किन बोलायो एमालेले केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडौं, जेठ २ । पार्टी एकताको कार्यसूचीमा नेकपा एमालेको केन्द्रीय कमिटीको बिहीबार आकस्मिक रुपमा बैठक बस्ने भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिक रुपमा बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने तय भएको पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी एकताको विषयमा विभिन्न खालका टीका÷टिप्पणी आइरहेको बेला पार्टी एकता गर्न कै लागि केन्द्रीय कमिटीको नवौँ बैठकले केही निष्कर्ष निकाल्नेछ । पार्टी एकताको मिति घोषणा गर्ने कमिटीको सम्भवतः त्यो अन्तिम बैठक पनि हुन सक्ने जनाएको छ ।

जन्मदिनको मौकामा अभिनेत्री अनुष्काको एक रहस्यको खुलासा

मुम्बई । बलिउड अभिनेत्री अनुष्का शर्मा ३० वर्षकी भएकी छन् । उनको जन्म १ मे, १९८८ मा अयोध्यामा भएको थियो । कैयौं बलिउड चलचित्रमा काम गरिसकेकी अनुष्का जन्मदिनको मौकामा उनीसँग जोडिएको एक रहस्यको खुलासा भएको छ । एक अवार्ड शो कार्यक्रमबाट फर्किंदा बाटैभरि नै उनी रोई मात्र रहेका थिए । कारण के हो भने उनले खेलेका थुप्रै सुपरहिट चलचित्रले गर्दा पूरा आशावादी रहेकी थिइन् कि अवार्ड पक्कै पनि मैले नै पाउने छु तर अवार्ड पाइनन् । दुई सुपरहिट चलचित्रको लागि अनुष्काले पाइनन् अवार्ड अनुष्काले २००८ मा उनको पहिलो बलिउड चलचित्र ‘रब ने बना दी जोडी’ मा डेब्यु गरेकी थिइन् । उनको सुरुवाती दुई चलचत्र ‘रब ने बना दी जोडी’ (२००८) र बैण्ड बाजा बारात (२०१०) ले उनला‌इ बेस्ट एक्टे«सको फिल्मफेयर अवार्डको लागि नोमिनेसन समेत दिलायाे । दुई हिट चलचित्रबाट पुरै आशावाव रहेकी अनुष्कालाई अवार्ड मिलेन । एक अन्तर्वार्ता अनुष्काले भनेकी थिइन्, ‘दुई सुपरहिट चलचित्रले गर्दा म अवार्डको लागि फिट थिएँ, तर मलाई अवार्ड मिल्न सकेन ।’ उनले भने– ‘अवार्ड फंक्शन सकिएपछि घर जाँदाको समय म बाटैभरि रोइरहेकी थिइन् ।’ अवार्ड नपाएपछि मलाई साह्रै नराम्रो लाग्यो कि सबैले अवार्ड पाउन सफल भए तर मैले पाएन । उनले अर्काे अन्तर्वार्तामा भने, ‘एक अन्य अवार्ड शो मा जब म ब्याक स्टेज मा थिएँ र यस फंक्शनमा पनि म अवार्ड पाउन असफल रहे । यसैक्रममा अमिताभ बच्चनबाट मलाई नाम लिएर बोलाए। मलाई एकदमै अचम्म लाग्यो । उनले मलाई भने– मैले चलचित्र हेरें र धेरै समयपछि एकदमै ट्यालेन्टेड एक्ट्रेस देख्ने मौका पाएको छु । त्यही समयमा असिन आफ्नो अवार्ड लिएर मेरो सामु पुगिन। अमिताभकाे कुरा सुनेपछि मलाई लाग्याे मैले मेराे अवार्ड पाइसकें ।

प्रचण्डकाे उद्घाेष : अब बिप्लव, बैद्य सहितका सबै माओवादी एक हुन्छाैँ

काठमाडौं, बैशाख १६ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नक्कल गरेर नहुने बरु नयाँ तरिकाले विकास गर्नुपर्ने बताएका छन् । शनिबार प्रचण्ड निवास खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लब समूहका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०÷२५ वर्षअघिको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ ।” अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई सही निर्णय गरेको बताउँदै माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण तयार बन्दै गएको जानकारी दिए । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि रगत पसिना बगाउनेकै नेतृत्वमा कम्युनिष्ट एकता हुनुपर्ने उनको धारणा थियो । उनले भने, “जसले बाली लगायो, उसैले थन्क्याउन पाउने नै वैज्ञानिक कुरा हो ।” दुईचार दिन समय लिए पनि एमाले माओवादी केन्द्रबीचको एकता अन्ततः भएरै छोड्ने उनको भनाइ थियो । शान्ति सम्झौतामा हस्ताक्षर गरेका बेला माओवादी सिंगो पार्टी हुँदा नै देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने विषयमा छलफल भएको अध्यक्ष प्रचण्डले स्मरण गरे । त्यसलाई माओवादी नेतृत्व र विचारले नै पहल गर्नुपर्ने सल्लाह भएको उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले भने, “पहिलो संविधानसभामा ठूलो बनेको हाम्रो पार्टीलाई बचाउन सकेको भए संविधान पनि समयमै बनाउन सकिन्थ्यो । यो भन्दा राम्रो संविधान बनाउन सकिन्थ्यो । तर हामी सफल भइएन । हाम्रा विरोधी माओवादी आन्दोलनलाई टुक्राटुक्रा बनाउन सफल भए ।” माओवादीलाई फुटाएर परिवर्तनका मुद्दालाई लाबारिस बनाउने खतरा पैदा भएको थियो, अध्यक्षले भने । अब सबै छरिएर रहेका माओवादी ढिलोचाँडो मूल पार्टीमा फर्कने उनको विश्वास थियो । उक्त कार्यक्रममा विप्लब समूहका सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज चिरन तामाङ, र सचिव कमल माझीसहित दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए । उनीहरुले विप्लब नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंशतर्फमात्र अगाडि बढेन कतिपय सामाजिक आपराधिक क्रियाकलापजन्य घटनालाई समेत क्रान्तिकारी कामको जामा पहि¥याएर अगाडि बढ्ने बाटो समातेको बताएका थिए ।

