आजको मौसम : मुख्यतया सफा रहने

काठमाडौं । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही  बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

अनुसन्धानको सुई कसैको ढोकामा पुगेपछि रातारात कांग्रेस–एमालेको एक भए : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस एमालेबीच मध्यरातमा भएको सहमति अनुसन्धानको तारो उनीहरुको ढोकामा पुगेपछि भएको दावी गरे ।  स्थायित्व र राष्ट्रिय एकताका लागि भनिएपनि वास्तवमा यो सहमति सरकारले सुशासन कायम गर्न थालेको अनुसन्धानका कारण उत्पन्न भएको बताए ।   सरकार भन्दा प्रतिपक्षमा बस्दा नै रास्वपालाइ राम्रो हुने बताएका उनले प्रचण्डले सरकार चलाउदा पूर्ण रूपमा सहयोग गरेकोमा धन्यवाद दिए । मुलुकलाइ निकाश दिने कुरामा र देशमा सुशासन कायम गर्नका लागि प्रचण्डले साथ र सहयोग दिएको उनले बताए।  रास्वपा सरकारका कामबाट पूर्ण सन्तुष्ट हुन नसकेको बताएका उनले विभिन्न अवरोधहरूका कारण चाहेजति गर्न नसकेको बताए । 

योग र साधनालाई शिक्षा, जीवन र व्यवहारसँग जोड्न आवश्यक : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन् । दसौँ विश्व योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आह्वान गरेका हुन् ।  नागरिकलाई स्वस्थ, नैतिकवान् र जिम्मेवार बनाउन योगको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गरे । “योगाभ्यासबाट रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुनेछ”, शुभकामना सन्देश मार्फत प्रधानमन्त्रीले भनेका छन् । प्रधानमन्त्रीले नेपाल शिव, जनक र बुद्ध सभ्यताको त्रिवेणीका रुपमा रहेको र यस हिमवत् क्षेत्रमा बस्ने प्राचीन योगी, ऋषि, महर्षिले दीर्घ तपः साधनाको माध्यमबाट योगअभ्यासको विकास र प्रवद्र्धन गरेको बताएका छन् । “उहाँहरूले प्रदान गरेको योग अभ्यासको ज्ञान र परम्परा अहिले पनि उत्तिकै सान्दर्भिक र जीवनका लागि ऊर्जा प्रदायक छ”, प्रधानमन्त्री प्रचण्डले भने, “त्यसैले, वर्तमान परिवेशमा योगाभ्यास र शिक्षासम्बन्धी उचित नीतिको प्रबन्ध, प्रभावकारी संरचनात्मक व्यवस्था र नेपालको अभ्यासको विश्वव्यापीकरणमा ध्यान दिनुपर्दछ ।” यसबाट योग पर्यटन विस्तार गर्न सकिने उनको भनाइ थियो । ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ यसवर्ष विश्व योग दिवस मनाइँदै छ ।

प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन्। सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सो जानकारी गराएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा भाग लिन मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्डले गत जेठ २७ र २८ गते भारतको भ्रमण गर्नुभएको हो । उक्त भ्रमण कुनै पूर्वनिर्धारित कार्यसूचीका आधारमा नभई फरक ढङ्गको भएको उनले स्मरण गराए। प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम संसदमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले दिए। आजकै बैठकमा विनियोजन विधेयक, २०८१ माथि भएका छलफलमा क्रममा उठेका प्रश्नमाथि विभिन्न आठ मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

बझाङ १ प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

धनगढी । बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाए । मत गणना सकिए पनि निर्वाचन आयोगले मत परिणाम औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन । प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले उम्मेदवारले मुचुल्कामा हस्ताक्षर गरिसकेपछि औपचारिक रूपमा अन्तिम मत परिणाम घोषणा गरिने बताए । उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाए भने चौथो भएको एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन् ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ । बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउनेछन् । चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्नेछन् । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची पनि छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०५० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।सरकारले यो अधिवेसन अन्त्य गर्ने निर्णय गरेको छ । त्यसैले आजको बैठक यस अधिवेसनको अन्तिम बैठक हुनेछ ।

लिटरमै ४ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य, आइतबार मध्यरातिदेखि लागू हुने

काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ । यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ ।  सुर्खेत र दाङमा १७४ तथा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ । डिजेलरमट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

