प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी, बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने सचिवालयको कार्यसूचीमा उल्लेख छ ।

null

राप्रपाको केन्द्रीय कार्यसम्पादन बैठक आज पनि बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए। हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेका विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको रहेको छ।

सहिदको रगत, पसिना र त्यागको प्रतिफल गणतन्त्र हो  : रेखा शर्मा

घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन नसक्ने बताएकी छिन् । नेकपा (माओवादी केन्द्र)को सहिद सप्ताहका अवसरमा दाङको घोराही उपमहानगरपालिका–६ स्थित सहिद पार्कमा गणतन्त्र स्थापनाका लागि प्राण आहुति गरेका सहिदको सालिकमा माल्यार्पण गर्दै उनले अहिलेको व्यवस्था र परिवर्तनप्रति धेरै सहिदको त्याग र बलिदानलाई कोही कसैले पनि अवमूल्यन गर्न नमिल्ने बताइन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उन्नत व्यवस्था रहेको हुँदा व्यवस्था माथि प्रश्न उठाउने ठाउँ नरहेको उनले बताइन्। अहिले अस्थिरता चाहनेले विद्यमान व्यवस्थामाथि आलोचना गरे पनि गणतन्त्र स्थापनाको जग र यसको आयामलाई सबैले बुझ्न आवश्यक रहेको बताइन् । मन्त्री शर्माले मुलुकमा व्यवस्था परिवर्तनका लागि भएको लामो द्वन्द्वका कारण पीडामा परेका व्यक्ति, परिवारलाई न्याय दिलाउने काम अझै अधुरै रहेको हुँदा यसको छिनोफानो गर्न अब ढिलाइ गर्न नहुने बताइन् । “मुलुकमा शान्ति प्रक्रियाको थालनी भएको दुई दशक पुग्न थालेको छ, शान्ति प्रक्रियाको काम छ महिनामा टुङ्गो लगाउने कुरो थियो वास्तवमा निकै ढिलो भइसक्यो, अब शान्ति प्रक्रियाको बाँकी कामलाई विशेष प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो सार्थक टुङ्गोमा पु¥याउनुपर्छ, यसका लागि सरकार गम्भीररुपमा लागिपरेको छ”, उनले भनिन्, “सरकारको विशेष प्रक्रियामा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसद्बाट पारित गर्ने प्रक्रियामै छौँ ।” उहाँले बेपत्ता योद्धाहरुको विषयलाई सम्बोधनका लागि विधेयक पारित नै महत्वपूर्ण विषय भएको उल्लेख गर्दै जनआन्दोलनका क्रममा घाइते भएका योद्धाको उपचारको सुनिश्चितासहितको कार्यविधि बनेको बताउनुभयो । माओवादीले हरेक वर्षको फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताहका रुपमा मनाउँदै आएको छ ।  

गेम चेन्जर’ आयोजनाबारे सरकारले छलफल सुरु गरेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमा कर्णाली प्रदेशले न्याय पाउने केही थप ‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको जानकारी गराए । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले जुम्ला विमानस्थलको रनवे विस्तारका लागि जग्गा अधिग्रहणलगायत विमानस्थलको स्तरोन्नतिको कार्य समेत अगाडि बढेको जानकारी गराए ।  नेपालको राजनीतिक परिवर्तनमा कर्णालीको योगदान तथा यसले लामो समयसम्म केन्द्रीय एकात्मक राज्यसत्ताबाट ब्यहोरेको उपेक्षा र विभेदबारे सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अब कर्णालीले क्षतिपूर्ति सहितको न्याय पाउनुपर्छ भन्नेमा सरकार प्रतिबद्व रहेको बताए ।   उहाँले कर्णाली क्षेत्रमा जलस्रोतको अपार संभावना रहेको तथ्यलाई आत्मसाथ गर्दै यस क्षेत्रको जलविद्युत क्षेत्रमा निजी क्षेत्र तथा सरकारको लगानी अगाडि बढाउने प्रयास स्वरुप लम्की–फुकोट ४०० केभी प्रसारण लाईन हाल निर्माणको चरणमा बताए।  “भेरी करिडोरमा उच्च क्षमताका प्रसारण लाइन तथा फुकोट–हुम्ला उच्च क्षमताको विद्युत प्रसारण लाइन निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “१०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ । ४१८ मेगावाट क्षमताको कर्णाली–फुकोट, १०९२ मेगावाट क्षमताको मुगु कर्णाली सरकारी कम्पनीमार्फत अगाडि बढाइएको छ ।” नाप्चा–गमगढी–नाक्चेलाग्ना सडकका लागि पनि चालु आर्थिक वर्षमा अन्य सडकहरुमा बजेट घट्दासमेत उच्च प्राथमिकतामा बजेट विनियोजन भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कर्णाली राजमार्ग र कर्णाली प्रदेशका अन्य राजमार्गमा समेत सडक सुरक्षाको प्रवन्ध गरी रोड क्रस ब्यारिएर राख्ने काम भएको बताए । 

संघीय संसदका विभिन्न आठ समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २४औँ बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा बस्नेछ । बैठकमा झापा, सुनसरी र मोरङमा गरिएको अनुगमन सम्बन्धी प्रतिवेदन– २०८० (मस्यौदा माथि) पेश तथा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, आज महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ । यसैगरी, आज राज्य व्यवस्था तथा सुशासन समितिको २२औँ बैठक बस्दैछ । सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आजै बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा सुरक्षण मुद्रण विधेयकका सम्बन्धमा छलफल हुनेछ । यता, राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा नागढुंगा सुरुङमार्ग निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुने बताइएको छ । यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा स्थानीय तहको कानून निर्माण प्रक्रियाको अध्ययनको मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ । राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दैछ । बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित प्रत्यायोजित विधायन र सरकारी कार्यान्वयन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा खानेपानी मन्त्री महिन्द्र राय यादव र सचिव सुरेश आचार्यलाई आमन्त्रण गरिएको छ । यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा १६औँ पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूको सम्बन्धमा छलफल हुनेछ ।

क्यामरुनमा भवन भत्किदाँ ३७ जनाको मृत्यु, २१ जना घाइते

एजेन्सी । क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित चार तले भवन भत्कँदा ३७ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । भत्केको भवन अर्को आवासीय भवनमा खसेकाले आवासीय भवनमा रहेकाहरुको च्यापिएर मृत्यु भएको जनाइएको छ । सो घटना आइतबार राति भएको क्षेत्रीय गभर्नरले एएफपीलाई बताए । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । मृतकको सङ्ख्या बढ्नसक्ने उल्लेख गर्दै उनले खोजी जारी रहेको बताएका छन् । भवनको भग्नावशेषबाट जीवित उद्धार गरिएका १३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनास्थल पुगेको क्यामरुनका शहरी विकासमन्त्री सेलेष्टिन केचा कुर्टेसले भत्केको भवनका मालिकले बिना अनुमति घर बनाएको बताए ।

