यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  आज २०८१ साल वैशाख १ गते शनिबार सन् २०२४ अप्रिल १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा पुगेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तो आजको विदेशी मुद्राको विनिमय दर 

माओवादी आन्दोलनको त्याग, तपस्या र बलिदानलाई स्वीकार नगरे एकतामा समस्या आउन सक्छ–प्रचण्ड

प्रचण्ड, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष । तीन दशकदेखि नेपालको राजनीतिमा एउटा विशिष्ट स्थान र निर्णायक प्रभाव राख्न सफल राजनीतिज्ञ । माओवादी स्कूलिङको नेतृत्व गरेर जनयुद्द हुँदै समावेशी, समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा अहम् भूमिका निर्वाह गरेका प्रचण्ड अहिले फेरि एउटा नयाँ ऐतिहासिक मोडतर्फ नेपाली राजनीतिलाई डो¥याउन चाहन्छन् । यद्यपी उनी भन्छन्– अग्रगमनका पक्षमा मैले चाल्न खोजेको कदममा अवरोध भए अर्को मोडतर्फ फड्को हान्न म तयार छु । यिनै प्रचण्डसँग नयाँ वर्ष २०७५ को आगमनको अवसरमा एभरेष्टदैनिकका लागि गाेकर्ण भट्टले लिएको अन्तर्वार्ता सर्वप्रथम यहाँ, यहाँको पार्टी र परिवारलाई एभरेष्टदैनिक टिमको तर्फबाट नयाँ वर्षको हार्दिक शुभकामना छ । प्रचण्डः यहाँहरुलाई पनि म, मेरो पार्टी र परिवारका तर्फबाट हार्दिक शुभकामना । मैले जतिबेला प्रधानमन्त्री हस्तान्तरण गरेँ नेपाली काँग्रेसका सभापतिलाई पुरै आत्मविश्वासको साथ गरेको थिएँ । अब यो रोकिँदैन, बीचमा अड्किने ठाउँ कतैपनि छैन भनेर नै मैले हस्तान्तरण पनि गरेँ र साँँच्चै मैले परिकल्पना गरेजस्तै, मैले सोचेजस्तै रोकिएन पनि र अहिले तीनै तहको निर्वाचन पनि सम्पन्न भयो । गतवर्ष यति बेला हामी निर्णायक अवस्थामा थियौं । गणतन्त्र संस्थागत गर्न कैयन् चुनौतिमाझ तपाईले सत्ता हस्तान्तरण गर्नुभएको थियो । कसरी समीक्षा गर्नुहुन्छ वर्ष २०७४ को ? २०७४ साल अविस्मरणीय वर्षको रूपमा नेपालको इतिहासमा रहन्छ । किनभने गत वर्षमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयन होला कि नहोला भन्ने निकै ठुलो सन्त्रास नेपाली जनताको मनमा थियो । एउटा शङ्का व्याप्त थियो । समस्या र चुनौतीहरू पनि धेरै थिए । ती सबैको सामना गरेर देशलाई निर्वाचनतिर लैजाने चुनौति हामी सामु थियो । मैल प्रधानमन्त्रीको रूपमा स्थानीय तह निर्माण गर्ने कुरा र स्थानीय तहको निर्वाचनतिर देशलाई लैजाने कुरालाई प्राथमिकतामा राखेर त्यो ऐतिहासिक जिम्मेवारीलाई कैयन् अप्ठ्यारा र जटिलताका वावजूद स्थानीय तहको पहिलो निर्वाचन मेरो नेतृत्वमा गर्न सफल भएको थिएँ । नेपाल राष्ट्र र नेपाली जनतालाई अगाडि राखेर यो संविधान कार्यान्वयन गरेर जानुपर्छ भनेर स्थानीय तह निर्माणमा पनि धेरै मेहनत गरेर मेरै नेतृत्वमा त्यो प्रक्रिया सफलतापूर्वक सम्पन्न भएर सत्ता हस्तान्तरण गरेको थिएँ । त्यो सम्पन्न भईसकेपछि जो प्रधानमन्त्री भए पनि शुरु भएको प्रक्रिया रोकिँदैन थियो । शुरु भएको प्रक्रिया बीचमा रोक्नुको अर्थ त्यो प्रधानमन्त्री र त्यो पार्टी पूरैका पुरै असफल र बदनाम हुन्थ्यो । त्यस कारण मैले जतिबेला प्रधानमन्त्री हस्तान्तरण गरेँ नेपाली काँग्रेसका सभापतिलाई पुरै आत्मविश्वासको साथ गरेको थिएँ । अब यो रोकिँदैन, बीचमा अड्किने ठाउँ कतैपनि छैन भनेर नै मैले हस्तान्तरण पनि गरेँ र साँँच्चै मैले परिकल्पना गरेजस्तै, मैले सोचेजस्तै रोकिएन पनि र अहिले तीनै तहको निर्वाचन पनि सम्पन्न भयो । भनेपछि यसलाई सफल वर्षका रुपमा लिनुहुन्छ ? हो, २०७४ साललाई हामीले बिदा गर्दै गर्दा एउटा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको समावेशी चरित्रको संविधान कार्यान्वयनको एउटा असाध्यै महत्त्वपूर्ण वर्षका रूपमा नेपालको इतिहासले संझिनेछ । अहिले हामी २०७५ मा प्रवेश गरेका छौं । अव यो २०७५ चाहिँ स्थिरता र विकासको वर्ष हो । विकासले एउटा नयाँ गति लिएको वर्ष हो । यो वर्षलाई अहिलेसम्म नेपाली जनताको अपेक्षालाई सम्बोधन गर्न राज्यको तर्फबाट विशेष पहलको वर्षको रूपमा सम्पन्न गर्ने हाम्रो इच्छा र प्रयास छ। २०७४ को अन्त्य हुँदै