प्रलेस परिसंवाद सम्पन्न

काठमाडौँ, चैत्र २ । प्रगतिशील लेखक संघ केन्द्रीय समितिद्वारा हरेक महिनाको पहिलो शुक्रवार संचालन गरिने ‘प्रेलेस परिसंवाद’को तेह्रौं शृंखलामा अन्तर्गत ‘नेपाली गजलमा प्रगतिवाद’ विषयमा परिचर्चा सम्पन्न्न गरेको छ ।

नेपाली गजलमा विद्यावारिधि गरेका डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले गजल साहित्यको ऐतिहासिक परम्परा, नेपाली गजलको इतिहास, र नेपाली गजलमा प्रगतिवादको प्रारम्भ, विकास एवं मूल स्रस्टा तथा तिनका मूल प्रवृत्तिको बारेमा आफ्ना दृष्टिकोण प्रस्तुत गरेका थिए । सो परिचर्चामा डा. विन्दु शर्मा, डा. भागवत ढकाल, भुवन निस्तेज, विष्णु थिङ्, आर. एम. डङ्गोल, नारायण निरासी आदिले विमर्शमा भाग लिएका थिए ।

प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोख्रेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन प्रलेस केन्द्रीय महासचिव आर. एम. डङ्गोलले संचालन गर्नका साथै केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक डा. पुस्करराज भट्टले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रलेस केन्द्रीय उपाध्यक्ष खेम थपलिया,  का. वा. कोषाध्यक्ष कृष्णहरि भट्ट, केन्द्रीय सदस्य गोपीरमण उपाध्याय, राष्ट्रिय परिषद सदस्य पुण्य घिमिरे लगायत तीस बढी स्रस्टाहरूको उपस्थिति रहेको थियो ।

करीब अढाई घण्टापछि विमानस्थल सुचारू

काठमाडौं, फागुन २८ । युएस बंगलादेश एयरलाइन्स दुर्घटनाका कारण आज बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज अपराह्न १४‍.१८ बजेदेखि बन्द भएको विमानस्थल १६.५० देखि खुलेको हो नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताउनुभयो । काठमाडौंमा अवतरणका तयारीमा रहेका विमानलाई लखनौ र ढाकातर्फ पठाइएको थियो । विमानस्थल खुलेपछि ती विमान काठमाडौँमा अवतरण हुनेछन् । ढाकाबाट काठमाडौँ आउँदै आएको बिएस २११ ‘कल साइन’ भएको उक्त विमानमा चालक दलका चार सदस्यसहित ६७ यात्रु सवार थिए । प्रधानमन्त्री अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा केएमसी अस्पताल सिनामङ्गल पुगी विमान दुर्घटनामा परी घाइते भएका यात्रुको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओलीले घाइतेको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ ।

