ग्यास्टिक तथा अल्सरको औषधी डल्ले खुर्सानी

खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छाैं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ ।

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पु¥याउछ । याे खुर्सानीकाे नियमित सेवनले राेगहरू निकाे हुन्छ ।

त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरु पनि छन् ।

मोटोपन घटाउछ ।

रगतमा चिनीको मात्रा घटाउछ ।

पिसावको विरामी लाई लाभदायक छ ।

हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।

विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।

थकाइ मेटाउछ ।

चन्द्रागिरी केवलकारमा विद्युत अवरुद्धपछि अड्किए यात्रु, उद्धारको विकल्प खोजिँदै

काठमाडौं । विद्युत् अवरूद्ध भएपछि चन्द्रागिरी केवलकारमा यात्रु अड्किएका छन् ।विद्युत अवरुद्द भएर मानिसहरू अड्किएपछि चन्द्रागिरी केवलकारबाट वैकल्पिक उपायबाट निकाल्ने कोसिस भइरहेको छ। महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार केवलकारमा अड्किएकाहरूलाई झार्न कम्पनीले जेनेरेटर चलाउने जानकारी दिएको थियो । तर त्यसले पनि काम नगरेपछि अब हातैले केवलकारका डोरी तान्न लागिएको छ ।  

बाढी पहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्रीबाट दुःख व्यक्त

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ–मुग्लिङ सडक खण्डको सिमतालमा पहिरोले दुई वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत उनले बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले गृह प्रशासनलगायत सरकारका सरोकारवाला सबै निकायलाई नदीमा बेपत्ता भएका यात्रुको उद्धारका लागि निर्देशन समेत दिएका छन् ।

द्रुतमार्गको लेनडाँडा सुरुङ पनि छिचोलियो

काठमाडौं । निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गतको लेनडाँडाको सुरुङ छिचोलिएको छ।  प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये एक हजार ६ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग बिहीबार छिचोलिएको हो। प्रधानसेनापति महारथी प्रभुराम शर्माले भर्चुअल माध्यममार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गरेका थिए। यस अवसरमा प्रधानसेनापतिले तोकिएको समयमा नै सुरुङमार्गहरू छिचोलिने क्रम रहेकोमा खुसी व्यक्त गरे।  उनले सरकारबाट नेपाली सेनालाई जिम्मेवारी प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद दिएका छन्।  उनले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मिहिनेत र कार्यदक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्नसमेत निर्देशन दिए। ४ जेठमा लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौंबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङमार्ग र ११ जेठमा धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १,६५३ मिटर लम्बाइको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्गहरू छिचोलिएका थिए। कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देललगायत नेपाली सेनाका रथीवृन्दको उपस्थिति थियो।

