एम्बुलेन्सबाट सातबोरा गाँजा बरामद

इनरुवा, फागुन १८ । बिरामी बोक्ने एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा भएको छ । एम्बुलेन्समा गाँजा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले सातबोरा गाँजा लाँदै गरेको अवस्थामा एम्बुलेन्स र गाँजा बरामद गरेको छ ।

मङ्गलबार सुनसरीको हरिपुर–९ नेहरु पार्कस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको को १ च ५५०५ नंको याक्थाकु नावाहाङ चेम्जोङ वंश उत्थान सङ्घको एम्बुलेन्सबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी, सीमा प्रहरी चौकी, भान्टाबारी र सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट, भान्टाबारी समेतको संयुक्त टोलीले पच्छ्याउँदै एम्बुलेन्सलाई रोकी चेकजाँच तथा खानतलासी गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सात बोरा ९जम्मा १८८ केजी० गाँजासहित पक्राउ गरेको हो ।

उक्त एम्बुलेन्स र सोही एम्बुलेन्समा सवार एकजना व्यक्तिलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

राजधानीमा इन्धन अभाव किन पुरा भएन?

काठमाडौं,फागुन १२। नियमित भन्दा दोब्बर आपूर्ति गरिरहँदा पनि राजधानीमा इन्धन अभाव देखिएको छ । ट्याङकर चालक र ढुवानी व्यवसायीले स्वार्थ प्रेरित माग पुरा गराउन दवाव दिने उदेश्यले हडताल गर्दा राजधानीका उपभोक्ताले सहज रुपमा इन्धन पाउन नसकेका हुन् । टयाङकर ढुवानी व्यवसायीले दबाबस्वरुप शुक्रबार इन्धन लोड नगरेका कारण बजारमा उपभोक्ताको लाइन देखिएको छ । ढुवानीकर्ताले अनावश्यक विवाद निकाल्दा पनि सरकार भने आझै रमिते मात्रै भइरहेको छ । निगमले आइतबार, सोमबार र मंगलबार नियमित आपूर्तिभन्दा दोब्बर पेट्रोल आपूर्ति गरेको बताएको छ । तर पनि राजधानीमा इन्धन अभावले पम्पमा उपभोक्ताको लाइन लामो छ । बुधबार पनि इन्धनको सहज आपूर्ति भएको र ८ सय किलोलिटर भन्दा बढी खपत हुनसक्ने आंकलन गरिएको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

मनाङ अफ्गानिस्तानसँग पराजित

काठमाडौं, फागुन ११ । बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल प्रतियोगितामा मनाङ–मर्स्याङ्दी क्लबले दोस्रो खेलमा पराजित व्यहोर्नु परेको छ । आज भएको अफ्गानिस्तानको शाहिन आस्मायीसँग मनाङले ३–१ ले पराजित हुनुपरेको हो । आस्मायीले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि दुई गोल गरेको थियो । मनाङका तर्फबाट बिमल बस्नेतले गोल मात्रै फर्काउन सफल भएका हुन् । आफ्नो पहिलो खेलमा स्थानीय टोली मोहमेदन स्पोर्टिङ क्लबलाई २–० ले हराएको मनाङले अब सेमिफाइनलमा पुग्न समूहको अन्तिम खेलमा शुक्रबार आयोजक चितगोङ अवहानी लिमिटेडलाई हराउनुपर्ने हुन्छ ।

तेस्रो टी ट्वेन्टी क्रिकेटमा अष्ट्रेलियासँग श्रीलंका पराजित

फागुन ११ । तेस्रो टी ट्वेन्टी क्रिकेटमा अष्ट्रेलियासँग श्रीलंका ४१ रनले पराजित भएको छ । टस हारेपछि ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८ ओभरमा पुरै विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । निर्धारित २० ओभरमा ६ विकेट जाँदा १ सय ८७ रन बनाएको थियो । बुधबारको खेल हारेपनि श्रीलंकाले तीन खेलको सिरिज भने जितेको छ । यसअघिका दुई खेल श्रीलंकाले जितेको थियो । अष्ट्रेलियालाई श्रीलंकाले पहिलो खेलमा पाँच विकेट र दोस्रोमा दुई विकेटले हराएको थियो ।