नेपाललाई पहिलो सफलता, सन्दीपले झारे स्कटल्याण्डको पहिलो विकेट

काठमाडौं, फागुन २४ । जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा नेपाल र स्कटल्याण्डबीच खेल जारी छ । टस जितेर पहिला व्याटिङ रोजेको नेपालले जितका लागि स्कटल्याण्डलाई दिएको १५० रनको लक्ष्य पछ्याएको स्कटल्याण्डको पहिलो विकेट झरेको छ । नेपालका लागि पहिलो ओभर बलिङ गर्न आएका सन्दीप लामिछानेले म्याथ्यु क्रसलाई पारस खड्काको हातबाट क्याचआउट गराएका हुन् । नेपालका लागि ओपनर सोमपाल कामी र वसन्त रेग्मीले कसिलो बलिङ गर्दै स्कटल्याण्डका व्याट्सम्यानलाई दवावमा पारेका छन् । स्कटल्याण्डका म्याथ्यु क्रस काइल कोएट्जर ओपनिङ ब्याट्सम्यानका रुपमा क्रिजमा रहेका छन् । पहिलो ओभर बलिङ गर्न आएका वसन्तले मात्रै एक रन खर्चिए । दोस्रो ओभरमा सोमपालले २ रन मात्रै दिए । त्यस्तै तेस्रो ओभरमा वसन्तले २ तथा चौथो ओभरमा सोमपालले ३ रन दिए । पाँचौ ओभरमा वसन्तले चार रन दिए । छैटौं ओभरमा भने सोमपालले ७ रन खर्चिएका थिए । सातौ‌ँ ओभरमा वसन्तले दुई रन दिए । आठौँ ओभरमा सोमपालले ८ रन खर्चिए । नवौँ ओभरमा ललित राजवंशीले ४ रन दिँदा १० औँ ओभरमा सन्दीप लामिछानेले एक विकेट लिएर ३ रन मात्रै दिए । ११ औँ ओभरमा राजवंशीले ६ रन दिए । १२ औँ ओभर सन्दीपले मेडन राखे । १२ ओभरको समाप्तिमा स्कटल्याण्डले एक विकेट गुमाउँदै ४१ रन बनाएको छ ।

क्याम्पसको स्तरोन्नतिका लागि श्रीमद् भागवत सप्ताह

सिन्धुपाल्चोक, फागुन २४ । सिन्धुपाल्चोकको चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि सहयोग संकलन गर्न श्रीमद् भागवत सप्ताह आयोजना गरिएको छ । भागवत धर्म संरक्षण समितिको सहयोगमा मंगलबारबाट सुरु भएको सप्ताहबाट संकलित रकमबाट क्याम्पसमा स्नातकोत्तर तह थप, प्राविधिक शिक्षा, छात्रावासको व्यवस्थालगायतको काम गर्ने बताइएको छ । फागुन ३० गतेसम्म चल्ने सप्ताहबाट संकलित रकमले क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालनको पूर्वाधार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णराज श्रेष्ठले जानकारी दिए । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङले चौतारालाई शैक्षिक हबको रुपमा विकास गरिने बताए । क्याम्पसले २०६६ सालमा पनि यस्तै सप्ताह लगाई संकलित रकमबाट जग्गा खरीद गरी आफ्नै भवन बनाइसकेको छ ।

OMG ! दुई श्रीमती ल्याउनेलार्इ सरकारी आवास सुविधा

सुन्दा तपाईलाई पत्यार नलाग्ला। तर पत्याउनुहोस्। जोसँग दुई श्रीमती छन्, उसले पाउनेछ नयाँ आवास सुविधा, त्यो पनि सरकारको तर्फबाट । संयुक्त अरब इमिरेट्सले बहुविवाहलाई प्रोत्साहन गर्दै नयाँ कानुन बनाएको छ । नयाँ कानुनअनुसार जोसँग दुई श्रीमती छन्, उसलाई नयाँ आवासका लागि घर सरकारले दिने व्यवस्था गरेको खालिज टाइम्स दैनिकले जनाएको छ । युएईका आवास तथा भौतिक मन्त्री डाक्टर अब्दुल्ला बेलफेल अल नुइमीले फेडरल काउन्सिलमा उक्त योजनाको घोषणा गरेका हुन् । घोषणामा ‘देशमा अविवाहित महिलाको संख्या कम गर्न योजना ल्याइएको हो’ उनले भने, ‘यो योजनाले अविवाहित महिलाको संख्यामा कमी आउने छ।’ नेपाललगायत छिमेकी देश भारतमा भने बहुविवाह प्रथा कानुनद्वारा बर्जित गरिएको छ । एजेन्सीको सहयोगबाट