पत्रकार थापा र कार्टुनिष्ट सायमीद्वारा सरकारले दिएको पदक अस्वीकार

काठमाडौं । पत्रकार हरिबहादुर थापा र कार्टुनिष्ट रविन सायमीले सरकारले दिएको पदक अस्वीकार गरेका छन् । थापाले सामाजिक सञ्जालमा लेख्दै यसअघिका सरकारले पटक पटक पदकका लागि आफूलाई सोधेको तर यो सरकारले सोध्दै नसोधी नाम राखेको बताउँदै उक्त पदक नलिने घोषणा गरेका हुन । ‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु’, उनले भनेका छन्, ‘मैले मानपदवी, अलंकार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे समाचार–विश्लेषण–पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको छु । राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ । कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ ।’ यसैगरि सामाजिक सञ्जालमा लेख्दै कार्टुनिष्ट रविन सायमीले सरकारले दिन लागेको विभुषण हाललाई ग्रहण नगर्ने निर्णय गरेको उल्लेख गरेका छन् । ‘सरकारले मलाई ‘प्रवल जनसेवा श्री’ बाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभुषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’ उनले भनेका छन् । संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमीलाई ‘प्रवल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो ।

लकडाउनको मोडेल परिवर्तन गरौँ

पुरानो मोडलः संक्रमितहरू सीमाबाट निर्वाधरूपमा आइरहे, परिक्षणको दायरा अत्यन्तै साँघुरो भयो । पास र पावरको दुरुपयोग गरेर सुरक्षित क्षेत्र असुरक्षित भए । डा. रवीन्द्र पाण्डे कोरोना संक्रमण भित्रभित्रै निकै बढ्यो । क्वारेन्टाइन तथा परीक्षणको लापरबाहीले २ जनाको ज्यान गयो । लकडाउनको समयमा बस्तीभित्र भिडभाड भयो । नयाँ मोडेल : १. परीक्षणको दायरा तीब्र गतिमा होस् । २. सिमानामा कडाइ होस् । ३. भारतसँग सिमाना भएका सबै जिल्लामा प्रतिजिल्ला ५ हजारको क्षमता भएको क्वारेन्टाइन केन्द्रको स्थापना होस् । ४. क्वारेन्टाइनमा हावा, स्वच्छ खाना, पर्याप्त पानी, पंखा, पर्याप्त सौचालय, प्राथमिक उपचारका सामान, १ जना स्वास्थ्यकर्मी, एम्बुलेन्सको ब्यबस्था, अस्पतालसँग कनेक्सन, इम्युनिटी पावर बढाउने जडिबुटी सेवन, ब्यायाम, योग, ध्यान, प्रबचन आदिको ब्यबस्था होस् । ५. १५ दिन सकिन्छ भने देशभर कर्फ्यू वा वैकल्पिक रुपमा कर्फ्यू स्तरको लकडाउन होस् | यसो गर्दा संक्रमितमध्ये ८५ % लाई आफै निको हुन्छ, लक्षणदेखिए अस्पताल पुर्‍याउन सकिन्छ अनि रोग समुदायमा फैलिन पाउँदैन । ६. मान्छेहरु मर्निंङ वाक, इभिनिङ वाक, सपिङ आदि कामले बिहानबेलुका घर बाहिर निस्किरहेका छन् । तसर्थ बिहानबेलुका कर्फ्यू लगाएर दिउँसो १२-३ बजेसम्म पसल जान समय तोकियोस् । यसो गर्दा भीडभाड हुँदैन । ७. डिपार्टमेन्टल स्टोर तथा तरकारी बजार बन्द गर्ने । फलफूल तथा तरकारी स्थानीय पसलबाट खरिदबिक्रि गर्ने ब्यबस्था भएमा भीडभाड हुँदैन । ८. सडकमा ट्राफिक प्रहरी, भित्रि बस्ती र गल्लीमा अन्य सुरक्षाकर्मीकाे गस्ती होस् । भिडभाड मुख्य सडकमा हुँदैन, भित्रि बस्तीमा हुन्छ । ९. अत्यावश्यक काम परेर घर बाहिर जाँदा सहि तरिकाले मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने तथा ३ जनाभन्दा धेरैजना सँगै हिँड्ने गरेमा अन्य देशमा जस्तै जरिवानाको ब्यबस्था होस् । १०. १५ दिनपछि लकडाउन खुकुलो गर्नको लागि रेड, एल्लो, ग्रीन जोन छुट्याउने, विभिन्न चरणको प्रारूप तयार गर्ने, अस्पतालमा आइसीयू तथा भेन्टिलेटरको संख्या बढाउने लगायतका तयारी होस् । साथै किसानलाई मल, बिउ तथा अन्य राहत उपलब्ध गराइयोस् । यति गर्न सक्यो भने अहिले भित्रभित्रै फैलिएको कोरोना संक्रमण नियन्त्रणमा आउनेछ । पुरानो मोडेलअनुसार लकडाउन थप्नुको कुनै औचित्य छैन ।

के हो प्रचण्डपथ ? कहिलेसम्म रह्यो ?

