नुवाकोट क्षेत्र न.एकमा एमाले रक्षात्मक,गठबन्धन भारी
काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन मंसिर ४ गते हुँदैछ । नुवाकोट क्षेत्र न।एकमा प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका उम्मेदवार हित बहादुर तामाङ नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत पाँच दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् भने प्रदेश क मा गठबन्धनबाट माओबादी उमेद्द्वार राधिका तामाङ र प्रदेश ख मा कांग्रेसबाट रमेश कुमार महत उमेद्द्वार रहेका छन् । एमालेका उम्मेदवार क्षेत्र एकमा बद्रि मैनाली रहेका छन् भने प्रदेश क मा शुशील खड्का र ख मा पूर्ण दास श्रेष्ठ उमेद्द्वार रहेका छन् ।
नुवाकोट क्षेत्र एक को चुनावी प्रतिस्पर्धामा एमाले रक्षात्मक अबस्थामा रहेको छ भने गठबन्धन भारी मतका साथ धेरै अगाडी रहेको पाउन सकिन्छ । नुवाकोट क्षेत्र एक मा सात पालिका रहेका छन् । दुप्चेश्वर गाउँपालिका,तादी गाउँपालिका, शिवपुरी गाउँपालिका,पन्चकन्या गाउँपालिका,लिखु गाउँपालिका,ककनी गाउँपालिका र सुर्यगढ़ी गाउँपालिका यस क्षेत्रमा पर्दछन । गएको स्थानीय तहको निर्वाचन मत परिणामले पनि गठबन्धन अधिक मतका साथ अगाडि रहेको देखाउँछ । स्थानीय चुनावमा सात पालिका रहेको यस क्षेत्रमा शिवपुरी गाउँपालिका र सुर्यगढ़ी गाउँपालिकाबाहेक ५ वटा पालिकामा कांग्रेस,माओबादी र एमालेले एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गरेका थिए ।
जस अनुसार दुप्चेश्वर गाउँपालिका,पन्चकन्या गाउँपालिका र ककनी गाउँपालिकामा माओबादीले अध्यक्ष र उपाध्यक्ष जितेको छ भने शिवपुरी गाउँपालिका र तादी गाउँपालिकामा उपाध्यक्ष जितेको छ । कांग्रेसले लिखु गाउँपालिका र सुर्यगढ़ी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ भने शिवपुरी गाउँपालिका र तादी गाउँपालिकामा अध्यक्ष जितेको छ । सात पालिका रहेको यस क्षेत्रमा गएको स्थानीय तहको निर्वाचनमा एमालेले कुनै पालिकामा जित निकाल्न सकेन ।
करिव १ लाख २० हजार मतदाता रहेको यस क्षेत्रमा ७५ देखि ८० हजार मत खस्ने अनुमान गरिएको छ । यस क्षेत्रमा कांग्रेसको मत करिव २७ हजार रहेको छ भने माओबादीको पनि २४ हजार रहेको छ । तर एमालेको मत भने १७ हजार रहेको छ । यस क्षेत्रमा एकीकृत समाजवादीको ५ हजार,राप्रपाको ५ हजार र अन्य पार्टीको करिव ४ हजार मत रहेको पाउन सकिन्छ । यस क्षेत्रमा रहेका करिव २५ हजार मतदाता देश बाहिर रहेको अनुमान छ भने करिब २० हजार मतदाता मतदानमा सहभागी नहुने अनुमान गरिएको छ ।
यसरी हेर्दा स्थानीय चुनावमा प्राप्त मतको आधारमा गठबन्धन एमालेभन्दा करिब ३८ हजार मतले अगाडि छ । जसका कारण एमालेका बद्रि मैनालीलाई निर्वाचित हुन अति चुनौतिपूर्ण छ भने माओवादीका हित बहादुर तामाङलाई निर्वाचित हुन अति सहज रहेको छ । यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनका उमेद्द्वारको जित सुनिस्चित रहेको छ ।
बालेनले कटाए ४४ हजार मत
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार साहले ४४ हजार १ सय ८३ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २५ हजार ८ सय ३५ मतसहित दोस्रो स्थानमा छिन्। एमालेबाट प्रमुखका उम्मेदवार केशव स्थापितले २५ हजार २२ मत प्राप्त गरेका छन्। उपप्रमुखमा भने एमालेकी सुनिता डंगोल लगभग तेब्बर मतान्तरसहित अगाडि छिन्। उनले ४५ हजार ८ सय ७५ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५ हजार २ सय ८२ मत प्राप्त गरेका छन्।
भरतपुरमा रेनुको ६,५०० ले अग्रता, १ देखि १४ वडाको सकियो गणना
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६ हजार ५०० मतको अग्रता कायम गरेकी छन् । ७९ हजार ९१० मतको गणना गर्दा रेनुले ३१ हजार १२२ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २४ हजार ५८२ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाएका छन् । त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १४ हजार ४२७ मतको अग्रता लिएका छन् । उनले ३३ हजार ५३१ मत पाउँदा राप्रपाकी उम्मेदवार हिमला गुरुङले १९ हजार १०४ मत पाएकी छन् । भरतपुरमा अहिलेसम्म वडा नम्बर १ देखि १४ सम्मको गणना सकिएको छ । वडा नम्बर १५ र १६ को मतगणना भइरहेको छ । यहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको एउटा गठबन्धन छ भने एमाले र राप्रपाले पनि गठबन्धन बनाएका छन् ।
मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समतल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
