मन्त्री भएसीको पहिलो सपना !

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासँग सामूहिक तस्बिर खिचाउँदै नवनियुक्त विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहरा, वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनिलबहादुर थापा ।

तस्बिर : रत्न श्रेष्ठ, काठमाडाै

दक्षिण कोरिया र साउदी अरेबिया विश्वकपका लागि छानिए

काठमाडौं, भदौ २१ । दक्षिण कोरिया र साउदी अरेबिया आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् । एसियाली क्षेत्रको छनोटअन्तर्गत मंगलबार राति भएका खेलमा विजयी हुँदै दक्षिण कोरिया र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरेका छन् । योसँगै एसियाबाट सिधै छनोट हुने चार टिमको टुंगो लागेको छ । यसअघि इरान र जापानले विश्वकपमा स्थान बनाइसकेका थिए । एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ए को खेलमा मंगलबार राति उज्वेकिस्तानसँग गोलरहित बराबरी खेल्दै दक्षिण कोरिया विश्वकपका लागि छानिएको हो । समूह ‘बी’ मा रहेको साउदी अरेबियाले जापानलाई १–० ले हराएर विश्वकपमा स्थान पक्का गर्‍यो । साउदी अरेबियाको १० खेलबाट १९ अंक भएको छ । जापानको २० अंक छ । साउदी अरेबिया पाँचौं पटक विश्वकपका लागि छनोट भएको हो । एसियाली क्षेत्रका अन्य छनोट खेलमा ईरानले सिरियासँग २–२ गोलको बराबरी खेल्यो । अर्को खेलमा अस्ट्रेलियाले थाइल्याण्डलाई २–१ ले हरायो । अस्ट्रेलिया र सिरिया एसिया क्षेत्रको प्लेअफका लागि छानिएका छन् । दुई लेगमा हुने उक्त खेलको विजेताले विश्वकप छनोटका लागि अर्को क्षेत्रको टोलीसँग अन्तिम प्ले अफ् खेल्नेछ । रुसमा अर्को वर्ष हुने विश्वकपका लागि अहिलेसम्म कुल ८ राष्ट्र छनोट भईसकेका छन् । यसमा साउदी अरेबिया, दक्षिण कोरिया, इरान, जापान, रुस, बेल्जियम, ब्राजिल र मेक्सिको रहेका छन् ।

कृषि केन्द्रीय संघको अध्यक्षमा पाठक निर्वाचित

ललितपुर, भदौ १८ । नेपाल कृषि सहकारी केन्द्रीय संघमा खेमबहादुर पाठकको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । केन्द्रीय संघको १० औं साधरण सभा तथा तेस्रो अधिवेशनले पाठकको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । ललितपुरको कुपण्डोलमा भएको अधिवेशनबाट उपाध्यक्षमा मदन दाहाल, सचिवमा हरि पौडेल, कोषाध्यक्षमा गीता केसी निर्वाचित भएक छन । यस्तै सदस्यहरुमा पूर्ण शर्मा, मीना ढकाल, पदम रिजाल, नेत्र कार्की, चाँदनी ढकाल, कृष्णवावु श्रेष्ठ, देवकी भण्डारी, शिव अधिकारी, मागेन महतो, देवबहादुर खत्री र नरबहादुर घर्ती मगर निर्वाचित भएका हुन । यसैगरी महेश्वर सुवेदीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरिएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघमा ७० जिल्लाका ८ सय भन्दा बढि सदस्य संस्था आवद्ध रहेका छन् । संघ अन्तर्गत अहिले देशभर ३० हजार भन्दा बढि युवाहरुले प्रत्यक्ष रोजगारी पाएका छन् । हजारौ किसानहरुले व्यवसाय सुरु गरेर स्वरोजगार वनेका छन् । नव निर्वाचित अध्यक्ष खेमबहादुर पाठकले केन्द्रीय संघलाई देशकै एक नमुना संस्थाका रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरे । उनले देशमा संघीय संरचना अनुसार नेपाल कृषि सहकारी केन्द्रीय संघलाई पनि संघिय संरचनामा अगाडि बढाइने बताए । उद्घाटन कार्यक्रममा सहकारी तथा गरिबीी निवारण मन्त्री अम्विका वस्नेतले देशको अर्थतन्त्रमा कृषि, सहकारी र साना किसानहरुको भूमिका महत्वपूर्ण रहेको बताएकी थिइन ।

