कार्यदलले शीर्ष नेताहरूलाई बुझायो न्यूनतम साझा कार्यक्रम

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम कार्यदलले शीर्ष नेताहरूलाई बुझाएको छ।

कार्यदलले न्यूनतम साझा कार्यक्रम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव, नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रबि लामिछानेलाई बुझाएको हो। कार्यदलले हिजो साँझ नै टुँगो लगाएको न्यूनतम नीति तथा कार्यक्रमको प्रारुप प्रधानमन्त्री निवास बालुवाटार पुगी आज शिर्ष नेताहरुलाई बुझाएको हो।

कार्यदलले मस्यौदा बुझाएसँगै शीर्ष तहमा नेताहरूले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा जाने छ।

कार्यदलमा नेकपा (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवहरु वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णीम वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन्।

जाजरकोट भूकम्पपछि प्रधानमन्त्री सहायता कोषमा जम्मा भयो ३६ करोड ३६ लाख

काठमाडौं । गत कात्तिक महिनामा जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ३६ करोड ३६ लाख ९४ हजार ६४ रुपैयाँ जम्मा भएको छ ।  १४५ भन्दा बढी संघसंस्था तथा व्यक्तिहरूले भूकम्पपीडितलाई सहयोग गर्ने उदेश्यले उक्त रकम कोषमा जम्मा गरेका हुन् ।  उक्त रकम २०८० कात्तिक १८ गतेदेखि २०८१ वैशाख २१ गतेसम्मको अवधिमा जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण संरचना भत्किँदा १५४ जनाको मृत्यु भएको थियो भने साढे तीन सयभन्दा बढी घाइते भएका थिए । भूकम्पले ६० हजारभन्दा बढी घरमा क्षति गरेको थियो । 

प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले प्रदेश तथा स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारी सधैँ अभाव हुने र कर्मचारीको सरुवा प्रणाली व्यवस्थित नहुँदा काम कारवाहीमा बाधा परिरहेको विषय समाधान गरिने बताए ।

सांसदहरूलाई प्रधानमन्त्रीको ब्रिफिङ : समिकरण परिर्वतनको परिस्थितिदेखि विश्वासको मतसम्म

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितीका बारेमा संसदीय दललाई जानकारी गराएका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा सांसदहरुलाई प्रष्ट पारेको दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा प्रतिनिधिसभाको पछिल्लो अवस्थाबारे प्रतिनिधिसभाका मुख्य सचेतक पाण्डे र राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले बैठकलाई जानकारी गराएका थिए । त्यसैगरी, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तथा विश्वासको मतको विषयमा पनि बैठकमा छलफल भएको थियो । बैठकमा राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार कस्लाई बनाउने भन्ने विषयमा पार्टीको स्थायी समिति बैठकले निर्णय गर्ने र विश्वासको मत कहिले लिने भन्ने विषयमा सहयात्री दलसँग छलफल गरेर निर्णय लिइने जानकारी समेत प्रधानमन्त्रीले सांसदहरुलाई गराएका छन् ।  बैठकमा फागुन ३० गते विश्वासको मत लिने गरी तयारी गर्ने । त्यसका लागि गठबन्धनमा सहभागी दलरूसँग छलफल गर्ने । फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा उपस्थित हुन राष्ट्रिय सभामा रहेका आफ्नो दलका सदस्यहरूलाई ह्वीप जारी गर्ने लगायतका निर्णय गरेको बताइएको छ । 