सात दिनमा प्रतितोला ११ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । यो साता सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको भाउ ११ सय रुपैयाँले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख १५०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । जुन, शुक्रबारसम्म १५ सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४०० रुपैयाँ छ । साताको आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार बढेको थियो । यस्तै, मंगलबार ओरालो लागेर तोलामा १ लाख २ हजार १०० रुपैयाँ तथा बुधबार १ लाख ६०० रुपैयाँ तोकिएको थियो । जुन, बिहीबार प्रतितोला १ लाख ९०० रुपैयाँ कायम हुँदा शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यसैगरी, यो साता चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । गत साताको शुक्रबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साताको शुक्रबार १३ सय ६० रुपैयाँमा आइपुगेको महासंघले जानकारी दिएको छ ।
माओवादीले स्थापित गरेका २३३ प्रमुख उपलब्धीहरू (पूर्णपाठ)
काठमाडौं। माओवादी जनयुद्धको जगबाट सुरु भएको २०६२–०६३ को जनआन्दोलनले झण्डै अढाई सय वर्ष इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर गणतन्त्र स्थापित गर्यो। यहीबाट वर्तमान राज्य व्यवस्थाको जग बसाइएको हो। संविधान निर्माणपछि यतिबेला मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीको अभ्यासमा छ। स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहमा सरकार बने। दशकौंपछि जनताले आफ्ना जनप्रतिनिधि पाए। सरकार खोज्दै दूरदराजका जनतालाई काठमाडौंको सिंहदरबार धाउनुपर्ने अवस्था छैन। केही विकृति देखिए पनि जनतासँग प्रत्यक्ष जोडिएका स्थानीय तह छन्। पिछडिएको क्षेत्र, महिला, दलितको प्रतिनिधित्व बढेको छ। सडक, स्वास्थ्य, शिक्षा, बिजुलीलगायत जनताका आधारभूत आवश्यकता पूरा हुँदै छन्। २०६५ मा प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएपश्चात् सरकारले नयाँ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्यो। २०६४ यता माओवादीको नेतृत्वमा ३ वटा सरकार बने, अरू संयुक्त सरकारमा माओवादीका मन्त्रीहरूले नतिजामुखी काम गरे। संघीयतापूर्वका राजनीतिक एवं प्रशासनिक संरचनाहरू निकायहरू थिए, तह थिएनन्। निकायहरू आफै स्वायत्त हुँदैनन्, तिनीहरू माथिल्लो संरचनाको अधिनस्थ हुन्छ। एक प्रकारले भन्दा ती संरचनाहरू प्रशासनिक कामलाई सहज तुल्याउन खडा गरिएका मेसिनरी नै थिए। न तिनीहरू जनसेवा, विकास निर्माण र आर्थिक समृद्धिको आकांक्षा थियो, न अधिकार नै। यस अर्थमा संघीयताअघि बडा गरिएका संरचनाहरूले आर्थिक भार मात्र थोपर्थे, परिणाम दिँदैनथे। अहिले परिस्थिति फेरिएको छ। मुलुक एकात्मक प्रणालीबाट संघीयतामा गएपछि भौतिक एवं मानवीय विकास क्षेत्रमा गुणात्मक परिवर्तन आएको छ। एकाध भ्रष्टाचार, कमिसनखोर र अख्तियारको दुरुपयोगबाहेक स्थानीय तहका जनप्रतिनिधिहरू जनताको घरदैलोमा छन्। उनीहरूले कृषि, घरेलु उद्योग, स्वरोजगार, सीपमूलक तालिम, आयआर्जनका कार्यक्रममा जनतालाई प्रत्यक्ष सेवा दिइरहेका छन्। यदि माओवादीले संघीयताको मुद्दालाई दह्रोसँग नबोकेको भए मुलुकमा यस्तो परिवर्तन हुँदैन थियो। यस अर्थमा जो जुनसुकै पार्टीबाट निर्वाचित भए पनि त्यसको श्रेय माओवादी केन्द्र र माओवादी आन्दोलनलाई जान्छ। यस्ता छन् माओवादी आन्दोलनका प्रमुख उपलब्धीहरू विषय प्रवेश नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक आलोकद्वारा निर्देशित नेपालका सर्वहारारश्रमजीवी वर्गको प्रतिनिधि पार्टी हो । १० वर्ष लामो महान् जनयुद्ध र विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग, पेशा र समुदायका न्यायपूर्ण आवाजहरूको प्रत्यक्ष नेतृत्व गरेको यस पार्टी नेपालका मजदुर, किसान, सुकुम्बासी, बुद्धिजीवी, पेशाकर्मी, महिला, दलित, मधेशी, मुस्लिम लगायत सम्पूर्ण उत्पीडित वर्ग, समुदाय र वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूको पार्टी हो । जनताको अधिकार र मुक्ति एवं राष्ट्रको स्वाधीनता र समृद्धिका लागि हजारौं सहिदको रगतबाट जन्मिएको यो पार्टी नेपाली जनताको हित र अधिकार चाहने एक मात्र क्रान्तिकारी र जनमुखी पार्टी हो । यो व्यवस्था परिवर्तनसँगै जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सम्पूर्ण रूपले संघर्ष गरिरहेको एवं वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षधर पार्टी हो । माओवादी केन्द्रकै संघर्ष र बलिदानीका कारण आज सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको छ, जनताले आफ्नै आँगनमा सरकारको प्रत्यक्ष अनुभूति गर्न पाएका छन् । माओवादी आन्दोलनकै कारण देशमा राजनीतिक, सामाजिक, आर्थिक र विविध प्रकृतिका