गर्दा एउटा नयाँ ऐतिहासिक मोडको सुरुवात पनि यहाँहरूले गर्नुभएको छ । राजनीतिक रूपमा र विकासको दृष्टिले पनि । यो २०७५ मा यहाँको आफ्नो सङ्कल्प चाहिँ के छ ? देशमा राजनीतिक स्थायीत्व र सुशासन, पारदर्शी, भ्रष्टाचार मुक्त शासनको शुरुवात र विकासका दीर्घकालीन, मध्यकालीन र अल्पकालीन परियोजनाहरू अगाडि बढाउने वर्षको रूपमा यो जाओस् भन्ने मैले चाहेको छु। दोस्रो, त्यही उद्धेश्यको निम्ति नै हामीले कम्युनिस्ट एकता, वामपन्थी एकताको कुरा गरेका हौं । साझा घोषणा र साझा उम्मेदवार बनाएर चुनाव लड्यौँ । हाम्रो घोषणालाई र सङ्कल्पलाई नेपाली जनताले भरोसा गरेर अत्यधिक बहुमत दिएपछि हामीले सोचेजस्तै त्यो आधार तयार भएको छ । यो आधारलाई सुदृढ गर्ने र वामपन्थी एकतालाई अझ सफलतापूर्वक सम्पन्न गराउने र विकासलाई अझ गति दिने नै हाम्रो २०७५ को मोटामोटी परिकल्पना छ । व्यक्तिगत रूपमा यहाँले जहिले पनि सपना र संभावनाहरुसँग खेल्दै आउनुभयो । २०७५ को शुरुवातसँग तपाईँ फेरि एउटा सम्भावना बोकेर फड्को हान्न खोज्दै हुनुहुन्छ । यो नयाँ बाटोको अवसर र जोखिमलाई कसरी हेर्नुहुन्छ ? जतिबेलादेखि मैले एउटा पार्टीको नेतृत्व सम्हालेँ त्यतिबेला देखि नै बस्तुगत परिस्थितिको आँकलन गरेर भविष्य यस्तो होला भन्ने परिकल्पना गरेर थोरै जोखिम उठाउने नै मेरो विशेषता रहँदै आयो । मेरो स्वभाव भनौँ, मेरो चरित्र भनौँ, त्यस्तो हुँदै आयो पनि । २०४६ सालको ऐतिहासिक जनआन्दोलनको समयमा म भर्खरै पार्टीको महासचिव भएको थिएँ । हामी सानो भएपनि त्यो परिस्थितिको सबै आँकलन गरेर एकताकेन्द्र बनाउने, अनि पाँच वर्षपछि फेरि माओवादी बनाउने, त्यसपछि जनयुद्धमा जाने, त्यसपछि शान्ति प्रक्रिया, त्यसपछि संविधान बनाउने, संविधान कार्यान्वयन गर्ने र अहिले फेरि वामपन्थी एकतामार्फत देशमा स्थिरता र विकास ल्याउने भनेर यी परिकल्पना र जोखिमहरू श्रृङ्खलाबद्ध रूपले अगाडि आएका छन्  । अहिले जनताको मुख्य चाहना विकास रहेको छ । तीव्र विकास होस, छिटोछिटो गाउँघरमा सबैतिर विभिन्न खालका विकास र परियोजनाहरू आउन भन्ने छ । यही प्रक्रियाबाट नै त्यो विकास सम्भव छ भनेर नै कम्युनिष्ट एकता र वामगठबन्धनको नयाँ अध्यायको शुरुआत गर्न चाहेका हौं । अहिले हामीले चाल्न खोजेको बाटोमा अवरोध देखियो भने त्यसलाई पन्छाएर फेरि अर्को ढङ्गले पहल लिन पनि तयार हुनुपर्छ भन्ने लाग्छ मलाई । यहाँहरुले भनेजस्तो विकास, समृद्धि र न्यायको संघर्षमा यो नयाँ मोडप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ? मैले एउटा कुरा के भन्ने गरेको छु भने राजनीतिमा चालिने कुन पहल (स्टेप)ले राष्ट्र र जनताको बढी हितगर्छ भन्ने कुरा परिस्थिति अनुसार हेरफेर भईराख्छ । एउटै भईराख्दैन । मान्छेहरूले एउटा मात्रै परिकल्पना गरेर हिँडे भने त्यसैमा यथास्थितिमै चलिराख्न बढी सजिलो मान्छन । तर नेतृत्व (लिडरशीप)को विशेषता परिस्थितिले माग गर्ने बित्तिकै फड्को हान्ने हुन्छ । दायाँ हान्नुपर्ने हो कि, बायाँ हाँन्नु पर्ने हो कि, अघि बढेर जानुपर्ने हो कि, अलिकति पछि हट्नुपर्ने हो कि ? भन्ने निर्णय गर्ने त्यस्तो काम पार्टी र लिडरले गर्छन् । विज्ञानले र इतिहासले हामीलाई सिकाएको पनि त्यही कुरा हो । अहिले पनि हामी एउटा प्रक्रियाबाट अघि बढेका छौं, हाम्रो लक्ष (टार्जेट) चाहिँ एउटै रहन्छ– राष्ट्रको र जनताको हित, स्थायीत्व र विकास । तर त्यसलाई प्राप्त गर्ने विधिमा यदि बाटोमा अवरोध आयो भने, अहिले हामीले चाल्न खोजेको बाटोमा अवरोध देखियो भने त्यसलाई पन्छाएर फेरि अर्को ढङ्गले पहल लिन पनि तयार हुनुपर्छ भन्ने लाग्छ मलाई । त्यसैले राजनीति सम्भावनाको खेल पनि हो । भन्नुको तात्पर्य त्यसलाई विशुद्ध खेलको रूपमा नभएर परिस्थितिमा हेरफेर भयो भनेपछि त्यो हेरफेर भएको कुरालाई ठिक ढङ्गले आँकलन गर्ने, मूल्याङ्कन गर्ने र अर्को कदम चाल्न जरुरी प¥यो भने अर्को कदम चाल्न पनि तयार हुने कुरा भन्न खोज्ने हो मैले । सम्भावनाको खेल भन्दाखेरी चाहिँ त्यसको त्यो अर्थ हो । अहिले पनि ती संभावनाहरुतिर मेरो ध्यान चाहिँ छ । २५ वर्ष यता नेपालको राजनीति