सेनाको योगदान गौरवपूर्ण छ  : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षार्थ नेपाली सेनाले पु¥याएको योगदान गौरवपूर्ण रहेको बताएका छन् । उनले राष्ट्र र जनताको जीवन रक्षार्थ विभिन्न कालखण्डमा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गर्नुभएका सम्पूर्ण सैनिकप्रति भावपूर्ण श्रद्धाञ्जली  व्यक्त गरे। दुई सय ६१ औँ सेना स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री दाहाल प्रचण्डले नेपाली सेना संविधान र कानुन प्रदत्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै राष्ट्र र जनताको सुरक्षामा निरन्तर समर्पित रहँदै आएको बताए । सन्देशमा उनले भनेका छन्–आगामी दिनमा ऐतिहासिक परिवेश र परिदृश्यहरूको विश्लेषण तथा भविष्यका चुनौतीलाई सूक्ष्म निगरानीगर्दै देश र जनताको रक्षार्थ आफूलाई उभ्याउनेछ भन्ने विश्वास लिएको छु । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय शान्ति, विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, खेलकूद तथा विकास निर्माण, निर्वाचन सुरक्षालगायतका क्षेत्रमा नेपालीसेनाले आर्जन गरेको ख्याति, प्रदर्शन गरेको वीरता र अपनाएको व्यावसायिकता प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ ।

अर्थमा वर्षमान नियुक्तिपछिको पहिलो कारोबार शेयर बजार सकारात्मक

काठमाडौं । नयाँ गठबन्धनको नयाँ अर्थमन्त्री नियुक्तिपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। गठबन्धनको बुधबार बसेको बैठकले वर्षमान पुनलाई अर्थमन्त्रीमा नियुक्त गरेको थियो। राजनीतिक अन्यौलताका बीच उतारचढाव भइरहेको नेप्से, अर्थमन्त्रीको नियुक्तिसँगै सम्हालिएको हो। बिहीबार नेप्से परिसूचक १३.५१ अंक बढेर २०३०.५५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंक बढेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ४७ हजार ६९९ पटकको कारोबारमा ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन एक कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर १० प्रतिशत बढेर कारोबार भएको हो। त्यस्तै, यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने मध्य भोटेकोशीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य सर्वाधिक ६.२१ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५६ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको करिब साढे १६ करोडको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको करिब साढे १३ करोडको शेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक यस दिन घटेको हो।

मन्त्रिपरिषद् पुनःगठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताएका छन्। संसद्मा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यही फागुन ६ देखि १८ गतेसम्मका विषयमा सरकारको धारणा माग गरिएकोमा सरकारको समीकरणसँगै मन्त्रीहरूको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताए।   “सांसदहरूले उठाउनुभएका विषयहरूको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु”, प्रधानमन्त्री प्रचण्डले भने, “राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन्। उदाहरणका लागि बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनःगठनसँगै असान्दर्भिक भएको छ।” सम्बोधनमा प्रधानमन्त्रीले नेपाली कांग्रेसले सरकारमाथिको विश्वासको मत फिर्ता लिइसकेकाले फेरि विश्वासको मत लिने क्रममा आफूले संसद्मा विशेष सम्बोधन गर्नेसमेत प्रष्ट पारे। 

मोटरसाइकलले च्यापिएको अवस्थामा मृत फेला

चितवन, ११ फागुन । चितवनको खैरहनी नगरपालिका–१० कठारस्थित भित्री सडक खण्डमा मोटरसाइकलले च्यापेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान पौने ६ बजे ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलले खुट्टा च्यापिएको अवस्थामा खैरहनी–१० बस्ने ३४ वर्षीय दिलिप चौधरी मृत फेला परेका हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

पृथ्वीको दिगो भविष्य रक्षाका लागि विश्वका नीति निर्माताहरूबीच वार्ता आवश्यक : प्रधानमन्त्री

काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भएपनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताउँदै पृथ्वीको दिगो भविष्य रक्षाका लागि विश्वका सांसदहरू र नीति निर्माताहरूबीच वार्ता गर्नुपर्ने आवश्यकता औल्याएका छन् । जनवायु परिवर्तन र दिगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन सामाजिक–आर्थिक र वातावरणीय कल्याणका लागि ठूलो चुनौती भएको बताए ।  विश्वव्यापी खतराको रूपमा विकसित भइरहेको जलवायु परिवर्तनले विकासका सम्भावनाहरूमा गम्भीर अवसर पार्ने उल्लेख गर्दै उहाँले अति कम विकसित मुलुकहरू जलवायु परिवर्तनको प्रभावबाट बढी जोखिममा रहेको स्पष्ट पारे।  “हाम्रा जनता पहिरो, बाढी, जङ्गलको डढेलो, हीम पहिरोको प्रकोप, खडेरी आदिजस्ता जलवायुजन्य प्रकोपबाट नराम्ररी प्रभावित भएका छन्,” उनले भने, “जोखिममा परेका त्यस्ता मुलुकका जनतालाई आर्थिक र प्राविधिक सहयोगको आवश्यकता छ, त्यस विषयमा संसारको ध्यान जानुपर्छ ।”  जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने योजनाहरू कार्यान्वयन गर्ने प्रयासमा गम्भीर वित्तीय र प्राविधिक खाडलहरू देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पारिस्थितिकी प्रणाली र जलवायु परिवर्तनसँग जनतालाई लचिलो बनाउन एवं स्थानीयस्तरमा जलवायु अनुकूलन गर्नेगरी योजनाएर कार्यान्वयन गर्नका लागि थप स्रोतहरू जुटाउनुपर्ने आवश्यकता रहेको बताए।  जलवायु न्यायको पक्षमा वकालत गर्न र पारिस्थितिकी प्रणाली, मानिस र पृथ्वीको दिगो भविष्य रक्षाका लागि विश्वका सांसदहरू र नीति निर्माताहरूबीच वार्ता गर्नुपर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सहज तवरले हानी र नोक्सानी कोष कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।  अध्यक्ष प्रचण्डले भने, “एक सय बिलियन अमेरिकी डलरको जलवायु वित्त दायित्व पूरा गर्न, हरित जलवायु कोषमार्फत जलवायु कार्यहरूलाई गति दिन तथा अतिकम विकसित मुलुकको पहुँच विस्तार गर्न र त्यसको कार्यान्वयनमा जोड दिन चाहन्छु ।”  अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा प्रधानमन्त्री प्रचण्डले विकसित अर्थतन्त्र र अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूलाई सहयोग गर्न आग्रहसमेत गरे।  स्वच्छ ऊर्जा सुरक्षित गर्न र ४५ प्रतिशत वनले ढाकेको जमिनलाई कायम राख्न नेपाल पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल पेरिस सम्झौताप्रति पूर्ण प्रतिबद्ध छ । हामी सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्न प्रतिबद्ध छौँ ।”

Bedtime Mistake: सेक्स गर्दा पाद त आउँदैन ?