राजेन्द्रकुमारको निर्देशित सातौं चलचित्र ‘पसले’ को छायांकन सम्पन्न

निर्देशक राजेन्द्रकुमार अर्याल ‘राजु’ निर्देशित सातौ फिल्म ‘पसले’ को सम्पूर्ण छायांकन सकिएको छ । एनपी फिल्मस् प्रोडक्सन प्रालिका लागि निर्माताद्वय सञ्जयकुमार थापा र गणेशप्रसाद चुँडालले यो चलचित्र निर्माण गरेका हुन । काठमाडौं, काभ्रे, धनगढी र चितवनमा यो चलचित्रको छायांकन गरिएको हो । निर्देशक अर्यालले ‘पसले’ जातिय छुवाछुत र पहाड तराईबीचको मतभेदमा केन्द्रित रहेको बताए । यसअघि राजेन्द्रले ‘यो कस्तो प्रेम’, ‘अन्यौल यात्रा’, ‘सीता’, ‘जिन्दगी’, ‘जस्ट फर यू’, ‘एक्सन’ फिल्मको निर्देशन गरिसकेका छन् । २०५६ सालमा ‘अविरल बग्दछ इन्द्रावती’ टेलिचलचित्रमा निर्देशक बद्री अधिकारीको एसिस्टेन्स निर्देशक हुँदै उनले कला क्षेत्रमा हात हालेका हुन् । ‘जिन्दगी’, ‘एक्सन’ र ‘पसले’लाई निर्देशक स्वयं अर्यालले लेखेका हुन् । कलाकार दयाहाङ राई र हरिवंश आचार्यलाई लिएर चलचित्र निर्देशन गर्ने उनको चाहना रहेको छ । यता निर्माता सञ्जयले भने पिटर खालिङ राईसँग मिलेर ‘अन्यौल यात्रा’ निर्माण गरेका थिए । मेकिङको हिसाबले उनको यो दोस्रो चलचित्र हो । सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘पसले’ मा राजन महर्जन, ऋतु लामा, सुशान्त माझी, अनिल खतिवडा, जिएस आले, रमेश भट्टराई, दीपेन्द्र कोइराला, अर्जुन भुषाल, सुनीता पौडेल, रोहन नेपाल लगायतको अभिनय रहेको छ । चलचित्रमा किरण दाहालको द्वन्द, राजेन्द्र थापाको छायांकन, रामप्यासी र दीपेश सुब्बाको कोरियोग्राफी रहेको छ । चलचित्रको गीतमा संगीत अमित चौधरीले दिएका हुन् । फिल्म रिलिज डेट भने हाल तय गरिएको छैन ।