अहिलेको गठबन्धन सजातीय छः पम्फा भुसाल

काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातिय भएको बताएकी छन्।  उनले गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने पनि स्पष्ट पारिन् । अखिल नेपाल महिला संघ क्रान्तिकारी) ले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रवार गरेको कार्यक्रममा भुसालले यस्तो बताएकी हुन् ।  उनले दीर्घकालसम्म देशमा दुइटा कम्युनिस्ट पार्टी समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन्। वर्तमान सत्ता गठबन्धनमा पनि सबै खाले प्रबृत्ति रहेको भन्दै उपाध्यक्ष भुषालले कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता सहित नयाँ गठबन्धन सरकार बनाइएको बताइन् । ‘उनले भनिन्, ‘कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धनको सरकार गठन भएको छ,’  सत्ता गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनेर राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै उनले सो गठबन्धन यहीँका दल र नेताहरुले बनाएका बताइन्। शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउने संकल्पसहित गठबन्धन बनाएको भुषालको भनाई छ । 

खाता नखोल्दै भुर्तेल आउट

काठमाडौं, १६ फागुन । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाल सामु दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । टीयु क्रिकेट मैदानमा जारी खेलमा नेपालका भरपर्दा ब्याट्स्म्यान कुशल भुर्तेल नेपालले खाता नै नखोल्दै आउट भए । लगातार दोस्रो खेलमा कुशल भुर्तेल डक आउट भएका हुन् । उनी पहिलो खेलमा नामिवियाविरुद्ध पहिलो बलमै एलबीडब्लू आउट भएका थिए । नेदरल्यान्ड्सका तीव्र गतिका बलर किंग्माको एन्थ बलमा एज लागेर विकेटकिपर स्कर्टबाट भुर्तेल सहज क्याच आउट भए ।  क्रिजमा आशिफ सेख र कप्तान रोहित पौडेलले रनका लागि संघर्ष गरिरहेका छन् ।  यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेदरल्याण्डस्ले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । नेदरल्याण्डस्का लागि मिचेल लेभिटले ५४, स्याब्रान्ड एंगेलब्रेक्टले ४९, स्कट इडवार्डस्ले ३३, तेजा निडामानिरुले ३१ र म्याक्स ओडोउडले चार रनको योगदान गरे । नेपालका करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए भने अन्य दुई खेलाडी रन आउट भएका थिए ।  पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ ।

नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।” उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहरू आउन थालेको जानकारी पाउँदा आफूलाई खुसीको महशुस भएको बताए । आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए । उनले भने, “प्रतिष्ठानले विपन्नलाई सेवा मात्र दिइरहेको छैन, दक्ष र कर्मठ स्वास्थ्यकर्मीसमेत उत्पादन गरिरहेको छ ।” देश र जनतालाई अप्ठ्यारो परेको अवस्थामा प्रतिष्ठानले महत्त्पूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “कोभिड महामारीको त्रासदीपूर्ण परिस्थितिमा होस् वा हालै गएको विनाशकारी भूकम्पको समयमा होस्, यस प्रतिष्ठानले पूर्ण जिम्मेवारीबोधका साथ पूर्वतयारी, आवश्यक सतर्कता, उद्दार र उपचारका क्षेत्रमा निकै महत्त्वपूर्ण काम गरेको छ ।” आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी प्रतिष्ठानको भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार, दक्ष र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । पछिल्ला वर्षहरूमा प्रतिष्ठानले उल्लेख्य प्रगति गरेको आफूले महशुस गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तनमा आधारित अध्ययन, अनुसन्धान र आविस्कारमा समेत प्रतिष्ठानले गम्भीरतापूर्वक पहल लिने विश्वास व्यक्त गरे ।

नेपाली बजारमा रोकियो सुनको आयात

काठमाडौं । नेपाली बजारमा सुन आयात अहिले रोकिएको छ । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेक विलासी वस्तुको आयात रोक्न निर्देशन दिएसँगै बैंकहरुमार्फत हेर्न सुन आयात शून्यमा झरेको हो । बजारमा तरलताको कमी र राज्यको ढुकुटीमा विदेशी मुद्रा (डलर )को संचिति कम हुँदै गएको भन्दै गाडीदेखि सुनसम्मका विलासी वस्तु आयात गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको थियो । राष्ट्र बैंकले यसअघि पनि समय समयमा राष्ट्रको ढुकुटीमा डलरको संचिति कम भएको भन्दै सुन आयातमा कमी गर्ने गरेको थियो । सुन आयात रोकिंदा बजारमा हाहाकार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।

के हो PE Ratio? शेयर किन्दा बढी PE भएकाे कम्पनी राम्रो कि कम भएकाे ?

शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशसँगै यससँग सम्बन्धित कतिपय विश्लेषणहरुबारे पर्याप्त जानकारी नहुन सक्छ । कतिपय समाचारमा कम्पनीको इपिएस र पिइ रेसियो यति भनेर लेखिने कुरालाई धेरै नबुझेका हुन्छन् । के हो त पिई रेसियो ? लगानी गर्नुअघि सम्बन्धित कम्पनीको समग्र वित्तीय सूचकहरुको राम्रो अध्ययन गर्नु जरुरी हुन्छ । यस्तै, अल्पकालीन होस् या दीर्घकालीन, दुवैथरीका लगानीकर्ताका लागि महत्वपूर्ण सूचकमध्ये पीइ रेसियो पनि एक हो । कम्पनीको पछिल्लो बजार भाउलाई प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात नै पीइ रेसियो हो । पीइ रेसियोले कम्पनी ‘अन्डरभ्यालुड’ वा ‘ओभरभ्यालुड’ के हो भन्ने छुट्याउन मद्दत पुर्याउने भएकाले लगानीमा यसलाई महत्वपूर्ण सूचक मानिन्छ । सामान्यतयः पीइ रेसियो थोरै भएका कम्पनीहरुमा लगानी सुरक्षित मानिन्छ । तर पीइ कम हुँदैमा सधैं सबै कम्पनी राम्रा हुन्छन् भनेर मात्र चाहिँ बुझ्नु हुँदैन । अनि, पीइ केही बढी हुँदैनमा त्यो कम्पनीमा लगानी गर्नु हुँदैन भन्ने पनि सधैं सोच्नु हुँदैन । यसमा अन्य केही पक्षहरुको पनि भूमिका रहने गर्छ । पीइसँगै अन्य सूचकहरु पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । अहिले त पीइसँग कम्पनीको ग्रोथलाई पनि विशेष ख्याल गर्न थालिएको छ । भविष्यको सम्भावनातर्फ पनि ध्यान दिनुपर्छ । अर्कोतर्फ पीइ रेसियोको आधारमा तुलना गर्दा एउटै व्यवसाय गर्ने कम्पनीहरु वा एउटै इन्डस्ट्रीका बीचमा मात्र गर्न उचित हुन्छ । मूल्य आम्दानी अनुपातका केही सीमाहरु पनि रहेका छन् । कम्पनीको कमाई उसको विगतको कमाई हो । विगतको कमाईले मात्र सधैं भविष्यको नतिजा ग्यारेन्टी गर्दैन । विगतमा राम्रो कमाएको कम्पनीले भविष्यमा पनि राम्रै गर्छ भनेर ग्यारेन्टी गर्न सकिँदैन । यसैगरी, विगतमा राम्रो परफर्मेन्स गर्न नसकेका कम्पनीले पनि भविष्यमा निकै राम्रो गर्न सक्ने सम्भावना पनि रहन सक्छ । यसर्थ, लगानीकर्ताले यी विषयहरु पनि ख्याल गर्नुपर्ने हुन्छ । अन्त्यमा, तर पीइ रेसियो लगानीकर्ताले विश्लेषण गर्नैपर्ने महत्वपूर्ण सूचक चाहिँ हो ।