मेस्सीद्वारा ६०० गोल पूरा

काठमाडौं, फागुन २१ । आइतबार राति स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडविरुद्ध गोल गरेसँगै बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले ६ सय अन्तराष्ट्रिय गोल गरी कीर्तिमान बनाएका छन् । उनले क्लबका लागि ५३९ गोल गरेका छन् भने देशका लागि ६१ । उनले सबैभन्दा धेरै २९ गोल सेभिल्लाविरुद्ध गरेका छन् । ला लिगाको इतिहासमा सबैभन्दा धेरै ९३६० फरक टिमविरुद्ध गोल गर्ने खेलाडी पनि उनी नै हुन् । उनले गरेका ६०० गोलमध्ये १४८ गोल ७० देखि ९० मिनेटको बीचमा भएको छ । उनलाई धेरै गोल पास दिने ड्यानी अल्भेस हुन्, जो हाल पीएसजीमा छन् । मेस्सीले ला लिगाको ८ उपाधि उचालिसकेका छन् भने च्याम्पियन्स लिगमा चार पटक च्याम्पियन बनेका छन् ।

म्यान्चेस्टर सिटीले चेल्सीलाई हरायो, ब्राइटनसँग आर्सनल पराजित

काठमाडौं, फागुन २१ । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई १-० ले हराएको छ । गएराति म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन बर्नार्डो सिल्भाले ४६ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै म्यान्चेस्टर सिटीले अंक तालिकामा दोस्रो स्थानको लिभरपुलसँग १८ अंकको अग्रता लिएको छ । प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा ब्राइटनले आर्सनललाई २-१ ले हराएको छ । खेलमा ब्राईटनलाई विजयी गराउन लेविस डंक र ग्लेन मेरेले एक–एक गोल गरे । आर्सनलका पिएरे एमरिक औबामायङ्गले एक गोल फर्काए । प्रिमियर लिग फुटबलमा आज राती म्यान्चेस्टर युनाईटेड र क्रिष्टल प्यालेस भिड्नेछन् । यो खेल जितेको खण्डमा म्यानचेस्टर युनाईटेड तालिकाको दोस्रो स्थानमा उक्लनेछ । २८ खेलबाट ५९ अंक जोडेको म्यान्चेस्टर युनाईटेड तालिकाको तेस्रो स्थानमा छ । एक खेल बढी खेलेका लिभरपुल ६० अंकसहित दोस्रो स्थानमा छ भने शीर्ष स्थानको म्यान्चेस्टर सिटीको ७८ अंक छ ।

विकास रनिङ शिल्ड फूटवलकाको उपाधिका सशस्त्रको एपीएफलाई

चितवन, फागुन १९। नारायणगढको क्याम्पाचौरमा सम्पन्न विकास रनिङ शिल्ड प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ । शनिबार चिवतनको क्याम्पाचौरमा सम्पन्न खेलको ५ औं मिनेटमा एपिएफका बिकु लामाले थ्रीस्टारविरुद्ध गरेको गोल नै निर्णय बन्दै एपीएफले १–० गोलअन्तरले उपाधि जितेको हो । उपाधीसगैँ एपिएफले नगद पाँच लाख रुपैयाँ नगद र शिल्ड हात पारेकाे छ । १४ महिनापछि गएको पुसमा खेलमा फर्किएको थ्रीस्टारले ३ महिनाको अवधिमा २ वटा उपाधि जितें पनि विकास शिल्डमा भने उपविजेतामा चित्त बुझाउनु पर्यो ।

झापा गोल्डकप : उद्घाटन खेलमा झापा–११ र सुदूरपश्चिम–११ भिड्दै

झापा, फागुन १९ । झापा गोल्डकपको तेस्रो संस्करण शनिबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम झापा–११ फुटबल क्लब र सुदूरपश्चिम–११ फुटबल क्लब कैलालीबीच भिड्दैछन्। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट हुने आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए। जिल्लाको व्यवसायिक फुटबलको विकास तथा फुटबल गतिविधिलाई विस्तार गर्न प्रतियोगतालाई निरन्तरता दिँदै आएको आयोजकले बताएको छ। फागुन २८ सम्म सञ्चालन हुने प्रतियोगितामा १० टिम सहभागी छन्। सहभागी टिममा आयोजक झापा–११, थ्री स्टार क्बल, मनाङ मस्र्यादी क्बल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्बल, सशस्त्र प्रहरीका एपीएफ क्लब, सहारा क्लब, रुपन्देही– ११, सुदूरपश्चिम–११ र भारतका सिक्किमको युनाइटेड फुटबल क्लब रहेको आजोयकले जनाएको छ। प्रतियोगिताको विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई घोषितले २५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताका उत्कृष्ट हुने खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन्। यस्तै, लाइफटाइम एचिभेमण्ट अवार्ड स्वरुप झापा–११ का एक जना खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ।