माइभ्यालीद्वारा कास्की ११ पराजित

इलाम, वैशाख ६ । ठूलो टुंँडिखेलमा आजदेखि शुरु भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माइभ्याली क्लब विजयी भएको छ । माइभ्यालीले कास्की–११ लाई ३–२ ले पराजित गर्दै विजयी शुरुआत गरेको छ । खेल शुरु भएको १९ औं मिनेटमा माइभ्यालीका मनीष थापाले प्रतियोगिताकै पहिलो गोल गरेका थिए । पेनाल्टीमा माइभ्यालीका कप्तान सुवास राईले ५७ औँ मिनेटमा गोल थप्दै आफ्नो गोललाई २–० अग्रता दिएका थिए । मध्यान्तरपछिको खेलमा माइभ्यालीकै थापाले ६४ औँ मिनेटमा पुनः गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित पारे । माइभ्यालीको दवावमा रहेको कास्कीका तर्फबाट ७९ औँ मिनेटमा उत्तम गुरूङ तथा ९१ औँ मिनेटमा रञ्जित गुरूङले एक एक गोल गरे पनि टोलीको जीत जोगाउन सकेनन् । यही वैशाख १७ गते सम्पन्न हुने प्रतियोगिताको प्रदेश नं १ का प्रदेशसभा सदस्य राम रानाले उद्घाटन गर्नुभएको थियो । शुक्रबारको खेल सशस्त्र प्रहरीको एपिएफ र काबराम प्रगति संघ बंगलादेशबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा मनाङ मस्र्याङ्दी, संकटा क्लब काठमाडौं, सिक्किम युनाइडेट, त्रिभुवन आर्मी क्लब, काबराम प्रगति संघ, एपिएफ, रमपम झापा–११, दुर्गापुरस्टिल भारत, नेपाल पुलिस क्लब र थ्रिस्टार क्लब गरी १२ टोलीको सहभागिता छ । प्रतियोगिताका विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख प्राप्त गर्ने माइभ्यालीका अध्यक्ष धीरेन चेम्जोङले बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको साँघुरो १२३ मिटर क्षेत्रमा रड एङ्करिङ गरेर सडक फराकिलो बनाउन थालिएकोे छ । मुग्लिन नजिकको सो क्षेत्रमा यसअघि भित्तो काट्ने वा क्यान्टिलिभर राख्ने भन्ने विषयमा लामो समय बहस भएको थियो । काम सम्पन्न गर्नुपर्ने समय नजिँिकदै गर्दा ठेकेदार कम्पनी रड एङ्करिङ गर्ने कुरामा सहमत भएपछि काम शुरु भएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट १.५ किलोमिटर नारायणगढतर्फ २ नम्बर र ३ नम्बर पुलको बीचमा नौ ठाउँमा गरी १२३ मिटर सडक साँघुरो रहेको छ । ती ठाउँमा सातदेखि आठ मिटरमात्रै सडक चौडा छ । साँघुरो सडक भएको ठाउँमा सेफ्टी बेल्ट बाँधेर सडकमुनि भिरको चट्टानमा ड्रिल गरेर रड घुसाउन थालिएकोे छ । २५ एमएम र ३२ एमएम मोटाइका रड ड्रिल गरेर एकदेखि दुई मिटर भित्र छिराएपछि सोही रडमा थप रड बाँधेर वाल उठाइँदैछ । यसरी उठाउँदा एकदेखि १.५ मिटरसम्म सडक फराकिलो बनाउन सकिने उहाँले बताउनुभयो । फराकिलोको आधारमा पाँचदेखि आठ मिटर तलबाट वाल उठाइँदैछ । तीन सय मिटर लामो सडकका ठाउँठाउँमा गरी १२३ मिटर सडक साँघुरोे छ । बीस मिटर सडकमा ड्रिल गर्ने काम सम्पन्न भइसकेको छ भने अन्य ठाउँमा ड्रिल हुँदैछ । सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यसपछि मुग्लिनसम्म नौ मिटर चौडा सडक बनाइँदैछ । ३३.२ किलोमिटर लामो उक्त सडकखण्डको हालसम्म ३० किलोमिटर सडक कालोपत्रे भएको र अन्य क्षेत्रको भित्तो काट्ने काम पनि सम्पन्न भएको छ । हालसम्म समग्रमा सडकको ९० प्रतिशत काम सम्पन्न भएको इञ्जिनियर खनालले बताउनुभयो । उहाँका अनुसार ड्रिल गरेर फराकिलो बनाइँदै गरेको क्षेत्रबाहेक अन्यत्र वैशाख १५ सम्ममा कालोपत्रे गरी सक्ने लक्ष्य राखिएको छ । सो सडकको नारायणगढबाट मुग्लिनतर्फको पहिलो खण्ड १० मे २०१८, दोस्रो खण्ड २० मे २०१८ र तेस्रो खण्ड ३० मे २०१८ सम्म काम सक्नु पर्ने छ । हालसम्म पहिलो खण्डको ८८ प्रतिशत, दोस्रो खण्डको ९६ प्रतिशत र तेस्रो खण्डको ८१ प्रतिशत सम्पन्न भइसकेको छ । सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी सो सडक ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । रासस

चार वर्षको प्रेम, ४ मिनेटमै अन्त्य

काठमाडौं । १० कक्षासम्म पढेका रुपन्देही ओमसतियाका प्रेमसागर केवट र स्थानीय १५ वर्षे युवती विगत ४ वर्षदेखि प्रेम–सम्बन्ध राख्दै आएका थिए । ज्याला मजदुरी गरेरै भएपनि प्रेमसागर युवतीका लागि कोसेली ल्याईदिन्थे । गाउँमा दुवैको प्रेम सम्बन्धको चर्चा चल्न थालेको थियो । दुवैले नजिकैको खेतलाई आफ्नो भेटघाट स्थल बनाएका थिए । दुवैका लागि रातको अँध्यारोले भेटघाटलाई गोप्य बनाउन पर्दाको काम गरिरहेको हुन्थ्यो। तर मंगलबार (४ बैशाख) बिहान प्रेमसागरकी प्रेमिकाको शव त्यहीँ उनीहरुको सधैँ भेटने स्थानमा फेला पर्‍यो । इलाका प्रहरी कार्यालय धकधकेबाट खटिएको टोलीले करिब ३६ घण्टा लामो अनुसन्धानमा युवतीको हत्या उनैका प्रेमी प्रेमसागरले गरेको पत्ता लगाएको छ। अभियुक्त प्रेमसागर रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार ३ बैशाख मा राति सँगै बसेका उनीहरु बीच विहान छुट्टिने समयमा भएको ४ मिनेटको विवादमा युवतीको हत्या भएको थियो। ‘रातिसँगै बसेको र शारीरिक सम्बन्ध समेत भएको खुलेको छ’ एसपी ज्ञवालीले भने, ‘बिहान छुट्टिने समयमा विवाद भएपछि युवतीकै कपालले घाटी थिचेर हत्या भएको हो ।’

भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना, २७ को मृत्यु

नयाँदिल्ली, चैत २७ । भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको छ । काँगडा जिल्लाको नुररपुरमा वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना धेरै बालबालिकाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा २३ बालबालिका, दुई शिक्षक, चालक र एक महिला रहेका पुष्टि भएको छ । स्कुल बिदा भएपछि ६० जना विद्यार्थीलाई घर छोड्न गएको बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन । घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

टस हारेर दिल्ली डेयडेविल्स व्याटिङ गर्दै, सन्दीप प्लेइङ ११ परे ? को-को परे ?