२०५७ माघ २६ देखि फागुन १ गतेसम्म चलेको तत्कालिन नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनमा हालका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक ‘प्रचण्डपथ’बारे उल्लेख गरेका छन् । ‘महान अग्रगामी छलाङ : इतिहासको अपरिहार्य आवश्यकता’ शीर्षकको प्रतिवेदनमा प्रचण्डले ‘एक महान उपललब्धी’ उपशीर्षकमा ‘प्रचण्डपथ’को आवश्यकता औंल्याएका थिए । उनले आफ्नो सफल नेतृत्वका कारण पार्टीको विचार श्रृङ्खला मात्र नभई केन्द्रीय स्तरमा सुयोग्य नेताहरुको टिमका साथै क्रान्तिकारी उत्तराधिकारीका रुपमा हजारौं कार्यकर्ताको विकास भएको उल्लेख गरेका छन् । प्रचण्डको नेतृत्वकै कारण पार्टी एकताको केन्द्रविन्दुको रुपमा बलियो हेडक्वार्टर विकास भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ : ‘पार्टी एक दशकदेखि विचार संश्लेषणको यो उचाइसम्म महामन्त्री क. प्रचण्डको सही र अविछिन्न नेतत्वका कारण आज पार्टी एकताको केन्द्रविन्दुको रुपमा क. प्रचण्डको बलियो सर्वहारा हेडक्वार्टरको विकास भएको छ । अतः सामुहिक नेतृत्वको केन्द्रिकृत अभिब्यक्तिका रुपमा बिकसित बिचार श्रृङ्खलालाई पार्टी प्रचण्डपथ (एचबअजबलमब एबतज) नामाकरण गर्दछ ।’ प्रचण्डपथका रुपमा पार्टीको अनुभवहरुको संश्लेषणले नेपालमा माक्र्सवाद लेनिनवाद र माओवादका सार्वभौम सिद्धान्तहरुको प्रयोगको विशिष्टतालाई अभिव्यक्त गर्ने प्रतिवेदनमा दावी गरिएको छ । कहिलेसम्म रह्यो ‘प्रचण्डपथ’? २०५७ माघ–फागुनमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा पार्टीको पथ प्रदर्शक विचारको रुपमा ‘माक्र्सवाद–लेनिनवाद–माओवाद र प्रचण्डपथ’ पारित भएपछि आठ वर्षसम्म माओवादीले यसैअनुरुप आफ्ना वैचारिक–राजनैतिक, सांगठनिक र फौजी कारबाही सञ्चालन गरेको थियो । यद्यपी २०६३ सालमा माओवादी शान्तिप्रक्रियामा आएपछि पनि प्रचण्डपथ कायमै रह्यो । २०६४ चैतमा पहिलो संविधानसभा चुनावमा सहभागी हुँदासम्म माओवादीले प्रचण्डपथ अबलम्बन गरिरहेको थियो । २०६५ मंसिर ६ देखि ११ गतेसम्म भक्तपुरको खरीपाटीमा आयोजना गरेको बहुचर्चित राष्ट्रिय भेलामा प्रचण्डले पेश गरेको राजनैतिक प्रतिवेदनमा पनि प्रचण्डपथबारे लेखिएको छ । प्रचण्डले त्यतिबेला भनेका थिए : ‘सामन्तवाद र साम्राज्यवादका बिरुद्ध जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न २१ औं शताव्दीको बर्तमान परिस्थितमिा दीर्घकालिन जनयुद्धको रणनीतिमा आम सशस्त्र जनविद्रोहका कार्यनीतिहरुको समेत समायोजन गर्नुपर्छ भन्ने मूलभूत संश्लेषणका साथै नेपाली नयाँ जनवादी क्रान्ति पूरा गर्ने कार्यनैतिक श्रृङ्खलाका रुपमा सर्वपक्षीय सम्मेलन, अन्तरिम सरकार र संविधानसभा प्रस्तुत गर्नु नै प्रचण्डपथ संश्लेषणका प्रमुख आधार हुन् ।’ तर प्रचण्डको राजनीति प्रतिवेदनमा असहमति राख्दै नेता मोहन वैद्य किरणले फरक मत सहित अलग्गै राजनैतिक प्रतिवेदन पेश गरेका थिए । भेलामा प्रचण्डपथलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा पुनर्विचार गर्नुपर्ने बहस उठेको थियो । त्यसको एक महिनापछि २०६५ पुस ३० गते आयोजित नेकपा माओवादी र नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको नेकपा एकता केन्द्रसँगको पार्टी एकता अधिवेशनमा अध्यक्ष प्रचण्डले नै लिखित रुपमा तत्कालका लागि प्रचण्डपथलाई पार्टीको पथ प्रदर्शक विचारबाट स्थगित गरी माक्र्सवाद–लेनिनवाद–माओवाद र विचारधारालाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेर जाने प्रस्ताव गरेका थिए । उज्यालो नेपालबाट साभार

