प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बाङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरीले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच विद्युत व्यापार, जलवायु परिवर्तन एवं द्विपक्षीय आपसी चासोका विविध विषयमा छलफल भएको छ । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल–बङ्गालादेशबीच हुने विद्युत व्यापार गर्नका लागि आवश्यक पर्ने प्रक्रिया पूरा हुने अवस्थामा रहेको र छिट्टै दुई देशबीच व्यापार सुरु हुने विश्वास व्यक्त गरे । आगामी दिनमा विद्युत व्यापार क्षेत्रीयस्तरमै सहजरूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले त्यसका लागि आवश्यक नियमन एवं भौतिक संरचना तयार हुँदै गएकोप्रति खुशी व्यक्त गरे।
 
प्रधानमन्त्री प्रचण्डले नेपाल र बङ्गालादेश दुवैले जलवायु परिवर्तन असर व्यहोर्नु परेको उल्लेख गर्दै यस्ता साझा मुद्दामा दुवै देशले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

बङ्गालादेशका मन्त्री चौधरीले नेपाल–बङ्गदादेशबीच ऊर्जा सहकार्य अगाडि बढेको उल्लेख गर्दै छिट्टै ऊर्जा व्यापार भएर दुवै देशले लाभ लिन सक्ने अवस्थामा पुगिएको बताए। उनले प्रधानमन्त्री प्रचण्डलाई नेपाल–बङ्गलादेशबीच हुने ऊर्जा व्यापारका सबै तयारी पूरा भएको जानकारी समेत गराए। 

मन्त्री चौधरी नेपालले आयोजना गरेको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादमा भाग लिन नेपाल आएका हुन् । 

सो भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटा, प्रधानमन्त्रीका जलवायु तथा वातावरण सल्लाहकार डा।पपुलर जेन्टलसहित वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्चअधिकारीको उपस्थिती रहेको थियो । 

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ ।  बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । शनिबारको दिन आज बस्ने बैठकमा प्रधानमन्त्री दाहाल प्रचण्डले सरकार र संसद्को बजेट अधिवेशन सञ्चालन, नीति तथा कार्यक्रम निर्माण लगायतका विषयमा सांसदहरुलाई बिफ्रिङ गर्नुका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । 

समयमा काम नगर्ने ठेकदारलाई कारबाहि गर्न मन्त्रीसँग सांसद सापकोटाको माग

काठमाडौं। माओवादी केन्द्रका सांसद माधव सापकोटाले सडक पुल आयोजनाको ठेक्का लिएर काम नगर्ने कति ठेकेदारलाई कारबाही गरियो भन्दै प्रश्न गरेका छन्।  बिहीबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद सापकोटाले जिम्मेवारी लिएका ठेकेदारले समयमा काम नगर्दा आयोजना पछि परेको बताउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराएका हुन्।  उनले चीनसँग सिमा जोडिएको तातोपानी नाका पुग्ने र वार्षिक हजारौं पर्यटक हिँड्ने अरनिको राजमार्गमा वर्षातको बेला गाडी गुड्न नसक्ने अवस्था रहेको भन्दै ध्यानाकर्षण समेत गराए। उनले अरनिको राजमार्ग स्तरोन्नती गर्नुपर्ने बताए। यस्तै, निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई ध्यान दिन पनि आग्रह गरे।

बजेट अधिवेशन वैशाख २५ मा बोलाउने सरकारको तयारी

काठमाडौं । सरकारले संघीय संसद्को बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ ।  सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संसद्को आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको जानकारी दिए । उनले आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टुंग्याएर संसद्‌मा लैजाने तयारी भइरहेको बताए । त्यस्तै, संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐनहरू संशोधन गर्नु आवश्यक रहेको भन्दै ऐन संशोधन गर्नेगरी अगाडि बढिने पनि उनको भनाइ छ । उनले बजेट अधिवेशन भए पनि धेरैभन्दा धेरै विधेयक पारित हुने विश्वास व्यक्त गरे ।  सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याउन सकिने पनि जानकारी गराए । यद्यपि, छिटो पारित गर्नेगरी संसद्‌मा विधेयक नै आउनसक्ने पनि उनले बताए ।  उनले भने, 'संसद्को अधिवेशन सम्भवतः २५ वा २६ गते सुरु होला । लगानी सम्मेलनलाई अनुकूल किसिमको प्रभाव पार्ने हिसाबले लगानीका निम्ति सबैलाई उत्साहित हुने वातावरण निर्माण गर्नका निम्ति सरकारले जुन अध्यादेश ल्यायो त्यो आफैँमा निकै राम्रो काम थियो । लगानी सम्मेलनमा सहभागी भएका सबैबाट पनि त्यो कुरा आएको छ । संसद् नचलेको बेलामा अध्यादेशमार्फत पनि लगानी सम्मेलनलाई अनुकूल प्रभाव परोस् । लगानीका निम्ति तयार रहेका सबै मान्छेलाई उत्साह प्रदान गर्न सकोस् भन्ने हिसाबले अध्यादेश ल्यायौँ । जहाँसम्म निकै राम्रो भयो भन्ने लागिराखेको छ ।'  मन्त्री गिरीले नेपाली कांग्रेसले बजेट अधिवेसनका लागि बोलाइएको संसद् बैठक सञ्चालनमा गतिरोध उत्पन्न हुनुपर्ने कुनै कारण नै नभएको बताए ।

