि महासभामा नेपालको प्रधानमन्त्रीस्तरमा सहभागिता नभएकाले पनि जानुपर्ने भन्ने सुझाव आएपछि देउवाले भ्रमणको तयारी गर्न निर्देशन दिएको परराष्ट्रका एक अधिकारीले बताए । देउवाले संविधानलगायतका विषयमा बोल्ने १ सय ९३ मुलुकको उपस्थिति रहने राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यावन्यनलगायतका विषयमा बोल्ने तयारी छ । उनले राष्ट्रसंघको साइडलाइनमा उच्चस्तरीय राजनीतिक भेटघाटसमेत गर्ने कार्यक्रम तय भइरहेको परराष्ट्र अधिकारीले बताए । परराष्ट्रमन्त्री महरा चीन जाने प्रधानमन्त्री देउवाका सथामा उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा पनि रहनेछन् । महरा न्युयोर्क प्रस्थान गर्नुअघि चीन पुगेर फर्कने छन् । महरा आगामी साता चीन जाने तयारीमा छन् । निकै ‘गोप्य’ भ्रमण आगामी मन्त्रीपरिषदमा महराको चीन भ्रमण र देउवाको न्युयोर्क भ्रमण टोली तय हुने गरि काम भइरहेको छ । देउवाको भ्रमण टोली तय नभए पनि महराको भने भ्रमण निश्चित हुने परराष्ट्र उच्चअधिकारीले जानकारी दिए । चीनसमेत हेर्ने उत्तरपूर्वी महशाखाले महराको भ्रमणलाई निकै ‘गोप्य’ भ्रमणको संज्ञा दिएको छ । भ्रमण हुन्छ तर तिथि भन्न मिल्दैन,’ महाशाखाका एक अधिकारीले भने । अघिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक अवस्था भन्दै अन्तिम समयमा महासभामा सहभागिता रद्द गरेका थिए । त्यस्तै त्यसअघि सुशील कोइरालाले पनि अन्तिम समयमा तत्कालिन उपप्रधानमन्त्री प्रकाशमान सिंह नेतृत्वमा टोली पठाएका थिए ।  -कान्तिपुरबाट

फेसबुकमार्फत ३४ जनालाई ठगीसकेकी युवती प्रहरीको फन्दामा

काठमाडौं, भदौ १६ । विदेशी गिरोहसँग मिली दर्जनौं नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने युवती पक्राउ परेकी छन् । सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ वर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । शेर्पालगायत व्यक्तिले विदेशबाट महँगो पार्सल पठाएको भन्दै फोन गर्न लगाउने र त्यसका लागि भन्सार शुल्क चाहिने भन्दै भारतबाट फोन गर्न लगाई पैसा मगाएर ठगी गर्दै आएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् । हालसम्म त्यस्तो गिरोहले ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको प्रहरीले जनाएको छ । शेर्पा एक सहकारीमा काम गर्थिन् । –नयाँ पत्रिकाबाट

यस्ता छन अस्पतालको बेडैबाट सार्बजनिक गरेका स्वास्थ्य मन्त्री पोखरेलका ३४ दिनका १३ उपलब्धि