​मार्क्सवाद जमेको पोखरी होइन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले लिएको नीति गतिशिलताको भएको बताउँदै ​मार्क्सवाद जमेको पोखरी जस्तो नहुने बताएका छन्।एकीकृत समाजवादीले १० औं महाधिवेशनको राजनीतिक दस्तावेजमा उल्लेख विषयप्रति लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रले लिएको नीति गतिशिलताको भएको बताएका हुन्। समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार प्रज्ञा भवनमा सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादी केन्द्र र माओवादीहरु एक ठाउँमा बस्ने नभएको बताए । उनले युद्धबाट शान्तीमा पुरानो संविधानबाट नयाँ संविधानमा आउने कुरा अस्थिरता नभएर गतिशिलता भएको बताए । माओवादी केन्द्रले लिएको गतिशिलताको नीतिलाई अस्थिरता भने जडतामा फस्ने खतरा हुने प्रधानमन्त्री प्रचण्डले बताए । सो क्रममा आफ्नो गतिशिल स्वभावकै कारण जनयुद्ध सम्भव भएको स्पष्ट समेत पारे । उनले पञ्चायतकालदेखि नै आफू र माधवकुमार नेपालले लोकतन्त्रको पक्षमा सहकार्य गरेको पनि बताएका छन् ।‘जतिबेला पञ्चायतविरोधी आन्दोलन चल्दै थियो । त्यहीबेला माधव नेपाल र मबीच अन्तरक्रिया भयो । पछि हामी लोतन्त्र रक्षाका निम्ति हामीले खेलेको सामूहिक भूमिका पनि यहाँहरू सबैलाई राम्रोसँग थाहा छ’, उनले भने, ‘अहिले हामी हामी सँगै छौँ। विचार र संगठनात्मक कार्यदिशाको आधारमा वामपन्थी एकताक लागि हामीले पहल गर्नुपर्नेछ।’ उनले समाजवादीको यो महाधिवेशनले संगठन सुदृढ गर्न सही कार्यदिशाको विकास गर्ने विश्वास जनाए । ‘कम्युनिस्ट र वामपन्थी एकताका निम्ति पनि सही पहलकदमीको निर्णय गर्ने यो महाधिवेशनले गर्नेछ’, उनले भने, ‘कम्युनिस्टहरूले पनि निराशावादको पक्ष पोषण र प्रचार गरेको देख्दैछौँ । यसलाई यो महाधिवेशनले चिरेर लान्छ भन्ने विश्वास गर्ने चाहन्छु ।’ उनले नेपाली जनताले गरेको संघर्ष र बलिदानका कारण यो उपलब्धि भएको बताए । ‘पार्टीहरूले जनआन्दोलनको नेतृत्व गर्दै आएका छन् । त्यो आन्दोलनबाट नेताहरू परिवर्तनका निम्ति, समृद्धिको निम्ति अझै ठूलो अभियानका लागि तयार हुनुपर्छ ।’ उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान चलाउँदा उल्टै आरोप लाग्ने गरेको गुनासो पोखे । ‘मैले भष्टलाई कारबाही गरि रहेको छु । तर यहाँ फेरि सबै भ्रष्ट मात्रै छन् भन्ने व्याख्या गरिएको छ’, उनले भने । उनले देशका सबै देशभक्त र वामपन्थी शक्तिहरु एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सुशासन सामाजिक न्याय र समृद्धिको आकांक्षालाई सम्बोधन गर्न सक्नुपर्ने बताए ।  

अमर माविले जित्यो भरतपुर मेयर कपको उपाधि

भरतपुर । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगको उपाधि अमर मावि पटिहानीले जितेको छ । आज सम्पन्न फाइनल खेलमा विश्व प्रकाश माविलाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै अमर मावि च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । जसमा अमर माविले बाजि मारेको हो । अमर माविका पुकार महतो म्यान अफ दि म्याच भए । विजेता अमर माविले ट्रफीसहित ३० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता विश्व प्रकाशले २० हजार र ट्रफी प्राप्त गरेको छ । यस्तै तेस्रो भएको आदिकवि भानु माविले १० हजार र ट्रफी पाएको छ । अमर माविका बसन्त कुमाल प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । अमरकै आयुश दरै उत्कृष्ट गोलरक्षक, विश्व प्रकाशका विश्वास गौतम उत्कृष्ट डिफेन्डर, अमर माविका रितेश सुनार उत्कृष्ट मिडफिल्डर, आदिकवि भानु माविका बिजेश परियार उत्कृष्ट फर्वाड तथा अमरका आइतराम गुरुङ उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही ३/३ हजार प्राप्त गरे ।  भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला फुटबल संघको सह आयोजना तथा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा २४ विद्यालयका टोलीहरु सहभागी थिए । लिग एक महिना चलेको थियो ।

ठगहरू प्रवेश गरेका सहकारी सङ्कटग्रस्त भएका हुन्, नियममा बस्नेमा समस्या छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठगहरू प्रवेश गरेका केही ठुला सहकारी सङ्कटग्रस्त भएको बताएका छन्। राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै नियममा बस्ने सहकारीमा कुनै समस्या नभएको बताए। उनले भने, ‘अहिले सहकारीमा गैरसहकारीवालाहरु, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी ठुला सहकारी बदनाम भएको छ। त्यहाँ समस्याग्रस्त भएको छ। ती सङ्कटग्रस्त छन्। तर, साँचैको सहकारीहरू सङ्कटग्रस्त हुँदैनन् । आफ्नो नियम पालना गरेर अगाडि बढ्नुपर्छ। कुनै समस्या हुँदैनन्।’

भरतपुर, पोखरा र बुटवललाई जोड्ने गण्डकी आर्थिक त्रिभुज परियोजना घोषणा

काठमाडौं । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । उनले एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीन वटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गरिने बताए । उनका अनुसार परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिनेछ ।गण्डकी त्रिभुजमा पर्ने निर्माणाधीन नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडक खण्डको विस्तार कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने प्रतिबद्धता उनले जनाए । बुटवल-पोखरा सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गरिने पनि मन्त्री पुनले बताए ।त्रिभुजका तीन वटै कोरिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल विकास गरिने अर्थमन्त्री पुनले जानकारी दिए ।