नाम, कर्म र उद्देश्यमा गतिशील प्रचण्ड

तिलक राज भण्डारी । नेपाली शब्दकोषमा प्रचण्डको अर्थ “ज्यादै चर्काे  स्वभावको, खरो, कसैसंग नडराउने, सहासी, आँटिलो” हुन्छ । तर प्रचण्डको वास्तविक नाम “पुष्पकमल” हो, जसको अर्थ हिलोमा फुल्ने कमलको फूल हो । कमलको फूललाई सरस्वती, विद्या र ज्ञानभण्डारको पर्यायवाचीको रुपमा लिने गरिन्छ । यसरी पुष्पकमल दाहाल र कमरेड ‘प्रचण्ड’ नाम पनि संयोगको विषय नभएर उनको वास्तविक जीवन व्यवहारसंग मिल्दो छ । सिद्धान्त, दर्शन र राजनीतिक ज्ञानभण्डारलाई शाहास र दृढ आत्मविश्वसका साथ नेपाली राजनीतिमा कार्यन्वयन गर्न सफल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको परिवर्तनकारी आन्दोलनमा एक युगपुरुषको रुपमा उदाए भने प्रतिक्रियावादी शक्तिका लागि एक चुनौतिको पर्खालका रुपमाउभिए । प्रचण्डको नाम नलिँदा आफूलाई कथित सेलिव्रेटी भन्न रुचाउने ब्यक्तिदेखि कतिपय मिडिया र मिडीयाकर्मी ओझेल पर्ने डरले भयभित हुन्छन् र पुष्पकमल दाहाल वा प्रचण्डको शाहारा लिएर आफू र आफ्नो मिडियाको फ्यान र भ्युवर्स बढाउने चेष्टा गर्दछन् ! नेपाली राजनीतिमा “पुष्पकमल दाहाल” र “कमरेड प्रचण्ड” एउटा राजनीतिक नेताको नाम भए पनि नेपाली राजनीतिक परिर्वतनको इतिहास, वर्तमानको प्रभाव र चलन चल्तिमा समेत नितान्त भिन्नता देखिन्छ “पुष्पकमल दाहाल” र “प्रचण्ड” को शब्द चयनमा । भर्खरमात्र शान्ति प्रक्रियामा आउदा नेपालका ठुला मिडियाहरुले समेत “प्रचण्ड” लेख्न र उच्चारण गर्न चाहादैन्थ्ये, यो प्रक्रिया पूर्ण रुपले अहिले पनि रोकिएको छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक व्यक्ति तथा मिडिया र मिडियाकर्मीहरुले समेत आफ्नो राजनीतिक विचार र वर्गीय पक्षधरताका आधारमा “पुष्पकमल दाहाल” वा “प्रचण्ड” शब्दावलीको प्रयोग गर्थे र अध्यावधि गर्दैछन् । प्रचण्ड स्वयम ले आफ्नो राजनीतिक परिचालनमा समेत कहिले प्रचण्डको स्वभावमा उभिने कार्यनीति अवलम्बन गर्दछन् त कहिले पुष्पकमलको भुमिकामा । यहि द्वन्द्धात्मक सम्वन्ध छ, पुष्पकमल र कमरेड प्रचण्डमा । प्रचण्डको राजनीतिक परिचालनबाट “पुष्पकमल दाहाल” भन्न रुचाउनेहरु खुशी हँदा र पुष्पकमल को बहुरङ्गी अर्थ लागाउदै प्रशंसा गरेर हौस्याउन खोज्दा “कमरेड प्रचण्ड” भन्न रुचाउनेहरु अलि संसकित हुन्छन् र खबरदारीका निम्ति “कमरेड प्रचण्ड” प्रति छड्के नजर लगाउन थाल्छन् । क्रान्तिकारी आन्दोलनबाट स्थापित राजनीतिक एजेण्ड र उपलब्धीहरुलाई कार्यन्वयन गर्दै शान्ति र समृद्धिको यात्रामा पनि यो मुलुकलाई नेतृत्वदायी भुमिका खेल्नै पर्दछ । क्रान्तिकारी आन्दोलनको क्रमममा भएको त्याग, समपर्ण र वलिदानको उच्च मूल्याङ्कन गर्दै शान्तिपूर्ण राजनीतिक यात्रामा पनि सफल नेतृत्व गरेर मात्रै पुष्पकमल दाहाल कमरेड प्रचण्डको पुष्टी हुन पुग्दछ । ठीक त्यसरी नै “कमरेड प्रचण्ड”भन्न रुचाउनेहरु खुशी हँदा र “कमरेड प्रचण्ड” लाई गौरवपूर्ण गाथाको पगरी लगाउन खोज्दा “पुष्पकमल दाहाल” भन्न रुचाउनेहरु मस्किन्छन् र “नसुध्रिने भयो” भन्दै ढाडे हात लगाउन थाल्छन् ।प्रचण्डको राजनीतिक जीवनमा पुष्पकमल र प्रचण्डको द्वन्द्धात्मक तालमेल मिलाउन पनि निकै कठीन छ । एउटै व्यक्तिको नाम “प्रचण्ड” क्रान्तिको पर्यावाचीको रुपमा स्थापित भयो भने “पुष्पकमल” शान्ति प्रक्रिया को रुपमा स्थापित भयो । नामको सार्थकतालाई प्रचण्डले पुष्टि गर्न अंझै बाँकी छ । क्रान्तिकारी आन्दोलनबाट स्थापित राजनीतिक एजेण्ड र उपलब्धीहरुलाई कार्यन्वयन गर्दै शान्ति र समृद्धिको यात्रामा पनि यो मुलुकलाई नेतृत्वदायी भुमिका खेल्नै पर्दछ । क्रान्तिकारी आन्दोलनको क्रमममा भएको त्याग, समपर्ण र वलिदानको उच्च मूल्याङ्कन गर्दै शान्तिपूर्ण राजनीतिक यात्रामा पनि सफल नेतृत्व गरेर मात्रै पुष्पकमल दाहाल कमरेड प्रचण्डको पुष्टी हुन पुग्दछ । हो, यहि कारणले यसरी नै नेपाली राजनीतिमा पुष्पकमल दाहाल (क.प्रचण्ड) को चर्चा चलिरहन्छ। प्रचण्डको नाम नलिँदा आफुलाई कथित सेलिव्रेटी भन्न रुचाउने ब्यक्तिहरुदेखि कतिपय मिडीया र मिडीयाकर्मीहरु ओझेल पर्ने डरले भयभित हुन्छन् र पुष्पकमल दाहाल वा कमरेड प्रचण्डको शाहारा लिएर आफू र आफ्नो मिडियाको फ्यान र भ्युवर्स बढाउने चेष्टा गर्दछन् । कहिले समर्थन र प्रसंसाको रुपमा प्रचण्डको शाहारा लिन्छन् त कहिले विरोध, आरोप, निकृष्ट गालीगलोजमा समेत उत्रिएको देखिन्छ । यो प्रक्रिया नेपाली राजनीतिमा प्रचण्डको उदयसंगै शुरु भएको हो, अहिले पनि विद्यमान छ र प्रचण्ड रहदासम्म चलिरहनेछ । प्रचण्डको यहि युगान्तकारी भुमिकाका परिणामस्वरुप नै विश्वभरी प्रचण्डका चर्का आलोचक र दृढ समथर्कहरुको ध्रुवीकरण भएको हो । प्रचण्डले हजारौं आलोचना, विरोध, आरोप, प्रतिबन्ध,षड्यन्त्र र निकृष्टगाली गलोज समेतकोे प्रतिरोध गर्दै आफूलाई अपराजय सावित गर्दै आएका छन् । नेपाली राजनीतिमा अरु भन्दा नितान्तै पृथक ढंगले कमरेड प्रचण्डले क्रान्तिकारी आन्दोलनको नेतृत्व गरे । दिर्घकालीन जनयुद्धको माध्यमबाट गाऊँदेखि शहरसम्मका आधारभूत तथा गरीब जनसमुदायमा आमूल क्रान्तिकारी राजनीतिक चेतनाको जागरण र परिवर्तन ल्याउने सफल नेतृत्व कमरेड प्रचण्ड नै हुन् ।