अधिकारहरू स्थापित भएका छन् । तसर्थ, नेपाल बुद्धिजीवी संगठन माओवादी आन्दोलनको बलमा स्थापित निम्न अधिकार र उपलब्धीहरूको गहन अध्ययन गरी जनताको पार्टी नेकपा ९माओवादी केन्द्र० लाई विजयी गराउन सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछ । प्रमुख उपलब्धीहरू माओवादी आन्दोलनद्वारा प्राप्त अधिकार र उपलब्धीहरू अद्वितीय छन्, ती सबै उपलब्धीहरूको चर्चा गर्न सम्भव छैन । यहाँ माओवादी आन्दोलनका योगदान र त्यसमार्फत् प्राप्त भएका मुख्य उपलब्धीलाई बुँदागत रूपमा निम्नानुसार उल्लेख गरिएको छ । (क) राजनीतिक उपलब्धी १. माओवादीको नेतृत्वमा २०५२–०६३ सम्म सञ्चालित महान् जनयुद्ध र त्यसको जगमा उठेको ऐतिहासिक जनआन्दोलनको बलमा देशमा विद्यमान २५० वर्ष पूरानो सामन्ती राजतन्त्रको अन्त्य भई देशमा गणतन्त्रको स्थापना भएको छ । २.वि.सं. २०७२ सालमा जारी भएको संविधानमा समाजवादउन्मुख राज्य निर्माणको संवैधानिक व्यवस्था गरिएको छ । यसले समाजवादको दिशामा अगाडि बढ्ने वैधानिक ढोका खोलिदिएको छ । ३. माओवादीको प्रस्ताव र नेतृत्वमा एकात्मक राज्य प्रणालीको अन्त्य भई देशमा संघीयता स्थापना गरी सिंहदरबारको अधिकार गाउँ–गाउँमा प्रत्यायोजन गरिएको छ । ४. माओवादीकै नेतृत्वमा देशमा विद्यमान वर्गीय, जातीय, लिंगीय उत्पीडन र भेदभाव अन्त्य गरिएको छ । ५. माओवादीकै कारण देश एकात्मक प्रतिनिधित्व अन्त्य गरी समानुपातिक एवं समावेशी प्रतिनिधित्व स्थापित गरिएको छ । ६. माओवादीको नेतृत्वमा १० वर्ष लामो जनयुद्धलाई राजनीतिक उपलब्धी संस्थागत गर्ने कार्यभारसहित स्थायी शान्तिमा रूपान्तरित गरिएको छ । द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया मुख्यतः निष्कर्षमा पुगेको छ । ७. नेपाली सेना र जनमुक्ति सेनाको समायोजन गरी नेपाली सेनाको लोकतान्त्रिक र व्यवसायीकरणका निम्ति माओवादीले निर्णायक भूमिका खेलेको छ । ८. माओवादीकै पहलमा सत्य निरुपण र बेपत्ता आयोगको गठन भएको छ । आयोगहरूले द्वन्द्वपीडितहरूको पुनर्स्थापना, राहत, न्याय निरूपण र मेलमिलापको क्षेत्रमा महत्वपूर्ण कामहरू गरिरहेका छन् । ९. दश वर्षको युद्धमा बलिदानी दिने सहिदहरूलाई राष्ट्रिय शहिदको घोषणा गरी तिनका परिवारलाई क्षतिपूर्ति, राहत, भरणपोषण र शिक्षादीक्षाको व्यवस्था गरिएको छ । १०. माओवादीकै नेतृत्वमा द्वन्द्वबाट बिस्थापित नागरिकहरुको पुनस्र्थापना र राहतको व्यवस्था गर्दै सामाजिक पुनर्मिलन स्थापित गरिएको छ । ११.जनताको निरन्तर संघर्ष र मुख्यतः माओवादीले सञ्चालन गरेको जनयुद्धको बलमा विश्वका संविधानमध्ये उत्कृष्ट र प्रगतिशील संविधान जारी गरिएको छ । १२.राजनीतिक प्रणालीमा सहमति, सहकार्य र एकताको सुत्रपात गरिएको छ । एउटै राजनीतिक प्रणालीभित्रका बिमतिहरू सम्वादको प्रक्रियाद्वारा निष्कर्षमा पुर्याउन सकिने संस्कृतिको जग बसाल्दै हरेक समस्याको समाधान माओवादी र यसको नेतृत्व रहेको प्रमाणित गरिएको छ । १३. माओवादीको नेतृत्व र योजनामा सम्पूर्ण राजतन्त्रीय संरचनाहरूको खारेजी गर्दै गणतान्त्रिक मूल्य–मान्यता र ढाँचामा रूपान्तरित गरिएको छ । १४. जनयुद्धको बलमा अर्धसामन्ती एवं अर्धऔपनिवेशिक चरित्रमा परिवर्तन आएको छ । स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्र र समानता एवं पारस्पारिक लाभका आधारमा राष्ट्रिय स्वाधीनता सुदृढ गरिएको छ । १५. देशको प्रगति, विकास र राष्ट्रिय समस्याको समाधानका निम्ति माओवादी पार्टी र यसको नेतृत्वले लगातार सकारात्मक योगदान गरिरहेको छ । १६. माओवादीले नयाँ नेपालको मार्गचित्र प्रस्तुत गर्यो, जसमा पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति, पूर्व–पश्चिम पहाडी लोकमार्ग, तराईमा हुलाकी राजमार्ग, पूर्व–पश्चिम र उत्तर–दक्षिण रेलमार्ग, प्रत्येक प्रदेश जोड्ने उत्तर–दक्षिण लोकमार्ग, चीन–भारत दुवै छिमेकसँग जोड्ने नाकाहरू सञ्चालन एवं स्तरोन्नति, ठूला जलविद्युत आयोजनाको निर्माण र विद्युत निर्यात, फास्ट ट्रयाक र बैकल्पिक लोकमार्गको निर्माण एवं बिस्तार, स्मार्ट सिटीहरूको अवधारणा र आधुनिक शहरीकरण लगायतका भौतिक विकासको परिकल्पना सम्मिलित थिए । हाल नेपालमा भौतिक विकासका क्षेत्रमा जे–जति परिकल्पनाहरू कार्यान्वयनमा छन्, ती सबैमा ‘नयाँ नेपालको माओवादी मार्गचित्र’ नै प्रतिविम्बित भएको प्रष्ट छ । १७. पहिलो गणतान्त्रिक सरकारले ठूला पूर्वाधार विकासको कामलाई तीव्रतापूर्वक अगाडि बढाएका कारण २५० वर्ष लामो सामन्तीकालमा भन्दा बढी पूर्वाधार पछिल्लो १५ वर्षमा विकास भएको छ । १८. राज्यको व्यापक पुनर्संरचना गर्दै ७५३ स्थानीय तहको निर्माण गरी ती स्थानीय तहमा निर्वाचनसमेत सम्पन्न गरी अधिकारसम्पन्न स्थानीय सरकारहरू गठन गरिएका छन् । १९. माओवादीको नारा ‘गाउँ–गाउँमा सिंहदरबार’ कार्यान्वयनमा आएसँगै स्थानीय तहमा पूर्वाधार विकासको कामले तीव्रता पाएको छ । जनताले चुक्ता गरेको करको ठूलो हिस्सा पूर्वाधार विकासमा लगानी भएको छ । २०. देशमा सात वटा संघीय सरकारको निर्माण भई ती सरकारहरूले प्रादेशिक विकासको नीति, योजना र कार्यक्रमलाई तीव्रता दिएका छन् । २१.