काशी विश्वविद्यालयको नेपाल चेयरमा पौड्याल नियुक्त

काठमाडौं, फागुन ११ । भारतको बनारसमा रहेको काशी हिन्दू विश्वविद्यालयको नेपाल चेयरमा पुनः डा.शिवप्रसाद पौड्याल नियुक्त भएको छ । शिक्षामन्त्री धनिराम पौडेलले डा.पौड्याललाई तीन वर्षे कार्यकालको लागि पुनः नेपाल चेयरमा नियुक्त भएको हो । सन् २०१४ मा नियुक्त भएका पौड्यालको पहिलो कार्यकाल गएको जनवरी २९ मा सकिएको थियो । सन् १९४३ देखि काशी हिन्दू विश्वविद्यालयमा नेपाली भाषा, साहित्य, संस्कृति र इतिहासको पठनपाठन हुँदै आएको छ । हालसम्म नेपालबाट १४ जना नेपाली भाषा साहित्यका विषय विशेषज्ञहरुले उक्त पदमा रहि आफ्नो पदिय दायित्व निर्वाह गरिसकेका छन् । काशी हिन्दु विश्वविद्यालयमा हाल पाँच सय भन्दा वढी नेपाली विद्यार्थीले अध्ययन गरिरहेका छन् । त्यसैगरी १८ जना विद्यार्थीले नेपाली भाषा, साहित्य, संस्कृति र इतिहास विषयमा विद्यावारिधि (पिएच.डी) को शोधकार्य गरिरहेका पौड्यालले जानकारी दिए ।

हिरासतबाटै थुनुवा फरार, पाँच प्रहरी कारबाहीमा

बैतडी, ८ फागुन । चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शनिबार फरार भएका छन् । फरार हुने दार्चुला सुनसेरा–३ का २९ वर्षीय धनसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो । दार्चुलाको सुनसेरामा माघ २३ गते चोरी गरी फरार रहेका विष्टलाई प्रहरीले माघ २४ गते सदरमबुकाम खलङ्गाबाट पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानकै क्रममा रहेका विष्ट शनिबार बिहान १ बजेदेखि ४ बजेको समयमा फरार भएका हुन् प्रहरी नायब उपरीक्षक खनालले भन्नुभयो “थुनुवा कक्षको नटबोल्ड तोडेर फरार भएको देखिएको छ ।” फरार विष्टको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । यसका साथै थुनुवा भागेको समयमा ड्युटी गरिरहेका पाँच जना प्रहरीलाई समेत कारबाही गरिएको बताइएको छ । प्रहरी घेराबाटै थुनुवा भाग्नुको रहस्य भने खुल्न सकेको छैन । फरार विष्टलाई भाग्नमा कसैको पनि संलग्नता भएको थाहा पाइएका कडा कारबाही गरीने प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो । विष्ट यसअघि पनि चरेस मुद्दामा संलग्न रहेको प्रमाणित भएर तीन महिना जेल बसेका व्यक्ति हुन् । रासस

स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौं, फागुन १ । फागुन १४ गतेका लागि भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आजबाट सुरु भएको छ । पहिलो दिन आज मतदाता नामावली प्रकाशन गरिँदैछ । नयाँ सेमेस्टर वा शैक्षिक वर्षका लागि माघ १५ गतेसम्म र पुराना वर्ष र सेमेस्टरमा शुक्रबारसम्म भर्ना भएका विद्यार्थीको नाम मतदाता सूचिमा प्रकाशित गरिने त्रिभुवन विश्वविद्यालयले दिएको जानकारी दिएको छ । काठमाडौंका त्रिचन्द्र, अमृत साइन्स, नेपाल कमर्स, सानोठिमी क्याम्पसलगायतका क्याम्पसमा विद्यार्थीको संख्याबारे विवाद भएपछि छानबिन गर्न समिति बनाइएको छ । यी क्याम्पसहरुमा आफ्नो प्रभुत्व देखाउन मूख्य विद्यार्थी संगठनहरुबीचमा चुनावको मिति तोकिएदेखि नै तनाव देखिन थालेको हो। आज प्रकाशित हुने मतदाता नामावलीमा मंगलबार दाबी विरोध गर्न सकिने र त्यसमाथि छानबिन गरी फागुन ४ गते अन्तिम नामावली प्रकाशन गरिने त्रिविले जनाएको छ । फागुन ५ मा मनोनयन दाखिला र प्रत्यक्षतर्फको नामावली प्रकाशन गरिने छ भने फागुन ८ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । मिश्रित प्रणालीबाट हुन लागेको मतदानमा सभापति कोषाध्यक्ष र सचिव प्रत्यक्ष चुनिने छन् भने बाँकी पद समानुपातिक पद्धतीबाट चुनिने छन् । २८ वर्ष उमेर हदको विरुद्धमा केही विद्यार्थी संगठनहरु लागेपनि दश विद्यार्थी संगठनको बैठकले त्रिविको निर्णयलाई मान्ने घोषणा गरेको हो ।