काठमाडौं, भदौ १५ । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल स्वास्थ्य उपचारका क्रममा यतिबेला बीर अस्पतालमा छन् । गत साउनको अन्तिम साता भएको अविरल वर्षाका कारण पूर्वी तराई बाढी र डुबानमा परेपछि त्यसको निरीक्षण र राहतको लागि प्रभावित क्षेत्र पुगेका मन्त्री पोखरेललाई मौसमी फ्लु देखिएर अस्पताल भर्ना भइ उपचार गराइ रहेका छन । मन्त्री पोखरेलले बिहिबार अस्पतालको बेडबाट आफूले स्वास्थ्य मन्त्रालय सम्भालेपछि ३४ दिनमा भएको १३ उपलब्धि सार्बजनिक गरेका छन् । उनले सामान्यतः हरेक महिना अन्तरक्रिया मार्फत आफ्नो कामको समीक्षा र उपलब्धी सार्वजनिक गर्ने कार्ययोजना रहे पनि अस्पतालमा बस्नु परेको कारण यो महिना अन्तरक्रिया हुन नसकेको बताएका छन् । यस्ता छन् मन्त्री पोखरेल कै शब्दमा ३४ दिनको १३उपलब्धि: १) प्राकृतिक प्रकोप (तराईको बाढी र पहाडमा पहिरो) का कारण उत्पन्न हुन सक्ने स्वास्थ्य समस्या (सरुवा रोग र महामारी) लाई व्यवस्थापन गर्न आवश्यक विपत् व्यवस्थापन समिति गठन, स्वास्थ्यकर्मी परिचालन, औषधी व्यवस्थापन र निशुल्क स्वास्थ्य शिविर सञ्चालनको कामलाई सरकारी, गैर–सरकारी, तथा स्वयंसेवी संस्थाहरुसँग समन्वय गरी तिव्र र प्रभावकारी बनाईएको छ । प्रभावित क्षेत्रमा पर्याप्त चिकित्सक पठाइएको छ । आवश्यकताका आधारमा थप चिकित्सक तयारी अवस्थामा राखिएको छ । विपत् आएपछि महामारीको सामना गर्ने भन्दा पनि महामारी आउन नदिने गरि काम गर्न निर्देशित गरिएको छ । २) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अनुरुपको स्वास्थ्य नीति तर्जुमाको लागि स्वास्थ्य मन्त्रीको नेतृत्वमा ११ सदस्यीय उच्च स्तरीय नयाँ स्वास्थ्य नीति निर्धारण समिती गठन गरिएको छ । जसको कार्यकारी उपाध्यक्षमा डा। महेश मास्के, सदस्यहरुमा डा। बद्रीराज पाण्डे, डा। सरद वन्त, डा। सेनेन्द्रराज उप्रेती, डा। पदम बहादुर चन्द, डा। वाई पी। सिंह, दया लक्ष्मी वैद्य, डा। बासुदेव उपाध्याय र स्वास्थ्य मन्त्रालयका सचिव डा। किरण रेग्मी सदस्य सचिव रहनु भएको छ । समितिले १ सदस्य पछि मनोनयन गर्ने छ । ३) स्वास्थ्य विमा विधयेक २०७४ सम्मानित सदनमा पेश भई महिला बालबालिका जेष्ठ नागरिक तथा समाजकल्याण समितीमा छलफलको क्रममा रहेको छ । ४) आर्थिक वर्ष २०७३/०७४ मा गरिब घर परिवार पहिचान भएका २५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने योजना अनुरुप ११ जिल्लामा मात्र कार्यक्रम लागू भएको सन्र्दभमा बाँकी १४ जिल्लामा यसैं वर्ष बिस्तार गर्ने निर्णय गरिएको छ । ५) स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र आयुर्वेद केन्द्रहरु स्थानीय सरकारलाई हस्तान्तरण गर्नुका साथै ती ईकाइहरुको अचल सम्पति र व्यवस्थापन समिती स्थानीय सरकारको जिम्मा रहने नीतिगत निर्णय भएको छ । ६) उपत्यकाका केन्द्रिय अस्पताल र प्रदेश नं। २ का स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने स्वास्थ्य सेवाको उच्च स्तरीय अनुगमन गरी प्राप्त प्रतिवेदनका आधारमा आवश्यक सुधार गर्न कार्य योजना सहित कार्यान्वयन प्रकृया प्रारम्भ गरिएको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि सम्वन्धित पक्षसँग छलफल, सहकार्य, नियमित अनुगमन जारी गरिएको छ । ७) मन्त्रालय र मातहत निकायका व्यवस्थापकीय प्रमुख (निर्देशक, मेडिकल सुपरीटण्डेन्ट) को नियुक्ति कार्य सम्पादन करारका आधारमा गर्ने कार्य नमुनाको रुपमा केही स्थानबाट प्रारम्भ गरिएको छ । यसलाई क्रमसः बिस्तार गर्दै लगिने छ । जसमा अस्पताल प्रमुख ९मेडिकल सुपरीटेण्ड र निर्देशक० लाई गैर सरकारी स्वास्थ्य संस्थामा काम नगर्ने प्रतिवद्धता गराईएको छ । ८) जिल्लामा गठन भएका सामाजिक स्वास्थ्य सुरक्षा संयोजन समिति ९स्वास्थ्य विमा० हरुलाई राज्यको संघीय संरचना (संघ, प्रदेश र स्थानीय तह) अनुरुप निर्माण गर्ने नीतिगत व्यवस्था भएको छ । ९) मन्त्रालय स्तरीय विकास समस्या समाधान समितीको बैठक बसी निम्न विषयमा ठोस निर्णय लिन आवश्यक प्रक्रिया (समिति गठन, सुझाव संकलन, समन्वय र कार्यान्वयन) को थालनी भएको छ । (क) नीजि स्वास्थ्य संस्थाहरुको नियमन, शुल्क, गुणस्तर तथा सुरक्षाको लागि कानुनी व्यवस्था गर्न विद्यमान शुल्क निर्धारण समितिले दिएको सुझावका आधारमा प्रकृया अघि बढाउन चिकित्सा सेवा महाशाखालाई जिम्मा दिइएको छ । (ख) विपन्न नागरिकको निःशुल्क उपचार निर्देशिकाले नसमेटेका व्यक्तिहरुको समेत औषधी उपचारका लागि आर्थीक सहयोग दिने नीति बनाउन १५ दिन भित्र सुझाव पेश गर्न ७ सदस्यीय कार्यदल गठन गरिएको छ । (ग) एक चिकित्सक एक संस्थाको नीति अनुरुप कार्यसम्पादन एवं प्रोत्सान भत्ता लागु गर्ने विषयमा सुझाव दिन उच्च स्तरीय कार्य समिति गठन गरिएको छ । (घ) भुकम्पबाट क्षति भएका भवन निर्माणको लागि नक्सा पास शुल्क मिनाहा गर्ने र महिला स्वास्थ्य स्वयम् सेविका, रातो कार्ड पाएका अपांग, एचआईभि। पोजेटिभ, बहुऔषधी प्रतिरोधात्मक क्षयरोगी र कुष्ठरोगीका परिवारको स्वास्थ्य बिमा सम्बधमा आवश्यक निर्णय लिन राष्ट्रिय विकास समस्या समाधान समितिको ४० औ बैठकमा पेश गर्ने निर्णय गरिएको छ । ११) नेपालमा ३ सरुवा रोग ९टि।बी, मलेरिया, एड्स०को रोगथाम र उपचारमा सहयोग गरिरहेको ग्लोवल फण्डको सम्झौता अवधि मार्च, २०१८ मा सकिने सन्दर्भमा सो सहयोग अवधि ३ वर्ष थप गर्न नेपाल सरकारको आवश्यक प्रतिवद्धता सहित अनुरोध गरिएको छ । १२) देशभरका १९६ वटै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पठाईएको छ । कहि कुनै कारणले चिकित्सक पुग्न नसकेको भए तुरुन्त पठाउने व्यवस्था मिलाईएको छ । १३) २०७४ साउन २२ मा जारी गरिएको २६ बुँदे प्रतिवद्धता पत्रलाई स्वास्थ्य मन्त्रालयले आफ्नो मार्ग चित्रका रुपमा आत्मसात् गरी कार्यतालिका बनाई कार्यान्वयन प्रकृया थालिएको छ ।