शिक्षाको हक, स्वास्थ्यको हक, आवासको हक, रोजगारीको हक लगायतका ३० भन्दा बढी हकहरूलाई संविधानमा मौलिक हकका रूपमा स्थापित गरिएको छ । २२.देशव्यापी राष्ट्रिय जागरणको नेतृत्व माओवादीले गर्यो, जसका कारण पिँधमा परेका वर्ग, जाति, लिंग र समुदाय राज्यको नीति निर्माणको तहमा स्थापित भएका छन् । २३. सुशासन र विकासका निम्ति प्रतिक्रियावादी वर्गसँग निरन्तरको संघर्षका कारण जनतामा व्यापक जागरण र सुशासनका निम्ति सकारात्मक खबरदारीको वातावरण निर्माण भएको छ । २४. राज्यका सबै तह र अंगहरूमा महिलाको न्यूनतम ३३ प्रतिशत प्रतिनिधित्व स्थापित गरिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने अवस्था गरिएको छ । सभामुख र उपसभामुखका साथै राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षमध्ये एक जना अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरिएको छ । २५. स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये १ जना महिला अनिवार्य गरिएको छ । वडामा १ दलित महिलासहित २ जना महिला निर्वाचित हुने व्यवस्था गरिएको छ । साथै गाउँ कार्यपालिका र नगर कार्यपालिकामा समानुपातिक प्रणाली लागू गरिएको छ । २६. सम्पत्तिमा महिला र पुरूष तथा छोराछोरीबिच समान अधिकार रहने संवैधानिक तथा कानुनी व्यवस्थालाई प्रभावकारी कार्यान्वयनका लागि सबै मालपोत कार्यालयले पैतृक सम्पत्तिमा लैंगिक भेदभाव नगरी प्रचलित कानुनबमोजिम सबै अंशियारले अंश पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने व्यवस्था मिलाइएको छ । २७.राज्यका सबै तह र अंगहरूमा दलित, जनजाति, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यकको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ । साथै सीमान्तकृत, घाइते, अपांग लगायत विभिन्न वर्ग, जाति, क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी संवैधानिक र कानुनी प्रबन्ध गरिएको छ । २८. जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका निम्ति माओवादीले संविधानमा ‘नोट अफ डिसेन्ट’ राख्दै त्यस्तो प्रणाली प्राप्तिका लागि संघर्षरत छ । २९. राज्यका सबै तह र अंगहरूमा किसान र मजदुर लगायत उत्पीडित वर्गको निश्चित प्रतिशत प्रतिनिधित्वका लागि माओवादी पार्टी संघर्षरत छ । ३०. बुद्धिजीवी, पेशाकर्मी लगायत श्रमजीवी बौद्धिकहरूको अधिकार स्थापित गर्न ट्रेड युनियन अधिकार, बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार, विभिन्न क्षेत्रको अध्ययन अनुसन्धानको काम र प्रोत्साहनसम्बन्धी नीति र कार्यक्रमहरू लागू गरिएको छ । ३१. राष्ट्रिय सर्वेक्षण र मूल्यांकनमा माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तह उत्कृष्ट सावित भएका छन् । यसले माओवादीहरू राष्ट्र, जनता र आफ्नो जिम्मेवारीप्रति निष्ठावान् र प्रतिवद्ध भएको प्रमाणित गर्दछ । ३२. माओवादी केन्द्रले राज्यका विभिन्न जिम्मेवारीमा पठाएका वा नियुक्ति गरिएका व्यक्तिहरूले नमुनायोग्य काम गरेका छन् । यसले माओवादीले जहाँ जिम्मेवारी पाउँछन्, त्यहाँ सुशासन र सकारात्मक परिवर्तन आउँछ भन्ने तथ्य स्थापित भएको छ । ३३. अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित राष्ट्रिय हित अनुकूल बनाई देशलाई अन्यौलको भूमरिबाट मुक्त गरिएको छ । (ख) आर्थिक उपलब्धी ३४. वि.सं.२०६५ मा अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको पहिलो गणतान्त्रिक सरकारले आर्थिक क्रान्तिको दशक घोषणा गरी पूर्वाधार निर्माण र सामाजिक विकासको सुत्रपात गर्यो । ३५. माओवादीले सार्वजनिक–निजी–सहकारीबिच साझेदारी कायम गर्दै अर्थतन्त्रको मौलिक मोडेल निर्माण गर्यो, जसले देशलाई आर्थिक क्रान्तिको दिशामा अगाडि बढाउन महत्वपूर्ण योगदान गरिरहेको छ । ३६. राष्ट्रिय पूर्वाधारको गुणात्मक विकासको कार्य माओवादीकै नेतृत्वमा अगाडि बढे । सडक सञ्जाल, खानेपानी आयोजना, विद्युतीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण पूर्वाधारहरू निर्माण गरिए । ३७. अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले बीआरआई सम्झौतामा हस्ताक्षर गरी राष्ट्रिय विकासमा चीनको योगदान र सहकार्यका निम्ति नयाँ ढोका खोल्यो । ३८. सरकारले चीनसँग विभिन्न आर्थिक परियोजनामा सम्झौता र सहकार्य प्रक्रिया अगाडि बढायो । बिआरआई अन्तर्गत महत्वपूर्ण ११ परियोजनाहरू सूचिकरण र सम्झौताहरू सम्पन्न गरिए । ३९. माओवादी नेतृत्वको सरकारले दलाल नोकरशाही पुँजीको विरोध गर्दै स्वदेशी उत्पादन र राष्ट्रिय अर्थतन्त्रमा जोड दिँदै आएको छ । यसले आत्मनिर्भरताको क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको छ । ४०. प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय महत्वका आयोजनालाई ‘राष्ट्रिय गौरवका आयोजना’मा रूपान्तरण गर्यो । हाल क. बुढीगण्डकी जलविद्युत आयोजना, ख. मेलम्ची खानेपानी आयोजना, ग. सिक्टा सिंचाई आयोजना, घ. बबई सिंचाई आयोजना, ङ. रानीजमरा कुलरीया सिंचाई आयोजना, च. भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, छ. माथिल्लो तामाकोशी जलविद्युत आयोजना, ज. पश्चिम सेती जलविद्युत आयोजना, झ. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, ञ. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, ट. दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ, ठ. लुम्विनी विकास कोष, ड. पुष्पलाल (मध्य पहाडी) लोकमार्ग, ढ. रेल्वे तथा मेट्रो विकास आयोजना, ण. हुलाकी लोकमार्ग, त. उत्तर दक्षिण (कोशी) लोकमार्ग, थ. उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, द. उत्तर दक्षिण (कर्णाली) लोकमार्ग आयोजना, ध. काठमाडौं, तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक), न. पशुपति क्षेत्र विकास कोष, प. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, फ. महाकाली सिंचाई आयोजना, ब. विद्युत प्रसारण आयोजना र भ. गल्छी–त्रिशुली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी सडक राष्ट्रिय गौरवका आयोजनामा सूचिकृत छन् । हेर्नुहोस् पूर्णपाठ
बस र मोटरसाइकल ठोक्किदा , एक जनाको मृत्यु
काठमाण्डौं । भक्तपुरमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति भक्तपुर नगरपालिका न।पा ९मा ब्रम्हायणीबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ३ ख ४७६५ नं को बस र विपरीत दिशाबाट जाँदै गरेको बा ६१ प ६६१८ नं मोटरसाइकल ठोक्किएका हुन् । सो दुर्घटनामा मोटरसाइकलमा सवार २ जना घाइते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो । उपचारकै क्रममा मोटरसाएकल पछाडि सवार दोलखा तामाकोसी गाउँपालिका १ भिरकोट घर भई भक्तपुर भक्तपुर न.पा १० कमलबिनायक बस्ने बर्ष ३४ को देबेन्द्र कार्कीको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जानाएको छ । मोटरसाइकल चालक दोलखा हावा ७ घर भई हाल भक्तपुर सुर्यबिनायक न.पा ५ चुनदेबी बस्ने बर्ष २७ को बलराम सुनुवारको उपचार भईरहेको छ । थप अनुसंन्धानका निम्ति दुबै सवारी साधन वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ७३४ नयाँ संक्रमित थपिए
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४६५ जनामा परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सङ्ख्या आइतबार देखिएको नयाँ सङ्क्रमितभन्दा १ हजार ७७३ ले बढी हो। आइतबार ४ हजार ९६१ नयाँ सङ्क्रमित पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा ५४७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् भने ३ जनाको ज्यान गएको छ। त्यसैगरी हाल देशभर ३० हजार ८७७ जना कोभिड संक्रमितहरु रहेका छन्। पछिल्ला दिनहरुमा दैनिक कोभिड–१९ संक्रमितहरुको संख्या द्रुत गतिमा बढिरहेको स्वास्थ्य तथा जनसंख्याा मन्त्रालयले जनाएको छ।
लोकेसवाले खाेल्याे ६३८ सीटका लागि विज्ञापन (सूचनासहित), परीक्षा हलमा कोरोना रिपोर्ट अनिवार्य
काठमाडौँ — लोकेसवा आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पदको रिक्त स्थान पूर्तिका लागि ठूलो संख्यामा विज्ञापन निकालेको छ । विभिन्न सेवा समूहका सहसचिव र उपसचिवका खुला तथा बढुवाको गरेर ६ सय ३८ पदको विज्ञापन बुधबार गरिएको छ । निजामती, संसद् र स्वास्थ्यमा गरेर सहसचिव १ सय ८२ तथा उपसचिव ४ सय ५६ पदका लागि विज्ञापन गरिएको हो । त्यसैअनुसार आयोगले गत चैतबाट रोकिएको परीक्षा लिन नयाँ तालिका पनि यसअघि नै सार्वजनिक गरिसकेको छ । गतवर्ष नै विज्ञापन गरी एक चरणको परीक्षा भइसकेर प्रक्रियामा रहेको नायब सुब्बा, शाखा अधिकृत तथा सहसचिव पदका लिखित तथा मौखिक परीक्षाको थालनी आयोगले गरिसकेको छ । अहिले विज्ञापन गरिएका सहसचिव र उपसचिव पदको लिखित परीक्षा मंसिर अन्तिममा सुरु भएर माघ अन्तिमसम्म चल्नेछ । ‘बिहान र दिउँदो दुई सिफ्टमा परीक्षा चलाउँदा पनि माघ अन्तिमसम्म जाँचको रुटिन बनेको छ,’ आयोगका अध्यक्ष उमेश मैनालीले भने । यसपछि क्रमश: शाखा अधिकृत, नायब सुब्बा, खरिदारलगायत पदका रिक्त दरबन्दीहरूको विज्ञापन गरिने उनले उल्लेख गरे । आयोगले परीक्षामा कोभिड–१९ संक्रमितले परीक्षामा बस्न नपाउने गरी मापदण्ड तयार पारेको छ । कोभिड संक्रमितका लागि वैकल्पिक व्यवस्था नगरिएकामा विरोध पनि भइरहेको छ । परीक्षा हलमा प्रवेशपूर्व विद्यार्थी स्वयंले आफूलाई कोभिड संक्रमण भए/नभएको घोषणा गर्नुपर्ने मापदण्डमा भनिएको छ । संक्रमित विद्यार्थीका लागि अर्को मितिमा वा छुट्टै हल व्यवस्थापन गरेर परीक्षा लिन सम्भव नदेखिएको अध्यक्ष मैनालीले बताए । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाको मापदण्डलाई तोकेर परीक्षाको तयारी गरिएको बताए । एउटा परीक्षा केन्द्रमा एक सय जना मात्रै परीक्षार्थी हुनेछन् । एउटा हलमा २५ जना परीक्षार्थी राखिनेछ । एउटा बेन्चमा एक जना परीक्षार्थी मात्रै हुनेछन् । परीक्षार्थी तथा परीक्षा गराउन खटिने जनशक्तिले मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने परीक्षा व्यवस्थापन मापदण्डमा उल्लेख छ ।
पूर्वकप्तान खड्का भन्छन्, ‘क्यानको बिशेष साधारणसभा रोकिए नेपाललाई क्रिकेटबाटै प्रतिबन्ध हुन सक्छ’
चितवनः नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा यू-१९ टोलीका टिम म्यानेजर एवं ब्याटिङ कन्सल्टेन्ट राजु खड्काले फेरी पनि नेपाल क्रिकेट संघ (क्यान) को बिशेष साधारणसभा रोकिए नेपाललाई क्रिकेटबाटै प्रतिबन्ध हुने खतरा रहेको बताएका छन् । आज भरतपुर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले यस पटक पनि क्यानको बिशेष साधारणसभा रोकिएर विवाद समाधान हुन नसके नेपाललाई क्रिकेटबाटै प्रतिबन्ध हुने खतरा रहेको बताएका हुन् । उनले विवाद समाधान नभए नेपाली क्रिकेटको भविष्य अन्धकार हुने बताए। पूर्व कप्तान खड्काले नेपाली क्रिकेट बचाउनका लागि क्यानको आवश्यकता रहेकोले कुनै पनि हालतमा साधारणसभा हुनैपर्नेमा जाेड दिए । आईसिसीले नेपाललाई बारम्बार ताकेता गरिरहेकोले यस पटक भने कुनै पनि हालतमा साधारण सभा गरेर क्रिकेट बुझेको ब्यक्तीहरुलाई क्यानमा ल्याउनु पर्ने उनको भनाई छ । विशेष साधारसभा रोकिएमा क्यानलाई लागेको निलम्बन फुकुवा हुनुको साटो आईसीसीले झनै कडा कारबाही गर्न सक्ने उनले बताए । आईसिसीले पुर्व क्रिकेटरलाई समेट्दै बोर्ड बनाउन जोड दिएकोले सोही अनुसार क्यानको निर्वाचन गरेर विवाद समाधान गर्नुको बिकल्प नभएको खड्काले बताए । क्यान प्रदेश ३ का कोषाध्यक्ष एंव पुर्व राष्ट्रिय क्रिकेटर अनिल अधिकारीले पनि केन्द्रिय कार्यसमितिको निर्वाचन गरेर विवाद समाधान गर्नुको बिकल्प नभएको बताए । क्यानको ३९ जिल्ला र ६ प्रदेशको निर्वाचन सकिएकोले अब केन्द्रिय कार्यसमितिको निर्वाचन पूर्व निर्धारित तालिका अनुसार असोजको पहिलो साता हुने सम्भावना थियो । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हस्तक्षेपले क्यानको विशेष साधारणसभा फेरि अनिश्चित बनेको छ । राखेप सदस्य सचिव रमेश सिलवालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को स्वतन्त्र टोलीलाई साधारणसभा रोक्न आग्रह गरेका छन् । सिलवालले आफूसँग आवद्ध संघहरुबारे राखेपले २०७२ सालमा गरेको तीनबुँदे निर्णय उल्लेख गर्दै २१ दिन समय दिएर चुनावी विशेष साधारणसभा बोलाउनुपर्ने र निर्वाचन समिति राखेपले पठाउने बताएका छन् ।
फेरि देखाए पारसले उग्र रुप, एयरपाेर्टका प्रहरीमाथि हातपात
काठमाडौंः पूर्व युवराज पारस शाहले सुरक्षाकर्मीमाथि हातपात गरेका छन् । समर्थकहरुसँगै त्रिभुवन विमानस्थल पुगेका पारसले राजपरिवारका सदस्यमाथि प्रहरीले अपमान गरेकाे भन्दै सुरक्षामा रहेका प्रहरीलाई धकेलेकाे भिडियाे अहिले भाईरल बनेकाे छ । उग्र र सनकी व्यवहारका कारण चर्चामा आइरहने पारस विमानस्थल पुग्दा समर्थकहरुले राजा आउ देश बचाउको नारा लगाएका थिए । पारसका बुवा पूर्व राजा ज्ञानेन्द्र शाह र पत्नी हिमानी यतिखेर बैंककमा रहेका छन् ।
महिलाको घाँटी रेटेर गहना लुटपाट
बझाङ, साउन २१ । जिल्लाको थलारा गाउँपालिकामा एक महिलाको घाँटी रेटेर गहना लुटपाट गरिएको छ । थलारा गाउँपालिका–५ घर भएकी विमला खाती वलीको सोमबार साँझ ६ बजे घाँटि रेटेर गहना लुटपाट गरिएको हो । केदार स्युँ गाउँपालिका–९ माइती घर भएकी वली सोमबार माइती घरबाट आफ्नो घर जाने क्रममा थलारा गाउँपालिका–३ को शिलाकोट भन्ने ठाउँमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्यबहादुर केसीले जानकारी दिए। उनले घाँटी, कान र नाकमा लगाएका सम्पुर्ण गहनाहरु लुटपाट गरिएको प्रहरीले जनाएको छ । लुटेराले उनको घाँटी, नाक र कानमा गहिरो चोट पुग्ने गरी रेटेको छ । उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको छ । लुटपाट गर्नेको खोजी कार्य जारी राखिएको डिएसपी केसीले जानकारी दिए