उपेन्द्र यादवकाे वरीयता विवादले राेकियाे मन्त्रिपरिषद विस्तार

काठमाडौं, फागुन १९ । एमाले अध्यक्ष केपी ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच मंसिरको अन्तिम साता सुरु भएको सत्ता बाँडफाँडको छलफलले आइतबारसम्ममा निकास पाउने भएको छ । दुई पार्टीबीच बाँडफाँडको टुंगो लागेपछि प्रधानमन्त्री ओली आइतबार नै सरकारलाई पूर्णता दिने तयारीमा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । फोरमले मन्त्रिपरिषदमा दोस्रो वरीयतासहित तीन मन्त्री र एक राज्यमन्त्री अथवा दुई मन्त्री, एक राज्यमन्त्री र उपसभामुख मागेपछि वार्ता लम्बिएको हो । यादवले मन्त्रिपरिषदमा आफ्नो मर्यादाक्रमबारे विगतकै बैठकमा दाबी राखे पनि ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्पष्ट जवाफ दिएका छैनन् । ‘म दुई–दुईपटक उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भइसकेकाले प्रधानमन्त्रीपछिको मर्यादाक्रम हुनुपर्छ’, यादवले भनेका छन् । एमाले सचिव प्रदीप ज्ञवालीले १५, १६ र १७ गते तीन दिन फोरमसँग तीव्र रूपमा परामर्श भएको र शनिबारसमेत हुने छलफलले आइतबारसम्म सरकारले पूर्णता पाउने बताए । ‘संविधान संशोधनमा एमाले ओपन छ’, ज्ञवालीले भने। फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विकासनिर्माण र जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयबारे कार्यदलस्तरमा छलफल भएको जानकारी दिए।

‘सुश्रीको सम्पति’ को शुभ मुर्हत, अाजबाट छायाँकन सुरु (हेर्नुहोस् भिडियो)

पोखरा । रङ पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार हुने ‘सुश्री सम्पति’को मंगलबार शुभ मुर्हत गरिएको छ । पोखरास्थित विन्ध्यावासिनी मन्दिरमा विविध पुजा गरी चलचित्रको छायांकन सुरु गरेको हो। सलोन बस्नेत, सारा सेर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल लगाएतले अभिनय गर्ने उक्त चलचित्रमा प्रियंका कार्की अतिथिको विशेष भूमिकामा देखिने छ। नेपाली चलचित्र ‘अर्धकट्टी’ बाट निर्देशनमा डेब्यु गरेका पत्रकार सुव्रत आचार्यको यो दोश्रो चलचित्र हो । पुजा लगत्तै पत्रकारहरुसँग कुरा गर्दै फ़िल्म कमेडी फ्लेवरको रहेको र एक सम्पन्न युवतीको कथालाई मुख्य विषयवस्तु बनाएको निर्देशक आचार्यले बताए । अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद र अभिमन्यूकै पटकथामा बन्न लागेको चलचित्रको कथा निर्देशक आफैंले लेखेका हुन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको सुश्री सम्पत्ति’लाई विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारले संयुक्त रुपमा निर्माण गदैैछन् । चलचित्रमा सुरेश अधिकारीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र भरत रेग्मीको सम्पादन रहनेछ । भिडियो हेर्नुस्