‘बाहुबली २’ रिलिज हुनुअघि नै कमायो ५ सय करोड

काठमाडौं, माघ २० । सन् २०१५ मा मात्र तयार भएको साउथ इण्डियन चलचित्र ‘बाहुबली २’ को रिलिज हुन केही महिनामात्र बाँकी रहेको छ । तर, यस चलचित्रले प्रदर्शन हुनुअघि करोडौं कमाउन सफल भएको छ । राष्ट्रिय पुरस्कार विजेता निर्देशक एसएस राजमौलीको यो चलचित्रको सिक्वेलले प्रदर्शन अगावै लोभलाग्दो कमाई गरेको छ । भारतीय मिडियाको रिपोर्ट मान्ने हो भने चलचित्रले प्रदर्शन अगावै ५ सय करोड कमाई गरिसकेको छ । यस चलचित्रको मुख्य भूमिकामा रहेको प्रवासको यो चलचित्रको सिक्वेल यतिबेला विश्वभरका फ्यानले प्रतिक्षा गरिरहेका छन् । विशेषगरि, कटप्पाले बाहुवलीलाई किन मारे भन्ने प्रश्नकै कारण यसको सिक्वेल प्रतिक्षामा रहेको हो । यस चलचित्रको प्रदर्शन अधिकार बेचेरै ५ सय करोड कमाई यसको निर्माण पक्षले गरेको मिडिया रिपोर्टमा उल्लेख छ । यो चलचित्र ३ भाषामा रिलिज हुँदैछ । यो चलचित्रको हिन्दी भर्सनको अधिकार धर्म प्रोडक्शनले किनेको हो । धर्म प्रोडक्शनले हिन्दी भर्सनका लागि महंगो रकम तिरेको भारतीय मिडियाले जनाएका छन् ।

