भरतपुरमा शिक्षाको विकास सोचेको भन्दा राम्रो भएको छ : मेयर रेनु दाहाल

शुक्रनगर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको बताएकी छन् । भरतपुर महानगरपालिका वडा नं–२५ मा रहेको प्रभात माध्यमिक विद्यालयको ५२ अ वार्षिकोत्सवको सोमबार शुबनगरमा उदघाटन गर्दै महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताइन ।

महानगरले स्कुलको भौतिक संरचना निर्माण, स्तरउन्नतिदेखि शैक्षिक पूर्वाधार विकास गर्दै प्रबिधिमैत्री शिक्षण सिकाईमा जोड गरेको बताउँदै दाहालले महानगरका नीजि विद्यालयभन्दा सरकारी विद्यालयको शिक्षाको स्तर माथि उठाउने गरी निरन्तर खटिएको बताईन् । 

उनले भनिन, ‘अबको शिक्षा वैज्ञानिक, सीपमुलक र व्यवहारीक हुन जरुरी छ, गुणस्तरिय शिक्षा दिन जरुरी छ, विद्यालयहरु प्रविधिमैत्री हुनुपर्छ, यसमा महानगरले जोड दिइरहेको छ।’ भरतपुर महानगरले शैक्षिक गणुस्तर र भौतिक पूर्वाधार विकासलाई सँगसँगै लैजाने उनको भनाइ थियो । 

भरतपुर–२५ का वडाध्यक्ष छविलाल सापकोटाले पर्याप्त पर्यटकीय पूर्वाधार र प्रचार प्रसारको अभावमा पर्यटकीय हब नै बन्ने यो ठाउँ ओझेलमा परेको बताए। उनले यस क्षेत्रमा केही वडास्तरीय पर्यटकीय पूर्वाधार निर्माण भइसकेको छ भने पर्यटकीय क्षेत्र बनाउन वडा अघि बढेको उनले बताए ।

प्रधानाध्यापक होमनाथ भण्डारीले विद्यालयले सञ्चालनमा ल्याएको ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको वताए। विध्यालयको अर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रश्तुत गर्दै उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अध्ययनसँगै श्रम र सीप विस्तार गर्ने गरी सञ्चालन गरेको उक्त कार्यक्रमअन्तर्गत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु इन्टरलक ब्रिफ, मोज्याक टायल, इको ब्लक बनाउन जुटेका छन । 

सरकारको पढ्दै कमाउँदै कार्यक्रमभित्र परेको यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङको पढाइ हुने वताए। उक्त कार्यक्रमका लागि संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयलाई १० लाख उपलब्ध गराएको र सोही रकमबाट ब्लक इँटा बनाउने मेसिन खरिद गरेर विद्यार्थीहरुलाई उत्पादनसँग जोडेको प्रधानाध्यापक भण्डारीले बताए । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी आयआर्जन पनि गर्ने योजनाका साथ यो कार्यक्रम लागू गरिएको उनले बताए । 

वि.सं.२०२८ सालमा स्थापना भएको विध्यालयमा विसं २०७३ बाट प्राविधिक शिक्षा अध्ययन गराउन सुरू गरेको हो। उनका अनुसार कक्षा ९ मा २७ जना, कक्षा १० मा ३७ जना, कक्षा ११ मा १८ जना र कक्षा १२ मा २१ जना विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा ८ उत्तीर्ण गरेपछि कक्षा ९ मा सिभिल इन्जिनियरिङ पढाइ हुन्छ । उनीहरु कक्षा १२ उत्तीर्ण गर्दैगर्दा सब–इन्जिनियर हुन्छन् ।

पार्टी फूट्ने हल्लाका पछाडि नलाग्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको भन्दै त्यसका पछि नलाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समसामयिक राजनीति र पार्टीको अवस्थाबारे ब्रिफिङ गर्दै यस्तो हल्लाका पछि नलाग्न नेता कार्यकर्तालाई भनेका हुन् । ‘हाम्रो पार्टी फुट्दै छ भनेर हल्ला चलाइएको मैले पनि सुनिरहेको छु । यो हल्ला नियोजित रूपमा कसैले चलाएको हो । यसमा कुनै सत्यता नभएकाले यसका पछि नलाग्न आग्रह गर्न चाहन्छु’, अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै सो पार्टीको प्रचार विभागले भनेको छ ।  बैठकमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेताहरू डा बेदुराम भुसाल, प्रमेश हमाल लगायत छन् । यसैगरी बागमती प्रदेश इन्चार्ज गंगालाल तुलाधर र प्रदेश अध्यक्ष सरिता भुसाललगायत प्रदेश कमिटीका सदस्यहरू पनि सहभागी छन् ।