दूरसञ्चार कर्मचारी सङ्घको परिषद् बैठक चितवनमा हुने

चितवन, भदौ १५ । नेपाल दूरसञ्चार कर्मचारी सङ्घको आठौँ केन्द्रीय परिषद् बैठक शुक्रबार र शनिबार चितवनमा हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी देशभरबाट २५० जना पार्षद् र करिब २५० जना नै अतिथि तथा पर्यवेक्षक बैठकमा सहभागी हुने जनाएको छ । सङ्घका महासचिव यादवप्रसाद पनेरुले समितिको मध्यवर्ती समीक्षा, बाँकी अवधिका लागि रणनीतिक कार्ययोजना र विधान संशोधन विषयमा बैठकमा छलफल हुने जानकारी दिनुभयो । समसामयिक अवस्थामा कम्पनीका ग्राहकलाई सहज, सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउँदै कम्पनीलाई दूरसञ्चार क्षेत्रको प्रतिस्पर्धात्मक बजारमा अब्बल सावित गर्न संस्थाले तय गर्नुपर्ने व्यावसायिक कार्ययोजना र रणनीति सम्बन्धमा गहन छलफल गरी कम्पनीलाई ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो ।

आचार संहिता उल्लंघन गरे कुनै दललाई पनि नछोड्नु : निर्वाचन आयोग

काठमाडौं, भदौ १४ । आचार संहिता उल्लंघन गर्नेलाई कारबाही गर्न सम्बन्धित जिल्लाका प्रमुखलाई निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले यसअघि पनि आचार संहिता विपरितका काम नगर्न सचेत गराएको थियो । तर पनि उल्लघंन गर्ने क्रम भने रोकिएको थिएन । त्यसैले आयोगले कारवाहीका लागि निर्देशन दिएको हो । आयोगले दोस्रो पटक सूचना निकालेर प्रदेश नम्बर २ मा असोज २ गते हुन लागेको चुनावको लागि आचार संहिता लागु भैसकेको अवस्थामा केही दलले आचार संहिता विपरितका काम गरिरहेकाले उनीहरुलाई कारबाही गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । यस्तै कुनै दलले निर्वाचन आचार संहिता विपरित राजनीतिक दल वा उम्मेदवार हुने व्यक्तिले चुनाव चिन्ह अंकित टोपी, टिसर्ट, झोला तथा स्टिकरहरु वितरण गरे, तोकिएको आकारभन्दा ठूलो तथा एक भन्दा बढी रंगमा पोस्टर, पम्प्लेट टाँसे वा वितरण गरेको भेटिए आयोगमा जानकारी गराउन पनि सबैसँग आग्रह गरेको छ ।