काठमाडौं, चैत्र २५ । आइपीएलको ११ औं संस्करणको दोस्रो खेलमा आज दिल्ली डेयडेविल्स र किंग्स इलेवन पंजाब भिड्दै छन् । मोहालीको आइएस बिन्द्रा स्टेडियममा हुने खेलमा किंग्स इलेवन पंजाबले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । आइपीएल क्रिकेटमा दिल्ली डेयर डेभिल्समा आवद्ध नेपाली क्रिकेटर सन्दिप लामिछानले पहिलो खेलमा मैदान उत्रिन नपाउने भएका छन् । आजको खेलमा रविचंद्रन अश्विनले पहिलो पटक पंजाब टीमको कप्तान गर्दै छन् । त्यस्तै दिल्लीका लागि पनि गौतम गंभीरले पहिलो पटक कप्तानी सम्भाल्दै छन् । गम्भीर यसअघि सन २०११ देखि २०१७ सम्म लगाता कोलकाता नाइटराइडर्सको कप्तान थिए । गम्भीरको कप्तानीमा कोलकाता नाइटराइडर्स दुई पटक च्याम्पीयन बनिसकेको छ । पञ्जावविरुद्ध मैदान उत्रिने दिल्लीको टिमः गौतम गम्भीर (कप्तान) कोलिन मुन्रो, जैसन रोय, ऋषभ पन्त, श्रेयर अय्यर, क्रिश मोरिश, विजय शंकर, अमित मिश्र, मोहमद शामी, ट्रेन्ठ बोल्ट र शहबाज नदिम