आचारसंहिता संकटकालको शैलीमा आयोः मन्त्री बलायर

डोटी, भदौ १७ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले निर्वाचन सम्बन्धी आचारसंहिता संकटकालको शैलीमा ल्याइएको विचार व्यक्त गर्नु भएको छ । नेपाल प्रेस युनियन डोटी शाखाले शनिबार दिपायलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ‘निर्वाचन आयोगले सरकारसँग कुनै समन्वय नै नगरी संकटकालको शैलीमा आचारसंहिता ल्याएकोमा सरकार अचम्मित छ,’ भन्नुभयो । तेस्रोचरणको स्थानीय तह निर्वाचनको आचारसंहिता कायम रहेकै बेला आएको यो आचारसंहितालाई ‘आचारसंहितामाथि आचारसंहिता ल्याइएको’ उहाँको टिप्पणी थियो । मंसिर १० गते हुने निर्वाचनका लागि अहिल्यै आचारसंहिता आवश्यक नरहेको उहाँको भनाइ थियो । ‘यो वर्ष निर्वाचन नै निर्वाचनको वर्ष हो ’। निर्वाचनलाई हेरेर विकासलाई पूर्ण अवरुद्ध पार्न मिल्दैन्,’ मन्त्री बलायरले भन्नुभयो, “यो अवस्थाले त वर्ष नै आचारसंहितामा जाने भो । त्यसैले आचारसंहिता मिलाएर छलफलका आधारमा लगाइनुपर्ने हो ।” मन्त्री बलायरले प्रदेश नम्बर– ७ को भूमि हुँदै छिट्टै भारत–चीन जोडिने बताउनुभयो । ‘भारतको गौरिफण्टा हँुदै चीनको ताक्लाकोट नाकासम्म जोड्ने सडकका लागि सरकारले तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

विश्वकप छनोटमा जर्मनीको लगातार सातौं जित

काठमाडौं, भदौ १७ । विश्वकप फुटबल छनोट प्रतियोगितामा जर्मनीले शानदार प्रदर्शन जारी राख्दै लगातार सातौं जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा जर्मनीले चेक गणतन्त्रलाई २–१ ले पराजित गर्दै आफ्नो विजययात्रा जारी राखेको हो । समूह ‘सी’ मा रहेको जर्मनीले सात खेलबाट २१ अंक बटुल्दै समूहको शीर्ष स्थान कब्जा गरेको छ । जर्मनीको जितमा टिनो वर्नर र म्याट्स हमल्सले १÷१ गोल गरेका थिए । चेक गणतन्त्रका लागि भने भ्लादिमिर डारिडाले एक गोल गरे । खेलको चौथो मिनेटमै वर्नरको गोलबाट अग्रता लिएको जर्मनीले दोस्रो गोल भने ८८ औं मिनेटमा गरेको हो ।

सक्रान्तिबजारमा एम्बुलेन्स सेवा सुरु

तेह्रथुम, भदौ १५ । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रले एम्बुलेन्स सेवा शुरु गरेको छ । दुर्गम यस क्षेत्रका बासिन्दालाई लक्षित गरी स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखाबाट अनुदानमा एम्बुलेन्स प्राप्त भएपछि सेवा सुचारु गरिएको प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीपेश सिटौलाले बताउनुभयो । एम्बुलेन्स सेवा शुरु भएपछि यस क्षेत्रका बासिन्दाले समयमै सुविधायुक्त स्वास्थ्य सेवा र अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमार्फत सञ्चालित एम्बुलेन्सले तेह्रथुमको आठराई र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका बासिन्दाले समेत लाभ पाउनेछन् । एम्बुलेन्स नहुँदा यहाँका बासिन्दाले भाडाका सार्वजनिक सवारी रिजर्भ गर्नुपर्ने वा स्ट्रेचर, डोकोमै बोक्नुपर्ने बाध्यता बेहोर्दै आएका थिए ।

