कटौती गरिएका पर्व पुनःस्थापित गर्ने सम्बन्धमा छलफल हुन्छः महासचिव पौडेल

रुपन्देही, पुष १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलले कटौती गरिएका पर्व पुनःस्थापित गर्ने सम्बन्धमा छलफल गरिने बताएका छन् ।

तमु ल्होसारका अवसरमा तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले शनिबारबुटवलमा आयोजना गरेको कार्यक्रममा गर्दै नेता पौडेलले भने, ‘जनचाहना बाहिर सरकार रहन सक्दैन ।

कटौती गरिएका पर्व पुनःस्थापित गर्ने सम्बन्धमा पनि छलफल गरर्छौ ।” जनतालाई लोकतान्त्रिक अधिकारयुक्त बनाएर सम्मानजनक जीवन जिउन पाउने आधार संविधानलेनै तय गरेको भन्दै उनले व्यवहारिक कार्यान्वयनमा लाग्न सबैलाइ आग्रह गरे ।

महासचिव पौडेलले मुलुकका सबै जाति, धर्म र भाषाभाषीले सम्मानजनक जीवन जिउने आधार तयार भएको बताए सबै जाति, भाषा, धर्म र संस्कृतिको उजागर गर्ने कार्यमा सरकार अगाडि बढेको बताउँदै उनले अब आर्थिक हिसाबले सबैको स्तर समान बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

बिग ब्यास लिगः आज पनि सन्दीप चम्किए, लिए पहिलो विकेट [अपडेट]

काठमाडौं, पुष १२ । अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले आज पनि उनले शानदार प्रदर्शन गरेका छन् । पहिलो ओभरमा ४ रन मात्र दिएका उनले दोस्रो ओभरको दोस्रो बलमा विकेट लिएका हुन् । यसअघिका २ खेलमा सन्दीपले ५ विकेट लिइसकेका छन् । यो पनि पढ्नुहोस् बिग ब्यास लिगः सन्दीपको टिमले टस जित्यो, पहिला बलिङ गर्ने [अपडेट]  टस जितेर बलिङ रोजेको सन्दीपको टिमले पहिलो ओभरमै विकेट लिन सफल भएको छ । यो विकेट एडम जाम्माले लिएका हुन् । मेलबर्न स्टार्सले आज मेलबर्न सिड्नी सिक्सर्ससँग खेल्दै छ । यो पनि पढ्नुहोस् बीबीएलः दुवै खेलमा कप्तान आउट गरेका सन्दीप आज पनि चम्किएलान् ?

टीम हार्ने देखेपछि मैदानमा छिरे रोनाल्डो, गोल ठोके पछि युभेन्टस बराबरीमा

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले इटालियन सिरि ए फुटबल क्लब युभेन्टसलाई हारबाट जोगाएका छन् । उनी बुधबार राति एटलान्टा विरुद्धको नखेल्ने जस्तो भइरहेको थियो । प्रशिक्षकले मैदानमा नउतार्ने भनिरहेका थिए । तर २–१ ले पछि परेपछि रोनाल्डोले धैर्य गर्न सकेनन् । मैदानमा छिरे र ७८ औं मिनेटमा गोल ठोके । खेल २–२ को बराबरीमा सकियो । २ मिनेटमै युभेन्टसले आत्मघाती उपहार पाएको थियो । २४ औं मिनेटमा जापाटाले गोल गर्दैै एटलान्टालाई बराबरीमा ल्याए । ५३ औं मिनेटमा रोड्रिगोले दोहोरो पहेंलो कार्ड खाएपछि युभेन्टस १० जनामा समेटियो । जापाटाले फेरि अर्को गोल थपे । तर रोनाल्डोले युभेन्टसको उद्दार गरे । यो खेलपछि १८ खेलबाट ५० अंकको युभेन्टस अपराजित छ । उसले २ खेलमा बराबरी गरेको छ । दोस्रो स्थानको नापोलीको ४१ अंक छ ।

सरकारले देउवाको पालामा नियुक्त तीन राजदूतलाई फिर्ता बोलायो

काठमाडौँ — सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त तीन राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजदूतहरू डा. चोपलाल भुसाल (बंगलादेश), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र भरतबहादुर रायमाझी (स्पेन) लाई फिर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्री केपी ओलीका एक सल्लाहकारले बताए । उनका अनुसार ती राजदूतलाई नेपाल फिर्ता हुन तीन साताको समय दिइएको छ । भुसाल र सिंह कांग्रेस तथा रायमाझी राप्रपाको कोटामा राजदूत भएका हुन् । सरकारले देउवाका पालामा नियुक्त चार राजदूत विश्वम्भर प्याकुरेल (श्रीलंका), प्रतिभा राणा (जापान), रमेश कोइराला (कतार), भीम उदास (म्यानमार) र ओलीकै अघिल्लो कार्यकालमा तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा नियुक्त शर्मिला पराजुली ढकाल (ओमन) लाई भने फिर्ता गरेको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । कांग्रेस कोटामा नियुक्त बाँकी चार राजदूतलाई समेत फिर्ता बोलाउने गृहकार्य भइरहेको स्रोतले जनाएको छ । तत्कालीन फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भए पनि नेकपानिकट भएका कारण पराजुली भने फिर्ता हुने सूचीमा छैनन् । सरकारले राप्रपा कोटामा देउवाकै पालामा नियुक्त इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फर्काई त्यहाँ अञ्जान शाक्यलाई नियुक्त गरी एग्रिमोका लागि नाम पठाइसकेको छ । देउवाकै पालामा तत्कालीन माओवादी कोटामा नियुक्त तीन राजदूतमध्ये लक्की शेर्पा (अस्ट्रेलिया) विवादमा परेकी छन् भने पदम सुन्दास (बहराइन) र यमुनाथ लम्साल (डेनमार्क) लाई यथावत् राख्ने तयारी सरकारको छ । मन्त्रिपरिषद्ले ‘मानव तस्करी’ आरोपमा परराष्ट्र मन्त्रालयको आन्तरिक छानबिनमा परेकी राजदूत शेर्पाका बारेमा कुनै निर्णय नगरेकोसमेत स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयद्वारा गठित छानबिन समितिले शेर्पालाई काठमाडौंं बोलाएर बयान लिइसकेको छ । समितिबाट छानबिन प्रतिवेदन आइनसकेकाले शेर्पालाई फिर्तागर्ने/नगर्नेबारे मन्त्रिपरिषद्ले निर्णय नलिएको हो । राजदूत शेर्पाकै चालक वाङछु शेर्पाले उनीमाथि १० लाख रुपैयाँ लिएर आफूलाई अस्ट्रेलिया लगेको र श्रीमतीलाई लैजान थप पैसा मागेको आरोप लगाएका छन् । राजदूत शेर्पासित विवादपछि आफूलाई खतरा रहेको भन्दै वाङछु दूतावास छाडी अस्ट्रेलियामा ‘शरण’ मागेर बसेका छन् । उनी अहिले अस्ट्रेलिया सरकारको निगरानीमा छन् । नेपाल प्रहरीले वाङछु मानव तस्करीमा संलग्न पाइएको भन्दै उनलाई इन्टरपोलमार्फत नेपाल फिर्ता गर्न अस्ट्रेलिया प्रहरीलाई आग्रह गरिसकेको छ । वाङछुकी श्रीमती मानव तस्करीकै आरोपमा पुर्पक्ष थुनामा छिन् । अस्ट्रेलियास्थित नेपाली दूतावासले एक महिनाअघि विज्ञप्ति जारी गरी वाङछु राजदूतको निवासबाट चोरी गरेर भागेको र उनले लगाएको आरोपमा सत्य नरहेको दाबी गरेको छ ।