कार्यादेशबारेको बैठक सहमति नजिक

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर)मा सत्ता पक्ष र विपक्षबीच सहमति नजिक पुगेको छ । आज बालुवाटरमा बसेको सत्ता र प्रतिपक्षीका नेताहरूबीचको छलफल सहमति नजिक पुगेको हो ।सहमति कायम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वनिर्धारित मन्त्रिपरिषद्को बैठक स्थगित गरी दलदहरुसँग चरण चरणमा छलफल गरेका थिए । आजको बैठक सकारात्मक भएको र भोलि मात्रै निष्कर्षमा पुग्ने नेताहरुले बताएका छन् ।भोलि बिहान ११ बजे कानून मन्त्रालयलमा कार्यदलको बैठकले आजको समझदारीलाई औपचारिकता दिएर हस्ताक्षर गरेपछि कार्यादेशबारेको छलफलले निष्कर्ष प्राप्त गर्नेछ ।भोलिबाट सदनका नियमित कामहरू निर्वाधरूपमा अगाडि बढ्ने नेताहरुले बताएका छन् ।

ईडीभीको नतिजा : यसरी हेर्नुहोस्

काठमाडौं । अमेरिकाले सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा (ईडीभी) २०२५ को नतिजा आज आउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार आज राति ९ः४५ बजे ईडीभी २०२५ को नतिजा हेर्न सकिनेछ।   आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC/ मा राखेर ईडीभी परे वा नपरेको नतिजा हेर्न सकिने दूतावासले जनाएको छ। यसबाहेक अन्य माध्यमबाट ईडीभीको नतिजा हेर्न नमिल्ने पनि दूतावासले स्पष्ट पारेको छ।  अमेरिकाले आफ्नो देशमा विश्वका विभिन्न मुलुकका नागरिकलाई भित्र्याउन हरेक वर्ष ईडीभी चिठ्ठा कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

एक महिनामा भित्रिए १ लाख २८ हजार पर्यटक

काठमाडौं । एक महिनामा १ लाख २८ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले मार्च २०२४ मा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएको जानकारी दिएको छ । चिनियाँ बढ्न थालेको र भारतीयको आगमन यथावत रहँदा पर्यटक आगमन उत्साहजनक देखिएको बोर्डको तथ्यांक छ । सन् २०२३ मार्चमा ९९ हजार ४ सय २६ पर्यटक आएकोमा यस वर्ष गत वर्षको तुलनामा २८.९ प्रतिशतले पर्यटक आगमन बढेको हो । नेपालमा पर्यटकीय याम फेब्रुअरीबाट सुरु हुने तथा  मार्च र अप्रिलमा बढ्ने गर्दछ । त्यसपछि वर्षायाम सुरु हुन्छ भने आगमनमा केही कम हुने गर्छ । बोर्डले भारतबाट मार्चमा ३० हजार ६ सय ९८ आएको जानकारी दिएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १८.५ प्रतिशत बढी हो । चिनियाँ आगमन १२ हजार ९२ पुगेको तथ्याङ्क छ । यो गत वर्ष सोही अवधिको दाँजोमा ३ सय ५८ प्रतिशत बढि हो । अघिल्लो वर्षमा २ हजार ६ सय ३५ चिनियाँ पर्यटक आएका थिए । तेस्रो स्थानमा अमेरिकाबाट १० हजार ७ सय ६३ जना आएका छन् । यस्तै, बेलायतबाट ७ हजार २ सय ४१ आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।  यसै गरि श्रीलंकाबाट ५ हजार ७ सय ४१, जर्मनी ५ हजार २ सय ५५, थाइल्यान्डबाट ४ हजार ५ सय ६७, अस्ट्रेलिया ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार ३१ पर्यटक आएका छन् ।

होलीमा ट्राफिक नियम उल्लंघन गर्ने ७८४ सवारी साधन कारबाहीमा

काठमाडौं ।काठमाडौं उपत्यकामा होलीको दिन ट्राफिक नियम उल्लंघन गर्ने ७८४ सवारी साधन कारबाहीमा परेका छन्। तीमध्ये १५ वटा चारपांग्रे सवारी साधन हुन् भने बाँकी दुई पांग्रे हुन् । उपत्यका ट्राफिक एसएसपी जीवन श्रेष्ठका अनुसार आज ललितपुरको चापागाँउ र भक्तपुरको ठिमीमा दुर्घटना भएको छ ।  ललितपुर दुर्घटनामा दुईजना गम्भीर घाइते भएको श्रेष्ठले बताए । भक्तपुरका घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