अमेरिकामा राष्ट्रपति चुनाव पेचिलो बन्दै, ट्रम्पद्वारा बहसमा जान अस्वीकार

न्युयोर्क – ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन अघि डेमोक्र्याट उम्मेदवार कमला ह्यारिससँग एउटै फोरममा बहस गर्न रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पले अस्वीकार गरेका छन्। मंगलबार फिलाडेल्फियामा भएको पहिलो बहसको २ दिनपछि आफ्नो जीत निश्चित देखेर ह्यारिसले बारम्बार अर्को बहसको चाहना राखेको दाबी गरे। ट्रम्पले यस्तो दाबी गरे पनि मङ्गलबारको सो बहसपछि धेरैले ह्यारिसले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन्। नर्थ क्यारोलीनामा भएको कार्यक्रमपछि ह्यारिसले भने मतदाताले नै अर्को एक पटक फेरि बहस चाहेकाले यो आवश्यक रहेको बताएकी छिन्। दुई महिनापछि हुने निर्वाचनमा दुई उम्मेदवारको तीव्र र कडा प्रतिस्पर्धा हुने धेरै सर्वेक्षणले देखाएका छन्। मङ्गलबारको बहसमा दुवैले सफलता पाएको दाबी गरेका छन्। सो बहसमा ह्यारिस आक्रामक भए पनि ट्रम्प रक्षात्मक भएका थिए। ट्रम्प उनका समर्थकले कार्यक्रम सञ्चालक नै पूर्वाग्रही भएर ह्यारिसको पक्षमा रहेको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब पहिलोमा कसैले हार्छ तत्काल उसको चाहना रिम्याचका लागि हुन्छ।’ ह्यारिसप्रति उनको पोस्ट साँच्चै आक्रामक थियो। थप लेखेका छन्, ‘सर्वेक्षणले देखाइ सकेको छ। कि मैले डेमोक्र्याटिक रेडिकल वामपन्थी उम्मेदवार कमरेड कमला ह्यारिसलाई जिती सकेको छु। यसै कारण उनले दोस्रो बहसको चाहना राखेकी हुन्।’ एरिजोनामा भएको पहिलो कार्यक्रमपछि ट्रम्पले सञ्चार माध्यमलाई अन्तरवार्ता दिँदै पहिलो बहसमा सबै विषयमा कुरा भइसकेका कारण दोस्रो बहस आवश्यक नभएको बताएका हुन्।

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहीबार बिहान ११ बजे बस्ने जनाइएको छ । आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे छलफल पनि हुने बताइएको छ ।

‘काँग्रेस–एमाले गठबन्धन प्रतिगामी’

काठमाडौं । काँग्रेस–एमालेले भ्रष्टाचारका फाईलको डरसँगै परिवर्तन उल्ट्याने योजना सहित गठबन्धन भएको एक कार्यक्रमका वक्ताहरुले जिकिर गरेका छन् । बिहिबार संवाद डबलीमा भएको कार्यक्रममा माओवादीले आफ्नो वर्ग बिर्सिएको परिणाम प्रतिगमनकारी शक्तिहरुले टाउको उठाएको समेत दाबी छन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता रामनारायण बिँडारीले भ्रष्टाचार मुद्धाबाट आत्तिएका काँग्रेस–एमालेले सरकारको स्थिरताको नाममा क्रान्ति र परिवर्तनका उपलब्धी उल्ट्याउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । नक्कली भूटानी शरणार्थी प्रकरण र गिरीबन्धु टि स्टेट प्रकरणको कुराले झस्काएपछि मध्य रातमा स्वार्थ मिलनको साइत जुरेको बताउँदै उनले भने, “एमालेले सहकारी र एन्जीयो मार्फत लटु मच्चाएका नेता–कार्यकर्ता जोगाउन र काँग्रसी हाईप्रोफाईलका मान्छे खोरमा जाने डरले यो अवस्ता निम्ताए ।” संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि प्रचण्डलाई सुझाएको बिँडारीले स्मरण गर्दै भने,“भारतमा १ सय ३ पटक र अमेरिकामा ४ दर्जन पटक संशोधन हुँदा नेपालमा पनि आवश्यक भएको छ, तर परिवर्तनकारीले गर्ने जनपक्षिय हुन्छ, प्रतिगमनकारीले जनअधिकार खोस्न संविधन संशोधन गर्दैछन् ।” बिंडारीले मन्त्रालयको संख्या घटाउनु पर्ने, समानुपातिक प्रणालीलाई नहटाई प्रतिनिधी सभा सदस्यको संख्या एक सयमा झार्नु पर्ने, न्यायपालिकालाई एकात्मकबाट संघात्मक प्रणालीमा लग्नु आवश्यक रहेको र जुन संविधान संशोधनबाट सम्भव रहेको बताए । प्रचण्डले भ्रष्टाचारका फाईल नखोल्ने तथा जनताको लागि महत्वपूर्ण काम गर्न नसक्ने अवस्थामा ३० दिन नकुरी राजीनामा दिनु उचित हुने पनि बिंडारीको सुझाव छ । वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पीटरले जनयुद्धको रापतापको कारणले मात्रै काँग्रेस एमालेले परिवर्तनलाई स्वीकारे पनि अहिले मौका आउँदा त्यसलाई उल्ट्याने चेष्टा गरेको आरोप लगाए । संविधान संशोधनका नाममा उनिहरुले उत्पीडित, गरिव जनताको अधिकार खोस्न लागेको आरोप लगाउँदै भने,“पचास लाख टाउकाको मूल्य तोक्ने र बयलगाडेहरुलाई परिवर्तन पचेको थिएन, सुदुर बस्तिबाट संसदमा जनता पुगेको रुचाएका थिएनन्, गरिबले आँखा जुदाएको मन नपरेर त्यही अधिकार खोस्न तल्लिन छन यिनीहरु ।” पीटरले वर्तमान परिवर्तन सित्तैमा आएको देख्ने काँग्रेस–एमालेका अगाडी १ दर्जनको संख्यामा विभक्त माओवादी एकजुट भएर क्रान्तिका कार्यभार पूरा गर्ने सुनौलो अवसर पनि भएको बताएका छन् ।