नेपाल र युएईबीच एक दिवसीय क्रिकेट हुने

काठमाडौं, पुष १० । नेपालले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ । नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–२० प्रतियोगिता खेल्ने तय भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का नेपाल प्रतिनिधि तथा क्यानका पूर्वप्रमुख कार्यकारी भावना घिमिरेले सिरिज आगामी माघ ९ देखि २१ गतेसम्म हुने गरी तयारी भइरहेको बताइन् । “आइसिसीले खेलतालिका सार्वजनिक गर्न बाँकी छ तर आगामी माघ ९ देखि २१ गतेसम्म प्रतियोगिता गर्ने निश्चित भयसक्यो”, उनले भनिन् । नेपाल र युएईबीचको सिरिजकै कारण धनगढीमा आयोजना हुने तेस्रो संस्कारण धनगढी प्रिमियर लिग प्रतियोगितासमेत एक साता पर सारिएको छ । युएईविरुद्धको सिरिज नेपालका लागि दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ । आइसिसीबाट एक दिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसँग गत साउनमा पहिलो एक दिवसीय सिरिज खेलेको थियो । जुन सिरिज बराबरी भएको थियो । दुवै देश आइसिसीबाट अन्तर्राष्ट्रिय एक दिवसीय पाउने कान्छा मुलुक हुन् । दुवै मुलुकले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएका थिए । रासस

भाेलि नेकपाको बैठक बस्दै, वामदेवका सुझावलाई मूल्यवान् सम्पत्तिका रुपमा सुरक्षित गरिने

काठमाडौं, पुष १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका ४६ सदस्यले पार्टी र सरकार सञ्चालनबारे राखेका सुझावलाई समेटेर बुधबार बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिउत्तर दिने बताएका छन् । गत मंसिर २९ गतेदेखि शुरु भएको उक्त बैठक अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ सदस्यले विचार राखेका थिए । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भएगरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसंगठनको एकतालगायत विषय समावेश गरिएका छन् । दुई अध्यक्षले प्रतिउत्तर दिएपछि ती राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गर्ने कार्यक्रम रहेको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । बैठकमा पार्टी र सरकारका कार्य सम्पादनका बारेमा नेताहरुले मिस्रित धारणा राखेका थिए । अधिकांश नेताले पार्टी र सरकारमाथि विभिन्न शक्तिबाट आक्रमण भइरहेको अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्नेमा सुझाव दिएको नेता श्रेष्ठले जानकारी दिए। बैठकका क्रममा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रतिवेदन पेश गरेकोमा उक्त प्रतिवेदनमा भएका सुझावलाई पार्टीको मूल्यवान् सम्पत्तिका रुपमा सुरक्षित गरिने बताइएको छ । रासस

पेट्रोलियम पदार्थको बिक्री वितरणमा अनियमितता गर्ने ३ पेट्रोल पम्पमाथि कारबाही

हेटौँडा, पुस १० । पेट्रोलियम पदार्थको बिक्री वितरणमा एवं परिमाणमा अनियमितता गर्ने तीन पेट्रोल पम्पलाई कारबाही गरिएको छ । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचमा उपकरण बिगारेर २० मिलीलिटरदेखि ४०० मिलीलिटरसम्म पट्रोलीयम पदाथको परिमाण कमी गरेको पाइएकाले ती पम्पका सञ्चालकलाई जनही तीन महीना कैद र रु १० हजार जरिवाना गरिएको हो । यसरी कारबाहीमा परेका पम्पमा कलैया–१३ को विजय आयल स्टोर्स, कलैया–१४ को मोहम्मद आयल स्टोर्स र कलैया बधवनको शिवशङ्कर ट्रेडर्स रहेको कार्यालय प्रमुख शशीप्रसाद यादवले जानकारी दिए । कार्यालयले चितवन, मकवानपुर, बारा, रौतहट र पर्सा जिल्लाका पम्पमा गरेको अनुगमन तथा विशेष जाँचमा सो अनियमितता पाइएको जनाएको हो । गत असोज १८ गतेदेखि पुस १ गतेसम्म निरन्तर ४२ वटा पम्पमा गरिएको जाँचका क्रममा ती तीन पम्पमाथि कारबाही गरिनाका साथै प्रवीण आयल स्टोर्स रौतहट, अमित आयल स्टोर्स कलैया, बारा गजभवानीपुरको जयविकास आयल स्टोर्स, बाबा आयल ट्रेडर्स सिमरा र अनवर पेट्रोलियम डिस्ट्रिब्युटर्स पिपरारी बारामाथि पानि कारबाही अघि बढाइएको उनले बताए । उक्त कार्यालयले व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानबाट उत्पादित तथा बिक्री वितरण गरिएका खाद्य सामग्रीमा समेत गुणस्तर जाँच र अनुगमन प्रक्रिया अगाडि बढाएको प्रमुख यादवले जानकारी दिए । रासस

कम्युनिस्ट सरकारलाई हरहालतमा सफल बनाउँछौंः प्रवक्ता श्रेष्ठ

कास्की, पुष १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले अहिलेको सरकारलाई हरहालतमा सफल बनाइने दाबी गरेका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘इतिहासकै शक्तिशाली सरकारसँग जनताको ठूलो अपेक्षा छ । यो सरकार असफल भए प्रधानमन्त्री र मन्त्री मात्र असफल हुँदैनन् । देश र पार्टीको भविष्यलाई समेत असर गर्दछ ।” साथै, प्रवक्ता श्रेष्ठले पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने बताए । उनले पार्टी एकताको तीन महिनाभित्र सबै तहको एकीकरण सक्ने बताइए पनि विभिन्न कारणले सात महिनासम्म पनि एकता पूरा नभएकाले स्थायी कमिटी बैठक लगत्तै साङ्गठनिक एकता पूरा गरेर पार्टी एकताको उद्देश्य सफल बनाउने बताए । जारी बैठकले सचिवालयबाट घोषणा गरिएको प्रदेश कमिटी अनुमोदन गर्ने, पार्टीको जिल्ला कमिटी, महानगरलगायत तल्ला कमिटी तथा जनवर्गीय सङ्गठनको एकीकरणको आधार तयार गर्ने, केन्द्रीय सदस्यको जिम्मेवारी निश्चित गरी शक्तिशाली र क्रान्तिकारी पार्टी निर्माण गर्न बैठक प्रश्थान विन्दु हुने नेता श्रेष्ठले जानकारी दिए । पार्टी गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले साङ्गठनिक एकता सम्पन्न नहुँदा पार्टी गतिविधि सञ्चालन गर्न अप्ठ्यारो भएको बताए ।

प्रधानमन्त्री कार्यालयभित्रै लुँडो खेल !