कतारका अमिरको स्वागतमा तम्तयार काठमाडौं (तस्बिर)

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार (आज) नेपाल आउँदै छन् ।राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी नेपाल भ्रमणमा हिलोपल्ट कतारका अमिर नेपाल आउन लागेका हुन् ।दुई निजी जहाज लिएर आउन लागेका उनका लागि काठमाडौंका सडकमा स्वागतद्वारा बनाइएका छन्।सडकहरू पखालेर चिटिक्क पारिएको छ। दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको बिजनेस जेट (भीभीआईपी)विमान मंगलागिरहेछ बार ढाकाबाट ५ बजेअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ४ देखी ५ बजेसम्म एक घन्टाकालागि उड्डयनकर्मीहरूकालागि जारी हुने सूचना (नोटाम)लागू गरेको छ ।

काठमाडौंको अनामनगर लगायतका यी क्षेत्रमा आज हुनेछ विद्युत सेवा अवरुद्ध

काठमाडौं । आज काठमाडौंका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।विभिन्न ठाउँका फिडरहरू सटडाउन गरेर मर्मत कार्य गर्नु पर्ने भएकोले विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । रत्नपार्कको वितरण केन्द्रको अनामनगर, जोरपाटी वितरण केन्द्रको मुलपानी र डांछी फिडरअन्तर्गत पर्ने ठाउँमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । लोकसेवा कार्यालयको पानी ट्याङ्की, सिंहदरबारको पूर्वी गेट अनामनगर हुँदै न्यरो हस्पिटल, प्रभु बैंकका साथै धोबीखोलादेखि मैतीदेवी, घट्टेकुलो क्षेत्रमा साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ । यस्तै, मूलपानी फिडरअन्तर्गत बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थलीलगायतका स्थानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार डांछी फिडरअन्तर्गत शिवचोक, अर्याल गाउँ, दक्षिणढोका, होटल नोर्लिङ,ग्रिनहिल सिटी क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । प्राधिकरणका अनुसार आज नुवाकोट र सुर्खेतका विभिन्न ठाउँमा पनि केही समय विद्युत सेवा अवरुद्ध हुनेछ ।

मन्त्रिपरिषद् बैठक एक बजे बस्ने

काठमाडौँ । हिजो बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने भएको छ ।  यसअघि बिहीबारलाई बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकले सरकारका नियमित काम कारबाहीबारे निर्णय लिने छ ।

बेइजिङ पुगे उपप्रधानमन्त्री श्रेष्ठ

बेइजिङ ।जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ आइपुगेका छन्।बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका छन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ उनका चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन्। चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरुमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ। उपप्रधानमन्त्री श्रेष्ठले आजै चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी)का केन्द्रीय अध्यक्ष वाङ हुनिनसँग भेटवार्ता गर्ने छन्।त्यस्तै उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी)का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्ने कार्यक्रम छ।