नेपाली क्रान्तिको विकास र माक्र्सवादको श्रृजनात्मक प्रयोगमार्पत दिर्घकालिन जनयुद्ध र शान्तिपूर्ण जनआन्दोलनको समायोजनमार्फत सामन्ती एकात्मक राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र को स्थापना गर्ने एक महत्वपूर्ण रोलमोडलको रुपमा कमरेड प्रचण्डको उदय भयो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना संगै नेपाली जनताले प्राप्त गरेका गणतन्त्र, संघीयता, समावेशी तथा समानुपातिक प्रणाली, धर्मनिरपेक्षता सहितको नेपालको संविधान र त्यसको कार्यन्वयनमा समेत प्रचण्डको निर्णायक भूमिका विद्यमान छ । प्रचण्डलाई देख्दै नदेखी, भेट्दै नभेटी प्रचण्डको राजनीतिक अभियानमा सहभागी हुने हजारौं नेता, कार्यकर्ता को संख्या थियो । प्रचण्डमाथि राजनीतिक तथा गैर राजनीतिक आरोप, गाली–गलोज र भण्डाफोर गर्ने व्यक्ति र शक्तिकेन्द्रहरु अहिले कुनै न कुनै रुपमा पश्चाताप गरिरहेका छन् ! अंझ टुटफुट र विभाजनका दर्जनौ श्रृंखलाबाट गुज्रिएको नेपाली कम्युनिष्ट आन्दोलनलाई एकता प्रक्रियामार्फत बैज्ञानिक समाजवादको रणनीतिक लक्ष्यमा आधारित समाजवाद उन्मुख राष्ट्रिय पूँजीवादको विकास र सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानमा पनि प्रचण्डको हिम्मत र नेतृत्वादायी भूमिका स्थापित भयो । प्रचण्डको यहि युगान्तकारी भुमिकाका परिणामस्वरुप नै विश्वभरी प्रचण्डका चर्का आलोचक र दृढ समथर्कहरुको ध्रुवीकरण भएको हो । प्रचण्डले हजारौं आलोचना, विरोध, आरोप, प्रतिबन्ध,षड्यन्त्र र निकृष्टगाली गलोज समेतकोे प्रतिरोध गर्दै आफूलाई अपराजय सावित गर्दै आएका छन् । क्रान्तिकारी आन्दोलनको नेतृत्व र सञ्चालन गर्दा तत्कालिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शासक र शक्तिकेन्द्रहरुबाट उनी र उनको पार्टीमाथी लगाईएको प्रतिबन्ध, आतंककारीको आरोप तथा टाउकाको मूल्य समेत लाई व्यवस्थित प्रतिरोधमार्फत विजयी हासिल गर्दै आफूलाई सफल नेतृत्वको रुपमा उभ्याईसकेका छन् । त्यतिवेला प्रचण्डमाथि राजनीतिक तथा गैर राजनीतिक आरोप, गाली–गलोज र भण्डाफोर गर्ने व्यक्ति र शक्तिकेन्द्रहरु अहिले कुनै न कुनै रुपमा पश्चाताप गरिरहेका छन् । विस्तारवादी तथा साम्राज्यवादी शक्तिकेन्द्रहरुले समेत प्रचण्डसंग राजनीतिक सम्बन्ध स्थापित गर्न खोजिरहेको अवस्था विद्यमान छ। साम्राज्यवादी अमेरिका जसले त्यतिवेला प्रचण्ड र उनको पार्टीलाई आतंककारीको सूचीमा राखेको थियो । आज अमेरिकी राजदुतको पहलमा प्रचण्ड उपचार र राजनीतिक छलफलमा अमेरिकामा नै छन् । प्रचण्डको विरोध गर्दा चर्चामा आउन चाहने कथित सेलीव्रेटी तथा आफ्नो मिडीयाको भ्यूवर्स बढाउन चाहाने मिडिया र मिडीयाकर्मीको तत्कालिन उद्देश्यमा भने सफलता प्राप्त गर्दछन् । वास्तविकता यहि हो । यहि यथार्ततालाई आत्मसाथ गरेर विचार, राजनीति र संगठनात्मक क्षेत्रमा प्रचण्डलाई रचनात्मक सल्लाह र सुझाव केन्द्रित गर्दै प्रतिक्रियावादी शक्तिहरुले श्रृजना गर्ने सुनियोजित षड्यन्त्र र प्रायोजित विरोधका पर्पाेगाण्डाहरुलाई ध्वस्त पार्न जरुरी छ । त्यसैगरी प्रचण्ड र प्रचण्डको योजनामा निशर्त जीवन उत्सर्ग गर्ने जनमुक्ति सेना, नेता, कार्यकर्ता, समर्थक र जनसमुदायको बलियो रक्षाकवाजबाट प्रचण्ड यहाँसम्म आईपुगेका हुन । प्रचण्डलाई देख्दै नदेखी, भेट्दै नभेटी प्रचण्डको राजनीतिक अभियानमा सहभागी हुने हजारौं नेता, कार्यकर्ता को सँख्या थियो । त्यतिमात्रै होईन प्रचण्डसंग देखाभेट नभएर पनि प्रचण्डको राजनीतिक योजना कार्यन्वयन गर्दै धेरैले जीवन उत्सर्ग गरेका छन्, धेरै अङ्गभङ्ग छन् र दर्जनौ बेपत्ता छन् । यो श्रृंखला अझैं रोकिएको छैन प्रचण्डका लागि जीवन उत्सर्ग गर्ने अहिले पनि हजारौं नेता,कार्यकर्ता र समर्थकहरुको पंक्ति छ । प्रचण्डको यहि युगान्तकारी भुमिकाका परिणामस्वरुप नै विश्वभरी प्रचण्डका चर्का आलोचक र दृढ समथर्कहरुको ध्रुवीकरण भएको हो । प्रचण्डले हजारौं आलोचना, विरोध, आरोप, प्रतिबन्ध,षड्यन्त्र र निकृष्टगाली गलोज समेतकोे प्रतिरोध गर्दै आफूलाई अपराजय सावित गर्दै आएका छन् । सामान्य चेतना र दृष्टिकोणले प्रचण्डको जीवन व्यवहार अध्ययन गर्न निकै कठीन छ । यहि अध्भूत जीवनशैली र राजनीतिक परिचालनको परिणामस्वरुप प्रचण्डका निकृष्ट विरोधीहरु कहिलेकाँही मानसिक असन्तुलन झैं नीचतापूर्वक गालीगलोजमा उत्रिन्छन् र समर्थकहरुले दृढतापूर्वक प्रतिरोध गर्दछन् । यद्यपी प्रचण्डको विरोध गर्दा चर्चामा आउन चाहने कथित सेलीव्रेटी तथा आफ्नो मिडीयाको भ्यूवर्स बढाउन चाहाने मिडिया र मिडीयाकर्मीको तत्कालिन उद्देश्यमा भने सफलता प्राप्त गर्दछन् । वास्तविकता यहि हो । यहि यथार्ततालाई आत्मसाथ गरेर विचार, राजनीति र संगठनात्मक क्षेत्रमा प्रचण्डलाई रचनात्मक सल्लाह र सुझाव केन्द्रित गर्दै प्रतिक्रियावादी शक्तिहरुले श्रृजना गर्ने सुनियोजित षड्यन्त्र र प्रायोजित विरोधका पर्पाेगाण्डाहरुलाई ध्वस्त पार्न जरुरी छ । र, प्रचण्ड आफ्नो रणनीतिक योजनामा दृढतापूर्वक अगाडी बढ्नुको विकल्प छैन । प्रचण्डको नाम, कर्म र उद्देश्यप्रतिको लगावले यहि यथार्ततालाई पुष्टि गर्दछ । लेखक अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष हुन् ।