काठमाडौ, पुष १० । आइतबार दिउँसो २ः३० बजे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी एक महिला कर्मचारी मोबाइलमा लुँडो खेलिरहेकी थिइन् । खेलअनुसार उनको अनुहारको हाउभाउ बदलिन्थ्यो । कहिले खुसी हुन्थिन्, कहिले दुखी । उनको कम्प्युटर ‘अन’ थियो । तर, उनी कम्प्युटरमा काम गरिरहेकी थिइनन् । कुर्सीमा उपरखुट्टी लगाएर बसिरहेकी थिइन् । टाउको मोबाइलतिर झुकाएकी थिइन् । बिना कुनै प्रतिक्रिया, बिना कुनै हलचल, बिना कुनै काम सिंहदरबारको पुस्तकालयमा बसी घण्टौँ लुँडो खेलिरहिन । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

द्विपक्षीय सम्बन्ध बिस्तार गर्न चीनको सी–पिङ नगरका प्रतिनिधि चितवनमा, मेयर रेनुले गरिन स्वागत

चितवन । सोमबार भरतपुर आएको चीनको सिपिङ सिटीका प्रतिनिधीहरूको टोलीलाई भरतपुर महानगरपालिकाले स्वागत गरेको छ । उक्त अवसरमा बोल्दै भगिनी सम्बन्धपछि दुई सहरका बिचमा सुमधुर सम्बन्ध बन्दै जाने प्रतिनिधि मन्डलका प्रमुख डिपोटी सेक्रेटरी ली ह्वाडंगले बताउनु भयो । ली ले सॉस्कृतिक आदानप्रदानसंगै प्रविधि हस्तानतरणका साधै पूर्बाधार निर्माणमा दुई सहरबीच सहकार्य हुनुपर्ने बताउनु भयो । सिपिङले गरेका भौतिक बिकाससंग भरतपुरलाई जोड्न सक्दा सिस्टर सिटीको महत्व हूने बताउँदै आफूहरूले कृषि, शिक्षा, स्वास्थ्य र पूर्बाधारको क्षेत्रमा चिनियाँ लगानी भित्तयाउन सिपिङले भूमिका खेल्ने बताउनु भयो । कार्यक्रममा भरतपुर महानगरपालिकाको अवस्थाका साथै भएगरेका कामको जानकारी गराइएको थियो । कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत नेत्रप्रसाद सुबेदी, महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष अरूण पिडित भन्डारी, वडा अध्यक्षहरूकासाथै चिनियाँ प्रतिनिधीहरूको सहभागिता रहेको थियो । जनगणतन्त्र चीनको सिपिङ्ग सिटीका प्रतिनीधी मण्डलमा चिनियाँ कम्युनिष्ट पार्टीको सिपिङ म्युनिसिपल कमिटीका डेपुटी सेक्रेटरी लि यान, सिपिङ म्युनिसिपलको पर्यटन र सँस्कृति ब्युरोा निर्देशक जि झियिङ, होङ्जु आर्थिक विकास क्षेत्रका फु योङ्जिउ, सुआङ्लिआओका डेपुटी मेयर नी ली र सिपिङ विदेश मामिला सेवा केन्द्रका सुन शेङ्नान रहनु भएको छ । कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले टोलीलाई स्वागत गर्नु भएको थियो । सिपिङ्ग सिटीका प्रतिनीधि मण्डललाई स्वागत गर्न पाउँदा भरतपुर महानगरपालिका परिवार अत्यन्तै हर्षित भएको बताउँदै महानगर प्रमुख दाहालले भन्नुभयो, ‘नेपाल र चीनबीच भृकुटी र स्रङ्गचङ्ग गम्पोसँग जोडिएको सदियौँदेखिको अत्यन्त सुमधुर सम्बन्ध कायम रहँदै आएको छ । चीनले नेपालको पूर्बाधार बिकास, शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा नेपाली जनताको मन जित्ने गरी सहयोग पूर्याइरहेको छ । म जनगणतन्त्र चीनप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु।’ कृषि र औद्योगिक विकासको क्षेत्रमा तीव्र गतिमा अगाडि बढिरहेको मित्रराष्ट्र चीनको सिपिङ्ग सिटी र भरतपुर महानगरपालिकाबीच गत जेठ महिनामा भगिनी सम्बन्ध कायम भएको छ । यसबीचमा भरतपुर महानगरपालिकाको प्रतिनिधी मण्डलले सिपिङ्ग सिटीको भ्रमण सम्पन्न गरिसकेको छ । सिपिङ्ग सिटी र भरतपुर महानगरपालिकाबीच भएको भगिनी सम्बन्धले दुई नगरबीचको आपसी सम्बन्धलाई सुमधुर बनाउने महानगर प्रमुख दाहालले विश्वास व्यक्त गर्नुभयो । यस सम्बन्धले कृषि पर्यटन औधोगिक विकासका साथै ज्ञान, सिप, प्रविधि आदनप्रदान मार्फत जनस्तरको सम्बन्धलाई झनै प्रगाढ पार्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । ‘मित्र राष्ट्र चीनको सिपिङ्ग सिटिसँग सहकार्य गर्दै समृ४ि यात्रामा सँगसँगै जान चाहन्छौं’ दाहालले भन्नुभयो, ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यका साथै पूर्वाधार विकासमा सहकार्य गर्न चाहन्छौं । यस अवसरमा सिपिङ्ग सिटि र चिनियाँ निजी क्षेत्रसँग भरतपुर महानगरपालिकामा लगानी गर्न आह्वान समेत गर्दछु ।’

चिकित्सा शिक्षा विधेयक: सोमबार पनि हुन सकेन ठोस निर्णय

काठमाडौं, पुस ९ । प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिमा चिकित्सा शिक्षा विधेयकका विषयमा सोमबार पनि ठोस निर्णय हुन सकेन । शिक्षा स्वास्थ्य उपसमितिको सोमबार बसेको बैठकमा प्राविधिक शिक्षाअन्तर्गत् रहेको स्वास्थ्य कार्यक्रम र मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा सदस्यहरुबीच कुरा मिल्न नसकेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षाअन्तर्गत् रहेका स्वास्थ्य कार्यक्रमहरु विद्यालय तहमै रहेका कारण आयोगमा लैजान नहुने अडान लिँदा कुरा मिल्न नसकेको हो । मन्त्री पोखरेलले सीटीइभीटीअन्तर्गत्का विषयलाई चिकित्सा शिक्षा विधेयको क्षेत्राधिकारभित्र राख्न नहुने र पाँच वर्षभित्र यस्ता कार्यक्रमलाई हटाउने/नहटाउने विषयमा थप छलफल गर्नुपर्ने अडान लिएका छन् । बैठकमा सो विषयमा छलफलसमेत हुन सकेन । यस्तै, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने प्रावधानले काठमाडौंबाहिर पनि मेडिकल कलेज खोल्ने अवस्था नरहने भन्दै सांसदहरुले थप छलफल आवश्यक पर्ने बताएका छन् । यस्तै, नेपाली कांग्रेसका नेता गगन थापाले प्रा. डा. गोविन्द केसीसँग गरेको छलफलभन्दा बाहिर गएर विधेयक ल्याउन नहुने बताए । सांसद थापाले छात्रावृत्तिमा पढेका चिकित्सकहरुले कति वर्ष सुगम र दुर्गममा काम गर्नुपर्ने हो, त्यो पनि प्रस्ट हुनुपर्नेमा जोड दिए ।

बिग ब्यास लिगमा चम्किए सन्दीप, लिए ३ विकेट !