गुप्ताङ्गमा टाँसिइरहने सेतो गन्हाउने पदार्थ के हो? जानौं यसबारे

यौनजन्य संक्रमणहरू कतिपय अवस्थामा कष्टकर मात्रै हैन प्राणघातक पनि हुन सक्छन् । कतिपय अवस्थामा भने शरीरका स्वाभाविक क्रियाहरूले नै हामीलाई यौनजन्य संक्रमणको त्रास दिन सक्छन् । यस्ता विशिष्ट शारीरिक प्रक्रियाहरूमा एक हो यौनाङ्गमा सेतो चिपचिपे पदार्थ टाँसिएको भेटिनु । यो स्मेग्मा भनिन्छ जसलाई योनिमल या शिश्नमल पनि भनिन्छ । ब्याक्टेरियाको संक्रमणले स्मेग्माबाट दुर्गन्ध आउँछ । हुन त यो यौनाङ्गहरूका भित्री पत्रहरूमा नमी कायम गरिराख्न शरीरबाट नियमित स्राव भइराख्ने तरल हो तर समय समयमा सफा गरिएन भने यसमा ब्याक्टेरिया या ढुसी पलाउने र यो संक्रमणको कारण बन्न सक्छ । यौन क्रियाका दौरान यसले लुब्रिकेंटका रूपमा अतिरिक्त चिल्लोपना प्रदान गरेर फाइदा समेत गर्ने गर्दछ ।  पुरुषहरूमा त यसले बाहिरी छालालाई शिश्नमुण्डमा टाँसिनबाट समेत जोगाउँछ । त्यसैले प्राकृतिक नै भए पनि यसलाई नजरअन्दाज गरिनु पीडादायक हुनसक्छ ।  यो आफैँमा कुनै संक्रमण नभए पनि संक्रमणको कारण बन्न सक्ने भएकाले यसलाई सफा गर्ने र हुनसक्ने सम्भावित पीडाबाट बच्ने भन्नेबारे थाहा पाइराख्नु जरूरी छ । वास्तवमै के हो त स्मेग्मा? महिलाहरूमा क्लिटोरिस र लेबिया माइनोराका पत्रहरू बीच र पुरुषहरूमा फोर स्किन भित्र स्मेग्मा उत्सर्जित हुने गर्दछ । वास्तवमा मानव शरीरले स्वयंलाई प्राकृतिक तरिकाले सफा गरिराखेको हुन्छ । स्मेग्मको निर्माण पनि लगभग त्यस्तै प्रक्रिया हो ।  यो छालाका मृत कोषिकाहरू र मानव यौनाङ्गबाट निसृत हुने चिल्लो पदार्थको सम्मिश्रण हो । किशोर अवस्थामा र युवा अवस्थामा स्मेग्माको सम्भावना बढी हुने गर्दछ भने उमेर बढ्दै जाँदा यो कम हुँदै जान्छ ।  यो आफैँमा हानिकारक नभए पनि पिसाबको सम्पर्कमा आएपश्चात् यसले विभिन्न प्रकारका ब्याक्टेरियाहरूलाई आश्रय दिने भएकाले यसबाट दुर्गन्ध आउन सुरु हुन्छ र संक्रमण हुने सम्भावना बढ्छ । कसरी बन्छ स्मेग्मा? हाम्रो छालाले चिल्लो पदार्थ उत्सर्जित गरिराखेको हुन्छ जसले छालाको बाहिरी भाग सुक्खा रहन पाउँदैन ।  यति मात्र हैन यसले छालालाई सुक्ष्म जीवाणुहरूको आक्रमणबाट बचाउने र यसलाई  जल प्रतिरोधक समेत बनाइदिन्छ । स्मेग्मा पनि छालाले गर्ने यस्तै प्रकारको उत्सर्जन हो तर यो भित्री पत्रहरूमा हुने भएकाले सामान्य अवस्थामा आफैँ सफा भएर जाँदैन । यो आफैँमा हानिकारक नभए पनि पिसाबको सम्पर्कमा आएपश्चात् यसले विभिन्न प्रकारका ब्याक्टेरियाहरूलाई आश्रय दिने भएकाले यसबाट दुर्गन्ध आउन सुरु हुन्छ र संक्रमण हुने सम्भावना बढ्छ ।   बुझ्नु पर्ने कुरा के छ भने स्मेग्मा सधैं हानिकारक भने होइन ।  यौन क्रियाका दौरान यसले लुब्रिकेंटका रूपमा अतिरिक्त चिल्लोपना प्रदान गरेर फाइदा समेत गर्ने गर्दछ ।  पुरुषहरूमा त यसले बाहिरी छालालाई शिश्नमुण्डमा टाँसिनबाट समेत जोगाउँछ । जसले छालालाई सजिलै पछाडी गर्न मद्दत गर्ने गर्दछ । तर लामो समयसम्म यो संचित भइराखेको अवस्थामा यसमा विभिन्न जीवाणुहरू हुर्किने भएकाले यसले अन्य संक्रमणहरूलाई सहायता गर्ने हुन सक्छ । कसरी गर्ने स्मेग्माको सफाई? यदि आपके लिंग या योनिबाट नियमित रूपमा दुर्गन्ध आइराखेको छ भने त्यो स्मेग्माजन्य संक्रमण हुन सक्छ । यदि बेलैमा यसलाई सफा गरिएन भने यसले छालाका मृत कोषिका एवं ब्याक्टेरिया थुपारेर दुःख दुन सक्छ । नियमित सरसफाईले स्मेग्माजन्य संक्रमणबाट बचाउँछ। यसबाट बच्न नुहाउँदा नियमित रूपमा लिङ्ग या योनीको सफाई गर्नु आवश्यक छ । यसका निम्ति चिसो पानीको प्रयोग साह्रै राम्रो हुन्छ । बजारमा पाइने साबुनहरू क्षारीय हुन्छन् तिनको प्रयोगले गुप्ताङ्गको अम्लीयपना नष्ट हुने भएकाले यसो नगर्नु नै राम्रो हुन्छ । महिलाहरूले भने यस क्रियाको लागि मनतातो पानीको प्रयोग गर्न सक्छन् । कस्ता कस्ता जोखिम हुन्छन् यसबाट ? विशेष गरेर जुन पुरुषहरूको लिङ्गको बाहिरी छाला पछाडि फर्किएको हुँदैन तिनीहरूमा यसको जोखिम बढी हुन्छ ।  छालाको भित्री भागमा धेरै फोहोर जम्मा भएर कतिपय अवस्थामा त्यसले जलन हुने हुन्छ जसलाई चिकित्सकीय भाषामा ब्लाइंटिस भनिन्छ । यस्तो स्वच्छताको कमीका कारण ब्याक्टेरियाको वृद्धि भएर हुने हुन्छ । जटिलताहरू आएको खण्डमा चिकित्सकीय परामर्श लिनु उचित हुन्छ । यसबाट ब्लानोपोस्थिटिस या छालामा जलन हुने समस्या पनि हुन सक्छ । यस्तो भएको खण्डमा लिङ्गको माथिल्लो भागमा राता धब्बाहरू देखिन सक्छन् । यसपछि त्यो भाग सुन्निने र जलन पर्ने समेत हुन् सक्छ । वास्तवमा मानव शरीरले स्वयंलाई प्राकृतिक तरिकाले सफा गरिराखेको हुन्छ । स्मेग्मको निर्माण पनि लगभग त्यस्तै प्रक्रिया हो ।  यो छालाका मृत कोषिकाहरू र मानव यौनाङ्गबाट निसृत हुने चिल्लो पदार्थको सम्मिश्रण हो । यी दुबै अवस्था पीडादायक हुने भएकाले तुरुन्त चिकित्सकीय परामर्श लिनु उचित रहन्छ । यदि बेलैमा उपचार नगरेको खण्डमा अर्को जटिल समस्या हुन सक्छ जसलाई फाइमोसिस भनिन्छ । यसमा लिङ्गको बाहिरी छाला शिश्नमुण्डमा टाँसिन्छ र पछाडि फर्काउनु पीडादायी हुन्छ । के स्मेग्माजन्य जटिलताहरू पुरुषहरूमा मात्र हुन्छन् ? त्यसो होइन ।  तर महिलाहरूका तुलनामा पुरुषहरू सरसफाईमा कम ध्यान दिने, बेलैमा ननुहाउने र उनीहरूको लिङ्गको बाहिरी छाला पुरै बन्द हुने भएकाले यस्तो सम्भावना बढी भएको हो । किशोर अवस्थामा र युवा अवस्थामा स्मेग्माको सम्भावना बढी हुने गर्दछ भने उमेर बढ्दै जाँदा यो कम हुँदै जान्छ ।  जे भए पनि व्यक्तिगत सरसफाईमा उचित ध्यान पुऱ्याएको खण्डमा यस्ता संक्रमणबाट बच्न सकिन्छ ।  