रामेछापमा जुनारको उत्पादन बढेपछि किसान खुसी

रामेछाप । मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ । रामेछाप नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनी, वडा नम्बर ७ को सुकाजोर र मन्थली नगरपालिकाको वडा नम्बर ४ सालु र वडा नम्बर १३ र १४ फुलासीमा भएका बगैँचामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री थालिएको हो । गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढेको किसानले बताएका छन् । जुनारका लागि यस वर्ष उपयुक्त हावापानी भएका कारण तथा किसानले नियमित प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिन प्रयोग गर्न पाएपछि जिल्लाको जुनार उत्पादन पनि बढेको छ । मन्थली र रामेछाप नगरपालिकामा लगाइएको बगैँचाबाट मात्र यस वर्ष २२ करोड ७५ हजार बराबरको जुनार बिक्री हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाकी प्राविधिक भवानी बस्नेतले बताइन् । परियोजनाका अनुसार गत वर्ष बगैँचाबाट १९ करोडको मात्र जुनार बिक्री भएको थियो । पन्ध्र रोपनी क्षेत्रफलमा आफूले गरेको व्यावसायिक जुनार खेती राम्रो भएकाले गत वर्षको तुलानमा ५० प्रतिशत नै बढी उत्पादन भएको रामेछाप नगरपालिका–६ ओख्रेनीका किसान हिमाल तामाङले बताए । अघिल्लो वर्ष दुई लाख ५० हजारको जुनार बिक्री गरेको भए पनि यस वर्ष भने तीन लाख ५० हजार बराबरको जुनार बिक्री गर्ने योजना रहेको तामाङले बताए । ओख्रीनीकै दिलमाया तामाङले पनि आफूले सात रोपनी क्षेत्रफलमा लगाएको जुनार गत वर्षको तुलनामा ४० प्रतिशत भन्दा बढी उत्पादन भएको बताइन् । ओख्रेनीका अर्का किसान शेरबहादुुर तामाङले पनि आफूले २० रोपनीभन्दा बढी जग्गामा गरेको जुनार खेतीको उत्पादन गत वर्षको तुलनामा ३५ प्रतिशतले बृद्धि भएको बताए । ओख्रेनीका मात्र नभइ सुकाजोरका रामकुमार कार्की र ज्ञानुका कार्कीको बगैँचामा पनि जुनार पहेँलपुर भएको छ । पुरुष मात्र होइन, जुनार उत्पादनमा महिलाको पनि त्यत्तिकै बढी सकृयता रहेको छ । जुनारको बगैँचाभित्र भटमास, तोरी, लसुन, प्याज, काउली जस्ता कोसेबाली र तरकारी बाली लगाएर छुट्टै आम्दानी गर्न सकिने हुनाले जुनार किसानले दोहोरो फाइदा लिने गरेका छन् । ओख्रेनीकै युगराज पाख्रिन, डेगराज तामाङलगायत किसानको बगैँचामा रहेको जुनारको उत्पादन पनि बढेको उनीहरूले बताएका छन् । रामेछाप नगरपलिकामा बढी जुनार उत्पादन हुने क्षेत्र हिमगङ्गा, रापमुर सुकाजोर, ओख्रेनी, गोठगाँउ र रामेछाप हो । रामेछाप नगरपालिकाका बाली संरक्षण अधिकृत कृष्ण भुजेलले वडाहरूमा गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन झण्डै ५० प्रतिशतले वृद्धि भएको बताए ।

काठमाडौँका विभिन्न ठाउँमा हल्का वर्षा

काठमाडौं । काठमाडौँका एक–दुई स्थानमा आज (बुधबार) छिटफुट वर्षा भएको छ । मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँका गोङ्गबु, चाबहिल, बालाजु र महाराजगन्जलगायतका स्थानमा हल्का वर्षा भएको हो । तत्काल ठुलो पानी पार्ने प्रणाली आउने सम्भावना भने नरहेको उनको भनाइ छ । अहिले पश्चिमी वायुको प्रभावका कारण हल्का वर्षा भएको हो । अन्य दिनको तुलनामा आज बढी चिसो समेत भएको छ । काठमाडौँ उपत्यकाबाहेक ताप्लेजुङ र मनाङमा पनि हल्का वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसमविद् मानन्धरको भनाइ छ । मनाङ, सोलुखुम्बु, हुम्लालगायतका हिमाली क्षेत्रमा हिमपात भएको छ । यी क्षेत्रमा भोलि पनि हिमपातको सम्भावना रहेको उनले जानकारी दिए । भोली पनि पश्चिमी वायुको प्रभावका कारण आकाशमा बादल लाग्नेछ । तर केही दिन पानी पर्ने सम्भावना नरहेको उनले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहस सुरु हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आज सुरु हुँदैछ। हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भए पछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो। थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा अदालतले निर्णय लिनेछ । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो।