बजारमा छपाई बिग्रेका नाेट, कतै तपाईसँग त छैन ?

काठमाडौँ — छपाइ बिग्रेका नेपाली नोट आजकल बजारमा बढी भेटिन थालेका छन् । त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकातर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट छ । बजारमा भेटिएका त्यस्ता नोटमध्ये धेरैजसो पाँच सय र एक हजार दरका छन् । नोट छपाइका लागि अधिकार पाएको केन्द्रीय बैंकले पर्याप्त सजकता अपनाउन नसक्दा यस्ता नोट बजारमा पुगेका हुन् । त्यस्ता सबै नोटको उजुरी बैंक/राष्ट्र बैंकसम्म आइपुग्दैन । यसका दुई कारण छन् । पहिलो राष्ट्र बैंकमा गएपछि शोधभर्नाबापत अर्को नोट पाइन्छ भन्ने सर्वसाधारणलाई जानकारी छैन । दोस्रो मुद्रा संकलनकर्ता (मनी कलेक्टर) कहाँ बिक्री गर्दा वास्तविक मूल्यभन्दा धेरै पैसा पाइन्छ । यसकारण शोधभर्ना पाइन्छ भन्ने जानकारी भएका पनि मनी कलेक्टरमै गएर बिक्री गर्ने जानकारहरू बताउँछन् । ‘यदाकदा बजारमा त्रुटि भएका नोट भेटिने गरेका छन्, ती सबै नोट केन्द्रीय बैंकमा आइपुग्दैनन्,’ एक पूर्वडेपुटी गभर्नरले भने, ‘बजारमा मुद्रा संकलकले वास्तविकभन्दा बढी मूल्यमा किनिदिन्छन् ।’ यसकारण त्रुटिपूर्ण नोटको उजुरी राष्ट्र बैंकमा कम हुन्छ । नोटमा त्रुटि बढदै जाँदा राष्ट्र बैंकको विश्वसनीयतामा प्रश्न उठ्ने भएकाले उजुरी आएन भन्दैमा केन्द्रीय बैंक आरामले बस्न नहुने उनको सुझाव छ । अघिल्ला वर्षका तुलना यो वर्ष छपाइ बिग्रेका नोट धेरै भेटिएको बैंकरहरू बताउँछन् । ‘अघिल्ला वर्ष यस्ता नोट निकै कम मात्र भेटिन्थे,’ वाणिज्य बैंकका एक कर्मचारीले भने, ‘यो वर्ष धेरै भेटिएका छन् ।’ पाँच वर्षदेखि निजी बैंकमा काम गर्दै आएका ती कर्मचारीले थपे, ‘विगतमा नक्कली, च्यातिएका, केरमेट भएका नोट धेरै आउँथे, यो वर्ष प्रिन्ट मिस्टेक नोट धेरै भेटिए ।’ सर्वसाधारणले सटहीका लागि ल्याएको नभई बैंकले राष्ट्र बैंकबाट ल्याइएका नोटका बिटामै त्रुटि पूर्ण नोट भेटिएको उनले बताए । अर्को एक वाणिज्य बैंकमा कार्यरत महिला कर्मचारीले भनिन्, ‘पाँच सयको एउटा बिटामा ४२ वटामा गभर्नरको हस्ताक्षर नभएको नोट भेटियो । बैंकले सटहीका लागि राष्ट्र बैंक पठाएको छ ।’ अन्य बैंकमा काम गर्ने उनका साथीले पनि त्रुटिपूर्ण नोट भेटाएको उनले सुनाइन् । ‘एउटा जमघटमा मैले छपाइ बिग्रेको नोट भेटेको कुरा साथीहरूलाई सुनाए,’ उनले थपिन्, ‘त्यसपछि त मैले नि भेटेको भन्ने धेरै भेटिए ।’ राष्ट्र बैंकले लापरबाहीले यस्ता नोट बजारमा आउने गरेको बैंकरहरूको बुझाइ छ । ‘सुरुमै राम्रोसँग सटिङ गरेर पठाउनुपथ्र्यो,’ अर्का एक बैंकरले भने, ‘यहाँनेर राष्ट्र बैंक चुकेको देखियो ।’ मुद्रणको क्रममा गल्तीको सम्भावना हुने भएकाले राष्ट्र बैंक सचेत र जिम्मेवार हुनुपर्ने राष्ट्र बैंकका पूर्व कामु गभर्नर कृष्णबहादुर मानन्धरले सुझाए । ‘कमजोरी प्रिन्टिङ मेसिनको होला तर यसमा पूर्ण जिम्मेवार राष्ट्र बैंक हुनुपर्छ,’ उनले थपे, ‘कहाँ, किन र कसरी गल्ती भएको हो त्यो पहिचान गरी कमजोरी सच्याउनुपर्छ ।’ नोट छपाइको क्रममा शुद्धाशुद्धि (प्रुफरिडिङ) गर्न जाने राष्ट्र बैंकको टोलीले राम्रोसँग जिम्मेवारी बहन नगर्दा यस्ता समस्या बढ्ने उनको तर्क छ । शुद्धाशुद्धि हेर्न सक्षम कर्मचारी पठाउन नसक्दा यस्तो नोट छपाइमा त्रुटि भेटिने गरेको राष्ट्र बैंकका एक पूर्वकार्यकारी निर्देशकले बताए । ‘एक पटक नोट छपाई गर्दा प्रुफ हेर्न दुई पटक राष्ट्र बैंकको छुट्टाछुट्टै टोली जान्छ,’ उनले भने, ‘सक्षम र अनुभवी नभई भागबन्डाका आधारमा टोली चयन हुन्छ । अनि कसरी हुन्छ गुणस्तर ?’ राष्ट्र बैंकले भागबन्डाका आधारमा विदेश पठाउने प्रवृत्ति बढै जानुको परिणाम नोटमा त्रुटि भेटिने गरेको ती अधिकारीको आरोप छ । ‘राष्ट्र बैंकले उद्देश्य तथा औचित्यका आधारमा कर्मचारीलाई विदेश पठाउनुपर्छ नकि भागबन्डाका आधारमा,’ उनले थपे । धेरै नोटमा त्रुटि आएको भए प्रिन्टिङ कम्पनीको गुणस्तरमा प्रश्न उठ्ने भएकाले राष्ट्र बैंकले यथाशीध्र वास्तविकता पहिल्याउनुपर्ने उनको सुझाव छ । ‘त्रुटिपूर्ण नोट बजारमा पुग्नुमा प्रिन्टिङ कम्पनी र त्योभन्दा बढी राष्ट्र बैंक दोषी छ, ती अधिकारीले भने, ‘समस्या देखियो भनेर भन्न नसक्नु राष्ट्र बैंकको कमजोरी हो ।’ नोट छपाइमा त्रुटि हुनु सामान्य भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘यसलाई हामी ठूलो रूपमा लिँदैनौं,’ उनले भने, ‘प्रिन्टिङका क्रममा यस्ता त्रुटि आइरहन्छन् ।’ नयाँ छपाइ भएर आएका नोट तथा सिक्कामध्ये पाँच प्रतिशत नोट स्वतन्त्र नमुना संकलन विधिका आधारमा छपाइ त्रुटि जाँच गरी चलनचल्तीमा पठाउने कानुनी व्यवस्था रहेको उनले बताए । ‘बजारमा भेटिएका त्रुटिपूर्ण नोट ९५ प्रतिशतभित्र रहेका होलान्,’ उनले भने, ‘यस्तो नोटबापत राष्ट्र बैंकले शोधभर्ना दिन्छ ।’ नोट छपाइमा त्रुटि आउने सम्भावना रहने भएकै कारण प्रिन्टिङ कम्पनीले ५ हजारवटा प्रतिस्थापन (रिप्लेसमेन्ट) नोट पठाउने गरेको उनले बताए । ‘पाँच हजार अतिरिक्त नोट पठाउने नोट छपाइ सम्झौतामै उल्लेख हुन्छ,’ उनले थपे । ‘नयाँ छपाइ भएर आएका नोट वा टकमरी भएका सिक्कामध्ये दैविक छनोट प्रक्रिया (र्‍यान्डम स्याम्पलिङ) का आधारमा विभागले पाँच प्रतिशत नोट वा सिक्का छपाइ त्रुटिको जाँच गरेपछि मात्र चलन चल्तीमा पठाइनेछ,’ नोट छपाइ तथा सिक्का टकमारीसम्बन्धी निर्देशिकामा उल्लेख छ । जुनसुकै कारणले भए पनि छपाइ बिग्रेका नोट बजारमा जान नहुने राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । ‘त्रुटि भएको हुन सक्छ, साथीभाइले सबै हेर्न भ्याएनन् होला । प्रिन्टिङ मिस्टेक पनि हुन सक्छ,’ उनले थपे, ‘रुजु गरेर दिनुपर्नेमा दिन सकिएन होला । केही मात्रामा राष्ट्र बैंकको पनि गल्ती हो ।’ बजारमा छपाइ बिग्रेका नोट भेटेमा राष्ट्र बैंकमा आएर सटही गर्न उनले सर्वसाधारणलाई आग्रह गरे । ‘त्यस्ता नोटबापत शोधभर्ना पाइन्छ,’ उनले भने, ‘सर्वसाधारणले आफूलाई पाएक पर्ने स्थानको राष्ट्र बैंकको शाखामा गएर नोट सटही गर्न सक्छन् ।’ त्यसो त राष्ट्र बैंकको नोट सट्टाभर्नासम्बन्धी नियमावलीमा छपाइ बिग्रेका नोटको शोधभर्ना दिने व्यवस्था छ । ‘छपाइ बिग्रेका नोट साबुत (सिङ्गो/सग्लो) रूपमा सट्टाभर्नाका लागि दाबी पेस हुन आएमा त्यस्ता नोटको पूरा मूल्य सट्टाभर्ना दिइनेछ,’ नियमावलीमा उल्लेख छ । तर, राष्ट्र यो कुरा सर्वसाधारणसमक्ष पुर्‍याउन राष्ट्र बैंकले न कुनै सूचना प्रकाशित गरेको छ न त वित्तीय शिक्षा नै दिएको छ । बजारमा त्रुटिपूर्ण नोट संख्या बढ्नु राम्रो नभएको र यसले राष्ट्र बैंकसँगै स्वदेशी मुद्राप्रति जनताको विश्वास गुम्दै जाने विज्ञहरू बताउँछन् । साभार: कान्तिपुर दैनिक