काठमाडौं, पुष ९ । अस्ट्रेलियाको विग ब्यास लिगमा उत्कृष्ट डेब्यू गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आज पनि शानदार प्रदर्शन गरेका छन् । उनले आज तीन विकेट लिन सफल भएका छन् । उनले पहिलो, तेस्रो र चौथो ओभरमा विकेट लिन सफल भएका हुन् । आज सन्दीपले चार ओभर बलिङ गर्दै २४ रन खर्चिदैं ३ विकेट लिन सफल भए । उनले पहिलो खेलमा २ विकेट लिएका थिए । लामिछानेको टोली मेलबर्न स्टार्सले होबार्ट हुरिकेन्ससामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको मेलबर्नले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोडेको हो।

विष्णु पौडेलका कडा कुरा: यसरी प्रतिवाद गरे आलोचनाको (पढनुस् पूर्ण पाठ)

काठमाडौं, ९ पुस । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले अध्यक्षमाथि आरोप लगाउने काम अत्यन्तै अनूचित, आवेगपूर्ण र यथार्थ विपरित भएको भन्दै प्रतिवाद गरेका छन् । स्थायी कमिटी बैठकमा लिखितरुपमा १० बुँदे राजनीतिक प्रतिवेदनका सन्दर्भमा सुझाव तथा टिप्पणी राख्दै पौडेलले प्रतिवाद गरेका हुन् । महासचिव पौडेलले हरेक बुँदा बुँदा केलाएर नेतृत्वले कहाँनिर गल्ती गर्यो भन्ने प्रश्न गरेका छन् । उनले कतिपय सदस्यले बैठकमा ब्यक्त गरेको भाषाबाट लज्जाबोध भएको समेत दावी गरेका छन् । यस्तो छ उनको टिप्पणी । राजनीतिक प्रतिवेदनका सन्दर्भमा सुझाव तथा टिप्पणी अध्यक्ष कमरेडहरु, बैठकमा उपस्थित सम्पुर्ण कमरेडहरु हामी स्थायी कमिटीको बैठकमा उत्साहका साथ उपस्थित भइरहेका छौं । अध्यक्ष कमरेडहरुद्वारा प्रस्तुत महत्वपुर्ण बिषयहरु समेटिएको राजनीतिक प्रतिवेदनमा छलफल गरिरहेका छौं । बैठकमा भएको छलफल र यहाँबाट गरिने निर्णयहरुले पार्टीलाई अझ गतिशिल र प्रभावकारी तुल्याउने छ भन्ने बिश्वास छ । यथार्थपरक र समयोचित प्रतिवेदन प्रतिवेदनमा सरकारका राम्रा कामहरुको चर्चा त गरियो तर गल्ती कमजोरीहरुको चर्चा गरिएन, आत्मालोचक बनिएन भन्ने कोणबाट पनि विचार व्यक्त भएको छ । प्रतिवेदनमा उल्लेख गर्नुपर्ने तहको गल्ति के भएको छ र आत्मालोचना गर्नुपर्ने ? प्रतिवेदनमा सरकारले गरेका प्रतिनिधिमूलक राम्रा कामहरु समेटिएका छन् र समेटिनु पनि पर्थ्यो । र त्यसकै आधारमा प्रतिवेदनलाई सरकारको प्रंसापत्र भन्नु उचित होइन । हामीले पार्टी, सरकार र राष्ट्रिय राजनीतिको सन्दर्भमा गर्व गर्ने लायक उपलव्धी आर्जन गरेका छौं । ऐतिहासिक सफलता प्राप्त गरेका छौं । यी उपलव्धीहरुको चर्चा गरिनुलाई प्रशंसापत्र भनिँदैन, भन्नुहुँदैन । प्रतिवेदनमा कमजोरी भेटियो भने आलोचना गर्नु उचित नै हुन्छ । तर, नभएका कमजोरी खोजेर प्रतिवेदनलाई कमजोर सावित गर्ने प्रयास गर्नु र घटनाक्रमको अतिरञ्जनापूर्ण वर्णन गर्नु पनि उचित होइन । पाँच महिनापछि बैठक बस्दैछ, सात महिना भन्नुपर्ने ? कांग्रेसलाई वामपन्थी विरोधी भनेर नपुग्ने, हरेक ठाउँमा कम्युनिस्ट विरोधी भन्नुपर्ने रु हामी आफैंलाई वामपन्थी हौं कि कम्युनिस्ट भनेर प्रश्न गर्नुपर्ने रु हामी चिनियाभूमि भएर समुद्रसम्म र तेस्रो मुलुकसम्म पुग्न सक्ने भएका छौं, भूजडित भन्न नहुने रु चीनसँग पारवहन सन्धी हुनुलाई स्वातयोग्य भनिरहँदा पनि यसको उपायदेयताको शर्त अघि सार्ने रु के उक्त सन्धी सशर्त समर्थन गर्नुपर्ने प्रकृतिको छ रु प्रोटोकलमा हस्ताक्षर गर्नेले कार्यन्वयन गर्नका लागि गरेका होलान् भनेर विश्वास गर्न नहुने रु यस हदसम्मको बहस र आलोचना नगर्दा कसो होला ?् प्रतिवेदन मैले अनेकपटक पढेँ, यो यथार्थपरक, सही र समायोजित छ । यसले परिस्थितिको सटिक विश्लेषण गरेको छ । समस्या चिनेको छ र समाधान प्रस्तुत गरेको छ । कार्यभार निश्चित गरेको छ र आवधिक योजना अघि सारेको छ । प्रतिवेदनका बारेमा उत्साह प्रदान गर्न नसक्ने, दिशानिर्देशन गर्न नसक्ने, कमजोर, पुनर्लेखन गर्नुपर्ने भनेर गरिएको आलोचना आधारहीन छ । बैठकमा प्रस्तुत भएका उपयुक्त सुझावहरुलाई समेटेर प्रतिवेदनलाई परिमार्जन गर्नु भने उचित नै हुनेछ । राम्रो–नराम्रो काम,जस–अपसज र नेतृत्व कतिपय कमरेडहरुबाट अयोग्य नेतृत्व, यसले केही गर्न सकेन, बिर्गायो मात्रै भने जसोगरी विचारहरु व्यक्त भए । कमजोरी भएका छन् भने त्यसका लागि नेतृत्वलाई जिम्मेवार बनाउँ तर उपलब्धिको श्रेय पनि नेतृत्वलाई दिन सक्नुपर्छ । यो नेतृत्वले नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली इतिहासकै महत्वपूर्ण उपलब्धिका लागि योग्यतापूर्ण नेतृत्व गरेको छ । त्यसका केही प्रतिनिधि उदाहरणहरु यस प्रकार छन्- संविधानका अन्तरवस्तुमा सहमति निर्माण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको नेतृत्व गर्नु चानचुने उपलब्धि होइन । यही नेतृत्व हो, जसले संविधानसभालाई असफल हुनबाट जोगायो र संसारकै राम्रो मध्येको संधिवान निर्माण कार्यलाई सम्भव तुल्यायो । आपसको कटुतापूर्ण सम्बन्धलाई मित्रवत नबनाई सहमति सम्भव थिएन । जनता र राष्ट्रको हितलाई केन्द्रभागमा राखेर सिद्धान्तनिष्ठ ढंगले वहस–छलफल नगरी आपसी सम्बन्धलाई मित्रवत बनाउन पनि सम्भव थिएन । ० निकट विगतको स्थानीय तहको निर्वाचनमा प्रकट भएको आपसी असमझदारी र अन्तरविरोधलाई किनारा लगाउँदै साझा घोषणापत्र र साझा उम्मेदवारका आधारमा वमपन्थीगठबन्धन निर्माण गरेर प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा जानु मामुली विषय थिएन । ० अन्तर्रा्ष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा भएता पनि नेपालमा भने संविधान अन्तर्गत भएको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी लोकप्रिय जनमत प्राप्त गर्नु, संघीय संसदमा दुई तिहाई नजिकको बहुमत प्राप्त गर्नु र सातमध्ये ६ प्रदेशसभामा सुविधाजनक