कतिपय अवस्थामा आफ्नो यौन जीवन आफूलाई पूर्ण लागे पनि भित्र भित्रै यसमा केही जटिलताहरू रहेका हुन्छन् । धेरै जसो अवस्थामा शयन कक्षमा गरिने सामान्य गल्तीले पनि यौन जीवन बिस्तारै बिस्तारै तहस नहस पारिरहेको हुनसक्छ । सामान्यतया शयनकक्षमा सामान्य जस्ता लाग्ने केही गल्तीका कारण लज्जित मात्रै हुन पर्दैन बरु यसले यौनसाथीको हेलाको समेत शिकार बन्नु पर्ने हुनसक्छ । आज हामीले यस्तै केही सामान्य गल्तीहरूबारे चर्चा गरेका छौं जसलाई शयन कक्षमा गर्नाले समस्याहरू आइलाग्न सक्छन्: यौनक्रियाकै क्रममा शौच आउनु शौचलाई अंग्रेजीमा ‘नेचर्स कल’ पनि भन्ने गरिन्छ । शायद यो हाम्रो भन्दा पनि प्रकृतिको वशमा बढी हुने भएकाले यसो भनिएको होला । यौनक्रियाको क्रममा पिसाप लाग्नु सामान्य कुरा हो । विशेष गरेर महिलाहरूलाई ‘चरम आनन्द’ हुने अवस्थामा या त्यसभन्दा केही अगाडि पिसाब लागेजस्तो हुने गर्दछ तर यो पिसाब नै लागेको भने होइन । खासमा योनीभित्र लिङ्गको रहेका बेला मूत्रथैलीमा पर्ने दबाबका कारण यसो महसुस हुने हो । तर धेरै महिलाहरूले यसलाई पिसाब लागेको ठानेर शौचालय जाने गर्दछन् । जसले उनको यौन साथीलाई नराम्रो महसुस हुनसक्छ । यौन विशेषज्ञहरूका अनुसार यस्तो दबाबका कारण कतिपय अवास्त्थामा त केही थोपा तरलपदार्थ चुहिए जस्तो पनि लाग्न सक्छ तर त्यसलाई पिसाब नै मान्नु भने भूल हुने उनीहरू बताउँछन् । यस्तो समस्याबाट मुक्ति पाउन यौन सम्पर्क राख्नुभन्दा पहिले पिसाब फेर्ने गर्नु राम्रो हुन्छ । पुरुषका तर्फबाट पनि हुनसक्छन् यस्ता गल्ती यौनलाई कुनै पनि जोडीका बीच स्वास्थ्य सम्बन्धको आधार मान्ने गरिन्छ । यसले महिला र पुरुषबीच शारीरिक सामीप्यता मात्र बढाउँदैन बरु यसले भावनात्मक सम्बन्ध समेत सुद्रिध हुने गर्दछ । यौनको मामिलामा पुरुषहरू महिलाहरू भन्दा धेरै नै प्रयोगवादी हुने गर्दछन् । यसो गर्दा उनीहरूले थुप्रै यस्ता गल्तीहरू गर्न सक्छन् जसले उनीहरूको यौन जीवनलाई मात्र होइन आफ्नो महिला साथीसँगको सम्बन्धलाई समेत प्रभाव पार्न सक्छ । पुरुषहरूले यौनक्रियाको क्रममा निम्नानुसार गल्ती नगर्नु नै राम्रो हुन्छ: चरमसुखबारे सोध्नु: नारी शरीरको संरचना निकै जटिल हुने भएकाले हरेक महिलालाई चरमसुखको अनुभूति नहुन सक्छ । त्यसैले सेक्सको दौरान बारम्बार आफ्नो महिला साथीलाई ‘चरमसुख’को बारेमा प्रश्न गर्नाले उनी चिढिने सम्भावना हुन्छ । कतिपय पुरुष सेक्सका क्रममा निकै आक्रामक हुने गर्दछन् र उनीहरू आफ्नो आक्रामक खालको यौन क्रियाकलापले आफ्नो यौन साथीलाई बढी चरमसुख प्राप्त होला भन्ने भ्रममा रहेका हुन्छन् । यसो गर्दा कतिपय अवस्थामा महिला घाइते हुने अवस्था समेत आउन सक्छ । स्तन टोक्नु कतिपय मानिस यौनक्रियाको क्रममा महिलाको स्तन तोकेमा उनलाई बढी सन्तुष्टि हुन्छ भन्ने भ्रममा हुन्छन् तर यसो सोच्नु नितान्त गलत हो । यस्तो अवस्थामा आफैं निर्णय लिनुभन्दा आफ्नो महिला साथीको राय लिनु उचित हुने गर्दछ । पुरुषहरू स्वभावले नै बढी प्रयोगवादी हुन्छन् तर यसबारे महिला साथीको धारणा के छ भनेर बुझ्नु नै राम्रो हुन्छ । प्राक्क्रीडा नगर्नु यौन सम्बन्ध थाल्नुपूर्व प्राक्क्रीडा अत्यावश्यक भएपनि कतिपय पुरुष यसलाई अनावश्यक ठान्ने गर्दछन् । तर यसले यौन इच्छा बढाउने मात्र होइन दुबैलाई पूर्ण रूपमा चरमसुखको अवस्थामा पुग्न मद्दत गर्छ । सेक्सको दौरान पाद्नु कहिले काहीं यौन सम्पर्कका क्रममा दुवैमध्ये कुनै एक जनाले अपानवायु छोड्छ अर्थात पाद्छ यसले अर्को यौनसाथीको मनमा घृणाको भाव उत्पन्न हुन्छ र यसले यौनक्रियाप्रतिको समर्पण कम हुन जान्छ । त्यति मात्र होइन यदि यौनक्रियाको क्रममा पेट हुँडलिएर आउँदा पनि एकै छिनमा उत्तेजना समाप्त हुनसक्छ । यसको सबै भन्दा सरल समाधान भनेको यस्ता प्रक्रियालाई सामान्य प्राकृतिक प्रक्रिया मानेर अघि बढ्नु नै हो । यसैमा केन्द्रित भएर सोच्न थाले यौन जीवन नै बर्बाद हुन सक्छ । कण्डम भित्रै छुट्याे भने यौन सम्पर्कको क्रममा कण्डम चिप्लिएर भित्र छुट्न सक्छ । यदि यो बाहिर नै छ भने त यसलाई सजिलै झिक्न सकिन्छ तर यदि ‘पेनेट्रेसन’ निकै गहिरो थियो भने लिङ्ग बाहिर झिक्दा कण्डम भित्रै अड्केको हुनसक्छ । यो जटिल अवस्था पनि हुनसक्छ । यस्तो बेला महिलाले आत्तिएर योनीलाई झनै कसिलो बनाइन भने कण्डम झनै भित्र फस्न सक्छ । यसका लागि टुक्रुक्क बसेर औंला योनीभित्र पसालेर त्यसलाई झिक्न सकिन्छ । यदि यसो गर्दा पनि त्यो निस्किएन भने कुनै स्त्री रोग विशेषज्ञको सहायता लिनु पर्ने हुनसक्छ ।