राष्ट्रपति निर्वाचनका बेला सबै प्रदेश मन्त्री र सांसदविहीन हुने

काठमाडौं । भर्खरै प्रदेश सरकार गठन भएर काम सञ्चालन हुन थालेको बेला आगामी एक महिनाभित्र सबै प्रदेशहरू कम्तीमा दुई दिन मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यविहीन हुने भएका छन्। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राजधानी काठमाण्डूमा नै गर्ने निर्णय गरेकाले यस्तो अवस्था आउन लागेको हो। संघीय संसद् र सबै प्रदेशसभाका सदस्यहरू भिन्न मितिमा गरिने राष्ट्रपति र उपराष्ट्रपतिका निर्वाचनमा मतदाता हुन्छन्। राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ। संवैधानिक प्रावधानअनुसार राष्ट्रपतिको निर्वाचनको परिणाम घोषणा भएको सात दिनभित्र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकिनुपर्छ। उपराष्ट्रपतिको निर्वाचनमा पनि मतदान गर्न सात वटै प्रदेशसभाका सदस्यहरू पुनस् राजधानी आउनेछन्। असन्तुष्टि ती दुई पदका लागि काठमाण्ड‍ूमै मतदान गराउने आयोगको निर्णयप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। छोटो समयमै दुई पटक मतदान गर्न काठमाण्डू जाँदा सांसदहरूलाई आर्थिक भार पनि पर्ने बताउँदै प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्र शाहीले भने, ‘प्रदेशको व्यवस्थापनका लागि रातदिन काम गर्नुपर्ने बेला सबैले प्रदेश नै छोडेर जानु राम्रो होइन।’ उनका अनुसार प्रदेशमै मतदान गरेर केन्द्रमा पठाउने व्यवस्था गरिनु उपयुक्त हुन्छ। शाहीको जस्तै धारणा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको पनि छ। उनले भने, ‘कुनै निर्वाचनका कारण प्रदेश खाली हुने अवस्था आउनु राम्रो होइन। अझै समय छ, निर्वाचन आयोगले प्रदेशमै निर्वाचन गर्ने व्यवस्था गर्नु राम्रो हुन्छ।’ राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रदेशमै गरेको निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको हालको योजनामा परिवर्तनको सम्भावना नरहेको जनाएको छ। आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘प्रदेशमै निर्वाचन गर्ने बारेमा छलफल भएको हो। तर मतदाताको संख्या न्यून भएका कारण सुरक्षा र प्रविधिका हिसाबले प्रदेशमा निर्वाचन गर्नु अव्यावहारिक हुने भएकाले केन्द्रमै गर्न लागिएको हो।’ फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ भने त्यसको एक सातामै उपराष्ट्रपतिको पनि निर्वाचन हुने बताइएको छ।बीबीसी