भरतपुर–१० वडावासीलाई उपचारमा ५० प्रतिशत छुट

चितवन । भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन् । महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका क्रममा ५० प्रतिशत एवं औषधिमा सात प्रतिशत छुट दिइने उल्लेख छ । मेडिकल कलेज सोही वडामा पर्छ । वडाध्यक्ष परमेश्वर खनाल र चितवन मेडिकल कलेजका तर्फबाट व्यवस्थापक पारस अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरे । यस्तै, वडाध्यक्षको सिफारिसमा चितवन रोयल क्यान्सर इन्स्टीच्युटमा सञ्चालित सिटीइभिटीको पढाइमा वडावासी विद्यार्थीले १० प्रतिशत छुट प्राप्त गर्ने छन् । छुट सेवा लिनका लागि वडा कार्यालयले जारी गरेको कार्ड लिएर अस्पतालमा जानुपर्ने सम्झौतापत्रमा उल्लेख छ । प्रथम पक्ष अर्थात् वडावासीले सिधै खरिद गरेका कुनै पनि सामानमा सम्झौता लागू नहुने र अस्पतालको आकस्मिक कक्ष एवं बहिरङ्ग टिकटमा समेत छुट गर्ने गरी सम्झौता भएको वडाध्यक्ष खनालले जानकारी दिए । वडा कार्यालय र अस्पतालबीच भएको सम्झौता २०८४ चैत ३० गतेसम्म लागू हुनेछ । वडा कार्यालयले आयोजना गरेको कुनै पनि स्वास्थ्यसम्बन्धी कार्यक्रममा अस्पतालले आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति उपलब्ध गराउने सम्झौता भएको छ । मेडिकल कलेजले अन्य पालिकासँग समेत सम्झौता गरेर छुटमा उपचार गरिरहेको छ ।

आजदेखि बालाचतुर्दशी मनाइँदै, शिव मन्दिरमा घुइँचो

काठमाडौंः प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदै छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउछन् । आज दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्वमनाइन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउछन् । यसरी आएका श्रद्धालु भक्तजनको आज बिहानैदेखि पशुपतिमा भीड लाग्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउछन् । शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौँ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा। डा। रामचन्द्र गौतम हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने बताए । ‘भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ’ उनले बताए । वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।

नेप्से २० अंकले घट्यो

काठमाडौं ।दुई दिनको उच्च गिरावटपछि हिजो दोहोरो अंकले बढेको शेयर बजार बुधबार पुनः आरोलो लागेको छ । बुधबार २० अंकले घट्दै नेप्से २६ सय ४५ मा झरेको छ । बुधबार ३ सय २४ स्टकको १ करोड ५७ लाख बढी कित्ता सेयर ६ अर्ब २७ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबारमा आएका मध्ये वित्त र व्यापार बाहेक अरु सबै उपसमुहको परिसुचक ओरालो लागेका छन् । जसका कारण बुधबार १ सय ५५ कम्पनीको शेयर मूल्य घट्दा ७६ कम्पनीको मात्रै मूल्य वृद्धि भएको छ । आइसीएफसी फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा महुली लघुवित्त सर्वाधिक ४ दशमलव २८ प्रतिशतले घटेको छ ।