मूलतः एजेन्डाको हिसाबले तपाईँको वरिपरि केन्द्रित रह्यो । कतिपयले तपाईँले चालेको कदमलाई प्रचण्डयूगको अन्त्यको रूपमा पनि लिएका छन् । यो सम्भावनाको खेलमा अबको बाँकी राजनीति पनि तपाईँको नेतृत्व वरिपरि केन्द्रित हुने सम्भावना कत्तिको देख्नुहुन्छ ? निकै संवेदनशील कुरा तपाईँले राख्नुभयो । झन्डै ३० वर्षदेखिनै मैले लिएको पहल वा अगाडि सारेका मुद्धाहरु राष्ट्रिय राजनीतिको केन्द्रमा हुनु, विद्रोह हुनु, शान्ति हुनु, संविधान बन्नु, एउटा ठुलो यूग नै परिवर्तन हुने गरी राजनीतिक परिवर्तन हुनु, राजतन्त्रबाट गणतन्त्रमा जानु सामान्य कुरा होइन । यो सबै हुनु र त्यो सबै प्रक्रियामा म नेतृत्वमा रही राख्नु मेरो लागि गर्वको कुरा हो । बिरलै एउटै मान्छे विद्रोहको पनि नेता, शान्तिको पनि नेता, संविधानको पनि नेता, सबै भूमिकामा निरन्तर रहिराख्ने र टिकिराख्ने भन्ने सामान्य कुरा होइन । यो गौरव मलाई प्राप्त भयो । नेपाली जनताले मेरो पार्टीले मलाई त्यो जिम्मेवारीमा राखिराख्यो, त्यो भरोसा गरिराख्यो । मेरो लागि यो खुसीको कुरा हो । संख्या सानो भएको हुनाले अव प्रचण्डको भूमिका वाम एकता, यही कम्युनिस्ट एकतामा तल जान्छ कि भन्ने प्रश्न पक्कै पनि मान्छेहरूको मनमा उठेको छ । तर मेरो स्वभाव (नेचर)ले दिँदैन के तल बस्न । अव तपाईँको प्रश्नको अर्को पाटोमा जाँदा मेरो स्वभाव, मेरो प्रवृत्ति, मेरो राजनीतिक इतिहासले मलाई त्यस्तो लाग्दैन । बिहानमात्रै युवाहरूको जमात मलाई भेट्न यहाँ आउनुभएको थियो । मैले भने अर्को १० वर्ष म सक्रिय राजनीति गर्छु भन्ने विश्वास छ । म ६४ भएँ, ७४/७५ सम्म म एक्टिभ्ली नै गर्छु र राष्ट्रिय राजनीतिमा मेरो भूमिका बनाइराख्छु । अहिले कतिपयले यो पार्टी एकता, वाम गठबन्धनबाट तुलनात्मकरुपमा एजेन्डा त माओवादीकै छ, प्रचण्ड नेतृत्वकै एजेन्डाहरूमा देश त चलेकै छ। तर संख्या सानो भएको हुनाले अव प्रचण्डको भूमिका वाम एकता, यही कम्युनिस्ट एकतामा तल जान्छ कि भन्ने प्रश्न पक्कै पनि मान्छेहरूको मनमा उठेको छ । तर मेरो स्वभाव (नेचर)ले दिँदैन के तल बस्न । तल पर्नै दिँदैन, मेरो चरित्रले दिँदैन । यदि मैले त्यहाँ अवरोध देखेँ, यी एजेन्डा कमजोर पार्ने, नेतृत्व कमजोर पार्ने डिजाइन देखेँ भने त्यो भत्काउन पनि कुनै आइतबार कुर्न पर्छ जस्तो लाग्दैन मलाई । त्यो भत्काएर पनि अगाडि बढिहाल्छु । तर अहिले भत्काउन पर्ने स्थिति चाहिँ बन्या छैन । मलाई विश्वास छ, वामपन्थी एकता, कम्युनिस्ट एकताको पनि मैले नेतृत्व गरेर देशलाई अग्रगति दिनेमा मेरो भूमिका रहन्छ भन्ने मेरो विश्स्वास छ । पार्टी एकता भनेको जवर्जस्ती हुने कुरा होइन । कसैलाई जवर्जस्ती छैन । न एमालेलाई जवर्जस्ती छ न माओवादीलाई । तपाईले यसो भनेपनि दुईवटा भिन्न स्कुलिङ्ग र फरक कार्यशैली भएको सङ्गठनहरू एक हुने क्रममा जाँदा तपाईले भनेजस्तो होला र ? पार्टी र आन्दोलनमा अन्ततः विचार र राजनीतिक मुद्दा नै प्रधान हुन्छ । विचार कस्तो र प्रवृत्ति के भन्ने कुरा नै मूल राजनीतिक मुद्दा पनि हो । अहिले नेपालमा जुन राजनीतिक परिवर्तन भएर नयाँ संविधान कार्यान्वयनमा गएको छ, त्यसमा हाम्रो छाप छ, माओवादीको छाप छ । यो कुरालाई सबैले स्वीकारेका छन् र स्वीकार्नुपर्छ । यो कम्युनिस्ट एकताको प्रक्रियामा पनि यो कुरा स्वीकारिनु पर्दछ । माओवादी आन्दोलनको त्याग, तपस्या, बलिदान, एजेन्डा, सबैका कारणले नै मुख्य रूपमा यो परिवर्तन भएको हो भन्ने कुरा स्वीकार्ने बित्तिकै समस्या आउँछ जस्तो लाग्दैन । तर यसलाई स्वीकार्न कसैलाई गाह्रो लाग्छ भने समस्या आउन सक्छ। पार्टी एकता भनेको जवर्जस्ती हुने कुरा होइन । कसैलाई जवर्जस्ती छैन । न एमालेलाई जवर्जस्ती छ न माओवादीलाई । आ–आफ्नो ठाउँमा, आ–आफ्नो भूमिकामा रहन सक्नुप¥यो । यदि ऐतिहासिक सच्चाईलाई स्वीकार्न गा¥हो लाग्छ भने किन जबर्जस्ती गर्नु पर्यो ? रोईरोई त एकता हुँदैन नि । हाँसिखुसी हुने हो एकता । मलाई विश्वास छ, माओवादी केन्द्र र नेकपा एमालेका साथीहरू पनि सबै हाँसीखुसीमा नै दुईवटैको सम्मान हुने गरी इतिहासको सच्चाईलाई पनि स्थापित