बहुमत हासिल गर्नु र बहुसंख्यक स्थानीय तहमा नेतृत्व प्राप्त गर्नु साधारण उपलब्धि होइन । ० त्यसैगरी फरक–फरक पृष्ठभूमि, इतिहास र योगदान भएका दुई प्रमुख कम्युनिस्ट पार्टीहरुको बीचमा सम्पन्न एकता असाधारण महत्वको उपलब्धि हो । राष्ट्रिय राजनीतिलाई दिशा निर्देशन गर्ने र अन्तर्रा्ष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई प्रेरणा प्रदान गर्नेयस घटनाको प्रभाव र परिणाम आउने दिनमा देखिँदै जाने छ । ० यो एकतालाई कांग्रेससँग हार्ने डरले गरिएको अवसरवादी एकता भनेर आरोपित वा अवमूल्यन गर्नु लघुताभाष बाहेक केही होइन । एकतापूर्वमात्र होइन, एकता पश्चात पनि सैद्धान्तिक, कार्यक्रमिक वा नीतिगत प्रश्नहरुमा छलफलको आवश्यकता छ र रहन्छ । यसको अर्थ सिद्धान्त, विचार, मूल्य र मान्यताहरुमा अत्यावश्यक छलफल नगरी वा निष्कर्षमा नपुगी हतारोमा पार्टी एकता गरियो भन्ने पनि होइन । ० कम्युनिस्ट पार्टीको नेतृत्वमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु । आफ्नो नेतृत्वमा बनेको संविधान आफैंले कार्यन्पवयन गर्ने आधार निर्माण गर्नु । समृद्धि, सामाजिक न्याय र समाजवादतर्फको यात्राको नेतृत्व गर्ने ऐतिहासिक अवसरको सिर्जना गर्नु युगीन महत्वको उपलब्धि हो । म दोर्होयाएर भन्न चाहान्छु छिमेकी मित्रराष्ट्र चीनसँग ट्रेड एण्ड ट्रान्जिट प्रोटोकलमा हस्ताक्षर हुनु धेरै ठूलो उपलब्धि हो । यसघटनाले मुलुकको भूपरिवेष्टित अवस्थालाई भूजडित अवस्थामा रुपान्तरण गरेको छ । नाकाबन्दीको सम्भावनालाई सदाका लागि समाप्त गरेको छ । नाकावन्दीलाई नाकावन्दी भन्न हुँदैन,अप्ठेरोमा परिन्छ भन्ने पराजित मानसिकितालाई किनारा लगाउने, नाकावन्दीलाई नाकावन्दी भनेरै सामना गर्ने र परास्त गर्ने अभियानको नेतृत्व पनि यही नै हो । यही नेतृत्वले नेपालको स्वतन्त्र निर्णय क्षमता र राष्ट्रको स्वभाभिमानलाई नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । समग्रतामा भन्दा यही नेतृत्वको अगुवाइमा कमरेड पुष्पलाल, कमरेड मदन मण्डारी लगायत अग्रज नेताहरु, नेपाली कम्युनिस्ट आन्दोलनका सम्पूर्ण नेता कार्यकर्ता तथा सदस्यहरु र न्याय तथा प्रगतिका पक्षधर आम नेपाली जनताको चाहना सार्थक भएको छ । एकतावद्ध कम्युनिस्ट पार्टी,सबै तहमा कम्युनिस्ट पार्टीको नेतृत्वमा बलियो सरकार, राष्ट्रिय राजनीतिमै कम्युनिस्ट पार्टीको वर्चश्व र सवल नेतृत्व्को चाहना साकार भएको छ । सामाजिक न्याय सहितको समृद्धि हासिल गर्न र समाजवादतर्फको यात्रा तय गर्न फराकिलो राजमार्ग तयार भएको छ। गल्ती भएको छ ? पार्टी एकता वा एकीकरणका बाँकी कार्यभार पूरा गर्न केही ढिला भएको सत्य हो । यसका पछाडि कारण छन् । तथापि यसको जिम्मेवारी नेतृत्वले लिएको छ र लिनैपर्छ । यसबाहेक पार्टी निर्माण वा सञ्चालनका सन्दर्भमा नेतृत्वले कुनै गल्ति गरेको छैन । जनताको अपेक्ष र पार्टीको घोषणापत्र अनुरुप सरकारले गर्नुपर्ने कामहरु बाँकी छन् । सरकारको कामलाई परिस्थिति र समयको सिमासँग तुलना गर्नुपर्छ । परिस्थिति र समयको तुलनामा प्राप्त उपलब्धिहरु महत्वपूर्ण छन् । सरकारले गल्ती गरेको छैन, जति गरेको छ राम्रो गरेको छ । सरकारसँग जनताको असिमित अपेक्षा छ र त्यो पूरा हुन समय लाग्नु स्वभाविक हो । तर पार्टीको नेतृत्व पंक्ति स्पष्ट हुनुपर्छ, चुनावी घोषणापत्र ९ महिनाभित्र कार्यन्वयन गरिसक्नका लगि जारी गरिएको थिएन । हामीलाई ९ महिनाको छाटो अवधिमा सरकारले हासिल गरेका दीर्घकालिन र अल्प्कालिन महत्वका उपलब्धिहरुलाई नजरअन्दाज गर्न र प्रतिपक्षलाई उछिन्ने गरि आलोचना वा विरोधमा उत्रिन सुहाउदैन । विरोधीको योजनाबद्ध विरोधबाट जनपंक्ति भ्रमित हुनसक्छ तर हामी भ्रमित हुनु हुँदैन । विधानका सन्बन्धमा अन्तहीन विवाद पार्टीको यो विधान कसरी बन्यो रु, कहाँबाट पारित भयो, हामी सबैलाई थाहा छ । यसलाई अन्तहीन ढंगले विवादको विषय बनाउन हुँदैन । केन्द्रीय कमिटीले अधिकार प्रत्यायोजन गरे बमोजिम सचिवालयबाट विधानको सम्पादन र प्रकाशन भएको छ कि छैन ? केन्द्रीय कमिटीलाई नै सोधौं । केन्द्रीय कमिटीले जे भन्छ, त्यसै गरौं । हाम्रो अलग–अलग पृष्ठभूमि होला । तर, आज हामी नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीका जिम्मेवार सदस्यहरु हौं । हामीले साविक नेकपा एमालेको बिधान सम्झना गरेर त्यसमा भएका प्रबन्धहरको स्मरण गरेर तदनुरुप भयो वा भएन भन्ने होइन । नेपाल कम्युनिस्ट पार्टीको विधानद्वारा निर्दे्शित हुने हो । पार्टी विधानको प्रस्तावनाबाट साम्यवाद हटाइयो भन्ने आरोप तथ्यहीन छ । साम्यवाद–वर्ग,राज्य र पापर्टी रहदैन,जसले समस्त मानव जातिको सर्वोच्च हितको प्रतिनिधित्व गर्दछ, हाम्रो उच्च लक्ष्य हो भन्ने कुरामा कसैको विमति हुन सक्दैन । साम्यवादका सम्बन्धमा यही भावका साथ विधानको प्रस्तावनामा उल्लेख गरिएको छ । सचिवालयका सन्दर्भमा हामीले दुईमध्ये एक विकल्प रोज्नुपर्छ । यो विधान नेपाल कम्युनिस्ट पार्टीको विधान हो, साविक नेकपा एमालेको विधानको कपि पेष्ट होइन । त्यसले साविक नेकपा एमालेको विधानमा भएजस्तै सचिवालय चाहिन्छ भन्न मिल्दैन । सचिवालयको संरचना र यसको अधिकार, कर्तव्य संगतिपूर्ण हुनुपर्छ । सचिवालयमा बरिष्ठ नेताहरु रहने हो भने यसलाई राजनीतिक र संगठनात्मक विषयहरुमा निर्णय गर्न अधिकार दिनुपर्छ । त्यस्तो निर्णय अधिकार नदिने हो र सामान्य व्यवस्थापकीय भूमिकामा सिमित गर्ने हो भने सचिवालयमा तदनुरुपमका कमरेडहरु रहने प्रबन्ध गर्नुपर्छ । हामीले चाहेको सचिवलाय कस्तो हो रु केन्द्रीय कमिटीमा गएर अन्तिम निर्णय गरौं । समृद्ध समाजवाद हाम्रो कार्यक्रम हुन सक्छ ? बैठकमा अधिकतम र न्युनतम कार्यक्रम