खोलाले मोटरसाइकल बगाउँदा २ जनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सीमामा पर्ने रम्मा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । गयराती खोलामा आएको बाढीले मोटरसाइकलमा सवार मुसिकोट नगरपालिका ४ का ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ की अन्दाजी ३३ बर्सिया निर्मला थापा केसीलाई बगाउँदा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलका अनुसार वडा नम्बर ७ को साँखबाट मासु लिएर वडा नम्बर ६ को कानेवाङ तर्फ आइरहेका उनीहरूलाई खोला तर्ने क्रममा मोटरसाइकल सहित बगाएको थियो । उनीहरु दुवैजनाकाे शव खाेलामै माेटरसाइकल र ढुंगाले च्यापिएकाे अवस्थामा फेला परेकाे थियाे । भारी वर्षाका कारण उक्त खोलामा ठुलो बाढी आएको थियो । मध्यपहाडी लोकमार्गमा पर्ने यो खोला खहरे खोला हो । मृतक मध्ये निर्मलाकाे शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएकाे छ भने सर्जनकाे शव ल्याउने क्रममा रहेकाे डिएसपी पाेखरेलले बताउनुभयाे । 

भ्रष्टाचार गर्नेको अनुहार हेरेर क्षमा नदिने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचार गर्नेलाई अनुहार हेरेर क्षमा दिने काम सरकारले नगर्ने दाबी गरेका छन् ।मंगलबार संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले उक्त दाबी गरेका हुन् । समृद्ध नेपालः सुखी नेपाली बनाउने सरकारको अभियानमा भ्रष्टाचार खतरनाक तगारोको रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको अन्त्य गर्न सरकार दृढतापूर्वक लागिपर्ने बताए । नेपाल सरकारको भ्रष्टाचार सम्बन्धि शुन्य सहनशीलता, म भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न भन्ने स्पिरिट रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसमा तलमाथि हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे। उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा कसैप्रति पूर्वाग्रह नराख्ने अडान पनि राखे । कसैलाई दुःख दिने नियतका साथ सरकारले कुनै पनि काम नगर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