आईपीएल : हैदराबादलाई ५ विकेटले हराउदै लखनउ शिर्षस्थानमा

काठमाडौं । अलराउन्डर क्रुनाल पाड्याको अलराउन्ड प्रदर्शनमा लखनउ सुपर जायन्ट्सले ईन्डियन प्रिमियर लिग ९आईपीएल० मा सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको छ । आइपीएलको १६ औँ संकरणमा लखनउको यो दोस्रो जित हो । शुक्रबार राती एकना स्टेडियम लखनउमा घरेलु टोलीले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्न सफल भयो । हैदराबादले दिएको १ सय २२ रनको लक्ष्य लखनउले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । लखनउको जितमा कप्तान केएल राहुलले ३१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाउँदा क्रुनाल पान्ड्याले २३ बलमा ३४ रन बनाए । ओपनर कायल मेयर्स १३ रनमा आउट हुँदा निकोलस पुरन ११ रनमा अविजित रहे । मार्कस स्टोइनिस १० रनमा अविजित रहे । हैदराबादका आदिल राशिदले २ तथा भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले समान १र१ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो । हैदराबादका राहुल त्रिपाठीले ४१ बलम ३५ रन बनाउँदा ओपनर अनोमलप्रित सिंह २६ बलमा ३१ रन बनाउँदै आउट भए । अब्दुल सामद १० बलमा २१ रन बनाउँदै अविजित रहँदा वासिन्टन सुन्दर १६ रन बनाए । कप्तानका रुपमा आईपीएल डेब्यु गरेका एडेन माक्ररम क्रुनाल पान्ड्याको बलमा बोल्ड हुँदै गोल्डेन डक भएका थिए। लखनऊको जितमा क्रुनाल पान्ड्याले ३ तथा अमित मिश्राले २ विकेट लिए ।

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर एक लाख १० हजार रुपैयाँ कायम भएको छ । महासंघका अनुसार चाँदीको मूल्य भने बढेको छ । तेजाबी सुनको मूल्य एक लाख ९ हजार ५ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ४० रुपैयाँको कायम भएको छ । बिहीबार छापावाला सुनको मूल्य एक लाख १० हजार २ सय, तेजाबी सुनको मूल्य एक लाख ९ हजर ६ सय ५० र चाँदी १४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ। आजको प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ । त्यस्तै राष्ट्रिय सभाको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रश्ताव सभा समक्ष पेस हुने, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ११ दशमलव २२ अंकले उकालो लागेर एक हजार नौ सय ६१ दशमलव शून्य ६ मा पुगेको छ। यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८२ अंकले उकालो लागेर तीन सय ८३ दशमलव ६६ मा पुगेको छ। कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ। यस्तै, १० उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ। नेप्सेका अनुसार कारोबार भएका दुई सय ४१ कम्पनीको ३८ लाख ६५ हजार नौ सय ६१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३२ करोड २९ लाख ७२ हजारबराबरको कारोबार भएको छ। नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ। सो बैंकको रु। १४ करोड ४५ लाख ५६ हजार सात सय ९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए। त्यस्तै, एनसिसी बैंकको संस्थापक सेयर रु। आठ करोड १३ लाख ५९ हजार एक सय १५, हिमाल दोलखा हाइड्रोपावर रु। सात करोड ७१ लाख ९४ हजार दुई सय ३५, हिमालयन डिस्टिलरी रु। सात करोड दुई लाख १५ हजार आठ सय ५०, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था रु। चार करोड ४९ लाख ६० हजार तीन सय २७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्। नेप्सेका अनुसार धौलागिरि लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। श्वेतगंगा हाइड्रोपावर नौ दशमलव २१, लाइफ इन्स्योरेन्स कर्पोरेसन पाँच दशमलव शून्य आठ, स्वाभिमान लघुवित्त चार दशमलव ९५ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले चार दशमलव ३९ प्रतिशतले कमाएका छन्। यस्तै, सिटिजन म्युचुअल फन्ड तीन दशमलव ६४, घलेम्दी हाइड्रोपावर दुई दशमलव ६३, रुरु जलविद्युत् परियोजना दुई दशमलव ५३, सयपत्री हाइड्रोपावर दुई दशमलव ४७ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले दुई दशमलव ४० प्रतिशतले गुमाएका छन्।

पुल बनाउन खनेको खाल्डोमा खस्यो मोटरसाइकल

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–८ मा पुल बनाउन खनेको खाल्डोमा मोटरसाइकल खस्दा दुईजना घाइते भएका छन् । मोटरसाइकल चालक बर्दियाकै गेरुवा गाउँपालिका–६ का २५ वर्षीय आशिष शाही र बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ का १९ वर्षीय युवराज सिंह ठकुरी घाइते भएका हुन् । घाइते दुवैको नेपालगन्जमा उपचार भइरहेको छ । घाइतेमध्ये ठकुरीको अवस्था गम्भीर रहेको जनाइएको छ । नेपालगन्जबाट गुलरियातर्फ जाँदै गरेको भे३प ४०९० नम्बरको मोटरसाइकल गए राति करिब पौने ११ बजे पुल बनाउन खनेको खाल्डोमा खसेको थियो ।