हाम्रै नेपालमा नैतिक यौनको शिक्षा दिने यस्तो अचम्मको जात्रा (हेर्नुहोस भिडियोसहित)

यौन शिक्षा तथा यौन मनोविज्ञानप्रति नेपाली समाजमा धेरै नै संकुचित सोचाइहरु विद्यमान छन् । तर, अचम्म पर्नुहोला सायद यो भिडियो हेरेर किनकि हाम्रै नेपालमा नैतिक यौनको शिक्षा दिने यस्तो अचम्मको जात्रा पनि हुने गर्छ। हेर्नुहोस् पुरा भिडियोः

पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु

पोखरा, जेठ १ । स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु गरिएको छ । महानगरपालिकाका ३३ वटै वडाका सम्पूर्ण मतपेटिका नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा राखिएकामा आज सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले जानकारी दिनुभयो । सुरुमा १ नं वडाबाट मतगणना गर्न थालिएको जानकारी दिँदै उहाँले क्रमशः अन्य वडाको मतगणना गरिने बताउनुभयो । महानगरपालिकामा एक लाख ६८ हजार ६७ मतदाता रहेकामा एक लाख २५ हजार छ सय १४ जनाले मतदान गरेका थिए । मतगणना सुरु भएसँगै नगर विकास प्रशिक्षण केन्द्रको मुख्य प्रवेशद्वार वरपर सर्वसाधारणको भिड लागेका कारण महेन्द्रपुल बगर चल्ने यातायातका साधनहरु वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

आइपिएलमा दिल्लीसंग पुणे ७ रनले पराजित

वैशाख ३० ।  इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । फिरोज शाह कोट्ला रंगशालमा भएको खेलमा दिल्लीले राइजिङ पुणे सुपर जायन्टलाई ७ रनले हराएको हो । १ सय ६९ रनको लक्ष्य पछ्याएको पुणेले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रनमात्र बनाउन सक्यो ।  यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा १ सय ६८ रन बनायो ।

बैंकमा जम्मा गर्न पठाएको रकम लिएर भाग्ने पक्राउ

काठमाडौं, वैशाख १७ । बैंकमा रकम जमा गर्न पठाएको व्यक्तिले नै पैसा बोकेर कुलेलम ठोकेपछि के होला ? यस्तै घटना भएको छ काठमाडौंमा । बैंकमा जम्मा गर्न पठाएको रकम लिएर भाग्ने सिन्धुली कपिलकोट–६ घर भई काठमाडौं महानगरपालिका–९, पुरानो गुजेश्वरी बस्ने २३ वर्षीय सुनिल पौडेललाई प्रहरीले पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो । प्रहरीका अनुसार वैशाख ६ गते काठमाडौं महानगरपालिका–१० बानेश्वर स्थित नेशनल मनि ट्रान्सफरबाट कुशुम खनालले पौडेललाई नेपाल ईन्भेष्टमेन्ट बैंकमा ५ लाख रुपैयाँ जम्मा गर्नका लागि बा.२८.प ९६०७ नम्बरको स्कुटरसहित पठाएकोमा खातामा रकम जम्मा नगरी पौडेल फरार भएका थिए । पौडेललाई प्रहरीले शनिबार काठमाडौं महानगरपालिका–९ बालाजुस्थित उनको कोठाबाट उक्त स्कुटर, नगद ६३ हजार रुपैयाँ र मोबाइल १ थानसहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चोरी आरोपमा दुई भारतीय युवक पक्राउ