ज्यान दिने भेटिएपछि मोडेल सम्पदा मख्ख, भिडियोसहित

काठमाडौं, भदौं १० । ‘तिम्रा लागि यो ठाउँ छोडी, सरी जान तयार छु म, यदि तिमी भन्छ्यौ भने मरी जान तयार छु म।।’ बोलको गजलको म्युजिक भिडियो युट्युवमार्फत् सार्वजनिक भएको हो। गजलको रचनाकार सञ्चारकर्मी गोपीकृष्ण ढुंगाना हुन । ‘द डिभाइन म्युजिक’ ले तयार पारेको भिडियोको एरेन्ज र संगीत अर्जुन पोखरेल रहेको छ भने भुवन रावत ‘क्षितिज’ को स्वर रहेको छ । म्युजिक भिडियोमा गायक रावत स्वयमले लगानी गरेका छन। भिडियोमा हट मोडल सम्पदा बाँनियाले अभिनय गरेकी छन्। मोडल सम्पदाको प्रेमिको रुपमा मोडल प्रमोदले अभिनय गरेका छन्। विभोर पोखरेलको निर्देशनमा बनेको भिडियोको छायांकन बलराम बुढाथोकीले गरेका हुन्। https://youtu.be/d3jL8uOPXtU

प्रदेश एआईजीलाई व्यवसायिक ढंगले काम गर्न गृहमन्त्री शर्माको निर्देशन

काठमाडौं, भदौ १० ।  गृहमन्त्री जनार्दन शर्माले प्रदेशमा खटाइएका एआईजीहरुलाई संघीय प्रहरी ऐन नबन्दासम्म व्यवसायिक ढंगले काम गर्न निर्देशन दिएका छन् । एआईजीहरुलाई शुक्रबार मन्त्रालयमै बोलाएर गृहमन्त्रीले लामो समयसम्म ठाउँ ओगटेर बसेका अधिकृत र घुमुवा प्रहरीलाई तत्काल परिवर्तन गर्न निर्देशन दिएको स्रोतले बताएको छ ।  ‘गुन्डागर्दी नियन्त्रण गर्नुस् । तपाईंहरु आफू पनि आथिक अनुशासन कायम गरेर बस्नुस्’, गृहमन्त्रीको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘कुनै गैरव्यावसायिक त्रियाकलाप गरेको प्रमाण पाएँ भने कडा कारबाही गर्छु ।’ गृहमन्त्री शर्माले मंसिर १० गतेको केन्द्र र प्रदेशसभाको चुनाव सकिएपछि प्रदेशमा महानिरीक्षक (आईजीपी) खटाइने बताएका थिए । गाउँपालिकामा इन्स्पेक्टर, नगरपालिकामा डीएसपी, उपमहानगरमा एसपी र महानगरमा एसएसपीको दरबन्दी राख्ने जानकारी पनि उनले त्यहाँ दिएका थिए । – अन्नपूर्ण पोस्टबाट

च्याम्पियनसिप फुटबलमा नेपालद्वारा बंगलादेश ४–२ गोलले पराजित

काठमाडौं, भदौं ९ । यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४–२ गोलअन्तरले पराजित गरेको छ । च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग आइतबार खेल्ने छ। नेपाल यू–१५ ले बंगलादेश यू–१५ लाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ४–२ ले पराजित गरेको हो । भने भारत यू–१५ भुटान यू –१५ लाई हलचोकस्थित सशस्त्र प्रहरी बल एपीएफको मैदानमा भएको खेलमा ३–० ले पराजित गर्दै फाइनलमा पुगेको हो। नेपालका लागि आकाश बूढामगरले २ र ब्रिजेश चौधरीले एक गोल गरे। एक गोल भने बंगलादेशल आत्मघाती गरेको थियो। बंगलादेशका तर्फबाट फहिम र हुसेनले एक एक गोल गरे।