जनयुद्ध र जबजको समिश्रणबाट नयाँ दर्शन बन्छ : चक्रपाणी खनाल

काठमाडौं । नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य चक्रपाणि खनालले दुई वाम पार्टीबीच जनताको बहुदलीय जनवाद र जनयुद्धको समिश्रणबाट नयाँ दर्शन विकास गर्न लागिएकाले पार्टी एकतामा केही ढिलाइ भएको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले एकीकृत पार्टीलाई दीर्घकालसम्म बलियो बनाउने उद्देश्यले दुवै पार्टीका अध्यक्षबीच छलफल भइरहेको जानकारी दिनुभयो । छलफल तथा सहकार्यबाट नै गठन भएको सरकारले केही दिनभित्रै पूर्णता पाउने उहाँले बताउनुभयो । नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले जनताको चाहना एकता नै भएकाले त्यसबाट कोही पनि फर्कन नसक्ने बताउँदै वाम एकताका लागि दुबै पार्टीका नेता व्यवस्थापनमा समस्या नरहेको बताउनुभयो । नेपाली काँग्रेसका नेता कल्याण गुरुङले मुलुकमा सरकारको स्थायित्वको खाँचो औँल्याउँदै आफ्नो पार्टीले पाँच वर्षसम्म प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने बताउनुभयो । संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधनको विषयमा वर्तमान गठबन्धनको सरकार सकारात्मक भए आफूहरु पनि सरकारमा सहभागी हुने जानकारी दिनुभयोे । राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले सरकारमा जाने विषय आफूहरुको प्राथमिकतामा नरहेको बताउँदै कुन स्वरुपमा संविधान संशोधनको विषय अगाडि बढ्छ त्यसका आधारमा सरकारलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रपति, मन्त्रीदेखि नियुक्तिसम्म प्याकेजमै सहमति गरी सरकारमा जान्छौं : प्रचण्ड (भिडियोसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग राष्ट्रपति, मन्त्रीदेखि ठूला नियुक्तिमा प्याकेजमै समझदारी गरेर सरकारमा जाने बताउनुभएको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो पटक विस्तार भएको मन्त्रीमण्डलमा माओवादी सहभागी नहुँदा प्रश्न उठेको बताउँदै प्रचण्डले भन्नुभयो, ‘पार्टी एकतामा ठूलो सदस्य आएको होइन । राष्ट्रपति, मन्त्री र ठूला नियुक्ति र सरकारका काम सम्बन्धी विषयमा एकैचोटी समझदारी बनाएर दृढताका साथ अगाडि बढ्छौं ।’ पार्टी एकतामा सकारात्मक कुरा भइरहेको उहाँले बताउनुभयो । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले वाम गठबन्धनले ७० वर्षपछि राजनीतिक स्थायित्व, समृद्धि, सुधार र समाजवादको यात्रा तय गरेको बताउनुभयो । शिक्षा क्षेत्रमा गर्नुपर्ने सुधारबारे सम्मेलनबाट सुझाव दिन प्रचण्डले निर्देशन दिनुभयो । ‘हिजोका कमजोर सरकारले गर्न नसकेका काम हामी गर्न चाहन्छौं,’ उहाँले भन्नुभयो, ‘सम्मेलनबाट शिक्षा क्षेत्रमा गर्नुपर्ने कामको निचोड र सुझाव सुत्रवद्ध रुपमा प्रस्तुत गर्नुहोला । सुझावलाई पार्टी र सरकारका तर्फबाट गुणात्मक रुपमा सम्बोधन गर्छौ ।’ वाम गठबन्धनको झण्डै दुईतिहाई बहुमत आएको बताउनुहुँदै प्रचण्डले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट बढाउने काम सरकारले गर्ने बताउनुभयो । ‘जनताको चाहना अनुसारको शिक्षा दिन अनुसन्धानका कार्यक्रम गर्न बजेट छुट्याउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘बेरोजगार उत्पादन गर्ने सैद्धान्तिक शिक्षालाई परिमार्जन गरेर शिक्षालाई जीवनोपयोगी, उत्पादनमूलक र रोजगारीमूलक बनाउनुपर्छ ।’ व्यवसायिक हित र समुदायको समृद्धिका शिक्षा आवश्यक पर्ने बताउनुहुँदै प्रचण्डले स्थायित्व र समृद्धिको यात्रा शिक्षा क्षेत्रबाटै सुरु गरिने बताउनुभयो । ‘शिक्षकका समस्या समाधान र शिक्षामा रहेको बेलगाम निजीकरणलाई नियन्त्रण गर्ने नीति सरकारले ल्याउने छ,’ उहाँले भन्नुभयो ।