एमालेका ३० नेता चीन प्रस्थान

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको छ। उक्त टोली १० दिने भ्रमणका लागि आज राति बेईजिङ प्रस्थान गरेको एमाले परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन्।

भोलि इरान जादैँ परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि शनिबार इरान जाने भएका छन् । एसिया को(अपरेसन डाइलग (एसीडी) सदस्य राष्ट्रहरुको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेका हुन् । भ्रमणमा क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले एसीडी सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्वीपक्षीय भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठ बुधबार स्वदेश फर्किनेछन् ।

असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो : अध्यक्ष ओली

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन्। आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। सञ्चारकर्मीहरूले बजेटप्रति असन्तुष्टि हो ? भन्ने प्रश्नमा असन्तुष्टि नरहेको तर, छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिएका हुन्। 'असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो,' उनले भने । सदनमा आजबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ ।

पाँच लाख भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ मा पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्ने भएको छ। संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्। अर्थमन्त्री पुनले भूमिहीन, दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगतमार्फत पाँच लाख जनालाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराइने घोषणा गरे।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ‘प्रचण्ड’बीच भेटवार्ता, संसद गतिरोधबारे छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भेट गरेका छन् । शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेका प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलकाबीचमा जारी संसद् गतिरोधबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  उक्त भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डसँग जारी संसद्को गतिरोधबारे चासो सँगै चिन्ता व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको राष्ट्रपतिलाई जानकारी गराएका छन्। 

यी प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशका केही भू–भागमा आज हावाहुरी चल्ने सम्भावना रहेको छ । लुम्बिनी, सुदूरपश्चिम, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा हावाहुरीको सम्भावना रहेको हो ।  पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान साथै कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । विभागले राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने बताएको छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । हावाहुरीको सम्भावना रहेका क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

जोखिम उठाएरै भए पनि कम्युनिस्ट शक्तिहरू एकतामा जानैपर्छ : प्रधानमन्त्री प्रचण्ड

ललितपुर। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन्। सोमबार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।प्रधानमन्त्रीले भने, ‘जोखिमहरू छन्। जहिले पनि रहन्छन्। तर, जोखिमकै बीचबाट परिणाम दिने कुरा मुख्य हो। हामीले सहकार्यको प्रक्रिया अगाडि बढाएका छौँ। जोखिमकै बीचबाट यसलाई अगाडि बढाउनुपर्छ।’ कार्यक्रममा नेकपाका संस्थापक नरबहादुर कर्माचार्यप्रति श्रध्दाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘‘नरबहादर कर्माचार्यप्रति हार्दिक श्रध्दाञ्जलि र सम्मान व्यक्त गर्दछु। उहाँ सधै एकताको पक्षधर हुनुहुन्थ्यो। उहाँ विचारमा दृढ हुनुहुन्थ्यो। सरल, निष्ठावान, मिलनसार, विचार जीवित राख्ने प्रेरणाको स्रोत हुनुहुन्थ्यो। पछिल्लोसमय उहाँसँग राम्रो सहकार्य भयो। राम्रो अभिभावकको भूमिका निभाउनुभयो।’’ प्रधानमन्त्रीले एकपटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने बताए। उनले भने, ‘‘अघिल्लो एकता बचाउन सकिएन, तर एकपटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन। समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ। स्वाधीनताका निम्ति, वामपन्थी सहकार्यका निम्ति, आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ।’’ प्रधानमन्त्रीले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको बताए।उनले भने, ‘‘विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्ने आजको आवश्यकता हो। हामी सबै समाजवादमा सहमत छौँ। विज्ञान प्रविधिको विकास, एआइले मानवीय जीवनमा पार्ने प्रभाव, विश्वका देशहरूको सम्बन्ध, जलवायु परिवर्तन जस्ता विषयको अध्ययन, अनुसन्धान र विश्लेषण जरूरी छ। यी विषयहरूसमेतका आधारमा नयाँ कार्यदिशामा जानुपर्छ। जस्ता कुराहरूलाई नयाँ कोणबाट हेर्नुपर्छ।’’