नेपाली दूतावास मलेसियाद्वारा जोहोरबारुमा कन्सुलर सेवा

मलेशिया । नेपाली राजदूतावासले मलेसियाको जोहोरबारु राज्यमा एक दिने कन्सुलर सेवा शिविर सम्पन्न गरेको छ । नेपाली दूतावास मलेशियाका द्वितीय सचिब बिनोद मुखियाको प्रमुख अतिथ्यता तथा दूतावासकै श्रम सहचारी निरज बस्नेत को बिशिष्ठ अतिथ्यतामा गत आइतबार आयोजना गरिएको उक्त सिबिरमा गैर आवासिय नेपाली संघ मलेसिया जोहर क्षेत्रीय समितिका अध्यक्षको समेत सहभागीता रहेकोे थियो। श्रमिक का हकहित,श्रमिक ले पाउनुपर्ने सेवा सुबिधा, श्रमिक लाई पर्न आउने समस्या र तिनका दीर्घकालीन समाधानबारे छलफल गरि सचेत गराउन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा राहदानी नविकरणको आवेदन फारम बितरण, हराएको वा नयाँ राहदानी लिनेहरुको विवरण सङ्कलन, एकतर्फी यात्रा अनुमतिपत्र बितरण, तयारी राहदानी बितरण तथा श्रम सम्बन्धि गुनासो र सुनवाइ जस्ता महत्त्वपूर्ण काम समेत गरिएको नेपाली दूतावास मलेसियाले जानकारी दिएको छ। कार्यक्रममा सहभागी विभिन्न सातवटा संस्थाका प्रतिनिधिले मजदुरका समस्याबारे दूतावासको ध्यानाकर्षण गराउदै पाँच बुदे संयुक्त ज्ञापनपत्र समेत बुझाएका थिए । सहभागीका जिज्ञासामाथि जबाफ दिदै दूतावासका द्वितीय सचिव बिनोद मुखिया र श्रम सहचारी निरज बस्नेतले श्रमिकका हकहित र अधिकारका लागि दूतावासले जस्तोसुकै सहयोग गर्न सधैं तयार रहेको बताए । उनीहरुले जोहोरबारुबाट राजधानी फर्किए लगत्तै जति सक्दो छिटो समस्या समाधानको लागि आफूहरुले पहल गर्न प्रतिबद्धता जनाए । झन्डै ४ घन्टा लामो कार्यक्रममा जोहोरबारुस्थिति नेपाली संघसंस्थका प्रतिनिधि, विभिन्न छेत्रबाट पुगेका श्रमिक, पत्रकार तथा व्यावसायिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सयौ नेपाली श्रमिकले विभिन्न सेवा लिएका बताइएको छ ।

३२ जिल्लाका १७७ वनमा आगलागी

काठमाडौँ । गर्मीयाम शुरु भएसँग मुलुकका ३२ जिल्लाको १७७ वनमा आगलागी भएको छ । वन विभागका अनुसार अर्घाखाँची, बारा, भोजपुर, चितवन, दाङ, धादिङ, धनकुटा, धनुषा, डोटी, दोलखा, डडेलधुरा, गोरखा, जुम्ला, काभ्रे, कपिलबस्तु, महोत्तरी, नवलपरासी, ओखलढुंगा, पाँचथर, पर्सा, रौतहट, रसुवा, सिन्धुली, सोलुखुम्बु, सुनसरी, सप्तरी, सर्लाही, सिरहा, सुर्खेत, तनहुँ, तेह्रथुम र उदयपुरका वनमा आगलागी भएका हुन् । विभागका सहायक वन अधिकृत डम्बरबहादुर भण्डारीले हिउँद यामसँगै हावाहुरी र गर्मीले धेरै वनमा आगलागी हुने गरेको जानकारी दिनुभयो । “देशभर कति हेक्टरमा आगलागी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ,”, उहाँले भन्नुभयो । गत आर्थिक वर्षमा विभिन्न जिल्लाका तीन लाख ५० हजार हेक्टरमा आगलागी भएको थियो । रासस

युवती कुट्नेलाई छाड्न दवाव दिने मेयर चौधरीस‌ंगकाे कुराकानी ..