गर्ने गरी नै एकता हुन्छ भन्ने मेरो विश्वास छ । हामी कुरा विकासको समृद्धिको, भ्रष्टाचार विरोधको, सामाजिक न्यायको गर्ने तर पार्टीभित्रका प्रवृत्ति, विचार र कार्यशैलीहरू हेर्दाखेरी कताकता अन्तरबिरोधी भएजस्तो लाग्दैन ? त्यस्तो मलाई लाग्छ । त्यो हाम्रा आदर्शहरू, उद्देश्यहरू, हाम्रा भाषणहरू र आचरणहरूमा अन्तरबिरोध परेको छ भन्ने त लाग्छ । तर मलाई भने यो बदल्नै नसक्ने स्थितिमा पुगिसक्यो भन्ने चाहिँ लाग्दैन । एकचोटी फेरि बल गरेर यसलाई बदल्नुपर्छ । जस्तो आदर्श र उद्देश्य छ, त्यसै अनुकूलको आचरण हुनेगरी पार्टी पुनर्निर्माण, र पुनर्गठन गर्नुपर्छ भन्ने मलाई लाग्छ । एकताको प्रक्रियामा खास खास जटिलताहरु के छ अहिले ? एकताको प्रक्रियामा  दुर्इवटा कार्यदलले दुर्इवटा प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाएको स्थिति छ । हामी दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र मैले पढेर त्यसलाई अन्तिम रुप दिन सकेका छैनौं । अहिले उहाँले पक्कै पढ्नुभएको होला । मैले चाहिँ पढेँ । अव एकचोटी पार्टी एकता संयोजन समिति बसेर ती विषयमा छलफल गरेर अन्तिम निर्णय गर्नु बाँकी छ । हिजोको इतिहासलाई कसरी मूल्याङ्कन गर्ने, जनयुद्धको भूमिका, जनयुद्धलाई, जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा पनि छ । खास विवादका विषयहरु के हुन ? अव एउटा कुरा के हो भने दुईवटा पार्टी, दुईवटा वैचारिक धारा र दुईवटा आन्दोलनको विकासबाट आएका छौँ । त्यस कारण त्यसलाई सम्मानजनक एकताको मोडालिटी खोज्ने चुनौति छ । केही कुरा हामीले टुंग्याई नै सकेका छौँ । दुईवटा अध्यक्ष रहने प्रणालीबाट जाने भनेर । अहिलेलाई महाधिवेशनसम्मका लागि । तर त्यो दुईवटा अध्यक्ष वास्तवमा नै दुईवटै अध्यक्ष कार्यकारी हुन्छन् कि एउटा अध्यक्ष सेरेमोनियल, एउटा अध्यक्ष एक्जुकेटिभ हुने अवस्था हो भन्ने कुरा निक्र्यौल भएको छैन । यदि त्यसो भयो भने त्यसले चाहिँ समस्या पार्छ । त्यसैले त्यसको मोडालिटी कसरी प्रयोगमा आउँछ भन्ने पनि कुरा छ । त्यसैगरी हिजोको इतिहासलाई कसरी मूल्याङ्कन गर्ने, जनयुद्धको भूमिका, जनयुद्धलाई, जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा पनि छ । त्यसपछि एकता गर्दाखेरी ठ्याक्कै केन्द्र र तलका कमिटीहरू के आधारमा निर्माण गर्ने भन्ने कुरा छ । हामीले सम्मानजनक र बराबरीको सिद्धान्तमा टेकेर एकताको मोडल तय गर्नुपर्छ भन्ने कुरा छलफल भैराखेको छ । त्यसपछि निर्वाचन चिन्ह कस्तो हुने भन्ने कुरा पनि छलफलमै छ । मुख्य कुरा मैले अघि भने नि अहिलेको परिवर्तनको बिचार र आन्दोलनको यथोचित सम्मान र मूल्याङ्कन धेरै महत्त्वपूर्ण कुरा छ । यो सम्मानजनक भएको जस्तो लागेन यो वा त्यो पक्षलाई भने फेरि एकता जटिल हुन सक्छ । एकतामा केही ढिलाइ हुन सक्छ । फर्किने कुरा त सोच्दै नसौँचौँ, अगाडि नै जाने हो अहिले । छलफल पनि सकारात्मक नै छ फेरि, नकारात्मक भयो भन्ने पनि होइन । तर केही विषय प्रतिवेदन आईसकेपछि टुङ्गो लगाउनुपर्ने चाहिँ पक्कै पनि छ । भनेपछि छिटै एकतामा जान्छौँ भन्ने कुरामा आशा राख्नुप¥यो । ? जान्छौँ भनेर आशामात्रै होइन त्यसमा भरोसा नै गर्नुपर्ने हुन्छ । मैले फेरि भने नि राजनीति सम्भावनाको खेल हो भन्ने कुरालाई पनि ब्याक अफ द माईण्ड, दिमागको एउटा कुनामा त त्यो पनि राखिराख्नु पर्छ । अन्धो भएर एकतातिर भन्ने चाहिँ हुँदैन । अन्तमा यहाँले २०७५ मा नेपाली जनतालाई सन्देश दिँदाखेरी के दिन चाहनुहुन्छ ? म आम नेपाली जनतालाई पहिला त बधाई र शुभकामना भन्न चाहन्छु । आम नेपाली जनताको सक्रिय सहभागितामा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर त्यो संविधान कार्यान्वयनको निम्ति जुन निर्वाचन भयो त्यसको निम्ति म विशेष रूपले आम नेपाली दिदीबहिनी दाजुभाइहरूलाई बधाई दिन चाहन्छु । पहिलाे कुरा नेपाली जनाताकाे सक्रिय सहभागिता बिना यो ऐतिहासिक कार्य सम्पन्न गर्न सम्भव थिएन । दोस्रो कुरा देशलाई स्थायीत्व र विकास पनि आम जनताको सङ्कल्प र सक्रियताबिना सम्भव छैन । त्यसको निम्ति म हार्दिक अपिल पनि गर्न चाहन्छु ।