होइन, एउटामात्र कार्यक्रम–समृद्ध समाजवादी कार्यक्रम अघि सार्नुपर्छ र १० वर्षमा समृद्ध समाजवाद निर्माण गर्नुपर्छ भनने तर्क प्रस्तुत भएको छ । जनताको जनवादलाई न्यूनतम कार्यक्रम मानेर गल्ति गरियो भन्ने दलिल पनि प्रस्तुत गरिएको छ । के यो दृष्टिकोण सही हो ? हाम्रो क्रान्तिको आफ्नै चरित्र रहेको छ । राजतन्त्र विरोधी आन्दोलनको सहयात्री नेपाली कांग्रेस मुलतः दलाल नोकरशाही पुजिवादको राजनीतिक प्रतिनिधित्व गर्दै प्रमुख प्रतिपक्षको भूमकिा छ । पूरानो प्रतिक्रियावादी राज्यसत्ताले निर्माण गरेका स्थायी संरचनाहरु यथावत छन् । शक्तिशाली कम्युनिस्ट पार्टीको उपस्थिति, यसले सम्हालिरहेको तीनै तहको सरकारको नेतृत्व र राष्ट्रिय राजनीतिमा यसको नेतृत्वदायी भूमिका देशी विदेशी प्रतिक्रियावादीहरुका लागि असहृय भएको छ । विखण्डकारी प्रवृतिलाई समाप्त गर्न र हिंसाका पक्षधरहरुलाई राष्ट्रिय राजनीतकिो मूलधारमा ल्याउन बाँकी नै छ । राष्ट्रिय पुजि बजार कमजोर अवस्थामा छ । औद्योगिकरण र कृषिको आधुनिकरण हुन सकेको छैन । पूर्वाधार विकासको अवस्था पनि कमजोर छ । क्रान्ति हुनासाथ क्रान्तिपूर्ण हुनुअघि सारिएको कार्यक्रम कार्यान्वयन भइहाल्दैन । चीनमा पनि १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि १९५६ सम्म नयाँ जनवादी कार्यक्रम नै कार्यन्वयन गरिएको थियो । अहिले हामी समाजवादी कार्यक्रम कार्यन्वयन गर्न सक्ने अवस्थामा छैनौं । हामीले कार्यन्वयन गर्ने जनताको जनवादी कार्यक्रम नै हो । त्यसर्थ, आजको हाम्रो न्युनतम कार्यक्रम जनताको जनवाद हो । हामी जनताको जनवादी कार्यक्रमको कार्यन्वयनपछि वैज्ञानिक समाजवादमा जान चाहान्छौं । त्यसैले वैज्ञानिक समाजवाद हाम्रो अधिकतम कार्यक्रम हो । जनताको जनवाद हिजो आन्दोलनको, क्रान्तिको कार्यसूची थियो । आज कार्यन्वयनको कार्यसूची बनेको छ । जनताको जनवादका तीनवटा उपचरणहरु १. पुरानो व्यवस्थाका अवशेषहरु उन्मुलुनको उपचरण २ः नयाँ व्यवस्था अर्थात जनताको जनवाद सुदृढीकरणको उपचरण ३ः समाजवादमा संक्रमण गर्नका लागि भौतिक र सांस्कृतिक तयारीमा केन्द्रित हुने उपचरण पूरा भएपछि मात्र समाजवादमा प्रवेश गर्न सकिन्छ । प्राम्भिक चरणको समाजवाद विकसित हुँदै गएपछिमात्र समृद्ध समाजवादमा पुग्न सकिन्छ । त्यसैले यतिबेला हामी दलाल नोकरशाही पुँजीवाद, साम्राज्यवाद र प्रभुत्ववादलाई परास्त गर्ने, समान्तवादका अवशेषहरुलाई निमूल पार्ने र राष्ट्रिय पुँजीको विकास गर्ने कुरामै केन्द्रित हुनुपर्छ । जनताको जनवादी कार्यक्रमको कार्यन्वयन गर्ने, त्यसलाई सुदृढ तुल्याउने र समाजवादमा संक्रमण्का आधारहरु तयार गर्ने काममै केन्द्रित हुनुपर्छ । सन् १९४९ मा जनवादी क्रान्ति सम्पन्न भएको चीन आज दुनियाकै महत्वपूर्ण सामरिक र आर्थिक शक्तिको हैसियतमा छ । तर, आज चिनियाँ कम्युनिस्ट पार्टीले चीनलाई प्रारम्भिक चरणको समाजवाद मान्दछ । हामीले १० वर्ष्भित्र लागु गर्ने गरी समृद्ध समाजवादी कार्यक्रम अघि सार्नुपर्छ भन्ने मान्यता वस्तुगत परिस्थितिसँग मेल खाँदैन । हाम्रो मनोगत आग्रहले समाजवाद तुरुन्त आइहाल्दैन । वस्तुगत आधार तयार नगरी समाजवादमा पुग्ने हतारो प्रत्युत्पादक भएको उदाहरण दुनियामा प्रशस्त छ । तत्कालिन सोभियत संघले एक कदम पछि हटेर नयाँ आर्थिक नीति अघि सार्न परेको, चिनियाँ कम्युनिस्ट पार्टीले समाजवादमा पुग्ने हतारो स्वरुप भएका कमजोरीहरुलाई सच्याउँदै अघि बढेका अनुभवहरु छन् । संविधानले नै समाजवाद भनिसक्यो त्यसै तत्काल समाजवादी कार्यक्रम कार्यन्वयन गर्नुपर्छ भन्ने तर्क पनि प्रस्तुत हुने गरेको छ । जरुर हाम्रो संविधानले समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकासलाई राज्यको आर्थिक उद्देश्य भनेको छ । समाजवाद उन्मुख समृद्ध अर्थतन्त्र विकासको उद्देश्य र तत्काल १० वर्षभित्र कार्यन्वयन गर्ने भनिएको समृद्द समाजवादी कार्यक्रम एउटै होइन । गुटवन्दीको आरोप र यथार्थ बैठकमा गुटवन्दीका सन्दर्भमा पनि काफी चर्चा भएको छ । वास्तविकता के हो रु तथ्य प्रस्तुत गर्न जरुरी छ । सचिवालयमा आजसम्म भएका एकाध निर्णयबाहेक सबै निर्णयहरु सर्वसम्मतिका साथ भएका छन् । सबै निर्णयहरु निश्चित मापदण्डकाआधारमा गरिएका छन् । शुरुमा निश्चित मापदण्डका आधारमा प्रदेश र जिल्ला तहमा कार्यदलहरु गठन गरियो । प्रदेशमा साविक इन्चार्ज र सहइन्चार्जहरु र जिल्लामा साविक इन्चार्ज र अध्यक्षहरु कार्यदलमा रहने गरि निर्णय गरियो । वरिष्ठता र योग्यताका आधारमा प्रदेश कमिटी तथा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको नामावली सिफारिस गर्ने जिम्मेवारी दिइयो । कार्यदलको रिपोर्ट सचिवालयमा प्रस्तुत हुन नपाउदै, औपचारिक वा आधिकारिक रुपमा हेर्दै नहेरी विरोधमा बोल्ने क्रम शुरु भयो । सचिवालयले साविक प्रदेश कमिटीमा रहेकालाई कायम राख्ने, पूर्व अन्चल कमिटी, केन्द्रीय निकाय वा विभागमा रहेकाहरुलाई प्राथमिकता दिने र प्रदेश कमिटीमा संगठित गर्नुपर्ने प्रवेशीहरुको नाम पनि समावेश गर्ने भनेर नयाँ मापदण्ड तय गर्यो । तदनुरुप कार्यदलहरुको सिफारिसलाई अद्यावधिक गरियो र सचिवालयमा प्रस्तुत भयो । उक्त प्रस्ताव उपर ब्यापक छलफल गरेर प्रदेश कमिटी गनठन गर्ने निर्णय भयो । यद्यपि प्रदेश कमिटीका एकाध सदस्यहरुको सम्बन्धमा केही कमरेडहरुको असहमति रहेको छ । प्रदेश कमिटीका इन्चार्ज, सहइन्चर्जा र अध्यक्ष, सचिव तोक्ने सचिवालयको बैठकम कमरेडम माधव नेपाल अनुपस्थित हुनुहुन्थ्यो । उक्त बैठकमा केही निर्णय नगरौं भन्ने अध्यक्षद्धयको प्रस्ताव थियो । तर बैठकमा सहभागी कमरेडहरुले निर्णय गर्नेपर्ने अडान राखेपछि बैठकले निर्णय गरेको हो । उक्त निर्णका