निक्षेप संकलनमा भन्दा कर्जा प्रवाहमा बढी जोड
काठमाडौं, असार ६ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलनमा भन्दा कर्जा प्रवाहमा बढी जोड दिएका छन् । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) को अभावको संकेत देखिएको छ । बैंकमा जम्मा भएको रकम ठुलो परिणाममा बजारमा परिचालन भएको तर सोही अनुरुपमा निक्षेप संकलन हुन नसकेपछि बैंकहरुमा तरलता अभाव देखिन थालेको हो । नेपाल राष्ट्र बैंकद्वारा सार्वजानीक चालु आव १० महिनाको प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह १७।१ प्रतिशतले वृद्धि गर्दा निक्षेप संकलनमा भने ११.६ प्रतिशत मात्र वृद्धि गरेका हुन् । अघिल्लो बर्षको यसै अवधीमा वित्तिय संस्थाहरुले कर्जा प्रवाह १८.१ प्रतिशतले वृद्धि गरेका थिए भने निक्षेप संकलन ११.१ प्रतिशतले वृद्धि गरेका थिए । यसैगरि वार्षिक बिन्दुगत आधारमा २०७६ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन १९.८ प्रतिशतले बढेको छ भने बार्षिक विन्दुगत आधारमा वित्तीय क्षेत्रले निजी कर्जा यस अवधीमा २१.५ प्रतिशत कर्जा प्रवाह बढाएका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.७ प्रतिशत, ३२.८ प्रतिशत र ४७.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३५ प्रतिशत र ४५.२ प्रतिशत रहेको थियो । बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.७ प्रतिशत रहेको छ । गत बर्षको सोहि अवधीमा यस्तो निक्षेपको अंश ४४.१ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७.१ प्रतिशत मध्ये वाणिज्य बैंकहरुको कर्जा १५.५ प्रतिशतले, विकास बैंकहरुको ३१ प्रतिशतले र वित्त कम्पनीहरुको १६.६ प्रतिशतले बढाएका हुन् । वार्षिक बिन्दुगत आधारमा बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २१.५ प्रतिशतले बढाएका छन् । बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६४.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.८ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । सो अवधीमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.३ प्रतिशत र १५ प्रतिशत रहेको थियो । यसका साथै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २६।६ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १०.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १५.२ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा २२.५ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घरकर्जा समेत) ९.८ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५ प्रतिशतले तथा हायर पर्चेज कर्जा ७.५ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा भएको वृद्धि भन्दा उच्च दरले कर्जा विस्तार हुदै गएकोले लगानी योग्य साधनमा दबाब यस क्षेत्रमा बर्षेनी भइरहेको छ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी भएका कारण वित्तीय स्थायित्व प्रभावित हुन जान्छ । यसरी निक्षेप संकलनको तुलनामा बैंकहरुले कर्जा प्रवाह बढाउदा थप कर्जा दिने रकम अभाव हुन गई वित्तीय बजारमा अन्तर बैंक कारोबार बढेको छ। चालु आर्थिक वर्ष २०७५–७६ को १० महिनामा वाणिज्य बैंकहरुले १३ खर्ब ३८ अर्ब ९५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरु बीच बाहेक)ले २ खर्ब १४ अर्ब १७ करोड रुपैयाँको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुले क्रमशः ९ खर्ब ७२ अर्ब ३३ करोड रुपैयाँ र ३४ अर्ब ५१ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका थिए । बैंकहरुलाई लगानी योग्य पुँजी (तरलता) अभाव भएको कुरा अन्तर बैंक कारोबारको ब्याजदर पनि पुष्टि गर्छ । २०७५ बैशाखमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ५।१५ प्रतिशत रहेकोमा २०७६ बैशाखमा ४।२९ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरु बीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ बैशाखको ४.५३ प्रतिशतको तुलनामा २०७६ बैशाखमा ६.१२ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ बैशाखको १०.३२ प्रतिशतको तुलनामा २०७६ बैशाखमा ९.५९ प्रतिशत कायम भएको छ । २०७६ बैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.६७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.२३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.६१ प्रतिशत र १२.३२ प्रतिशत रहेका थिए । बैंकिङखबरबाट
आइपीएलको बिचमै को–को खेलाडी फर्किदै छन् स्वदेश?