यस्तो छ नियमित यौन सम्पर्क गर्दा हुने ७ फाइदा

सामान्य त धेरै जसो मान्छेहरु रातको समयमा यौन सम्पर्क गर्न रुचाउँछन । नेपाली समाज र ब्यस्त दैनिकीले गर्दा पनि साँझ सुत्ने बेलामात्र सेक्स गर्ने धेरैको बानी छ । यौनसम्पर्क गर्ने महतवपूर्ण समय भनेको अधिकांशका लागि रातको एकान्त समय नै हो । हरेक प्राणीमा यौनेच्छाको चाहना हुनु शास्वत सत्य हो । यो प्रकृतिले दिएको उपहार हो । यौन सम्पर्कबाट मानिसलाई धेरै फाईदा हुन्छ । जसले यौन सम्पर्कलाई यौन यौन प्यास मेटाउने माध्यम मात्र ठान्छ जसका लागि यो समय उपयुक्त लाग्ला । तर जसले यौन सम्पर्कबाट शारीरिक तथा मानसिक फाईदा पनि लिन चाहन्छ भने अबदेखि बिहानको समयमा यौन सम्पर्क राख्ने बानी बसाले हुन्छ । बेल्फास्टको क्विन विश्वविद्यालयले गरेको एक अध्ययनले दाबी गरे अनुसार जुन दम्पतीले हप्तामा तीन पटक बिहानको समयमा यौन सम्बन्ध राख्छ उनीहरु शारीरिक तथा मानसिक रोग लाग्नबाट धेरै मात्रामा बच्न सफल हुन्छन् । त्यसै गरी यो कुरामा पनि ध्यान दिनुस की यौन सम्पर्क एक किसिमको मनोराजनात्मक खेल हो । एकैचौटी खेल खेल्दा बढी थकित भईन्छ त्यसैले यौन सम्पर्कको बेला कम्तिमा २० मिनेट सम्म बेड गेम खेल्नुपर्छ । जसले गर्दा दुवैजना तृप्त भईन्छ र यौनसम्भोगको मजा आउँछ । १. नियमित रुपमा बिहान मात्रै यौन सम्पर्क राख्नाले रक्त साचारमा सुधार आउनुको साथै उच्च रक्तचापमा कमी आउँछ । २. बिहान गरिने यौन सम्पर्कले माईग्रेन टाउकोको एउटा भागतिर मात्र कडा पीडा हुने रोग निको गर्नमा ठूलो मद्दत गर्छ । ३. यौनसम्पर्क सबैभन्दा उत्तम व्यायाम हो । यो प्रक्रियामा झण्डै तीन सय क्यालोरी शक्ति खपत हुन्छ । यो व्यायामले गर्दा शरीरको तौलमा नियन्त्रण राख्नुको साथै ती जोडीलाई मधुमेह रोग लाग्ने खतरा हुँदैन । ४. यौन प्रक्रियाले कपाललाई बलियो र चमकदार बनाउनका साथै यौन प्रक्रियामा उत्पन्न हुने हार्मोन इस्ट्रोजन तथा अर्को हार्मोनले अनुहारमा चमक तथा निखार ल्याउँछ । ५. यौन सम्पर्कको बेलामा शरीरमा उत्पन्न हुने हार्मोन टेक्टोस्टेरोनले हड्डी तथा मांसपेशीलाई बलियो बनाउँछ । यसले गर्दा हड्डी कमजोर भएर गल्ने रोग ओस्टियोपोरसिस लाग्ने सम्भावना न्युन हुन्छ । ६. अमेरिकामा यौन सम्पर्कमा सक्रिय तीन सय जना महिलाहरुमा गरिएको अनुसन्धान अनुसार जुन महिलाको पतिले कण्डोम प्रयोग नगरिकन यौन सम्पर्क गर्छ उसलाई शीघ्रपतनको समस्या निकै कम मात्रामा हुने गर्छ । ७. स्कुल अफ मेडिसियसनका सोधकर्ताहरुका अनुसार बिहान गरिने यौन सम्पर्कले महिलालाई गर्भावस्थाको अवधिमा हुने पीडाको असर एकदम न्युन रुपमा मात्र पर्छ । तर याद राख्नुहोस् सोधकर्ताहरुको अनुसन्धानले बताएअनुसार हप्तामा तीन पटकभन्दा बढी यौन सम्पर्क गर्नाले तपाईको शरीरको रोग प्रतिरोधक शक्तिमा ह्रास आउँछ । हप्तामा तीन पटक सम्म गरिने यौन सम्पर्कले शारीरिक र मानसिक स्फुर्ति बढाउने विज्ञहरुले बताएका छन् । एजेन्सीको सहयोगमा

राजपत्रांकित प्रथम श्रेणीको परीक्षा केन्द्र प्रकाशित (हेर्नुहास् तालिका)

काठमाडौं । लोकसेवा आयोगद्वारा राजपत्रांकित प्रथम तह (अप्राविधिक) पदको लागि दिइने परीक्षा केन्द्र बुधबारको गोरखापत्रमा प्रकाशित गरिएको छ । बाँकी विवरण तलको तालिकामा हेर्नुहोस्–