राष्ट्रिय सभा अध्यक्ष दाहाल र स्वीस नेसनल काउन्सिलका अध्यक्ष एरिकबिच द्विपक्षीय भेटवार्ता

जेनेभा, असोज ३० । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले स्वीजरल्याण्डको नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमर (Eric Nussbaumer) सँग द्विपक्षीय भेटवार्ता भएको छ। अन्तर-व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आउनुभएका अध्यक्ष दाहालले स्वीस नेसनल काउन्सिलका अध्यक्ष एरिकसँग भेटवार्ता गर्नुभएको हो। भेटवार्तामा द्विपक्षीय र आर्थिक सम्बन्ध, अन्तर्राष्ट्रिय मुद्दा, बहुपक्षीय सहयोगका साथै नेपालको शान्ति प्रक्रियामा स्वीस सरकारको सहयोगका बारेमा छलफल भएको थियो। सो अवसरमा अध्यक्ष दाहालले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियामा स्वीस सरकारले महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो। संयुक्त राष्ट्रसंघ, आइपीयू लगायतका बहुपक्षीय मञ्चहरुमा नेपाल र स्वीजरल्याण्डले आपसी सहयोग र सहकार्य गर्दै आइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि दुई देशबिचको पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा स्विट्जरल्याण्डसँग काम गर्न नेपाल सधैं तयार रहेको बताउनु भयो। प्रत्यक्ष लोकतन्त्र र संघीयताको अभ्यासमा स्वीट्जरल्याण्ड विश्वकै सफल उदाहरण भएको चर्चा गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “संघीय गणतन्त्रको रुपमा भर्खरै अभ्यास गरिरहेको नेपालले स्वीट्जरल्याण्डका असल अभ्यास बुझ्न र सिक्न प्रयासरत छ। हामी लोकतन्त्रको सुदृढीकरण र लोकतान्त्रिक संस्थालाई जनस्तरसम्म सुदृढ गर्न प्रयास गरिरहेका छौं।” राज्यको शासकीय संरचनामा सीमान्तकृत वर्गको सहभागिता गराउन समावेशी सिद्धान्त लागू गरिरहेको भन्दै उहाँले संघीय संसद र प्रदेश सभामा ३३ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनु भयो।   सङ्क्रमणकालीन न्यायका लागि द्वन्द्वपीडितलाई न्याय र क्षतिपूर्ति दिन नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष दाहालले संघीय संसदका दुवै सदनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको जानकारी दिनुभयो। “शान्ति प्रक्रियाका बाँकी काम पूरा गरि हामी दिगो शान्ति, स्थायित्व र विकासको लक्ष्यतर्फ अघि बढेका छौं,” अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको शान्ति प्रक्रियालाई पूर्णता दिन स्वीस सरकारको महत्त्वपूर्ण सहयोग हुनेछ भन्ने हामीले अपेक्षा लिएका छौं।” संघीय संसदले नेपाल-स्वीट्जरल्याण्ड संसदीय मैत्री समूह गठन गरेको जानकारी दिदै अध्यक्ष दाहालले मैत्री समूहले दुई देशका संसदीय अनुभव, अभ्यास, सहकार्य र आपसी सहयोगका लागि संवादको ढोका खोलेको बताउनु भयो। स्वीट्जरल्याण्ड नेपालको एक प्रमुख विकास साझेदार भएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “स्वीस सरकारले प्रदान गर्दै आएको विकास सहयोगमा नेपाललाई प्राथमिकतामा राखी निरन्तरता दिनुभएकोमा म स्वीस जनता र सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। स्वीस विकास सहयोगले नेपालको सामाजिक-आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।” भेटमा स्वीस नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरले दुई देशको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै आइपीयूको महासभाका सन्दर्भमा नेपाली समकक्षीलाई स्वीजरल्याण्डमा भेट्दा आफूलाई खुसी लागेको बताउनु भयो। नेपालले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन कानुन पारित गरेकोमा बधाई दिदै अध्यक्ष नसबाउमरले कानुन कार्यान्वयनमा लैजानका निम्ति आफूहरुले आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो। “शान्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक कानुन पारित गर्नुभएकोमा बधाई दिन चाहन्छु,” अध्यक्ष नसबाउमरले भन्नुभयो, “कानुन कार्यान्वयनका क्रममा आवश्यक सहयोगका लागि हामी तयार छौं।” नेपालले नयाँ संविधानमार्फत् संघीय शासन प्रणाली अवलम्बन गरेकोमा खुसी व्यक्त गर्दै उहाँले संघीयताको कार्यान्वयनमा पनि स्वीस सरकारको सहयोग हुने बताउनु भयो। नेपाल पर्यटकीय रुपमा निकै सम्भावनायुक्त देश भएको चर्चा गर्दै अध्यक्ष नसबाउमरले नेपालको पर्यटन प्रवर्द्धन र हवाइ सेवाको गुणस्तर एवं विकासमा स्वीस सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। सो अवसरमा अध्यक्ष नसबाउमरले आफूले नेपालको भ्रमण गर्न चाहेको पनि बताउनु भयो।