राजनीति नसुधारी अन्य क्षेत्र सुधार्न असम्भव : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको बताएकी छन् । बिहीबार काठमाडौंमा नेपाल साहित्यिक पत्रकार संघको १८औँ स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले राजनीति देशको मूल नीति भए पनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको बताइन् । उनले राजनीति देशको माउ नीति भएको राजनीति नसुधारिकन अन्य क्षेत्र सुधार गर्छु भनेर सम्भव नरहेको बताइन् । उनले राजनीतिलाई सुधार गर्न सबैले सोच विचार गर्न आवश्यक रहेको बताइन् । मन्त्री शर्माले साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुुनपर्नेमा जोड दिइन् । उनले अहिले समाज भ्रष्टीकरणमा गइरहेको बताए । उनले सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारीलाई पूरा गर्नु सबै नागरिकको दायित्व भएको बताइन् ।  मन्त्री शर्माले भनिन्, “आज आएर राजनीतिभन्दा किन सबैले नाक खुम्च्याउने विषय बन्दैछ । आखिर राजनीति त देशको मूल नीति हो । यो माउ नीति हो । यो मुल नीति, माउ नीति नसच्चिएसम्म यो नसुध्रिकन अरु तमाम क्षेत्र सुधार्छु भनेर सम्भव छैन । त्यसकारण यसलाई कसरी सुधार गर्ने, कसरी अघि बढाउने भन्ने विषयमा हामी सबैले घोत्लिएर सोच्नुपर्ने हो कि । हिजो जसरी समाज परिवर्तनमा तपाईंहरुले हामीलाई हात समाएर डो¥याउनुभयो । त्यसैगरी आज पनि आवश्यकता छ । अहिले समाज जुन ढंगले स्खलित भएको छ, जसरी भ्रष्टीकरणमा जान खोज्दै छ । सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारी हाम्रो हो । साहित्य क्षेत्रमा लाग्नुभएका व्यक्तिहरुले प्ररित गर्नुपर्ने हुन्छ ।’  

४८ जना उपसचिवको सरुवा, को कहाँ ? हेर्नुहोस् सूची

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ४८ उपसचिवको पदस्थापन तथा सरुवा गरेको छ। मन्त्रालयका अनुसार अतिरिक्त समूहमा रहेका २० जना उपसचिवलाई प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकृतमा सरुवा गरिएको छ। हालै शाखा अधिकृतबाट उपसचिव भएका ३४ जनालाई पदस्थापन गरिएको हो। उनीहरूलाई पदस्थापन गर्नुपर्दा त्यहाँ कार्यरत १४ जनालाई सरुवा गर्नुपरेको मन्त्रालयका एक उच्च अधिकृतले जानकारी दिए। को कहाँ 

कतारी अमिरले कतार पुगेर गरे नेपाल र नेपालीको प्रशंसा

काठमाडौं । मध्यपूर्वको इतिहासमै पहिलो ठुलो भ्रमणको रुपमा नेपाल आएका कतारका अमिरले नेपाल र नेपालीको खुलेर प्रशंसा गरेका छन। दुई दिने नेपाल भ्रमण सकेर आज आफ्नो देश कतार पुगेपछि कतारी अमिरले ट्वीट गर्दै नेपाल र नेपालीको प्रशंसा गरेका हुन्।   उनले ट्वीट गर्दै आफ्नो पहिलो नेपाल भ्रमणमा गरिएको आतिथ्यका लागि नेपाल र नेपालीको प्रशंसा गर्दै सम्पूर्ण नेपालीलाई धन्यबाद दिएका छन्। नेपालको प्राचिन इतिहासका केही अंशका बारेमा जान्ने मौका दिएको र न्यानो आतिथ्य गरेको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको पनि खुलेर प्रशंसा गरेका छन्।   नेपाल भ्रमणको क्रममा भएका समझदारी र सम्झौतालाई कार्यान्वयन गरेर नेपाल र कतारबीचको आर्थिक सम्बन्धलाई विकास गर्ने र द्रिपक्षीय सहयोगलाई समेत नयाँ उचाईमा पुर्याउने प्रतिबद्दता समेत जनाएका छन्।   كل الشكر والتقدير لنيبال وقادتها وشعبها على الحفاوة خلال زيارتي الأولى لهذا البلد الصديق، والتي أتاحت لي التعرف على جانب من تاريخه العريق، والتباحث مع الرئيس رام شاندرا بوديل ورئيس الوزراء بوشبا كمال دهال بشأن تطوير علاقاتنا الاقتصادية وتعزيزها بشراكات متنوعة ترتقي بالتعاون… pic.twitter.com/TYbdZqdBme — تميم بن حمد (@TamimBinHamad) April 24, 2024