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  आज २०८१ साल वैशाख १ गते शनिबार सन् २०२४ अप्रिल १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा पुगेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो आजको विदेशी मुद्राको विनिमय दर 

ईद पर्वले सांस्कृतिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्ने अध्यक्ष दाहालको विश्वास

काठमाडौं । संघीय संसद अन्तरर्गतको राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले ईद उल फित्र (ईद)को अवसरमा स्वदेश तथा विदेशमा रहएका समस्त मुस्लिम समुदायका दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।   इदको अवसरमा शुभकाना दिंदै अध्यक्ष दाहालले इदले सबैलाई त्याग, समर्पण, सहयोग र एकताको भावना पैदा गरी सामाजिक सांस्कृतिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास व्यक्त गरेका छन् । यस्तो छ शुभकामना सन्देश

को हुन् बझाङ प्रदेश सभा क्षेत्र १ का माओवादी उम्मेदवार बुढा ?

धनगढी। नेकपा (माओवादी केन्द्र)ले बझाङको प्रदेश सभा क्षेत्र १ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढालाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।  आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा माओवादीका उपमहासचिव एवं सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले बुढालाई उम्मेदवार बनाइने बताए।उनका अनुसार माओवादीको प्रदेश सचिवालय बैठकले उम्मेदवारका लागि बुढाको एकल नाम सर्वसम्मत पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरिएको छ ।  बझाङ क्षेत्र नम्बर १ बाट काङ्ग्रेसबाट निर्वाचित प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। प्रदेश सचिव बुढा २०७० को संविधानसभा सदस्य हुन् । २०५६ सालमा महेन्द्रनगरको सिद्ध नाथ बहुमुखी क्याम्पसमा माओवादीनिकट अखिल क्रान्तिकारीमा आबद्ध भएका बुढा २०५८ देखि भूमिगत हुनु भएको थियो । उनले २०६२ सालमा माओवादीको बाजुरा जिल्ला सचिव र २०६४ मा बैतडी जिल्ला सचिव भएर काम गर्नु भएको छ । २०६४ देखि २०७० सालसम्म बुढा बझाङ जिल्ला अध्यक्ष तथा इन्चार्जको जिम्मेवारीमा समेत हुन्।  २०५८ देखि २०६० सालसम्म अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य रहनु भएका बुढाकी श्रीमती २०५८ सालमा तत्कालीन शाही नेपाली सेनाबाट मारिइन् भने घरमा आगजनी गरिएको थियो।  माओवादीको बैठकले सङ्घीय गठबन्धन अनुसार प्रदेशमा समेत सरकार बनाउन पहल गर्ने निर्णय गरेको इन्चार्ज पोखरेलले बताए। यस्तै, गरेर माओवादी प्रदेश सचिवालय बैठकले सुदूरपश्चिममा पार्टीको सङ्गठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । 

राति १० बजेसम्मका लागि निषेधाज्ञा हट्यो

वीरगञ्ज। जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ५ बजे देखि जारी गरेको अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) बुधबार राति १० बजेसम्मका लागि हटाएको छ ।  सोमबार साँझ ५ बजेदेखि जारी निषेधाज्ञा आदेश सर्वसाधारणको सुविधालाई मध्येनजर गर्दै मंगलबार ४ घण्टा खोलेर पुनः लगाइएको थियो भने बुधबार बिहान ६ बजेदेखि ११ बजेसम्म खुकुलो पारिएको र बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको हो ।  पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम फागुन ७ गते साँझ ५ बजेदेखि अर्को आदेश नभइन्जेलका लागि जारी निषेधाज्ञा बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।  गएको बिहीबार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा दुईपक्षबिच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा पनि जुलुसका क्रममा सोमबार विवाद र झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले वीरगन्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलाबे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सार क्षेत्र चारकिल्ला तोकेर सोमबार साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको थियो ।