एमाले सांसद भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न सभामुखको निर्देशन

काठमाडौ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नेतृत्व गरिरहेको एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिनुभएको छ ।  भट्टराईले बोल्ने क्रममा सांसद भट्टराईले माओवादीले संचालन गरेको ‘हिंसा’का कारण मुलुकमा समयमा विद्युत उत्पादन नभएको आरोप लगाउनुभएको थियो ।  माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्नुभएको थियो । भट्टराईले माओवादी सांसदहरूले बोलिरहेका बेला पनि उक्त शब्द प्रयोग गरेका गर्नुभएको थियो। पाण्डेले भन्नुभयो– ‘नियमको उलंघन भइरहेको छ, यो संसद्को नियमावलीको २६ मा नियमापत्तिको विषय छ । यहाँ न त दिइएको समयको पालन गरिएको छ न त संवैधानिक र नियमावलीका भाषा पालन गरिएको छ । यहाँ प्रयोग भएको भाषा संविधान, नियमावलीअनुसार प्रयोग भइरहेको छैन । त्यसकारण हिंसा शब्दलाई रेकर्डबाट हटाउन माग गर्दछु ।’ त्यसपछि सभामुख घिमिरेले भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्नका लागि निर्देशन दिनुभएको थियो । त्यसपछि पनि एमालेका सांसद भट्टराई र रघुजी पन्तलगायतले उक्त शब्द दोहोर्‍याएपछि माओवादीले भने एमालेका शब्द र व्यवहारको विरोध गरेको थियो ।  