बनियानी (झापा), वैशाख ८ । झापाको भद्रपुर नगरपालिका–८ स्थित एक घरबाट चोरी गरेको आरोपमा दुईजना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार गलगलियाका ३० वर्षीय मोहम्मद जवहुल र पश्चिम बङ्गाल नक्सालबाडीका १६ वर्षीय राहुल सोर्या रहेको वडाका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले विहिबार जानकारी दिनुभयो । उनीहरुलाई भद्रपुर–८ स्थित सुरज रेग्मीको घरमा चोरी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । घरको झ्यालबाट मोबाइल चोरी गर्न खोजिरहेको अवस्थामा स्थानीयवासीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको निरीक्षक चौधरीले बताउनुभयो । पक्राउ परेका मोहम्मद जबहुल तीन वर्षदेखि झापाका विभिन्न स्थानमा चोरी गर्दै आइरहेको प्रहरीलाई बयान दिएको प्रनि चौधरीले बताउनुभयो । राहुल विगत छ महिनादेखि चोरी घटनामा संलग्न भएको र उनीहरुले नेपालबाट ५० भन्दा बढी साइकल र २५ भन्दा बढी मोबाइल, पर्ससहित नगद चोरी गरिसकेको प्रहरीलाई बयान दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइसकेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो । गत दुई साताको अवधिमा भद्रपुर क्षेत्रका एक दर्जन घर तथा पसलमा चोरी भइसकेको छ । रासस

नारायणघाट–मुग्लिन सडकमा पहिरो,सवारी आवगमन पुनःअवरुद्ध

चितवन, वैशाख २ । नारायणघाट–मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज राती पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक युगेन्द्रबहादुर हमालका अनुसार राती ८ बजेतिर पहिरो खसेको हो । पहिरो खसिरहेकाले पन्छाउने कार्य अगाडि बढाउन नसकिएको उहाँले बताउनुभयो । सो ठाउँमा आज बिहान ९ः१५ बजे पहिरो खासेपछि अवरुद्ध भएको सडक पहिरो पन्छाएर १२ः३० बजे दुईतर्फी सञ्चालनमा आएको थियो । साँझ ५ बजेतिर पनि पहिरो खसेपछि पन्छाएर सडक खुलाइएको थियो पुनःराति ८ बजेतिर सडक अवरुद्ध भएको हमालले बताउनुभयो । पहिरो खसेको ठाउँ नारायण–मुग्लिनबाट चार किलोमिटर नारायणघाटतर्फ पर्दछ । सो सडक स्तरोन्नतिका क्रममा विस्तारका लागि भित्तो काटिएपछि विगत केही दिनयता सो ठाउँमा पटक–पटक पहिरो खसिरहेको छ । यसैबीच सडक अवरुद्ध भएपछि गाडीबाट झरेका एक यात्रु सडक छेउबाट त्रिशूली नदी किनारमा खसेका छन् । प्रहरी निरीक्षक हमालका अनुसार साँझ सडक अवरुद्ध भएपछि सडक छेउमा पैदल हिँडिरहेका ती यात्रु नदीको किनारमा खसेका हुन् । अन्दाजी ३०÷३५ वर्षका ती व्यक्ति पुरुष भएको उहाँले बताउनुभयो । उनको उद्धारको प्रयास भइरहेको छ । सडकबाट भिरालो ठाउँमा खसेकाले उद्धार गर्न कठिन भइरहेको उहाँले बताउनुभयो । खसेका व्यक्ति सकुसल रहेका छन् । पहिरो खसेको ठाउँबाट ती व्यक्ति तल खसेका हुन् । रासस