अवैध कलेजमा पाँच वर्षदेखि पढाइ: अन्योलमा विद्यार्थीको भविष्य

काठमाडौं – चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ। कलेजले पाँच वर्षदेखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ। आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा मुख्य खबर छ । पूर्वाञ्चल विश्वविद्यालयसँगको मिलेमतोमा कलेजले अध्यापन सुरु गर्दै आएको हो। कलेजले चारबर्से बीएससी नर्सिङ र तीनबर्र्से बिएन विषयको पठनपाठन गर्दै आएको छ। नर्सिङ शिक्षण संस्था सञ्चालन गर्न नेपाल नर्सिङ परिषद्बाट मान्यता लिनुपर्ने कानुनी व्यवस्था छ। तर, कलेजले मान्यता नै नपाएको काउन्सिलका रजिस्ट्रार लक्ष्मी राईले खुलाइन्। उक्त कलेजबाट चारबर्से बीएससी नर्सिङ अध्ययन पूरा गरी नाम दर्ता परीक्षामा सामेल हुन दुई विद्यार्थीले अनलाइनबाट फर्म भरेपछि अवैध भएको खुलेको हो। काउन्सिलले बीएससी नर्सिङ गरेका शोभा अर्याल र तनुजा श्रेष्ठलाई कलेज अवैध भएको जनाउँदै परीक्षामा सामेल गर्न रोकेको छ। रजिस्ट्रार राईले प्रश्न गरिन्, ‘मान्यता नै नदिएको कलेजबाट पढेकालाई कसरी परीक्षामा सामेल गराउने ? ’ परीक्षामा सामेल हुन नपाएकोमा विद्यार्थीद्वयले उच्च अदालत पाटनमा मुद्दा दायरसमेत गरेका थिए। अदालतले परीक्षामा सामेल गराउन अन्तरिम आदेश दिए पनि मान्यता नै नपाएको कलेजमा अध्ययन गरेका विद्यार्थीलाई प्रवेश परीक्षामा सामेल गराउनु न्यायोचित नहुने ठहर परिषद्को बोर्ड बैठकले गरेको थियो। परिषद् ऐन, २०५२ को दफा ९ अनुसार शिक्षण संस्थालाई मान्यता दिने अधिकार काउन्सिललाई रहेको छ। पूर्वाञ्चल विश्वविद्यालयको मिलेमतो शिक्षण संस्था सञ्चालन गर्न स्वीकृति दिनुपूर्व सम्बन्धित निकायले नर्सिङ परिषद्सँग परामर्श माग गर्नुपर्ने कानुनी व्यवस्था छ। सम्बन्धित शिक्षण संस्थाले आवश्यक मापदण्ड तथा पूर्वाधार पूरा गरे-नगरेको जाँचबुझ गरी परिषद्ले परामर्श दिनुपर्छ। परिषद्को परामर्शको आधारमा मात्र सम्बन्धित निकायले शिक्षण संस्था स्थापना र सञ्चालन गर्ने स्वीकृति दिने वा नदिने सम्बन्धमा निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ। काउन्सिलले पूर्वाधार नपुगेको भन्दै परामर्श दिए पनि सम्बन्धन दिएको पूर्वाञ्चल विश्वविद्यालयले बेवास्ता गर्दै आएको छ। काउन्सिलकी रजिस्ट्रार राईले विश्वविद्यालयका उपकुलपतिलाई भेट्न जाँदा ‘रेस्पोन्स’ नगरेको बताइन्।

बागी-टूको पहिलो दिनको कमाइ २५ करोड भारतीय रुपियाँ

टाइगर श्राफ र दिशा पाटनी अभिनित चलचित्र बागी- टूले भारतीय घरेलु बजारमा आक्रामक व्यापार गरेको छ। रिलिज भएको पहिलो दिन नै २५करोड भारतीय रुपियाँ कमाउन सफल यो चलचित्र सुपर हिट एक्सन फिल्म बागीको सीक्वेल हो । शुक्रबार रिलिज यस चलचित्रले पहिलो दिनमै सर्वाधिक कमाउने हिन्दी चलचित्रको सूचीमा १४औं स्थानमा कब्जा जमाएको छ। कुनै महत्वपूर्ण बिदा बिना नै रिलिज गरिए पनि टाइगरको दमदार एक्सनका कारण चलचित्रले बलियो प्रदर्शन गर्ने आशा गरिएको थियो । यो कुनै पनि युवा कलाकारको सर्वाधिक ओपनिंग रहेको बुझिएको छ। यस अघि १९.५ करोडको ओपनिंगका साथ रणबीर कपूरको बेसरम शीर्षमा थियो ।