भारतका विदेश सचिव मिस्री नेपालमा

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन् । उनी परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले स्वागत गरिन् । भारतीय सचिव मिस्रीलाई सचिव लम्सालले भारत भ्रमणमा गएका बेला नेपाल भ्रमणको निमन्त्रणा गरेकी थिइन्। परराष्ट्र मन्त्रालयले जनाए अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुनेछ । सचिव मिस्रीले भ्रमणका क्रममा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेट गर्ने तालिका रहेको छ । भारतीय सचिव मिस्री सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पहिरो हटाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार यो सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका(२९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुइतर्फी  अवरुद्ध भएको थियो।  पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो। सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन गन्तव्यतर्फ लागेका छन्। 

सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद (इद उल अजहा)’ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।  इस्लाम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा आज शुभकामना सन्देश दिर्दै उनले इस्लाम धर्मावलम्बी ‘बकर इद’ लाई पवित्र पर्वका रूपमा मनाउँदै आएका जनाउँदै  यस पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् ।  शुभकामना सन्देशमा नेपाल–प्राचीनकालदेखि विभिन्न जात, जातिको बसोबासको सङ्गमस्थल रहेकाले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता छ र सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ भनिएको छ ।  सभापति देउवाले यस पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । उनले ‘बकर इद ’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

सुनको डल्लोसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना पक्राउ परेका छन् । भन्सार छलेर लैजान लगेको आरोपमा चार जनालाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।  कतार एयरको उडानमार्फत आएका मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला र रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाम आलमलाई शनिबार राति पक्राउ गरेको हो। उनीहरूलाई २५ ग्रामको सिक्री र ६९ ग्राम ९९ मिलिग्रामको काँचो सुनको डल्लोसहित पक्राउ गरेको हो। उनीहरूलाई विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो। शनिबार दिउँसो प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूमा सप्तरी सुरुङ्गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक नगरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिँया छन् । उनीहरूबाट करिब ५० ग्राम सुनको सिक्री बरामद भएको थियो । ज्याउदिन कतार एयरको उडान दोहाबाट नेपाल आएका थिए।  ज्याउदिनले भन्सार छली ल्याएको उक्त धातु अरमानलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाइने छ ।

दश वर्षमा १० हजार २ सय ३० नेपालीको बाकसमा आयो शव

काठमाडौं । दश वर्षमा विदेशमा १० हजार २ सय ३० जनाले ज्यान गुमाएका छन्। सरकारले सार्वजनिक गरेको गत फागुनसम्मको तथ्यांक अनुसार  आर्थिक वर्ष २०७०/७१ देखि चालु आर्थिक वर्षको फागुन मसान्त सम्म वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका १० हजारभन्दा धेरै नेपाली नागरिकले ज्यान गुमाएका हुन्। आर्थिक वर्ष २०७०/७१ सालमा ८७७ जनाले विदेशी भूमि ज्यान गुमाउँदा २०७८/७९ मा सबैभन्दा धेरै १३ सय ९५ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको फागुन सम्म ६९४ जनाले ज्यान गुमाइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ।मृत्यु हुनेमा ९ हजार ९ सय ६५ पुरुष र २ सय ६५ महिला रहेका छन्।  हेर्नुहोस् तथ्यांक  

कम्पनीको नाम तोकेर संसदीय समिति बनाउन ‘सहमति’ !