सरकारको सय दिनको उपलब्धि जनतालाई सुनाउन काठमाडौंमा प्रदर्शन : अग्नि सापकोटा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिनको उपलब्धि जनतालाई सुनाउन माओवादी केन्द्रले काठमाडौमा प्रदर्शन गर्न लागेको पार्टीका उपाध्यक्ष अग्नि सापकोटाले बताउनुभएको छ । बुधबार प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसंगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो। प्रेस सेन्टर नेपालका इन्चार्ज समेत रहेका उपाध्यक्ष सापकोटाले कातिक १० गते हुने प्रदर्शनका क्रममा सरकारको सय दिनको उपलब्धि राम्रो संग थाहा पाउने बताउनुभयो।  ओली नेतृत्वको सरकारले सय दिन पुगेलगत्तै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले आक्रामक रूपमा प्रस्तुत हुने निति लिएको छ। यस क्रमश माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको हो। यसअघि विपक्षी दलहरुले सरकारलाई ज्ञापनपत्र  बुझाएका थिए।  सरकारलाई ज्ञापनपत्र  बुझाए लगत्तै माओवादीको सडक प्रदर्शन गर्न लागेको हो । सरकार नाङगो रुपमा नै दलाल पुजिपती र दलालको पक्षमा खुलमखुला लाग्योू सापकोटाले भन्नुभयो, ' बिद्दुत प्राधिकरणले बक्यौता उठाउन खोज्दा रोक्ने, मीन बहादुर गुरुङ सङ १० रोपनी जग्गा र भवन सम्म लिनेसम्म आउदा सरकारको सुशासन छरपस्ट भएको छ ।'  गुरुङ भ्रष्टाचारमा दोसी ठहर भएका ब्यक्ति भएकाले उनबाट पार्टी कार्यालय नै जग्गासहित दान लिनुले सरकारको नेतृत्वको प्राथमिकता थाहा लागेको बताउनुभयो । प्रतिनिधि सभाको दुई ठूला दल मिलेपछि प्रतिपक्षीमा हुत्तिएको माओवादीले ओली सरकार असफल भएको निष्कर्ष निकालेको छ  । यहि निष्कर्षसहित खबरदारी सभा गर्न लागेको हो ।  उपाध्यक्ष सापकोटाका अनुसार काडमाडौंको भृकुटीमण्डप प्रदर्शनी मार्गमा हुने जनप्रदर्शनमा सरकारको जनविरोधी क्रियाकलापको भण्डाफोर हुनेछ ।  विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशील, गैरजिम्मेवारी र योजनाविहीनताको उजागर गर्ने र  बेपत्ताहरूको खोजी, उद्धार, राहत वितरण, घाइतेहरूको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनर्निर्माण र पुनर्स्थापनाको कार्य कार्यान्वयन गराउन दबाब दिइने उहाँले बताउनुभयो । माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासन अभियानलाई कमजोर बनाउन षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारी गरिने बताउनुभयो । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सृष्टि गर्न प्रदर्शन गर्न लागिएको सुनाउनुभयो ।  सतहमा आएका ठूला भ्रष्टाचार काण्डका दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन पनि प्रदर्शन गर्न लागिएको हो ।  संविधान र लोकतन्त्रको रक्षा गर्न,  दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरूलाई विभाजन गर्ने उद्देश्य सहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षडयन्त्रलाई असफल पार्न पनि प्रदर्शन आवश्यक रहेको छ ।  उपाध्यक्ष सापकोटाका अनुसार राजनीतिक दल सम्बन्धी अध्यादेश सरकारले ल्याउन खोजेको तर सार्वजनिक खबरदारी र प्रतिपक्षी दलहरूको खबरदारीले रोकिएको बताउनुभयो ।  'साना दल फुटाउने र आफ्नो पार्टीमा लगेर सबैभन्दा ठुलो पार्टी बन्ने एमालेको ध्यय छ । त्यस अन्तरगत दल फुटाउन सहज हुने गरि अध्यादेश ल्याउन लागेका थिए । तर हाम्रो खबरदारीले प्रतिपक्षी दललाई नचिढ्याउन अन्तिम समयमा मन्तिपरिसदको बैठक नै स्थगित गर्न सरकार बाध्य भयो ।' उहाँले भन्नुभयो । प्रदर्शनका क्रममा शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाहरूप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइने छ ।  उपाध्यक्ष सापकोटाले नेपाल विद्युत प्राधिकरणलगायत सार्वजनिक संस्थानहरूमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्देश्यले महत्त्वपूर्ण सार्वजनिक संस्थान विक्री गर्ने तयारी विरुद्ध खबरदारी गरिनेछ । विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्य गर्न दबाब दिइनेछ ।  बढ्दो बजार भाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिइनेछ । सहकारी, मिटरव्याज र लघुवित्त पीडितहरूका समस्या समाधानका लागि आवाज बुलन्द गर्न, ठगीमा संलग्नहरूलाई बिना भेदभाव कारबाही गर्न र राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं प्रवर्द्धन गरिनेछ ।  सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिहरू विरुद्ध खबरदारी गर्न सबैले जोडबल गर्न आवश्यक रहेको भन्दै उपाध्यक्ष सापकोटाले प्रदर्शनको तयारीमा जुट्न सबैलाई आह्वान समेत गर्नुभएको छ ।