आज ग्याल्बो र सोनाम ल्होछार मनाइँदै, सार्वजनिक विदा

काठमाडौं, फागुन ४ । बौद्ध महायानी धर्मावलम्वीहरुले आज ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । तामाङ, ल्होमोलगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउन लागेका हुन् । सोनाम कृषि ल्होथो अर्थात पात्रोअनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकैदिन परेको छ ।   सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिएपनि केही तामाङ समुदायले आफूहरुको तिथी र पात्रोअनुसार नमिलेको भन्दै मनाएका थिएनन् । सोनाम र ग्याल्बो दुवैले आज एकैदिन ल्होछार धुमधामका साथ मनाउँदैछन् । आज सरकारले सार्वजनिक विदा दिएको छ । यसअघि माघ ४ गते पनि सरकारले सार्वजनिक विदा दिएको थियो । ल्होछार मान्ने समुदायले आजबाट चरा वर्षको विदाइ गरी कुकुर वर्षलाई स्वागत गरेका छन् । हरेक वर्ष जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात वर्ष फेरिने मान्यताअनुसार यो वर्ष चरा वर्षको विदाइ गरी कुकुर वर्षको स्वागत गरिएको सोनाम ल्होछारका ज्ञाता खेन्पो सोनाम ग्युर्मेले जानकारी दिए । तीनकुनेमा विशेष कार्यक्रम, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने यसैबीच राष्ट्रिय सोनाम ल्होछार २८५४ को अवसरमा तामाङ समुदायमा रौनक छाएको छ । काठमाडौंको तिनकुने शुक्रबार र शनिबार सांस्कृतिक महोत्सव हुँदैछ । महोत्सवको आज दिउँसो २ बजे प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्ने ल्होछार मूल समारोह समितिका संयोजक तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिए । उनका अनुसार औपचारिक कार्यक्रम शुरु हुनु अघि काठमाडौंको सिनामंगल, नयाँ बानेश्वर र ललितपुरको बालकुमारीबाट साँस्कृतिक झाँकीसहितको र्‍याली निकालिँदैछ । आजको दिन बिहानै नुहाइधुवाइ गरी घरघरमा तथा गुम्बाहरुका गएर पूजापाठ गर्ने, नयाँ वस्त्र लगाएर शुभकामना आदानप्रदान गर्ने, मिठा परिकार खाने तथा सामुहिक नाचगान गरेर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस्तै आफूभन्दा ठूलाबडासँग टीका ग्रहण गरी आशिर्वाद थाप्ने प्रचलन छ । आजको दिन तरुल, फापरबाट बनेको आलुम र गेङ (रोटी), भटमास र गुन्द्रुक साँधेको, खाप्सी आदि मौलिक खाना खाने प्रचलन छ ।

आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी

काठमाडौं, फागुन ४ । युरोपा लिग फुटबलमा गएराति आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी भएका छन् । राउण्ड अफ ३२ अन्तर्गत पहिलो लेगको खेलमा इंग्लिश क्लव आर्सनलले स्विडेनको ओएफकेलाई ३–० ले हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले ईटालीको एटालान्टालाई ३–२ ले पराजित गर्‍यो । पहिलो लेगकै अर्को खेलमा ईटालीको एसी मिलानले बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ३–० ले तथा पोर्चुगलको स्पोर्टिङ्ले काजखस्तानको एफसी अस्टानालाई ३–१ ले हरायो । यसैगरी स्पेनिस क्लवहरु एथ्लेटिको मड्रिडले डेनमार्कको एफसी कोपनहेगनलाई ४–१ ले हराउँदा एथ्लेटिक बिल्बाओले रुसको स्पार्टा मस्कोलाई ३–१ ले पाखा लगायो । फ्रेन्च क्लवहरु मार्सेले पोर्चुगलको ब्रागालाई ३–० ले तथा लियोंले स्पेनको भियारियाललाई ३–१ ले पराजित गरे । युरोपा लिगकै अन्य खेलहरुमा स्कटल्याण्डको सेल्टिकले रुसको जेनिथलाई १–० ले, जर्मनीको आरबी लेप्जीगले ईटालीको नापोलीलाई ३–१ ले तथा रोमानियाको स्टावा बुकारेष्टले ईटालीको लाजियोलाई १–० ले पराजित गरे ।