सम्बन्धमा कमरेड माधव नेपालको उपस्थितमिा पुनः छलफल भएको छ र बैठकले उक्त निर्णयलाई यथावत राख्ने निर्णय गरेको छ । उद्यपी उक्त निर्णयमा कमरेड माधव नेपालको असहमति कायमै छ । सचिवालयको सोही बैठकले प्रदेश कमिटीले पूर्णता नपाउँदासम्म प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव कमरेडहरुलाई जिल्ला तहमा एकीकरण सम्पन्न गर्नका लागि गृहकार्य गर्ने, सम्बन्धित तहका पूर्वकमिटी र तीनका पदाधिकारी तथा सदस्यहरुसँग्को परामर्श र सुझाव समेतका आधारमा जिल्ला मातहतका सबै तहमा एकीकरण सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो । जिल्ला मातहतको एकीकरण कार्य यही निर्णयका आधारमा अघि बढेको छ । के यसैलाई भनिन्छ गुटबन्दी ? कतिपय कमरेडहरुबाट पार्टीमा गुट रहेको, गुट रहने र गुटलाई मान्यता दिनुपर्ने दलील सार्वजनिक रुपमा प्रस्तुत हुने गरेको छ । यही तर्कको आधारमा भेला बैठक आयोजना गर्ने, त्यस्ता भेला वा बैठकहरुमा निश्चित विषयहरुमा निश्चित प्रकारको धारणा बनाउने र पार्टी्भित्र र बाहिर संगठित रुपमा प्रस्तुत हुने अभ्यास गरिदैछ । गुटबन्दीको बिरोधका नाममा गरिने यसप्रकारको गुटबन्दीलाई रोक्नैपर्छ । पार्टीलाई बिधिसम्म ढंगले सञ्चालन गर्नैपर्छ । विविध विषयहरु माननीय उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा सामेल गर्नु गलत होइन, उचित कदम हो । हामीले बहुमतको दम्भ प्रदर्शन गर्ने होइन, विनम्रतापूर्वक सकारात्मक शक्तिहरुलाई समेट्ने नीति लिनुपर्छ । चुनावमा प्रतिस्पर्धा थियो भन्दैमा सरकारमा सामेल गर्नु हुँदैन भन्नु उचित होइन । युनिर्भसल पिस फेडरेशनद्धारा आयोजित एशिया प्याफिसिक समिटको आयोजनाका लागि अग्रसरता लिनु हुने र त्यसका लागि सहमति जनाउनु हुने कमरेडहरुको भनाइ सविस्तार सुनेपछि मात्र धारण बनाउनु उचित हुन्छ । गल्ती नगरेको र नगर्ने सम्मानित संस्था राष्ट्रपतिलाई विवादमा तान्ने काममा हाम्रो भूमिका सहयोगी हुनु हुँदैन । राष्ट्रपतिप्रति भएको आलोचना वा विरोध मज्जा मान्ने विषय होइन । यो कालान्तरमा गणतन्त्रको आलोचना वा विरोधमा रुपान्तरित हुन सक्छ भन्ने हेक्का राख्न जरुरी छ । बैठकमा मिडियालाई प्रवेश अनुमति स्थायी कमिटी बैठकको लाइभ काष्ट गरौं भन्ने कमरेड लीलामणि पोखरलेको भनाइप्रति मेरो समर्थन छ । बैठकमा भएका छलफल र निर्णयहरु तोडमरोड गरेर सार्वजनिक गरिएका छन् बैठकका सूचनाहरु तोडमरोड गरेर मिडियामा लगिएको छ ।बैठकमा भएको छलफल र निर्णयहरुको सम्बन्धमा पार्टीको औपचारिक र आधिकारिक सूचनालाई मिडियाले विश्वास नगर्ने र महत्व नदिने अवस्था सिर्जना भएको छ । यसले गर्दा कार्यकर्ता रजनतामा समेत सही सूचना नजाने र भ्रम सिर्जना हुने अवस्था छ । बैठकमा भएको छलफल र निर्णयका सम्बन्धमा अनुचित र अनधिकृत रुपमा गलत समाचार सम्प्रेषण गर्ने अवस्थालाई रोक्न सकिन्न भने हामीले केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयको बैठक कक्षमा मिडियाकर्मीहरुलाई प्रवेश अनुमति दिने निर्णय गर्नुपर्छ । उनीहरु बैठक अवधिभर बस्न सक्ने र समाचार संकलन गर्न सक्ने प्रवन्ध गर्नुपर्छ । यसो गर्दा एकातिर समाचार तोडमरोड हुने सम्भावना कम रहन्छ भने अर्कोतर्फ वक्ताहरुलाई पनि जवाफदेहीपूर्ण ढंगले बोल्न पर्ने परिस्थिति निर्माण हुन्छ । भाषा प्रयोगको कुनै सीमा हुँदैन ? कुनै विषयमा असहमति हुन सक्ला तर सबै वक्ता कमरेडहरु र उहाँहरुका बिचारप्रति सम्मान छ । तर, बैठकसमक्ष प्रस्तुत भएका कतिपय भाषा सुन्दा र प्रस्तुति हेर्दा लज्जाबोध भएको छ । अध्यक्ष कमरेडहरुले नश्लका आधारमा निर्णय गर्नुहुन्छ कि माक्र्सवाद लेनिनवादको मार्गदर्शनमा रु यो तहको आरोपका पछाडि कुनै आधार छ रु कमरेडहरु रगत, खकार र कुन्नि के के (शब्दमा भन्न नसकिने) चिजहरुको पनि परीक्षण गर्नुहुन्छ रे । कहाँ छ कमरेडहरुको त्यस्तो प्रयोगशाला ? कमरेड शंकर पोखरेलमाथि लगाइएको इमोशनल ब्ल्याकमेलिङको आरोप अनुचित छ । म वक्ता कमरेडहरुलाई आफ्नो भनाइ उपयुक्त नभएको महशुस गर्न अनुरोध गर्दछु । निश्कर्ष खोजेको समाज र भोगेको समाज उस्तै हुँदैन । त्यसैगरी खोजेको सरकार र भोगेको सरकार, खोजेको पार्टी र भोगेको पार्टी पनि उस्तै हुँदैन । धेरै राम्रोको खोजी हुन्छ । तर, राम्रोमा चित्त बुझाउनुपर्छ । धेरै राम्रोका लागि प्रयास गर्दा राम्रो प्राप्त हुन्छ । मेरो बुझाइमा हामीले निर्माण गरेको व्यवस्था, सरकार र पार्टी तुलनात्ममक रुपमा राम्रो छ । अझै राम्रो बनाउने लाने जिम्मेवारी हाम्रै काँधमा छ । यति ठूला अजंगका उपलब्धि प्राप्त गर्न सक्ने हामीले आउने दिनमा थप सफलता प्राप्त गर्दै जाने पनि निश्चित छ । सही नीति, सक्षम नेतृत्व, त्याग र बलिदानको किर्तिमान कायम गरेका नेता, कार्यकर्ता र सदस्यको विशाल पंक्ति, जनताको असाधारण साथ र समर्थन हाम्रो अग्रगतिका बलिया आधार हुन् । हामीले गल्ती गर्नबाट जोगिन भरपुर कोशिस गर्नुपर्छ । संस्थागत ढंगले तय गरिएका नीति र विधिका आधारमा पार्टी पंक्तिको समस्त शक्तिलाई एकतनावद्ध, अनुशासित र क्रियाशील बनाउनुपर्छ । हामीले एकता गरेर, दुई तिहाईको सरकार बनाएर, सबै तहको नेतृत्वमा विजय बनेर देश र दुनियाँका प्रतिक्रियावादीहरुलाई चुनौति दिएका छौं । प्रतिक्रियावादी तथा साम्राज्यवादी कित्ताबाट पनि तदनुरुपकै संगठित बिरोध हुँदैछ । यो अवस्थामा हाम्रा काम र तिनका परिणामका दृष्टिले स्वभाविक छ । अर्को अर्थमा यो पुर्वानुमान गरिएकै विषय थियो । हामीले आफ्नो सामथ्र्यलाई अधिकतम प्रभावकारी बनाउँदै यस्ता प्रतिकुलताहरुको दृढतापूर्वक सामना गर्नुपर्छ र नयाँ नयाँ उपलव्धीहरु हासिल गर्दै अघि बढ्नुपर्छ । यसो गर्न सम्भव छ र हामीले सम्भव तुल्याउनुपर्छ ।