काठमाडौँ, २६ फागुन । किशोरीलाई कुटपिट गर्ने रामबहादुरलाई बिहीबार नै इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरेको थियो । तर, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकायालगायतको रोहवरमा तत्कालै छोडिएको प्रहरी नायब निरीक्षक दिनेश विष्टले बताए । शुक्रबार किशोरीका बुबाले किटानी जाहेरी दिएपछि पुनः पक्राउ गरिएको छ । ‘रामबहादुरलाई पक्राउ गरिएको छ, बोक्सी भन्दै कुटपिट घटनाको अनुसन्धान थालिएको छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने । रमिते मेयर भन्छन्– भिडभाड देखेर प्रहरी चौकी गएको थिएँ, तर म बोलिनँ, आफ्ना काम अरू पनि छन् । प्रश्न: मेयरज्यू, तपाईंको नगरपालिकास्थित देउकलिया गाउँमा बिहीबार बोक्सीको आरोपमा एउटी किशोरीलाई समाजकै अगाडि मरणासन्न हुने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ, यो विषयमा तपाईंलाई जानकारी छ कि छैन ? जवाफ: किन नहुनु ? जानकारी छ । पीडितलाई अहिले धनगढी लगिएको छ, अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने व्यक्तिलाई पनि सार्वजनिक अपराधको मुद्दा लगाउन जाहेरी परेको छ । प्रश्न: जाहेरी कसले दिएको हो ? जवाफ: पीडित पक्षले । प्रश्न: जाहेरी त आज मात्र परेको छ, घटना हिजोको हो, तपाईंलाई कहिले थाहा भयो यो घटना ? जवाफ: हिजो नै भयो । प्रश्न: कुटपिटबाट घाइतेलाई हिजो नै एम्बुलेन्समै राखेर प्रहरी चौकीमा लगिएको थियो, तपाईं पनि त्यहाँ पुग्नुभएको थियो भन्ने जानकारी आएको छ नि ? जवाफ: हो, म एकैछिन पुगेको थिएँ । प्रश्न: कुटिएकी किशोरीलाई पनि चौकीमा राखिएको थियो, घटना कसरी भएको हो, उनीसँग केही जानकारी लिनुभयो ? जवाफ: अहँ, किन लिनु र ? प्रश्न: होइन, पीडित किशोरीसँग सोधपुछ पनि गर्नुभएन ? जवाफ: मैले पीडितसँग पनि गरिनँ, पीडकसँग पनि गरिनँ । प्रश्न: त्यसो भए किन जानुभएको त चौकीमा ? जवाफ: बाटोमा जाँदै थिएँ, भिडभाड देखेँ, के रहेछ भनेर हेरेको । मान्छेहरू आपसमा बाझाबाझ गरिरहेका थिए । त्यस्तोमा के बोल्ने भनेर आफ्नो बाटो लागेँ । प्रश्न: ए, त्यसो भए ‘रमिता’ हेरेर फर्कनुभयो ? जवाफ: हो, अरू पनि काम हुन्छन् नि मान्छेका । प्रश्न: साँच्चै, तपाईं मेयर हुनुअघि त्यहाँको उमाविमा पढाउनुहुन्थ्यो रे, हो ? जवाफ: हो, राष्ट्रिय उमाविमा अंग्रेजी पढाउँथेँ । प्रश्न: ए, तपाईं आफैँले अंग्रेजी कहाँ पढ्नुभएको हो नि ? जवाफ: काठमाडौं, कीर्तिपुर केन्द्रीय क्याम्पसतिर । ०६८ तिर मास्टर्स पास गरेको हुँ । प्रश्न: त्यसो भए त तपाईं युवा नै हुनुहुन्छ ? जवाफ: हो, भर्खर ४० वर्षको भएँ । प्रश्न: युनिभर्सिटी क्याम्पसबाट अंग्रेजीमा मास्टर्स पढेको एउटा युवा जनप्रतिनिधि भएको छ, तर आफ्नै गाउँमा एउटी किशोरी बोक्सीको आरोपमा सार्वजनिक रूपमा कुटिँदा बोल्न सक्नुहुन्न भने तपाईंको शिक्षालाई, तपाईंको उमेरलाई र जनताबाट तपाईंले पाएको विश्वासलाई के भन्ने होला ? -नयाँ पत्रिका दैनिकबाट जवाफ: त्यसमा कारबाही गर्ने काम प्रहरीको हो, मेयरको होइन । प्रश्न: ती किशोरी तपाईं आफैँ शिक्षक भएको राष्ट्रिय उमाविमा कक्षा ११ कि विद्यार्थी पनि हुन् नि, जानकारी छ तपाईंलाई ? जवाफ: जानकारी भएन । प्रश्न: आफ्ना नगरपालिकाभित्रकी बासिन्दामाथि बोक्सीको आरोपमा कुटपिट भएको छ, सार्वजनिक रूपमा दुव्र्यवहार भएको छ, तर ती को रहिछन्, के गर्छिन् भन्ने विषयमा तपाईंलाई चासो भएन ? जवाफ: मैले तपाईंलाई भनिसकेँ, त्यो काम प्रहरीको हो । प्रश्न: जनतामाथि अन्याय भएको छ भने आवाज उठाउने भूमिका पनि छैन तपाईंको ? त्यो तपाईंले सिकाउनुपर्दैन । मलाई आफ्नो दायित्व थाहा छ । प्रश्न: गोठमा गोबर सोहोरिरहेकी बालिकालाई लछारपछार गर्दै लगेर सात घन्टासम्म कुटपिट भएको छ, ती बालिका कसकी छोरी हुन्, तर आफ्नो गाउँ–टोलकी ती बालिकाको विषयमा तपाईंलाई ३० घन्टासम्म पनि जानकारी किन छैन ? जवाफ: मैले तपाईंलाई भनिसकेँ, मान्छेका अनेक काम हुन्छन् । आफ्नो गाउँमा मैले के गर्ने भनेर काठमाडौंमा बसेको पत्रकारले फोन गरेर सिकाउनुपर्दैन, तपाईं आफ्नो काम गर्नोस् । प्रश्न: देश संघीयतामा गएको छ, जनताले स्थानीय जनप्रतिनिधि पाएका छन्, तपाईंजस्ता युवा निर्वाचित पनि भएका छन् । तर, आफ्नै छिमेककी चेलीमाथि यत्रो ज्यादती हुँदा पनि तपाईं थाहा नपाएजस्तो गर्नुहुन्छ भने त्यसविरुद्ध आवाज उठाउनु, प्रश्न गर्नु ताप्लेजुङदेखि दार्चुलासम्मका सचेत नागरिकको कर्तव्य हो नि, होइन र ? जवाफ: तपाईं आफ्नो कर्तव्य पूरा गर्नोस्, तर मलाई नसिकाउनुस् । तर, अन्तिममा तपाईंलाई एउटा कुरा भनौँ है, मेयरज्यू भन्नोस् । प्रश्न: नामचाहिँ ममताप्रसाद कसले राख्यो होला ? तपाईं त निष्ठुरप्रसाद हुनुहुँदो रहेछ ? जवाफ:त्यो तपाईंको मूल्यांकन हो । मलाई त्यसमा चासो छैन । तर, आजसम्म जे भयो भयो, पीडितहरू अस्पतालमा छन्, मिल्यो भने भोलि गएर भेटिदिनुहोला, उनका गुनासा सुनिदिनुहोला । कारबाही के भयो भनेर हामी भोलि पनि फोन गर्छौँ । ठीकै छ, बिहानै नगर्नुहोला, बेलुका गर्नुहोला ।

नेपालले पायो अहिलेसम्मकै ३८१ रनको विशाल लक्ष्य

काठमाडौं । विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेले नेपाललाई जितका लागि ३८१ रनको विशाल लक्ष्य दिएको छ ।   सन् २००९ बाट सुरु भएको विश्वकप छनोटमा कुनै पनि टोलीले पाएको यो सबैभन्दा ठूलो लक्ष्य हो । २००९ मा यूएईले डेनमार्कविरुद्ध ३८९ रन बनाएको थियो । यसअघि विश्वकप छनोटका लागि हुने प्रतियोगिताको नाम आईसीसी ट्रफी भनिन्थ्यो । नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनायो । उसका लागि ब्रेन्डन डेलर र सिकन्दर राजाले शतक हाने । घरेलु टोलीको सुरुवात राम्रो रहृयो । पहिलो विकेटका लागि केफा झुवाओ र सोलेमान मियरले ७७ रनको साझेदारी गरे । झुवाओ ४१ रनमा आउट भए । हृयामल्टन मास्काजाले १७ रनमा आउट भए । तेस्रो विकेटका रुपमा मियर आउट हुँदा जिम्बाब्वेको स्कोर ११३ रन थियो । तर, चौथो नम्बरमा आएका ब्रेन्डल टेलरले क्रेज एर्विनसँग मिलेर ७७ रनको साझेदारी गरे ।   एर्विन ३४ रनमा आउट हुँदा टिमको स्कोर २०० रन दियो र १९ ओभर खेल बाँकी थियो । तर, सिकन्दर राजाले टेलरसँग आक्रकम पारी खेले । दुबैले १७२ रनको साझेदारी गरे । ४९ औं ओभरमा सोमपालले दुबैको विकेट लिए, जतिबेला दुबैले शतक हानिसकेका थिए । सिकन्दर राजाले ८० बलमा १२३ रन बनाए भने टेलरले १०० रन बनाए । नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २र२ विकेट लिए भने सन्दिप लामिछाने र ललितनारायण राजवंशीले ११ विकेट हात पारे ।

बढुवा समितिले अनिवार्य भर्न लगाउनुपर्ने फाराम

काठमाडौं, चैत ८ । राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार (अप्राविधिक) पदमा बढुवा सिफारिश गर्दा बढुवा समितिले उम्मेदवारलाई भर्न लगाउनुपर्ने कार्यालय रोजाईको प्राथमिकता फाराम यस प्रकार छन्–