एमालेसँग गठबन्धन नभइ सहकार्य हो, लामै समय जान्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर बन्न नदिन एमालेसहित कम्युनिस्टहरूको नेतृत्वमा नयाँ सहकार्यको थालनि गरिएको बताएका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकमा पछिल्लो सत्तासमीकरणबारे ब्रिफिङ गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भारतको पश्चिम बंगालबाट पाठ सिक्नुपर्ने बताएका हुन् । काम गर्ने हुटहुटी हुँदाहुँदै कांग्रेसको भने जस्तो सहयोग नपाएका र अन्य राजनीतिक कारणले कांग्रेससँगको गठबन्धन टुटेको बताउँदै उनले सरकारसामु जनमुखी बजेट र कार्यक्रम ल्याएर जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने चुनौती रहेको बताए । ‘कांग्रेसबाट सरकार सञ्चालनमा सहयोग भएन । अर्थमन्त्रीले साथ दिनुभएन । परराष्ट्रमन्त्रीले पनि नेपालको हित हुने गरी परराष्ट्र नीति सञ्चालनमा साथ दिनुभएन ।' अध्यक्ष प्रचण्डलाई उदृत गर्दै एक नेताले भने । प्रधानमन्त्री प्रचण्डले अहिलेको परिवर्तित राजनीतिक परिस्थिति गठबन्धन नभएर नयाँ समीकरणसहित एमालेसँग सहकार्य भएको  प्रस्ट्याएका थिए । लामै समयसम्म अगाडि बढ्ने गरी विचारले नजिक एमालेसँग सहकार्य भएको भन्दै उनले त्यसअनुसार बोली र व्यवहारमा परिवर्तन ल्याउन जरुरी भएको आवश्यकता पनि औँल्याएका थिए ।  प्रचण्डले सरकारले तत्काल न्यूनतम साझा कार्यक्रम ल्याउने र जनमुखी बजेट ल्याउने गरी तयारी गरिरहेको बताए । सरकारलाई सहयोग हुने गरी वातावरण बनाउन पनि उनले नेताहरूलाई निर्देशन दिएका थिए । कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा धोका दिएको र हिन्दु धर्मको मुद्दा उचाल्न खोजेकाले पनि कम्युनिस्टहरू एक ठाउँमा उभिने परिस्थिति निम्तिएको प्रधानमन्त्रीले बैठकमा विश्लेषण सुनाएका थिए । बैठकले पार्टीको विधान सम्मेलनले सुझावसहित पारित गरेको विधान मस्यौदालाई अन्तिम रूप दिएको छ ।

हात बाँधेर गाडेको अवस्थामा किशोरीको शव फेला

काठमाडौं । काठमाडौँको तारे भिरमा हत्या गरेर पुरेको अवस्थामा एक किशोरीको शव भेटिएको छ । एक महिना देखि हराइरहेकी १२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामाको शव तारेभिर क्षेत्रको जंगलबाट उत्खनन् गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।   फागुन २५ मा शव उत्खनन् गरेर उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे अनुसन्धान गरिरहेको छ । मृतक लामा कक्षा १२ मा पढ्थिन् । हात बाँधेर गाडेको अवस्थामा उनको शव उत्खनन् गरिएको छ । घरबाट माघ २२ मा  ‘क्याम्पस जान्छु’ भनेर हिँडेकी उनी नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए । फागुन २५ मा गोकर्णेश्वर नगरपालिका–३ स्थित तारे भिरबाट शव उत्खनन् गरिएको काठमाडौँका एसपी अधिकारीले जानकारी दिए । 

फागुन २१ गते शहिद प्रतिष्ठान नेपालले अन्तरक्रिया गर्दै

काठमाडौं । लामो समयदेखि जनयुद्धका शहिद, बेपत्ता तथा घाइतेहरुको क्षेत्रमा काम गर्दै आएको संस्था शहिद प्रतिष्ठान नेपालले 'शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति' भन्ने शिर्षकमा अन्तरक्रिया गर्ने भएको छ । यहीँ फागुन २१ गते दिउँसो ठिक ११ बजे हुने उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहनेछ । राष्ट्रिय सभागृहमा हुने उक्त खुल्ला अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा एकीकृत समाजबादीका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजबादी पार्टीका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव एवम् समाजबादी मोर्चाका संयोजक विप्लव सि, जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी रहनेछ । वि.स. २०६५ मा पोष्ट बहादुर बोगटीको अध्यक्षतामा स्थापित शहिद प्रतिष्ठान नेपालको संरक्षकको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेको छ । यस संस्थाले देशभरी ५ स्थानमा शहिद स्मृति आवासीय माध्यमिक विद्यालयहरु संचालन गर्दै आइरहेका छन् । डोटी, दाङ, पोखरा, दोलखा र सुनसरीमा रहेको उक्त विद्यालयहरुमा करिब २५ सय विद्यार्थीहरु अध्ययनरत छन् । यस विद्यालयले शहिद परिवार, बेपत्ता, घाइते, अल्पसंख्यक, दलित, बेसहारा सहित स्थानीय विद्यार्थीहरुलाई समेत निशुल्क शिक्षा दिदै आएको छ । पछिल्लो समय उत्पन्न राजनीतिक विवादले शान्ति प्रक्रिया नटुंगिने हो कि भन्ने शंका पैदा भइरहेको बेला शहिद प्रतिष्ठान नेपालले सबै प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूलाई एउटै मंचमा खडा गरेर शान्ति प्रक्रियाको विषयमा बोल्नको लागि अन्तरक्रिया राखेको शहिद प्रतिष्ठान नेपालका महासचिव युवराज चौलागाईले बताए ।