काठमाडौं, वैशाख १२ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को १२औं संस्करण विगतजस्तो रामोञ्च नहुने भएको छ । यसको प्रमुख कारण हो वान डे विश्वकप । विश्वकपमा लागि अधिकांश विदशी खेलाडी स्वदेश फर्किने भएपछि यो पटकको आइपीएल रोमाञ्च केही फिक्का हुने भएको हो । ३० मेदेखि शुरु हुने विश्वकप खेल्नका लागि लगभग १८ विदेशी खेलाडी आइपीएलको बिचमै स्वदेश फिर्ता हुने पक्का जस्तै भएको छ । यद्यपि, वेस्ट इन्डिजका खेलाडी भने आइपीएलको बिचमै स्वदेश फिर्ता हुने संकेत देखिएको छैन । ८ टिमका कुन–कुन खेलाडी खेलाडी हुन्, जो आइपीएलको बिचमै स्वदेश फर्किदै छन्– चेन्नई सुपर किंग्सः फाफ डू प्लेसिस, इमरान ताहिर दिल्ली क्यापिटल्सः कागिसो रबाडा मुम्बई इन्डियन्सः जोसन बेहरेनड्रफ, क्विन्टन डी कक सनराइनजर्स हैदराबादः केन विलियसम्सन, डेविड वार्नर, जोनी बेयरस्टो, शाकिब अल हसन, किंग्स इलाभेन पन्जावः डेविड मिलर कोलकाता नाइट राइडर्सः जो डेनली रोयल च्यालेन्जर्स बैंग्लोरः डेल स्टेन, मोइन अली, मार्कस स्टोइनिस राजस्थान रोयल्सः जोस बटलर, स्टीव स्मिथ, बेन स्टोक्स, जोफ्रा आर्चर
बौद्धबाट २ लाख नगदसहित ७ जुवाडे पक्राउ
साँखु, चैत १० । महानगरीय प्रहरी वृत्त बौद्धले शनिबार साँझ बौद्ध फूलबारीबाट रु २ लाख ९८ हजारसहित सात जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित छेदेन लामाको घर भाडामा बस्दै आएका तेन्जिङ शेर्पाले सञ्चालन गर्दै आएकोे भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । पक्राउ पर्नेमा सञ्चालक ३४ वर्षीय तेन्जिङ शेर्पा, ६६ वर्षका टासीछेप्तेन लामा, ५३ वर्षका अपे लामा, ३८ वर्षका उङ्छी लामासहित सात रहेको चन्दले बताए । पक्राउ परेका उनीहरुको साथबाट जुवा खेल्न प्रयोग हुने सामग्री एक हजार ४६ थान गोटी, ६४ थान कौडा र १७ प्याकेट तास बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान गरी प्रचलित कानूनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । यसअघि पनि महानगरीय प्रहरी वृत्त बौद्ध मातहत जोरपाटी र बौद्धको फूलबारीबाट ठूलो रकम सहित जुवाडे पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो । रासस
आइपीएलः धोनी र विराटको टिम भिड्दै, चेन्नईले टस जित्यो
काठमाडौं, चैत ९ । इन्डियन प्रिमियर लिग (आइपीएल) १२औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स ब्यंग्लोर विरुद्ध चेन्नई सुपर किंग्सले टस जितेर बलिङ रोजेको छ । खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि चेन्नईमा शुरु हुँदै छ । ब्यंग्लोरको नेतृत्व विराट कोहलीले र चेन्नईको कप्तानी महेन्द्रसिंह धोनीले गरेका छन् । आईपीएल इतिहासमै सबैभन्दा सफल टिम चेन्नई हो । उसले अहिलेसम्म ३ पटक उपाधि जितेको छ भने ४ पटक उपविजेता बनेको छ । विराटले नेतृत्व गरेको बेंगलोर भने आईपीएलको अभागी टोलीको रुपमा गनिन्छ । किनभने स्टार खेलाडीले भरिएर पनि उसले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सीएसके र आरसीबी अहिलेसम्म आईपीएलमा २२ पटक आमनेसामने भएका छन् । जसमध्ये १४ खेलमा सीएसकेले जित हात पारेको छ भने ७ खेलमा आरसीबीले जित हात पारेको छ । एक खेल भने नतिजाविहीन भएको छ । दुवै टिम स्टार खेलाडीले भरिपूर्ण भएकाले पनि आईपीएल २०१९ को पहिलो खेल नै रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ । यसपटक आईपीएलमा ८ टिमको सहभागिता छ । चेन्नई र बेंगलोरका अलावा मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पन्जाब आईपीएलमा सहभागी टिम हुन् । नेपाली युवा स्टार सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन् । यसअघिको सिजनमा अन्तिम तीन खेलमा मात्र अवसर पाएका सन्दीप यसपटक सुरुवातदेखि नै पहिलो रोजाइमा पर्ने अपेक्षा गरिएको छ ।