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तयार गर्न गठित कार्यदलमा कम्पनीको नाम उल्लेख गरेर समिति बनाउने गरी सहमति बनेको बताइएको छ। शनिबार सिंहदरबारमा बसेको कार्यादलको बैठकमा यस्तो सहमति जुटेको बताइएको हो । यद्यपी, शीर्ष नेताहरूबीचको बैठकपछि मात्र अन्तिम सहमति हुने र संसदीय छानबिन समिति बनाइने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए । उनका अनुसार, शीर्ष नेताहरूको बैठक आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। शीर्ष नेताहरूको बैठकपछि मात्र संसदीय छानबिन समिति बन्ने टुंगो लाग्ने उनले जानकारी दिए ।

राष्ट्रिय सभा बैठक नबसिकनै स्थगित

काठमाडौं। संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।सोमबार दिउँसो सवा १ बजे बस्ने गरी राष्ट्रिय सभा बैठक स्थगित भएको हो ।  यसअघि आइतबार दिउँसो सवा १ बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै दिउँसो सवा ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । राष्ट्रिय सभाका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक जेठ ७ गते सोमबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको उल्लेख छ ।

संसद्को गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच छलफल

काठमाडौँ । संसद्मा जारी गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबिच बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सत्तारुढ दलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने सहभागी छन् । त्यस्तै, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलगायत सहभागी छन् । प्रधानमन्त्रीले शनिबार बिहान पनि कांग्रेस नेताहरूसँग छलफल गरेका थिए । सो बैठक सकारात्मक रहेको कांग्रेस नेताहरुको प्रतिक्रिया थियो । त्यस्तै, सभामुख देवराज घिमिरेले पनि प्रधानमन्त्री दाहालसँग छलफल गरेका थिए । कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

प्रतिनिधिसभा बैठक : सूचना टाँस गरी स्थगित

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेसले समय मागेपछि दिउँसो २ बजेका लागि बोलाइएको थियो। सदन सुचारु रूपमा सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्षी दलहरूबिच कुरा नमिल्दा सूचना टाँस गरेर पर्सीसम्मका लागि स्थगित गरिएको छ।  प्रतिनिधिसभाको अर्को बैठक २०८१ जेठ ६ गते आइतबार बिहान ११ बजे बस्ने सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन्।  गृहमन्त्री माथि संसदीय छानबिन माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको दल नेपाली कांग्रेस र सत्ता पक्ष दलहरूबिच सहमति नजुट्दा आजको बैठक पनि प्रभावित भएको हो ।

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक जारी छ । बिहान ९ः३० बजे सिंहदरबारमा बस्ने भनेको बैठक करिब एक घण्टा ढिलो सिंहदरबारमा सुरु भएको हो। बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बसिरहेको छ ।जसपाका मन्त्रीहरुले सपथ लिएपछिको पहिलो बैठकले आज प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रम पारित गर्ने बताइएको छ । सरकारले आज आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्नेछन् ।

उपेन्द्रको आरोप-'स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइयो'

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका छन् ।मधेशी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री यादवले अतृप्त आत्माहरुको हतास मानसकिता भएकाहरुलाई प्रयोग गरेर पार्टी फुटाइएको बताए। उपप्रधानमन्त्री यादवले २४ जना लोभी पापीलाई पार्टीबाट फुटाउँदैमा युद्ध जिते जस्तो सोच्नु दिवा स्वप्ना मात्रै रहेको बताए। निर्दलीय व्यवस्थाबिरुद्ध लडेका काँग्रेस कम्युनिष्ट विरुद्ध पनि यस्तै षड्यन्त्र हुने गरेको बताए । पार्टीबाट केही लोभीहरु अलग्गिँदैमा जसपा नेपाल कमजोर नहुने दाबी गर्दै अब जसपा नेपाल थप गतिका साथ अगाडी बढ्ने स्पष्ट पारे। उपप्रधानमन्त्री यादवले मधेशको मुद्दा र संघियता संस्थागत गर्नका लागि पार्टी थप उर्जाका साथ सडक, संसद तथा सरकारमा संघर्ष जारी राख्ने बताए। अर्को प्रसंगमा उपप्रधानमन्त्री यादवले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र सोको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।

युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । युके पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।  युके पठाउने भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सर्लाही हरिपुर नगरपालिका २ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका ७ बस्ने ३० वर्षीय बिधान कार्की रहेका छन् ।  सोमबार प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।  कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।   उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीको भनाई छ ।