शहरी विकास मन्त्री बुढा र काठमाडौका मेयर बालेन शाहबीच छलफल

काठमाडौ । शहरी विकास मन्त्रि धनबहादुर वुढा  र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहबीच नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल भएको छ । शहरी विकास मन्त्री बुढा र काठमाण्डौका मेयर  शाहबीच मंगलवार सिहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहोर व्यवस्थापनका लागि दिर्घकालिन योजनामा काम गर्ने र आपसी सहकार्यवाट अघि वढ्ने विषयमा छलफल भएको हो । तत्कालका लागि स्थानियहरुको सरोकारलाई सम्बोधन हुने गरि बन्चरेडा“डामा फोहर व्यवस्थापन गर्ने र उनीहरुको माग सम्वोधन गर्ने विषयमा शाहसँग मन्त्रीले मिलेर अघि वढ्न प्रस्ताव गरेका थिए । मेयर शाहले फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै उनले महानगरले केही वडावाट  शुन्य फोहोर कार्यक्रम शुरु गर्न लागेको र यसमा मन्त्रालयको सहयोग मागेका थिए ।   भेटमा मेयर शाहले बन्चरे डा“डास्थित ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरि फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताए । मन्त्री बुढाले बन्चरेडा“डामा जाने फोहरको परिमाणलाई कम गर्न आफुले मातहतका निकायलाई निर्देशन दिइसकेको भन्दै फोहर व्यवस्थापनको दिर्घकालिन समाधानमा काठमाण्डौ र ललितपुर महानगरपालिकास“ग मन्त्रालयले समन्वय र सहकार्य गर्न चाहेको उल्लेख गरे । मन्त्रालय मातहत निकायबाट काठमाण्डौं महानगरपालिकाभित्र भइरहेका कामलाई प्रभावकारी बनाउन तथा विकास निर्माणलाई गति दिने विषयमा मन्त्री बुढाले मेयर शाहस“ग सुझाव समेत मागे । ‘संघिय सरकार स्थायित्व यहा“लाई थाह नै छ, तर स्थानिय सरकारले आफ्नो पुरा कार्यकाल काम गर्न पाउने भएकाले काठमाण्डौंको विकासमा महानगरपालिकाले गर्न चाहेका विकास निर्माणको काममा हामी हातेमालो गरेर अघि बढ्न तयार छौ ’ उनले भने ‘शुन्दर, सफा र व्यवस्थित राजधानी बनाउने अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्छ ।’ जवाफमा मेयर शाहले काठमाण्डौं उपत्यकामा ट्राफिक जामको व्यवस्थापन र उपत्यकाका खोला किनारमा रहेका अवव्यवस्थित बस्तीहरुलाई हटाउनका लागि आवश्यक समन्वय गरेर अघि बढ्न आग्रह गरे । काठमाण्डौंको ट्राफिक जामलाई कम गर्न नया“ प्रविधि ‘पोड वे’ को सम्भाव्यतावारे समेत मन्त्री बुढाले चासो राखेका थिए । मेयर शाहले विकसित मुलुकहरुमा समेत पोड वे सफल भएको उदाहरण आफुले नदेखेका भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर अघि बढ्न मन्त्री बुढालाई सुझाव दिए । छलफलमा मेयर बालेनले  काठमाण्डौ उपत्यकाको जाम कम गर्न बानेश्वर, लैनचौर जस्ता बढी जाम हुने क्षेत्रमा पलाईओभर वा अण्डरपास  बनाउन सके राजधानीवासीलाई ठुलो राहत हुने बताए । छलफलमा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे र स्थानीय पूर्वाधार  विभागका महानिर्देशक भरत अर्याल लगायत छलफलमा सहभागी भएका थिए ।