अष्ट्रेलियामा आज पनि चम्किए सन्दीप, पहिलो ओभरमै लिए विकेट

काठमाडौं, पुष ९ । अष्टेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानले आज पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । होबर्ट हुरिकेनसँग भइरहेको खेलमा सन्दीपले आफ्नो पहिलो ओभरमै विकेट हात पार्न सफल भए । सातौं ओभरको तेस्रो बलमा सन्दीपले होबार्ट हरिकेन्सका एलेक्स डोलानलाई बोल्ड आउट गरे । उनले पहिलो ओभरमा ५ रन र दोस्रो ओभरमा ७ रन खर्चिए । सन्दीपले पहिलो खेलमा २ विकेट लिन सफल भएका थिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको मेलवर्नले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५५ रन जोडेको थियो । मेलवर्नका लागि निक लार्किनले ४५, कप्तान ग्लेन म्याक्सवेलले ४७, मार्कस स्टोइनिस २२ र ड्वेन बाभ्रोले १२ रनको योगदान दिए । सन्दीपले पहिलो खेलमा २ विकेट लिन सफल भएका थिए ।

इपिएल धमाकाः छक्का हान्दा आयोजकको कारको सिसा चकनाचूर

काठमाडौं, मंसिर २२ । ईपीएल खेलमा प्रहार भएको छक्का आज ठूलो चर्चाको विषय बनेको छ । विराटनगर वारियर्सका खेलाडी बाबर हायातको ब्याटिङबाट आयोजक जोहोरा स्पोर्टस्का प्रवन्ध निर्देशक आमिर अख्तरको गाडीको सीसा नै फुटेको हो । चितवन टाइगर्सका खेलाडीको बलिङ सामना गरिरहेका खेलाडी बाबरले छक्का प्रहार गर्दा पार्किङमा रोकिराखेको आमिरको गाडीको अगाडिको भागको सीसा नै फुटेको हो । विराटनगर वारियर्स र चितवन टाइगर्सबीचको खेल चितवनले ५ रनले जित्दै सम्पन्न भएको छ । हङकङका नागरिक बाबर हायातले चितवन टाइगर्सविरुद्धको आजको खेलमा ९० रन पुर्याएका थिए ।

बराबरीमा रोकिँदा आर्सनल विजयी, नक अाउट चरण पुरा

काठमाडौं, मंसिर २८ । युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता यूरोपा लिगको नक आउट चरणको समीकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा हिजो इंग्लिस क्लव चेल्सी बराबरीमा रोकिँदा आर्सनल विजयी भएको छ । यसअघि नै नकआउट चरणमा पुगिसकेको चेल्सी समूह चरणको अन्तिम खेलमा हंगेरीको मोल भिडी फुटबल क्लबसँग दुई–दुई गोलको बराबरीमा रोकियो । यो खेलमा चेल्सीका स्पेनिस स्ट्राईकर अल्भारो मोराटा चोटग्रस्त भएका छन् । युरोपा लिगको अर्को खेलमा आर्सनलले अजरबैजानको एफके काराबागलाई १–०ले हराएको छ । उता, स्कटिस च्याम्पियन सेल्टीक पनि नाटकीय रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अर्को खेलमा रोजेनबर्ग र लेपेजिगले बराबरी खेलेपछि अन्तिम खेलमा साल्जबर्गसँग २–१ ले पराजित भए पनि सेल्टीक नकआउट चरणमा पुग्न सफल भयो । उता, इटालियन क्लव एसी मिलान भने युरोपा लिगको समूह चरणबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा ओलम्पियाकोससँग ३–१ ले पराजित हुँदै मिलान प्रतियोगिताबाट बाहिरिएको हो । गएरातिका खेलपछि यूरोपा लिग फुटबलको अन्तिम ३२ चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । समूह चरणबाट छनोट भएका २४ तथा च्याम्पियन्स लिगबाट झरेका ८ टोलीले अन्तिम ३२ चरणमा प्रतिस्पर्धा गर्नेछन् ।