भरतपुर भ्रमण वर्ष प्रचारका लागि 'भरतपुर च्याम्पियनसिप' हुँदै

चितवन । चितवन ११ फुटबल क्लबको आयोजनामा प्रथम भरतपुर च्याम्पियनसिप २०८० हुने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै प्रतियोगिता हुन लागेको हो । फागुन २५ गते बाट सुरु हुने प्रतियोगिता चैत १० गतेसम्म चल्ने क्लबका अध्यक्ष सुशील कार्कीले जानकारी दिए । प्रतियोगितामा १२ टोली सहभागी हुने कार्कीले बताए । चितवनका केही तथा विभागीय र मफोसलका उत्कृष्ट क्लबहरु प्रतियोगितामा सहभागी हुने कार्कीले जानकारी दिए । उनका अनुसार सहभागी हुने क्लबहरुको नाम केही दिनमा सार्वजनिक गरिनेछ । प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालय (तालिमकेन्द्र) को मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख तीन हजार रुपैयाँ तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको प्राविधिकलगायतका तयारी तीव्र पारिएको छ । फागुन १८ देखि सुरु हुने भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धन र प्रचारका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कार्कीको भनाइ छ । खेलको माध्यमबाट भ्रमण वर्ष र भरतपुरका पर्यटकीय क्षेत्रको प्रचार गर्न यस प्रतियोगिताले भूमिका खेल्ने उनको विश्वास छ । यसले भरतपुर भ्रमण वर्ष सफल बनाउन पनि मद्त मिल्ने उनको भनाइ छ । फागुन १८ गते नारायणगढस्थित नारायणी नदी किनारमा ठूलो संख्या मा स्थानीय र अतिथिको उपस्थितिमा भ्रमण वर्ष घोषणा गरिँदैछ ।

प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी सार्वजनिक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी आइतबार सार्वजनिक गरिएको छ । राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले सोमबारदेखि सुरु हुने प्रतियोगिताको लोगो र रनिङ ट्रफी एक कार्यक्रमबीच सार्वजनिक गरे । प्रतियोगितामा एथलेटिक्स, भलिबल (छात्र), टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेलको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइने छ । प्रतियोगितामा विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी हुने छन् । एथलेटिक्समा १२, भलिबलमा १ तथा टेबलटेनिस र ब्याडमिन्टनमा समान ५–५ गरी जम्मा २३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । कार्यक्रममा राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कसारी, राखेपका सदस्य अञ्जन धमला, प्रशासन विभाग प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहाल, कानून शाखाका प्रमुख नारायणराज अर्याललगायतको उपस्थिति रहेको थियो ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी आइतबार सार्वजनिक गरिएको छ । राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले सोमबारदेखि सुरु हुने प्रतियोगिताको लोगो र रनिङ ट्रफी एक कार्यक्रमबीच सार्वजनिक गरे । प्रतियोगितामा एथलेटिक्स, भलिबल (छात्र), टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेलको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइने छ । प्रतियोगितामा विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी हुने छन् । एथलेटिक्समा १२, भलिबलमा १ तथा टेबलटेनिस र ब्याडमिन्टनमा समान ५–५ गरी जम्मा २३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । कार्यक्रममा राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कसारी, राखेपका सदस्य अञ्जन धमला, प्रशासन विभाग प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहाल, कानून शाखाका प्रमुख नारायणराज अर्याललगायतको उपस्थिति रहेको थियो ।

प्रहरीले सभामुखलाई गरायो रवि लामिछाने पक्राउको जानकारी

काठमाडौं । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभाका सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई लामिछाने पक्राउबारे जानकारी गराएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्धारा आज जारी गरेको सूचनामा उल्लेख छ ।  चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसुरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा उल्लेख छ । नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘संघीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने’ उल्लेख छ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेलाई कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि शुक्रबार काठमाडौंबाट पक्राउ गरेको थियो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । रासस

रुकुमपश्चिममा एक मृत फेला

रुकुमपश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ मा एक पुरुष मृत फेला परेका छन् । वडाको बलचौरका अन्दाजी ६५ वर्षीय भूपाल ओलीको शव वडाकै काउलेखोला छिनडाँडीमा फेला परेको वडाध्यक्ष शशीराम पुनले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै खुट्टा पुरिएको र निर्वस्त्र अवस्थामा खोला किनारमा शव फेला परेको हो । उनका आफन्त कोही नभएको र हिजो परेको वर्षातपछि आएको भेलले बगाएको अनुमान गरिएको छ। बुढाको शव मङ्गलवार बिहान स्थानीयले फेला पारेका हुन । शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ओली सोमबार बेलुकी घरबाट निस्किएको बताइएको छ । सोमबार ठुलो पानी परेको र खोलामा आएको बाढीले ओलीलाई बगाएको आशङ्का गरिएको छ । तर घटनाको बारेमा थप विवरण भने आइसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसंगठन विस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमका बारेमा छलफल हुनेछ । बैठकमा नेताहरूले आफ्ना आफ्ना धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।