प्रचण्डको कडा अभिव्यक्ति: ठूल्ठूला बुद्धिजीवीले ‘भूइँको टिप्न खोज्दा पोल्टाको खस्ने’ कुरा बुझेनन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायले जातीय मुक्ति आन्दोलनमा प्राप्त उपलब्धीको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित ५३ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सामाजिक र राजनीतिक जागरणमार्फत् संविधानमा दलित समुदायका हकअधिकार समावेश गरिएको र अब कार्यान्वयनको चरण सुरु भएको बताउनुभयो । संविधानमा लिपिवद्ध भएका अधिकार कार्यान्वयनमा एकजुट हुनुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मनोगत विश्लेषणले प्राप्त उपलब्धी गुम्ने खतरा हुन्छ । पोल्टामा भएको चिजको रक्षा गरौं । अनि, थप पाउन संघर्ष गरौला ।’ केही ठूल्ठूला बुद्धिजीवीले क्रान्तिका कुरा गरेर ‘भूइँको टिप्न खोज्दा पोल्टाको खस्ने’ कुरा बुझ्न नसकेको अध्यक्ष प्रचण्डले बताउनुभयो । ‘बुद्धिजीवीले अलि धेरै पढे, अलि धेरै नबुझ्ने हुन्छ । बुद्धिजीवीमा अहंकार, अराजकता र आत्मकेन्द्रीत देखिए उपलब्धी गुम्ने खतरा हुन्छ,’ उहाँले भन्नुभयो, ‘नेतृत्वमा पुगेका कति बुद्धिजीवी झण्डै–झण्डै बहुलाउनु भो । अरु को–को बहुलाउने हुन् भन्ने डर लाग्न थाल्छ ।’ राष्ट्रिय अन्तर्राष्ट्रिय धेरै चुनौतिको सामना गरेर संविधानमा जनताका अधिकार लिपिवद्ध गरिएको बताउनुहुँदै अध्यक्ष प्रचण्डले सुन्दा बडो क्रान्तिकारी सुनिने कुराले कहिलेकाही साम्राज्यवादीलाई फाइदा पुग्ने बताउनुभयो । दलित अधिकारका नाममा चर्का कुरा गरेर कम्यूनिस्ट फुटाउने, संविधान कार्यान्वयन हुन नदिने र दलितका हकअधिकार कार्यान्वयन हुने नदिए साम्राज्यवादीलाई फाइदा पुग्ने उहाँले बताउनुभयो । ‘जनयुद्धमा रगत बगाएर समावेशी प्रतिनिधित्व एक सीमासम्म सुनिश्चित गरेका छौं,’ उहाँले भन्नुभयो, ‘हामीले त्यसमा टेकेर अगाडि जाने ठाउँ बनाएका छौं ।’ जुनसुकै पार्टीबाट भएपनि नीतिनिर्माण तहमा दलित समुदायलाई देख्दा आन्दोलन खेर गएन भन्ने लाग्ने गरेको उहाँले बताउनुभयो । सिंहदरवारभित्र प्रधानमन्त्री र राष्ट्रपति दलित समुदायबाटै बनेको हेर्ने आफ्नो इच्छा हुँदाहुँदै पनि तत्कालीन परिस्थितिले सम्भव नभएको अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो । ‘क्रान्तिबाटै कुनै दलितलाई ल्याएर सिंहदरबारमा प्रधानमन्त्री राष्ट्रपति बनाउने इच्छा थियो । मलाई सम्झौता गर्न मन थिएन,’ उहाँले भन्नुभयो, ‘तर, जनयुद्धमा लागेको लाग्यै गर्दा विद्रोह ध्वस्त हुने, सकिने खतरा देखियो ।’ मानव जातिको अन्तर्राष्ट्रिय अवस्थाले पनि एउटा देशमा क्रान्ति कति सफल हुने भन्ने निर्धारण गर्ने बताउँदै प्रचण्डले अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल नभएकाले सम्झौता गर्नुपरेको बताउनुभयो । आफूले विद्रोह र क्रान्ति तयारी गर्दा दलित समुदायलाई आधारभूत वर्गको रुपमा मानेको उहाँले बताउनुभयो । ‘विद्रोहमा दलित समुदायको सहभागिता र बलिदान नभएको भए अन्य समुदाय समेत सहभागी हुँदैनथ्यो कि भन्ने मेरो निष्कर्ष छ,’ उहाँले भन्नुभयो, ‘दलित महिलाले विद्रोहको झण्डा उठाएपछि विद्रोहमा अन्य जातजाति पनि लामवद्ध भएका थिए ।’  

म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा

म्यानमारका राष्ट्रपति टिन च्वले पदबाट राजीनामा दिएको उनको कार्यालयले घोषणा गरेको छ। उनले राजीनामा दिनुको कारणबारे केही खुलाइएको छैन। तर एउटा औपचारिक कार्यक्रममा एकदमै कमजोर देखिएका ७१ वर्षीय च्वको स्वास्थ्य अवस्थाबारे पछिल्ला महिनाहरूमा चासो व्यक्त गरिँदै आएको थियो। दशकौंदेखिको सैनिक शासन अन्त्य गराएको महत्त्वपूर्ण चुनावपछि सन् २०१६ मा उनी राष्ट्रपति बनेका थिए। आलङ्कारिक तर वास्तविक शक्तिको अभ्यास नेत्री आङ सान सूचीले गर्ने भएकोले च्व आलङ्कारिक भूमिकामा मात्रै थिए। सैनिक शासनका बेला जेलजीवन बिताएकी सूचीलाई देशको उच्च पदमा बस्न प्रतिबन्ध छ। एउटा संवैधानिक व्यवस्था अनुसार अरू देशको नागरिकको बच्चा भएको व्यक्ति राष्ट्रपति हुन पाउँदैन। नेत्री सूचीलाई सत्तामा आउन नदिने उद्देश्यले उक्त व्यवस्था राखिएको बताइन्छ। विश्वसनीय ब्रिटिश नागरिकसँग बिहे गरेकी सूचीका दुई छोरा छन्। उनको श्रीमान्‌को चाहिँ निधन भइसकेको छ। टिन च्व नेत्री सूचीको बाल्यकालका साथी, लामो समयदेखिको सल्लाहकार र कुनैबेलाका सवारी चालक पनि हुन्। उनलाई शान्त स्वभावका र सूचीले पूर्णरूपमा विश्वास गर्न सक्ने व्यक्तिका रूपमा हेरिन्छ। सन् २०१५ को नोभेम्बरमा भएको निर्वाचनमा सूचीको न्यास्नल लिग फर डेमोक्र्यासीले ठूलो जित हासिल गरेको थियो।   बीबीसीबाट साभार