एसीसी इमर्जिङ टिम्स कप क्रिकेट: नेपाललाई तेस्रो झड्का, ज्ञानेन्द्र आउट

ढाका, चैत १७ । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताको हङकङ विरुद्धको खेलमा नेपालको तीन विकेट पतन भएको छ । बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर हङकङले बनाएको २१५ रनको चुनौति पछ्याएको नेपालले तीन विकेट गुमाएर ११७ रन बनाएको हो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका हुन् । उनले ७० रनको महत्वपूर्ण योगदान दिएका थिए । नेपालका दीलिप नाथ व्यक्तिगत १२ रन बनाइ आउट भएका हुन् । ले कप्तानी पारी खेलिरहेका छन् । उनी व्यक्तिगत ५५ रन बनाई क्रिजमा छन् । त्यसअघि नेपालका ओपनर व्याट्स्यान आसिफ शेख व्यक्तिगत ८ रनमा आउट भएका थिए । त्यसअघि हङकङले निर्धारित ५० ओभरमा अलआउट भएर २१४ रन बनाएको थियो । लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगितामा अंक विहीन दुवै टोली प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउँमा छन् । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको निर्णायक खेलमा भिड्ने तयारीमा रहेका दुवै टोलीले आजको प्रतिस्पर्धालाई एक अर्काको कमजोरी पत्ता लगाउने महत्वपुर्ण अवसरको रुपमा लिईएका छन् । नियमित कप्तान पारस खड्का सहित केही मुख्य खेलाडीलाई आराम दिदै बंगलादेश भ्रमणमा निस्किएको नेपाली क्रिकेट टोली प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले र बंगलादेशसंग ८३ रनले पराजित भएको थियो । हङकङ पहिलो खेलमा बंगलादेशसंग ८ विकेटले पराजित भएको थियो भने पाकिस्तानसंग २ सय ४८ रनको हार ब्यहोरेको थियो ।

व्यापारीको पैसा लुटेको आरोपमा प्रहरी हवल्दार पक्राउ

महेन्द्रनगर (धनुषा),  चैत्र १६। धनुषाको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारलाई नै एक व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ गरिएको छ । जनकपुरको श्यामचोक नजिक भएकोे पैसा लुटेको घटनामा संलग्न रहेको आरोपमा एकजना प्रहरी हवल्दारलाई सोमबार पक्राउ गरिएको हो । देबडिहा प्रहरी चौकीमा कार्यरत हवल्दार धर्मेन्द्र पासवानले एक व्यापारी जिबछ यादवको रु दुई लाख लुटेका थिए । लुटपाटमा संलग्न हवल्दार पासवानलाई स्थानीयवासीले चिनेर जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी गरेपछि प्रहरीले मालपोत कार्यालयको पछाडि रहेको हवल्दार पासवानको डेराबाट खानतलासी गरी सो रकमसहित पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । हवल्दार पासवानलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी अनुसन्धान गरिरहेको बताइएको छ ।

गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

काठमाडौं, फागुन  १० ।  संसद्ले बुधबार पारित गरेको राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ मा दलहरूले गठबन्धन बनाएर एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरिएको छ । यसरी निर्वाचनमा जाँदा समानुपातिक र प्रत्यक्षतर्पmबाट निर्वाचित हुने प्रतिनिधि गठबन्धनको साझा हुनेछन् । गठबन्धन बनाएका दलहरू पाँच वर्षसम्म छुट्टिन नपाउने र चुनाव चिह्न पनि उही हुने बाध्यकारी व्यवस्था विधेयकमा रहेको एमाले सांसद रामेश्वर फुँयालले जानकारी दिए । यो खबर आजको नयाँ पत्रिकामा छ ।

छुट्टाछुटै दुर्घटनामा दुईको मृत्यु

काठमाडौं, फागुन १९ । सिरहाको छुट्टाछुटै स्थानमा गएराति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका– ७ स्थित सडकमा गएराति मोटरसाइकलको ठक्करबाट लहान नगरपालिका– १३ गोविन्दपुर निवासी २१ वर्षीय सन्दिपकुमार महतोको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका महतोको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । त्यसैगरी सिरहाको मिर्चैया नगरपालिका– ११ निवासी १७ वर्षीया सञ्जीप महराको आफ्नै घरको पङ्खा चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर भएका महरालाई उपचारका लागि मिर्चैयास्थित नर्सिङ होम ल्याउँदै गर्दा उहाँको पनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी सिरहाको लहान नगरपालिका– १२ बाट गएराति प्रहरीले लागू औषधसहित दुई युवकलाई पक्राउ गरेको छ । बिआर ३३ जी २०६९ नम्बरको भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको २० बोतल कोरेक्स सहित सिरहाको कचनारी– ९ निवासी अविनाशकुमार यादव र सरोजकुमार यादवलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान नगरपालिका– १२ फूलबारी मन्दिर अगाडि सवारी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलको डिकीमा लुकाइ राखेको अवस्थामा कोरेक्स बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । रासस