उम्मेदवारको नमूना दस्तखत बुझाऊन आयोगको निर्देशन

निर्वाचन आयोगले असोज २ गते दुई नम्बर प्रदेशमा तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने सम्बन्धित दलको पदाधिकारीको नमुना दस्खत पेश गर्न आग्रह गरेको छ । बिहिबार प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बैठकले यस्तो निर्णय गरेको हो । आयोगले उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलको पदाधिकारीको नाम, थर र निजको दस्तखतको नमूना आयोगको केन्द्रीय कार्यालय कान्तिपथ काठमाडौंमा भदौ १३ गतेसम्म बुझाउन दलहरुलाई सूचितसमेत गरेको छ । दस्तखतको नमुना आयोगमा बुझाउँदा राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णय संलग्न गराउनुपर्ने छ । राजनीतिक दलले पूरा गर्नुपर्ने प्रक्रिया यस प्रकार छ : दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले सोही समितिको पदाधिकारीलाई त्यस्तो दलको तर्फबाट मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमूना आयोगमा पेश गर्न तोक्ने गरी गरेको निर्णयको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्ने । तोकिएको पदाधिकारीले मनोनयनको औपचारिक पत्र प्रमाणित गर्नका लागि सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समिति वा प्रदेश समितिको पदाधिकारीको नाम, थर, पद र दस्तखत नमूनाको सक्कलै प्रति पेश गर्नुपर्ने । मनोनयन पत्रको औपचारिक पत्र प्रदान गर्नका लागि सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समिति वा प्रदेश समितिको एक वा सोभन्दा बढी संख्यामा पदाधिकारी तोक्न सकिने र यसरी एकभन्दा बढी संख्यामा पदाधिकारी तोक्दा आयोगले निर्धारण गरेको ढाँचामा निजले औपचारिक पत्र प्रदान गर्ने अधिकार पाएको क्षेत्र (प्रदेश वा जिल्ला) समेत खुलाई छुट्टाछुट्टै फारम पेश गर्नुपर्ने । दलको मनोनयनको औपचारिक पत्र प्रमाणित गर्ने पदाधिकारी निर्वाचन आयोगमा अद्यावधिक गरिएको सो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समिति वा प्रदेश समितिको पदाधिकारी हुनुपर्ने ।

हलिउड फिल्मकै शैलीमा किशोरले भाईलाई बचाए , नायकले दिए बधाइ

वासिंटन, भदौ ९ । प्रायः बालबालिकालाई फिल्म हेर्नबाट टाढै राखिन्छ । अध्ययनमा मन नलाग्ने तथा फिल्ममा देखाइएका कतिपय विकृति सिक्न सक्छन् भन्ने धारणाबाट ग्रसित भएर अभिभावकहरु बालबालिकालाई फिल्म हेर्न रोक्ने गर्दछन् । तर अमेरिकाका एक किशोरले एउटा हलिउड फिल्ममा देखाइएको दृष्यबाट प्रभावित भएर आफ्नो भाईलाई मृत्युको मुखबाट बचाएका छन् । मिचिगनको रोजविलमा १० वर्षीय एक किशोरले स्वीमिङ पुलमा डुब्दै गरेको आफ्नो भाईलाई सकुशल उद्धार गरेका हुन् । ज्याकव ओकोनर नाम गरेका ती किशोरले भाइ डेलनलाई स्वीमिङ पुलमा डुब्दै गरेको देखेका थिए । तत्कालै उनको मस्तिष्कमा हलिउड चलचित्र सेन एन्ड्रियसको एक दृष्य याद आयो । भूकम्पपछिको सुनामीमा डुब्दै गरेको एक युवतीलाई नायक ड्वेन जोन्सनले उद्धार गरेको दृष्य सम्झदैं उनले आफ्नो भाईलाई उद्धार गरेका हुन् । ती किशोरकी आमालाई उद्धृत गर्दै संचारमाध्यमहरुमा समाचार प्रकाशमा आएपछि नायक ड्वेनले ती किशोरलाई ट्वीटरमार्फत बधाइ दिएका छन् । ज्याकवकी आमा क्रिस्टाले पनि छोराप्रति आफूलाई गर्व लागेको बताइन् । समाचार एजेन्सीहरुका अनुसार स्वीमिङ पुलमा डाइभ हानेर उनले भाईलाई बाहिर ताने । त्यसपछि फिल्मी शैलीमा उनले छाती थिचेर भाईको पेटभित्रबाट पानी निकाले । त्यति गर्दा पनि होस नआएपछि उनले घरमा रहेकी हजुरआमालाई खबर गरेर भाईलाई अस्पताल लैजान मद्दत गरेका थिए । हाल ती बालकको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । (इमेजखबरबाट)