म निर्दलीय भएको छु : सभामुख महरा

दाङ, चैत ७ । सभामुख कृष्णबहादुर महराले आफूले निष्पक्ष भूमिका निभाउने बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले सरकारलाई नीतिनिर्देशन गर्ने ठाउँँमा भएकाले आफ्नो भूमिका निष्पक्ष हुने बताउनुभयो । सभामुख महराले भन्नुभयो– “अब म पाँच वर्ष सम्मका लागि साझा व्यक्ति हुँ, कुनै राजनीति विशेषमा छैन्, म निर्दलीय भएको छु, मैले प्रतिनिधि सभामा निष्पक्ष रुपले काम गर्नेछु” । अहिले आफ्नो पहिलो काम कानून निर्माण गर्ने भएकाले त्यसका लागि आफू अत्यन्त जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले दाङका जनताका लागि आफ्नो जनप्रतिनिधिको भूमिकामा कतै पनि कमी नआउने बताउनुभयो । सभामुख महराले उद्योग वािण्ज्य संघले उठाएको टरिगाउँ विमानस्थलको स्तरोन्नति, नियमित हवाई उडान सञ्चालन र इन्धन डिपो स्थापनाका लागि सम्बन्धित निकायसँग पहल गर्ने बताउँदै “इन्धन डिपो स्थापनाका लागि सम्बन्धीत मन्त्रीसँग कुरा भएको छ, अबको एक महिनामै त्यो काम हुन्छ, बहुउद्देश्य सभाहल निर्माणका लागि पनि शहरी विकास मन्त्रालयसँग कुरा भएको छ,” भन्नुभयो । सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले टरिगाउँ विमानस्थलको स्तरोन्नति, इन्धन डिपो निर्माण, बहुउद्देश्य सभाहल निर्माण र व्यावसायिक सुरक्षा लगायतका माग सहितको ज्ञापन पत्र सभामुख महरालाई बुझाएको थियो ।

राजनीतिक परिवर्तनमा दलित समुदायको उच्च योगदान : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एकीकरणदेखि हालसम्म भएका सम्पूर्ण राजनीतिक संघर्षमा दलित समुदायको योगदान उच्च रहेको बताउनुभएको छ । त्रिपन्नौँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा उहाँले आज दिनुभएको शुभकामना सन्देशमा परम्परागत कुसंस्कारका कारण नेपालमा अझै पनि जातीय विभेद कायम रहनु दुःखद् रहेको छ भन्नुभयो । प्रधानमन्त्री ओली सरकारले आगामी दिनमा सबै समुदायलाई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तय गर्ने उल्लेख गदै संविधानको प्रस्तावनामा नै सबै प्रकारका विभेदको अन्त्य गरिनेछ भन्ने व्यवस्था भएकोले सरकार त्यसको प्रभावकारी कार्यान्वयन गर्न प्रतिवद्ध रहेको छ भन्नुभयो । दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सरकारका नीति तथा कार्यक्रमलाई दलित मैत्री बनाइने छ, उहाँले भन्नुभयो । सन् १९५९ मार्च २१ का दिन दक्षिण अफ्रिकाको तत्कालीन गोरा सरकारले काला जातिमाथि दमन गर्न रङ्गभेदी नीति लागू गर्दा काला जातिले विरोध गरेका थिए । उक्त विरोधको दमनमा ६९ जना कालाजातिको मृत्यू भएको स्मरणमा सन् १९६६ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको थियो । नेपालले सन् १९७१ मा सो महासन्धीलाई अनुमोदन गरेको थियो । “यस महासन्धीको नेपाल पनि पक्ष राष्ट्र भएकाले यसका सबै प्रावधानलाई कार्यान्वयन गर्न प्रतिवद्ध छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो –“राज्यका हरेक अंग र निकायमा समानुपातिक समावेशी सिद्धान्त अनुसार दलित समुदायको प्रतिनिधित्व गराइएको छ ।” स्थानीय तहको वडा स्तरमा दलित महिलाको अनिवार्य प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गरिनुका साथै राष्ट्रियसभामा मुलुकका सातवटै प्रदेशबाट एक÷एक जनाको प्रतिनिधित्व गरिनु यस समुदायलाई राज्यको मुल प्रवाहमा ल्याउने एउटा प्रयास भएको छ, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । रासस