हिमपातका कारण जनजीवन प्रभावित

काठमाडौं, फागुन २८ । उच्च हिमाली भेगमा भारी हमपात भएको छ । बिहीबार बिहानैदेखि जुम्लामा वर्षा भएसँगै उच्च क्षेत्रमा हिमपात भएको हो । लगातारको हिमपातले जिल्लाको जनजीवन निकै प्रभावित भएको छ । हिमपातका कारण विद्यालयहरूमा बालबालिका आउन नसकेपछि पठनपाठन प्रभावित बन्न पुगेको छ । हिमपातले कर्णाली राजमार्गमा चल्ने छोटो तथा लामो दूरीका गाडीहरू सञ्चालन हुन सकेका छैनन् । बिहीबारदेखि नेपालगन्ज तथा सुर्खेतबाट हुने उडान सेवा पनि रद्द भएका छन् । हिमाली भेगको एक दुई ठाउँमा आज पनि ठूलो हिमपात हुने सम्भावना रहेको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा गएरातीदेखि हल्का वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले मुलुकको मध्य र पश्चिमी क्षेत्रमा गएरातीदेखि वर्षा भएको महाशाखाले जनाएको छ । भारतीय भू–भागबाट बुधबार नेपाल भित्रिएको पश्चिमी वायु पुर्व सर्ने क्रममा शुक्रबार अधिकांश ठाउँको मौसम बदलिएर मध्य र पश्चिमी क्षेत्रहरुमा वर्षाको प्रभाव देखिएको महाशाखाले जनाएको छ । पश्चिमी वायूको प्रभाव अझै बाँकी रहेकाले भोलिसम्म मौसम बदलिने र हल्का बर्षा हुने महाशाखाको भनाइ छ ।

ब्लड प्रेसर लो छ ? यसो गर्नुस्

एजेन्सी । उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने समस्या हुनसक्छ । ब्लड प्रेसर लो आफैमा रोग होइन, तर यसले रोगले भन्दा कमी चाहिँ सताउँदैन । ब्लड प्रेसर लो भएका विरामीहरुले निम्न कुरामा ध्यान दिए त्यसबाट छुटकरा पाउन सकिन्छ । – मदिरा सेवन गर्ने वानी छ भने त्यसलाई आजैबाट हटाउनु पर्छ । मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ । हरेक १० ग्राम रक्सि पिउदा तपाईको प्रेस १ एमएमएचजीले बृद्धि हुन्छ । तर न्यून रक्तचाप छ भन्दैमा मदिरा पिउने वानी भने बसाल्नु हुँदैन । अत्यधिक अल्कोहलको मात्राले डिहाइडे«सन ल्याउछ र झन् रक्तचापको मात्रा घट्छ । – प्रर्याप्त मात्रामा पानी पिउनुपर्छ । यसो गर्नालेउ रक्त प्रबाह सशक्त र तीब्र हुन्छ । शरीरमा पानीको मात्रा बढी भएमा पनि न्यून रक्तचापबाट थोरै मात्रामा भएमा जोगिन सकिन्छ । – प्रेसर लो भयो भन्दैमा एक्कासी नूनको मात्रा बढाउने काम गर्नु हुँदैन । नुनको मात्रा बृद्धि गर्दा उच्च रक्तचापको खतरामा बढाउछ । अंगहरुलाई असर गर्छ र स्वास्थ्यसम्बन्धी अन्य जटिलता ल्याउछ । चिकित्सकले सुझाब दिएको दैनिक २ देखि ३ एमजी नुनमात्र प्रयोग गर्नुपर्छ । –  आकस्मिक शारिरिक गतिविधिहरुबारे सचेत रहनु पर्छ । जस्तो आँखा धमिलो देखिनु र टाउको हल्का दुख्नु न्युन रक्तचापका लक्षणहरु भएकोले शरिरको पोजिसन परिवर्तन गर्दा विशेष सावधानी अपनाउनुपछै । बेडबाट उठ्दा वा बसिरहेको कुनै स्थानबाट उठ्दा यस्तो ख्याल गर्नुपर्छ । – उच्च कार्बोहाइड्रेडयुक्त खानाको मात्रा कम प्रयोग गर्नुपर्छ । कार्बोहाइडे«डयुक्त खानेकुरा घटाउँदा सिस्टोलिक ब्लड प्रेसर घट्ने र खाना खाएपछि हुने हाइपरटेन्सन (पोस्टपेन्डियल) घट्छ । – बारम्बार खाना खानुहोस् । यसले हाइपरटेन्सन वा आँखा धमिलो हुने समस्यालाई हटाउँछ । त्यसैले एकै पटक धेरै खाना खानुभन्दा बारम्बार अर्थात हरेक दुई घण्टामा खाना खानुपर्छ । – चिकित्सकको सुझाबमा स्टकिङ लगाउँदा पनि न्यून रक्तचापको समस्याबाट बच्न सकिन्छ ।